• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

“साउदी अरब नेपाली एकता समाज”को भेला सम्पन्न

  • ३० बैशाख २०७७, मंगलवार २२:३१ मा प्रकाशित
  • साउदी| ८ मई २०२० का दिन “साउदी अरब नेपाली एकता समाज” केन्द्रीय समितिको भेला सम्पन्न भएको छ । “अन्तर्राष्ट्रिय नेपाली एकता समाज”का महासचिव लुमाकान्त पुन मगरको प्रमुख आतित्थ्यतामा भिडियो कन्फ्रेन्स मार्फत उक्त भेला सम्पन्न भएको थियो ।

    भेलाले राजकुमार धिताल (दमाम) को अध्यक्ष्यतामा ११ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । जसमाः उपाध्यक्ष– दुर्गाबहादुर परियार (रियाद) महासचिव– जेवी फौजा, (खमिस मुसायत), सचिव– खुमिराम भण्डारी (रियाद) र कोषाध्यक्ष– गणेश पोख्रेल (आभा) रहेको छ भने ठाकुर पौडेल (जुवेल), दिपक वञ्जाडे (दमाम), हरिप्रशाद शर्मा (रियाद), खेम राना मगर (रियाद), टिपकुमार (दमाम) र नरेन्द्र केसी (जेद्दा) सदस्य रहेका छन् ।


     राजकुमार धितालको अध्यक्षता तथा सञ्चालन जेवि फौजा र खुमिराम भण्डारीको स्वागत मनतव्यबाट अगाडि बढेको सो भेलामा प्रमुख अतिथि लुमाकान्त पुनले उद्घाटन मन्तव्य राखेका थिए ।पुनले संगठनको नीति, विचार, लक्ष्य, उदेश्य, कार्यनीति तथा अनुशाशन समबन्धि आफ्नो भनाई राख्दै “साउदी अरब नेपाली एकता समाज”ले साउदी भरी छरीएर रहेका सम्पुर्ण श्रमजिवि नेपालीहरुप्रति अविभावकिय भुमिका खेल्न सफल हुनेमा विश्वास व्यक्त गरेका थिए ।

    Posted in समाजLeave a Comment on “साउदी अरब नेपाली एकता समाज”को भेला सम्पन्न

    साउदीमा कोरोना बाट १ जना नेपालीको मृत्यु,६ सय ७४ जना नेपालीहरू संक्रमित

  • ३० बैशाख २०७७, मंगलवार २२:०० मा प्रकाशित
  • शुक्र मोक्तान

    रियाद/साउदी अरब| साउदी अरबको रियाद स्थित नेपाली दुताबासले सुचना जारी गर्दै कोभिड-१९ को संक्रमण बाट संक्रमित नेपाली नागरिकको तथ्यांक सार्वजनिक गरेको छ । दुताबासले सुचनामा साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयले दिएको जानकारी अनुसार ६ सय ७४ जना नेपालीहरू कोरोनाबाट संक्रमित भएको उल्लेख गरिएको छ । प्राप्त विवरण अनुसार क्षेत्रगत विभाजनलाई हेर्दा नेपाली श्रमिकहरूको ठूलो उपस्थति रहेको साउदी अरबकाे पूर्वी क्षेत्रमा ३ सय ३६ जना, पश्चिमक्षेत्र (मक्का, मदिना, जेद्दा र जिजान आदि) मा १ सय ४८ जना, रियाद क्षेत्रमा १ सय ७५ जना, अलकासिम क्षेत्रमा ३ जना, हायल क्षेत्रमा ३ जना  र अन्य स्थानमा ९ जना नेपालीहरू संक्रमित भएको छ  । कुल संक्रमितमा ११ जना नेपाली महिला रहेको बताईएको छ । 


    जानकारी अनुसार साउदी अरबमा कोरोना संक्रमण शुरु भए देखि विभिन्न कारणले मृत्यु भएका ३१ जना नेपाली नागरिकहरु मध्ये  १ जना नागरिकको कोरोना संक्रमणबाट मृत्युभएको छ भने तीनजना नेपालीको मृत्युको कारण पुष्टि हुन बाँकी रहेको छ र मृत्युको कारण खुलाई दुताबासलाई पठाइदिन साउदी सरकारलाई दुताबास द्वारा अनुरोध गरिएको छ ।


    संक्रमित भएका मध्ये कैंयौँ निको भई काममा फर्किसकेको छ भने १२ मेई २०२० सम्ममा साउदी अधिकारीहरुले दिएको जानकारी अनुसार साउदी अधिराज्यमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४२,९२५ पुगेको छ । कूल संक्रमितहरु मध्ये हालसम्म १५,२५७ जना निको भएका छन् ।पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्यामा १,९११ जना थपिँदा २,५२० जना निको भएका छन् भने आजसम्ममा जम्मा २६४ जना संक्रमितको मृत्यु भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदीमा कोरोना बाट १ जना नेपालीको मृत्यु,६ सय ७४ जना नेपालीहरू संक्रमित

