• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग लेखन शृङ्खला- ९६

  • १० जेष्ठ २०८१, बिहीबार २३:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यहीसिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: छयानब्बेऔं भागमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:

     अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-९६ ——————————-

    विधा :- पञ्चाङ्ग

     अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला

     मिति:- २०८१/०२/०७

    बुधबार बेलुका ०९ बजेसम्म  पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। 

    ……………………………………….

    प्रशिक्षक:-

    ……………

    सोमनाथ लुइटेल 

    गुणनिधि घिमिरे

    सुशीला पौडेल 

    ………………………

    भाषा शुद्धीकरण:-

    ———–

    पुष्पा सुवेदी नेपाल

    भवानी घिमिरे

    जमुना आचार्य

    पशपती राई 

    सङ्कलक :-

    ———-

    दुर्गा रिजाल आचार्य

     प्रवर्तक तथा संयोजक:-

    =============

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:-  [बराबरी] 

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- अनिवार्य

    👉️पञ्चाङ्ग   ०१

    अब सबै जना  मिलेर  देश   जोगाउनु      पर्छ

    आफ्नो आफ्नो  पहिचान र भेष जोगाउनु पर्छ

    हराइ    सक्यो  लोक  संस्कृति हराए  चाड पर्व

    हराएर   बाँकी  रहेको    शेष     जोगाउनु  पर्छ

    कपर्दी   डण्डिवियो    र  चेस   जोगाउनु   पर्छ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    👉️पञ्चाङ्ग   ०२

    इमानदारी  होइन भ्रष्टाचारीकाे  जीत हुन्छ 

    पुलिस  प्रशासन  होइन  नेताकाे हित हुन्छ

    हक अधिकारकाे  निम्ति  बोल्न गारो भयो

    सत्य वचनको  कदर होइन मात्र गीत हुन्छ 

    दुईचार शब्द लेखि पोष्ट गर्दागर्दै रीत  हुन्छ।

     ✍️ गोबिन्द धामी 

     दार्चुला जिल्ला नौगाड गाउँपालिका वडा नं ६।

    👉️पञ्चाङ्ग   ०३

    ०१)

    तिम्रो मुहारमा मुस्कान छाओस् सदैव

    सधैँ   सुखका  पलहरू पाओस् सदैव

    चाहाना   राख्नु  मनको  भावना  हेरेर 

    तिम्रा पाइलाहरू  चुम्न धाओस् सदैव

    सुखदका   पल हमेशा आओस् सदैव।

    ०२)

    रुखमा बस्नु पर्दैन  यो दिल  खाली  छ 

    भिज्नु  पर्दैन  तिमीलाई आउ पाली छ 

    जोखिम  नउठाउनु    खराब   जमाना 

    राम्रो  काम  गरेदेखि  सबैको ताली छ 

    कसैको बिश्वास छैन जमाना जाली छ ।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    👉️पञ्चाङ्ग   ०४

    मेरो जीवन काँडो   जस्तो बन्दैछ 

    चढ्न नसक्ने डाँडो जस्तो बन्दैछ 

    फूल  भएर  बाँच्ने   इच्छा भएनी 

    कस्तो फुटेको भाँडो जस्तै बन्दैछ 

    रोटी नबन्दा   फाँडो जस्तै बन्दैछ ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”  बर्दिया ।

    👉️पञ्चाङ्ग   ०५

    जति   मेटाउन  खाेजेपनि  मेटिदैन चाेखाे माया

    चारैतिर  खाेज्दैमा कतै नि भेटिदैन चाेखाे माया

    सुन  सबैले  जति  नै  टाढा  बनाउन  खाेजेपनि

    जाे कसैले घाेलेकाे बिषमा फेटिदैन चाेखाे माया

    खुकुरीकाे  धारले  कहिले  रेटिदैन  चाेखाे माया।

    ✍️सुशीला पौडेल  ।

    👉️पञ्चाङ्ग   ०६ 

    मेराे   शहरमा   म रमाएकाे     छु 

    सेवामूलक   काम    समाएकाे छु 

    खुसी  छु सधैँ  रम्छु म आफैँभित्र 

    आफूले  खाने जति कमाएको छु 

    संस्कारिक अस्तित्व जमाएकाे छु ।

    ✍️भवानी घिमिरे, सर्लाही ।

    👉️पञ्चाङ्ग   ०७

    ०१

    तिम्रो अँगालोमा  रहनु छ मलाई

    तिम्रो माया मै हो बहनु छ मलाई 

    दुई   देह  एकै बनाई  समाजमा

    सगैँ   सुखदुःख सहनु छ मलाई

    सधैँ   तिम्रो  मुटु  कहनुछ मलाई ।

    ०२

    दिलमा  मेरो  नाम भर सधैं 

    चोखो माया मलाई गर सधैँ 

    बन्नेछु नङ्ग   मासु तिम्रो हेर 

    तिम्ले मान्नु  मलाई वर सधैँ 

    दरिलो बन्छ  हाम्रो घर सधैँ ।

    ✍️सीमा कार्की समर्पण ,काठमाडौं ।

    👉️पञ्चाङ्ग   ०८

    अनायासै    पहिराएँ   माला स्वयंवरमा

    डराएर   रातो भयो   गाला   स्वयंवरमा

    मनभित्र   हजार   थिए    भन्ने  कुराहरू

    ठिक भएन तिम्रो त्यो  चाला स्वयंवरमा

    पिठ्युँमै  रोपिदियौ नि भाला स्वयंवरमा।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट,

    मेची किनार बिर्तामोड झापा।

    👉️पञ्चाङ्ग   ०९

    ०१)

    धर्मको नाममा कति नकाम गर्छ मान्छेले 

    यति सुन्दर धर्तीमा कति भ्रम छर्छ मान्छेले 

    यसैमा  अझ  राजनीति  पनि  पो घुसाएर 

    घ्याम्पो जत्रो भुडी त आफ्नो मात्रै भर्छ मान्छेले 

    बस्तुलाई ख्वाउने घाँस आफैं चर्छ मान्छेले ।

    ०२)

    यसो हेर्दामा संसार निकै सुन्दर लागे पनि 

    आफ्नैले पो लखेट्छ यहाँ जतिसुकै भागे पनि

    साना त ठुलाको आहारा मात्र रहेछ जहिल्यै 

    आहारा छाड्दैन कसैले जति वर मागे पनि

    उसको मनमा बाँच्ने इच्छा जति नै जागे पनि।

    ✍️पशपती राई, खोटाङ ।

    👉️पञ्चाङ्ग   १०

    अघि बढेको   सुन्दा कसैको     भित्र मुटु जल्छ हेर

    आफ्नै अगाडि देख्यो भने ती आँखा झन बल्छ हेर 

    गरि  खान  दिने  भएन  कसैगरी           मानवलाई 

    मेहनत    गर्नाले       परिश्रमको   फल  फल्छ  हेर 

    अर्काले  गर्दा  डाहा  गरे    आफ्नै  शरीर  गल्छ हेर ।

    ✍️ बेदु न्यौपाने 🌹🌹 काठमाडौं ।

    👉️पञ्चाङ्ग   ११

    संकट  विनाश  टार्न तीर  बन्नुपर्छ 

    आपत पर्दा  सहाय  धिर  बन्नुपर्छ 

    अभियान गर्नुपर्छ कामप्रति साथी 

    सल्लाह सुझाव दिने मिर  बन्नुपर्छ 

    सबैको  सम्मान हुने शिर   बन्नुपर्छ ।

    ✍️सागर नगरकोटी, भक्तपुर ।

    👉️पञ्चाङ्ग   १२

    कहिलेकाहीँ  शरीर  यसै  गल्छ     किन?

    अतालिदै  मन  मुटु  पोल्दै   जल्छ किन?

    स्थिर  हुन  खोज्यो  उति  अस्थिर भईने

    केही गर्न खोज्यो आगो सरी जल्छ किन?

    जोश  र जाँगर  अनायास   ढल्छ  किन?

    ✍️शोभा आचार्य गौतम, काठमाडौँ ।

    🇳🇵पञ्चाङ्ग   १३

    अर्कालाई  दाेष देख्नु भन्दा आफैँ चस्मा  लाएर हेर

    साेझाे हेर्दा  नदेखिएमा  देख्नेछाै  पर्खाल नाघेर हेर

    चारैतिर घेरामा पार्दैछाै शासक  बस्नु न नबस्नु  भाे

    कागले कान  लगेकाे  हाे कि हैन  यथार्थ  बुझेर हेर

    कागकाे पछि  दाैडन भन्दा पहिले  कान  छामेर हेर।

    ✍️सुरेश चन्द्र घिमिरे, कपन ।

    👉️पञ्चाङ्ग   १४

    आयौ खाएर गयौ 

    गीत    गाएर गयौ 

    सौम्य उही मनमा

    प्रीति  लाएर गयौ 

    खुसी पाएर  गयौ ।

    ✍️आर्त अकुलीन, कैलाली लम्की ।

    👉️पञ्चाङ्ग   १५

    गोजीभरि  दाम  हुन  मान्छे  पाइँदैन 

    कलि जाग्यो राम  हुने मान्छे पाइँदैन 

    भाग ठूलो खोज्दाखोज्दै दिन ढलेपछि 

    सधैँभरि  काम  हुने  मान्छे    पाइँदैन

    शान्त बसी जाम हुने मान्छे   पाइँदैन ।

    ✍️प्रभा पोखरेल , अमेरिका ।

    👉️पञ्चाङ्ग   १६

    वन जल्दा पशु पंक्षी पनि जल्छन् हेर 

    उपयोगी  जडिबुटीसँगै     बल्छन् हेर  

    मानव बस्तीतिर पनि आगो सल्किदा

    कयौंका सपना अनायासै   ढल्छन् हेर 

    रोक्दा रोक्दै डढेलो शरीर   गल्छन् हेर।

    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ।

    👉️पञ्चाङ्ग   १७

    ठुलोले सानोलाई  सधैँ  शक्ति  देखाउँछ किन?

    जित्नेको पक्षमा जहिले भक्ति  देखाँउछ किन?

    जिउन  पाउनु   सबैको    नैसर्गिक   अधिकार

    थिचोमिचो गर्दै  सानाको रक्ती देखाँउछ  किन?

    प्रतिशोधको  प्रदर्शन  व्यक्ति   देखाउँछ   किन?

    ✍️संगिता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।

    👉️पञ्चाङ्ग   १८

    ०१)

    कहिल्यै नबुझ्ने तिम्रो  माया पर्यो

    अर्कैसँग प्रीति, मलाई छाया पर्यो

    बितेका कुराको सम्झनामा डुबाई

    लक्ष्यको बाटोमा  दाँयाबाँया पर्यो

    हृदय अन्यत्र    छेउमा काया पर्यो ।

    ०२)

    ध्यानमा डुबेर ज्ञान भेटाए बुद्धले

    उचित दृष्टिले सत्य देखाए बुद्धले

    अशान्ति, द्वेष, घृणाको नाम मेटाएर

    शान्ति नै शान्ति चौतर्फ लेपाए बुद्धले

    कुकर्मको बाटो लाग्न छेकाए बुद्धले ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹।

    👉️पञ्चाङ्ग   १९

    आध्यात्मिक पौराणिक ज्ञान लिए हुन्छ 

    शास्त्रहरूको     साहित्यरस  पिए हुन्छ

    अहङ्कार   घमण्ड    गरेर  के   पाउनु 

    प्राप्त  ज्ञान   अरूलाई  पनि  दिए हुन्छ 

    सबैसँग    मिल्दै   आरामले  जिए हुन्छ।

    ✍️गुणनिधि घिमिरे, अमेरिका ।

    👉️पञ्चाङ्ग   २०

    नेता  देशको  राम्रा    भएन

    राजनीतिमा  हाम्रा    भएन

    देश  विकासमा  छैन चासो

    सिद्धान्तमा ऊ चाम्रा भएन

    खुशीमा झनै   दाम्रा  भएन।

    ✍️राजेश भण्डारी?, गुल्मी हाल महोत्तरी ।

    👉️पञ्चाङ्ग   २१

    ०१)

    अरुलाई दोष्नु   अघि    आफै ऎना हेर 

    उसले   तिमिलाई   दिएको   बैना   हेर 

    किन देख्छौं या अरुको मात्र दोष तिमी 

    थुनिएर    बसेको    निर्दोष    मैना  हेर 

    यी दु:खमा रहेका  भाइ  र      बैना हेर ।

    ०२)

    लेखेर आएको  यी  दु:ख टर्दैन

    परेको  दु:ख  नै    कसैले हर्दैन 

    मुखले मात्र त ठिक पार्छ मान्छे 

    आफ्नो कष्ट नि  अरुलाई सर्दैन 

    नहुदा  भाँडामा  सामल   भर्दैन ।

    ✍️दुर्गा भट्टराई,मोरङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला- ९६

    पञ्चाङ्ग चित्रपट- ८०

  • १० जेष्ठ २०८१, बिहीबार २३:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- असीऔमा हामी पुगेका छौं।नेपालीहरुको नयाँ वर्ष नजिक आइरहेको हुँदा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ।सम्पूर्ण देश तथा विदेशमा रहनु हुने नेपालीहरुमा नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१

    मिति:-  २०८१/०२/०३गते

    आदरणीय पञ्चाङ्ग अनुरागी  एवम्  स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८०[असीऔं]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै

     यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक : 


    सोमनाथ लुइटेल “रवि पाल्पाली

    गुणनिधि घिमिरे 

    सुशीला पाैडेल 

    चित्र संकलन 


    सुशीला पाैडेल 

    संकलन

    सुशीला पौडेल 

    दुर्गा रिजाल आचार्य

     शुद्धीकरण 


    भवानी घिमिरे 

    जमुना आचार्य 

    पशपती राई 

    पुष्पा नेपाल (सुवेदी )

    संरचना 


    अनुप्रास :- आफू खुसी

    स्थायी :- आफू खुसी 

    अक्षर :-  बराबरी 

    प्रवर्तक तथा समायोजक


    सोमनाथ लुइटेल “रवि पाल्पाली”

                      तथा 

    पञ्चाङ्ग साहित्य समाज नेपाल 


    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    ~~~~~

         चित्रमा पञ्चाङ्ग 

    ~~

    👉️पञ्चाङ्ग:०१

    कति कति  सपनाहरू रेटिन्छन् यहाँ

    मनका वेदना र आँशु फेटिन्छन् यहाँ 

    आँखाले  पनि  राम्रो मात्र  हेर्ने रहेछ

    कस्तो सुन्दर ठाउँहरू भेटिन्छन् यहाँ

    दुःख र पीडाहरू सब मेटिन्छन् यहाँ।

    ✍️सुशीला पाैडेल ।

    👉️पञ्चाङ्ग:०२

    वसन्तको आगमन सँगै फुल फुलेको हेर

    फलको बोटहरू नि  लटरम्मै झुलेको हेर

    सौम्य प्रदान गर्ने   मनमोहक दृश्यहरूले 

    नीर गगनमा धर्ती  परी  बनी खुलेको हेर

    प्रकृतिको    उपहारले  जगत भुलेको हेर।

    ✍️संगीता खरेल, चन्द्रागिरी ८ काठमाडौं ।

    पञ्चाङ्ग:०३

    धर्ती र आकाश बीचमा गगन   खुलेको देखिन्छ

    वरपर  बोट  विरुवामा   फूल  फुलेको  देखिन्छ

    हरियालीको  सुन्दर   दृश्य  यहाँ  चारैतिर   हेर

    वरिपरि फलफूल  बोट  लठ्ठ   झुलेको  देखिन्छ

    प्रकृतिको  रमणियतामा  सारा भुलेको देखिन्छ।

    ✍️ बेदु न्यौपाने काठमाडौं ।

    👉️पञ्चाङ्ग:०४

    त्यस्तो सुन्दर ठाउँमा कसरी जान्न सक्छु 

    हृदय  समाउन  मनलाई    मान्न सक्छु 

    हाम्रो प्रकृति हाम्रो  सम्पदा जोगाऔं सधैँ 

    सुन्दर राम्रो स्थानमा कहिले धान्न सक्छु 

    प्रकृतिलाई  हृदयको  चित्र   छान्न सक्छु।

    ✍️सन्ध्या गौतम, काठमाडौं ।

    👉️पञ्चाङ्ग:०५

    निलो आकाश धर्ती जङ्गलमा छाएको राम्रो 

    बाँच्न मन  भए   सुनसानमा   गाएको राम्रो 

    मानवदेखि    पशुपक्षीलाई    चाहिने   अन्न 

    क्रिडा  गर्नलाई   दङ्गलमा नै  लाएको राम्रो 

    सबैजना   आपसमा  इङ्गल  धाएको राम्रो।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    👉️पञ्चाङ्ग:०६

