विश्वकप २०२२ : अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया

  • २२ चैत्र २०७८, मंगलवार ०२:३६ मा प्रकाशित
  • एजेन्सी : फिफा विश्वकप २०२२ मा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एउटै समूहमा परेका छन्। कतारमा शुक्रवार बेलुका भएको ड्र मा स्पेन र जर्मनी समूह ई मा परे।

    २०२२ को आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर ए समूहमा परेका छन्। इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछन्।

    प्लेअफमा वेल्सले स्कटल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ। अर्जेन्टिना रहेको समूह सीमा समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया छ।

    समूह डिमा फ्रान्स, डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन्। उक्त प्लेअफमा अस्ट्रेलिया र युएईको विजेताले पेरुसँग खेल्नेछ।

    ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्ड समूह जीमा छन्। पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा छन् ।

    बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा छन् । समूह ई मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन्। दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्नेछन्।

    समूह ए – कतार, इक्वेडर, नेदरल्यान्ड्स, सेनेगल

    समूह बी – इंग्ल्यान्ड, इरान, अमेरिका, युरोपेली प्लेअफको विजेता (वेल्स/युक्रेन/स्कटल्यान्ड)

    समूह सी – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अस्ट्रेलिया/युएई/पेरु)
    समूह ई – स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका/न्युजिल्यान्ड)

    समूह एफ – बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा

    समूह जी – ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

    Leave a Reply