नेकपा एमाले पर्साको बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न, ओलीलाई भब्य स्वागत

  • २२ चैत्र २०७८, मंगलवार २०:४९ मा प्रकाशित
  • वीरगंज,२२ चैत्र : नेकपा एमाले पर्सा जिल्ला कार्यसमितीले आयोजना गरेको बृहत पार्टी प्रबेश कार्यक्रममा पर्सा जिल्लाका तीन पालिका उपाध्यक्षले पार्टी प्रबेश गरेका छन ।


    वीरगंजको घण्टाघर स्थित पार्कमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा बहुदरामाई नगरपालिकाका उप–प्रमुख गायत्री देवी , सखुवाप्रसौनी गाउपालिकाकी उपाध्यक्ष फुलमती देबी थरुनी , धोबिनी गाउपालिकाका उपाध्यक्ष पारस राउत कुर्मी , बीरगंज महानगरपालिका वडा नंं.५ का वडाध्यक्ष बिशवराज पटेल, विश्रामपुरका तत्कालिन गा.विस अध्यक्ष तथा नेपाली कांग्रेसका नेता राजदेव यादव लगायतकाले पार्टी प्रवेश गरेका छन ।

    नवप्रवेशीहरुलाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अबिर टिका लगाई पार्टीमा स्वागत गर्नुभयो ।बहुदरामाई नगरपालिकाका उप–प्रमुख गायत्री देवी नेपाली कांग्रेसबाट निर्वाचित हुन । यस्तै सखुवाप्रसौनी गाउपालिकाकी उपाध्यक्ष फुलमती देबी थरुनी र धोबिनी गाउपालिकाका उपाध्यक्ष पारस राउत कुर्मी जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधी हुन ।

    विगत केहि महिनादेखि पर्सा जिल्लामा जसपा लगायतका दलबाट नेकपा एमालेमा पार्टी प्रबेश गर्नेको लहर बढेको छ । यसभन्दा अगाडी जसपाबाट निर्वाचित वीरगंज महानगरपालिका प्रमुख विजय सरावगी एमालेमा प्रबेश गरेका थिए ।

    Leave a Reply