    निलाे आकाश धर्ती मेरै घामजून मेरै 

    चाह गर्छ   प्रकृतिले   दिल   छुन मेरै 

    हिमाल र नदीनाला  प्राण प्यारा मेरा

    काेइलीले  गाएकाे छ  मिठाे धून मेरै

    अर्गानिक  बस्तु अनि  चाँदी सुन मेरै

    ✍️चन्द्रावती अधिकारी, लमजुङ दुराडाँडा ०२ हाल कोहलपुर बाँके ।

    👉️पञ्चाङ्ग:०७

    निलाे आकाश साथमा बादल डुलेको देख्छु

    धरती माझ सधैं फूलै  फूल  फुलेको  देख्छु

    सुन्दर   दृश्यले  त आज  मेरो मनै लाेभिदा

    प्रकृतिको  हराभरामा  सबै  भुलेकाे   देख्छु

    हरियाली  बन  स्वच्छ गगन   खुलेको देख्छु।

              ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे

      मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    👉️पञ्चाङ्ग:०८

    धर्ती जति सुन्दर ठाँउ अन्त कतै पनि देखिन मैले

    हावाका कुरा धेरै सुने धर्ती भन्दा अरु टेकिन मैले

    अन्धकार आमाको गर्भबाट रुँदै बाहिर    निस्केपछि

    आँखा खोलेर हेरें, त उज्यालो भन्दा अरु भेटिन मैले 

    आफैंभित्र पनि बत्ती बालें अँध्यारोसित  खेलिन मैले।

    ✍️पशपती राई खोटाङ ।

    👉️पन्चाङ्ग:०९

    आकाशमा सेतै  ती   बादल   खुलेका देखिन्छन् 

    कतै   लटरम्मै  शिरिस   नि   फुलेका  देखिन्छन् 

    प्रकृतिले आशिक  दिएको स्वर्ग जस्तै यो धर्तीमा 

    हाँगाहरू    लचक्कै   लच्केर   झुलेका देखिन्छन्     

    सबै  प्राणीहरू  यसैमा  मस्त   भुलेका देखिन्छन् ।

    ✍️नानीबाबा अधिकारी, काठमाडौं ।

    👉️पञ्चाङ्ग:१०

    सुन्दर  शान्त धर्ती र आकाश आउँछ सधैँ

    निल  गगनले  बिहानी  पख  पाउँछ सधैँ 

    अन्धकारलाई  चिरेर  सुर्यको    किरणले

    विकिरणलाई   पन्छाउदै  नै धाउँछ सधैँ 

    डाँफे  अनि  मुनाल  रमाएर   गाउँछ सधैँ।

    ✍️दुर्गा आचार्य, मोरङ ।

    👉️पञ्चाङ्ग:११

    तिम्रो  मनको  मझेरीमा  डेरा  सारेको छु

    मुटुको त्यो कुना भित्र ओछ्यान पारेको छु

    सुकुमारी सुन्दरी कि खानी मेरी उनीलाई

    सबको आँखा लाग्छ भनी बार बारेको छु

    हिजो आज  सुरक्षा नि  अरु सुधारेको छु।

    ✍️मल्ल लक्ष्मी श्रेष्ट

    मेची किनार बिर्तामोड झापा।

    👉️पञ्चाङ्ग:१२

    प्रकृतिको  काखमा  बसेर पढेँ

    रहस्य  बुझ्न  घुँडा  धसेर  पढेँ

    प्रकृति  नै गुरु  हो  भन्ने  बुझेर

    भित्रसम्म   सहजै   पसेर   पढेँ 

    जाँगरको लेप    थोरै घसेर पढेँ ।

    ✍️प्रभा पोखरेल, अमेरिका ।

    👉️पञ्चाङ्ग:१३

    आहा कस्तो   राम्रो  आकाश  खुलेको हेर

    सौन्दर्यताको प्रतीकको फूल फुलेको हेर 

    रमणिय दृश्यले यो मन् त्यसै पुलकित् हुँदै

    आकाश  धर्तीमा गुञ्जयमान  झुलेको हेर 

    चरी    चिरबिर  गर्दै  प्रभातमा  डुलेको हेर।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।

    👉पञ्चाङ्ग:१४

    निलो आकाश जग्गा जग्गामा बादलले ढाकेको छ

    त्यो  सुन्दर  प्रकृतिलाई  पर्यटकले      ताकेको छ

    मन  बहलाउनका   निमित्त   दृष्य   भेटिन्छ    धेरै

    आनन्दले   परिपक्व   भएर   सन्तुष्टि डाकेको छ

    नपुग्नेहरूले  संजालबाटै   बेसरि      झाकेको छ ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    👉️पञ्चाङ्ग:१५

    प्रकृतिमा अति रम्न मन छ मलाई

    यसमै लिन भै जम्न मन छ मलाई

    कति निस्वार्थ प्रेम छ यसको सबैमा

    फूलसँग निकै गम्न मन छ मलाई

    समय पर्ख न  थम्न मन छ मलाई।

    ✍️ह्यारिस ।

    👉️पञ्चाङ्ग:१६

    आध्यात्मिक पौराणिक ज्ञान लिए हुन्छ 

    शास्त्रहरूको      साहित्यरस  पिए हुन्छ

    अहङ्कार   घमण्ड    गरेर    के   पाउनु 

    प्राप्त  ज्ञान   अरूलाई   पनि  दिए हुन्छ 

    सबैसँग    मिल्दै   आरामले    जिए हुन्छ ॥

    ✍️गुणनिधि घिमिरे अमेरिका

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट- ८०

    गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

  • १० जेष्ठ २०८१, बिहीबार १४:३६ मा प्रकाशित
  • प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी, दाङले गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । लुम्बिनी प्रदेशको राजधानी समेत रहेको दाङ जिल्लाको राप्ती गाउँपालिका वडा नं. ५ मा अवस्थित सर्वोदय उच्च माध्यमिक विद्यालय, सिसहनिया देउखुरीमा यही जेठ १५ गते उक्त शिविर सञ्चालन गर्न लागिएको हो ।

    उक्त शिविरमा विशेषज्ञ चिकित्सकहरूद्वारा बिरामीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिने चिकित्सालयका सूचना अधिकारी बसन्त बहादुर के.सी.ले बताउनुभयो । शिविरमा नि:शुल्क स्वास्थ्य परिक्षण सेवाका साथै नि:शुल्क औषधी वितरण, भिडियो एक्सरे, प्रयोगशाला(सुगर जाँच) तथा परामर्श सेवा प्रदान गरिने पनि उहाँले जानकारी दिनुभयो ।

    शिविरमा नाक, कान र घाँटीको चेकजाँच, शल्यचिकित्सा( पाइल्स, फिसर, फिस्टुला लगायत गुदागत र अन्य रोगको चेकजाँच), वात तथा नशा रोग परिक्षण सेवा, बालरोग, छालारोग, काय चिकित्सा (जनरल आयुर्वेद) सेवा, स्त्री तथा प्रसूति रोग परिक्षण सेवा, लगायतका सेवाहरू उपलब्ध रहेको सूचना अधिकारी के.सी.ले बताउनुभयो ।

    साथै सूचना अधिकारी के.सी.ले शिविरमा आएर आफ्नो स्वास्थ्य समस्याको परिक्षण विशेषज्ञ आयुर्वेद चिकित्सकद्वारा गराई स्वास्थ्यलाभ लिनुहुन स्वास्थ्य समस्याबाट पीडित समस्त आमाबुबा, दाजुभाइ तथा दिदीहरूमा हार्दिक अपिल पनि गर्नुभयो ।

    Posted in Uncategorized, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गणतन्त्र दिवसको अवसर पारेर नि:शुल्क आयुर्वेद विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन

    २५६८ अौ बुद्ध जयन्तीको उपलक्ष्यमा बेलहियाको बुद्ध मन्दिरमा जन्मउत्सव मनाईयो।

  • १० जेष्ठ २०८१, बिहीबार १४:१७ मा प्रकाशित
  • उमेश कुशवाहा,बिरगंज – शान्तिको प्रतीक बुद्ध भगवानको २५६८ अौ जन्म उत्सवको उपलक्ष्यमा रामदेव कोइरीको अध्यक्षतामा प्रसौनी गाऊपालिका-२ बेलहियामा अवस्थित बुद्ध भगवानको प्रांगणमा जन्म उत्सव मानिएको हरेन्द्र कुशवाहाले जानकारी गराउनु भयो।

    संबिधान सभा सदस्य रामचन्द्र प्यासी कुशवाहा, डा. ओमप्रकाश कुशवाहा,सुमेश्वर कुशवाहा,अनन्त कुशवाहा ,सुरेश कुशवाहा लागयत भद्राभलादमी, गाऊलेहरुको उपस्थित रहेको थियो।

    Posted in मुख्य खबरLeave a Comment on २५६८ अौ बुद्ध जयन्तीको उपलक्ष्यमा बेलहियाको बुद्ध मन्दिरमा जन्मउत्सव मनाईयो।

