साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५३औँ) शृङ्खलाका लागि लघुकथाकार प्रा.डा. प्राज्ञ खेमराज खनालको लघुकथा ‘बोतल’, लघुकथाकार ढाकामोहन बरालको लघुकथा ‘स्वामित्व’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘छिमेकी’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१. लघुकथा: बोतल
✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल ठाकुर चारतारे होटल गए । यसपटक मुनाफा धेरै भएकाे थियो । श्रम मारेर मजदुरको खुबै शोषण गरेका थिए । मुनाफा थोरै देखाएर राष्ट्रलाई मनग्गे ठगेका थिए । राजनीतिक पार्टीलाई केही मन्साउँथे । पत्रकारहरूलाई अलिकति चढाउँथे । आज उनको हर्कबढाइँकाे दिन थियो । परिवारका साथ दुईचार बोतल महँगो रक्सी रित्याए ।
श्रमिक छाप्रे भट्टीमा पस्यो । साहुले मजदुरीबाट निकालिदिएकाे थियो । नेताहरूले उसका कुरा सुनेनन् । पत्रकारहरूले उसको गुनासो बुझेनन् । स्वास्नीकाे सारी झुत्रिन लागेको थियो । छोरी सरकारी स्कुलमा फेरि पनि फेल भई । मनभरि पिर बह भरिएको थियो । साथीका साथ दुईचार बोतल ठर्रा घुट्क्यायो ।
दुवैले बोतल रित्याएका थिए । मात्र बोतलकाे स्रोत, क्वालिटी, दाम, उद्देश्य र मात्रा फरक थिए । ठाकुरको बोतलमा गरिबको रगत भरिएको थियोे । श्रमिकको बोतलमा आफ्नै श्रम भरिएको थियो । ठाकुरको बोतल महँगो रक्सीले भरिए पनि दुषित थियो । श्रमिकको बोतल सस्तो ठर्राले भरिए पनि पवित्र थियोे । धरान, नेपाल २०८०/०९/२३
२.लघुकथा: स्वामित्व
✍️ ढाकामोहन बराल राम्रो र लामो खालका सुगन्धित अगरबत्ती बालिएको थियो । वातावरणमा यसको बास्ना छरिएको थियो । “आज कति भए ?” हरिप्रसादले सोधेको सुनियो । निरुले टाउको उठाएर हेरिन् र पहिलाजस्तै मुन्टो निहुराएर बसिन् । “भोलि त पाँचै दिन हुन्छ्न् ।” नित्यानन्दले हरिप्रसादलाई जवाफ दिए ।
“अघिल्लो जुनीमा धर्म गरेका रहेछ्न् बाले, त्यसैले तँ जस्ती छोरी पाए यो जुनीमा ।” गान्धारी आमैले भन्नुभयो । “बाको सेवा यसले जसरी कसले गर्यो होला र ! झरी, बादल, वर्षा, चर्को घाम र ठिहिर्याउने जाडो केही भनिन । बालाई लिएर अस्पताल दौडिई ।” जमुनाले पनि भनिन् । “धन्य घरका पनि सहयोगी रहेछ्न् र बालाई केही भएको थाहा पाउनेबित्तिँकै टाउकाले टेकेर भए पनि आइहाल्थ्यौ ।” गान्धारीले भनिन् । “अब त बिग्रन्छ पनि होला ।” निरुले सुस्तरी भनी ।
“के गर्ने बाबै ! जिउँदामा तैँले जतिसुकै गरे पनि मरेपछि दाइ नआई उठाउन नमिल्ने ।” जमुनाले भनिन् । गेट बाहिर एउटा मोटर रोकियो । आँगनमा जम्मा भएका मान्छेहरू सलबलाए । घरको समाचार सुनेपछि छ वर्षमा छोराहरू घर आएका थिए । निरु जुरुक्क उठी । आउँदै गरेका दाइहरूको अगाडि गई । उसले चार दिनदेखि अन्तिम संस्कार हुन नपाएको निरुको बुबाको पार्थिव शरीरजस्तै सबैजना स्तब्ध हुने गरेर भनी- “दाइ ! मैले हजुरहरूका बुबालाई बचाउन सकिनँ ।” पोखरा ७ मासबार , कास्की ।
३. लघुकथा: छिमेकी
✍️ सुरेशकुमार पाण्डे
“अस्ति पनि आएको थियो । हिजो पनि आएको थियो । अचेल रुपलाल राधिकाको घरमा खुबै आउनेगर्छ।” लिखुरीले आफ्नो लोग्नेलाई बिस्तारै भनी। “होला केही काम ! तिमीले किन टाउको दुखाउनुपर्यो, बित्थामा ? अर्काको घरमा को आउछ को जान्छ ।” नरे आफ्नो स्वास्नीसँग झर्कियो ।
“हजुरसँग त बोल्नै हुँदैन ।” उसले रिसाएझैँ आफ्नो नाक मुख बिगारी। “लिखुरी ! यसमा तिमी रिसाउँनै पर्ने कुरा के छ ? अर्काको घरमा को आयो, किन आयो ? त्यो उनिहरूको समस्या हो । तिम्रो हाम्रो चिन्ताको विषय होइन ।” नरेले लिखुरीलाई सम्झाउँन खोज्यो । “हामी छिमेकी भएपछि छिमेकमा महिला मात्र भएको बेला पुरुष आइरहँदा चिन्ता त गर्नैपर्छ ।” लिखुरी अलि चर्को बोली ।
“हो हामी छिमेकीको नाताले राधिकाको हालचाल सोध्नुपर्छ तर चियोचर्चा गरेर आफ्नो समय खेरा फाल्नुहुँदैन । तिमी कतिपटक गयौ, तेस्का घर भन त ?” नरेले सोध्यो। “ऊ पनि एक सातादेखि आएकी छैन । ऊ नआएपछि म पनि किन जाम् ?”- लिखुरीले भनी । “बरू उस्को घरमा सञ्चो विसञ्चो के छ बुझेर आऔँ, हिँड ।” नरेले लिखुरीलाई सम्झाउँदै भन्यो।
केही समयपछि दुवैजना राधिकाको घरमा गए । राधिकाको एउटा खुट्टामा प्लास्टर गरिएको थियो। “यो कसरी भयो ?” “घरमै लडेर खुट्टा भाँचियो । हजुरहरूको नम्बर पनि थिएन । महेशको रुपलाल दाइसँग चिनजान रहेछ । उहाँले नै विदेशबाट फोन गरेर पठाइदिनु भयो।” राधाले आफ्नो बारेमा जानकारी गराई। दाङ घोराही १८ १५-०३-२०२४, (०२चैत्र२०८०)
साताका उत्कृष्ट झिल्का कविताको आठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ८ का लागि झिल्काकार त्रय वसन्त अनुभव, भावना थापा मुस्कान र सरला माझीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू ~<•>~
[१] १. चढ्छन् करोडौँको कार सर्वहाराका प्रतिनिधि उनी राम्रै छ बन्दव्यापार । २. हुँदैन कसैको फिक्री हिराको मोदक हातमा परेपछि सुनको सिक्री । ३. सम्झन्छ्न् मूर्ख हरपल जितेर भुल्छ्न् नेता रुवाउँछन् जनता पलपल । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~
[२] १. लुट्यो जवानी मेरो लुटेराले सुनसान बस्तीमा जब थियो अँधेरो । २. भएकी छु अचेल एकोहोरो पागल जस्तै आफैँदेखि म ओझेल । ३. गिद्धको नजर लाग्यो न्याय माग्न जादा न्यायधीश नै भाग्यो । ✍️ भावना थापा मुस्कान ~<•>~
[३] १. कसैलाई नगर्नू हेला आवश्यक पर्नसक्छ हेर उसैको जुनसुकै बेला । २. राम्रो हुनु पहिले अभिमानी, अनुशासनहीन नहुनू आमा भन्नुहुन्छ जहिले । ३. घमण्डले सिध्याउँछ मानवता कलियुगमा हिँड्नुपर्छ सम्हालिएर मान्छेमा हुन्छ दानवता । ✍️ सरला माझी ~<•>~
झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~[ [१] १. परिस्थिति रहोस् कस्तै प्रगाढ रहोस् सम्बन्ध आँखा, आँसुको जस्तै । २. अटुट सम्बन्धको खानी सम्बन्धको बलियो उदाहरण नङ, मासुको कहानी । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~~<•>~~
[२] १. कहिले नपरोस् रोगाउन हाम्रो सम्बन्ध सधैँभरि पर्छ मिलेर जोगाउन । २. देखाउनुपर्छ राम्रो बानी मरेपछि लानु छैन बन्नुपर्छ जलेर खरानी । ✍️ शंकर कार्की, मकवानपुर ~~<•>~~
[३] १. प्यारको नशा पिएर जिउन खोज्दै छु यादले मुटु सिएर । २. चुँडियो गुलाफ प्रेमले दुखाउँछ काँडाले मन कतिन्जेल जिउँछौ भ्रमले ? ✍️ कृष्ण सुवेदी, पोखरा ~~<•>~~
[४] १. टुटेको सम्बन्ध गाँसाै जीवन छाेटाे छ दुवै मिलेर हाँसाै ! २. सम्बन्ध खराब हुँदा रातभर निद्रा आउँदैन हुन्छ बिहानि रुँदा ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि ~~<•>~~
[५] १. बाँडेर आपसमा जिम्मेवारी प्रगाढ बनाऔँ सम्बन्ध मिलेर हामी नरनारी । २. सुन्दर सपना सजाई बसौँ नारी पुरुष सम्बन्ध कसिलो बनाई । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु ~~<•>~~
[६] १. चेतनाको दियो बाल सम्बन्ध गाढा बनाउँदै घमण्ड अहङ्कार फाल ! २. पूरा नहुने भयो सम्बन्ध हाम्रो अब सपना टुटेर गयो ! ✍️ कला ढकाल, झापा ~~<•>~~