    नेपाली सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गर्न एनआरएनको आग्रह

  • ३० बैशाख २०७७, मंगलवार ०९:१३ मा प्रकाशित
  • चिरण शर्मा

    लण्डन| गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति भत्सर्ना गरेको छ । संघका तर्फबाट अध्यक्ष कुमार पन्तले सोमवार एक विज्ञप्ति जारी गर्दै भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको भत्सर्ना गरेका हुन् । 

    भारतले नेपाली भूमि हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेको बारे गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको जनाउदै विज्ञप्तिमा ‘यसअघि पनि भारतले एकतर्फी रुपमा नेपाली भू-भाग (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेकोमा अहिले थप हस्तक्षेप गर्दै सो सडक मार्ग निर्माण गर्ने भारतीय पछिल्लो असंवेदनशील गतिविधीको संघ कडा भत्सर्ना गर्दछ । भारत सरकारको पटक – पटकका यस्ता कदम अन्तर्राष्ट्रिय कानून विपरित तथा नेपालको सार्वभौमिकता र भौगिलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप भएको संघको ठहर  गरेको’ उल्लेख छ । 

    विज्ञप्ति मार्फत  ‘सयौँ वर्ष पुरानो सीमा विवाद कुटनीतिक र राजनीतिक संवादमार्फत टुंग्याउनुको सट्टा ऐतिहासिक सुगौंली सन्धी लगायतका दस्तावेजमा स्पष्ट रुपमा उल्लेख गरिएका नेपाली भूमिको अतिक्रमण गरी सडक निर्माण गर्ने भारतको पछिल्लो कदमप्रति विश्वभर छरिएर रहेका  लाखौँ नेपालीहरुले रोष प्रकट गरेको’ जनाएको छ ।

    विज्ञप्तिमा ‘भौगोलिक, धार्मिक, सांस्कृतिक, र भाषिक रुपमा परापूर्व कालदेखि निकट दुई छिमेकी राष्ट्रबीच सदैव प्रगाढ  र सौहार्दपूर्ण सम्बन्ध रहोस् भन्ने हामी सम्पूर्ण नेपालीको चाहाना हो तर त्यही आडमा नेपाली सार्वभौमिकतामाथि हस्तक्षेप गर्ने कार्यको हामी निन्दा गर्दछौँ । भारतीय भूमिको रक्षार्थ हाम्रा वीर नेपाली गोर्खाली सपूतले योगदान गरेको इतिहास साक्षी छ, यसर्थ हर एक नेपाली आफ्नो भूमिको रक्षार्थ ढाल भनेर उभिने र त्यसका लागि विश्वभर छरिएर रहेका नेपालीहरुले ऐक्यवद्धता जनाउने स्पष्ट पार्न चाहान्छौँ ‘ भनिएको छ । 

    यस्तै विज्ञप्तिमा ‘नेपाली हामी सदैव सावैभौमिकताको सम्मान गर्दछौँ र हाम्रा छिमेकी मुलुकले समेत सोही सम्मानको भाव प्रकट गरोस् भन्ने अपेक्षा राख्दछौँ, यसर्थ सीमा सम्बन्धि यस विषयलाई राजनीतिक र कुटनीतिक  संवादको माध्यमबाट तत्काल टुंगोमा पुर्याउन ठोस कदम चाल्न सम्बन्धित सरकारको ध्यानाकर्षण गराउँदछौँ । साथै देशको भौगोलिक अखण्डताजस्तो गम्भीर विषयमा नेपाल सरकार र नेपाली दाजुभाई दिदीबहिनीले चाल्ने हरेक सकारात्मक कदममा हामी गैरआवासीय नेपालीहरु ऐक्यवद्धता व्यक्त गर्दछौँ ‘ उल्लेख छ ।

    विज्ञप्तिको अन्त्यमा, नेपालको भूमि  (कालापानी, लिपुलेक र लिम्पियाधुरा) अतिक्रमण गरी जारी गरेको नक्सा सच्याउन तथा सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गरी उच्च स्तरीय राजनीतिक एवं कूटनीतिक वार्ताको माध्यमबाट जारी सीमा विवाद समाधान गर्न जोडदार माग  गरिएको छ । 

    यसैबीच भारतले नेपाली भूभागमा सडक मार्ग निर्माण गरेकोप्रति विरोध गर्न संघका सबै राष्ट्रिय समितिहरु परिचालित हुने भएका छन्  । संघका महासचिव डा. हेम राज शर्माले सोमवार राति नै सबै राष्ट्रिय समितिलाई पत्राचार गर्दै आआफ्ना देशमा भएका भारतीय दुतावासमा गएर नेपाली भूमि अतिक्रमण गरी भारतले सडक मार्ग निर्माण गरेकोप्रति  निन्दा गर्दै विरोधपत्र बुझाउन आग्रह गरेका छन् । 

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाली सीमामा तैनाथ भारतीय सेना अभिलम्ब फिर्ता गर्न एनआरएनको आग्रह