    विशेष झिल्का लेखन अभियानको १३औँ शृङ्खला ( शान्ति विषयक) सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार २०:१३ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १३औँ शृङ्खला (शान्ति विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    फुकेर अहिंसाको क्रान्ति
    सबै मिलेर ल्याऔँ
    देशमा अमनचयन शान्ति !
    २//
    स्वयम्भूका दुई आँखा
    छुट्याइरहेछन् न्याय अन्याय
    नगरेर काखा पाखा !
    ३//
    सफा निलो आकाश
    उड्दै कपोत जोडी
    मन्द मन्द बतास !
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    —————<•>—————
    [२]
    १//
    जब हुन्छ शान्ति
    सबैको सुमार्गी समयमा
    छाउँछ मनमा कान्ति !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [३]
    १//
    मन भयो शान्त
    सुन गीत चरीको
    नगर हल्ला उपरान्त !
    ✍️
    नीमा छिरिङ
    —————<•>—————
    [४]
    १//
    संसारमा शान्ति छाओस्
    विश्वका जनताको चाहना
    देशमा समृद्धि आओस् !
    २//
    बमबारुदले विश्व प्रदुषण
    जनता चाहन्छन् शान्ति
    शान्ति विश्वको विभुषण !
    ३//
    रगतको होली नखेलौँ
    विश्वमा रहोस् शान्ति
    अब विनाश नझेलौँ !
    ✍️
    चुडामणी देबकोटा
    पुरानो नैकाप काठमाण्डौ
    —————<•>—————
    [५]
    १//
    जनतामा गराए भ्रान्ति
    सबैमा कलह उदायो
    देशमा भएन शान्ति !
    २//
    मानवता कतै भएन
    गर्दैनन् देशको विकास
    स्वधर्ममा कोही रहेन !
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    [६]
    १//
    मरिहत्ते गर्छन् धनमा
    लोभलालच राख्दै जीवित
    अशान्ति फैलाउछन् मनमा !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    —————<•>—————
    [७]
    १//
    मनमा शान्ति जगाऊ
    थोरै समय निकालेर
    भक्तिमा ध्यान लगाऊ !
    ✍️
    कला ढकाल झापा
    —————<•>—————
    [८]
    १//
    झिल्का उडोस् क्रान्तिको
    युद्ध लड्दै रणभूमिमा
    श्वास चलिरहोस् शान्तिको !
    २//
    शान्ति रोजेर बुद्ध
    तपस्याले ज्ञान पाएपछि
    विश्व भयो शुद्ध !
    ३//
    बाटोहरू भेटिन्छन् अनगिन्ती
    बुद्धिमत्ता नपुगेका ठाउँहरूमा
    अराजकता नफैलाउ बिन्ती !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    [९]
    १//
    शान्ति भङ्ग गरेर
    पाइदैन केही पनि
    भित्र कालो भरेर !
    २//
    खुसी बाँडौँ हाँसेर
    हुँदैन कतै तेरोमेरो
    मिठो माया गाँसेर !
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    [१०]
    १//
    आत्मीयताको फूल छरे
    सुन्दर घर बन्दछ
    शान्तिको कामना गरे !
    २//
    मनमा मिठास भरौँला
    शान्तिको कामना लिएर
    भवसागर यो तरौँला !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    [११]
    १//
    बुद्धले बुद्धत्व पाए
    बोधिवृक्षकाे फेदमा बसेर
    संसारमा शान्ति फैलाए !
    २//
    देश नेपाल शान्तिको
    भयाे भ्रष्ट कसरी ?
    बिगुल फुकौँ क्रान्तिकाे !
    ✍️
    विनोद खाती
    मिरिक, भारत।
    —————<•>—————
    [१२]
    १//
    आओस् सबैमा शान्ति
    हिंसाको बाटो नरोज्दा
    आउॅंदैन कसैमा भ्रान्ति !
    २//
    बुद्धले शान्ति खोजे
    ज्ञान प्राप्त भएपछि
    अहिंसाको बाटो रोजे !
    ३//
    यही कुरा बारम्बार
    भनिरहन नपरोस् कहिल्यै
    शान्त रहोस् परिवार!
    ४//
    शान्तिको बाटो खोजुन्
    परिवारमा कसैले पनि
    हिंसाको बाटो नरोजुन् !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन
    —————<•>—————
    [१३]
    १//
    शान्ति तिमी आऊ
    अशान्तिले जरो गाड्यो
    तिम्रो शक्ति फैलाऊ !
    २//
    शान्तिले बाँच्न पाउँ
    जन्मभूमि प्यारो मलाई
    छोडेर कता जाउँ !
    ३//
    हानथापमै समय गयो
    छैन शान्ति यहाँ
    विकासमा अबेर भयो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    —————<•>—————
    [१४]
    १//
    बोकेर शान्ति मनमा
    एकसाथ बस्नु मिलेर
    छाउनेछ आनन्द जनमा !
    २//
    बोक्नु झन्डा शान्तिको
    सबैजना एकजुट भएर
    फुक्दै विगुल क्रान्तिको !
    ३//
    छरौँ सन्देश जनभित्र
    शान्तिको झन्डा लहराई
    बसौँ जनताको मनभित्र !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [१५]
    १//
    डरायौ तिमी हामीसङ्ग
    विधिसम्मत शासन गर्ने
    पुगेन हाम्रो ढङ्ग !
    २//
    फर्फराउँछन् हाम्रा अङ्ग
    लागेर होला दशा
    भएको शान्ति भङ्ग !
    ३//
    हरेकका मनभित्र आऊ
    बोधिसत्वको खाँचो भयो
    बुद्धहरूको अस्तित्व बचाऊ !
    ४//
    प्रतीक्षामा बाँचीरहेका हुनेछन्
    शान्ति तिमीलाई पर्खँदै
    आइनौ भने रुनेछन् ।
    ५//
    बिछोडिएको धेरै भयो
    विनाढङ्गको यो खेलले
    शान्ति भड्किएर गयो ।
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    —————<•>—————
    [१६]
    १//
    शान्तिको दियो बालेर
    उज्यालोमा पाइला राख्नु
    मनको विकार फालेर !
    २//
    गर्दछु जहिल्यै कामना
    सुन्दरता उड्छ, हराउँछ
    फालेमा शान्तिको गहना !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [१७]
    १//
    नभए मनमा शान्ति
    आउँदैन हेर कहिल्यै
    अनुहारमा अनुपम कान्ति !
    २//
    आनन्दले सास फेर्न
    हुनुपर्छ शान्ति देशमा
    विकासको गति हेर्न !
    ३//
    मनमा शान्ति जगाऔँ
    नेपाली हामी जुटेर
    भएको अशान्ति भगाऔँ !
    ✍️
    सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ।
    —————<•>—————
    [१८]
    १//
    थोरै समय निकाल
    हुनबाट मन भ्रान्ति
    जोगिँदै आफूलाई सम्हाल!
    ✍️
    सरस्वती श्रेष्ठ इटहरी
    —————<•>—————
    [१९]
    १//
    समस्याको हल भेट्दा
    मनमा शान्ति हुन्छ
    यातनाको रेखा मेट्दा !
    २//
    बुद्ध जन्मेको देश
    मलजल नपाओस् हत्याहिंसाले
    शान्ति होस् विशेष ।
    ३//
    घिड्घिडाे मात्र थियो
    मकैले पाएपछि पानी
    ढुक्क बचेर मियो !
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    [२०]
    १//
    उडाए परेवा शान्तिकोे
    राष्ट्रिय हितको निम्ति
    तोडेर भ्रम भ्रान्तिको !
    २//
    आतंकवादको विरूद्ध लडी
    देशमा शान्ति ल्याइछाडे
    गोर्खाली सिमानाहरू चढी !
    ३//
    मानवीय भावना हुनुपर्छ
    पाइन्न खोजेर शान्ति
    सेवाले मनभित्र छुनुपर्छ ।
    ✍️
    दिल ठकुरी
    टिस्टा भेल्ली
    —————<•>—————
    [२१]
    १//
    शान्तिकाे गीत गाएर
    सन्देश छर्नुछ बुद्धको
    गाउँ, सहर धाएर !
    २//
    मनबाट रिस फालेर
    सुन्दर घर बनाउँ
    शान्तिकाे दियो बालेर !
    ३//
    शान्ति तिमी आऊ
    नेपाल आमा भन्छिन्
    देश सुन्दर बनाऊ !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    [२२]
    १//
    त्यागेर हिंसाको बाटो
    शान्तिमय बनाऊँ हामी
    बुद्ध जन्मेको माटो !
    २//
    हुँदैन जगमा भलाइ
    शक्तिमान बन्ने होडमा
    अशान्तिको आगो जलाई !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [२३]
    १//
    जन्मेर बुद्ध शान्तिको
    धर्म होइन विचार
    सबैलाई मानौँ क्रान्तिको !
    २//
    देशले शान्ति पाओस्
    जनताको कुविचार सबै
    माटोमा बिलाई जाओस् !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [२४]
    १//
    पाइन्न अचेल शान्ति
    ल्याउन सुनौलो बिहानी
    गर्नुपर्ने भयो क्रान्ति !
    ✍️
    नागेन्द्रप्रसाद यादव , दाङ
    —————<•>—————
    [२५]
    १//
    अहिंसा परम धर्म
    बुद्धका ती अमरवाणी
    अङ्गाली गरौँ सुकर्म !
    २//
    मनमा भए शान्ति
    रमाइलो लाग्छ चारैतिर
    मुहारमा छाउँछ कान्ति !
    ३//
    अष्टशील पालना गरौँ
    लोभलालच सबै त्यागेर
    शान्तिको गाग्रो भरौँ !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा।
    —————<•>—————
    [२६]
    १//
    बोझले भरिएको मन
    हतास निरास सधैँ
    शान्तिले दिँदैन धन !
    २//
    हिंसा सबैको शत्रु
    अशान्त बनाउँछ यसले
    मान्छेलाई बेकम्मा पत्रु !
    ✍️
    निर्मल शर्मा
    पेदोङ भारत
    —————<•>—————
    [२७]
    १//
    खोजेर पाइन्न शान्ति
    पूरा गर कर्तव्य
    भरिनेछ मुहारमा कान्ति !
    ✍️
    मन्दिरा सेढाई
    मलेखु,धादिङ
    —————<•>—————
    [२८]
    १//
    हिँडे शान्ति खोज्न
    आफ्नै सुन्दर फूलबारीमा
    एकताको माला रोज्न !
    २//
    उपदेश बुद्धका मानौँ
    त्यागेर रिसालु स्वभाव
    पाइन्छ खुसी जानौँ !
    ३//
    शान्त वातावरण देखेर
    मन हुन्छ खुसी
    बुद्धका उपदेश मानेर !
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    —————<•>—————
    [२९]
    १//
    खोइ कहाँ शान्ति
    दक्षिणाको क्रान्ति मन्दिरमा
    चुनावमा भोटको भ्रान्ति !
    २//
    जहाँ धेरै उत्पादन
    व्यवधान छैन खानाको
    तर अशान्त मन !
    ३//
    छ मीठो वोली
    व्यवहार भने कोक्याउने
    नजरमा बारुद गोली !
    ✍️
    लोक वहादुर छेत्री लामिछाने
    मोदी गा पा २ देउपुर कल्याण ठाना जि पर्वत्
    —————<•>—————
    [३०]
    १//
    बुद्धको शान्तिभुमि देश
    हुँदैछ प्रचार झिल्काको
    खुल्दैछ मीठो परिवेश !
    २//
    निकाले शान्ति ल्याउन
    राँके जुलुस देशमा
    आए विदेशी चिहाउन !
    ३/
    देश हिंसाले बिग्रियो
    परदेशी बाटो लागेर
    गरिब ऋणले थिचियो !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [३१]
    १//
    फालौँ सबै भ्रान्ति
    बुद्धको देश हो
    गरौँ स्थापना शान्ति !
    २//
    न्याय मार्नु हुँदैन
    सराप्छ स्वयम्भुका आँखाले
    भ्रममा पार्नु हुदैन !
    ३//
    तनमा कान्ति छैन
    भययुक्त त्रसित आत्मा
    भौतिकवादमा शान्ति छैन।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी ।
    —————<•>—————
    [३२]
    १//
    हुँदैन मनमा शान्ति
    हेरेर सधैँ दुर्व्यवहार
    मनले खोज्छ क्रान्ति !
    ✍️
    गंगाराम यादव
    औरावनी २ सुनसरी
    —————<•>—————
    [३३]
    १//
    छाओस् मनमा कान्ति
    बुद्धको नाम जप्दै
    संसारमा होस् शान्ति !
    २//
    मन वचन कर्म
    शुद्ध राखौँ सबैले
    बल्ल हुन्छ धर्म !
    ३//
    गरौँ सबैले ध्यान
    अलौकिक छ संसारमा
    गौतम बुद्धको ज्ञान !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [३४]
    १//
    गलत समाचार नपरोस्
    सुन्न आगामी दिनमा
    शान्तिले बास गरोस् !
    २//
    शान्ति लिएर आऊ
    बुद्ध अन्याय,अत्याचार
    छिट्टै पार लगाऊ !
    ३//
    देश, समाज, परिवारजनमा
    शान्ति भए मात्र
    शान्ति हुन्छ मनमा !
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    —————<•>—————
    [३५]
    १//
    कुरा काट्दै जिउनुमा
    कहिले स्वाद आउँदैन
    शान्तिको रस नपिउनुमा !
    ✍🏻
    अन्मोल मुस्कान
    तकदाह छाउनी,
    दार्जिलिङ।
    —————<•>—————
    [३६]
    १//
    गर्नुपर्छ अहिंसात्मक क्रान्ति
    बुद्धत्व प्राप्त गर्न
    हतियारले ल्याउँदैन शान्ति !
    २//
    हिंसाको बाटो छोडेर
    अहिंसा परम धर्ममा
    लाग्नु आफैँलाई मोडेर !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ,भारत।
    —————<•>—————
    [३७]
    १//
    शान्तिमै विकासकाे गति
    भाइचारा ममता बढाऔँ
    सप्रन्छ स्वदेशकाे मति !
    २//
    बुद्धकै चिन्तनमा शान्ति
    हामी ल्याउन सक्छाैँ
    सबैको मुहारमा कान्ति !
    ३//
    हिंस्रक जन्तुले तर्साउँछ
    शान्ति खलबल्याउने पटमुर्खले
    बम बारुद वर्षाउँछ ।
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८, काेटमाैला, सल्यान।
    —————<•>—————
    [३८]
    १//
    नराखी अहमता मनमा
    बढौँ हामी अगाडि
    शान्ति मिल्छ जीवनमा !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    —————<•>—————
    [३९]
    १//
    मनमा हुन्छ शान्ति
    शान्त मान्छेलाई हुँदैन
    कहिले पनि भ्रान्ति !
    २//
    नेपाल शान्तिकाे देश
    जातीय हिंसा भड्कदै
    बदलिएको छ परिवेश !
    ३//
    धर्म संस्कृतिकाे नाममा
    नभाडाैँ कसैले समाज
    लागाैँ आ-आफ्नाे काममा !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।
    —————<•>—————
    [४०]
    १//
    कलमले ल्याउँछ शान्ति
    हतियारले केवल हिंसा
    हराउँछ मुहारको कान्ति !
    २//
    यत्रतत्र शान्ति छैन
    हत्या, हिंसाले हाम्रो
    हरायो मनको चैन !
    ३//
    लोभ गर्दा धनको
    मान्छेले गर्छ कुकर्म
    हराउने शान्ति मनको !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [४१]
    १//
    हरायो आफ्नै मन
    कहाँ भेटिन्छ शान्ति
    शान्ति बिथोल्दा झन !
    २//
    शान्तिको लागी भन्दै
    हतियार उठाउँछ मान्छे
    हिंस्रक पशु बन्दै !
    ३//
    जहाँ शान्ति खल्बलिन्छ
    सत्य हराउँछ त्यहाँ
    विकासको मार्ग अल्मलिन्छ ।
    ✍️
    पशपती राई, खोटाङ ।
    —————<•>—————
    [४२]
    १//
    मनमा शान्ति आयो
    खुसी नै खुसीले
    हर्ष उमङ्ग छायो ।
    २//
    देशभक्त मन लगाऊ
    नियमित ज्ञानले मनमा
    सधैँ शान्ति जगाऊ !
    ३//
    हामी सबैमा एकता
    शान्ति छरौँ सर्वत्र
    त्यागौँ घमन्ड अहमता !
    ✍️
    श्रीकृष्ण धामी, बझाङ
    —————<•>—————
    [४३]
    १//
    बुद्ध जन्मेको देश
    कायम गर्न शान्ति
    गर्नुपर्छ कलहको शेष !
    २//
    दु:खका हुन्छन् कारण
    गर्नुपर्छ सबै मिली
    मनमा सधैँ धैर्यधारण !
    ३//
    कलहको अन्त्य गराैंँ
    शान्तिको कामना गर्दैं
    देश ऐश्वर्यले भरौँ !
    ✍️
    जयनारायण नेपाल
    इलाम ,हाल सूर्य विनायक २ बालकोट, भक्तपुर
    —————<•>—————
    [४४]
    १//
    शान्ति मेरो अस्त्र
    भ्रान्ति मेरो निशाना
    खोजेको छु वस्त्र !
    २//
    शासकहरूले गरे भाषण
    निस्केन कोही अग्लो
    पुड्काहरूले गरे शासन !
    ३//
    शान्ति खोज्दा नहास
    छरेर प्रतिष्ठा जताततै
    यसरी इज्जत नमास !
    ✍️
    नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    [४५]
    १//
    बुद्धको शान्ति सन्देश
    फैलिएको यस युगमा
    नलागोस् मनमा ठेस !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    —————<•>—————
    [४६]
    १//
    चाहना आओस् शान्ति
    समृद्ध राष्ट्र बनाउन
    गर्न नपराेस् क्रान्ति !
    २//
    शान्त देश नेपाल
    विश्व सामु चिनाउने
    उँचाे राखाैँ हिमाल !
    ३//
    शान्तिसँग बस्न देऊ
    रुँदै भन्छिन् आमा
    क्रान्तिको बाटाे नलेऊ !
    ✍️
    सुन्दरी घिमिरे खतिवडा
    सङ्खुवासभा
    —————<•>—————
    [४७]
    शान्तिको बाटोमा हिड्नू
    हत्या, हिंसामा नलागी
    अधर्मी पापीसँग भिड्नू !
    २//
    मनमा उमङ्ग छाओस्
    बाटो रोज्नु शान्तिको
    सुखमय जिन्दगी आओस् !
    ✍️
    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    —————<•>—————
    [४८]
    १//
    कहिल्यै नगर कर
    आखिर हुने भयो
    ढुङ्गालाई माटोको भर !
    २//
    माटोमा चढाएर जल
    विश्वास ठूलो कर्ममा
    फूलबाट हुन्छ फल !
    ✍️
    आर्त अकुलीन
    —————<•>—————
    [४९]
    १//
    सधैँ मनमा शान्ति
    भए पनि आखिर
    जीवनमा चल्छ क्रान्ति !
    २//
    आत्मा शान्त बनाऊ
    फरक पर्दैन दु:खमा
    सत्मार्गमा मन लगाऊ !
    ३//
    शान्तिका दुत बुद्ध
    उनले सिकाएको बाटो
    मानवका निम्ति शुद्ध !
    ✍️
    ईश्वर साउद
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [५०]
    १//
    शान्ति छाओस् मनमा
    गाउँ सहर सबैतिर
    नजाओस् आँखा धनमा ।
    ✍️
    दुर्गा भट्टराई
    —————<•>—————
    [५१]
    १//
    थरीथरीका छन् भेष
    देशमा छैन शान्ति
    फुलिसक्यो मेरो केश !
    २//
    विश्वासमा मिलेपछि धुलो
    त्यसपछि मात्र लाग्छ
    शान्ति रहेछ ठूलो !
    ३//
    केही चाहिँदैन मलाई
    बाँच्न पाइयोस् सधैँ
    शान्तिको दियो जलाई !
    ४//
    मानव जीवनमा कान्ति
    उन्नति, प्रगति, सफलता
    दिँदोरहेछ यो शान्ति !
    ५//
    खुसी जोख्ने तुलो
    अरू होइन रहेछ
    शान्ति रहेछ ठूलो !
    ✍️
    दीपा समभाव
    खोटाङ्ग
    —————<•>—————
    [५२]
    १//
    छ चाहाना शान्तिको
    छैन कुनै द्विविधा
    प्रात: छाउँछ कान्तिको !
    २//
    शान्ति आऊ बस्तीमा
    नजाऊ तारे होटल
    झुम्छन् झिङ्गा मस्तीमा !
    ३//
    शान्ति फैलियोस् जगतमा
    गाडेर चिहानमा अशान्ति
    चैन बगोस् रगतमा !
    ✍️
    राज कुमार कार्की
    कटारी-१,उदयपुर
    —————<•>—————
    [५३]
    १//
    मनमा नभए शान्ति
    कतै लाग्दैन रमाइलो
    मुहारमा हुँदैन कान्ति !
    ✍️
    पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    —————<•>—————
    [५४]
    १//
    बुद्धको शरण परेर
    चिनिनुछ विश्व सामु
    शान्तिको सन्देश छरेर !
    २//
    जप गरेर मन्त्र
    ओम मणि पद्मे
    मन बनाई स्वतन्त्र !
    ✍️
    बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु
    —————<•>—————
    [५५]
    १//
    देऊ मनलाई शान्ति
    तिम्रो बागडोर समाल्छु
    नराख मनमा भ्रान्ति !
    ✍️
    मंगला उपाध्याय
    —————<•>—————
    [५६]
    १//
    सन्तोष हुन्छ जहाँ
    शान्ति छाउँछ साथी
    खोजेर पाइन्छ कहाँ ?
    २//
    शान्तिमार्ग ती बुद्धको
    सत्य आधारमा थिए
    विरुद्ध सधैँ युद्धको !
    ३//
    नसक्दा आफैँलाई चिन्न
    महत्वाकाङ्क्षाले अहङ्कार बढायो
    शान्ति पाइदैन किन्न !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [५७]
    १//
    मृगले जस्तै खोजिरहेँ
    बाहिरी दुनियाँमा शान्ति
    भागदौडको जीवन रोजिरहेँ !
    २//
    सत्यताको बाटो पाएँ
    आफूभित्र रहेछ लुकेको
    महसुस गरेर रमाएँ !
    ३//
    किन्न नसक्ने धनले
    सन्तुष्टि र शान्ति
    सेवामा पाउँछ मनले !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    [५८]
    १//
    मेलमिलाप भने आएन
    जरो गाड्यो अहङ्कारले
    कतै शान्ति छाएन !
    ✍️
    अनिता कार्की
    पाँचथर
    —————<•>—————
    [५९]
    १//
    करुणा नि देखाइदेऊ
    विश्वमा शान्तिको दियो
    पुर्‍याऔँ मानव छेउ !
    २//
    पहिलो अहङ्कार हटाऊ
    दोस्रो जीवन शान्तिको
    सद्भाव ज्योति पठाऊ !
    ३//
    बुद्धका आँखामा अटाऊ
    मिल्नेछ शान्ति अविरल
    ईर्ष्या घृणालाई हटाऊ !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [६०]
    १//
    केन्द्रमै गर्छन् मारामार
    बुद्ध जन्मेको देशमा
    शान्तिको सधैँ हाहाकार !
    २//
    चम्किन्छ मुहारमा कान्ति
    मिल्यो भने तनमनमा
    सुख अनि शान्ति !
    ३//
    दिन सकेनन् शान्ति
    नेताको मुहारमा सधैँ
    छाएको देखिन्छ क्लान्ति !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [६१]
    १//
    दिलाउँ मनमा शान्ति
    राेकेर असिमित आकाङ्क्षा
    भित्रिन्छ सबैमा कान्ति !
    ✍️
    काेपिला अधिकारी
    गाेरखा , सिरानचाेक
    —————<•>—————
    [६२]
    १//
    शान्तिकाे जग हालेर
    समृद्ध देश बनाऔँ
    नवीन कदम चालेर !
    २//
    हिंसाको बाटो छाेडेर
    सम्बन्ध राम्रो टिकाऔँ
    नि:स्वार्थ नाता जाेडेर !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    —————<•>—————
    [६३]
    १//
    शान्ति शान्ति भनेर
    आउने छैन कहिल्यै
    क्रान्ति शान्ति बनेर !
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    —————<•>—————
    [६४]
    १//
    गल्ती लेख्नु हुँदैन
    यस्तो सम्प्रेषण गर्दा
    विद्वानको मन छुँदैन ।
    ✍️
    देवी पन्थी
    —————<•>—————
    [६५]
    १//
    समय खेर नफालौँ
    अध्यारो हटाउनु पर्छ
    शान्तिक‍ो दियो बालौँ !
    २//
    सेता परेवा जोडी
    मानिन्छ शान्तिको प्रतिक
    उडुन् जन्जिर तोडी !
    ३//
    सधैँ चाहिन्छ शान्ति
    लाग्छ कहिले नहोस्
    हाम्रो समाजमा क्रान्ति ।
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [६६]
    १//
    मनले कल्पाैँ सुभाव
    शान्तिको बीज रोपौँ
    पक्राैँ शान्तिकै लगाव !
    २//
    नगराैँ क्षेपण अश्त्र
    रक्षा गराैँ प्राणीको
    बनाऔँ विश्व निशस्त्र !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगाबजार ।
    —————<•>—————
    [६७]
    १//
    ओठमा मुस्कान आउँन
    हुनुपर्छ परिवारमा एकता
    सधैँभरि शान्ति पाउँन !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    [६८]
    १//
    शान्तिप्रतिको तिव्र चाहना
    अधुरो नहोस् कहिल्यै
    पूरा होऊन् कामना !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    [६९]
    १//
    शान्ति सुरक्षा चाहिन्छ
    सुशासन हामीले चाहेको
    त्यसपछि मात्र पाइन्छ ।
    २//
    नेपाली दाजुभाइ सबैले
    जुटेर देशको विकास
    गरेमा हेप्दैन कसैले !
    ३//
    शान्तिका दूत बुद्धको
    दुखाउनु भनेको मन
    सङ्केत सुरुआत युद्धको !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [७०]
    १//
    त्यागेर भावना क्रान्तिको
    अहिंसाको बिगुल फुकेमा
    आउँछ बहार शान्तिको !
    २//
    सोचाई राखेमा शुद्ध
    निरन्तर कर्म गरे
    बन्दछ मान्छे प्रबुद्ध !
    ✍️
    इमान सिंह के.सि.
    ब्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    —————<•>—————
    [७१]
    १//
    गरेर देशमा क्रान्ति
    समुन्नत नेपालमा आज
    छाउनु पर्यो शान्ति !
    २//
    सर्वोच्च सगरमाथा हिमाल
    गरेर विकास पर्यटनको
    विश्वमा चिनाऔं नेपाल !
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३,काभ्रे
    —————<•>—————
    [७२]
    १//
    मानसिक सन्ताप बोकेर
    कसरी आउँछ शान्ति
    हातले निधार ठोकेर !
    २//
    भर्भराउँदो हुन्छ जवानी
    जन्मेदेखि नै मर्दासम्मको
    चिन्तैचिताले भिज्छ सिरानी !
    ३//
    मनमा आलिङ्गन क्रान्तिको
    तड्पाउँछ प्रेतात्मा भएर
    बज्दैन बिगुल शान्तिको !
    ४//
    भावनाको दैलो खोल्दैन
    जति चिच्याउन् जसले
    हृदयदेखि कोही बोल्दैन !
    ✍️
    घनश्याम पन्त
    हरिवन,सर्लाही
    —————<•>—————

    [७३]
    १//
    तिम्राे शब्दकाे शान्ति
    हाम्रालागि अभिशाप भयाे
    तिम्रा कुरामा भ्रान्ति !
    २//
    बुद्धमा ध्यानकाे सिप
    सुपुत्र नेपाल आमाकाे
    विश्वमा जगाए शान्तिदीप !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको १३औँ शृङ्खला ( शान्ति विषयक) सम्पन्न

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार १०:२८ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १३५ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १३५
    ~<•>~
    निरन्तर आओस् कमिसन अनि तलब भत्ता
    उडे पनि उडोस् प्राणपखेरु नफुत्कियोस् सत्ता !
    वसन्त अनुभव
    ~<•>~

