साताका उत्कृष्ट झिल्का कविताको २७ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २७ का लागि झिल्काकारत्रय सोमनाथ लुइटेल “रवि पाल्पाली”, नन्दलाल आचार्य र सुस्मिता अधिकारीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. काम लगाउने ठालु परिश्रम गर्ने अर्कै सित्तैमा खाने कालू । २. शुद्ध कहाँ पाइन्छ भेटाउन सकिन्न यहाँ खोजेर पनि खाइन्छ। ३. हुन खोज्छन् भगत नास्तिकले गर्छ पूजा सबै कुरा फगत । ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”
[२] १. राष्ट्रको ढुकढुकी सुन्दै संविधानले आशा जगाएको बस्छु मनमा गुन्दै । २. संविधान शिरोधार्य बनोस् सबैको हृदयमा बसेर वैरीका जरा खनोस् ! ३. कसैले लोभ गर्ला चुपचाप गर काम जे पर्ला पर्ला । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर
[३] १. संविधान दिवसको शुभकामना प्रत्येक नेपाली जनलाई अन्यायसँग नहोस् सामना ! २. छाओस् खुसी जनमा उत्कृष्ट संविधान पाएर सन्तोष होस् मनमा । ३. नैतिकता हरेकमा भएमा उपयोग हुन्छ विवेकको नेता इमानदार रहेमा । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
वसन्त अनुभव रेडियो नेपालबाट प्रसारित हुने बाल कार्यक्रम सुनेर हुर्किएका अनि त्यसैको प्रभावले साहित्यतिर आकर्षित भएका स्रष्टा हुन् । विष्णुबहादुर र भीमाकुमारी खत्रीका कान्छा सुपुत्र हुन् उनी । उनको जन्म वि. सं. २०३५ साल वैशाख १० गते दाङ जिल्लाको साविक हापुर २ मा भएको हो । हाल उनी जन्मिएको त्यो ठाउँ दाङको घोराही उपमहानगरपालिका १२ गुर्जेमा पर्छ । स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर गरेका अनुभव हाल सरकारी सेवामा कार्यरत छन् ।
वसन्त अनुभवको दुई व्यक्तित्व छ, सम्पादक र लेखक । व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह), लघुकथाको सुगन्ध स्मारिका (अङ्क ४ र ५) अनि ऐतिहासिक यात्रा (संयुक्त टुक्का कवितासङ्ग्रह) मा उनको सम्पादन क्षमता देख्न सकिन्छ भने लघुकथाको सुगन्ध १२ फूल १०८ सुगन्ध (२०७९ संयुक्त लघुकथा सङ्ग्रह) र नेपाली नस्ल (लघुकथा सङ्ग्रह)मा उनको लेखनकौशल झल्कन्छ । २०५४ सालबाट लघुकथा यात्रामा लागेका उनको पहिलो लिखित लघुकथा ‘महिला स्वतन्त्रता’ हो । यस विषयमा उनी आफैँले यो लघुकथा डायरीमा सुरक्षित छ भनेकाले उनको पहिलो लिखित लघुकथा कतै प्रकाशित नगरिएको भन्ने बुभिन्छ ।
बीचमा निकै लामो समय लघुकथा नलेखी मौन बसेका उनले २०७८ सालदेखि लघुकथा लेखमा रफ्तार बढाएर त्यो मौनता तोडेका छन् । २०८० चैतमा ‘नेपाली नस्ल’ लघुकथा सङ्ग्रह प्रकाशित गराएर आफू लघुकथामा सक्रिय भएको उनले पुुष्टि गरेका छन् ।
वसन्त अनुभवको नेपाली नस्ल सङ्ग्रहभित्र ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । ३४ वटा लघुकथाका शीर्षकहरू एकपदीय छन् भने बाँकी २० वटा लघुकथाका शीर्षकहरू द्विपदीय छन् ।
उनका लघुकथाहरूमा नेपाली समाज मुखरित भएका छन् । पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ । सङ्ग्रहमा भुइँमान्छेहरूका समस्याहरू असरल्ल छन् । कतिपय लघुकथाले अभिधेयार्थको बाटो हिँडेका छन् भने कतिपय लघुकथाले प्रतीकात्मक र ध्वन्यात्मक अर्थको फेरो समाएका छन् । मानव र मानवेतर दुबै खाले पात्रहरूको उपयोग गरिएको छ । कतिपय लघुकथामा मान्छेका शारीरिक अवयव (पेट, मुख, हात, टाउको) पनि पात्र बनेर आएका छन् भने कतिपय लघुकथामा त मानवीय भावनाहरू (वेदना)ले पनि पात्ररूप धारण गरेका छन् । जसले गर्दा लघुकथालाई रोचक र पठनीय पनि बनाएको छ ।
यस सङ्ग्रहका लघुकथाहरू रैखिक ढाँचाका नै छन् । उद्देश्य र आशय प्रष्ट छन् । सामाजिक, राजनैतिक, शैक्षिक बेथितिमाथि गरिएका प्रहारहरू निकै बलिया छन् । लघुकथाहरू भाषागत रूपमा सरल भएर पनि अर्थगत रूपमा गहन छन् । सम्वादमा मिठास छ । सम्पादनमा भने केही थोरबहुत कमीकमजोरी देखिएका छन् । लघुकथाको एकाध ठाउँमा एउटै आशय दिने वाक्यहरूको पुनरावृत्ति भएको छ । प्रकाशनमा हतारो नगरी यी पक्षहरू माथि सामान्य दृष्टि पुर्याउन सकेको भए यो लघुकथा सङ्ग्रहको ओज अझै बढ्ने थियो । यद्यपि, व्यङ्ग्यधर्मिता प्रखर रूपमा प्रकट भएको यो सङ्ग्रह आजकल प्रकाशित भएका लघुकथा सङ्ग्रहहरूमध्ये उम्दा सङ्ग्रह हो भन्न सकिने ठाउँ भने यथेष्ट छ ।
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५५ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~<•>~ प्रतिनिधि टुक्का- १५२ बालबालिका सडक, भट्टी अनि कारखानामा सुनिश्चित छ बालअधिकार, भाषण नारामा । ~<•>~
टुक्कामाथि टुक्काको १५२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] खान र लाउन दिए पुग्छ, दिनोस् भन्दै काम बालबालिका आउँदा दिएको हुँ रामोराम । ✍️ वसन्त अनुभव घोराही, दाङ [२] कानुन बनाउनेले नै गरे बालश्रम शाेषण उल्टै भन्छन् टेबुल ठाेक्दै गर्नेछाैँ भरणपाेषण । ✍️ ताराप्रसाद चापागाईँ [३] बालबालिकाको शिक्षादीक्षा हरण गर्दै लगाए धनीले नै काम खान लाउन दिए पुग्छ भन्दै बालशोषण गरे सत्ते रामोराम । ✍️ बेदु न्यौपाने [४] बालश्रम शोषण हो भन्दै बनाए कानुन व्यवहारमा किन उतार्दैनन् तिनै जानुन। ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी [५] बालश्रम मुक्तिको नारा भयो अति सस्तो अधिकारीबाट बच्चा शोषित हुने कस्तो! ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर [६] कानुनमा कागजी बाल अधिकारका कुरा स्कूल पढ्न बञ्चित नै छन् नाबालक टुहुरा । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम हाल भारतबाट [७] भाषण त दिन्छन् नेता नियंत्रण भएनन् सानासाना नानी घरेलु कामदार ,ग्यारेज होस् , हटेन शोषण गर्ने बानी। ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ [८] दिऊॅ राम्रो शिक्षा गरौं राम्रो भरणपोषण नगरौं बालबालिकाको अधिकार शोषण। ✍️ पुष्पा सुवेदी नेपालगन्ज,बॅाके। [९] बनाइन्छन् प्रत्येक वर्ष बालअधिकारका नारा तर बनेन बालमैत्री मैले पिउने पानी धारा । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा [१०] बालअधिकारको कुरा गर्दा त जोस नचलेको हैन यता फकाउँ कि उता फकाउँ काम गर्ने फुर्सदै छैन । ✍️ पुष्पा राई, बादेल, खाेटाङ [११] जसले गरिरहेछन् एकआपसमा मिलेर बालश्रम शोषण उनैले गर्दछन् बालअधिकार सुनिस्चितताको फोस्रो उद्घोषण l ✍️ बाबुराम गौतम, गुल्मी [१२] नारामा मात्रै सिमित बाल शाेषणकाे अन्त्य भएन घरेलु हिंसा परेकालाई उद्धार गर्न काेही गएन । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर [१३] नारामा मात्र सीमित भयो,बालअधिकारको कुरा, देशमा जताततै शोषण,नेताको भाषणमा पुरा। ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा [१४] कैले आउँछ बालबालिका सुरक्षित हुने बेला, कसरी मेटिएला कलिला हातहरुबाट ठेला। ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ [१५] मसिनो छ बोली झन् छ चिम्सा आँखा बाल हिंसा रोकी राखौं अब काखा । ✍️ दीप गोलेे तामाङ – रौतहट [१६] बालअधिकार पाउनुपर्छ भनी भाषण मात्र गर्ने आएको अनुदान आधा देखाइ बाँकी आफ्नै पेट भर्ने । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा [१७] कराएर मात्र हुँदैन बाल अधिकारको नारा ठुलै टाउके भुंडेहरुको ठीक छैन है नि पारा ✍️ सरिता सेढाई धादिङ [१८] मुखले बोलेर मात्र हुँदैन कामले अघि सरौँ बालश्रम अन्त्य गर्नलाई हामी सबै लागि परौँ। ✍️ अनिता भण्डारी ताप्लेजुङ [१९] रातदिन सधैँ गरेका छन् काम, बालबालिकालाई हेर न राम । ✍️ आर्त अकुलीन [२०] रहेछ आजै बाल दिवस आएको खै अनाथ टुहुराले पढ्न पाएकाे । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत [२१] बेसहारा छन् अधिकांश बालबालिका सौम्य लगानी गर्यो र खै कुन पालिका ? ✍️ प्रेम थापा “मन”बागलुङ [२२] सानासाना कलिला हातमा उठ्ने गरेर ठेला , काम गराएर बालकलाई नगरौँ है हेला । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [२३] हेर्नू बाल अधिकार कानुनमा मात्रै भयाे पुग्दैन खान घरमा बालक काममा गयाे । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी [२४] आजका हाम्रा बालबालिका भोलिका कर्णधार पाएका छन् छैनन् खई तिनले बालअधिकार । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ।