    कोरोना महामारी बाट पिडित १९८ जनालाई एनआरएनए साउदी द्वारा राहत सामग्री राहत वितरण

  • २९ बैशाख २०७७, सोमबार ००:१० मा प्रकाशित
  • साउदी अरब| गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदीले साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा सक्रिय भएर लागेको छ। समितिले हालसम्म आफ्नो सम्पर्कमा आएका पूर्वीक्षेत्र दमाममा १०४, मध्ये क्षेत्र रियादमा ५६, अलकासिम ३ र तावुक क्षेत्रमा ३५ जना गरी कूल १९८ जनालाई मानवीय आधारभूत आवस्यकताको राहत सामग्री राहत वितरण गरेको छ ।समितिको ८ मे मा बसेको सातौं पूर्ण बैठकले कोरोना उद्धार अभियानमा हालसम्म संघले गरेका राहत वितरणका प्रयास र उपलब्धि सहित विभिन्न विषयमा छलफल गर्दै मध्यस्थकर्ताको रुपमा दूतावाससँग समन्वयकारी भूमिका निर्वाह गर्ने समेत निर्णय गरेको छ ।

    समितिका पदाधिकारी अध्यक्ष तेज बहादुर थापा, आइसीसी सदस्य नारायण पासवान, आइसीसी सदस्य यास्मिन बेगम, आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, नेपाली दूतावास साउदीका नियोग प्रमुख दिलीप पौडेल र श्रम सहचारी जीवन राईको सहभागीतामा बसेको बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको हो।

    उक्त बैठकमा कोरोनाका कारण साउदीमा अलपत्र परेका नेपाली र उनीहरुका विषयमा दूतावासको अपेक्षा र एनआरएनए साउदीले खेल्नुपर्ने विषयका बारेमा, कोरोना प्रभावित कामदारको अभिलेख राख्ने विषयमा संघले गर्न सक्ने सहयोगका बारेमा, रोजगारी गुमाएकाहरुका लागि खाने बस्ने व्यवस्था मिलाउने बारेमा छलफल गरिएको छ । त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर बसेका, अबैधानिक रुपमा रहेका कामदार, विरामी परेका, घर विदामा जानको लागि एक्जिट र इन्ट्रि भिषा लागिसकेका तर बन्दका कारण जान नपाएर रोकिएका, एक्जिट भिसा लागेर तलबबाट बन्चित भएका लगायतका अन्य पीडितहरुको पहिचान सहित डाटा संकलन गरी यथाशिघ्र उद्धार र स्वदेश फिर्ताीका निम्ति दूतावासले चालेका कदम र एनआरएनए साउदीले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on कोरोना महामारी बाट पिडित १९८ जनालाई एनआरएनए साउदी द्वारा राहत सामग्री राहत वितरण

    नेपाल सरकारलाई एनआरएनए एनसीसी हङकङबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण

  • २८ बैशाख २०७७, आईतवार २३:३५ मा प्रकाशित
  • काठ्माण्डौँ| गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङको सहयोगबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरिएको छ।
    १० मेई २०२० का दिन  गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङबाट सहयोगमा प्राप्त भएको स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरणहरु आइआर थर्मामिटर ५० थान र केएन नाइन्टी फाइव मास्क ४००० थान नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई एक समारोह बिच हस्तान्तरण गरिएको छ।



    उक्त हस्तान्तरण कार्यक्रममा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखका निर्देश भोगेन्द्र राज डोटेललाई हस्तान्तरण गरेको हो। सो अवसरमा गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठको समेतको सहभागीता रहेको थियो।

    यसै सन्दर्भमा संघका उपाध्यक्ष सोनाम लामाले स्वास्थ्य सुरक्षा सम्बन्धी उपकरण उपलब्ध गराई सहयोग गरेकोमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् हङकङलाई हार्दिक आभार प्रकट गरेका थिए।

    Posted in ताजा अपडेटLeave a Comment on नेपाल सरकारलाई एनआरएनए एनसीसी हङकङबाट प्राप्त स्वास्थ्य सुरक्षा उपकरण हस्तान्तरण

    गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समिति कोभिड १९ अपडेट – ४

  • २८ बैशाख २०७७, आईतवार ०९:४३ मा प्रकाशित
  • चिरण शर्मा

    लण्डन । विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण  शनिवार (९ मे २०२०)  साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७८ पुगेको छ  । 

    गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबै भन्दा बढी बेलायतमा ५१ जनाको मृत्यु भएको छ । 

    यस्तै संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या  १५ पुगेको छ ।  समितिका अनुसार न्युयोर्कमा १२, कोलोराडोमा २ र भर्जिनियामा १ जनाको मृत्यु भएको हो ।  
    यस्तै, संयुक्त अरब इमिरेट्स्ट (युएइ) मा ६, आयरल्याण्डमा १, जापानमा १, टर्कीमा १ र नेदरल्याण्डमा १, बहराइन १, स्वीडेन १ जनाको कोरोना भाइरसका कारण ज्यान गएको समितिका संयोजक डा. संजिव सापकोटाले जानकारी दिनुभयो ।    

    कोरोना भाइरसका कारणले निधन हुनेमा यो हप्ता थप ५ जनाले ज्यान गुमाएका हुन् ।  ज्यान गुमाउनेहरुको संख्यामा युके २, स्वीडेन १, बहराइन १, युएई १ थपिएका छन् । 

