• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: वसन्त अनुभव

झिल्का लेखन अभियानको ४० औँ शृङ्खला (महिला हिंसा विषयक) सम्पन्न

  • १४ मंसिर २०८१, शुक्रबार २०:५० मा प्रकाशित
  • झिल्का लेखन अभियानको ४० औँ शृङ्खला (महिला हिंसा विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    रातोदिन हेर कामैकाम
    मेसिनझैँ खट्छ्न् महिला
    एकछिन छैन आराम !
    २.
    वस्तुझैँ चल्छ व्यापार
    दिनदहाडै हुन्छ नारीको
    हत्या हिंसा बलात्कार !
    -वसन्त अनुभव, दाङ
    २)
    —————<•>—————
    बाँच्नु अब देऊ
    अधिकार छ बराबर
    यसैले साथ लेऊ !
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ३)
    —————<•>—————
    महिला हिंसा नगरौँ
    अपराध रोक्न गाह्रो
    राज्यको भर नपरौँ
    -अम्बिका अधिकारी
    ४)
    —————<•>—————
    १.
    महिला हिंसा भयाे
    छन् धेरै पीडित
    कतिको ज्यान गयाे ।
    २.
    उठाै नारी जगाऔँ
    महिला हिंसा गर्नेलाई
    ठाउँ ठाउँबाट भगाऔँ !
    -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
    ५)
    —————<•>—————
    जति शिक्षित भए
    तर किन महिला
    पछाडि पर्दै गए ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    ६)
    —————<•>—————
    १.
    समानताको चेतना छरौंँ
    महिला हिंसा हटाउन
    मिलीजुली लागि परौँ ।
    २.
    महिला पुरुष बराबर
    एकताको माला उनौँ
    कतै नरोकी सरासर !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ७)
    —————<•>—————
    जिन्दावाद नारी शक्तिको
    महिला हिंसा किन ?
    निरादर हुनेझैँ भक्तिको !
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ८)
    —————<•>—————
    महिला हिंसा हटाऔँ
    सबैमा प्रेम गरेर
    सवैको मनमा अटाऔँ ।
    -प्रेम थापा “मन” बागलुङ
    ९)
    —————<•>—————
    बढ्दैछ हिंसा बलात्कार
    खुलेर विरोध गरौँ
    नसही कुनै अत्याचार !
    -विष्णु पंगेनी(पाण्डे )
    वालिङ -स्याङ्जा
    १०)
    —————<•>—————
    १.
    गर्नुपर्ने चुल्हो चौको
    बनेर हेलाको पात्र
    कस्तो रित अनौठो !
    २.
    समाजको बुझाई कस्तो
    महिला मारा चालचलन
    अचानोलाई खुकुरी जस्तो !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ११)
    —————<•>—————
    हिंसाको नबनाऔँ सिकार
    पुज्नेछ संस्कार नारीलाई
    हटाऔँ कलुषित विकार !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी -५,जुम्ला
    १२)
    —————<•>—————
    १.
    जसले छेड्छ बारबार
    समाज बटुलेर उसलाई
    पार चेली नाङ्गेझार !
    २.
    महिला हिंसा रोकौँ
    हरेक सचेत वर्गले
    सामाजिक दायित्व बोकौँ !
    -बाबुराम गौतम, गुल्मी
    १३)
    —————<•>—————
    १.
    बिहानी भएर उठ
    सबै नारीहरू मिलीजुली
    हिंसाकाे विरुद्धमा जुट !
    २.
    लक्ष्मी हुन् नारी
    संसार उज्यालो पार्ने
    सम्पूर्ण मनका आभारी !
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    १४)
    —————<•>—————
    १.
    हिंसा रोकौँ महिलाको
    घरकी लक्ष्मी सम्झेर
    छोडौँ चलन पहिलाको !
    २.
    किन महिलाको व्यापार ?
    सृष्टिकर्ता हुन् तिनै
    संसार देखाउँने आधार !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    १५)
    —————<•>—————
    नारी उठ जाग
    धेरै ढिला भइसक्यो
    पूरा गराऊ माग !
    -तेजप्रसाद खनाल, दाङ
    १६)
    —————<•>—————
    सत्य घटना लेख्छु
    शिक्षित परिवारमा धेरै
    महिला हिंसा देख्छु ।
    २
    दिदीबहिनी असुरक्षित भए
    भएकोले धेरै स्वतन्त्रता
    कुलतमा फस्दै गए ।
    -कला ढकाल झापा
    १७)
    —————<•>—————
    जागौँ उठौँ जुटौँ
    महिला हिंसाको विरुद्ध
    आपसमा कहिल्यै नफुटौँ ।
    २.
    नियमले मात्र हुँदैन
    व्यवहार सफा गरौँ
    कागजले मन छुँदैन ।
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    १८)
    —————<•>—————
    १.
    बढ अगाडि सरासर
    तोडेर महिला हिंसा
    अधिकार लेऊ बराबर !
    २.
    सम्मान व्यवहार गरौँ
    महिला हिंसा होइन
    मनमा प्रेम भरौँ !
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    १९)
    —————<•>—————
    बराबर हुन्छ अधिकार
    महिला हिंसा नगरौँ
    जगाऔँ प्रेमील आधार !
    -भुपेन्द्र राना मगर
    धादिङ
    २०)
    —————<•>—————
    जुटौँ नारी ममतामा
    हत्या हिंसा बलात्कारको
    प्रतिकार गर्दै समतामा !
    -भगवती दवाडी ,झापा
    २१)
    —————<•>—————
    महिला हिंसा अत्याचार
    त्यागौँ हामी सबैले
    गरिने दुष्कर्म व्यवहार !
    -ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची ।
    २२)
    —————<•>—————
    १.
    अति भयो अत्याचार
    एक्काइसौँ शताब्दीमा पनि
    हत्या, हिंसा बलात्कार !
    २.
    सबै नारी उठेर
    अत्याचारको विरोध गरौँ
    सङ्घर्षको मैदानमा जुटेर !
    -रिमा छन्त्याल, बाग्लुङ
    २३)
    —————<•>—————
    १.
    चेतनाले ज्ञान भरौँ
    रथका दुईपाङ्ग्रा हामी
    महिला हिंसा नगरौँ !
    २.
    विकृति विसंगतिले गल्दैछ
    बलात्कार घरेलु हिंसा
    आज पनि चल्दैछ ।
    -दीप गोले तामाङ – रौतहट
    २३)
    —————<•>—————
    १.
    झुटाे आरोप लगाउने
    कोही पुरुष गर्छन्
    आफूले आफैँलाई बचाउने ।
    २.
    अक्सर गर्छन् बलात्कार
    मान्छे नगन्ने महिलालाई
    बन्द गर अत्याचार !
    -पृथक प्रकृति ,झापा
    २४)
    —————<•>—————
    १.
    किन हुन्छ बारम्बार
    महिला माथि सधैँ
    हत्या, हिंसा बलात्कार !
    २.
    सबै अघि सरौँ
    अन्त्य गर्न हिंसा
    हामी लागि परौँ !
    -अनिता भण्डारी, ताप्लेजुङ
    २५)
    —————<•>—————
    शोषकले शोषण गर्छन्
    भित्र बाहिर जताततै
    समताको भाषण छर्छन् ।
    -नागेन्द्रप्रसाद यादव
    २६)
    —————<•>—————
    हुन्छ हिंसा जताततै
    विभिन्न रूपमा देखिन्छ
    सुरक्षा छैन कतै ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    २७)
    —————<•>—————
    नारीमाथि अन्याय अत्याचार
    बढिरहेका छन् समाजमा
    किन होला बारम्बार ?
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    २८)
    —————<•>—————
    बदल्नु पर्छ साेच
    मानिसले जहिले पनि
    त्यागी सङ्कीर्ण खाेच ।
    -जी.वि. घाेराही,दाङ
    २९)
    —————<•>—————
    १.
    नारी पुरुष बराबरी
    महिला हिंसा महापाप
    बुझ सबले सरासरी ।
    २.
    हत्या हिंसा बलात्कार
    आमा र दिदीबहिनीमा
    गर्नु हुँदैन अत्याचार !
    -विवश पारदर्शी
    झापा
    ३०)
    —————<•>—————
    १.
    महिला हिंसाको विरुद्ध
    डटेर सामना गरेमा
    बन्दछ सामाज समृद्ध !
    २.
    नारी पुरुष बराबर
    काँधमा काँध मिलाई
    अगाडि बढौँ सरासर !
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    ३१)
    —————<•>—————
    हिंसा हुन्छ घरैबाट
    नारी सुरक्षित छैनन्
    देखे लुक्छन् परैबाट !
    -धनमाया चौधरी, कैलाली
    ३२)
    —————<•>—————
    राम्रो देख्दैनन् कहिल्यै
    जति गर काम
    हेला गर्छन् जहिल्यै ।
    -अनिता कार्की
    पाँचथर
    ३३)
    —————<•>—————
    १.
    परम्परा मानिन्छ गलत
    हिंसा महिलाको हुने
    संस्कार भन्दै फगत !
    २.
    महिलामा छाप गहिरो
    पारेर पितृसत्तात्मक सोचको
    महिलाकै जीवनमा पहिरो !
    -मनोहरी पौडेल
    गैडाकोट १
    ३४)
    —————<•>—————
    १.
    सृष्टिको अस्तित्वलाई चिन
    चल्दैन संसार महिलाबिना
    फेरि हिंसा किन ?
    २.
    हत्या, हिंसा नगरौँ
    आऊ सृष्टिकर्ता नारीको
    सुरक्षामा अघि सरौँ !
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    ३५)
    —————<•>—————
    १.
    हत्या हिंसा बढ्दैछ
    सत्ताको आडमा हत्यारा
    नीति माथि चढ्दैछ ।
    २.
    गुड्दैन एकल पाङ्ग्राले
    कानुनी कारवाही नभएमा
    बढाउँछन् हिंसा डाङ्ग्राले !
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    ३६)
    —————<•>—————
    १.
    महिलामा जागरण आओस्
    पुरुषबाट अत्याचार भए
    कठोर सजाय पाओस् !
    २.
    महिला नहिँड कुबाटो
    कमजोरी आफूबाट हुँदा
    आफैँलाई हुनेछ घाटो !
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी
    ३७)
    —————<•>—————
    १.
    सहर अनि गाउँमा
    महिला हिंसा कायमै
    छैनन् निर्णायक ठाउँमा !
    २.
    दिएजस्तो गरेर देखायो
    भाषणमा चिप्लो घसेर
    आफ्नो नाम लेखायो ।
    -समुन्द्रा शर्मा
    सुनसरी
    ३८)
    —————<•>—————
    अँध्यारोमा ज्योति छरौँ
    महिला हिंसा बढ्यो
    यसलाई बन्द गरौँ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    ३९)
    —————<•>—————
    १.
    महिलाबिना सृष्टि चल्दैन
    किन कुटेको स्वास्नी
    पुरुषको नाडी गल्दैन ?
    २.
    हिंसा गर्न अगाडि
    पुरुष देखिए यहाँ
    रहन्छन् महिला पछाडि !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ४०)
    —————<•>—————
    १.
    गर्छन् अन्याय अत्याचार
    ती विवश नारीलाई
    एकचोटी होइन बारम्बार !
    २.
    बलात्कारका सिकार हुन्छिन्
    पिछडिएका वर्गमा धेरै
    पीडित नारी रुन्छिन् ।
    -सञ्जीवराज जोशी विवस
    कञ्चनपुर गुलरिया
    ४१)
    —————<•>—————
    महिलामाथि विभेदपूर्ण व्यवहार
    शारीरिक, मानसिक शोषणको
    अन्त्य होस् सरकार !
    -रुना कर्माचार्य दाहाल
    चितवन
    ४२)
    —————<•>—————
    १.
    नारी हिंसा बढ्दैछ
    अन्याय अत्याचारको विरोधमा
    एकजुट भएर लड्दैछ ।
    २.
    जनतामा चेतना भरौँ
    नारीलाई मुक्ति दिलाउन
    शिक्षाको सन्देश छरौँ !
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ४३)
    —————<•>—————
    १.
    ज्ञान चेतनाको अभाव
    नारी हिंसा कार्यकारण
    समाजमा पर्दैछ प्रभाव !
    २.
    नारी पुरुष बराबरी
    लैंगिक हिंसा रोक्नलाई
    देऊ शिक्षा सराबरी !
    -जयनारायण नेपाल
    सूर्य विनायक २ बालकोट ,भक्तपुर
    ४४)
    —————<•>—————
    १.
    जिउँदो देवीको रूपमा
    सजाएर राखौँ नारीलाई
    नदिऔँ अनेकौँ उपमा !
    २.
    महिलाले खेपेको भार
    तर कहिले पाउँदिनन्
    सुखले बाँच्ने आधार !
    -ललिता गिरी, सिन्धुली
    ४५)
    —————<•>—————
    १.
    खुसी छैन मन
    बढ्दैछ महिला हिंसा
    सुरक्षित छैन तन !
    २.
    विभेदको याे पारा
    आखिर चल्छ कहिलेसम्म
    दुखित छन् सारा !
    -सुशीला शिखा
    कागेश्वरी काठमाडौँ
    ४६)
    —————<•>—————
    १.
    देख्नै नसक्ने मानसिकता
    अपराधी बलत्कारीको लर्को
    हराएर गयो सामाजिकता !
    २.
    खुँडा खुकुरीले सेर्नुपर्छ
    चेलीहरू एकतामा उभिई
    बलात्कारी सबैलाई घेर्नुपर्छ ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    ४७)
    —————<•>—————
    अपमान तिरस्कार पनि
    महिला हिंसा हुन्
    नहेप्नु निमुखा भनी !
    -पुष्पा राई, बादेल, खाेटाङ
    ४८)
    —————<•>—————
    १.
    हिंसा नगराैँ महिलाको
    अहिले सबै समान
    कुरा छाैडाैँ पहिलाको !
    २.
    महिला पुरुष बराबरी
    नगरी कसैलाई हिंसा
    रथलाई चलाओैँ सरासरी !
    -रामप्रसाद पुरी, बादेल,खाेटाङ
    ४९)
    —————<•>—————
    १.
    नारी हुन् सृष्टि
    राख्नुपर्छ करुणाको भाव
    आमा समान दृष्टि !
    २.
    नारीलाई गर अर्चमान
    हामी बनाैँ संस्कारी
    हट्दै जान्छ व्यवधान !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५०)
    —————<•>—————
    महिला हिंसा बढ्दै
    सरकार मौन बस्छ
    चिल्लो गाडी चढ्दै ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    ५१)
    —————<•>—————
    हिंसाकाे एक पाटाे
    नपुरिने रहेछ कहिल्यै
    पापीले खनेकाे बाटाे !
    -दीपक दाहाल
    ५२)
    —————<•>—————
    फसेको चेलीलाई हेर
    कुविचार सबै हटाऊ
    मनलाई करुणाले बेर !
    -बिबा तामाङ, लापपञ्चर खरसाङ।
    ५३)
    —————<•>—————
    १.
    इज्जत गरौँ महिलाको
    हिंसा नहोस् नारीको
    बानी छौडौँ पहिलाको !
    २.
    सोच राखौँ राम्रो
    महिला हुन् सृष्टिकर्ता
    जन्म दिने हाम्रो !
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ५४)
    —————<•>—————
    १.
    ममताकी खानी नारी
    आफ्नो खुसी लुकाई
    बोक्छिन् दु:खको भारी !
    २.
    जताततै गिद्धे नजर
    सुरक्षित छैनन् नारी
    गाउँघर या सहर !
    -बिमल पोखरेल
    धरान -१७,पटनाली
    ५५)
    —————<•>—————
    नारी हुन् माता
    हिंसा जसले गर्छ
    उसको कस्नुपर्छ पाता !
    -अम्बिका गिरी,विराटनगर
    ५६)
    —————<•>—————
    १.
    देखिन्छ धेरैजसो ठाउँमा
    पुरुषहरू पीडित भएको
    डिभोर्स दिने नाउँमा !
    २.
    अधिकार चाहियो भन्दछन्
    दायित्व बिर्सिदै गएर
    स्वतन्त्रताको क्षेत्र गन्दछन् ।
    -सुस्मिता अधिकारी ,काठमाण्डौ
    ५७)
    —————<•>—————
    मिलेर बस घरमा
    फरक के छ
    नारी र नरमा !
    -भाेलामान बर्देवा
    धरान ८ सुनसरी
    ५८)
    —————<•>—————
    १.
    विकट पहाडी गाउँमा
    अनाहकमा मारिन्छन् नारी
    छाउ बार्ने नाउँमा !
    २.
    सृष्टि चलाउने नारी
    सम्मानजनक व्यवहार गरौँ
    नठानौँ उनलाई भारी !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ५९)
    —————<•>—————
    १.
    वस्तुझैँ चल्छ व्यापार
    हिंसा गरिन्छ नारीको
    हत्या अनि बलात्कार !
    २.
    नारीहरू बराबर हुन्छन्
    किन गर्छौ हेला
    यिनैले शिखर छुन्छ्न् ।
    -बेदु न्यौपाने
    ६०)
    —————<•>—————
    विकृति कसरी फैलियो
    महिला परे हिंसामा
    हेर समाज मैलियो !
    -सञ्जना शर्मा
    लमही दाङ
    ६१)
    —————<•>—————
    १.
    कानुन पालना गरेमा
    महिला हिंसा हुँदैन
    सबै नियममा बसेमा !
    २.
    नगर्नू पापको कर्म
    हिंसा अपराध हो
    बुझ्नु पर्छ मर्म !
    -कृष्ण बजगाई, भक्तपुर
    ६२)
    —————<•>—————
    १.
    महिला हिंसा नगरौँ
    धर्ती हुन् यिनी
    भ्रममा कोही नपरौँ !
    २.
    अपुरो छ सृष्टि
    यहाँ महिलाबिना हेर
    लगाऔँ सोचमा दृष्टि !
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    ६३)
    —————<•>—————
    १.
    महिला हिंसा घटाउनू
    हामी सबै मिलेर
    कुरीति कुसंस्कार हटाउनू ।
    २.
    महिला शिक्षित भए
    शिक्षित हुँदा पनि
    हिंसामा पर्दै गए !
    -श्रीकृष्ण धामी, बझाङ
    ६४)
    —————<•>—————
    १.
    महिला हिंसा रोकौँ
    प्रत्येक घरबाट निस्केर
    हातमा मशाल बोकौँ ।
    २.
    पुरुष महिला समान
    भन्ने नारा लगाउँदै
    खोलौँ सबका कान !
    -पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    ६५)
    —————<•>—————
    शिक्षित प्रौढ नारी
    तर किन हजुर
    सताउँछे अबला बुहारी ?
    -ध्रुव श्रेष्ठ
    खोटाङ
    ६६)
    —————<•>—————
    १.
    वचन लाउँछ धारिलो
    सहनै नसक्ने गरि
    घाम छैन पारिलो !
    २.
    घरेलु हिंसामा पर्दा
    सहनु है भन्छन्
    अविरल आँसु झर्दा !
    -राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न

