• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साताका उत्कृष्ट झिल्काहरू- २८

  • १२ आश्विन २०८१, शनिबार ११:०८ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको २८ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शुक्रवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २८ का लागि झिल्काकारत्रय नवराज भट्ट, सुनगाभा पोखरेल र भुपेन्द्र के.सी.का उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    [१]
    १.
    हेर सरकारकाे चाल
    धम्क्याउँछ उल्टै दाेषी
    कानुनको छ बेहाल ।
    २.
    गल्ती नगर्ने डर्दैन
    गर्छ निर्धक्क सामना
    कदापि पछाडि सर्दैन ।
    ३.
    सुशासन कायम गर्नू
    नत्र भ्रष्टाचार राेकिन्न
    यसमा अगाडि सर्नू ।
    ✍️
    नवराज भट्ट
    कञ्चनपुर


    [२]
    १.
    परिरहेछ भदौरे झरी
    गुन्जन पानीको थोपाको
    भेट्नु मायालाई कसरी ?
    २.
    मौलिक हाम्रा चाडपर्व
    हुन् धरोहर खुसीका
    साच्चिँकै लाग्छ गर्व ।
    ३.
    कलिला उमेरका नानी
    हुन्छन् खुल्ला दिलको
    सबैसँग हाँसिरहने बानी !
    ✍️
    सुनगाभा पोखरेल


    १.
    चलिरहेछ पितृ पक्ष
    श्रद्धाभावले अर्पण गराैँ
    दान पितृदेव समक्ष ।
    २.
    पूर्वजले आँखा देखाए
    सानामा हुर्काई बढाई
    हामीलाई टाठाे गराए ।
    ३.
    ठूला भयाैँ अहिले
    अझै ज्ञानी बन्नुछ
    घमण्ड नगरौँ कहिले ।
    ✍️
    भुपेन्द्र के.सी.



    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, वसन्त अनुभव, साताका उत्कृष्ट झिल्का1 Comment on साताका उत्कृष्ट झिल्काहरू- २८

    पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” सार्वजनिक

  • ९ आश्विन २०८१, बुधबार २०:५४ मा प्रकाशित
  • नुवाकाेट पञ्चकन्या गाउँपालिका २ कविलास निवासी पार्वती घिमिरे पाैडेलले स्थानिय मठ मन्दिर र पर्यटकीय स्थानहरूकाे वर्णन गर्दै तयार पारेकाे लाेकगीत काटाैँ दाउरा घाँस हालै सार्वजनिक भएकाे छ ।

    पार्वती घिमिरे पाैडेलका शब्दहरूमा तिलक भट्टराई कल्पित र प्रभा खत्रीले स्वर दिनु भएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा डा.के.पि.पाैडेल, रितु बस्नेत, पार्वती घिमिरे पाैडेल लगायत स्थानिय वासिन्दा तथा केही साहित्यकारहरूकाे समेत अभिनय रहेकाे छ ।

    “पार्वती घिमिरे पाैडेल” नामक युट्युव च्यानलबाट सार्वजनिक भएकाे उक्त लाेकगीतकाे बारेमा बाेल्दै पाैडेलले स्थानिय परिवेशकाे हुवहु चित्रण गर्ने प्रयास गर्नुकाे साथै साेही स्थानहरूमा छायाङ्कन गरिएकाे कारण याे लाेकगीतले नुवाकाेट कविलासकाे परिचय उजागर गर्नुकाे साथै पर्यटन प्रवर्दनमा समेत टेवा पुर्याउने बताउनु भएकाे छ । साहित्यका विभिन्न विधाहरूमा कलम चलाउने पाैडेलले यही गीत मार्फत सङ्गीत क्षेत्रमा डेब्यू गर्नु भएकाे हाे ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज3 Comments on पार्वती घिमिरे पौडेलकाे “काटाैँ दाउरा घाँस” सार्वजनिक

    लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

  • ८ आश्विन २०८१, मंगलवार ०६:३० मा प्रकाशित
  • सर्जक: ज्यो. नानी बिवु
    समीक्षक: डा.शंकरप्रसाद गैरे

    ‘इज्जत' लघुकथासङ्ग्रहकी लेखिका नानी बिवु पेसाले ज्याेतिष हुन् । ज्याेतिषशास्त्रमा स्नातक गरी यही पेसामा आवद्ध भएकी बिवु साहित्य लेखनमा विशेष सक्रिय छन् । २०७६ सालमाअनुक्राेश´ उपन्यास प्रकाशित गरेपछि घनश्याम डल्लाकाेटीकाे सुझाव र सल्लाहमा लघुकथा लेखनमा लागेकी बिवु आख्यान लेखनमा विशेष सक्रिय देखिन्छिन् । `इज्जत´ लघुकथासङ्गग्रह उनकाे दाेस्राे प्रकाशित कृति हाे ।

