• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग लेखन शृङ्खला-१०२

  • २२ असार २०८१, शुक्रबार २३:१२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय दुई अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०२ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/१७
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    प्रेमको बिज रोपौं मिलेर हामी।
    दुश्मनलाई घोपौ मिलेर हामी।
    हँसाउने भन्दा रुवाउने धेरै छन्,
    यस्ता सदैव छोपौ मिलेर हामी।
    खडलतिर चौपौ मिलेर हामी।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    समयले स्वार्थी दुनियाँलाई नजिकैबाट चिनाएको छ।
    अवसरवादीको नकाव नजिकैबाट पिनाएको छ।
    समय चर्खा हो घुमीफिरी सबको पालो पक्कै आउँछ,
    बुझ यो एक खेल हो अघिपछि सबलाई हिनाएको छ
    रङ्गमञ्चको नाटक देखाएर सबैलाई किनाएको छ ।

    भूमिका गैरे, तिमिल्सिना
    गैंडाकोट ४, नवलपुर

    पञ्चाङ्ग:०३
    वेदना बोक्ने मुटुमा घाऊ पारेर जानेले
    सम्बन्ध बिर्सि लाएको माया मारेर जानेले
    रुवायो आज यो संसार सारा दुःखी बनाइ
    भगवान् साक्षी गरेको वाचा हारेर जानेले
    जिन्दगीसँग बेवास्ता गरि टारेर जानेले।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    .पञ्चाङ्ग:०४
    फलाममा फलामकाे चाेट हुनुपर्छ
    अलिकति भावना विष्फोट हुनुपर्छ
    मनले चाहे नहुने कुरा के नै छ र ,
    गर्छु भन्ने आफैमा अठाेट हुनुपर्छ
    दाेषी बन्न त एउटा खाेट हुनुपर्छ ।
    सूर्य गिरी पाेखरा ।।

    पञ्चाङ्ग:०५
    कस्तो राम्रो के नराम्रो चुन्न सकिँदैन
    आपसी सद्भाव कहिले बुन्न सकिँदैन
    कमजोरले पाएको छैन स्वतन्त्रता
    बोल्ने बोलकै छन् मुख थुन्न सकिँदैन
    हामीले राम्रो विचार गुन्न सकिँदैन।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०६
    आज यता भोलि उता बाधिन्छ जोडी, देश जहिल्यै निराश
    को कहिले कता जान्छ सम्झौता तोडी, देश जहिल्यै निराश
    जनताले कुरा बुझे शान्ति आउने थियो होला महोदय
    मौसम बदल्न बिजुली चम्क्यो मोडी, देश जहिल्यै निराश
    धेरै छ धोका अनि व्यवहार छोडी, देश जहिल्यै निराश
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    पञ्चाङ्ग:०७
    अक्षर-१५

    हुदैनन् रे सबै आफ्ना पीरमा नारी देलान् ,
    तिम्रो इज्जत लुटि लुटि सिरै झारी देलान्।
    मागे भने फोटो चित्र नदिनु कसैलाई ,
    तिनै फोटा र चित्रलाई नाङ्गो पारि देलान्
    अनि आइडि ह्यक गरि अन्तै सारि देलान्

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८
    जाउ भन्दा मान्ने भए तिम्रो मायालाई मैले जाउ भन्थें
    यो बर्खाको मासमा गएर आफ्नै गैरीखेत साउ भन्थें
    मैले भनेको यति सजिलै किन मान्थ्यो र तिम्रो मायाले
    नत्र मन्त्र जपेरै दिन्थें ओखती नचबाइ खाउ भन्थें
    अनि त अरुको पछि नलाग मेरै नजिक आउ भन्थें
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    ह्यारिस

    पञ्चाङ्ग:१०
    कार्य सम्पन्न हुँदैन मात्र बोलेर किन?
    जुठो मात्रै त पार्ने रहेछ घोलेर किन?
    जीवनमा पर्ने समयको घामछाया सधैं
    देखायौ दुनियाँलाई लुगा खोलेर किन?
    सत्य कुरामा मिसायौ झुठो मोलेर किन?

    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:११
    चारैतिर वर्षा आयो आजभोलि।
    खेतबारी बाली खायो आजभोलि।
    देशै भरि बाढी पैरों झरेको छ,
    मानिसमा डर छायो आजभोलि।
    गैरिखेतले के पायो आजभोलि
    बेदु न्यौपाने

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन शृङ्खला-१०२

    नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

  • १८ असार २०८१, सोमबार २१:३९ मा प्रकाशित

  • जेद्दा साउदी अरब । नेपाली महावाणिज्य दुतावास जेद्दा साउदी अरबले एक सुचना जारी गर्दै साउदी अरबको जेद्दा शहरमा जेद्दा सिजन २०२४ आयोजना हुने जनाएको छ । उक्त आयोजना बिभिन्न मितिमा गरि ४ दिन हुने र नेपालीहरुको प्रस्तुती १६ अगष्टमा रहने जनाउँदै उक्त कार्यक्रममा नेपालीहरुको बाक्लो सहभागिताका लागि अनुरोध गरेको छ ।
    महावाणिज्य दुतावासले आफ्नो सुचनामा जनाएको छ , जुलाई तथा अगष्ट २०२४ मा Equestrian Club (Al Frosyah District Jeddah) मा जेद्दा (Jeddah Season) आयोजना हुने र यस जेद्दा सिजनमा नेपालको प्रथम पटक सहभागिता रहने तय भएको सबैमा जानकारी सहर्ष गराउँदछौं । जुलाई २६ तथा अगष्ट २,९ र १६ गरी जम्मा चार दिन आयोजना हुने जेद्दा सिजनमा नेपालको प्रस्तुती १६ अगष्ट २०२४ शुक्रवार रहनेछ । १६ अगष्ट २०२४ मा आयोजना हुने कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरु गायक प्रमोद खरेल नायिका केकी अधिकारी तथा वहाँको नृत्य समूह र प्रस्तोता रिमा विश्वकर्मा आउनुहुने जानकारी रहेकोछ ।


    साथै महावाणिज्य दुतावासले यस सम्बन्धी जानकारी साउदी अरबमा रहेका सम्पूर्ण नेपालीहरु माझ पुर्याउन तथा कार्यक्रममा सहभागी नेपाली कलाकारहरु समेतको प्रस्तुती रहने कार्यक्रमलाई सफल बनाउन साउदी अरबमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आग्रह गरेको छ । यस सम्बन्धमा अन्य प्रासंगिक सूचना तथा जानकारीहरु प्राप्त भएमा आगामी दिनहरुमा सबै नेपाली माझ सुचित गराउऩे पनि जनाएको छ ।
    जेद्दा सिजनमा नेपालको सहभागिता सम्बन्धी अन्य जानकारीका लागि 0582495715, 0541596759, 0506879434 नम्बरहरुमा सम्पर्क गर्न सकिने छ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपालका ख्यातिप्राप्त कलाकारहरु सहित जेद्दा सिजन आयोजना हुने, १६ अगष्टमा नेपालीहरुको प्रस्तुती

    ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४० सम्पन्न

  • १६ असार २०८१, शनिबार १७:१३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १४० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    प्रतिनिधि टुक्का- १४०
    फुर्सदै छैन कुरा नै गर्ने लागिसक्यो असार
    दुहुनो गाई त दुहुनै पर्‍यो लगाई पघार ।
    ~<•>~

    सहभागी टुक्काकारहरूका टुक्काहरू-

    ~<•>~
    [१]
    दुहुनु पर्छ पाएको बेला नगुमाई मौका
    भोलि त के हुन्छ, कसो हुन्छ ? हान्नुपर्छ चौका ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ
    ~<•>~
    [२]
    एकचोटी त पाउने हो मान्छेको जिन्दगी
    त्यही नि कहिले झर्छ लाग्दैछ जगजगी ।
    ✍️
    दीप गोले तामाङ, चन्द्रपुर, रौतहट
    ~<•>~
    [३]
    नेताहरू मालिक यहाँ जनता बनाए गाई
    माैका छाेपेर दुहुँदैछन् गरिब जनतालाई ।
    ✍️
    ताराप्रसाद चापागाईँ, धुनिबेसी ।
    ~<•>~
    [४]
    लैनु गाईलाई पघारी कति खान्छौ खानु खायौ
    दुध आउन छोडेपछि विदेशी भजन गायौ ।
    ✍️
    बेदु न्यौपाने
    ~<•>~
    [५]
    जोगाउनेले ढाका टोपी लाउँछ्न्
    जनै उतार्ने सुरातिर धाउँछन् ।
    ✍️
    हन्नाह छेत्री, दार्जिलिङ
    ~<•>~
    [६]
    पघार जसरी पनि दुहुनो गाईलाई
    थुनबाट आइन्जेल खादै बस रमाई।
    ✍️
    अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~<•>~
    [७]
    जनतालाई बनाउँछौ कहिलेसम्म बनाउ दुहुनु गाई
    मौका आउँछ पर्खिदैन खानुपर्छ जनता फकाई फकाई ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ~<•>~
    [८]
    गाईको बाच्छो मरे पुर्पुरोमा हात
    भैँसीको त्यो पाडो मर्‍यो दुध र भात ।
    ✍️
    चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ~<•>~
    [९]
    घरमा भैँसी दुहुनो पर्यो एक हातको
    लाग्यो असार सुरु भयो मेला र पातको ।
    ✍️
    भुपेन्द्र राना मगर, धादिङ
    ~<•>~
    [१०]
    फुर्सद हुन्न नेता हुँ म जहिल्यै मलाई असार
    एयरपोर्ट र भन्सारमा गर्छु ओसारपसार ।
    ✍
    नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ~<•>~
    [११]
    बनाएर जनतालाई यहाँ दुहुने गाई
    भएको छ मन्त्री फेर्न व्यस्त सरकारलाई ।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ~<•>~
    [१२]
    भ्रष्टाचारीलाई छ सधैँभरि असारै असार
    जनता भए दुहुनो गाई सकेसम्म पगार ।
    ✍️
    विवश पारदर्शी, झापा
    ~<•>~
    [१३]
    ठान्छन् नेताले जनतालाई जहिलेसुकै दुहुनो गाई
    श्रम बेचेर पठाएको रेमिट्यान्स झ्वाँम पार्छन् रमाइ ।
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~<•>~
    [१४]
    असारमा पानी पर्यो, बाढी पहिरो ज्यादा भयो
    खाउँ लाउँ उमेरमा, धेरै मान्छेको ज्यान गयो ।
    ✍️
    एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ~<•>~
    [१५]
    आशा गरेर कति बस्छौ गाईबाट गोरु बनाइसके
    अब असार लाग्दैछ हेर ढिकुटी सबै खन्याइसके ।
    ✍️
    अम्बिका अधिकारी, झापा बिर्तामोड
    ~<•>~
    [१६]
    असारको गफै मात्रै, न छ बीऊ न त मल
    भाषण रूपी आश्वासनले कति गर्छौ छल ।
    ✍️
    राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ~<•>~
    [१७]
    आजभोलि व्यस्त हुन्छु असारको बेला
    आफ्नो स्वार्थ पूरा गर्छु नगर है हेला ।
    ✍️
    डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~<•>~
    [१८]
    आलश्य त्यागौँ सबैले, आज नै उठाउँ हलो र कोदालो
    स्वदेशमै सुन फल्छ, पर्दैन विदेशमा बन्नु गोठालो ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत ।
    ~<•>~
    [१९]
    पाएको मौका छोड्नुहुन्न दुहुनु पर्छ गाई
    जनतामा राज गरौँ, कुर्सीको हात समाई ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~<•>~
    [२०]
    पाल्न परिवार खेतीपातीमा किसान ती यता रमाउँछन्
    विकासे बजेट सक्दै पहुँचवालाहरू उता कमाउँछन् ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ~<•>~
    [२१]
    असार लागेर खेल्दैछु हिलोमा रमाई
    असारे गित सुन्दै हातमा बीउ समाई ।
    ✍️
    कला ढकाल, झापा
    ~<•>~
    [२२]
    व्यङ्ग्य वाण किन पर्‍यो हान्नु
    गैँडालाई गुलेली के तान्नु ?
    ✍️
    शम्भु गजुरेल
    ~<•>~
    [२३]
    लैना गाई भैँसी अब दूध छैन थाक्नेछन् त के गर्छौ ?
    असारमा गोडमेल छैन अब खाडीकै पछि पर्छौ ।
    ✍️
    कमला देवकोटा, पाल्पा
    ~<•>~
    [२४]
    ए ! असार लाग्यो, पानी सिमसिम गीत गाउँदैछु
    दही चिउरा बोकेर, दिनहुँ वेशीतिर धाउँदैछु ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा।
    ~<•>~
    [२५]
    असार मास किसानलाई रोप्न चटारो
    यो मेहनतमा वर्षाले नहानोस् झटारो ।
    ✍️
    शोभा आचार्य गौतम, काठमाडौँ
    ~<•>~
    [२६]
    रोपाइँको चटारो जताततै लागिसके असार
    हरियो सबै हुँदैन धान केलाएर फाल्नु झार ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ~<•>~
    [२७]
    खुरुक्क धान रोप्न छाडी केको फुर्ती हो, लाग्यो त असार
    केको मान्छे थप्नु पर्यो भन्दै बनाउन थालेको कसार ?
    ✍️
    नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
    हाल- एनेलकुटी, सिरहा ।
    ~<•>~
    [२८]
    खेतालालाई खाजा पकाई खिर
    पटुकी बाँधी म हिँडे खेततिर ।
    ✍️
    पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ~<•>~
    [२९]
    पाउँदा सुनौलो मौका
    ठोक्दै गर्नु पर्छ चौका ।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत।
    ~<•>~
    [३०]
    मल बीउ छैन, कृषक भन्छन् लागिसक्यो असार
    ल्याइदिन्छौ हामी, पर्खेर बस, भन्दैछ सरकार ।
    ✍️
    होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ~<•>~
    [३१]
    आफूमात्रै भुँडी भर्ने चलेको छ यहाँ रुढी
    खुट्टा बाँधेर दाम्लोले दुहुन्छन् धेनु नै बुढी ।
    ✍️
    रामशरण न्यौपाने, भक्तपुर
    ~<•>~
    [३२]
    जनता सारा तिम्रै गाई दुहुने काम नेताको मात्रै
    घाँस पराल दिदैनन् केवल गर्छन् नि अनौठो जात्रै।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ~<•>~
    [३३]
    दुहुनो गाई बनायौ, देश भयो चाम्रो
    क्षमता जति सबै लुटेर खायौ हाम्रो ।
    ✍️
    लक्ष्मी रिजाल,
    कञ्चनरूप १२, रूपनगर, सप्तरी ।
    ~<•>~
    [३४]
    किसानीको दःख पीर सबै भाग्यो
    खडेरी सकिएर असार लाग्यो ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ~<•>~
    [३५]
    सुनौलो मौका नेताज्यूलाई असारको महिना
    लुट्नसम्म त लुट्छन् जनताको रगतपसिना ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ~<•>~
    [३६]
    हुनुपर्छ सधैँ मान्छेमा प्रभाव गुणको
    तरकारीमा पनि हुन्छ अभाव नुनको।
    ✍️
    राजनारायण राई, राजदल बस्ती सोनादह
    ~<•>~
    [३७]
    असार महिना मानो रोपी फलाउने मुरी
    मनसुनी यो हावा चल्दा उडाउँछ कि धुरी।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ~<•>~
    [३८]
    किसानलाई कामको चटारो असार मास
    देशका चापीवालालाई राजनीति हतास ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ~<•>~
    [३९]
    जनतालाई असार लाग्छ नेतालाई चौका,
    चाँजोपाँजो मिलाइहाल्छन् के पर्खिन्थे नि माैका ?
    ✍️
    त्रिलाेचन भण्डारी, मेचीनगर,झापा
    ~<•>~
    [४०]
    भ्रष्टले गर्छ विकासका बजेटको दोहन
    किसानको उत्पादन बिक्री भएन ओलन ।
    ✍️
    भगवती दवाडी
    ~<•>~
    [४१]
    असारे भाषामा रमेर गराैँला श्रम आज
    फलाउँ फाँटहरूमा अमृतसरि अनाज ।
    ✍️
    हरिगाेपाल न्हुच्छेप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
    ~<•>~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभवLeave a Comment on ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १४० सम्पन्न