  • १२ मंसिर २०८१, बुधबार २१:०२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३९ औँ शृङ्खला (चिन्ता विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका चिन्ता विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    —————<•>—————
    १.
    नघटोस् जीवनको नुर
    स्वास्थ्यको ख्याल राखौँ
    भगाऔँ चिन्तालाई दूर !
    २.
    बाइबल, कुरान, गीतामा
    मानवधर्ममा लगाऔँ मन
    चिन्ताले लान्छ, चितामा !
    -वसन्त अनुभव, दाङ
    २)
    —————<•>—————
    चिन्ताले दुब्लाउँदै गएँ
    रोगले कि शोकले
    दोधार आफैँ भएँ ।
    -सङ्गीता खरेल
    काठमाडौँ
    ३)
    —————<•>—————
    नघटोस् कसैको आयु 
    स्वस्थ रहौँ सबै
    स्वच्छ राखेर वायु !
    -कविता गुरुङ
    रोल्पा
    ४)
    —————<•>—————
    १.
    तड्पियो मन मुटु
    छोरो परदेश गयो
    ज्यान खायो कुटुकुटु !
    २.
    आनन्द कहाँ खोज्नु
    चिन्ताले सताको बेला
    खुसी कसरी रोज्नु ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ५)
    —————<•>—————
    मीठाे बाेल्ने धेरै
    छन् विश्वासघाती वरपर
    जरो काट्छ्न् मेरै !
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला
    ६)
    —————<•>—————
    १.
    चिन्ता गरेर रोग
    निम्त्याउनु हुन्छ मुर्खता
    पर्छ अकस्मात् शोक !
    २.
    निस्की चिन्ताबाट झट्ट
    हलुका हुनु राम्रो
    नत्र परिन्छ चौपट्ट !
    -मनोहरी पौडेल
    गैडाकोट १
    ७)
    —————<•>—————
    १.
    जिन्दगीमा चिन्ता नलेऊ
    आत्मा सन्तुष्ट गर
    आत्मा कसैलाई नदेऊ !
    २.
    चलन अनुसार चल्नुपर्छ
    नबुझी कहिल्यै नबोल
    उज्यालो हुँदै बल्नुपर्छ ।
    -बेदु न्यौपाने
    ८)
    —————<•>—————
    १.
    चिन्ता हो शत्रु
    रातोदिन पालेर राख्दा
    जीवन हुन्छ पत्रु ।
    २.
    चिन्ताको छैन उपचार
    मर्ने जीवन सम्झदा
    गर्नु हामीले बेकार !
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    ९)
    —————<•>—————
    नगर्नू चिन्ता भोलिको
    कटेर जान्छ समय
    सीमा राख्नु बोलीको ।
    -पुष्पा राई, बादेल, खोटाङ
    १०)
    —————<•>—————
    चिन्ताले पिरोलिएर नबसौँ
    हुने कुरा मेटिँदैन
    खाल्डोमा आफैँ नपसौँ !
    -रमेश दियाली
    शेल्पू सिटोंग, दार्जिलिङ
    ११)
    —————<•>—————
    सन्तोष हुन्न धनबाट
    नगरौँ कहिले चिन्ता
    खुसी हटाएर मनबाट !
    -दीप गोले तामाङ – रौतहट
    १२)
    —————<•>—————
    १.
    आउँछ यसरी भोलि
    याद गर मनमा
    नगर नमीठो बोली !
    २.
    कति सफा वायु
    मनको पीरलाई लाने
    भयो छोटो आयु ।
    -निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    १३)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउँछ चितामा
    मनन् गर्नुपर्छ सबैले
    लेखिएको छ गीतामा !
    २.
    हुने हुनामी टर्दैन
    व्यर्थमा चिन्ता नगर्नू
    टाउको दुखाउनु पर्दैन ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत
    १४)
    —————<•>—————
    १.
    मनमा खुसी पालेर
    जोगाउँदै थिएँ याद
    हावामा दीप बालेर !
    २)
    समयको रोकिँदैन गति
    किन दिइरहन्छ दु:ख
    फसाएर चिन्तामा अति !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १५)
    —————<•>—————
    चिन्ता लिनु हुँदैन
    भन्छन् मान्छे सबै
    रोगले शरीर छुँदैन !
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    १६)
    —————<•>—————
    जीवनको गरौँ सदुपयोग
    नकारात्मक सोच्छ जसले
    उसैलाई चिन्ताको रोग !
    -प्रेम थापा “मन”बागलुङ
    १७)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउने चिता
    हुनेहुनामी हुन्छ नै
    खानु मज्जाले सीता !
    २.
    राम्राे  कर्ममा जुट्नू
    आएको समस्यालाई भुलेर
    जीवनको आनन्द लुट्नू !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    १८)
    —————<•>—————
    मनमा कुटुकुटु खान्छ
    खबरदारी गरे मनको
    कता भागेर जान्छ ।
    -दुर्गा आचार्य
    मोरङ
    १९)
    —————<•>—————
    १.
    चिन्ताले धेरै सतायो
    बाटोमा साथी भेटेँ
    बल्ल खुसी छायो ।
    २.
    चिन्ता गर्नु हुँदैन
    भगवान्मा विश्वास गर्नू
    छायाले कहिल्यै छुँदैन ।
    -बिधुत गुरुङ, गोरुबथान
    २०)
    —————<•>—————
    आउँछ दिन गनी
    मेरो मनमा चिन्ता
    लिन्न भन्दा पनि !
    -हिरामाया श्रेष्ठ
    २१)
    —————<•>—————
    कस्को मन रुँदैन
    सबैलाई हुन्छ पीडा
    चिन्ता लिनु हुँदैन ।
    -सरिता सेढाई, धादिङ
    २२)
    —————<•>—————-
    १.
    नचाहिने विचार घटाऔँ
    सकारात्मक राखी सोच
    मनको चिन्ता हटाऔँ !
    २.
    आफैँ बुझाउँ मन
    अरूले त जानाजानी
    दुखाइ दिन्छन् कोट्याइकन !
    -पशपती राई, खोटाङ
    २३)
    —————<•>—————
    चिन्ताले स्वास्थ्य बिगार्ने
    प्रभुको चिन्तन गरौँ
    गर्छ यसैले सपार्ने !
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    २४)
    —————<•>—————
    १.
    लाग्छ चिन्ता मलाई
    कतै शङ्काको हुरीले
    कोर्न सक्छ सलाइ !
    २.
    तिम्रो मायाले गलायो
    प्रियतम नजाऊ छोडी
    हृदय मेरो जलायो !
    -विवश पारदर्शी
    झापा
    २५)
    —————<•>—————
    चिन्ताले शरीर गलाउँछ
    मन स्वच्छ राखौँ
    आशाको दियो पलाउँछ ।
    -भुपेन्द्र राना मगर
    धादिङ
    २६)
    —————<•>—————
    १.
    चिन्ताले छोएको पल
    आखाँमा आँसु छल्किने
    जीवन लाग्ने खलखल ।
    २.
    चिन्ताले ज्यान सुकाउने
    वसन्त ऋतुको बेलामा
    मनमा उदासी छाउने ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    २७)
    —————<•>—————     
    जुकाझैँ पो ! टाँसिन्छ
    चिन्ताले जीवन मान्छेको
    रोग  शोकमा भाँसिन्छ ।
    -रुना कर्माचार्य दाहाल
      चितवन
    २८)
    —————<•>—————
    नलिउँ चिन्ता कसैले
    बिताउँ जीवन हाँसेर
    हाँसी, खुसी सबैले !
    -नागेन्द्रप्रसाद यादव
    २९)
    —————<•>—————
    १.
    चिन्ता  नलिनू  मनमा
    मानसिक विश्राम  लिनू
    स्फूर्ती  जगाई  तनमा स्फूर्ति !
    २.
    चिन्ताको  औषधी  हुँदैन
    छट्पटी  बढ्छ  मनमा
    खुसीले  ठ्याक्कै  छुँदैन ।
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    ३०)
    —————<•>—————
    देशको गति सम्झेर
    चिन्ता लाग्छ मलाई
    अनि बस्छु गम्केर !
    -कमल थापा
    ३१)
    —————<•>—————
    १.
    चिन्ता हो अभिशाप
    चितामा पुर्याउन सक्छ
    गरौँ मनदेखि सखाप !
    २.
    हुँदैन चिन्ताको नाप
    गलाउँदै लान्छ शरीर
    मानेर हुन्न पश्चाताप !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५, जुम्ला
    ३२)
    —————<•>—————
    सकिन्छ खुसी हुन
    त्याग्न सकेमा चिन्ता
    स्वस्थ भइन्छ सुन !
    -सुस्मिता अधिकारी ,काठमाणडौँ
    ३३)
    —————<•>—————
    कमजोर बनाउँछ चिन्ताले
    भन्छन् पुर्‍याउँछ चितामा
    समयमै मनबाट नफाले !
    -अनिता भण्डारी, ताप्लेजुङ
    ३४)
    —————<•>—————
    भयो हरे छिन्नभिन्न
    देशको हालत गिर्यो
    चिन्ताले शान्ति दिन्न ।
    -सन्तु खत्री
    ३५)
    —————<•>—————
    १.
    छोरीलाई अनमाउँदा पीर
    लागेको रुन्चे भतेरमा
    पकाएर खुवाइयो खीर !
    २.
    जन्तीको थिएन ताँती
    एकदमै कम आएर
    हामीलाई भयो जाती !
    -भगवती दवाडी
    ३६)
    —————<•>—————
    चिन्ताले खान्छ ज्यान
    चिन्तामुक्त बनेर बसौँ
    बचाउँ जीवनको शान !
    -देवकृष्ण काफ्ले
    ३७)
    —————<•>—————
    १.
    हाँसेर जीवन बिताऔँ
    दुई दिनकाे जिन्दगीमा
    सबैकाे भलाे चिताऔँ
    २.
    हटाइदिनु मनकाे मैलाे
    अन्धकार भैदिन्छ आखिर
    लक्ष्मीकाे आँगन दैलाे ।
    – नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट
    ३८)
    —————<•>—————
    नलिनू चिन्ता कहिले
    दुःखकष्ट विपद परेमा
    खुसी रहनु जहिले !
    -समुन्द्रा शर्मा
    ३९)
    —————<•>—————
    १.
    चिन्ताले मदिरा पिएँ
    तिम्रो यादहरुमा
    दिल खोली जिएँ ।
    २.
    चिन्ता शत्रु हाम्रो
    नलिनु सधैँ मनमा
    खुसी हुनु राम्रो !
    -प्रेम शर्मा ” एकान्त प्रेमी ” कालेबुङ
    ४०)
    —————<•>—————
    १)
    चिन्ता लिनु हुन्न
    यसले पुर्‍याउँछ चितामा
    धामीले पनि छुन्न ।
    २.
    हुने घटना हुन्छ
    चिन्ता लिने नगर्नु
    विधातालाई कस्ले छुन्छ ।
    -शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ४१)
    —————<•>—————
    लिन्न भन्दा आइलाग्ने
    रोग रहेछ चिन्ता
    तन सुकाउन जाइलाग्ने !
    ✍️ विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    ४२)
    —————<•>—————
    १)
    समस्या सबैमा आउँछ
    समाधान हुन्छ बिस्तारै हुन्छ
    खुसी आनन्द छाउँछ !
    २.
    दु:ख आउँछ जान्छ
    पिर लिन हुँदैन
    चिन्ताले जिउ खान्छ !
    -उर्मिला के.शी., धनकुटा
    ४३)
    —————<•>—————
    आफूलाई निर्धो ठानी
    चिन्ता नगरौँ हरदम
    चिन्ताले गर्छ हानी !
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    ४४)
    —————<•>—————
    १.
    पिर चिन्ताले छोड्दैन
    दुःखी गरीब भएपछि
    आफन्तले  सम्बन्ध जोड्दैन ।
    २.
    बलेको आगो ताप्छन्
    गाउँघर  जताततै सबैले
    धन सम्पत्ति नाँप्छन् ।
    -कला ढकाल, झापा
    ४५)
    —————<•>—————
    १.
    नलिए चिन्ता मनमा
    कसरी बनिन्छ सफल
    नगाडे र्याल धनमा ?
    २.
    चिन्ताले चिन्तनशील बनाउला
    अनावश्यक चिन्ताले मान्छेलाई
    फेरि चितामा पुर्याउला !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ । हाल चनपा ६ मातातीर्थ
    ४६)
    —————<•>—————
    १.
    चिन्ताको  रोग लागेर
    पुग्दछ मान्छे चितामा
    सक्दैन उम्किन भागेर !
    २.
    मनमा शान्ति पाउन
    गरेमा  सेवा दुखीको
    पर्दैन मन्दिर धाउन !
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ४७)
    —————<•>—————
    १.
    नगर्नू चिन्ता बेकार
    घट्छ जीउ चिन्ताले
    मान्छ मनले हार !
    २.
    नलिनू धेरै चिन्ता
    सफलता कहाँ मिल्छ
    मिहिनेत नगरी हिँड्दा !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ४८)
    —————<•>—————
    चिन्ता राम्रो हुँदैन
    चितामा पुर्याउला यसले
    बसेमा टाढा छुँदैन ।
    -सरस्वती श्रेष्ठ
    (४९)
    —————<•>—————
    १.
    चिन्ता भयानक रोग
    आफैँमा उब्जिन्छ यो
    हटाउनु उत्तम योग ।
    २.
    चिन्ताले आगो बल्छ
    समालिन नसके मान्छे
    मुटुदेखि सारा जल्छ ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
    ५०)
    —————<•>—————
    चिन्ता हो सलाइ
    जीउँदै मार्न सक्छ
    यसले भित्रभित्रै जलाई !
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    ५१)
    —————<•>—————
    १.
    गुम्स्याएर राखेको कुरो
    चिन्ता बन्न पुग्छ
    राख्न हुँदैन अधुरो !
    २.
    त्याग  चिन्ता  पीर
    सकिन्छ आँट गर्दा
    मन   हुन्छ   स्थिर !
    -अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    ५२)
    —————<•>—————
    १.
    व्याख्या गरौँ यसको
    नेतृत्वमा बस्नेहरूले नै
    चिन्ता गर्दैनन् देशको ।
    २.
    खुसीको रङ्ग छरौँ
    सहजै जिउन जिन्दगी
    चिन्ता कम गरौँ !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ५३)
    —————<•>—————
    चिन्ताले चितामा पुर्याउँछ
    नसोच्नू अरू केही
    झन् जीवन तुर्याउँछ ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    ५४)
    —————<•>—————
    १.
    चिन्ताले  जिन्दगी बन्दैन
    समस्या बुझे पनि
    कसैले बिचरा भन्दैन !
    २
    जब चिन्तामा पर्छ
    मानसिक सन्तुलन गुमाई
    देहत्याग नै गर्छ ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ५५)
    —————<•>—————
    १.
    चिन्ता गरेरै मर्यो
    नगर भन्दा मानेन
    बिचरा ठहरै पर्यो ।
    २.
    भन्छन् चिन्ता रोग
    कतिलाई बुझाउनु यहाँ
    बरू भगवान् ढोग !
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ५६)
    —————<•>—————
    १.
    चिन्ताले जीवन जान्छ
    नलिनू तनाव व्यर्थै
    अकालै कालले लान्छ ।
    २.
    चिन्ताले मन जलाउँछ
    सुन्दर जीवन पनि
    जलाएर खरानी बनाउँछ ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५७)
    —————<•>—————
    १.
    आएको समस्या झेल्नुपर्छ
    हिम्मत जुटाऔँ सबैले
    जीवनको गाडी ठेल्नुपर्छ ।
    २.
    बगर बनाएर दामी
    दु:खद परिस्थिति छिचोल्दै
    अघिअघि जाऔँ हामी !
    -पृथक प्रकृति ,झापा
    ५८)
    —————<•>—————
    १.
    देशको चिन्ता छैन
    भ्रष्ट हुनाले नेता
    खोसियो जनताको चैन !
    २.
    राज्यकोष बाँडेर खाए
    जनताको मौलिक हकमा
    पुरै अङ्कुस लगाए ।
    -बाबुराम गौतम, गुल्मी
    ५९)
    —————<•>—————
    १.
    चिन्ता राेगकाे बीउ
    आफैँ उब्जिएर मनमा
    सारै गलाउँछ जीउ ।
    २.
    भाेक निद्रा भगाउन
    खप्पिस हुन्छ चिन्ता
    शरीरमा राेग लगाउन !
    -काेपिला अधिकारी
    गाेरखा ,सिरानचाेक
    ६०)
    —————<•>—————
    १.
    हुनेहार दैव नतार
    भन्ने उखान सुन्छु
    नलिउँ चिन्ता धुवाधार !
    २.
    नियति सकाराैँ सबै
    भागेर कहाँ जानु
    नलिउँ चिन्ता कबै !
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    ६१)
    —————<•>—————
    १.
    अराजकताको बीउ जाग्याे
    चिन्ता देशको भविष्यको
    सुनिन्छ नेताहरू भाग्याे ।
    २.
    सम्झिन्छु जनयुद्धको तर्क
    गतिविधिले लाग्छ चिन्ता
    पुरानै   बाटोमा   फर्क ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    ६२)
    —————<•>—————
    १.
    गल्तीले शिर झुकाउँछ
    सोचेर बोलौँ सधैँ
    चिन्ताले शरीर सुकाउँछ ।
    २.
    रोग चिन्ताले भेटायो
    खुसी आएन मेरो
    ईश्वरले लेख्दै मेटायो ।
    -अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ६३)
    —————<•>—————
    बगिरहोस् जीवनको धारा
    सकारात्मक सोच ल्याऊँ
    सकिनेछ दु:ख सारा !
    -नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर
    ६४)
    —————<•>—————
    चिन्ता गरौँ बाआमाको
    भगवान् हुन् हाम्रा
    नगर तीर्थ धामाको !
    -सविता, भट्टराई, जनकपुरधाम
    ६५)
    —————<•>—————
    चिन्ताले ग्रसित भयो
    उपचारमै उठ्यो बास
    सारा खेतबारी गयो ।
    -बिरेन्द्र कुमार चौधरी
    इटहरी, सुनसरी
    ६६)
    —————<•>—————
    पागल हुन्छ मन
    चिन्तालाई स्थान दिए
    गल्दै जान्छ तन !
    -नन्दा धामी
    नौगाड दार्चुला
    ६७)
    —————<•>—————
    खाइरहन्छ भित्र कुटुकुटु
    जतिबेला हुन्छौ टाढा
    चल्दैन तिमिबिना मुटु !
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ६८)
    —————<•>—————
    १.
    चिन्ताले चिता ल्याउँछ
    पीरमर्का दिएर सधैँ
    ज्यान गलाएर सताउँछ ।
    २.
    सधैँ सताउने गर्छौ
    अमिट्य चोट दिई
    फेरि आफैँ डर्छौ ।
    -सञ्जीवराज जोशी विवस, कञ्चनपुर
    ६९)
    —————<•>—————
    चिन्ता लिई नथाक्नू
    हुने भएरै छोड़छ
    मनको चोट ढाक्नू !
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ
    ७०)
    —————<•>—————
    १.
    चिन्ताले पुर्याउँछ चितामा
    मुक्ति पाउन समस्याबाट
    समर्पित हुनू गीतामा !
    २.
    चिन्तनले अध्यात्मतर्फ डोहोर्याउँछ
    व्यर्थको चिन्ताले व्यक्तिलाई
    सिधैँ चितामा सुताउँछ ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ७१)
    —————<•>—————
    १.
    महिला हिंसा बढेछ
    नजर यता लगाऔँ
    समाज कता ढलेछ ?
    २.
    रूप छन् धेरै
    समाजमा महिला हिंसाका
    बसेका छन सहेरै !
    -देव मगर
    तिनाउ-१,,कचल,पाल्ला
    ७२)
    —————<•>—————
    १.
    विचारबाट मनमा पसेर
    दुःख दिन्छ चिन्ताले
    हरेक पलपलमा डसेर !
    २.
    बेलैमा नगरे निदान
    भित्रभित्रै खोक्रो बनाई
    लिन्छ चिन्ताले ज्यान !
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ७३)
    —————<•>—————
    १.
    चिन्ता भएमा मनमा
    पिरोल्छ भित्रभित्रै हरदम
    लाग्दैन घाम तनमा !
    २.
    समस्या  समाधान   हुँदैन
    बोकेर चिन्ताको भारी
    बाहिरी वातावरणले छुँदैन ।
    -घनश्याम पन्त, हरिवन सर्लाही
    ७४)
    —————<•>—————
    १.
    चिन्ताले पिरोलेको मन
    सुखले बस्दैन कहिले
    दुख्दछ भित्रसम्म तन !
    २.
    चिन्ता विषकाे भाँडो
    कतिले जानेर पिउँछन्
    लगाई घाँटी ठाडो !
    -विनोद खाती, मिरिक
    ७५)
    —————<•>—————
    १.
    मनमा भयो पिर
    छैन लहर खुसीको
    फुट्न खोज्छ शिर !
    २.
    चिन्ताले बाधा टर्दैन
    दुःख लाग्छ खाली
    आफैँलाई मन पर्दैन !
    -श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६२ सम्पन्न

  • ९ मंसिर २०८१, आईतवार १६:१९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६२ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    टुक्कामाथि टुक्काको १६२ औँ शृङ्खलामा सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-

