झिल्का एक नवीनतम एवम् लघुतम काव्य विधा हो । यो तीन हरफमा लेख्ने गरिन्छ । यसका ३ हरफमा ३/३ शब्द गरेर जम्मा ९ शब्दमा यो कविता पूरा हुने गर्दछ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार एवम् तेस्रो हरफले विषयवस्तुको भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यसको पहिलो र अन्तिम हरफमा अन्त्यानुप्रास अनिवार्य गरिएको छ भने दोस्रो हरफ स्वतन्त्र रहन्छ ।
दोहोरी आफैँमा रमाइलो पक्ष हो । जसमा दुई पक्ष बिच सवाल जवाफ हुने गर्दछ । यस लघुतम काव्य विधा झिल्काको नियम, सिद्धान्त र संरचनाको अधीनमा रही मध्यपुर ठिमी ५, संगम काेलाेनी भक्तपुर निवासी झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे” र ठोरी गाउपालिका-४, मेलचोक, पर्सा निवासी झिल्काकार सीमा कार्की समर्पण बीचको घम्साघम्सी झिल्का दोहोरी यहाँहरू सामु प्रस्तुत गर्दैछौँ । पढेर आनन्द लिनुहोस् ।
झिल्का दोहोरी
तिमी कसकी छाेरी कस्ती छ्यौ भन काली की गाेरी ? 🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
कार्कीकी हुँ छोरी गाउँमै हुर्किएकी म भन्छन् नक्कली माेरी! 🙎♀️ सीमा कार्की समर्पण ~~~~~~~~ रहिछ्यौ तिमी नक्कली सिधा सोझी खोजेको मलाई चाहिन्छ सक्कली । 🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
रङ मेरो गहुँगोरो समयको माग हजुर छैन चरित्र दोहोरो । 🙎♀️ सीमा कार्की समर्पण ~~~~~~~~ जातले केही गर्दैन भइहाल्छ मन मिले रङले फरक पर्दैन । 🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
तिम्रो पर्खाइमा बसिछु समयसँग बहकिन्न कहिल्यै छातीमा नाम धसिछु । 🙎♀️ सीमा कार्की समर्पण ~~~~~~~~ हाम्रो मन मिलेमा डेटिङ गर्न जाउँ धरान धनकुटा हिलेमा । 🙎♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
माग्न आऊ पहिले जान्छु छाया बनेर हुन्छ बिहे जहिले । 🙎♀️ सीमा कार्की समर्पण
झिल्का कविता लेखन अभ्यासको चौथो शृङ्खला सम्पन्न भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर झिल्का साहित्य समाज, नेपालले उक्त कार्यक्रमको गरेको थियोे । कार्यक्रममा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ४ दर्जन बढी झिल्काकारहरूको सहभागीता रहेको थियोे ।
झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।
झिल्का लेखन अभ्यास शृङ्खला- ४ (पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष)
#सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव
~~~~~~~~~~~~~~~~~~
[१]
युद्ध चरण चरण
गरेरै पृथ्वीनारायण शाहले
गरे नेपाल एकीकरण !
१)
पसिना यही माटोमा
बगाए अगाडि बढ्दछ
देश प्रगतिको बाटोमा ।
२)
खाइ नखाइ गरेर
लडे देशभक्त युवाहरू
कति गए मरेर ।
३)
✍️ वसन्त अनुभव
घोराही, दाङ
२०८०/९/२७
~~~~<•>~~~~
[२]
रह्नेछ पृथ्वीमा नाम
इतिहास बन्ने यहाँ
गरेर जनहित काम ।
१)
✍️ कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
~~~~<•>~~~~
[३]
उदय वंशको शाह
पृथ्वीनारायण शाहबाटै सुरु
नेपालको एकिकरण वाह !
१)
पृथ्वीनारायणलाई गरौँ सह्रनी
एकताको लागि उनले
कतिलाई गरे अह्रनी ।
२)
पृथक पृथक गरेर
बन्यो उनैबाट नेपाल
गए योद्धा मरेर ।
३)
अहिलेको नेताको पारा
अरूको अगाडि लम्पसार
भए साह्रै हुतिहारा ।
४)
सारा जन मिल्दाखेरि
देश अघि बढ्थ्यो
भएन केही हत्तेरी ।
५)
✍️ अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-अमेरिका,बोस्टन।
~~~~<•>~~~~
[४]
अखण्ड देशका लागि
एकता यो बनिरहोस्
सङ्घर्ष गरौँ नभागी ।
१)
पृथ्वी दिवस मनाऊँ
एकता बलियो सन्तान
देशभक्ति गित गाऊँ ।
२)
✍️ सुरेशकुमार पाण्डे
दाङ घोराही १८
~~~~<•>~~~~
[५]
ज्यानको बाजी लगाई
एउटै देश बनाए
पृथ्वीनारायणले पसिना बगाई ।
१)
टुक्रा राज्य जोडेर
एउटै घर बनाए
दुश्मनकाे शक्ति तोडेर ।
२)
कुटनैतिक चाल गरेकाे
सिङ्गो राज्य बनाउन
थियोे बैरीसँग लड्नुपरेकाे ।
३)
पृथ्वीनारायणले युद्ध गरे
एउटै देश बनाउन
युवाहरू कति मरे ।
४)
राज्य बिस्तार गरे
इतिहासमा नाम लेखाउँदै
एकताको सन्देश छरे ।
५)
✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
~~~~<•>~~~~
[६]
टुक्रा राज्य एकीकरण
गरे पृथ्वीनारायण शाहले,
लडेर हरेक चरण।
१)
शाहसी एक थिए
गोर्खाली पहिचान बनाई
राष्ट्रलाई योगदान दिए ।
२)
इतिहासमा नाम राखे
राष्ट्र निर्माण गर्दा,
जोखिममा आफूलाई जाके ।
३)
पुष्पा राई, खाेटाङ।
२०८०।०९।२७।
~~~~<•>~~~~
[७]
एकीकरणको सुत्रपात गरेर
नेपाल सिँङ्गो बनाउँदै
पृथ्वी गए मरेर ।
१)
मेटिँदैन इतिहास उनको
पृथ्वी जयन्ती मनाऔँ
सम्झना राखौँ गुनको ।
२)
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी
~~~~<•>~~~~
[८]
अनेकतामा एकता खोज्दै
मान्छे भौँतारिएर हिँडिरहेछ
एकतामा अनेकता रोज्दै ।
१)
✍️ धुर्व श्रेष्ठ
~~~~<•>~~~~
[९]
मिलाएर सबै प्रबन्ध
एकताको मालामा पृथ्वी
छरेका माटोको सुगन्ध !
१)
बिहानी पूर्वको लाली
गाउँघर भएको उज्यालो
सुन्दर मेची महाकाली !
२)
भयो हाम्रो एकीकरण
अनेकतामा एकताको पाठ
ठुलो बन्यो समिकरण !
३)
मनको कालो हटाएर
एकतामा भावमा सधैँ
देशको प्रेम जगाएर !
४)
मलिलो देशको माटो
पृथ्वीको सौम्य सपना
सुन्दर गाउँघरको बाटो !