[२५] ऐन कानुन कागजमा व्यबहारमा छैन बाल श्रम अन्त्य गर्दै दिउँ सबैलाई चैन । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि-५,जुम्ला [२६] जहिले पनि भाषण गर्छन् ~भनेर मानव अधिकार छोड्दैनन् दुध खाने बच्चीलाई समेत गर्छन् बलात्कार। ✍️ भवानी पोखरेल (बाबु बिराज) बाणगंगा १ चार नम्बर कपिलवस्तु [२७] भाषणमा किन मख्ख माग अधिकार? बालबालिका व्युझेर खाेज हक सार । ✍️ जी.वि.घाेराही,दाङ [२८] बालअधिकार नारामा हुन्छ सिमित भएन कहिले बालबालिकाको जीत । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [२९] बालअधिकार बग्छन् भाषण अनि नारामा प्रताडितहरु बस्न पाएकाछैनन् थारामा । ✍️ कमला देवकोटा, पाल्पा [३०] न बन्छ बालग्राम न हुन्छ बालपाेषण घरमा भाँडा मझाई गर्छन् बाल शोषण । ✍️ शालिकराम दाहाल [३१] नारामै सिमित रह्यो बालबालिकाको अधिकार कहिले गर्न सक्लान् कठै, व्यभिचारको प्रतिकार । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [३२] साना हात सानो दिमाग सहनुपर्ने ठूलो चोट बाल शोषण अन्त्य गरेर नदेखाऔ कुनै खोट । ✍️ सबिता खड्का कैलाली [३३] बालबालिकाकाे माैलिक हक संविधानकाे पानामा शाेषित पीडित बालबालिका कारखानाकाे छानामा । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [३४] उच्च ओहदामा हेर बस्नेको बोली सस्तो अधिकार बाट वञ्चित गराउने कस्तो । ✍️ कला ढकाल झापा [३५] बालबालिका हाम्रा सृजनाका हुन् है खानी बालश्रम अपराध रोकौं सबले जानी । ✍️ रुना कर्माचार्य दाहाल चितवन [३६] कानुनमा मात्रै रहेछ बालअधिकार बालककै पसिना बेची गर्दैछ व्यापार। ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार [३७] ससाना नानीको नरम कोमल हुन्छ मन सबैसँग नहुने किन नि ! बराबरी धन । ✍️ सुनगाभा पोखरेल [३८] बालआश्रमको सुधारमा सबै मिलेर गरौ अन्यायको जरा उखेल्न नेताको भर नपरौ । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [३९] वडा बालमैत्री लेखेर विदेशीका छारो राख्न सजाए बाल हकका आउने बाहिरी कमिसन भित्रै पचाए । ✍️ इन्दु श्रेष्ठ, चितवन [४०] अन्याय र अत्याचार कहिल्यै कम भएन रोकथाम र कार्यान्वयनमा ध्यान गएन। ✍️ अरुण कुमार भुजेल गोरुबथान,कालेबुङ,भारत [४१] नेताले भाषणमा बालअधिकार हनन् भयो भनी सुनाउँछन् ठुलाठालुको उद्योगमा बालबालिकालाई गलैँचा बुनाउँछन्। ✍️ कृष्ण बजगाई भक्तपुर [४२] सडकमा छन् बालबालिका बालअधिकार हरायो भित्रभित्रै शोषण, नीति त कागजमा मात्र गरायो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४३] बालबालिकाको हक देऊ शिक्षाको बाटोमा सबै लेऊ। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [४४] कलिला बालबालिकामा लगानी भविष्यमा हुन्छ देशकाे आम्दानी। ✍️ प्रद्युम्न चालिसे [४५] नेता भाषण मात्र ठुला गर्छन् काम केही हुन्न सडकमा जति रोउन् उनलाई त्यसले छुन्न । ✍️ दुर्गा आचार्य मोरङ [४६] गरिब अलपत्र नहुँदामा छाना खाना नाना कुरैको मात्र बालअधिकार छैन तानाबाना । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [४७] बालबालिकाहरू के के सुघी हिँडेका छन् बाटामा अभिभावक खै कतातिर अधिकार छ घाटामा । ✍️ भगवती दवाडी [४८] आफ्ना परिवार र दलका बाहेक बच्चाबच्ची समेत हेर्दैनन् नेता बने पछि त जागिर नि खान नपर्ने कसैलाई टेर्दैनन् । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ [४९] सडकमा माग्दै धूलोमा पडी बसेको छ कति बालबालिका कुपोषणले हैरान उनीहरूले नै पाउन सकोस् तालिका । ✍️ बिबा तामाङ लाटपञ्चर सिटोङ थ्री खरसाङ [५०] भविष्यका कर्णधार हुन् साना बालबालिका शोषण रोक्न कदम उठाऊ न्यायपालिका । ✍️ मन्दिरा सेढाई मलेखु, धादिङ [५१] होटल ग्यारेजका कामदार बालक नारामा अधिकार सबै कुराबाट बञ्चित उनीहरू कसैले गर्दैन प्यार । ✍️ घनश्याम पन्त हरिवन सर्लाही [५२] बालश्रम हटाएर बाल शिक्षा जगाऔँ शिक्षाको ज्योति जगाई अन्धकार भगाऔँ । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [५३] बालबालिकाको अधिकारको कुरा सिमित हुन्छ नारामा कानुन फितलो भएपछि सबै नाच्छन् आफ्नो आफ्नो पारामा। ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ [५४] व्यवस्था धेरै धेरै परिवर्तन भयो तर पनि बालअधिकार कता गयो ? ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा [५५] नि:शुल्क शिक्षा भए बालबालिका सक्षम बन्छन् घरको चुल्हो बाल्न सके बल्ल बालहित गन्छन् । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१// —————<•>————— १) अमूल्य छ जीवन नसोची दायाँबायाँ आवेगमा नकाटौँ जिन्दगीको रिबन ! २) खोजौँ समस्याको निकास समाधान होइन आत्महत्या खाली निम्त्याउँछ विनाश ! ✍️ वसन्त अनुभव घोराही, दाङ
//२// —————<•>————— जानिएन हत्या गर्न मारी स्वयम् आफैँलाई छैन यमलोक तर्न । ✍️ महेन्द्र मान बलामी दक्षिणकाली नगरपालिका -९ फर्पिङ,काठमाडौँ
//३// —————<•>————— अमूल्य जिन्दगी हाम्रो आत्महत्या गर्नुभन्दा हजुर गर्नुस् काम राम्रो ! ✍️ अनिता कार्की पाँचथर
//४// —————<•>————— उनले आत्महत्या गरेछन् दोष सरकारकै हुनुपर्छ हजारौँ मलामी गएछन् । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
//५// —————<•>————— १) मनमा परेको चोट आत्महत्या अन्तिम उपाय विकल्प नखोज्दाको खोट । २) असह्य पीडा भित्रको हुन थालेका छन् घटना विचित्र विचित्रको । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
//६// —————<•>————— १) आत्महत्या जघन्य अपराध थाहा पाउॅंदा पनि किन गर्छन् अगाध ? २) हैन समस्याको निकास आत्महत्या गरेर पछि रहला केही आस ? ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी।
//७// —————<•>————— १) आत्महत्या कसैले नगरौँ जन्मेर बाँचौँ धेरै दुनियाँमा सत्ज्ञान छरौँ ! २) कुनै मरेर बाँचेको संसार हेर्नलाई अझै मूर्ख हेर नाचेको । ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा
//८// —————<•>————— इच्छा चाहना मरिसके दाँयाबाँया केही नसोची बाँच्ने रहर झरिसके । ✍️ कला ढकाल
//९// —————<•>————— १) जीवन नबनाउँ सस्तो हेर्दाहेर्दै जीवनत्याग गर्दै रुवाउँछन् यहाँ कस्तो ! २) आत्महत्यालाइ निरुत्साहित गरौँ चेतनाको विकास गरी ज्ञानज्योति सर्वत्र छरौँ ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी
//१०// —————<•>————— हुँदैन आत्महत्या रोज्न लड्नुपर्छ सङ्घर्ष गर्दै यहाँ आत्मसम्मान खोज्न । ✍️ सुनगाभा पोखरेल नेपालगन्ज