    _______________________
    १.
    मह झैँ गुलियो बोली बिस्तारै बन्दै गयो चर्को
    सोच्दैथे किन होला भनी दिलमा रहेछ अर्को ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    _______________________
    २.
    सिधा नजर हेर्दै थियाे कर्के नजर हेर्याे
    चर्काे बाेली बाेल्याे यता मन चाहिँ अन्तै फेर्याे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    _______________________
    ३.
    सखा हुँ म भन्छ तिम्रो अवश्य
    लुकाएर हिँड्छ आफ्नो रहस्य !
    ✍️ सागर आँसु -डोटी
    _______________________
    ४.
    छानी छानी फाइदा खोज्दै अनेक प्रीति  लाएपछि
    भएको त  विषै हुन्छ फेरि नयाँ अर्को आएपछि  ।
    ✍️ सुशीला शिखा
    काठमाडौँ कागेश्वरी
    _______________________
    ५. कर्खा छ्न्द
    झरेको पात जसरी फ्यात्त भुइँमा झर्छ माटोमा मिल्न
    मानव रूपी चोलालाई नै सिकाउँछ त मृत्युमा खिल्न।
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    _______________________
    ६. छन्द- शिखरिणी
    थियो माया साँचो हरबखत चोखो अति घना
    चिसो त्यो बोलीले अलिकति बढ्यो नीरसपना ।
    ✍️ दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    _______________________
    ७.
    दिएकै थिएँ  चोखोमाया गयो पापीले नै लुटेर
    तैपनि थिलोथिलो पार्थ्यो छलिले दिनहुँ चुटेर ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    _______________________
    ८.
    लाएर माया अबुझलाई भयो नि माया वेवारिसे
    मनमा सजाइ के गर्नु सताउँछ अति नै आरिसे ।
    ✍️ पुष्पा राई, बादेल, खोटाङ
    _______________________
    ९.
    जति सोझो भए पनि गर्थ्यो मलाई झर्को र फर्को
    मति बिग्रेको  हुँदा घर  छोडी  लिएर  हिँयो अर्को ।
    ✍️ बेदु न्यौपाने
    _______________________
    १०.
    निष्ठुरी मन  पारेर माया  आफूलाई दिएन
    शायद त्यो दिलभित्र नै मप्रति माया थिएन ?
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    _______________________
    ११.
    वस्तुले छेकेसम्म बन्छ त्यसको छाया
    देखाउँदै हिँड्छन् हेर फेसबुके माया ।
    ✍️ दीप गोले तामाङ – रौतहट
    _______________________
    १२.
    मान्छेको जातले घरीघरी रङ फेर्न बेर लाउँदैन
    स्वार्थले लिप्त भएपछि बुद्धि विवेक कवै आउँदैन ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    _______________________
    १३.
    बाहिर एउटाभित्र अर्को रहेछ तिम्रो बोली
    बोलेरै नै आखिर सबै खायौ बनाएर गोली !
    ✍️ आर्त अकुलीन
    _______________________
    १४.
    खेलाएर बाहिर अर्को मलाई चेपारो घस्दै थियौ
    नकचरो धोकेबाज आज आएर किन धोका दियौ ।
    ✍️ सरिता सेढाई, धादिङ
    _______________________
    १५.
    सतर्क हुनुपर्छ पहिले नै आनिबानी देखेर उनको चाल
    दुईदिने माया लाउँछन् फसाउनलाई रचेर अनेक जाल ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    _______________________
    १६.
    मीठो बोलौँ सबैले सुन्ने खालको मन्तव्य
    थाहै हुन्न कता जाने हो जोगीको गन्तव्य ।
    ✍️ चुडामणी देबकोटा, पुरानो नैकाप काठमाडौँ
    _______________________
    १७.
    नानाथरी शङ्का गर्छौ तिम्रै छ बोली चर्को
    च्यातिदिन्छु दिल हेर लौ तिमी छौ कि अर्को ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    _______________________
    १८.
    चोखो माया गर्छु भनी गर्यो जालझेली
    साख्खै बनी छुरा हान्ने कस्तो खेल खेली ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    _______________________
    १९.
    बोली भने चर्को, खस्रो नजर त्यो कर्के थियो
    ठिक्क त एकातिर भित्र रूप अर्कै देखियो ।
    ✍️ इन्दु श्रेष्ठ, चितवन
    _______________________
    २०.
    जो यथार्थ नबुझी कुबाटोतिर पस्छ
    आखिर स्वार्थले ठुलै खाडलमा खस्छ ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    _______________________
    २१.
    पहिलो भेटमा मीठो बोलीले खुत्रुक्कै पार्यौ
    अहिले अंकुशेले तानेर छाँगोबाट झार्यौ ।
    ✍️ रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ।
    _______________________
    २२.
    किन हुन्छ होला हाम्रो मन अर्कालाई सताउने ?
    यस्ता कार्यले शेषमा कष्ट आत्मालाई कटाउने ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    _______________________
    २३.
    मनमा अर्कै साथमा अलग, चरित्र छ बनेको
    देखिन्छ जीवनभरमा यति पुगे, भन्दै गनेको ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    _______________________
    २४.
    कसरी भयौँ तिमी यहाँ फेरि अर्काे
    यसैले त होला नि तिम्रो बोली चर्को।
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    _______________________
    २५.
    दुइटा मन भएपछि ~ दाेधारे त हुने भयाे
    एउटासँग रिस उठ्याे भने अर्कैकाेमा गयाे ।
    ✍️ बाबू विराज
    कपिलवस
    _______________________
    २६.
    मुखले एउटा कुरा गर्छन्
    परिआउँदा त पछि सर्छन् ।
    ✍️ कला ढकाल, झापा
    _______________________
    २७.
    स्वार्थी भइहाल्छ मान्छे ठाउँ पाएपछि किन,
    सधैँ एकैनास हुँदै हुँदैनन् मान्छेको  दिन ।
    ✍️ भगवती दवाडी
    _______________________
    २८.
    सुरूमा फकाउँछ्न् आफ्नोतिर पार्न
    नजिक भएपछि दु:ख दिन्छन् मार्न ।
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    _______________________
    २९.
    झुटो माया लाएर यहाँ व्यर्थै रुन्छौ किन
    के सही के हो गलत पहिले तिमी चिन ।
    ✍️ अनिता भण्डारी, ताप्लेजुङ
    _______________________
    ३०.
    नरम बोलीमा गर्यौ शङ्का अनि चर्को बोल्न थाले
    चिनेनौ आफ्नै छाया भन्छौ मुटुमा अरूलाई पाले ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाण्डौं
    _______________________
    ३१.
    जुन दिनदेखि लगाउन थाल्यौ तिमीले छोटा कपडा
    त्यही दिनदेखि सुरू भएको हो हाम्रो घरमा लफडा  l
    ✍️ बाबुराम गौतम, गुल्मी
    _______________________
    ३२.
    भित्र खोक्रो बनाइसक्यौ बाहिर पार्छौ ठिक्क
    तिम्रो बानी व्यवहारले भइसकेँ म दिक्क ।
    ✍️ मन्दिरा सेढाई,    मलेखु, धादिङ
    _______________________
    ३३.
    उसैले नै  माया  गर्छु  भन्दै  दिई फूल
    त्यही फूल भयो आज मुटु घोच्ने सुल ।
    ✍️ नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ।
    _______________________
    ३४.
    कानुन बिग्रन्छ त्यो कालो कोटले
    नेताहरू बिग्रेका हुन् हाम्रै भोटले ।
    ✍️ घनश्याम पन्त, हरिवन सर्लाही
    _______________________
    ३५.
    चस्स मुटु दुख्यो जब बोल्दा लाग्यो उसलाई झर्को
    अनि चाल पाए खोली फालेको मेरो प्रीतिको बर्को ।
    ✍️ रुना कर्माचार्य दाहाल
    _______________________
    ३६.
    चिसो मौसममा न्यानो त्यो अङ्गालो थियो जस्तै बर्को
    लत्याई मेरो माया किन गयो भनेको रै’छ अर्को ।
    ✍️ सङ्गीता खरेल, काठमाडौं
    _______________________
    ३७.
    कस्तो स्वार्थी मानिस लाेभी हुन्छ
    माया हुन्छ न ममताले छुन्छ ।
    ✍️ रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी ।
    _______________________
    ३८.
    बाेली अति मिठास उस्काे शब्दमै गुलियाे घाेल्छे
    स्वार्थसिद्ध भएपछि  विष वमन गर्दै पोल्छे ।
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४ ।
    _______________________
    ३९.
    मान्छेको जात नै स्वार्थमा अल्झेकाे हुन्छ
    नातागोता सबै लाभमा बल्झेकाे हुन्छ  ।
    …..
    वीरगञ्ज, हाल काठमाडौ -५
    _______________________
    ४०.
    बचत गरिदिएको छु, जनताको खुसी देख्न हेर
    चाहेको छु समृद्ध नेपालको इतिहास लेख्न धेर ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    _______________________
    ४१.
    भुलियौ गुलियोमा पहिले
    चर्को भन्छौ आएर अहिले।
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    _______________________
    ४२.
    मेरै मायामा गरिरहन्थी मनोमानी
    तर थाहै नपाई मलाई छुरा हानी ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा
    _______________________
    ४३.
    तिम्रै दुई नयनको बन्न मन छ नानी
    तिर्खा मेटाउनलाई बन्न मन छ पानी ।
    ✍️ भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    _______________________
    ४४.
    मीठा मीठा बोली अनि आकाशका तारा पनि झार्ने
    बिस्तारै मायामा चिसो पस्दै जाँदा अलपत्र पार्ने ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    _______________________
    ४५.
    अलिकति भावनात्मक बनिदिँदा केटी  फस्छन्,
    अनि पछि गएर वास्तविक बुझ्दा स्वाट्ट खस्छन् ।
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    _______________________
    ४६.
    जिन्दगीको घामछाँया सहनु हुन्छ धेरै चर्को
    तलमाथि हुन्छ कहिलेकाहीँ नमान्नु है झर्को ।
    ✍️ बिके मुखिया
    दार्जिलिङ,भारत।
    _______________________
    ४७.
    मुखमा राम ! राम ! जपेर पिठ्युँमा हान्ने गर्छन् छुरा
    बनाई अरूलाई माध्यम,  आफ्ना सपना गर्छन् पूरा ।
    ✍️ खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    _______________________
    ४८.
    मुखमा राम ! राम ! त बगलीमा छुरा
    छाेडिदियाै साथ स्वार्थ भएपछि पूरा ।
    ✍️ अनामिका
    _______________________
    ४९.
    बोली वचन मीठो रै’छ मान्छे तिमी छुच्ची
    मनमा अर्कै राखेर गफ लाउँछे फुच्ची ।
    ✍️ बुद्धिमान दनुवार  ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    _______________________
    ५०.
    गफ नगर धेरै, तिम्रै लागि बाँचेकी थिएँ
    आँखा लगायौँ अर्कैलाई तब मुटु यो सिएँ ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    _______________________
    ५१.
    नक्कली माया हाे स्वार्थकाे काेक्राे
    अन्त्यमा उसले फुलायाे धाेक्राे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    _______________________
    ५२.
    भन जे भन्नु छ मुख थुन्न सक्तिनँ
    आफ्नो आङ नहेर्ने त्यो कुरा मान्दिनँ ।
    ✍️ लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
    _______________________
    ५३.
    चिप्ला कुरामा चिप्लिएर सुम्पिएको हकअधिकार
    बैमानी मायाको माया जालमा अक्सर पर्छ सिकार ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी सुनसरी।
    _______________________
    ५४.
    देखेर देशकाे यो हालत यहाँ
    धुरु धुरु रुन मन लाग्छ जहाँ ।
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    _______________________
    ५५.
    भ्रष्टाचारीमा किन जोडेको यस्तो बदनाम
    जसरी पनि सम्पत्ति आर्जनु हो हाम्रो काम !
    ✍️ विवश पारदर्शी
    झापा
    _______________________
    ५६.
    फकाइफकाइ लियौ मनको कुरा
    आखिरमा हानिछाड्यौ छातीमा छुरा ।
    ✍️ राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    _______________________
    ५७.
    लगाएर बोली चर्को किन तर्किने
    आफ्नै गल्ती भएर नि आँसु छर्किने ।
    प्रेम सुनार, दैलेख
    _______________________
    ५८.
    घरमा ठिक्क मनमा अर्को हुँदा लथालिङ्ग जीवन
    त्यै भएर तुनाधरो समेत ल्याइदिँदैनौ रिबन ।
    ✍️ जमुना आचार्य, सिन्धुपाल्चोक
    _______________________
    ५९.
    माया विश्वासका फूलमा काँडा बिझाउने चाम्रो
    कुरा काट्नेले काटुन मायामा छ विश्वास हाम्रो ।
    ✍️ हन्नाह छेत्री, दार्जिलिङ
    _______________________
    ६०.
    लगाएर बल किन गर्ने झर्को र फर्को
    मनमा एउटा बसाई दिलमा छ अर्को ।
    ✍️ कृष्ण बजगाई, भक्तपुर
    _____________________

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८३ सम्पन्न

  • ९ मंसिर २०८१, आईतवार १३:५१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८३ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    ममता
    सन्तानको माया
    घाम पार्दै छाया !

    • वसन्त अनुभव
      [२]
      ममता
      प्राणी सबैमा
      राख्नुपर्छ सधैँ समता !
    • दीपा गुरुङ्ग
      दुबेकोल, खोटाङ्ग
      [३]
      ममता
      प्राणी सबैको
      गरौँ मनले समानता !
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ
      [४]
      माया
      सन्तानकाे सुरक्षा
      बनाउँदैछ छ छाया !
    • ताराप्रसाद चापागाईँ
      [५]
      ममता
      आमाकाे काख
      कराेडाैँमा हुन्छ लाख !
    • केसर बाेहरा ‘सङ्घर्ष”
      अछाम, हाल- भारत
      [६]
      आमा
      मायाको खानी
      गर्छिन माया नजानी !
    • सङ्गीता खरेल, काठमाडौँ
      [७]
      प्रष्ट
      ममताको छाया
      देखिन्छ भित्रको माया !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [८]
      ममता
      सन्तानले छुन्छ !
      आमाको काख हुन्छ !
    • बेदु न्यौपाने
      [९]
      आमा
      संसारको आधार
      दिनुहुने मायाको उपहार !
    • दीप गोले तामाङ, रौतहट
      [१०]
      माया
      जोगाएर काया
      घाम पानी छाया !
    • आर्त अकुलीन
      [११]
      आमा
      सन्तानको माया
      निस्वार्थ मायाको छाया !
    • बिबा तामाङ
      [१२]
      खास
      आफ्नो सन्तानलाई
      दिलाउदै शितलताको आभास !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१३]
      आमा
      पक्षी जनाबर
      सबैलाई समान माय !
    • चूडामणि देवकोटा
      पुरानोनैकाप, काठमाण्डौँ
      [१४]
      ममता
      प्राणी सबैको
      पालन पोषणको कर्ता !
    • धनमाया चौधरी, कैलाली
      [१५]
      आमा
      गर्दैन मनोमानी
      नि:स्वार्थ प्रेमको खानी !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१६]
      आमा
      घामको राप
      ममता नै बचावट !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१७]
      सन्तान
      प्रिय हुने
      कष्टमा मन छुने !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [१८]
      स्नेह
      आफ्नै सन्तान
      आमाको माया महान !
    • कविता आचार्य, कैलाली
      [१९]
      माया
      अनौठो सम्बन्ध
      छाया पारी प्रबन्ध !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [२०]
      आमा
      ममताकी खानी
      गर्छिन् माया जानी !
    • नागेन्द्रप्रसाद यादव
      [२१]
      सन्तान
      सबैका प्यारा
      दु:ख भुलाउने सहारा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२२]
      सन्तान
      आफ्नो छाया
      भएमा पाइन्छ माया !
    • कला ढकाल, झापा
      [२३]
      आमा
      सन्तानको माया
      सन्तानमा मायाको छाया !
    • बुद्धिप्रसाद लामिछाने
      घोडसघोडी-८, दीपनगर, कैलाली
      [२४]
      सन्तान
      हुरीले हर्दैन
      माया टाढा गर्दैन !
    • भगवती दवाडी, झापा
      [२५]
      आमा
      नि:स्वार्थ छाया
      परिवेश अनुरूप माया !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा -९ , कैलाली
      [२६]
      ममता
      सन्तानका बीच
      सधैँ राख्छिन् समता !
    • डा. देवी पन्थी
      [२७]
      सन्तान
      पारिवारिक माया
      स्पष्ट देखिन्छ छाया !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [२८]
      मातापिता
      सन्तानलाई छहारी
      दिइरहने नमानी दिक्दारी !
    • केन्द्रप्रकाश बराल, इलाम
      [२९]
      माया
      सन्तानमा पोखेर
      पीडा सहन्छिन् आमा !
    • सुस्मिता अधिकारी, काठमाण्डौँ
      [३०]
      छाया
      आमाको जस्तो
      अरूको हुँदैन माया !
    • घनश्याम पौडेल, पोखरा
      [३१]
      आमा
      देखाउने संसार
      पोखेर सपना हजार !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [३३]
      अडिएको
      मायामा सन्सार
      माया अमूल्य भन्सार !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [३४]
      सन्तान
      ईश्वरको बरदान
      आमाको माया हरदम !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [३४]
      ममता
      आमाको खास
      उन्कै लाग्छ आस !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३५]
      आमा
      ममत्वकी खानी
      दिन्छिन् हरबखत छहारी !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हाल- काठमाडौ-५
      [३७]
      स्मृति
      ममता आमाको
      हुन्छ सुरक्षाको प्रत्याभूति !
    • सरस्वती वली
      [३८]
      आमा
      काखमा खेल्दा
      आज आँसुले पेल्दा !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३९]
      मायामा
      सन्तान रमाउँछन्
      आमाको शीतल छायामा !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४०]
      आमा
      ममताको खानी
      दु:ख सहने बानी !
    • भोज विवश मगर
      नवलपरासी पूर्व
      [४१]
      मायाममता
      आत्मियतापूर्ण व्यवहार
      संसारमा महिमा अपार !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४२]
      ममता
      दिन्छ छाया
      आमाको अगाध माया !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [४३]
      मायाले
      संसार चल्दैन
      जुध्न छाड्नु पर्दैन !
    • लक्ष्मी रिजाल, रूपनगर, सप्तरी
      [४४]
      ममतामयी
      परोपकारी गौमाता
      सुरक्षित सन्तानको कामना !
    • कण्ठराज गिरी, टीकापुर
      [४५]
      छहारी
      शीतलताको अनुभूति
      प्रकृति प्रेम उपकारी !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [४६]
      संसार
      कायाको माया
      जीवन रहेछ रामछाया !
    • कमला देवकोटा, पाल्पा
      [४७]
      आमा
      मायाकी खानी
      सिध्याउँछिन् यिनैमाथि जवानी !
    • चक्र शाही, लम्की, कैलाली
      [४८]
      माया
      आफू जलेर
      आमाले दिन्छिन् छाया !
    • विवश पारदर्शी, झापा
      [४९]
      आमा
      सहनशीला नारी
      कष्ट झेल्ने छहारी !
    • टीकाराम जाेशी, टीकापुर
      [५०]
      घाम
      देखिने छाया
      सबैकाे सन्तानकाे माया !
    • भाेलनमान बर्देवा, धरान-८, सुनसरी
      [५१]
      आमा
      मायाको खानी
      सन्तानलाई देख्छन् नानी !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५२]
      संसार
      आमाको माया
      सन्तानलाई सधैँ अपार !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ सम्पन्न