    ३२ वटा लघुकथा समाविष्ट गरेर तयार पारिएको प्रस्तुत `इज्जत´ लघु आकारको कृति हाे । समान आकारका लघुकथा समाविष्ट यस कृतिका लघुकथाहरू विषयगत दृष्टिले विभिन्न प्रकारका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका विविध अवस्था विषय सन्दर्भलाई प्रस्तुत गरिएको यस कृतिका रचनामा प्रेमप्रणय, प्रेममा हुने धाेका, प्रेमकाे देखावटीपन, लैङ्गकि विभेद, आर्थिक विभेद र सामन्ती चरित्र, बालमनाेविज्ञान, याेग्यताकाे अपहेलना गर्दै भनसुनका आधारमा काम दिनेलिने प्रवृत्ति, भ्रमपूर्ण बुझाइका कारण हुने घटना/दुर्घटना, विभिन्न दिवसका नाममा चलेका फेसन र विकृति जस्ता विषयलाई बिवुले प्रभावकारी रूपमा प्रस्तुत गरेको पाइन्छ । काेराेना र प्रणयसन्दर्भ, सरकारी कर्मचारीकाे जिम्मेवार नहुने प्रवृत्ति, कुनै पनि विषयलाई एकपक्षबाट मात्र हेरिनु हुँदैन भन्ने सन्देश, अरूका कुरा काट्ने तर आफ्नो कमजोरी नदेख्ने प्रवृत्ति, सङ्कटका बेला अनावश्यक सञ्चय गर्नाले निम्तिने समस्या, सङ्कीर्ण बुझाई र दृष्टिकोण, लाेभ, उपदेश, विशिष्ट र महान् व्यक्तिको परिचय, संस्कृतिमा देखिएकाे भड्किलो पन, दाइजो प्रथाप्रतिकाे लेखकीय दृष्टिकोण र असन्तुष्टि, लैङ्गकि विभेद, हीनताबोध, पश्चात्ताप, ईर्ष्या, अपाङ्गताका विभिन्न पक्ष प्रस्तुत कृतिमा समाविष्ट रचनाले प्रस्तुत गरेका विषय हुन् । विकृति विसङ्गतिलाई प्रस्तुत गर्नु, नैतिक उपदेश दिनु, सामाजिक यथार्थकाे प्रस्तुति गर्नु बिवुका लघुकथाकाे उद्देश्य देखिन्छ ।

    लघुकथा साधनामा निरन्तर लागिपरेकी बिवु सम्भावना बाेकेकी लघुकथाकारका रूपमा देखापरेकी छन् । व्यङ्ग्यकाे प्रधानता नरहे पनि सन्देश सम्प्रेषणका दृष्टिले यिनका लघुकथा महत्त्वपूर्ण देखिन्छन् ।

    कृति : इज्जत
    स्रष्टा : ज्याे. नानी बिवु
    प्रकाशन वर्ष : २०८१ वैशाख
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    मूल्य : २०५/-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

    गीतकार सतीश चापागाईको ‘अरबमा घाम छ’ सार्बजनिक

  • ७ आश्विन २०८१, सोमबार २०:५४ मा प्रकाशित
  • काठमाडौं – गीतकार सतीश चापागाईको गीत ‘अरबमा घाम छ’ बोलको गीत भिडियोसहित सार्बजनिक भएको छ । दिप घतानीको संगीत रहेको गीतलाई संजीव बराईलीले स्वर भरेका छन् । दिप घतानी, सीमा क्षेत्री र मिरेश अधिकारीको अभिनयसहित नयाँ गीत बजारमा आएको छ ।
    गीतमा नेपालमा दुःख भएर अरबमा जानुपरेको आम नेपालीका बाध्यता रहेको भाब दर्शाईएको छ । अरबमा घाम भएपनि काम त्यही भएकाले जानुपर्ने बाध्यता रहेको गीतका माध्यमबाट उठाइएको छ ।

    हेर्नुहोस भिडियो:

    Posted in कला /जीवनशैली, मुख्य खबर, साहित्य2 Comments on गीतकार सतीश चापागाईको ‘अरबमा घाम छ’ सार्बजनिक

    साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

  • ७ आश्विन २०८१, सोमबार १७:४२ मा प्रकाशित
  • समर्पण रम्जान

    गत २०सेप्टेम्बर २०२४ शुक्रबारका दिन नेपाली महावाणिज्य दूतावास जेद्दा साउदी अरबमा नव नियुक्त महाबाणिज्य दूत सुभाष यादवलाई विभिन्न संघ संस्थाद्वारा भव्य स्वागत गरिएको छ।