    [१]
    बसिराख ओढेर कवच सत्ताको खोल
    बाहिर निस्के बजाउलान् सम्झिएर ढोल !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    सत्ता लिप्त छन् नेताहरू कसरी देश बन्ने
    सुशासन छैन कहिल्यै खै कसलाई भन्ने ?
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [३]
    ज्यान जाला सत्ता छोड्ने वाला छैन
    नत्र यहाँ नेता भन्ने कुरै रैन ।
    ✍️
    अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    [४]
    सत्ता निहित नेता छन् भयो यो देश चलाउन साह्रो
    छैन देशमा सुशासन जनतामा भएको छ गाह्रो ।
    ✍️
    बेदु न्यौपाने
    [५]
    शासकले शासन गर्ने तरिका बिर्सियो
    भ्रष्टचार र महङ्गीले उपहार दियो ।
    ✍️
    नारायण कोइराला
    तानसेन,पाल्पा
    हाल,कुवेत।
    [६]
    सृजना लेख्नमा सबैले मन लगाऊ
    भावमात्र होइन ज्ञान पनि बढाऊ।
    ✍️
    कला ढकाल झापा
    [७]
    दाह्री अनि कपाल फुलेर भैसक्यो तिनको सेता
    तैपनि सत्तालाई मरिमेट्छन् हाम्रो देशका नेता।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [८]
    देशको विकास हाेस् यात नहाेस् खासै म जान्दिनँ
    जन समर्थन गुमाेस् तर सत्ता छाेड्न मान्दिनँ ।
    ✍️राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [९]
    मोहजाल जस्तो कुर्सी किन हुन्छ प्यारो
    जतिसक्दो जनता झुक्याउने छ पारो
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौं
    [१०]
    कहाँ कताबाट हुन्छ लाभ अनि आउँछ कमिसन र भत्ता भनेर हेर्ने
    यसैका लागि सत्तामा पुग्न पार्टी फुटाउन पछि नपरि दल पनि फेर्ने ।
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मतातीर्थ।
    [११]
    काम केही भएन,खुट्टा तानेर नै तलब भत्ता पचाए,
    राजनितीको उपलब्धि विविध आरोपित मात्र बचाए।
    ✍️शंकर कार्की,मकवानपुर ।
    [१२]
    मान्छे आखिर डुबेपछि स्वादमा सत्ताको
    देशको चिन्ता हुन्न हुन्छ केवल भत्ताको ।
    ✍️बाबुराम पाण्डे
    अर्घाखाँची
    [१३]
    बल्ल पो थाहा पाएँ, किन जालझेल गर्दै ओगटेको भनेर सत्ता
    कतिन्जेल चुप लागेर दिन्छौ ए! सरकार तिनलाई मात्र भत्ता ?
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१४]
    अस्ति अर्कै छद्मभेष गरेर भित्र गर्याे राज
    शिसिकाे लेबल नयाँ हाेटेल रक्सी उही आज ।
    ✍️हिरालाल न्याैपाने
    बानपा८,काेटमाैला, सल्यान।
    [१५]
    कमाउने धन्दामा हुने थिए विश्वविजेता,
    सत्ताका लागि सधैँ मरिमेट्ने यी हाम्रा नेता।
    ✍️ज्ञानबहादुर क्षत्री
    सन्धिखर्क – २, अर्घाखाँची।
    [१६]
    खुसी सधैँ खान पाए कमिसन भत्ता
    बरु ज्यानै जाओस् हजुर छोड्दैनन् सत्ता ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [१७]
    शासनको बागडोर पाएपछि हातमा
    अकूत सम्पत्ति कमाउँछु एकै बातमा ।
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [१८]
    सत्तामा पुग्न भ्रष्ट नेता बाड्दछन् आश्वासन
    आफू र आफ्ना अगाडि बढ्छन् छैन सुशासन ।
    ✍️मन्जु जोशी
    डीलासैनी ५ बैतडी हाल भक्तपुर
    [१९]
    छैन लाज केवल सत्ताको लागि धाइन्छ
    जति गर्छु भष्टाचार त्यति पद पाइन्छ ।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२०]
    सत्ताकै लागि गर्या हॅु राजनीति मैले
    कमाउन पाउॅदैछु बल्लबल्ल ऐले ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [२१]
    सत्तामा बसेर लगाउँनेछु अरूलाई काम
    जति हुन्छ कुर्सी त छोड्दिन कमाउँछु है दाम ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२२]
    धन सम्पत्ति जोडे मैले जनतालाई मारी
    चिनिराख्नुस् मै हुँ हजुर नामुद भ्रष्टाचारी ।
    ✍ नवशिला
    नवदेव मार्ग ,लालभित्ती,मोरङ।
    [२३]
    सत्ता,भत्ता,कुर्सी अनि कमिसन खेल
    मेरै लागी सिर्जिएका गर्दै झेल मेल !
    ✍️विवश पारदर्शी
    झापा,
    [२४]
    रमाऔँ गरेर कर्म
    सुन्दर सेवा नै धर्म !
    ✍️आर्त अकुलीन
    [२५]
    पाएको सत्ता छोडिँदैन चाहे गर्धन जाला
    तलब र भत्ता हसुरिन्छ लगाइन्छ माला ।
    ✍️चूडा निर्भीक
    हालःकाठमाण्डौ ।
    [२६]
    चौकी भए पुग्छ चाहिँदैन अरू थोक
    कति धेरै लागेको हेर सत्ताको भोक ।
    ✍️बिके मुखिया
    दार्जीलिङ, भारत।
    [२७]
    सत्ता अनि भत्ता सदैव राजनीतिज्ञकाे दाउ
    जनता भने बाेकी हिँड्छन् यहाँ अन्यायको घाउ ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [२८]
    सत्ता पाए सबै बिर्सिन्छन् हाम्रो देशका नेता
    कमिसन र घुसमा रम्छन् चढी गाडी सेता।
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [२९]
    विधि विधान बनाए तजबिज नीतिगत निर्भय
    राजनीति हैन लुटेरा समुह बनेकाछन् निर्दय ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३०]
    सबैभन्दा नाफामुलक पेशा हाम्रो देशमा त राजनीति नै भयो
    त्यति गर्न सकिएपछि विनाचिन्ता सबैको जिन्दगी ढुक्कले गयो !
    ✍️पवन्कुमार बुढाथोकी
    काठमाडौँ
    [३१]
    नेताको अनुहार लुकेको हुन्छ राजनैतिक पत्तामा
    कसरी हुन्छ देश बिकाश स्वार्थसिद्ध बसेर सत्तमा‌।
    ✍️राजनारायण राई राजदल बस्ती सोनादह
    [३२]
    नेता ज्यूको चल्यो सधैँ देशमा सत्ता
    वृद्ध आमाको नेता मिली खाए भत्ता !
    ✍️कृष्ण धामी – बझाङ
    [३३]
    जुका, किर्नाले टाेकेपछि घाउ यसै हुन्छ
    समयमा उपचार नपाए भित्र छुन्छ ।
    ✍️जी.वि.दाङ
    टुक्का
    [३४]
    सत्तामा हानाहान
    अचेल तानातान !
    ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
    [३५]
    कति मरिहत्ते गर्छन् नेता पाउनलाई सता
    कुर्सी पाएपछि छाेड्दैनन् कमाइरहन्छन् भत्ता ।
    ✍️उर्मिला के.शी
    धनकुटा
    [३६]
    सत्ता बचाउनुछ मेरो काम
    अयस आराम मुखमा माम !
    ✍️कमला देवकोटा, पाल्पा
    [३७]
    सत्तामा बस्नेहरु सबै पैसा कमाउने दाउमा हुन्छ
    भ्रमको खेती गर्दै निमुखाहरूको भाग्यमा जालो बुन्छ।
    ✍️बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [३८]
    निरन्तर चलिरहोस् सत्तामा हाम्रो हालीमुहाली,
    फेरि फेरि आउदैन मौका गर्नुपर्छ यसैपालि ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा
    [३९]
    के काम गर्नु र आफ्नै छैन राम्रो गति
    सबैलाई नै धपाऔँ बिग्रिसक्यो मति।
    ✍️पुष्कर भट्ट बैतडी
    [४०]
    देश चल्छ चलिरहन्छ युवा बाहिर गएपनि
    कमिसन त खानैपर्छ मुलुक टाट भएपनि ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    [४१]
    आगोको लपेटाले भन्दा भूकम्पले मन पोल्दैछ
    भन्नुपर्दैन परिस्थितिले नै आफैँ मुख खोल्दैछ ।
    ✍️अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    [४२]
    दिनहुँ मेरो सबै नातागोता डिस्को बारमा नाँचोस्
    जनता मरोस् मतलब नै छैन मेरो चौकी बाँचोस् ।
    ✍️रमेश दियाली
    सिटोंग खरसाङ दार्जिलिङ।
    [४३]
    न वृद्ध न युवा सोच सबैको उस्तै कमाउने
    पैसा चाहे नालीमा किन नहोस् टिपी रमाउने ।
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ हाल काठमाडौ ।
    [४४]
    निरन्तर चलिरहेछन् नेताहरूकै सत्ता,
    कानुन जति जनतालाई बसिखान्छन् भत्ता ।
    ✍️ शोभा आचार्य गौतम,
    काठमाडौँ
    [४५]
    सत्ताको लागि मरिमेट्ने छ हाम्रो देशमा
    भ्रष्टाचारीको मुद्दा हाल्दा सुनेन यस्तो केसमा ।
    ✍️ एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [४६]
    अघि पछि हिँड्न पाउन, चम्चेदारी भाइ
    चलाउन पाइयोस् सत्ता खेलाई खेलाई ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [४७]
    फेरि किन छोड्छौँ कुर्सी तिमी पाए सधैँभरि
    पालैपालो भाग पुर्‍याउँ आफ्ना नजिक गरी ।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [४८]
    नेताहरूको रोइलो छ अहिले संसद भवनमा सत्ताकै लागि
    प्रत्यक्ष हिलो छेप्दै उफ्रिए प्रतिपक्षमै रहने नेता सहभागी ।
    ✍️चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    [४९]
    नयाँ होस् वा पुराना खरानी घसेर आएका जोगी
    सत्ताविना बाँच्न नसक्ने प्राणी परेछ सारा भोगी !
    ✍️कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [५०]
    जनताको नाममा दाम थापेर
    सरकारी जमिन उसै नापेर ।
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [५१]
    गणतन्त्रको बलियो बाेट छ, त्यसमा लटरम्म नाेट ब्रम्हलुट पाइयो
    ओल्लाे हाँगो पल्लो डाली मिलेर सर्दै, जनताको रगत र पसिना खाइयाे ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५२]
    भत्ता खादै जनताको दुःखमा रमाउॅनु
    मर्ने बेला त्यही कुर्सीको खुट्टा समाउॅनु ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    [५३]
    सत्ता र भत्ता कतै नजावस् अरू चाहिंदैन
    अन्यथा जन-आक्रोशबाट बाँच्न पाइँदैन ।
    ✍️परिक्रमा श्रेष्ठ, धरान -१५, सुनसरी।
    [५४]
    कति साह्रो फुर्ति हो नेता महाजनको
    भ्रष्टाचार गरेर कमाएको धनको ।
    ✍️साबित्री प्याकुरेल,धादिङ्ग।
    [५५]
    लुछाचुडी त दैनिकी हो, मतलब छैन होस् नहोस् विकास
    खेलो नै हराउछ, अलपत्र मुद्दाको ननिस्कियोस् निकास ।
    ✍️दीपा तिम्सिना
    ईलाम
    [५६]
    जहिले पनि हामी नेपालका दामी
    हाम्रो सत्ता भत्ता भारतकै गुलामी ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [५७]
    प्राण गए जाओस् तर छोड्दै छोडिन्न कसैगरि सत्ता
    पर्वाह छैन् कसैको पाउन कि नपाऊ तलब भत्ता ।
    ✍️भगवती दवाडी ,झापा
    [५८]
    जनता बिचरा भोट हाली हाली नेतालाई सत्तामा पुर्याउने
    जनता नै ट्वाल्ल परी हेरी बस्छ, नेता चाट्छ दुधको कुराउने ।
    ✍️मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
    [५९]
    केही सम्पत्ति कमाउन सत्तामा आएको
    देख्न खान नै सक्दैनन् हो कत्ति रिसाएको ?
    ✍️सरिता सेढाई धादिङ
    [६०]
    जालझेल, प्रपञ्च गरी पाएको सत्ता
    कसरी छोड्नु त कमिसन अनि भत्ता ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    [६१]
    रहन पाऊँ यसरी नै निर्धक्क र मैमत्ता
    खान पाऊँ जिन्दगीभर कमिसन र भत्ता l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [६२]
    कति खान्छाै खाऊ कमिसन खाने हाे सत्तामा छउन्जेल
    आखिर नेता न पर्याै तिमी जानेका छाै गर्न जालझेल।
    ✍️भवानी पाेखरेल (बाबु विराज)
    बाणगङ्गा १ चार नम्बर कपिलवस्तु
    [६३]
    कमिसन,भत्ताको लोभमा नेताजी पर्दा
    जर्जर बन्यो देश यिनै फटाहाले गर्दा
    ✍️ इमान सिंह के.सी.
    व्यास ९ धनुबेसी,कलेस्ति,तनहुँ
    [६४]
    घमण्ड धेरै पालेर हामी आफैँमा हेर धेरै मुर्ख बन्यौँ
    कसैको उन्नति देख्न नसकेर आलोचनाको बाटो खन्यौँ ।
    ✍️ बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    [६५]
    लाज हुन्न नकचरो गर्छन् थरीथरी बात
    केका लागि थुपार्ने हो गरि गरि लामो हात ।
    ✍️दीपा समभाव
    खोटाङ्ग
    [६६]
    लेख्य विधामा मन लगाऊ
    भावना रूपी ज्ञान बढाऊ ।
    ✍️दुर्गा भट्टराई
    मोरङ
    [६७]
    छन् सबै यहाँ सत्ताको लागि पर्ने
    कसले होला देशको चिन्ता गर्ने ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    [६८]
    कर्णालीमै मुख धुने रहर थियो मेरो
    विकास पसी बिगार्दैछ सबै सेरोफेरो ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    [६९]
    चौकीमा बसेर त गन्दैछ नोट
    गरीबको कहिले देखेन चोट ।
    ✍️रमा गुरुङ्ग
    सालुगडा (सिलीगुडी)
    [७०]
    सत्तामा टिक्न पाए पो,सारा केस बिलाउँछन्
    सत्ताबाट हटे भोलि, जेल नेल दिलाउँछन्।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [७१]
    किन चाहियाे सुकृति, कुकृतिकै केस
    जति लागाेस् ठेस, सत्ताराेहण नै बेस।
    ✍️हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार।
    [७२]
    नेताले फेक्नेगर्छन् सत्ताको पासा
    जनताले नै भोक्नु पर्छ निरासा ।
    ✍️बिबा तामाङ
    लाटपञ्चर खरसाङ
    [७३]
    टिकाउनु छ जालझेलमा चार वर्षे सत्ता
    उड्छ साँचे त प्राण तलब कमिसन भत्ता ।
    ✍️इन्दु श्रेष्ठ, चितवन
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १३५ सम्पन्न

