विश्व नेपाली साहित्य महासंघ (विनेसाम), जापान शाखाको तेस्रो अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
दिइएको जानकारी अनुसार “विश्वभरका साहित्यकारहरू एकजुट हौँ, नेपाली साहित्यलाई समृद्ध बनाऔॅं ।” भन्ने नाराका साथ यही अगष्ट ११, आइतवारका दिन सिनोकुबो, टोक्योमा अधिवेशन हुन गइरहेको छ ।
कर्मथलो जापान बनाएर नेपाली कला र साहित्यलाई माया गर्ने सबैलाई समेट्दै आएको यस संस्थाले आफ्नो दुई कार्यकाल पूरा गरिसकेको छ । सोही अवसरमा सम्पूर्ण साहित्यिक सर्जकहरूलाई कार्यक्रममा सहभागी भई सिर्जना वाचनका लागि समेत आयोजकले आह्वान गरेको छ ।
जापान शाखाको कार्यसमितिमा मनोनित दुई जनासहित १९ जना सदस्यहरू रहने व्यवस्था छ । उक्त संस्थाका संस्थापक अध्यक्ष देवीबहादुर इङ्नाम हुनुहुन्छ ।
टुक्का साहित्य समाजले टुक्का कविताको पाचौँ वार्षिकोत्सव सँगसँगै पाँचौँ साधारण सभा र तेस्रो अधिवेशन शुक्रवार सम्पन्न गरेको छ ।
भर्चुअल माध्यमबाट अपरान्ह ५ बजेदेखि सञ्चालन गरिएको कार्यक्रम ३ घण्टा बढी चलेको थियोे । टुक्का साहित्य समाजकी केन्द्रिय सदस्य शोभा आचार्य गौतमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् चारु प्रवर्तक डा. देवी पन्थी, टुक्का प्रशिक्षक रामशरण न्यौपाने लगायतका महानुभावले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि डा.देवी पन्थीले हामीले हरेक कुरा आयात मात्र गर्नु भन्दा नेपाली भाषा साहित्यमा नै शुरुवात भएका टुक्का कविता, उदक, चारु, बाछिटा, खाेरिया, पञ्चाङ्ग, झिल्का, घुँगेत्राे जस्ता विधाहरूमा कलम चलाउँदै यसकाे विकास विस्तार गर्दै विश्वव्यापी बनाउनु पर्ने कुरामा जाेड दिनु भएकाे थियाे ।
कार्यक्रमको विशिष्ट अतिथिमा खोरिया प्रवर्तक जनार्दन अधिकारी धड्कन, टुक्का प्रशिक्षक रामशरण न्यौपाने, दीपा गुरुङ, अच्युत घिमिरे, शोभा आचार्य गौतम, रचना शर्मा प्रतीक्षा, सुस्मिता अधिकारी, होम प्रसाद नेउपाने, पुष्पा राई, रामप्रसाद पुरी, राजेश प्रसाद गड्तौला, हन्नाह क्षेत्री, मोती सुब्बा, पुष्पा सुवेदी, भगवती दुवाडी, भेष कुमारी लामिछाने, जमुना आचार्य कोइराला, देव गाहा मगर,राजकुमार भण्डारी,ममिता भण्डारी, बि.के. मुखिया लगायत ३ दर्जन बढी टुक्काकारहरू रहनुभएकोे थियोे ।
कार्यक्रममा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँले टुक्का कविता र टुक्का साहित्य समाज बारेमा जानकारी गराउनुभएको थियोे ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष रचना शर्मा प्रतीक्षाले पेश गर्नुभएको संस्थाको आयव्यय सहितको आर्थिक प्रतिवेदन र महासचिव चूडा निर्भीकले पेश गर्नुभएको साङ्गठनिक प्रतिवेदन सर्वसहमत रुपमा पारित भएको थियो ।
नयाँ कार्यसमिति गठन
कार्यक्रमको पहिलो सत्र समापनसँगै सुरु भएको अधिवेशनले नयाँ कार्यसमिति गठनका लागि टुक्का प्रशिक्षक रामशरण न्यौपानेको अध्यक्षतामा टुक्का प्रशिक्षक राजेशराज गड्तौला र हन्नाह छेत्री सम्मिलित ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियोे । उक्त निर्वाचन समितिले सर्वसम्मत रूपमा ११ सदस्यीय कार्यसमिति चयन गरेको थियोे । जसको अध्यक्षमा ताराप्रसाद चापागाई, उपाध्यक्षमा वसन्त अनुभव, महासचिवमा चूडा निर्भीक, कोषाध्यक्षमा श्री होम प्रसाद नेउपाने, सचिवमा श्री जमुना आचार्य कोइराला हुनुहुन्छ । त्यस्तै सदस्यहरूमा- बेदु न्याैपाने, शाेभा आचार्य, राम प्रसाद पुरी, पुष्पा राई, सुस्मिता अधिकारी, अच्युत घिमिरे रहनुभएको छ ।
रचना वाचन