    गत एक वर्षभन्दा पहिले नेपाली महावाणिज्य दूतावास जेद्दाका महाबाणिज्यदूत  भुवन पौडेल ज्यू को नेपाल फिर्ती सँगै उहाँको स्थानमा अहिलेसम्म अरु कोही नआएको र ३६५ दिन यानि एक वर्षपछि उहाँको स्थानमा सुभाष यादव नियुक्ति भइ आएका छन्  ।  उहाँको सम्मान स्वरुप जेद्दा तथा पश्चिम् क्षेत्रमा रहेका विभिन्न सामाजिक संघसंस्था र समाजसेवीहरुले संविधान दिवस २०८१ को कार्यक्रमकै दिन पारेर  भब्य स्वागत गरेका छन् ।


    जेद्दामा अवस्थित नेपाली संघ संस्था हरु, एनआरएनए आरसिसि जेद्दा तथा आरसिसी जिजान,, नेपाली युवा क्लब, नेपाली हातेमालो युवा क्लब, तमुधि जेद्दा,   नेपाली साझा मञ्च साउदी अरब, रोल्पाली समाज, किराँत यायोख्या राई, तथा अन्य समाजसेवीहरु द्वारा खादा तथा दोसल्ला ओढाएर यादब र उहाँकि श्रीमतीलाई भब्य स्वागत गरिएको थियो । भने सबै संघ संस्थाहरुले उहाँको कार्यकालमा पनि श्रमिक हक हितको लागि गहिरो सहकार्य गर्ने बताउँदै  कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
    कार्यक्रममा बोल्दै यादबले यसरी भब्य स्वागत गरिएकोमा सबै संघ संस्थालाई धन्यवाद दिदैं आफ्नो कार्यकालमा सबै सँग सहकार्य गर्दै श्रमिक हक हितका लागि सदैब अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।  

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर1 Comment on साउदी अरबको जेद्दामा नवनियुक्त महावाणिज्य दूतको गरियो भव्य स्वागत

    रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

  • ६ आश्विन २०८१, आईतवार १२:३४ मा प्रकाशित
  • अन्जान गुभाजु। साउदी अरब

    नेपाली राजदूतावास, रियाद र नेपाली महावाणिज्य दूतावास, जेद्दाले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेका छन्। नेपालमा २०७२ साल असोज ३ मा पारित र लागू गरिएको नेपालको संविधानको सम्मानमा यी समारोहहरू आयोजना गरिएका हुन्, जसमा साउदी अरबमा रहेका नेपाली समुदायको उत्साहजनक उपस्थिति रह्यो। रियादमा आयोजित कार्यक्रम नेपाली राजदुतावासका प्रमुख कार्यवाहक राजदूत डा. डमरु बल्लभ पौडेलेको नेतृत्वमा सम्पन्न भयो। उनले संविधानले नेपाली जनतालाई प्रदान गरेका अधिकारहरू, लोकतान्त्रिक मूल्यहरू र नागरिक कर्तव्यबारे चर्चा गर्दै, विदेशमा रहेका नेपालीहरूले राष्ट्रको समृद्धिमा प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिए। कार्यक्रममा २२५ भन्दा बढी नेपालीहरूको सहभागिता रह्यो, जसमा पत्रकार, समाजसेवी, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

    यसैगरी, जेद्दामा आयोजित मुख्य कार्यक्रम नेपाली महावाणिज्य दूतावासका कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा महावाणिज्य दूतावासका श्रम सहचारी तम्रराज काफ्लेले सञ्चालन गरेका थिए। समारोहमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवीहरू, र श्रमिक दाजुभाइ तथा दिदीबहिनीहरूको उल्लेखनीय उपस्थिति थियो।

    दुवै समारोहमा नेपालका संविधानले प्रदान गरेका अधिकार र कर्तव्यहरूबारे वक्ताहरूले चर्चा गरे। जेद्दामा, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलाई महावाणिज्य दूतावासले प्रशंसा पत्र प्रदान गरेर सम्मान गरेको थियो। सम्मानित हुनेहरूमा एनआरएनए साउदी अरबका पदाधिकारीहरू, समाजसेवीहरू, र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू समावेश थिए। रियाद र जेद्दाका यी दुवै कार्यक्रमहरूमा संविधान दिवसको अवसरमा एक अर्काबीच शुभकामना आदानप्रदान गर्दै नेपाली समाजको एकता र बन्धुत्वको भावना झल्किएको थियो। उपस्थित अतिथिहरूले नेपाल र नेपालीहरूको उज्ज्वल भविष्यको कामना गर्दै कार्यक्रमको समापन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर1 Comment on रियाद र जेद्दा स्थित नेपाली दूतावासद्वारा संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ मनाइयो

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७४ सम्पन्न

  • ५ आश्विन २०८१, शनिबार २०:२६ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १७४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १७४ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    कुरा
    मादक सुरा
    व्यवहारमा फेरि छुरा !