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ सम्पन्न

  • ९ जेष्ठ २०८१, बुधबार १०:०८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको १८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८२ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कसैसॅंग हुँदैन पूर्णता
    अभ्यासले अभ्यस्त बन्न
    गुरुशिष्यको चाहिन्छ एकता ।
    २,
    आफ्नै तालमा कुदिरहन्छौ
    महासागर पुग्ने योजनामा
    विनालगाम किन खोजिरहन्छौ ?
    ३,
    चरी खोज्छिन् चारो
    कठै ! गुलेलीले ढलिन्
    मानवको सोचाइ तगारो ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      हमेसा चल्दछ जात्रा
      जन्मेदेखि हेर नमरुन्जेलसम्म
      जिन्दगी एक यात्रा !
      २,
      खेलाडीहरू छन् अनेक
      खेल सबैको उही
      पालैपालो खेल्छन् हरेक !
      ३,
      छोड्दैनौँ कदापि भेडोपन
      आफूलाई सम्झन्छौँ बुज्झकी
      धन्य ! जनता जनार्दन !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      खुसी पाइन्न खोजेर
      बाँड्न सकिन्छ अरूलाई
      मिल्ने साथी रोजेर ।
      २,
      छुटिएको माया हाम्रो
      भेटिएर पनि बाँधिएन
      स्वाभिमानमा बाँच्न राम्रो ।
      ३,
      परिस्थितिले यसरी छुटायो
      यात्रामा बिचौली खेल्दाखेल्दै
      कताकता छातीभित्र दुखायो ।
    • दिल ठकुरी
      …
      १,
      भाग्य आउँदैन रोजेर
      कर्म हामीले गर्नुपर्छ
      अनि पाइन्छ खोजेर ।
      २,
      सबैमा ज्ञान अधुरा
      गुरुशिष्यमा भए एकता
      बन्नेछ ज्ञान पूरा !
      ३,
      यात्रा हाम्रो हुँदैछ
      सजिलै रोकिन गाह्रो
      देशमा हाहाकारले छुँदैछ ।
    • बेदु न्यौपाने
      …
      १,
      सके धेरै कमाऊ
      खुसी खोज्न अन्यत्र
      नगई आफैँभित्र रमाऊ ।
      २,
      सहरतिर सबै झरेका
      गाउँघर शून्य बनाई
      किन बसाइँ सरेका ?
      ३,
      सुन तस्करी गरेका
      ठगी, काण्डमा हेर
      प्रमुख नेता परेका ।
    • कला ढकाल, झापा
      …
      १,
      नजिकभन्दा झन् टाढा
      राम्रो देखिन्छ हजुर
      बन्दैन दु:ख गाढा।
      २,
      नेताको जस्तो चरित्र
      छेपारो जस्तो प्रकृति
      लाग्न छाड्यो विचित्र।
      ३,
      कोही पुगेपछि माथि
      चढेको भर्‍याङ भुल्छन्
      कस्तो मानसिकताका साथी ?
    • पृथक प्रकृति ,झापा
      …
      १,
      तिम्रा इज्जतका सहरहरू
      हराएका छैनन् कतै
      आत्मविश्वास बढाऊ अरू ।
      २,
      मान्छेहरूका इज्जतका कुरा
      परिवर्तित सामाजिक दृष्टिकोणले
      कहिल्यै हुँदैनन् पूरा ।
      ३,
      क्षमायाचनाको कुरै नगर
      अलिकति तल झरे
      उक्लनलाई भरै नपर ।
    • गुणनिधि घिमिरे, अमेरिका
      …
      १,
      कुरो गरेको मैले
      संसार फाँड्छु भनेर
      बात मारेको तैँले ।
      २,
      भक्ते सोचेर आए
      पूर्ण नभए पनि
      रहलपहल पेटभरि खाए ।
      ३,
      भाइले उल्टो घुमायो
      गर्मी खाँदै गर्दा
      पङ्खाले लङ्का छुवायो ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      …
      १,
      कसैसँग हुन्न पूर्णता
      सिक्ने इच्छा जाग्दै
      सोचाइ आओस् समानता।
      २,
      बाँचौँ खुसीका साथ
      सत्कर्ममा मन लागोस्
      नहोस् अरूको तैनाथ।
      ३,
      जाऊन् अरू माथि
      आफ्नो प्रयासले नहुँदा
      सम्झौँ आफ्नै साथी।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन।
      …
      १,
      आगोको झिल्का देखेँ
      पानीको देखेँ पोखरी
      दमकललाई चिठी लेखेँ ।
    • देवी पन्थी
      …
      १,
      लुटमार नगरौँ भ्रष्टाचार
      देशमा हुन्छ रमाइलो
      गरौँ पौरखको व्यापार।
      २,
      पसिनाले सिॅंचेको राम्रो
      मलिलो माटो बन्छ
      फल्छ सुन हाम्रो।
      ३,
      बिस्तारै गरौँ सफर
      सुरक्षित पुगिन्छ सबै
      जिउन भने रहर।
    • सुरेशकुमार पाण्डे दाङ घोराही १८
      …
      १,
      धेरै भए बेपत्ता
      अधिकांश युवा पलायन
      भारतको बङ्गाल कलकत्ता ।
      २,
      सरकार श्रमिकलाई हेर
      किन उफ्रिन्छौ संसदमा
      यिनका आवश्यकता फेर ।
      ३,
      गरौँ सत्कर्म सुकर्म
      उद्धार गर्नु भोकानाङ्गाको
      मानवको परम धर्म ।
    • चुडामणी देबकोटा, चनपा१३काठमाण्डौ
      …
      १,
      मेरा खुसी लेऊ
      जीवनको अन्तिम क्षणसम्म
      मलाई साथ देऊ।
      २,
      फूल बनेर फुलिदिउँला
      पाए तिम्रो साथ
      सारा दुःख भुलिदिउँला।
      ३,
      तिमी जीवनको सार
      साथ नभए तिमी
      मेरो जीवन बेकार।
    • विमल खतिवडा माइला, सिलगढी, भारत
      …
      १,
      अर्थतन्त्र सुकेर सुकुटी
      लुट्न पल्केका नेता
      कुम्लाएर देशको ढुकुटी।
      २,
      गाउँ अनि सहर
      होला हजुर कहिले
      समानताको छाउने लहर।
      ३,
      रहरलाई पोको पारी
      जानुपर्ने बाध्यता विदेश
      आँखाबाट आँसु झारी।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौँ
      …
      १,
      ध्यान गयो कता
      थियौ बेपत्ता खोजैँ
      पाऊँ तिमी जतातता ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      आहा! मन डुलेको
      चैत वैशाख महिना
      लालिगुराँस छ फुलेको।
      २,
      फुल फुल्यो वनभरि
      टिपी ल्याएँ साथमा
      छरियो सुगन्ध मनभरि।
      ३,
      शिर उच्च हाम्रो
      हेर प्रकृतिको सुन्दरता
      आहा! कति राम्रो ।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      …
      १,
      बाहाना निदाएको गर्नेलाई
      को सक्छ उठाउन?
      हाम फाली मर्नेलाई ।
      २,
      अर्काको भलो चिताउनु
      नैतिक इमान्दार भएर
      जीवन मजाले बिताउनु ।
      ३,
      शरिरको एउटा अङ्गले
      मात्रै केही गर्दैन
      काटिन्न जीवन ढङ्गले ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
      …
      १,
      हिॅंड्नु कर्तव्य बुझेर
      मनमा पाप बोकी,
      हुन्न शिला पुजेर।
      २,
      सक्छौ गर राम्रो
      अरूको खुट्टा नतान
      अस्तित्व हुन्न हाम्रो।
      ३,
      इमानदार बनौँ अब
      जन्मपछि अवश्य मृत्यु ,
      जानुपर्छ एकदिन सब।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      देखेर देशको गति
      अचम्म लाग्छ यहाँ
      बिग्रँदा नेताको मति ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      …
      १,
      मानव चोला आखिर
      अनिश्चित छ यहाँ
      आध्यात्मिक बाटो छिर ।
      २,
      युवा गए विदेश
      देश खाली भो
      देशमै राखे बेस।
      ३,
      बारी बाँझो भयो
      घरमा हली छैन
      छोरो मुग्लान गयो।
    • तेजप्रसाद खनाल,लमही दाङ
      …
      १,
      आमाबाबु मात्रै घरमा
      छोरा बुहारी परदेशी
      पैसा जति बगरमा ।
      २,
      सत्ताको मोह कति
      ज्यान जाओस् छोडिन्न
      विरोध गर जति।
      ३,
      नबन कसैको भक्ति
      देशको मुहार फेर्न
      युवाले देखाऊ शक्ति ।
    • राज कुमार राजभण्डारी खोटाङ्गे
      मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      गरेर राम्रो काम
      बढौँ सधैँ अगाडि
      कमाऔॅं आफ्नो नाम ।
      २,
      नपर अर्काको भर
      सफल हुन्छौ तिमी
      आफू परिश्रम गर ।
      ३,
      किन गर्नु आहा !
      मुखले चिप्लो घसेर
      सधैँ गर्छौ डाहा ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      महॅंगीले आकाशै छोयो
      सुशासनको गफ नलगाऊ
      जनताको हृदय रोयो ।
      २,
      अन्धकार रातको कालीमा
      रमाउँछन् सार्‍है नेताहरू
      जनताको गडगडाहट तालीमा ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      प्राणीमा श्रेष्ठ मानव
      भन्छन् सबैले तर
      मानव हुँदैछन् दानव ।
      २,
      सुध्रियोस् मानवको मति
      जिन्दगी कुमालेको चक्र
      हुन्छ आफ्नो दुर्गति ।
    • मंगला उपाध्याय, कलैया उप. म.न.पा. – १, बारा
      …
      १,
      चरीको त्यो व्यथाले
      मन बनायो घायल
      बरा! निर्दोषको कथाले ।
    • गंगा खड्का, बूढानीलकण्ठ ,काठमाडौँ
      …
      १,
      नाटक किन पटकपटक
      सरकार सदन कस्तो ?
      भैरहेछ धेरै चटक !
    • नागेन्द्रप्रसाद यादव , दाङ
      …
      १,
      निधारमा चन्दन घसेर
      दुष्कर्म गर्दछ सधैँ
      ऊ मन्दिरभित्र बसेर ।
      २,
      सत्य, तथ्य स्पष्ट
      ओरालोतिर अर्थतन्त्र देशको
      महङ्गीले जनतामा कष्ट ।
      ३,
      समय एकनास घुमिरहने
      एकछिन विश्राम नलिई
      प्रकृतिले सबै सहने ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कठुञ्जे
      …
      १,
      देशमा ठुलाठालुको रजाइँ
      चर्काचर्की पोल खोलाखोल
      कसले राख्ने कजाइॅं ।
      २,
      दोषी जाली भ्रष्टाचारी
      रहेनछन् कोही अछुत
      झोलेहरू किन सदाचारी ?
      ३,
      देशको अस्तित्व हरायो
      सबै साखुल्ले छद्मभेषी
      अपराधी सदनमा करायो।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      प्रमादी हो जीव
      ईश्वर चैँ अप्रमादी
      परमार्थमा दुवै शिव ।
    • सुरेश कार्की, काठमाडौँ- ७, कुमारीगाल
      (हाल सिड्नी, अष्ट्रेलिया)
      …
      १,
      सुध्रिने कहिले अर्थतन्त्र ?
      जनता खुसीले रमाउने,
      भएर आर्थिक स्वतन्त्र।
      २,
      युवा निरास भए
      देशमा उपाय नदेखी,
      छोडेर विदेश गए ।
      ३,
      आफ्नो स्वार्थ छोडेर
      राष्ट्रको हितमा लागे,
      सधैँलाई अहम्ता तोडेर ।
    • पुष्पा राई, बादेल, खोटाङ
      …
      १,
      ज्ञानका विधाता गुरु
      दिन्छन् मोक्षको गति
      दृष्टि उघारी खुरुखुरु।
      २,
      दिव्यचक्षु सबै खोलौँ
      पाई गुरु दर्शन
      बिकार चाहिॅं पोलौँ ।
      ३,
      अलौकिक कृष्ण एक
      मुक्तिका हुन् दाता
      देखाउॅंछन् रूप अनेक।
    • तोया नाथ चापागाईं, दमक, झापा, नेपाल
      …
      १,
      भेट्न आएको थिएँ
      तर तिमी आएनौ
      त्यसैले आँसु पिएँ ।
      २,
      हिजो थियौ घर
      आज किन देखिएनौ
      किन हुन्छौ पर ?
      ३,
      नेपाल मेरो घर
      प्राणभन्दा छ प्यारो
      छाडी जान्न पर ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौँ
      …
      १,
      जनताको मत मागेर
      लहर ल्याउॅंछु विकासको
      धोका हुँदैन मरेर।
      २,
      नजर दोषी देखाई
      महान् हुन खोज्छौ
      आफ्नो जाँगर सेलाई।
    • एवाइ प्रभात, सहिदभूमि धनकुटा
      …
      १,
      युवा छैनन् देशमा
      खेतबारी बाँझो हेर
      आमाबाबु गेरु भेषमा।
      २,
      अर्थतन्त्र कता गयो
      नेता सबै आफ्ना
      तेरो मेरो भयो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      घर बनाएको थिएँ
      शान्तिले सकून् भर्न
      पसिनाको मूल्याङ्कन लिएँ ।
      २,
      इज्जत पाउने सहर
      खोज्दैछु दुनियाँको भिडमा
      पाउॅंदैन छुटिएको रहर।
    • बिकास छेत्री अञ्जान, कैहके, बिजनबारी, दार्जिलिङ
      …
      १,
      गरे के हुँदैन
      मेरो बेहाल हुँदा
      तिम्रो मुटुमा छुँदैन ।
      २,
      सबैले देखे लाचार
      तुलना जन्तुसँग गरे
      सकियो तिम्रो आचार ।
      ३,
      हेरौँ राजनीतिको बजार
      कुराको हुच्ची मच्चाउँदै
      जनताको उन्मुक्तिमा हतार ।
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      …
      १,
      बस्न मन थियो
      समय भयो दोषी
      मायाले पीडा दियो।
    • दीपा तिम्सिना, ईलाम
      …
      १,
      रोकथाम गरेर बोली
      नयाँ स्विकृतिले दिएको
      निर्धालाई चल्यो गोली !
      २,
      शुभ झुल्किने घाम
      धर्ती तताएर गए
      नराखीकन कुनै डाम !
      ३,
      आयो आयो गयो
      थाहा नै नपाउँदै
      के भयो भयो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      कतै पाइन्न काम
      सहरमा बाँच्न गाह्रो
      फर्किनु बरु गाम !
      २,
      गर्छ कुकुर झगडा
      समृद्धिको पथमा देश
      छैन शासक तगडा !
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      मैले तिमीलाई रोजे
      नेताको आँट छैन
      समयले मलाई खोजे।
      २,
      रङ्गीन मनले बोली
      किन होला गाह्रो
      मनमा माया खोली।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
      …
      १,
      गर्गीले तराईमा तातो
      युवा युवती सहन्छन्
      बच्चाको लियो सातो !
      २,
      पङ्खा हुनेको हावा
      नहुनेको कष्टकर जीवन
      दु:खीको कर्ममा धावा !
      ३,
      मौसम भयो उल्टा
      पानी नपर्ने कतिबेलै
      फल्दिन फर्सीको मुन्टा !
      भगवती लवाडी
      …
      १,
      जब यात्रा सुरु
      चुचुरोमा पुग्न सघाउने,
      एक महामानव गुरु।
      २,
      थरी थरीका सिकारी
      तिनले मच्चाउॅंछन् हाहाकार ,
      जबसम्म जलाइन्न चिङ्गारी !
      ३,
      सधैँ हुँदैनन् साथी
      घामपानी नभनी हिॅंड्नुपर्छ
      पुग्नलाई त धेरैमाथि।
    • दीपा समभावा, खोटाङ्ग
      …
      १,
      जीवन सुखदु:खको खेल
      मिलन बिछोडको चक्र
      हाँसो आँसुको मेल।
      २,
      जीवन नफर्कने खोला
      लिएर जानु के ?
      मरिजाने हो चोला।
      ३,
      मन बनाउँदै अधीर
      सतहमा के खोज्दछौ ?
      धाउॅंदै ढुङ्गाको मन्दिर।
    • सरस्वती श्रेष्ठ रुपन्देही बुटवल
      …
      १,
      नैतिक शिक्षा पाएमा
      जान्नेछन् आदर गर्न ,
      असल बन्न चाहेमा।
      २,
      गर्नु पर्छ कर्म
      फल पाउन मिठो
      सेवा ठुलो धर्म।
      ३,
      ज्ञान लिन सुरु
      निरन्तर प्रयास गरेमा
      खुसी हुनुहुन्छ गुरु।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      …
      १,
      रुनु न हाँस्नु
      जस्तै परिस्थिति आवस
      सधैँ मितेरी गाँस्नु।
      २,
      चकनाचुर हुन्छ सिसा
      प्रहार भएमा ढुङ्गाको
      नरोज्नु घृणाको दिशा।
      ३,
      नम्र व्यवहार राम्रो
      क्रोधी स्वभाव देखाएर
      कहिल्यै नबन्नु चाम्रो ?
    • अरुण कुमार भुजेल, गोरूबथान, कालिम्पोङ,भारत
      …
      १,
      नझुकाऊ, तिमी सिर
      पुग्न सफलताको शिखरमा
      नलिनु कहिल्यै पिर।
      २,
      गर्नु राम्रो काम
      परिश्रमले दिन्छ सफलता
      मिल्दछ हेर नाम।
    • गंगाराम यादव, औरावनी – २, सुनसरी
      …
      १,
      तापेर आगोको राप
      किन जाँदैन जाडो
      सधैँ मानिसलाई ताप !
      २,
      खेल मैदानमा आऊ
      बाहिरबाट बोलेर हुन्न
      जितेर देखाएर जाऊ ।
      ३,
      हेर्न राम्रो हुनुपर्छ
      क्रिकेट टिम मिलेको
      खेलले दिल छुनुपर्छ !
    • रबि पाैडेल ,दक्षिण भारत पाण्डेचरि
      …
      १,
      आफ्नै श्रममा रमाऊ
      निरन्तरता देउ कामलाई
      सके जति कमाऊ ।
      २,
      सके आफैँ कमाउनु
      ईर्ष्या नगर्नु अरूको
      आफ्नै कमाईमा रमाउनु ।
      ३,
      व्यावहारिक हुन सिक
      विश्वास गर श्रममा
      पैसामा कहिल्यै नबिक ।
    • देव कृष्ण काफ्ले, पोखरा – १ ,कास्की
      …
      १,
      परिस्थिति प्रतिकूल हुँदा
      सङ्घर्ष जारी राख्नुपर्छ
      मातृभूमि कहालिएर रुँदा ।
    • ऋजु दिल्पाली, इटहरी १ सुनसरी
      …
      १,
      नराम्रो काम नगरे
      हुँदैन दु:ख कहिल्यै
      ईश्वरको शरणमा परे।
      २,
      सम्झाउन जस्तो सजिलो
      सम्झिन हुँने भए
      मुटुमा बन्थेन किलो ।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      केही बर्ष बाँचौला
      सबै टाडिए पनि
      झिल्का लेखी हाँसौला ।
      २,
      गाउँले नबुझे पनि
      हतोत्साहित किन हुनु?
      निरन्तर लेखौँ भनी ।
      ३,
      कलमको सहारा ठुलो
      चित्त नबुझेको बेला
      यसले गर्दछ औषधीमुलो ।
    • मोती सुब्बा दार्जिलिङ निमकी डाँडा।
      …
      १,
      खोजेको पाएर हर्ष
      अक्कबक्क बोल्न नसकी
      साहस बटुली सङ्घर्ष ।
      २,
      सम्झाउनै गाह्रो परेछ
      कुरा नबुझेर सिधाले
      उफ्रिॅंदै ओरालो झरेछ ।
      ३,
      धारिलो हतियार बाङ्गो
      खान नपाएर भोकै
      लुगा नलाएर नाङ्गो ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      रुमाल छैन फाटेको
      भिडहरूमा देखे तापनि,
      छैन माया साटेको ।
      २,
      बाटो बिराएको नठान्नु
      गन्तव्यको दोष होइन,
      मनमा खोट नमान्नु ।
    • हन्नाह छेत्री, दार्जिलिङ
      …
      १,
      खुसीले गरी काम
      सुन्दर कर्मको बाटो
      राखेर अनुपम नाम !
      २,
      सम्झेर अनेक भिर
      जिन्दगीको लामो यात्रा
      मनमा अथाह पिर !
      ३,
      सम्झेर तिम्रो मन
      उकाली ओराली गर्दा
      उराठ लाग्छ वन !
    • आर्त अकुलीन
      …
      १,
      फूल मन पराए
      टिप्न खोज्दा हतारमा
      काँडा पो समाए ।
      २,
      तरकारी मिठो नुनले
      ठिक्क लाए सुहाउला
      घाँटी राम्रो सुनले ।
    • ध्रुव श्रेष्ठ, खोटाङ,हाल काठमाडौ ।
      …
      १,
      नक्कल गर्नेदेखि सावधान
      बौद्धिक चोरी गर्नेहरूप्रति
      साइबर अपराधको प्रावधान ।
      २,
      चोरेको कसरी मेटिन्छ
      छोपुन्जेल लुक्छ डालाले
      फाटेपछि टुप्लुक्कै भेटिन्छ ।
      ३,
      अन्तस्करणबाट सिर्जना गर
      पूर्ण हुनेछ अपेक्षा
      अरूको भरमा नपर ।
    • पारसमणि खतिवडा, सूर्योदय ३ इलाम, हाल सूर्यविनायक भक्तपुर
      …
      १,
      कहाँबाट सुरु गरौँ
      म अलमलमा परे
      कसको भर परौँ ।
      २,
      कसलाई मानौँ गुरु
      अब सबैले भन्नुहुन्छ
      आफैँ लेख खुरुखुरु।
      ३,
      सबैले खुट्टा तान्छन्
      अचेल सबैले मेरो
      रिस डाहा मान्छन्।
    • ललिता गिरी, सिन्धुली
      …
      १,
      गुन्द्रुकलाई पर्दैन पकाउन
      किन होला भनेको
      पर्दैन सालीलाई फकाउन।
      २,
      मन परेकी साली
      छ हिस्सी परेकी
      जिस्किन पो थाली।
      ३,
      सालीको बोली रसिलो
      भनिदिन्छे उसले फेरि
      लाइहालूँ माया कसिलो।
    • सतीश पण्डित, भानु ६चुँदी तनहूँ (हाल चनपा ६ मातातीर्थ)
      …
      १,
      झिल्का उडेर आयो
      मनमा थियो उमङ्ग
      मधुमास बिहानी छायो।
      २,
      देखाएँ हिमाल तराई,
      आफ्नै रहेछन् मायालु
      होइन रहेछन् पराई।
      ३,
      नजाउ भन्छिन् छोडेर
      रोएर नेपाल आमा
      असल बाटो मोडेर।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      खुशी सबै हर्छ
      यादको भेल उर्लिँदा,
      आँसु तपतप झर्छ ।
      २,
      गयौ बाटो फेरी
      आसाको डोरी बाट्दै,
      बसिरहेछु तिमीलाई हेरी ।
      ३,
      आशा खुसी रित्तियो
      मनका तृष्णा मरे,
      लाग्छ समय सिद्धियो ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      जात सानो ठुलो
      जात बनाउने खुसी
      जातको अन्योलता मुलो ।
    • भोलामान बर्देवा, धरान ८ सुनसरि
      …
      १,
      कर्मको भरोसा गर्नु
      आफूमा भएका दिव्य
      ज्ञान सबैमा छर्नु ।
      २,
      मनैमा हुन्छ भक्ति
      शुद्ध चरित्रले पाउने
      सदैव प्रभु शक्ति ।
      ३,
      आत्मालाई बसाई सर्नु
      प्रभु सँग आखिरीमा
      पर्नेछ भवसागर तर्नु ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      कतै देखिन्न समता
      कसरी हुन्छ विकास?
      नभएसम्म राष्ट्रिय एकता l
      २,
      बनाएर संयुक्त गठ
      रातदिन लड्छन आपसमा
      रहेछन् अबुझ शठ l
      ३,
      भएन मन शान्त
      दुष्टहरूको पारा देख्दा
      हुन्छ झन् आक्रान्त l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      स्वार्थ बाेकेर आए
      हाले छाराे आँखामा
      पुस्ता उनैका रमाए ।
      २,
      हिजाेभन्दा आज कडा
      दिनहरू बित्दै जाँदा
      समस्या भए खडा ।
      ३,
      लगन साइत जुर्नुपर्छ
      भन्दैमा बन्दैन कविता
      मस्तिष्कमा पनि फुर्नुपर्छ ।
    • त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
      …
      १,
      नखानु कसैले हरेस
      गरेर आऊँ हातेमालो
      बनाउँ नयाँ स्वदेश।
      २,
      स्वर्गभन्दा छ राम्रो
      नाँचेको डाँफे मुनाल
      हिमाली देश हाम्रो।
    • बिके मुखिया, दार्जीलिङ, भारत
      …
      १,
      जिन्दगी रहर अप्ठ्यारो
      हारेर बाँचेको दुनियाँ
      यात्रीको जीवन फारो ।
      २,
      रमाउ भनेर नहुने
      आएछ निर्दयी जमना
      भावना कहिले नचुने।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      दौड थियो चर्को
      पछि आउनेले उछिने
      गुनासो छैन अर्को।
      २,
      मनले गरौँ भन्छ
      विविध अड्चन बाधा
      शरिरले कसरी सहन्छ?
    • गोरखा सिरानचोक
      …
      १,
      खोजेर भाग्य भेटिँदैन
      नबगाएसम्म यहाँ पसिना
      भान्सामा धुँवा देखिँदैन।
      २,
      चुहिन्छ फूलको रगत
      जब चुँड़िन्छ ऊ
      बनेर दुष्टको सङ्गत।
      ३,
      तिमी हुनु आकाश
      तिम्रो मेरो प्रेमकथामा
      म बन्छु बतास।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      साहित्यमा नाम भरौँ
      इतिहासमा नाम कोरेर,
      हामी अघि सरौँ।
      २,
      पढाइमा अनेक काइदा
      गुरुबाट शिक्षा राम्रो
      लिए धेरै फाइदा ।
      ३,
      दुई तीन चार
      गएपछि त खेलमा
      मलाई भयो हार ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      यो मेरो देश
      शिर हो विश्वको
      नहोस् है अशेष ।
      २,
      नेताको देखेर चालढाल
      बढ्दैछ निराशा युवामा
      विदेशतिर हाम फाल।
      ३,
      देवता ठूला किसान
      गर्दछन् कर्मको पूजा
      भविष्य गर्दै किटान।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      विश्वास धेरै नगर
      धोका दिन्छ जसले
      उसकै भर नपर ।
      २,
      घाउमा मलम लगाऊ
      आफैँ डाक्टर नबन
      दलालहरू सबैलाई भगाऊ ।
    • सनत रोकाय बिवश, कुशे – ८ जाजरकोट
      …
      १,
      मनमा शान्ति छाउँछ
      सन्तुष्ट हुनु सधैँ
      अनि आनन्द आउँछ।
      २,
      दुःख तिमी गर
      फलको आश नगरी
      सधैँ अघि सर ।
      ३,
      स्वास्थ्यको ख्याल गर्नु
      समय निरन्तर चल्छ
      आफैँमा भर पर्नु ।
    • धनुष न्यौपाने”यात्री”, जुम्ला
      …
      १,
      चाहिन्न कालो धन
      हुनुपर्छ सुखका लागि
      उदार शुद्ध मन ।
      २,
      हुन्छ संसार हाम्रो
      खराब बानी छोड्नपर्छ
      हुन सबको राम्रो ।
      ३,
      अल्छी आलस्यता भगाई
      हामी कर्मठ बन्नुपर्छ
      जोश जाँगर जगाई ।
    • जयनारायण नेपाल, इलाम ,हाल सूर्यविनायक २, भक्तपुर
      …
      १,
      लुरेले हाँक्छ राज्य
      भेष साधु जस्तो
      हुँदै आयो विभाज्य।
      २,
      उसको मन कालो
      चाला धेरै तुच्छ
      बुन्छ सधैँ जालो ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगा बजार
      …
      १,
      जेसुकै पनि पच्ने
      नेपाली माटो हाम्रो
      गोर्खालीले इतिहास रच्ने ।
      २,
      छैन आशा कसैमाथि
      यही माटो अब्बल
      नेपालीको माटो साथी ।
      ३,
      आोशा त्यही हुन्छ
      मिहिनेत हुन्छ जहाँ
      पोखिएर मन छुन्छ ।
    • ईश्वर साउद, सुदुरपश्चिम रामारोसन – ६, अछाम
      …
      १.
      आफ्नै मनभित्र हल्लीचल्ली
      शान्ति खोज्दैछ मान्छे
      बाहिर गल्ली गल्ली ।
      २.
      अर्काकै राम्रो लाग्यो
      आफूलाई हेरेन कहिल्यै
      खुसू अन्तै भाग्यो।
      ३,
      भएकोमा सन्तुष्ट छैन
      हुँदै नभएको खोजेपछि
      कहाँ भेटिन्छ चैन।
      -पशपती राई, खोटाङ
      …
      १,
      डडेलो लाग्यो वनमा
      निभाउने कोही छैनन्
      विरह चल्यो मनमा ।
      २,
      चरिले गीत गाउॅंछे
      मन रुन्छ धुरुरु
      वन पाखा धाउॅंछे ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      मायामा सौदाबाजी भयो
      मेरो त्याग ,समर्पण
      डस्टबिनभित्र फालेर गयो।
      २,
      गर्‍यौ मुटुको चिरफार
      च्यातचुत पार्दै तिम्रो
      तस्बिरहरू फाल्दैछु बारम्बार ।
      ३,
      रोपेर प्रेमको बोट
      दियौ उपहार मलाई
      जीवनभर नभुल्ने चोट ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      जीवन रङ्गीन बनाउन
      सुख, शान्ति भए
      पर्दैन उत्सर्ग मनाउन।
      २,
      पीडाले भरिएको मन
      बुझ्दैन रत्तिभर कुरा
      अरबौँ होस् धन ।
      ३,
      पीडाको आहुति दिएर
      लाग्छ मरौँ जस्तो
      अब जहर पिएर ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      आशाको दियो बाल्नलाई
      जुटौँ एक भएर
      नयाँ काम थाल्नलाई।
      २,
      नतिजा आफैँतिर पार्न
      मरिमेटी लाग्दैछ खेलाडी
      चाहॅंदैन कोही हार्न ।
    • बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
      …
      १,
      साहित्यका उर्जाहरू जगमगाऊन्
      गहनता उपयोगले लम्किरहौँ
      बढ्दै दर्जाहरू जाऊन् ।
      २,
      लेखिएका रचिएका कुराहरू
      ज्यादै हल्का लिएपछि,
      सकिँदैन समस्याका चुराहरू !
      ३,
      एकातिर दर्शन जति ,
      व्यवहार हेर्दा अर्कोतिर ,
      परिवर्तन भयो कति ?
    • मनोहरी पौडेल, गैडाकोट १
      …
      १,
      आमाको आँसु पुछ्नु
      लायकको सन्तान बनेर
      रातो टीका मुछ्नु !
      २,
      भावना बुझ्ने गर
      पहिला घर परिवारको
      भकारीमा अन्न भर।
      ३,
      धनी मन होस्
      जहाँ गरिब दुखीप्रति
      तनमा जोस बढोस् !
    • राजेश्वरी राजोपाध्याय, ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १८ सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५६ सम्पन्न