  • ७ मंसिर २०८१, शुक्रबार १६:५३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४४ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४४ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    हल्लाले बजार खान्छ
    सत्यको बाटो तिम्रो,
    गलतले गलतलाई छान्छ ।
    २,
    सही नेतृत्व आए
    चाहिॅंदैन आइतबार विकासको,
    जनताले दिमाग लगाए ।
    ३,
    धेरै ढिलो भइसक्यो
    देश समृद्ध हुन
    जनशक्ति खेर गइसक्यो ।
    ✍️म्यामराज राई
    …
    १,
    हल्लाले कति चल्छ ,
    ज्ञानको दियो त
    बिस्तारै बिस्तारै जल्छ।
    २,
    सबैको सोच यस्तो
    कसैले गर्छ भन्ने
    हाम्रो सोच कस्तो ?
    ३,
    नपछुताउनु के भयो !
    आजको लागि सोचौँ
    हिजो त गयो ।
    ✍️दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    …
    १,
    हल्ला धेरै भयो
    जनशक्ति अति भए
    काम कता गयो ?
    २,
    खेतबारी खन्नु पर्ने
    आफ्नै बारीमा खन्न
    अर्काले आँखा तर्ने !
    ३,
    सत्यको विजय हुन्छ
    असत्य धेरै टिक्तैन
    सत्यले जून छुन्छ।
    ✍️बेदु न्यौपाने
    …
    १,
    रहेमा पवित्र माया
    सुखी आफ्नै संसार
    सबल बन्छ काया।
    ✍️ताराप्रसाद चापागाईँ
    …
    १,
    सदियौँदेखि गलत रहेको
    देशलाई चुस्ने उडुसहरूलाई
    निमुखा जनताले सहेको ।
    २,
    देश विकासको कुरा
    रहेसम्म तिनैको हातमा
    हुन्न सोचेर पूरा ।
    ३,
    निस्किँदैछन् कर्तुत अहिले
    कसरी निले देशलाई ?
    जनता भ्रममा जहिले ।
    ✍️पुष्पा राई, बादेल, खाेटाङ ।
    …
    १,
    राजनेता चाहिन्छ विकासको
    खाका कोर्न जहाँ
    खोजौँ बाटो निकासको ।
    २,
    अहिले बितिसके धेरै
    शताब्दी हाम्रो नेपालको
    काममा सधैँ बेरै ।
    ३,
    विकासको मूल फुटाउन
    हुन्न धुप हालेर
    पर्छ जनसहभागिता जुटाउन ।
    ✍️देव मगर
    तिनाउ-१,कचल, पाल्पा
    …
    १,
    हल्लैहल्ला मात्रको सहर
    शान्त भावले सुन
    उनैको बोलीमा जहर ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    छैन गर्नु काम
    हल्ला मात्र ठुलो
    कर्तुत खोतल्दै जाम।
    २,
    निष्कलङ्कित छैनन् कोही
    खोक्रो बनाइसके देश
    यिनै हुन् देशद्रोही।
    ३,
    आफ्नै देशमा बस्ने
    छैन वातावरण पनि
    जनशक्ति विदेश पस्ने।
    ✍️सतीश पण्डित
    भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
    …
    १,
    नयाँ सम्बन्ध जोडौँ
    नाम मात्रको फेसबुक
    एक एक गोडौँ ।
    २,
    मूल्य पनि बढ्यो
    ऋतु परिवर्तन भएसँगै
    चिसो बिस्तारै चढ्यो ।
    ३,
    नसोध मेरो हाल
    परेपछि मात्र तिमीले
    थाहा पाउॅंछौ चाल ।
    ✍️त्रिलोचन भण्डारी
    मेचीनगर, झापा
    …
    १,
    हल्लैहल्लाको हाम्रो देश
    अरूको पछि लाग्दा
    बन्दैन् आफ्नो परिवेश।
    २,
    हल्लाको पछि नलागौँ
    सही नेतृत्व छान्न
    बरु सबै जागौँ ।
    ३,
    सुन्दर देश हाम्रो
    सबै मिलेर सम्हाल्दा
    विश्वमै हुन्छ राम्रो।
    ✍️अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन।
    …
    १,
    देशको हुनेछ उन्नति
    भ्रष्ट नेता लिएर
    जब बग्नेछिन् बाग्मती।
    २,
    कानै चिरेका जोगी
    नेपालका नेता सबै
    भ्रष्टाचारी सत्ता भोगी।
    ३,
    श्रम सीप जाँगर
    लगाऊ देशमै युवा
    फर्केर आऊ घर ।
    ✍️बिमल पोखरेल
    धरान -१७,पटनाली
    …
    १,
    वास्तविक सुख सन्तोष
    परिश्रमले भरौँ यहाँ
    जीवन पुण्य कोष ।
    २,
    प्रार्थना शनिदेवको मनले
    शेषमा शून्य साथ
    नदिने भौतिक धनले ।
    ३,
    अन्त्यमा बेकार अफसोस
    असर रहन्छ दुष्कर्मको
    अनायासै भाग्यलाई दोष ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    …
    १,
    चिनिने राम्रो कामले
    मिलेर देश बनाऔँ
    इज्जत राखौँ नामले !
    ✍️आर्त अकुलीन
    …
    १,
    नहोऊन् कोही बञ्चित
    समृद्धि ल्याउँछन् युवाले
    राखौं केही सञ्चित ।
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    छैन भकारीमा धान
    हेर्दै नहेरी भन्छौ
    राख्छु देशको सान ।
    २,
    अति भो अब
    भाग्नलाई तयार हुनु
    जनताले लखेट्छन् जब।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ सङ्खुवासभा
    …
    १,
    तराईतिर मङ्सिरमा कुइरो
    जाडो अत्यधिक सङ्केत
    न्यानो लुगाको धुइरो।
    २,
    उमालेर पिउने तातोपानी
    आगो ताप्दा होसियार
    हेलचेक्र्याई नगरौँ जानीजानी।
    ३,
    आगोसॅंग ख्यालख्याल नगरौँ
    कोठामा गुम्म पारेर
    मृतकको समाचारमा नपरौँ ।
    ✍️चुडामणि देवकोटा
    पुरानो नैकाप काठमाडौँ
    …
    १,
    हल्लाले देश चल्दैन
    महॅंगीले आकाश छुँदा
    चुलोमा आगो बल्दैन।
    २,
    गरेर राम्रो काम
    आफ्नो देश बनाए
    इतिहासमा रहन्छ नाम।
    ३,
    न्याउरी मारी पछुतो
    देश कङ्गाल बनाउने
    नेता छैन अछुतो ।
    ✍️राज कुमार राजभण्डारी ‘खोटाङे’
    मध्यपुर ठिमी – ५, सङ्गम कोलोनी राधे राधे भक्तपुर
    …
    १,
    सधैँ सत्तामा जाने
    उनीहरुको मुख्य लक्ष्य
    देश बेचेर खाने ।
    २,
    सत्तामा जानेहरू मौलाउने
    भ्रष्टाचारले देश रित्याएर
    जनता बनाउँछन् बौलाउने ।
    ३,
    अबदेखि युवा जागौँ
    कुरीतिको जरा उखेलेर
    असल कर्ममा लागौँ ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    …
    १,
    हामीले असल भनेका
    नेता चोर रहेछन्
    साधु बिराला बनेका !
    २,
    टाउकोमा जुम्रा परेछ
    देश नेपाल आमाको
    चायाँले केश झरेछ !
    ३,
    डढेलोले खायो वन
    देश जनता लुटेर
    नेताले खाए धन ।
    ✍️विवश पारदर्शी
    झापा,
    …
    १,
    आयो चियो मौसम
    सबै बचौँ यसबाट
    बाहिर हिॅंड्यौ कम।
    २,
    तात्तातो खानेकुरा खाऔॅं
    न्यानो लुगा लाउॅंदै
    स्वस्थ भएर रमाऔॅं ।
    ३,
    हामी कम्मर कसौँ
    खाँदै तातोतातो खानेकुरा
    सबै घरमै बसौँ ।
    ✍️अनिता भण्डारी
    ताप्लेजुङ
    …
    १,
    कुसंस्कार छताछुल्ल भयो
    मानव यसैको चौघेरामा
    थिचोमिचोमै जीवन गयो।
    २,
    पातले बारेका घर
    कमजोर हुँदैन साथी
    भए आपसमा भर।
    ३,
    जीवन रूपी नाउ
    कति बेला डुब्छ ?
    नखोजौँ धेरै भाउ।
    ✍️सुरेशकुमार पाण्डे
    …
    १,
    हाँस्ने र रुने
    जन्मदेखि मृत्युसम्मको यात्रामा
    सबैलाई यस्तै हुने !
    २,
    कहिल्यै नझुकाउनु शिर
    कठिन चुनौती आइपर्दा
    कहिल्यै नमान्नु पिर !
    ३,
    दिन बनिने उमङ्गले
    तलमाथि आफ्नै माथमा
    सक्किने त विढङ्गले !
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान
    …
    १,
    निर्मल मेरो नाम
    बिमा बेच्ने कर्मचारी
    यही मेरो काम ।
    २,
    पाँच पुस्ता बानेश्वरमा
    भीमसेनगोलाको स्थानीय हुँ
    कार्यालय मेरो ज्ञानेश्वरमा ।

    • निर्मल लामिछाने
      …
      १,
      हन कस्तो माया
      कसैले बुझ्न सकेन
      घामको यो छाँया।
      ✍️नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ
      …
      १,
      नेताहरू घुसखोर भए
      जनताले देख्दा देख्दै
      जिउँदै नर्क गए।
      २,
      सहनु गल्ती हाम्रो
      मौकाको फाइदा उठाउँदै
      भ्रष्टहरू भए चाम्रो।
      ✍️अरुण कुमार भुजेल
      गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      ढुकुटी हुनेछ चुली
      छिमेकी त्यो राष्ट्रलाई
      देशले बेच्यो बिजुली ।
      २,
      गुराँस फुल्छ पाखामा
      जतासुकै गए पनि
      देश घुम्छ आँखामा ।
      ३,
      देश विकासमा लागौँ
      भ्रष्टहरूलाई फाल्नैपर्छ अब
      गाउँघर सहरबाट जागौँ ।
      ✍️डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६ , दोलखा ।
      …
      १,
      कति खान्छौ मागी ?
      भ्रष्ट भ्रष्टाचारी दलाल
      सोचेनौ देशको लागि ।
      २,
      महॅंगीले आकाश छुँदैछ
      युवाहरूको लाम लस्करले
      देश रित्तो हुँदैछ ?
      ३,
      सचेत युवा उठ
      हामी मिलेर बनाउने
      हो अब जुट।
      ✍️दीप गोले तामाङ
      रौतहट
      …
      १,
      बोकेर मनमा अहङ्कार
      परिणाम हुन्छ अन्तमा
      लज्जास्पद आफ्नै संहार।
      २,
      ढाका टोपी शीरमा
      सम्पूर्ण एक हौँ
      नपरोस् पाइलो भीरमा।
      ✍️रमेश दियाली
      …
      १,
      स्वागत गर्दछौ हाँसेर
      भालेको शीर ढल्केछ
      मधेशी पोथी बासेर ।
      २,
      मिलेर बसेको राम्रो
      भन्छौ सजिलै तिमीले
      पाहाड डुब्दैछ हाम्रो।
      ३,
      सुक्दैछ शरिरको पानी
      मरन्च्यासे बन्दैछौ दिनहुँ
      औषधी लिन आनाकानी ।
      ✍️मोती योन्जन सुब्बा
      दार्जिलिङ।
      …
      १,
      रहरले नेपाल विकासको
      रगत पसिना बगे
      खोइ, लक्षण निकासको ?
      २,
      भाषण सबैले गर्छन्
      नारा पारा आआफ्नै
      झुठा आश्वासन छर्छन् ।
      ३,
      भो अब चाहिएन
      भोट माग्न नआउनू,
      जीवनभरी चैन पाइएन ।
      ✍️कमला पौडेल
      …
      १,
      चिसोबाट हामी बचौँ
      न्यानो तातो भएर
      झिल्का कविता रचौँ ।
      २,
      चाडपर्व सबै गयो
      कामतिर अब लागौँ
      गोजी खाली भयो।
      ✍️सविता भट्टराई
      जनकपुरधाम
      …
      १,
      देशले पाएन निकास
      नेताको चिप्ला भाषणले
      कहिले हुन्छ निकास ?
      २,
      आर्थिक मन्दीको भयो
      जनतालाई सधैँ सास्ती
      आत्मनिर्भरता कता गयो ?
      ३,
      पलायन भयो जनशक्ति
      देशमा रोजगार छैन
      मासियो राष्ट्र भक्ति।
      ✍️कृष्ण बजगाई भक्तपुर
      …
      १,
      कहिलेसम्म पुल बन्ने
      निकम्मालाई राज सुम्पेर
      गरियो भुल भन्ने ?
      २,
      असल नेतृत्वको खोजी
      सम्भव हुँदैन मतदाताज्यू,
      चुनाउमा भरेर गोजी !
      ३,
      आखिर मिल्छ निराशा
      हामीले काँडा रोपेर
      नगरौँ फूलको आशा !
      ✍️वसन्त अनुभव
      घोराही, दाङ
      …
      १,
      भएको छैन विकास
      जति दु:ख गरे
      निस्केन केही निकास ।
      २,
      हल्लैमा चलेको देशमा
      इमानदार जनता सडकमा
      नेता नक्कली भेषमा।
      ✍️दुर्गा भट्टराई
      मोरङ
      …
      १,
      सपनाको देश बनाउनुपर्छ
      मुख नताकी कसैको
      आफै कामले जनाउनुपर्छ
      ✍️विष्णु पंगेनी(पाण्डे )
      वालिङ, स्याङ्जा
      …
      १,
      देश लुटिॅंदैछ यहाँ
      मिलेर नेताहरू ठुला
      झुटा आस जहाँ ।
      २,
      अन्याय र अत्यचार
      भइरहेछ जहिल्यै यहाँ
      पाराले हुन्छ मारामार ।
      ३,
      जाग्न सिक्नुपर्छ अब
      आफ्नो अधिकारको लागि
      नत्र पाइॅंदैन तब ।
      ✍️ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      सत्यता कता हरायो
      विषैविषको वमन देखिन्छ
      देशभरि हाप्सिलो करायो।
      २,
      विधिको शासन छैन
      दुःखी दु:खमा डुब्दैछ
      सामन्तीलाई अपार चैन।
      ३,
      बुद्धले तरवार लिएका
      अधर्मले चुली टेक्दैछ
      सबैको मती बिग्रिएका।
      ✍️घनश्याम पन्त
      हरिवन, सर्लाही
      …
      १,
      परर पानी आयो
      बिस्कुन यहाँ सबै
      लुछुप्पै हेर भिजायो ।
      २,
      भ्रममा पारेको हेर
      मेहनतको लोकतन्त्र कसरी ?
      सजिलै फाले खेर ।
      ३,
      छ लुट, छलछाम
      चुप नबसौँ जनता
      गरौँ देशै चक्काजाम ।
      ✍️रबि पौडेल
      दक्षिण भारत पाण्डेचरी ।
      …
      १,
      भ्रष्टकै जमाना रहेछ
      देश यिनकै हातमा
      समृद्धि बिरानो भएछ।
      २,
      जताततै सन्नाटा देख्छु
      दीपको खडेरी परेछ
      त्यसैले कविता लेख्छु ।
      ३,
      जहाँ जता गए
      आफ्नै देश प्यारो
      जति टाढा भए ।
      ✍️शशी श्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      भ्रमको जालो नबनोस्
      अलमल्ल भएको बाटो
      छिटोभन्दा छिटो सकोस् ।
      २,
      जनताको आस, विश्वास
      बालुवामा पानी भयो
      नेताकै मात्रै विकास ।
      ३,
      जतासुकै मुख नखोल्नु
      वास्तविकता थाहा हुँदैन
      त्यसैले प्याच्च नबोल्नु ।
      ✍️पृथक प्रकृति
      झापा
      …
      १,
      सफलताको सिढी चढौँ
      खुट्टा तान्ने प्रवृत्ति
      छोडेर अघि बढौँ।
      ✍️मन्दिरा सेढाई
      मलेखु, धादिङ
      …
      १,
      गलत देख्छु सरासर
      छोरीलाई हेला गर्नु
      मान्नुपर्छ सबै बराबर ।
      २,
      सबैमा देखिन्छ अहङ्कार
      पाइॅंदैन कसैमा पनि
      सही व्यवहार, सिष्टाचार।
      ३,
      अर्कोलाई लडाउने खेल
      नमानी लाज सरम
      खेल्छन् सबै अचेल।
      ✍️खडक आर सि मिलन
      छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
      …
      १,
      आमाको छातीमा टेक्नेले
      ठुला कुरा गर्छन्
      नाममा दाम फेक्नेले ।
      २,
      मुटुमा छ घाउ
      घायल भएको ज्यान
      अलि वर आउ ।
      ३,
      निर्दोषीलाई लाग्छ हटकडी
      कानुन भएको देशमा
      ठुलाले गर्छन् मनपडी ।
      ✍️धनमाया चौधरी
      कैलाली
      …
      १,
      हावासरि कुरा नगर
      ढाँटेर सन्सार चल्दैन
      सेती खोला बगर ।
      २,
      हाँसेर बोलन कान्छा
      दुईदिनको हो जीवन
      पाकेन अझै भान्छा ।
      ✍️अम्बिका अधिकारी
      झापा बिर्तामोड
      …
      १,
      अचानक कसम खाएछु
      फसाउँछे भन्ने बुझिएन
      बिर्सेर माया लाएछु ।
      २,
      तिमीले मलाई छानेको
      ठ्याक्कै लाग्यो मायामा
      आँखाको तीरले हानेको ।
      ३,
      खुकुलो कम्मर कसौँला
      प्रेमिल बातचित गरेर
      थकाइ मेट्न बसौँला ।
      ✍️रामप्रसाद पुरी
      बादेल, खोटाङ
      …
      १,
      चिसो मौसम आउँदैछ
      तातो न्यानो लगाऊ
      गगनमा बादल छाउँदैछ।
      २,
      भ्रमले अन्धो बनाउँछ
      गर्छौँ हामी भन्छन्
      आश्वासन मात्र जनाउँछ।
      ३,
      समस्या जहाँको तही
      आलटाल पाराले हुँदैन
      यस्तो बन्दैन कहीँ ।
      ✍️शोभा आचार्य गौतम
      काठमाडौँ
      …
      १,
      सॅंगसॅंगै जाउॅंला गोठालो
      मेला पात जङ्गल
      टिपौंला जौ बालो ।
      ✍️दीपक दाहाल
      …
      १,
      जसरी गणतन्त्रलाई चिन्यो
      आँखामा विकास देख्थ्यौँ
      भोटले भावना छिन्यो ।
      ✍️लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      चिसोले लाग्ला सर्दी
      ख्याल गरौँ शरिरको
      लगाउनु न्यानो बर्दी ।
      २,
      धेरै जसो नेताहरू
      गफैले बाँचेका हुन्छन्
      फुर्ति लाउॅंछन् बरु ।
      ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाइ ४ झापा
      …
      १,
      गर्छन् असुरको कर्म
      मैमत्ता साँढे बनेर
      समाप्त पारे धर्म ।
      २,
      सकिएन धैर्यता थाम्न
      अत्याचार बढेर गयो
      थालियो आक्रोशले काम्न ।
      ३,
      पापीलाई सद्बुद्धि आउॅंदैन
      समय बलवान् हुन्छ
      सुखले मर्न पाउॅंदैन ।
      ✍️ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी १ सुनसरी ।
      …
      १,
      भएन कानुनी राज
      छोटे राजा बनी
      पहिरन्छन् आफैलाई ताज ।
      २,
      कानुन सबैले मानून्
      जनता निर्धो बनाउने
      निर्माता आफै जानून् ।
      ३,
      देखिन्छ माकुरे जाल
      जनतालाई छारो हाली
      ढिकुटीमा थाप्छन् खाल ।
      ✍️जयनारायण नेपाल
      इलाम , हाल सूर्य विनायक २ बालकोट ,भक्तपुर
      …
      १,
      पुग्यो आफूले कमाए
      जनता जाऊन् भड्खालामा
      भन्दै खाल जमाए ।
      २,
      नेता परे देशका
      कमाउने मात्रै ध्याउन्न
      अपराधी लुटपाट केशका ।
      ३,
      नेताको ध्यान कमाउनमा
      जनता मरे मरून्
      तम्सिने सम्पत्ति जमाउनमा ।
      ✍️राजेशराज गड्तौला
      काँडाघारी, काठमाण्डौ
      …
      १,
      हाड घोट्छ सदैव
      तब पनि दु:खीको
      अवस्था छ तथैव l
      २,
      उदाङ्गो अभावको घपना
      छोप्ने ध्येयले विदेशिन्छ
      बोकेर अनेकन् सपना l
      ३,
      मिल्दैन देशमा रोजगार
      अभावले मर्छन् जनता
      गर्दैन सरकारले खोजवार l
      ✍️बाबुराम गौतम
      गुल्मी
      …
      १,
      अब व्रत सुरु
      मरेपछि स्वर्ग गइन्छ ,
      भन्नुहुन्छ यता गुरु ।
      २,
      मनमा श्रद्धा भरे
      अवश्य राम्रो हुन्छ ,
      ईश्वरको भक्ति गरे ।
      ३,
      ईश्वरको ध्यान गरौँ
      जपौँ मृत्युञ्जय मन्त्र ,
      अकालमा कोही नमरौँ ।
      ✍️सीमा कार्की समर्पण,
      मेल चोक पर्सा ।
      …
      १,
      सधैँ सत्तामै जाने
      साझा लक्ष्य निकम्माहरूको
      देश लुटेर खाने ।
      २,
      विकासका काम सुस्तै
      पात्र फेरिए तथापि
      प्रवृत्ति सबैका उस्तै ।
      ३,
      गणतन्त्रको मुख कालो
      समावेशिताको नाममा अटाए
      भाइ भतिज सालो ।
      ✍️शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      …
      १,
      सम्झनामा दिनहरू बिताउँछु
      एकोहरो तस्बिर हेरेर
      तिम्रो रातमा निदाउँछु।
      २,
      हरपल सम्झनाले सतायो
      पिएको छैन तापनि
      मदिराले झैँ मतायो।
      ३,
      प्रेममा भए घायल
      एक्लै बरबराई बस्छु
      बनायौ तिमीले पागल ।
      ✍️रुना कर्माचार्य दाहाल
      चितवन
      …
      १,
      झुटा सपना नदेखिऊन्,
      लक्ष्य गरेर पूरा,
      इतिहासमा कुकर्म नलेखिऊन्।
      २,
      झारा टारेर क्रम
      आफ्नै बरबादी हुन्छ,
      फलदायी हुँदैन श्रम ।
      ३,
      मिठा सपना साँचेर
      कसैलाई मर्म नपारी,
      मतलब बल्ल हाँसेर।
      ✍️मनोहरी पौडेल
      गैडाकोट १
      …
      १,
      साकार पार्न सपना
      कल्याणकारी कार्य गर्नुपर्नेछ
      लगनशीलताकासाथ हुनुपर्छ जपना ।
      २,
      जनतालाई ओढाउने बर्को
      सिद्धान्त गीताझैँ महावाक्य
      व्यवहार देखियो अर्को ।
      ३,
      बुद्धको देशमा मित्र
      नित्य हुन्छ झगडा
      शक्ति सङ्घर्षको खेलभित्र ।
      ✍️प्रद्युम्न चालिसे
      भक्तपुर कटुञ्जे ।
      …
      १,
      देश कहिले हाोला
      सहिद कति भए
      उनको मन रोला।
      २,
      यस्तै हाल हाम्रो
      भ्रष्टाचार नै भए
      देश बन्दैन राम्रो।
      ✍️सानु जोशी
      सुदुर पश्चिम दार्चुला,
      …
      १,
      शासन नजाने कहिल्यै
      एक्लैले खाने तयारी
      खाली भूँडी जहिल्यै ।
      २,
      देशका युवा बेरोजगार
      विदेशिन बाध्य भए
      बोकेर ऋणको भार।
      ✍️दुर्गा आचार्य
      मोरङ
      …
      १,
      प्रितको थुङ्गा च्यापेर
      मनको चरी भुरुरु
      तनको नाता गुनेर।
      २,
      सम्हाले साथ देऊ
      आखिर विवेक तिम्रै
      सताउने सोच नलेऊ ।
      ✍️हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे, साँगा बजार बनेपा- १४
      …
      १,
      देशको हालतले पिरोल्छ
      झुटको दुनियामा आज
      कसले साँचो बोल्छ ।
      २,
      बोल्न सम्म डराएर
      कसैले सुनेन यहाँ
      के हुन्छ कराएर ?
      ✍️जानुका बास्कोटा
      काठमाण्डौं
      …
      १,
      रुन्छन् पुरुष जति
      एकदिन भात पकाउॅंदा
      बिग्रन्छ तुरुन्तै मति ।
      २,
      घरका सान नारी
      फुइ नझार पुरुष
      जीवन तार्छन् पारी।
      ३,
      नारी सस्तो लाग्ने
      ठुलो रुख तलतिर
      कुनै झार नजाग्ने ।
      ✍️हिरालाल न्यौपाने
      बानपा ८ कोटमौला सल्यान
      …
      १,
      समय कुरेर बस्दैमा
      फेरिन्न देशको अवस्था ,
      गाउॅवाट शहर पस्दैमा ।
      २,
      नेपालको माया हुनुपर्छ
      बन्न साँच्चैको नेपाली ,
      माटोलाई कर्मले धुनुपर्छ।
      ३,
      अब नब्युँझी हुन्न
      जाल झेल गरेर
      जनताको मन छुन्न।
      ✍️सुस्मिता अधिकारी
      काठमाडौँ
      …
      १,
      मङ्सिर महिना चल्यो
      जताततै विवाहको चर्चा
      कानमा पन्चेबाजाले छल्यो ।
      ✍️सुनगाभा पोखरेल
      कपिलवस्तु -१, बैरिया
      …
      १,
      देखिन्छन् देशमा जब
      दलाल र भ्रष्टाचारी
      लुटिन्छन् जनता तब।
      २,
      जब हुन्छ अति
      अन्याय अत्याचार धेरै
      बेहोर्छ राष्ट्रले क्षति ।
      ✍️होमप्रसाद नेउपाने
      धरान, सुनसरी ।
      …
      १,
      देशको सुन्दर परिवेश
      गद्दार गरेर बिगारे
      सखाप पारे देश ।
      ✍️भोलामान बर्देवा ‘बैरागिमाईलो’
      धरान – ८ सुनसरी
      …
      १,
      राखेर मायाको आशा
      अँगाले पिरतीको फूल
      भयो जिन्दगी निराशा ।
      ✍️सन्दीप विश्वकर्मा (कपिलवस्तु )
      …
      १,
      गलत सङ्गत गरेर
      कहिल्यै नहिँड्नु हेर
      बस्नु सुबास छरेर ।
      २,
      सम्मान गर्न सिक
      सबैको राम्रो बन्नु
      त्यसैमा हुन्छ ठीक ।
      ३,
      सबैको प्यारो बन्नु
      गलत कदम नउठाए
      पर्दैन केही भन्नु ।
      ✍️ललिता गिरी
      सिन्धुली
      …
      १,
      सङ्गत गुणाको फल
      अवश्य पाइन्छ यहाँ
      कसैले नगरौँ छल।
      २,
      पिंजडाको चरी बनाएर
      मलाई बन्धक बनायौ
      आफूलाई महान् जनाएर ।
      ३,
      महान् बनेर देखाउन
      अब लक्ष्य राख
      इतिहासमा नाम लेखाउन ।
      ✍️लक्ष्मण देउवा
      डोटी