//११// —————<•>————— आत्महत्या हो महापाप आत्मा सधैँ भौतारिने इज्जत सारा सखाप । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी
//१२// —————<•>————— १) मनाेबल दर्बिलाे बनाऊ आत्माहत्या गर्नुहुन्न कदापि दु:खलाई बिर्सेर रमाऊ । २) परिस्थितिसँग लड्न सिक आत्महत्या समाधान हाेइन खराब साेच झिक । ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
//१३// —————<•>————— हातमा हात गाँसेर अमूल्य छ जिन्दगी बिताउँ सँगै हाँसेर । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा.पा. -६ , दोलखा ।
//१४// —————<•>————— १) आत्महत्या निकास हैन जीवन फेरि पाइन्न जटिलता कसलाई छैन । २) कठिनाइ टरेर जान्छ धैर्यता राख्नु सधैँ सफलताले शिखरमा लान्छ । ✍️ पुष्पा राई, खाेटाङ
//१५// —————<•>————— आत्महत्या कायर काम आत्मा सधैँ भड्किरहन्छ परलाेकमा मिल्दैन धाम । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
//१६// —————<•>————— १) हिम्मत कसैले नहार्नू समाधान आत्महत्या हैन परिवारलाई पिर नपार्नू । २) आत्मबलको चेतना जगाइ घरघरमा सचेत बनौँ आत्महत्याको सोच भगाइ । ✍️ दुर्गा आचार्य मोरङ
//१७// —————<•>————— अत्महत्या विकल्प हैन अनुपम उपहार जिन्दगी मूल्यवान अरू छैन । ✍️ सङ्गीता खरेल काठमाडौँ
//१८// —————<•>————— १) दिनानुदिन आत्महत्या बढेकाे बिर्सदैछ जीवनकाे मूल्य आजभाेलीकाे मान्छे पढेकाे । २) आत्महत्याकाे जगाऔँ चेतना यसबाट शान्त हुन्छ केही मानसिक वेदना । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची
//१९// —————<•>————— प्याजझैँ सम्झन्छन् जीवन आत्मसात गर्छ आत्महत्या लगाएर कालो रिबन ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग
//२०// —————<•>————— आत्महत्या कायरले गर्छ अनुपम उपहार जिन्दगीमा आशावादीले रङ भर्छ । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरि-५,जुम्ला
//२१// —————<•>————— आत्महत्या कहिल्यै नगर्नू समस्या समाधान हुन्छ काल नआउदासम्म नमर्नू । ✍️ नवराज भट्ट कञ्चनपुर
//२२// —————<•>————— आत्महत्या नगर तिमी जीवन खेर फाल्दा सराप्ने छ जिमी ! ✍️ जनक बिसी दक्षिणभारत कोचिनबाट
//२३// —————<•>————— १) आत्महत्या नगर्नु कायर बास हुँदैन स्वर्गमा कालको जिम्मा लाएर ! २) अमूल्य जिन्दगी हाम्रो आत्महत्या निष्कर्ष होइन गरौँ काम राम्रो । ✍️ धनमाया चौधरी, कैलाली
//२४// —————<•>————— जिन्दगी फुलाएर देखाउनू आत्महत्या गरेर होइन सङ्घर्ष लुकाएर सजाउनू । ✍️ गंगाराम यादव औरावनी २ सुनसरी
//२५// —————<•>————— १) जीवन अमूल्य हाम्रो सानो कुरामा नलागेर हाँस्दै बाँच्नु राम्रो । ✍️ दुर्गा भट्टराई
//२६// —————<•>————— १) नगर यस्तो काम दुनियाँमा हुन्छ कुरा बाँचेर राख शान । २) बाँचेर यहाँ बस जस्तै परिस्थितिमा बाँच्नु मन आफैँमा कस । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
//२७// —————<•>————— १) शिरमा लगाउने रिबन जोगाई राख्नु होला अमूल्य छ जीवन । २) अमूल्य जीवन हाम्रो आत्महत्या नगर्नु नै कुरा सबैभन्दा राम्रो । ✍️ श्रीकृष्ण धामी – बझाङ
//२८// —————<•>————— १) बेथितिले डुबाएको देश निकम्मा शासकको कर्तुतले बढे आत्महत्याको केस ! २) नहुँदा केही जिउपालो बाध्यताले गर्छन् आत्महत्या ऋणले खिच्दा कठालो ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
//२९// —————<•>————— १) आत्महत्याको छैन निकास परेर जान्छ अगति आत्महत्याले हुँदैन विकास । २) जीवन अमूल्य पाएको नकारात्मक सोचाइमा नपरौँ सूर्य जस्तै उदाएको । ✍️ बेदु न्यौपाने
//३०// —————<•>————— १) सायद जिजीविषा हुँदैन सकिन्छ मोह जिन्दगीको कुनै चीजबीजले छुँदैन । २) चारैतिर अँध्यारो मात्र कोही बन्न सक्दैनन् घाँडाे जिन्दगीको पात्र । ✍️ पृथक प्रकृति ,झापा
//३१// —————<•>————— १: तिमी सृष्टिको फूल अनुपम योगदान तिम्रा ईश्वर हेर्दछन् नभूल ! २) आफैँ मृत्यु अपनाएर भन्दैनन् कसैले पौरखी मानव जीवन सकाएर । ✍️ मनोहरी पौडेल गैडाकोट १
//३२// —————<•>————— १) कसैको नपर्नू भरमा किचकिच नगर्नू कसैलाई आत्महत्या गर्छन् घरमा । २) गरिबीले मान्छेलाई सताउँछ आत्महत्याको बाटो रोज्छन् एउटा सर्वेक्षणले बताउँछ । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
//३३// —————<•>————— हुनुपर्छ सबैलाई भान विकल्प होइन आत्महत्या पीडा पर्दाको समाधान । ✍️ अमृत कोइराला पोखरा
//३४// —————<•>————— १) फाटेको मन सिउनुपर्छ बाधा अड्चनसँग लड्दै परिवारको लागि जिउनुपर्छ । २) निभेको दियो बाल प्रेममा धोका पाउँदैमा अकालमा ज्यान नफाल ! ✍️ हिरामाया श्रेष्ठ गजुरी १ धादिङ
//३५// —————<•>————— १) जीवन नपालौँ खेर आउँछ, जान्छ समस्या हिम्मत गर्नुपर्छ हेर । २) किन आत्महत्या गर्ने काल आएपछि सबै यो संसारमा मर्ने । ✍️ रुना कर्माचार्य दाहाल चितवन
//३६// —————<•>————— १) बाँचौँ बचाऔँ धर्म घृणित सोच फालेर सपारौँ आफ्नो कर्म । २) समाधानको बाटो खोजौँ आत्महत्या कायरता भनी सफलताको पाटो रोजौँ । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ।
//३७// —————<•>————— जीवनको महत्व जानौँ समस्याको भेटिन्छ समाधान सङ्घर्षलाई यात्रा मानौँ । ✍️ सुस्मिता अधिकारी, काठमाडौँ
//३८// —————<•>————— कुरा नसुनौँ पहिले आत्माहत्या गर्नुभन्दा त विकल्प सोचौँ अहिले ✍️ कुसुम कुवँर बझाङ
//३९// —————<•>————— १) आत्महत्या कानुनी अपराध अमूल्य मानव जीवन बचाऔँ भई निरपराध । २) नलिई मनमा पीर मृत्युलाई जित्न सिकाैँ राखी उच्च शिर । ✍️ जयनारायण नेपाल इलाम ,हाल सूर्यविनायक २ बालकोट ,भक्तपुर ।
//४०// —————<•>————— १) नाफालौँ जीवन खेर आत्महत्या नै समस्याको समाधान होइन हेर । २) बाँचौँ खुसी बनी जन्मेपछि आखिर एकदिन सबै मर्नैपर्छ नि ! ✍️ अनिता भण्डारी, ताप्लेजुङ
//४१// —————<•>————— १) परहत्या ठूलाे घृणित आत्महत्या पाप हो गर्दैन कसैको हित । २) धैर्यवान् बनौँ मानव नगराैँ कसैले आत्महत्या फिजाउँ सर्वत्र वैभव । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार
//४२// —————<•>————— आत्महत्या निकृष्ट शब्द सुन्नु नपरोस् कदापि दिन्छ मनमा दग्ध ! ✍️ लोक बहादुर क्षेत्री
//४३// —————<•>————— जीवन सुन्दर फूल आत्महत्या गर्ने कसैले गर्नु हुँदैन भूल ! ✍️ सर्मिला बोहरा, बैतडी
//४४// —————<•>————— नकारात्मक सोच हटाऔँ सबैलाई माया गर्दै आत्महत्या घटना घटाऔँ । ✍️ प्रेम थापा “मन”बागलुङ
//४५// —————<•>————— १) अनेकौँ समस्याको प्रभावले रोज्छ मान्छे आत्महत्या अभाव र तनावले । २) अकाल मृत्युबाट बचौँ गरेर प्रयोग सन्चारको मृत्युको रोकथाम गरौँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा६ मातातीर्थ
//४६// —————<•>————— काम गर्न जाऔँ आत्महत्यालाई नराेजौँ कहिल्यै आफ्नो जीवन बचाऔँ । ✍️ कल्पना भण्डारी काठमाडौँ
//५२// —————<•>————— बन्द भएमा ढोका गर्छन् मान्छे आत्महत्या जिन्दगीलाई दिँदै धोका । ✍️ विष्णु पंगेनी वालिङ -स्याङ्जा
//५३// —————<•>————— मृत्युको गर्दै माग जिउन नजान्ने कायरले आफैँ गर्छ देहत्याग ! ✍️ इन्दिरा देवकोटा
//५४// —————<•>————- अमूल्य मानव जोवन गरेर हत्या आत्माको नगरौँ जीवनको दोहन । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