५)
✍️ आर्त अकुलीन
~~~~<•>~~~~
[१०]
तिमीले चालेका पाइला
छाडेका सफलता पाएर
पृथ्वीको हातै दाहिना ।
१)
टुक्रिएका राज्यको रचना
नेपाल एउटै मालामा
बनायौ देशको संरचना ।
२)
आधार सिङ्गो देशले
हरेक लडाइ जितेर
पृथ्वी खोज्छ परिवेशले ।
३)
✍️ अम्बिका अधिकारी
झापा बिर्तामोड
~~~~<•>~~~~
[११]
झिल्का अगुल्टो बन्नुपर्छ
साथ भरोसा लेखकको
भ्रष्टाचारको खोइरो खन्नुपर्छ ।
१)
तातेताते हिँड्दैछ झिल्का
हात समातेर तान्नुपर्छ
भ्रष्टलाई सम्झेर छिल्का ।
२)
देशका लागि लड्नेहरू
चरण चरणमा मारिए
उचाइमा पुराउन चड्नेहरू ।
३)
पुर्खाहरूको एकता दिवस
कोही रेटिए मारिए
लड्नैपर्ने मिली आपस ।
४)
✍️ चुडामणी देबकोटा
चनपा १३ काठमाण्डौ
~~~~<•>~~~~
[१२]
एकताको माला गाँसेर
इतिहासमा उदाहरणीय बने
खण्ड खण्ड मासेर ।
१)
सिङ्गो राज्यको बिस्तार
नेपाल नेपालीको चिनारी
बनाएर छाडे सार ।
२)
कस्तो सरकार अहिले
जनताको वास्ता नगर्ने,
बुझ्दैनन् पिर कहिले ।
३)
नितान्त जोखिम मोलेर
पृथ्वीनारायण शाहले गरे
एकीकरण हृदय खोलेर ।
४)
लड्दै जितेका थिए
राष्ट्रको हित सोचेर
उनले दिव्योपदेश दिए ।
५)
गर्छन् किन जालझेल
केवल अपारदर्शी नीति,
नबुझिने राजनीति खेल ।
६)
नमूना हाम्रो नेपाल
प्राकृतिक स्रोतको धनी
छन् सुन्दर हिमाल ।
७)
✍️ पृथक प्रकृति, झापा
~~~~<•>~~~~
[१३]
राष्ट्रनिर्माता देशका हाम्रा
पृथ्वीनारायण शाहले गरे
एकताको सन्देश राम्रा ।
१)
राज्य बिस्तार गरेर
इतिहासमा नाम राखे
गए अमर भएर ।
२)
पौष सत्ताइस मनाऊँ
सारा देशभक्त जनता
शान्तिको सन्देश गुन्जाऊँ ।
३)
टुक्रे राज्य जोडेर
एकताको सुत्र उनी
गए संसार छोडेर ।
४)
✍️ कला ढकाल
झापा दमक।
~~~~<•>~~~~
[१४]
शिसाझैँ हेर फुटेर
टुक्रा टुक्रामा टुक्रिए
लैजाला देश लुटेर ।
१)
नगरौँ भाइ अबेर
एकता बल हो
कमिलाको दल हेर ।
२)
✍️ बिके मुखिया
दार्जिलिङ भारत।
~~~~<•>~~~~
[१५]
इतिहासको पाना हेरेर
पृथ्वी पृथक देखिए
यही माटोमा जन्मेर ।
१)
हरेक चरणमा लडेर
टुक्रिएको राज्य एकीकरण
स्वागत दिल खोलेर ।
२)
एकतामा बढेर अस्तायो
त्यो वीर पृथ्वीनारायण
झगडा नगर्न खटायो ।
३)
नेपाल एकीकरण गरी
तिमी परलोक गयौ
एकताको सन्देश छरी ।
४)
एवाइ प्रभात
धनकुटा सहिदभुमि -३,कोड्लाङ
~~~~<•>~~~~
[१६]
गरेर फरक काम
देश जनताको लागि
राख्यौ आफ्नो नाम ।
१)
लगायौ ज्यानको बाजी
देश एकीकरण गर्यौ
बनाई जनता राजी ।
२)
✍️ रुना कर्माचार्य दाहाल
चितवन
~~~~<•>~~~~
[१७]
जुटेर अगाडि सरौँ
सबैलाई देशको माया
अब खुसीले भरौँ ।
१)
देशले चिनारी दियो
सबैलाई अब चिनाऊ
यसैको हामी थियो ।
२)
उन्नति विकास भराऊ
हामी यही देशका
एकताको परिचय गराऊ ।
३)
✍️ नीमा छिरिङ भोटिया
जलढका कालेबुङ भारत
~~~~<•>~~~~
[१८]
लिन सकाैँ ज्ञान
बल हुन्छ एकतामा
दिए सबले ध्यान ।
१)
मानेर ठुलाे गर्व
देशभर सबले मनाऔँ
राष्ट्रिय एकताको पर्व ।
२)
स्वार्थभन्दा माथि उठेर
उचालाैँ सान देशकाे
एकसाथ हामी जुटेर ।
३)
✍️ त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
~~~~<•>~~~~
[१९]
विचार आएर सुपुत्रमा
खण्डित यो देशलाई
रचे एकताको सूत्रमा ।
१)
सयौँ भाषा जाति
एकतामा बाँधिए मात्रै
चर्किन्न नेपालको छाती ।
२)
तराई पहाड हिमाल
सबै जुट्न सकेमा
बन्छ सुन्दर नेपाल ।
३)
✍️ बाबुराम पाण्डे
अर्घाखाँची
~~~~<•>~~~~
[२०]
शब्दमा मात्र नहोस्
राष्ट्रको राष्ट्रिय एकता
सबैको काममा रहोस् ।
१)
राष्ट्रको स्वाभिमान खातिर
चेतना, विकास, समृद्धि
एकताले हुनेछ आखिर ।
२)
✍️ प्रेम थापा "मन"बागलुङ
~~~~<•>~~~~
[२१]
बगाए पसिना माटोमा
हरेक दिन हिँडेर
देशको पवित्र बाटोमा !
१)
हुनुपर्छ देशमा एकता
पृथ्वीनारायणको जस्तै अहम्
साहस अनि प्रतिबद्धता ।
२)
पृथ्वीको जस्तो चाहना
होस् हामी सबैको
यही छ शुभकामना !
३)
✍️ श्रीकृष्ण धामी - बझाङ
~~~~<•>~~~~
[२२]
राष्ट्रनिमार्ण भन्नै लाज
कार्यशैली उल्टाे भयो
स्वाभिमान खोइ आज ।
१)
✍️ जि.बि.चिन्तन
~~~~<•>~~~~
[२३]
साना राज्य जोडेर
बनाए सिङ्गो घर
वैरीको सेखी तोडेर !
१)
प्रजा हर्षित थिए
एउटै डालीमा राख्दा
सबै दुश्मन देखिए ।
२)
टुक्रा राज्य सगाल्न
कुटिनीतिको चाल चले
राज्य बिस्तार थाल्न ।
३)
गर्जिन्थे शेर बनेर
घर बिगार्ने वैरीको
टाउको काट्थे गनेर ।
४)
✍️ सीमा कार्की समर्पण
झिल्का कविता लेखन अभ्यास
~~~~<•>~~~~
[२४]
टुक्रा टुक्रा थियो
सिङ्गो राष्ट्र बनाए
जनतामा बालेर दियो ।
१)
पूरा गरे रहर
बसेर जनताको मनमा
बनाए ठुलो सहर ।
२)
उच्च पारौँ शिर
जिवनमा आज्ञाकारी भई
मानेर उनलाई वीर ।
३)
✍️ अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
~~~~<•>~~~~
[२५]
पृथ्वीनारायणको सम्झेर चरण
आत्मादेखि नै गरौँ
राष्ट्रनिर्मातालाई सधैँ स्मरण !
१)
बल बुद्धि धन
उनेर एउटै मालामा
सम्पुर्ण नेपाली मन !
२)
हिमाल पहाड तराई
राखौँ उच्च विचार
नसम्झी कोही पराइ !