[७] १. झिल्का हो चौतारी लेखौँ मनको भाव नजाऊ अन्त भौतारी ! २. झिल्काले छर्यो सुगन्ध विचार आदनप्रदान गर्दै बिस्तार भयो सम्बन्ध ! ३. सानो परिवार हाम्रो फलोस् फुलोस् सधैँ समेटेर भाव राम्रो ! ✍️ दीपा समभाव काठमाडौँ ~~<•>~~
[८] १. सकियोस् भरोसा गर्न जीवनको हरेक मोडमा सकिन्छ खुसी भर्न । २. सम्बन्ध गाढा बनोस् जिन्दगी सुन्दर लाग्छ दुनियाँले आहा भनोस् । ३. यात्रा सहज बन्छ असल सम्बन्ध भए त्याग गर्छु भन्छ । ✍️ पुष्पा राई, खाेटाङ ~~<•>~~
[९] १. सम्बन्ध रहोस् दिगो टुटेर फुटेर कतै तिर्नु नपराेस् बिगाे । २. पैसामा सम्बन्ध जोखिन्न विश्वासमा घात भएपछि आफ्नै नाता चोखिन्न । ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा ~~<•>~~
[१०] १. सम्बन्ध हुनुपर्छ राम्रो अघि बढौँ मिली नछुटोस् साथ हाम्रो । २. गरौँ मिठा बात अब लेख्न झिल्का बढाऔँ हामी हात । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~~<•>~~
[११] १. जित भएन हार जबदेखि आफ्नैहरूले यहाँ गरिदियो सम्बन्धको व्यापार । २. कलिले छरेको सुगन्ध तिम्रो मेरो बीचमा यस्तै बनोस् सम्बन्ध । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~~<•>~~
[१२] १. खुल्ला रहोस् चाहाना मानवता राखौ जिउँदो नबनाऊ कहिल्यै बाहाना ।। २. सम्बन्ध चिसिनु हुँदैन बनौँ सधैँ परोपकारी आत्मा कसैको रुँदैन ।। ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी ~~<•>~~
[१३] १. पानी बिनाको खेती फलदायी हुँदैन छाेरा लगाउनु पसिनाले रेती । २. प्रतिभा अवश्य ठुलाे संस्कार र संस्कृति हुन् जीवनकाे ओखतीमुलाे । ३. भजन जनताकाे नाममा कस्ता स्वार्थी खेलाडी एकजुट लुट्ने काममा । ४. माटाकाे भर ढुङ्गाे एकअर्कामा छ निर्भर अकाट्य हुन्छ टुङ्गो । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~~<•>~~
[१४] १. सम्बन्धमा अचेल तिक्तता टोलाएर बस्छु अहिले चारैतिर देख्छु रिक्तता । ✍️ नागेन्द्रप्रसाद यादव ~~<•>~~
[१५] १. यस्तो होस् सम्बन्ध आँखा लगाउनेको फुटोस् नहोस् कुदृष्टिको गन्ध । २. हुनुपर्छ सम्बन्ध झकास मिलेर हामी एकआपसमा बनाउनुपर्छ सधैँ खास । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~~<•>~~
[१६] १. नहोउँ कोही टाढा एकापसमा मिलेर नै सम्बन्ध बनाऔँ गाढा । २. बढाऔँ अगाडि पाइलो बनाए प्रगाढ सम्बन्ध जीवन हुन्छ रमाइलो । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~~<•>~~
[१७] १. विश्वास हुन्छ पाया एकअर्कोमा सदा नै आभास नितान्त माया । २. सत्य मूल आधार पवित्र माया भए कहिल्यै हुँदैन निस्सार । ३. भुल्नुहुन्न आफ्नो धर्म जस्तोसुकै होस् परिस्थिति पूरा गर्नुपर्छ कर्म । ✍️ पृथक प्रकृति, झापा ~~<•>~~
[१८] १. सम्वन्ध रहोस् गाढा हुँदैमा कुरा सानोतिनो नबनौँ कोही टाढा । २. हुनसक्छ कहिलेकाहीँ घोचाघोच नठोसी बल्दैन अगुल्टो लिऔँ असल सोच । ३. सम्वन्धमा नआओस् कुठाराघात विश्वासको अन्तिम क्षणमा नलागोस् कसैलाई मात । ४. झिल्काले सम्बन्ध भाक्यो विचार आदानप्रदान गर्दै उच्च प्रवन्धलाई डाक्यो । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हाल-अमेरिका,बोस्टन। ~~<•>~~
[१९] १. मनको मान्छे भनेँ पैसाको निम्ति होइन यसैले मैले गनेँ । २. साइनो रगतको हाम्रो सोचेको जस्तै रहोस् छैन कुरा चाम्रो । ३. नाताको आधारमा मैले सम्बन्ध बलियो गरेको किन मारिस् तैँले । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~~<•>~~
[२०] १. अनौठो सम्बन्ध हाम्रो भेट भएको छैन माया झनझन चाम्रो । २. बुझिसकेँ हेर मैले तिम्रो मनको कपट देख्दछु म जैले । ✍️ मंगला आचार्य उपाध्याय बारा कलैया १ ~~<•>~~
[२१] १. सम्बन्ध मनले जोड्छ आाखिर विचार नमिल्दा फेरि उसैले तोड्छ ! २. अमर पिरती हाम्रो प्रगाढ रङ्गहरूको जस्तै चिनारी सम्बन्ध राम्रो ! ✍️ आर्त अकुलीन ~~<•>~~
[२२] १. सम्बन्ध बनोस् राम्रो बाधा अवरोधले घेरेर पनि नहोस् चाम्रो । २. सम्बन्धमा रहोस् माया साथ नहुन पनि अनुभूति रहोस् दायाँबायाँ । ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~<•>~~
[२३] १. टाढाको सम्बन्ध कस्तो आकाश धरती माझ देखिने क्षितिज जस्तो । २. सम्बन्ध रहोस् राम्रो बगेको नदी जस्तै टिस्टा, रगीत हाम्रो । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ~~<•>~~
[२४] १. सम्बन्ध राम्रो बनाउन चाहिन्छ व्यवहार पारदर्शी सधैँ साथ पाउन ! २. मनको नजिकै सर्नू अगुल्टो नठोसी बल्दैन नयन कहिल्यै नतर्नु ! ✍️ सीमा कार्की समर्पण ~~<•>~~
[२५] १. सम्बन्ध राम्रो हुन अवश्य समझदार बनौँ एकअर्काको मन छुन । २. सबैजना मन्त्रीको दाउमा बीचैमा सम्बन्ध बिग्रदा कुर्सी अर्काको नाउँमा ३. सम्बन्ध राम्रो थियो पाएको थिएँ पुरस्कार अहिले धोका दियो ! ४. एकापसमा प्रेम गरौँ सम्बन्ध राम्रो हुन खुसीले माया भरौँ । ✍️ शशी आचार्य ~~<•>~~
[२६] १. कतिपय बिराउँछन् बाटो सम्बन्ध निभाउन नजान्दा मासिन्छ ठुलठुला पाटो । २. बेलाबखत गर्नुपर्छ चियो विश्वासमा टिक्छ सम्बन्ध छान्नुहुन्न कमजोर मियो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~<•>~~
[२७] १. मिलेर उत्सव मनाउँ जीवन चोला रहुन्जेल सम्बन्ध प्रगाढ बनाउँ ! २. दुईचार दिनको चोला मजबुत बनाए सम्बन्ध सुनमा सुगन्ध होला ! ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) ~~<•>~~
[२८] १. बाहिरी सुन्दरता देखेर झट्ट विश्वास नगर्नू बस्नुपर्छ जीवनभर रोएर । ✍️ प्रविना प्रयासी ओखलढुंगा ~~<•>~~
[२९] १. सम्बन्ध प्रगाढ बनाेस् आपसमा सद्भाव देखेर सबैले आहा भनाेस् । २. सम्बन्ध बढाउनु राम्रो पुरानो यात नयाँ माया बढाेस् हाम्रो । ३. मन नफाटाेस् कहिल्यै झिनामसिना विवाद भए फाल्नुपर्छ भन्छु अहिल्यै। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर । ~~<•>~~
[३०] १. सम्बन्ध यसरी बनोस् कसैको नजर नलागी खुट्टाले जमिन खनोस् २. सम्बन्धले बाधेको नाता बिछोडको बेदना सहेँ अदालतमा खोलेँ खाता । ३. प्रेम सम्हालेर जान्छन् हतेलीमा राखेर कस्तो अपमान हुँदैमा मान्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~~<•>~~
[३१] १. सम्बन्ध बनोस् गाढा अहिले जत्तिँकै सधैँ भए तापनि टाढा l २. नआओस् शङ्काको गन्ध सुनेर हावादारी कुरा प्रगाढ़ बनोस् सम्बन्ध l ३. सुमधुर सम्बन्ध बनाउन शङ्काको मैलो पखाली जान्नुपर्छ है रमाउन l ✍️ बाबुराम गौतम, गुल्मी ~~<•>~~
[३२] १. भएपनि जति टाढा लागिरहाेस् माया उसैकाे सम्बन्ध बनाेस् गाढा । २. सम्बन्ध राम्रो उसैको जाने राम्रो निभाउन हुँदैन बिफल कसैकाे । ✍️ उर्मिला के.शी. धनकुटा ! ~~<•>~~
[३३] १. मनको साइनो राम्रो अटल रहोस् सम्बन्ध जुनी जुनी हाम्रो । २. विचित्रको संसार कस्तो सम्बन्धको डोरी बाट्नु माछा पानीको जस्तो । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ ~~<•>~~
[३४] १. घाम र छायाको जस्तै बनाउनुपर्छ सम्बन्ध रिस होइन मायाको । २. सम्बन्ध कस्तो हुने राम्रो या नराम्रो झर्ने, आकाश छुने। ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला ~~<•>~~