//५५// —————<•>————- आत्महत्या गर्छ कायर सबल सुलभ बन्न बन्नुपर्छ गाडीको टायर । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा
//५६// —————<•>————- १) बढिरहेछ दिनहुँ किन आत्महत्या गर्नेको सङ्ख्या सोचौँ केही छिन । २) आत्महत्या हैन समाधान बहुमुल्य यो जीवनको राखौँ आफैँले मान । ✍️ शोभा आचार्य गौतम काठमाडौँ
//५७// —————<•>————- १) मरेर समस्या टर्छ ? जीवनसँग हार खाएपछि नबुझी आत्महत्या गर्छ । २) जीवनको अर्थ हेर आत्महत्या गरेर हट्दैन नफालौँ जीवन खेर । ✍️ दीप गोले तामाङ, रौतहट
//५९// —————<•>————- १) आत्माहत्याद्वारा हुन्न निकास बाँच्नुपर्छ हेर हामीले तबमात्र हुन्छ विकास । २) बनाऔँ सोँच अरू बाडेर लिउँ पीडा हुन्छ सन्चो बरु । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन न. पा. ६ संखुवासभा
//६०// —————<•>————- १) जिउने आस मर्छ कोही नभए साथमा कायरले आत्महत्या गर्छ । २) आफैँले भाग्य लेखाउनुपर्छ कायरले गर्छ आत्महत्या बाँचेर सबैलाई देखाउनुपर्छ । ✍️ सृष्टि एरी, तनहुँ
//६१// —————<•>————- केही बोल्न नपाउँदा आत्महत्याको उठ्छ सोच व्यथा मनमा लुकाउँदा । ✍️ मुक्तिनाथ काफ्ले। जिल्ला चिराङ, असम ,भारत
//६२// —————<•>————- १) नगरौँ पाप कर्म हत्या अपराध हो बुझेर गरौँ धर्म । २) आत्महत्या उपाय हैन अनेक हुन्छन् समस्याहरू जीवनको विकल्प छैन । ✍️ कृष्ण बजगाई भक्तपुर
//६३// —————<•>————- १) जीवन नफालौँ खेर आउँछ जान्छ समस्या हिम्मतिलो हुनुपर्छ हेर । २. आइलागेका समस्या टालौँ जीवनको मूल्य बुझाउन जनचेतना जगाउन थालौँ । ✍️ शान्ता भट्टराई
//६४// —————<•>————- सुन्दर छ जीवन आत्महत्याको कुरै नगरौँ दह्रो बनाउँ मन । ✍️ अरुण कुमार भुजेल कालेबुङ, भारत।
//६५// —————<•>————- १) सबैसँग दुःख बाँट्नू जिन्दगीमा आत्मघात गर्न कहिले पनि नआँट्नू । २) जीवन ईश्वरको वरदान महाशय आत्महत्या होइन कुनै समस्याको समाधान । ✍ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ।
//६६// —————<•>————- अमुल्य जीवन चाेला ईश्वरले दिएकाे उपहार जतनले सजाउनु हाेला । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे
//६७// —————<•>————- १) बाँच जीवनसँग नहारेर फाइदा छैन केही आफूलाई आफैँले मारेर । २) समाधान होइन मर्नु आइपरेकोमा होसियार भएर सकेसम्म सङ्घर्ष गर्नू । ✍️ गुणनिधि घिमिरे अमेरिका
//६८// —————<•>————- १) सकिन्छ बाध्यता टार्न मनोबल पार्नुपर्छ दह्रो हुँदैन जीवनदेखि हार्न । २) आत्माहत्या अपराध मानिन्छ जस्तै पिडाहरू आओस् जिन्दगीमा जिउन जानिन्छ । ✍️ दिल ठकुरी, दार्जिलिङ
//६९// —————<•>————- १) आफैँ सकाउने किन जीवन भनेकाे पहिले राम्राेसँग आफैँले चिन । २) जीवन अमूल्य हुन्छ जीवनभन्दा राम्राे यहाँ अरू कुन छ ? ✍️ मनुहाङ किराँती साेलु
//७०// —————<•>————- कसलाई पर्दैन पिर ? आत्महत्या नरोज्नु फेरि डटेर उठाऔँ शिर ! ✍️ भुपेन्द्र राना मगर धादिङ
//७१// —————<•>————- फक्रिने आस मर्यो कसैले घात गरेर उसको श्वास मर्यो । ✍️ मधुसूदन पराजुली मन्डन देउपुर १२ ज्याम्दी काभ्रे
//७२// —————<•>————- १) आत्महत्या गर्ने कति बाँच्नका निम्ति मान्छेलाई ओखती खानुपर्ने अति । २) आत्महत्या गर्नेले गरे घरमा बस्न नसकी परिवार अन्तै सरे । ✍️ भगवती दवाडी, झापा
//७३// —————<•>————- १) आत्महत्या हो महापाप सुखदुःख हाम्रो साथी होइन जीवन अभिसाप । २) जिउनु जीवन पाएको आत्महत्या गरेपछि कहाँ पाइन्छ लाएको खाएको । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
//७४// —————<•>————- आत्महत्या गर्नु पाप मनलाई बाँधेर राखौ घटाऔं दुःखको चाप । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ
//७५// —————<•>————- अनुपम सुन्दर जीवन जानाजान खेर नफालौँ गरौँ तनाव व्यवस्थापन । ✍️ तेजप्रसाद खनाल, लमही दाङ
//७६// —————<•>————- १) नखानु जीवनमा हार आफूले आफैँलाई गर्नु सदैव अतुल प्यार l २) नराख्नु मनमा जल्प निदान हुन्छ पीडाको मृत्यु होइन विकल्प l ✍️ बाबुराम गौतम, गुल्मी
//७७// —————<•>————- मनोबल हुँदैन घटाउन आफूलाई बलियो बनाउँ गलत विचार हटाउन । ✍️ सञ्जना शर्मा लमही दाङ
//७९// —————<•>————- समस्याकाे समाधान खाेज्नु अमूल्य छ जीवन आत्महत्या कदापि नरोज्नु । ✍️ कोपिला अधिकारी
//८०// —————<•>————- १) जीवनमा घृणा पाएर कतिले आत्महत्या गर्छन् लागु औषधी खाएर । २) एकबार पाएको जीवन अब केही नसोची कठोर पारौँ मन । ✍️ ललिता गिरी सिन्धुली हाल काठमाडौँ नेपाल
//८१// —————<•>————- १) कोरिएका जीवनका रेखा आफैँलाई थाहा छैन सबैले भन्छन् देखा । २) कसैले आत्महत्या नगरौँ जस्तो परिस्थिति आओस् मनमा खुसी भरौँ । ✍️ लक्ष्मण देउवा डोटी हाल भारत चेन्नई
//८२// —————<•>————- १) नराम्रो सोच हटाउनू फुर्सदको समयमा साथी सिर्जनामा मन लगाउनू । ✍️ बाल कृष्ण श्रेष्ठ
//८३// —————<•>————- १) आत्महत्या जधन्य अपराध जीवनको अन्त्य नसोची थापौँ परिश्रमको काँध । २) व्यर्थमा जीवन फाली महत्वकाङ्क्षा नपालौँ ठूलो रोपेकै फल्छ बाली । ✍️ ममता पौडेल बुढीगङ्गा -२ , मोरङ
//८४// —————<•>————- आत्महत्या गर्नु नराम्रो किन बुझ्दैनौ कुरा अमूल्य जिवन हाम्रो । ✍️ दुर्गा भट्टराई मोरङ
//८५// —————<•>————- १) मनुष्य चोला कर्मको देहको त्याग नगरौँ हिँडौँ बाटो धर्मको ! २) आत्महत्या कायरको काम छोटो बुद्धिले फाल्नेलाई मिल्दैन फेरि परमधाम ! ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹
//८६// —————<•>————- १) नफालौँ जीवन खेर हर परिस्थितिसँग लड्दै बाँच्नु पर्छ हेर । २) आवेगमा आत्महत्या गर्छन् भड्किन्छ उसको आत्मा नर्कको भुमारिमा पर्छन् । ✍️ वेल थोकर तामाङ मकवानपुर, बकैया_८ बस्तिपुर
//८७// —————<•>————- कमजोर मन अचेत विकल्प होइन आत्महत्या बनौँ सबै सचेत । ✍️ रक्षा काली रे
//८८// —————<•>————- १) नफाल्नू अकालमै ज्यान एकैनास हुँदैन समय यसमा दिनू ध्यान । ✍️ नन्दा धामी नौगड दार्चुला —————<•>—————
साताका उत्कृष्ट झिल्का कविताको २६ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २६ का लागि झिल्काकारत्रय राजकुमार राजभण्डारी, दिपक दाहाल र अनमोल राईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१. देखायौ नजर फेरि स्वार्थ लुट्ने दाउमा आउँदैछौ मौका हेरी । २. हानेर तिर झिलिक्क चम्किए चमचम भएर जुधायौ आँखा पिलिक्क । ३. गाईजात्रा पर्व हेर्दाखेरि टुटेको सम्बन्ध हाम्रो मिलन भयो फेरि । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे । मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
१. तिमी काे हाै ? भन्न मिले भन हेर्दा राम्रै छाै । २. राेएर स्वास्नी पाइँदैन भागेर जान्छौ कहाँ झुटकाे खेलाे चाहिँदैन । ३. रोगीका लागि ओखती ढुङ्गाकाे निम्ति माटाे गुनिला हुन्छन् अति । ✍️ दिपक दाहाल हरिवन८सर्लाही
१. गोरुको मुखमा मौलो एक छन् हजुर लिँदैछु म जौँलो । २. गयो जताततै पहिरो भदौरे झरी निष्ठुर दियो चोट गहिरो । ३. बेला बेला आउँछु झिलिक्क झिल्कन्छु झिल्कामा फेरि कतै अस्ताउँछु । ✍️ अनमोल राई