३)
समभावको मन्त्र गुनेर
सम्पूर्ण नेपाली जनलाई
एउटै मालामा उनेर !
४)
विविधतामा एकताको मलजल
शान्त देश बुद्धको
रहोस् सदा अटल !
५)
छाया परे महामानव
हावी भए यहाँ
मानव रूपी दानव !
६)
डुब्नै लाग्यो देश
महामानव आऊ फेरि
बदलेर रूप भेश !
७)
✍️ दीपा गुरुङ
~~~~<•>~~~~
[२६]
भिन्न भिन्न जातभित्र
पृथ्वीको शासन अघि
थियो अर्कै मानचित्र ।
१)
देशमा अशान्ति थियो
पृथ्वीनारायण शाहको कारणले
सबैमा एकता दियो ।
२)
आपसमै युद्ध हुन्थ्यो
एकीकरण अघिका देश
एकअर्काको कहाँ सुन्थ्यो ?
३)
✍️ बि.कुलुङ
दार्जिलिङ रंगबुल
~~~~<•>~~~~
[२७]
छरिएका फूल उनेर
एउटा माला बनाए
अस्तित्व रहन्छ भनेर ।
१)
देशको शिर उठाए
भविष्य पहिल्यै सोचेर
आफ्ना सैनिक पठाए ।
२)
नेपाल भन्न पायौ
वीरको रगतले कोरेको
नेपाली गीत गायौ ।
३)
✍️ सुस्मिता अधिकारी,काठमाडौँ
~~~~<•>~~~~
[२८]
नेपालविना त हामी
कहाँ, कसरी हुन्थ्यो
पहिचान नेपाली नामी ।
१)
पृथ्वीको अटल सान
नेपाल देश हो
सबै नेपालीले जान ।
२)
हाम्रा पृथ्वीनारायण शाह
जयहोस् तिम्रो सदा
देश नेपाल वाह !
३)
✍️ बिके माकजू , भक्तपुर ।
~~~~<•>~~~~
[२९]
आउनू आज एकफेर
सहिदको गुणगान गरौँला
गाउँ धरा बसेर ।
१)
म पुज्छु धर्तीलाई
दिन्छ मलाई प्राण
आउन सम्पूर्ण दाजुभाइ ।
२)
✍️ मुक्ति कफ्ले
भारत, असम (कोक्रझार)
~~~~<•>~~~~
[३०]
कुटनैतिक खाडल खन्यो
पृथ्वीनारायण शाहकै अगुवामा
सिङ्गो नेपाल बन्यो ।
१)
शाह गोरखाबाट उदाए
गरेर जनताको हित
नुवाकोटको देवघाटमा अस्ताए
२)
✍️ भुपेन्द्र राना मगर
धादिङ
~~~~<•>~~~~
[३१]
एकीकरण पृथ्वीले आँटेका
विशाल बनाई नेपाल
एकताको सुत्रमा बाँधेका ।
१)
निस्वार्थ थियो एकता
बिखण्डनवादीले जे भन
पाइन्न यस्तो जतातता ।
२)
एकता हुन्छ मायाले
मुटुमा राखेर माटो
बस्नुपर्छ देशको छायाले ।
३)
फूलबारी हो बहुजातकाे
नेपाल साझा घर
परिचय आपतमा ओैकातकाे ।
४)
प्रतिबद्ध बनौँ एकतामा
हामी जातै नेपाली
विश्वास नगराैँ जडतामा ।
५)
✍️ रामप्रसाद पुरी ,बादेल, खाेटाङ ।
~~~~<•>~~~~
[३२]
फुटेर हैन जुटेर
राष्ट्रियता तब बाच्ला
नत्र लैजाला लुटेर ।
१)
स्वाधीनताले उठ्दछ गर्व
विविधतामा थियो एकता
जुटेर सबै वर्ग ।
२)
भाइ भाइमा फुट
राष्ट्रघात यहीँ हो
गर्छ वैरी ब्रह्मलुट ।
३)
किन चेतना गिर्यो
नेपाली जन जनको
यसैले आमालाई पिर्यो ।
४)
विन्ती नाम नाममा
फुटेर नगुमाऊ अस्तित्व
जुटौँ एकताको काममा ।
५)
✍️ मनोहरी पौडेल
गैडाकोट १
२०८०/९/२७
~~~~<•>~~~~
[३३]
पुर्खाको रगतले बनेको
हाम्रो स्वाभिमान नेपाल
विश्वमा सगरमाथा सजेको ।
१)
हिमाल पहाड तराई
गोर्खालीको यो सान
कोही छैन पराइ ।
२)
उत्तर हिमाल टल्किन्छ
नेपाल देश प्यारो
तराई समथर झल्किन्छ ।
३)
✍️ शरद प्रधानाङ्ग, विराटनगर -७
~~~~<•>~~~~
[३४]
पृथ्वीनारायण एक गरे
अहिले नेता भ्रष्ट
के हुन्छ भरे ?
१)
अनेक फूल जोड्यौ
देशको एउटै माला
बनाई तिमी छोड्यौ ।
२)
राष्ट्रिय गहना थियौँ
भारेभुरे थिए राज्य
एक बनाई दियौँ !
३)
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
~~~~<•>~~~~
[३५]
योजना बोकेर ताजा
सपना एकीकरणको महत्त्वाकाङ्क्षी
पृथ्वी गोरखाका राजा ।
१)
विशाल नेपालको निर्माता
थरी थरी फूलहरू
ओढाए एउटै छाता ।
२)
✍️ म्यामराज राई, भोजपुर ।
~~~~<•>~~~~
[३६]
हरेक राज्यलाई बुन्यौ
उन्यौ यौटै मालामा
सयौँ शब्दहरू गुन्यौ ।
१)
तिमीले आर्जेको देश
आजकाल राक्षसको भेषमा
देशमा विदेशीको प्रवेश ।
२)
एक राजनेता थियौ
साँच्चिकै होनहार राजा
नेपालीलाई नेपाल दियौ ।
३)
✍️ शशी आचार्य
~~~~<•>~~~~
[३७]
एकतामा एक दियो
हुँदा पृथ्वीनारायण शाह
स्वर्गको देश थियो ।
१)
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
~~~~<•>~~~~
[३८]
आऊ एता उठेर
सफाइ गराैँ देशको
नरनारी सब जुटेर ।
१)
टुक्रा राज्य जाेडेर
पृथ्वी नामका राजाले
गए नासाे छाेडेर ।
२)
ज्यानको बाजी लगाए
राजा पृथ्वीनारायणले हेर
सैतान टाढा भगाए।
३)
✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज'
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
~~~~<•>~~~~
[३९]
बोकेर मन्त्र एकीकरणको
उदाए पृथ्वी ध्रुवतारा
सारा गणराज्य समीकरणको ।
१)
जुटौँ जनता सकसको
गाऔँ सुरिलो गीत
राष्ट्रीय एकता दिवसको ।
२)
नबाचौँ हामी फूटेर
अपसकुन बन्छ जातिको
अघि बढौँ जुटेर ।
३)
✍️ मोती सुब्बा
दार्जिलिङ, भारत।
~~~~<•>~~~~
[४०]
एक भएर मनाऔँ
राष्ट्रिय एकता दिवस
अखण्ड नेपाल बनाओैँ ।
१)
✍️ ताराप्रसाद चापागाईँ
धुनिबेसी
(२७ पुस २०८०)
~~~~<•>~~~~
[४१]
एउटै मालामा उनेर
चारवर्ण छत्तिस जातलाई
साझा चौतारी चुनेर
१)
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
~~~~<•>~~~~
[४२]
एकता हुनुपर्छ मनको
वर्गीय एकतामा मात्र
भलाइ यावत् जनको ।
१)
मुठ्ठी कस्नुको प्रतिफल
समान मजबुत किल्ला
बनाउँछ सशक्त सबल ।
२)
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
~~~~<•>~~~~
[४३]
पृथ्वी थिए बडामहाराजा
देशमा एकता बनाउने