[३५] १. कसैलाई पिर नपार्नु सम्बन्ध आत्मिक होओस् सानालाई थिचेर नमार्नु । ✍️ गुणनिधि घिमिरे अमेरिका ~~<•>~~
[३६] १. नाता बलियो हुन्छ सम्बन्ध राम्रो भए मायाले मन छुन्छ । २. माया बलियो गाँस्नू विश्वास गरें तिमीलाई मनैले माया नमास्नू । ३. झुटो बोलेमा सकिन्छ तिम्रो साथ भएमा पवित्र नाता देखिन्छ। ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया । ~~<•>~~
[३७] १. झिल्काले जुराको सम्बन्ध नछुटोस् कहिले पनि फैलियोस् जगतमा सुगन्ध । २. बन्दैछ सम्बन्ध गहिरो झिल्का कवितामा पनि नआओस् बिचमा पहिरो । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~<•>~~
[३८] १. सम्बन्धमा धाजा पर्ने नगर काम कतै आपसमा मन मर्ने । २. समझदारी कायम गर विश्वासघात हुने कामको भरमा कहिल्यै नपर । ✍️ विवश पारदर्शी झापा, ~~<•>~~
[३९] सम्बन्ध राम्रो हुनुपर्छ सधैँ घर इष्टमित्रहरूमा सबैको हित गर्छ । २ बोली व्यवहारमा मिठास नहौस् तितोपिरो कहिल्यै घरभित्र लक्ष्मीको बास । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~~<•>~~
[४०] १. क्षणिक सम्बन्ध जस्तो भेट फेरि नहुने दिएको माया सस्तो । २. यादले सताउँछ कहिले अतीतले बल्झाउँछ जब लाग्दैन रमाइलो अहिले । ३. छुटेपछि सम्बन्ध हाम्रो बन्नेछ अधूरो कहानी जिन्दगी नितान्त नराम्रो । ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ ~~<•>~~
[४१] १. दुनियाँको नजरमा खस्न कस्तो सम्बन्ध जोडियो माइती घरमा बस्न । २. विदेश पस्न बाध्य कमाइ गर्न पनि भएन सरकार साध्य । ३. आफ्नै हृदयमा छुरा होला कस्तो सम्बन्ध जटिल भयो कुरा । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ~~<•>~~
[४२] १. सम्बन्ध जोडेको राम्रो झिल्का कवितालाई देख्दा बतासिन्छ मन हाम्रो । २. कविता लेखिन्छ खिपेर जोडेर सम्बन्ध आपसमा प्रेमको सुगन्ध लिपेर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ~~<•>~~
[४३] १. तुलना नगर्नु धनमा सम्बन्ध बिग्रिएर झनै फाटाे आउला मनमा । २. उदाहरण बनाेस् हाम्राे विश्वास गर्नसकेमा हेर टिक्छ सम्बन्ध राम्राे । ३. नठान्नु कसैले सस्ताे सम्बन्ध बढेर जाओस् नङ मासुकाे जस्ताे । ✍️ काेपिला अधिकारी गाेरखा सिरानचाेक ~~<•>~~
[४४] १. झिल्काले सम्बन्ध बढायो भावनाको डोरी जोड्न धेरै पाठ पढायो । २. परिचयको सिमा बढायो साहित्य जगतमा आज सम्बन्ध जोडिन सिकायो । ३. बन्यो झिल्का चौपारी सम्बन्ध खोज्दै म डुले सारा भौतारी । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा ~~<•>~~
[४५] १. प्रारब्ध निश्चल भैजावाेस् हुनुहुँदैन पछि अविचल सम्बन्धमै सफलता माैलावाेस् ! २. निश्चल सम्बन्ध रत्न जरा बलियाे बनाऔँ गरेर प्रशस्त यत्न । ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ~~<•>~~
[४६] १. सम्बन्धमा धमिलो नपारौँ रहनुपर्छ यो अन्तिमसम्म दिन्छु भनेर नमारौँ । २. माहुरी फूलको गन्ध फूल फुलुन्जेल सदा गाढा रहोस् सम्बन्ध । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ ~~<•>~~
[४७] १. जीवन जित हार सम्बन्ध विश्वासिलो भए हुने बाँच्ने आधार । २. सबै नपाइने किन्न सम्बन्ध सत्य झुठको छद्मवेषी गाह्रो चिन्न । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ~~<•>~~
[४८] १. अटुट रहोस् सम्बन्ध नहोस् केवल औपचारिकता मगमगाई रहोस् सुगन्ध । २. लम्बिरहोस् हाम्रो सम्वन्ध दुखसुख निरन्तर झेल्दै छरिरहोस् मनोहर सुगन्ध ! ✍️ पेम्बा योल्मो ~~<•>~~
[४९] १. भाइचाराको राम्रो सम्बन्ध हामीले मिलेर गर्नुपर्ने काममा झन् सुगन्ध । २. राम्रो सम्बधको हित नराम्रो बानी छाेडेपछि भाइचाराको हुन्छ जित । ✍️ श्रीकृष्ण धामी – बझाङ ~~<•>~~
[५०] १. सम्बन्धले माया भराैँ व्यवहार राम्रो पारेर खुसीसँगै प्रेम गराैँ । २. व्यवहारले मन छुन हुनुपर्छ ज्ञानी विवेकी सम्बन्ध गाढा हुन । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~~<•>~~
[५१] १. सम्बन्ध बिग्रिँदै गयो तिमीले शङ्का गर्नाले ठुलो क्षति भयो । २. सम्बन्धको कुरा नगर माया गर्छु तिमीलाई मेरै भरमा पर । ३. तिमी मेरो साहारा सम्बन्ध बिग्रियो भने बनिन्छ मृत्युको आहारा । ४. टाढियौ सयौँ कोस टाढा हुन्छ गाढा जाँगर चल्छ जोस । ✍️ ललिता सिन्धुली ~~<•>~~
[५२] १. सम्बन्ध गाह्रो टिकाउन बदनामीको मात्रै खाली नाम परो बिकाउन । २. जसले सम्बन्ध जोड्छ अनि बनाउँछ बहाना आफैँ बाटो मोड्छ । ३. हातमा हात मिलाएर सम्बन्ध अघि बढाऔँ टुक्रिएको मुटु सिलाएर । ✍️ लक्षमण देउवा ठकुरी आदर्श डोटी, हाल भारत ~~<•>~~
[५३] [१] आकाश र धरती खोलाको दुई तिर सम्वन्ध या पिरथी ? ✍️ ध्रुव श्रेष्ठ ~~<•>~~
[५४] १. सम्बन्धमा हुनुपर्छ गाढापन मायाप्रेम अनि सद्भाव चल्छ जिन्दगी सादामन । २. नाता सम्बन्धको तलाउ स्वच्छ निर्मल हुनुपर्छ संस्कार नभुली चलाऊ । ✍️ राजेस्वरी राजोपाध्याय ललितपुर ~~<•>~~
[५५] १. सम्बन्ध राम्रो बनाऔँ सम्झना सधैँ रहन सद्भावले सौम्य जनाऔँ । २. सम्बन्धले जीवन बन्दछ सदैव मिलेमा राम्रो यही मनले भन्दछ । ✍️ प्रेम थापा “मन”बागलुङ ~~<•>~~
[५६] १. सम्बन्ध राम्रो गासौँ जहाँ जहाँ भएपनि जीवनमा सधैँ हाँसौँ ! २. झिल्का काव्य पढौँ यस पाठशालामा रहेर सम्बन्ध गाँस्दै बढौँ । ३. बत्ती बल्यो झलल लेख्न जान्दा खेरी बढ्छ अघि सलल । ✍️ बेदु न्यौपाने 🇳🇵 ~~<•>~~
[५७] १. तिम्राे हृदयकाे सगरमाथा दवाई औँला अञ्जलीले विरताकाे सुनाैला गाथा । २. कुरेर प्रतीक्षाकाे चाैतारी भावनाकाे भित्री सागरमा नछुटोस् सम्बन्धकाे औतारी । ३. टुट्नुहुन्न सम्बन्धकाे डाेरी एकमुठ्ठी श्वास रहुन्जेल् नजानुस् सहकार्य ताेडी । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको आठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला – ०८ मा सहभागी झिल्काकारहरू-
… १, फोहोरको मोहर हौ प्राप्त व्यवस्था सुधार्न जनको ढुकढुकीमा छौ । २, नारी सृष्टिको मुहान उज्यालो बिहान ल्याउने कहिल्यै घट्दैन सम्मान । ३, आहा ! देशको प्रशासक सगरमाथाझैँ शिर उॅंचो भक्षक विरुद्धमा रक्षक ।
म्यामराज राई, भोजपुर … १) कागजमै आहा समृद्धि घट्ने चान्सै हुँदैन उकालोमा छ मूल्यवृद्धि ! २) बरु छोड्ला सासले पटक्कै कुर्सी छोड्दैनन् नेता मालको आसले ! ३) आलु भनेर पिँडालु बनाई मूर्ख जनता छल्न साह्रै सिपालु !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, आँसुको सागर बगेछ बन्धन मुटुमा गाँठो कसिॅंदै कसिॅंदै सरेछ । २, शिवरात्रि भाङ, धतुरो ताण्डव नाचेर बिताए हाँसोमा भएछ चतुरो । ३, नारीको अस्तित्व रहन्छ परिश्रम गरेर खान्छन् माटोमा कुँदेर सहन्छ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, गर्छौँ मिठा कुरा मुखले ठिक्क पार्दै तर छन् अधुरा। २, जोगी देखिॅंदैनन् फरक भाँडो उही भई लागिरहन्छ हामीलाई हरक। ३, भन्छौँ सबै ठिक देखिॅंदैन कतै नयाँ अनि लागिरहन्छ दिक।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, महिला अधिकारका कुरा सबैले गरेको देखेर, मनै आनन्दित पूरा। २, नबनोस् एक दिनलाई महिला दिवस उत्सव, दबाएर हरेक छिनलाई। ३, मिलाए हातमा हात नारीहरू अघि बढ्नेछन्, पाए समाजको साथ।