✍️ लक्ष्मण अर्याल, समीक्षक कुमार काफ्ले लिखु गाउँपालिका ५, यसम, ओखलढुङ्गामा वि.सं. २०४१ चैत २३ मा जन्मिएका स्रष्टा हुन् । पिता रुद्रबहादुर र माता गोमादेवीका चार सन्तानमध्ये जेठा छोरा कुमारले मानविकी र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । अर्थात् उनी २ वटा सङ्कायमा स्नातकोत्तर उपाधिप्राप्त व्यक्ति हुन् । उनको खास पेशा शिक्षण हो । उनी आफूले अपनाएको पेशालाई ‘साँच्चिकै रमाइलो र गर्व गर्न लायक’ ठान्छन् । यसैले उनमा पेशाप्रतिको इमान्दारिता पनि पर्याप्त छ । उनी श्री अमर कल्याण नमुना मा.वि.मा पढाउँछन् । यो विद्यालय इलामस्थित नयाँवजारमा अवस्थित छ । उनको आबद्धता ओखलढुङ्गाकै सिद्धिचरण पुस्तकालयसँग पनि रहेको छ ।
कुमार काफ्लेसँग सम्पादक र साहित्यिक व्यक्तित्व छ । उनले ‘शिशिर वसन्त साहित्यिक मासिक’, ‘हातेमालो साहित्य सङ्गम’ लगायतका पत्रिकाहरूको सम्पादन गरेका छन् । साहित्यिक व्यक्तित्वभित्र उनका कवि तथा आख्यानकार व्यक्तित्व पनि छ । त्यसो त उनको साहित्य लेखनको सुरुवात नै कविताबाट भएको हो । उनले लेखेको पहिलो कविताको शीर्षक ‘कलम’ हो । जुन सर्वप्रथम मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । आख्यानमा काफ्लेले ३ वटै प्रविधामा कलम चलाएका छन् । उनको पहिलो प्रकाशित कृति नै उपन्यास हो जुन २०७२ सालमा ‘हजार सपना’ शीर्षकमा प्रकाशित छ । २०७३ मा प्रकाशित मोलुङ लघुकथा सङ्ग्रहमा पनि उनका केही लघुकथा प्रकाशित भएका भेटिन्छन् । २०८१ वैशाखमा काफ्लेले ‘सपना कतिपय’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । आख्यानको दोस्रो तथा मझौलो प्रविधा कथामा भने उनका आजसम्म सङ्ग्रह प्रकाशित भएका छैनन् तर पनि उनका कथाहरू पत्रिकाहरूमा फुटकर रूपमा बाक्लै प्रकाशित भइरहेका छन् । आशा गरौँ – उनी छिट्टै नै कथासङ्ग्रह पनि लिई आउनेछन् ।
कुमार काफ्लेलाई सरसर्ती पढेपछि लाग्यो – कुमार सम्भावना भएका लघुकथा लेखक हुन् । हुनत उनका एकदुई कथा पनि पढेको छु मैले । कथालेखनमा पनि उनी माझिएका छन् । कथाको प्रस्तुतिमा पाठकलाई ध्यानाकृष्ट गरिरहने कला छ उनीसँग ।
कुमारका लघुकथामा समसामयिकता छ । उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ । विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले । यसो त उनले आफ्ना कुरामा भनेका पनि छन् – “लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका र भोगेका अनुभूतिहरूलाई, समाजमा वर्षौँदेखि रहेका पीडा र उत्पीडनलाई सहेर संघर्ष गरिरहेका जुधारु मान्छे र मानवताका कथाव्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोशिस गरेको छु ।” सपना कतिपय भित्र उनले भनेझैँ नै छन् विषय र प्रस्तुतीकरण पनि ।
‘सपना कतिपय’ सङ्ग्रहका लघुकथाहरूमा वर्णनमा मनग्गे सरलता छ । छोटा वाक्यहरूको प्रयोग गरिएका छन् । लघुकथाहरू रैखिक ढाँचाका नै छन् । आदर्शभन्दा यथार्थता नै बलिया छन् लघुकथाहरूमा । सम्वादमा मनोहारिता छ । लघुकथाहरू व्यङ्ग्यात्मक छन् । सङ्ग्रहका केही लघुकथाहरूलाई छाड्ने हो भने लघुकथाकारले अन्त्यव्यवस्थापनको प्रभावकारितामा ध्यान दिएका छन् भन्न सकिने ठाउँ छ ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ३४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, संस्कृतिको सुन्दर बीज हिन्दु समुदायमा चारैतिर फैलियो बनेर तिज । २, दर तिजको नाममा खाए, बोलाएर खुवाए सम्बन्ध दाँजिए दाममा । ३, सॅंगिनी नाच हराए छैनन् विरह गीत युवापुस्ताले बेताल समाए ।
म्यामराज राई … १, मेला पर्व रिवाज समाज जोड्ने गरे सबैको सिरको ताज। २, झल्कियो तीजमा कताकति मौलिकता नेपाली समाजको आयातितमा मेरो विमति । ३, देखियो रमझम तीज जागेर्ना गरौँ मिलिजुली मौलिक संस्कृति बीज।
सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ … १, तीज पनि गयो रमझम गराएर फेरि यसपालिलाई बिदाइ भयो । २, कतिलाई दियो चोट नहुनेलाई दुखाएर गयो जीवनमा राखेर खोट ।
पुष्पा राई, खोटाङ … १, राम्रो हुँदैछ तीज फरक ठाउँको अनुभूति विभिन्न खाइयो चिजबिज। २, तीजले ल्याओस् समानता संस्कारलाई बचाई राखोस् बस्दा पनि जतातता। ३, संस्कार असल बनोस् युगानुकूल सुहाउने भई देख्नेले आहा भनोस् ।
अर्जुन प्रसाद चौलागाई, सुनापति-१, रामेछाप (हालः-क्यानडा, क्यालगरी) … १, आँखामा आँखा जुधायौ गल्ती थिएन मेरो सर्वोच्च अदालतमा कुदायौ। २, कठोर बन्यो न्याय बोलचाल नहुँदा मलाई दियौ काराबासको सजाय । ३, आफ्नो परिवार सिँगार मलाई झ्यालखानमा हाल्यौ बनिसक्यो घरबार नबिगार ।
चुडामणी देबकोटा, पुरानोनैकाप, काठमाडौँ … १, आहा ! सारी लगाएर यो तीजमा नाचिन्छ शिरमा सिन्दूर सजाएर। २, दरलाई दारु बनाए छाडा गीतमा नाचेर नराम्रो सन्देश जनाए। ३, पुराना गीत हराए नयाँ पुस्ताका युवाले बौलाहा गीतमा कराए।
कला ढकाल, झापा … १, तिजले खुल्यो बजार जताततै महिलाको भीड श्रीमान्का दु:ख हजार। २, महँगा चुरा साडी देखासिखी आपसमा चढ्छन् त्यस्तै गाडी। ३, खान्छन् तिजमा मासु विकृति ल्याए तिजमा बग्छन् बाख्राका आँसु।
नवराज भट्ट, कञ्चनपुर … १, खुसी हुन जानियो सामान्य तरिकाले पनि तीज पर्व मानियो |
सरिता सेढाई, धादिङ … १, उसको विवेक हरायो बिनामतलब जसले हजुर सामाजिक सञ्जालमा करायो। २, के पिउँछौ मात्तिनलाई ? उसको एक मुस्कान काफी छ बेहोसिनलाई। ३, हामी बोल्दै बोलेनौ सायद त्यसैले होला एकार्कालाई बुझ्दै बुझेनौ।
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ … १, सङ्गिनी नाच हराए बियर रक्सी खाएर छाडा गीतमा कराए। २, मुटुमा लाग्यो चोट खर्चिलो तीज मनाउँदा सकियो धेरै नोट। ३, यसपालिको तीज गयो चेलीलाई घर पठाउँदा मन निराश भयो ।
राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १, तीज महिलाको पर्व जोगाउॅंदै संस्कार संस्कृति गरौँ सबैले गर्व । २, खुसी भएर रमाऔॅं विकृति विसङ्गति हटाउॅंदै सबै पर्व मनाऔॅं । ३, सम्झेर आँसु झर्ने संस्कृती या विकृति फेसन सो गर्ने ।
अनिता भण्डारी, ताप्लेजुङ … १, सम्झना दिदीको आयो भेटघाट पनि भएन यादले साह्रै सतायो । २, जनताका समस्या लेख्दैनौ भएछौ अति स्वार्थी गुन गरेको देख्दैनौ ।
प्रेम थापा”मन”, बागलुङ … १, लाग्दैन पर्वको रहर मनाउनुपर्ने भयो आजकल गरेर धेरै कहर । २, गहनामा मात्र ध्यान गरिबलाई खानु छैन कहिले आउँछ ज्ञान ? ३, सधैँ आफ्नो गान गरिबको पेट भर्न गर बरु दान ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, दुनियाले कुरा काट्दा चित्त दुख्छ मेरो अन्तै मुटु साट्दा । २, भतभती मुटु पोल्दा आनन्द महसुस हुन्छ मनको गाँठो खोल्दा । ३, उनकै याद आउँछ खाली पिरै पिरले यो मुटु जलाउॅंछ ।
हिरामाया श्रेष्ठ, गजुरी – १, धादिङ … १, सदाचार भयो तीज सम्झिने पानी छम्किने खाएर बीउ बीज । २, दिदीबहिनी माइत गए नाच्न गाउन सबै गाउँभरिका भेला भए । ३, मिलेर अनेक बनाए मिठा मिठा परिकार सम्मान सत्कार जनाए ।
अम्बिका अधिकारी, बिर्तामोड, झापा … १, दर खाने तीजमा खाएपछि गीत गाउने माइती अलमल्ल बिचमा। २, तीजमा चेलीबेटी रमाए संस्कृति पालनको नाममा विकृत संस्कार बसाए। ३, खर्चिलो तीजले परिवारमा ढाड मस्कियो पतिको रातो साडीहरू बजारमा।
दिल ठकुरी, दार्जिलिङ … १, भड्काउँदै यसपालिको तिज वाईनमा डुबेर गयो धार्मिक संस्कारहरू फ्रिज। २, हाँसेरै मनाए हरितालिका महिनौँसम्म चल्यो धुमधामले हृदयमा बालेर मालिका। ३, गीतसङ्गीत फेशनमा छाडा पर्वले तादात्म्यता दिएको अर्धनग्नका उत्ताउला भाँडा।
घनश्याम पन्त, हरिवन, सर्लाही … १, काममा लाग्दैन डर परस्पर ढुङ्गालाई माटोको आखिरीमा लाग्छ भर !