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६१ सम्पन्न

  • १६ असार २०८१, शनिबार १४:५४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    प्रयास
    राखे जारी
    असम्भव पनि सम्भव !

    • वसन्त अनुभव
      [२]
      निरन्तरता
      क्रमिक साधना
      पहरामा फुल्ने कुसुम !
    • आर्त अकुलीन
      [३]
      साहस
      बटुले निरन्तर
      सफलताको चढिन्छ शिखर !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [४]
      सफलता
      कर्ममा हुन्छ
      जसले शिखर चुम्छ !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [५]
      जसको
      साहस हुन्छ
      उसले शिखर चुम्छ !
    • बेदु न्यौपाने
      [६]
      संघर्ष
      निरन्तर गरे
      सफलता अवश्य मिल्छ !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [७]
      परिस्थिति
      दोष उसैको
      भ्रमपूर्ण जीवन कसैको !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [८]
      प्रयास
      निरन्तर लागे
      असम्भव कुनै छैन !
    • धनमाया चौधरी, कैलाली
      [९]
      प्रगति
      घमण्डले हुँदैन
      सोचमा कहिले छुँदैन !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [१०]
      निरन्तर
      गरे प्रयास
      असम्भव भन्ने हुँदैन !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [११]
      त्याग
      गरेमा जीवनमा
      सफल अवश्य अन्तमा !
    • सुरेश न्यौपाने
      [१२]
      बाख्रो
      चढ्यो रुखमा
      सुखा खडेरीको दुःखमा !
    • विवश पारदर्शी
      झापा,
      [१३]
      इच्छाशक्ति
      उन्नतिकाे गाेरेटाे
      लाग्याे दायाँबायाँ नहेरी !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [१४]
      चिया
      बेचेर पनि
      हुन्छन् मानिस धनी !
    • नागेन्द्रप्रसाद यादव
      [१५]
      बाँच्न
      गर्दैछु सङ्घर्ष
      रुखमा चढेर नाँच्न !
    • शोभा आचार्य गौतम
      काठमाडौँ
      [१६]
      ख़तरा
      कठिन प्रयास
      जीबन भोक प्यास !
    • मधुसूदन रोल्पा
      [१७]
      प्रयास
      फेर्ने काँचुली
      जहिले चुम्ने हिमचुली !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [१९]
      भोक
      रुख चढ्छ
      पेटको मुसा जो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [२०]
      लक्ष्यमा
      प्रयास गरेमा
      पुगिन्छ अगाडि सरेमा !
    • भगवती दवाडी, दमक, झापा
      [२१]
      भुइँ
      उजाड भयो
      लाग्यो आकाश हरियाली !
    • नन्दलाल आचार्य,
      सिद्धार्थटोल, उदयपुर
      हाल- एनेलकुटी, सिरहा
      [२२]
      चारो
      टुप्पोमा रहेको
      हुँदैन खान गाह्रो !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [२३]
      देश
      हुन्छ राम्राे
      एकता भए हाम्राे !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [२४]
      प्राणी
      जन्मेको संसार
      भोक मेटाउने आधार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [२५]
      सङ्घर्ष
      घाँसको निम्ति
      बाख्रा चढ्यो रुखमा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [२६]
      आँट
      हुँदा संसार
      सारा भरिपूर्ण हुन्छ !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [२७]
      यात्रा
      उकाला बाटाहरू
      काँचुली फेर्ने प्रयास !
    • हिमाल अम्मै
      घोडाघोडी, कैलाली
      [२८]
      प्रगति
      घमण्डले गर्दा
      हुने गर्दछ दुर्गति !
    • सरस्वती वली
      [२९]
      सफल
      निरन्तर गर
      कसैको भर नपर !
    • कला ढकाल, झापा
      [३०]
      प्रयास
      निरन्तरताको खाँचो
      खुल्छ असम्भवको साँचो !
    • तोयानाथ चापागाईं
      दमक, झापा
      [३१]
      मीठाे
      सफलताको शिखरमा
      भुइँ छाडेको आनन्द !
    • टीकाराम जाेशी, टीकापुर
      [३२]
      हिम्मत
      नपर्ख किस्मत
      हुनुपर्छ आफैँमा हिक्मत !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [३३]
      भोक
      गर्दैन ख्याल
      परिस्थिति ठाउँ समय !
    • समुन्द्रा शर्मा, सुनसरी
      [३४]
      भए
      प्रयास कडा
      भेटिन्छ आकाशका तारा !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३५]
      श्रम
      पेटका लागि
      एक निरन्तर कर्म !
    • कविता आचार्य, कैलाली
      [३६]
      कोशिस
      निरन्तर गर्नुपर्छ
      असम्भव पनि सम्भव !
    • दीपा समभाव, खोटाङ्ग
    Posted in ताजा अपडेट, मुख्य खबर, समाजTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला2 Comments on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६१ सम्पन्न

    पञ्चाङ्ग साहित्य समाज नेपालको चौथो वार्षिकोत्सव सम्पन्न

  • १६ असार २०८१, शनिबार १३:०७ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपालको चौथो वार्षिकोत्सव यही असार १३ गते सम्पन्न भएको छ । पाँचै तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठीक आधार,भन्ने मूल नाराका साथ मिति २०७९/०३/१३ देखि विधिवत दर्ता भई पञ्चाङ्ग लेखन यात्रा सुरुआत भएको थियोे । जुन यही असार ३ गते तेस्रो वर्ष पूरा गरी चौथो प्रवेशमा गरेको छ ।

    समाजले उक्त अवसरमा सम्पूर्ण कार्यसमिति परिवार, संरक्षक परिवार, सल्लाहकार परिवार, कानूनविद् परिवार, प्रेस सल्लाहकार परिवार र पञ्चाङ्ग स्रष्टाज्यूहरू लगाएत पञ्चाङ्गलाई यहाँसम्म ल्याउन साथ सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरूमा हार्दिक आभार प्रकट गरेको थियो ।

    उक्त अवसरमा विभिन्न पञ्चाङ्ग स्रष्टाहरूले आफ्नो शुभेच्छासहित पञ्चाङ्ग प्रस्तुत गर्नुभएको थियो ।

    🙏🙏पञ्चाङ्ग 🙏🙏🙏
    सधैं सबैलाई जोड्ने पुल बनोस् पञ्चाङ्ग।
    साहित्यको एकद्वार मूल बनोस् पञ्चाङ्ग।
    वार्षिक उत्सवमा दिन्छु शुभकामना म,
    मन्दिरमा सजाउने फूल बनोस् पञ्चाङ्ग।
    लामखुट्टे भगाउन झुल बनोस् पञ्चाङ्ग।
    🙏पञ्चाङ्ग:🙏
    सबैको मनमा बस्न सफल पञ्चाङ्ग।
    लेखाइमा पूर्ण कस्न सफल पञ्चाङ्ग।
    वार्षिक उत्सवको हार्दिक शुभकामना,
    खराब विचार डस्न सफल पञ्चाङ्ग।
    सफा हृदयमा फस्न सफल पञ्चाङ्ग।
    सुशीला पाैडेल

    सम्पूर्णमा पुन पञ्चाङ्गको प्रगति र उन्नतिको लागि शुभकामना दिनु हुन हार्दिक अनुरोध छ।
    🙏🙏🙏🙏🙏🙏
    पञ्चाङ्गबारे सल्लाहकार तोयानाथ सुवेदी दाजुको भनाइ सहित शुभकामना।।

    चाैथाे वर्ष प्रवेश गर्छ सहजै पञ्चाङ्गकाे याे विधा
    पाँचाै लाइनमा समाप्त गरिने हाे एकताकाे विधा
    मेराे याे शुभकामना छ सबमा लेख्नाेस् तपाईं पनि
    स्थायी एक रहन्छ चार सँग ता याैटा स्वतन्त्रै छ नि।
    (१)
    चाराेटा अनुप्रास निश्चित गरी राखेर लेख्ने गराैँ
    लेख्दा सुन्दर भाव झल्कन पुगाेस् भन्ने मनैमा धराैँ
    याे साहित्य समाजका कविरमा बिन्ती यही गर्दछु
    मेराे याे तन स्वस्थ भाे यदि भने पञ्चाङ्ग याे भर्दछु।
    (२)


    पञ्चाङ्गकाे उपविधा सुरु भएकाे आज ३ वर्ष पूरा भएकाे छ पञ्चाङ्गका प्रवर्द्धक साेमनाथ लुइँटेल र सुशिला पाैडेलाई धेरैले साथ दिँदै पञ्चाङ्ग लेखिरहेका छन्। याे वैदिक कालदेखि पञ्चाङ्ग आयुर्वेदमा र पात्राेमा उल्लेख हुँदै आएकाेमा अब काव्यकाे जगत्मा पनि उदाएकाे छ। याे वार्षिकोत्सबकाे अवसरमा सम्पूर्ण पञ्चाङ्ग परिवारलाई हार्दिक बधाई तथा शुभकामना छ।पञ्चाङ्गले यसैगरी सधैँ सार्थकता पाओस्  भन्दै १ पञ्चाङ्ग प्रस्तुत गर्दछु । जय साहित्य,धन्यवाद

    🙏पञ्चाङ्ग 🙏
    पञ्चाङ्गले मेराे पनि मन छुन्छ सधैँ
    नानाथरी तानाबानाहरू बुन्छ सधैँ
    धेरै शुभकामना छ मेराे सबैलाई
    लेख्नाेस् स्थायी अनिवार्य यस्मा हुन्छ सधैँ
    अनुप्रास मिलाएर राम्राे तुन्छ सधैँ।
    तोयानाथ सुवेदी
    २०८१/०३/११

    पञ्चाङ्ग साहित्य समाज बिधिवत रुपमा दर्ता भएर अाज ३ बर्ष पार गरि चौथो बर्षमा प्रबेश गरेको छ।
    यस पञ्चाङ्ग साहित्य समाजका प्रवर्द्धक लगायत कार्यसमितिका पदाधिकारीहरुको मेहनतबाट अाज यो संस्थाले अरु साहित्य विधाले जस्तै अग्रगति लिईरहेको छ।
    अागामी दिनहरुमा पनि यसरिनै छलाङ्ग मार्दै जावस र सम्पुर्ण पञ्चाङ्ग स्रष्टाहरुले पनि साथ दिनु हुनेछ भन्ने विस्वासका साथ यो पावन अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछु।

    🙏पञ्चाङ्ग 🙏
    ******
    दिन  प्रतिदिन  पञ्चाङ्ग  चुली रहेको छ।
    गाउँ घर  बस्ती बस्तीमा  डुली रहेको छ।
    छोटो मीठो लेखनीको बिदा भएर होला।
    स्रष्टाहरुको   यहाँ मन   भुली  रहेको छ।
    त्यसैले त अाज पञ्चाङ्ग खुली रहेको छ।
    **********
    मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा
    सल्लाहकार

    पञ्चाङ्ग साहित्य  समाजले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।यश कार्यसमितिका पदाधिकारीहरुको मेहनत ,संघर्षको कदर गर्दै ,आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
    🙏पञ्चाङ्🙏
    शुभकामना पञ्चाङ्ग साहित्य समाज देख्न पाउँदैछौं उचाईमा
    स्रष्टाले खोजेजस्तै समाज रोजेजस्तै मलम लाउँदैछौं उचाईमाव
    घमण्ड नगर्नु कहिल्यै ठाउँ बलियो  तोड्न सक्दैन कसैले भनी
    निराश पनि नहुनु अब जुन अगाडि  उठाउँदैछौं उचाईमा
    मेहनतले एकजुट भइ नछोडौ  लेख्न छाउँदैछौं उचाईमा
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    🙏पञ्चाङ्ग 🙏
    चौथो बर्ष प्रवेशको शुभकामना भन्छु तिमीलाई
    गहन  काव्य बिधाको गणनामा म गन्छु  तिमीलाई
    निखारेर लेखेमा कुन बिधा पो नराम्रा छन् र यहाँ
    साधनाले  शिखर चुमोस् आशिर्वाद  कन्छु तिमीलाई
    समेटिउन्  जीवन्का उकाली ओराली भन्छु  तिमीलाई!