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ सम्पन्न

  • ४ मंसिर २०८१, मंगलवार ०७:०३ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ४३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८० जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    जीवनजगत् छ फराकिलो
    तिमीले आकारमा सोचेकोभन्दा
    कदापि नहोला दुखजिलो ।
    २,
    देखिएका कतिपय दु:खहरू
    पर्दामा सुन्दरतामा सजिन्छन्
    सायदै होलान् अरू ।
    ३,
    नहिॅंडेको डोबको यात्राले
    बेग्लै आनन्द दिन्छ
    बिसाउॅंछ चिनीको मात्राले ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      बालेनको गर्छु सम्मान
      देशको भलाईको लागि ,
      लाउँछन् सधैँभरि दिलोज्यान ।
      २,
      बालेन शासक हाम्रो
      हराभरा बनाए देशलाई ,
      हेर्दा कति राम्रो ।
      ३,
      बालेन जनताको सहारा
      स्वाभिमानी जनता बनाउन,
      देशको उठाए अभिभारा ।
    • सीमा कार्की समर्पण
      मेलचोक पर्सा
      …
      १,
      उठाउ खुकुरी अब
      बचाउ पहिचान देशको
      लुटिँदैछ अस्तित्व सब।
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      …
      १,
      ढिला नगरी जागौँ
      हाम्रो अस्तित्व बचाउन ,
      एकजुट भई लागौँ ।
      २,
      सगरमाथा नेपालको सान
      यस्तै प्रकृतिको खानीले,
      सधैँ पाइन्छ सम्मान।
      ३,
      न्यायको ढोका उघारेर
      देश बनाउन उठौँ
      राजनीतिक संस्कार सुधारेर।
    • भोज विवश मगर
      गैंडाकोट -३ नवलपरासी पूर्व
      …
      १,
      स्वार्थ मनमा बोकेर
      कति मरिहत्ते गर्नु
      झुटो मायालाई ढोकेर।
      २,
      स्वार्थीपनको लगाव हुँदैछ
      झुटको लहरमा परेर
      आँसुको थोपाले छुँदैछ।
      ३,
      फूल जस्तै लाग्छ
      जवानीको मात चढेपछि
      पीडा सबै भाग्छ।
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ
      …
      १,
      गल्ती आफैले गरियो
      चिन्तै चिन्ता मनभरी
      बाँच्नलाई दोधारमा परियो ।
      २,
      तरकारी बाँसको तामाको
      हर्‍याउॅंले टोकेको भागबाट
      विष निकालियोस् आमाको ।
      ३,
      एउटा नुनको ढिक्का
      तिमिबिना मेरो जिन्दगी
      लाग्छ आमा फिक्का ।
    • हिरामाया श्रेष्ठ
      गजुरी १ धादिङ
      …
      १,
      आफ्नैले खुट्टा तान्छन्
      कसरी हुन्छ प्रगति?
      पीठमा छुरा हान्छन्।
      २,
      दुःख पनि कस्तो!
      बारबार मसॅंगै आउँछ
      आफ्नै पाहुना जस्तो।
      ३,
      सुख पाउन गाह्रो
      नियति पनि कठोर
      फलामभन्दा समेत साह्रो ।
    • शशीश्री आचार्य
      बौद्ध कुमारीगाल काठमाडौं
      …
      १,
      सुन्दर लाग्छन् मलाई
      तिम्रो साथको रात ,
      भयौ एक्कासी सलाई ।
      २,
      सपनीमा सधैँ भेटिॅंदैछ।
      सारङ्गीले या यादले ,
      मन मेरो रेटिॅंदैछ।
      ३,
      चक्र हो संसार
      यताउता गरी हिॅंड्दैछु
      पाएर मैले आकार ।
    • दीपा समभाव
      दुबेकोल खोटाङ्ग
      …
      १,
      सहेर बस हेरेर
      देशको अस्तित्व मेटिएला
      सीमा मायाले बेरेर।
      २,
      कर्ममा अघि बढ्न
      हात बाँधेर नबस्नु
      उन्नतिको शिखर चढ्न ।
      ३,
      आफ्नो स्वार्थ त्यागेर
      देशको विकासमा जुट्नुपर्छ
      अब जनहितमा लागेर ।
    • भगवती दवाडी
      झापा
      …
      १,
      हिँड्दैछु नदीको किनारामा
      रामराज्यको खोजी गर्दै
      साथ पाइएन आमा ।
      २,
      भौँतारिँदै शान्तिको चाहनामा
      दुनियाँ अल्मलिएको छ
      सम्भावना छैन आमा ।
      ३,
      सम्भावनाको पक्षमा सदैव
      लागीरहनु हाम्रा पक्षधरहरू
      विजयको आशा छँदैछ।
    • गुणनिधि घिमिरे अमेरिका
      …
      १,
      आलसीले हात मल्दछ
      फलबिना आफ्ना कर्मको
      आशामै बेला ढल्दछ ।
      २,
      अन्तिम समयमा हामी
      पुगिन्छ पक्कै घाट
      राजा वा ज्यामी ।
      ३,
      सजग समयले छल्दछ
      लक्ष्य पूर्ण गर्नलाई
      कर्मठ आफै चल्दछ ।
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      …
      १,
      भ्रममा म परिनॅं
      खोक्रो झूटो आडम्बरको
      प्रशंसा कहिल्यै गरिनॅं !
      २,
      फूलभरि विष काँडाको
      नम्र हाँस्यो सहनशीलता
      सौन्दर्य बनेर डाँडाको ।
      ३,
      सास एक मुट्ठी
      सपना कर्तव्य कर्म
      कहिले हो छुट्टी ।
    • शारदा स्टेफी
      …
      १,
      वीरहरूको पहिचान खुकुरी
      गोरखालीसँग बल छ
      कसैले नदेखाऊ चुरिफुरी।
      २,
      दुष्टहरूको नाश गर्‍यो
      जब मैदानमा नेपाली
      खुकुरी लिएर झर्‍यो ।
    • सुरेशकुमार पाण्डे
      दाङ घोराही १८
      …
      १,
      हेर ! सोझिॅंदैनन् कहिल्यै
      हाम्रा कुकुरका पुच्छरहरू
      हामी चेत्नुपर्थ्यो पहिल्यै ।
    • शम्भु गजुरेल
      सिन्धुली
      …
      १,
      दिनभरि हात गोजीमा
      बराली बस बरालसिङ
      साँझ खानु खोजीमा ।
    • बिबा तामाङ
      दार्जिलिङ
      …
      १,
      वीरताको हाम्रो पहिचान
      गोर्खालीको यो खुकुरी
      भेंडाहरूले गर्दैछन् अपमान ।
    • नागेन्द्रप्रसाद यादव
      …
      १,
      असल गरेर काम
      ठुलो पसिनाको खेती
      राखौँ सबैले नाम !
    • आर्त अकुलीन
      …
      १,
      खिया लाग्यो खुकुरीमा
      हेर्दाहेर्दै हामी नेपालीको
      धुलिया लाग्यो बहादुरीमा।
    • डा. देवी पन्थी
      …
      १,
      चाडपर्व मेला जात्रामा
      खुलेर मनाउन सकिॅंदैन
      अड्कलेको पैसाको मात्रामा।
    • पुष्पा सुवेदी
      नेपालगन्ज, बॅाके।
      …
      १,
      गरेर देखाउनु काम
      पसिना बगाएर खेती
      राख्नु आफ्नो नाम ।
      २,
      सुन्दर लाग्छ मलाई
      तिम्रो मिठो मुस्कान
      तर भयौ सलाई ।
      ३,
      जीवनमा खेपेका दुखहरू
      याद आउने गर्छ
      बिर्सन कसो गरूँ ?
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      मुर्दासरि अब नबाँच
      के हो मान्छे ?
      कसीमा घोटेर जाँच ।
      २,
      मात्र सास फेर्नु
      बाँच्नु होईन कदापि
      एकपटक गहिरिएर हेर्नु ।
      ३,
      उज्यालो हुँदैमा रात
      दिन नसोच कहिले
      विश्वासमा हुन्छ घात ।
    • ध्रुव श्रेष्ठ
      खोटाङ ।
      …
      १,
      पोखरीमा कमल फुल्यो
      पानीभित्र माछाको चाल
      जिन्दगी त्यसरी भुल्यो।
      २,
      बगरसँग माया लाउँछे
      चौतारीमा बस्ने चरी
      दु:खको गीत गाउँछे।
    • होमप्रसाद नेउपाने
      धरान,सुनसरी ।
      …
      १,
      भ्रष्टाचारी जति भुट्न
      हामी सबै जनता
      लागौँ अब जुट्न |
    • सरिता सेढाई
      धादिङ
      …
      १,
      सुनमा घुन लाग्यो
      हृदयमा भ्रम फैलाउँदा
      बाँच्ने रहर भाग्यो !
      २,
      मरेर जाने चोला
      नाचौँ गाउँ रमाऔॅं
      अजम्बरी को होला?
      ३,
      निम्न प्रकारको कुरो
      हेर गर्न नपाइकन
      रहने भयो अधुरो?
    • अच्युत घिमिरे,
      सर्पाङ, भुटान
      …
      १,
      सुन्दर लाग्छ मलाई
      आफैमा हराउँछु म
      मन मुटु जलाई ।
      २,
      अमर रहून् चेली
      ताराझैँ सधैँ चम्किरहून्
      नाम राखून् खेली ।
      ३,
      देशको नाम राख्नेलाई
      खेलाडी सबैलाई सम्मान
      घामपानी सुखदुःख चाख्नेलाई ।
    • धनमाया चौधरी
      कैलाली
      …
      १,
      सृष्टिले दिएको नासो
      नहोस् है कहिल्यै
      देशभक्तलाई गलाको पासो ।
      २,
      सगरमाथा शिरको ताज
      गरेको छ यसले
      विश्वमा नै राज ।
      ३,
      सगरमाथासित गाँसेर पिर्ती
      आर‍ोहण गरेर मानिसले
      राख्न चाहन्छन् कीर्ति ।
    • सतीश पण्डित
      भानु -६, चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ )
      …
      १,
      जिन्दगी फूलको माला
      गोजी रित्तो हुनासाथ
      हुन्छ फोहोरको नाला।
      २,
      भोक लागेपछि मिठो
      नत्र कसैले पुछ्दैन
      गुन्द्रुक कोदोको पिठो।
    • चुडामणी देबकोटा पुरानोनैकाप काठमाण्डौ
      …
      १,
      नेपाल आउ बाबु
      बचाउ मलाई चाँडै
      नत्र पार्छन् काबु ।
      २,
      नेपाल आमा रुन्छिन्
      शान्ति भएन कहिल्यै
      अत्यन्तै दुखी हुन्छिन् ।
    • सविता भट्टराई
      जनकपुरधाम
      …
      १,
      झिल्का काव्य भरौँ
      मानव सोचाइमा सबैले
      आत्मा सन्तुष्टि गरौँ ।
      २,
      रिसले भलो हुन्न
      सबैको राम्रो गर
      डाहाले मन छुन्न ।
      ३,
      अगाडि बढ्दै लेखाऊ
      झिल्का कविता लेखिएको
      इतिहासमा छाप देखाऊ ।
    • बेदु न्यौपाने
      …
      १,
      असिमित छन् चाहाना
      औकात सानो हुनाले
      गर्नुपर्ने अनेक बहाना।
      २,
      सुखदुःख जीवनको साथी
      सङ्घर्षरत रहे सधैँ
      उत्रेला जीवन माथि !
    • कोपिला अधिकारी
      गोरखा
      …
      १,
      यही चक्रमै घुमिरहन्छु
      खोज्छु जान यताउता
      तैपनि लेखनमा झुमिरहन्छु।
      २,
      देखिन्छन् वरिपरि दु:खहरू
      सबै बिर्सनु पर्दोरहेछ
      सम्झेर हुन्न अरू।
      ३,
      उघारौँ न्यायको ढोका
      भर पर्दा यिनैको
      पाइन्छ अझै धोका।
    • अर्जुन प्रसाद चौलागाई
      अमेरिका, बोस्टन
      …
      १,
      सोचेको छैन यहाँ
      ए! मुर्ख मनुष्य
      बन्छ देश कहाँ ।
      २,
      भोक्दैछु म यहाँ
      सुखको खोजीमा आज
      भागेर जाऊॅं कहाँ ?
      ३,
      भ्रष्ट नेताहरूको हाल
      लुटेर नराख्नु सम्पत्ति
      आउँछ सबैलाई काल।
    • दीप गोले तामाङ
      रौतहट
      …
      १,
      हुन्छ सधैँ अपमान
      गरिब दुखी जनतालाई
      भ्रष्टाचारीकै गाउॅंछन् गुणगान ।
    • रिमा छन्त्याल
      …
      १,
      जीवन अनुभवको खानी
      जिउनु सिकाउँछ यसैले
      कठिनलाई सहज मानी ।
      २,
      यता हिँड्दाहिँड्दै कहिले ?
      काँडा बिझ्न सक्छ
      सचेत रहनु जहिले ।
      ३,
      भरोसाले जीवनलाई थकाउँछ
      झुटो कहिले टिक्दैन
      समयले यथार्थ बकाउँछ ।
    • पुष्पा राई
      बादेल, खोटाङ ।
      …
      १,
      लहलह धान झुल्यो
      चाडबाडको मौसम सकियो
      वनभोजतिर मन डुल्यो ।
      २,
      मान्छेको मन बतासिन्छ
      मोजमस्ती गर्न नपाए
      ओइलाएर त्यसै हतासिन्छ ।
      ३,
      मङ्सिरको महिना आउँदैछ
      वनभोज, लगनको चटारो
      पुनः रमाइलो छाउॅंदैछ ।
    • मोती योन्जन सुब्बा
      दार्जिलिङ
      …
      १,
      देशको अस्तित्व हराउँदै
      बढ्यो विदेशीको बिगबिगी
      जनताहरू छन् कराउँदै ।
    • रबि पौडेल
      दक्षिण भारत पाण्डेचरी
      …
      १,
      घरी घरी दाम
      खोज्छौ स्वार्थका पोकोमा
      गरेनौ केही काम !
    • प्रेम थापा “मन”बागलुङ
      …
      १,
      हुँदैन कसैको भला
      बिमार निको हुनासाथ
      डाक्टरलाई पारेपछि थला l
      २,
      देखाएर आफ्नो औकात
      ज्यान बचाउने ईश्वरलाई
      टक्राउॅंछन् विषको सौगात l
      ३,
      जमाना आयो उल्टो
      अर्तीउपदेश दिन खोज्दा
      उपहार मिल्छ अगुल्टो l
    • बाबुराम गौतम
      गुल्मी
      …
      १,
      दु:ख कहाँ छैन ?
      मृत्युभन्दा ठुलो यहाँ
      जन्मेका सजिलै हैन ।
    • लोक बहादुर छेत्री लामिछाने
      मोदी गा पा २ देउपुर, पर्वत
      …
      १,
      नहुने आडम्बरको सती
      नामको मात्र सम्बन्ध
      हुँदैन विश्वास अलिकति ।
      २,
      हिउँदको बेला आयो
      धेरैको अधरमा खुसी
      वनभोज खान पायो ।
      ३,
      धान काट्न धमाधम
      भन्न थाले किसानले
      फुर्सद छैन एकदम ।
    • पृथक प्रकृति
      झापा
      …
      १,
      अनेकन् वीरताको गाथा
      बगैँचा रङ्गीबिरङ्गी फूलहरूको
      शिरमा छ सगरमाथा !
      २,
      मयुरहरू नाच्छन् छमछम
      मनै लोभ्याउँछ सबैको
      मनमोहक दृश्य अनुपम !
      ३,
      उच्च हिमशिखरको माला
      दिँदैनन आँखा झिम्क्याउन
      कलकल सुन्दर नदीनाला !
    • वसन्त अनुभव
      घोराही, दाङ
      …
      १,
      चाडपर्व सकियो सब
      सुनसान लाग्छ हामीलाई
      वर्षभरिलाई सम्झना अब।
    • सुनगाभा पोखरेल
      कपिलवस्तु १ बैरिया
      …
      १,
      साथ दिन्छन् सुखमा
      आफन्त नै यहाँ