कार्यक्रमको अन्तिम चरणमा टुक्का कविता वाचन कार्यक्रम राखिएको थियो । रचना वाचन गर्नेहरूमा डा.देवी पन्थी, रामशरण न्यौपाने, ताराप्रसाद चापागाईं, वसन्त अनुभव, चूडा निर्भीक, दीपा गुरुङ, भगवती दवाडी, हन्नाह छेत्री, अच्युत घिमिरे, रचना शर्मा प्रतीक्षा, शोभा आचार्य गौतम, सुस्मिता अधिकारी, होम प्रसाद नेउपाने, पुष्पा राई, रामप्रसाद पुरी, राजेश प्रसाद गड्तौला, पुष्पा सुवेदी, भगवती दुवाडी, भेष कुमारी लामिछाने, जमुना आचार्य कोइराला, ममता भण्डारी, बि.के. मुखिया लगायतले गर्नुभएको थियो ।
टुक्का प्रवर्तक एवम् टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन समाजका महासचिव चूडा निर्भीकले गर्नुभएको थियो ।
साताका उत्कृष्ट झिल्का कविताको २४ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २४ का लागि झिल्काकारत्रय भुषण जंग, विकास क्षेत्री र मन्दिरा सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
१. निरन्तर पानी बर्सिरह्यो शासकले नचिनेको गरिब सीमान्त जीवन तर्सिरह्यो । २. फूलसँग काँडा हुर्किन्छ सुन्दरताको मापदण्ड यो लेखेर व्यर्थ फुर्किन्छ । ३. जिन्दगी छैन सस्तो संघर्षमय यात्रा थाल्नु शासकको सपना कस्तो ?
✍️ भुषण जंग
[२] १. तिमीले दिएको फूल सजाएको छु मनमा नबनोस् अन्तमा भूल ! २. मनको गाँठो खोल्न चाहिन्छ विश्वासको बाटो दुषित मनलाई घोल्न । ३. गल्ती हजार हुन्छन् होस हराउँदा यहाँ आँसुले परेली छुन्छन् ।
✍️ विकास क्षेत्री
[३] १. गल्ती औल्याउनु गनेर भन्न खोजेको होइन चुप बस्नु भनेर । २. मानिसबाट हुन्छ गल्ती सक्नुपर्छ महसुस गर्न बरु रित्तियोस् खल्ती । ३. एउटै छ कथा कसको नजर लाग्यो नसोच्नू है अन्यथा ।
नेपाल आदिबासी जनजाति महासंघ साउदी अरबले यहि आउँदो ९ अगष्ट २०२४ शुक्रबारका दिन “संविधान प्रदत्त अधिकार आदिवासीहरुको बिशेष क्षेत्र, संरक्षित क्षेत्र र स्वायत्त क्षेत्र कार्यन्वयन गर ! प्रदेश र स्थानीय तहको सरकारी कामकाजको भाषामा आदिवासी जनजातिको भाषा लागू गर !!” भन्ने मूल नाराका साथ ३०औं बिश्व आदिबासी दिवस मनाउने भएको छ।
विभिन्न नेपाली आदिम सस्कार,सस्कृति झल्किने सास्कृतिक कार्यक्रम सहित आयोजना गरिने सो कार्यक्रममा साउदी अरबको पूर्वी क्षेत्रमा वा साउदी अरबको कुनै पनि क्षेत्रमा बसोबास गरी रहेका सम्पूर्ण नेपालीलाई कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
कार्यक्रम साउदी अरबको पूर्वी क्षेत्र जुबेलस्थित कुक जोन होटल मा आगामी शुक्रबार हुने भएको छ।
साताका उत्कृष्ट झिल्का कविताको २३ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २३ का लागि झिल्काकारत्रय के पी गौतम, शान्ता पौडेल भट्टराई र ईश्वर साउदका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
[१] १. गाली गर्छन् सबैले दिएर सम्पूर्ण विश्वास सम्मान गर्दैनन् कसैले ! २. हिम्मत ठूलै हुनुपर्छ खराब मध्येको एकले अन्य खराबलाई धुनुपर्छ । ३. घडी चोर हाइहाइ विधिको शासन हुनुपर्छ बाख्रेलाइ गरौँ बाइबाइ । ✍️ के पी गौतम
[२] १. गुरू ज्ञानका खानी सम्मान गरौँ उनको नपुर्याऔँ कदापि हानी । २. दोस्रो भगवान गुरू गरेमा अपमान उनको पछुताई रुनुपर्छ धुरुधुरु ! ३. ज्ञानको ज्योति छर्ने गुरू हुन महान् सधैँ सहयोग गर्ने । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
[३] १. कुराे भयाे ठूलाे पचाउन कठिन हुने एउटै बाहिर दुलाे । २. सिंहासन ठूलो मानी हिँडिरहे नेताहरू देशमा कुर्सीमा फाइदा जानी । ३. पचाएर लाज सरम हिँड्नै पर्याे अघि नहिँडी के गरम । ✍️ ईश्वर साउद रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम
साप्ताहिक झिल्का लेखन अभ्यासको २८ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- २८ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
… १, कुर्सी छोप्ने दाउमा जित्ने चाहनामा खेलाडीहरू निहुरिन्छन् ननिहुरिने पाउमा । २, स्थलयात्रामा असुरक्षित हवाईयात्रामा पछ्यायो यमराजले जनतालाई ठुलाबडा नाचिरहेछन् जात्रामा । ३, मेहनत गरौँ पलपल रहॅंदैन समय आजको उज्यालो भेटिन्छ विनाअलमल ।
म्यामराज राई, भोजपुर … १, आँसुले भिजेको सिरानी भोग्दैछु जीवन अनौठो लाग्दैछ सबै बिरानी। २, सम्हाल्न नसकिने मन चरि बनेर उड्दै गर्ने कसरी जतन।
सङ्गीता खरेल, काठमाडौं … १, हवाईजहाज जोडजाड गरेको सायद पुरानो कवाडी मानिसहरू मृत्युमा परेको ॥ २, तथ्य छान्दैन सरकार मख्ख भएर कुर्सीमा किन अरूको दरकार ॥ ३, कस्तो जमाना आयो कोही मरीमरी काम कुनैले बसीबसी खायो ॥
गुणनिधि घिमिरे अमेरिका … १, गाह्रो खुट्टा जमाउन कर्मठ सफल हुने आलस्य पर्दछ धपाउन । २, पार लाग्नेछ मुश्किल साथ मिल्ने प्रभुको कर्मठ कर्ममा लगनशील । ३, निमुखालाई हुँदैन सताउन किन दुःख प्रभुलाई पर्दैन खोली बताउन ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, नपाउन्जेल कुरा काट्छन् सत्ताका निमित्त राजनेताहरू थुकेको थुक चाट्छ्न् ! २, चासो चिन्ता छैन मरून् या बाँचून् ढुङ्गो बोल्ने ह्वैन । ३, पलपल मर्दैछन् आसहरू हिँड्दाहिँड्दै पोखिन्छन् किन आजकल जताततै सासहरू !
वसन्त अनुभव … १, कुर्सीमै हुरुक्क नेताहरू बाहिर त्यस्तो नहुने देशमै नबसून् बरु । २, देखिएन सुरक्षित हवाईजहाज ज्यान जोखिम सदा छैन तिनीहरूलाई लाज। ३, सिकाएर सिक्दैनन् हाम्रा गोलमटोल गरी चल्दैछन् कति धेरै चाम्रा ।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। … १, उसले पाउन मलाई अनेक बहाना बनायो भन्ने मैले कसलाई? २, मैले विश्वास गरेँ मेटेर गयो प्यास अहिले बिचल्लीमा परेँ। ३, थिइन् कत्ति सोचेको गर्ला यस्तो भनेर अहिले पीडाले घोचेको।
सतीश पण्डित, भानु ६ चुँदी तनहूँ हाल चनपा ६ मातातीर्थ। … १, विघ्न देशमा हरपल निदाए कुर्सीमा बस्ने त्यसैको नित्य छलफल । २, सबैको निद हरायो देश भो शोकाकुल निर्लज्ज कुर्सीमै रमायो ।
कमल प्रसाद बगाले रेग्मी, वालिङ्ग बजार स्याङ्जा … १, जीवनमा भयो घात बाध्यता परदेश जानुपर्ने धिक्कार नेपालीको हात। २, फोनमा गरौँला बात छुट्यो हाम्रो अन्त्यमा आँसु पुछ्ने हात। ३, एउटा मुटु कसाएँ कसैले भनेको टेरिनॅं आफूले आफैँलाई फसाएँ।
चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ … १, लाग्छ मलाई डर मर्ने चोलाको कुनै हुँदैन रहेछ भर | २, कोही जलेर मरे नगरी नहुने यात्रा कोही त्रिशूलीमा परे | ३, आफन्तको रुवाबासी भयो हराएका लास भेट्ने आशा मर्दै गयो |
सरिता सेढाई धादिङ … १, उपहास उपहार दिलाइ बाँच्न बाध्य बनाउँछ आफ्नो कसम खुवाइ । २, पटक्कै बोल्न नखोजेको पीडित पुरुषलाई सोघ किन मौनता रोजेको ? ३, पर्खि बस है म अझै बसिरहे सोझो मन कठै!
दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग , दार्जीलिङ … १, बेकाम बढी बोलिरहने सोझो जनता जहिले सधैँ पानीमा घोलिरहने । २, संविधान मान्नू, सबैले नेता होस् जनताले लोकलाई नबिर्सनू, कबैले । ३, प्राचीनको सम्झॅंदै वीरगाथा काँतर छोटे राजाहरू लेखाऔॅं ! नूतन वीरता ।
राजन घले, धार्चे-६ गोरखा … १, कालो धुवाँ आयो हेर्दाहेर्दै जहाजमा सबैलाई पापी आगोले खायो । २, मीठा गर्दै कुरा गन्तव्यमा पुग्ने सपना भए सबै अधुरा । ३, सुन्दा मन रुन्छ हाम्रो देशमा दुर्घटना कहिले अन्त्य हुन्छ ?