    कमला देवकोटा , पाल्पा
    🙏शुभकामना🙏
    पञ्चाङ्ग साहित्य  समाज नेपाल ले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!

    🙏पञ्चाङ्ग 🙏
    अक्षर-२५

    पञ्चाङ्ग तिमी ७९-३-१३मा आयौँ संम्बृद्धिको साथमा शुभकामना बन्दै,
    आउनु है सगरमाथा झैँ उच्च तिमीले माथमा शुभकामना बन्दै।
    शुभ जन्मदिनको शुभ आसिस अटल,अम्मरको तिमीलाई आज,
    ज्योति छर्दै दिनहरु चलाउनु कलम हातमा शुभकामना बन्दै ,
    तिमीले सुर्य सरि प्रकाश छर्नु सबको गाथमा शुभकामना बन्दै।
                
                  दुर्गा अाचार्य

              🙏🙏 शूभकामना 🙏🙏
    हार्दिक बधाई छ पञ्चाङ्ग परिवार । साहित्यको यो नयाँ प्रयोगले धेरै नयाँ तथा स्थापित साहित्यकारहरूलाई नयाँ ढंगले साहित्य सिर्जना गर्दै समाजमा रहेका विकृति विसंगति माथि प्रहार गर्दै जनचेतना जगाउने कार्यमा सहयोग पुर्‍याइरहेको छ । आगामी दिनहरूमा अझै सशक्त बन्दै निरन्तर अगाडि बढिरहोस् । शुभकामना ।
    दुर्गा अधिकारी भमरकोटे

    पञ्चाङ्ग साहित्य नेपाल तीन वर्ष  पूरा गर्दै चार वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पञ्चाङ्ग साहित्य परिवारमा हार्दिक बधाई  साथै शुभकामना व्यक्त गर्द्छु🙏🙏

    🙏शुभकामना🙏
    पञ्चाङ्ग साहित्य नेपाल तीन वर्ष  पूरा गर्दै चार वर्षमा प्रवेश गरेकोमा सम्पूर्ण पञ्चाङ्ग साहित्य परिवारमा हार्दिक बधाई  साथै शुभकामना व्यक्त गर्द्छु 🙏🙏

    🙏🙏पञ्चाङ्ग 🙏🙏
    सधैँ सगरमाथा झैँ गम्भिर् रहोस्।
    हिमाल जस्तै नै यहाँ चम्कि रहोस्।
    सधैँ एकताले अगाडि बढ्नु पर्छ,
    सदाको दिन अगाडि लम्की रहोस्।
    सधैँ पञ्चाङ्ग साहित्य सम्झि रहोस्।
      बेदु न्यौपाने 🌹🌹

    🙏🙏शुभकामना पञ्चाङ्ग 🙏🙏
    सर्जकको मनभित्र फुलोस् पञ्चाङ्ग
    गाउँबेंसी पखेरामा डुलोस् पञ्चाङ्ग
    पञ्चाङ्गलाई दिदैँछु  शुभकामना
    मेचीदेखि कालीसम्म झुलोस् पञ्चाङ्ग
    घामजस्तो जूनजस्तो  खुलोस् पञ्चाङ्ग

    पुष्पाञ्जली

    🙏🙏पञ्चाङ्ग शुभकामना तिमीलाई 🙏🙏

    समाजका विकृतिलाई हटाउन आउ पञ्चाङ्ग तिमी !
    गगनको कालो बादल फटाउन आउ पञ्चाङ्ग तिमी !
    पाँचै तत्व पाँचै विकार साहित्यमा तिम्रो मूल नारा !
    साहित्यिक मन भित्र  अटाउन आउ पञ्चाङ्ग तिमी !
    सर्जकको सिर्जित रचना पटाउन आउ पञ्चाङ्ग तिमी !
    विष्णु भट्टराई विभु
    संरक्षक
    🙏🙏 शूभकामना🙏🙏
    पञ्चाङ्ग साहित्य  समाज नेपालले तीन बर्ष पुरागरि चौथो बर्षमा प्रवेश गरेको छ।आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जावस् ,साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरु प्रति उच्च सम्मान प्रदान गर्दै आजको बार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
    🙏🙏पञ्चाङ्ग 🙏🙏
    सबैको मनमा फुलोस् पञ्चाङ्ग।
    सारा विश्वभर डुलोस् पञ्चाङ्ग।
    पञ्चाङ्गलाई छ शुभकामना,
    गीत र लयमा झुलोस् पञ्चाङ्ग।
    चन्द्रमा जस्तै खुलोस् पञ्चाङ्ग।
    ह्यारिस

    हार्दिक शुभकामना
         आज @पञ्चाङ्ग साहित्य समाज नेपाल तेस्रो बर्ष पूरा गर्दै चौथो बर्षमा प्रवेश गरेको दिन । यहाँसम्म सबै जना पञ्चाङ्गका स्रस्टाहरूलाई हार्दिक अभिवादन र धन्यवाद छ । अबका दिनमा हामीहरूले पञ्चाङ्गलाई अझै उचाइमा पुर्याउनु हजुरहरूको साथ र सहयोगको उपक्षेया राख्दै । सम्पूर्ण पञ्चाङ्गका  मित्रहरूमा म अस्वस्थ भएतापनि तपाईहरू सबैबाट साथ पाएको छु साथै कार्यसमिति तथा अभ्यास अनि ग्रुपमा रहनुहुने सम्पूर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
    प्रवर्तक
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    🙏🙏शुभकामना🙏 🙏
    पञ्चाङ्ग साहित्य समाज नेपालकाे चौथो बार्षिक उत्सवमा उन्नति प्रगति सु स्वास्थ्य ,दीर्घायुकाे हार्दिक  मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
    नियमित रूपमा पञ्चाङ्ग लेखेर सहयोग गर्ने , सल्लाह दिएर उत्साह थप्ने , वाचन गरेर रङ्ग भर्ने ,पढेर स्वाद लिने , बेला बेलामा झुल्केर उज्यालो दिने ,तेल थपि थपि पञ्चाङ्गलाई निभ्न नदिने, र प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहय गर्नु हुने  शुभ चिन्तक, पञ्चाङ्ग प्रेमी , सबै सबमा हार्दिक आभार प्रकट गर्दछु ।
    यहाँहरुकाे साथ सहयोगले पञ्चाङ्ग विधा मौलाउन सकेको छ र भाेलिका दिनमा अझै दत्तचित्तकन साथ लाग्नु हुनेछ भन्ने अपेक्षा छ ।🙏🙏🌹🌹🌹
    🙏🙏पञ्चाङ्ग 🙏🙏
    शुभकामना   छ  अनगिन्ती   लटरम्म   फलाेस भन्छु
    जगतलाई   उज्यालो   दिन   झलमल्ल बलाेस भन्छु ।
    मनाउँदै    छु पञ्चाङ्ग    तिम्रो जन्म दिन केक काटेर,
    कलम न्यायका निमित्त त्यो  अविरल चलाेस भन्छु ।
    हुनु पर्छ तिमी चिरञ्जीवी ग्रहले  न  छलाेस भन्छु ।

    भवानी घिमिरे
    सर्लाही
    🙏🙏 शूभकामना🙏🙏
    चौथो वार्षिक उत्सवको शुभकामना व्यक्त गर्दछु। पञ्चाङ्ग साहित्य समाजमा जोडिनु हुने सम्पूर्ण साहित्यप्रेमी महानुभाव तथा कार्यसमिति परिवारमा मेरो हृदयदेखि शुभकामना छ। जय होस् सबैको । साहित्य तोड्ने होइन जोड्ने माध्यम हो । सबैमा नमस्कार
    छवि वैरागी घिमिरे
    संरक्षक

    🙏🙏पञ्चाङ्ग 🙏🙏🙏
    शुभकामना छ सधैं चम्किरहोस् पञ्चाङ्ग।
    साहित्यलाई लिएर लम्कीरहोस् पञ्चाङ्ग।
       पाँचलाईन,बराबरी अक्षरहरुमा
    सुन्दर शब्दमा सधैँ झम्किरहोस् पञ्चाङ्ग,
    नबिर्सिनु है कहिल्यै गम्कीरहोस् पञ्चाङ्ग।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    🙏🙏पञ्चाङ्ग 🙏🙏
    तीन बर्ष पार गर्यौ असिम बर्ष पार गरोस् सजिलै।
    साहित्यमा पाठकको मन जितेर जोश भरोस् सजिलै।
    चौथो वार्षिकोत्सवको शुभकामना पञ्चाङ्ग विधालाई,
    विश्वभर आफ्नो सकारात्मक विचारहरु छरोस् सजिलै।
    फलोस् फूलोस् उन्नतिले कठिनाइका खोला तरोस् सजिलै।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    🙏🙏शुभकामना👍🙏
    पञ्चाङ्ग विधा कविता तिमी , साहित्य समाज
    सलल बग्यौ तेजिलाे धार , साहित्य समाज।
    चौथाेमा वर्ष टेकेछौ तिमी , कामना हजार
    श्वदेशै भरि झाँगिनु तिमी , साहित्य समाज
    प्रेरणादायी पञ्चाङ्ग तिमी , साहित्य समाज ।
    तीर्थ राज जोशी

    पञ्चाङ्ग
    तेस्रो वर्ष पुरा गरी चौथो वर्ष प्रवेश गरेको शुभकामना
    साहित्यिक हृदयमा मीठा शव्दायोजन छरेको शुभकामना
    यसका रसास्वादनले तृप्त रहुन् जनमानस अनन्तकाल
    अनेकौं वहस माझ पनि सफलताले चरेको शुभकामना
    हर निबमा सरस्वती माताको आशिष भरेको शुभकामना ।
    शर्मिला श्रेष्ठ सल्लाहकार
    ललितपुर

    👉🙏🙏 पञ्चाङ्ग 🇧🇹🙏🙏
    पाँच तत्व मिलाइ  लेख्ने पञ्चाङ्ग
    शब्दै शब्द सिलाइ लेख्ने पञ्चाङ्ग
    ठिक  आधार  जानेर  पञ्चाङ्ग नै
    अभिप्राय दिलाइ  लेख्ने पञ्चाङ्ग
    पूर्ण भाव पिलाइ  लेख्ने पञ्चाङ्ग।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग साहित्य  समाज नेपालले तीन वर्ष पुरागरि चौथो वर्षमा प्रवेश गरेको छ । आगामी दिनहरुमा पनि प्रगति उन्नति हुँदै जाओस् ! साथै सम्पुर्ण पञ्चाङ्ग लेख्ने स्रष्टाहरुप्रति उच्च सम्मान प्रदान गर्दै आजको वार्षिक उत्सवका अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !!
    🙏🙏🙏पञ्चाङ्ग 🙏🙏
    साहित्यको   सुन्दर बाग बनोस् पञ्चाङ्ग
    कल्कलाउँदो मिठो साग बनोस् पञ्चाङ्ग
    मोहित पारोस् दुनियाँ आफ्नो सुस्वादले,
    अनुपम   गीतको  राग  बनोस्  पञ्चाङ्ग
    साहित्य पारखीको माग बनोस् पञ्चाङ्ग ।
    ✍️
    वसन्त अनुभव,  प्रेस सल्लाहाकार
    घोराही, दाङ

    🙏🙏पञ्चाङ्ग 🙏🙏

    सबैको मन र मुटुमा     बसेको छौ पञ्चाङ्ग
    साहित्यको मूल धारमा कसेको छौ पञ्चाङ्ग
    नयाँ  नयाँ साहित्यकार बटुल्दै जानु तिमी
    हामी जस्ता सिकारुसंग फसेको छौ पञ्चाङ्ग
    सञ्जालबाटै सबैमाझ पसेको छौ पञ्चाङ्ग |

    सरिता सेढाई धादिङ

    🙏🙏पञ्चाङ्ग 🙏🙏
    केही राम्रा कुरा पनि भए पहिला
    मनका मयल पखाली गए पहिला
    जहाँ पनि हुन्छ तिता मिठा कुराहरु
    ख्याल छ कस् कसले के के कए पहिला
    अव राम्रो बिचार गर्नु तए पहिला

    सुमित्रा पोखरेल काठमाडौं

    “पञ्चाङ्ग”
    सबैको मन मन्दिरमा नै झुलोस् यो पञ्चाङ्ग
    झरी पछिको आकास जस्तै खुलाेस् याे पञ्चाङ्ग
    चौथो बर्षको लाखौ शुभकामना संग सगै
    लेक बेसी तराईसम्म नै डुलाेस् याे पञ्चाङ्ग
    हजारौ  बर्षसम्म नै फलोस् फुलोस् यो पञ्चाङ्ग।