    यस्तै, संयोजक डा. सञ्जीव सापकोटाका अनुसार नेपाल बाहेक विश्वभर ५ हजार ४ सय ७२ जना  गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । 

    संक्रमितमध्ये २ हजार भन्दा बढी नेपालीहरु कोरोना भाइरसबाट मुक्त भएको अनुमान सो समितिले गरेको छ । सापकोटाका अनुसार विदेशमा रहेका नेपाल समुदायमा कोरोना भाइरस संक्रमणको गति गतसाता भन्दा कम हुदैं गएको छ ।  
    विश्वभर छरिएका गैरआवासीय नेपाली विज्ञ चिकित्सहरुको समूहले तयार पारेको सो आँकडा अनुसार ९ देशमा गैरआवासीय नेपालीहरुको ज्यान गएको छ भने बाँकी  २० देशमा रहेका नेपालीहरु कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित छन् ।  

    स्वास्थ्य समितिका अनुसार  कतार २ हजार ३ सय, अमेरिकामा १ हजार ५ सय, युके १ हजार,  बहराइनमा २ सय ४५, युएईमा १ सय ४९, कुवेतमा ७८, नेपाल १०९, साउदी अरबमा ३०, पोर्चुगलमा २६, आयरल्याण्डमा २२, स्पेनमा १२, अष्टे«लियामा १२, बेल्जियममा ६, जापानमा १०, स्वीडरल्याण्डमा ५, क्यानाडामा १०, जर्मनीमा ४, फिनल्याण्ड ४, साईप्रसमा ३, मलेसियामा ४९, न्युजिल्याण्डमा ३, माल्दिभ्समा २, माल्टामा २, हङ्गकंङ्गमा २, म्यानमारमा १, फ्रान्समा १ जना गैरआवासीय नेपालीलाई कोरोना संक्रमण भएको छ ।

    यो साता फिनल्याण्ड, र स्वीडेन (१ मृत्यु) मा नेपालीहरुमा नयाँ संक्रमण  देखिएको हो । 

    यसै बीच गैरआवासीय नेपाली संघले कोभिड १९ को प्रभावित देशहरुमा राहत वितरण भैरहेको जनाएको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार ४६ देशका २ सय ७० भन्दा बढी क्षेत्र (शहर) मा १ हजार ६ सय भन्दा बढी स्वयमसेवकहरु राहत वितरणमा सकृय छन ।

    ३५ हजार भन्दा बढी गैरआवासीय नेपालीहरुले प्रत्यक्षरुपमा राहतको सामग्री (खाना, माक्स, सेनिटाइजर, औषधी आदी) प्राप्त गरेको संघले जनाएको छ । 

    एनआरएनएले बिभिन्न देशमा संचालित २४ सैं घण्टा हटलाईन सेवा मार्फत   ३६ हजार भन्दा बढी नेपालीहरुले वन टु वट परामर्श (राहत, भाषा अनुबाद, स्थानीय कानून, रोजगार, नेपाल फर्किने आदि)  लिएको जनाएको छ ।  

    यसअघि संघले चीनबाट कोरोना भाइरसको संक्रमण शुरु भए लगत्तै संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा ‘कोभिड १९’ उच्चस्तरिय समिति गठन गरेर आफ्ना गतिविधीलाई तिव्र बनाएको थियो । 

    स्वास्थ्य समितिले विदेशस्थित विभिन्न अस्पतालमा कार्यरत तीन दर्जन नेपाली चिकित्सक, नेपाली कुटनीतिक नियोग, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघसंस्थाद्धारा प्राप्त सूचनालाई मुख्य आधारलाई मानेर हरेक आइतवार विदेशमा रहेका नेपालीहरुको कोरोना संक्रमणको अनुमानित तथ्यांक सार्वजनिक गर्दै आएको छ ।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समिति कोभिड १९ अपडेट – ४

    मध्यपूर्बमा रहेका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा एनआरएनए कोडिभ-१९ उच्चस्तरीय स्वास्थ्य समिती द्वारा जानकारी संकलन

  • २८ बैशाख २०७७, आईतवार ०९:३८ मा प्रकाशित
  • मेघराज सापकोटा

    यूएई । गैर आवासीय नेपाली संघ, अन्तरास्ट्रिय समन्वय परिषद अन्तर्गतको कोडिभ-१९ उच्चस्तरीय स्वास्थ्य समितिले मध्यपूर्बमा रहेका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा जानकारी लिएको छ । श्वास्थ्य समितिका अध्यक्ष सन्जीब सापकोटाको अध्यक्षतामा भर्चुअल बैठकको आयोजना गरी मध्यपूर्बका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा छलफल गरिएको थियो ।   


    कतारको लागि नेपाली राजदूत नारद भारद्वज, बहराइनको लागि नेपाली राजदूत पदम सुन्दास, आईसीसी अध्यक्ष कुमार पन्त, उपाध्यक्ष बद्री केसी, महासचिब हेमराज शर्मा, प्रबक्ता डिबी क्षेत्री, सचिब राजेन्द्र कुमार शर्मा तथा मध्यपूर्बका एनआरएन संयोजक प्रबीण गुरुङ सहित मध्यपूर्बका बिभिन्न राष्ट्रका एनसीसी अध्यक्षहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वास्थ्य समितीका तर्फबाट यूएईबाट रबिन्द्र कुमार यादब, साउदी अरबबाट अनिरुद्द पाठक, कतारबाट नितेश अर्याल लगायतको उपस्थिति रहेको थियो । 