अनिता भण्डारी ताप्लेजुङ … १, कस्तो छ दाउ ? हेरिरहेको त्यो बेलामा नपर मेरो पाउ। २, महँगो भयो सुन गरीबको चाह होइन सस्तो छ नुन। ३, मैला भयो सहर उतै पो रूचाउँछन् गाउँमा छैन नहर।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ … १, जनता दुर्घटनामा मरेको नेतालाई मतलब छैन देश शोकमा परेको । २, प्रिय ! नहुनु टाढा विगतलाई बिर्सेर फेरि सम्बन्ध बनाऔॅं गाढा। ३, आसहरू मरेर गए गन्तव्यमा पुग्न नपाउँदै जिन्दगी सकिने भए ।
राज कुमार राजभण्डारी खोटाङ्गे मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर । … १. भएन कुनै लाज कुर्सीमा बस्ने जनको राम्रो भएन काज । २. देश लाग्यो अधोगति खाने पिउने रमाउने बिग्रियो नेताको मति । ३. देश जनताको पीर भएन बरै कसैलाई झुकाए नेपालको शिर ।
डिल्लीराज (राजेन्द्र) भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची … १, कस्तो घटना घटे कमजोर सुरक्षा संयन्त्र ढिलो नगरी खटे । २, कहिले दुर्घटना सडक कहिले हुन्छ आकाशमा देखियो नेताहरूको तडकभडक । ३, ज्यान गयो अहिले रोकथामका उपायहरू छन् नियन्त्रण हुन्छ कहिले ?
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरी … १, आफ्नालाई गर्छन् काखा यो कस्तो गणतन्त्र अरूलाई गर्छन् पाखा ।
प्रेम थापा “मन”बागलुङ … १ पराकाष्ठा लिप्त सत्ताको लाजमर्दो देख्ने सुन्नेलाई दुरुपयोग धर्म भत्ताको । २. माया ममता हरायो बोल्यो बिनाअर्थ हावा न्याय सत्य डरायो । ३. लाजमर्दो इन्द्रिय छोपौँ भुलेर फेरि हामीले यस्तो विषवृक्ष नरोपौँ ।
रामप्रसाद पुरी, बादेल, खाेटाङ । … १, गर्दिन तिमीलाई छल माया दिन्छु सधैँभरि डटेर हरेक पल । २, सुनसान यो रातमा केही थियो खास , तिम्रो त्यो बातमा । ३, डुबेर आजभोलि मायामा विश्वास लाग्दैन आजकल , आफैँलाई आफ्नै छायाँमा ।
अमृत कोइराला, पोखरा -१८,चंखपुर … १ गरेर जस्तो कर्म उस्तै हो पाइने मानव सेवा धर्म ! २ चेतनशील मानिसको जात सारा काम विकासका, चिन्तन गर बात !
आर्त अकुलीन … १, जताततै आँसुको भेल घटनाको रूप ठूलो हिंसा भएर जेल । २, सपना ठुलो झुकेर शहर घिनलाग्दो भयो अनैतिक काम लुकेर । ३, चिन्ता बेरोजगार भयो परिश्रम पसिनामा तौले ऋण बोकेर गयो ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १. त्रिशूलीमा बसको नाश बेलामै होस् नपुग्दा धेरै जनताको लास। २, देशमा रगतको खोली पोखरा जानेहरूको छैन , फर्कने बेला बोली । ३, पीडाको सधैँ सामना भरोसा छैन भगवान् , लास जलाउने जनता ।
श्रीकृष्ण धामी – बझाङ … १, उड्दा भूईॅंमा खस्ने हिँडेर पुग्न गाह्रो गुड्दा नदीमा पस्ने। २, जागौँ सबै जागौँ घटनाबाट असल शिक्षा लिनेतर्फ अब लागौँ ।
बिके मुखिया, दार्जीलिङ, भारत … १, छन् नेता गफाडी जनता रमितेमा ठिक्क उडाउॅंछन् जहाज कवाडी ।
जीवनाथ लामिछाने … १, प्रकृतिको अनौठो खेल हराए सबै मुस्कान रोकिएन आँसुको भेल।
तोया नाथ चापागाईं, दमक,झापा … १, ठूला कुरा गरे यिनले सदनमा बसेर गोजी मात्र भरे। २, भागबन्डामा छन् लागेका दलाली भ्रष्टाचारी नेता जिम्मेवारबाट चाहिॅं भागेका । ३, अकालमा धेरै मरे बाढी, पहिरो भवितव्यंको चेपुवामा गरिब परे।
कला ढकाल झापा … १, नेताले खुसी मनाउॅंदैछ रोइरहेकी त्रिशूलीमा हेर। बर्सेनि लाचारीपन गनाउॅंदैछ ।
वेल थोकर तामाङ, बकैया _८ // बस्तिपुर// मकवानपुर … १, सुरक्षित छैन यात्रा आकाश या जमिन नेताहरूको भयो जात्रा ! २, सपना सपनै भयो मूल्य टोक्छन् मान्छेको आशा निराशामा गयो ! ३, आँशुको भयो ताल पुछेर पुछ्नै नसकिने देशको भयो बेहाल ।