  • ७ जेष्ठ २०८१, सोमबार २३:०३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १५६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १५६ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-

    [१]
    नेपाल
    कृषिप्रधान देश
    उन्नत कृषि प्रविधि !

    • वसन्त अनुभव
      [२]
      कृषि
      अनेक प्रविधि
      बुझ्नै सकिन्न सितिमिति !
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      [३]
      खनजोत
      साधनबिना नै
      साँच्चै कि प्रलोभन !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४]
      जोताइ
      परिवर्तन जरूरी
      कृषि औजारको विकास !
    • नारायण कोइराला
      तानसेन, पाल्पा, हाल: कुवेत
      [५]
      देश
      हाम्रो कृषिप्रधान
      मान्छे भए महान !
    • रमा पन्त, पाल्पा
      [६]
      कृषि
      धेरै प्रविधि
      महिला औजारको नीति !
    • बेदु न्यौपाने
      [७]
      मान्छेले
      मान्छे मान्छे
      नारेर जोत्यो किन ?
    • गुणनिधि घिमिरे, अमेरिका
      [८]
      कृषक
      लगाए जुक्ति
      कृषिमा भएपछि इच्छाशक्ति !
    • पृथक प्रकृति, झापा
      [९]
      कृषि
      कर्म जगाउँदै
      बालीमा दाँते लगाउँदै !
    • सरिता सेढाई, धादिङ
      [१०]
      किसान
      अति गरेका
      नारीकै भर परेका !
    • कला ढकाल, झापा
      [११]
      पछ्यौटेपन
      बकवास प्रयोग
      लिनु क्या सहयोग !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      [१२]
      पौरख
      गरेको राम्रो
      मलिलो वा चाम्रो !
    • सुरेश कुमार पाण्डे
      [१३]
      अत्याचार
      महिलालाई नारेर
      किन बाध्यतामा पारेर ?
    • संगीता खरेल,काठमाडौं
      [१४]
      परिस्थिति
      दयनीय अवस्था
      जीवनको भोगाइ पराकाष्ठा !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [१५]
      पृथक
      साेच अनेक
      मानाे राेपी मुरी !
    • राेशन पराजुली, धरान
      [१६]
      कृषि
      नयाँ प्रविधि
      कृषकलाई सहज परिस्थिति !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१७]
      बर्बर
      यातना महिलामाथि
      पुरुषको हैकम कायमै !
    • अमृत सुवेदी
      रूपासात, कास्की
      [१९]
      कृषिमा
      गरेर काम
      चिनाउँ देशको नाम !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२०]
      पानी
      अशुद्ध भएमा
      बिग्रन्छ हाम्रो जिन्दगानी !
    • बाबुराम पाण्डे, अर्घाखाँची
      [२१]
      पोइ
      जोताउँछन् जोई
      नारी अधिकार खोइ ?
    • सविता के.सी.
      [२२]
      जोताइ
      यस्तो पाराले
      हुन्छ कहिले रोपाइँ !
    • पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती-३, काभ्रे
      [२३]
      प्रविधिमा
      संसार कहाँ
      हामी जहाँको तहाँ !
    • घनश्याम पौडेल, पोखरा
      [२४]
      कृषिमा
      देशको अवस्था
      हेर नाजुक प्रविधि !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [२५]
      भलो
      विडम्बना नेपालमा
      महिलालाई जोताए हलो !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [२६]
      खेतबारी
      भए घाँसेमैदान
      छोराछोरी मुग्लान पारी !
    • तेजप्रसाद खनाल, लमही, दाङ
      [२७]
      अनुदान
      कृषककाे नाम
      बजेट बिचमा झ्वाम !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [२८]
      दरिद्रता
      साँघुरो मानसिकता
      आवश्यक सोचमा व्यापकता !
    • आर्त अकुलीन
      [२९]
      खेल
      हेर केटाकेटीको
      यसरी खेत जोतियो !
    • बालकृष्ण खनाल, टीकापुर
      [३०]
      देश
      गर्नुपर्छ सङ्घर्ष
      बनाई अनेक भेष !
    • सरस्वती वली
      [३१]
      कृषि
      देशको खाँचो
      उब्जाउ भूमि बाँझो !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३३]
      नेपाल
      कृषिप्रधान देश
      युवा पलायन विदेश !
    • मङ्गला उपाध्याय
      [३४]
      नेपाल
      कृषि क्रान्ति
      नारामा मात्रै सिमित !
    • देवकी केसी
      [३४]
      उपयुक्त
      कृषि रणनीति
      नभएसम्म्म हुँदैन समृद्धि !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३५]
      प्रविधि
      कतै उच्च
      कतै असाध्यै निच !
    • विके माकजू , भक्तपुर
      [३७]
      किसान
      महिलाको मान
      भयो गोरु समान !
    • ज्ञानबहादुर क्षत्री
      सन्धिखर्क -२, अर्घाखाँची
      [३८]
      महिला
      चुल्हो चौकोमा
      जाँतो ढिकी कृषि !
    • कमला देवकोटा, पाल्पा
      [३९]
      कृषिमा
      महिला जाेतेर
      घरको भित्र पाेतेर !
    • कृष्ण धामी, बझाङ
      [४०]
      कृषि
      उन्नत प्रविधि
      कृषिप्रधान देशको दुर्गति !
    • विवश पारदर्शी, झापा
      [४१]
      कृषि
      समय छोप्दै
      तत्काल गर्नुपर्ने बाध्यता !
    • घनश्याम पौडेल
      गौरीगंगा नपा -९, कैलाली
      [४२]
      कृषिप्रधान
      पाउँदैनन् अनुदान
      भाषणमा उदारवादी उद्घोष !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [४३]
      कृषि
      नेपाली पेशा
      सरकारी लगानी अव्यवहारिक !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [४४]
      भनाइ
      कृषिप्रधान देश
      मान्छेले मान्छेलाई जोत्ने !
    • पशपती राई, खोटाङ ।
      [४५]
      कृषि
      सीपमूलक गतिविधि
      सहायक हुन्छ प्रविधि !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [४६]
      नेपाल
      विदेशिएको देश
      बुढाबूढी जोती बस !
    • धनमाया चौधरी, कैलाली
      [४७]
      गाँउमा
      छैनन् लाठे
      यो बाँझो फोर्नलाई !
    • ध्रुव श्रेष्ठ
      खोटाङ हाल: काठमाडौ
      [४८]
      प्रविधि
      परिमार्जन गर्दैछन्
      कृषक दिनरात मर्दैछन् !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [४९]
      आत्मनिर्भर
      प्राचिन प्रविधि
      मानव आफैँ तत्पर !
    • प्रभादेवी पौडेल, चितवन
      [५०]
      प्रविधि
      सरल साधन
      हराए हल गोरु !
    • नागेन्द्रप्रसाद यादव, दाङ
      [५१]
      नारी
      शक्तिशाली कति
      हुन्छ सबैको भक्ति !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [५२]
      फोटो
      कर्म खोटो
      कृषि क्रान्तिको भोटो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५३]
      किसान
      दुःख गरेका
      जोतेर अन्न छरेका !
    • अम्बिका अधिकारी
      [५४]
      कृषिकर्म
      हेर औजारविहिन
      दर्दमा नारी हुन्छिन् !
    • भगवती दवाडी
      [५५]
      किसान
      बाध्यता गर्नैपर्ने
      वास्तवमा प्रविधिको अभाव !
    • सुरेश न्यौपाने
      [५६]
      भाेगाए
      मान्छेलाई जाेताए
      नेपालमा राजनीतिज्ञ भाेकाए !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५७]
      युवा
      विदेशी सहर
      जोत्नु बुढ्यौलीको कर !
    • चक्र शाही, लम्की, कैलाली
      [५८]
      कृषिप्रधान
      देशको नारा
      खेतीमा नारीको सहारा !
    • दुर्गा आचार्य, मोरङ
      [५९]
      नेपाल
      पितृसतात्मक सोच
      अधिकार नारामा सिमित !
    • दीपा समभाव, खोटाङ्ग
      [६०]
      किसान
      बाध्यता अनेक
      अत्यन्तै सास्ती उदेक !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [६१]
      किसान
      अप्रविधि सिकाइ
      बाध्यता कर्मथलोमा होमिदै ! – चेतराज जैशी, कैलाली
      [६२]
      देश
      परिवर्तन कृषि
      कोदो रोप्दा वेश !
    • एवाइ प्रभात
      [६३]
      नारी
      सहँदै भोग्दै
      आखिर नीति कहिलेसम्म ?
    • समुन्द्रा शर्मा, सुनसरी
      [६४]
      कृषि
      प्रविधि छैन
      किसानको हराएको चैन !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [६५]
      कृषि
      अपरिहार्य पेसा
      जुनसुकै प्रविधिमा बाध्यता !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [६६]
      किसान
      खेत जोत्ने
      परिश्रम माटोमा पोख्ने !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [६७]
      लोकतन्त्र
      देखिँदै झुटतन्त्र
      भोगिँदै निरन्तर लुटतन्त्र !
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [६८]
      नेपाल
      कृषिप्रधान देश
      कृषिमै आधारित भेष !
    • दुर्गा भट्टराई, मोरङ
      [६९]
      कृषि
      सुन्दर कर्म
      माटोको पूजा धर्म !
    • कविता आचार्य, कैलाली
      [७०]
      परिश्रम
      गरिब किसानको
      खाेजी दुई गाँसकाे !
    • टीकाराम जाेशी, टीकापुर
      ~~~~
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साप्ताहिक, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १५६ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको १२औँ शृङ्खला ( परिवारविषयक) सम्पन्न