नेपाली जनताका साझा ।
१)
नेपालका राष्ट्रिय विभूति
एकीकरण गरे टुक्रिएकोमा
दलबल बनाई राउती ।
२)
✍️ भगवती दवाडी ,झापा
~~~~<•>~~~~
[४४]
विदेशी शक्तिको हरण
लगाएर ठुलो जुक्ति
गरे नेपालको एकीकरण ।
१)
दिव्य उपदेश राम्रा
नेपाल एक बनाउने
नायक पृथ्वीनारायण हाम्रा ।
२)
टुक्रा टुक्रा जोडेर
नेपाल एउटै बनाए
दुश्मनका गर्धन तोडेर ।
३)
✍️ शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
~~~~<•>~~~~
[४५]
राष्ट्रिय एकता दिवस
विवश आनाकानी गर्नेहरू
नगरी कुनै बहस l
१)
बाँधे देशलाई एकसूत्रमा
जनमन माझ भिजेर
कहलाए सच्चा राष्ट्रपुत्रमा l
२)
राष्ट्रका हुन् हिरा
बनाए अखण्ड राज्य
जोडेर कैयन् चिरा l
३)
लडेर वीरताको समर
सिङ्गो नेपाल बनाई
बने युगपुरुष अमर l
४)
✍️ बाबुराम गौतम, गुल्मी
~~~~<•>~~~~
[४६]
नेपाल एकिकरण गरे
बडामहाराजाधिराजले तर आज
देश विदेशीले भरे ।
१)
नेपाल नामाकरण गरेर
जिम्मा दिए सन्ततिलाई
गए दिव्याेपदेश छरेर ।
२)
टुक्राटुक्रा राज्य उनेर
विशाल नेपाल बनाए
सबैकाे सल्लाह गुनेर ।
३)
✍️ प्रद्यम्न चालिसे
भक्तपुर कटुञ्जे।
~~~~<•>~~~~
[४७]
टुक्रिएको राज्य एकीकरण
गर्दा पृथ्वीनारायण शाहले
छोएनन् कसैको चरण l
१)
पृथ्वीनारायण एक थिए
टुक्रिएकाे राज्यलाई बनाई
राष्ट्रलाई याेगदान दिए ।
२)
ज्यान जाेखिममा राखी
विशाल देश बनाए
भक्तलाई च्यापेर काखी ।
३)
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही , बुटवल
~~~~<•>~~~~
[४८]
एउटै फूलमालामा गाँसेर
वीर साहसमा लड्दै
पृथ्वीनारायण गए हाँसेर ।
१)
पूर्खाले आर्जेकाे नेपाल
आहा ! रमणीय लाग्ने
सुन्दर देश विशाल ।
२)
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
~~~~<•>~~~~
[४९]
इतिहास बनायौ राम्रो
गरेर सङ्घर्ष धेरै
बचायौ स्वाभिमान हाम्रो ।
१)
एकतामा हुन्छ शक्ति
गरेर मिहेनत हेर
कर्तव्य हो भक्ति ।
२)
अखण्ड नेपाल बनायौ
पछि राखेर चुनौति
वीर गोर्खाली कहलायौ ।
३)
✍️ दिपा तिम्सना पौडेल-ईलाम
~~~~<•>~~~~
[५०]
पृथ्वीको सन्देश देशभक्ति
अनुशरण गरे सबैले
एकतामा हुन्छ शक्ति
१)
जोगाउन यो देश
सबै बढौँ अगाडि
आफ्नाे भाषा भेश ।
२)
कहाँ गयो स्वाभिमान ?
अब हाम्रो पालो
जोगाउनु पर्छ अभिमान ।
३)
✍️ पद्मा काश्यप पाण्डे, मोरङ
~~~~<•>~~~~
[५१]
राष्ट्रका गहना थिए
पृथ्वी सबैले बुझौँ
सिङ्गो राष्ट्र दिए ।
[१]
✍️ राजेशराज गड्तौला
कॅाडाघारी, काठमाण्डौ
~~~~<•>~~~~
[५२]
सबै एक भयो
टुक्रा भएको राज्य
माला बन्दै गयो ।
१)
✍️ धनुष न्यौपाने
गुठीचौर गाउँपालिका ०४
बिगारे जुम्ला
~~~~<•>~~~~
[५३]
अत्यन्त दुरदर्शी पहरेदार
शान्ति सम्वृद्धि एकता
श्रद्धासिक्त भक्ति बारम्बार !
१)
गर्न सकेमा पालना
उनका ती दिव्योपदेशहरूको
राष्ट्र विकासको सम्भावना ।
२)
स्वदेशी कपडा लगाऊ
उपदेशहरू दिव्य थिए
स्वदेशमै उब्जाएर खाऊ ।
३)
एउटै फूलबारी सबको
सबै वर्ण जातजाति
भन्थे राजा जगको ।
४)
अर्पण गर्दछु श्रद्धाभक्ति
पृथ्वी जयन्ती विशेष
सर्वमान्य एकता शक्ति ।
५)
✍️ गुणनिधि घिमिरे, अमेरिका
~~~~<•>~~~~
झिल्का कविता लेखन अभ्यासको तेस्रो शृङ्खला सोमवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज, नेपालको आयोजनामा आयोजित उक्त शृङ्खलामा थुप्रै झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ५ दर्जन झिल्काकारहरूको सहभागीता रहेको थियोे ।
झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।
झिल्का लेखन अभ्यास शृङ्खला- ३ विषय- स्वतन्त्र #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव ~~~~~~~~~~~~~~~~~~~ [१] १) दु:खमा मिलेन साथ बढाएर के गर्छौ ? खाली सुखमा हाथ । २) मुटुमा दिएर चोट एकाएक गयो निष्ठुरी लगाई अमिट खोट । ३) आँखा ओछ्याएर हरपल बसिरहेछु तिम्रै प्रतीक्षामा यहाँ तड्पिएर पलपल ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~~~~~~<•>~~~~~~ [२] १) चुपचाप तिमी बसेर मनमा पीडाले जलाउँदा सितल आँसु खसेर । २) हिमाली छाँया हेरेर रमेर बाँच्न सकेकी सुखको सास फेरेर । ३) मधेसी पहाडी हिमाली झुक्नुहुन्न वैरीको सामु कहिल्यै हामी नेपाली । ४) नाम देवको गर्छ पापै पापले भरिएर राक्षस बनेर मर्छ । ५) धर्म गर मानव मन्दिर धाएर के ? जब बन्दछौ दानव । ६) प्राणी हित धर्म जानुछ सबै छोडेर लैजाने केवल कर्म । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न पा ३ ~~~~~~<•>~~~~~~ [३] १) अमूल्य खुसी मनको जीवनमा सन्तोष मिल्नेछ त्यागौँ मोह धनको । २) मुहार आफ्नै भुलेछन् बिर्सेर राष्ट्रको सेवा भ्रष्टहरू तालमै घुलेछन् । ३) आशाको बिउँ रोपौँला देशको विकास गर्नुछ समय मौका छोपौँला । ✍️ सुस्मिता अधिकारी काठमाडौँ ~~~~~~<•>~~~~~~ [४] १) हाँस्नुमा खुसी हैन हाँस्छ दुखमा त्यसरी संयोग सजिलो छैन । २) देशको विकास गर्नेछु एकदिन पक्कै पनि डलरले देश भर्नेछु । ३) सिमाना मिचेको हेर्दैन सरकारमा बस्ने नेताहरूले आफ्नो कुरा टेर्दैन। ✍️ एवाइ प्रभात सहिदभुमि-३,छेन्ताङ धनकुटा हाल मोरङ ~~~~~~<•>~~~~~~ [५] १) सङ्घर्ष हो जिवन जारी राख्नुपर्छ लडाइँ समस्या हो इन्धन । २) आफ्नो देश समाज निरन्तर गरौँ हामी देशको हितमा काज । ३) विधा जुनसुकै पनि बनाऔँ प्रगतिशिल सबै मिलेर गरिब धनी । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~~~~~~<•>~~~~~~ [६] १) वेगमा मुटु धड्कन्छ भुलेर सारा थकानहरू आमाको सास अड्कन्छ । २) मनमा सम्झना आइदिन्छ अत्यन्तै बलियो माया मुटुले धड्कनसँगै बताइदिन्छ । ३) दुई आँखाका नानी जीवनभर लम्बाउनु छ सम्झन लायक कहानी । ✍️ प्रेम थापा "मन"बागलुङ ~~~~~~<•>~~~~~~ [७] १) लान्छु अर्को साल नमरी बाँचेमा प्यारी नआइदेओस् है काल । २) पर्खि बस सानू आउँला लिन छिट्टै पर्छ सँगै जानू । ३) खोइ त हाँसेको ? रुवाउनलाई होइन प्यारी मैले प्रीति गाँसेको । ४) पर्ख दुई वर्ष विवाह पश्चात् हौँला प्रफुल्ल र हर्ष । ५) मान्छे औधी ज्ञानी मैले दिएको कुरा मीठो मानी खानी । ६) लगन जुरेको बेला आउँला तिम्रो घर भर्न विवाह मेला । ✍️ बिके माकजू ~~~~~~<•>~~~~~~ [८] १) आयाे झिल्काकाे समय मिलेर तपाईँ हामी मनाऔँ यसकाे जय । २) समयले साथ दिएपछि लेख्नुस् झिल्का कविता आउँछ कति कति । ३) बाल्नुस् साहित्यकाे दियाे साथमा झिल्का लिएर बनाऊँ यसैलाई मियाे । ४) साहित्यकाे एउटा पाटाे झिल्कालाई साथ लिएर हिडाैँ नयाँ बाटाे । ५) सक्यौँ भने रमाउन साहित्यमा छ मजा हेर इष्टमित्र कमाउन । ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु ~~~~~~<•>~~~~~~ [९] १) आज विगत भुल्नेले भोलि झल्यास्स ब्युँझिनेछ पराइको साथमा डुल्नेले । २) जीवनमा कसैलाई नरुवाउँनु पालो आउँछ सबैको बिनसित्ति हण्डर नखुवाउँनु । ३) हिजोको उ करोडपति विपरित हावा चल्यो व्यवहार बिग्रिएर रोडपति । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाडौ । हाल बारा सिमरा ~~~~~~<•>~~~~~~ [१०] १) गाजलले लठ्ठै बनाउने सन्सार हेर्ने तिम्रो आँखा पहिलो भेटमै मख्खै बनाउने । २) गोलीले सहिद भयो जल्यो मन्त्रीको गाडी विनाकारण युवा गयो । ३) देश लुटिँदै छ मौन छन् जनता युवा भुटिँदै छ । ✍️ प्रेम शर्मा " एकान्त प्रेमी " कालेबुङ , भारत ~~~~~~<•>~~~~~~ [११] १) दिएन भाग्यले साथ पसिना बेदाममा बिक्दा रहरहरू भए अनाथ l २) च्यातिए मुटुका पाना बताइदेऊ न निष्ठुरी सिलाउने त्यो दबाइखाना l ३) हुँदैन कुनै चमत्कार रहेसम्म दुष्ट नेता पीडा दिन्छन् बारम्बार l ✍️ बाबुराम गौतम, गुल्मी ~~~~~~<•>~~~~~~ [१२] १) कस्तो अचम्म लाग्छ मेरो विचारमा माया भनेपछि उसै भाग्छ । २) यो मनको रहर हजुर हुँदैन नि कसैले भनेर ठहर । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~~~~~~<•>~~~~~~ [१३] १) भन्थे मिलेको जाेडी जाेरीपारी छन् सबैको निर्माेहीले मायाजाल ताेडी । २) भगवान् हुँदा दाइनाे कसैको केही लाग्दैन मिलेर जाेडेकाे साइनो । ३) गाेडाैँ आफ्नो फूलबारी हामी फुट्दा हाँस्ने छन् हाम्रा जाेरीपारी । ✍️ रामप्रसाद पुरी बादेल ,खाेटाङ ~~~~~~<•>~~~~~~ [१४] १) अधुरो माया साटेर अपुरो भयो जिन्दगी कोसेली मुटु काटेर । २) जिन्दगी उधारो चल्दैन साथमा पैसा नभएपछि चुल्होमा आगो बल्दैन । ३) भिन्न पाटो आभासमा शङ्का स्वार्थ पलेपछि पर्छ मुटु आघातमा । ४) घनिष्ठ मित्र बनेर पोखिन्छ समय आएपछि आँखामा भित्र सजेर । ५) बनुँला सारथि तेल अत्यास नहुनु कहिले बन्छु परेलीको भेल। ✍️ शरद प्रधानाङ्ग विराटनगर - ७ ~~~~~~<•>~~~~~~ [१५] १) दिन भयो धमिलो घाम नदेखेर आकाशमा मन भयो अमिलो । [२] कक्रियो मन उसैगरि फूल्न सकिन हिउँदमा पीरले छोप्छ मनभरि । ३) गाउँछन् गीत स्वतन्त्रको समस्याले छोपी बेस्सरी जीवन बित्दैछ परतन्त्रको। ✍️ मोती सुब्बा दार्जिलिङ, भारत। ~~~~~~<•>~~~~~~ [१६] १) पाैषकाे तिख्खर जाडाेमा घाम लाग्दा घमाइलाे बस्न मज्जा डाँडाेमा । २) खबर राम्राे हालकाे कामना मीठाे गराैँला आउने नयाँ सालकाे । ३) सपना मीठा देखेर मनकाे तिर्सना मेटाैँला काव्य साहित्य लेखेर । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा ~~~~~~<•>~~~~~~ [१७] १) गर्भमै ऋण बोकेर स्वतन्त्र हुँदैन कोही फगत पाठ घोकेर । २) पाइन्न स्वतन्त्रता मागेर काँधमा काँध मिलाउँदै सङ्घर्ष गर्नुपर्छ जागेर । ३) झाँगियो झनै अमित्रता व्यवहारिक छैन शासक देखाउँछ खाली दुष्टता । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~~~~~<•>~~~~~~ [१८] मदिरा बेसरी पिउँछु छैन कसैको डरभर स्वतन्त्र भई जिउँछु । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~~~~~~<•>~~~~~~ [१९] १) मनपर्छ राताे फूल मेरो मायाले दिए हुँदैन कहिल्यै भुल । २) मनमा माया हुन्छ सधैंँ तिम्रो माझमा यादले झन छुन्छ । ३) कस्तो रहेछ माया सधैँभरि उसले मात्रै दिन्छ सितल छायाँ । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही, बुटवल ~~~~~~<•>~~~~~~ [२०] १) वीर गाेर्खे नेपाली बैरीको सामु झुक्दैन नेपालकाे झन्डा उचाली । २) अन्यायको विराेध गरेर नारीलाई मुक्ति गरौँला क्रान्तिकाे सन्देश छरेर । ३) महिला हिंसा अति कति चुपचाप बस्छौ ? देशलाई भयाे खति । ✍️ राज कुमार राजभण्डारी "खाेटाङ्गे" मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । ~~~~~~<•>~~~~~~ [२१] अनेक मोहमा बाँचेका नखाई नखाई रोगमा कस्लाई भनेर साँचेका २) हिमाल चम्किलो हिउँले बसेका रमाई रमाई तराई धानको बिउँले । ३) धनीको घमण्ड धनले नभए खान लाउन गरिबले माग्छ मनले । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~~~~~~<•>~~~~~~ [२२] १) मानवीय धर्म होस् देखिन्छ महोदय भोलि आडम्बर डाँडा कटोस् । २) जिम्मेवारी बोझ मान्नेले सम्बन्ध गाँस्न हुँदैन मनोमानी विकास ठान्नेले । ३) विश्वमा परिचित नेपाली संस्कृति जोगाउन सकौँ, हामी हौँ गोर्खाली । ४) केही होइन वचन कसैका लागि साथी देखावटीका मात्र सज्जन । ५) समान हुँदा आँखाहरू नजर हुन्छ्न् बेग्लाबेग्लै हाम्रो मिल्दैनन् भाखाहरू । ६) निहित राष्ट्रिय परम्परा मासिँदैन हत्तपत्त हजुर गाडिएर असहिष्णुताको जरा । ७) फूलसँग काँडा हुन्छ सौँदर्य वासना रुँचाउने, घोच्छ भन्दै रुन्छ । ✍️ पृथक प्रकृति झापा ~~~~~~<•>~~~~~~ [२३] १) यहाँ न्याय पाउन पर्दाेरहेछ हेर हामीले सेतो कात्रो लाउन । २) हुने आखिर मानहानि न्याय माग्दा खेरी प्राण खोसेर खानी । ३) देशको लागि मर्छु बैरीले दखल दिएमा त्यसको प्राण हर्छु । ✍️ सीमा कार्की समर्पण ~~~~~~<•>~~~~~~ [२४] १) दलका नेता तगडा भ्रमकाे खेतीमा विकास कुर्सीमा मात्र झगडा । २) भागबण्डामा राम्राे विकास देशकाे गिर्दो साख गणतन्त्रकाे मुख्य निकास । ३) भ्रष्टकाे ठूलै लर्काे बाँच्न कठिन भयाे बजार भाउ चर्काे । ✍️ प्रद्युम्न चालिसे ~~~~~~<•>~~~~~~ [२५] १) नराखाैँ मनमा पाप मिजासले भइन्छ राम्राे छाेड्नुपर्छ समाजमा छाप । २) पिरकाे भारी बाेकेर शिर उठाउन गाह्राे बसाैँ कहाँ राेकेर । ३) सबैलाई उस्तै देखेँ दु:खकाे भुमरीमा बाँचेकाे त्यसैले कहानी लेखेँ । ✍️ सन्दीप विश्वकर्मा प्यूठान (हाल:पाल्पा) ~~~~~~<•>~~~~~~ [२६] १) सबैका आफ्नै कथा फरक हुन्न केही निस्कन्छ उस्तै व्यथा । २) आफैँ बाँधिने नीति मान्छे बनाउन सकोस् बल्ल बस्नेछ थिति । ३) खति शक्ति अति जो महत्वाकाङ्क्षी छ आखिर बिग्रन्छ मति । ✍️ मनोहरी पौडेल गैडाकोट १ २०८०/९/९ साँझ -:५:५६ ~~~~~~<•>~~~~~~ [२७] १) भन्छौ सुखमा बसौँला अफ्नो बस्ती छोडेर कुन सहरमा पसौला ? २) अल्छी कतै बस्दैन जता चहारे पनि मुखमा माड पस्दैन । ✍️ उमा दाहाल सुन्दरहरैँचा-१० मोरङ ~~~~~~<•>~~~~~~ [२८] १) तनमनले गीत गायाे लौ कस्ताे अचम्म मथिङ्गल नै जलायाे । २) देश हाँक्ने भन्छन् उँभाे लगाउने भन्दै मात्र खाल्डो खन्छन् । ३) भन्ने बेला प्रजातन्त्र सिकाउछ कान फुक्दै देश डुबाउने मन्त्र । ✍️ हरिगाेपाल प्रधान काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा बजार। ~~~~~~<•>~~~~~~ [२९] १) झिल्का नयाँ कविता हामी सबै मिलेर लेखौँ भन्छिन् बबिता । २) देशको माया बोकेर विदेशमा भइयो अहिले छातीमा किला ठोकेर। ३) समस्याका हुरी कति जुध्न सिकौँ सबैले बाधा रहन्नन् रति । ४) मनमा अत्यन्त खुसी स्वच्छ वातावरण होओस् जीवनमा नआओस् ढुसी। ५) आउँछन् बाधा जीवनमा पन्छाउन सिकौँ सबैले रहन्नन् बाँकि जनमा । ६) समयको यो खेल साना जहिल्यै चेपुवामा भैदिए हुन्थ्यो मेल । ७) दशमा सुन्ना सय जाओस् शान बढ्दै झिल्काको होस् जय । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~~~~~~<•>~~~~~~ [३०] १) किन हिँड्छौ तर्केर बसेकी छौ तिमी आखिर मृत्यु पर्खेर । २) रोकिन्न नदी बहन्छ सागरलाई भेट्न उसले जस्तै झमेला सहन्छ । ३) दिएर अरूलाई दुख पाउन्नौ तिमीले कहिल्यै यस जुनिमा सुख । ✍️ धुर्व श्रेष्ठ ~~~~~~<•>~~~~~~ [३१] १) गर साथि कर्म सफल जीवन बनाउने सङ्घर्ष हो धर्म । २) मन्दिरमा छन् मुर्ति खुट्टा टेक्न सक्दैन किन ठूलो फुर्ती ३) समय भयो कोल्टो जसले सक्छ लुट्न उसकै ठूलो पोल्टो । ✍️ दीपा तिम्सना पौडेल- ईलाम ~~~~~~<•>~~~~~~ [३३] १) ठाेक गाेली जनतालाई कुम्ल्याऊ सम्पत्ति राष्ट्रकाे बचाउँछन् छिमेकी आई । २) मान्छे अज्ञानी भएर मूर्ख बन्छ घरिघरी सिमा नाघ्दै गएर । ३) बेइमानी भन्छाै किन इमानी छु जहिल्यै बुझाैला कुनै दिन । ✍️ तारा प्रसाद चापागाईँ धुनिबेसी ~~~~~~<•>~~~~~~ [३४] १) महल देखिन्छ सहरमा बैङ्कभित्र छन् पैसा बाध्यता हाेइन रहरमा । २) आमाको सुन्दर चोली सधैँभरि सुन्न पाउँ मिठो मिठो बोली । ३) चुनावको बेला टाेली नेता आएपछि गाउँमा बोल्छन् अनेकन बोली । ✍️ श्री कृष्ण धामी बझाङ ~~~~~~<•>~~~~~~ [३५] १) धुलै उडेको माटो विकासको पर्खाइमा जनता कहिल्यै बन्दैन बाटो । २) चिसोले गरिबलाई सतायो वर्षैपिच्छे आउने मौसमी पवनले तुवाँलो हटायो । ३) दिनको सुनौलो बिहानी रोजगारी गरेर हरपल बित्न पाओस् जिन्दगानी । ४) दान जानी नजानी दयाले हुनेछ कल्याण जिन्दगी हुनेछ खरानी । ✍️ भगवती दवाडी, झापा ~~~~~~<•>~~~~~~ [३६] १) मन्त्रीलाई नमस्कार भन्यो झुक्यो सलाम गर्यो देश कहाँ बन्यो ? २) परदेश गएर नमर्नु देशमै नेता बनेर खुब उन्नति गर्नु। ३) कमाए मान्छे गन्छ कुकुर हजुर नकमाए विदेशिनु बाध्यता बन्छ । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~~~~~~<•>~~~~~~ [३७] १) काम गरेर देखाउँ असल बाटो हिँडेर समाजमा नाम लेखाउँ । २) समाजमा चेतना जगाउँ परोकार पुण्य कर्मको सेवामा मन लगाउँ । ३) छोटो जीवनको चोला अविरल बग्दछ पानी ओरालो झर्दछ होला । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी। ~~~~~~<•>~~~~~~ [३८] १) झेल्दै बेरोजगारी कहर पलायन हुँदैछन् युवाहरू देश विदेशको सहर । २) विनागुरुको शिक्षा ज्ञान गर्न सकिन्छ कसरी लगाए पनि ध्यान । ३) आउँछ नयाँ साल फेरिन्छ पुनः भित्तेपात्रो फेरिँदैन गरिबको हाल । ✍️ बिके मुखिया दार्जिलिङ, भारत। ~~~~~~<•>~~~~~~ [३९] संसार सुन्दर सृष्टि स्नेह माया ममता गर्ने वात्सल्य वृष्टि । २) कोमल कञ्चन मन ममत्व दिने आमा नरित्तिने स्नेही धन । ३) आमा प्रथम गुरू तोते बोली भाषा शिक्षा घरबाट शुरू । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी ~~~~~~<•>~~~~~~ [४०] १) गन्तव्यको भयङ्कर आकार कहिले होला युवाहरूको सुनौलो सपना साकार । २) हरघडी गर्नुपर्छ काम परदेशी मेसिन हो त्यत्तिकै पाइन्न दाम । ३) के हुँदैछ ? जगत जताततै छ अशान्ति दिनदिनै बग्दछ रगत । ✍️ डम्बर थामी 'अनुपम' कालिन्चोक गा. पा. -६, दोलखा । ~~~~~~<•>~~~~~~ [४१] १) मनमा माया पालेर कुरेर बस्छु पियारा आशाको दियो बालेर । २) आँखामा तिमी बसेछौ मायाको भारी बिसाउन सुटुक्कै दिलमा पसेछौ । ३) छातीमा टाँस मलाई नजाऊ छाडी कहिल्यै हृदय मेरो जलाई । ✍️ नवशिला नवदेव मार्ग, लालभित्ती,मोरङ। ~~~~~~<•>~~~~~~ [४२] १) विश्वलाई चिनाउने सगरमाथा बसेको छ हृदयभरि बोकेर अनमोल गाथा । २) म एक्लै जान्थेँ त्यो पारी वनमा काफल टिपी खान्थेँ । ३) वरिपरि हरियो वन देखेर खुशी छायो रमायो झन् मन । ✍️ अनुग्रह राना मगर 'पुष्प' पाँचखपन नपा - ६ संखुवासभा । ~~~~~~<•>~~~~~~ [४२] १) अल्छिपना कतै चल्दैन मिहिनेत आवश्यक जहाँसुकै पैसा रुखमा फल्दैन । २) बाआमाको मन हुरुक्क सबै होइनन् कतिपय देश छोड्दा फुरुक्क । ३) यहीँ फल्छ सुन चाहिन्छ मिहिनेत कडा मनमा कुरा गुन । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ ~~~~~~<•>~~~~~~ [४३] १) आसिन पिँजडाको भित्र कल्पिएर सुन्दर कथा कोरिन्छ खुल्ला चित्र । २) कड्किएर दिन्छ आदेश कुल्चिएर भान फुक्काको यताउति नगरेकै वेश ! ३) कहेर समृद्धिको मन्त्र पारिन्छ भिमकाय पल्टा रहन सदावहार स्वतन्त्र । ✍️ रानाजी, काठमाडौँ २०८०।०९।२१ ~~~~~~<•>~~~~~~ [४४] १) लागेपछि इमानको खडेरी मान्छेलाई सकिँदो रहेनछ सुधार्न बनेपछि अटेरी । २) आफ्नाले ठग्छन् आफ्नैलाई हरायो मान्छेमा आज आफन्त अनि दाजुभाइ । ३) नदेखाऊ मित्र अहङ्कार सबैले गर्छन् मूल्याङ्कन बन बरु इमानदार । ✍️ बाबुराम पाण्डे शितगंगा अर्घाखाँची ~~~~~~<•>~~~~~~ [४५] १) सोझो सिधा ठाने भनेको माने सबै गलहत्तिएर भएँ जाने । २) खुल्ला छ दिल चिलबिल हुन्न पार्नु अनि पाउँछौ श्लील। ३) नयनमा हराउँने गर्छु लुटपुट लुटपुट गर्दै तिम्रै भर पर्छु । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 ~~~~~~<•>~~~~~~ [४६] १) अहिंसा मानव धर्ममा सफलता मिल्नेछ अवश्य विश्वास गर कर्ममा । २) मेहनती शिखर चड्दछ नतर्स असफल हुँदैमा घोडा चढ्ने लड्दछ । ३) आँखामा सपना पालेर निरन्तर बढ्नोस् लक्ष्यमा कदम कदम सम्हालेर । ✍️ Lumbini Sahitya Pratisthan ~~~~~~<•>~~~~~~ [४७] १) मनमा आँधी चल्दैछ बुझ्ने साथी नहुँदा पीडाले छाती जल्दैछ। २) देवी द्याैता भाकेर यात्राको थालनी गरियो छातीमा ढुङ्गा राखेर । ३) पैसामा चासो गर्दैछन् पराई मुलुक पुगी नेपाली कयाैँ मर्दैछन् । ✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज' सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। ~~~~~~<•>~~~~~~ [४८] १) चल्दैछ सुगन्धको लहर घुम्न मन भयो मायालुको सुन्दर सहर । २) कायामा अल्झेको माया त्यसैले भेटेपछि तिमीलाई लाग्छ आफ्नै छाँया । ३) दिनरात हर प्रहर त्यही मनको मन्दिरमा बस्न जाग्यो रहर । ✍️ दीपा गुरुङ्ग (समभाव) बुनपा१२ काठमाडौ ~~~~~~<•>~~~~~~ [४९] १) बिरालो चोर पल्केको घरमा भयो आतङ्क भुसको आगो सल्केको । २) फाटेर आकाश खुलेछ आखिर फ्याउरो करायो बारीमा बाँस फुलेछ । ३) हेर मसानघाट जाग्यो देखेर मुर्दाहरू अगाडि सबैलाई डर लाग्यो । ✍️ आर्त अकुलीन ~~~~~~<•>~~~~~~ [५०] १) तारा उदाउँदा राति कति राम्रो देखिन्छ पिँढीमा कमिलाकाे ताँति । २) सिक्दै जाउँ झिल्का मान्ने होइन गाह्रो फाल्न कुसंस्कारको छिल्का । ३) छैन खबर मेराे व्यर्थै तेराेमेराे किन ? पारेर मुहार अँधेराे । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि । ~~~~~~<•>~~~~~~ [५०] १) रहिछौ तिमी काली राम्री देखिएकी लगाउँदा ओठमा रातो लाली । २) आउ दिलमा बस मनमा सजाउँला तिमीलाई मायाले मलाई कस । ३) सुन्दर सपना सजाई घरबार हामी जोडौँला पिरतीको गीत गाई । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई ४ झापा ~~~~~~<•>~~~~~~ [५१] १) सपनाको एक उडान आराम सुख दिने बनाउॅंछु रङ्गीन बगान । २) रोजगारी मागेको बोली कठै ! मेरो देश सरकारले सोचेछ गोली । ३) देशलाई चाहिने युवा देशमा निराशा बढ्यो नेतृत्वको जताततै खुवा । ✍️ म्यामराज राई ~~~~~~<•>~~~~~~ [५२] १) मनमा माया जाग्यो सम्झिदा सधैँ उसलाई थकान पनि लाग्यो । २) आँखामा आँसु हुन्छ बिर्सन सक्दिनँ उसलाई सम्झिएर मन रुन्छ । ३) आगो नै उकेल्नुपर्छ जिन्दगी खेल हो अनेक तिकडम गर्छ । ४) लिएर लक्ष्य मनमा परिवर्तन हुनुपर्छ हामी एकपल्ट आफ्नै जीवनमा । ✍️ चेतन खनाल (दाह्रीवाला) बंगलाचुली १ दाङ। ~~~~~~<•>~~~~~~ [५३] १) कुहिरोले घाम लुकायो न्यानो कपडा चाहिने महङ्गीले नेटो कटायो । २) थरथर मुटु कमाउने पारिलो घामको आशमा न्यानो कपडा सुकाउने । ३) शितलहर चल्दैछ तराईमा सदा होसियार रहौँ हिमपात बढ्दैछ हिमालमा । ✍️ सुर्य रेग्मी ~~~~~~<•>~~~~~~ [५४] १) स्वभाव देखायो तुच्छ वरिष्ठ ठान्छ मान्छे व्यहोरा पशुको पुच्छ । २) सर्वाधिकार लेखकमा हुने सर्वस्व गुमाई छपायो कुनामा बसेर रुने । ३) आक्रोशमा रिस देखायो थियो अव्यक्त भाव शत्रुमा नाम लेखायो । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~~~~~~<•>~~~~~~ [५५] १) हाँस्न मन लाग्छ तिम्रो छेउमा बस्दा दुःख पीडा भाग्छ । २) तिमीलाई अप्ठ्यारो पर्दा सदा साथ दिन्छु तिम्रो आँसु झर्दा । ३) तिमीलाई त सुटुक्क याे मुटुमा राख्दा माया लाग्छ कुटुक्क । ✍️ उर्मिला के.शी. धनकुटा ~~~~~~<•>~~~~~~ [५६] १) बिरानो ठाउँ रहेछ साथ दिन आउँ ऊ एक्लै भएछ । २) कान्छी पनि आइछ बोकेर सुन्दर फूलमाला चौतर्फी उधुमै छाइछ । ३) मायाको चिनो ल्याएँ पाएँ तिमीमा खुसी त्यसैले तिमीसँगै आएँ । ✍️ शशिश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~~~~~~<•>~~~~~~ [५७] १) स्वतन्त्र भई बाँच्नुपर्छ आफ्नो कर्म गरेर हक आधिकार साँच्नुपर्छ । २) अधिकार भन्दै गन्छौ कर्तव्य निर्वाह नगरेर स्वतन्त्र भएन भन्छौ । ३) चाहना धेरै थिए गर्ने अनुपम कर्म केहीमा हत्कडी लगाइदिए । ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
झिल्काकार मन्दिरा सेढाईका सुन्दर झिल्काहरू
१)
सबैमा नमस्कार अर्पण
गर्छु स्वच्छ मनले
भएर साहित्यमा समर्पण !
२)
नरम वचन सारै
कोइली लाज मानी
झस्काउँछौ तिमी एकतारै !
३)
छैन घरमा मानु
भाग्यमानीले पाउँछन् काम
बेरोजगारले कता जानु !
४)
लोभ पापको घर
चोरेर खान पल्केकालाई
लाग्दैन इज्जतको डर !
५)
नगर ठुला कुरा
असल कर्म गर
सपना हुन्छ पूरा !
६)
कर्मले नाम लेखिन्छ
डोकोले छोपेको लाज
नियालेर हेरे देखिन्छ !
७)
नगर तिरस्कार मलाई
इमान बेच्ने छैन
गर्नेछु राष्ट्रको भलाइ !
८)
घैटोमा घाम लाग्ला
आज नभए भोलि
युवा शक्ति जाग्ला !
९)
असल बाटो रोजेर
हिँड्नुपर्छ आखिर सबैले
पाइँदैन सुख खोजेर !
१०)
सुन लगाएको देखिने
स्वार्थी यो दुनियाँमा
गुन लगाएको छेकिने !
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
झिल्का कविता
१)
कसरी माया बस्याे
केवल एक नजरमा
प्रेमकाे छुराले धस्याे ।
२)
समयकाे फल सानू
प्रकृतिको अमुल्य उपहार
जडिबुटी जानेर खानू ।
३)
पिपलले दिन्छ छाया
अविचलित भएर सधैँ
अक्सिजन सहित माया ।
४)
आशामा रहन्छन् दुखीदाखी
मनुष्य बनौँ दिनानाथ
मनमा उत्साह राखी ।
५)
पितापुर्खाकाे अमुल्य नासाे
सन्ततिलाई नै दिनुपर्दछ
बुझाउनु लगाई चासाे ।
✍️
प्रद्युम्न चालिसे
झिल्का कविता १) नामै काफी छ ओछ्यान मुतुवा जड्याहा मुतिस् माफी छ । २) घ्यम्पोमा गाडेर बस् जाँडको पुङ्गो मान्छे मर घिचेर हस् । ३) लखरलखर नहिँड झल्लु अचेल खतरा छ रिङरोड स्वयम्भू डल्लु । ४) जाँडेको छैन भर लाउनु हुँदैन काम मर्ने हुन्छ डर । ५) जाँडको अचम्मको करामत विनाजानकारी हेर जाँडेको जीवन गर्छ बरामद । ✍️ बिके माकजू
१)
थालियो झिल्कालाई शुरू
समयले साथ दिएसम्म
अघि बढ्नेछु खुरुखुरु।
२)
जन्म्यौँ कस्तो देशमा ?
नेतृत्व भए बेइमान
देखिन्छन् नक्कली भेषमा ।
३)
सबैले गर्छन् गुनासो
सत्ताधारी मोज गर्ने
छैन जनताको चासो ।
४)
भइरहन्छ यस्तो कहिलेसम्म
जनताको शक्ति उदाओस्
पाइयोस् भोजन टम्म ।
५)
गणतन्त्र कस्तो देखियो
सयौँ राजा भए
भएको गतिविधि लेखियो ।
✍️
अर्जुन प्रसाद चौलागाई
झिल्का कविता १) रोएर हुन्न साथी छोएर शिखर आफैँ जीवन पुग्छ माथि । २) गालीमा ताली दिँदै के जिउनू जिन्दगीमा ? केवल बदला लिंँदैं । ३) रोपी काँडाका विजन हेमन्त शिशिर मास खोज्नु शरद सिजन । ४) झोलामा नारा सारा स्वर्ग बनाउने बोक्दै निस्किए भोट देशमारा । ५) मूर्खका देवता कस्ता कालोलाई सेतो भन्छन् तीता परिणाम यस्ता । ✍️ मनोहरी पौडेल गैडाकोट १ २०८०/९/१९