• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: झिल्का कविता

साताका उत्कृष्ट झिल्काहरू- ८

  • ३ चैत्र २०८०, शनिबार २३:२९ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको आठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ८ का लागि झिल्काकार त्रय वसन्त अनुभव, भावना थापा मुस्कान र सरला माझीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~


    [१]
    १.
    चढ्छन् करोडौँको कार
    सर्वहाराका प्रतिनिधि उनी
    राम्रै छ बन्दव्यापार ।
    २.
    हुँदैन कसैको फिक्री
    हिराको मोदक हातमा
    परेपछि सुनको सिक्री ।
    ३.
    सम्झन्छ्न् मूर्ख हरपल
    जितेर भुल्छ्न् नेता
    रुवाउँछन् जनता पलपल ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~

    [२]
    १.
    लुट्यो जवानी मेरो
    लुटेराले सुनसान बस्तीमा
    जब थियो अँधेरो ।
    २.
    भएकी छु अचेल
    एकोहोरो पागल जस्तै
    आफैँदेखि म ओझेल ।
    ३.
    गिद्धको नजर लाग्यो
    न्याय माग्न जादा
    न्यायधीश नै भाग्यो ।
    ✍️
    भावना थापा मुस्कान
    ~<•>~

    [३]
    १.
    कसैलाई नगर्नू हेला
    आवश्यक पर्नसक्छ हेर
    उसैको जुनसुकै बेला ।
    २.
    राम्रो हुनु पहिले
    अभिमानी, अनुशासनहीन नहुनू
    आमा भन्नुहुन्छ ‌‌जहिले ।
    ३.
    घमण्डले सिध्याउँछ मानवता
    कलियुगमा हिँड्नुपर्छ सम्हालिएर
    मान्छेमा हुन्छ दानवता ।
    ✍️
    सरला माझी
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ८

    झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न

  • ३० फाल्गुन २०८०, बुधबार २०:५६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    ~~~[
    [१]
    १.
    परिस्थिति रहोस् कस्तै
    प्रगाढ रहोस् सम्बन्ध
    आँखा, आँसुको जस्तै ।
    २.
    अटुट सम्बन्धको खानी
    सम्बन्धको बलियो उदाहरण
    नङ, मासुको कहानी ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~<•>~~

    [२]
    १.
    कहिले नपरोस् रोगाउन
    हाम्रो सम्बन्ध सधैँभरि
    पर्छ मिलेर जोगाउन ।
    २.
    देखाउनुपर्छ राम्रो बानी
    मरेपछि लानु छैन
    बन्नुपर्छ जलेर खरानी ।
    ✍️ शंकर कार्की, मकवानपुर
    ~~<•>~~

    [३]
    १.
    प्यारको नशा पिएर
    जिउन खोज्दै छु
    यादले मुटु सिएर ।
    २.
    चुँडियो गुलाफ प्रेमले
    दुखाउँछ काँडाले मन
    कतिन्जेल जिउँछौ भ्रमले ?
    ✍️ कृष्ण सुवेदी, पोखरा
    ~~<•>~~

    [४]
    १.
    टुटेको सम्बन्ध गाँसाै
    जीवन छाेटाे छ
    दुवै मिलेर हाँसाै !
    २.
    सम्बन्ध खराब हुँदा
    रातभर निद्रा आउँदैन
    हुन्छ बिहानि रुँदा !
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    ~~<•>~~

    [५]
    १.
    बाँडेर आपसमा जिम्मेवारी
    प्रगाढ बनाऔँ सम्बन्ध
    मिलेर हामी नरनारी ।
    २.
    सुन्दर सपना सजाई
    बसौँ नारी पुरुष
    सम्बन्ध कसिलो बनाई ।
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
    ~~<•>~~

    [६]
    १.
    चेतनाको दियो बाल
    सम्बन्ध गाढा बनाउँदै
    घमण्ड अहङ्कार फाल !
    २.
    पूरा नहुने भयो
    सम्बन्ध हाम्रो अब
    सपना टुटेर गयो !
    ✍️ कला ढकाल, झापा
    ~~<•>~~

    [७]
    १.
    झिल्का हो चौतारी
    लेखौँ मनको भाव
    नजाऊ अन्त भौतारी !
    २.
    झिल्काले छर्‍यो सुगन्ध
    विचार आदनप्रदान गर्दै
    बिस्तार भयो सम्बन्ध !
    ३.
    सानो परिवार हाम्रो
    फलोस् फुलोस् सधैँ
    समेटेर भाव राम्रो !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    ~~<•>~~

    [८]
    १.
    सकियोस् भरोसा गर्न
    जीवनको हरेक मोडमा
    सकिन्छ खुसी भर्न ।
    २.
    सम्बन्ध गाढा बनोस्
    जिन्दगी सुन्दर लाग्छ
    दुनियाँले आहा भनोस् ।
    ३.
    यात्रा सहज बन्छ
    असल सम्बन्ध भए
    त्याग गर्छु भन्छ ।
    ✍️ पुष्पा राई, खाेटाङ
    ~~<•>~~

    [९]
    १.
    सम्बन्ध रहोस् दिगो
    टुटेर फुटेर कतै
    तिर्नु नपराेस् बिगाे ।
    २.
    पैसामा सम्बन्ध जोखिन्न
    विश्वासमा घात भएपछि
    आफ्नै नाता चोखिन्न ।
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    ~~<•>~~

    [१०]
    १.
    सम्बन्ध हुनुपर्छ राम्रो
    अघि बढौँ मिली
    नछुटोस् साथ हाम्रो ।
    २.
    गरौँ मिठा बात
    अब लेख्न झिल्का
    बढाऔँ हामी हात ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~~<•>~~

    [११]
    १.
    जित भएन हार
    जबदेखि आफ्नैहरूले यहाँ
    गरिदियो सम्बन्धको व्यापार ।
    २.
    कलिले छरेको सुगन्ध
    तिम्रो मेरो बीचमा
    यस्तै बनोस् सम्बन्ध ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~<•>~~

    [१२]
    १.
    खुल्ला रहोस् चाहाना
    मानवता राखौ जिउँदो
    नबनाऊ कहिल्यै बाहाना ।।
    २.
    सम्बन्ध चिसिनु हुँदैन
    बनौँ सधैँ परोपकारी
    आत्मा कसैको रुँदैन ।।
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    ~~<•>~~

    [१३]
    १.
    पानी बिनाको खेती
    फलदायी हुँदैन छाेरा
    लगाउनु पसिनाले रेती ।
    २.
    प्रतिभा अवश्य ठुलाे
    संस्कार र संस्कृति
    हुन् जीवनकाे ओखतीमुलाे ।
    ३.
    भजन जनताकाे नाममा
    कस्ता स्वार्थी खेलाडी
    एकजुट लुट्ने काममा ।
    ४.
    माटाकाे भर ढुङ्गाे
    एकअर्कामा छ निर्भर
    अकाट्य हुन्छ टुङ्गो ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~~<•>~~

    [१४]
    १.
    सम्बन्धमा अचेल तिक्तता
    टोलाएर बस्छु अहिले
    चारैतिर देख्छु रिक्तता ।
    ✍️ नागेन्द्रप्रसाद यादव
    ~~<•>~~

    [१५]
    १.
    यस्तो होस् सम्बन्ध
    आँखा लगाउनेको फुटोस्
    नहोस् कुदृष्टिको गन्ध ।
    २.
    हुनुपर्छ सम्बन्ध झकास
    मिलेर हामी एकआपसमा
    बनाउनुपर्छ सधैँ खास ।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~<•>~~

    [१६]
    १.
    नहोउँ कोही टाढा
    एकापसमा मिलेर नै
    सम्बन्ध बनाऔँ गाढा ।
    २.
    बढाऔँ अगाडि पाइलो
    बनाए प्रगाढ सम्बन्ध
    जीवन हुन्छ रमाइलो ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~<•>~~

    [१७]
    १.
    विश्वास हुन्छ पाया
    एकअर्कोमा सदा नै
    आभास नितान्त माया ।
    २.
    सत्य मूल आधार
    पवित्र माया भए
    कहिल्यै हुँदैन निस्सार ।
    ३.
    भुल्नुहुन्न आफ्नो धर्म
    जस्तोसुकै होस् परिस्थिति
    पूरा गर्नुपर्छ कर्म ।
    ✍️ पृथक प्रकृति, झापा
    ~~<•>~~

    [१८]
    १.
    सम्वन्ध रहोस् गाढा
    हुँदैमा कुरा सानोतिनो
    नबनौँ कोही टाढा ।
    २.
    हुनसक्छ कहिलेकाहीँ घोचाघोच
    नठोसी बल्दैन अगुल्टो
    लिऔँ असल सोच ।
    ३.
    सम्वन्धमा नआओस् कुठाराघात
    विश्वासको अन्तिम क्षणमा
    नलागोस् कसैलाई मात ।
    ४.
    झिल्काले सम्बन्ध भाक्यो
    विचार आदानप्रदान गर्दै
    उच्च प्रवन्धलाई डाक्यो ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हाल-अमेरिका,बोस्टन।
    ~~<•>~~

    [१९]
    १.
    मनको मान्छे भनेँ
    पैसाको निम्ति होइन
    यसैले मैले गनेँ ।
    २.
    साइनो रगतको हाम्रो
    सोचेको जस्तै रहोस्
    छैन कुरा चाम्रो ।
    ३.
    नाताको आधारमा मैले
    सम्बन्ध बलियो गरेको
    किन मारिस् तैँले ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    ~~<•>~~

    [२०]
    १.
    अनौठो सम्बन्ध हाम्रो
    भेट भएको छैन
    माया झनझन चाम्रो ।
    २.
    बुझिसकेँ हेर मैले
    तिम्रो मनको कपट
    देख्दछु म जैले ।
    ✍️ मंगला आचार्य उपाध्याय
    बारा कलैया १
    ~~<•>~~

    [२१]
    १.
    सम्बन्ध मनले जोड्छ
    आाखिर विचार नमिल्दा
    फेरि उसैले तोड्छ !
    २.
    अमर पिरती हाम्रो
    प्रगाढ रङ्गहरूको जस्तै
    चिनारी सम्बन्ध राम्रो !
    ✍️ आर्त अकुलीन
    ~~<•>~~

    [२२]
    १.
    सम्बन्ध बनोस् राम्रो
    बाधा अवरोधले घेरेर
    पनि नहोस् चाम्रो ।
    २.
    सम्बन्धमा रहोस् माया
    साथ नहुन पनि
    अनुभूति रहोस् दायाँबायाँ ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~

    [२३]
    १.
    टाढाको सम्बन्ध कस्तो
    आकाश धरती माझ
    देखिने क्षितिज जस्तो ।
    २.
    सम्बन्ध रहोस् राम्रो
    बगेको नदी जस्तै
    टिस्टा, रगीत हाम्रो ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    ~~<•>~~

    [२४]
    १.
    सम्बन्ध राम्रो बनाउन
    चाहिन्छ व्यवहार पारदर्शी
    सधैँ साथ पाउन !
    २.
    मनको नजिकै सर्नू
    अगुल्टो नठोसी बल्दैन
    नयन कहिल्यै नतर्नु !
    ✍️ सीमा कार्की समर्पण
    ~~<•>~~

    [२५]
    १.
    सम्बन्ध राम्रो हुन
    अवश्य समझदार बनौँ
    एकअर्काको मन छुन ।
    २.
    सबैजना मन्त्रीको दाउमा
    बीचैमा सम्बन्ध बिग्रदा
    कुर्सी अर्काको नाउँमा
    ३.
    सम्बन्ध राम्रो थियो
    पाएको थिएँ पुरस्कार
    अहिले धोका दियो !
    ४.
    एकापसमा प्रेम गरौँ
    सम्बन्ध राम्रो हुन
    खुसीले माया भरौँ ।
    ✍️ शशी आचार्य
    ~~<•>~~

    [२६]
    १.
    कतिपय बिराउँछन् बाटो
    सम्बन्ध निभाउन नजान्दा
    मासिन्छ ठुलठुला पाटो ।
    २.
    बेलाबखत गर्नुपर्छ चियो
    विश्वासमा टिक्छ सम्बन्ध
    छान्नुहुन्न कमजोर मियो ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~<•>~~

    [२७]
    १.
    मिलेर उत्सव मनाउँ
    जीवन चोला रहुन्जेल
    सम्बन्ध प्रगाढ बनाउँ !
    २.
    दुईचार दिनको चोला
    मजबुत बनाए सम्बन्ध
    सुनमा सुगन्ध होला !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)
    ~~<•>~~

    [२८]
    १.
    बाहिरी सुन्दरता देखेर
    झट्ट विश्वास नगर्नू
    बस्नुपर्छ जीवनभर रोएर ।
    ✍️ प्रविना प्रयासी
    ओखलढुंगा
    ~~<•>~~

    [२९]
    १.
    सम्बन्ध प्रगाढ बनाेस्
    आपसमा सद्भाव देखेर
    सबैले आहा भनाेस् ।
    २.
    सम्बन्ध बढाउनु राम्रो
    पुरानो यात नयाँ
    माया बढाेस् हाम्रो ।
    ३.
    मन नफाटाेस् कहिल्यै
    झिनामसिना विवाद भए
    फाल्नुपर्छ भन्छु अहिल्यै।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर ।
    ~~<•>~~

    [३०]
    १.
    सम्बन्ध यसरी बनोस्
    कसैको नजर नलागी
    खुट्टाले जमिन खनोस्
    २.
    सम्बन्धले बाधेको नाता
    बिछोडको बेदना सहेँ
    अदालतमा खोलेँ खाता ।
    ३.
    प्रेम सम्हालेर जान्छन्
    हतेलीमा राखेर कस्तो
    अपमान हुँदैमा मान्छन् ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~<•>~~

    [३१]
    १.
    सम्बन्ध बनोस् गाढा
    अहिले जत्तिँकै सधैँ
    भए तापनि टाढा l
    २.
    नआओस् शङ्काको गन्ध
    सुनेर हावादारी कुरा
    प्रगाढ़ बनोस् सम्बन्ध l
    ३.
    सुमधुर सम्बन्ध बनाउन
    शङ्काको मैलो पखाली
    जान्नुपर्छ है रमाउन l
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~<•>~~

    [३२]
    १.
    भएपनि जति टाढा
    लागिरहाेस् माया उसैकाे
    सम्बन्ध बनाेस् गाढा ।
    २.
    सम्बन्ध राम्रो उसैको
    जाने राम्रो निभाउन
    हुँदैन बिफल कसैकाे ।
    ✍️ उर्मिला के.शी.
    धनकुटा !
    ~~<•>~~

    [३३]
    १.
    मनको साइनो राम्रो
    अटल रहोस् सम्बन्ध
    जुनी जुनी हाम्रो ।
    २.
    विचित्रको संसार कस्तो
    सम्बन्धको डोरी बाट्नु
    माछा पानीको जस्तो ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    ~~<•>~~

    [३४]
    १.
    घाम र छायाको
    जस्तै बनाउनुपर्छ सम्बन्ध
    रिस होइन मायाको ।
    २.
    सम्बन्ध कस्तो हुने
    राम्रो या नराम्रो
    झर्ने, आकाश छुने।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    ~~<•>~~

    [३५]
    १.
    कसैलाई पिर नपार्नु
    सम्बन्ध आत्मिक होओस्
    सानालाई थिचेर नमार्नु ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    ~~<•>~~