    मध्यपूर्बमा रहेका नेपालीहरुको अवस्थाको बारेमा उक्त छलफल केन्द्रित रहेको थियो । अधिकांश एनसीसी अध्यक्षहरुले अलपत्र परेका नेपालीहरुको तत्काल उद्दार गर्नुपर्ने माग गर्नु भएको थियो ।  


    कार्यक्रममा बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले साकारात्मक सुचना सम्प्रेषण गरी नेपालीहरुको मनोबल उच्च बनाउन सबैले भूमिका खेल्नु पर्नेमा जोड दिनुभएको थियो । कतारका लागि नेपाली राजदूत नारद भारद्वजले नेपाल सरकारले प्राथमिकताक्रम छुट्याइ नेपाल जानै पर्ने भएका नेपाली नागरिकहरुलाई नेपाल लैजाने तयारी गरिरहेको जानकारी दिनुभएको थियो । कोरोनाको समस्या कती सम्म लम्बिन्छ भन्ने यकिन नभएकोले सबैले धैर्यता कायम गर्नु पर्नेमा जोड दिनुभएको छ । 


    अध्यक्ष कुमार पन्तले गैर आबासीय नेपाली संघ मध्यपूर्बमा रहेका नेपाली मजदुरहरुको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित रहेको भन्दै विश्वमाहामारीबाट बच्न यो बैठक कोशेढुङा साबित हुने आशा ब्यक्त गर्नु भएको थियो ।
    उपाध्यक्ष बद्री केसीले नेपाली मजदूरहरुको उद्दारको लागि २० करोड सम्मको सीड मनीको ब्यवस्था गर्न नेपाल सरकारसँग प्रस्ताब गरिएको जानकारी गराउनु भएको थियो । बैदेशिक रोजगार समितीका सँयोजक समेत रहनु भएका केसीले बिदेशमा अलपत्र परेका ११२ जना नेपालीहरुका शब नेपाल लैजान नेपाल सरकारले कदम चाल्नु पर्नेमा जोड दिनुभयो ।  

    महासचिब हेमराज शर्माले बिभिन्न देशहरुमा रहेका दुताबासले एकद्वार प्रणालीद्वारा नेपालीहरुको उद्दार गर्नु पर्नेमा जोड दिनु भयो । अलपत्र परेका नेपालीहरुको उद्दार गर्ने बेला आईसकेकोले अब थप ढिला गर्नु नहुनेमा उहाँको जोड थियो । उद्दार गरिएका नेपालीहरुको ब्यवस्थापनमा एनआरएनएले सहयोग गर्ने प्रतिबद्दता जनाउनु भएको छ । संसारभरमा १६ सय स्वयम सेवक मार्फत र ३१ हजार नेपालीहरुलाई खाध्यान्न सहयोग गरिएको महासचिब शर्माले जानकारी गराउनु भयो । बिश्वभरमा झण्डै १०० जना डाक्टरहरु नेपालीहरुको सेवामा खटिएको जानकारी शर्माले दिनुभयो ।
    प्रबक्ता डिबी क्षेत्रीले नेपाल सरकारले अब आश्वासन मात्र दिएर नपुग्ने भन्दै कहिले सम्म नेपालीहरुलाई फिर्ता लैजान सकिन्छ भन्ने कार्ययोजना प्रस्तुत गर्नुपर्ने बताए । केही देशहरुमा गर्भवती महिलाहरु अलपत्र परेका छन, उनिहरुको सुरक्षित मातृत्वमा नेपाल सरकारले ध्यान दिन जरुरी रहेको उहाँले बताउनु भयो । सरकारले ठोस् योजना नबनाउँदा बिदेशका नेपालीहरुमा निरासा उत्पन्न भएको उहाँको भनाइ रहेको थियो ।  


    कार्यक्रममा कुवेतबाट मध्यपूर्ब महिला सँयोजक सुमित्रा राना, बहराइनकी अध्यक्ष लक्ष्मी गिरी, कतारका अध्यक्ष मोहम्मद मुक्तादा, साउदी अरबका अध्यक्ष तेज बहादुर थापा लगायतले कोरोना प्रकोपका कारण उत्पन्न अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । साउदी अरबबाट प्रतिनिधित्व गर्नु हुने आइसीसी सदस्य यस्मीन बेगमले जनचेतना जगाउनु पर्नेमा बिशेष जोड दिनुभएको थियो । मध्यपूर्ब उपसँयोजक राजेन्द्र अर्यालले दुताबास र बिभिन्न संघसंस्थाहरु एकताबद्द भएर यो प्रकोप सँग जुध्नु पर्ने आवश्यकता रहेको बताउनु भयो । मिडिया समितिका सह सँयोजक तथा मानार्थ सदस्य मेघराज सापकोटाले स्वास्थ्य र सुरक्षाको बिषयमा एनआरएनले थप भुमिका खेल्नु पर्नेमा जोड दिनु भयो । बक्ताहरुले मनोबज्ञानिक असरले गर्दा र्हिदयघात र आत्महत्याका घट्नाहरु बढेकोमा चिन्ता ब्यक्त गरेका थिए ।    