पुष्पा राई, खोटाङ। … १, हामी नेपालीको माथ विश्वको सामु झुक्दैन खेलाँची कहिल्यै नठान ॥ २, खान्छौँ आफ्नै पौरख खोस्रेर पाखा पहरा यसमै मान्छौँ गौरव ॥ ३, आफनै पौरखमा बाँचौँला सधैँ रमाउँदै खुसीले मिलेर हामी नाचौँला ।
गुणनिधि घिमिरे अमेरिका … १, नारी अस्तित्व मेटिए स्वतन्त्रताको नारा अनर्थ न्यायको थाप्लोमा टेकिए । २, नारी महान् सम्मान छैनन् नारी घरमा कसरी चल्छ जहान ? ३, हरे ! शिव भोला नारी अस्तित्व सबैको रक्षा गर्नु होला ।
बेदु न्यौपाने … १, झरेको झर्ना हेर्दा भयो अति आनन्द मायाले साथमा बेर्दा। २, रहर मेटिएन मनको देखेर आकृति तिम्रो लजालु त्यो पनको। ३, मेरो जीवनको सहारा जूनझैँ बनेर आइदियौ आकाशको चम्किलो तारा।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, नारी दिवस अर्थ सानी ठुली बुझे सत्कर्म गरी गर्व । २, लहडमा नलाग सानी अगाडि बढ लिएर असल आचरणको बानी ।
देव मगर … १, कागजी बाघ भए विकास बाधा भयो एकै ठाउँमा गए। २, मात्र भोटको मिसन उखान टुक्का हाली सकियो कामको लगन । ३, जनताको पसिनामा रजाइॅं काले काले मिलेका पालैपालो दाग लगाई।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, फेरि उडायो तारा पार्छ पक्कै पनि बेथिति जगमग सारा l २, नउठोस् कृत्रिम बादल छेक्न त्यसको आभा बजाई बेतालको मादल l ३, बन्नु दक्ष प्रशासक खोजी खोजी भ्रष्टलाई डस्नू, बनेर तक्षक l
बाबुराम गौतम, गुल्मी … १, सबले मिली खाने असल नेता अब खोज्न कहाँ जाने। २, कसको गर्नु भर ? आफू आफैँसॅंग पनि लाग्छ अचेल डर। ३, कान चिरेका जोगी सबै नेता उस्तै, खान मात्रै भोगी।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ … १, छैन यहाँ सातुसामल अल्छी साइँदुवा मोरो पानी उमाल्नू, हरपल । २, छैन काम दाम घुमीफिरी दिन बिताउने चाहियो मिठो माम। ३, पेट छालाको धोक्रो भरिनै पर्छ नभरे समातिहाल्छ नि घोक्रो।
बिके मुखिया, दार्जिलिङ भारत … १, बन्नुपर्छ सुयोग्य नारी रिसराग सबै त्यागेर घरव्यवहारमा गरौँ सफारी। २, शिवको भक्त भएर तीर्थयात्री मख्ख पार्यो मठमन्दिर दैनिक गएर। ३, गृहमन्त्री बने रवि भ्रष्टाचार निर्मूल गरेर कस्तो बनाउॅंछौ छवि ?
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, राधे राधे भक्तपुर … १, केही गर्न बाँचौँ अन्याय सहनु हुँदैन शक्ति सामर्थ्य साँचौँ । २, कर्तव्य हुँदैन भुल्नु पाइॅंदैन मागेर अधिकार लक्ष्यहीन किन डुल्नु ? ३, झनै बिग्रॅंदो रीति सकिॅंदैन यसरी जिउन भड्किॅंदो सबैको मनस्थिति !
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, महान् हुन्छ कर्मले सुन्दर देश दुनियाँ सजीव सेवा धर्मले ! २, उकाली गर्दै ओराली एकसाथ जीवन मार्गमा मिलेर बसौँ चौतारी ! ३, हावा चलेछ रातमा अनुपम सृष्टि संसार शीतको थोपा पातमा !
आर्त अकुलीन … १, बगेछ आँसुको भेल छ मन भक्कानिएको कहिले हुन्छ मेल ? २, किनार छन् दुईतिर आफ्नो गतिमा नदी हुँदैन कहिल्यै अस्थिर ।
प्रेम थापा “मन”बागलुङ … १, समयको गरौँ ख्याल पल पल सम्झॅंदै नत्र भइन्छ बेहाल।
तोया नाथ चापागाईं, दमक, झापा … १, कस्तो समय आयो अरूलाई होच्याई आफू रमाउॅंदै सरम पचायो ।
विजय रिजाल … १, देशमा उजेली छाएन अनेकौँ तन्त्र आए सुनौलो बिहानी आएन। २, मान्छे मात्रै फेरियो नीति उस्तै उस्तै शासन सबैको हेरियो। ३, उसले सरम पचायो सहस्र वितण्डा गरेरै फेरि कुर्सी बचायो ।
नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ) … १, आफ्नै माटो खोस्रेर उब्जनी गरौँ हामी धर्ती पसिनाले सिॅंचेर । २, बल्ल बन्छ देश हातमा हात मिलाउँदै सम्हालौँ आफ्नो परिवेश ३, सुन्दरताको छ खानी परिश्रमी किसान छन् सबैको सहयोगी बानी ।
सरिता सेढाई, धादिङ … १, कुरा अधिकारका रहे कानुन छ भेदभावपूर्ण वकिलहरू बिक्री भए । २, अर्थतन्त्र ओरालो लाग्यो डुब्ने सङ्घारमा देश नेताहरू परपर भाग्यो । ३, प्रवासीलाई अधिकार चाहियो आफू बसेको देशबाट भोट दिन पाइयो ?
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, प्रयास आकाश छुनलाई सम्झेर कहिल्यै नरुनु बाआमालाई दिन्न रुनलाई । २, आफ्नै मान्छेले लडाउॅंछन् कसलाई उचाल्दा हुन्छ कानमा शङ्ख बजाउॅंछन् । ३, महिलाले महिला मारेका नेपालको कानुन मनमौजी महिलाहरू ओझेल पारेका ।
चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ … १, सलल बगेको खोला बाह्र वर्षपछि फर्कन्छ साँच्चै फर्केको होला । २, पवनले पत्र चलाउँदा सितारा घुम्टी झिकेर निशापछि रवि सल्बलाउँदा । ३, म भाग्यमानी ठानेर डोकोमा दुध दुहुन्न अडिन्न भन्ने जानेर ।
झरना विन्दु ‘सरु’, सिराञ्चोक-५,गोरखा, हाल:राइनास-१,लमजुङ … १, अन्याय अत्याचार विकार मौलाउन नपाओस् पुनः कोही नहोस् सिकार। २, मौनतामा रुमलिन नपरोस् आवाज उठाउनु पर्छ कसैले अतिक्रमण नगरोस् । ३, हारेको कर्म नभनौँ किमार्थ दिदीबहिनी हो कर्ममा लागि परौँ ।
पृथक प्रकृति … १, गर्नेको पुच्छर तान्छ्न् बहुमत पाएर चण्डालले हैरानी दिएर बान्छन् । २, उहिले लाइएन माया आँखाको मिठास झझल्को अहिले परिगयो छाया । ३, हरियाली सुन्दर ठाउँ मासेर यसरी आफैँले खोजेर कहाँ पाऊँ ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, मानवले मानवको सेवा अति उत्तम हुनेछ पुण्य कर्मको मेवा। २, बन्दछ भविष्य राम्रो समयलाई चिन्न सके डुबेको जिन्दगी हाम्रो ।
होम प्रसाद नेउपाने, धरान, सुनसरी … १, ए ! युवा जाग बन्नुपर्छ तिमी साहसी यसैले विकासमा लाग। २, सुकेर गयो खहरे लाग्छ उसलाई डर नबन तिमी सहरे। ३, माटो माया कति गर तिमी सम्मान जाँगर छ जति।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, ओराली झर्दै उकाली एकदिन पक्कै आउला हामी खेलेको चौतारी ! २, सलसल बग्छ खोली उमेर भयो उनको पठाउँदा हुन्न भोलि। ३, नेपालीको बोलीमा मिठोपना सगरमाथा घुम्न आउनु चारैतिरका मिलेर सबैजना।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, थापेर आमाको आसिक भर रहेनछ जिन्दगीको बाँच्न गर्दैछु कोसिस। २, तेरो मेरो गन्छौ फोहर हुन्छ जिन्दगानी बेतुक कुरा भन्छौ । ३, अर्थपूर्ण जीवन गाथा, चाहेर नि भएन पल्टिएर उल्टो पासा ।
मनोहरी पौडेल, गैडाकोट १ … १, आज सपना देखियो उज्यालो बिहानीपखमा हेर दुष्कर्मको समय लेखियो । २, सत्कर्म गर्ने गरौँ धर्म मान्दै मनुष्यको समयमा खुसीले भरौँ । ३, नडराऊ दुःख गर्न गर्छ पात पलाउने फेरि भुइँमा झर्न ।
धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला … १, दौरासुरुवाल र कोट हेर! कत्ति सुहाएको छैन मनमा खोट । २, नेपाली हामी वीर राष्ट्र हाम्रो मुटु झुक्न दिॅंदैनौँ शिर । ३, हिमाल, पहाड, तराई सबै बरोबर यहाँ कोही छैनन् पराई ।