आर्त अकुलीन … १, दिन भयो घमाइलो तिजको पर्व मनाउँदै नारीहरूले गरे रमाइलो। २, हाम्रो संस्कृति जोगाऔॅं आधुनिक अश्लिलता अङ्गालेर चेली विकृति नल्याऔॅं ।
बिके मुखिया, दार्जिलिङ, भारत … १, तीज आयो भनेर श्रीमती बिदा बस्नुभयो महिना दिन गनेर । २, आयो उमङ्ग लिएर गयो रिन बोकाई पत्नी फर्किन् पिएर । ३, वर्ष दिनको भारी साहेबनीको चटपटे बानीले एकै छाक पारी ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर … १, तिज चाड आयो गरायो भेटघाट अनि आफन्तमा हर्ष मनायो । २, महॅंगी उकालो लाग्दै उत्पादनमा सधैँ गिर्दो दैनिक बिचौलिया जाग्दै । ३, आत्मीयता हरायो कता एकअर्कामा शङ्का छायो दमन पाइन्छ जता ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, मज्जाले सबै रमाए आजको दिनभरी यहाँ तीजको पर्व जमाए । २, चेलीहरू माइत गए समयले दिएको कोशेली सबै खुसी भए ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, भुलेछन् तिजको मर्म अचेल सुनिन्छ देखिन्छ रमाइलो पर्वको धर्म । २, महसुस दिलाउन सफल संस्कार संस्कृति स्मृतिमा कस्तो होला फसल ? ३, कायम रहोस् रितिरिवाज चाडको बहानामा विकृति कहिल्यै नहोस् समाज ।
पृथक प्रकृति, झापा … १, भयो तीज बिदाबारी रमाइलो माहोल च्यात्दै बोकाएर ऋणको भारी ! २, हाम्रा सांस्कृतिक पर्व गाँजिए नराम्ररी विकृतिले भएनन् गर्नलायक गर्व ! ३, रहेन कतै मौलिकपन नृत्य छाडा गीतमा देखाउँछ्न् नाङ्गो तन !
वसन्त अनुभव, घोराही, दाङ … १, कहिले मिलाउने केश सोच त एकछिन दलदलमा फस्यो देश ।
दीप गोले तामाङ, रौतहट … १, अधिक कर्जा लिएर तिज राम्रै मनाइयो होटलभित्र सबै जमेर। २, मेरो पनि धक्कु सुनले शरीर सजियो चुस्की लिॅंदै भक्कु ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा -१४, साँगाबजार … १, चेलीले माइतीघर छोडेर चेली घरतिर फर्कने रुँदै हात जोडेर । २, सम्हाल्नु घरका जेथा विदेशिएका पति सम्झी दिलमै बल्झिन्छ बेथा । ३, कौडी छैनन हातमा एक्लै जाने मेलापात कोही छैनन् साथमा ।
हिरालाल न्यौपाने, बानपा -८, कोटमौला, सल्यान … १, तीज आयो गयो बोकी विकृति तर संस्कृति संरक्षण भयो।
ममता पौडेल, बुढीगङ्गा – २, मोरङ … १, ओम् गणेशाय लम्बोदर श्रद्धा भक्ति चढाउँदै साथ दिइरहून् जीवनभर । २, आउँदैछ पर्व विश्वकर्मको श्रद्धाभाव चढाउँदै रमाऊ जगेरा हुन्छ धर्मको । ३, चाडपर्वको मौसम आउँदैछ हुनेलाई खुसी होला नहुनेमा विशाल छाउँदैछ ।
मोती योन्जन सुब्बा, दार्जिलिङ … १, भन्छन् श्रीमान् श्रीमती रथका दुई पाङ्ग्रा लिन्छ जीवनले गति। २, आजकल गर्दिर्नौ विश्वास न आफ्नै ठान्छ्यौ भएँ जिउदो लास। ३, निको चाल मान्दिनँ यही पारा रहिरहे जेसुकै होस् जान्दिनँ ।
सतीश पण्डित, भानु – ६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ) … १, जसोतसो पुगियो माइतीघर माइतमा मायाममताले खुवायो चोखीनीति तुल्याइएको दर । २, तीज सकियो घामपानीमा परस्परमा भेटघाट भइरहन्छ नमरेर बाँचे जिन्दगानीमा ।
कृष्णकुमार वैद्य, बनेपा -९, काभ्रे … १, आयौ मौलिकता छोपेर भन्यौ दरलाई भोज गयौ विकृति रोपेर । २, मौलायो दलगतको किरो नागरिक कोही रहेनन् हुदैछ राष्ट्रियता जिरो !
ऋजु दिल्पाली (राजेन्द्र घिमिरे), इटहरी- १, सुनसरी … १, तीज गयो जानेर तन मन खोली थैली खाली ठानेर । २, अर्को साल आउँछु चेलीहरू पर्खी बसे तिजको महिमा गाउँछु। ३, गाउँ, सहर धाउन लहर आउँछ तीजको प्रत्येक साल मनाउन।
कृष्ण बजगाई, भक्तपुर … १, तीजको रमझम सकियो अर्को सालको आशा मनभित्र यही कहियो ! २, आकाशमा जूनतारा हेर थोरै समय निकाली शान्त पाइन्छ धेर ! ३, जिउन सिक्नु पर्छ ठुलो आँट गरी नत्र सपना मर्छ !
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, तिज आयो गयो संस्कार संस्कृति बिथोल्दै ऋणको थुप्रो भयो । २, नारी उत्साह राप विश्वमा नै खैलाबैला इतिहासमा राखेर छाप । ३, रक्सीको दर खाएर देखाए नारी उत्साह रातो साडी लाएर ।
बेदु न्यौपाने … १, वर्ष र दिनमा आउने चाड यो तिज गयो छिनमा। २, दिदीबहिनी छमछम नाचियो यसपालिको तिजमा बरिलै सबैले कम्मर भाँचियो। ३, रमाउने फेरि आउने वर्षमा सबै मिलेर तीजको गीत गाउने।
दुर्गा आचार्य, मोरङ … १, आस्थामा अडेको धर्म बचाउन सक्नु सधैँ बुझेर भित्री मर्म ! २, तीज आउँछ जान्छ संस्कार विकृत बने सधैँ टाउको खान्छ ! ३, सत्य जान जन हाड निल्नु अरे सधैँ घाँटी हेरिकन !
विवश पारदर्शी, झापा … १, लायो रौनक तिजको दिदीबहिनी चेलीबेटी माझ लुछातानी सम्बन्ध बिचको । २, हात्ती सदा आयो भयो आखिर भनेजस्तै तिजमा विकृति छायो । ३, के छोपेर बसूँ विकृतिको अघि म तिजमा कसलाई भनूँ ।
ईश्वर साउद(भिक्षु ), रामारोशन गाउँपालिका – ६, सुदुरपश्चिम, अछाम … १, शिक्षण संस्था बढेसॅंगै असत्य चिनिनु थियो शिव छोडेर पढेसॅंगै।
लोकबहादुर क्षेत्री लामिछाने … १, अन्तिमाङ्क सङ्ख्यामा लेखिन्छ शब्दालङ्कार राम्रो मिलेमा झिल्का राम्रो देखिन्छ । २, राग मासिक रोग आफ्नो कर्म अनुरूप सबैले भोग्ने भोग । ३, भएमा विवेक बुद्धिनष्ट हरेक मनुष्यको हजुर जीवनमा आइपुग्छ कष्ट ।
प्रद्युम्न चालिसे, कटुञ्जे, भक्तपुर … १, मेरो स्वाधिनताको स्वदेश फिरङ्गीले उचाल्दै पछार्दा बन्नेभो तिनकै उपनिवेश !
सुरेश कार्की … १, मौसम पनि खुलेको कति राम्रो आहा ! धानको बाला झुलेको । २, देखेर फूल फुलेको पक्कै रस चुस्न होला मौरी डुलेको । ३, मेहनती आहा कति त्यो माहुरी हेर भए सुस्त गति ।
अमृत कोइराला, पोखरा … १, परम्परा अनुसारको तीज मनाउन छोडे चेलीहरूले रोज्छन् महङ्गा चिजबिज।
अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत … १, आउँछ अनेक पर्व हरितालिका तीजले पनि बढायो मनमा गर्व। २, वर्ष दिनको तीज बिदा भई गयो खुवाई हरेक चीज।
कोपिला अधिकारी, सिरानचोक, गोरखा … १, नारीहरू तिजमा रमायो सदाका लागि यहाँ , इज्जत पनि जगायो । २, तिजमा रमाउने नारी दुई चार दिन , लगायो रातो सारी । ३, मनमा बोकेर हर्ष हरेक तिजमा रमाउॅंदाखेरि सकियो तिजको वर्ष ।
श्रीकृष्ण धामी, बझाङ … १, उच्च विचार बाँचुञ्जेल कर्ममा रहने प्रधानता ध्यानमा सफलता नपाउँञ्जेल । २, फल प्रभुले प्रदान सफलता पाइने पक्कै लक्ष्य राखौँ प्रधान। ३, प्ररोपकारी जीवन रहुँञ्जेल प्रभु दया पाइने चिन्तन मनले गरुँञ्जेल ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, विभिन्न नामका बियर खान्छन् अनि रमाउँछन् भन्दै मेरो डियर । २, बियर खाएर दर मनोमानी तीज मान्ने नमानी कसैको डर । ३, महँगीले आकाश छोयो तीजको विकृति देखेर सम्झिॅंदा मन रोयो ।
ललिता गिरी, सिन्धुली … १, खुसी मनमा जगाई मान्छु हाँसेरै तिज दुःख सबै भुलाई । २, तीजमा दर खान जान्छु खाली हातै कोसेली छैन लान । ३, यही मेरो चाहना सुखका लाली छाओस् तिजको सबैलाई शुभकामना !
