पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यासको पच्चिसौँ शृङ्खला सम्पन्न

  • २३ चैत्र २०७८, बुधबार १३:५३ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- पच्चिसौँ  (२५)
    ——————————————–

    “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७८/ १२ /२२

    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी.

    ======================

    अनुप्रास र स्थायी आफू खुसी राखेर पञ्चाङ्ग बनाउनु होला ।

    पञ्चाङ्ग    ०१

    तिमीलाई     मनभरी सजाउन मन छ
    झिनो आश दिलभित्र बचाउन मन छ
    सम्झिदा खेरी बैराग लाग्दछ सधैँभरी
    मायाको  बिरोधिलाई गलाउन मन छ
    दुष्ट  मायाको किनारा लगाउन मन छ ।

    💢सोमनाथ लुइटेल ” रवि पाल्पाली “।

    पञ्चाङ्ग   ०२

    अहिले जमाना ठिक्क पार्नेको रहेछ।
    कि भने कुरै कुरामा टार्नेको रहेछ।
    आफू त निकै  सोझो परिएछ हजुर,
    दिन कुरैमा समुद्र तार्नेको रहेछ।
    पराजित  त कुरामा हार्नेको रहेछ।

    💢सुशीला पौडेल, काठमाडौं ।

    पञ्चाङ्ग   ०३

    मानिसको जिन्दगी एउटा भाला रहेछ।
    भित्र खोक्रो शरीर बाहिर छाला रहेछ।
    ए मानव किन गर्छौं घमण्ड सधैँभरि,
    एक दिन सबै मरी जाने चाला रहेछ।
    चारैतिरबाट रिस गर्ने हाला रहेछ।

    💢ह्यारिस ह्यारिसन, काठमाडौं ।

    पञ्चाङ्ग   ०४

    कस्तो मिठो साहित्य बनायौ पञ्चाङ्ग
    धेरै  राम्रो  साधना   भनायौ  पञ्चाङ्ग
    मलाई   मन  पर्यो   विधा  यो  प्रविधा
    धेरै नै  मिठो  काव्य  जनायौ पञ्चाङ्ग
    उत्सव  यहाँ  राम्रो   मनायौ पञ्चाङ्ग ।

    💢🇮🇳सीता देवी, लखिमपुर, आसाम, भारत ।

    पञ्चाङ्ग   ०५


    स्वर्ग कहा छ चाहा छैन
    नर्क कहाँ छ थाहा छैन
    फेरि चर्चा स्वर्ग कै किन?
    स्वर्ग पुगेको राहा  छैन
    नर्क देखेको साहा छैन।

    हिउँमा बिलाएका अक्षर कसले चिन्यो र
    हिउँमा कापेका मुटुलाई कसले पिन्यो र
    हिउँसित सेल्फीमा रमाउने सहरिया हो
    हिमपहिरोको त्रास कसले छेक्न छिन्यो र
    हिउँमै हराए कति कसले भेट्न हिन्यो र

    💢देवकी के.सी. बिरगंज।

    पञ्चाङ्ग   ०६


    नलाइ  भएन  पिराको  सिरानी
    मुनामा गढेको सिराको सिरानी
    बढेको  थकाइ  मिटाएर   आऊ
    थिचेको कहानी मिराको सिरानी
    मुसाको डुहुरा छिराको सिरानी ।

    किन हुन्छ हत्या हिंसा किन हुन्छ यहाँ  समाचार   सधैँ
    केलाई   गर्छौ  राजनिति  केलाई  गर्छौ अत्याचार सधैँ
    आखिर   मरेर   जानु  छ  सधैं   जिउँदो त रहन्न कोही
    विद्वान   सबैले   भन्छन्  नगर  यसरी   भ्रष्टाचार सधैँ
    मरी  लानु के छ  साथी  सबैसँग  गरौँ  सदाचार ‌सधैँ ।

    💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग   ०७

    फूलको बागमा फुल्नु पो जिन्दगी,
    दु:ख र कष्ट ती भुल्नु पो जिन्दगी।
    भेलमा  हेलिँदै  मर्छ  जो  मूर्ख हो,
    होसमा  चेतले  डुल्नु पो  जिन्दगी,
    रातमा  चाँदझैँ  खुल्नु पो जिन्दगी।।

    💢नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग   ०८

    बगैँचामा फुलेका डाली भरि धेरै फूल
    पुतलीको डुलाइ जाली भरि धेरै फूल
    मायाको संसारमा नी पाइला टेक्दै हिड
    गोडे काँडा पन्साइ माली भरि धेरै फूल
    ढक्कमक्क रमाई बालीभरि धेरै फूल ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड।

    पञ्चाङ्ग   ०९

    बैगुनि यो मायाको कहिल्यै गुन मिल्दैन
    टाढैबाट हेरे भईगो नि छुन मिल्दैन
    सगरमाथा जस्तै उच्च हुँदै गयौ तिमी
    अलिकति झुकि थोरै सानो हुन मिल्दैन?
    मन  मिल्छ खुन मिल्छ जात धुन मिल्दैन?

    💢चेतना पोखरेल, मोरङ।

    पञ्चाङ्ग    १०


    यो जिउलाई घटाउनु छ
    लागेको बोसो  हटाउनु छ
    स्कुल पढ्दाको जस्तो बनाई
    आफ्नो मन त फटाउनु छ
    मोटाइस् भन्ने कटाउनु छ ।

    माटोको बासना भुलेको छैन
    माटोबाट टाढा खुलेको छैन
    म जन्मेको हुर्केको माटो मै हो
    माटोदेखि पर डुलेको छैन
    काम गर्दा कतै झुलेको छैन ।

    💢सुमित्रा पोखरेल, काठमाडौँ

    पञ्चाङ   ११


    दुखमा आँशु झार्न नपरोस्
    मनका इच्छा मार्न नपरोस्
    मरि जानेको जीवन हाम्रो
    भाग्यमा कीरा पार्न नपरोस्
    दिएको माया सार्न नपरोस् ।

    नेता चुनाव आउँदा गाउँमा पसेको देखिन्छ
    गरीब दुःखीकै  सार मिलई बसेको देखिन्छ
    भोट हालेर जितेपछि कार्यकर्ता चिन्दैनन्
    विकासको नाममा फेरि झुठ फसेको देखिन्छ
    आश्वासन दिएर धेरै  चिप्लो घसेको देखिन्छ ।

    💢तारा घिमिरे, संखुवासभा ।

    पञ्चाङ्ग-१२

    सधैँ बलत्कार र हिंसा किन हुन्छ बारम्बार यहाँ
    सुनिन्छ चेली को वेदना किन रुन्छ बारम्बार यहाँ
    न्याय नै नभएको देस जस्तो भयो हाम्रो देस पनि
    आवाज सुन्ला भनी मुख किन थुन्छ बारम्बार यहाँ
    जालझेल मा कुराहरू किन बुन्छ बारम्बार यहाँ ।

    💢दुर्गा आचार्य, मोरङ।

    पञ्चाङ्ग   १३

    तिम्रै समिपमा रमाउन पाऊँ
    माया यो मुटुमा सजाउन पाऊँ
    बिछोडमा दिग्दार छ सधैँभरी
    रिस गर्नेलाई गलाउन पाऊँ
    दु:ख कष्ट पार  लगाउन पाऊँ ।

    💢दुर्गा भट्टराई, मोरङ।

    पञ्चाङ्ग   १४


    सरुवा रोगले सताएको छ
    डरुवा भोगले अताएको छ
    कोरोना कहर  नि लुप्त छैन
    अरूकै हेरेर  बताएको  छ
    परिवारले नै  मताएको छ ।