    • वसन्त अनुभव
      [२]
      नेता
      कोरा भाषण
      जनता आसमा रासन !
    • कविता आचार्य, कैलाली
      [३]
      दर्शक
      चुपचाप बसेर
      सुने घुँडा धसेर !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४]
      भेला
      नेताको चासो
      जनतामा ठूलो हाँसो !
    • साहित्य प्रेमी सुशील, धनगढी
      [५]
      चित्रमा
      बसेका चुपचाप
      नर हैन पशु !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [६]
      अधुरा
      आश्वासनका कुरा
      हुँदारहेछन तिखा छुरा !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [७]
      राजनीति
      भेडाको राज्य
      धुर्त स्यालको रजाइँ !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [८]
      नेतृत्व
      थाहा छैन
      आफ्नो पूर्ण दायित्य !
    • घनश्याम पौडेल, पोखरा
      [९]
      पशु
      पशुलाई खाेज्छ
      पछुताउँदै दु:ख राेज्छ !
    • ताराप्रसाद चापागाइँ, धुनिबेसी
      [१०]
      बेइमान
      नेपालका नेता
      जनता सबै भेडा !
    • रमा पन्त, पाल्पा
      [११]
      चुनाव
      स्यालको रजाइँ
      भेडा जनताको कजाइँ !
    • धनमाया चौधरी, कैलाली
      [१२]
      मान्छे
      गतिछाडा पशु
      हुँदैेछन् साह्रै साँढा !
    • भवानी घिमिरे, सर्लाही
      [१३]
      हाय
      लोकतन्त्रको जय
      जनतालाई भेडा बनाए !
    • पशपती राई, खोटाङ
      [१४]
      सुनेर
      भुल नगरौँ
      गलत नेता चुनेर !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१५]
      जमात
      अनावश्यक भिड
      अज्ञानता भित्रको विश्वासघात !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१६]
      भिड
      छ भेडाकै
      अझै बुद्धि आएन !
    • दीप गोले तामाङ, रौतहट
      [१७]
      देशमा
      भेडा जनता
      उन काट्ने नेता !
    • भुपेन्द्र राना मगर, धादिङ
      [१९]
      नेताकाे
      खाेक्राे भाषण
      पशुको रूप देखाउँदै !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [२०]
      अनुशासन
      बसेर कुरा
      गर्ने चुनावका कुरा !
    • भाेलामान बर्देवा
      धरान-८, सुनसरी
      [२१]
      भेडाहरू
      जुनसुकै चुन्छन्
      साह्रै एकोहोरो हुन्छन् !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [२२]
      कुरा
      गर्छन् ठूला
      काम सधैं अधुरा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२३]
      नजर
      लगाएन सरकार
      जमात भ्रष्टाचारीको भर !
    • एवाइ प्रभात
      सहिदभूमि, धनकुटा
      [२४]
      भाषण
      छैन व्यवहारमा
      बिताऔँ जीवन सदाचारमा !
    • कार्की डिबी माकुम
      [२५]
      भेँडाहरू
      अगुवा पच्छ्याउने
      भिरवाट खसाले पनि !
    • ध्रुव श्रेष्ठ
      [२६]
      जनता
      चुनावी मामिला
      काम कुरो एर्कोतिर !
    • रिता खराल, रूपन्देही
      [२७]
      कुकुर
      भेडाको साथ
      सधैँ चुलीको बास !
    • सन्तु खत्री
      [२८]
      भाषण
      मात्र सुन्नुपर्ने
      बाठोले बोल्न नपाइने !
    • विवश पारदर्शी, झापा
      [२९]
      चुनाव
      आश्वासन बाँड्दै
      नेता टोलटोलमा घुम्दै !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३०]
      बोली
      छलकपटको स्वर
      विश्वासघातीको हालीमुहाली उस्तै !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [३१]
      जनता
      भेडा भए
      भाषण सुन्न गए !
    • पृथक प्रकृति, झापा
      [३२]
      ज्ञानी
      सुनौँ भाषण