धनमाया चौधरी कैलाली … १, जाऊॅं गुडेर सरर भरोसा टुट्न थाल्यो कसरी परौँ भर ? २, यहाँ भरोसा केमा ? सबै ढोडको लौरो मर्दै गयो आशा । ३, जिन्दगी हाम्रो छोटो संरचना सबै जीर्ण देखेँ व्यवस्थामा खोटो ।
हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा १४ साँगाबजार … १, समयले गऱ्यो छल मलाई किन यसरी रुनु परेको पलपल । २, मानेको छैन हार पुग्नु छ गन्तव्यमा कठिनाइहरू गर्दै पार । ३, मेरा जहिले महान् हुनुहुन्छ बाबाआमा नै सबभन्दा ठुला भगवान् ।
अनिता कार्की, पाँचथर … १, राम्रो कर्मको फल जहिल्यै हुन्छ राम्रो गर्नु त्यसैमा बल । २, हाँसो हराउँदै गयो प्रविधिमा विकृति आउँदा हाय ! हुनसम्म भयो! ३, समाधान हुँदैन हेर आधार राम्रो नहुँदा हिॅंड्ने बाटो फेर ।
अच्युत घिमिरे, सर्पाङ, भुटान … १, हिॅंड्छ दुईचुल्ठी बाटेर विचरा खान्छ घ्यू छिमेकीसँग ऋण काटेर । २, खाऊ अमिलो साँधेर घाँस खुवाऊ अब नेतालाई दाम्लोले बाँधेर । ३, छैन भनेर धन हीनता बोध गर्दै रुवाएको छ मन ।
दीप गोले तामाङ, पौराई , रौतहट … १, गयो जनताको सपना शक्तिमा भए सबै लुटाहाको मात्रै थपना। २, देश राजनीतिले खायो राम्रा मान्छे पाखामा अपाङ्गको दिन आयो। ३, जनतालाई भ्रम पारेर जेलमा कैदी बनी बसेका मान्छे मारेर।
शङ्कर कार्की, मकवानपुर … १, बाँचुन्जेली तेरोमेरो सुनाउॅंछन् गाह्रोसाह्रो पर्दा मनमा नानाथरी नाटक देखाउॅंछन्।
सुनगाभा पोखरेल, नेपालगन्ज … १, असारका खहरेहरू दर्बिला नेपालका नरपिपासु नेता मन्त्रालय भेटेपछि गर्विला। २, रगत उम्लियो जिम्लियो जनताका नयनमा आँसु सरकारले आँखा चिम्लियो। ३, कुराले नेपाल टल्कने मनमा धमिलो भावना अनुहारमा अपराध झल्कने।
घनश्याम पन्त, हरिवन सर्लाही … १, परिवर्तनशील मौसमी खेल जाडो, गर्मी, वर्षा शित, पसिना, भेल।
सरस्वती श्रेष्ठ रुपन्देही बुटवल। … १, नगरौँ सधैँ बकबास कामको जीवन हाम्रो काम हुन्छ खास। २, रमाइलोका लागि बनायौँ उपहास गरे सबैले त्यसैले हण्डर खायौँ। ३, प्रकृति समाज हाम्रो डाँडा पाखा मिलेछ चारैतिर भयो राम्रो।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, समवेदना दिलमा बस्छ । माया समवेदना नभए मानिस जङ्गल पस्छ । २, मुलीको चोट कति ? चाहन्छ सबै सन्तान उठून् आकाश जति । ३, सकेजति बाआमाले गरे पछ्याउँदै गन्तव्य समृद्धि भेटेनन् पथमै मरे ।
हिरालाल न्याौपाने, बानपा ८,कोटमौला, सल्यान … १, ठूलाहरूलाई फरक पर्दैन परोस् सानाहरू दुर्घटनामा सुधारको पहल गर्दैन। २, को अघि सर्ने? अस्तव्यस्त यो व्यवस्था कसले परिवर्तन गर्ने? ३, युवावर्ग सचेत हुनु असल कर्म गरेर सबैको मन छुनु।
अरुण कुमार भुजेल, गोरूबथान,कालेबुङ,भारत। … १, बिग्रेको जहाजको भर कसरी गरौँ यात्रा मनमा सधैँको डर । २, सबैको चिन्ता बेरोजगार सरकार स्वार्थी हुँदा परिश्रम भो बेकार ।
दुर्गा भट्टराई, मोरङ … १, मुखमा रसिलो बात मिठो वचन बोलेर कतिलाई गर्छौ घात । २, एकल निर्णय भट्याउन सक्तिन शायद साथी थाल्दछ मस्तिष्क टट्याउन । ३, एकल निर्णयको पाटो माथि उक्लन्न साथी लिँदछ पतनको बाटो ।
मोती योन्जन सुब्बा, दार्जिलिङ निमकी डाँडा। … १, नौ शब्दको बेलो छोपेर गर्छु प्राय: झिल्का काव्यको खेलो l २, पिएर साहित्य सुधा मेटाउन मन लाग्छ अन्तर मनको क्षुधा l ३, झिल्का सर्वत्र फैलियो यसको विस्तारले गर्दा मनको विकार थैलियो l
बाबुराम गौतम, गुल्मी … १, कुरो भयो ठुलो पचाउन कठिन हुने एउटै बाहिर दुलो । २, सिंहासन ठुलो मानी हिडिरहे नेताहरु देशमा कुर्सीमा फाइदा जानी । ३, पचाएर यहाँ लाजसरम हिॅंड्नै पर्यो अघि नहिॅंडी के गरम ?
