नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘तमासा’ र ‘भेटी’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘तमासा’ लघुकथासङ्ग्रह, लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को र ‘भेटी’ लघुकथासङ्ग्रह, लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक, साहित्यकार प्रा.डा.लक्ष्मणप्रसाद गौतमले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथासङ्ग्रहको परिचर्चा गर्नुपूर्व सङ्ग्रहको परिचय प्रशारण गरिएको प्रति टिप्पणी गर्दै यसो गर्दा उपस्थित दर्शकमा कौतुहलता नरहने र कार्यक्रम अलि खल्लो हुने भएकोले सकेसम्म कम छोटो परिचय राख्न आयोजकलाई सुझाउनुभयो । साथै परिचर्चाकारले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूलाई अनुरोध गर्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक एवम् भाषा आयोगका सदस्य गोपाल अश्कले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’को लघुकथा कृति ‘तमासा’को परिचर्चा गर्दै सङ्ग्रहमा सङ्ग्रहित लघुकथाहरू उपयुक्त आकारमा र सरल रेखिक ढाँचामा रहेको उल्लेख गर्नुभयो । वर्तमान समयमा पनि मुलुकमा तमासा हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले सङ्ग्रहको शिर्षक सार्थक रहेको बताउनुभयो । सङ्ग्रहभित्रका अधिकांस लघुकथाहरूमा श्रमजीवी र मध्यमवर्गका पात्रहरू रहेको र लघुकथामा क्लिष्ट नरहेको भन्नुभयो । लघुकथासङ्ग्रहमा विविध विषयहरू उठान गरिएका छन् । कृतिकार लामो समय वैदेशिक रोजगारको क्रममा मुलुकबाहिर रहनुभएको हुँदा त्यसको प्रभाव लघुकथामा देख्न पाइन्छ । कुनै कुनै लघुकथामा बढी व्याख्या भएको, वर्णनात्मक भएको पाइएको हुँदा आगामी दिनमा सचेत रहन पनि सुझाव दिनुभयो । लघुकथाकार ‘पुष्प’को उक्त सङ्ग्रहमा ४१ वटा लघुकथाहरू रहेका छन् ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार विष्णु पन्थी ‘विनु’को लघुकथा कृति ‘भेटी’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार विनुको लघुकथासङ्ग्रह ‘भेटी’भित्र समाजमा देख्दै, भोग्दै आएका घटनाहरूलाई आधार बनाएर गहन ढङ्गले प्रस्तुत गरिएका ४० वटा लघुकथाहरू रहेको उल्लेख गर्नुभयो । केही सामाजिक, केही राजनीतिक त केही काल्पनिक धरातलमा रहेर लेखिएका लघुकथाहरू पठनीय रहेकोे उल्लेख गर्नुभयो । ‘भेटीभित्रका लघुकथाहरूले नारी चेतनाका कुरा उठाएको छ, राजनैतिक विकृति विसङ्गतिहरू उजागर गरेको छ ।’ उहाँले भन्नुभयो ।
कार्यक्रममा ‘तमासा’ लघुकथासङ्ग्रहको कृतिकारको तर्फबाट लघुकथाकार अनुग्रह रानामगर ‘पुष्प’ र ‘भेटी’ लघुकथासङ्ग्रहको तर्फबाट लघुकथाकार विष्णु पन्थी ‘विनु’ले धन्यवाद मन्तव्य दिनुभएको थियोे । साथै उहाँहरूले परिचर्चाकारज्यूहरूले दिनुभएको सुझावलाई अक्षरस: पालना गर्ने उल्लेख गर्नुभयो । आयोजक मञ्चप्रति आभार प्रकट गर्दै कृतिकारद्वयले परिचर्चा कार्यक्रमले आफ्ना कमिकमजोरी जान्न पाएको बताउँदै भविष्यमा सुधार गर्दै अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले ‘छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।’ उहाँले भन्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
राप्ती साहित्य परिषद् दाङ शाखाले नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत साहित्यकार कपिलकिशोर घिमिरेको मुक्तक सङ्ग्रह ‘तरङ्ग’को समीक्षा तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्मा प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘तरङ्ग’ मुक्तकसङ्ग्रहको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ले गरेका थिए । समीक्षक साहित्यकार स्वर्णशिकाले ‘तरङ्ग’ मुक्तकसङ्ग्रहमा रहेका सम्पूर्ण मुक्तकहरू राम्रा रहेका कुरा बताए ।
राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष पुरुषोत्तम खनाल ,वरिष्ठ साहित्यकार गणेश विषम, राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार उत्तमकृष्ण मजगैँया ,लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए भने तरङ्ग मुक्तकसङ्ग्रहका लेखक कपिल किशोर घिमिरेले मुक्तक लेख्दा तथा प्रकाशन गर्दाका अनुभवहरू सुनाएका थिए ।
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा.टीकाराम उदासी, कोषाध्यक्ष डा. खेमराज मल्ल, राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा “समीर” झिल्का साहित्य समाजका अध्यक्ष वसन्त अनुभव, नयाँ युगबोध राष्ट्रिय दैनिकका सम्पादक गोविन्द खड्का , साहित्यकारहरू यज्ञबहादुर डाँगी, शशिधर भण्डारी, प्रमोद धिताल, यमुना घिमिरे, कुन्दन किशोर घिमिरे, घनश्याम अस्तित्व, एकनारायण चापागाईं, एकराज शर्मा अधिकारी, हरिप्रसाद पाण्डे, नगेन्द्रकुमार आचार्य, चन्द्रप्रकाश देवकोटा, गिरिराज पौडेल,देवेन्द्र कुमार रिजाल महेश कुमार न्यौपाने सुवाष न्यौपाने, दामोदर पौडेल, गिरिप्रसाद पन्थी, शरद गौतम, मधुसुधन गौतम, वीना रोका क्षेत्री नारदप्रसाद भण्डारी, धनसिंह गिरी , खेमराज गाउँले, यशोदा केसी साहित्यकारहरूको उपस्थिति रहेको थियो। उक्त अवसरमा संस्थाको तर्फबाट साहित्यकार घिमिरेलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।
राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ६२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, कवि लेख्छ कविता बिम्ब, प्रतीक खेलाउॅंदै, कालजयीमा दाँजिन्छ कर्मिता । २, अथाह छ शब्दसागर मोती टिप्न नचुकौँ, खेलाँचीमा नफाली नजर । ३, दिमाग बन्यो प्रविधि हात चल्छ बहानामा, मानव बुख्याचाको प्रतिनिधि । ✍️म्यामराज राई भोजपुर … १, देख्छ, पुग्छ त्यहाँ उछिट्टियो ऊ मोतीविन्दुसॅंगै, अन्धो भविष्य जहाँ । ✍️दिलचन्द क्षत्री … १, झिल्का लेखेर हेरौँ शुद्ध या अशुद्ध मिलेन भनेर नकेरौँ ! २, सिमाना काटिएको ठाउँ किन साँगुरो हुँदैछ ? म जन्मेको गाउँ ! ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, प्रतिगामीले उठायो सिर आज नेताहरूले गर्दा गणतन्त्रले पच्छ्यायो भिर। २, हुन्छ फेरि जेल लुट, फुट उस्तै विदेशकै हो खेल। ३, सङ्घीयताले गरायो फेल देशमा गणतन्त्रको अवस्था नेता विदेशका रखेल। ✍️सुरेशकुमार पाण्डे घोराही – १८, दाङ … १, कतैबाट पापी संसार दृष्टि न हो, आहा ! छ यार । २, कोही नदेखी देख्छ मनको आँखाले होला कोही हतासिएर लेख्छ । ३, जीवन र जोवन कतै कपास जस्तै कतै गरुँगो मन । ✍️अम्बिका प्रसाद कोइराला ‘अकेला’ कानेपोखरी, मोरङ … १, एकदिन पश्चात्तापले पोल्नेछ ए दलालहरू अब ! तिम्रो पोलहरू खोल्नेछ । ✍️ दीप गोले तामाङ रौतहट … १, बनेर तिमी खास विश्वास जित्यौ तिमीले हौ मेरो प्रकाश। २, मनको डरलाई बिसाऊ गन्तव्य चुम्ने लक्ष्यमा कदमहरू अघि बढाऊ। ३, साँझमा बत्ती बल्छ कलमभन्दा किबोर्ड प्यारो मोबाइलमा संसार चल्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मनतातीर्थ ) … १, नारी सिङ्गो प्रकृति बुझ्न पर्छ सबैले बचाउन हाम्रो रीति । २, आधा आधा बाँडेर बनाउनु छ देशलाई हुन्न रिसराग साँधेर । ३, नारी हुन दीप्ति घर चलाउने परी बनाउने सबैलाई तृप्ति । ✍️कोपिला समीक्षा खार्पा, खोटाङ … १, कमिलाको प्वाँख आयो उड्यो, डढ्यो आगोमा पखेटाले मृत्यु पायो। २, जीवनमा घमण्ड नगर्नु बिस्तारै जाँदा पुगिन्छ हडबडले दुर्घट्नामा नपर्नु । ✍️चुडामणि देवकोटा पुरानो नैकाप काठमाण्डौ … १, जीवनको कथा झल्किन्छ मनको भाव कवितामा व्यथा सबै छल्किन्छ । २, आफ्नो काम गर्नु खेरो समय जान्छ उत्साह मनमा भर्नु । ३, दुनियाँको पछि नलाग्नु पुर्याउॅंदैनन् तिनले गन्तव्य काम कर्तव्यसँग नभाग्नु । ✍️पुष्पा राई बादेल, खोटाङ … १, युवाहरू सडकमा चम्केका नेपाल आमा रोइरहेकी राष्ट्रघातका विरुद्ध लम्केका। २, वायु बबण्डर चलेपछि रोक्न कसको तागत हृदयमा आगो बलेपछि। ३, धर्तीमाताले राजभक्त रोजेकी राष्ट्रघाती ब्वाँसाहरू पिपासु, उदाङ्गो बनाउन खोजेकी। ✍️घनश्याम पन्त हरिवन सर्लाही … १, नारी सृष्टिको खानी नगरौँ सबैलाई हेला हुँदैन कसको हानी ? २, सधैँ भावनामा डुबेर लेख्छु कविता तिम्रो हराए देख्छौ भनेर। ✍️एवाइ प्रभात धनकुटा … १, कस्तो रहेछ भीर ? चट्टानले ढाकेको सबै उस्तै छ पीर। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, फलेको हाँगो नुग्नलाई आधार तयार गरौँ सोचेको कुरा पुग्नलाई । ✍️प्रेम थापा ‘मन’ बागलुङ … १, बरु देखाऊ, कोरेर कवि बन्न नखोज अरूको रचना चोरेर। २, यहाँ मान्छे बदलिन्छ। लाटो किन नहोस् ? आफ्नोलाई प्राथमिकता दिन्छ। ✍️बेल थोकर तामाङ मकवानपुर … १, स्वतन्त्र हुनुपर्छ कवि कसैको बहकाउ नपर्ने कञ्चन भएर छवि । ✍️संगीता खरेल काठमाडौं … १, यादमा भिर पाखा ज्यान परदेशमा छ, सम्झनाले रसाउॅंछ आँखा । २, आमा पिँढीमा बसेर बाटो हेर्छिन् सधैँ परदेशी छोरो सम्झेर । ३, मूल्याङ्कन गर्छन् मेरो धनी, गरिबको तराजु , समाज मेरो सेरोफेरो । ✍️भुपेन्द्र राना मगर धादिङ … १, कविता लेखौँ मनले सुन्दर आउन भावहरू प्रशंसा गरोस् तनले। २, लेखौँ आफैँ कोरेर जुन बन्छ आफ्नो लेख्नु हुन्न चोरेर। ३, ज्ञान बढ्छ पढेर त्यसै किताब आए पुगिन्छ हिमाल चढेर। ✍️नवराज भट्ट कञ्चनपुर … १, स्वदेशको उर्वर माटो त्यागेर आज युवाहरू लागेछन् विदेशको बाटो। २, चाँडै युवा जाग स्वर्ग भन्दा सुन्दर स्वदेश बनाउन लाग। ३, हटाऊ फोहोर जालो अब देश बनाउने युवा तिम्रो पालो। ✍️बिके मुखिया ‘वाङदे’ दार्जिलिङ,भारत। … १, खुसीमा मन हाँस्दछ मन मिल्नेले जगमा मात्र माया गाँस्दछ । २, जन्मभूमिलाई माया गरौँ आफ्नै भाषा संस्कृतिसँग सदैव अगाडि सरौँ । ३, कलङ्कारीले धर्मलाई मास्दछ नक्कले बानीले आफ्नै संस्कार संस्कृति नास्दछ। ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, सृष्टिको महिमामय मन बुझ्न चाहनेले रहस्य गर्नुपर्छ घोर अध्ययन। २, बानी बसिसक्यो देख्ने पलमै परिवर्तित रूप विषय बन्छ लेख्ने। ३, हरे, राम ! घनश्याम ! तीन छक्क पार्ने महान सृष्टिको तामझाम। ✍️ज्योतिका क्षेत्री सिलगढी भारत … १, कविता सरिता बनोस् कालजयी बनेमा उत्तम यथार्थ ओकल्ने होओस्। २, गुम्दै गएको विश्वास फिर्दै आए कसो ? छिट्टै घटोस् अविश्वास। ✍️कमला देवकोटा पाल्पा … १, आखिर सुस्त बोलेर देखाउँछन् मन सारा सिस्नोझैँ गरी पोलेर ! ✍️आर्त अकुलीन … १, कविता कर्मिता अनुप्रास अब बल्ल पलायो झिल्का कवितामा आस ! २, सागरसँग दाँजेर नजर मिल्दोरहेछ साथी नचुकौँ प्रविधिको प्रतिनिधि अजर ! ✍️विवश पारदर्शी झापा … १, डुब्दै कविताको छालमा पस्कॅंदै सृजना नवीनतम रमाउनुछ छन्दहरूको तालमा। ✍️तोया नाथ चापागाईं दमक, झापा … १, वसन्तले फुलाएझैँ तिल्का तिता मिठा भावहरू पोखेर लेखौँ झिल्का। २, अभ्यास गरे बारबार सिकिॅंदो रहेछ लेख्नु गुरूको निर्देशन अनुसार। ३, सतत नमन मेरो मार्ग निर्देशक गुरुहरूलाई घुमेर सात फेरो। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, पहाड, पखेरा, तराई झिल्काले समेटौ सबै कोही नहोस् पराई । २, अतिक्रमणले सीमा नाघेर खोसेर लान्छु, भन्छ ब्वाँसोहरू लोभमा लागेर । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, चाहिन्न आकाशको तारा चोखोनितो माया देऊ सजाएर दिलमा प्यारा ! २, झर्दिनँ अवश्य नाथ निरन्तर यो सासले जबसम्म दिनेछ साथ ! ३, माया कहिल्यै नघटोस् जइदिन घट्ला मेरो जीवनकै अन्तिम होस् ! ✍️वसन्त अनुभव वसन्तविहार घोराही … १, संस्कार संस्कृति जोगाऔॅं सुन्दर पहिचान हाम्रो यसका विकृति हटाऔॅं । २, गरौँ मिलेर काम होस्टेमा हैँसे गरी राख्नुपर्छ देशको नाम । ३, बुझेर मानव मर्म गरौँ स्वच्छ मनले परोपकार निष्काम कर्म । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्य विनायक २, बालकोट भक्तपुर ) … १, धेरै चाहिन्न बिज, काफी हुन्छ झिल्का उब्जाउन सब चिज । २, पोख्ने हो लेखेरै सिक्ने हो सबैले सुनेर देखेर हेरेरै । ३, शब्दभित्र छ भाव भावभित्र हुन्छ शब्द यसैमा बढ्दैछ लगाव । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, जहाँ पुग्दैन रवि त्यहाँ पुग्ने गर्दछन् महान् आदरणीय कवि । ✍️केसर बोहरा ‘सङ्घर्ष’ सुदूरपश्चिम अछाम ( हाल भारत ) … १, बुझ्नुपर्नेले नबुझी गर्दैन बुझ पचाउॅंछन् विद्धान्ले, बुज्रुक बन्नु पर्दैन। ✍️लोक बहादुर छेत्री लामिछाने मोदी गा पा वडा नं २ देउपुर, पर्वत … १, आफूले नै कोर्नु बदनाम हुनलाई अर्काको रचना कहिल्यै नचोर्नु। २, सधैँ नराम्रो हुनलाई गर्छौ खराब काम पछि पछुताएर रुनलाई। ३, आउ अघि बढौँ राम्रा अनि मिठा झिल्का कविताहरू पढौँ। ✍️अनिता भण्डारी ताप्लेजुङ … १, हाम्रो देश नेपाल अन्य देशको दाँजोमा सुन्दर शान्त विशाल । २, अनुपम प्रकृति जोगाऔॅं जन्मेको हो यसबाट अनेकन संस्कृतिमा रमाऔॅं । ३, देशलाई गरेर फारो विकास समृद्धिको राख्नुपर्छ सबै मिलेर ख्यारो । ✍️राजेन्द्र भुसाल ‘डिल्ली’ अर्घाखाँची … १, बुझ्नु युवाले कुरा प्रतिगमनको पछि लागे हुँदैन उद्देश्य पूरा। २, जन्मिएको आफ्नै गाउँ प्यारो लाग्छ सधैँभरि खेली हिँडेको ठाउँ । ३, बनाउँनु स्वच्छ छवि तबमात्रै हुन्छ वास्तवमा देशको प्यारो कवि। ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क ३ खोटाङ ( हाल भक्तपुर ) … १, नवसर्जक हुनसक्छ विद्धान् साथमा जगाउने रुचि झिल्का साँच्चिकै महान् । ✍️विष्णु पंगेनी पाण्डे वालिङ्, स्याङ्जा … १, हेरेर सामान किन्नु असली, नकली जोखेर कलियुगका मान्छे चिन्नु । २, अक्षर अक्षर तुनेर बन्दछ सुन्दर कविता एकेक शब्द चुनेर । ३, सुस्त सुस्त बोलेर भनिदेउ प्यारी झाँईकुरी मनको कुरा खोलेर । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ … १, गर्नुपर्नेछ असल काम लानु छैन मरेपछि, जोगाउन पर्छ नाम। २, समाज परिवर्तन गर्न सुधार्नु पर्छ आफैँलाई, विकृतिको खाडल भर्न। ✍️शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर … १, मुसुक्क मुस्कुराउनु पर्छ, जिबनमा पर्ने दु:ख जति सबै हर्छ। २, जानेर नजानेर भए गल्ती नगर्नु कहिले सम्बन्ध सुधारेर गए। ✍️दुर्गा आचार्य मोरङ … १, यन्त्र गर्छ काम यन्त्रै बनाउनेको इतिहास, उसकै लेखिन्छ नाम। २, मेसिनले दिएको निर्देशन मानव मान्दै जाँदा, सोच्नै नपर्दा लोसेपन। ३, रोग भित्र्याउने यन्त्र , निको पार्ने यहीँ अचम्म जादु, मन्त्र । ✍️मनोहरी पौडेल गैडाकोट १ … १, झिल्का कविता सोचेर बोकेर अनेकौँ भावना नलेख्नु कसैलाई घोचेर । २, मनको भावना फिॅंजाउॅंछु अनेकौँ कुरा खेलेर नमिले गुरुलाई लेखाउॅंछु । ✍️रमा गुरुङ्ग सालुगडा सिलीगुडी … १, मन्द मुस्कान दिनेले अहिले घात गरेछ हाँसेर बीस लिनेले ! ✍️धनमाया चौधरी कैलाली … १, भेदभाव नगरौँ हामी सबैलाई दिनुपर्छ मौका असल मान्छे छामी । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, पानी निरन्तर पिऊँ स्वच्छ पानी पिएर निरोगी बनेर जिऊँ । २, विश्वमा शान्ति खोजौं एकापसमा भाइचारा गरी सुन्दर संसारलाई रोजौं । ३, अरूका रचना नचोर्नु हृदयभित्रबाट अब आफैँले मनन गरेर कोर्नु । ✍️बिपी लामिछाने दमक, झापा … १, सहिदका आत्मा बोल्नेछ खेर गयो बलिदान गणतन्त्रे नेतालाई पोल्नेछ । २, नहोस् विलम्ब सोचौँ राष्ट्रप्रेमी नागरिक बनी असल शासक रोजौं । ३, बनोस् कलम हतियार त्यागौँ स्वार्थ मनको नबनौँ भ्रष्टको मतियार । ✍️शोभा शाह थापा, हेटौंडा ४, मकवानपुर … १, मनको मैलो धुनलाई कवितामा भाव पोखेर सजिलो हुन्छ रुनलाई । २, दुख बिसाउने चौतारी कविताले दिन्छ सान्त्वना हिॅंड्नु पर्दैन भौतारी । ✍️राधा चाम्लिङ खोटाङ … १, माइतीमा चेली अटेनन् काम मात्र चाहिने दुःख कहिले कटेनन्। २, कसैको विश्वास नगर्नु आफ्नो सम्झेर त आफ्नैको भर नपर्नु । ✍️कला ढकाल झापा … १, झिल्काले सिकायो लेख्न सबैले ध्यान दिए सहज संसार देख्न । २, मनको भावना पोखेर लेख झिल्का कविता अक्षर अक्षर उनेर । ✍️बिबा तामाङ दार्जिलिङ … १, खेती वचनको गरेर जुटौँ सबै हामी काँधमा काँध राखेर । २, मनका पीडा भुलिन्छ एकार्कालाई साटासाट कुरा पीडा सबै हुत्तिन्छ । ३, आदत बदलिएको देखे मित्रहरूले हिजोआज धेरै त्यही सम्झनामा लेखे । ✍️ईश्वर साउद ‘भिक्षु’ रामारोशन गाउँपालिका छ सुदुरपश्चिम अछाम … १, महाङ्काल नगरपालिका धायौँ जनताको स्वास्थ जाँच्न, ठुलेदुर्लाङ्ग हेलपोष्ट आयौँ । २, बाटो खराब अति नागरिक सचेत नहुँदा , विकास छैन रति । ३, आएका बिरामी हेरेर डाक्टरले पठाउनु भयो, समस्याको समाधान गरेर । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, अहिलेको समय यहाँ बुझ्नै छैन कोही कमाउनै खोज्छन् जहाँ । २, नेताले कमाउॅंदा टन्न जनता चुप लाग्ने बोल्दैनन् केही धन्न । ३, पाँच वर्षे खेती नेताले हो गर्ने देखाऔॅ शक्ति चेती । ✍️राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ … १, चल्यो बतास हुरुरु सितल छायो मनमा चरी उड्यो बुरुरु । २, पंक्षीले गुँड लाएछ कदमको बोटको डालीमा चारो टिप्न धाएछ । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई -४, झापा … १, रमाएर बाँचेको मन कता कता अन्जानै सम्झिन्छ त्यो बचपन । २, मिले सहमति दिनु नमिले केही लाग्दैन सुझाव फिर्ता लिनु । ३, अवस्था बलियो पार्न साच्चै परेका ठाउँमा हुँदैन केही बार्न । ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, सकारात्मक, सोच राखौँ परिश्रमको फल मिठो फल्छन, फलहरू लाखौँ । २, पाट् पाट, जोडेर असल कार्य गरौँ घमण्डीपन सबै छोडेर । ३, कुण्ड कुण्ड पानी कलम चल्यो फेरि लेख्दैछु जानी नजानी । ✍️जानुका बास्कोटा काठमाण्डौं … १, कविताका शब्द अभावहरू कति मिठा हुन्छन् ? देखाउछ अनेक प्रभावहरू । २, कविता तब हुन्छ जब भावप्रधान भई शब्द जो बुन्छ। ३, कविता चेतनाको दियो छर्दछ प्रकाश मनमा बन्दछ जीवनकै मियो । ✍️देव मगर तिनाउ~१, कचल, पाल्पा … १, सोचेजस्तो कहिल्यै भएन थाप्लोबाट गरिब जनताको ऋणको भारी गएन। २, रसिला कुरा गर्छन् धूर्तहरूको चाल यस्तै आफ्नै खल्ती भर्छन्। ३, देशलाई दुख्दा रमाउँछन् मातृप्रेम नभएका मानिसहरू लुटेर सम्पति कमाउँछन्। ✍️अरुण कुमार भुजेल गोरूबथान … १, कविता कविले लेख्ने अन्तर्हृदयमा रहेको भावना सबैतिरको छर्लङ्ग देख्ने। २, गहिराइमा पुग्छ जब समेटेर सारा कुरा लेख्न थाल्छ तब। ३, दिमाग उसको चारैतिर अन्तर्मनबाट चलाउँदै गर्दा नपरोस् कसैलाई पिर। ✍️अर्जुन प्रसाद चौलागाई हाल:-अमेरिका, बोस्टन … १, देखाए सिद्धान्तको पोको व्यवहारमा कतैबाट देखिएन उठाए नोटको डोको । २, देश सबैका साजा मिलेर हिँड्नु राम्रो बजिरह्यो अहङ्कारको बाजा । ३, चारैतिर आदर्श मरेको बेथिति हुर्केको देखिन्छ अराजकता राम्रोसँग सरेको ✍️प्रद्यम्न चालिसे भक्तपुर कटुञ्जे … १, साधनाले बनिन्छ कवि अरूको रचना चोरेर नबिगार्नु आफ्नो छवि l २, बोलीले दिन्छ चिनारी इज्जत खस्किन सक्छ नगरी बोल्दा तयारी l ३, ब्रह्म दृष्टिले देखेर दुनियाँ चाहार्छ कविले भावको लौरी टेकेर l ✍️बाबुराम गौतम गुल्मी … १, जीवनमा नगर्नु पाप मनलाई शुद्ध राखी भगवान्को नाम जाप। २, कर्तव्यबाट मुख नमोड्नु, दृढताको उदाहरण बन्दै दिगो छाप छोड्नु । ✍️देव स्याङ्देन कालेबुङ … १, जीवन एक उपहार सँगालेर आनन्दित अनुभूति सजाउनु आफ्नो मुहार । २, राख्नु आफूलाई कसेर दुख, सुखको अनुभूति खोतल्दै आफैँभित्र बसेर । ३, निर्माण सकारात्मक चरित्र जीवन्त बनाउॅंछ जिन्दगी करुणाले हृदय पवित्र । ✍️रुना कर्माचार्य दाहाल चितवन … १, भन्नेले भन्छ नानाभाँती सुझबुझ आफैँले गर्नुपर्छ हल्लामा नलाग्नु जाती । २, भएन विधिको शासन लुच्चो फटाहाको राजले मुलुक झनझन पतन । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, सहिदहरूले शान्ति पाऊन् देशमा झैझगडा नभई , सबैमा उमङ्ग छाऊन् । २, शब्दमा भावको भाग रहेको झिल्का राम्रो कसैमा नहोस् राग । ✍️दुर्गा भट्टराई मोरङ … १, जिन्दगी भए खास स्वार्थी संसार हजुर कसैको नगर्नु आस। ✍️सानु जोशी सुदुरपश्चिम, दार्चुला … १, गर्नुहोस् दैवीहरूको आराधना नवरात्रि अनुष्ठानको लागि पूरा हुनेछ कामना । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, झिल्का लेखेर गाऔॅं सबै सधैँ मिलेर अब एकसाथ रमाऔॅं । २, गोठाले जीवन रमाइलो झ्याउरे गाउॅंदै हिॅंड्दा मिल्दा माहिलो साहिँलो । ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगा बजार बनेपा १४ … १, बन्न सकौँ कवि दियो बालेर चेतनाको उच्च राखौँ छवि । २, मनमा बगाउँदै सरिता सकारात्मक सन्देश छर्न लेखौँ सुन्दर कविता । ३, पोखौँ मनका भावना विश्व कविता दिवसको सबैमा हार्दिक शुभकामना । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, साहित्यको विधा कविता भाव आफ्नो पोख्ने चोरेर नदेखाउँ रमिता । २, पुग्छ त्यहाँसम्म कवि जहाँ रवि पुग्दैन चोरेर नबिगारौँ छवि । ३, कोरौँ भाव कवि कुना कन्दराका बस्तीको जहाँ पुग्दैन रवि । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला
साप्ताहिक झिल्का लेखन अभ्यासको ६१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, तिम्रो रङ रङहरूमा सौहार्द उपस्थितिमा मिसिन्छ, देखिन्छ अतुलनीय नुमा । २, सञ्जालमा सबै काबिल निर्णयार्थ निर्णय दिन्छन् समाज बन्न मुस्किल । ३, पछ्याए राम्रो चलन कदापि हुँदैन घाटा, बरु घट्छ जलन । ✍️म्यामराज राई भोजपुर … १, रङ्गहरू पोतिनु पर्छ मेटाई दु:खको धब्बा जीवनमा खुसियाली भर्छ । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी … १, झरेका ति आँसु हेरेर भन प्रिय कसरी म हाँसूँ ? २, रोएको यो मन देखेर देशको हालत कसरी सम्हालूँ, भन । ३, देशको हालत डामाडोल भ्याएसम्म सबले खाए अहिले खोल्छन् पोल । ✍️ध्रुव श्रेष्ठ खोटाङ … १, जिन्दगी थकित भयो हारेको जिन्दगी सम्हाल्ने पियार कता गयो । ✍️राज कुमार राजभण्डारी खोटाङ्गे ऐसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर ) … १, उठेर आयो फेरि सिनो जनताले ढालेको जागौँ नगरौँ देरी। २, रङको भयो होली तराई, पहाड, मधेश खेल्यौँ हृदय खोली। ३, लेखौँ लागेको आफूलाई प्रतिभा हुन्छन् सबैमा प्रगतिको बाटो समाई। ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, आयो दौडेर होली माया प्रेम गाँसौ खेलौँ दिल खोली। ✍️नवराज भट्ट कञ्चनपुर … १, नयनमा गहिराई अपार छर्छ घाम मुस्कानले मनको आँगनभरि प्यार। २, रङ्गिन्छु तिम्रो छायाले छुन नसके पनि स्पर्शका ती भावनाले। ३, नियम बन्दछ बन्धन खोज्छ परिवर्तन जसले हुन्छ त्यही अल्झन। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ ) … १, सकियो होली अब चैते दसैँको तयारीमा जुटौँ हामी सब। २, नयाँ वर्ष आउॅंदैछ चाडपर्व मनाउॅंदा भित्रभित्रै खर्चले ढाड समाउॅंदैछ। ✍️पुष्पा सुवेदी नेपालगन्ज, बाँके … १, जिन्दगी मैदान सङ्घर्षको आउने भएन दिन खुसी र हर्षको । ✍️सरिता सेढाई धादिङ … १, रङ्गहरू सबैले खेल्नुपर्छ जीवनमा खुसीयाली भर्न रङ्गले सुखदुःख टर्छ । २, वसन्त ऋतुको पर्व खेलौँ संस्कृतिको होली सबैले मानेर गर्व! ✍️वेदु न्यौपाने … १, तिम्रो मायाले गर्दा पागल बन्दै गए, बुझेनौ दुख पर्दा। २, स्वार्थमा चलेको कलि अर्थ रहेनछ सहयोग, जान्छन् गुण छली। ✍️शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। … १, घमण्ड, द्वेष मासेर जीवन हाम्रो एकबारको जिउन सिकौँ हाँसेर ✍️विष्णु पंगेनी (पाण्डे ) वालिङ्, स्याङ्जा … १, उमङ्ग छाएझैँ होलीमा देशोन्नतिका लागि आवश्यक मित्रता नेताको बोलीमा । २, पाइन्छ नेपाली भन्न देश बनाउन सकिने योगदान दिए धन्न । ✍️कोपिला समिक्षा खार्पा, खोटाङ … १, सकेसम्म हृदयदेखि हासौँ नदेखाउ कसैलाई रोएर सबैसॅंग मित्रता गासौँ । २, आँखा राता नपारौँ तालि बजाउने आफ्नै बलिन्द्र आँसु नझारौँ। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाण्डौ … १, वसन्तको बहार छायो गुराँसले वन ढकमक्क कोइलीले गीत गायो। २, वसन्तमा पालुवा फेरिँदै हरियाली छाउने तरखर लतिका सबतिर बेरिँदै। ३, कोइलीले गीत गायो वसन्तको स्वागत हेतु मनमा उमङ्ग छायो। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, रङ्गको पर्व होली संस्कार जोगाउनुछ तिमीले दुख नहोस् भोलि। ✍️एवाइ प्रभात धनकुटा … १, एकपछि अर्को पर्व संस्कार मात्र फरक मानिन्छ गरेर गर्व । २, संस्कृति हाम्रो सम्पत्ति बेला बेला आउँछ प्राकृतिक विपत्ति । ✍️अम्बिका गिरी विराटनगर … १, सधैँ नकारात्मक क्रोध कार्ययोजना विहिन हिँड्छौ कहिले हुन्छ बोध ? ✍️प्रेम थापा “मन” बागलुङ … १, होलीले बढ्यो उमङ्ग आपसी द्वेष घटोस् दिगो प्रेम प्रसङ्ग। ✍️कमला देवकोटा पाल्पा … १, होलीको रङ जस्तै जीवनको हर आयाम फेरिएर जाओस् प्रशस्तै । २, सकारात्मक बनोस् मन सृजनामा तल्लीन बनोस् उत्साह थपिओस् झन । ✍️पुष्पा राई खोटाङ … १, सबैले खेलौँ होली उमङ्ग र सद्भावमा बेलेर मीठो बोली। २, हरियाली वसन्त आयो शिशिरको पीडा भुलाउन मनमा खुसीयाली छायो। ✍️संगीता खरेल काठमाडौँ … १, बिग्रेर मानिसको मति, ओरालो लागेको मृगझैँ रोकिन्छ कर्मको गति ! ✍️आर्त अकुलीन … १, जीवन नफालौँ खेर। नर्कमय जिन्दगीलाई तिमी पबित्र बनाएर हेर । २, जिन्दगी खरानिको रास। सबैको प्यारो बन्नु भएसम्म एकमुठी सास। ✍️बेल थोकर तामाङ बकैया – ८, बस्तिपुर, मकवानपुर … १, होलीको बेला आउनु सबैसँगै मिलेर हेर खुसी हर्षले छाउनु । ✍️साहित्य प्रेमी सुशील धनगढी … १, शिशिरले ल्यायो घमाइलो गुराँस फुलेछ बनैमा कोइलीको भाका रमाइलो । ✍️बिबा तामाङ दार्जिलिङ … १, प्रगति देखेर जल्नेसँग सावधान रहनुपर्छ हामी पलपल रङ बदल्नेसँग ! २, हुन्छन् वरपर मान्छेहरू भाँजो हाल्ने सम्बन्धमा तिललाई पहाड बनाउनेहरू ! ३, हिँडेर कर्तव्यको पथमा अगाडि बढौँ निरन्तर चढेर उन्नतिको रथमा ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ … १, हेर्दा त सानी तर साँच्चै उभित्र अनन्त छ कहानी । ✍️योजना आचार्य … १, मिठो कुरा आयो मिल्ने मिलाउने दिन होली पर्व पायो। ✍️निमा छिरिङ भोटिया जलढका कालेबुङ … १, प्रभुको नाम बिर्सिएला ढिला किन हुनुछ प्रभु पथमा भेला । २, जीवन फूल खिल्दछ शरणागति भएमा हामीलाई प्रभु माया मिल्दछ । ३, जिन्दगी सङ्घर्षको मेला कदापि नहोऔँ सधैँ हामी प्रभुबाट हेला । ✍️कार्की डिबी माकुम सुनवल -४, नवलपरासी … १, रङहरूमा सद्भावको सन्देश पुग्न नसकेपछि मनमा थाप्छन् हरतरहले बन्देज । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, संसार झुक्छ मायामा आमाको काख तुल्य हिमालको सितल छायाँमा । ✍️विवश पारदर्शी झापा … १, छु पर्खेर बसेको हृदयमा माया बोकेर मुटुमा छु पसेको । २, मलाई तिमी मनपर्छ किन किन तिमीतिरै यो मुटु सर्छ । ३, आँखाले नै बोल बरु इसारा बुझूँला, मनको कुरा खोल । ✍️मनुहाङ किराँती सोलु … १, लात भोको पेटमा आऊ काममा भन्ने बात पहिलो भेटमा । ✍️नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । … १, आयो वसन्त बहार चिसोलाई पर सार्दै छायो जताततै पहार l २, गुराँस फुले पाखामा अनगिन्ती चरका गीत सुनिन्छ नौलो भाकामा l ३, स्वर्गसरि लाग्छ गाउँघर गुन्जयामान छन् वनपाखा जताततै हरेक पहर l ✍️बाबुराम गौतम गुल्मी … १, हिॅंडेको छ रोजेर कर्म गर्नुपर्छ है पाइॅंदैन कहीँ खोजेर । ✍️दीप गोले तामाङ रौतहट … १, अधर्मले हारेको छिन बाँड्छौँ सबैसँग खुसी सत्यले जितेको दिन । २, आफ्नोसँग होली खेलेर मनाउॅंछौँ संस्कृति हामीले, अरूलाई दुःख नदिएर । ३, आफ्नो संस्कृत बचाऔॅं तडकभडक नगरी खेलौँ , रङहरू मात्रै लगाऔॅं । ✍️सीमा कार्की समर्पण मेलचोक … १, जल्नेहरू जल्दै गरून् छिर्के लगाउने त, चाँडै नै मरून्। २, लेखान्त नै मान्नुपर्छ हाम्रो भेटलाई त, कुरा मिलेको ठान्नुपर्छ। ३, कतै देखेको हुनुपर्छ लाग्छ मलाई तस्तै मेरा शब्दले छुनुपर्छ। ✍️कला ढकाल झापा … १, समयको शक्ति ठुलो गर्नुपर्छ राम्रो सेवा नत्र पसिन्छ दुलो । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, हृदयमा फोटो फ्रेम तिम्रो मायाले राखेँ गर्छु तिमीलाई प्रेम । २, प्रयोग गर्छन् रेती आफू मोज गर्न गर्छन् भ्रमको खेती । ३, उर्लिन्छन् उल्फैको धनले कमाएको भन्ने कसरी हुन्छ थाहा विलासीपनले । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, मनायौँ रमाइलोसँग होली आर्कोसाल के थाहा नआउन सक्छ भोलि। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, मैले कसम खाएँ माया तिमी मेरो तिमीमा म पाएँ । २, फूल जस्तै फक्रनु जस्तो दुःखमा पनि समयलाई राम्ररी पक्रनु । ३, बेरोजगारीको छ प्रहर रोजगारीको समस्याले बढ्दैछ विदेश जानेको लहर । ✍️शशीश्री आचार्य बौद्ध कुमारीगाल, काठमाडौँ … १, छाउँछ खुसी हर्ष अर्को नाम जिन्दगीको पक्कै हो सङ्घर्ष । २, त्यागेर शङ्का भ्रम सफलताका लागि नै नियमित गरौँ श्रम । ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, स्वच्छ पवित्र भावना चाडपर्व आउँछ जान्छ सबैमा सुखद कामना । २, नरहून् कालामैला मनहरू ईश्वरीय शक्तिको सौरभ मीठासमै रहोस् वचनहरू । ३, कुरा कसैको नकाटौँ सद्भावना रहनुपर्छ सधैँ आपसमा कोही नफाटौँ । ✍️घनश्याम पन्त हरिवन, सर्लाही … १, खोक्रो नारामा नेपाल समृद्ध भनेर भक्ने नेताको छैन कपाल । २, पग्लियो हिमालको हिऊँ पर्यावरण बदलिएको कारण प्रकृतिको ठग्ने निउॅं । ३, लोकतान्त्रिक गणतन्त्रको शासन जनता महॅंगीको मारमा नेतालाई अधिक रासन। ✍️बिपी लामिछाने दमक, झापा … १, सम्झना ठुलो धन बाटौँला मायाको डोरी मिलाएर दुवै तनमन । ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, फुल्छ कति राम्रो लेकको वनमा लालीगुराँस राष्ट्रिय फूल हाम्रो । २, वसन्त ऋतुसँगै आउने हरियाली नयाँ पवन मनमा खुसी छाउने। ✍️साबित्री प्याकुरेल धादिङ … १, लेखेको भाग्य मेटिॅंदैन कोरेको भावीले निधारमा खोजेर नयाँ भेटिॅंदैन । २, अरूको आशा नगर दिन्छन् झुटो आश्वासन कहिल्यै नपर्नु भर । ✍️राधा चाम्लिङ खोटाङ … १, मौसम परिवर्तन हुँदै निलो आकाशमा परिणत बादलका धब्बा धुँदै। २, वसन्त ऋतु आएछ पलाउँदैछन् नयाँ पालुवा सुकेका पातपतिङ्गर झरेछ । ✍️शोभा आचार्य गौतम काठमाडौँ … १, रङ मुछिएका लोला, तराईको गर्मी यस्तो विकृति आएर होला। २, खुसियाली कति मिठो, साथ राम्रो सधैँ रमाई खाने सुधोपिठो। ✍️दुर्गा आचार्य मोरङ … १, शुभकामना यो होलीको सुन्न पाऊॅं यस्तै, तिम्रो मिठो बोलीको। २, दुई शब्द खर्च होलीको शुभकामना सबैमा दिनु सबैले पर्छ। ✍️कृष्ण शर्मा ‘प्रतीक’ मोदी – ७, पर्वत ( हाल: दुबई ) … १, होलीमा सबै रहॅंदै भाङ, धतुरो नखानू, कष्टमा बस्नुपर्ला सहॅंदै । ✍️रमा गुरुङ सालुगडा सिलीगुडी … १, होली रङहरूले छायो रमाउँदै सबै देशमा चरीले गित गायो ! २, लाउँदै पर्वहरूले बाटो सबै विदेशमा हामी बाँजो घरको पाटो ! ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, भोग्नेलाई हुन्छ थाहा दुःख सहर, गाउँको दुवैको मिश्रणमा आहा ! २, उदाउँछ भोलि गर्व नौलो बिहानी लिएर रमाउँदै रङको पर्व । ✍️शान्ति भुजेल … १, पर्दा जिन्दगीमा रात कसको विश्वास गर्नु ? आफ्नाहरूले गरेपछि घात । २, आँसुलाई पर्छ थुन्न फुर्सद छैन कसैलाई मनको पीडा सुन्न । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत … १, दलेर एकअर्कामा रङ्ग होलीको पर्व मनाइयो सद्भाव नगरीकन भङ्ग। २, खोलेर मनको झोली संस्कार संस्कृति अनुसारको मनाइयो सबैले होली। ✍️अरुण कुमार भुजेल दार्जिलिङ, भारत … १, कति बोल्दछौ झुटो अखण्डित भन्छौ तिमी देख्दछु तमाम ठुटो । २, नमानेर बस्दा धक श्रृङ्गार नगरीकन पनि रूप देख्छ चमक । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे … १, किसानले जोत्ने हलो गणतन्त्र आयो देशमा गरायो मुखियालाई भलो। २, किसानको काँधमा कोदालो खेतबारीमा उम्रीए बनमारा गरीबको घरमा भुइँचालो। ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, किसानको हातमा कोदाली व्यवस्था परिवर्तनले फेरिएन गर्ने उकाली ओराली। २, लाग्यो डाँडामा जुन तल्लाघरे शाहिलालाई मैले व्यर्थै लगाएछु गुन। ३, स्वर्गझैँ लाग्छ गाउँघर त्यहाँको वातावरण जस्तो भेटिॅंदैन कुनै सहर। ✍️अर्जुन प्रसाद चौलागाई रामेछाप:-सुनापति-१ ( हाल:-अमेरिका,बोस्टन ) … १, जीवनको अनिश्चित मोड बाँच्नुको छैन ठेकान पैसा कमाउने होड । २, चित्र छ विचित्र मान्छे पनि उदेकको कालो सेतो मनभित्र । ३, सत्य सत्य बोल्छु पारदर्शी मन मेरो पोल सबै खोल्छु । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ … १, फुल्यो फूल गमलामा सुगन्ध छरेर वरिपरि भवरा आए हमलामा । २, किन गर्छौ रिसराग भोक मेटाउन आज अघाएर फेरी भाग।। ✍️चन्द्रिका रिमाल न्यौपाने … १, प्रेममा परेपछि मान्छेहरू पागल जस्तो हुन्छन् त्याग्छन् बाआमा बरु । २, स्वार्थी छन् मान्छेहरू आफ्नो फाइदा हेर्छन् लडाइ दिन्छन् अरू । ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’ कनकाई – ४, झापा … १, मनमा छैन शान्ति , वसन्त ऋतुको बहारमा, देखिन्न मुहारमा कान्ति। २, उज्यालो भयो वन गुँरास फुलेर पहाडमा, प्रकृतिको हाँसेको मन । ३, प्रकृति जस्तै हामी, निरन्तर चल्नसके त बनिन्थ्यो तब स्वामी। ✍️मनोहरी पौडेल गैडाकोट – १ … १, चिसो मौसम रोकियो चैत मासको हावा बार्दलीमा टक्क ठोकियो । २, बर्सात हुनै सकेन पालुवा ओइलियो खडेरीले परिश्रमको केही लागेन । ✍️जानुका बास्कोटा काठमाडौँ … १, बुझेर पर्वहरूको अर्थ पालन गरौँ संस्कृति तामझाम नगरौँ व्यर्थ! २, खेलौँ मिलीजुली होली ईर्ष्या, द्वेष भुलेर गुनासोहरूको गाँठो खोली! ३, बोलिराखौँ मिठो बोली घोली मुखमा मिठास हुन्छौँ हुँदैनौँ भोलि । ✍️ज्योतिका छेत्री सिलगडी, भारत … १, जुलुस र होली छक्क छन् नेता कसरी देखिन्छौँ भोलि ? २, मजै आएन होलीको सम्झेर राजाको जुलुस कस्तो होला भोलिको ? ३, आफ्नै हो गल्ती याद आएन जनताको हेरियो आफ्नै खल्ती ? ✍️शम्भु गजुरेल सिन्धुली … १, नगर अर्कोलाई गाली कमजोरी पत्ता लगाइ बजाउँलान् शत्रुले ताली। २, सुकाई व्यर्थमा घोक्रो देख्दादेख्दै सुन्दर देश बनायौ साह्रै खोक्रो । ३, गर्नुपर्छ बेलामा होस समयलाई चिन्न नसके खेप्नुपर्ला जनताको रोष । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक २ बालकोट, भक्तपुर ) … १, ऋतुराज वसन्त आयो चारैतिर हरियाली बनाई मनमोहक दृश्य छायो । ✍️कोपिला अधिकारी गोरखा … १, हुन्छ सधैँ हार गयो कोसिस खेर सकिन लगाउन पार ✍️नन्दा धामी नौगाड, दार्चुला … १, समयले कोल्टे फेर्यो जलवायु परिवर्तन हुँदै प्रदूषणले संसारलाई घेर्यो । २, देखिने ध्रुवतारा जस्तै सबैलाई सुमार्ग डोऱ्याउने प्रकाश छर्नु प्रशस्तै। ✍️देव स्याङ्देन कालेबुङ … १, उसलाई कससैले तपाईॅं बनाओस् कि नबनओस् बनिदिन्छ आफैँ मपाइँ। २, बेग्लाबेग्लै मान्छेका ओठ छ कति पीडादायी ? सहनु परेको चोट। ✍️सतीश सिकारु तनहूँ … १, गुण लायौ अनेक कसरी बिसौँ मैले गुमाएर आफ्नो विवेक। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, वैज्ञानिक गर्देछन् प्रयास पृथ्वीमा आउनेछ सुनीता सबैलाई छ विश्वास । ✍️संगमानंद पत्रकार चूरु-राजस्थान, भारत … १, नजरको दृष्टिकोण फेर्नू, अरूलाई भन्नुभन्दा पहिला आफूलाई ऎनामा हेर्नू । २, सम्बन्धमा छुरा खोपिन्छ छल्ने, लुकाउने गरेमा शङ्खाको बीउ रोपिन्छ। ✍️रुना कर्माचार्य दाहाल चितवन … १, सुन्दर देश नेपाल भिजनबिनाको छ नेतृत्व बनाए साहै बेहाल । २, जीवन एक सङ्घर्ष पौरखी पाखुरा बजारे जीवनमा सदैव हर्ष। ३, कहाँकी हौ परी ? मदहोस हुन्छु म नहेर बिन्ती त्यसरी । ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, आर्यघाट जलाइएको लास उफ्रिॅंदै चाहियो भन्छन् गनतन्त्रमा कस्तो बकवास ? २, उहिले गएको मलामी ब्युँतिने स्वप्न देख्दै अहिले खोज्छन् सलामी । ✍️राज बहादुर बडुवाल कनकासुम्दरी-५, जुम्ला … १, सोचेको आउँदैन दिन त्यसैले अब छोडिसके अनेकथरी पिर लिन। २, आशाको दियो बाल्न आफैँ परिश्रम गरेर पर्छ कदम चाल्न। ३, स्वार्थी भावना तोडौँ उन्नति, प्रगतिको बाटोतिर अब पाइला मोडौँ । ✍️ललिता गिरी सिन्धुली … १, जोस जागर उर्जा सहने शक्ति मिलिरहोस्, क्षमता नै पुर्जा । ✍️श्रीकृष्ण धामी बझाङ … १, विभिन्न रङ घोली पर्वमा गरौँ रमाइलो आपसमा मिलाइ लोली । २, अबिर अनि रङ्ग रमाएको देख्दा हामी पराया होऊन् दङ्ग । ३, मनमा उमङ्ग छायो नयाँ पालुवा लिएर वसन्त ऋतु आयो । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, सधैँ खुसी भएर जिउने हामी सबै पीडा भुल्दै गएर। ✍️सानु जोशी सुदुरपश्चिम, दार्चुला ::::::::जय झिल्का साहित्य ! ::::::::
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको २०० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- २०० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
[१] उदक चोटिलो कविता साहित्य क्षेत्रको सविता !
वसन्त अनुभव [२] उदक लेखेर हेराैँ बिगारेर केही नकेराैँ !
रबि पाैडेल दक्षिण भारत, पाण्डेचरी [३] मनमा नपारी द्विविधा यथार्थ लेखौं कविता !
साप्ताहिक झिल्का लेखन अभ्यासको ५९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, प्यारभन्दा प्यार प्यार चलन बढ्यो यहाँ, मानौँ, तिनै उपहार । २, सम्मानमा चड्कन हान्यो तिम्रो मूल्याङ्कन ठिक, यात्राको दूरता धान्यो । ३, पाखुरी चलाऊ, भरमौदुर प्रविधिको सदुपयोग गर्दै, गन्तव्य नजिकिन्छ पुरापुर । ✍️म्यामराज राई भोजपुर … १, धेरै अल्छी नहुनू सफलता प्राप्त गर्न उडी आकाश छुनु ! २, फेल भइन्छ बारबार उठ्नुपर्छ लडे पनि मान्नुहुन्न कदापि हार ! ३, धनको तराजुले नाप्ने स्वार्थी दुनियाँले गर्दछ बलेको आगो ताप्ने ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही … १, मायामा नाटक गर्ने निःस्वार्थ मन भएका हुन् अकालमै मर्ने। २, पाखुरी बजार्न सिक बढ्छ मान मर्यादा त्यसैमा हुन्छ ठीक । ३, प्रतिष्ठाको कदर गर सम्मानित हुन आफैँमा पर्दैन कसैको भर । ✍️ललिता गिरी सिन्धुली … १, आँटे हुन्छ काम काम गर्न नसक्दा त्यसै हुन्छ बदनाम । ✍️ ताराप्रसाद चापागाईँ … १, मायाले पुग्दैन खाना गर्ने आफ्नै पाखुरी जिन्दगीको यस्तै पाना २, अदृश्य माया कस्तो ? नगरी बसौँ चुलबुली जिन्दगी हुन्छ सस्तो। ✍️बिबा तामाङ दार्जिलिङ … १, ताराझैँ मन चम्किन्छ गन्तव्य चुम्नका लागि लमकलमक गर्दै लम्किन्छ। २, बसौँला दिन गनेर आउँछ्यौ कि तिमी ! शीतल पाइला बनेर। ३, जसले इज्जत दिन्छ सच्चा ठहरिन्छ त्यही जसले समाज बदलिन्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ ) … १, हार कहिल्यै नखाऊ अघि बढ्न सिक नजान्ने ठाउँ नजाऊ! २, मायाले संसार चल्दैन चिन्ने गर दुनियाँ आगो नफुकी बल्दैन। ३, कर्मको फल पाइन्छ अब डोर्याएसम्म भाग्यले अगाडि बढ्दै हिॅंडिन्छ। ✍️ वेदु न्यौपाने … १, संसारको यही रित मेहनत गर्छ जसले हुन्छ उसकै जित। ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, मैदानमा झर्ने हिम्मत हुन्छ मानिसमा भए अजय विजय शतप्रतिशत। ✍️सुरेशकुमार पाण्डे … १, गरौँ कर्ममा रमाउने फलको आस नगरी सत्मार्ग सदैव समाउने । २, सत्यको जित हुन्छ न्याय जीवित भए खुट्टा कसले धुन्छ । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला … १, झिल्का काव्यशाला आयो निरन्तर साहित्यको खेतीमा मनमा खुसियाली छायो । ✍️श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर … १, म भुइँको धुलो , मै धुलो हुनाले तिमी बन्यौ ठुलो । २, ठुलो या सानो दुवैको हुन्छ काम पाथी या मानो । ३, जुन स्थायी हुँदैन त्यतै तानिन्छ मान्छे भनेको कुराले छुँदैन । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, भरसक नपरोस् छुट्नु हिॅंड्दै गरेको पाइला हुँदैन कहिले टुट्नु। २, सॅंगसँगै जीवन कटाउॅंला दु:ख पीडा अभाव मिलेर नै घटाउॅंला । ३, उकाली ओराली गर्दै हिॅंड्न रमाइलो हुन्छ चौतारीमा सुस्केरा छर्दै । ✍️कला ढकाल झापा … १, छोडेर नराम्रो बानी असल काम गरेर बन्नु छ स्वाभिमानी । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत … १, अरूलाई कहिल्यै नरुवाउनु आफूलाई जस्तै सबैलाई महॅंगो आँसु नचुहाउनु। २, चिसोले कठ्याङ्ग्रियो हात जाडो हरायो भनेको मौसमले गर्यो घात। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाडौँ … १, समय बित्यो सोचेर तितो पलको यादले दुखाउँछ काँडाझैँ घोचेर । २, आफ्नो पराई चिनायो कठिन परिस्थिति आएपछि वारपारको निसाफ छिनायो । ३, कमजोर मनस्थितिले हारिन्छ आफैसँग गर्न मुकाबिला हरेक अवसरलाई सारिन्छ। ✍️ पुष्पा राई बादेल, खोटाङ … १, युवाहरू छ भागिरहेको सुनको कचौरो बोकेर नेताहरू आज मागिरहेको । ✍️दीप गोले तामाङ रौतहट … १, पूर्वाग्रहको बनायौ दुलो काममा योजनाविहीन छ कसरी मान्नु ठुलो ? ✍️प्रेम थापा “मन” बागलुङ … १, देशको अवस्था देखेर आधुनिकताको नाममा विकृति चेतना खै पढेर। २, अनुदानले चलाउॅंछ देश देशभित्रको आय भ्रष्टाचारमा नेपालमा यस्तो परिवेश। ✍️एवाइ प्रभात खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा … १, मन राम्रो खुलेको नराम्रो व्यर्थ चिन्तामा नित्य प्रभु भुलेको। २, बचौँ इर्ष्या फालेर नराखौँ कसैले यहाँ घमण्डको डङ्गुर पालेर । ३, नराम्रो मान्छे फुलेको पवित्र मन यहाँ गङ्गामा सधैँ धुलेको । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, काममा बाधा भयो सोचेको कति भएन अधुरै रहेर गयो । ✍️कमला देवकोटा पाल्पा … १, रोजी सही बाटो हिॅंड्नुपर्छ सधैँ हामीले मिल्नेछ सफलताको पाटो। २, नगरे कसैलाई छल मेहनत गरेमा सधैँ मिल्छ मिठो फल। ३, मरिन्छ भन्ने डर यहाँ कोही कसैको पर्नु हुन्न भर। ✍️अनिता भण्डारी ताप्लेजुङ … १, परिश्रमीलाई पारिन्छ तल सोचेर बस्छ ठगाहा बिनाकाम हरेक पल । २, खरानी अथवा धुलो जीवन यो जगत्मा प्रेम रहेछ ठुलो । ३, मान्छेले गरिरहन्छ खती प्रकृति थपेर दिन्छिन् मासेर गर्छ प्रगति । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, छ अरू कुन बा आमा भनेका जिउँदा देवता हुन | २, वृद्धाश्रममा नछोड लगेर आशीर्वाद मिल्नेछ सदा सेवा जाँदैन खेर | ✍️सरिता सेढाई धादिङ … १, मनमा अनेक तरङ्ग, पृथ्वीको गतिले होला, जीवन पार्छ भरङ्ग। २, कहिले बाढी पहिरो, कहिले भूकम्प आउँछ, पार्छ चोट गहिरो । ३, भौतिक संरचना महङ्गा, नबनाउनु पसिना पोखी, हुन्छ हृदय चङ्गा । ✍️मनोहरी पौडेल गैडाकोट – १ … १, सभ्य प्राणी मानव किन तिमी आजभोलि ? बन्दै गयौ दानव। २, सत्य नसुन्ने कस्तो मान्छेको दुई कान बन्यो च्याउ जस्तो । ✍️बिके मुखिया, वाङदे दार्जिलिङ, भारत … १, छोडेर जान्छ समय अवसर पर्खेर नबस्ने पुगिन्छ बगाउॅंदै भय । ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, हृदयमा सजाऔॅं झिल्कालाई मिठा भावना भरेर सुन्दर दिव्य बनाई। २, मिलेर कविता लेखौँ पवित्र माया जोडी अरूलाई आफ्नै देखौँ। ✍️कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार, स्याङ्जा … १, शिवरात्रिमा मन्दिर जाऊ ईश्वरको दर्शन गरेर , शुद्ध खाना खाऊ । २, बेलपत्र ईश्वरलाई चढाऔॅं राम्रो हुन्छ तिमीलाई , भस्मको टीका लगाऔॅं । ३, शिवरात्रिमा मन्दिर धाई इश्वरलाई खुसी पारौँ , गाजा धतुरो चढाई । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, कुरा अरूको सुन्नु निर्णय गर्नु पर्दा आफ्नै मनले गुन्नु । २, स्वार्थी लम्पट देखिने असुर हुन् अजिङ्गर भ्रष्ट्र नाम लेखिने । ✍️विवश पारदर्शी झापा … १, प्रदूषणमा नाम लेखायौ छेपारालेझैँ रङ्ग फेरेर आफ्नो चरित्र देखायौ ! ✍️आर्त अकुलीन … १, शत्रुलाई मित्र ठान्नुपर्छ विष होइन अमृत सबैतिर छर्न जान्नुपर्छ। २, लगिॅंदैन केही मरेर सबका सहयोगी बन्नु असल कर्म गरेर। ३, फलेको हाँगो नुहिन्छ नचढ घमन्डको धुरी विनाशको खाल्डोमा पुगिन्छ। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, समय छ बलवान् समयमै गरौँ फत्ते हात आफ्नै महान् । २, उमेरमै पाखुरी चलाऊ बुढेसकालमा सकिन्न गर्न समयमै अघि बढाऊ। ३, दूर छ फल टिप्न थालौँ समयमै गरेर हुन्न अलमल। ✍️अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका, बोस्टन … १, आएछ कस्तो याम रहेन विश्वास कसैमाथि पलपलमा हुन्छ बेइमान । ✍️विष्णु पंगेनी पाण्डे वालिङ, स्याङ्जा … १, शुभ बिहानीको प्रभात उज्ज्वल भविष्यको कामना सङ्घर्षको रहोस् बात । २, आँशुले माग्दैन नासो जति दुःखी होस्, बचत गरेर हाँसो । ३, कोरेर एउटा पत्र प्रेमको नाउँमा तिमिलाई देख्छु सपनीमा यत्रतत्र । ✍️किराती हाङ तिम्रो ( बिसु हाङ राई ) विराटनगर … १, सत्यको बाटो तगारो झुट बोल्ने बानीले जीवन बन्छ अँध्यारो। २, सम्बन्ध सुमधुर बनाउनु, काँधमा काँध मिलाई सहयात्री बनी रमाउनु। ✍️देव स्याङ्देन कालेबुङ … १, ठण्डी मौसम हराउॅंदैछ वातावरण हुँदैछ न्यानो आकाश खुलेर रमाउॅंदैछ। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, सङ्कटमा काँध हालेको सजिलोसँग भुल्दा रहेछन् चिसो चुल्हो बालेको । २, अरूलाई खराब सोच्ने तिम्रो बानी रहेछ सत्य नबुझी कोच्ने । ३, रहेन सम्बन्ध हाम्रो मतलब छैन मलाई जतिसुकै बने चाम्रो । ✍️पृथक प्रकृति झापा … १, मन मिले चमत्कार प्राण नै सुम्पिन्छन् खटपट भए बलात्कार । ✍️खुनराज कोइराला सिद्धलेक-३, धादिङ … १, कस्तो रहेछ गाँठो बेसी नबोल है भन्ला सबले बाठो। ✍️निमा छिरिङ भोटिया जलढका, कालेबुङ … १, सङ्गीतले कसलाई छुन्न? झ्याउरेभन्दा पनि मिठो अरू भाका हुन्न। २, सिकारुका हुन् सिर्जना जानी नजानी कोर्दैछु मेट्न मनको तिर्सना । ३, जात धर्म भनेर लड्दैछन् हेर दाजुभाइ गोटी अर्कैको बनेर । ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, आगो लागे हुरुरु आफ्नो अर्का नभनी कुदेर जाउँ खुरुरु। ✍️ज्योतिका क्षेत्री सिलगडी, भारत … १, नहुँदोरहेछ मात्र कुराले, व्यवहारमा उतार्नको लागि काट्नुपर्छ जाली छुराले। ✍️लोक वहादुर छेत्री लामिछाने मोदी – २, देउपुर, पर्वत … १, हेर साथमा गएर सबै हराउने मायामा जातपातमा त्रास भएर । २, जन्म आमाको कोखमा आकाश यो धर्ती नगर हेला स्वदेशमा । ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’ मादी – ५, सङ्खुवासभा ( हाल धरान ८ सुनसरी ) … १, पकाऊ सब्जी छिटोछिटो, नुनखुर्सानी, बेसार हाल , खाउँ बनाई मिठैमिठो । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट – ७, नवलपुर … १, फरक देखियो चाल हिजोआज उसको हिॅंडाइको आफन्तीमा गरिने सवाल । २, आकाश र धरती माया लाग्छ उस्तै उही दया चरीप्रति । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका – ६, अछाम … १, भ्रष्टहरूले देश लुटे जनता ऋणको बोझमा दीनदु:खी मज्जाले भुटे । २, गरीब देश हैन नेताले सुशासन नदिॅंदा जनताले पाएनन् चैन । ३, पिण्ड खानेहरूको शासन खोक्रा नारामा देखिएन जनता बचाउने रासन। ✍️बिपी लामिछाने दमक, झापा … १, सूर्यले किरण छर्यो अन्धकार भाग्यो पर आलस्य भुइँमा झर्यो । २, नयनको गहिराइमा लुकेको सपना बनेर आउँदा शिर छैन झुकेको । ३, बाधा आयो अगाडि फाइदा उठाउन लाग्छन् आफन्त नै पछाडि । ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, स्वार्थले मात्र देख्यो आफ्नो अनि पराई खोटो भविष्य लेख्यो । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, देखेर काम गरौँ छ सबै अधुरो समाजमा सन्देश भरौँ । २, देश बिग्रॅंदै गयो भष्ट्राचार र गरिबीले राज्य दलाली भयो । ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, बसे लेउ लाग्छ आराम नगर्नू, धेरै श्रमले भाग्य जाग्छ। २, कसैको भर नपर्नु आफैँलाई विश्वास गरी सधैँ अगाडि सर्नु। ✍️अरुण कुमार भुजेल दार्जिलिङ, भारत … १, आफैँ जस्तो सोचेर मिथ्या नबोल्नु कतै नभन्नु कसैलाई घोचेर । २, विकासको नाममा विनाश छैन अपराधीलाई कारबाही प्रजातन्त्रको नगरौँ आस । ३, अतिक्रमणले सीमा नाघेर अस्तित्व बचाउन अब खोस्नुपर्छ हुँदैन मागेर । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, वासन्ती हावा भुरूरू पटझर याम मेटाउॅंदै गुराँस फुल्छ खुरूरू। २, रमाउन्दै गाउॅंछन् वनचरी वसन्ती हावा चुमेर छम्छमी नाच्छन् मनपरी। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, हिमाल पहाड तराई राख्नु भाइचाराको सम्बन्ध यसैमा सबैको भलाइ । २, सपना छन् हजार जिन्दगीको छैन भरोसा सफरमा मरुभूमि बगर । ✍️सुरेश विश्वकर्मा डोटी … १, रोगले च्याप्यो अति हरेस खाएको छैन भएपनि कछुवाको गति। २, कसैको दाँजोमा नलागौँला तर रोकिने छैन कलम समाउने औँला। ३, भमरा लोभ्याउने फूल बन्न नसके पनि डुल्छन् पुतलीका हुल। ✍️कोपिला अधिकारी गोरखा … १, बनेर पुनीत बेलपत्र छरिन चाहन्छु भोला तिम्रो पाउको यत्रतत्र l २, गरेर सोमबारे उपासना तिम्रो आलयमा गएर निरन्तर गर्छु आराधना l ३, प्रणाम गर्दछु बारबार अप्ठ्यारो परिस्थितिमा गर्नुहोला झर्को नमानी उद्धार l ✍️बाबुराम गौतम गुल्मी … १, रात छिप्पिएपछिको बात एकान्तको फाइदा उठाउन दिएर गयो आघात। २, कतिपय जालसाजहरूले लुटेर लग्यो सम्पूर्ण कमाएको मृत्युको धम्कीले धुतेर । ३, देखाउॅंछन् लालचको कुरा मन दौडिन्छ उतैतिर चलाउँछ भित्री छुरा । ✍️दिल ठकुरी दार्जिलिङ … १, समय कति बलवान् महोदय ! पर्खॅंदैन कसैलाई समाजमा देखाऊ महान् । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई – ४, झापा … १, यो धर्ती कर्मथलो इमानदारसँग गरौँ सेवा हुन्छ सबैको भलो। २, बुझेर त्यो मर्म सबै एकजुट भएर गरौँ असल कर्म। ३, बदली हाम्रो फेस जुटेर परिश्रम गरौँ बन्छ आफ्नै देश । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६, सङ्खुवासभा … १, लक्ष्मीले दुःख भेटिए वैदेशिक रोजगारले गर्दा मनका अशान्ति मेटिए । २, मातृस्नेहले घर मन्दिर गुरुसँगको साहित्य सिर्जनाले जीवन नहुने जन्जिर । ३, लोकगीत नेपालीको चिनारी आफ्नै संस्कृति पर्वमा रमाउँदा हुन्न अँध्यारी । ✍️भगवती दवाडी झापा … १, अभावले गाँजेर आउने बढ्ने कसरी अगाडि , सम्झॅंदा दु:ख लाउने । २, यता हावापानी आएर बिगार्न लाग्यो बाली मानका दु:ख लाएर । ✍️दुर्गा आचार्य मोरङ … १, घमण्ड नगर धनको खरानी हुन सक्छ बन असल मनको । २, झुटो वचन टिक्दैन बाँचिरहन्छ सत्य जहाँ इमान्दार रुपैयाँमा बिक्दैन । ✍️राधा चाम्लिङ खोटाङ … १, अरूको गल्ती देख्नेले लुकाए आफ्ना पार्टीको सच्चिएका भनी लेख्नेले । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, हाम्रो अनन्त यादगार खुट्टा छुनुहोस् बुजुर्गका गरेर सादर नमस्कार । ✍️संगमानंद पत्रकार चूरु, राजस्थान, भारत … १, सुध्रेन बानी कचरो मूर्खले शासन चलाए देश भयो अभमरो । २, तितेकरेलो हुन्छ गुणकारी ओखती गुणले भरिपूर्ण भ्रष्टाचारी देशलाई भारी। ३, फर्सी देख्दा राम्रो खोक्रो आदर्श जस्तै शासन व्यवस्था हाम्रो। ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, नदेउ ओठे जबाफ विवेक बन्धक भए देखिन्छ केवल रबाफ । २, बाँचौँ भई स्वाभिमान कमाउन इज्जत प्रतिष्ठा त्यागौँ सर्वत्र अभिमान । ३, परोपकार पवित्र कर्म निष्काम सेवा गर्नु हो मानव धर्म । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ) … १, बचाऔँ हाम्रो धरा रोपेर बिरुवा वरपर सबैतिर बनाऔँ हराभरा । २, सफासुग्घर छैन कतै वातावरण प्रदूषित हुन्छ फालेपछि फोहोर जताततै । ३, अचम्म देख्नु परेको सहयोग गर्दा मान्छे सम्झिन्छ चाकरी गरेको । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, नरुवाऊ है आमालाई मेहनत गरी देखाऊ खुसी मिल्छ मामालाई। २, आमाको वचन नकाट बुझेर पाइला चाल्नु दिएको चिनो नसाट। ३, फुटेको भाँडा नचलाउनु फेरि टुक्रेला नि मन कसैको नगलाउनु। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर ::::::::जय झिल्का साहित्य ! ::::::::::
वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत केही जुझारू युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ स्थापना दिवस एक भव्य समारोह बिच काठमाण्डौमा मनाएको छ !
कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्य, साहित्यकार हरिभक्त सिग्देल/हातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रस्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो !
कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजिवन सदस्यता सहित सम्मान पत्र प्रदान गरिएको थियो !
हिजो चैत्र २ गते शनिबार आयोजित सो कार्यक्रमलाई सम्मानित व्यक्तित्व, विशेष अतिथि, प्रमुख अतिथि लगायतले सम्बोधन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने विशेष अतिथिद्वय हरिभक्त सिग्देल र मिना श्रेष्ठले संस्थाले स्थापना गरेको अक्षयकोषका लागि पाँच-पाँच हजार रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो !
स्मरण रहोस्, संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरको पहलमा शुरु भएको दस लाख रूपैयाँको ‘सगरमाथा अक्षयकोष’ ले त्यसपछिका अध्यक्ष अजित उत्सवका समयमा निरन्तरता प्राप्त गर्दै वर्तमान अध्यक्ष समर चेम्जोङ आभासको कार्यकालमा मूर्त रूप लिएको हो ! यस वर्ष दुई जना स्रस्टालाई प्रथम पटक प्रदान गरिएको ‘सगरमाथा वर्ष पुरस्कार’ आगामी वर्षदेखि रकम बढाएर एक जना स्रस्टालाई मात्रै प्रदान गर्ने योजनामा संस्था रहेको जानकारी कार्यक्रमको सभापतित्व गरेका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले दिएका छन् !
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाकी उपाध्यक्ष भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका नेपाल शाखा ईञ्चार्ज अमन एकलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल शाखाकी सदस्य सुशीला शर्मा तथा रूपा थापाले अतिथिहरूलाई खादा र मालाले स्वागत गरेका थिए !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~~~~~<•>~~~~~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
१// रङ भनी फोहोर छ्याप्दै आउनोस् खेलौँ होली आज त ! मस्ती नगरिहुन्न चाहे जे होस् भोलि । ✍️ वसन्त अनुभव घोराही, दाङ २// मस्तिमा चल्छ जीवन फाेहाेरी खेल खेलेर चाेख्याउने शक्ति हुँदा बढ्छन् कानुन पेलेर । ✍️ ताराप्रसाद चापागाईँ ३// आज रमाऔँ रङ्ग दलेर हाेली चिन्ता नलिऔँ जे पर्ला पर्ला भाेलि । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। ४// मनमस्तिष्क गर होलीको रङ्ग खेलेर जिन्दगी धान्नु छ सुखदु:ख सबै झेलेर । ✍️ बिबा तामाङ दार्जिलिङ ५// रङ्ग छर्नुस् है मजाले याे हाे पर्व हाेली फरक केही पर्दैन जति भिजाेस् चाेली। ✍️ नवराज भट्ट कञ्चनपुर ६// कानुन विपरीत भए भन्दिउँला होली आझै गरौँ मोजमस्ति कुर्नु पर्दैन भोलि । ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 ७// भोलिको परवाह नगरी गर्दा मस्ती रमाइलो त्यही रमाइलो पछि गएर हुनसक्छ बाइलो । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। ८// जम्मा भई साथीभाइ गर्ने हो आज मस्ति रमाउन पाइएको छैन है हिजो अस्ती । ✍️ सरिता सेढाई धादिङ ९// होलीको निहुँ खेल्ने घोटुवा पिई रङ फालेर मस्ती गर्ने मौका मिल्दैन भोलि ढुकुटी छानेर । ✍️ इन्दु श्रेष्ठ, चितवन १०// होली भन्दैमा फोहरी रङ छ्याप्दा, आफ्नै बेइज्जत होला राजनीतिमा चतुरो तिमी, छिनमा मासा छिनमा तोला । ✍️ राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ११// पुर्खादेखि नै आएको पर्व होली चलेर इच्छाको हो, हुन्न जबर्जस्ती रङ दलेर । ✍️ शंकर कार्की, मकवानपुर १२// छरेर खुसीको रङ्ग मानिस भएका दङ्ग ! ✍️ आर्त अकुलीन १३// फाेहाेर रङ मिसाएर हान्छौ अबिर लाेला आपसमा झगडा गर्दा बेइज्जत पाे हाेला । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । १४// हाेलीमा रङ्ग र फाेहर सबै खेल्ने गर्छन् माैकापरस्तबाट निर्धा पेलाइमा पर्छन् । ✍️ प्रमोद नेपाल वीरगञ्ज । हालः काठमाडौँ -५ १५// होलीसँगै नफेरियोस् जीवनको रङ्ग सधैँ बनी बस्नुपर्छ हामी एकै अङ्ग । ✍️ विष्णु पंगेनी (पाण्डे ) वालिङ् -स्याङ्जा १६// हाम्रो धर्म संस्कृति भन्दै सबले गर्थे गर्व यस्ताले गर्दा हो बनेको यो विकृतिको पर्व । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत १७// कुनै रङ्ग छैन हातमा खेलिन होली मैले उमेरले होला सायद बिरक्त लाग्छ ऐले । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ १८// आलिसान महलमा मस्ती गर्दै छलकपटमा नखेलौँ होली मानव जीवन यो बुझ्ने गरौँ बाच्नुपर्छ है हामी सबैले भोलि । ✍️ वेदु न्यौपाने १९// होली रङ्गको सनातनी पर्व सत्यको जीतमा नै मानौँ गर्व । ✍️ कार्की डिबी माकुम २०// अब के नै बाँकी रह्यो र यी रङ्गिन बनिसके छिमेकीले पनि चरित्रहिन नेता भनिसके । ✍️ कोपिला समिक्षा खार्पा खोटाङ २१// कृष्णजीको उपहार होली मानेर नगरौँ फोहोर आदरणीय लाग्दछ आज पनि, हुनुहुन्थ्यो पोहोर । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ २२// अचेल हेर कस्तो विकृत भैदियो होली होली खेल्ने निहुँ पारी झगडा गर्छन् टोली । ✍️ बेल थोकर तामाङ बकैया , ८ / बस्तिपुर // मकवानपुर २३// रङ्गमा बेरङ्ग कसैले नि नभरौँ संस्कृति संस्कारमा विकृति नछरौँ । ✍️ कला ढकाल, झापा २४// जताततै होलीको, रङ्ग खेल्ने टोली के देख्छन् के सुन्छन् ठेगान छैन बोली । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । २५// कसलाई थाहा सुन्दर रङ्गमा कस्तो पानी घोलेँ काम जे गरे पनि जनताका मनकै कुरा बोलेँ । ✍️ पुष्पा राई, खाेटाङ २६// रमाइलोको नाम गर्दै नहान्नु कसैलाई लोला जबर्जस्ती रङ्ग दलेमा कानुनको फन्दामा होला । ✍️ रुना कर्माचार्य दाहाल चितवन २७// रङको पर्व सद्भाव बाँडेर मनाइने होली रूप बदलेर कुरूप नै पो भयो आजभोलि । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला २८// फोहोर हान्यौ रङ्ग दल्यौ मस्तसँग खेल्यौ गठबन्धन ठूलो दल पेल्नसम्म पेल्यौ । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा २९// यो होली पर्व सबैको दिलमा भरौँ मायाको परिभाषा सबैलाई छरौँ । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ ३०// नेपालीहरूलाई विषाक्त शब्द घाेली धाेका दिन्छन् नेता आजभाेलि राजनीति गर्नेहरू राष्ट्रिय धनकाे जनता खेल्छन् रङ्गको हाेली । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । ३१// अश्लीलता झन् बढ्दै गएको देखिन्छ आजभोलि रङ्गहीन बन्दै गयो रङ्गहरूको पर्व होली । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। ३२// स्वेच्छापूर्वक विभिन्न रङ रेलेर तनाव कम गरियो होली खेलेर l ✍️ बाबुराम गौतम, गुल्मी ३३// दिल खोली खेलौँ होली, मरिलानु के नै छ र भोलि ? प्रेमको भिख मागी फैलाउँ झोली भिजे भिजोस् चोली । ✍️ विवश पारदर्शी झापा ३४// मनै फुरुङ्ग भएर खेलौँ हामी होली साथीसँग आजै भेटौँ खै के हुन्छ भोलि ? ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ३५// यो मनले आफ्नोपन र मायाको पो हो नि सधैँ खोजी गरेको चाहिँदैन कोही देखावटी मुस्कान र मनमा स्वार्थ भरेको । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ३६// होली खेली आज देश बनाए पछाडि जनतालाई मारी बने आफू अगाडि । ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ ३७// नेपाली संस्कृतिलाई जोगाउँदै खेलौँला होली कतिबेला कसलाई के हुन्छ थाहा छैन भोलि । ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ३८// अचम्मै छ मान्छेको मन जहाँ पनि घुम्ने भोलिको भर हुन्न हजुर, आजै हो झुम्ने । ✍️ दीपा गुरुङ समभाव दुबेकोल खोटाङ ३९// यो हाम्रो जिन्दगी त आज हो कि भोलि वर्षदिनमा आउने पर्व हो होली ! ✍️ दीप गोले तामाङ – रौतहट ४०// बाहिर बाहिर एउटा कुरा भित्रबाट हान्ने रहेछ छुरा । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ४१// नेपालीहरूको संस्कार संस्कृति रीतिरिवाज राम्रो मानिस बहकिँदै भावना बिग्रिएको छ आज हाम्रो । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ४२// गयो होली यसपालिको रङ्गमा रमेर अर्को साल फेरि आउँला रङ्गमै जमेर । ✍️ ध्रुव श्रेष्ठ खोटाङ ४३// भोलिको यहाँ छैन है राम्रोसँग टुङ्गो अगुवा नै त्यस्तै हुन् कि हामी लाटोबुङ्गो । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ ४४// यसपालि खडेरी लाग्यो सुकिसके पूरा खोच फोहोर छ्यापेर मस्ति गर्ने अपूर्ण होला सोच । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ४५// होलीको रङ्गोलीमा सबै नै मस्त भएर सारा संसार बिर्सी भाँङ धतुरो खाएर । ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी ४६// सद्भाव राखी एक अर्कामा खेल्नुपर्ने होली विकृतिकै पो राज हुँदैछ आजभन्दा भोलि । ✍️ त्रिलोचन भण्डारी ४७// गाउँ वा सहर सबैतिर छायो होलीको उमङ्ग हिजोको बित्यो भोलि था छैन अहिले ल्यायो तरङ्ग ✍️ सतीश पण्डित भानु६ चुँदी तजहूँ । हाल चनपा६ मातातीर्थ ४८// रङ्गको हाेलीमा झगडा नगर्नु छ पाेलिसकाे गस्ती दुई जनालाई लाठीचार्ज नै गरे देखेनाै र अस्ति । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी । ४९// खेल्ने हो जीउ मायामार यसपालि होली वर्ष दिनको पर्व बरु भिझेँ भिझोस् चोली ।। ✍️ भगवती दवाडी ,झापा ५०// बोकेर हिँड्न परे परोस् झोली धमिलो पानीमा खेल्ने हो होली । ✍️ साबित्री प्याकुरेल ,धादिङ्ग। ५१// भाङ खाएर नखेल्नू होली शरीर बिसन्चो होला भोलि । ✍️ देव स्याङ्देन, कालेबुङ ५२// संस्कृति मानौँ हामी सद्भाव र प्रेम छरेर मनाऔँ होली पर्व थरीथरी रङ्ग भरेर । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ५३// होलीले सिकायो एक हर्ष समानता ल्यायोस् यसै वर्ष । ✍️ प्रेम थापा “मन”बागलुङ ५४// देखाउने एउटा गर्ने गर्छन् अर्को छलछामको खेलले लगायो झर्को । ✍️ प्रदीप के रिमाल इटहरी, सुनसरी ५५// रङ्ग लगाउदा नगरौँ कसैलाई दुर्व्यवहार मनाऔँ फागुपूर्णिमा सभ्य भएर हुन्छ यो सार । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ५६// बोसो भएकोले मोसो लिएर आए पनि सहर्ष स्वीकार गर्यौँ रङ्गको पर्व भनी । ✍️ अरुण कुमार भुजेल गोरूबथान , भारत ५७// लुकीलुकी किन हान्छौ लोला फोहोर पानीमा रङ्ग घोली सांस्कृतिक पर्वमा विकृति आए के जवाफ दिने भोलि । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
उदक अभ्यास १९९ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
[१] होली इन्द्रेणी रङ्ग दुनियाँ दल्दै दङ्ग !
वसन्त अनुभव [२] हाेली बढाउने सद्भाव रङ्गको मीठो बाेली !
प्रमाेद नेपाल वीरगञ्ज, हालः काठमाडौँ -५ [३] होली पानीको बर्बादी खेल्नुहोस् सूक्खा होली !
संगमानंद पत्रकार चूरु-राजस्थान, भारत [४] हाेली रङ्गहरूकाे पर्व सबैलाई लाग्छ गर्व !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम, हाल- भारत [५] रङ्ग होली पर्ब यसैमा लाग्छ गर्व !
रमा पन्त, न्युजिलैन्ड [६] रङ्गमहल रङ्गिन दुनिया रङ्गदार रमाइलाे जीवन !
