• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग चित्रपट भाग- ९१

  • ४ भाद्र २०८१, मंगलवार १९:३५ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकानब्बेऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०४/३१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:९१[एकानब्बेऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    कति सुन्दर एउटा गाउँ छ।
    थाहा छैन मलाई के नाउँ छ।
    हिमाल र पहाड कति राम्राे,
    सधै बसिरहुँ लाग्ने ठाउँ छ।
    लाग्दछ यहाँ ईशकाे पाउ छ।
    सुशीला पाैडेल
    पञ्चाङ्ग:०२
    अहाे! प्रकृतिकाे दृश्य क्या राम्राे मनमाेहक
    हेर्दै घुम्दै त्यहाँ पुग्दा हाेला झन् तन माेहक
    आँखा नचाउदै हेर्ने चाहना बढ्न गाे भने
    दुवै आँखा नझिम्क्याई हेरेमा झन माेहक
    हिमाल मुनिका वृक्ष हुँदा भाे वन माेहक।
    ताेयानाथ सुवेदी

    पञ्चाङ्ग:०३
    पुरानो गाउँ शिखरमुनी रमाउँछ सपना बुनेर
    हिउँले ढाकिएर प्रसिद्धि कमाउँछ सपना बुनेर
    सुनौलो वर्णको खेतबारी सूर्यको किरणले चम्कदा
    लेकबेँसी गरेको हितैषी थमाउँछ सपना बुनेर
    त्यो शान्तिपूर्ण बस्तीले आँखा समाउँछ सपना बुनेर ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    पञ्चाङ्ग:०४
    हिमाल मुनि घर छ मेरो
    यसैको एक भर छ मेरो
    शत्रु छन् मेरा कति हो कति
    प्रगति अलि पर छ मेरो
    बिगारी दिने डर छ मेरो
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५

    चारैतिर साथी पायो भने
    गर्मीमा शीतल छायो भने
    देखी सुनीरहूँ लाग्दो होला
    कतै मिठो गीत गायो भने
    विनासर्त माया लायो भने ॥

         गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०६

    हिमालको छाया पाउँदा ।
    नेपालीको माया पाउँदा ।
    नाच्छु, गाउँछु, नचाउँछु ,
    स्वस्थ्य ,स्फूर्ति काया पाउँदा
    मित्र दाँया बायाँ पाउँदा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०७
    हिमालको फेदीमा सानो घर छ
    घर भित्र मेरो अनेकौं रहर छ
    रहरै रहरमा बित्न लाग्यो जीवन
    बस्ती भन्दा धेरै टाढा शहर छ
    सपनाको शहरमा पुग्न कहर छ।
    कला ढकाल झापा

    पञ्चाङ्ग:०८
    नेपालको हेर धेरै माया छ।
    हिमालमा हेर्दा सेतो छाया छ।
    सगरमाथा नेपाल चिनारी ,
    हिमाली पाखा हेर्दा त दायाँ छ।
    बिचित्र घरहरूमा काया छ।
    ✍️
    बेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०९
    कति सुन्दर देखिन्छन् गाउँ रमाएर हिमाल फेदमा ,
    त्यहीँ मानिसले खाद्यवस्तु कमाएर हिमाल फेदमा।
    सुन्दर शान्त र रमणीय देखिन्छ हाम्रो देश नेपाल,
    सधैँ एकजुट हुन्छन् हात समाएर हिमाल फेदमा ,
    अगाडि बढनु पर्छ अब जमाएर हिमाल फेदमा।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१०
    देश सोध्यौ भने नेपाल नाउँ छ मेरो
    हेर्नलाई भन्छन् रे जाऊँ जाऊँ छ मेरो
    हिमालको काखमा संसार लोभ्याउने
    आधुनिकताले नछोप्या ठाउँ छ मेरो
    स्वर्ग झैँ सुन्दर एउटा गाउँ छ मेरो ।

    श्रीकृष्ण शर्मा पोखरा -५, मालेपाटन

    पञ्चाङ्ग-११
    नेपाली हुँ भन्न पाउदा कति गर्व गर्छौं हामी नेपाली
    यही मलिलो माटोमा शान्तिको बिउ छर्छौं हामी नेपाली
    प्रकृतिको सुन्दर देश नेपाल कहिँ छैन अर्को स्वर्ग
    यही हो स्वर्ग यहीँ जन्मिएर यहीँ मर्छौं हामी नेपाली
    मरेर हैन जिउँदै भवसागर तर्छौं हामी नेपाली ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:१२
    सुन्दर ठाउँ लाग्छ राम्रो।
    हिमाल नाउँ लाग्छ राम्रो।
    हिमाल विश्व चिनाउने,
    राख्दा त पाउ लाग्छ राम्रो।
    सबैमा जाउँ लाग्छ राम्रो।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on पञ्चाङ्ग चित्रपट भाग- ९१