    मध्यपूर्बमा रहेका नेपालीहरु मनोबैज्ञानीक रुपमा त्रसित रहेकोले उनिहरुको मनोबल उच्च बनाउन काउन्सिलिङ कार्यक्रमको आवश्यकता रहेको बक्ताहरुले बताए । बैठकले ‘हेल्थ टीम’ गठन गरी परिचालन गर्नुपर्ने, हटलाइन मार्फत नेपालीहरुलाई सेवा प्रदान गर्नुपर्ने, राहत तथा औषधीको लागि ‘हेल्थ फण्ड’ को ब्यवस्था गर्नु पर्नेमा जोड दिएको छ ।     
    कार्यक्रममा डाक्टर पुरु श्रेष्ठले नेपालीहरुको फिर्ती कसरी गर्ने भन्ने बारेको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । अधिकांश बक्ताहरुले मध्यपूर्बमा रहेका एनसीसी र दुताबासले संयुक्त रुपमा काम गर्नु पर्नेमा जोड दिनुभएको थियो । स्वास्थ्य समितिका सँयोजक सापकोटाले छिट्टै नै मध्यपूर्ब स्वास्थ्य समिति गठन गरिने जानकारी गराउनु भएको छ । समितिले मध्यपूर्बमा रहेका नेपालीहरुमा जनचेतना फैल्याउन्दै बिभिन्न कार्य गर्ने बताईएको छ । भर्चुअल बैठक स्वास्थ्य समितीका सँयोजक सन्जीब सापकोटाले संचालन गर्नु भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on मध्यपूर्बमा रहेका नेपालीहरुको बर्तमान अवस्थाको बारेमा एनआरएनए कोडिभ-१९ उच्चस्तरीय स्वास्थ्य समिती द्वारा जानकारी संकलन

    मध्यपूर्वमा कोरोना प्रभावित नेपालीको पछिल्लो अवस्था

  • २४ बैशाख २०७७, बुधबार २१:०३ मा प्रकाशित
  • रामप्रसाद ढुंगेल

    युएई|वैदेशिक रोजगारी वा अन्य कारण मध्यपूर्वमा रहेका नेपालीहरुमा कोरोना संक्रमणको दर निरन्तर उकालो लागिरहेको छ  ।

    गैरआवासीय नेपाली संघ(एनआरएनए) ले मे ५ मा जारी गरेको तथ्यांकअनुसार मध्यपूर्वका ११ देशहरुमा कोरोनाबाट संक्रमित नेपालीहरुको संख्या ३ सय ६२ रहेकोे छ । मध्यपूर्वका युएई, कतार, साउदी अरब, ओमान, बहराइन, कुवेत, इजिप्ट, इराक, जोर्डन, लेबनान र यमन गरी ११ देशहरुमा करिब १ लाख कोरोना संक्रमित भएको अवस्थामा नेपालीहरुको संख्या करिब ४ सय मात्रै देखिएको संघका प्रवक्ता डिबी क्षेत्रीले बताएका छन् । 

    उक्त देशहरूमा मे ५ सम्मको तथ्यांकअनुसार ८५ हजार ७ सय १० जना कोरोना संक्रमित भएको   एनआरएनएको दाबी छ । यी देशहरुमध्ये पनि कोरोनाबाट  सबैभन्दा धेरै नेपाली बहराइनमा संक्रमण परेका छन् । बहराइनमा जम्मा ३ हजार ७ सय २० जना कोरोना संक्रमित हुँदा नेपालीको संख्या १ सय ५७ पुगेको छ, यो संख्या मध्यपूर्वका ११ देशहरुमा सबैभन्दा बढी हो । बहराइनपछि दोस्रो नम्बरमा युएईमा रहेका नेपालीहरु कोरोनाबाट प्रभावित भएका देखिन्छन् । युएईमा करिब १६ हजार कोरोना प्रभावित बिरामी भेटिदा १ सय जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् । सबैभन्दा दु:खद कुरा त कोरोनाकै कारण युएईमा निधन हुने नेपालीको संख्या ६ पुगेको छ र यो संख्या अझ बढने देखिन्छ ।

    कोरोनाकै कारण युएईबाहेक मध्यपुर्वका अन्य १० देशहरूमा अहिलेसम्म कुनै नेपालीले जीवन गुमाउनु परेको छैन । युएईमा १५ जना नेपालीले कोरोनालाई जितेर स्वास्थलाभ गरेका छन् भने साउदी अरबमा ४ जना कोरानाबाट मुक्त भएको रिपोर्ट एनआरएनले सार्वजनिक गरेको छ । युएईमा उपचाररत नेपालीको संख्या ७९ छ भने साउदीमा २६ जना, बहराइनमा १ सय ५७ जना, र कुवेतमा ७५ जना उपचाररत अवस्थामा रहेका छन् । यी मध्ये धेरैको अवस्था सामान्य र सुधारोन्मुख छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, समाजLeave a Comment on मध्यपूर्वमा कोरोना प्रभावित नेपालीको पछिल्लो अवस्था