    नङलाई रेट्न सक्दैन भने के काम छ र नैनीको यहाँ
    सहयोग दिन सक्दिनन् भने के काम छ र बैनीको यहाँ
    व्यर्थैमा किन धाइरहन पर्यो र केही
    मिल्दैन भने त
    कुलोमा पानी नै छैन भने त के काम छ र पैनीको यहाँ
    कुलतमा फसाउने बाहेक के काम छ र खैनीको यहाँ ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक।

    पञ्चाङ्ग   १५

    मन सबैकाे हुन्छ हजुर
    दु:खकाे बेला रुन्छ हजुर
    कसैले याे मन कुँडाएमा
    आँसुले आफैँ धुन्छ हजुर
    नराम्रा कुरा सुन्छ हजुर ।

    💢मधुसूदन  प्र. घिमिरे, काठमाडौँ ।

    पञ्चाङ्ग   १६


    जलेको मन छ जल्न  देउ मलाई
    धिपी धिपी दिपक बल्न देउ मलाई
    यहाँ  नगर्ने मनुष्य  हुदैन लोकमा
    एकोहोरो  सदैव  गल्न देउ मलाई
    शान्तिले हिँडेकोछु चल्न देउ मलाई ।


    सुन्दर मनलाई सजाइ राख्नु पर्छ
    हृदयभित्र कुरा बचाई राख्नु पर्छ
    मौकामा काम लाग्छ हेर्न सम्झन
    कहिले आत्मालाई जगाइ राख्नु पर्छ
    आवश्यक परेमा सधैँ हसाइ राख्नु पर्छ।

    💢गीता अर्याल नेपालगन्ज।

    पञ्चाङ्ग    १७

    धेरै  कुरा  मनमा   थियो लुकाउन सकिन
    दिल  खोलेर  तिमीसँग  फुकाउन सकिन
    दिलको  कुरा  दिलमा  नै रहने भयो अब
    आँखाबाट झरेको आँसु सुकाउन सकिन
    मलाई  हेर्ने  तिम्रो  दृष्टि झुकाउन सकिन ।

    💢देवि कार्की खुलाला, झापा ।

    पञ्चाङ्ग    १८

    स्याललाई पठाई सिंहदरबार रुन मिल्दैन
    भ्रष्टाचारले ढाकिराछ डाँडा काँडा  धुन मिल्दैन
    विकास विनास भन्दै मन जति कुड्याए ता पनि
    आयो चुनाव आफ्नो पार्टी छोडी अर्को हुन मिल्दैन
    ब्वासै होस् हाम्रो राम्रोको चुनाव चिह्न छुन मिल्दैन ।

    💢पद्मा रिजाल, बाँके कोहलपुर ।

    पञ्चाङ्ग    १९

    चुनावका बेला   गाउँमा  पस्छन् नेता
    जनता सामू चिप्ला कुरा धस्छन् नेता
    भोट  सकिएपछि   फर्केर   हेर्दैनन्
    विकासको नाममा आफैँ डस्छन् नेता
    जनता रुवाई   चैनले बस्छन् नेता ।

    💢सरस्वती श्रेष्ठ इटहरी।

    पञ्चाङ्ग    २०

    साच्चै सृष्टि छ आज रम्य रमिता, सारा कजायो किन !
    ठूला शक्ति सबै छ चुप्प कसरी, मान्छे खसायो किन !
    खोक्रो आज नयाँ छ रूप यसको ,बुझ्दैन मान्छे अझै
    के हो  यो षडयन्त्र  आज भवमा, भन्दै  रचायो किन !
    आफ्नै  बर्गत आज रुग्ण  जगमा, यस्तो बनायो किन !