शशीश्री आचार्य … १, नभेटेसम्म बसेका पर वैकल्पिक शक्तिको पनि उम्दापनको भएन धर । २, हजार गरियो भलाइ द्वेषको एउटै काँटीले सिध्याई दिए जलाइ ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, एक भई जुटौँ अन्त्य गर्न ज्यादती अब नारी उठौँ । २, किन बढ्छ देशमा हत्या हिंसा बलात्कार हुन्छ पापीको भेषमा । ३, विकास कहिले होला ? देशको प्रमुखमा खाली कुर्सीमै छोड्लान् चोला ।
अनिता भण्डारी, ताप्लेजुङ … १, छैन चित्त शान्ति देखेर देशको हालत मन भयो भ्रान्ति ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, भो दुर्गति अति भुत्ला भुवाझैँ सधैँ यो जिन्दगीको गति । २, आमोदप्रमोद वर्णन गरी बस्छन् मानिस यहाँ जीवनचरित्र सोचेर सुधासरि । ३, आजन्म भाग्य टाँगी कति चल्छ जीवन सदैव भीख मागी ।
विवश पारदर्शी, झापा … १, बर्सियो आँसु खुनको झुटले ढाक्न सकिन्न नसोध्नु खबर उनको ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, बाँच्नु कहाँ गएर ? जन्म लिन मनै छैन छोरी भएर २, सधैँ नराम्रो दृष्टि मारेर नारी रित्तिए के होला सृष्टि ? ३, विकृतिको आउँछ समाचार नारीलाई जोगाएर राख्नु देऊ बाँच्ने अधिकार ।
प्रकृति देवकोटा,चितवन टाँडी … १, हिमाल धपक्क हाँसेर दार्जिलिङले लाउँछ मोहनी हार्दिक साइनो गाँसेर । २, चिया पिउनु सुरुप्प हरर बासना चल्यो चियाको गुच्छा झुरुप्प। ३, दिन भयो घमाइलो आऊ, साथी घुमाउन गरौँ आपसमा रमाइलो ।
मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा … १, जीवन गुजारौँ हाँसेर पर्दछ किन रुनु ? उपकारी वाचा टाँसेर । २, मनुष्य योनिमा हामी हौँ प्रभुका दास काम गरौँ छामी । ३, जानु पर्दैन काशी सत्कर्म गरेर हुन्छ बसौँ बनेर मृदुभाषी ।
कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी … १, नारी सृष्टिकी खानी सन्तान खातिर त्याग ल्याउँछिन् उज्यालो बिहानी। २, लुकाई पीडा नारी ओठमा ल्याई हाँसो बोकी जिम्मेवारीको भारी। ३, नारी मैनको रूप आफू जलेर उज्यालो पग्लन्छे बन्दै धूप।
सरस्वती श्रेष्ठ … १, आशा भरोसाको आडमा , हिॅंड्यो ऊ अब टेकी सबैको ढाडमा । २, विश्वास गरे गाँडमा, फेर्दै रूप उसले लान्छ कि भाँडमा ! ३, रमाउन मन काखमा, तिम्रो पनि ध्यान नजाओस् ल लाखमा !
दीपा गुरुङ्ग समभाव, काठमाडौँ … १, जागोस् सबैमा जागरण आलस्य जिउमा रहिरहे फेरिन्न कहिले आवरण । २ जुनेलीले बिस्कुन सुकाउँदैन संस्कार संस्कृति बुझेको इमानदारले कुरा लुकाउँदैन । ३ प्रदूषित नहोस् माथ हरेक महान् कार्यमा सदा मिलोस् साथ ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, छेपारोले गीत गाउँदैन व्यवस्थाको ठगाइले गर्दा रातमा निद्रा आउँदैन । २, मान्छे एउटै हामी उचाल्दा आकाशमा उड्ने जाति पर्यौँ दामी । ३, पहिलो भेटमा लजायौ बिहेपछि त तिमीले मेरो बाह्र बजायौ ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ … १, महिलाले बन्धन तोडेर कति बस्नु भान्छामा परिचयको बाटो मोडेर। २, बस्नु कति रोएर कमजोर बन्नु हुँदैन आँसुले मुख धोएर। ३, मायाले माया मारेको मोहनीले हो कि कस्तो पीर पारेको।
संगीता खरेल, चन्द्रागिरि – ८, काठमाडौँ … १, आशाले बाँधेर राखिन्छ विश्वास भए जीवन फुस्कियो जहाँ साँचिन्छ । २, चिसो बतासले उडाउँदै प्रेममा फुल्यो ढकमक्क बास्नाले तृषित बनाउँदै।
बिकास छेत्री अञ्जान, बिजनबारी, दार्जिलिङ। … १, जिन्दगीमा दु:ख काटनु सुख कहाँ मिल्छ, साँचो माया साटनु । २, सफलतामा मेरो हात हेरौँ, जित भएपछि, बधाईको हुन्छ बात । ३, सबैको घरमा नारी दु:ख पनि लुकाएर , काँधमा हुन्छ जिम्मेवारी ।
श्रीकृष्ण धामी, बझाङ … १, यतिमात्र लाग्यो विशेष दिइन्छ हत्यारालाई सुरक्षा बधाई छ देश । २, तस्करीबाट समातिएको सुन लागु हुँदैन धनीहरूमा मेरो देशको कानुन । ३, दिनहुँ हुन्छ बलात्कार सरोकार छैन सत्तासीनलाई भइरहोस् हिंसा काटमार।।
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १, मूल्याङ्कन भएन खुनको हातै काटेर लेख्ने, गर्थेँ नाम उनको।
शंकर कार्की, मकवानपुर … १, गन्तव्य खोज्दा पाइन्न, बढ्नु पर्छ अघि नत्र खिर खाइन्न। २, अरूको पछि लाग्नु, खर्च हुन्छ समयको बरु आफू जाग्नु। ३, जातिले धेरै छुन्छ जात मात्र एउटा जसमा मानवता हुन्छ ।
विनोद खाती, मिरिक, दार्जिलिङ … १, वरको सिन्को नसार्ने किन परको चिन्ता ? आफूले आफैँ लतार्ने। २, झिल्का त्यसै नसल्का! ठुलै शक्ति हो ! छिनमै मच्चाउँछ तहल्का।
हरिगोपाल प्रधान, बनेपा – १४ साँगा बजार … १, नलगाउनु कसैलाई खोट उम्रिॅंदैन होला कहिल्यै बिउबिनाको त बोट । २, पर्छ सबैले जान्न महिला पुरुष चाहिन्छन् यो सृष्टिलाइ धान्न ।
मन्जु बोहरा, सुदुरपश्चिम बझाङ … १, दुई दिनको जीवन छ घामछायाँ जस्तै बनाऔँ स्वच्छ मन । २, चल्दछ जीवनको खेल सुखदुःख हुनु स्वभाविक यदाकदा हुन्छ जेलझेल । ३, कहिले आँसु बगाउने कहिलेकाहीँ यो जिन्दगीमा खुसियाली मात्र मनाउने ।
रसज्ञ छहरा … १, आवरण मात्रै चटक्कै कृतिको उपसंहार पढ्दा मूल्यबोध पाइएन पटक्कै। २, धनकै मात्र लोभ मान सम्मान छैन यसैले हुन्छ विक्षोप। ३, दन्तेकथा हुन गयो संस्कार संस्कृति सबै भालुकै कन्पट भयो।
पेम्बा यल्मो … १, पीडा अनेकौँ बोकेर बाँचेका धेरै नारी इच्छा आकाङ्क्षा रोकेर । २, ईश्वर पाउन भाकियो शत्रुको आँखा लागेर खाल्डामै फेरि जाकियो ।
रचना शर्मा ‘प्रतीक्षा’ … १, भगवान्को शरण पर्छु शुभ प्रभातको सबैलाई हार्दिक नमन गर्छु। २, न फुर्सद हुन्छ झिल्का लेखन अरूको पढ्दा मन छुन्छ। ३, औधी साहित्यमा चासो बेफुर्सदी यहाँ बेकाम थाप्छु झिल्काको पासो
कोपिला अधिकारी, गोरखा सिरानचोक … १, हामी आजका नारी सबल अनि सक्षम काँधमा हाम्रो जिम्मेवारी । २, नसोच हामीलाई दास सृष्टिको सुन्दर सृजना हामी हौँ खास । ३, नारी आफैँ उठौँ मागेर पाइने होइन अधिकारको लागि जुटौँ ।
रुना कर्माचार्य दाहाल, चितवन … १, छैनौँ असल मानव देखिन्छ भेटिन्छ खराबी प्रवृत्तिको सबै दानव । २, जीवन सुखका लायक पोख्छन् असन्तुष्टि सबैले छैनन् उपयुक्त नायक । ३, ढाँटको खेतीमा गयो मन जितेनौँ कामले सत्य मासिएझैँ भयो ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, निद भयो भङ्गै आहारा खोज्न उठे, भालेको डाकसॅंग दङ्गै । २, रगतलाई कालो पारी घरबार राम्रो सिॅंगार्छु बाँझो नराखी बारी । ३, हाँसो अधरमा छरी अन्धकारलाई च्याती दिन्छु, सङ्घर्षमा अघि सरी ।
सीमा कार्की समर्पण … १, लाग्छौँ दिवस मनाउन बरु सबै जागौँ देश सुन्दर बनाउन । २, गरौँ विभाजन फोहरको नागरिक बने सचेत , देशमा वर्षा मोहरको। ३, विवेकको उपयोग गरौँ सत्यको दिई साथ , न्यायलाई विश्वासले भरौँ ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, राजनीतिमा भयो खेल जनता सधैँ मारमा गर्छन् नेता जालझेल । २, जनता हामी भेडा सधैँ विश्वास गर्ने नेता हुन्छन् टेडा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४ झापा … १, आउँछिन् सधैँ जुनेलीमा लुटाएर निशामा कौमार्य जान्छिन् फर्की उजेलीमा । २, उपभोग्य साधन रे कठै ! कस्तो सोच ? उपभोक्ता मर्द ए ! ३, आयौ रश्मि जसरी स्वर्णिम रात भुलेर जाऊ भनूँ कसरी ?