    कोरोना पिडित थप पाँच देशमा एनआरएनए द्वारा आर्थिक सहयोग

  • २४ बैशाख २०७७, बुधबार २०:२१ मा प्रकाशित
  • चिरण शर्मा

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोरोना भाइरस (कोभिड १९) पिडित देशमा आर्थिक सहयोग गरेको छ । 

    गैरआवासीय नेपाली संघका महासचिव डा. हेम राज शर्माका अनुसार कोभिड १९ बाट बढी प्रभावित देशमध्यका थप ५ देशको लागि संघले आर्थिक निकासा दिएको हो । आर्थिक सहयोग पाउने देशहरुमा बहराई ५०००, स्पेन ५०००, प्रोर्तुगल ५०००, ईटाली ५००० र माल्टाले ३००० अमेरिकी डलर सहयोग प्राप्त गरेका छन् । 


    संघले पहिलो चरणमा कुवेत, युएई, सउदी अरब, साईप्रसमा रहेका संघका राष्ट्रिय समिति मार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।  


    विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणका कारण शनिवार (२ मे २०२०) साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या ७३ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको  तथ्यांक अनुसार २७ देशमा रहेका५ हजार २ सय ४७ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् । 

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, ताजा अपडेट, समाजLeave a Comment on कोरोना पिडित थप पाँच देशमा एनआरएनए द्वारा आर्थिक सहयोग

    प्राथमिकताका आधारमा अलपत्र परेकाहरू नेपाल फर्काउन तत्काल सुचारु गर्न एनआरएनए मध्यपूर्वको परराष्ट्रलाई आग्रह:

  • २४ बैशाख २०७७, बुधबार १९:३७ मा प्रकाशित
  • दिपजंग शाह

    काठमाडौं – कोरोना भाईरस (कोभिड–१९)को महामारीका कारण विपत्ति आईरहेको बेला एनआरएनए मध्यपूर्वले परराष्ट्रको प्रत्यक्ष संलग्नता र दूतावास सहित अस्तित्वमा रहेका सम्पूर्ण सामाजिक संस्थाहरुलाई समेटेर एउटा विषेश समिति गठन गरी प्राथमिकताका आधारमा तत्काल उद्दार गर्नुपर्ने बताएको छ ।

    नेकपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य बिन्दा पाण्डेले मध्यपूर्वमा रहेका नेपाली कामदारहरुको विषयमा चासो राख्दै समाधानका लागि पहल गर्ने हेतुले मध्यपूर्वमा रहेका एनआरएनए अग्रजहरुसंग छलफल गर्ने क्रममा यस्तो बताईएको हो ।

    अन्तर्राष्ट्रीय श्रम संगठनकी सदस्य समेत रहेकी पाण्डेले श्रम तथा बैदेशिक रोजगार समितिमा छलफल गरी सहजीकरण गर्ने हेतुले मध्यपूर्वमा रहेका एनआरएनए अग्रजहरुसंग छलफल गरि सुझाव संकलन गरेकी हुन् ।

    सांसद पाण्डेसंग साउदी, यूएई, कतार कुवेत, बहराईन र ओमनमा अहिले देखिएका तट्कारो समस्या र निकट भविष्यमा आउन सक्ने जटिलताबाट कसरी निकास निकाल्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

    एनआरएनए आईसिसी प्रवक्ता डि बि क्षेत्रीको पहल एवं संचालनमा भएको राहत तथा उद्दार मोडालिटी सम्बन्धि छलफलका क्रममा एनआरएनए आसिसी सचिव आरके शर्मा, मध्यपूर्व संयोजक प्रविण गुरुङ्ग, मध्यपूर्व उपसंयोजकद्वय मनोज कुमार श्रेष्ठ र राजेन्द्र अर्याल जोन तथा एनआरएनए एनसिसी अध्यक्षहरु युएईका प्रकाश कोईराला, कतारका मोहम्मद मुक्तादा मुसलमान, कुवेतका सुजन केसी, ओमनका सेवन्त पुर्जा पुन, वहराईनकी लक्ष्मि गिरीको सहभागिता रहेको थियो ।

    त्यस्तै मध्यपूर्व मिडिया समुहका संयोजक मेघराज सापकोटा र मध्यपूर्व मिडिया समुहका कतार प्रतिनिधि तथा दीप सञ्चार मिडियाका प्रधान सम्पादक दिपजंग शाहले सहजिकरण गरेका थिए । छलफलका क्रममा सहभागिहरुले सरकारको तर्फबाट यस क्षेत्रमा रहेका नेपालीहरुलाई उद्दार तथा राहतको लागि बुँदागत सुझावहरु सुझाएका थिए ।