झिल्का लेखन अभियानको ६७ औँ शृङ्खला (होली पर्व विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ११० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—————<•>————– १) १. सद्भावको रङ्गहरू घोली मिलीजुली मनाऔँ सबैले सांस्कृतिक पर्व होली ! २. जोगाउन मौलिक संस्कृति मर्यादामा रही मनाऔँ फैलाउँदै मुलुकभर जागृति ! ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ —————<•>————– २) रङहरूको रङ्गीन पर्व नलिई द्वेषभाव मनमा गरौँ संस्कारमाथि गर्व ! ✍️ सुनगाभा पोखरेल कपिलवस्तु —————<•>————– ३) होली आयो होली मौलिक संस्कृति जोगाउन मिलेर खेलौँ भोलि ! ✍️ बिबा तामाङ दार्जिलिङ। —————<•>————– ४) होलीको गर्व लाग्छ मिलेर रमाइलो गरौँ आफ्नो संस्कृति जाग्छ । ✍️ साहित्य प्रेमी सुशील धनगढी —————<•>————– ५) खेलौँ मन खोली आयो रङ्गहरूको पर्व उमङ्ग बोकी होली ! ✍️ संगीता खरेल काठमाडौँ —————<•>————– ६) १. होली पर्व आयो रङ्गहरू खेल्ने हुनाले खुसीयाली मनमा छायो । २. मनाऔँ सद्भाव, उमङ्गले संस्कार, संस्कृति जोगाउन थाल्नुपर्छ सबै जनले ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। —————<•>————– ७) होलीको उमङ्ग आउँदैछ रंगहरूको रङ्गीन वर्षातसँगै गाउँघरमा खुसी छाउँदैछ । ✍️ किराती हाङ तिम्रो —————<•>————– ८) १. हाेली राष्ट्रिय पर्व समान रूपमा हामीले मनबाटै गर्नुपर्छ गर्व ! २. फागुनमा हाेली आयाे सम्पूर्ण दाजुभाइकाे मनमा हर्ष, उमङ्ग छायाे । ✍️ नाम केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। —————<•>————– ९) १. होली आयो होली यसपालि पनि लौ छ्यापौँ रङ्गहरू घोली ! २. एकसाथ ल्याउने चाड भलो चाहन सबैको भन्दैन तराइ पहाड । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 —————<•>————– १०) १. आयो होली आयो मौलिक संस्कृति जोगाऔँ रङ्गले संसार छायो । २. आऊ कान्छी होलीमा जोगाउनु छ संस्कार लाइन बसौँ टोलीमा ! ✍️ एवाइ प्रभात खाल्स छेन्ताङ सहिदभुमि धनकुटा —————<•>————– ११) १. रङ्गीन पर्व होली सबै नेपालीले खेलौँ मन पूरा खोली ! २. नेपालीहरूको राष्ट्रिय पर्व उनेर एउटै मालामा मनाऔँ लिएर गर्व ! ✍️ बिपी लामिछाने दमक – झापा —————<•>————– १२) १. आयो एकासीको होली हिमाल पहाड तराईमा खेलौँ हृदय खोली ! २. रङ्ग जोरजबर्जस्ती नदलौँ लुगा च्यात्दै आवेगमा मदिरा खाएर नढलौँ । ✍️ चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्ड़ौ —————<•>————– १३) नेपालीको पर्व होली खुसीको साथ खेलौँ सातै रङ्गहरू घोली ! ✍️ वेल थोकर तामाङ मकवानपुर —————<•>————– १४) १. लिनुपर्छ हामीले गर्व विविध चाडपर्व मध्येको आयो होली पर्व ! २. होली खुसीमा खेल्नुपर्ने इच्छा विपरित भएमा हुनसक्छ लफडा झेल्नुपर्ने ! ✍️ शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर —————<•>————– १५) १. रङ्गहरूको पर्व होली हाँसखेल गरी मनाऔँ केही होला भोलि ! २. सबैसँग मिलेर मनाउँ मनका कटुता बिर्सेर होलीमा मजाले रमाउँ । ✍️ सतीश पण्डित भानु६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ —————<•>————– १६) इतिहास ब्युँझाउने हाेली विसङ्गतिलाई बढावा दिँदै नखेलाैँ अनेकथरी घाेली ! ✍️ खुनराज काेइराला सिद्धलेक-३ धादिङ —————<•>————– १७) १. होलिकाको दहन भएर सुरुआत भयो होलीको मनाऔँ सबै मिलेर ! २. रङको उचित प्रयोग मनाउनुपर्छ हामी सबैले जुर्छ वर्षमा सन्जोग ! ✍️ रिता खराल रूपन्देही —————<•>————– १८) एक पर्व होली उमेर समूहको मनोरञ्जन रमाऔँ दिल खोली ! ✍️ प्रेम थापा “मन” बागलुङ —————<•>————– १९) १. आयो पर्व होली प्रेम भातृत्व स्नेहको मिठो सन्देश बोली ! २. गर्दै मनाऔँ गर्व विविध रङ्गहरू बोकी आयो होली पर्व ! ✍️ अनिता भण्डारी ताप्लेजुङ —————<•>————– २०) १. रमाएर मनाऔँ होली पालैपालो एउटै पर्व आज कसैले भोलि ! २. रङ्गको पर्व मनाऔँ एकताको दियो बाल्दै सभ्य भव्य बनाऔँ । ✍️ कला ढकाल झापा —————<•>————– २१) १. चढेर वसन्तको डोली खुसीयाली बोकेर आयो रङ्गहरूको पर्व होली ! २. खेलौँ साथी होली दु:ख सारा भुल्दै रङ्ग पानीमा घोली ! ✍️ बिके मुखिया दार्जिलिङ,भारत —————<•>————– २२) मिलेर होली खेलौँ कायम गर्दै भाइचारा जबर्जस्ती रङ नठेलौँ । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ —————<•>————– २३) १. होली पर्व मनाऔँ इन्द्रेणी रङ्ग होलीमा मौलिकता सद्भाव जगाऔँ । २. वैमनश्यताको भावना भुलेर दिऔँ सन्देश भाइचाराको होलीको रङ्गमा खुलेर ! ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ —————<•>————– २४) १. रङको तिहार होली मनाऔँ हर्ष उमङ्गले आत्मियताको रस घोली ! २. सद्भाव सबैमा बढोस् होलीको रङसँगै हेर मायाको रङ चढोस् ! ✍️ अन्मोल राई —————<•>————– २५) १. खेल्छौँ होली पर्व भाइचारा सद्भावना बोकी गर्छौंँ सदैव गर्व ! २. हरेक वर्ष आउँछ रङ्गको पर्व होली हृदयमा उमङ्ग छाउँछ । ✍ राजेन्द्र प्रधान ‘पासा’ दार्जिलिङ —————<•>————– २६) १. नेपालीको पर्व हाेली मेचीदेखि महाकालीसम्म खेलौँ आपसमा मन खाेली ! २. मनाऔँ होली पर्व सद्भाव भाइचारा बाेकी आपसमा गरौँ गर्व ! ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर —————<•>————– २७) १. रङको पर्व होली मनाऔँ सद्भाव बाँडेर आत्मीयता साटौँ खोली ! २. रङ्गीन जीवनको भावना आपसमा भातृत्व साटौँ होलीको अपार शुभकामना ! ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला —————<•>————– २८) संस्कार संस्कृति मनाउने वर्ष दिनको पर्वमा सदाचार भई जनाउने ! ✍️ दुर्गा आचार्य मोरङ —————<•>————– २९) १. खेलौँ सबैले होली संस्कार संस्कृति मनाऔँ सबैले हृदय खोली ! २/ सबैले मिलेर खेलौँ होली पर्व मनाउँदा कसैलाई नि नपेलौँ ! ✍️ वेदु न्यौपाने —————<•>————– ३०) उर्जाशील दिन भोलिको उमङ्गको राज्य होओस् सबैमा शुभकामना होलीको ! ✍️ नन्दलाल आचार्य बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल । —————<•>————– ३१) बस्तीमा मनाइन्छ होली रमाई उमङ्गले चौपट्टै छचल्किन्छ रङ्गीन खोली ! ✍️ हितमान छन्त्याल (सहोदर ) पोखरा,कास्की । —————<•>————– ३२) आयो हजुर होली रातो निलो पहेलो रङ्गियो तिम्रो चोली ! ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी “ —————<•>————– ३३) १. रङ्गको पर्व हाेली आपसमा सद्भाव बाड्दै खेलाैँ मन खाेली ! २. हाेलीकाे उमङ्ग छायाे मित्रवत् हात बढाउँदा मनले शान्ति पायाे । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर —————<•>————– ३४) होली आयो हेर खराब नहौँ हामी जबर्जस्ती रङ छ्यापेर ! ✍️ जनक बिसी दक्षिण भारत कोचिन —————<•>————– ३५) १. संस्कार संस्कृति जोगाऔँ एकापसमा सद्भाव राखेर होली पर्व मनाऔँ । २. जबर्जस्ती हुँदैन लगाउन आत्मसम्मानमा चोट पुर्याई विकृति विसङ्गति फैलाउन ! ✍️ साबित्री प्याकुरेल धादिङ्ग —————<•>————– ३६) १. रक्ताम्य भयाे खाेली परिवर्तित समाजका लागि खुसीयालीमा मनाऔँ हाेली ! २. मिठासपूर्ण मित्रताकाे बाेली खुसियालीकाे संज्ञा दिने मिश्रित रङ्गहरूकाे हाेली ! ✍️ काेपिला समिक्षा खार्पा खाेटाङ —————<•>————– ३७) रङ्गको पर्व आयो होली हाम्रै आँगनमा सबैमा हर्ष छायो ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ —————<•>————– ३८) १. आयाे रङ्गहरूकाे पर्व संस्कार र संस्कृतिको गराैँ सबैले गर्व ! २. नआओस् विकृति हाेलीमा रमाइलो गराैँ सबैले संस्कार नफालाैँ खाेलीमा ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी —————<•>————– ३९) १. आयो फागुनमा होली मन खोलेर मनाऔँ माया विश्वास घोली ! २. हटोस् मनको मैलो रङ्गहरूमा रमाउ सबै खाेली भाइचाराकाे दैलाे ! ✍️ सुशील शिखा काठमाडौँ —————<•>————– ४०) १. रङ्गमा ढङ्ग घाेली आपसमा सबै मिलेर रमेर खेलाैँ हाेली ! २. पर्वमा षट्कर्म छाउँ मर्मले सर्म चाेख्याइ हाेलीकाे महिमा उजिल्याउँ । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा १४ —————<•>————– ४१) शुभकामना सबैलाई होलीको आफ्नो समाजमा सबैले प्रभाव छाडौँ बोलीको ! ✍️ सञ्जना शर्मा लमही दाङ —————<•>————– ४२) होली पर्व आयो गाउँ सहर जताततै सबैको मन रमायो । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। —————<•>————– ४३) असत्य नहोस् बोलीको शुद्ध बनाउँ मनलाई शुभकामना आगामी होलीको ! ✍️ अन्मोल मुस्कान तकदाह छाउनी दार्जिलिङ —————<•>————– ४४) १. होलीको रसरङ्ग घोली जीवन सफल बनाऔँ सुन्दर शान्त भोलि ! २. नहोस् वैमनश्य कतै मन बनोस् पवित्र फैलोस सद्भाव जताततै ! ✍️ विवश पारदर्शी झापा —————<•>————– ४५) १. जीवन रङ्गीन बनोस् होलीको रङ्गहरू जस्तै सबैले आहा भनोस् ! २. खोलेर मनको झोली संस्कार संस्कृति अनुसार मनाऔँ सबैले होली ! ✍️ अरुण कुमार भुजेल गोरूबथान, भारत —————<•>————– ४६) रङ्गको पर्व आयो तराई पहाड हिमाल रमाउने बहाना ल्यायो । ✍️ शोभा आचार्य गौतम काठमाडौँ —————<•>————– ४७) रमाएर सद्धभावपूर्ण ढङ्गले खेल्छौँ हामी होली विभिन्न थरिका रङ्गले ! ✍️ सुस्मिता अधिकारी काठमाडौँ —————<•>————– ४८) १. आयाे हाेली पर्व खेलाैँ सबै मिली उमङ्ग र गर्व ! २. संस्कार संस्कृति हाम्रो साथीभाइ मिलेर हाेली खेलेकाे कति राम्रो ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे —————<•>————– ४९) होली पर्व हाम्रो रङ्गबिरङ्गको मेला रङ्गिन मिलेर खेलेको राम्रो ! ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी —————<•>————– ५०) १. हाेली पर्वकाे मूल्य यसमा सबै समुदायकाे हुनुपर्छ समान घुल्य ! २. रङ्गीन सुन्दर रीति एकताबद्ध गराउँछ हाेलीले सबैले माने नीति ! ✍️ राजेन्द्र भुसाल (डिल्ली) अर्घाखाँची —————<•>————– ५१) १. आयो फेरि होली खेलौँ हामी मिलेर सातै रङ्ग घोली ! २. हामी सबैको पर्व होली रमाउँदै खेलौँ मानेर भोलि गर्व ! ✍️ जानुका बास्कोटा काठमाण्डौ —————<•>————– ५२) १. आयो घुमेर होली परम्परा संस्कृतिलाई समाल्दै नहान्नू लुकेर लोली ! २. वर्षदिनको होली पर्व मनाउँदा हुन्छ सबैमा खुसी अनि गर्व ! ✍️ दुर्गा भट्टराई माेरङ —————<•>————– ५३) नेपालीको महान् पर्व मनाऔँ हामी राजीखुसी गरौँ संस्कृतिमा गर्व ! ✍️ खडक आर सी मिलन छेडागाड नगरपालिका २ साल्मा जाजरकोट —————<•>————– ५४) हदभन्दा पनि माथि गएर होली पर्व नमनाऔँ है साथी ! ✍️ सरिता सेढाई धादिङ —————<•>————– ५५) होली नखेल बेकारको सरकारले खेल्छ होली बन्दुक गोली तरबारको ! ✍️ देवी पन्थी —————<•>————– ५६) घरआँगनमा छायो उमङ्ग मज्जाले खेलौँ होली बनोस् दुनियाँ दङ्ग ! ✍️ सुरेश विश्वकर्मा डोटी —————<•>————– ५७) हाेली रमाइलाे चाड सचेत भई मनाऔँ नगरौँ कदापि खेलवाड ! ✍️ भाेलामान बर्देवा(बैरागिमाईलाे) धरान ८ सुनसरि —————<•>————– ५८) खेलौँ रङको होली चाडपर्व मनाऔँ हामीले पूरा हृदय खोली ! ✍️ यशोदा रेग्मी —————<•>————– ५९) १. विविध रङहरू छरी मनाऔँ होली पर्व सद्भाव नखल्बलिने गरी ! २. मिलाउँदा फागुमा लोली मर्यादाको ख्याल गर्दै खेलौँ आपसमा होली ! ✍️ बाबुराम गौतम गुल्मी —————<•>————– ६०) इच्छा, चाहना खोली रङ्गहरूको पर्व मनाऔँ खेलेर साथी होली ! ✍️ रुना कर्माचार्य दाहाल चितवन —————<•>————– ६१) १. वसन्तको चाड आयो रङ्गीन पर्व होली सबैमा खुसीयाली छायो । २. गरेर सद्भाव पेश खुसीले मनाऔँ होली जाओस् एकताको सन्देश ! ✍️ देव स्याङ्देन कालेबुङ —————<•>————– ६२) भनिन्छ भक्त भगवान् नरसिँह अवतारको कृपा प्रह्लाद बने महान् ! ✍️ संगमानंद पत्रकार चूरु-राजस्थान, भारत —————<•>————– ६३) १. भक्त प्रल्लादको भक्ति दनदनी जलिन् होलिका हिरण्यकश्यपुको अद्भुत शक्ति ! २. खेलौँ मिलेर होली ईर्ष्या, द्वेष भुलेर अनमनको गाँठो खोली ! ✍️ ज्योतिका छेत्री —————<•>————– ६४) १. होलीका रङ्गीचङ्गी रङ्गहरू सबैमा खुसी छाओस् सदा सप्रिउन् ढङ्गहरू ! २. मित्रताको गाँठो कसिलो रङले रङ्गिएको होली भावना खुलोस् रसिलो ! ✍️ हिरालाल न्यौपाने बानपा ८ कोटमौला,सल्यान —————<•>————– ६५) १. होली रङ्गको पर्व दिल खोलेर खेलौँ सबैले मानेर गर्व ! २. हिमाल, पहाड, तराई खेलौँ दाजुभाइ सबै कोही छैनन् पराइ ! ✍️ अम्बिका गिरी विराटनगर —————<•>————– ६६) १. आयाे पर्व हाेली रङ्गीबिरङ्गी बनाउँदै सहर बगाई रङ्गको खोली ! २) हिमाल, पहाड, तराई मनाइन्छ रङ्गको पर्व नठानी कसैलाई पराइ ! ✍️ ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम —————<•>————– ६७) कति मिठो बोली रङ्गैरङ्गको सप्तरङ्गी फागु पर्व हो होली ! ✍️ दीप गोले तामाङ रौतहट —————<•>————– ६८) स्वच्छ रहाेस् भावना जोगाऔँ मौलिक सँस्कृति हाेली पर्वकाे शुभकामना ! ✍️ काेपिला अधिकारी गाेरखा —————<•>————– ६९) १. रङ्ग लगाउने चाहना रङ्गीन बनोस् जीवन यही छ शुभकामना ! २. रङ्गहरूको पर्व होली खेलौँ सद्भावले सबै असल भाव खोली ! ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल —————<•>————– ७०) १. नारी दहनको जनश्रूति होलीको रूपमा मनाउनु नराम्रो लाग्छ अनुभूति ! २. विकृत नहोस् चाडपर्व असभ्य नबनाऔँ होली शिष्टतामा गर्नुपर्छ गर्व ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे —————<•>————– ७१) १. रङ्गको पर्व होली संस्कृति जोगाऔँ सबैले मनाऔँ दिल खोली ! २. रङ्ग खेल्ने चाहना बनोस् पर्व रङ्गिन होली पर्वको शुभकामना ! ✍️ धनमाया चौधरी कैलाली —————<•>————– ७२) रङहरूको आयो पर्व संस्कृतिलाई थाती राख्दा मिल्छ हामीलाई गर्व ! ✍️ विष्णु पंगेनी (पाण्डे) वालिङ् -स्याङ्जा —————<•>————– ७३) १. रमाएर खेलौँ होली संस्कृतिको संरक्षण गरेर साथीसँग मीठो बोली ! २. पानीसँग रङ्ग घोलेर मनाउँछन् पर्व होली खेल्छन् दिल खोलेर ! ✍️ चन्द्रिका रिमाल न्यौपाने काठमाडौँं —————<•>————– ७४) खुसी अनि उमङ्ग एकदिन होली पर्वमा हुनेगर्छ मन दङ्ग ! ✍️ कविता गुरुङ रोल्पा —————<•>————– ७५) १. असत्यमाथि सत्यको जित हर्षोल्लासको पर्व हाेली वर्षेनि मनाउने रित ! २. फालाैँ मनकाे कालो बालाैँ ज्ञानको ज्याेति हट्छ भ्रमको जालो ! ✍️ जगदिश अधिकारी तारकेश्वर, काठमाण्डाै —————<•>————– ७६) मिलेर खेलौँ होली रङमा रङ मिलाएर मनमा मन घोली ! ✍️ टिकाराम पुन टिपु —————<•>————– ७७) १. रङ्गको पर्व आयो मनाऔँ सबै मिलेर मनमा उमङ्ग छायो । २. आफ्नो संस्कृति जोगाऔँ मनाऔँ हैसियत अनुसार भड्किलाे देखासीकी हटाऔँ । ✍️ राधा चाम्लिङ खोटाङ —————<•>————– ७८) १. वसन्तमा पन्छीको बोली सुन्दर हरियाली जङ्गल आगमन भइरहेछ होली ! २. रङ्गहरूको पर्व होली छ हर्षोल्लास जताततै रङ्गीबिरङ्गी रङ्गहरू घोली ! ✍️ शान्ति भुजेल —————<•>————– ७९) १. होली मनाऔँ मिलेर रङ्गोलीको साथमा हामी खुसीसाथ सबै खिलेर ! २. होली पर्व आयो चारैतिर रङ्ग छर्दै भाँङ धतुरो खायो ! ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी —————<•>————– ८०) १. विभिन्न रङ्ग लगाई आऊ खेलौँ होली मौलिक संस्कृति झल्काई ! २. रङ्गीन होली पर्व स्वागत गरी सप्तरङ्गले संस्कृतिमा गरौँ गर्व ! ✍️ नन्दा धामी नौगाड, दार्चुला —————<•>————– ८१) आँगनमा आयो हाेली रमाऔँ सबै मिलेर खुसी भएर भाेलि ! ✍️ सानु जाेशी सुदुरपश्चिम दार्चुला —————<•>————– ८२) १ विभिन्न रङको पर्व नाँच्दै गाउँदै आँगनमा गर्दछन् होलीकै गर्व ! २. हिमाल पहाड तराई होलीकै रमझम हेर औधी मनपर्छ मलाई ! ✍️ देव मगर तिनाउ~१,कचल,पाल्पा —————<•>————– ८३) आयाे फागुनकाे हाेली वृन्दावनमा श्याम रमाए गाेपीसँग दिल खाेली ! ✍️ नवराज भट्ट कञ्चनपुर —————<•>————– ८४) दलेर रङ्ग होलीमा फागुन पूर्णिमा मनाउन रमाइलो हुन्छ टोलीमा ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाकाई ४ झापा —————<•>————– ८५) फागुन मास आयो आपसी सद्भाव बढाउन होलीको रङ छायो । ✍️ सन्तु खत्री —————<•>————– ८६) पावन हाेलीकाे पर्व दलेर सप्तरङ्गी रङ्गहरू मनाऔँ गरेर गर्व ! ✍️ शालिकराम दाहाल —————<•>————– ८७) १. खेलौँ होली रमाई रङको वर्षा गरेर हातमा हात समाई ! २. रङ्गीन यो पर्वले दिलाओस् आँट सबैमा जीउन सकुन् गर्वले ! ✍️ विवश पारदर्शी झापा —————<•>————– ८८) १. ईश्वर हुन्छन् काममा नफैलाऔँ विकृति कसैले यी चाडपर्वको नाममा ! २. रङ्गको पर्व रमाइलो खेलेर होली सबैले बनाऔँ पर्व घमाइलो ! ✍️ जानुका बास्कोटा काठमाण्डौ —————<•>————– ८९) १. रङ्गहरूकाे पर्व हाेली मिलीजुली खेल्नुपर्छ मित्र आज हाेइन भाेलि ! २. इच्छा चाहाना भावना सम्पूर्णमा छ मनैदेखि हाेली पर्वकाे शुभकामना ! ✍️ श्रीकृष्ण धामी बझाङ —————<•>————– ९०) मान्नै पर्दछ होली नभए पनि बिउ विदेशमा थापौँला झोली ! ✍️ लोक वहादुर छेत्री लामिछाने मोदी गा पा २ देउपुर जिल्ला:- पर्वत —————<•>————– ९१) रङ्गहरूको पर्व होली सबै मिलेर मनाऔँ प्रेमको रङ्ग घोली ! ✍️ समुन्द्रा शर्मा —————<•>————– ९२) १. खुसीयाली बोकी मनभरि आयो होली पर्व रमाउँदै सबैको वरिपरि ! २. रङ्गको पर्व होली मिलेर गरौँ रमाइलो बनाई सुन्दर टोली ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ सङ्खुवासभा —————<•>————– ९३) १. रङ्गहरूको पर्व होली बाँडौँ खुसी आपसमा भित्रि मन खोली ! २. रङ्गको यो पर्व मनाउन पाउँदा कसलाई नहोला र गर्व ! ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ —————<•>————– ९४) १. रङ्गहरूको पर्व होली संस्कृति झल्काउन आयो मिलेर मनाऔँ भोलि ! २. फागु पूर्णिमा राम्रो रङ्गीविरङ्गी रङहरूमा झुम्दै संस्कृति जोगाऔँ हाम्रो ! ✍️ विकास क्षेत्री अञ्जान कैजले,बिजनबारी, दार्जिलिङ —————<•>————– ९५) रङ्ग खेलेर होली साँस्कृतिक पर्व भन्छन् विकृत देखिन्छन् टोली ! ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । —————<•>————– ९६) १. होलीको रङ्ग प्यारो सबै मिलेर मनाऊँ खेलौँ नगरौँ उधारो ! २. ग्रन्थ होलीका धार्मिक अखण्ड देशको लागि नगरौँ कसैको सिक ! ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ —————<•>————– ९७) १. पीडा छ मनभरि फेरि होली आयो मनाउँ के गरी ? २. होली रङ्गैरङ्गको पर्व हासौँ अनि रमाऔँ सबैले मानेर गर्व ! ✍️ ललिता गिरी सिन्धुली —————<•>————– ९८) मनाऔँ आज होली खुसीको रङ्ग साटेर सबैले दिल खोली ! ✍️ ध्रुव श्रेष्ठ खोटाङ —————<•>————– ९९) रङ्गमा उमङ्ग घोलेर खेलौँ आज होली सबैले मन खोलेर ! ✍️ चिरञ्जीवी श्रेष्ठ धनकुटा —————<•>————– १००) सद्भावपूर्ण खेलाैँ हाेली अबिर लगाई एकापसमा बनाउँदै मीठाे बाेली ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर झापा —————<•>————– १०१) रङ्गहरूको पर्व होली समझदारी गरी खेल्ने छलछामले नरङ्गियोस् चोली ! ✍️ भगवती दवाडी झापा —————<•>————– १०२) १. रङ्गको पर्व होली खेलौँ मिलेर सबै मनको खुसी खोली ! २. होली पर्व आयो हिन्दुहरूको एउटा संस्कृति मिलेर खुसी छायो । ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ —————<•>————– १०३) सद्भाव रहोस् सधैँभरि शान्ति समृद्धि छाओस् होलीमा रमाऔँ बेसरी ! ✍️ पुष्पा राई खाेटाङ —————<•>————– १०४) खेलौँ होली मस्केर आपसी सद्भाव नबिर्सी नहिडुन् कोही झस्केर ! ✍️ चिरञ्जीवी ढकाल नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके —————<•>————– १०५) हाेली पर्व सनातन सम्मान गरेर खेलौँ नदुखाई कसैको मन ! ✍️ हरिभक्त सिग्देल महेश —————<•>————– १०६) रङ्गहरूकाे पर्व हाेली सद्भाव प्रेम मेलमिलाप बढाओैँ हृदयलाई खाेली ! ✍️ रामप्रसाद पुरी बादेल, खाेटाङ —————<•>————– १०७) खुसी उमङ्गको होली नाच्दै गाउँदै झुम्दै मिठासपूर्ण होस् बोली ! ✍️ कबिताहरी सुन्दरहरैंचा १ मोरङ —————<•>————– १०८) रङ्गको संसार होली जथाभावी नखेलौँ है जीवन नरहला भोलि ! ✍️ एवाइ प्रभात —————<•>————– १०९) १. रङ्गीचङ्गी पर्व होलीमा आपसमा मित्रता अनन्य सद्भावना रहोस् बोलीमा ! २. एकतामा अनेकताको सौरव आँगनहरू रङ्गीन सबैको सम्पूर्णमा रहिरहोस गौरव ! ✍️ घनश्याम पन्त हरिवन सर्लाही —————<•>————– ११०) रङ्गीन चाड होली खुसी भई मनाऔँ मिलेर सप्तरङ्ग घोली ! ✍️ जयनारायण नेपाल बालकोट, भक्तपुर —————<•>————–