    [३६]
    १.
    नाता बलियो हुन्छ
    सम्बन्ध राम्रो भए
    मायाले मन छुन्छ ।
    २.
    माया बलियो गाँस्नू
    विश्वास गरें तिमीलाई
    मनैले माया नमास्नू ।
    ३.
    झुटो बोलेमा सकिन्छ
    तिम्रो साथ भएमा
    पवित्र नाता देखिन्छ।
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।
    ~~<•>~~

    [३७]
    १.
    झिल्काले जुराको सम्बन्ध
    नछुटोस् कहिले पनि
    फैलियोस् जगतमा सुगन्ध ।
    २.
    बन्दैछ सम्बन्ध गहिरो
    झिल्का कवितामा पनि
    नआओस् बिचमा पहिरो ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~<•>~~

    [३८]
    १.
    सम्बन्धमा धाजा पर्ने
    नगर काम कतै
    आपसमा मन मर्ने ।
    २.
    समझदारी कायम गर
    विश्वासघात हुने कामको
    भरमा कहिल्यै नपर ।
    ✍️ विवश पारदर्शी
    झापा,
    ~~<•>~~

    [३९]
    सम्बन्ध राम्रो हुनुपर्छ
    सधैँ घर इष्टमित्रहरूमा
    सबैको हित गर्छ ।
    २
    बोली व्यवहारमा मिठास
    नहौस् तितोपिरो कहिल्यै
    घरभित्र लक्ष्मीको बास ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~<•>~~

    [४०]
    १.
    क्षणिक सम्बन्ध जस्तो
    भेट फेरि नहुने
    दिएको माया सस्तो ।
    २.
    यादले सताउँछ कहिले
    अतीतले बल्झाउँछ जब
    लाग्दैन रमाइलो अहिले ।
    ३.
    छुटेपछि सम्बन्ध हाम्रो
    बन्नेछ अधूरो कहानी
    जिन्दगी नितान्त नराम्रो ।
    ✍️ दिल ठकुरी टिस्टा भेल्ली
    दार्जिलिङ
    ~~<•>~~

    [४१]
    १.
    दुनियाँको नजरमा खस्न
    कस्तो सम्बन्ध जोडियो
    माइती घरमा बस्न ।
    २.
    विदेश पस्न बाध्य
    कमाइ गर्न पनि
    भएन सरकार साध्य ।
    ३.
    आफ्नै हृदयमा छुरा
    होला कस्तो सम्बन्ध
    जटिल भयो कुरा ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    ~~<•>~~

    [४२]
    १.
    सम्बन्ध जोडेको राम्रो
    झिल्का कवितालाई देख्दा
    बतासिन्छ मन हाम्रो ।
    २.
    कविता लेखिन्छ खिपेर
    जोडेर सम्बन्ध आपसमा
    प्रेमको सुगन्ध लिपेर ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    ~~<•>~~

    [४३]
    १.
    तुलना नगर्नु धनमा
    सम्बन्ध बिग्रिएर झनै
    फाटाे आउला मनमा ।
    २.
    उदाहरण बनाेस् हाम्राे
    विश्वास गर्नसकेमा हेर
    टिक्छ सम्बन्ध राम्राे ।
    ३.
    नठान्नु कसैले सस्ताे
    सम्बन्ध बढेर जाओस्
    नङ मासुकाे जस्ताे ।
    ✍️ काेपिला अधिकारी
    गाेरखा सिरानचाेक
    ~~<•>~~

    [४४]
    १.
    झिल्काले सम्बन्ध बढायो
    भावनाको डोरी जोड्न
    धेरै पाठ पढायो ।
    २.
    परिचयको सिमा बढायो
    साहित्य जगतमा आज
    सम्बन्ध जोडिन सिकायो ।
    ३.
    बन्यो झिल्का चौपारी
    सम्बन्ध खोज्दै म
    डुले सारा भौतारी ।
    ✍️ देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    ~~<•>~~

    [४५]
    १.
    प्रारब्ध निश्चल भैजावाेस्
    हुनुहुँदैन पछि अविचल
    सम्बन्धमै सफलता माैलावाेस् !
    २.
    निश्चल सम्बन्ध रत्न
    जरा बलियाे बनाऔँ
    गरेर प्रशस्त यत्न ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    ~~<•>~~

    [४६]
    १.
    सम्बन्धमा धमिलो नपारौँ
    रहनुपर्छ यो अन्तिमसम्म
    दिन्छु भनेर नमारौँ ।
    २.
    माहुरी फूलको गन्ध
    फूल फुलुन्जेल सदा
    गाढा रहोस् सम्बन्ध ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    ~~<•>~~

    [४७]
    १.
    जीवन जित हार
    सम्बन्ध विश्वासिलो भए
    हुने बाँच्ने आधार ।
    २.
    सबै नपाइने किन्न
    सम्बन्ध सत्य झुठको
    छद्मवेषी गाह्रो चिन्न ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ~~<•>~~

    [४८]
    १.
    अटुट रहोस् सम्बन्ध
    नहोस् केवल औपचारिकता
    मगमगाई रहोस् सुगन्ध ।
    २.
    लम्बिरहोस् हाम्रो सम्वन्ध
    दुखसुख निरन्तर झेल्दै
    छरिरहोस् मनोहर सुगन्ध !
    ✍️ पेम्बा योल्मो
    ~~<•>~~

    [४९]
    १.
    भाइचाराको राम्रो सम्बन्ध
    हामीले मिलेर गर्नुपर्ने
    काममा झन् सुगन्ध ।
    २.
    राम्रो सम्बधको हित
    नराम्रो बानी छाेडेपछि
    भाइचाराको हुन्छ जित ।
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    ~~<•>~~

    [५०]
    १.
    सम्बन्धले माया भराैँ
    व्यवहार राम्रो पारेर
    खुसीसँगै प्रेम गराैँ ।
    २.
    व्यवहारले मन छुन
    हुनुपर्छ ज्ञानी विवेकी
    सम्बन्ध गाढा हुन ।
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~<•>~~

    [५१]
    १.
    सम्बन्ध बिग्रिँदै गयो
    तिमीले शङ्का गर्नाले
    ठुलो क्षति भयो ।
    २.
    सम्बन्धको कुरा नगर
    माया गर्छु तिमीलाई
    मेरै भरमा पर ।
    ३.
    तिमी मेरो साहारा
    सम्बन्ध बिग्रियो भने
    बनिन्छ मृत्युको आहारा ।
    ४.
    टाढियौ सयौँ कोस
    टाढा हुन्छ गाढा
    जाँगर चल्छ जोस ।
    ✍️ ललिता सिन्धुली
    ~~<•>~~

    [५२]
    १.
    सम्बन्ध गाह्रो टिकाउन
    बदनामीको मात्रै खाली
    नाम परो बिकाउन ।
    २.
    जसले सम्बन्ध जोड्छ
    अनि बनाउँछ बहाना
    आफैँ बाटो मोड्छ ।
    ३.
    हातमा हात मिलाएर
    सम्बन्ध अघि बढाऔँ
    टुक्रिएको मुटु सिलाएर ।
    ✍️ लक्षमण देउवा ठकुरी
    आदर्श डोटी, हाल भारत
    ~~<•>~~

    [५३]
    [१]
    आकाश र धरती
    खोलाको दुई तिर
    सम्वन्ध या पिरथी ?
    ✍️ ध्रुव श्रेष्ठ
    ~~<•>~~

    [५४]
    १.
    सम्बन्धमा हुनुपर्छ गाढापन
    मायाप्रेम अनि सद्भाव
    चल्छ जिन्दगी सादामन ।
    २.
    नाता सम्बन्धको तलाउ
    स्वच्छ निर्मल हुनुपर्छ
    संस्कार नभुली चलाऊ ।
    ✍️ राजेस्वरी राजोपाध्याय
    ललितपुर
    ~~<•>~~

    [५५]
    १.
    सम्बन्ध राम्रो बनाऔँ
    सम्झना सधैँ रहन
    सद्भावले सौम्य जनाऔँ ।
    २.
    सम्बन्धले जीवन बन्दछ
    सदैव मिलेमा राम्रो
    यही मनले भन्दछ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~~<•>~~

    [५६]
    १.
    सम्बन्ध राम्रो गासौँ
    जहाँ जहाँ भएपनि
    जीवनमा सधैँ हाँसौँ !
    २.
    झिल्का काव्य पढौँ
    यस पाठशालामा रहेर
    सम्बन्ध गाँस्दै बढौँ ।
    ३.
    बत्ती बल्यो झलल
    लेख्न जान्दा खेरी
    बढ्छ अघि सलल ।
    ✍️ बेदु न्यौपाने 🇳🇵
    ~~<•>~~

    [५७]
    १.
    तिम्राे हृदयकाे सगरमाथा
    दवाई औँला अञ्जलीले
    विरताकाे सुनाैला गाथा ।
    २.
    कुरेर प्रतीक्षाकाे चाैतारी
    भावनाकाे भित्री सागरमा
    नछुटोस् सम्बन्धकाे औतारी ।
    ३.
    टुट्नुहुन्न सम्बन्धकाे डाेरी
    एकमुठ्ठी श्वास रहुन्जेल्
    नजानुस् सहकार्य ताेडी ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर

    —-<••: जय झिल्का ! जय साहित्य :••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ८ सम्पन्न

  • २९ फाल्गुन २०८०, मंगलवार २२:१८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको आठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला – ०८ मा सहभागी झिल्काकारहरू-

    …
    १,
    फोहोरको मोहर हौ
    प्राप्त व्यवस्था सुधार्न
    जनको ढुकढुकीमा छौ ।
    २,
    नारी सृष्टिको मुहान
    उज्यालो बिहान ल्याउने
    कहिल्यै घट्दैन सम्मान ।
    ३,
    आहा ! देशको प्रशासक
    सगरमाथाझैँ शिर उॅंचो
    भक्षक विरुद्धमा रक्षक ।