    💢प्रेम थापा “मन”  बागलुङ ।

    पञ्चाङ्ग   २१


    बाह्र महिनाको मिहिनेतले पनि हातमा फल नपरेपछि
    स्वार्थीलाई सहयोग परेछ आफ्नो साथमा बल नपरेपछि
    डर मर्दो छ, पृथ्वीमा बाँच्नलाई कति गर्नु चुनौतीको सामना
    काकाकुल भयो जीवन तप्प रसिलो थोपा जल नपरेपछि
    सबैतिर हरियाली मेरो खेती बाँझो भयो हल नपरेपछि ।


    रसाउन जाने खडेरीमा पनि मूल हो जीवन
    सुन्दरता छरे पहाडमा पनि फूल हो जीवन
    जस्तो बनायो उस्तै बन्छ, जान्नुपर्छ खुसी साट्न नि
    पवित्र मनसायमा थोत्रो टालो, तुल हो जीवन
    मनमा आँट भए एक्लैमा पनि हुल हो जीवन ।


    स्रग्विणी छन्द

    जोत्न झन् यो हलो काममा चाहिने
    सिन्दुरे रङ्ग यो धाममा चाहिने
    फूलको पत्रले लोभमा रङ्गियो
    बाँच्नु नै धर्म हो नाममा चाहिने
    जिन्दगी कर्म हो दाममा चाहिने ।

    💢सविता के.सी. काठमाडौं ।

    पञ्चाङ्ग   २२

    रातमा निद पो भुलेर आउनू
    प्रितको मोहनी डुलेर आउनू
    साथमा गाथमा हितको मोहले
    सुन्दर बातले खुलेर आउनू
    सितला वचन रुझेर आउनू ।

    💢सरिता काफ्ले, कोहलपुर बाँके।

    पञ्चाङ्ग   २३

    बेला बखतमा आउँछस् तँ ।
    चिसाे परेलीमा धाउँछस् तँ ।
    तेरो स्वागतमा बस्दा धरा ,
    अपार पिरति लाउँछस् तँ ।
    हरियो घुम्टोमा पाउँछस् तँ ।

    💢भवानी घिमिरे, सर्लाही ।

    पञ्चाङ्ग  २४

    विश्वास गर प्रिय घात हुने छैन
    स्वार्थको यहाँ कुनै हात हुने छैन
    बुझ दुनियाँ अनि बुझ्ने गर अात्मा
    मायामा कुनै त्यस्तो जात हुने छैन
    जन्मभूमि  समान  थात  हुने छैन ।

    💢निर्मला सुवेदी, बागलुङ।

    पञ्चाङ्ग   २५

    दुबै हात लड्डु हुन्न धैर्य गर्नुपर्छ भन्छन्
    ढकमक्क फुल्ने लाली  वैलिएर झर्छ भन्छन्
    चक्र नै हाे जिन्दगानी  रात पछि दिन हुन्छ,
    मूल  पानी चुलीबाट बेसीतिर सर्छ भन्छन् ,
    नियम बुझे अवश्य नै  खाेली तर्छ भन्छन्।

    💢चन्द्रावती अधिकारी, कोहलपुर  बाँके।

    पञ्चाङ्ग   २६

    दुःखी गरीबहरूको सेवा गर्नु छ मैले
    भोका र नाङ्गाहरूको पेट भर्नु छ मैले
    सुखी नेपाली समृद्धि नेपाल बनाएर
    एक पछि अर्को गर्दै ठाउँ सर्नु छ मैले
    यसरी नै जिन्दगीको खोली तर्नु छ मैले ।

    💢आर्मित्मा थापा मगर,स्याङ्जा

    पञ्चाङ्ग   २७

    मस्त हुँदा गफमा तिमी उता, म यता रुन्छु आज
    तिम्रो याद पखाल्न आफूलाई आँसुले धुन्छु आज
    लुटेर लगेकाे मन मस्तिष्क उपहार तिमीलाई 
    केही छैन अरु मसँग, तिम्रो तस्बिर छुन्छु आज
    बियाेगमा बाँच्नु भन्दा बरू मैले मृत्यु चुन्छु आज।

    💢रामराजा के.सी. , फर्पिङ, काठमाडौं

    Leave a Reply