      पराई बन्दारहेछन् दु:खमा ।
      २,
      हुन्छन् मान्छे विभिन्न
      फसाउन सक्छन् तिमीलाई
      बेलैमा पर्छ चिन्न।
      ३,
      तनाव लिन छोड्नुहोस्
      सफलता मिल्छ एकदिन
      गलत सङ्गत मोड्नुहोस्।
    • अनिता भण्डारी
      ताप्लेजुङ
      …
      १,
      रातको अँध्यारोमा बसे
      जीवन जान्न नपाई
      बिहानीमा कता खसे ।
      २,
      बिर्सेर जानेलाई बिदा
      माया पाउँ भनेर
      माग्दैछु हेर सीधा ।
      ३,
      डराएर कराएर हुन्न
      सिधा मुद्दामा आउ
      समस्याले कहिल्यै छुन्न ।
    • अम्बिका अधिकारी
      झापा बिर्तामोड
      …
      १,
      हतियार हैन तागतवर
      हुनुपर्छ मनोबल बलियो
      जितहार त्यसैमा भर ।
      २,
      संहार गर्‍यो जुधाएर
      भक्षक हुन् युद्धपिपासु
      रम्यो नरमांस खाएर ।
    • कृष्णकुमार वैद्य
      बनेपा ९, काभ्रे
      …
      १,
      मनको बह कस्तो
      कति भनिरहने कहाँ
      हुरी चले जस्तो।
      २,
      माया प्रेममा जलेर
      सराप नलागोस् है
      मन गयो गलेर।
      ३,
      तिमीलाई पीडा भयो
      मनको कुराले कति
      जिन्दगीको मजा गयो।
    • नीमा छिरिङ भोटिया
      जलढका कालेबुङ
      …
      १,
      नसुकौँ अब धेरै
      जागा होऊ जनता
      खोजौँ हक सबेरै ।
      २,
      सिमा मिचियो धेरै
      सबै नबोली बसेर
      आँगन चोइटियो मेरै ।
    • हरिगोपाल न्हुच्छेँप्रधान
      काभ्रे , साँगाबजार बनेपा १४ ।
      …
      १,
      नगर्नु कहिल्यै रिसराग
      मेटिएलान् सबै सम्बन्ध
      कोरेर कालो दाग।
      २,
      गरौँ मिलेर कर्म
      पार्दै धरा उज्यालो
      बुझ्दै सबैको मर्म।
      ३,
      मन नहोस् हरोहर
      विचारमा धैर्यता रहोस्
      देखियोस् आत्मीयता मनोहर।
    • तोया नाथ चापागाईं
      दमक, झापा
      …
      १,
      चाडपर्व सकियो अब
      कम्मर कसेर लागौं
      बाली उठाउन सब।
      २,
      नगरी आफ्नो काम
      खानै मात्र खोजे
      कहाँबाट पाइन्छ माम।
      ३,
      मुख हैन साथी
      पाखुरी चलाउनु पर्छ
      अनि उठिन्छ माथि।
    • अरुण कुमार भुजेल
      दार्जिलिङ्ग, भारत।
      …
      १,
      तरकारी हाली नुन
      खाएपछि आउँछ तागत
      नबिर्सने मिठो गुन ।
      २,
      रोजेर असल बाटो
      हिॅंड्नु इमानदार भै
      बन्नेछ अनुसासनको पाटो ।
      ३,
      सुन्तला पाक्यो बोटमा
      देखेर मुख रसायो
      स्वादिलो रस ओठमा ।
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न. पा. ६ संखुवासभा ।
      …
      १,
      अनौठो जीवनको यात्रा
      दु:खमा हाँस्नै पर्ने
      लुकाएर पीडाको जात्रा ।
      २,
      खुसी कहिले हुनु
      पीडाले साथ नछोडेपछि
      पर्छ एकान्तमा रुनु ।
      ३,
      पीडाको वजन हॅुदैन
      जोख्न कतै नमिल्ने
      सुखले कहिल्यै छॅुदैन ।
    • राजेशराज गड्तौला
      कॅाडाघारी, काठमाण्डौ
      …
      १,
      भ्रष्टलाई फाल्ने गर्नुपर्छ
      देशलाई माथि उठाउन
      हामी अघि सर्नुपर्छ।
    • विष्णु पंगेनी(पाण्डे)
      वालिङ् स्याङ्जा
      …
      १,
      उमेरमै लौरी नटेक्नु
      अल्छी बनेर कमाउने
      दिवा सपनाले नछेक्नु ।
      २,
      सिकौँ कर्ममा रमाउन
      फालेर आलस्यको घुम्टो
      विवेक लगाउ कमाउन ।
      ३,
      मिहेनतले अघि बढ्नु
      लक्ष्य ठुलो लिएर
      अग्लो चुली चढ्नु ।
    • भूपेन्द्र के.सी.
      …
      १,
      कठै ! बेइज्जत आज
      होस हराएका मान्छे
      देख्दा लजाउॅंछ लाज।
      २,
      दिउँसै रात पार्छ
      झुट्टो मुद्दा लगाई
      कति मार्छ टार्छ ?
      ३,
      सबै लाग्छ उस्तै
      यी साधु बिराला
      हेर्दा एकै दुरुस्तै !
    • विवश पारदर्शी
      झापा
      …
      १,
      घामझैँ पूर्वबाट उदाउनु
      बाँडेर न्यानो माया
      आफ्नो मार्ग बनाउनु ।
      २,
      जीवनमा लक्ष्य होस्
      मिल्छ अवश्य सफलता
      परिश्रमी जोस जाओस् ।
      ३,
      गरेर नबस्नु आस
      हट्छ पौरख गरे
      बन्छ जीवन खास ।
    • कृष्ण बजगाई
      भक्तपुर
      …
      १,
      दर्बिला पाखुरा चम्किसक्यो
      राष्ट्रका किराहरू मास्नलाई
      राष्ट्रवादी युवाहरू लम्किसक्यो।
      २,
      जागिसके जनता खुलेर
      अति भइसक्यो अब
      दानवहरू हिॅंड्दैछन् लुकेर।
      ३,
      कसैले छेकेर छेकिॅंदैन
      अन्याय, अत्याचार विरुद्ध
      उठेको आवाज फेँकिॅंदैन ।
    • घनश्याम पन्त
      हरिवन सर्लाही
      …
      १,
      हावा, पनीको मिश्रित
      जिन्दगी यही हो
      सम्झेर बित्छ अतित ।
      २,
      उदाउछ झुल्के घाम
      रमाइलो हुने जीवनमा
      खोजिरहेछ फाइदामा इनाम ।
      ३,
      रमिते दुनियाँ रमाइरहेछ
      देखेर आफन्तीको झगडा
      आँखाले खुसियाली मनाइरहेछ ।
    • ईश्वर साउद(भिक्षु)
      रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
      …
      १,
      पछ्यौरी उनकै ओढेर
      भन्थ्यो जीवन बिताउँछु
      गएछ हिजै छाडेर ।
      २,
      मुस्कानको लोभमा फसेर
      सोचेर भलाई उसैको
      गइछिन् मलाई डसेर ।
      ३,
      फूलको जस्तो जवानी
      देउराली भाकेर भनेको
      नबनोस् हाम्रो कहानी ।
    • रामप्रसाद पुरी
      बादेल, खोटाङ
      …
      १,
      अरूलाई दुख दिएर
      खुसी हुन्छु नसोच
      बस्छौ आँसु पिएर !
    • मन्दिरा सेढाई
      मलेखु, धादिङ
      …
      १,
      मक्कियोस् पुरानाहरू बरु
      नयाँ विचार जन्मॅंदा
      सकिएछन् अब पर्वहरू ।
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी ।
      …
      १,
      स्वार्थ सबै बिर्सेर
      सधैँभरि कर्म गरौँ
      सेवाभाव मनमा राखेर ।
    • समुन्द्रा शर्मा
      …
      १,
      जङ्गलमा डाँफे मुनाल
      प्वाँख फिँजाएर नाच्दा
      मुसुक्क हाँस्छ हिमाल ।
      २,
      हिमाल पहाड़ तराई
      एउटै आमाका सन्तान
      कोही छैनौँ पराई ।
      ३,
      सेतो हिमाल टलक्क
      पाइला राख्दा परदेशमा
      नेपाल सम्झिन्छु झलक्क ।
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      …
      १,
      नेताको बोली सुनेर
      छक्क पर्छु आफै
      पठायौ कस्तो चुनेर ।
      २,
      जनता भए भेडा
      नेताको पछि लाग्ने
      बोली सधैँ टेडा ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
      कनकाई ४ झापा
      …
      १,
      लेखेको भावीले सानोमा
      सुखको अनुभूति भएन
      बस्दैछु चुहिने छानोमा।
      २,
      नबुझिने कर्मको खेल
      दुखमा पाइँदैन साथ
      आफन्तले गर्दछन् जालझेल।
      ३,
      पर्दैछ मनमा पीडा
      आफन्तको कर्के नजर
      खेल्दछन् स्वार्थको क्रीडा।
    • सरस्वती श्रेष्ठ
      रुपन्देही बुटवल
      …
      १,
      भन्छन् सतीको सराप
      लोभी पापी मिलेर
      पारे देश धराप ।
      २,
      अरूलाई गाली गर्ने
      चिल आयो भन्दै
      आफ्नै भुँडी भर्ने ।
      ३,
      रहेछन् कस्ता चण्डाल
      झुटको खेती गर्दै
      पारे देशलाई कङ्गाल ।
    • जयनारायण नेपाल
      इलाम, (हाल – सूर्य विनायक – २, बालकोट ,भक्तपुर )
      …
      १,
      सबै चाडपर्वहरू सकिगए
      धेरैको घरमा बुझ्नु
      पर्वले ऋणी भए।
      २,
      महङ्गिले काट्दा सिमा
      उपचारमा लापरवाही भयो
      लगाएर सकारले बिमा ।
    • दुर्गा आचार्य
      मोरङ
      …
      १,
      परिश्रमी हातहरू झुकेनन्
      असहज परिस्थितिमा पनि
      पाइला कहिल्यै रुकेनन् ।
      २,
      एउटा छुट्टै सान
      नेपाली र राष्ट्रियताको
      बेग्लै छ पहिचान ।
      ३,
      भ्रष्टाचार जताततै मौलायो
      जताततै मिसावट मात्रै
      व्यावसायि किन बौलायो।
    • कला ढकाल
      झापा
      …
      १,
      खै के साथमा
      हुँदा मात्रै आफ्ना
      नहुदा टेक्ने माथमा।
      २,
      स्वार्थी सधैँ व्यर्थमा
      कति आफू मात्र
      मरिहत्ते गर्नु अनर्थमा ।
      ३,
      झिल्काले संसार भरौँ
      गरे जे हुन्छ
      परिश्रम गर्ने गरौँ ।
    • दुर्गा भट्टराई
      मोरङ
      …
      १,
      मौसमी जाडो आयो
      चिसो बतास चलेर
      जताततै चिसो छायो ।
      २,
      ध्यान दिन्छौ दुनामा
      दयामाया जगाइदेउ न
      हृदयको एक कुनामा ।
      ३,
      जाग्न लागे जन
      भ्रष्टाचारमुक्त देश हाम्रो
      कहिले हुन्छ भन ।
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६ , दोलखा ।
      …
      १,
      जिउँदो लास जस्तो
      केही छैन मसॅंग
      भयो जीवन सस्तो।
      २,
      जिउनु सकिन रहरले
      धेरै सतायो यहाँ
      यो स्वार्थी शहरले।
    • अन्मोल मुस्कान
      तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      मायाको हुन्न आकार
      बाँडेर अझै बढ्छ ,
      ईश्वरीय रूप निराकार।
      २,
      ज्ञानको अमूल्य शक्ति
      पाएर सदैव गुरुको
      गर्छौं मनैदेखि भक्ति।
      ३,
      मरुभूमिले पाएमा पानी
      उम्रनेछन् बोट विरुवा ,
      प्रकृतिको चक्र जानी।
    • सुस्मिता अधिकारी
      काठमाडौँ
      …
      १,
      तिम्रो अभाव थियो
      खालि मलाई सधै
      रुनु नै भैदियो।
      २,
      नपार रुन बारम्बार
      सहन कठिन होला
      मलाई पनि लगातार ।
      ३,
      बोलिमा मिठास भर्नेको
      कहिल्यै भर नपर्नु
      पछि घात गर्नेको।
    • खडक आर सि मिलन
      छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
      …
      १,
      तारा झल्किन्छ,
      रातो गुलाब मुस्कुराउँदै,
      मन भित्र टल्किन्छ ।
      २,
      पानी पर्छ पक्का,
      पातमा बूँद टल्किन्छ,
      हिलोले अड्काउँछ चक्का ।
      ३,
      निलो आकाश राम्रो
      चराहरू उड्दै गएका,
      स्वतन्त्रताको गीत हाम्रो ।
    • नन्दलाल आचार्य
      बेलका-२, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      हावा चल्यो बेसरी
      बोकी ल्यायो अतीतलाई
      सम्हाल्नु पो कसरी ?
      २,
      महॅंगो खोज्यौ साथ
      किन्न सकिन मैले
      पैसाको रहेछ माथ ।
    • नन्दा धामी
      नौगाड, दार्चुला
      …
      १,
      भविष्यले पढाउॅंछ लेखाउॅंछ
      राम्रोसँग मेहनत गरे
      सफलताको समय आउॅंछ ।
      २,
      आमाको हात शिरमा
      छोराको कुनै पनि,
      छैन चिन्ता पिरमा ।
      ३,
      सम्झनाको पर्‍यो साथी
      कोसिस गर्ने बेला ,
      कष्ट जति ममाथि ।
    • श्रीकृष्ण धामी
      बझाङ
      …
      १,
      पैसामा जीवन चल्छ
      यो मानवजाति हाम्रो
      सबैकोमा आगो बल्छ ।
      २,
      फुल जस्तै राम्री
      घुम्दै छिन् शहर
      प्यारी छोरी हाम्री ।
    • प्रेम शर्मा ” एकान्त प्रेमी “
      कालेबुङ
      …
      १,
      जीवनका हरेक रङ्ग
      आजभन्दा भोलि सबै
      हुँदै गए भङ्ग ।
      २,
      जीवन बन्दैछ नरक
      सोचे जस्तो नभई
      हुँदैछ फरक फरक ।
      ३,
      नगरेको गल्ती सहन
      गाह्रो भएको छ
      मलाई धर्तीमा रहन ।
    • ललिता गिरी
      सिन्धुली
      …
      १,
      हुँदैन कुकर्म गरेर
      सच्चा बन्न सिक
      केही लगिन्न मरेर ।
      २,
      पीडाको भारी बोकेर
      बाँच्नु परेको छ
      मुट्ठी सास रोकेर ।
      ३,
      विष घोलेर पिउन
      पाए घोली पिउँथे
      गाह्रो भयो जिउन ।
    • लक्ष्मण देउवा
      डोटी
      …
      १,
      जोगाऔॅं सस्कृति चलन
      बेथिति विकृति देख्दा
      मनै हुन्छ जलन ।
      २,
      स्वार्थमा रमाउँ तर
      सत्यको अन्त्य हुँदैन
      फर्किनु पर्छ घर ।
    • मन थापा
      पोखरा २१ बक्रेक
      …
      १,
      हिजो आयो खायो
      गम्केर नहिॅंड्नु आज
      नराम्रो भाकाले गायो।
      २,
      लाज शरम नफाल्नु
      हामी नेपालीको समाजमा
      बेइज्जतको पाइला नचाल्नु।
      ३,
      कोपिला जतन गर
      फक्रन नपाइ झर्ला
      पुरानोको भर नपर।
    • राजेश्वरी राजोपाध्याय
      ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६१ सम्पन्न

  • ३ मंसिर २०८१, सोमबार ००:१९ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५२ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १५९ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।


    १.