    नानीबाबा अधिकारी
    काठमाडौं

    Posted in खेल, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज नेपालको चौथो वार्षिकोत्सव सम्पन्न

    साताका उत्कृष्ट झिल्काहरू

  • १६ असार २०८१, शनिबार १०:१० मा प्रकाशित

  • [१]
    १.
    कतै छ पानी
    कतै छ सुख्खा
    मिल्दैन मौसमको भविष्यवाणी ।
    २.
    डुब्न लागिसक्यो घाम
    महिना छ असारको
    आली हिलोको काम ।
    ३.
    समय आफैँले छोप्नुपर्छ
    पर्खँदैन कसैलाई यसले
    समयमा धान रोप्नुपर्छ ।
    ✍️

    सतीश पण्डित

    [२]
    १.
    सुधारौँ आफ्नो बानी
    अरूको क्षति चाहँदा
    आफ्नै हुन्छ हानी ।
    २.
    सधैँ नम्र बोल्नू
    रुखो बोलेर हुँदैन
    बोलीमा मह घोल्नू ।
    ३.
    आफ्ना लागि बाँच्नू
    अरूको पिर नगरी
    आफ्ना खुसी साँच्नू ।
    ✍️
    काजल न्यौपाने

    भोजपुर।

    [३]
    १.
    असारे राेपाइँ गरेर
    सबै किसान मिली
    राखौँ अन्न भरेर ।
    २.
    प्लास्टिकले शरीर छाेपौँ
    असार पन्ध्रमा रमाउँदै
    छुपुछुपु धान राेपौँ ।
    ३.
    असारे गीत गाएर
    काम गरौँ खेतमा
    अचार राेटी खाएर ।
    ✍️
    रबि पाैडेल

    दक्षिण भारत

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू

    साउदी अरबको जेद्दा सिजनमा प्रमोद, केकी,र रिमा आउने ।

  • १५ असार २०८१, शुक्रबार १३:१० मा प्रकाशित
  • साउदी : साउदी अरेबिया जेद्दा सिजनमा नेपालको पनि सहभागिता हुने भएको छ। आउँदो २६ जुलाई २०२४ बाट सुरू हूने यो सिजनमा नेपालसँगै भारत, पाकिस्तान, बङ्गालादेश, फिलिपिन्स, मुलुकहरूको सहभागिता हुने भएको हो।

    नेपालको प्रदर्शन १६ अगस्ट २०२४ शुक्रबारका दिन इक्वेस्ट्रियन पार्कमा रहनेछ। साथै प्रदर्शनी का लागि नेपालबाट कलाकार प्रमोद खरेल, केकी अधिकारी,र रिमा विश्वकर्मा आउने भएका छ्न्।

    सिजनमा नेपाली मौलिकता झल्कने गरी गायन र नृत्य द्वारा नेपालको प्रर्दशन गरिने छ।
    जसको आयोजना साउदी सरकारद्वारा परिचालित जी ई ए (क्रस कल्चर)ले गरेको छ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, मुख्य खबर1 Comment on साउदी अरबको जेद्दा सिजनमा प्रमोद, केकी,र रिमा आउने ।

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०१

  • १३ असार २०८१, बुधबार १७:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय एक अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०१ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०३/१०
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    के भयाे भन्नेहरूकाे लर्काे लाग्याे।
    सधैं सधैं टाेकसाेले झर्काे लाग्याे।
    कुनै पल खुशी कुनै पल दुख,
    सिउँदाेमा सिन्दुरको धर्काे लाग्याे।
    अब याे जिन्दगी पनि अर्काे लाग्याे।
    सुशीला पाैडेल
    पञ्चाङ्ग:०२
    अन्धकारमा जीउन सजिलो कहाँ जताततै ठोकिदै जान्छ।
    आधार खोजेर हिड्दा समेटिन गाह्रो जिब्रो टोकिदै जान्छ।
    सम्हाल आफुलाई लापरबाहीले काम बिग्रन सक्छ हेर,
    जीवनको परिभाषा नबुझी कचकच गर्दा रोकिदै जान्छ।
    अलमल नगरी अगाडि बढे कहानी आफैं बोकिदै जान्छ।
    अम्बिका अधिकार
    झापम बिर्तामोड

    पञ्चाङ्ग:०३
    फूललाई पातले बनायो ।
    दिनलाई रातले बनायो ।
    मानिस हुदैँन उसै ठुलो ,
    राम्रो साेच बातले बनायो ।
    कर्मवीर हातले बनायो ।

    भवानी घिमिरे
    सर्लाही।

    पञ्चाङ्ग:०४

    तातो हावा चलेर शरीर गलेको छ।
    आगो जस्तै बाहिर श्री सूर्य बलेको छ।
    कामै गर्न सकिंदैन के गरेर खानु,
    छोराछोरी भोकै रुन्छन् मन जलेको छ।
    हेर्दा हेर्दै बेहोस भै कैयौं ढलेको छ।

    सरिता सेढाईं धादिङ

    पञ्चाङ्ग:०५
    आमा आफ्नै नाउँले चिनिएकी छु।
    जन्म गाउँ ठाउँले चिनिएकी छु।
    नमानु है पिर आमा कत्ति हजुरले,
    आफ्नै कर्म पाँउले चिनिएकी छ।
    हजुरकै छाँउले चिनिएकी छु।

    सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:०७
    असारमा घाम चर्किएर आउँछ।
    वर्षायाम पानी दर्किएर आउँछ।
    बराबर घामपानी भए पो राम्रो,
    कोही मान्छे यहाँ झर्किएर आउँछ।
    हली खाजा खाँदा सर्किएर आउँछ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०८
    बर्षासँगै खेतमा झरेका खेताला,
    बिहानीमा हरियै भरेका खेतला,
    बर्षाले रौनक ल्याउछ जगतमा,
    एकअर्काको दुःख हरेका खेताला,
    धान रोपाइँ गर्न सरेका खेताला।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०९
    अशक्तलाई दिइ दान हिँड्नु छ।
    सबैलाई दिएर मान हिँड्नु छ।
    भन्नेले जे भनुन् फरक पर्दैन,
    नेपालीको गाएर गान हिँड्नु छ।
    देखाएर नेपाली शान हिँड्नु छ।
    ह्यारिस
    पञ्चाङ्ग:१०
    समय परिवर्तन हुँदै आएको बेलामा
    कसले साथ दिन्छ अप्ठ्यारो छाएको बेलामा
    जस्तोसुकै परिस्थिति आफैँले भोग्नु पर्नेछ
    औडाहा लाग्छ एकान्तै गीत गाएको बेलामा
    अन्यथाले मन कता कता लाएको बेलामा ।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    पञ्चाङ्ग:११
    रहस्यमय हत्याकाण्डका खाेल्नेछन् राज ती।
    निर्धक्क भएका अपराधी बाेल्नेछन् राज ती।
    आशा भराेसा ठूलो न्याय पाउन् ती पीडितले,
    प्रहरी प्रशासन चुस्त भै छाेल्नेछन् राज ती।
    जनता सुशासनमा रही पाेल्नेछन् राज ती
    राजेश भण्डारी
    गुल्मी
    पञ्चाङ्ग:१२
    प्रचण्ड गर्मीले जीउ गलेकोछ
    धरामा बिजन बिउ गलेकोछ
    यो पर्यावरणीय बिषमताले
    पुस महिनामै घिउ गलेकोछ
    माघमा नलाग्दै हिउँ गलेकोछ!

    कमला देवकोटा, पाल्पा

    पञ्चाङ्ग:१३
    सेवा बिना मातापिताको लाग्ला सराप यहाँ।
    जीवनमा हाम्रो पर्नेछ जहिले ताप यहाँ
    माता पिता जस्तै कोही छैनन् दयालु जगमा
    चित्त दुखे बेकार गर्नु छ करकाप यहाँ
    पितृको श्राप परेमा छैन फलिफाप‌ यहाँ ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०१

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

  • १३ असार २०८१, बुधबार ०७:०२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको २३ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
    —++—

    …
    १,
    मौसमी चाल चाले
    बाँझोमा उम्रिन्छन् आशाहरू
    पसिनाले उमार्न थाले ।
    २,
    खुट्टा तान्नु पहिले
    आफ्नो पाइला चालौँ
    हातमा फल जहिले ।
    ३,
    पाखुरी होस् स्थायी
    लक्ष्यित योजना बनाए
    यात्रा बन्दछ फलदायी ।