ईश्वर साउद, रामाराेसन गाउपालिका ६ सुदेरपश्चपम अछाम … १, मन बेस्सरी बहकिन्छ थाहा छैन कुनदिन अकालमा ज्यान सकिन्छ। २, चुँडियो दिलको तार केवल एक्लो जिन्दगी छैन बाँच्ने आधार।
साबित्री प्याकुरेल,धादिङ्ग। … १, बाँच्छन् दुश्मन बनी कसैको स्वार्थको विरुद्धमा उभियो भने पनि । २, याद आउँछ अतित प्रसङ्ग मिल्यो भने यसर्थ नबनोस सङ्गीत । ३, दुर्घटनाको दुर्घटना लगातार नितान्त लासहरूमा पनि भेदभाव गर्छन् सरकार ।
पृथक प्रकृति ,झापा … १, पर्दिनँ कसैको पाउमा आफ्नो लगानी गर्छु छर्दिनॅं नुनचुक घाउमा । २, आकाशमा उफारेर थचारेछ दैवले पनि विचित्रको सबैलाई अग्निमा पछारेछ । ३, कोसिस गर्दै गएमा मान्छेले माला पहिरिन्छ हिम्मत साँच्ने भएमा ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर हाल एनेलकुटी, सिरहा । … १, बितिगयो बित्ने कुरा सरकार, अब त दायित्व गर पुरा ।
लक्ष्मी रिजाल, कञ्चनरूप १२, प्रगतिटोल, सप्तरी । … १, बिलायो मेरो धन लग्यो दैवले चुँडी विच्छिन्न भयो मन । २, दैवले गर्यो लीला सम्हानु पर्दछ परिस्थिति धैर्यले बस शिला। ३, दैवको हो लीला सहेर बसेकी छु ठोकेर मुटुमा किला ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे । … १, असली पृर्थ्वीको रूप राम्रो जोगाए पछि आउॅंछ कसरी हुप ?
लोकबहादुर क्षेत्री लामिछाने … १, साउनमा लाउनेको कुरा नभएको परम्परा चलाए हरिया परिवेष्टनीय चुरा । २, सोमबार मन्दिर धायो दिनभरि भोकभोकै बसे बेलुकी सेलाइन लायो ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, उडाउॅंछन् पुराना जहाज ज्यान जान्छ निर्दोषको छैन सरकारलाई लाज । २, बसयात्री त्रिशूलीले बगाउॅंछ फरक होला जहाजमा आधा झन्डा झुकाउॅंछ ।
भुपेन्द्र राना मगर, धादिङ … १, राजनीति भयो भत्ताको जनताको वास्तै छैन लडाइ हुन्छ सत्ताको ! २, कलङ्क लाग्छ नाउॅंमा नैतिकता सबै गुमाउँदा कसरी बस्नु गाउॅंमा ! ३, गएको इज्जत फर्कॅंदैन पराईसॅंग लम्पसार परेर अपराधको हुण्डरी तर्कॅंदैन ।
ऋजु दिल्पाली ईटहरी १ सुनसरी … १, विद्युत बक्यौता छुट जनतालाई करको भारी उद्योगीलाई सधैँ ब्रम्हलुट । २, छैन धारामा पानी महसुल बक्यौता तिर्न भयो उपभोक्तालाई हैरानी । ३, छैन कुनै राहत काला बजारीको बिगबिगी निरीह जनतालाई आहत ।
जयनारायण नेपाल, इलाम ,हाल सूर्य विनायक २ ,बालकोट, भक्तपुर … १, छैन कसैको भर जता जाऊॅं, उतै मनमा त्रास डर । २, हुन्न देशको विकास जता बाढी, पैरो छैन केही निकास । ३, कति डरमा बाँच्ने छैन कसैको भर किन पिर साँच्ने ?