    • म्यामराज राई, भोजपुर
      …
      १)
      कागजमै आहा समृद्धि
      घट्ने चान्सै हुँदैन
      उकालोमा छ मूल्यवृद्धि !
      २)
      बरु छोड्ला सासले
      पटक्कै कुर्सी छोड्दैनन्
      नेता मालको आसले !
      ३)
      आलु भनेर पिँडालु
      बनाई मूर्ख जनता
      छल्न साह्रै सिपालु !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
      …
      १,
      आँसुको सागर बगेछ
      बन्धन मुटुमा गाँठो
      कसिॅंदै कसिॅंदै सरेछ ।
      २,
      शिवरात्रि भाङ, धतुरो
      ताण्डव नाचेर बिताए
      हाँसोमा भएछ चतुरो ।
      ३,
      नारीको अस्तित्व रहन्छ
      परिश्रम गरेर खान्छन्
      माटोमा कुँदेर सहन्छ ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      गर्छौँ मिठा कुरा
      मुखले ठिक्क पार्दै
      तर छन् अधुरा।
      २,
      जोगी देखिॅंदैनन् फरक
      भाँडो उही भई
      लागिरहन्छ हामीलाई हरक।
      ३,
      भन्छौँ सबै ठिक
      देखिॅंदैन कतै नयाँ
      अनि लागिरहन्छ दिक।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      महिला अधिकारका कुरा
      सबैले गरेको देखेर,
      मनै आनन्दित पूरा।
      २,
      नबनोस् एक दिनलाई
      महिला दिवस उत्सव,
      दबाएर हरेक छिनलाई।
      ३,
      मिलाए हातमा हात
      नारीहरू अघि बढ्नेछन्,
      पाए समाजको साथ।
    • पुष्पा राई, खोटाङ।
      …
      १,
      हामी नेपालीको माथ
      विश्वको सामु झुक्दैन
      खेलाँची कहिल्यै नठान ॥
      २,
      खान्छौँ आफ्नै पौरख
      खोस्रेर पाखा पहरा
      यसमै मान्छौँ गौरव ॥
      ३,
      आफनै पौरखमा बाँचौँला
      सधैँ रमाउँदै खुसीले
      मिलेर हामी नाचौँला ।
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १,
      नारी अस्तित्व मेटिए
      स्वतन्त्रताको नारा अनर्थ
      न्यायको थाप्लोमा टेकिए ।
      २,
      नारी महान् सम्मान
      छैनन् नारी घरमा
      कसरी चल्छ जहान ?
      ३,
      हरे ! शिव भोला
      नारी अस्तित्व सबैको
      रक्षा गर्नु होला ।
    • बेदु न्यौपाने
      …
      १,
      झरेको झर्ना हेर्दा
      भयो अति आनन्द
      मायाले साथमा बेर्दा।
      २,
      रहर मेटिएन मनको
      देखेर आकृति तिम्रो
      लजालु त्यो पनको।
      ३,
      मेरो जीवनको सहारा
      जूनझैँ बनेर आइदियौ
      आकाशको चम्किलो तारा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      नारी दिवस अर्थ
      सानी ठुली बुझे
      सत्कर्म गरी गर्व ।
      २,
      लहडमा नलाग सानी
      अगाडि बढ लिएर
      असल आचरणको बानी ।
    • देव मगर
      …
      १,
      कागजी बाघ भए
      विकास बाधा भयो
      एकै ठाउँमा गए।
      २,
      मात्र भोटको मिसन
      उखान टुक्का हाली
      सकियो कामको लगन ।
      ३,
      जनताको पसिनामा रजाइॅं
      काले काले मिलेका
      पालैपालो दाग लगाई।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      फेरि उडायो तारा
      पार्छ पक्कै पनि
      बेथिति जगमग सारा l
      २,
      नउठोस् कृत्रिम बादल
      छेक्न त्यसको आभा
      बजाई बेतालको मादल l
      ३,
      बन्नु दक्ष प्रशासक
      खोजी खोजी भ्रष्टलाई
      डस्नू, बनेर तक्षक l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      सबले मिली खाने
      असल नेता अब
      खोज्न कहाँ जाने।
      २,
      कसको गर्नु भर ?
      आफू आफैँसॅंग पनि
      लाग्छ अचेल डर।
      ३,
      कान चिरेका जोगी
      सबै नेता उस्तै,
      खान मात्रै भोगी।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ
      …
      १,
      छैन यहाँ सातुसामल
      अल्छी साइँदुवा मोरो
      पानी उमाल्नू, हरपल ।
      २,
      छैन काम दाम
      घुमीफिरी दिन बिताउने
      चाहियो मिठो माम।
      ३,
      पेट छालाको धोक्रो
      भरिनै पर्छ नभरे
      समातिहाल्छ नि घोक्रो।
    • बिके मुखिया, दार्जिलिङ भारत
      …
      १,
      बन्नुपर्छ सुयोग्य नारी
      रिसराग सबै त्यागेर
      घरव्यवहारमा गरौँ सफारी।
      २,
      शिवको भक्त भएर
      तीर्थयात्री मख्ख पार्‍यो
      मठमन्दिर दैनिक गएर।
      ३,
      गृहमन्त्री बने रवि
      भ्रष्टाचार निर्मूल गरेर
      कस्तो बनाउॅंछौ छवि ?
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, राधे राधे भक्तपुर
      …
      १,
      केही गर्न बाँचौँ
      अन्याय सहनु हुँदैन
      शक्ति सामर्थ्य साँचौँ ।
      २,
      कर्तव्य हुँदैन भुल्नु
      पाइॅंदैन मागेर अधिकार
      लक्ष्यहीन किन डुल्नु ?
      ३,
      झनै बिग्रॅंदो रीति
      सकिॅंदैन यसरी जिउन
      भड्किॅंदो सबैको मनस्थिति !
    • ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
      …
      १,
      महान् हुन्छ कर्मले
      सुन्दर देश दुनियाँ
      सजीव सेवा धर्मले !
      २,
      उकाली गर्दै ओराली
      एकसाथ जीवन मार्गमा
      मिलेर बसौँ चौतारी !
      ३,
      हावा चलेछ रातमा
      अनुपम सृष्टि संसार
      शीतको थोपा पातमा !
    • आर्त अकुलीन
      …
      १,
      बगेछ आँसुको भेल
      छ मन भक्कानिएको
      कहिले हुन्छ मेल ?
      २,
      किनार छन् दुईतिर
      आफ्नो गतिमा नदी
      हुँदैन कहिल्यै अस्थिर ।
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      समयको गरौँ ख्याल
      पल पल सम्झॅंदै
      नत्र भइन्छ बेहाल।
    • तोया नाथ चापागाईं, दमक, झापा
      …
      १,
      कस्तो समय आयो
      अरूलाई होच्याई आफू
      रमाउॅंदै सरम पचायो ।
    • विजय रिजाल
      …
      १,
      देशमा उजेली छाएन
      अनेकौँ तन्त्र आए
      सुनौलो बिहानी आएन।
      २,
      मान्छे मात्रै फेरियो
      नीति उस्तै उस्तै
      शासन सबैको हेरियो।
      ३,
      उसले सरम पचायो
      सहस्र वितण्डा गरेरै
      फेरि कुर्सी बचायो ।
    • नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ)
      …
      १,
      आफ्नै माटो खोस्रेर
      उब्जनी गरौँ हामी
      धर्ती पसिनाले सिॅंचेर ।
      २,
      बल्ल बन्छ देश
      हातमा हात मिलाउँदै
      सम्हालौँ आफ्नो परिवेश
      ३,
      सुन्दरताको छ खानी
      परिश्रमी किसान छन्
      सबैको सहयोगी बानी ।
    • सरिता सेढाई, धादिङ
      …
      १,
      कुरा अधिकारका रहे
      कानुन छ भेदभावपूर्ण
      वकिलहरू बिक्री भए ।
      २,
      अर्थतन्त्र ओरालो लाग्यो
      डुब्ने सङ्घारमा देश
      नेताहरू परपर भाग्यो ।
      ३,
      प्रवासीलाई अधिकार चाहियो
      आफू बसेको देशबाट
      भोट दिन पाइयो ?
    • रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      प्रयास आकाश छुनलाई
      सम्झेर कहिल्यै नरुनु
      बाआमालाई दिन्न रुनलाई ।
      २,
      आफ्नै मान्छेले लडाउॅंछन्
      कसलाई उचाल्दा हुन्छ
      कानमा शङ्ख बजाउॅंछन् ।
      ३,
      महिलाले महिला मारेका
      नेपालको कानुन मनमौजी
      महिलाहरू ओझेल पारेका ।
    • चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ
      …
      १,
      सलल बगेको खोला
      बाह्र वर्षपछि फर्कन्छ
      साँच्चै फर्केको होला ।
      २,
      पवनले पत्र चलाउँदा
      सितारा घुम्टी झिकेर
      निशापछि रवि सल्बलाउँदा ।
      ३,
      म भाग्यमानी ठानेर
      डोकोमा दुध दुहुन्न
      अडिन्न भन्ने जानेर ।
    • झरना विन्दु ‘सरु’, सिराञ्चोक-५,गोरखा, हाल:राइनास-१,लमजुङ
      …
      १,
      अन्याय अत्याचार विकार
      मौलाउन नपाओस् पुनः
      कोही नहोस् सिकार।
      २,
      मौनतामा रुमलिन नपरोस्
      आवाज उठाउनु पर्छ
      कसैले अतिक्रमण नगरोस् ।
      ३,
      हारेको कर्म नभनौँ
      किमार्थ दिदीबहिनी हो
      कर्ममा लागि परौँ ।
    • पृथक प्रकृति
      …
      १,
      गर्नेको पुच्छर तान्छ्न्
      बहुमत पाएर चण्डालले
      हैरानी दिएर बान्छन् ।
      २,
      उहिले लाइएन माया
      आँखाको मिठास झझल्को
      अहिले परिगयो छाया ।
      ३,
      हरियाली सुन्दर ठाउँ
      मासेर यसरी आफैँले
      खोजेर कहाँ पाऊँ ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      मानवले मानवको सेवा
      अति उत्तम हुनेछ
      पुण्य कर्मको मेवा।
      २,
      बन्दछ भविष्य राम्रो
      समयलाई चिन्न सके
      डुबेको जिन्दगी हाम्रो ।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      ए ! युवा जाग
      बन्नुपर्छ तिमी साहसी
      यसैले विकासमा लाग।
      २,
      सुकेर गयो खहरे
      लाग्छ उसलाई डर
      नबन तिमी सहरे।
      ३,
      माटो माया कति
      गर तिमी सम्मान
      जाँगर छ जति।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      ओराली झर्दै उकाली
      एकदिन पक्कै आउला
      हामी खेलेको चौतारी !
      २,
      सलसल बग्छ खोली
      उमेर भयो उनको
      पठाउँदा हुन्न भोलि।
      ३,
      नेपालीको बोलीमा मिठोपना
      सगरमाथा घुम्न आउनु
      चारैतिरका मिलेर सबैजना।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      …
      १,
      थापेर आमाको आसिक
      भर रहेनछ जिन्दगीको
      बाँच्न गर्दैछु कोसिस।
      २,
      तेरो मेरो गन्छौ
      फोहर हुन्छ जिन्दगानी
      बेतुक कुरा भन्छौ ।
      ३,
      अर्थपूर्ण जीवन गाथा,
      चाहेर नि भएन
      पल्टिएर उल्टो पासा ।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      आज सपना देखियो
      उज्यालो बिहानीपखमा हेर
      दुष्कर्मको समय लेखियो ।
      २,
      सत्कर्म गर्ने गरौँ
      धर्म मान्दै मनुष्यको
      समयमा खुसीले भरौँ ।
      ३,
      नडराऊ दुःख गर्न
      गर्छ पात पलाउने
      फेरि भुइँमा झर्न ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला
      …
      १,
      दौरासुरुवाल र कोट
      हेर! कत्ति सुहाएको
      छैन मनमा खोट ।
      २,
      नेपाली हामी वीर
      राष्ट्र हाम्रो मुटु
      झुक्न दिॅंदैनौँ शिर ।
      ३,
      हिमाल, पहाड, तराई
      सबै बरोबर यहाँ
      कोही छैनन् पराई ।
    • शशीश्री आचार्य
      …
      १,
      नभेटेसम्म बसेका पर
      वैकल्पिक शक्तिक‍ो पनि
      उम्दापनको भएन धर ।
      २,
      हजार गरियो भलाइ
      द्वेषको एउटै काँटीले
      सिध्याई दिए जलाइ ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      एक भई जुटौँ
      अन्त्य गर्न ज्यादती
      अब नारी उठौँ ।
      २,
      किन बढ्छ देशमा
      हत्या हिंसा बलात्कार
      हुन्छ पापीको भेषमा ।
      ३,
      विकास कहिले होला ?
      देशको प्रमुखमा खाली
      कुर्सीमै छोड्लान् चोला ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      छैन चित्त शान्ति
      देखेर देशको हालत
      मन भयो भ्रान्ति ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      भो दुर्गति अति
      भुत्ला भुवाझैँ सधैँ
      यो जिन्दगीको गति ।
      २,
      आमोदप्रमोद वर्णन गरी
      बस्छन् मानिस यहाँ
      जीवनचरित्र सोचेर सुधासरि ।
      ३,
      आजन्म भाग्य टाँगी
      कति चल्छ जीवन
      सदैव भीख मागी ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      बर्सियो आँसु खुनको
      झुटले ढाक्न सकिन्न
      नसोध्नु खबर उनको ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      बाँच्नु कहाँ गएर ?
      जन्म लिन मनै
      छैन छोरी भएर
      २,
      सधैँ नराम्रो दृष्टि
      मारेर नारी रित्तिए
      के होला सृष्टि ?
      ३,
      विकृतिको आउँछ समाचार
      नारीलाई जोगाएर राख्नु
      देऊ बाँच्ने अधिकार ।
    • प्रकृति देवकोटा,चितवन टाँडी
      …
      १,
      हिमाल धपक्क हाँसेर
      दार्जिलिङले लाउँछ मोहनी
      हार्दिक साइनो गाँसेर ।
      २,
      चिया पिउनु सुरुप्प
      हरर बासना चल्यो
      चियाको गुच्छा झुरुप्प।
      ३,
      दिन भयो घमाइलो
      आऊ, साथी घुमाउन
      गरौँ आपसमा रमाइलो ।
    • मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा
      …
      १,
      जीवन गुजारौँ हाँसेर
      पर्दछ किन रुनु ?
      उपकारी वाचा टाँसेर ।
      २,
      मनुष्य योनिमा हामी
      हौँ प्रभुका दास
      काम गरौँ छामी ।
      ३,
      जानु पर्दैन काशी
      सत्कर्म गरेर हुन्छ
      बसौँ बनेर मृदुभाषी ।
    • कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी
      …
      १,
      नारी सृष्टिकी खानी
      सन्तान खातिर त्याग
      ल्याउँछिन् उज्यालो बिहानी।
      २,
      लुकाई पीडा नारी
      ओठमा ल्याई हाँसो
      बोकी जिम्मेवारीको भारी।
      ३,
      नारी मैनको रूप
      आफू जलेर उज्यालो
      पग्लन्छे बन्दै धूप।
    • सरस्वती श्रेष्ठ
      …
      १,
      आशा भरोसाको आडमा ,
      हिॅंड्यो ऊ अब
      टेकी सबैको ढाडमा ।
      २,
      विश्वास गरे गाँडमा,
      फेर्दै रूप उसले
      लान्छ कि भाँडमा !
      ३,
      रमाउन मन काखमा,
      तिम्रो पनि ध्यान
      नजाओस् ल लाखमा !
    • दीपा गुरुङ्ग समभाव, काठमाडौँ
      …
      १,
      जागोस् सबैमा जागरण
      आलस्य जिउमा रहिरहे
      फेरिन्न कहिले आवरण ।
      २
      जुनेलीले बिस्कुन सुकाउँदैन
      संस्कार संस्कृति बुझेको
      इमानदारले कुरा लुकाउँदैन ।
      ३
      प्रदूषित नहोस् माथ
      हरेक महान् कार्यमा
      सदा मिलोस् साथ ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      छेपारोले गीत गाउँदैन
      व्यवस्थाको ठगाइले गर्दा
      रातमा निद्रा आउँदैन ।
      २,
      मान्छे एउटै हामी
      उचाल्दा आकाशमा उड्ने
      जाति पर्‍यौँ दामी ।
      ३,
      पहिलो भेटमा लजायौ
      बिहेपछि त तिमीले
      मेरो बाह्र बजायौ ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
      …
      १,
      महिलाले बन्धन तोडेर
      कति बस्नु भान्छामा
      परिचयको बाटो मोडेर।
      २,
      बस्नु कति रोएर
      कमजोर बन्नु हुँदैन
      आँसुले मुख धोएर।
      ३,
      मायाले माया मारेको
      मोहनीले हो कि
      कस्तो पीर पारेको।
    • संगीता खरेल, चन्द्रागिरि – ८, काठमाडौँ
      …
      १,
      आशाले बाँधेर राखिन्छ
      विश्वास भए जीवन
      फुस्कियो जहाँ साँचिन्छ ।
      २,
      चिसो बतासले उडाउँदै
      प्रेममा फुल्यो ढकमक्क
      बास्नाले तृषित बनाउँदै।
    • बिकास छेत्री अञ्जान, बिजनबारी, दार्जिलिङ।
      …
      १,
      जिन्दगीमा दु:ख काटनु
      सुख कहाँ मिल्छ,
      साँचो माया साटनु ।
      २,
      सफलतामा मेरो हात
      हेरौँ, जित भएपछि,
      बधाईको हुन्छ बात ।
      ३,
      सबैको घरमा नारी
      दु:ख पनि लुकाएर ,
      काँधमा हुन्छ जिम्मेवारी ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      यतिमात्र लाग्यो विशेष
      दिइन्छ हत्यारालाई सुरक्षा
      बधाई छ देश ।
      २,
      तस्करीबाट समातिएको सुन
      लागु हुँदैन धनीहरूमा
      मेरो देशको कानुन ।
      ३,
      दिनहुँ हुन्छ बलात्कार
      सरोकार छैन सत्तासीनलाई
      भइरहोस् हिंसा काटमार।।
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल
      …
      १,
      मूल्याङ्कन भएन खुनको
      हातै काटेर लेख्ने,
      गर्थेँ नाम उनको।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      गन्तव्य खोज्दा पाइन्न,
      बढ्नु पर्छ अघि
      नत्र खिर खाइन्न।
      २,
      अरूको पछि लाग्नु,
      खर्च हुन्छ समयको
      बरु आफू जाग्नु।
      ३,
      जातिले धेरै छुन्छ
      जात मात्र एउटा
      जसमा मानवता हुन्छ ।
    • विनोद खाती, मिरिक, दार्जिलिङ
      …
      १,
      वरको सिन्को नसार्ने
      किन परको चिन्ता ?
      आफूले आफैँ लतार्ने।
      २,
      झिल्का त्यसै नसल्का!
      ठुलै शक्ति हो !
      छिनमै मच्चाउँछ तहल्का।
    • हरिगोपाल प्रधान, बनेपा – १४ साँगा बजार
      …
      १,
      नलगाउनु कसैलाई खोट
      उम्रिॅंदैन होला कहिल्यै
      बिउबिनाको त बोट ।
      २,
      पर्छ सबैले जान्न
      महिला पुरुष चाहिन्छन्
      यो सृष्टिलाइ धान्न ।
    • मन्जु बोहरा, सुदुरपश्चिम बझाङ
      …
      १,
      दुई दिनको जीवन
      छ घामछायाँ जस्तै
      बनाऔँ स्वच्छ मन ।
      २,
      चल्दछ जीवनको खेल
      सुखदुःख हुनु स्वभाविक
      यदाकदा हुन्छ जेलझेल ।
      ३,
      कहिले आँसु बगाउने
      कहिलेकाहीँ यो जिन्दगीमा
      खुसियाली मात्र मनाउने ।
    • रसज्ञ छहरा
      …
      १,
      आवरण मात्रै चटक्कै
      कृतिको उपसंहार पढ्दा
      मूल्यबोध पाइएन पटक्कै।
      २,
      धनकै मात्र लोभ
      मान सम्मान छैन
      यसैले हुन्छ विक्षोप।
      ३,
      दन्तेकथा हुन गयो
      संस्कार संस्कृति सबै
      भालुकै कन्पट भयो।
    • पेम्बा यल्मो
      …
      १,
      पीडा अनेकौँ बोकेर
      बाँचेका धेरै नारी
      इच्छा आकाङ्क्षा रोकेर ।
      २,
      ईश्वर पाउन भाकियो
      शत्रुको आँखा लागेर
      खाल्डामै फेरि जाकियो ।
    • रचना शर्मा ‘प्रतीक्षा’
      …
      १,
      भगवान्‌को शरण पर्छु
      शुभ प्रभातको सबैलाई
      हार्दिक नमन गर्छु।
      २,
      न फुर्सद हुन्छ
      झिल्का लेखन अरूको
      पढ्दा मन छुन्छ।
      ३,
      औधी साहित्यमा चासो
      बेफुर्सदी यहाँ बेकाम
      थाप्छु झिल्काको पासो
    • कोपिला अधिकारी, गोरखा सिरानचोक
      …
      १,
      हामी आजका नारी
      सबल अनि सक्षम
      काँधमा हाम्रो जिम्मेवारी ।
      २,
      नसोच हामीलाई दास
      सृष्टिको सुन्दर सृजना
      हामी हौँ खास ।
      ३,
      नारी आफैँ उठौँ
      मागेर पाइने होइन
      अधिकारको लागि जुटौँ ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      छैनौँ असल मानव
      देखिन्छ भेटिन्छ खराबी
      प्रवृत्तिको सबै दानव ।
      २,
      जीवन सुखका लायक
      पोख्छन् असन्तुष्टि सबैले
      छैनन् उपयुक्त नायक ।
      ३,
      ढाँटको खेतीमा गयो
      मन जितेनौँ कामले
      सत्य मासिएझैँ भयो ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      निद भयो भङ्गै
      आहारा खोज्न उठे,
      भालेको डाकसॅंग दङ्गै ।
      २,
      रगतलाई कालो पारी
      घरबार राम्रो सिॅंगार्छु
      बाँझो नराखी बारी ।
      ३,
      हाँस‍ो अधरमा छरी
      अन्धकारलाई च्याती दिन्छु,
      सङ्घर्षमा अघि सरी ।
    • सीमा कार्की समर्पण
      …
      १,
      लाग्छौँ दिवस मनाउन
      बरु सबै जागौँ
      देश सुन्दर बनाउन ।
      २,
      गरौँ विभाजन फोहरको
      नागरिक बने सचेत ,
      देशमा वर्षा मोहरको।
      ३,
      विवेकको उपयोग गरौँ
      सत्यको दिई साथ ,
      न्यायलाई विश्वासले भरौँ ।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      राजनीतिमा भयो खेल
      जनता सधैँ मारमा
      गर्छन् नेता जालझेल ।
      २,
      जनता हामी भेडा
      सधैँ विश्वास गर्ने
      नेता हुन्छन् टेडा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४ झापा
      …
      १,
      आउँछिन् सधैँ जुनेलीमा
      लुटाएर निशामा कौमार्य
      जान्छिन् फर्की उजेलीमा ।
      २,
      उपभोग्य साधन रे
      कठै ! कस्तो सोच ?
      उपभोक्ता मर्द ए !
      ३,
      आयौ रश्मि जसरी
      स्वर्णिम रात भुलेर
      जाऊ भनूँ कसरी ?
    • नेत्र घिमिरे, सूर्यविनायक ,भक्तपुर
      …
      १,
      ठुला गरे कुरा
      संसदमा बसेर नेताले
      काम सबै अधुरा ।
      २,
      दौरासुरुवालको छ सान
      नेपालीको एउटा छुट्टै
      भाषा संस्कृति पहिचान!
    • कला ढकाल, झापा