    कोरोना कहर पछि स्वदेश फर्किएका यूवाहरुलाई कृषि र कृषि सम्बन्धि उद्योग संचालनमा ल्याउन, स्वरोजगार कर्जा व्यवस्थापन गर्न, बन्द भएका सबै कलकारखाना संचालनमा ल्याउन तथा राज्यबाट हुने सबै खाले विकाशका कार्यमा आफ्ना नागरिकलाई सम्मानित तरिकाले परिचालन गर्न सुझाएको छलफलमा सभासद पाण्डेले यो विषयलाई संसदीय सुनुवाई समितिमा राखेर पहल गर्ने बाचा गर्दै बैठक समापन गरेकी थिइन्।

    मध्यपूर्वबाट सुझाईएका बुँदागत सुझावहरुको मुख्य बुँदाहरु यसप्रकारका थिए।

    १. मध्यपूर्वमा परराष्टको प्रत्यक्ष संलग्नता र दूतावास सहित अस्तित्वमा रहेका सम्पूर्ण सामाजिक संस्थाहरुलाई समेटेर एउटा विषेश समिति तयार पार्नूपर्ने

    २. नेपालमा रहेका मध्यपूर्वका सम्पूर्ण देशका दूतावासहरुसंग नेपाल सरकारले आवश्यक छलफल गर्नुपर्ने र मध्यपूर्वमा रहेका सम्पूर्ण दूतावासहरुमा परिपत्र गर्नुपर्ने ।

    ३. प्राथमिकताका आधारमा नेपाल फर्काउन तत्काल  सुचारु गरिनु पर्ने

    ४. क्याम्पबाट निकालिएका कामदारहरूलाई तत्काल शेल्टरको व्यवस्था गरि खान–बस्न प्रबन्ध मिलाउनु पर्दछ।

    ५. रोजगार गुमाएका कामदारहरूको तथ्यांक संकलन गरि पुन त्यहि देशमा रोजगार गरी बस्नेलाई सहजै कम्पनी परिवर्तन गर्न पाउने व्यवस्थाका लागि संबन्धित मुलुकलाई आग्रह गर्नु पर्ने ।

    ६. स्वयम टिकट काट्न सक्ने, नेपालमा क्वारेन्टाइनको खर्च समेत व्यहोर्न सक्नेको तथ्यांक समेत संकलन गरि उनिहरुलाई पनि तत्काल स्वदेश फिर्ताको व्यवस्था गर्नू पर्ने ।

    ७. नेपालका ७७ वटै जिल्लाका होटेल, विध्यालय तथा सार्वजनिक भवनमा क्वारेन्टाईन गर्नू पर्ने ।

    ८. खर्च व्यवस्थापन गर्न सक्नेलाई १४ देखि २१ दिन सम्म काठमाडौंका होटलहरु तथा विध्यालयमा विषेश छुट ।

    ९. विश्व भरि लगभग ४०–५० लाख नेपाली श्रमिक रहेकाले दैनिक ५ हजारको उडान गर्नु पर्ने । यसरी उडान गर्दा १४ दिनमा ७० हजार नेपाली क्वारेंटाइनमा जम्मा हुनेछन् । १५ दिनको दिन ५ हजार थपीनेछन् भने पहिलो दिनका ५ हजार क्वारेंटाइन बसेर बिदा हुनेछन् । यो क्रम यो अवस्था रहेसम्म जारी रहनु पर्दछ ताकी सबै नेपालिलाई एकैपटक लैजान पर्ने समस्या बाट सरकार बच्नेछ ।

    १०. १४ दिने क्वारेंटाइनमा बस्दा फिर्ता भएका सबै नागरिकको दक्षता सम्बन्धि रेकर्ड राख्ने र आवश्यकता अनुसार सरकारका आगामी प्रोजेक्टमा आफ्ना नागरिकलाई प्रयोग गर्ने ।

    ११. सरकारले यो समयलाई दक्ष, मेहनती र सक्षम यूवाहरु सदुपयोग गर्न अवसरका रुपमा लिनुपर्ने

    १२. मध्यपूर्वमा समस्यामा रहेका नेपालीलाई स्वदेश फिर्ता गराएन भने आत्महत्या, दुतावासमा धर्ना, कुनै अमानवीय घटना जस्ता विकराल र अवान्छनिय अवस्थाहरु व्यहोर्नु पर्ने तर्फ सरकारको ध्यानाकर्षण हुँनु पर्ने ।

    १३. मध्यपूर्वमा अधिकांश मेहनती, ट्रेड शिप, लगलशिलता र लेवर काममा समेत शिपालु हुने हँदा कृषी क्षेत्रमा अनुदान, प्याकेज तथा सहुलेत ऋण उपलब्ध गराई मध्यपूर्वकै बजारमा खपत गराउने वातावरण मिलाउनु पर्ने। 

    १४. विभिन्न कारणले धेरै दिन अगाडि मृत्यु भएर अल्पत्र परेका लासहरू तत्काल नेपाल फर्काउन पर्ने ।
    Posted in ताजा अपडेट, समाजLeave a Comment on प्राथमिकताका आधारमा अलपत्र परेकाहरू नेपाल फर्काउन तत्काल सुचारु गर्न एनआरएनए मध्यपूर्वको परराष्ट्रलाई आग्रह:

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P