दुर्गा आचार्य, मोरङ … १, मान्छे जन्मेपछि मर्छ तर आपत् परेर संसार छोड्ने गर्छ ।
भगवती दवाडी … १, आकाशमा उड्ने रहर, आजभोलि हराउन थाल्यो, धर्तीमा खतराका लहर। २, प्राविधिक अध्यावधिक छैनन्, तिनले धैर्यता गुमाएमा जनताका सुरक्षा हुँदैनन् । ३, पाइलट इन्जिनियर पढेर, व्यवहारमा क्षमता नभए, आफैँ गइन्छ मरेर।
मनोहरी पौडेल, गैडाकोट २ … १, बेसरी दुख्छ मन काम लाग्छ फालेको लाउनु हुँदैन वचन । २, घुसखोरीको बगानमा चरेको पिउनदेखि सबै हाकिमसम्म, हुन्छन् शोषणमा परेको ।। ३, यमराजले प्राण हर्यो आकाशमा उड्ने चिलगाडीमा, कसको नजर पर्यो ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १, नेताले खाएको देश निर्दोष र गरीबले झेल्नुपर्छ अदालत केस । २, सकियो बितेका कुरा नेताले बोल्छन् मात्रै कहिल्यै गर्दैनन् पुरा । ३, कर्तव्य काँधमा बोक्नु अघि बढिरहून् निरन्तर पाइला कहिले नरोक्नु।
ललिता गिरी सिन्धुली हाल काठमाडौं नेपाल … १, अर्काको भरमा पर्ने ठुलालाई केही हुन्न गरीब हुन् मर्ने । २, मृत्युले विभेद गर्यो यहाँ ठूलालाई सम्मान गरीब त्यसै मर्यो । ३, नेताको भरमा परेर आफैँ असुरक्षित भई जानु पर्ने मरेर ।
लक्ष्मण देउवा डोटी (हाल भारत चेन्नई) … १, गल्ती लुकाउन चलखेल कार्यकाल बिताउॅंछन् त्यसै सहनु कति जालझेल। २, जनताको गल्ती ठुलो बुझेरै भोट दिनाले , राष्ट्रको भयो कुभलो। ३, मेहनती पात्र बनेर आफैँलाई दुःखी बनाइन्छ न्याय होला भनेर।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, साधुको भेषमा आउॅंछन् लुटिलान्छन् देशको सम्पत्ति मानसम्मान तिनैले पाउॅंछन् ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा … १, पापी समयको खेल लुटियो जीवन अकालैमा गरे परिक्षकले झेल। २, पेट्रोल रमाउँछ बल्न कवाडी जहाज उडाउँदा बाध्य भए जल्न।
साउदी अरबले स्वास्थ्य र शिक्षा क्षेत्रमा आप्रवासी (फैमिली डिपेन्डेन्ट) आश्रितहरूलाई रोजगारीको अनुमति दिने भएको छ।
साउदी अरबको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले स्वास्थ्य र शिक्षा क्षेत्रमा अबदेखि “फैमिली डिपेन्डेन्ट” भिजामा रहेका र स्वास्थ्य वा शिक्षा क्षेत्रमा दक्षता हासिल गरेका नर्स, डाक्टर, प्रोफेसर, वा यी दुवै क्षेत्रमा सम्बन्धित पेशामा दक्ष पारिवारिक सदस्यहरुलाई कामको अनुमति दिने भएको छ। यो भन्दा पहिले साउदीमा फैमिली डिपेन्डेन्ट भिजामा रही काम गर्ने अनुमति थिएन ।
यो सुबिधा लिनकालागि आश्रित कम्तिमा 18 वर्ष पुगेको, र ईकामा,( यहाँको आवासीय पत्र) म्याद नसकिएको हुनुपर्नेछ। ।
र आश्रित र प्राथमिक प्रवासी बीचको सम्बन्ध निम्नहुनुपर्नेछ। निम्न मध्ये: पति/पत्नी, पति/पत्नीको आफन्त वा कानूनी अभिभावक इत्यादि।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- अठासीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/०४/१०गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:८८[अठासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
भवानी घिमिरे जमुना आचार्य पशपती राई पुष्पा नेपाल (सुवेदी )
संरचना
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ पञ्चाङ्ग:०१ बर्षातमा श्रावणकाे मास थियाे। कसैकाे लागि गन्तव्य खास थियाे। दुर्घटना ठुलाे भयाे राजधानीमा, कतिजनालाई बाँच्ने आस थियाे। प्लेनमा जलिरहेकाे लास थियाे। सुशीला पाैडेल पञ्चाङ्ग:०२ हाम्रै देशमा मात्र सधैं किन यस्तो हुन्छ हजुर दुर्घटना र बिपत्तिले हाम्रै देश चुन्छ हजुर न जमिनमा छ सुरक्षा न आकाश नै सुरक्षित जताततै चित्कार आवाज कसले सुन्छ हजुर बिलाइ हाल्छ हावामै कसलाई पो छुन्छ हजुर। -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०३ हाम्रो देशमा सधैं पिडाको खात हुन्छ नेताको देखाउने र चपाउने दाँत हुन्छ बिपत्ति दुर्घटनामा जनता परिरहदा , पाइलै पिच्छे यिनको विश्वासघात हुन्छ कवाडी थोत्रा भित्र्याउने ठूलो हात हुन्छ । कला ढकाल झापा