    ::::::::जय झिल्का साहित्य ! :::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ८ सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- ७

  • २६ फाल्गुन २०८०, शनिबार २२:४६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको सातौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ७ का लागि झिल्काकार त्रय त्रिलोचन भण्डारी, शशीश्री आचार्य र ललिताका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    ~<•>~
    [१]

    १.
    बम् बम् भोले
    शिव शिव भन्छन्
    डाेली बाेक्ने डाेले ।
    २.
    हिमाली त्याे डाँडैमा
    दर्शन देऊ शिवजी
    राखाैँला सदा आँखैमा ।
    ३.
    जट्टासरि त्याे केशमा
    दर्शन मिलाेस् महादेव
    जहाँ जाऊँ देशमा ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    ~<•>~

    [२]
    १.
    दौरासुरुवाल र कोट
    हेर ! कति सुहाएको
    छैन मनमा खोट ।
    २.
    नेपाली हामी वीर
    राष्ट्र हाम्रो मुटु
    झुक्न दिदैनौँ शिर ।
    ३.
    हिमाल पहाड तराई
    सबै बराबर यहाँ
    कोही छैनन् पराई ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~<•>~

    [३]
    १.
    नारी दिवस मनाउँदा
    खोक्रो भाषण दिन्छन्
    देशका ठुलाबडा भनाउँदा ।
    २.
    दिँदैनन् कसैले साध
    खोक्रो आडम्बरीले मनाउने
    नारी दिवस मुर्दावाद !
    ३.
    न्याय नपाएको देशमा
    मनाएको नारी दिवस
    खुसी छैनन् त्यसमा ।
    ✍️ ललिता सिन्धुली
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- ७

    झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

  • २६ फाल्गुन २०८०, शनिबार १६:३७ मा प्रकाशित
  • झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) फागुन २५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    ~~~~

    [१]
    नारीमाथि हुने अत्याचार
    मिलेर बन्द गरौँ
    हत्या, हिंसा, बलात्कार !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    नारीमाथिको यो दुर्व्यवहार
    मिलेर हामी सबै
    हटाऔँ हिंसा बलात्कार !
    ✍️ श्रीकृष्ण धामी – बझाङ
    [३]
    मनाउछौँ नारी दिवस
    घट्छन् फेरि घटना
    हुन्छौँ सहन विवश ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    [४]
    अस्तित्वहीन होइनन् नारी
    छानबिन होस् सरकार
    उम्कन नपाओस् बलात्कारी ।
    ✍️ पृथक प्रकृति, झापा
    [५]
    छोरीलाई भ्रूणमै तुहाउने
    लैङ्गिक विभेदको पराकाष्ठा
    होइन मानवलाई सुहाउने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [६]
    नारीको सम्मान गरौँ
    समस्या पर गरेर
    अत्याचारको विरोधमा जुटौँ ।
    ✍️ मनोज गजमेर
    सहिदभुमि गाउँपलिका ४ धनकुटा
    [७]
    हिंसा अन्याय अत्याचार
    सहेर बस्न सकिँदैन
    न्याय मागौँ बारम्बार ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [८]
    नारी घातक हुँदैनन्
    अत्याचार हुन्छ कसरी
    समस्या नपरी रुँदैनन्
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [९]
    सृष्टि सुरक्षाको सूत्र
    गर्भपतन गरिदिनुस् आमा
    जन्माउनुभन्दा बलात्कारी कुपुत्र ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [१०]
    नारी हुन् जन्मदाता
    इच्छा बुझौँ उनको
    प्यारी हाम्री माता !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [११]
    कतिसम्म सहने अत्याचार
    गर्नुपर्छ शासनमा कडाइ
    झनै बढ्यो बलात्कार ।
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर
    [१२]
    एक भई जुटौँ
    अन्त्य गर्न ज्यादती
    नारी अब उठौँ ।
    ✍️ अनिता भण्डारी ताप्लेजुङ
    [१३]
    नारी लक्ष्मी पुज्नुपर्छ
    गल्तीमा मौन नभई
    सरकारले सत्य बुझ्नुपर्छ ।
    ✍️ मुक्ति काफ्ले।
    असम, भारत
    [१४]
    छोराछोरी हुन् बराबरी
    नगरौँ छोरीलाई पाखा
    सुरक्षा गरौँ हरघडी ।
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    [१५]
    नारी हुन् माता
    जोगाउँछन् हामीलाई दु:खबाट
    ओढाई ममताको छाता ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१६]
    परिवारको सुन्दर तारा
    नगर हेलाँ नारीलाई
    हुन् भरिलो सहारा ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [१७]
    नारी ममताकी खानी
    गर्भदेखिनै गरौँ संरक्षण
    बनाई हृदयकी रानी ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [१८]
    नारीको इज्जत गरौँ
    दमनको घर भत्काउँदै
    ममताले दया भरौँ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [१९]
    अधिकार सिमित नारामा
    नारी सुरक्षित छैनन्
    त्रास छ सारामा !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [२०]
    महिला सम्बन्धी नारा
    बाटोमा पार्टीले घन्काउने
    बलात्कृत बालिका सारा ।
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    [२१]
    नाबालिकामाथिको यो अत्याचार
    सहन सकिँदैन कदापि
    न्यायमा जुटाैँ बारम्बार !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [२२]
    गुन्यु चोली सारी
    मात्र भित्र छैनन्
    आजको युगका नारी ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ,हाल काठमाडौँ
    [२३]
    जगत् जननी नारी
    नछोड बलात्कारी दुष्ट
    बन्नुपर्दछ हेर भारी ।
    ✍️ भिम लिम्बू प्रयास
    दार्जिलिङ
    [२४]
    हुँदैन पत्थर पुजेर
    पूजन गर्नु आमाको
    कुभलो रहन्न बुझेर !
    ✍️ नील हरि काफ्ले
    सिन्धुली
    [२५]
    समस्या हुँदैन भारी
    सुध्रिएमा बलात्कारी सोच
    सुरक्षित रहन्छन् नारी l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [२६]
    किन मान्दैनौ समान ?
    महत्व तिनैको बढी
    बुझेर पनि हानाहान ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [२७]
    नगरे नारीलाई हेला
    कार्यमा देखिँदैन कमी
    पछि परौला फेला ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    [२८]
    अति भयो अत्याचार
    अब निर्मूल पारौँ
    हत्या, हिंसा, बलात्कार ।
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    [२९]
    गरेर सम्मान नारीकाे
    शाश्वत जिन्दगी क्षणभर
    यात्रामा सहज सारीकाे ।
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    [३०]
    सशक्त पाइला नारीले
    पर्नेछ सारेर देखाउनु
    नथिचोस् पीरको भारीले ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३१]
    ओजन मलाई दिनू
    आफू जत्तिँकै ठानेर
    अपराध जिम्मा लिनू ।
    ✍️ नन्दलाल आचार्य
    एनेलकुटी, सिरहा ।
    [३२]
    माली हुन् फूलबारीको
    उनै धरा जननी
    गरौँ सम्मान नारीको ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३३]
    सुरक्षा छैन देशमा
    गर्दा पढ्ने लेख्ने
    कलिला छाेरीकाे केशमा ।
    ✍️ सावित्रा नेपाली सबु
    [३४]
    नारीको कमलो मनमा
    बारम्बार नगर अत्याचार
    कहिले नतौलनु धनमा ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    [३५]
    नारीले सहन्न अत्याचार
    अब जुट्न थाले
    दमन नगर बारम्बार ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अत्याचार छ नारीमाथि
    यसपालि नारी दिवसबाट
    अन्त्य गरौँ साथी !
    ✍️ प्रकृति देवकोटा
    चितवन,टाँडी
    [३७]
    आऊ मिलेर मनाऔँ
    हर्सोल्लासमा नारी दिवस
    नारी उच्च बनाऔँ ।
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३८]
    कुरा मनै छुने
    नसोच्नु है अब
    जे गर्दा हुने ।
    ✍️ उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ
    [३९]
    खुलेर मनाएपछि दिवस
    पार्नुहुँदैन भुलेर नि
    कुनै नारीलाई विवश ?
    ✍️ त्रिलोचन भण्डारी
    मेचीनगर
    [४०]
    नारी संरक्षक घरको
    गृहलक्ष्मीको भूमिका निवारण
    गर्नुपर्छ सबै जनको !
    ✍️ भगवती दवाडी, झापा
    [४१]
    नारी विशेषत: मारिन्छ
    गर्भमा, जवानीमा, दाइजोमा
    कानुनहरू निष्क्रिय पारिन्छ ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३काठमाडौँ
    [४२]
    नारी समाजको बाटो
    संवेदनशील बन्नैपर्छ हेर
    सुधार्नु जीवनको पाटो ।
    ✍️ पुष्पा राई, खोटाङ।
    [४३]
    धरती हुन् नारी
    गरौँ मान सम्मान
    ठानेर ठुलो जिम्मेवारी ।
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
    [४४]
    उच्च तहको ज्ञान
    जसले दिन्छिन् हामीलाई
    गरौँ तिनको सम्मान ।
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    [४५]
    नारीकाे हक अधिकार
    कुण्ठित नगराैँ कसैले
    हँसाऔँ मातृ अनुहार ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा।
    [४६]
    नारी अस्मिताको कुरा
    रक्षक बन्छ भक्षक
    चलाउँछ भित्रभित्रै छुरा ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    [४७]
    फाँसी लगाऔँ बलात्कारीलाई
    महिला हिंसा हटाउन
    सम्मान गरौँ सदाचारीलाई ।
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    [४८]
    धर्तीमा नारी महान
    सम्मान सबैले गरौँ
    चलाउँछिन् उनैले जहान ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [४९]
    मनाउँछन् नारी दिवस
    गाउँ समाजमा होलान्
    कति मर्न विवश ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५०]
    अजस्र ममताकी छहारी
    बुझे महिमा अपार
    देवीत्वको प्रतिरूप नारी !
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक,भक्तपुर ।
    [५१]
    सत्यम् शिवम् सुन्दरम्
    शिवकाे तीन रूप
    शुद्ध मनले जलार्पणम् ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [५२]
    चेतना बढ्दै गएमा
    घरमा शान्ति मिल्दछ
    नारीको सम्मान भएमा ।
    ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [५३]
    कस्तो छोरीको भाग
    कोपिला लुट्छ भमराले
    फूललाई बनाउँछ दाग !
    ✍️ सीमा कार्की समर्पण
    [५४]
    शक्तिको रूप नारी
    हकको निम्ति बढ
    नराख पीर भारी ।
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी
    [५५]
    नारीकाे महिमा अपार
    उनी हुन् सृष्टिकर्ता
    जन्मिनदेऊ है नमार ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [५६]
    नारी आँखाकी नानी
    चिन्नसक्यौ भने तिमीले
    उनी मायाकी खानी ।
    ✍️ विमल खतिवडा माइला
    सिलगढी भारत
    [५७]
    शोषण दमन बलात्कार
    छिट्टै अन्त्य होओस्
    नारीमाथिको ती अत्याचार ।
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी
    [५८]
    नारी ममताकी कोष
    पवित्र छिन् प्रकृतिझैँ
    नलगाऊ कतै दोष ।
    ✍️ बेदु न्यौपाने
    [५९]
    अर्धनारीश्वर हे कैलाशपति
    बचाऊ नारीको अस्तित्व
    अत्याचार भयो अति !
    ✍️ विवश पारदर्शी
    झापा
    [६०]
    तिम्रो तृप्ति निमित्त
    घोटिँदै ढल्छ जिन्दगी
    निखार बेलैमा सिनित्त ।
    ✍️ कमला पौडेल
    [६१]
    फूलबारी हुन् नारी
    फुलिरहने सुगन्धित फूल
    सौन्दर्यले भरिएको चौतारी ।
    ✍️ म्यामराज राई, भोजपुर
    [६२]
    नारीको रूप अपार
    कठिन कार्य पनि
    सजिलै लाउँछिन् पार !
    ✍️ शशी आचार्य
    [६३]
    नारी सृष्टि संसार
    हाँसी खुसी बाँच्ने
    जीवनको सौम्य आधार !
    ✍️ आर्त अकुलीन
    <•> जय झिल्का ! जय साहित्य ! <•>

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) सम्पन्न

    सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

  • २३ फाल्गुन २०८०, बुधबार २२:०० मा प्रकाशित
  • १)
    आमा मेरो सहारा
    कसरी तिरौँ मैले
    खाएको दुधको भारा !
    २)
    छातीमा टाँसेर जोगायौँ
    चुँडिन्छ भन्दै कोपिला
    राखेरै काखमा हुर्कायौँ !
    ३)
    हामीलाई खुवाउथ्यौँ जहिल्यै
    भोक शान्त पार्न
    पटुकी कस्थ्यौँ पहिल्यै !
    ४)
    डोरायौँ हात समाई
    खोज्छौँ तिम्रो धन,
    आपसमा गरी लडाई !