सीमा कार्की समर्पण, मेलचोक, पर्सा … १, तिज सकियो हेर घर लागे दिदिबहिनी खर्च भयो धेर । २, गर्छन् सधैँ तानातान राजनीतिमा कुर्सी नेताले विचार नमिले हानाहान ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४, झापा … १, कठिन छ जीउन सियो र धागो चाहिन्छ लुगा सिउन। २, रुखमा पाकेको फल माथि हेरेर बसेँ झर्ने आसमा तल । ३, बारुली कम्मर भाँचेर आपसमा हात मिलाई गरे रमाइलो नाचेर ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. – ६, सङ्खुवासभा … १, सडक आकाश खतीमा सङ्कट खप्दै जनता विकास सुस्त गतिमा ।
समुन्द्रा शर्मा, सुनसरी … १, आफूले आफैँलाई चिन्नू सफल हुन जीवनमा निष्ठाको मार्गमा हिन्नू । २, मनमा सुविचार राखे माटो गोबर चलाउँदा भइँदैन हजुर पाखे । ३, तान्यो झिलिमिली सहरले बाध्यता होलान् कसैका कोही उडे रहरले ।
शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ … १, तीज गयो आज दसैं तिहार आउँदै हामी सबै माझ।
सङ्गीता खरेल, काठमाडौँ … १, सकियो तिज पर्व मनायौँ खुसीले नाचेर संस्कृतिमा गर्दै गर्व। २, धर्म जोगाउने भन्छन् छिर्छन् कमाउने ठाउँ भित्र नगद गन्छन्। ३, मन पराउन छोडे आफ्ना धर्म संस्कृति पाइला कता मोडे ?
सुस्मिता अधिकारी ,काठमाडौँ … १, बजार छ खुलमखुल्ला फुर्सदै फुर्सद नेपालीको फजुल खर्चले भुल्ला ! २, लगानीको नपाएर ठाउँ विदेशी बजार मोटाएको, शून्य पुँजीको भाउ । ३, भन्छन् मान्छेहरू सुख बसेरै खान पाए, गर्नै छोडेका दुख ।
मनोहरी पौडेल, गैडाकोट – १ … १, पुरानो संस्कार संस्कृति मौलिकता कायम राख्दै फैलाऔँ सर्वत्र जागृति । २, चाडपर्व बिग्रिए अति आउँदैन कोही बचाइराख्न बढ्दैछ विपत्ति जति । ३, धार्मिक सहिष्णुता हाम्रो जातिय सद्भाव राख्दै बनाऔॅं समाज राम्रो ।
जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर ) … १, चाडबाडको सदुपयोग गरौँ खुसी हुँदै सधैँभरि मनमा उत्साह भरौँ । २, चाड पालैपालो आउॅंछ गरिबलाई सधैँ पीडा धनीलाई खुसी छाउँछ। ३, जस्तो भएपनि रमाउन घरकै खुसीका लागि परदेसिए धन कमाउन।
लक्ष्मण देउवा, डोटी … १, झिकेर अन्तर्निहित गमर लड्नु पर्दछ एक्लाएक्लै जिन्दगीको कठिन समर l २, प्राय: दु:खकष्ट झेल्नेहरूलाई अभाव खड्किन्न सितिमिति पसिनासँग सिँगौरी खेल्नेहरूलाई l ३, दुष्ट रहेछ सरकार राखेन कहिल्यै पनि आम जनताको दरकार l
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एघार अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१११ —————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०५/१७ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुशी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ कुबाटाेमा पाइला राेकेर हिड्ने। आफ्नाे भनी गन्तव्य ताेकेर हिड्ने। बुबा नै हुन् यस जगतमा हाम्राे, शिर उठाइ छाती ठाेकेर हिड्ने। काँधमा जिम्मेवारी बाेकेर हिड्ने। सुशीला पौडेल
पञ्चाङ्ग:०२ देश लुट्ने लुटेराको सम्पति लुट्नुपर्छ अब। जनता सबै बाहिर निस्केर कुट्नुपर्छ अब। अब हुँन्न चुपचाप बस्न बिगुल फुक्दै आउ। गाउँ शहर देश भरिका नै जुट्नुपर्छ अब। खुकुरी भाला गोला बारुदले भुट्नुपर्छ अब।
मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामोड झापा
पञ्चाङ्ग:०३ भ्रष्टाचारी नेतालाई नढुकी नहुने भयो जहा भेट्यों त्यहीँ नकुटी नहुने भयो अतिधेरै अत्याचार गरि सीमा नाघेपछि मुखै मुखमा तिनको नथुकी नहुने भयो भ्रष्टाचार गरेको धन नलुटी नहुने भयो । कला ढकाल झापा पञ्चाङ्ग:०४ मेरा बाबा मेरालागि सारा हुनुहुन्छ आकाशको बीच ध्रुवतारा हुनुहुन्छ आज जति जे छु सबै बाबाले नै गर्दा मेरो जीवनको अभिभारा हुनूहुन्छ सत्यमार्ग देखाउने धारा हुनुहुन्छ। घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०५ पौडी खेल्न जान्नेहरू नदी तरेर आउँछ भ्रष्टाचारी जति जाे छ जेल परेर आउँछ जसमा नैतिकता छैन उसको के अर्थ अध्यारोमा हिँड्ने त बामे सरेर आउँछ महत्त्व नबुझ्नेले~~~ धन छरेर आउँछ
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५संगमकाेलाेनी राधे राधे भक्तपुर ।
पञ्चाङ्ग:०६ रात परेपछि म आउँदा बात लाग्छ भन्ने डर, बारम्बार तिम्रोमा धाउँदा बात लाग्छ भन्ने डर। यहाँ त नबुझ्नेलाई मात्र चिन्ता तिमी संग हुदा, अंकमालको प्रित लाउँदा बात लाग्छ भन्ने डर, आफ्नो सम्झि आत्मिय पाउँदा बात लाग्छ भन्ने डर। दुर्गा आचार्य मोरङ पञ्चाङ्ग:०७ तिमीले भन्याै जे त्यही मान्नुपर्ने गर्याै आँ भने त्याे स्वयं जान्नुपर्ने भयाे बुझ्न गाह्राे भन्याै के पियारी भनी साेधिए लठ्ठिले हान्नुपर्ने यही प्रेम तिम्राे भनी ठान्नुपर्ने
ताेयानाथ सुवेदी
पञ्चाङ्ग:०८ दिनहुँ झगडा गर्ने परिवार किन चाहियो। आफ्नै पेट मात्रै भर्ने परिवार किन चाहियो। अब नौटंकी नाटक नदेखाउनु महोदय, घमण्डको बीज छर्ने परिवार किन चाहियो। हाम्रो खुशी सबै हर्ने परिवार किन चाहियो। ह्यारिस
पञ्चाङ्ग०९ हलचल नगरी तलाउमा बस्दा पनि रानी देखिन्छ चंचल झर्ना बनी तलतिर खस्दा प्यारी सानी देखिन्छ हेर्दा तरल,रुप जस्तै उनको जिन्दगी कति सरल कहिले ठोसमा त कहिले ग्याँसमा उहि पानी देखिन्छ सम्पूर्ण जगतलाई जीवन दिने कति दानी देखिन्छ। पशपति राई
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।
——————-<•>——————
[१] लघुकथा: बुबाको मुख
✍️ धनसिंह विश्व बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।
मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने, -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !” म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्- -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।” म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ, -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।
नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !” दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो, -“उफ् ! बुबा, मुख गनाउँदैछ ।” छोरीले पनि नाक समाउँदै भनी, -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !” गेजिंग प० सिक्किम। ——————-<•>——————
२) लघुकथा: आवरण
✍️ मोहन पोख्रेल जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।
हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे । अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे । केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन । कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने, -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।” -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो, -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”
सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो, -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्यो । दिदीले कुरो बुझिन र जङ्गिइन्, -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?” तब बाले आँखा टिल्पिलाउँदै भने, -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !” ——————-<•>—————–
३) लघुकथाः अपुग महसुस
✍️ प्रार्थना खनाल जोशी आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।
अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् । -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?” कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए, -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।” सुकेधारा, काठमाडौँ ——————-<•>——————-
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~<•>~ प्रतिनिधि टुक्का- १५१ ऋण धन गरी मनाइयो तिज पर्व समस्याहरू ज्युँका त्युँ छैन केही गर्व ।
✍️ वसन्त अनुभव ~<•>~