पञ्चाङ्ग:०४ हाम्रो देशमा सधैं दुर्घटनाले लास हुन्छ नत कहिल्यै सहजै स्वर्गमा नै बास हुन्छ दुर्घटना र बिपत्तिमा जनता पर्दा खेरि सरकारकाे सहानुभूतिकाे न आस हुन्छ कवाडी भित्र्याउँदा जनधनको नास हुन्छ ।
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी ५संगम काेलाेनी राधे राधे भक्तपुर ।
पञ्चाङ्ग;०५ शोकमा डुब्यो त्यो देश हेर परेर सङ्कट छातीमा बज्र बज्रियो ठूलो छरेर सङ्कट विमान झर्यो जलेर ध्वस्त सखाप भुँइमा कहिले टर्ला जोखिम त्यस्तो मरेर सङ्कट सुधार गरे सप्रने थियो टरेर सङ्कट।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग:०६
सुरक्षित रहेन हवाई उडान आजको दसा देख्दा पुराना थोत्रा मिति पुगेका जहाज उड्ने नशा देख्दा कठै ! अबोध शिशु त्यत्राले ऐया भन्ननि नपाएको क्षण उड्ने र गुड्नेको के विश्वास मानूँ खै यात्रीको कसा देख्दा सरोकारवालाको लुछाचुडी त्यस्तै ध्यान जाओस् बसा देख्दा। भूमिका गैरे
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय पाँच अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०५—————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/०४/०७ बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– पुष्पा सुवेदी नेपाल भवानी घिमिरे जमुना आचार्य पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ पर्दैछ पानी घुम ओडे हुन्थ्यो। धान खेतका झार गाेडे हुन्थ्याे। बाढी र पहिराे छ जताततै, अब त पानी पर्न छाेडे हुन्थ्याे। मौसमले नि दिशा माेडे हुन्थ्याे। सुशीला पौडेल
पञ्चाङ्ग:०२ उदाउँदैन पश्चिममा घाम कहिल्यै । सकिदैन है बाँचुञ्जेल काम कहिल्यै । कमाउन देश बिदेश जहाँ गए नि , बिर्सिदैन जन्मेकाे भूमि ठाम कहिल्यै । बिटुलाे हुन्न चिठी राख्दा खाम कहिल्यै ।
भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग:०३ सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि, दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि । कलियूग लागेछ भन्थे कहाली लाग्दो दृश्य देखिन्छ साेचेकै थिइन , हरेकसंग मायाको नाटक गर्दै संबन्ध गोडेर हिडेपछि, हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि ,
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ रागविराग मनमा चल्दैछ सख्त औडाहाले सारा स्वप्न बल्दैछ सख्त धेरै भयो टोलाएको मरुभूमिमा बेला बेलामा धड्कन चल्दैछ सख्त अन्तरात्मा भित्रभित्रै जल्दैछ सख्त।
✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
पञ्चाङ्ग-:०५ हेर दु:ख नगरी सुख कहिले पनि आउन सक्दैन यहाँ मुखले फलाकेर मात्र समृद्धि छाउन सक्दैन थोरै सहिष्णुता र पसिना बगाउने बानी हुनुपर्छ बसि बसि कसैले पनि सफलता पाउन सक्दैन नसुधारे बानी कसैले लछारपाटो लाउन सक्दैन । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६ माया प्रेमको पाटो अचम्म लाग्छ क्षण भरमै फाटो अचम्म लाग्छ के सोच्यो जिन्दगीमा भइदिन्छ के हुन्छ यात्रा दोबाटो अचम्म लाग्छ निको हुँदैन खाटो अचम्म लाग्छ |
काडमाडौं– आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा चालक दलका सदस्यसहित १९ जना एयरलाइन्सका कर्मचारीहरु सवार रहेको खुलेको छ ।
कम्पनीले सार्वजनिक गरेको विवरणअनुसार विमानमा क्याप्टेन मनिषरत्न शाक्य, को-पाइलट एस कटुवालसहित १७ जना थिए ।
चालक बाहेक जहाजमा पुरुष १६ पुरुष र १ महिला रहेका कम्पनीले जनाएको छ । प्राविधिक परीक्षणका लागि पोखरा विमानस्थलतर्फ जाने क्रममा यो जहाज दुर्घटनामा परेको हो । पोखरामा सौर्यको नियमित उडान थिएन ।
परीक्षण उडानमा रहेकाले यो जहाजमा टिकट काटेका सर्वसाधारण यात्रु थिएनन्, एयरलाइन्सका कर्मचारीहरु मात्र थिए ।
पोखरामा नियमित उडान नभएको सौर्यको यो जहाजले उसकै कर्मचारी र इन्जिनियरसहित १९ जनालाई बोकेको थियो ।
आफ्नै कम्पनीका इन्जिनियर र कर्मचारी लिएर ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको हो ।
विमानस्थल स्रोतका अनुसार जहाजमा चालक दलका दुईजना सदस्य, सौर्यका कर्मचारी र इन्जियनियर सवार थिए ।