      छानौँ जानी जानी !
    • नागेन्द्रप्रसाद यादव
      [३३]
      जनता
      भेडाको बथान
      चतुर स्यालको रजाइँ !
    • गोपेन्द्र रिजाल
      पाँचथर, मेची
      [३४]
      चित्र
      माैन छन्
      मानव हाेइन पशु !
    • रबि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [३५]
      राजनीति
      अनौठो खेल
      हुने सदैव जालझेल !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [३६]
      भाषण
      कुरामा मात्र
      शासकले चलाउँछ शासन !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [३७]
      भेला
      स्वतन्त्रताका स्वाँठहरू
      सम्बोधन बेईमान पापात्माको !
    • कमला देवकोटा, पाल्पा
      [३८]
      ठूला
      कुरा गरेर
      हिँड्छन् भ्रम छरेर !
    • सरिता सेढाई, धादिङ
      [३९]
      राजनीति
      नेताको खेल
      भेडा जनताहरू झेल !
    • सङ्गीता खरेल, काठमाडौँ
      [४०]
      नेता
      भाषणको प्रणेता
      मुखमा डरलाग्दो छुरा !
    • डुकछिरिङ्ग लेप्चा
      मिरिक, भारत
      [४१]
      जनता
      नबुझ्ने कहिले
      शासक चलिरहने जहिले !
    • सुरेश न्यौपाने
      [४२]
      नेता
      भाषणमा रमिता
      पालन गर्दैनन् आचरसंहिता !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [४३]
      भाषण
      कुकुरको भुकाई
      भेडाहरुलाई हुन्छ राशन !
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी-१, सुनसरी
      [४४]
      भेडाहरू
      बथानमा कराए
      झुटा आश्वासन हराए !
    • हिरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [४५]
      नेता
      लाटा देशको
      गाडो छ तन्नेरी !
    • बुद्धिप्रसाद लामिछाने
      घोनपा-८, कैलाली
      [४६]
      भेडाहरू
      ‌खाएर खोक्रो
      बनाएका देश धोद्रो !
    • सरस्वती वली
      [४७]
      परम्परा
      नेपाली जनताको
      बिगार्नेलाई नै जिताउने !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४८]
      राजनीति
      काँही नभएको
      राज्य सत्तामा बेथिति !
    • दुर्गा भट्टराई, मोरङ
      [४९]
      भाषण
      माकुरी जाल
      विकृत विवश काल !
    • आर्त अकुलीन
      [५०]
      पशु
      भेडाहरूकाे बथान
      दलाल दिँदैछ उत्थान ।
    • केसर बाेहरा ‘सङ्घर्ष’
      सुदूरपश्चिम, अछाम
      [५१]
      भाषण
      कुरामा कुरा
      जहिले अधुरै अधुरा !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [५२]
      चुनाव
      आउँदा मात्रै
      जनता प्रयोगमा आउने !
    • छिरिङ अविरल
      [५३]
      चुपचाप
      भाषण सुनौँ
      नारामा कोही नझुलौँ !
    • बेदु न्यौपाने
      [५४]
      कुटिल
      मादक कुरा
      नेतृत्वको लाग्ने छुरा !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [५५]
      जनता
      चुपचाप बस्छन्
      निकम्माको भाषण सुनेर !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५६]
      जनता
      सधैँ सोझा
      नेताले सम्झिए भेडा !
    • समुन्द्रा शर्मा, सुनसरी
      [५७]
      नेता
      उधारो आश्वासन
      जनता ट्वाल्ल भ्रममा !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, मसुरिया, कैलाली
      [५८]
      भेडा
      साथ खोज्छ
      अनि आफूजस्तै रोज्छ !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५९]
      वाक्पटुहरू
      कुराको रसास्वादन
      विचरा जनता जनार्दन !
    • गोपालप्रसाद पौडेल
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १७४ सम्पन्न

    साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

  • ५ आश्विन २०८१, शनिबार १९:४८ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा तथा नेपाली दूतावास रियाद साउदी अरबले संविधान तथा राष्ट्रिय दिवस २०८१ भव्यताका साथ सम्पन्न गरेको छ।
    जनताद्वारा गत  २०७२ असोज ३ गते लिखित तथा पारित भएको संबिधानको सम्मान स्वरुप  साउदी अरबको जेद्दा तथा नेपाली दूतावास रियादमा गत ४ असोज शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ। साउदी अरबमा कृयासिल रहेका विभिन्न संघसंस्थाहरूं समाजसेवीहरु, श्रमिक नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थितिमा आयोजना गरिएको उक्त  कार्यक्रममा नेपाली महावाणिज्य दूतावास जेद्दाका प्रमुख कार्यवाहक महावाणिज्य दूत शत्रुधन पोखरेलज्यूको अध्यक्षतामा भएको थियो। महावाणिज्य दूतावास जेद्दाका श्रम सहचारी तथा महावाणिज्य दूत तम्रराज काफ्लेद्वारा सञ्चालित उक्त कार्यक्रम नेपाली राष्ट्रिय गान सहित  सञ्चालन गरिएको थियो।
    उक्त कार्यक्रममा एनआरएनए साउदी अरबका पदाधिकारीहरु, एनआरएनए आरसीसी जिद्दाका सम्पूर्ण पदाधिकारीहरु, एनआरएनए जिजानका पदाधिकारीहरू नेपाली युवा क्लबका पदाधिकारीहरू, किरात राई यायोख्या जेद्दाका पदाधिकारीहरु, नेपाली साझा मञ्च साउदीका पदाधिकारीहरु, इस्लामिक दावा सेन्टर जेद्दाका पदाधिकारीहरु, हातेमालो युवा क्लबका पदाधिकारीहरू रोल्पाली सेवा समाजका पदाधिकारीहरू, यसका साथसाथै अन्य संघसंस्थाका पदाधिकारीहरु र श्रमिक दाजुभाई तथा दिदीबहिनीहरु अन्य समाजसेवी तथा बुद्धिजीवीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    उक्त कार्यक्रममा विभिन्न समाजसेवी तथा संघसंस्थाका पदाधिकारीहरुलाई उहाँहरुको योगदानको उच्च  कदर गर्दै महाबाणिज्य दूतावास जेद्दाले  सम्मान पत्र प्रदान गरेको थियो । एनआरएनए आइसिसी  साउदिका पदाधिकारी राजेन्द्र अर्याल, पुर्व उपाध्यक्ष यास्मिन बेगम, समाजसेवी राजु सैयद, एनआरएनए अध्यक्ष रबिना अर्याल, एनआरएनए उपाध्यक्ष राज कुमार गिरि, आरसिसि जेद्दा, आरसिसि जिजान, नेपाली युवा क्लब जेद्दा, नेपाली हातेमालो युवा क्लब जेद्दा, किरातराई यायोख्या जेद्दा, तमु धिँ जेद्दा, रोल्पाली समाज जेद्दा, इस्लामिक सेन्टर जेद्दा, नेपाली साझा मंच जेद्दा, साथै आफ्ना भोलिएन्टर र अन्य समाजसेवि हरुलाइ सम्मान गर्दै प्रशंसा पत्र दिएइको थियो।

    कार्यक्रममा शुभकामना दिने क्रममा तमु धिं जेद्दाका अध्यक्ष बेद तमु लगायतका अन्य संघसंस्थाका पदाधिकारीहरूले संविधान दिवसको शुभकामना दिएका थिए। यसैगरी मदिनाका प्रोफेसर मोहम्मद युसुफ ले   संविधान सम्बन्धी छोटो जानकारी दिँदै शुभकामना दिएका थिए।
    यसैगरी महावाणिज्य दूतावास जेद्दाको तर्फबाट कार्यक्रमका अध्यक्ष कार्यवाहक महावाणिज्य दूत शत्रुध्वन पोखरेलज्यूले उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई स्वागत गर्दै संविधान दिवस २०८१ को शुभकामना प्रदान गर्नुभएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा संबिधान दिवस भब्यताका साथ सम्पन्न, दूतावासद्वारा समाजसेवीहरु सम्मानित

    विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन

  • ५ आश्विन २०८१, शनिबार १४:१८ मा प्रकाशित
  • दाङ, ५ असोज । दाङमा क्रोसिया पठाउने भन्दै युवाहरूसँग पैसा लिएर म्यानपावर व्यवसायी सम्पर्कविहीन भएका छन् । घोराही उपमहानगरपालिका–१५ तुलसीपुरचोक (भानुचोक) नजिकै रहेको दियालो कन्सल्टेन्सी सञ्चालन गर्ने घोराही निवासी शम्शेर सिंहलगायत तीन जना करिब एक करोड रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएका छन् ।

    म्यानपावर व्यवसायी सिंहसँगै तुलसीपुर निवासी कृष्ण पुन र भैरहवा निवासी पिताम्बर यादव दुई महिनादेखि सम्पर्कविहीन भएको पीडितले बताएका छन् । पीडितले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर क्रोसिया पठाउने भन्दै एक लाखदेखि १० लाख ५० हजार रुपैयाँसम्म उठाएका सिंहलगायत तीन जना सम्पर्कविहीन भएको पीडित रोल्पा निवासी धनबहादुर विकले बताएका छन् ।