टुक्कामाथि टुक्काको १५१ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] भोलिदेखि साहु छल्दै हजुर हिँड्नुपर्ने हुन्छ गरिब, दु:खी आर्तहरूको आवाज कसले सुन्छ ? ✍️ वसन्त अनुभव घोराही, दाङ [२] हुनथाल्यो नि चाडपर्वमा देखाउने होड गर्दैछन् नारीहरू तडकभडकमा जोड । ✍️ पुष्पा राई, खाेटाङ । [३] तिजसँगै महङ्गी पनि पछि लागेर पो आयो यो गरिबको मनमा हेर कालो बादल छायो । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौं [४] दुःख गरी कमाएका थिए परदेशको बास गरी एकछिनको रमाइलोले तातो घाम जीवनभरि । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [५] दीन दु:खीले मनाउन बाध्य छन् हरेक पर्व कनेर नाङ्गो आङ र भोकोपेट लिई माग्नु कोसँग के भनेर ? ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ [६] जे जति छन्, त्यसैमा पर्व मनाउनू है साथी ज्यादै तडकभडक गर्दा ऋण काँधमाथि । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ। [७] तीज पर्व सधैँ आउँछ प्रत्येक आर्थिक वर्ष फजुल खर्च गर्दा हामीलाई धेरै लाग्छ हर्ष । ✍️ डिल्लीराज (राजेन्द्र) भुसाल सन्धिखर्क-२, कुर, अर्घाखाँची [८] धनीकै रै’छ सबै चाडपर्व गरिबको लागि के नै भयो उपाय केही नभएपछि तिजको रहर मेटिँदै गयो । ✍️ सुनगाभा पोखरेल [९] साथी ऋण काढेर नयाँ सारी, गहना किनियाे घरमा जेसुकै हाेस् बाहिर देखाउन हिँडियाे ।। ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी । [१०] मान्नैपर्यो, पैसा छैन भनी मिल्दैन पन्छिन तिज, पञ्चमी यस्तै चाड आउँछ दिनदिन । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर । [११] सकियो यसपालिको तिज पर्स खाली बनाएर अर्को साल आउनू नयाँ जोश जाँगर जनाएर । ✍️ कृष्ण बजगाई भक्तपुर [१२] चाडपर्व पनि उसैको, जसको छ भरिलो गोजी नहुनेलाई त आइपर्ने दुःख पीडा खोजी खोजी । ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान [१३] तिजको सबैले जसोतसो खायो दर र भोज आमाबाउको टाउकोमा ऋण अरूलाई मोज । ✍️ बिबा तामाङ लाटपञ्चर सिटोङ [१४] तीज पर्वले सिकायो बढी खर्च गर्न नारीलाई साहुलाई तिर्न पैसा छैन कसरी बस्नु रमाई । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-क्यानडा,क्यालगरी। [१५] भड्किलाे र खर्चिलाे भाे तिज पर्व हेर पीडामाथि पीडा थप्याे ऋण लगाएर । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी । [१६] यसपालि ऋण गरेर मनायौं, हरितालिका तीज मज्जाले मनोरञ्जन पनि गर्यौं तर हुस्की बियरको सहायताले। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [१७] सङ्गिनी मात्रै थियो पिडा पोख्ने माध्यम पहिले पहिले भड्किलो तिज मनाउनेले बुझ्छन् र परम्परा अहिले ! ✍️ दीपा समभाव दुबेकोल खोटाङ्ग [१८] ऋण काढी मनायौँ तीज नआओस् अब भो यो चीज । ✍️ दीप गोले तामाङ रौतहट [१९] जेनतेन दु:ख सुख तीज मनाइयाे आफैँले आफैँलाई नै ऋणी बनाइयाे। ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगंगा १ चार नम्बर कपिलवस्तु [२०] सादा जीवन उच्च विचार नै हरायो तडकभडक तिजले ऋणी गरायो । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [२१] सन्सारमा ऋण दुश्मन कसैलाई नलागोस् काम गरेर दुख हटाउने साहस जागोस् । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ। [२२] दुई दिनको जिन्दगीमा रमाउँदै आजै माेज गर ऋण धनमै चल्दै गर्छ जीवन भाेलिकाे छैन भर । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [२३] दरकाे नाममा रातभरि मासु खान्छन् बिहान व्रत भन्दै फेरि मन्दिर जान्छन्। ✍️ नवराज भट्ट कञ्चनपुर [२४] घाँटी हेरी हाड निल्नुपर्छ भन्ने भुलेर चेलीले अति गरे पार्टी प्यालेस डुलेर । ✍️ कला ढकाल झापा [२५] ऋण धन भए पनि लगातार चाड आयो खुब खर्चिलो भएर ऎया नभनी नभनी मान्नै पर्यो परिवारको त्यो चित्तमा गएर । ✍️ बेदु न्यौपाने [२६] खुसीका साथ आयो नि तिज पर्व तिज आउँदा नारीलाई झन् गर्व । ✍️ श्रीकृष्ण धामी – बझाङ [२७] ऋण काढेर नै भए पनि खानैपर्यो दर नत्र त समाजमा अटाइदैन भन्ने डर । ✍️ अनिता भण्डारी ताप्लेजुङ [२८] संस्कृति बचाउने नाममा नराम्रो विकृति भित्रियाे तीज पर्वमा हेर दर खादा चाडकाे बदनाम गरी रक्सी वियर खाने नारी भयो धेर। ✍️ राज कुमार राजभण्डारी खाेटाङे मध्यपुर ठिमी ५ संगमकाेलानी राधे राधे भक्तपुर । [२९] तीजले नदिनु दियो ऋणको भारी कसरी लैजाने यो जीवन लतारी ! ✍️ प्रेम थापा “मन”बागलुङ [३०] सही तरिकाले फस्टाएर जाओस् तिज नरोपौँ है कुसंस्कारको कहिल्यै बीज । ✍️ बि.कुलुङ रंगबुले दार्जिलिङ [३१] घमण्ड देखाएर के गर्नु आज समाजमा भोलि हुनेछ नि लाज । ✍️ सङ्गीता खरेल चन्द्रागिरी ८ काठमाडौं [३२] शान्ति सेवामा गरेर कर्म आखिर सत्य हुनेछ धर्म ! ✍️ आर्त अकुलीन [३३] देखासिकी गर्दै मान्यौँ तीज फुर्ती देखाएर धेर ऋण सम्झी सम्झी पछुताई रुन पर्यो यतिखेर। ✍️ विवश पारदर्शी झापा, [३४] मैले चाहेर के भो तिमीले चाहेनौ सधैँ हिँड्ने बाटो आज किन आएनौ ? ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [३५] मन दुख्ने किन तीज मनाएको मुटु खाने कुरो किन जनाएको ? ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । [३६] जसरी हुन्छ मनाइयो तिज पर्व संस्कृतिमा रमाउँदा लाग्दछ गर्व। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [३७] मान्नुथियाे मानिहाल्याै अब के लिन्छाै पीर दायाँबायाँ पैसा खाेजी साहुको ऋण तिर । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [३८] समस्यामा पारेर आफैँलाई पर्व मान्नु हुँदैन आफैँलाई सताउने हो अरू कसैलाई छुँदैन । ✍️ घनश्याम पन्त, हरिवन सर्लाही [३९] दिनभर नाचियो हरे उस्तै र उही बह भरे । ✍️ नागेन्द्रप्रसाद यादव । [४०] कति मज्जाले गरियो तीज पर्व खै त कसैमा छैन हजुर गर्व । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ [४१] हर्ष उल्लास साथ तिज पर्व मानाइयो खुसी भए सबै सहज भन्ने जनाइयो । ✍️ सबिता खड्का कैलाली [४२] हिजो नै अर्काको देखासिकीमा उडायौ सम्पत्ति आज घर बाउ बिरामी परे पैसा छैन रत्ति । ✍️ रमेश दियाली शेल्पू सिटोंग दार्जिलिङ। [४३] ऋण गरी चाडबाड मनाउनु छैन लुछ्ने चुस्ने खानेकुरा दर पनि हैन। ✍️ महेन्द्र मान बलामी [४४] वर्ष दिन दुख काट्ने तिजकाे एकदिन खुसी खरकाे छाना फेर्न सकिएन चुल्होभित्र ढुसी । ✍️ हिरालाल न्याैपाने ,बानपा ८ काेटमाैला,सल्यान [४५] खान लाउन र नाच्न त मजै आयो तीजको खर्च हेर्दा त विरक्तै छायो । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । [४६] बाटोभरि पैह्रो गयो माइत जान डराएँ चाडका मौलिकता आज भोलि कता हराएँ । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [४७] घुमीफिरी आयो हाम्रो यो तीज पर्व मितब्ययिता अपनाउँ हाम्रो गर्व । ✍️ कमला देवकोटा, पाल्पा [४८] सकियो तिज शान्त भो बल्ल सहरबजार रक्सी र मासु खर्च भो टन्नै नौ दश हजार । ✍️ ध्रुव खोटाङ [४९] पोहोर झैँ ऋण काढेर मनाइयो तीज यो वर्ष आर्थिक बोझ झनै थपिदा खोसियो मनको हर्ष l ✍️ बाबुराम गौतम, गुल्मी [५०] परिवारमा शोकका बीच मनाइयो तीज पर्व भिनाजुको स्वर्ग हुँदा मलाई केही भएन गर्व। ✍️ भगवती दवाडी ,झापा [५१] मनाउनु पर्छ पर्व वर्ष दिनमा आउने किनेर ल्या’को रातो साडी फेरी फेरी लाउने । ✍️ दुर्गा आचार्य मोरङ [५२] घाँटी हेरि हाड निल्नु भन्ने उखान थियाे भुल गरेर किन त ! हजुर ऋण लियो । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे [५३] ऋणको भारी बोकेर मजाले तुजुक देखायौ तीज पर्व मनाउॅदा जड्याहॅामा नाम लेखायौ । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [५४] विदेशबाट बुढाले पठाइदिए मीठो मसिनो खाएँ । कसैको बाउको खा’को छैन मैले खाफ्नै लोग्नेको उडाएँ । ✍️ मल्ल लक्ष्मी श्रेष्ट मेची किनार, बिर्तामोड झापा [५५] भुसको रोटी बुहारीले वर्षैभरि खान्थे अरे मिठो दर दुःख पीडा पोख्न माइत जान्थे भरे । ✍️ ममता पौडेल बुढीगङ्गा – २ , मोरङ [५६] मनाइयो तिज रिन काढेर भए पनि अर्को साल बाँचिन्छ, मरिन्छ के थाहा अनि ? ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५७] लगाए देखाउनकै लागि सबै चिज भड्किलो बन्दै गयो अचेल हाम्रो तिज । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत [५८] महिना दिन चल्यो तिजको दर खाएनन् खिर खै कति पो रित्तियो रुपियाँ पैसा मान्दैछन् पीर । ✍️ शुक्रराज कुँवर [५९] कति खानु दर नि पुरै महिनाभर वर्षभरि कमाएकाे छिनमै नछर । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, बनेपा १४ साँगाबजार। [६०] पूरा हुने कामना मनभरि आशा लिएर बाँचिरहेछु तिम्रो प्रतिक्षामा आँसु पिएर । ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम [६१] जता पनि छताछुल्लै मदिरा भन्छन् तिजी पर्व, यस्तो देख्दादेख्दै पनि कसरी गरौँ हामी गर्व। ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ [६२] संस्कार संस्कृति हो तिज मनाउन पर्यो सेखासेखले तिजको अनुशासन झर्यो । ✍️ हन्नाह छेत्री [६३] सकियो रमझम तीजको तिर्नुछ दाम चिजबिजको। ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ,भारत। [६४] दर खान पार्टी धाउँदा नारी भए कायल महङ्गीले तिजको बेला मर्द बने घायल। ✍️ -रामशरण न्यौपाने, भक्तपुर