    तिमी हानेजस्तो गर्नू   म गरुँला रोएजस्तो
    भ्रम छर्न दुनियाँ सामु आँसु झार्नेछु सस्तो ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ


    २.
    बुझी नसक्नु रहेछ नाटक पनि यो कस्तो
    नबुझ्नेलाई विश्वास गर्ने मै पागल जस्तो ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग


    ३.
    भ्रमको दुनियाँमा कस्तो यो चाल
    देखिँदैन किन बिच्छाएको जाल ।
    -सङ्गीता खरेल, काठमाडौँ


    ४.
    भ्रमित पार्न सिपालु तिमी म पनि साथ दिउँला
    हातमा हात मिलाएर सधैँ सँगसँगै जिउँला ।
    -रचना शर्मा प्रतीक्षा, महालक्ष्मी नगरपालिका, ललितपुर, नेपाल ।


    ५.
    देखावटी र बनावटी दुनियाँ भर पाे ! गर्नु खै कस्काे फेरि
    अनेकाैँ जालहरू रचेका छन् यहाँ मौका अनि फाइदा हेरी ।
    -सुशीला शिखा
    कगेश्वरी काठमाडौँ


    ६.
    आँखामा किन हाल्दैछौँ छारो ?
    अन्तिममा श्वास फेर्न गारो ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी


    ७.
    भ्रम छर्दै दुनियाँलाई झुक्याउने कला राम्राे
    नाटक गर्दै सधैँभरि रमाउने पालाे हाम्राे ।
    -ताराप्रसाद चापागाईँ


    ८.
    अन्धविश्वासमा नपर्नु है भर्म
    कलीयुगमा छैन कसैको धर्म ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ


    ९.
    सुन लुकाएर पित्तललाई कसी लाउँदैमा सुन भनिँदैन
    हुँडारहरूलाई बाघको छाला ओढाउँदैमा बाघ गनिँदैन ।
    -बेदु न्यौपाने


    १०.
    देशको शासन के हो र फुटबलको खेल जस्तै
    कहिले उसको कहिले मेरो हात लाग्छ प्रशस्तै ।
    -पुष्पा राई, बादेल, खोटाङ ।


    ११.
    लुटेर खायौ भुटेर खायौ यो देश तिमीहरूले मिलेर
    जनताको सामु पक्ष विपक्ष एकापसमा बस्छौ भिडेर ।
    -ध्रुव श्रेष्ठ, खोटाङ


    १२.
    भ्रम छर्दै आँखामा छाराे किन पाे ! हाल्ने
    विकृति र कुसंस्कार कतिञ्जेल पाल्ने ?
    -त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा


    १३.
    हामीलाई पुनः खोज्छौ बेवकुफ बनाउन
    कर्तुत जनले बुझेपछि अनि पर्ला रुन ।
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन


    १४.
    फट्याइँ मात्र जान्दछ, सक्दैन ऊ केही गर्न
    तर पनि खप्पिस छ, समाजमा भ्रम छर्न ।
    -ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची


    १५.
    पात्र तिनै प्रवृत्ति त्यही खाली फरक व्यवस्था
    आस गर्ने ठाउँ छैन जन्ताको नाजुक अवस्था ।
    -सतीश पण्डित
    भानु६ चुँदी तनहुँ । हाल चनपा ६ मातातीर्थ


    १६.
    आलापालाे राज्य सत्ता चलाई देश कङ्गाल बनाउने
    भ्रष्टाचारको कालाेदाग मेटाउन जनता कनाउने ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।


    १७.
    भ्रम छर्ने बानी नराम्रो कसैले गर्नुहुन्न
    अरू कुवामा हाम फाल्दैमा आफू मर्नुहुन्न ।
    -प्रमोद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ – ५


    १८.
    यो दुनियाँ सब देखावटी भयो
    सत्य बोल्नेहरूको जमाना गयो ।
    -बाबुराम पाण्डे, अर्घाखाँची


    १९.
    बाहिर गरेर मीठा बात
    तिनैले गर्दैछन् ठूला घात !
    -आर्त अकुलीन


    २०.
    खराब कुरा मिल्काएर बनाउनु राम्रो सुन्दर चरीत्र
    राखेर इज्जत कुरा गर्नु बरु हुन्छ बेस हृदय भित्र ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा


    २१.
    बाहिर बाहिर लोकाचार गर
    भित्र पसेपछि आफ्नै पेट भर ।
    -भगवती दवाडी ,झापा


    २२.
    म रोएझैँ गरिदिउँला तिमीले कुटेजस्तो गर्नु
    भित्रभित्रै मिलीभगत गर्न यतै बसाई सर्नु ।
    -नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ


    २३.
    देश रोयो आँसु झर्यो र पोखियो बगरमा
    पात्र त्यही व्यवस्था उही गिर्दैछन् नजरमा ।
    -सन्तु खत्री


    २४.
    छुट्टै महत्व हुन्छ दुध दही मोहीको
    पानीमा आँसु झर्छ रे त्यो दुष्ट गोहीको ।
    -चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ


    २५.
    नेताले माइकको अघि म्या म्या गर्दै छरिरहे भ्रम
    जनताले पनि भ्या भ्या गरिरहने केही छैन श्रम !
    -प्रेम थापा “मन”बागलुङ


    २६.
    बाहिर झुत्रेझाम्रे भित्र व्यवस्थापन राम्रो
    यसरी नै बिग्रिएको छ नेपाल देश हाम्रो ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड


    २७.
    कसलाई देखाउन खोजेको, गोहीको आँसु झारेर
    पत्याउने कसले, जब आएका छौ जनता मारेर ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ


    २८.
    जो छ यहाँ भ्रष्टाचारको मालिक
    कठै उसकै बन्छ ठूलो सालिक ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व


    २९.
    तिमी ताली लगाउँदै गर्नु म भ्रमित गीत गाउँदै गर्छु
    नखोज मलाई माथितिर म पोका बोकेर तल्तिरै झर्छु ।
    -रमेश दियाली
    शेल्पू सिटोंग दार्जिलिङ भारत


    ३०.
    अन्तरकुन्तर भक्कानिएर निस्केको तिमी भन्छौ सस्तो आँसु
    तिमी नै पक्का चालबाजी रहेछौ, त्यो तस्बिर कहाँ लगी टाँसु ।
    -मोती योन्जन सुब्बा, दार्जिलिङ


    ३१.
    नाटक अभिनय कला सिक्नू
    ढाटेरै भएपनि सधैँ टिक्नू !
    -विवश पारदर्शी, झापा


    ३२.
    कोही कुटे जस्तो त कोही रोए जस्तो गर्छन्
    जनताको आँखामा सधैँ भ्रम मात्र छर्छन् ।
    -अनिता भण्डारी, ताप्लेजुङ


    ३३.
    सत्तामा पुगेका छन् निर्दोष मारेर
    आज नाटक देखाए आँसु झारेर ।
    -कला ढकाल, झापा


    ३४.
    महिलाको कुकुर मरेको पोस्टमा कमेन्ट गर्छन् गुरु
    हाम्रा रचना राख्दा पनि नहेरी किन भाग्छन् खुरुखुरु ।
    -तिलक गाउले


    ३५.
    आँखामा छाराे हाली खेती गर्दछ भ्रमकाे

    मरेर खेती गर मिल्दैन पैसा श्रमकाे ।
    -शालिकराम दाहाल
    चा न पा ३ झाैखेल, भक्तपुर


    ३६.
    नाटक गरेर दुनियाँ झुक्याउ बनाउ आगोलाई पानी
    साच्चै रुनुपर्ने छ एकदिन आफ्नै कर्ममा पछुतो मानी ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।


    ३७.
    जनता दलको पुजारी बनाैँ र बसाैँ फुलाङ्गाे छरेर
    उनीहरू खान्छन् मिली हामी आपसमा झगडा गरेर ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।


    ३८.
    षड्यन्त्रभित्र हामी आफैँ नाटक गरेर टारौँ
    उम्किनु हो मुख्य कुरो, दुनियाँलाई लठ्ठ पारौँ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹


    ३९.
    तिमी मिलीभगत भएर नौनी खाने
    हामी ढुङ्ग्रो पखालेर रुँदै रुँदै जाने ।
    -खर्गबहादुर कौसिक


    ४०.
    कुटेजस्तो म गरुँला, तिमी रोएजस्तो गर
    दुनियाँको सामु तिमीले भ्रम मज्जाले छर ।
    -बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा


    ४१.
    यहाँ दुनियाँ नाटकमा रमाउँछ
    मौका मिल्यो भने कठालो समाउँछ ।
    -दीप गोले तामाङ – रौतहट


    ४२.
    राजनीति भयो हाम्रो भ्रमको खेती गर्ने थलो
    कहिले हुने हो नेताज्यु देश ,जनताको भलो ।
    -रुना कर्माचार्य दाहाल
    चितवन


    ४३.
    जे जे गर्नु छ हाम्रो अभिनयले गर्छ
    यस्तै भ्रम अब सधैँ छरिराख्नु पर्छ |
    -सरिता सेढाई, धादिङ


    ४४.
    देखिन्छन् नि जताततै देशघातीका टोली
    तर पनि मिलाउँछन् त्यही लोलीमा बोली ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा


    ४५.
    पसिनाको कमाईमा नै जिउँला
    तिमीले मागे म जीवन दिउँला ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ


    ४६.
    सुहाउँदो गरेमा पो ! राजनीती भन्नु
    यिनका अवतार हेरी पागल बन्नु ।
    -जानुका बास्कोटा
    काठमाण्डौं तारकेश्वर ९


    ४७.
    गाउँदेखि बसाइँ सरेझैँ पुग्यौ तिमी सत्तामा
    राजनीति गर्छौ जहिले वृद्धवृद्धाको भत्तामा ।
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ


    ४८.
    के छ र काम भेडाको चर्छन् देशमा लाम लागेर
    गोठाला जन बनेपछि जादैनन् कहिल्यै भागेर ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ


    ४९.
    यस्तै त छ चलेको चलन
    जे गरे नि हुँदैन जलन ।
    -अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ ।


    ५०.
    यी नेताले जनता झुक्याउने गर्छन्
    निमुखा जन उनकै सरण पर्छन् ।
    -दुर्गा भट्टराई
    माेरङ


    ५१..
    अहिलेलाई चैँ झगडा जस्तो गरौँ
    मौका आएपछि मिलेर पेट भरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही


    ५२.
    देशभक्तिको नारा लगाउनेले कालो धन जमाएर
    चिप्ला कुराले जनता भुलाउँदै बसेका छन् रमाएर ।
    -कृष्ण बजगाई भक्तपुर


    ५३.
    साङ्लोमा नै बाँधिएपछि गर्जन्छ उ बाघ
    लाग्दैन कहिलै त्यहाँ घाम महिना माघ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी


    ५४.
    हामी दुवै उस्तै नै हौँ नौटंकी वाज
    तैपनि हाम्रै समर्थनमा आवाज ।
    -प्रदीप के रिमाल


    ५५.
    आलोपालोले सत्ता चलाउछौँ प्रयोग गरी सामदाम दण्डभेद
    बाहिर देखावटी झगडा गरे पनि छैन हामी बिच कुनै छेद l
    -बाबुराम गौतम, गुल्मी


    ५६.
    संसार चलाउनु छ जे जसरी ढल्छ
    ढाँटी, छली, रोएर नि घुमीफिरी चल्छ ।
    -इन्दु श्रेष्ठ, चितवन


    ५७.
    हुन्छ भने हुन्छ भन हुँदैन भने हुँदैन नै भन
    देश, ठाउँ राम्रो हुन त सफा नै हुनुपर्छ है मन !
    -पवनकुमार बुढाथेाकी, काठमाडौं


    ५८.
    बिचाैलिया तस्करहरू जति किन लाउँछाै अगि अगि
    एउटै डुङ्गाका यात्रु सबै पुरिनेछन् है भेलमा बगी ।
    -हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान


    ५९.
    म रोएको कस्ले देख्छ ? न त तिमी रुँदा
    डाहा मात्रै गर्छन् यहाँ, हामी खुसी हुँदा ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ


    ६०.
    हाल्नसम्म हाल्छन् काले भ्रष्टाचारमा जुठो
    हिरासतबाट चोख्याउँछन् पैसाको मुठो ।
    -भुपेन्द्र राना मगर
    धादिङ


    ६१.
    आँसुको मूल्य नै छैन, हाम्रो नेपालमा रती
    तीन करोडको आँसु, महाकाली बग्यो कती ?
    -रामशरण न्यौपाने, भक्तपुर


    ६२.
    आज हामीले हाे गाउने सुन गीत
    सङ्ख्या पुगे भाेलि तिमी गाउनु मीत ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे


    ६३.
    मिले सबै भ्रष्टाचारी र पालैपालो खाए
    अख्तियार लाग्ने डरले रोइलो मच्चाए ।
    -पद्मा काश्यप पाण्डे, मोरङ


    ६४.
    भित्र पित्तल भरेर बाहिर सुन भरेको देखिन्छ
    भ्रष्टाचारले देश खान्छ अझ कानुन कडा लेखिन्छ ।
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट


    ६५.
    सुन भनी पित्तल बेच्नेदेखि किन हाँसु ?
    रूनलाई नयनभित्र चाहिने भाे आँसु ।
    -जी.वि.
    घाेराही,दाङ


    ६६.
    भ्रमको खेती गर्न लौ कति जानेका
    अगाडि ठिक्क पछाडि छुरी हानेका ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ


    ६७.
    उनीहरू सडकमा आएर कराउँछन् म सुन्दै सुन्दिनँ
    सत्यवादी मानिस हुँ म त कुकर्मको जालो बुन्दैबुन्दिनँ ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी


    ६८.
    जिम्मेवारी र जिन्दगी पनि नाटकीय ढङ्गले चलाए
    पजेरोमा सवार हुनेले गरीबको झुपडी जलाए ।
    -राजेश्वरी राजाेपाध्याय
    पाटन, ललितपुर


    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न

  • २ मंसिर २०८१, आईतवार १९:२५ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३८ औँ शृङ्खला (एकादशी र तुलसी विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका एकादशी र तुलसी विशेष उत्कृष्ट झिल्का कविताहरू-

    १)
    १.
    जडिबुटी यत्रतत्र पाइने
    हुन्छ अत्यन्त उपयोगी
    जिउँदा, मर्दा चाहिने ।
    २.
    टाउको दुखाइ खरोमा
    चिया बनाई खानसकिन्छ
    रुघाखोकी र जरोमा !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    २)
    रोपौँं तुलसी घरमा
    जानेर यसको महत्त्व
    नपर्नु अरूको भरमा ।
    -नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    ३)
    १.
    एकादशी तिथि पवित्र
    तुलसीकाे पूजा गरेर
    अध्यात्मिक काम मित्र ।
    २.
    रुघाखाेकी ज्वराे आएमा
    पकाएर खाऊ बिहान
    आराममा बस्ने खाएमा ।
    -जि.बि.चिन्तन
    घाेराही, दाङ
    —————<•>—————
    ४)
    १.
    तुलसीको मठ घरमा
    रोपी राख सबैले
    नपर कतै भरमा ।
    २.
    दिन भयो घमाइलो
    गर काम समयमा
    अनि गर रमाइलो ।
    -नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    ५)
    दल राखी छोपेर
    महत्व कार्तिक महिनाको
    तुलसी मठमा रोपेर ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    ६)
    १.
    तुलसी आँगनीको छेउ
    दबाईकाे काम गर्छ
    हुर्काउन पानी देऊ ।
    २.
    एकादशी भाेकै बसाैँ
    पेट खाली राख्न
    पटुकी राम्ररी कसाैँ ।
    -रबि पाैडेल, दक्षिण भारत पाण्डेचरी
    —————<•>—————
    ७)
    १.
    असारमा तुलसी रोपेर
    माला लगाई पूजौँ
    मठलाई चट्ट पोतेर ।
    २.
    हेर्दा राम्रो झट्टै
    सधैँ प्रयोग गरे
    रोग हुन्छ चट्टै ।
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    ८)
    अन्धविश्वासी भएर हैन
    गुणकारी मानिन्छ तुलसी
    जानिकन नोक्सान छैन ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    ९)
    आज ठुली एकदशी
    चिन्तन गरौँ तुलसीको
    मोठको छेउमा बसी ।
    -तोयानाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    १०)
    १.
    तुलसीको पत्ता खानु
    रुघाखाेकी लागेमा हेर
    पर्दैन अस्पताल जानु ।
      २.
    ओैषधीकाे गर्छ काम
    थाहा पाइरहनु सदा
    तुलसी हाे नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    ११)
    तुलसी अति राम्रो
    जानी राखौँ सबैले
    बचाउँछ जिवन हाम्रो ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा
    —————<•>—————
    १२)
    १.
    स्वास्थ्यमा सुधार आउँछ
    तुलसी पानी खानाले
    लागेको रुघाखोकी हराउँछ ।
    २.
    रोग शरिरको जन्जिर 
    गुणकारी तुलसी खाँदा
    स्वस्थ बन्छ शरीर ।
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    १३)
    गरौँ तुलसीको पूजा
    नित्य बिहान सधैँ
    खालीपेट नखाई भुजा !
    -जनक बिसी, दक्षिण भारत कोचिनबाट
    —————<•>—————
    १४)
    १.
    विष्णुले श्राप पाए
    झार हुनु भनेर
    त्यसैले मठमा आए !
    २.
    तुलसी औषधी हुनाले
    मान्छेले मास्छन् भनेर
    पौराणिक कथा हाले ।
    -गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    १५)
    १.
    विभिन्न ठाउँका मेला
    एकादशीमा गरौँ रमाइलो
    एकसाथ भएर भेला !
    २.
    पाईन्छ  वरपर  हाम्रो
    चिसोले स्वास्थ्य बिगारे
    तुलसी  खानु  राम्रो ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    १६)
    एकादशीमा तुलसीको विवाह
    धूप दिप नैवेद्यले
    जीवनको पुग्दछ चाह ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    १७)
    १.
    हरिबोधिनी एकादशी जानौँ
    तुलसी पुजा गर्दै
    आयुर्वेदिक औषधी मानौँ ।
    २.
    रुघाखोकी निको पार्छ
    उमालेर तुलसी खाएमा
    सानातिना समस्या टार्छ ।
    -बेदु न्यौपाने
    —————<•>—————
    १८)
    सुन साथी सवाई
    तुलसी रोप्नु घरमा 
    हुन्छ ठुलो दबाई ।
    -दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    १९)
    असारमा तुलसी रोपिन्छ
    हिन्दु परम्परा अनुसार
    पूजा गरी पोतिन्छ ।
    -कला ढकाल, झापा
    —————<•>—————
    २०)
    मठमा रोप्न काइदा
    रुघाखोकी र ज्वरोमा
    तुलसीले गर्छ फाइदा ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    २१)
    व्रत हरिबाेधनी एकादशीकाे
    समस्त हिन्दुहरूले गर्छन्
    दामाेदरसँग विवाह तुलसीकाे ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    २२)
    तुलसी रोपौँ राम्रो
    सबैको घरहरूमा हेर
    जीवन बचाउछ हाम्रो ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी”
    —————<•>—————
    २३)
    आज हरिबोधनी एकादशी
    तुलसी साँची राखेर
    घोटौँ कर्मको कसी ।
    -चिरञ्जीवी श्रेष्ठ
    धनकुटा ।
    —————<•>—————
    २४)
    १.
    तुलसी सर्वोत्तम बुटी
    हरेक घरमा  रोपौँ
    महल अथवा कुटी ।
    २.
    तुलसीको मठमा सर्दा
    मोक्ष भइन्छ भन्छन्
    अन्तिम यात्रा गर्दा l
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    २५)
    १.
    रोपौँ तुलसी घरमा
    अमर कोही छैन
    रहौँ ईश्वरकै भरमा ।
    २.
    परापूर्वदेखि चलन चलेको
    ईश्वरमा आस्था राख्नु
    तर किन छलेको ?
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    २६)
    १.
    मेटिन्छ हाम्रो दशा
    सबैको घर घरमा
    रोप्नुहोस है तुलसा ।
    २.
    उपयुक्त जडिबुटी मानेर
    खुवाउँछौ मात्रा मिलाई
    निको हुने ठानेर ।
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    २७)
    १.
    तुलसीकाे पुजा गरेँ
    राेग विनाश हुन्छ
    माताकाे शरणमा परेँ ।
    २.
    मनमा मिल्दछ शान्ति
    तुलसीकाे पूजा गरेँ
    घरमा हुँदैन क्रान्ति ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट ।
    —————<•>—————
    २८)
    हरिबोधनी एकादशीको महत्व
    विष्णुको अवतार तुलसी
    मानिन्छ बहुगुणी तत्व !
    -चुडामणी देवकोटा
    पुरानोनैकाप काठमाडौँ
    —————<•>—————
    २९)
    तुलसीको पूजा गरेर
    वातावरण स्वच्छ बनाउँला
    धार्मिक आस्था भरेर !
    -पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    ३०)
    समाऔँ साहित्यको रसी
    स्रष्टाज्यूहरूलाई शुभकामना छ
    मनाउँदै हरिबोधनी एकादशी !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    ३१)
    एकादशीको महिमा बुझेर
    सुखशान्तिको कामना गराैँ
    पवित्र तुलसी पुजेर !
    -जयनारायण नेपाल
    बालकोट ,भक्तपुर
    —————<•>—————
    ३२)
    १.
    आज  पर्व  एकादशी
    तुलसीको  पूजा आराधना
    हृदयमा  शुद्धता  कसी  ।
    २.
    भन्छन्  विष्णु  सहचरी
    आँगन  मठ  लिपपोत
    तुलसीको  पूजा  गरी  !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    ३३)
    १.
    रोपौँ तुलसी आँगनमा
    शुभ लक्षण देखिन्छ
    सकारात्मक सोचे मनमा ।
    २.
    बनाई सफा मन
    रोप्दा घरमा तुलसी
    पाइन्छ सदा अक्सिजन !
    -खडक आर सि मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    —————<•>—————
    ३४)
    तुलसा औषधी हुँदा
    सम्हालेर राख्छौँ यो
    सबैको मन छुँदा ।
    -सुरेशकुमार पाण्डे
    —————<•>—————
    ३५)
    हरिबोधनी एकादशी आज
    साक्षी राखेर तुलसी
    हुनेछन् राम्रो काज ‌!
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    —————<•>—————
    ३६)
    धर्म, संस्कृति जोगाऊँ
    शान्ति मिल्छ सबैलाई
    अध्यात्ममा मन लगाऊ !
    ✍️
    विष्णु पंगेनी(पाण्डे )
    वालिङ् -स्याङ्जा
    —————<•>—————
    ३७)
    १.
    तुलसीको पूजा गरेर
    मन शान्ति बनाए
    भजन स्तोत्र जपेर !
    २.
    तुलसीको गुण बुझेर
    जताततै रोपे वातावरण
    शुद्धिकरण हुन्छ खुलेर !
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    ३८)
    वनस्पति भगवान्का रूप
    आज ठुली एकादशी
    पुजेर बालौँ धूप !
    -अम्बिका गिरी
    —————<•>—————
    ३९)
    १.
    कहिलेकाही व्रत बसेर
    हुन्छ स्वास्थ्यलाई फाइदा
    धर्मको गहिराइमा पसेर !
    २.
    तुलसी औषधीमा जाती
    झनै विशेष हरिबोधनी
    फूल तार्नेको  ताँती !
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    ४०)
    १.
    एकादशीको महिमा बुझेर
    सुख समृद्धिले भरौँ
    तुलसीको पूजा गरेर ।
    २.
    तुलसीको जपन गरौँ
    अज्ञानतालाई हटाएर अब
    श्रद्धाको भक्तिमा परौँ !
    ✍️ विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ
    —————<•>—————
    ४१)
    तुलसीकाे पूजा गर
    आज एकादशी हाे
    मरेपछि स्वर्गमा सर !
    -नवराज भट्ट
    कञ्चनपुर
    —————<•>—————
    ४२)
    भोकै व्रत बसी
    पूजा गरेर मोठमा
    मनाइयो तुलसी एकादशी !
    -अमृत कोइराला
    पोखरा
    —————<•>—————
    ४३)
    हरिबोधिनी एकादशी आज
    तुलसी विवाहको दिन
    प्रचुर अक्सिजनको राज !
    -राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    —————<•>—————
    ४४)
    १.
    गर्दछ राम्रो काम
    खाइन्छ रुघाखोकी लाग्दा
    तुलसी यसको नाम ।
    २.
    देवीको रूपमा पुजेर
    सम्मान दिने परम्परा
    औसधिको महत्त्व बुझेर !
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    ४५)
    १.
    औषधीय गुणले युक्त
    दैनिक सेवन गरेमा
    रुघाखोकीबाट भइन्छ मुक्त !
    २.
    उज्यालो देखिन्छ आँगन
    भगाउँन रोग टाढा
    गरौँ तुलसी रोपन !
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    ४६)
    तुलसी धेरै उपयोगी
    एक उत्तम औषधी
    तन्दुरुस्त पार्छ रोगी !
    -बिबा  तामाङ
    दार्जिलिङ
    —————<•>—————
    ४७)
    एकादशीको महिमा अपरम्पार
    मनै आनन्द हुन्छ
    बुझ्दा तुलसीको सार !
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    ४८)
    १.
    तुलसीको विवाह गरियो
    दुलाहा शालिग्राम प्रभुलाई
    कन्यादान दिनेमा परियो ।
    २.
    आज उपवास बसियो
    हरिबोधिनी एकादशीको दिन
    काममा कम्मर कसियो ।
    -अरुण कुमार भुजेल , दार्जीलिङ भारत।
    —————<•>—————
    ४९)
    बुझाैँ आयुर्वेदिक महत्व
    हुन्छ तुलसीकाे विरुवामा
    एन्टी ब्याक्टेरियल तत्व !
    -काेपिला अधिकारी
    सिरानचाेक,गाेरखा
    —————<•>—————
    ५०)
    बहुगुण औषधीय तत्त्व
    भरिपूर्ण हुन्छ तुलसी
    आयुर्वेदिक वैज्ञानिक महत्त्व !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    —————<•>—————
    ५१)
    १
    एकादशी तुलसीको महिमा
    पौराणिक महत्त्व रहेकोले
    संस्कृतिको बढाउँछ गरिमा !
    २.
    तुलसीको सुवास हरर
    फैलिन्छ चल्दा हावा
    मीठो सुगन्ध सरर !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    ५२)
    १.
    तुलसी देन प्रकृतिको
    उपयोग गरौँ अधिक
    पहिचान हिन्दु संस्कृतिको !
    २.
    पूजेर दिपक  जलाउनु
    घरमा तुलसी लगाएर
    दुषित जिवाणु भगाउनु !
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    ५३)
    १.
    एकादशी महिमा अपार
    निराहार बसेर एकदिन
    आफ्नो जीवन सपार !
    २.
    आयुर्वेदिक औषधी तुलसी
    स्वस्थ रहला वायुमण्डल
    रमाउनेछन् रातमा शशी !
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    —————<•>—————
    ५४)
    एकादशी व्रत बस्दै
    आमा दिदीबहिनी आज
    तुलसीमा माला कस्दै !
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    ५५)
    कात्तिक शुक्ल एकादशी
    गरियो पूजा तुलसीको
    भक्तिभावले व्रत बसी !
    -सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    ५६)
    १.
    बस्नु व्रत एकदशी
    पूजा गरि तुलसीको
    भक्ति  घरैमा बसी !
    २.
    गुणयुक्त तुलसीलाई पूजेर
    राेपौँ घरघरमा सबैले
    वातावरण शुद्ध बुझेर !
    -दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    ५७)
    १.
    तुलसी बहुगुणी तत्त्व
    सबैले घरघरमै रोपौँ
    बुझेर यसको महत्त्व !
    २.
    तुलसी विष्णुको अवतार
    अत्यावश्यक विरुवा भएकोले
    रोप्न गरौँ हतार !
    -अर्जुन प्रसाद चौलागाई
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    ५८)
    पर्व एकादशी ठूलो
    तुलसी रोप्दाखेरि हेर
    हुन्छ उत्तम ओखतीमूलो !
    -सरिता सेढाई, धादिङ
    —————<•>—————
    ५९)
    व्रत एकादशी बसेर
    घुम्न गए साधुसन्त
    मुखमा खरानी घसेर !
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८२ सम्पन्न