नेत्र घिमिरे, सूर्यविनायक ,भक्तपुर … १, ठुला गरे कुरा संसदमा बसेर नेताले काम सबै अधुरा । २, दौरासुरुवालको छ सान नेपालीको एउटा छुट्टै भाषा संस्कृति पहिचान!
घोस्ट राइटिङ् नेपालको प्रायोजनमा साहित्यपोस्टले सञ्चालन गरेको घोस्ट राइटिङ लघुकथा प्रतियोगिताको अन्तिम नतिजा सार्वजनिक भएको छ । जसमा १ सय १८ उत्कृष्ट लघुकथाहरूको पुन: मूल्याङ्कन पश्चात् वर्षका सर्वोत्कृष्ट ३ लघुकथाहरू छनोट भएका हुन् । सर्वोत्कृष्ट भई पुरस्कृत हुनेमा लघुकथाकार दीप मङ्ग्राती निरीहको लघुकथा ‘पूजा’ प्रथम, लघुकथाकार शुभ शर्माको लघुकथा ‘प्रतिप्रश्न’ द्वितीय र लघुकथाकार दिव्य गिरीको लघुकथा ‘नवदुर्गा’ तृतीय रहेका छन् । त्यस्तै लघुकथाकार रचना शर्माको लघुकथा ‘मेरो बैँस’ र किशन पौडेलको लघुकथा ‘खुशी’ सान्त्वना भई उत्कृष्ट पाँचभित्र रहेका छन् ।
सर्वोत्कृष्ट भई प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त लघुकथाहरूका सर्जकहरूले क्रमशः १०/१० थान आख्यान कृतिहरूका साथ नगद रु. ३० हजार, २० हजार र १० हजार पुरस्कारस्वरुप प्राप्त गर्ने आयोजकले जनाएको छ ।
साहित्य पोस्टले उक्त प्रतियोगिता ४० हप्तासम्म निरन्तर सञ्चालन गरेको थियोे । जसबाट हरेक हप्ता ३ उत्कृष्ट लघुकथा छनोट गरिएको थियोे । उक्त १ सय १८ लघुकथाहरू मध्येबाट पहिलो चरणमा उत्कृष्ट ५०, दोस्रो चरणबाट उत्कृष्ट २५, तेस्रो चरणबाट उत्कृष्ट १० र चौथो एवम् अन्तिम चरणबाट सर्वोत्कृष्ट ३ लघुकथा छनोट गरी पुरस्कृत गरिएको थियोे ।
प्रतियोगिताको निर्णायकमा गोरखापत्रका पूर्व प्रधानसम्पादक तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन, प्रा.डा. लक्ष्मणप्रसाद गौतम र प्रा.डा. कपिल लामिछाने रहनुभएको थियोे ।
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
टुक्का माथि टुक्का- १२५ होटेल जाऊ क्यासिनो जाऊ खेल्ने गर जुवा मोज गर्ने नै यही हो बेला बुझन ए सुवा ! वसन्त अनुभव
सहभागी टुक्काकारहरूका चोटिला टुक्काहरू-
[१] शिव जस्तै पोइ चाहियो, व्रत बस्दै मागेँ व्रत तोड्न दारु खोज्दै होटेलतिर लागेँ । ✍️वसन्त अनुभव घोराही, दाङ [२] विश्वासीलो पोइ भनेर सधैँ गर्छन् पुजा होटलमा केटी लगेछन् माया धुजाधुजा ✍️अम्बिका अधिकारी झापा बिर्तामोड अञ्जान कृत मनको डायरीबाट ✍️ [३] शिक्षा छैन अब दार्जिलिङमा ज्ञान बाड्न छाड्यो, जता हेर्यो हिंसा हत्या राजनीतिले जरा गाड्यो। ✍️ बिकास छेत्री अञ्जान बिजनबारी, दार्जिलिङ [४] विकृति र विसङ्गतिले संसार खाइसक्याे अरू खबर म चैँ ठिक छु भन्दै अर्काे बक्याे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [५] क्यासिनो अनी बारका ढोका गाह्रो होला खोल्न भित्ताका नि कान हुन्छन् पर्छ बिचारेर बोल्न । ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [६] गएर होटेल गयो पैसा खेलेर लास आउँछ कि आउँछ कि भनी मानेर आस । ✍️ प्रेम सुनार दैलेख [७] बैँस रहुन्जेल गरियो मोजमस्ती, अहिले पछुतो लाग्ने समय फर्केर आउँदैन आउँदाखेरि अनिन्द्रामा जाग्ने। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [८] आफू व्रत बसेर मलाई देखाउॅंछिन् भए जति रिस शिव जस्तै भाङ खाने भएको भए हुन्थ्यो नि सधैँ मिस । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [९] विसङ्गतिले गर्दा मैले दिनै होटलतिर जुवा खेल्न लागेँ भाङ धतुरो सेवन गर्दै शिव प्रसाद केटी लिएर भागेँ । ✍️ बेदु न्यौपाने ✍️🇳🇵 [१०] अन्धो भएर गर्दै गर मोजमस्ती, कमाउने यो बेला जब सकिन्छ अनि थाहा पाउछौ हुँदा अरूबाट हेला । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [११] अर्काकाे धनमा पाए मान्छेले गर्ने हाे मस्ती हाेटल भित्र छिरेर रमाउँदै थिए अस्ति। ✍️ कल्पना भण्डारी सिन्धुपाल्चोक ,हाल काठमाडौँ [१२] होटल जान्छौ रक्सी खान्छौ खेल्छौ जुवा तास गराउने नै भयौ क्या हो सडकको बास । ✍️ सरिता सेढाई धादिङ [१३] विकृतिले बिगार्ने भयो, भविष्यको जोहो गर्ने बेला अहिले बाटो बिराएर परिवारले गर्ला नि ! हेला । ✍️ शंकर कार्की, मकवानपुर। [१४] बनाऊँ भविष्य चार दिनको जिन्दगी गरौँ काम राम्रो तिमी विदेश म डिस्को आत्मनिर्भर हुन्छ बालख हाम्रो । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [१५] जुवा खेल जिन्दगी नै राखेर दाउमा कही पनि बिक्ने छैनौ कौडीको भाउमा । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [१६] क्यासिनाेमा छिरी जुवा तास खेली गरेउ मस्ती ऋणै ऋणको बाेझ खेप्न नसकी सरेउ बस्ती । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५राधे राधे भक्तपुर । [१७] होटेल, बार, क्यासिनोमा जाने आदत खुब बस्यो लतका कारण भावी जीवन अन्धकारमा फस्यो । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१८] सबले मस्ती गर्नुपर्छ यही हो साथी बेला, दोहोरी साँझ जाने जति चोकमा हुनु भेला। ✍️ नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ। [१९] विकृती र विसङ्गतिमा उर्लदो छ जनभावना भिरमा जाने गोरुलाई के दिनु र शुभकामना। ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान टुक्का [२०] जुवा नि खेल्यौ, तास नि खेल्यौ, समाज भडायौ विकृति ल्याई , यसरी सधैँ जनता लडायौ । ✍️ प्रेम थापा “मन”बागलुङ [२१] जुवा खेल्न छोड युवा कमाउने हो बेला जिन्दगी त लामो छ नगर साथी झमेला। ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल [२२] सत्तामा जाउ, भत्ता खाउ काम चैँ केही नगर गाडीमा घुम भाषण देउ मरिलानु के छ र ? ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [२३] होटल गई बोतल हल्लाऊ, यौवन मस्त बनाई ऋणी बनेर कतारमा जाऊ जीवन ध्वस्त गराई । ✍️ अजय कुमार झा महोत्तरी, नेपाल [२४] कोही युवा मस्त देशमा कोही खाडीमा पसिना झार्छन् तर्तरी मस्त युवाका मस्त परिवार खाडी जानेको आँसु गहभरी । ध्रुव श्रेष्ठ खोटाङ, हाल काठमाडौँ । [२५] सृष्टिको भाव सुन्दर हुन्छ बुझेर परानी आखिर सबै जीवन बन्छ जलेर खरानी ! ✍️ आर्त अकुलीन [२६] विकृति विसङ्गति पलायाे देशमा बर माग्ने गर्दछन् पहेलाे भेषमा । ✍️ शलिकराम दाहाल चा न पा ३ झाैखेल भक्तपुर [२७] अमूल्य जीवन खेर गयो इन्द्रियकै भरमा अल्झी मन र मुटु अझै चस्किँदैछ माया पल्टैपल्ट बल्झी । ✍️ दीपा गुरुङ – समभाव [२८] भनाई असह्य भयो मन सारै रुने जुवामा हारेँ सबैलाई भन्न नहुने । ✍️ चुडामणी देबकोटा चनपा१३काठमाण्डौ [२९] बाहिर क्यासिनो र बृजसम्म खसम दुलही रुन्छे छैन नुन टम्म कसम ! ✍️ कमला देवकोटा, पाल्पा [३०] छेपारा देखाउँदै मान्छेले बदल्ने गर्छ रङ्ग, सद्दे ठानेर पछि लागेका सब परेछन् दङ्ग ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३१] दौडाएर कौडा हान्यौ बासै रित्तो भयो नाङ्गै भयौ च्याँखे थाप्दा सबै धन गयो । ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) [३२] चलेको छ रङ्गरेली होटलमा र क्यासिनोमा आज जुवा तास सौदाबाजी धन्दा नाना निर्धक्क विना लाज ! ✍️विवश पारदर्शी झापा [३३] उमेर हुँदा चैँ गर न मोजमस्ती धन मासी बुढेसकालमा सुस्केरा हाल्दै हुन्छ रुवाबासी । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। [३४] सत्मार्गमा हिँडेमा जीवन हुन्छ ढुक्क अन्यथा जीवनभर गर्लान् बाबै थुक्क । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे। [३५] नखेल ए साथीहरू यहाँ जुवा तास यसले गर्छ नि ! हजुर धनको नाश । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [३६] उर्वर जिन्दगी उमेर हुँदा खाएर बसेर नासेकाे बुढेसकाल लागेपछि दुःखमा नसुहाउने हाँसेकाे । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३७] घरै भाँडेर पनि राेडीमा सुवा गाउने अनि खै कसरी घरकीले शान्ति पाउने ? ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा धजार । [३८] मोज गर जीवनभर नहुन्जेल रल्ल असली स्वाद जिन्दगीको आउनेछ बल्ल । ✍️ धनुष न्यौपाने गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला [३९] दिनहुँ खान्छाैँ रक्सी खेल्छाैँ जुवा अनि तास हुने भयाे अब जिन्दगी आश्रमकाे बास । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [४०] खेलेऊ तिमीले हजारौँ किसिमका जुवा तास मुहार देखाउनै लाज भो छिमेकी आसपास । ✍️ मुक्ति काफ्ले कोक्राझार असम, भारत [४१] मोजमस्ती गर्छौ काम छोडी मिली साई सुवा बुढेसकालको यो मस्तीले लिकाल्नेछ धॅुवा । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। [४२] भट्टी जान्छौ रक्सी खान्छौ हिँड्छौ हल्ला गरी ज्यान जान सक्छ हेर अफ्ट्यारोमा परी । ✍️ अनिता भण्डारी, ताप्लेजुङ [४३] जुवा खेल्नु राम्रो हैन पाण्डवको भयो वनबास सत्चरित्रवान् कर्मनिष्ठ भए गर्छन् सबैले आस । ✍️ शुक्रराज कुँवर धरान १० [४४] बेलैमा मोज गर तिमी देशका युवा वृद्ध भएपछि खेल्न सकिन्न नि जुवा । ✍️ भगवती दवाडी, झापा [४५] मोजमस्तीमा सधैँभरि किन हराउनु ? गलत कदममा प्रभुसँग डराउनु । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [४६] क्यासिनो जाने, जुवातास खेल्ने भयो अति बेलैमा होस् पुगाऊ नत्र होला तिम्रो क्षति । ✍️ रुना कर्माचार्य दाहाल चितवन [४७] दिन उमेरमा बहाना गरी मोज गरौँ वृद्ध उमेर ईश्वरीय चरणमा परौँ । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ [४८] लाग्यौ होटल क्यासिनोतिर भने बेचिन्छ गैह्रीखलो थाम्नुपर्छ युवा जुटेर अब लौ यो देशको नै बलो। ✍️ रामशरण न्यौपाने, भक्तपुर [४९] जति उच्च स्तरमा जान्छन् यहाँ पार्टी क्यासिनोमा गर्ने जनताको पीडा कसले देख्ने, आफ्नो खल्ती मात्र भर्ने। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [५०] उमेर यही हाे छाेड्नुहुन्न याे रमाउने बेला हुनुपर्छ साथीहरू हाेटल क्यासिनाेमा भेला । ✍️ काेपिला अधिकारी गाेरखा सिरानचाेक [५१] रक्सी पिउनु जुवा खेल्नु त आजकलको फेशन मान्छे हेर्दा सुटेड बुटेड, घरमा छैन बेसन । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [५२] बिचार गरी खेल्ने गर पिरतिको खेल मन बिग्रियो भने फेरि जानुपर्ला जेल । ✍️ हिमा आर सी मेहेलकुना सुर्खेत [५३] बिग्रिन्छ घरबार जुवाले हुन्छ हेर सर्वनाश नशाको पोखरीमा जाकिए बन्छ है जिउँदो लाश । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [५४] पढ्ने र कमाउने बेलामा खेलेर जुवा तास जिम्मेवारी काँधमा बढेपछि लाग्ला उठिबास । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [५५] कति सुन्नु मैले च्याङच्याङ च्याङच्याङ दिक्कलाग्दो निराशाले म आफैँलाई देख्छु होटलतिर भाग्दो । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [५६] बुझ्नुपर्छ समयको महत्व हुनुपर्छ आपसी अपनत्व । ✍️ भेष कुमारी लामिछाने देवदह ०५, खैरेनी रुपन्देही [५७] रमाउने अनि कमाउने यही हो बेला सकिएपछि त्यो जवानी सबैबाट हेला । ✍️ प्रविना प्रयासी ओखलढुंगा [५८] हुन् अब तिमीले मनमा डुलेर के फाइदा छ सबै वाचा भुलेर । ✍️ श्रीकृष्ण धामी – बझाङ [५९] रमाइलो गरौँ जिन्दगी हो दुई चार दिन आऊ न बस मायालु छेउमा लौ एकैछिन । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [६०] जुवा, तास, मोजमस्ती छिनभरका हुन् खेल रङ्गीचङ्गी सकिएपछि बन्छ जीवन जेल । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ ~<•>~
यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१) लघुकथा: बगैँचाको फूल
✍️ शुक्रराज कुँवर घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्- “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”
बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”
उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”
“खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।
त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।
“अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।
“हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।
नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् । बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?” बलभद्रपथ , धरान १० २०८०/११/२०
२) लघुकथा: सन्तान
✍️ प्रभादेवी पौडेल “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्। यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।
आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो । मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?” बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !” भरतपुर ९ , चितवन २०८०/ ११/ २६
३) लघुकथा: हतारो
✍️ सविता के.सी. उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?” “गुरुबा त बित्नुभयो ।” उनले भनिन् । “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ । “आजै” “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।” उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।” दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।” म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१) लघुकथा: बगैँचाको फूल
✍️ शुक्रराज कुँवर घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्- “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”
बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”
उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”
“खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।
त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।
“अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।
“हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।
नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् । बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?” बलभद्रपथ , धरान १० २०८०/११/२०
२) लघुकथा: सन्तान
✍️ प्रभादेवी पौडेल “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्। यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।
आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो । मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?” बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !” भरतपुर ९ , चितवन २०८०/ ११/ २६
३) लघुकथा: हतारो
✍️ सविता के.सी. उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?” “गुरुबा त बित्नुभयो ।” उनले भनिन् । “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ । “आजै” “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।” उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।” दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।” म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
उदक अभ्यास १४६ मा सहभागी उदक यात्रीहरूका सुन्दर उदकहरू – [१] शिवरात्री शिवका उपासना भगवान् कृपाको चाहाना !
वसन्त अनुभव [२] शिवजी फोटोमा देखियो एउटा उदक लेखियो !
अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा-६, संखुवासभा [३] महादेव हुन् देवाधिदेव हिन्दू दर्शनमा कामदेव !