  • ७ जेष्ठ २०८१, सोमबार २१:४२ मा प्रकाशित
  • झिल्का लेखन अभियानको १२औँ शृङ्खला (परिवार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    १//
    हुँदैन कदापि हार
    एकजुट हुन्छन् जहाँ
    समस्या पर्दा परिवार !
    २//
    सुन्दर सामाजिक चित्र
    स्वर्गकै आनन्द अनुभूति
    मिल्छ सफल परिवारभित्र !
    ३//
    खुसी समृद्धिको राज
    असल परिवार मिली
    बन्छ आदर्श समाज !
    ✍️
    वसन्त अनुभव
    —————<•>—————
    [२]
    १//
    हाम्रो पनि बाटो
    कहिलेकाहीँ हो मिल्ने
    परिवार छैन लाटो !
    २//
    दुःखमा साथ दिने
    एकदिन त आयो
    नबन है लिने !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    —————<•>—————
    [३]
    १//
    जसले सिकाउछ संस्कार
    मजबुत हुन्छ साच्चै
    उसैको सुन्दर परिवार !
    २//
    स्वर्गजस्तो सुन्दर चित्र
    खोज्नुपर्दैन अन्त कतै
    बनाए परिवारलाई मित्र !
    ३.
    पर्दैन धनले भर्न
    असल बाटो बनाऊँ
    सन्तानको विकास गर्न !
    ✍️
    शंकर कार्की,मकवानपुर।
    —————<•>—————
    [४]
    १//
    सधैँ नै जुट्नुपर्छ
    घर परिवार सिँगार्नलाई
    फुटले हानी गर्छ ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    —————<•>—————
    [५]
    १//
    थामिरहेछु पीडा भारको
    दुःखले कहिल्यै छोडेन
    खोज्दा खुसी परिवारको !
    २//
    घुम्दैछु म सेरोफेरो
    थकित हुन्छ शरीर
    हर्षित परिवार मेरो !
    ३//
    बाध्यता परदेश जान
    पसिना रोपेर बालुवामा
    पाल्नुछ सारा जहान !
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    [६]
    १//
    असल पारिवारिक घर
    बन्छ सुन्दर फूलबारी
    हुँदैन कसैलाई डर !
    २//
    एकतामा हुन्छ तागत
    मजबुत हुन्छ मान्छे
    यस्तो परिवारलाई स्वागत !
    ३//
    सबैको मुहार चमकदार
    आपसी हर्ष सद्भावको
    सबै हुनुपर्छ लचकदार !
    ४//
    स्वर्ग भनेको सम्बन्ध
    जहाँ हुन्छ मिलेमतो
    बन्छ जीवनको प्रबन्ध !
    ✍️
    घनश्याम पन्त
    हरिवन सर्लाही
    —————<•>—————
    [७]
    १//
    परिवार हाँसे घमाइलो
    हाँसुन् परिवार सबै
    जिन्दगीभर हुन्छ रमाइलो !
    २//
    परिवारमा तिमीले जानीजानी
    स्वार्थ लुट्न खोज्यौ
    परिवारको पेटमा हानी !
    ३//
    परिवारलाई आँसुको तालमा
    खाना खाँदै तिमीले
    थुक्दियौ त्यहीँ थालमा !
    ✍️
    चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ
    —————<•>—————
    [८]
    १//
    खुसी आनन्दको खानी
    परिवार हुनाले साथमा
    नितान्त सौम्य जिन्दगानी !
    २//
    जीवनको मेरुदण्ड परिवार
    उतारचढाव हुँदा पनि
    हुँदैन कहिल्यै निस्सार !
    ३//
    जिजीविषा हुन्छ सगरमाथा
    सुखशान्तिको मिठो आभास
    कालजयी परिवारको गाथा !
    ✍️
    पृथक प्रकृति ,झापा
    —————<•>—————
    [९]
    १//
    थलो मानव सृष्टिको
    समाजको पहिलो रूप
    परिवार सद्भाव वृष्टिको !
    २//
    परिवार पहिलो पाठशाला
    सत्मार्ग देखाउने थलो
    प्रेमको अटुट माला !
    ३//
    भलो कुभलो भेद
    यहीँ जानेर गए
    पर्दैन दुर्जनको छेद !
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    [१०]
    १//
    सनातनी सभ्यता संस्कार
    वैरभाव हामी जान्दैनौँ
    विश्व हाम्रो परिवार !
    २//
    परिवार पवित्र बन्धन
    अभिभावक शिरको टोपी
    ललाटमाथि सेतो चन्दन !
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।
    —————<•>—————
    [११]
    १//
    जिन्दगी काट्न परिवार
    एकजुट बन्नुपर्छ सधैँभरि
    बढ्दै जानेछ अधिकार !
    २//
    एकताले काम गरेर
    सम्पत्ति जोड्न सकिने
    अन्नको भकारी भरेर !
    ३//
    परिवारमा बल हुन्छ
    खेतबारीमा मिलेर गर्दा
    उन्नतिले शिखर छुन्छ !
    ✍️
    भगवती दवाडी , दमक,झापा
    —————<•>—————
    [१२]
    १//
    सानो परिवार वेश
    सुखशान्ति भरिभराउ आहा !
    जिन्दगीमा लाग्दैन ठेस !
    २//
    घरका मूल खाँबा
    हुरी बतास थाम्ने
    ईश्वर हुन् बाबा !
    ✍️
    राजनारायण राई
    राजदल बस्ती सोनादह
    —————<•>—————
    [१३]
    १//
    हुँदैन हार मानेर
    हुन्छन् आपतमा सहभागी
    परिवार आफैँ जानेर !
    २//
    परिवारको खुसीका लागि
    पुकार गरेको हुँ
    ढुङ्गा ढोगेर मागी !
    ३//
    परिवारको खुसी लिन
    तयार हुनुहोस् सधैँ
    परे ज्यान दिन !
    ✍️
    ललिता गिरी, सिन्धुली
    —————<•>—————
    [१४]
    १//
    ममताको अनेक हतियार
    मेलमिलापको एक उत्प्रेरणाले
    बलियो बनाउँछ परिवार !
    ✍️
    प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    [१५]
    १//
    हाम्रो साहित्यिक सफर
    हरेक परिवार पनि
    हुन्छ आत्मियताको रहर !
    २//
    देशलाई मातृत्व सम्झिएँ
    नागरिक परिवार एउटै
    सधैँ पसिना पिएँ !
    ३//
    जता बसुन् सन्तान
    देशलाई जोगाउँ मिली
    दिेएर सबैले योगदान !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    [१६]
    १//
    सधैँ परदेशी भएर
    कहिले साथ रहुँला
    परिवारसँग भेट भएर !
    २//
    जीवनमा परेमा भार
    सधैँ खुसी राख्नेछु
    अब मेरो परिवार !
    ३//
    कहिले होला पाइने
    हामी परदेशीलाई आस
    परिवारको माया चाहिने !
    ✍️
    लक्ष्मण देउवा
    डोटी
    —————<•>—————
    [१७]
    १//
    एकआपसमा मेलमिलाप हाम्रो
    सद्भाव प्रेममा रहेर
    परिवार मिलेको राम्रो !
    २//
    दुःखसुख एकअर्कोमा बाँडेर
    जानुपर्छ मिलेर अगाडि
    परिवार भावना साटेर !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    [१८]
    १//
    सम्पुर्णमा धेरै माया
    साथ सहयोग दिएर
    हुनु सधैँ दायाँबायाँ !
    २//
    लालीगुराँस छ फुलेको
    पहाडको भिरालो पाखामा
    मेरो मन भुलेको !
    ३//
    रहर हैन बाध्यता
    प्रमाणपत्र बिक्ने ठाउँ
    भन्नुस् छ कता ?
    ✍️
    अनिता कार्की
    कुम्मायक गाउँपालिका ५ पाँचथर
    —————<•>—————
    [१९]
    १//
    समाजमा रित बस्यो
    परिवारकै निम्ति आखिर
    युवा परदेश पस्यो !
    ✍️
    बि.कुलुङ
    दार्जिलिङ
    —————<•>—————
    [२०]
    १//
    परिवारको त्यो छत्रछाया
    शितल छहारी बनाेस्
    माैलाओस् एकाअर्काको माया !
    २//
    बनाेस् सपरिवार असल
    बाेध हाेस् जिम्मेवारी
    सप्रियाेस् माैसमी फसल !
    ३//
    कर्तव्यकाे हेक्का राखाैंँ
    तिताेपिराे कतै नपारी
    पारिवारिक स्वाद चाखाैँ !
    ✍️
    त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    [२१]
    १//
    घर पहिलो पाठशाला
    परिवारको लागि स्वर्ग
    नहोस् है बधशाला !
    २//
    आपसी हाम्रो जुटमा
    समस्या सहजै टर्छ
    नपरे कहिल्यै फुटमा !
    ✍️
    सरस्वती श्रेष्ठ
    इटहरी
    —————<•>—————
    [२२]
    १//
    हुँदैछ परिवार खण्डित
    विदेश पलायन भई
    हुँदैन कोही दण्डित !
    ✍️
    नागेन्द्रप्रसाद यादव
    —————<•>—————
    [२३]
    १//
    मिलेर बसे परिवार
    आउँदैन समस्या कहिल्यै
    मिलेको हुन्छ घरबार !
    २//
    पर्दा साथ दिनु
    परिवार सबैकाे कर्तव्य
    पक्ष राम्रो लिनु !
    ३//
    शान्ति छाउँछ त्यहाँ
    झगडारहित परिवार हेर
    बसेकाे हुन्छ जहाँ !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि
    —————<•>—————
    [२४]
    १//
    स्वर्गझैँ हुन्छ घर
    हुन्छ जुन परिवारमा
    एकअर्काको पूर्ण भर !
    ✍️
    अरुण कुमार भुजेल
    गोरू बथान,कालिम्पोङ,भारत।
    —————<•>—————
    [२५]
    १//
    दु:खसुखको यही सार
    गर्नु काम बाँडीचुँडी
    अगाडि बढ्छ परिवार !
    २//
    परिवार सजिलै चल्छ
    सीप अनुसारको कामले
    भाग्यमा अमृत फल्छ !
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    [२६]
    १//
    जुटेर भिडियो मेलको
    भित्रिन्छ शान्ति भएर
    सहयोग हुँदैछ खेलको !
    २//
    परिवार देवको भवन
    मन्दिर बन्छ आपसमा
    सुखको चौतारो सज्जन
    ३//
    आपसी मेलको खेलाडी
    परिवार जन भएर
    नगर कहिल्यै खेलाँची !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    [२७]
    १//
    घर अनि परिवार
    राख्नसक्नुपर्छ हेर मिलाई
    बनी हामी इमानदार !
    ✍️
    बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    [२८]
    १//
    हुँदा सुखी परिवार
    झुपडीमा रहे तापनि
    सदा मिल्छ बहार !
    २//
    सुख, शान्ति, समृद्धि
    परिवार मिलेर बस्दा
    हुन्छ झन् अभिवृद्धि !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    [२९]
    १//
    आत्मीय सुरक्षा धार
    सुन्दर बन्छ जीवन
    भएमा खुसी परिवार !
    २//
    भेटिन्छ समस्याको हल
    एकअर्काको दुःखमा मिले
    मिल्छ परिवारबाट बल !
    ३//
    असल परिवारको खाँचो
    सुन्दर समाज बन्न
    संस्कार जगत साँचो !
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ
    —————<•>—————
    [३०]
    १//
    सफल जीवनको सार
    शान्ति प्राप्तिको लागि
    मिलेको घर परिवार !
    २//
    एक सुन्दर हार
    जस्तै त हो
    एक विवेकशील परिवार !
    ३//
    परिवार हो पहिचान
    देशले दिन्छ व्यक्तिलाई
    इज्जत मान सम्मान !
    ✍️
    दीपा समभाव
    दुबेकोल खोटाङ्ग
    —————<•>—————
    [३१]
    १//
    जीवन सुखी बनाउन
    आफ्नै घर परिवारलाई
    सक्नुपर्छ सहजै मनाउन !
    २//
    परिवार नै सर्वशक्ति
    जीवनोत्सर्गमा पुर्‍याउन हेर
    अरूको नगर्नू भक्ति !
    ३//
    चाहिँदैन अरूको सार
    परिवार मिलेर बसे
    हुँदैन कहिल्यै हार !
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    —————<•>—————
    [३२]
    १//
    एकाघरमा भएका परिवार
    सबै मिलेर बस्दा
    सुन्दर बन्छ घरबार !
    २//
    हुन्छ त्यहाँ हार
    एकार्कामा झैँझगडा गरी
    मिलेर नबसे परिवार !
    ३//
    गर्नुपर्छ एकार्कामा सल्लाह
    छरछिमेकले भनुन् त्यसलाई
    कस्तो चलेको वाह !
    ४//
    घरका कुरा नगरौँ
    अगुल्टो नठोसी बल्दैन
    भन्ने दिमागमा भरौँ !
    ५//
    परिवार बनाऔँ सुन्दर
    सिकुन् अरूले पनि
    राम्रो बनोस् घर !
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    [३३]
    १//
    परिवारसँगै भई साथमा
    बसौँ सबै मिलेर
    सुख फुल्छ हातमा !
    २//
    धेरै कुरा बुझौँला
    एकै घरमा बसेर
    बाबा, आमा पुजौँला !
    ३//
    कसैको पिर हुँदैन
    भात एकै भाँडाको
    खाए कोही रुँदैन !
    ✍️
    सञ्जना शर्मा
    —————<•>—————
    [३४]
    १//
    मानौँ सबैलाई परिवार
    जोडेर प्रीतिको नाता
    हुनेछ सुनौलो संसार !
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    [३५]
    १//
    बेरोजगारीको झोला बोकेर
    परदेश हिडेको थिएँ
    आँखाको आँसु रोकेर !
    २//
    बालापन फर्किँदैन रोएर
    सम्झेर मात्र नहुने
    आँसुले सिरानी धोएर !
    ३//
    स्वार्थले भरिएको संसारमा
    असाध्यै सोझोपन हुनाले
    भएछु आज अन्धकारमा !
    ४//
    अर्काको मायाको आशा
    अत्यधिक गर्नुको परिणाम
    हुँदैछ आजकल निराशा !
    ✍️
    पुरुषोत्तम फुयाल
    साकेला गाउँ पालिका-२ रतन्छा खोटाङ
    —————<•>—————
    [३६]
    १//
    सुन्दर परिवारको भित्र
    शिखर चुम्छ सफलताले
    कोरिन्छ एकताको चित्र !
    २//
    हातमा हात समाई
    परिवारमा रहौँ सधैँ
    एकअर्का खुसीमा रमाई !
    ३//
    एकताको पुञ्ज तारा
    मिलेर बसेको देखी
    नमूना लिनु सारा !
    ✍️
    मोती सुब्बा
    दार्जिलिङ निमकी डाँडा
    —————<•>—————
    [३७]
    १//
    देशकाे माया गराैँ
    शाश्वत रूपले अब
    मानापाथी नै भराैँ !
    २//
    मनकाे दियाे बालेर
    उच्च हिमाली शिरमा
    सफल पाइला चालेर !
    ३//
    राखेर शिरमा बुकी
    हाँसेर दन्त लहरले
    सधैँ बनाैँ सुखी !
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    —————<•>—————
    [३८]
    १//
    सुखदुःखको मूल सार
    सबै एकजुट हुनुपर्छ
    सधैँ आफ्नो घरपरिवार !
    २//
    मिलेर काम गर्नुछ
    परिवार जुटौँ एकतामा
    एकदिन अवश्य मर्नुछ !
    ३//
    ईश्वर जप्नु मनमा
    बोलीमा नहोस् असत्य
    लोभ नगर धनमा !
    ✍️
    बेदु न्यौपाने
    —————<•>—————
    [३९]
    १//
    मन मिलेको घरमा
    आनन्दले बस्छन् जहान
    एकअर्काको स्निग्ध भरमा !
    २//
    बल्दैन खुसीको दियो
    अन्योलमा पर्छ परिवार
    धरमरिए घरको मियो !
    ३//
    सम्हालौँ थुतुने हतियार
    चिरस्थायी राख्ने भए
    शान्त सौम्य परिवार !
    ✍️
    बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    [४०]
    १//
    एउटै संस्कृति संस्कार
    बसाइँ एउटै घरमा
    त्यसलाई भन्छन् परिवार !
    २//
    झिल्का लेखौँ बारम्बार
    समूहका हामी सबै
    एउटै घरका परिवार !
    ३//
    छरछिमेकमा गर्नुपर्छ हारगुहार
    बाआमा छोराछोरी नातिनातीनी
    हुन्छन् घरमा परिवार !
    ४//
    हवल्दार सिपाही चौकिदार
    ढुक्कले मिलेर बसौँला
    रमाइलो हुन्छ परिवार !
    ५//
    चासो गर्दैन सरकार
    विकसित पारौँ गाउँलाई
    मिलेर सबै परिवार !
    ६//
    ज्ञानको सन्देश छरौँला
    झिल्का समूह परिवार
    मिलेर प्रगति गरौँला !
    ७//
    लगिदेऊ सन्देश समाचार
    सम्पूर्ण नागरिक विश्वका
    एउटा ठूलो परिवार !
    ८//
    सुखदुःखको बेलामा जो
    सहयोग गर्छ आपत्तिमा
    बुझ्नु संस्कार परिवारको !
    ९//
    अधिकृत मुखिया खरिदार
    शासक शासित जनता
    देशका एउटै परिवार !
    ✍️
    गुणनिधि घिमिरे अमेरिका
    झिल्का कविता परिवार
    —————<•>—————
    [४१]
    १//
    संयुक्त छ परिवार
    छैन विश्वास आपसमा
    झगडा परिरहन्छ तारन्तार !
    २//
    बुझ्दैनन् कसैले कुरा
    सबै हुन्छन् जान्ने
    चलाउछन् हरदम छुरा !
    ३//
    खुसी परिवारको आधार
    सबै जुटुन् कर्ममा
    नहोउन् कोही बेरोजगार !
    ✍️
    सतीश पण्डित
    चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    [४२]
    १//
    मन मिले घरमा
    खुसी हाँसो बढ्छ
    परस्परको साथ भरमा
    २//
    मिलेर बसे परिवार
    छाउँछ माहोल खुसीको
    बन्दछ मिलेको घरवार !
    ✍️
    बिकास छेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    [४३]
    १//
    एक्लोलाई छैन आधार
    आफन्त पराइ भएपछि
    लाग्दैछ महत्वपूर्ण परिवार !
    २//
    उजाडिएपछि आफ्नो संसार
    खिन्नतासँगै मनको बगरमा
    खुशीको खोज्दैछुु परिवार !
    ३//
    समालेको सुखी परिवार
    बाँचुन्जेल रहेछ दुनियाँमा
    जिवनभरको जिउने आधार !
    ✍️
    दिल ठकुरी
    टिस्टाभेल्ली दार्जिलिङ
    —————<•>—————
    [४४]
    १//
    सुखी परिवार बनाउन
    दुई छोराछोरी जन्माएँ
    दुबै उडे कमाउन !
    ✍️
    नन्दलाल आचार्य, उदयपुर ।
    —————<•>—————
    [४५]
    १//
    सुन्दर हुन्छ परिवार
    मिलेको छ जहाँ
    एकतामा राम्रो व्यवहार !
    २//
    त्यसै आफैँ टर्दैन
    परिवारले भनेको मान्नु
    कहिल्यै झुक्नु पर्दैन ।
    ३/
    जीवनमा मिल्छ सार
    असल काम गरे
    परिवारमा हुँदैन भार !
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    —————<•>—————
    [४६]
    १//
    मानव सृष्टिको थलो
    परिवार बचाउनुछ यहाँ
    सबैको हुन्छ भलो !
    २//
    आमाको माया देखेर
    परिवार कति मिलाएको
    उसको कहानी लेखेर !
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    —————<•>—————
    [४७]
    १//
    परिवार धान्न गाह्रो
    बेरोजगारीले सहर ढाक्यो
    भयो जीवन साह्रो !
    २//
    छहारी दिने रुख
    बाँच्न सकिन्छ बाँच्न शान्तिले
    परिवारमा भए सुख !
    ३//
    दश औँला जोडेर
    परिवारसँगै बसौँ मिली
    नजाऊ विदेश छोडेर !
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौ
    —————<•>—————
    [४८]
    १//
    हिमाल पाैडिन्छ तालमा
    यस्ताे सुन्दर दृश्य
    देख्न पाइन्छ नेपालमा !
    २//
    प्राकृतिक सुन्दरता कमाल
    यसलाई संरक्षण गर्दै
    आफ्नाे व्यवसाय सम्हाल !
    ✍️
    देव कृष्ण काफ्ले
    पाेखरा १.कास्की
    —————<•>—————
    [४९]
    १//
    जीवनकाे मुल आधार
    सृजना गराैँ सबैले
    बसाउँदै सम्मुन्नत परिवार !
    २//
    सभ्य समाजकाे आधार
    आरम्भ गर्नुपर्छ परिवारबाटै
    फिजाई भवमा सुसंस्कार !
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    —————<•>—————
    [५०]
    १//
    जसले सबैको सुन्छ
    आत्तिनुपर्दैन ऊ दुखमा
    परिवार साथमा हुन्छ ।
    ✍️
    अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    —————<•>—————
    [५१]
    १//
    निरन्तर एकअर्काको सारमा
    सहकार्य गर्दै गए
    शान्ति हुन्छ परिवारमा !
    २//
    नअल्झिऔँ कुरामा मसिना
    सधैँ अप्ठ्यारो जिन्दगी
    हुन्छ परिवारको साथबिना !
    ✍️
    साबित्री प्याकुरेल,धादिङ्ग।
    —————<•>—————
    [५२]
    १//
    सधैँ खुसियाली छाउँछ
    मिलन भए परिवारमा
    सुखशान्ति समृद्धि आउँछ !
    ✍️
    अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    [५३]
    १//
    हुन्छ पारिवारिक सुख
    सुसंस्कारले दीक्षित भए
    हट्छ सबै दुख !
    २//
    चाहिन्न सम्पत्ति अति
    पारिवार मजबुत पार्न
    मियो बन्नुपर्छ दम्पती !
    ३//
    देखासिकी हुन्छ कारण
    हुन्न हाैँसिनु हतासिनु
    गर्नुपर्छ सधैँ धैर्यधारण !
    ✍️
    (इलाम हाल सूर्यविनायक २ बालकोट ,
    भक्तपुर ।
    —————<•>—————
    [५४]
    १//
    हाम्रो शक्ति परिवार
    सबै मिलीजुली बस्दा
    कहिल्यै हुँदैन हार !
    २//
    एकतामा हुन्छ बल
    साह्रो, गाह्रो पर्दा
    समस्याको भेटिन्छ हल !
    ३//
    परिवारमा हुनुपर्छ एकजुट
    सहज हर परिस्थिति
    बन्छ नपरेसम्म फुट !
    ✍️
    रुना कर्माचार्य दाहाल
    चितवन
    —————<•>—————
    [५५]
    १//
    परिवार जिवनको सार
    बन्छ हामी मिलेमा
    सधैँ सुखी परिवार !
    २//
    परिवारमा सबै जुटने
    राम्रो कामकाे लागि
    गर्नुपर्छ चाडै उठने !
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    [५६]
    १//
    एक भए परिवार
    हेप्न सक्दैन कसैले
    दर्बिलाे हुन्छ घरबार !
    ✍️
    उर्मिला के.शी
    धनकुटा
    —————<•>—————
    [५७]
    १//
    व्यक्ति पूर्ण बन्न
    परिवार पहिलो खम्बा
    लायक मान्छे भन्न !
    २//
    घर एकतामा फुल्छ
    शान्ति समृद्धि छाएर
    टोल समाजै खुल्छ ।
    ३//
    मायाममता नै छाएको
    स्वर्गझैँ अदभूत लाग्ने
    आहा ! वरदान पाएको ।
    ✍️
    पुष्पा राई, बादेल, खाेटाङ ।
    —————<•>—————
    [५८]
    १//
    आउँछन् अनेकौँ अड्चन
    परिवार एकजुट भएमा
    तोड्न सक्दैन बन्धन !
    २//
    दुःखमा परिवार सहारा
    सजिलै समस्या टर्छ
    निभाउन सकिन्छ अभिभारा !
    ३//
    परिवारको कुरा मानी
    हामीले कदम चाले
    भन्छन् हुँदैन हानी !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    काठमाडौँ
    —————<•>—————
    [५९]
    १//
    स्वर्गझैँ आहा राम्रो
    सुखी र खुसी
    हुन्छ परिवार हाम्रो !
    ✍️
    दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    [६०]
    १//
    एकतामा बाँधिएको घर
    मन्दिर जस्तै बनाउने
    सबैको मनमा रहर !
    २//
    सद्भावको हुनुपर्छ मेल
    परिवार एक हुनलाई
    विश्वासमा नगरेर झेल !
    ३//
    दाजुभाइ यदि फुटेर
    फाइदा उठाउँछन् बाहिरीहरू
    जरो खन्न जुटेर !
    ✍️
    संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    [६१]
    १//
    एक भएपछि परिवार
    स्वर्ग खोज्नुपर्दैन कतै
    झुपडी सुखको सार !
    २//
    मिल्दा आपसमा विचार
    हुँदैन झगडा कहिले
    पूर्ण बन्छ परिवार !
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    [६२]
    १//
    परिवार हाम्रो पाठशाला
    संस्कार पहिलो पढाइ
    सिकौँ असल चाला !
    २//
    मातापिता हुनुपर्छ असल
    छोराछोरीले शिखर चुम्छन्
    जताततै सफलताको फसल !
    ३//
    सबैलाई माया चाहिन्छ
    बाँडेर सकिँदैन माया
    जतिको तति पाइन्छ ।
    ✍️
    पशपती राई खोटाङ।
    —————<•>—————
    [६३]
    १//
    परिवार भए सानो
    साह्रै सुन्दर हुन्छ
    पुर्‍याउन सकिन्छ मानो !
    २//
    शान्त सुखी परिवार
    सफल उज्ज्वल भविष्यको
    सुन्दर सुन्दर भावोद्गार !
    ३//
    परिवार बस्नुपर्छ मिलेर
    बनाइदिन्छ बर्बाद नमिले
    बारुलो अरिङ्गालले चिलेर !
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा ।
    —————<•>—————
    [६४]
    १//
    माया प्रेमको घर
    सुरक्षाको हो पुण्यस्थल
    जीवनको गतिलो भर !
    २//
    स्नेहको शितल थलो
    साथ सहयोगको स्वर्ग
    सबैको हुन्छ भलो !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    [६५]
    १//
    सुखदुःख अनि माया
    साटासाट गर्ने थलो
    जीवन तापको छाया !
    २//
    खनजोत सम्बन्ध नाता
    साउनु दाउनु हाम्रो
    आमाबुबा ईश्वर जन्मदाता !
    ✍️ ममता पौडेल
    बुढीगंगा – २ मोरङ
    —————<•>—————
    [६६]
    १//
    परिवार खुसी राख
    आपसमा सद्भाव रहेको
    जिन्दगीको मजा चाख !
    २//
    स्नेह अनि मायाममताले
    ढिका पारेर परिवार
    राखौँ आफ्नै क्षमताले !
    ✍️
    सरिता सेढाई धादिङ
    —————<•>—————
    [६७]
    १//
    निभाउनु पर्छ कर्तव्य
    चिनेर आफ्नो ठाँउ
    सजिलै पुगिन्छ गन्तव्य !
    २//
    पर्खन गाह्रो रहेछ
    अँध्यारो यो रातपछि
    बिहानी हुने रहेछ ।
    ३//
    गजबको हुन्छ शक्ति
    तरबारभन्दा त कलमको
    नगरौँ कसैको भक्ति !
    ✍️
    समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    [६८]
    १//
    जीवनको आधार परिवार
    अमृत साधारण भएपनि
    भाेजनमा विभिन्न परिकार !
    २//
    आउँछन् गरिकन परिसार
    हुन्छन् परिवार आफ्नो
    पाउँछन् सेवामा परिचार !
    ३//
    मिलेर बन्छन् परिष्कार
    परिवार स्वर्ग बनेका
    भूलमा माग्छन् परिहार !
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    —————<•>—————
    [६९]
    १//
    परिवार नै साहारा
    बालक बुढाे तङ्ग्रन्छ
    पाई मीठाे आहारा !
    २//
    संयुक्त परिवार टुक्रिदा
    लाग्छ अधाेगति अर्थ
    व्यक्तिकाे मन विग्रिदा !
    ३//
    परिवारमा कलह बढ्दा
    हेप्छन सबै छिमेकी
    परिवारकाे आशङ्का चढ्दा !
    ✍️
    हिरालाल न्याैपाने
    बानपा ८,काेटमाैला,सल्यान
    —————<•>—————
    [७०]
    १//
    जान्छन् युवा परदेशमा
    परिवार आफ्नो पाल्नलाई
    छैन रोजगार स्वदेशमा !
    २//
    सुखशान्ति पक्कै छाउँछ
    परिवार मिलेर बसे
    हर्षका दिन आउँछ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    [७१]
    १//
    बनाउनु पर्छ घरबार
    सबै जुट्यौँ भने
    सफल हुन्छ परिवार !
    ✍️
    गंगाराम यादव
    औरावनी,२ सुनसरी
    —————<•>—————
    [७२]
    १//
    समाज हाम्रो मिलेर
    बढ्नुपर्छ अघि सदा
    समस्या सबै चिनेर !
    २//
    मित्रताभन्दा त ठुलाे
    केही हुँदैन अरू
    घनिष्ठ प्रेमको कुलो !
    ३//
    विकास हुन्छ तब
    मिलिजुली बढे हामी
    जुटेर हिडौँ अब !
    ✍️
    ईश्वर साउद
    रामाराेसन गाउपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    [७३]
    १//
    मान्छेमा मानवता हरायो
    सबैका खुसी लुटेर
    ठुल्ठुलाे स्वरमा करायाे ।
    २//
    सद्भावमा हाँसो खुल्दछ
    सन्सार मायाकाे फूलबारी
    समाजमा शान्ति झुल्दछ ।
    ३//
    अशान्ति अज्ञानकाे मूल
    संस्कार संस्कृति प्याराे
    ज्ञान शान्तिकाे पुल !
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    —————<•>—————
    [७४]
    १//
    परिवार बन्दछ सुखी
    आपसमा सुमधुर सम्बन्धले
    टाढिएमा पार्दिन्छ दुखी !
    २//
    एकबाट दुई हुँदै
    बन्छ बृहत् परिवार
    सहृदयलाई स्नेहले छुँदै !
    ३//
    नमुना बन्छ परिवार
    विनम्रता र मर्यादाले
    बन्दछ ममताको दरबार !
    ✍️
    पारसमणि खतिवडा
    इलाम सूर्योदय ३ हाल सूर्यविनायक भक्तपुर ।
    —————<•>—————
    [७५]
    १//
    रित्तो गाग्री अशुभ
    भन्दै हिँड्छन् खुरुखुरु
    कहिले भेटाउने कौस्तुभ !
    २//
    शान्तिप्रति बाधाको शमन
    भनेर हुन्छ कहिले
    मनले गरिरहन्छ दमन !
    ३//
    मुहारमा मुस्कान देखेर
    यो मोहनीय जीवनमा
    आउँदैछु जोबन लेखेर !
    ✍️
    अच्युत घिमिरे
    सर्पाङ, भुटान 🇧🇹
    —————<•>—————
    [७६]
    १//
    नमानी कहिल्यै हार
    कसेर सम्बन्धको गाँठो
    बनाऔँ सुखी परिवार !
    ✍️
    बाल कृष्ण श्रेष्ठ,सोलुखुम्बु
    —————<•>—————
    [७७]
    १//
    छाडौँ शङ्काकाे दृष्टि
    रचौँ सुन्दर परिवार
    हुन्छ सर्वत्र पुष्षवृष्टि !
    ✍️
    काेपिला अधिकारी
    सिरानचाेक- ७ ,गाेरखा
    —————<•>—————
    [७८]
    १//
    नगराैँ निर्णय हतारमा
    मानव हामी सबैलाई
    मिल्छ खुसी परिवारमा !
    २//
    गर्नेछन् अरूले प्रहार
    यथार्थ बुझाैँ साथी
    नबस्दा मिलेर परिवार !
    ३//
    हामीले राखाैँ ज्ञान
    साँच्चै यी मानवजातिको
    गहना हुन्छ परिवार !
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    —————<•>—————
    [७९]
    स्वर्ग हाे घर
    याे जुनीमा प्रिया
    गाँसेर आत्मियतामा भर !
    ✍️
    प्रद्युम्न चालिसे
    —————<•>—————
    [८०]
    १//
    नाममात्रको परिवार भए
    आजभोलिका रगतको सम्बन्ध
    सबैजना टाढिँदै गए ।
    २//
    हराउँदै गए जोडी
    जाँदा, आउँदा मान्छे
    हिँड्छन् नजर मोडी !
    ३//
    तमासा हेर्ने परिवार
    गुण बिर्सने खोज्ने
    छुट्याउन खोज्दै अंसियार ।
    ✍️
    राजेश्वरी राजोपाध्याय
    ललितपुर
    —————<•>—————
    [८१]
    १//
    समयको यो तालमा
    सोचेर नगरे काम
    भइन्छ सधैँ बेहालमा !
    ✍️ दुर्गा भट्टराई