  • २ मंसिर २०८१, आईतवार १८:२२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८२औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८२ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    सन्तान
    असल चेहरा
    बन्दै बाबुको सहारा !

    • वसन्त अनुभव
      [२]
      सन्तान
      वंश परम्परा
      अशक्त हुँदाको सहारा !
    • पशपती राई, खोटाङ
      [३]
      सन्तान
      माया ममता
      जिन्दगी एकअर्काको भरोसा !
    • नारायण कोइराला
      तानसेन, पाल्पा, हाल-कुवेत
      [४]
      छोराछोरी
      मायाको खानी
      डोर्‍याउने बुढेसकालमा तानी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [५]
      माया
      पिता पुत्रको
      सम्बन्ध गाढा सूत्रको !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [६]
      सन्तान
      दु:खको साटो
      बा-आमाको सुखको पाटो !
    • बेदु न्यौपाने
      [७]
      जिम्मेवारी
      काँधमा आए
      पछि हट्दैनन् सन्तान !
    • सङ्गीता खरेल, काठमाडौँ
      [८]
      सन्तान
      गर्वको सास
      बुढेसकालमा आशको शान !
    • बिबा तामाङ, दार्जिलिङ
      [९]
      खन्याउने
      ममताकाे पाेकाे
      सन्तानकाे हृदय चाेखाे !
    • ताराप्रसाद चापागाईँ
      [१०]
      सन्तान
      मायाको चिनो
      बाबुको ठुलो सहारा !
    • डुकछिरिङ लेप्चा
      थाना लाईन वार्ड नम्बर-३, मिरिक, भारत
      [११]
      छोराछोरी
      दुबै बराबरी
      मायाले पाल्छन् जीवनभरि !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [१२]
      सन्तान
      बुढेसकालको सहारा
      बन्छ सधैँ पहारा !
    • कला ढकाल, झापा
      [१३]
      जीवन
      गाँसेर सङ्गालो
      आवश्यकतामा हालेर अङ्गालो !
    • सविता के.सी.
      [१४]
      साहारा
      सन्तानको साथ
      एक जीवन्त आधार !
    • आर्त अकुलीन
      [१५]
      सन्तान
      मायाको पोको
      वृद्धमा आशाको भोको !
    • भगवती दवाडी, झापा
      [१६]
      सन्तान
      उंँधो माया
      आँखाभरि झलझली छाया !
    • चूडामणि देवकोटा
      पुरानोनैकाप, काठमाण्डौँ
      [१७]
      सन्तान
      साहसी बाण
      भरोसा जीवनको प्राण !
    • सन्तु खत्री
      [१९]
      सन्तान
      बुढेसकालकाे सहारा
      आमाबाबुले ठान्छन् भराेसा !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२०]
      मातापिता
      सन्तानका प्यारा
      अप्ठ्यारोमा सन्तान सहारा !
    • नवराज भट्ट, कञ्चनपुर
      [२१]
      छोराछोरी
      हुन्छन् प्यारा
      बुढेसकालको जिउने साहारा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२२]
      सन्तान
      बन्नेछन् सहारा
      बुझेर बुबाको अभिभारा !
    • नवशीला
      नवदेव मार्ग, लालभित्ती, मोरङ
      [२३]
      आशा
      सन्तानको माया
      बुबाआमाको बाँच्ने सहारा !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२४]
      सन्तती
      जीवनको सहारा
      काँधमा पितृ अभिभारा !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [२५]
      बाबु
      सतिसाल बनेर
      उभिन्छन् सन्तानका निम्ति !
    • निरज कोइराला, इटहरी
      [२६]
      सन्तान
      मायाको खानी
      संस्कार सिकेका नानी !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी-८, कैलाली
      [२७]
      सन्तान
      खुसिको पल
      जन्मिदा छिमेकीको चहलपहल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [२८]
      साहस
      मायामा हुन्छ
      जुन सन्तानले चुन्छ !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२९]
      सन्तान
      कर्म मानवसेवा
      धर्म मातापिताको टेवा !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३०]
      सहारा
      सन्तान भए
      कहिल्यै हुँद‌ैनन् बेसहारा !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३१]
      सन्तान
      असल भए
      जीउँदै स्वर्ग गए !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [३३]
      सन्तान
      बन्न सक्नुपर्ने
      अभिभावकको असली संरक्षक !
    • बाबुराम पाण्डे
      [३४]
      बाबा
      मेरा उत्प्रेरक
      अब म सहारा !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३४]
      सहारा
      छोराको बाबु
      कहिले बाबुको छोरा !
    • घनश्याम पौडेल, पोखरा
      [३५]
      सहारा
      सन्तानको धर्म
      बुझेको पिताको मर्म !
    • रुना कर्माचार्य दाहाल
      चितवन
      [३७]
      सन्तान
      मातापिताको सहारा
      काँधमा पितृ अभिभारा !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [३८]
      सन्तान
      बाबुकाे लागि
      बन्दैछ बुढेसकालकाे लाैराे !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल- भारत
      [३९]
      जीवन
      खाेज्छ सहारा
      छाेराछाेरीकाे आश धेरै !
    • प्रमाेद नेपाल
      वीरगञ्ज, हाल काठमाडौँ-५
      [४०]
      कम
      दु:खको सहारा
      महान वंशको शान !
    • विवश पारदर्शी, झापा
      [४१]
      जिम्मेवारीबोध
      इच्छाशक्ति जाग्छ
      स्नेहले इच्छाशक्ति जाग्छ !
    • पृथक प्रकृति, झापा
      [४२]
      सन्तान
      सबैका प्यारा
      आखिरमा दिन्छन् सहारा !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४३]
      माया
      मनको शान्ति
      यो जीवन रहुन्जेल !
    • दीप गोले तामाङ, रौतहट
      [४४]
      सन्तान
      हुन्छन् महान
      अशक्त हुँदालाई वरदान ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४५]
      सधैंभरि
      सन्तान सारा
      हुनुपर्छ बाबुआमाको सहारा !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४६]
      सन्तान
      भरोसाको आड
      बुढेसकालमा खुवाउँछन् माड !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४७]
      मातापिता
      भगवानको रूप
      बन्नुछ उनको साहारा !
    • सुरेश न्यौपाने
      [४८]
      सन्तान
      जिउने आधार
      बन्नेछन् भोलिका सहारा !
    • सुस्मिता अधिकारी, काठमाणडौँ
      [४९]
      सन्तान
      मायाको खानी
      बाआमाको आँखाको नानी !
    • कृष्ण बजगाई, भक्तपुर
      [५०]
      सन्तान
      मायाको खानी
      सानैदेखि असल बानी !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [५१]
      सन्तान
      जीवनको छहारी
      बन्नुपर्छ आमाबुबाको चौतारी !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [५२]
      बनून्
      सन्तान मनकारी
      दया मायाका भकारी !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [५३]
      छोराछोरी
      छन् थरीथरी
      सबैमा माया बराबरी !
    • दुर्गा भट्टराई
      [५४]
      सन्तान
      जीवनको साहारा
      बोक्नुपर्छ सबै अभिभारा !
    • धनमाया चौधरी
      [५५]
      ममता
      आमाबाबुकाे सहारा
      सन्तानको ठुलाे दायरा !
    • रबि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [५६]
      बाँच्ने
      मूल आधार
      भरोसाको बलियो सु्त्र !
    • कमला देवकोटा, पाल्पा
      [५७]
      सन्तान
      ईश्वरकाे वरदान
      गर्ने समस्याको समाधान !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५८]
      सन्तान
      काम लाग्ने
      सन्बै आखिर दु:खकष्टमै !
    • चक्र शाही, कैलाली
      [५९]
      आमा
      ममताको खानी
      हुन्छिन् सधैँ दानी !
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ
      [६०]
      सन्तान
      भरोसा केन्द्र
      भविष्यको उज्यालो किरण !
    • समुन्द्रा शर्मा, सुनसरी
      [६१]
      सन्तान
      अनेक थरी
      आँखामा आँसु सरोबरी !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [६२]
      सन्तान
      आशा भरोसा
      जीवनको असल साथ !
    • कविता आचार्य, कैलाली
      [६३]
      सन्तान
      जीवनकाे सहारा
      बाेकेका जीवनकै अभिभारा !
    • बलराज गिरी, कैलाली
      ६४.
      सन्तान
      मुटुका टुक्रा
      सधैँ सर्वश्रेष्ठ मानिने !
    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साताका तीन लघुकथा- ६५

  • २ मंसिर २०८१, आईतवार ०८:४४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६५औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘स्वर्गको बाटो’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘निर्देशन’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अपाहिज’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    लघुकथा: स्वर्गको बाटो

    ✍️ खगेन्द्र बस्याल
    -“तपाईँको घरमा आएर दिक्क पारिरहने नन्दकृष्ण आज आएको देखिनँ, कता गएछन् ?”
    दैलातुङ्ग फाँटबाट आएका थिरलालले आफ्ना साथी दयारामलाई सोधे ।

    दयारामले जिज्ञासा राखे,
    -“के गरेर हामीलाई सताएको देख्नुभएको थियो र ?”
    थिरलालले जानकारी दिए,
    -“रक्सीले झल्लिँदै आउने, बोल्न नमिल्ने शव्दहरू प्रयोग गर्ने, फेरि धोक्नका लागि पैसा मागेर मरिहत्ते गर्ने गरेको कहाँ बिर्सेको छु र !”

    -“उनी त स्वर्गको बाटो लागे नि !”
    दयाराम बताए । थिरलाल भावुक हुँदै बोले,
    -“उनको आत्माले शान्ति पावस् । उनी गएपछि परिवारले पनि शान्तिको स्वास फेरे होलान् ।”
    दयारामको भनाइ रह्यो,
    -“उनी स्वर्गको बाटो लिएपछि परिवारको मात्र होइन सारा गाउँको मनमा बेग्लै शान्ति र कान्ति उदाएको छ।”
    थिरलालले  सोधे,
    -“कहिले गए उनी स्वर्गतिर ? परिवारले आफ्नो हैसियत अनुसार दानपुण्य त गरे ?”

    -“उनी स्वर्गमा पुगिसकेका छैनन् । परिवारले कुनै दानपुण्य पनि गर्नु परेन ।” दयारामले झस्काए । थिरलालले भने,
    -“पढेलेखेका छोराछोरी भएर पनि सडेका रहेछन् । पितृको आशिर्वादले नै सबैको मनोकामना पूर्ण हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेनछ।”

    दयारामले स्पष्ट पारे,
    -“कुलतलाई तिलाञ्जली दिँदै आफैँबाट नमूनायोग्य काम गरी सबैको आँखाको नानी बन्न लाग्नु नै यथार्थमा स्वर्गको बाटो हो । सबैले राम्रो काम गरे स्वर्ग यहीँ छैन त !”

    * तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ कात्तिक २९
    **************

    लघुकथाः निर्देशन

    ✍️ मित्र ‘उराठी’ गौतम
    कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढवर्षमा भइरहन्छ।
    सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने । नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै ।
    सपथ ग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए ।
    -“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन, म जान्दिनँ । हो, ऐन नियमावली नयाँ बन्नसकेका छैनन्, पुरानै छन्, त्यो जगजाहेर छ । त्यो संसदको काम हो, बन्दै गर्छन् । तर तपाईँहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ।”
    कडा निर्देशनका साथ उनी कड्किए ।

    अर्कोदिन सचिवहरूले मातहतका विभागिय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडारूपमा प्रस्तुत भए ।
    विभागिय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरि आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्यसम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।

    बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउति मार्दै भने,
    -“अहिलेसम्म त निर्देशन नपाएर पो ! विकासले गति लिन नसकेको । अब त छलाङ्ग मार्ने भो नि साथी !”
                 अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही
    **************

    लघुकथा: अपाहिज

    ✍️ सुरेशकुमार पाण्डे
    -“थोरै पैदल हिँड्ने बानी पनि बसाल्नुपर्छ । जहाँ पैदलको बाटो हो, त्यहाँ पैदल हिँड्नुपर्छ । अलि टाढा भएपछि मात्र बाइक, रिक्सा वा अटोको प्रयोग गर्नुपर्छ ।”
    रवीले आफ्नो छोरा सग्रामलाई सम्झाउँदै थिए ।
    छोरा सग्राम कत्ति पनि पैदल हिँड्न मान्दैनथ्यो । परिणाम उसको शरीर अस्वाभाविक रूपमा मोटाउँदै गएको थियो । रवी, उसको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित् थिए ।
    -“बाबा म पैदल हिँड्नै सक्दैनँ, म के गरूँ ?” सग्रामले असमर्थता जतायो ।
    -“ट्याङ् .. ट्याङ् “
    डोरबेलको आवाजले बाबुछोरा नै झस्किए ।
    -“छोरा, सग्राम ! बाहिर हेर त ! सायद सामान आयो कि ?”
    रवीले सग्रामलाई हेर्न लगाए ।

    नभन्दै दैलो खोल्दा बाहिर रिक्सावाला समान लिएर खडा थियो।
    -“बाबु ! यो तोरी मगाउनुभा’को साहुजीले । सात बोरा छ, कहाँ राखौँ ?”
    रिक्सावालाले सोध्यो ।
    -“बोरी, यहाँ होइन माथिल्लो तलामा रख्नुहोस् !”
    सग्रामले उसलाई  दोस्रो तलामा राख्न लगायो । उमेरले बाउ बराबरको रिक्सावाला चुपचाप बिस्तारै सातवटै बोरी माथिल्लो तलामा पुरायो ।
    -“हजुरको खुट्टामा केही भएको छ ?”
    सग्रामले उसलाई खोच्याएको देखेर सोध्यो । उसले सटिकमा उत्तर दियो,
    -“हजुर !”
    -“के भएको हो ?”
    -“एक्सिडेन्ट भएको थियो, केही वर्ष पहिले ।”
    उसले आफ्नो दायाँ खुट्टा झिकेर देखाउँदै भन्यो । त्यो देखेर सग्राम झसङ्ग भयो र मनमनै भन्यो,
    -“उफ् ! वास्तवमा अपाहिज त म पो ! रहेछु ।”

    दाङ घोराही १८
    १३-११-२०२४(२८-०७-२०८१)
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P