    जहिल्यै दिन्छु दुख
    आफ्नै झोली भर्छु
    दिन्नँ तिमीलाई सुख ।

    ✍️ सीमा कार्की
    ठोरी गाउँपालिका ४, पर्सा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, सीमा कार्कीLeave a Comment on सीमा कार्की समर्पणका चोटिला झिल्का कविताहरू

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ७ सम्पन्न

  • २१ फाल्गुन २०८०, सोमबार ०८:२३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको सातौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    …………………
    १,
    खेलाडीलाई सधैँ सम्मान
    बोक्दछन् विलक्षण क्षमता
    सेकेन्डमा बनाउॅंछन् पहिचान ।
    २,
    कस्तुरी सुगन्ध चिन्दैन
    कसको हो समस्या ?
    लोक साँगुरो छैन ।
    ३,
    आफ्नो बाटो सजिलो
    यायावर पाइला राख्न
    भए सामर्थ्य जाँगरिलो ।

    • म्यामराज राई, भोजपुर
      …
      १)
      असभ्य जङ्गली परिवेश
      अस्मिता लुटिन्छ नारीको
      सरकारमा छैन क्लेश !
      २)
      मानवता रहेन शेष
      बलात्कार हत्या दिनदहाडै
      न्याय मरेको देश !
      ३)
      कोपिला निमोठ्छ मालीले
      मान्दैनन् डर कानुनको
      हत्यारा फटाहा जालीले !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ ।
      …
      १.
      जङ्गली मानिसको व्यवहार
      किन यस्तो भयो
      के होला सार ?
      २.
      दिनदहाडै हुन्छ बलात्कार
      कानुन फितलो भएरै
      न्यायमा भैरहेछ हार।
      ३.
      लागोस् तिनलाई ठेस
      चेली बलत्कारीलाई यहाँ
      नदिऊन् कसैले अडेस।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      सकिन्छ आफैँ गर
      नत्र भने यहाँ
      कसैको भर नपर ।
      २,
      भ्रष्टाचारले खाएको देश
      गरिबको भने सधैँ
      पाइलैपिच्छे हुन्छ ठेस ।
      ३,
      गुहार कसैको नमाग
      मेहनत आफैँ गर्नू
      तयारी गर्नतिर लाग ।
    • ललिता सिन्धुली
      …
      १.
      धितो राखेर घरबारी
      विदेश जान्छन् जन
      देशमा नभएर रोजगारी ।
      २.
      गर्दैनन् वास्ता सरकार
      यही छ विडम्बना
      खेदपूर्ण आउँछ समाचार ।
      ३.
      हत्या हिंसा बलात्कार
      कहालीलाग्दो मात्र घटना,
      कहिले होला सुधार ?
    • पृथक प्रकृति, झापा
      …
      १,
      फरक छ बाटो
      नभुल्नु कसैले एउटै
      मरेर जाने माटो ।
      २,
      रूप, उमेर रहुन्जेल
      संसार छ स्वार्थी
      माया जीवन छउन्जेल ।
      ३,
      गहन कुरा देख्नू
      नौ अक्षरमा अटाएर
      सुन्दर झिल्का लेख्नू ।
    • विमल खतिवडा माइला, सिलगढी, भारत
      …
      १,
      विखण्डनकारी धेरै भए
      देश भयो टुक्राटुक्रा
      उनै शिखरमा गए ।
      २,
      फैलायो विदेशीले जाल
      देशमा घायल जनता
      देश जोगाउने सवाल ।
      ३,
      एमसीसी खारेज गरौँ
      सङ्घीयता पनि अब
      आन्दोलनमा सबै झरौँ ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      बलात्कारको अन्त्य कहिले
      जति सभ्यता चुलियो
      सुनिन्छ यत्रतत्र जहिले ।
      २,
      कानुन भए मानून्
      भन्छन् किन सबैले
      उही दैव जानून् ।
      ३,
      न्याय मर्नु हुँदैन
      किन ती अपराधीलाई
      मानवताले पटक्कै छुँदैन ?
    • त्रिलाेचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      उकाली गर्दै ओराली
      शितल प्रेमको छहारीमा
      मिलेर बसे सम्हाली !
      २,
      सेवा सत्कार धर्ममा
      पसिनाको मूल्य अनुपम
      मिठो फल कर्ममा !
      ३,
      सत्य मार्गमा जानु
      हिमाल पहाड तराई
      काम गरी खानु !
    • आर्त अकुलीन
      …
      १
      हुँदैन मनको धोको
      मानिसको कहिले पूरा
      घमण्डको बोकेर पोको !
      २
      बुबाआमा सबै छोडेर
      गयो एउटै छोरो
      गलत बाटो रोजेर !
      ३
      अन्त्य भएन कहिले
      धेरै स्वतन्त्रता भएर
      बलात्कार हुन्छ जहिले !
    • कला ढकाल झापा
      …
      १,
      आऊ बस पियारी
      यताउति नजर देऊ
      बन सधैँ होसियारी ।
      २,
      वैरी आँखा लाउलान्
      मौका खास पहिल्याई
      साँझपख फेरि धाउलान् !
      ३,
      तिम्रो मेरो नाममा
      शङ्का गरी कलङ्क
      लाउलान् पोल बिनाकाममा !
    • विवश पारदर्शी, झापा
      …
      १,
      समय त्यस्तै बन्यो
      सोझा मारमा परे
      दोषीलाई राम्रो भन्यो।
      २,
      समाजसेवीको थपियो नाम
      जसले माखो मार्दैन,
      उसलाई मिठोमिठो माम ।
      ३,
      फैलियो दुष्टको जाल
      देश सके भ्रष्टाचारले
      जनताको बन्दैछ बेहाल
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      गुरु अपराधी भएपछि
      कसैको केही लाग्दैन
      स्कुल क्रीडास्थल बनेपछि ।
      २,
      बाआमाले विश्वासले पठाउॅंछन्
      आफ्नै गुरुका कुदृष्टि
      अङ्गाङ्गीको तृप्तिमा लगाउँछन् ।
      ३,
      युद्धताका छानीछानी मारे
      भुले सत्तामा पुगेपछि
      अधिकार ओझेलमा पारे ।
    • चुडामणी देबकोटा, चनपा १३ काठमाण्डौ
      …
      १,
      आस्था विश्वास भर
      तिमी हौ मेरो
      एउटा सुन्दर घर।
      २,
      तिमी जीवन मेरो
      राखेँ यो दिलभित्र
      बनाई प्रेमको घेरो।
      ३,
      आऊ माया गासौँ
      बाडौँ मनको खुसी
      दिल खोलेर हासौँ ।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
      …
      १/
      अनुहार फरक भए
      रगत एउटै भएको
      भेषभूषामा टिकी रहे !
      २/
      ज्यादतीले देश गढ्यो
      कानुन मरेको भनेर
      हत्या बलात्कार बढ्यो !
      ३//
      खुसी हुन्छन् बालबालिका
      लाउन पाउँदा राम्रो
      कानुन बनाऊ पालिका !
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १.
      दरिलो मन बनाऊ
      मरेर लानु छैन
      मद्दत गर्ने जनाऊ ।
      २.
      समृद्धि जब आउला
      सद्भाव हामी फैलाई
      राष्ट्रको गीत गाउँला ।
      ३.
      राष्ट्रको महिमा पढौँ
      सबैको उन्नतिका लागि
      राष्ट्रको हितमा बढौँ ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १)
      के हुँदैछ यहाँ ?
      निर्दोषको हत्या गर्‍यो
      न्याय लुकायो जहाँ ।
      २
      मारेर अबोध बालिका
      रुँदै आमा भन्छिन्
      न्याय देऊ कालिका ।
      ३
      पुरुषको निहुरियो शिर
      चितवनको बलात्कार घटनाले
      हत्यारालाई रोपौँ झिर ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि ।
      …
      १
      नेतृत्वले कर्तव्य चिनेन
      बरालिए सबै यताउता
      अगुवा सुमार्ग हिँडेन।
      २
      माताले ममता नचिन्दा
      बरालिएछन् पिता पनि
      गुरु सुमार्ग नहिन्दा ।
      ३
      चुँडेर फूल गमलाको
      कुल्चेर हिॅंड्छ पापी
      बुझ्दैन दर्द अबलाको ।
    • शम्भु गजुरेल, सिन्धुली
      …
      १.
      कुरा बुझ्नुस् साथी
      धेरै बकबके नबन्नुस्
      नजानुस् चाँडै माथि ।
      २.
      अमृत ल्यायो पहिले
      आशाको बिगुल बजायो
      आफैँले खायो अहिले ।
      ३.
      भकारो सोहोरेका हातले
      लगनशील हुँदै जाँदा
      संसार देखायो पातले ।
    • नन्दलाल आचार्य, बेलका, उदयपुर ।
      …
      १)
      मूकदर्शक हाम्रो सरकार
      फाँसी छैन कुकर्मीलाई
      मानवताको हार गुहार ।
      २)
      घर, विद्यालय, वन
      सुरक्षित छन् कहाँ ?
      हाम्रो चेली भन।
      ३)
      चेलीको गयो प्राण
      न्याय मर्न नदिनुस्
      सरकारको जाओस् ध्यान ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १.
      बिहानपख आँगनमा शीत
      कोसिस गर्नुपर्छ सधैँ
      हुन्छ सफलताको जित ।
      २.
      मनमा ठुलो पिर
      मैले त यहाँ
      झुकाएन कतै शिर ।
      ३.
      सुन्दर गुलाफको बोट
      बाहिर हाँसो हुँदा
      मनभित्र छ चोट ।
    • श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ
      …
      १,
      राम्रा छोरी जन्माएर
      बलात्कारै हुने भयो,
      लान्न कोही अन्माएर।
      २,
      समाजमा भयो अति,
      छोरीचेली नै लुटिरहे
      बिर्सिएर आफ्नो खति।
      ३,
      कानुनको विश्वास टुट्यो
      बलात्कारी सेतो सधैँ
      हेर्दाहेर्दै फुत्त छुट्यो।
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १.
      मायाममताको न्यानो थलो
      सधैँ उसको लागि
      बाआमाले सोच्छन् भलो।
      २.
      हली बनाई जोतिरहँदा
      जिन्दगी नै होइन
      कठिन भयो घोटिरहॅंदा।
      ३.
      आँसुले याद धुन्छु,
      फाटेर च्यातिॅंदै जान्छ,
      उसकै बिलौना बुन्छु।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      …
      १,
      के भनी बोलाऔॅं
      हौँ आफैँ गएकी
      भो माया नगांँसौँ !
    • मनोज गजमेर डान्सर
      …
      १,
      गर्दा ठुला कुरा
      विश्वास गर्दैन्न कसैले,
      नभए वचन पूरा !
      २,
      महत्त्वपूर्ण हुन्छ पात
      रङ्गमा होइन रसमा,
      बन्छ मानिसको जात ।
      ३,
      रहेछु म भाग्यमानी
      आवश्यकता परे सम्झिन्छौ,
      भन्छौ मेरी सानी ।
    • सीमा कार्की समर्पण
      …
      १,
      छोरीलाई समय देऊ
      सक्छन् गर्न सबै
      देशको नाम लेऊ।
      २,
      सबैलाई आफ्नो भन
      तब हुनेछ उन्नति
      छोरीलाई पनि गन।
      ३,
      आँट भरेर गर्दैछन्
      सबैको अघि छोरीहरू
      देश चिनाउन सर्दैछन् ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      खेल्छन् बसेर खेल
      सत्तामा पुगेका मिली
      मात्र गर्छन् जालझेल ।
      २,
      मनमा डरको भारी
      बोकी हिँड्छौ सधैँ
      सुरक्षित छैन नारी ।
      ३,
      भइरहेछ यस्तै बारम्बार
      कहिले अन्त्य हुने
      हत्या हिंसा बलात्कार ।।
    • अनिता भण्डारी ताप्लेजुङ
      …
      १.
      दाताको चाल जान्दैन
      एमसीसीको अन्तर्य देख्यौ
      नेपाली कानुन मान्दैन ।
      २.
      कटाउनै पर्यो सिमाना
      देशभक्त फलाक्ने काजी
      अन्धभक्त रहेछ दिवाना ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      नाम भने लेखराज
      पढ्न लेख्न नआउने
      यस्तो हाम्रो समाज ।
    • मंगला उपाध्याय
      …
      १,
      देश चिनाउने खेल,
      सम्मान सुविधा दिॅंदैनन्
      खेलाडी पठाउॅंछन् जेल ।
      २,
      राजनैतिक सुझबुझ अकल्याण
      अवसर नपाएर नेपाली
      सबै विदेश पलायन !
      ३,
      रक्षकमा भक्षक आवृति,
      भगवान्भित्र रूप राक्षसको
      चिन्नै नसक्ने आकृति !
    • दीपा समभाव, काठमाडौ
      …
      १.
      पहिला जिउँन सिक
      जुधेर समय सॅंगसॅंगै
      अवस्था हुन्छ ठिक।
      २.
      मनको पिर रुक्छ
      अरूको भर परेपछि
      आँसु सबै सुक्छ ।
      ३.
      पूजापाठ जहिले गर्नु
      मन शान्ति हुन्छ
      आफू तल नझर्नु ।
    • धनुष न्यौपाने, जुम्ला
      …
      १/
      उपदेश पाइन्छ गीतामा
      घमण्ड, ईर्ष्या बित्थाको
      देह सकिन्छ चितामा ।
      २/
      बन्धकमा मेरो स्वाभिमान
      बेखबर भयो जिन्दगी
      सहँदै हरदम बदनाम ।
      ३/
      फलाक्छ बेस्सरी अङ्ग्रेजी
      सन्तान उनी गोर्खाको
      बुझ्दैन मातृभाषा नेपाली ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
      …
      १,
      देखिएन सुनाखरी फुलेको
      दुई हृदय घोलेर
      अनिदो मुहार धोएको ।
    • हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा – १४, साँगा
      …
      १,
      आनन्द छ रातमा
      रोली गीत सुनाउँदै
      दुई छोरीहरू साथमा ।
      २,
      हातहरू देब्रे दाहिने
      नयनभरि छन् सधैँ
      नूमा,लाहागंमा चाहिने ।
      ३,
      छोरीको भविष्य बनाउँदै
      इन्दिरा, प्रतिभा, द्रौपदी
      देशको इतिहास जनाउँदै।
    • मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा।
      …
      १//
      विदेशीको छ चलखेल
      कोही विक्षिप्त नबनी
      हामीमा हुनुपर्छ मेल ।
      २//
      सुन्दर फूलको डाली
      भेदभाव गर्नु हुन्न
      उनै फूलका माली ।
      ३//
      गरूँ उन्मुलन विभेदको
      हामी सबै मिलेर
      राखौँ कायम सद्भावको ।
    • बेदु न्यौपाने
      …
      १.
      आकाशबाट उल्का झर्‍यो
      हुनुपर्‍यो सचेत बेलैमा
      बालजिन्दगी खतरामा पर्‍यो ।
      २.
      प्रमोहित सुन्दर बाग
      बनाउन देश आफ्नो
      अब उठ जाग ।
      ३.
      मनभित्र हुन्छ जलन
      विकृति विसङ्गति मौलायो
      हटाऔॅं भेद्भावको चलन ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      …
      १,
      कथा दोहोरीयो हेर
      केहि बर्ष पहिलेको
      गयो कोपिला खेर ।
      २,
      छैन देशमा सुशासन
      जनताको छोराछोरी मरिसके
      गर्छन् नेता भाषण ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
      …
      १,
      ज्ञान लिन गएको
      छात्रबासमा बस्दा बस्दै
      बालिकाको हत्या भएको ।
      २,
      देशको खेलाडी हाम्रो
      नियम पालना गरे
      सबैले भन्छ राम्रो ।
      ३,
      दुनियाँको हुने हेला
      अशक्त बुढो शरीर
      जीर्ण भएको बेला।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी संगम काेलाेनी राधे राधे भक्तपुर ।
      …
      क)
      घर घरमा सिंहदरबार
      निमुखाको त हकमाथि
      तुर्लुङ्ग छ तरवार l
      ख)
      न्यायको भएन टुङ्गो
      पीडित परे चेपुवामा
      सरकार बन्दा ढुङ्गो l
      ग)
      सुन्दैनन् मधुर बोली
      नाराबाजी गरे भने
      चलाइहाल्छन् यहाँ गोली l
    • बाबुराम गौतम, गुल्मी
      …
      (१)
      देखिन्छ मानवताको पुजारी
      वर्तमानले अॅंगालेको अवस्था
      समयको परिबन्धले लतारी।
      (२)
      सुनमा सुगन्ध पाइन्न
      आफैँ होइन चम्किलो
      गहना नबनाई लाइन्न ।
      (३)
      झरिलो मन ओइलिन्न
      चिरहरित बनेर रम्दछ
      अस्वीकृत सिउँदो रङ्गिन्न ।
    • दिल ठकुरी (दार्जिलिङ )
      …
      १,
      मानसम्मान या अपमान
      कुन रोज्यौ साथी ?
      फेरि किन बदनाम ?
      २,
      विकृत संस्कार अपनायौ
      अपनत्व पनि भुलेर
      संस्कृति पनि दफनायौ।
      ३,
      आदर्शको कुरो गर्छौ
      नैतिकता पर सारेर
      सम्मानको अहम्ता भर्छौ ।
    • पेम्वा यल्मो,दार्जिलिङ, भारत
      …
      १.
      वेद कुरान पढे
      बुझेनन् सार कसैले
      राम रहिम लडे।
      २.
      कानुन किन मानून्
      सजाय हुँदैन बलात्कारीलाई
      अब जनताले जानून् ।
      ३.
      कोमल कली तोडेर
      नफेँक सडकको नालीमा
      बिन्ती हात जोडेर।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      …
      १.
      झिल्का कविताको भोक
      जागेको छ मनमा
      अझै लेख्ने झोक।
      २
      सुन्दरताको महिमा गाउँछु
      स्वच्छ मन लिएर
      आफैँमा प्रसन्नता पाउँछु।
    • विनोद खाती, मिरिक, दार्जिलिङ।
      …
      १
      खेलाडी बन्यो मानव
      खेलाउॅंछ अदृश्य ईश्वरले
      आफ्नै बन्छन् दानव।
      २
      हरायो विश्वास आज
      झस्किन्छ मन सबैको
      स्वार्थले हाल्यो गाज।
      ३
      नेपाल चिनाउने थिए
      प्रतिष्पर्धामा खेल खेली
      खेलाडीलाई महत्व दिए।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १.
      छैन मलाई गुनासो
      तिमिले पराई ठाने
      रोकिन्न मेरो हाँसो ।
      २.
      रातमा उज्यालो दिएर
      आधा शरीर ढाकिए
      दियालोझैँ दीप बनेर ।
      ३.
      दुख कष्ट सहेर
      बित्दैछ जीवन यो
      आफ्नै कहानी कहेर।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      मानसिकता साँघुरिएर फोहोरी
      प्रतिदिनको घटनाले विक्षिप्त
      सुरक्षित छैनन् छोरी।
      २,
      शब्द तिखारी हानून्
      मौन किन बन्ने ?
      सबैले नियम मानून् ।
      ३,
      अभिभावक बस्छन् रुँदै
      कहिलेसम्म ए ! सरकार
      निमोठिने कोपिला हुँदै ?
    • संगीता खरेल, चन्द्रागिरि -८, काठमाडौं
      …
      १,
      छोरी चेलीको बलात्कार
      अस्तित्व जोगाउने कसरी
      हुँदैछ घटना बारबार।
      २,
      बिग्रॅंदो अवस्था देशको
      जागौँ उठौँ सुधार्न
      कारण खोजी यसको।
    • बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु
      …
      १,
      आँगनमा खेल्नै नपाई
      दुइखुट्टे बाघले मारे
      गुलियो ख्वाई, फकाई ।
      २,
      चुलोचौकामा व्यस्त आमा
      ताकेर बसे वनबिरालो
      उघार्न हतारिए जामा।
      ३,
      आँखामा आँसु सुक्दा
      न्याय पाएन न्यायालयमा
      झुक्नुसम्म यहाँ झुक्दा ।
    • राजेश्वरी राजोपाध्याय, ललितपुर
      …
      १,
      राम्रो राखौँ भावना
      मनमा विश्वास लिए
      पूर्ण हुन्छ मनोकामना ।
      २,
      वसन्तमा पालुवा पात
      सुखमा प्रभु नसम्झे
      हुन् सक्दछ मात ।
      ३,
      विश्वासीले गर्ने घात
      दुःख दिन अँध्यारो
      हुन् सक्दछ रात ।
    • कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी
      …
      १,
      राम्री अनि गोरी
      सुरक्षित नहुने भए
      नेपाल आमाकी छोरी।
      २,
      आँसुले आँखा धोइ
      सतीले सरापेकाे देश
      पीडितलाई न्याय खोइ?
    • कोपिला अधिकारी
      …
      १,
      किन भए कंस ?
      द्वापरका कृष्ण ठान्नेहरू
      मच्चाए सधैँ विध्वंस ।
      २,
      भ्रष्टाचारीलाई देव मान्ने
      रटाइ सुशासन समृद्धिका
      स्वाभिमानलाई लात हान्ने ।
      ३,
      भयो लाजमर्दो दोहोरी
      कानुन बनाउने थलोमा
      खेल्छौ खेल फोहोरी ।
    • नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर

    :::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ७ सम्पन्न

    साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

  • १९ फाल्गुन २०८०, शनिबार १८:३७ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको छैठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ६ का लागि झिल्काकार त्रय अनिता भण्डारी, शम्भु गजुरेल र रुना कर्माचार्य दाहालका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    [१]
    १.
    भित्र्याए हेर विदेशीनीति
    लोप हुँदै गयो
    हाम्रो संस्कार थिति !
    २.
    गर्छन् कुर्सीको खेल
    शान्ति भएन देशमा
    राजनीतिमा भयो झेल !
    ३.
    जनतामा अशान्ति छायो
    हाम्रोमा यस्तै हुने
    कस्तो लोकतन्त्र आयो ।
    ✍️
    अनिता भण्डारी
    ताप्लेजुङ
    ~~<•>~~

    [२]
    १.
    भेदभाव आफूले गर्दा
    बदनामी भयाे धर्मकाे
    हटाओैँ छुतकाे पर्दा ।
    २.
    भन्दछ धर्म हाम्राे
    प्राणी सबै बराबर
    कर्म हुनुपर्छ राम्रो ।
    ३.
    छुवाछूत गर्न छाड
    धर्म छ निर्दाेषी
    नगर है खेलवाड ।
    ✍️
    शम्भु गजुरेल
    ~~<•>~~

    [३]
    १.
    आकाशमा ताराहरूको ताँती
    कति सुन्दर देखिने
    जब हुन्छ राति ।
    २.
    सक्दिनँ आकाश छुन
    धर्तीमा बसेर हेर्छु
    टहटह लागेको जून ।
    ३.
    टोलाउँछु हेरी आकाश
    जब आफैँमा हराई
    झस्काउँछ चिसो बतास ।
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का शृङ्खला- ०६

    झिल्का लेखन अभियान- ३ (शून्य भेदभाव दिवस विशेष) सम्पन्न

  • १९ फाल्गुन २०८०, शनिबार १३:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको तेस्रो शृङ्खला (शून्य भेदभाव दिवस विशेष) गत फागुन १८ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    यस अभियानको तेस्रो शृङ्खलाको सहजीकरण प्रशिक्षक वसन्त अनुभवले गर्नुभएको थियो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का