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on विशेष झिल्का लेखन अभियानको १२औँ शृङ्खला ( परिवारविषयक) सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू- १४

  • ५ जेष्ठ २०८१, शनिबार १६:२३ मा प्रकाशित

  • साताका उत्कृष्ट झिल्का कविताको १४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १४ का लागि झिल्काकारत्रय ️एवाइ प्रभात, ️पशपती राई र ️साया चाम्लिङका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू
    ~<•>~

    [१]
    १.
    विभेदका सधैँ कुरा
    नगर्नू है सबैले
    देश बेचेर पूरा !
    २.
    मानव हराएको देशमा
    हिंसाको बाटो देख्छ
    चमत्कार विदेशी भेषमा !
    ३.
    सहरमा सुख खोजे
    नारीको इज्जत माटोमा
    फेरि गाउँ रोजे ।
    ✍️एवाइ प्रभात
    धनकुटा सहिदभुमि
    [२]
    १.
    आमा शब्दै काफी
    झन् आमाको काख
    स्वर्गभन्दा नि माथि !
    २.
    इन्द्रको आसन धाइँदैन
    आमाको काख पाइरहे
    अरूको लाख चाहिँदैन ।
    ३.
    आमाको कस्तो बानी
    झिकेर मुटु खटाउने
    रहेछ ममताको खानी !
    ✍️पशपती राई
    खोटाङ
    [३]
    १.
    हुँदैन देवता ढोगेर
    नलेखिएपछि आफ्नो नसिबमा
    पाइन्न निधार ठोकेर !
    २.
    वर्षले उमङ्ग छाओस्
    नयाँ वर्षले सबैमा
    सुख, शान्ति ल्याओस् !
    ३.
    धर्धरी रुन नपरोस्
    सधैँ उन्नति प्रगतीले
    खुसीको घडा भरियोस् !
    ✍️साया चाम्लिङ
    खोटाङ
    ————<•>———–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्काहरू- १४

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P