    • म्यामराज राई, भोजपुर
      …
      १,
      हजारौँ फूलहरू फुलिरहे
      सुन्दर ती बगैँचामा
      कति भमराहरू डुलिरहे।
      २,
      लेखिराखौँ हरेक चरण
      पुराना दिनका कथाहरू
      झिल्काले गराउॅंछ संस्मरण ।
      ३,
      जिन्दगी नाटक हो
      हामी अभिनय गर्दैछौँ
      सत्पात्र बन्ने को ?
    • दीप गोले तामाङ, चन्द्रपुर, रौतहट
      …
      १,
      मौसम अनुसारको काम
      नगरी नहुने यता
      छैन जाने ठाम।
      २,
      भइन्जेल पाखुरीमा बल
      उमेर पुगेपछि नसकिने
      जोसुकैले पनि हलचल।
      ३,
      पाइन्छ खोज्दा रहलपहल
      पाखुरी बजार्दा सबैले
      हातमा आउँछ फल।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      …
      १,
      मौसमको हलचल हुँदैछ
      थिएन पानीको आशा
      असारे मनसुन छुँदैछ ।
      २,
      मानो रोपेर मुरी
      अन्न फलेर आए
      लाग्ला सुनको धुरी ।
      ३,
      फलाउँछ मानव अन्न
      धान्न मानव जिन्दगी
      ईश्वर रहेछन् धन्न ।
    • बेदु न्यौपाने
      …
      १,
      दाम छैन गोजीमा
      कसो गर्ने होला ?
      छु कामको खोजीमा |
      २,
      खान पाइॅंदैन बसेर
      अल्छी भयौँ भने
      हिॅंडौँला पेट कसेर |
      ३,
      मनसुनले घात गर्‍यो
      कतै सुख्खा अति
      कतै पहिरो झर्‍यो ?
    • सरिता सेढाई धादिङ
      …
      १,
      सम्बन्ध बीचको पहिरो
      बाह्य आँकलन नगर्नु
      असर यसको गहिरो ।
      २,
      परदेसिनु बाध्यता थियो
      म फर्की आउँछु
      जलाई राख्नु दियो ।
      ३,
      आवश्यकताको पहाड देखेर
      म पनि परदेसिएँ
      जिम्मेदारी थाप्लोमा बेरेर।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग ,दार्जिलिङ
      …
      १,
      हुनुपर्छ पहिला आँट
      गर्न केही प्रगति
      दु:ख पीडा साटासाट ।
      २,
      राम बसे वनैमा
      केवल एक आदेश
      सिताजीलाई राखेर मनैमा ।
      ३,
      देखिॅंदैन बाहिरी चोट
      भित्री छिया छिया
      अर्धमृत भेटियो बोट ।
    • ईश्वर साउद, रामारोशन गाउँपालिका- ६, सुदुरपश्चिम अछाम
      …
      १,
      बस्नुपर्छ मानेर डर
      वर्षाको महिना सुरु
      प्रकृतिको हुँदैन भर।
      २,
      जीवन बिस्तारै चल्छ
      मिहिनेती बन्दै जाऊ
      गरे सुन फल्छ ।
      ३,
      नछाडौँ आफ्नो कर्म
      सबैलाई बचाउनु पर्ने
      किसानको ठुलो धर्म ।
    • शंकर कार्की, मकवानपुर
      …
      १,
      हुन्छ यहाँ बारम्बार
      महिलामाथि हुन्छ जहिले
      हत्या, हिंसा बलात्कार ।
      २,
      सुन्दा मन रुन्छ
      हाम्रो देशमा छाउपडी
      कहिले अन्त्य हुन्छ ?
      ३,
      बरु बढोस् सुनको
      बिन्ती गर्छु सरकार
      नबढोस् भाउ नुनको ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      नहुनु गल्ती भयो
      रिस थाम्न नसक्दा
      क्षति बढ्दै गयो।
      २,
      संसारमा दुई जात
      कतिको घरभित्र रोइलो
      परिवारभित्र देखिन्छ अन्तरघात।
      ३,
      कसैलाई हेपेर नबोलौँ
      समय एकनास हुँदैन
      अर्काको इतिश्री नखोलौँ।
    • चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
      …
      १,
      मानव हिॅंड्ने बाटोमा
      सफलता मिलोस् सधैँ
      हुर्की खेलेको माटोमा ।
      २,
      योग अभ्यास गरौँ
      शरीर फुर्तिलो बनाई
      मनमा खुसी भरौँ ।
      ३,
      बगैंचामा फूल फुल्छन्
      सुगन्धित फूलको बासनामा
      भमरा झुम्मिएर डुल्छन्।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे, भक्तपुर
      …
      १,
      हजारौँ फूल फुलिरहोस्
      मगमग बासन छरी
      सदाबहार जिन्दगीमा झुलिरहोस्।
      २,
      असारमा धन रोपाइँ
      चटारो भयो धेरै
      बाढीबाट ज्यान जोगाई ।
      ३,
      खेतालो छैन अब
      के गर्ने खै ?
      देशमा बुढाबुढी सब।
    • एवाइ प्रभात, सहिदभुमि धनकुटा
      …
      १,
      अन्जान बस्तीहरू ढल्दै
      गरिबी गाँसबास उठ्यो
      एकोहोरो भएर टल्दै ।
      २,
      समाउने हाँगो हुँदैन
      देखेन जनता रोएको
      नेतालाई छाँगाले छुँदैन ।
      ३,
      कति गर्छौ अत्याचार
      पालो गर्दै खाई
      कहाँ टुङ्गिन्छ भ्रष्टाचार ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      …
      १,
      देश बचाउ अभियान
      चाल्नु पर्छ सबैले
      भुल्न हुन्न स्वाभिमान।
      २,
      आत्मनिर्भर आफैँ बन्नुपर्छ
      दस नङ्ग्रा खियाई
      बाँझो खेत खन्नुपर्छ।
      ३,
      देशको सिङ्गो कथा
      टुलुटुलु हेर्छ सरकार
      कर्णालीको दर्दनाक व्यथा।
    • काजल न्यौपाने, भोजपुर
      …
      १,
      अकासमा उदाए जून
      जगमग उज्यालो गरी
      उद्यानमा फक्रिए प्रसून।
      २,
      अकेली एकान्त वनमा
      सुकुमारी शकुन्तला बसेकी
      निर्धक्क शान्त मनमा !
      ३,
      अषाढमा धान रोपाइँ
      पाकेपछी मङ्सिरमा काटेर
      गरौँला परालको दाइँ ।
    • विवश पारदर्शी, झापा
      …
      १,
      बोक्दैछु विदेशीको भारी
      मनभरि पीडा छ
      बाँझै घुरेनको बारी !
      २,
      पुगेछन् सत्तामा खुनी
      मरुभूमि तुल्य बनाए
      स्वर्ग जस्तो भूमि !!
      ३,
      हाँसो छैन ओठमा
      राक्षसको साम्राज्य भो
      बाढी पस्यो गोठमा ।
    • ऋजु दिल्पाली, इटहरी
      …
      १,
      मन भयो रसिलो
      सबै मिलेर एकता
      यो रहेछ कसिलो।
      २,
      सबै मेरो हुँदैन
      ईश्वरको आशीर्वाद सबैलाई
      दुःखले कसलाई छुँदैन।
    • नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
      …
      १,
      गूगलमा अन्न फल्दैन
      नानीहरू घोप्टिएर नबसौँ
      यसरी जीवन चल्दैन।
      २,
      खेतमा हलो चलाउनु
      सबैले आलस्य त्यागेर
      मानाको मुरी फलाउनु।
      ३,
      समयको सदुपयोग गरौँ
      आज पसिना बगाएर
      भोलि ढुकुटी भरौँ ।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      अविकसित हाम्रो गाउँ
      समस्याहरुले चित्कार छडेर
      देउराली रोएको ठाउँ !
      २,
      युवा परदेश पलायन
      तीन शब्दमा सिमित
      समस्यै समस्याको जीवन।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      …
      १,
      तातिइन् पृथ्वी पाल्नलाई
      रमाउँदैछन् किसान खेतीमा
      अनाज फलाउन थाल्नलाई ।
      २,
      एउटै ध्यान किसानको
      निस्वार्थ श्रम गर्दछन्
      अन्न ऐश्वर्य निसानको ।
      ३,
      जुधेर पृथ्वीसँग रमाई
      मस्किन्छिन् धर्ती जब
      देखेर कोदाली समाई ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      …
      १,
      मौसमी जलवायु चल्यो
      धर्ती सिॅंन्चित हुँदाखेरि
      फसल राम्रो फल्यो ।
      २,
      पाइला पाइला चालेर
      प्रगतिपथमा सबै लम्कौँ
      वैमनस्यता रिसराग फालेर ।
      ३,
      छन् खेतबारी बाँझो
      फेरि हराभरा बनाउन
      मिलाऔॅं हामीले चाँजो ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      किसान खेतमा डुलेको
      असारे झरि परेर
      सबै दु:ख भुलेको।
      २,
      पुर्वमा रोपाइँ हुँदैछ
      बेलैमा पानी परी
      किसानले हिलो छुँदैछ।
      ३,
      सिमसिम पानी परेको
      काधमा कोदाली बोकेर
      बेँसीतिर ओराली झरेको ।
    • कला ढकाल, झापा
      …
      १,
      महिना यो असार
      रोपिन्छ धान खेतमा
      चलेकै छ घरबार।
      २,
      माटोमा पसिना बगाई
      माटोमै जीवन बिताउँछन्
      बाली अनेक लगाई।
      ३,
      पहिला आफू बाँचेर
      अरूलाई पनि बचाउँछन्
      राख्दैनन् तिनले साँचेर।
    • सतीश पण्डित
      …
      १,
      कृषिमा ल्याए आधुनिकता
      उत्पादन हुन्थ्यो धेरै
      त्यागे सामन्ती मानसिकता ।
    • लोक वहादुर छेत्री लामिछाने, मोदी गा पा २ देउपुर, पवत
      …
      १,
      सिमसिमे पानी परेको
      कुट्टो कोदाली बोकी
      बेँसी खेत झरेको ।
      २,
      बेँसी खेत धाउॅंदै
      गरौँ काम मज्जाले
      असारे गीत गाउॅंदै ।
    • वेल थोकर तामाङ, बकैया _८, मकवानपुर
      …
      १,
      को छ अजम्बरी
      जन्मेको हो मर्न
      बाँचिॅंदैन त सधैँभरि ।
      २,
      घाम सङ्ग छायाँ,
      ट्याक्कै परपुरक जस्तो
      दोहोरो हुन्छ माया ।
    • शम्भु गजुरेल
      …
      १,
      बाँकी जस्ताको त्यस्तै
      अचेलको ताजा खबर
      छैन पहिलेको जस्तै।
      २,
      शोषण गर्छन् श्रमिकमाथि
      काम अनुसारको दाम
      पाइॅंदैन भन्छन् साथी ।
      ३,
      नभई नहुने पानी
      निकास नभएको खण्डमा
      बर्खामा गर्छ हानी ।
    • पृथक प्रकृति ,झापा
      …
      १,
      भनेर पनि नहुने
      जिन्दगी रहेछ दोधारको
      मनले पनि नछुने ।
    • प्रेम थापा “मन”बागलुङ “
      …
      १,
      आगो र पानी
      नमिल्ने एकापसका पूरक
      यस्तै सोच्छे सानी ।
      २,
      भाग्यको पछि लागेर
      कर्मशील बन्न नसके
      पाइन्न केही मागेर ।
      ३,
      भोकले भोजन मागेछ
      परिबन्दमा फँसेर पो
      नखाएको विष लागेछ ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
      …
      १,
      धान रोप्ने बेलामा
      घामा लाग्यो टलल
      जाउ साँइली मेलामा ।
      २,
      ब्याडे दाई आए
      हातमा बिउ लिई
      रोपाहारले रोप्न पाए ।
      ३,
      किसान हामी रमाउॅंदै
      खेतबारीमा गएर हेर
      हलो जुवा समाउॅंदै ।
    • बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
      …
      १,
      लुकेर हान्छौ जहाँ
      जीवन जान सक्छ
      प्रत्यक्ष आऊ, यहाँ ।
      २,
      झुठको तिम्रो खेती
      कहिले सुध्रिन्छौ तिमी
      दुनियाँले छुँदा तेति ।
      ३,
      यहाँ मौसम फारेको
      पानी आउँदैन होला
      हेर किसान हारेको !
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      …
      १,
      मौसम भयो आहा !
      ऋतु रोपाइँको पनि
      किसानको यत्ति चाहा ।
    • नागेन्द्रप्रसाद यादव
      …
      १,
      पनौतीको हिले जात्रा
      खानुपर्छ मिलाएर फल
      चिउली केराको मात्रा !
      २,
      मानो रोपेर मुरी
      फलाउनु पर्ने बेला
      नहुनु कोही दूरी ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      …
      १,
      बर्सात नहोला जस्तो
      सुक्न लागेछ गराहरू
      रोपाइँ नहुँदा कस्तो ।
      २,
      बीउ उखेलेर सारा
      पानीले धोका दियो
      मनसुनको कस्तो पारा ।
      ३,
      आकाशको भरमा खेती
      बादललाई कति पर्खनु
      उमेर ढल्केछ सेती ।
    • भगवती दवाडी ,झापा
      …
      १,
      टाढ़ा नजिकका भेटियो
      हात समाई रमाउँदै
      झिल्काले सबैलाई समेटियो।
      २,
      झरी नयनको कुनामा
      कसैले नदेखी खस्यो
      आफ्नै दौराको तुनामा।
      ३,
      जिन्दगीको गोरेटो साह्रो
      धोका खाँदै हिॅंड्नुमा
      जिउनु एकदमै गाह्रो।
    • अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ
      …
      १,
      धान रोप्नुपर्छ भनेर
      बिदेश हिॅंडेको उनी
      रुपियाँ देखाउँछन् गनेर ।
      २,
      सबैको मन रिझाउन
      सकिन्न रहेछ कहिले
      थाल्दछ चसक्क बिझाउन ।
      ३,
      रिसाएको जस्तो मुहार
      एकपटक मुस्काउन भन्छु
      मागेर फेरि गुहार ।
    • मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा
      …
      १,
      पानी पर्यो आज
      बाटो छ हिलो
      नभेटौँ है साँझ।
      २,
      मनमा माया अपार
      साथमै लैजाऊ मलाई
      एक्लै रुन नपार ।
    • साबित्री प्याकुरेल, धादिङ्
      …
      १,
      कर्मयोगी हुन्छ किसान
      गर्दैन फलको आशा
      चाहिॅंदैन भवन आलिसान ।
      २,
      गर्नुपर्छ धेरै कष्ट
      प्रकृति बन्छ शत्रु
      गर्छ उपज नष्ट ।
      ३,
      उत्पादन गर्छ अन्न
      खुवाउॅंछ टन्न सबैलाई
      पर्छ जमिन खन्न ।
    • डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      सङ्गत अनुसारको फल
      अवश्य मिल्नेछ साथी
      तर नगर्नु छल ।
      २,
      देखियो मिठो सपना
      उपभोग गर्न पाइन्न
      ईश्वरको गर्नु जपना
      ३,
      श्रमिक निरोगी हुन्छ
      देश विकासको आधार
      विभेदले मन छुन्छ ।
    • प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
      …
      १,
      आयो रोपाइँको बेला
      खेल्छन् युवा युवती
      हिलो छ्याप्ने खेला।
      २,
      हुँदैन फुर्सद खाने
      एउटै कुरा ध्यानमा
      खेतमा सबरै जाने।
      ३,
      कोही रसिया गाउँछन्
      असारे गीतको पारखी
      गीत सुन्न धाउँछन्।
    • अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ, भारत
      …
      १,
      आषाढमा धान रोप्ने
      हिउँदमा पिरती लगाई
      हातमा नाम खोप्ने ।
      २,
      पाइला अगाडि चाल
      आउन सक्छ नजिकै
      बर्षातमा नदीको छाल ।
      ३,
      सफलता हात पार्न
      पर्छ अब सबैले
      खेतबारीमा मन सार्न ।
    • ललिता गिरी, सिन्धुली, हाल काठमाडौं
      …
      १,
      जोधाहा रहेछन् ओहो!
      दुष्ट नेतालाई जहिलेसुकै
      सत्ताको मात्रै मोहो l
      २,
      सकिएन गर्न जोहो
      कसरी भेटिन्छ कुन्नि
      छाक टार्ने गोहो l
      ३,
      आत्मनिर्भर बनौँ सबै
      परालम्बी भयौँ भने
      आनन्द मिल्दैन कबै l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      अल्छीलाई महान ठानिन्छ
      मुलुक सतीले सरापेको
      गर्नेहरूको खुट्टो तानिन्छ ।
      २,
      न्यायको मरिसक्यो आस
      दोषीलाई दिन्छ उन्मुक्ति
      निर्दोषलाई सधैँ कारावास ।
      ३,
      जिन्दगी हुन्छ जञ्जालमा
      तर राम्रो देखाइन्छ
      हेर सामाजिक सञ्जालमा ।
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      अस्पटलाग्दो छ पर्खाइ
      बुझिन्छ समयको मूल्य
      मनको अनौठो सोचाइ ।
      २,
      जिम्मेवारी कस्तो बाध्यता ?
      कर्तव्यबोधले थिचिएको जीवन
      गर्न नसकिने मध्यस्तता ।
      ३,
      अधुरो सपनाहरू लथालिङ्ग
      समेट्न खोज्दा खोज्दै
      जिन्दगी दोबाटोमा ठिङ्ग ।
    • दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ्ग
      …
      १,
      भोजन जुटाउन वर्षको
      असारमा रोपाइँ गरेर
      आयो समय हर्षको ।
    • लक्ष्मी रिजाल, रुपनगर, सप्तरी ।
      …
      १,
      ब्रह्माण्ड तातो भयो
      प्रलय हुन्छ भन्ने
      सबैको सातो गयो
      २,
      प्रकृतिलाई पनि गाह्रो
      नियम विपरीत गर्दिन्छन्
      बाँच्नलाई पनि साह्रो ।
      ३,
      घामपानी जस्तो भइदिऊॅं
      नत्र हुन्छ अप्ठ्यारो
      नियम अनुसार गइदिऊॅं ।
    • सविता भट्टराई, जनकपुर
      …
      १,
      मनभित्र पस्यो अशान्त
      हुरी बतास चलेर
      समय आयो दुःखान्त।
      २,
      हाँगा नहोस् समाउने
      टेक्नुलाई पाए भुईॅं
      त्यही उभिएर रमाउने।
    • राजनारायण राई, राजदल बस्ती सोनादह
      …
      १,
      असारे झरी पर्दैछ
      किसानलाई आफ्नै चटारो
      रोपाइँ गर्न झर्दैछ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      आयो असारे झरी
      रुझायो तन मेरो
      पग्लिएँ सुस्तरी सुस्तरी ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी, धादिङ
      …
      १,
      आगोलाई नठानौँ सानो
      हेलचक्राई गरेको हामीले ,
      जलाई दिन्छ छानो ।
      २,
      घरमा आगो लाग्दाखेरि
      बोलाऔॅं दमकल सबैले
      नोक्सान हुँदैन फेरि ।
      ३,
      आगोले ताप दिन्छ
      दुरुपयोग हुन गएमा,
      हाम्रो खुसी छिन्छ ।
    • सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
      …
      १,
      कुरीतिको मारमा पर्‍यो
      मानव समुदाय समाजमा
      नगर्ने काम गर्‍यो ।
      २
      विदेशीको दास सरकार
      देशको लगाम अन्तै
      शासन उस्तै व्यवहार।
      ३
      सरकारमा हुन्छ मारामार
      मुद्दा हुँदैन देशको
      गर्न नपाएर भ्रष्टाचार।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      …
      १,
      मादकतामा बैँसालु मन
      देखेपछि मेरो सामुमा
      तरङ्गियो यो मायालुपन।
      २,
      अनगिन्ती सपना सजाउँदै
      जीवनको उत्तरार्ध पनि
      आउँदैछ सारङ्गी बजाउँदै।
      ३,
      खहरे जसरी गडगडाउँदै
      आउँदैछ सरर सुसाएर
      बैँसालु वसन्त हडबडाउँदै।
    • घनश्याम पन्त, हरिवन सर्लाही
      …
      १,
      झिल्का लेखौँ तेसरी
      दुनियाँ हाँसोस् सम्झॅंदै
      पेट मिचिमिचि बेसरी ।
      २,
      दाम्लो बाट्नु चोयाको
      माया लगाउनु सोचेर
      हालत होला खोयाको।
    • होमप्रसाद नेउपाने, धरान,सुनसरी
      …
      १,
      अन्योलमा हुन्छु कहिले
      गन्तव्य भेट्न नसकी
      भौँतारिने गर्छु जहिले ।
      २,
      बहकिन मन हावामा
      तर पलपल पिल्सिॅंदै
      तातो रापिलो तावामा ।
      ३,
      प्रत्येक श्वासप्रश्वास गनेर,
      आशक्तिमै पो डुब्दैछु
      अजम्बरी शरीर भनेर ।
    • दीपा गुरुङ्ग (समभाव), खोटाङ्ग
      …
      १,
      आकाशमा जून तारा
      हेरेर रमाएका आफैँ
      खुसीमा दुनियाँ सारा
      २,
      नदीको कलकल पानी
      पानी सबैको जीवन
      सबैको आँखाको नानी
      ३,
      उकालीको बाटो राम्रो
      बस्तीहरू सदा हराभरा
      अनुपम गाउँघर हाम्रो
    • आर्त अकुलीन
      …
      १,
      शरीरभित्र छ पसिना
      मनसुन परिवर्तन हुँदा ,
      आए खेतमा असिना ।
      २,
      सफलताले पाइला चाले
      परिश्रम गर्दा जिन्दगीमा ,
      खुसीले हर्ष थाले ।
      ३,
      देशमा नेताको मोजमस्ती
      विकास नहुदाँ हजुर
      सुख्खा भो गाउँबस्ती ।
    • श्रीकृष्ण धामी – बझाङ
      …
      १,
      असार मासे गीत
      गाउनु पर्छ आई
      लाएर हिलोसँग मीत ।
      २,
      छैन फुर्सद खानलाई
      मुठीले मुरी उब्जाउन
      छिटो मेला जानलाई।
      ३,
      मेलो तयार भयो
      बाउसेले आली लाएपछि
      रोपाहार रोप्न गयो ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      छुपुछुपु धान रोपौँला
      पानी पर्यो भने
      पुरानो घुमले छोपौँला।
      २,
      मानो रोपेर मुरी
      असारको मङ्सिरमा भित्र्याउने
      नढाल्नु है हुरी ।
    • सङ्गीता खरेल, चन्द्रागिरी ८ काठमाडौ
      …
      १,
      वैदेशिक रोजगारको असर
      युवाहरू सबै विदेशमा
      वृद्धहरू मात्र गाउँघर।
      २,
      खेती गर्ने बेलामा
      बाँझो रह्यो खेतबारी
      कोही छैनन् मेलामा।
      ३,
      बाध्यता र रहर
      कस्तो बन्यो परिस्थिति
      रित्तिॅंदैछ गाउँ सहर।
    • ज्ञानबहादुर क्षत्री, सन्धिखर्क – २, अर्घाखाँची।
      …
      १,
      बेला असार मासको।
      गरौँ रोपाइँ छुपुछुपु
      खोलौँ सृजना सहकालको ।
      २,
      असारे झरी बेला
      अमूल्य प्रकृतिको वरदान
      भर्ने आस्थाको मेला ।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
      …
      १,
      मुठीबाट मानो फलाउने
      यसरी काम गरेर
      कृषकले जीवन चलाउने ।
      २,
      अरूको कुरा काट्न
      छोड सबै जाऔॅं
      खेतबारीमा पसिना साट्न ।
      ३,
      छत्री घुमले छोपेर
      पानी परेको बेला
      रमाउँछौ धान रोपेर ।
    • लक्ष्मण देउवा डोटी
      …
      १,
      फुलेको सुन्दर फूल
      नफक्रेको कोपिला टिप्ने
      नगर्नु है भूल ।
      २,
      बगैंचा बिरुवाले भरौँ
      स्वस्थ जीवन बाँच्नलाई
      नित्य कर्म गरौँ ।
      ३,
      देखिन्छ सुन्दर सप्तरङ्ग
      मनको मैलो हटाई
      पर्नुपर्छ हामी दङ्ग ।
    • जयनारायण नेपाल, इलाम (हाल सूर्यविनायक २, बालकोट भक्तपुर)
      …
      १,
      यो असारको महिना
      रोप्ने धान मैले
      पुछ्दै निधारको पसिना ।
      २,
      टन्टलापुर घाम चर्को
      हिलोमा छुपुछुपु रोप्छु
      धान नमानी झर्को।
      ३,
      हातमा बीउ समाई
      गुनगुनाई असारे भाका
      खेल्छु हिलो रमाई।
    • रुना कर्माचार्य दाहाल ,चितवन
      …
      १,
      काम ठग्ने राजयोगी,
      पाउँछ उसले पृष्ठपोषण,
      दिक्दारमा छन् भुक्तभोगी।
      २,
      पहाडका बेँसी टार
      गाउँघर बाँझै खाली
      मेटिॅंदैछ हाम्रो सार ।
      ३,
      शासकले खेरै फाले
      स्रोतहरू अनुपम नेपालको
      धमाधम छोड्न थाले।
    • मनोहरी पौडेल, गैडाकोट १, नवलपरासी वसुपू
      …
      १,
      मन्द मुस्कानको ओठ
      बिर्सन पीडाका चुस्की
      मनभरि चुलिएको चोट ।
      २,
      स्वप्न नगरको सपना
      चाहना रमरम नशाको
      बिर्सन्न यथार्थ कपना ।
    • ममता पौडेल, बुढीगङ्गा- मोरङ
      …
      १,
      मान्छेको स्वभाव घमण्डी
      स्वार्थको सीमा नाघ्दछ
      हुन्छ क्षति उग्रचण्डी ।
      २,
      बर्खायाममा बाढी, पहिरो
      लापरबाही गर्दा मान्छेले
      प्रकृतिलाई दुख्छ गहिरो ।
      ३,
      क्षतिको हिसाव नगरौँ
      दैवीप्रकोप न्यून गर्न
      होसियारीसाथ काम गरौँ ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      …
      १,
      रहरमा बाँध बाँधेर
      ओठमा मुस्कान भर्दछु
      हाँसो, आँशु साँधेर।
      २,
      असारे भाका मेलामा
      घन्कियो गैरी खेतमा
      रोपाइँ गर्ने बेलामा।
      ३,
      खेतमा धान रोपियो
      असार गई मङ्सिर
      महिनाको आस बोकियो ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      …
      १,
      अक्सिजन हाम्रो प्राण
      रुख जीवन हाम्रो
      खानाले बढ्छ त्राण ।
      २,
      नारी पुरुष बराबरी
      भेदभाव नगर्दा राम्रो
      जीवन चल्छ सराबरी।
      ३,
      रुँदै जीवन जाला
      अल्छी भाव सङ्गाल्दा
      दु:ख वर्षाउने चाला ।
    • हिरालाल न्यौपाने ,बानपा ८, कोटमौला सल्यान
      ::::::::जय झिल्का साहित्य ! ::::::::::
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २३ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