साताका उत्कृष्ट झिल्का कविताको सातौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ७ का लागि झिल्काकार त्रय त्रिलोचन भण्डारी, शशीश्री आचार्य र ललिताका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
~<•>~ [१]
१. बम् बम् भोले शिव शिव भन्छन् डाेली बाेक्ने डाेले । २. हिमाली त्याे डाँडैमा दर्शन देऊ शिवजी राखाैँला सदा आँखैमा । ३. जट्टासरि त्याे केशमा दर्शन मिलाेस् महादेव जहाँ जाऊँ देशमा । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~
[२] १. दौरासुरुवाल र कोट हेर ! कति सुहाएको छैन मनमा खोट । २. नेपाली हामी वीर राष्ट्र हाम्रो मुटु झुक्न दिदैनौँ शिर । ३. हिमाल पहाड तराई सबै बराबर यहाँ कोही छैनन् पराई । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~<•>~
[३] १. नारी दिवस मनाउँदा खोक्रो भाषण दिन्छन् देशका ठुलाबडा भनाउँदा । २. दिँदैनन् कसैले साध खोक्रो आडम्बरीले मनाउने नारी दिवस मुर्दावाद ! ३. न्याय नपाएको देशमा मनाएको नारी दिवस खुसी छैनन् त्यसमा । ✍️ ललिता सिन्धुली ~<•>~
झिल्का लेखन अभियानको चौथो शृङ्खला (नारी दिवस विशेष) फागुन २५ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सहभागी सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- ~~~~
[१] नारीमाथि हुने अत्याचार मिलेर बन्द गरौँ हत्या, हिंसा, बलात्कार ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ [२] नारीमाथिको यो दुर्व्यवहार मिलेर हामी सबै हटाऔँ हिंसा बलात्कार ! ✍️ श्रीकृष्ण धामी – बझाङ [३] मनाउछौँ नारी दिवस घट्छन् फेरि घटना हुन्छौँ सहन विवश । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि [४] अस्तित्वहीन होइनन् नारी छानबिन होस् सरकार उम्कन नपाओस् बलात्कारी । ✍️ पृथक प्रकृति, झापा [५] छोरीलाई भ्रूणमै तुहाउने लैङ्गिक विभेदको पराकाष्ठा होइन मानवलाई सुहाउने । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [६] नारीको सम्मान गरौँ समस्या पर गरेर अत्याचारको विरोधमा जुटौँ । ✍️ मनोज गजमेर सहिदभुमि गाउँपलिका ४ धनकुटा [७] हिंसा अन्याय अत्याचार सहेर बस्न सकिँदैन न्याय मागौँ बारम्बार । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [८] नारी घातक हुँदैनन् अत्याचार हुन्छ कसरी समस्या नपरी रुँदैनन् ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [९] सृष्टि सुरक्षाको सूत्र गर्भपतन गरिदिनुस् आमा जन्माउनुभन्दा बलात्कारी कुपुत्र । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [१०] नारी हुन् जन्मदाता इच्छा बुझौँ उनको प्यारी हाम्री माता ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ [११] कतिसम्म सहने अत्याचार गर्नुपर्छ शासनमा कडाइ झनै बढ्यो बलात्कार । ✍️ शंकर कार्की थाहा ३ मकवानपुर [१२] एक भई जुटौँ अन्त्य गर्न ज्यादती नारी अब उठौँ । ✍️ अनिता भण्डारी ताप्लेजुङ [१३] नारी लक्ष्मी पुज्नुपर्छ गल्तीमा मौन नभई सरकारले सत्य बुझ्नुपर्छ । ✍️ मुक्ति काफ्ले। असम, भारत [१४] छोराछोरी हुन् बराबरी नगरौँ छोरीलाई पाखा सुरक्षा गरौँ हरघडी । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [१५] नारी हुन् माता जोगाउँछन् हामीलाई दु:खबाट ओढाई ममताको छाता । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [१६] परिवारको सुन्दर तारा नगर हेलाँ नारीलाई हुन् भरिलो सहारा । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [१७] नारी ममताकी खानी गर्भदेखिनै गरौँ संरक्षण बनाई हृदयकी रानी । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [१८] नारीको इज्जत गरौँ दमनको घर भत्काउँदै ममताले दया भरौँ । ✍️ प्रेम थापा “मन”बागलुङ [१९] अधिकार सिमित नारामा नारी सुरक्षित छैनन् त्रास छ सारामा ! ✍️ दीपा समभाव काठमाडौँ [२०] महिला सम्बन्धी नारा बाटोमा पार्टीले घन्काउने बलात्कृत बालिका सारा । ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा [२१] नाबालिकामाथिको यो अत्याचार सहन सकिँदैन कदापि न्यायमा जुटाैँ बारम्बार ! ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही [२२] गुन्यु चोली सारी मात्र भित्र छैनन् आजको युगका नारी । ✍️ ध्रुव श्रेष्ठ खोटाङ,हाल काठमाडौँ [२३] जगत् जननी नारी नछोड बलात्कारी दुष्ट बन्नुपर्दछ हेर भारी । ✍️ भिम लिम्बू प्रयास दार्जिलिङ [२४] हुँदैन पत्थर पुजेर पूजन गर्नु आमाको कुभलो रहन्न बुझेर ! ✍️ नील हरि काफ्ले सिन्धुली [२५] समस्या हुँदैन भारी सुध्रिएमा बलात्कारी सोच सुरक्षित रहन्छन् नारी l ✍️ बाबुराम गौतम, गुल्मी [२६] किन मान्दैनौ समान ? महत्व तिनैको बढी बुझेर पनि हानाहान । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [२७] नगरे नारीलाई हेला कार्यमा देखिँदैन कमी पछि परौला फेला । ✍️ दुर्गा भट्टराई मोरङ [२८] अति भयो अत्याचार अब निर्मूल पारौँ हत्या, हिंसा, बलात्कार । ✍️ रुना कर्माचार्य दाहाल चितवन [२९] गरेर सम्मान नारीकाे शाश्वत जिन्दगी क्षणभर यात्रामा सहज सारीकाे । ✍️ श्रीबहादुर केसी शैलुङ्गे [३०] सशक्त पाइला नारीले पर्नेछ सारेर देखाउनु नथिचोस् पीरको भारीले । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [३१] ओजन मलाई दिनू आफू जत्तिँकै ठानेर अपराध जिम्मा लिनू । ✍️ नन्दलाल आचार्य एनेलकुटी, सिरहा । [३२] माली हुन् फूलबारीको उनै धरा जननी गरौँ सम्मान नारीको । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । [३३] सुरक्षा छैन देशमा गर्दा पढ्ने लेख्ने कलिला छाेरीकाे केशमा । ✍️ सावित्रा नेपाली सबु [३४] नारीको कमलो मनमा बारम्बार नगर अत्याचार कहिले नतौलनु धनमा । ✍️ दुर्गा आचार्य मोरङ [३५] नारीले सहन्न अत्याचार अब जुट्न थाले दमन नगर बारम्बार । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [३६] अत्याचार छ नारीमाथि यसपालि नारी दिवसबाट अन्त्य गरौँ साथी ! ✍️ प्रकृति देवकोटा चितवन,टाँडी [३७] आऊ मिलेर मनाऔँ हर्सोल्लासमा नारी दिवस नारी उच्च बनाऔँ । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [३८] कुरा मनै छुने नसोच्नु है अब जे गर्दा हुने । ✍️ उमा दाहाल शुन्दर हरैँचा -१० मोरङ [३९] खुलेर मनाएपछि दिवस पार्नुहुँदैन भुलेर नि कुनै नारीलाई विवश ? ✍️ त्रिलोचन भण्डारी मेचीनगर [४०] नारी संरक्षक घरको गृहलक्ष्मीको भूमिका निवारण गर्नुपर्छ सबै जनको ! ✍️ भगवती दवाडी, झापा [४१] नारी विशेषत: मारिन्छ गर्भमा, जवानीमा, दाइजोमा कानुनहरू निष्क्रिय पारिन्छ । ✍️ चुडामणी देबकोटा चनपा १३काठमाडौँ [४२] नारी समाजको बाटो संवेदनशील बन्नैपर्छ हेर सुधार्नु जीवनको पाटो । ✍️ पुष्पा राई, खोटाङ। [४३] धरती हुन् नारी गरौँ मान सम्मान ठानेर ठुलो जिम्मेवारी । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु [४४] उच्च तहको ज्ञान जसले दिन्छिन् हामीलाई गरौँ तिनको सम्मान । ✍️ गुणनिधि घिमिरे, अमेरिका [४५] नारीकाे हक अधिकार कुण्ठित नगराैँ कसैले हँसाऔँ मातृ अनुहार । ✍️ हरिगाेपाल प्रधान काभ्रे पलाञ्चाेक बनेपा १४ साँगा। [४६] नारी अस्मिताको कुरा रक्षक बन्छ भक्षक चलाउँछ भित्रभित्रै छुरा । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। [४७] फाँसी लगाऔँ बलात्कारीलाई महिला हिंसा हटाउन सम्मान गरौँ सदाचारीलाई । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ [४८] धर्तीमा नारी महान सम्मान सबैले गरौँ चलाउँछिन् उनैले जहान । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [४९] मनाउँछन् नारी दिवस गाउँ समाजमा होलान् कति मर्न विवश । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५०] अजस्र ममताकी छहारी बुझे महिमा अपार देवीत्वको प्रतिरूप नारी ! ✍️ नेत्र घिमिरे सूर्यविनायक,भक्तपुर । [५१] सत्यम् शिवम् सुन्दरम् शिवकाे तीन रूप शुद्ध मनले जलार्पणम् । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [५२] चेतना बढ्दै गएमा घरमा शान्ति मिल्दछ नारीको सम्मान भएमा । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [५३] कस्तो छोरीको भाग कोपिला लुट्छ भमराले फूललाई बनाउँछ दाग ! ✍️ सीमा कार्की समर्पण [५४] शक्तिको रूप नारी हकको निम्ति बढ नराख पीर भारी । ✍️ समुन्द्रा शर्मा सुनसरी [५५] नारीकाे महिमा अपार उनी हुन् सृष्टिकर्ता जन्मिनदेऊ है नमार । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी । [५६] नारी आँखाकी नानी चिन्नसक्यौ भने तिमीले उनी मायाकी खानी । ✍️ विमल खतिवडा माइला सिलगढी भारत [५७] शोषण दमन बलात्कार छिट्टै अन्त्य होओस् नारीमाथिको ती अत्याचार । ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी [५८] नारी ममताकी कोष पवित्र छिन् प्रकृतिझैँ नलगाऊ कतै दोष । ✍️ बेदु न्यौपाने [५९] अर्धनारीश्वर हे कैलाशपति बचाऊ नारीको अस्तित्व अत्याचार भयो अति ! ✍️ विवश पारदर्शी झापा [६०] तिम्रो तृप्ति निमित्त घोटिँदै ढल्छ जिन्दगी निखार बेलैमा सिनित्त । ✍️ कमला पौडेल [६१] फूलबारी हुन् नारी फुलिरहने सुगन्धित फूल सौन्दर्यले भरिएको चौतारी । ✍️ म्यामराज राई, भोजपुर [६२] नारीको रूप अपार कठिन कार्य पनि सजिलै लाउँछिन् पार ! ✍️ शशी आचार्य [६३] नारी सृष्टि संसार हाँसी खुसी बाँच्ने जीवनको सौम्य आधार ! ✍️ आर्त अकुलीन <•> जय झिल्का ! जय साहित्य ! <•>