    क्रोसिया पठाउने भनेर आपूmसँग दुई पटक गरेर १० लाख ५० हजार रुपैयाँ लिएर अहिले सम्पर्कविहीन भएको उनले बताए । ‘क्रोसिया पठाउने भनेपछि मैले दुई पटक गरेर शम्शेर सिंहलाई १० लाख ५० हजार रुपैयाँ दिएको हुँ’, पत्रकार सम्मेलनमा धनबहादुरले भने, ‘तर पैसा लिएका म्यानपावर व्यवसायी सिंह अहिले सम्पर्कमा छैनन् ।’

    धनबहादुरलाई क्रोसिया पठाउन नसकेपछि म्यानपावर व्यवसायी सिंहले २०८० चैतमा अजरबैजान र त्यसपछि कम्बोडिया भिजिट भिसामा पठाएका थिए तर त्यहाँ काम नपाइने भएपछि फर्किएर आउँदा म्यानपावर व्यवसायी सम्पर्कमा नभएको बताए । ‘ऋण काढेर जुटाएको पैसाको व्याज बढेर १२÷१३ लाख पुग्न लागेको भनेपछि म्यानपावर व्यवसायी सिंहले राम्रो काम पाइने र त्यहाँबाट युरोप, अमेरिका जान सकिने भने ।

    उनको विश्वासमा गत चैतमा अजरबैजान र त्यसको एक महिनापछि नेपाल फर्किएर कम्बोडिया गएको थिएँ’, पत्रकार सम्मेलनमा धनबहादुरले भने, ‘तर त्यहाँ केको कमाइ हुनु, काम नै नपाइँदो रहेछ ।’ त्यहीँबाट म्यानपावर व्यवसायीलाई सम्पर्क गर्दा सम्पर्कमा नआएपछि घरबाट पैसा पठाउन लगाएर नेपाल फर्किएको बताए । असारमा नेपाल फर्किएका धनबहादुरलगायत तीन जनाले साउन ४ गते वैदेशिक रोजगार विभागमा ठगिएको भन्दै सिंहसहित तीन जनाविरुद्ध मुद्दा दर्ता गरेको बताए ।

    धनबहादुर जस्तै ठगिनेमा रोल्पाकै अमर विक पनि रहेका छन् । क्रोसिया जानका लागि म्यानपावर व्यवसायी सिंहको सम्पर्कमा पुगेका अमरलाई सिंहले कम्बोडियामा आकर्षक काम र पैसा कमाउन सकिने र पछि त्यहीँबाटै युरोप, अमेरिका जान सकिने भन्दै चैतमा कम्बोडिया पठाएका थिए । आकर्षक काम र पैसाको लोभमा कम्बोडिया पुगेका विकले पैसा कमाउने त परैको कुरा काम नपाएर दुःख पाएपछि तीन महिनापश्चात फर्किएको बताए ।

    ‘कम्बोडियाबाट पटक–पटक सम्पर्क गरेका थियौँ, सम्पर्क हुन सकिन, यहाँ आएर पनि खोज्ने प्रयास ग¥यौँ तर भेट्नै नसकेपछि ठगिएको महसुस गरेर वैदेशिक रोजगार विभागमा मुद्दा दर्ता गरेका हौँ’, उनले भने, ‘हामी जस्तै अन्य कोही नठगिनु होला भन्न चाहन्छौँ ।’ अमरले कृष्ण पुन र पिताम्बरको खातामा पैसा हालिदिएका थिए । पैसा लगेपछि अहिले घोराहीमा रहेको म्यानपावरको कार्यालय समेत बन्द गरेर सम्पर्कविहीन भएको अमरले बताए ।

    धनबहादुर र अमरजस्तै २२ जना बढीको करिब एक करोड बढी रकम कुम्ल्याएर म्यानपावर व्यवसायी सिंहसँगै कृष्ण र पिताम्बर भागेको पीडितले पत्रकार सम्मेलनमा बताएका छन् । ठगिएका व्यक्तिबाट एक लाखदेखि १० लाखसम्म रकम उठाएर तीन जना सम्पर्कविहीन भएको भएको देवीकला महराले बताइन् । ‘सुरुमा फोन गर्दा पठाउन नसके पैसा फिर्ता दिन्छौँ भन्थे’, उनले भनिन्, ‘तर अहिले न मान्छे सम्पर्कमा छन् न पैसा दिन्छन् ।’ महराले छोरालाई विदेश पठाउनका लागि एक लाख रुपैयाँ म्यानपावर व्यवसायी सिंहलाई दिएकी थिइन् । उनीले जसरी भए पनि पक्राउ गरेर ठगिएका नागरिकलाई न्याय दिन प्रशासनसँग माग समेत गरेकी छन् ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on विदेश पठाउने भन्दै पैसा लिएर सम्पर्कविहीन

    पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

  • ५ आश्विन २०८१, शनिबार ०८:१६ मा प्रकाशित
  • कृतिकार: मुक्ति गौतम
    समीक्षक: डा. शंकरप्रसाद गैरे

    ‘चाक चारब्रा’ लघुकथासङ्ग्रहका लेखक मुक्ति गौतम भारतीय मुलका नेपाली हुन् । मणिपुरको कालापहाडमा जन्मिएका गौतमले माध्यमिक तहको अध्ययन गरेका छन् ।
    लामो समय शिक्षण सेवामा संलग्न रहेर सेवा निवृत्त भएका गौतमले निबन्ध विधामा कलम चलाएका छन् भने विभिन्न कृति तथा पत्रपत्रिकाको सम्पादन समेत गरेका छन् ।

    आधा दर्जनभन्दा बढी कृतिका लेखक गौतमले सन् १९८० को दशकमा गुवाहाटीबाट प्रकाशित हुने ‘हाम्रो ध्वनि’ पत्रिकामा एक मिनेटका कथा नामबाट प्रकाशित भएका छोटा कथाबाट प्रभावित भएर लघुकथा लेखनमा लागेको देखिन्छ ।

    विभिन्न पत्रपत्रिका र नमस्ते आधुनिक लघुकथा मञ्चको पेजमा आफ्ना लघुकथा प्रकाशित गर्दै आएका गौतमको ‘चाक चारब्रा’ पहिलो लघुकथासङ्ग्रह हो । सानासाना आकारका एकचालीसवटा लघुकथा समेटिएको यस सङ्ग्रहको नाम मणिपुरे भाषामा राखिएको छ । चाक चारब्राको अर्थ खाना खानुभो ? भन्ने लाग्छ । कृतिको अठ्ठाइसौँ क्रममा यही शीर्षकको लघुकथा समाविष्ट छ ।

    सामाजिक यथार्थ र आदर्शलाई प्रस्तुत गरिएको यस कृतिमा समाविष्ट लघुकथाहरूले विषयगत विविधतालाई प्रस्तुत गरेको पाइन्छ । केही भारतीय परिवेश, केही नेपाली परिवेश र केही दुवै देशलाई मिल्ने परिवेशमा आधारित यिनका लघुकथामा समस्यालाई प्रस्तुत गर्दै तिनको समाधान खोज्ने कार्य गरेको पाइन्छ । शहर र गाउँका विशेषता र समस्या, मान्छेका मनोभावना, स्वार्थ, मानवेतर प्राणी, शरीरका अङ्गको मानवीकरण, गरिएका लघुकथाहरू सरल र सुन्दर छन् ।

    शीर्षक चयनलाई अभिधेय तुल्याइएकाले सरल बनेको देखिन्छ । युवा वर्गमा देखिएको विकृति, उद्दण्डपन, बृद्धप्रतिको अनुदारपना, गाउँको विशालता र शहरको साँघुरोपन, अमानवीय हत्याहिंसा, ठट्टामा हुने दुर्घटना, सासूससुराको सम्मान र सेवा गर्ने आदर्श बुहारी, स्वार्थी र झुटो बोल्ने नेताप्रतिको वितृष्णा, कोरोना कहर, दुर्घटना, पुत्र तथा सन्तानमोह र पत्नीको अपहेला, आदर्श छोरा, आदर्श छिमेकी, सङ्घर्ष र मानवता, बिग्रिएको नयाँ पुस्ता, अधिकारका नाममा विकृति, लोभ, अकर्मण्यता, घमण्ड, लगायतका विषयलाई विभिन्न विषयप्रसङ्गका माध्यमबाट प्रस्तुत गरिएको छ ।

    विषयमा वैविध्य प्रस्तुत गर्ने गौतमका लघुकथाहरू सरल र रैखिक ढाँचामा लेखिएका छन् । केही रचनामा व्यङ्ग्य चेतना देखिन्छ भने अत्यधिक रचनामा आदर्श चेतना देखिन्छ ।

    पछिल्लो समयको एकल परिवारको प्रभावले आमाबाबुलाई बिचल्लीमा पारेका मार्मिक सन्दर्भ प्रस्तुत गर्ने गौतमका लघुकथा समयको प्रतिध्वनिका रूपमा देखापरेको छ ।

    २०८१ वैशाखमा प्रकाशित लघुकथासङ्ग्रह `चाक चारब्रा´को प्रकाशन आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव1 Comment on पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P