  • १२ असार २०८१, मंगलवार २२:१६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको २० औँ शृङ्खला (मनसुन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर समध्वनीक हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————


    [१]
    १//
    उधुम गर्मीको आहत
    एकाएक प्रवेश मनसुनको
    भयो तनमनमा राहत ।
    २//
    गर्मी कतै झरी
    प्रकृतिको एकछ्त्र राज
    गर्दै हिँड्छ मनपरी ।
    ३//
    भगवान् तिम्रै भर
    नहोस् मानवीय क्षति
    बाढी पहिरोको डर ।
    ✍️
    वसन्त अनुभव, घोराही, दाङ
    ————-==———–
    [२]
    १//
    जतासुकै चल्छ भनसुन
    त्यसैले आउन यसपालि
    गाह्रो मान्दैछ मनसुन ।
    ✍️
    दीपा समभाव, खोटाङ्ग
    ————-==———–
    [३]
    १//
    जताततै वर्षा भेल
    म कसरी बुझौँ
    दैवको यो खेल ।
    २//
    किसानलाई बन्यौ सहारा
    अनेकौँ रूप तिम्रो
    कसैको तिमी हत्यारा ।
    ३//
    कोही छन् रमाएका
    सर्वस्व गुमाउनेहरू चाहिँ
    बलिन्द्र आँसु बगाएका ।
    ✍️
    विमल खतिवडा माइला, सिलगढी, भारत
    ————-==———–
    [४]
    १//
    गर्जन्छ मेघ खहरे
    मल हाले लहरिन्छ
    खेतमा तरकारी लहरे ।
    २//
    परेको परेकै झरी
    भन्दैछन् काफल पाक्यो
    हाँगामा बसेर चरी ।
    ✍️
    बिके मुखिया, दार्जीलिङ, भारत।
    ————-==———–
    [५]
    १//
    प्रकृतिप्रदत्त यो मनसुन
    भित्र्याउनलाई चाहेको बेला
    लाग्दैन कसैको भनसुन ।
    २//
    बनाएर रेखा बक्र
    आउँछ मनसुन घुम्दै
    बनाउँदै न्यूनचापिय चक्र ।
    ३//
    आउँछ कहिले झाडीबाट
    प्राकृतिक लीला अचम्मको
    आउँछ बङ्गालको खाडीबाट ।
    ✍️
    डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा ।
    ————-==———–
    [६]
    १//
    कति पर्खनु मनसुन
    धैर्यको बाँधै चर्कियो
    चल्छ कि भनसुन ?
    २//
    विक्षिप्त बन्यो पश्चिम
    प्रकृति हुँदा पक्षपाती
    नहुँदा वर्षा सिमसिम !
    ✍️
    चिरञ्जीवी ढकाल, नेपालगन्ज -२० राँझा एयरपोर्ट बाँके
    ————-==———–
    [७]
    टारी खेतमा पानी
    मनसुन सुरू भयो
    कृषिमा गरौँ लगानी ।
    ✍️
    मन्दिरा सेढाई, मलेखु,धादिङ
    ————-==———–
    [८]
    १//
    धेरै भयो गर्मी
    वायुमण्डल नै खल्बलाएर
    किन बन्छन् अकर्मी ?
    २//
    विदेशमा मनसुनको भर
    फरक हुन्छ दिनमै
    तर नमान्नु डर ।
    ३//
    एकनास नहुँदा मनसुन
    बाढी पहिरोको डरले
    नपरोस् कसैले रुन ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन!
    ————-==———–
    [९]
    १//
    मनसुन सुरु भयो
    अन्त्य कैले हुने ?
    धेरै बाढी गयो ।
    २//
    जटिल मौसम परिवर्तनले
    चट्याङ झरेको धेरै
    मान्छे मर्‍यो बिजोगले ।
    ३//
    विकासले विनाश ल्यायो
    देश गरिब बनाएर
    जनता लाटो बनायो ।
    ✍️
    एवाइ प्रभात, सहिदभुमि धनकुटा
    ————-==———–
    [१०]
    आकाशमा उडे कर्याङ्गकुरूङ
    मनसुन आएन तैपनि
    खडेरीले मकै खर्याङ्गखुरूङ ।
    ✍️
    सुरेश कार्की, हाल सिड्नी अष्ट्रेलिया
    ————-==———–
    [११]
    १//
    आउँदै मनसुन जल
    छन् किसान खेतबारीमा
    पाइँदैन बिउ मल ।
    २//
    गर्जँदै आयो मनसुन
    छैन मल बिउ
    चल्छ निकै भनसुन ।
    ✍️
    मन थापा, पोखरा २१ कृस्ती
    ————-==———–
    [१२]
    १//
    तिमी वर्षादको पानी
    म मनसुनी हावा
    गर्मी भयो सान्नानी ।
    २//
    आँखामा गाजल लगाऊ
    चमक्क चम्काउँदै बिजुली
    तिमी मनसुनमा रमाऊ ।
    ✍️
    होमप्रसाद नेउपाने, धरान,सुनसरी ।
    ————-==———–
    [१३]
    मनको मिठो झरी
    सम्झना गराउँछ तिम्रो
    सायद बर्खामा परी ।
    ✍️
    नीमा छिरिङ भोटिया, जलढका कालेबुङ
    ————-==———–
    [१४]
    १//
    माैसममा आधारित खेत
    राहत भएन किसानलाई
    सरकारको खुलोस् चेत !
    २//
    जलवायु परिवर्तनकाे असर
    कसर छाेडेनन् किसानले
    तर उत्पादन पसर ।
    ३//
    जलवायु परिवर्तनकाे न्युनीकरण
    उत्थानीकरण गर्नुपर्छ मिली
    हुन्छ वातावरणकाे सबलीकरण ।
    ✍️
    डिल्लीराज (राजेन्द्र) भुसाल
    सन्धिखर्क-२, कुर, अर्घाखाँची
    ————-==———–
    [१५]
    १//
    खेतबारी हुँदैछ रसिलो
    प्रकृति खुल्दैछ हराभरा
    मनसुन भइदियो ढिलो ।
    २//
    तात्तिनु पर्छ किसान
    छ अन्न उब्जाउनु
    गरेर भूमिमा श्रमदान ।
    ✍️
    भुपेन्द्र राना मगर, धादिङ
    ————-==———–
    [१६]
    १//
    परेको परेकै पानी
    मनसुन आगमन हुँदैछ
    खुसी छिन् सानी ।
    २//
    मनसुनको महिना असार
    धान रोपाइँको चापाचाप
    नपर्नु बसेर लम्पसार ।
    ३//
    माना रोपेर पाथी
    धानको रोपनी गरौँ
    परमा चलाउनु साथी ।
    ✍️
    मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा ।
    ————-==———–
    [१७]
    १//
    पूर्वमा वर्षाको भेल
    बस्ती डुबानमा परेको
    कस्तो दैवको खेल ।
    २//
    आकाशे पानीको भर
    गर्नुपरेको छ किसानलाई
    नपरेमा हुनेछ डर ।
    ३//
    मनसुन सक्रिय बन्दैछ
    सजक रहन सरकारले
    सबैलाई सूचना भन्दैछ ।
    ✍️
    कला ढकाल, झापा
    ————-==———–
    [१८]
    १//
    चर्काे लाग्यो घाम
    मनसुनको भर नहुँदा
    भएन खेतमा काम ।
    २//
    बल्ल मनसुन आयो
    वर्षा सुरु हुँदा
    मनमा खुसी छायो ।
    ३//
    कतै वर्षा झरी
    मौसमकाे भर छैन
    बस्ने पो कसाेगरि।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे, मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    ————-==———–
    [१९]
    १//
    सुखदुःख भयो मनसुन
    एकैनासको छैन केही
    चट्याङ बाढी अवगुण ।
    २//
    मान्नुपर्छ प्रकृतिको चलन
    मान्छेको हुँदैन हातमा
    भएपनि कुनै दलन ।
    ३//
    किसानलाई झन् खुसी
    मनसुन बन्यो राहत
    हराभरा एकदम भूमि ।
    ✍️
    पृथक प्रकृति ,झापा
    ————-==———–
    [२०]
    भित्रिएछ यहाँ मनसुन
    हुनेछ धान रोपाई
    प्रभुले गरेका भनसुन ।
    ✍️
    कार्की डिबी माकुम
    ————-==———–
    [२१]
    १//
    मन भयो छिन्नभिन्न
    आगोझैं तातो रापले
    हिँडे पङ्खा किन्न ।
    २//
    मनसुन सुरु भयो
    पानीको बहावमा
    राप सेलाएर गयो।
    ३//
    झमझम पानी पर्यो
    गर्मी लजाउँदै हजुर
    अलिअलि पछि सर्यो ।
    ✍️
    शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ————-==———–
    [२२]
    १//
    पानी नपरेरै सतायाे
    पसिना बगेकाे छ
    मन निकै अतायाे !
    २//
    बादल पानी पठाइदेउ
    निकै कठिनाई भयाे
    समस्या तिमी हटाइदेउ !
    ३//
    असारकाे खेती लगाऔँ
    खेती राम्रो बनाएर
    कृषकले समस्या भगाऔँ !
    ✍️
    रबि पाैडेल, दक्षिण भारत पाण्डेचरि।
    ————-==———–
    [२३]
    १//
    भएन राम्रो मनसुन
    काम गर्न नेपालमा
    चाहिन्छ राम्रो भनसुन।
    २//
    प्राणीको तागत भर्दछ
    मनसुन समयमा भए
    समस्या सबै टर्दछ ।
    ३//
    मनसुनले बन्छ जीवन
    सर्वत्र ल्याउँछ यसले
    जीवन जगतमा परिवर्तन।
    ✍️
    सतीस पण्डित
    भानु६ चुँदी तनहूँ
    हाल चनपा६ मातातीर्थ
    ————-==———–
    [२४]
    १//
    आयो असार मास
    मनसुन सुरुवात हुने
    हुन्छ सबैको आस ।
    २//
    वन बनाए घडेरी
    मनसुन सुरु नहुँदा
    लागे सर्वत्र खडेरी ।
    ✍️
    कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
    ————-==———–
    [२५]
    आहा ! बादल वर्षियो
    पर्‍यो चट्याङ झिलिक्क
    मेरो मनै तर्सियो ।
    ✍
    नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ।
    ————-==———–
    [२६]
    सक्रिय बन्दैछ मनसुन
    प्रकृति मात्रै यस्तो
    चल्दैन कसैको भनसुन ।
    ✍️
    शंकर कार्की, मकवानपुर।
    ————-==———–
    [२७]
    १//
    बाहिर पानी परेको
    किसान खुसी भएर
    हर्षका आँसु झरेको ।
    २//
    सक्रिय भयो मनसुन
    गर्नुपर्दैन अब कसैलाई
    बाली लगाउनलाई भनसुन ।
    ३//
    आकासे पानीको भर
    पहाडका किसानको जिन्दगी
    सोचेभन्दा हुन्छ पर ।
    ✍️ देवकृष्ण
    ————-==———–
    [२८]
    १//
    चल्छ नेपालमा मनसुन
    वित्यासै पार्छ कहिलेकाहीँ ,ल
    बाँच्नै गर्नुपर्छ भनसुन ।
    २//
    तराई डुबाउने भलले
    पहाड पहिरोले क्षति
    माटो भिज्दैन मलले ।
    ३//
    संसारको अनुपम देश
    उचाइमा विविधता हुँदा
    सिके बसाइँ वेश ।
    ✍️
    मनोहरी पौडेल, गैडाकोट १
    ————-==———–
    [२९]
    १//
    कुद्छ बुट्टा कर्मीले
    अस्वस्थ बनाइदियो हेर
    यहाँ सबैलाई गर्मीले ।
    २//
    सुरु भयो असार
    पर्नसकेको छैन पानी
    सुक्दैछ खोला बगर ।
    ३//
    तातो चर्को घाममा
    पसिना बगाउँदै किसान
    व्यस्त छन् काममा ।
    ✍️
    दिप गोले, चन्द्रपुर-१पौराई रौतहट
    ————-==———–
    [३०]
    १//
    आउदैछ तुफानी मनसुन
    कताकता सुन्दैछु मैले
    मिल्नेभए गर्नहुन्थो भनसुन ।
    २//
    सास फेर्नै गाह्रो
    खै कसरी बाँच्ने
    पानी नपरी साह्रो ।
    ३//
    कतै सुनिन्छ पहिरो
    हामीलाई भयो जातिबिती
    मनसुन आओस् गहिरो ।
    ✍️
    सुनगाभा पोखरेल
    ————-==———–
    [३१]
    १//
    प्राकृतिक प्रकोप मनसुनमा
    जीवन आफैँ समालौँ
    चेतनाको मीठो धुनमा ।
    २//
    समय बितेर रुनुमा
    पीडा मात्रै सकिन्छ
    विपत्तिले अनायसै छुनुमा ।
    ३//
    भयानक रूपमा देखिन्छ
    खेलाँची नसम्झौँ यसलाई
    सतर्कताले दुर्घटना छेकिन्छ।
    ४//
    झुट होइन लेखेको
    मैले यस्ता घटनाहरू
    आफ्नै आँखाले देखेको।
    ५//
    मनसुनको गीत गाएको
    हल्कामा नलिनु कहिल्यै
    जनचेतनाको निम्ति सजाएको।
    ✍️
    अन्मोल मुस्कान, तकदाह छाउनी, दार्जिलिङ।
    ————-==———–
    [३२]
    १//
    तिमी झरी आउछाै
    र मेरो पेटमा
    शक्तिको दिप जलाउछाैै ।
    २//
    तिम्रो तागत मनसुन
    कति छ कति
    तिर्न नसकिने गुन ।
    ✍️
    ईश्वर साउद (भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ————-==———–
    [३३]
    १//
    सबैले मौका छोप्नु
    मनसुन सुरु भयो
    मिलेर धान रोप्नु ।
    २//
    असार मासको बेला
    खेतमा काम गर्छन्
    भएर सबै भेला ।
    ३//
    पर्‍यो मुसलधारे पानी
    बाढी पहिरो गएर
    पुर्‍याउँछ होला हानी ।
    ✍️
    अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत।
    ————-==———–
    [३४]
    १//
    प्रकृतिको खेल मनसुन
    आउँछ आफ्नै खुसीमा
    कसैको चल्दैन भनसुन ।
    २//
    गर्मीले पसिना बगेको
    मनसुन धर्तीमा आउन
    एक्कासी वर्षा खसेको ।
    ३//
    गर्मीले तितरबितर आहत
    प्राणी प्रकृतिको भरमा
    वर्षाले दियो राहत ।
    ✍️
    बेदु न्यौपाने
    ————-==———–
    [३५]
    १//
    कस्तो अचम्म आज
    मनसुन बद्लिएर आयो
    जताततै गर्दै राज ।
    २//
    न्याय दिने काम
    कर्तव्य हो सबैको
    गरौँ मिली रोकथाम ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ।
    ————-==———–
    [३६]
    १//
    मौसम ऋतु अनुसार
    कहिले प्रचण्ड गर्मी
    कहिले आउँछ तुषार ।
    २//
    वनस्पति हाम्रो आधार
    आएर मनसुन समयमा
    कृषिमा आओस् बहार ।
    ✍️
    सुस्मिता अधिकारी ,काठमाडौँ
    ————-==———–
    [३७]
    १//
    बल्लतल्ल भित्रियो मनसुन
    हर्षको साथ किसानहरू
    गुनगुनाउछ्न् आफ्नै धुन ।
    २//
    आउनेछ बाढी पहिरो
    जोगाउन गाह्रो ज्यान
    नेपालीको पीडा गहिरो ।
    ✍️
    वेल थोकर तामाङ, मकवानपुर //बस्तिपुर
    ————-==———–
    [३८]
    १//
    सुन्दैन कसैको भनसुन
    सबै सतर्क रहौँ
    बदलिँदै आयो मनसुन।
    २//
    खोलातिर नजानुस् जानीजानी
    पहिरोको जोखिम छ
    पर्दैछ सबैतिर पानी ।
    ✍️
    चुडामणी देबकोटा, पुरानो नैकाप काठमाण्डौ
    ————-==———–
    [३९]
    १//
    जोखिममा छ घर
    मनसुन भित्रियो देशमा
    पहिरो जाने डर ।
    २//
    पानि पर्‍यो अति
    जताततै पहिरो गएर