    ~~~~<•>~~~~
    १)
    कुसंस्कारमा जनाई खेद
    अन्त्य गरौँ हरप्रकारको
    जातीय, लिङ्गीय विभेद !
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    ~~~~<•>~~~~
    २)
    जातियताकाे खाडल पुर्नुपर्छ
    हटाउन  अपमान छाेइछिटाे
    अझै समय कुर्नुपर्छ ।
    ✍️ रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    ~~~~<•>~~~~
    ३)
    मानव मानवमा विभेद
    कसरी ल्यायाे मान्छेले
    यही अत्यन्त खेद ।
    ✍️ शम्भु गजुरेल
    ~~~~<•>~~~~
    ४)
    निरीहमा नहान्नु छेद
    समान रगत मासुमा
    नगर्नु पटक्कै विभेद ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    ५)
    खुसीले गरेपछि काम
    चारैतिर गाउँ सहरमा
    परिचित हुन्छ ना‌म !
    ✍️ आर्त अकुलीन
    ~~~~<•>~~~~
    ६)
    विभेदप्रति भरौँ खेद
    टुप्पोबाट सकिन्न कहिल्यै
    पहिल्याऔँ यसको फेद !
    ✍️ त्रिलोचन भण्डारी
    ~~~~<•>~~~~
    ७)
    भावनामा गरेर घात
    मान्छे मान्छेमा मान्छेले
    छुट्याइदियो नि जात !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ, रंगबुल
    ~~~~<•>~~~~
    ८)
    कुसंस्कारको अन्त्य गरौँ
    शुन्यतामा झार्दै विभेद
    मिलेर खाडल भरौँ !
    ✍️ टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २ सल्यान
    ~~~~<•>~~~~
    ९)
    मास्नुपर्छ पुरातनवादी सोच
    समाज रुपान्तरण हुने
    मिलिजुली गरौँ खोज !
    ✍️ पृथक प्रकृति ,झापा
    ~~~~<•>~~~~
    १०)
    लैङ्गीक हिंसाका झिल्का
    लेखेर सामाजिक विकृतिहरू
    घर समाजबाटै मिल्का !
    ✍️भवानी पाेखरेल( बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    ~~~~<•>~~~~
    ११)
    विरोध गरौँ खुलेर
    जातीय ,लिङ्गीय हिंसा
    नगरौँ कसैले भुलेर !
    ✍️ रुना कर्माचार्य दाहाल, चितवन
    ~~~~<•>~~~~
    १२)
    विभेद भएर छुटिए
    चोखो माया गर्नेहरू
    हेर आज लुटिए !
    ✍️ कला ढकाल, झापा
    ~~~~<•>~~~~
    १३)
    मनमा दुषितपन नहालौँ
    जातीय लिङ्गीय विभेदको
    विरुद्ध पाइलाहरू चालौँ !
    ✍️ मोती सुब्बा
    दार्जिलिङ भारत
    ~~~~<•>~~~~
    १४)
    संस्कार भयो विस्मृति
    बिग्रँदै गयो परम्परा
    सखाप भयो संस्कृति !
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ~~~~<•>~~~~
    १५)
    लेकमा कुहिराे थियाे
    हटाऔँ निस्तब्ध अँध्याराे
    बालेर मनकाे दियाे !
    ✍️श्रीबहादुर केसी
    शैलुङ्गे, भक्तपुर
    ~~~~<•>~~~~
    १६)
    गरौँ संरक्षण मानवको
    हातमा हात मिलाएर
    फालौँ व्यवहार दानवको !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    १७)
    कसले गर्‍यो घात
    मान्छे केवल दुई
    महिला पुरूष जात !
    ✍️ शंकर कार्की, मकवानपुर ।
    ~~~~<•>~~~~
    १८)
    मान्छे मान्छेको बीच
    हरप्रकारको भेदभाव हो
    अत्यन्त सूक्ष्म नीच !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    १९)
    भेदरहित मानवीय स्राव
    हराएर कहिल्यै नजाओस्
    पूर्वीय संस्कृतिको प्रभाव ।
    ✍️ अनन्त अर्याल
    ~~~~<•>~~~~
    २०)
    नाम मात्रको कानुन
    बढ्दैछ सामाजिक विसङ्गति
    समयमै सबैले जानून् !
    ✍️ लक्ष्मी काफ्ले, पोखरा
    ~~~~<•>~~~~
    २१)
    अधिकार कसैको मार्नुहुँदैन
    समानता खोज्दैछ प्रकृतिले
    कदापि विभेदमा पार्नुहुँदैन !
    ✍️ ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    ~~~~<•>~~~~
    २२)
    भेदभावले बनाउँछ छेद
    भाषणमा सिमित समानता
    व्यवहारमा अझै  विभेद !
    ✍️ दीपा समभाव
    काठमाडौँ
    ~~~~<•>~~~~
    २३)
    साझा फूलबारी हाम्रो
    विभेदको अन्त्य गर्दा
    सबैलाई हुन्छ राम्रो !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधेराधे भक्तपुर ।
    ~~~~<•>~~~~
    २४)
    कुसंस्कारी मानिस धेर
    भेदभावको अन्त्य गर्दै
    चेतना जगाएर हेर !
    ✍️ भगवती दवाडी ,झापा
    ~~~~<•>~~~~
    २५)
    जहाँ हुन्छ अभाव
    त्यहाँ देखिँदोरहेछ ओहो
    पीडापूर्ण असह्य भेदभाव !
    ✍️ रचना ‘प्रतीक्षा’
    इमाडोल, ललितपुर  ।
    ~~~~<•>~~~~
    २६)
    भेदभावको सङ्कीर्ण जालो
    हटाई अब समाजबाट
    बालौँ दीपक उज्यालो !
    ✍️ बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड नगरपालिका २, सोलुखुम्बु
    ~~~~<•>~~~~
    २७)
    यात्रा नटुङ्गियोस् कहिले
    निरन्तर जीवनका पाइलाहरू
    बढिरहेछन् एकनास अहिले !
    ✍️ दिल ठकुरी (टिस्टा भेल्ली)
    ~~~~<•>~~~~
    २८)
    कुसंस्कार त्यागाैँ  जनमा
    नगराैँ विभेद कुनै
    सङ्गालौँ सदाशयता मनमा !
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा ।
    ~~~~<•>~~~~
    २९)
    पुँजीपतिले गरिबलाई लादेको
    विश्वमा जातभातको संस्कार
    शक्तिशालीले शत्रुता साधेको !
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    ~~~~<•>~~~~
    ३०)
    कहिले जीवन हाँसो
    एकै किसिमको हुँदैन
    कहिले रहेछ नासो !
    ✍️ प्रेम थापा “मन”बागलुङ
    ~~~~<•>~~~~
    ३१)
    मुल शास्त्र वेद
    संस्कृतमा बुझ्न गाह्राे
    यसमा छैन विभेद !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    ~~~~<•>~~~~
    ३२)
    आफ्नो सम्झिएँ जसलाई
    पीडाको पोको दियो
    गरेर भेदभाव मलाई !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ~~~~<•>~~~~
    ३३)
    भोक हुँदा चल्छ
    काँचो, पाकेको सबै
    विभेद सजिलै गल्छ !
    ✍️नन्दलाल आचार्य
    सिर्जनाकुटी, सिरहा
    ~~~~<•>~~~~
    ३४)
    चेतनाको आगो बालेर
    समानताको विगुल फुकौँ
    जातीयताको जरो फालेर !
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    ३५)
    जीवन सुखदुःखको सङ्गम
    मनपरेको मात्र तिमी
    गरौँ सुटुक्क घरजम !
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ३६)
    विभेदमा हुँदैन मेल
    मौलिक सद्भाव भड्काई
    पश्चिमी खेल्दैछ खेल !
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    ३७)
    विकराल छ छेद
    हटाउनु छ चुनौती
    जातीय, लिङ्गीय विभेद !
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    ३८)
    जातीय विभेद हटाऊँ
    नेपाल साझा फूलबारी
    सबै नेपाली अटाऊँ !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    ३९)
    जातीय विभेद नगरौँ
    सबैले मानवधर्म अपनाऊँ
    अनाहकमा कोही नमरौँ !
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    ४०)
    छाडेर जातको कुरा
    अङ्गालेर जगलाई गरौँ
    बुद्धको सपना पूरा !
    ✍️ अनमोल राई
    ~~~~<•>~~~~
    ४१)
    कुरीतिलाई जरैदेखि फालेर
    ज्ञान भरौँ सबैमा
    चेतनाको दियो बालेर !
    ✍️ सरिता सेढाई, धादिङ
    ~~~~<•>~~~~
    ४२)
    अन्धविश्वासको यो जालो
    हटाऊँ हामीहरू  मिलेर
    पारौँ संसार उज्यालो !
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    ~~~~<•>~~~~
    ४३)
    मरिजाने यो चोलामा
    भेदभाव फस्टायो किन ?
    फ्याकौँ प्रभु झोलामा !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    ४४)
    हेर जातिधर्मका नाउँमा
    चलिरहेकै छ विभेद
    अझै सहर गाउँमा !
    ✍️ बाबुराम पाण्डे, अर्घाखाँची
    ~~~~<•>~~~~
    ४५)
    जिन्दगीमा पैसाको अभाव
    अशिक्षितबाट हुँदैछ झनै
    गाउँसमाजमा हेर भेदभाव !
    ✍️ श्रीकृष्ण धामी, सुदूरपश्चिम – बझाङ
    ~~~~<•>~~~~
    ४६)
    जातजातिमा हुँदा भेद
    असमानता हुन्छ दुनियाँमा
    गर्छन् मानिसले खेद !
    ✍️ सीमा कार्की “समर्पण “
    ~~~~<•>~~~~
    ४७)
    सरकारलाई दिउँ दबाब
    सुन्दर देशमा हाम्रो
    हटोस् उचनीचको भाव !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~<•>~~~~
    ४८)
    सभ्य मानव जागौँ
    भेदभाव गर्नुहुन्न है
    रूढिवाद अब त्यागौँ !
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत ।
    ४९)
    देश साझा फूलबारी
    भेदभाव निमिट्यान्न पार्ने
    तपाईँ हाम्रै जिम्मेवारी !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~<•>~~~~
    ५०)
    पुस्तौँदेखिका कैयौँ विभेदन
    बन्दै प्रतिदिन चुनौती
    कसरी शून्यमा छेदन ?
    ✍️ नेत्र घिमिरे
    सूर्यविनायक, भक्तपुर
    ~~~~<•>~~~~
    ५१)
    संस्कारको बाटो धाऊँ
    भेदभाव गर्ने सबैलाई
    अब  तह  लगाऊँ !
    ✍️ मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ
    ~~~~<•>~~~~
    ५२)
    एउटै रातो रगत
    भेदभाव किन गर्छौ
    छुट्याई जात फगत !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ~~~~<•>~~~~
    ५३)
    सबैको रातो रगत
    भित्री संरचना उस्तै
    सर्वत्र मानव जगत !
    ✍️ बेदु न्यौपाने
    ~~~~<•>~~~~
    ५४)
    बढाउँछ दुस्मनी मतभेद
    उपदेश संस्कार विनाको
    अपनाउनु किन लिङ्गभेद !
    ✍️ पेम्वा यल्मो, दार्जीलिङ,भारत
    ~~~~<•>~~~~
    ५५)
    कसले बनायाे जातपात
    अहिले बन्दै आइदियाे
    मान्छेमा पार्दै आघात  !
    ✍️ केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम ” हाल ” भारतबाट ” ।
    ~~~~<•>~~~~
    ५६)
    उन्नत मानव बनोस्
    साँच्चिकै विभेदरहित उत्कृष्ट
    आहा ! समाज भनोस् !
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी।
    ~~~~<•>~~~~
    ५७)
    सबैकाे इच्छा तुराैँ
    रूढिवादी संस्कार गाेडी
    विभेदकाे खाडल पुराैँ !
    ✍️ काेपिला अधिकारी
    गाेरखा ,सिरानचाेक
    ~~~~<•>~~~~
    ५८)
    समानताको नारा  लाउँदै
    भेदभावको  खेती  गर्छन्
    तोड्दै जाऔँ  जगाउँदै !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १ नवलपरासी  पूर्व
    ~~~~<•>~~~~
    ५९)
    घरबाटै सुरुवात  गरौँ
    बिगुल फुकौँ विभेदका
    सुसंस्कारको बिउ छरौँ !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ~~~~<•>~~~~
    ६०)
    छोरा जन्मे पुरस्कार
    दिन्छन् खुसी भई
    छोरी जन्मे तिरस्कार
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ~~~~<•>~~~~
    ६१)
    सरकारबाटै लैङ्गिक विभेद
    समानता खाली किताबमा
    व्यवहारमा जताततै छेद !
    ✍️मङ्गला उपाध्याय
    ~~~~<•>~~~~
    ६२)
    मान्छे मान्छेमा अपघात
    किन यस्तो भइदियाे
    जताततै उचनिच जातपात !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ~~~~<•>~~~~
    —-<••: जय झिल्का ! जय साहित्य :••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on झिल्का लेखन अभियान- ३ (शून्य भेदभाव दिवस विशेष) सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०६ सम्पन्न

  • १४ फाल्गुन २०८०, सोमबार १९:०९ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको छैठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
    …………………