    जनधनको भयो क्षति।
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ
    ————-==———–
    [४०]
    १//
    गर्मी यसपालि जस्तो
    बढेर नजावस् फेरि
    मौसम बिग्रियो कस्तो ।
    २//
    मनसुनी वर्षा लागेर
    दर्केर पर्यो पानी
    आयो उत्साह जागेर ।
    ३//
    रमाउँदै लगाउने बाली
    रोपेर धान खेतमा
    उब्जाउने टन्न यसपालि ।
    ✍️
    पुष्पा राई, ऐसेलुखर्क, खोटाङ ।
    ————-==———–
    [४१]
    १//
    कता अल्मलियो मनसुन
    बढेर ताप सूर्यको
    छट्पटिए तारा जून ।
    २//
    आउँछ छिट्टै पानी
    लामो खडेरी पर्दा
    आत्तिने हाम्रो बानी ।
    ✍️
    पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके।
    ————-==———–
    [४२]
    १//
    सुरु भयो मनसुन
    किसानको मुहारमा हाँसो
    मनमा मीठो धुन ।
    २//
    लाग्दैन अब जून
    वर्षा सुरु भयो
    निरन्तर मनसुनको धून ।
    ३//
    बाधीले पहिरो जान्छ
    सचेत बनौँ सबै
    घरखेत नै लान्छ ।
    ✍️
    साबित्री प्याकुरेल, धादिङ्ग।
    ————-==———–
    [४३]
    १//
    बादल गर्जँदै आयो
    गर्‍यो जलले स्पर्श
    धर्तीमा खुसीयाली छायो ।
    २//
    मनसुन सुरु भयो
    प्रचण्ड राप हेर
    शीतल भएर गयो ।
    ३//
    मुसलधारे पर्दा पानी
    सबैलाई लाग्यो डर
    बाढी, पहिरोको हानी ।
    ✍️
    रुना कर्माचार्य दाहाल ,चितवन
    ————-==———–
    [४४]
    १//
    याे वर्षकाे मनसुन
    कृषक पट्यारीमा दिक्दारीमा
    कसैकाे लागेन भनसुन ।
    २//
    टन्टलापुर घाममा चराहरू
    आवाज सुनिँदैन ढुकुरकाे
    सुकेर चर्किए गराहरू ।
    ३//
    माैसम बिग्रिएर राेगहरू
    रित्तिँदैछन् भकारी किसानका
    बढ्दैछ चिन्ता शोकहरू ।
    ✍️
    हिरालाल न्याैपाने ,बानपा ८, काेटमाैला सल्यान
    ————-==———–
    [४५]
    १//
    मनसुन यता सरेन
    असार लाग्दा पनि
    अझै पानी परेन l
    २//
    मनसुन पूर्वतिरै लुक्यो
    सहन नसकी घाम
    खेतीपाती सबै सुक्यो ।
    ३//
    कतै वर्षे भेल
    जथाभाबी धर्ती भत्काउदा
    बिग्रियो प्रकृतिको तालमेल l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ————-==———–
    [४६]
    १//
    मनसुन सुरु भयो
    कसरी कटाउनु बर्खा
    जताततै बाढीपहिरो गयो |
    २//
    चाहिने भन्दा अति
    पानी पर्‍यो भने
    हुन्छ धेरै खति |
    ✍️
    सरिता सेढाई धादिङ
    ————-==———–
    [४७]
    १//
    उपयुक्त माैका छाेपाैँ
    मनसुन भित्रिएको बेला
    जुटेर धान राेपाैँ ।
    २//
    भएर हामी भेला
    चलाउनुपर्छ अब साथी
    धान राेपाइँकाे मेला ।
    ३//
    देखिन्छ प्रकृति रसाएकाे
    मनसुन आएर हाेला
    खुसीले पानी खसाएकाे ।
    ✍️
    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
    ————-==———–
    [४८]
    १//
    मनसुन बल्लतल्ल आयो
    त्यसैले गर्दा हजुर
    गाउँमा खुसी छायो ।
    २//
    धनबिरेले काम पायो
    मनसुनले गर्दा नै
    जानुकीसँग मायापिरती लायो ।
    ३//
    चौतारीको पसले मर्यो
    समय जति सबै
    खेतबारीले जफत गर्यो ।
    ✍️
    नन्दलाल आचार्य, बेलका-२, सिद्धार्थटोल, उदयपुर । हाल- एनेलकुटी, सिरहा ।
    ————-==———–
    [४९]
    १//
    कृषिप्रधान मेरो देश
    पानी आउने आशमा
    किसानको फुलिसक्यो केस ।
    २//
    उतैबाट आउनुपर्छ मनसुन
    देश कसले चलाउने
    त्यतैबाट आउँछ भनसुन ।
    ३//
    सधैँ छ्याप्छौ हिलो
    एक गरो रोपेर
    देखाउँछौ किन फिलो ?
    ✍️
    पशपती राई, खोटाङ ।
    ————-==———–
    [५०]
    १//
    चर्को लागे घाम
    घाम लागेको बेला
    गर्नुहुँदैन है काम ।
    २//
    अलिकति लागेछ झरी
    राेपाइँको बेला हजुर
    खेतमा सबैको मनपरी ।
    ३//
    किसानलाई पानीको भर
    मनसुन सफा नहुदाँ
    बाढी, पहिरोको डर ।
    ✍️
    श्रीकृष्ण धामी – बझाङ
    ————-==———–
    [५१]
    १//
    पूर्वमा मनसुन सरेको
    आयो असार नलाग्दै
    बेसरी पानी परेको ।
    २//
    आकाश गर्जिन्छ स
    आकाश कालोनिलो गरी
    मनमा लाग्यो डर
    चट्याङ पर्दा बेसरी ।
    ✍️
    दुर्गा आचार्य, मोरङ
    ————-==———–
    [५२]
    १//
    खेतीमा हुन्छ डर
    मनसुनी वर्षाको पनि
    छैन कुनै भर ।
    २//
    सुख्खा यो वर्ष
    मनसुन गडबड भयो
    छैन मनमा हर्ष ।
    ३//
    सुख्खा बादल झरी
    मनसुनको ठेगाना छैन ।
    दुख हुने सधैँभरि ।
    ✍️
    जयनारायण नेपाल, इलाम हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर
    ————-==———–
    [५३]
    १//
    मनसुन आयो भन्छन्
    गर्मीले पराकाष्ठा नाघ्यो
    महिना औॅलामा गन्छन् ।
    २//
    गर्मी कि झरी
    मार्न लाग्यो आजकल
    बॅाच्ने के गरी ।
    ३//
    किसान आत्तिएका छन्
    मनसुन आयो होला
    बीऊ मासियो झन् ।
    ✍️
    राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
    ————-==———–
    [५४]
    १//
    आयो मनसुनी पानी
    खडेरीले सताएको बेलामा
    गरौँ खेतमा लगानी ।
    २//
    गर्जेर आयो पानी
    मान्छे कृषिप्रधान देशका
    उकासौँ है जिन्दगानी ।
    ३//
    मनसुन सुरु जब
    गर्मीको चाप पनि
    बिस्तारै सेलाउँदैछ अब ।
    ✍️
    दुर्गा भट्टराई, मोरङ
    ————-==———–
    [५५]
    कतिको ज्यान लियो
    यो गर्मीले गर्दा
    खाली नोक्सानी दियो ।
    ✍️
    सनत रोकाय बिवश, कुशे गा.पा ८, जाजरकोट
    ————-==———–
    [५६]
    मनसुन समय जस्तो
    हुँदैन अरू समय
    फलेछन् धान कस्तो ।
    ✍️
    गंगाराम यादव, औरावनी २ सुनसरी
    ————-==———–
    [५७]
    १//
    वर्षातको धैर्यता टुट्यो
    मनसुन कहाँ गयो
    गर्मीले मुटु फुट्यो ।
    २//
    कतै बाढी भेल
    असारे खेत भरी
    कतै धुलोको खेल ।
    ३//
    डाँडा ढाकेको कुहिरो
    कर्मयोगी किसानको मर्म
    पहाडमा आएको पहिरो ।
    ✍️
    धनमाया चौधरी, कैलाली
    ————-==———–
    [५८]
    आयो बङ्गालको खाडीबाट
    मनसुन झुक्काएर वहने
    कसरी जोगिने बाढीबाट !
    ✍️
    लोक बहादुर छेत्री
    ————-==———–
    [५९]
    १//
    हृदयलाई विदारक बनाउँछ
    कतिको घरवार उठाउने
    मनसुनमा मानिस हराउँछ ।
    २//
    मनसुन आवश्यक भएको
    हाँसो रोदनको वर्षा
    बाढीको चपेटामा परेको ।
    ३//
    तागत साहस मनसुनको
    नेताकै रूप लिएका
    चलन नसुन्ने भनसुनको ।
    ४//
    कसैको जिन्दगी अचेतमा
    बाढी पहिराले पीडित
    कमिशन चल्छ बजेटमा ।
    ✍️
    घनश्याम पन्त, हरिवन सर्लाही
    ————-==———–
    [६०]
    वर्षियाे असारे झरी
    धरा रजाेवती भइन्
    उब्जाउनु बीउ छरी ।
    ✍️
    प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे
    ————-==———–
    [६१]
    १//
    जतिसुकै बाढी पहिरो
    सुन्छु आजकल हेर
    सरकार किन बहिरो ?
    २//
    मनसुनले हसायो किसान
    पानीले भरियो खेतबारी
    रोप्छन् किसानले धान ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ ४ झापा
    ————-==———–
    [६२]
    १//
    वर्षाले गरेकाे कमालमा
    हेरिबसे वर्षातमा म
    आउनेछु हेर सहकालमा ।
    २//
    गीत गाउँदै मेला
    धान रोप्ने चटारो
    बल्ल पर्‍यौ फेला ।
    ✍️
    भाेलामान बर्देवा, धरान ८ सुनसरि
    ————-==———–
    [६३]
    १//
    बाली लगाउन राम्रो
    परे अति पानी
    नोक्सान हुन्छ हाम्रो ।
    २//
    सिमसिम पानी पर्दा
    बाली राम्रो हुन्छ
    किटनासक औषधी छर्दा ।
    ३//
    पानीले जीवन दिने
    साउनको भेलले नै
    हाम्रो ज्यान लिने ।
    ✍️
    सीमा कार्की समर्पण, मेलचोक पर्सा, नेपाल
    ————-==———–
    [६४]
    १//
    मनसुन छौ कहाँ
    आकाश खाली देख्छु
    आँसु मात्रै यहाँ ।
    २//
    धानको बीउ डढिसक्यो
    वर्षा आउने आशामा
    किसानको जाँगर मरिसक्यो ।
    ३//
    आधा असार भइसक्यो
    पानी पर्ने आशामा
    रोप्ने बेला गइसक्यो ।
    ✍️
    सविता भट्टराई, जनकपुर
    ————-==———–
    [६५]
    १//
    काम बन्ने भनसुनले
    आफ्नै परिवेश वातावरण
    नेपालकाे वर्षा मनसुनले ।
    २//
    जय ! किसान नारामा
    बस्नुपर्ने छ किसानले
    सधैँ पानीविनाको धारामा ।
    ३//
    बेवास्ता मथेर नेती
    गर्छन् किसान दुःख
    मनसुन पर्खेर खेती ।
    ✍️
    रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ————-==———–
    [६६]
    १//
    अवश्य पानी पर्छ
    राम्रो गर्छ मनसुनले
    चारैतिर वर्षा छर्छ ।
    २//
    चारैतिर मनसुन छायाे
    किसान ती साराका
    खुसीकाे दिन आयाे ।
    ✍️
    उर्मिला के.शी., धनकुटा
    ————-==———–
    [६७]
    १//
    मनसुन एकनासकाे रहेन
    बाढी र पहिराेले
    किसानलाई शान्ति भएन ।
    २//
    कहिले चर्काे घाम
    कहिले पानी दर्कने
    कसरी हाेला काम ?
    ✍️
    सुन्दरी घिमिरे
    ————-==———–
    [६८]
    १//
    भएपछि बर्साद् मनसुन
    अन्नबाली राम्ररी फस्टाउने
    गर्नुपर्दैन कसैलाई भनसुन ।
    २//
    गर्छन् सबैले चर्चा
    लामो खडेरी पऱ्यो
    कहिले हुन्छ वर्षा ।
    ३//
    दर्कने पानी परेर
    बढेर जान्छन् खोलानाला
    आउनू होस गरेर ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ————-==———–
    [६९]
    १//
    बल्ल आयो मनसुन
    खुसी छन् किसानहरू
    गाउँदै असारे धुन ।
    २//
    घुम्टो लाग्यो हिमालमा
    चौतर्फी खुसी बाँडेर
    मनसुन भित्रीयो नेपालमा ।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”, पनौती न.पा.-३,काभ्रे ।
    ————-==———–
    [७०]
    अन्तरसम्बन्ध बनायो मनसुनले
    तर हाम्रो देशमा
    अस्थिरता जन्मायो भनसुनले ।
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    ————-==———–
    [७१]
    १//
    मनसुन बदलिँदै गरेको
    वर्षात् लागेर होला
    पानी धेरै परेको ।
    २//
    कृषकलाई खुसी पार्न
    मनसुन सुरू भयो
    पर्छ बिरुवा सार्न ।
    ३//
    मनसुन बदलिएर होला
    बढ्दै बढ्दै गयो
    घरको छेउको खोला ।
    ✍️
    लक्ष्मण देउवा, डोटी । हाल भारत चेन्नई
    ————-==———–
    [७२]
    १//
    वर्षात सुरु भयो
    महसुस हुँदैछ आज
    अब गर्मी गयो ।
    २//
    मनसुन नभएर गाउँमा
    बिरुवा मरेर गए
    सारेको रोपेको ठाउँमा ।
    ३//
    बुझिँदैन मनसुनको चाला
    बदलिँदो मनसुनको कारण
    बढ्दै गए खोलानाला ।
    ✍️
    ललिता गिरी, सिन्धुली । हाल काठमाडौँ
    ————-==———–
    [७३]
    १//
    ल्यायो मनसुनले पानी
    नाङ्गा ती पाखापखेरामा
    पुर्‍याउन सक्छ हानी ।
    २//
    ऋतु परिवर्तन हुँदा
    हुन्छ चिन्ता किसानलाई
    सुक्खा खडेरीले छुँदा ।
    ✍️
    नन्दा धामी, नौगड, दार्चुला
    ————-==———–
    [७४]
    १//
    रिमझिम मनसुन आयाे
    सारा धरती हरियाली
    किसानकाे आशा लहरायाे ।
    २//
    असारे भाका हाल्दै
    खेतमा राेपाहार रमाउँछ्न्
    मनमा विश्वास बाल्दै ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार।
    ————-==———–
    [७५]
    १//
    व्योम गर्जेर यसरी
    झर्दा पानीको बहाव
    तर्सिन्छ मन कसरी ।
    २//
    किसानलाई पानी चाहिन्छ
    पानी परे बर्खामा
    वर्षदिन खान पाइन्छ ।
    ३//
    मौसमी हावा चलेर
    क्षति कसैलाई नगरोस्
    बोटबिरुवा सबै ढलेर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ————-==———–
    [७६]
    १//
    अब भित्रियाे मनसुन
    हर्षित भई किसानहरू
    घन्काउँछन् असारे धुन ।
    २//
    हिलाेमा पिरती लगाई
    पन्ध्र असार मनाऔँला
    दही चिउरा खाई ।
    ✍️
    काेपिला अधिकारी, सिरानचाेक-७ गाेरखा
    ————-==———–
    [७७]
    मनसुनी वर्षाको प्रभाव
    खनजोत गर्नलाई समस्या
    खेतमा पानीको बहाव ।
    ✍️
    भगवती दवाडी

    —-<••:जय झिल्का! जय साहित्य!:••>—-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव1 Comment on विशेष झिल्का लेखन अभियानको २० औँ शृङ्खला ( मनसुन विषयक) सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P