    १,
    सामाजिक सञ्जालको प्रयोग
    समाजमा होस् देशमा
    सदुपयोग या दुरुपयोग !
    २,
    न्यायाधीश सङ्ख्या बढ्यो
    फैसला यत्रतत्र सर्वत्र
    मुद्दा पेसी चढ्यो ।
    ३,
    कता जाँदैछ समाज !
    लाजलाई लाजलाग्दो हो
    देखेर समय आज ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      के हुँदैछ ईश ?
      अदालत सोसल मिडिया
      युटुबे प्रधान न्यायाधीश !
      २,
      ढुक्कले पोख्नोस् खिल
      छँदैछन् बहस गर्नेहरू
      हाम्रा फेसबुके वकिल !
      ३,
      निष्पक्ष न्यायमा दरार
      दोषी निर्दोष क्षणभरमै
      निर्दोष दोषी करार !
    • वसन्त अनुभव, घोराही उपमहानगरपालिका – १४, दाङ
      …
      १,
      फाटेको जुत्ताको अर्थ
      पार्टीको रमझम सक्यो
      मुख लुकाएर अनर्थ ।
      २,
      हासिल गर्नलाई दायर
      प्यास मेटाउन पानीको
      भिजेको लुगाले कायर ।
      ३,
      चम्किलो अनुहार हेर्दै
      झिल्काको अनुहार फेरि
      ढोकासम्म आएर केर्दै ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      …
      १,
      जोगाऔँ धर्म संस्कृति
      नत्र गुम्नेछ मौलिकता
      पहिचानको होस् स्मृति ।
      २,
      नितान्त मानवीय स्वभाव
      मौकाको फाइदा उठाउनु,
      हुनाले स्वार्थमा लगाव ।
      ३,
      नमिलेपछि मन विचार
      गरिन्न एकसाथ यात्रा
      हुन्छ आआफ्नो संसार ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      स्वास्थ्यमा छैन सुधार
      महॅंगो उपचार सेवा
      लगाउँछौ विदेशीको गुहार ।
      २,
      रोजगार छैन आज
      भाषण झुट्टा गर्दछन्
      दलालहरूको भयो राज ।
      ३,
      छ सिमाना मिचिएको
      प्रशासन बोल्दैन किन ?
      वर्षौंदेखि हामी थिचिएको ।
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरि
      …
      १,
      जीवन सङ्घर्षको पथमा
      हारजित हुन्छ नियतिको
      परिबन्द ईश्वरको हातमा ।
      २,
      शिखर टेक्ने रहरमा
      चाहिन्छ परिश्रम त्याग
      मिल्नेछ खुसी अधरमा ।
      ३,
      सेवार्थमा महानता झल्किन्छ
      भाग्यमा हुनुपर्छ जुरेको
      जनताको हितमा अल्झिन्छ ।
    • दिल ठकुरी
      …
      १,
      भन्छु सबैको माज
      चारैतिर खुसियाली छाइ
      बनोस् स्वच्छ समाज।
      २,
      सबैलाई होस् शान्ति
      नचाहियोस् न्याय अदालत
      नचलोस् कसैमा भ्रान्ति।
      ३,
      झिल्का कविता लेख्न
      सबैको प्रयासले गर्दा
      पाईयो राम्रो देख्न।
    • अर्जुन प्रसाद चौलागाई, रामेछाप, सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      दुई दिन बाँचुन्जेल
      हो रहेछ जिन्दगी
      सुख दु:खको खेल ।
      २,
      मनमा छैन शान्ति
      दुई दिनको चोला
      अनुहारमा छाओस् कान्ति ।
      ३,
      मरी जाने चोला
      नराख है वैरभाव
      सुखदु:ख जे होला ।
    • देव मगर, तिनाउ-१,कचल,पाल्पा
      …
      १,
      अघाए देखेर व्यवस्था
      जङ्गलराज भयो देश
      रहेन राम्रो अवस्था ।
      २
      जन्मिएपछि त उड्छन्
      सधैँ बचेरा मानवका
      खाडीमा कमाउन जान्छन् ।
      ३
      आफ्नै देशमा नुन
      गाँस, बास,लुगा
      कहिले आउला सगुन ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      छोटेहरूको राज चल्यो
      मात्र व्यवस्था परिवर्तन
      प्रतिफलमा भ्रष्टाचार फल्यो ।
      २,
      कुरा यही साँचो
      फेरि पनि देशमा
      परिवर्तनकै पो खाँचो ।
      ३,
      जनता आन्दोलन गर्छन्
      पचाएर लाज सबै
      नेता भुँडी भर्छन् ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      फलोस् फुलोस् चाहना
      यही कामना गर्दछु
      उच्च रहोस् भावना ।
      २,
      ठेस लाग्छ बाटोमा
      विचार गरेर हिॅंड्नु
      हरेक जीवनको पाटोमा।
      ३,
      हामी सारा नेपाली
      गर्व गरौँ सधैँ
      महान् विचार उचाली ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा ।
      …
      कतिखेर बदलिन्छ मोड
      भरोसा छैन जिन्दगीको
      जताततै नराम्रो होड ।
    • गंगा खड्का, बूढानीलकण्ठ, काठमाडौँ
      …
      १,
      गर्दैछौँ देशको क्षय
      सिन्को नभाँच्ने नेताको
      गरेर सबैले जय।
      २,
      दाउरा, आगो, खरानी
      तीन पङ्क्ति जीवनको
      यतिमै सीमित कहानी।
      ३,
      बढ्दैछ समस्या लगातार
      महामारी फैलिएझैँ देशमा
      जताततै भेटिन्छ बेरोजगार ।
    • बि.कुलुङ, दार्जिलिङ रंगबुल
      …
      १,
      जीवनमा अनेकौँ भोगाइ
      चितामा जलेको लासमा
      काम छैन ढोगाइ ।
      २,
      मानिसमा असीमित चाहना
      पूरा गर्नको खातिर
      जाग्छ अनेकौँ भावना।
      ३,
      सधैँ बोल खुलेर
      मनमा पिर लुकाई
      कहिल्यै नहिॅंड डुलेर।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५ संगम कोलोनी भक्तपुर
      …
      १,
      लिन्छु तिम्रो नाम
      मुटुभित्र म राख्छु
      बन्छ मेरो काम।
      २,
      आउ माया गरौँ
      मिली हामी दुई
      प्रेम बास्ना छरौँ ।
      ३,
      तिमी प्रेम धन
      तिमी साथै भए
      खुसी हुन्छ मन।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ
      …
      १,
      कानुन नैतिकता डढेर
      राजनीतिले देश डुबायो
      गयो विकृति बढेर ।
      २,
      नैतिकता हरामको शासन
      छोड्दैन सजिलै सत्ता
      मसान जगाएको आसन ।
      ३,
      मात्रै गर्दछ भाषण
      पछ्याउने छन् उस्तै
      बनाइदिन्छ बलियो आसन ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ ।
      …
      १,
      जति बुझ्यो गहिरो
      चुपचाप बस्यो लाटो
      घरैमुनि विशाल पहिरो ।
      २,
      कसैको परिवारको मियो
      किन गर्छौ बित्थामा
      नजाने गाउॅंको चियो ।
      ३,
      हातखुट्टाबिना पनि कीर्तिमान
      हिम्मत कहिल्यै नहार्नु
      उ संसारकै स्वाभिमान ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाडौँ
      …
      १,
      राष्ट्रको स्वाभिमान बोकेर
      उठौँ जुटौँ सबैले
      समृद्धिको यात्रा तोकेर ।
      २,
      भएन अब बसेर
      नजाँदैसुनौलो बिहानी
      उठौँ कम्मर कसेर ।
      ३,
      समस्याको जङ्घार तरेमा
      प्रगति अवस्य हुनेछ
      समयको ख्याल गरेमा ।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १.
      झिल्का भयो कविता
      घर न घाटको,
      जुत्ता हराएको रमिता ।
      २.
      मनुजको कस्तो बानी
      मनको नभए रुँदै
      खसाल्छन् आँखाको नानी ।
      ३,
      नहुनु थियो भयो
      काम गर्दा बिग्रन्छ
      जाने मान्छे गयो।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      …
      १,
      चाल्नै पर्यो पाइला
      महॅंगीले ढाड भाँच्यो
      विदेशिए साइॅंला माहिला।
      २,
      सपना हरायो रातमा
      पलायन प्रवृत्ति आयो
      कोही छैन साथमा ।
      ३,
      एकता बुझेर बलको
      कुटनीति चाल बुझेर
      सामना गरौँ छलको।
    • मोती सुब्बा, दार्जिलिङ।
      …
      १,
      व्यर्थै न्यायको झमेला
      बरु प्रधानमन्त्रीलाई सबै
      सुम्पिदिए होला अबेला ?
      २,
      रोकिए यात्रामा ठोकिए
      युवा र युवती
      अन्धो प्रेममा पोखिए।
      ३,
      न्यायाधीशको काम छैन
      राष्ट्रपति र प्रधानमन्त्रीको
      हुकुमबिना त चल्दैन ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      तर्साउने भए बुहारी
      छोरी पिटेझैँ गरेर
      संसदमा चल्यो जुहारी ।
      २,
      छैन निको चाला
      भयो युद्ध मथ्थर
      मुखमा लाग्यो ताला ।
      ३,
      हुन्न कहिल्यै सदाचार
      भ्रष्ट नेता रहुञ्जेल
      हुन्छ पक्कै भ्रष्टाचार ।
    • पूर्णप्रसाद पन्त, सिराञ्चोक ८, गोरखा
      …
      १,
      कठै ! बालकको आपत्ति
      सरकारले ध्यान नदिॅंदा
      भोग्दैछन् प्राकृतिक बिपत्ति ।
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      …
      १,
      नसुनाऊ अरू माझ
      दु:खको कहानी कसैलाई
      रमाउने हाम्रो समाज।
      २,
      अनगिन्ती छन् चाहना
      मर्नु पर्छ बाध्यताले
      बनाएको हैन बहाना।
      ३,
      रुन्छु एक्लै साँझ
      छैन मन देखाउने
      दु:ख वैरी माझ।
    • शंकर कार्की ,थाहा – ३, मकवानपुर
      …
      १,
      सबैलाई भयो थाहा
      कसले लाने हो
      नराख अरूको चाहा।
      २,
      देशको माटोमा पाइन्छ
      असलै हुन्छ जीवन
      यसैले देशभक्ति गाइन्छ।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      आस्था दिने कसले
      अन्त्यमा भवसागर यो
      पार लगाउने जसले ?
      २,
      हामी निमित्त मात्र
      नथाकोस् सुकर्म गरिरहँदा
      हाम्रो मन अहोरात्र।
      ३,
      मृत्यु कहिले होला ?
      मन राखौँ पवित्र
      जान्ने प्रभु भोला ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      आत्मियता हृदय खोली
      सम्बन्धमा आउँछ मिठास
      बोल्नुहोस् मधुर बोली।
      २,
      अदृश्य मायाको रोगी
      उपचार सम्भव छैन
      वैराग्यमा भइन्छ जोगी ।
      ३,
      प्रेमिल जोडीको माझ
      अनुपम सुख अनुभूति
      अविस्मरणीय रमाइलो साँझ।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
      …
      १,
      संस्कार संस्कृति हाम्रो
      उजागर गर्नुछ यसलाई
      संरक्षण गरे राम्रो ।
      २,
      सुपारी छ चाम्रो
      संसारमा सबैभन्दा त
      राम्रो संस्कृति हाम्रो ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ
      …
      १,
      किन भन्छौ भोलि
      सबै आज नगरे
      खाली हुन्छ झोली।
      २,
      अहिले दुःख गर
      पछि सुख पाउँछौ
      कसैको भर नपर ।
      ३,
      तिमी एक्लै बन
      हुँदैन साथ सबैको
      सन्तुष्ट पार मन ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४, बिगारे जुम्ला
      …
      १,
      अभावको परिचय बोकेर
      मध्यरातमा आँउछ लरखराउॅंदै
      उधारो रक्सी धोकेर ।
      २,
      कुबाटोमा हिँडेको राजनीति
      सच्याउनै सकेन भने
      जनताले तोक्छ मिति ।
      ३,
      कमजोर नठान जनता
      अत्याचारले नेटो काटे
      उडाई दिन्छ कताकता ।
    • ध्रुव श्रेष्ठ, हाल काठमाडौँ
      …
      १,
      सबैले गरेर काम
      देश विकास गरेमा
      अमर हुन्छ नाम ।
      २,
      सम्झेर उकालो भिर
      दु:ख धेरै आमाको
      देखेर लाग्छ पिर ।
      ३,
      हिमाल, पहाड, तराई
      नेपाली एउटै परिवार
      कोही छैन पराई ।
    • आर्त अकुलीन
      …
      १,
      भित्र्याए विदेशी नीति
      लोप हुँदै गयो
      हाम्रो संस्कार थिति ।
      २,
      गर्छन् कुर्सीको खेल
      शान्ति भएन देशमा
      राजनीतिमा भयो झेल ।
      ३,
      जनतामा अशान्ति छायो
      हाम्रोमा यस्तै छ
      खै ! लोकतन्त्र आयो ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      नेपाल हाम्रो पहिचान
      चन्द्र सूर्य झण्डा
      देशको बढ्छ सान ।
      २,
      शिरको टोपी हरायो
      नेपाली वीरलाई हेर
      खाडीको कामले बोलायो ।
      ३,
      मानव भएर नबस
      कर्म गर्नुछ आफ्नो
      विदेशमा तिमी नफस ।
    • बेदु न्यौपाने
      …
      १,
      नहुँदा नभई भएन
      गणतन्त्र भएछ स्वार्थी
      हुँदा इज्जतै रहेन ।
      २,
      पराधीन भई बाँच्नु
      कायरताको पराकाष्ट भयो
      पराईको इसारामा नाच्नु ।
      ३,
      किन गरिन्छ हेला ?
      भाषा, धर्म, संस्कारको
      देश रोएको बेला ।
    • ऋजु दिल्पाली, इटहरी – १ सुनसरी
      …
      १,
      नारी तिमी महान्
      सपरिवारको ख्याल राख्दै
      बच्चालाई दिन्छौ ध्यान ।
      २,
      नारी पुरुष बराबरी
      रथका दुई पाङ्ग्रा
      जीवन चल्छ सरासरी ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
      …
      १,
      गोजीमा सधैँ दाम
      चलिरहेको छ मेरो ,
      खातामा मात्र नाम ।
      २,
      चुनावमा नेताको टोली
      विकास गर्छु भनी
      जनतासँग झुटो बोली ।
      ३,
      नगर्नु मलाई हेला
      मनमा घरी चोट
      दु:ख परेको बेला ।
    • श्री कृष्ण धामी, बझाङ
      …
      १,
      फाटेको मन टाल्न
      अब नसकिने भयो
      आफ्नै जीवन पाल्न ।
      २,
      सरकारी धन कालो
      जसले सक्छ उसले
      परिवारमा लुकाउने पालो ।
      ३
      कालो धनको आस
      कुरेर बसेकै भरमा
      अब खुस्किन्छ सास ।
    • ललिता देउवा सहयात्री
      …
      १,
      शनिले सजाय दिन्छ
      कुप्रभावबाट आफैँ बचौँ
      सुखको पल छिन्छ ।
      २,
      पिपलमा जल चढाउँदा
      शान्त रहन्छ ग्रह ,
      पितृ भाग पाउँदा ।
      ३,
      अन्धकार नासिॅंदै जान्छ
      धार्मिक आस्था बोकेका,
      मनुष्यले ईश्वर मान्छ ।
    • सीमा कार्की समर्पण, हाल काठमाडौँ
      …
      १,
      आलु बेच खुसुक्क
      सन्जाल ठोक्छ ढ्याङ्ग्रो
      लुकाऊ मुन्टो लुसुक्क ।
      २,
      केरा खाउन्जेल मस्ती
      जब पेट फुल्छ
      न्यायाधीशलाई पो सास्ती ।
      ३,
      धन्न छ अदालत
      नत्र कता जान्थ्यौ
      नराम्रो लागेपछि आदत ।
    • कमला पौडेल, चा न पा भक्तपुर
      …
      १,
      स्वस्थ हुने दबाई
      सधैँ गरे योग
      फाइदा हुन्छ हामीलाई ।
      २,
      ओखतीमा खर्च हुन्न
      प्राणायाममा मन लगाए
      बिमारले कहिल्यै छुन्न ।
      -नन्दलाल आचार्य, उदयपुर
      …
      १,
      के हुँदैछ आज ?
      अविश्वास, विश्वासघात जताततै
      कता जाँदैछ समाज ?
      २,
      कसको गरौँ भर ?
      बदलिँदो रहेछ मन
      त्यसैले लाग्दैछ डर।
    • दीपा समभाव, काठमाडौँ
      …
      १,
      झिल्का काव्यको जनोट
      मात्र नौओटा शब्दले
      बन्दछ यसको बनोट l
      २,
      नौ शब्दको कविता
      जनमनमा फैलियो यसरी
      जस्तै आकासमा सविता l
      ३,
      नेता भए बदनाम
      लागेन कहिल्यै पनि
      उनको घैँटोमा घाम l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      बेसार र छेपारो
      उस्तै उस्तै हुन्
      हाल्छन् बाटोमा छेकारो।
      २,
      चेपारेको विश्वास नगर्नू।
      दाउ खोज्छ हरपल।
      भर कहिल्यै नपर्नू।।
      ३,
      उचाल्ने अनि पछार्ने
      नजिकै हुन्छन् हजुर
      टाढा हुन्छन् सपार्ने।।
    • राज कुमार कार्की, कटारी-१, उदयपुर
      …
      १,
      भयो सबैलाई थाहा
      नेताको भाषण शैली
      मञ्चैपिच्छे लाग्छ आहा।
      २,
      नेपाली संस्कार हाम्रो
      एउटा छुट्टै पहिचान
      ढाका टोपी राम्रो ।
      ३,
      लाग्छ सधैँ डर
      ढुक्कले बाँच्छु भन्ने
      छैन कुनै भर ।
    • कला ढकाल, झापा
      …
      १,
      देश सिॅंगार्ने छाँट
      हाम्रा पुर्खाले गरे
      कम्मर कसेर आँट ।
      २,
      धर्म फरक परोस्
      मानवीयता हुनुपर्छ है
      कर्म सुसम्पन्न होस् ।
      ३,
      जिन्दगी छ रमाइलो
      काँडा पन्छाउन जानेमा
      नजान्दा भयो घमाइलो।
    • राजेश्वरी राजोपाध्याय
      …
      १,
      मलाई बदनामी बनायो
      सामाजिक सञ्जालभरि नै
      तिम्रै कारणले गरायो ।
      २,
      समाजले यतिखेर सुनाउँछन्
      चरित्रमा दाग लगायौ
      तिमीले यसरी बुझाउँछन् ।
    • कबिताहरी, सुन्दर हरैंचा नगरपालिका – १, मोरङ
      …
      १,
      सम्भावना देशमा खोज्दा
      सकिन्न विश्वस्त हुन
      इमानी बाटो रोज्दा।
      २,
      हारे विद्वान् जन
      कसरी पछार्यो धनले
      विकास गर्ने मन।
      ३,
      सत्य यहाँ हार्दछ
      जादुको बादल बनाई
      दिउॅंसै रात पार्दछ।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      आकाशमा ताराहरुको ताँती
      कति सुन्दर देखिन्छन्
      जब हुन्छ राती ।
      २,
      सक्दिन आकाश छुन
      धर्तीमा बसेर हेर्छु
      टहटह लागेको जून ।
      ३,
      टोलाउॅंछु हेरी आकाश
      म आफैँमा हराउॅंछु
      झस्काउॅंछ चिसो बतास ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      खामको पत्र बिचमा
      के थियो हेरिनँ
      बुझ्दाखेरि रहेछ निचमा ।
      २,
      सागरभित्र हो डुबेको
      थियो उसको प्रतिभा
      जस्तो गहिराइमा लुकेको ।
      ३,
      भनेको काँध नचढ
      मानेनौ के गरूँ ?
      असफल पुस्तक नपढ ।
    • मनुहाङ किराँती, सोलु
      …
      १,
      दुष्टले ऐना हेर्दैन
      स्वार्थमा डुबेर सधैँ
      कसैको कुरा सुन्दैन।
      २,
      उज्यालो सन्सार देखाउने
      अभिभावक हुन् आमा
      आफ्नै खुट्टामा उभ्याउने।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      मानिसमा होस् चेतना
      सेवा गर्न नसके
      कसैलाई नदिनु वेदना ।
      २,
      भित्रभित्रै हिंसा चल्छ
      उन्नति गर्न नसके
      मान्छे यसै जल्छ ।
      ३,
      मुस्कानलाई हतियार बनाउॅंछु
      हाँसेर हरेक परिस्थितिमा
      जीवनमा खुसी सजाउॅंछु ।
    • विमल खतिवडा माइला, सिलगढी भारत
      …
      १,
      कुरै मात्र ठुलो
      सङ्कीर्ण तिम्रो मन
      जता फर्क्यो दुलो।
      २,
      किन गर्छौ अभिमान ?
      मानसम्मान मात्र नहुँदा
      यस्तै हुन्छ अपमान।
      ३,
      छैन कहीँ शान्ति
      विभ्रान्ति छाएको सहर
      यसै हुँदैछ क्रान्ति ।
    • पेम्वा यल्मो, दार्जिलिङ, भारत
      …
      १,
      हाम्रो सगरमाथा स्वाभिमान
      गौरव गरौँ नेपाली
      देशलाई दिएको सम्मान।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      हुँदैन बिहान पक्कै
      मिरमिरे तारा आकाशको
      झरेर नगए कतै ।
      २,
      अपनाइ पुर्खाको संस्कार
      जिउनु साधा जीवन
      राखेर उच्च विचार।
    • बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिका – २, सोलुखुम्बु
      …
      १,
      कुर्सीको मोह अति
      अरू केही चाहिँदैन
      गुट्मुटाउँछु पाए जति ।
      २,
      जनता आश्वासनमा भुलियो
      हेर्दाहेर्दै गर्भधारण गरेर
      नेताको भुँड़ी फुलियो ।
      ३,
      भाषा अनि संस्कृति
      पोलेर खायौँ हामीले
      बढ्दो समाजमा विकृति ।
    • राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
      ..
      १,
      उन्नति देशको भएन
      मौलायो सधैँ सातपुस्ते
      इमान्दार कोही रहेन ।
      २,
      संस्कृतिमा विश्व रमाउने
      हो नेपालको पहिचान
      हरेकको मनमा सजाउने ।
      ३,
      किन गर्छौ अलमल ?
      मदमत्त यो जवानी
      पिउनु नसासरि कलकल ।
    • नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर
      …
      १,
      हुँदा खाने देशमा
      बनाएर खान सकेनन्
      उत्रिए नक्कली भेषमा
      २,
      निर्दोष फस्छन् केसमा
      कहिलै सत्य नभएको
      सतीले सरापेको देशमा।
      ३,
      भ्रष्टाचारको अन्त भए
      देशमा शान्ति हुन्थ्यो
      कानुनत: बाटोमा गए ।
    • मन्जु बोहरा, सुदुरपश्चिम, बझाङ
      …
      १,
      नहुने के गरेपछि ?
      खेर जाला समय
      नगर्नु है बेइमानी ।
      २,
      लागेँ परदेशी हुन
      थाह छ मलाई
      भविष्यमा पर्दैन रुन।
      ३,
      नछोऊ आगोले पोल्छ
      चिनेको छु समाजलाई
      सत्यसँग को बोल्छ ?
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा-३, काभ्रे

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०६ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P