    हाम्रो युवा क्लब द्वारा आयोजित निःशुल्क कान जाच शिविर सम्पन्न।

  • ४ भाद्र २०८१, मंगलवार १८:३८ मा प्रकाशित
  • उमेश कुशवाहा बीरगंज – पर्साको बहुदरमाई नगरपालिका वडा नं.-७ फूलकौल टोलमा निःशुल्क कान जाच शिविर सम्प्पन भएको छ ।

    हाम्रो युवा क्लबद्वारा आयोजित तथा बिरेन्द्र प्रसाद यादव बहुदरमाई न.पा.-७ का वडा अध्यक्षको सहकार्यमा १०० जना भन्दा बढीको निशुल्क कान जाँच तथा औषधी बितरण गरिएको छ।

    इम्पेक्ट नेपाल, रूँगटा वेलफेयर कान उपचार केन्द्रबाट आउनु भएका डाक्टरद्वारा चेक-जाँच गरी निशुल्क औषधि पनि बितरण गरिएको थियो।

    वडा अध्यक्ष यादवले – कसैले पनि हाम्रो वाडमा क्लब,संस्था, युवाले यस्तो कार्यगरी रहेकोछ भने म सक्दो सहयोग गर्ने ततपर रहनेछु र आउने आर्थिक बर्षमा बिभिन्न उपचारको लागी वडा बाट बजेट पनि छुट्टयाउने बताउनुभयो।

    Posted in मुख्य खबर, समाज4 Comments on हाम्रो युवा क्लब द्वारा आयोजित निःशुल्क कान जाच शिविर सम्पन्न।

    मेसीले फिफा विश्वकप छनोट खेल गुमाउने

  • ४ भाद्र २०८१, मंगलवार १०:५८ मा प्रकाशित
  • अर्जेन्टिनाका स्टार फुटबल खेलाडी लियोनल मेसीले फिफा विश्वकप छनोट अन्तर्गत दुईवटा खेल गुमाउने भएका छन् ।

    सेप्टेम्बर ५ मा हुने चिलीविरुद्धको खेल र १० मा हुने कोलम्बियाविरुद्धको खेलको प्रारम्भिक छनोटमा मेसी नअटाएपछि उनले दुई खेल गुमाउने पक्का भएको हो ।

    गत महिना अमेरिकामा भएको कोपा अमेरिकाको फाइनलमा खुट्टामा चोट लागेका कारण ३७ वर्षीय मेसीलाई टिममा समावेश नगरिएको हो ।

    उनी हाल अमेरिकामा रिकभरिको प्रयासमा छन् ।

    टिममा प्रशिक्षक लियोनेल स्कालोनीले मिडफिल्डर इजेक्वेल फर्नान्डेज र स्ट्राइकर भ्यालेन्टिन क्यास्टेलानोसलाई पहिलो पटक टिममा सामेल गरेका छन् ।

    Posted in खेल, मुख्य खबर1 Comment on मेसीले फिफा विश्वकप छनोट खेल गुमाउने

    दाङका प्रमुख जिल्ला अधिकारी सार्वजनिक रक्षाबन्धन कार्यक्रममा

  • ४ भाद्र २०८१, मंगलवार ०७:५४ मा प्रकाशित

  • भाद्र ३ दाङ / सनातन वैदिक सभ्यता र संस्कृतिकाे संरक्षण तथा निरन्तरताकालागि दाङकाे उत्तरवाहिनी त्रिवेणी धाम शुक्रवारमा संचालित श्री माता पवित्रादेवी साङ्गवेद संस्कृत मा.वि (गुरुकुल) का वटुकहरुबाट घाेराहीकाे भानु चाेक तथा दामाेदर चाेकमा सार्वजनिक रक्षावन्धनकाे कार्यक्रम सम्पन्न भएकाे छ ।दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी रामवन्धु सुवेदीज्यूकाे प्रमुख उपस्थितिमा गुरुकुलका वटुकहरुकाे स्वस्ति वाचन बाट शुरुवात गरिएकाे कार्यक्रममा प्रमुख जिल्ला अधिकारीज्यूले आफैबाट रक्षाबन्धन गरी शुभारम्भ भएकाे थियाे ।
    जिल्लाका अभिभावक प्रमुख जिल्ला अधिकारीज्यूकाे प्रमुख उपस्थितिमा संचालित सार्वजनिक रक्षा वन्धन कार्यक्रमले हामीलाई सद्भाव , हाैसलाका साथै प्रेरणा प्रदान गरेकाे छ , सबैकालागि सर्व सुलभ रुपमा रक्षाबन्धनकाे सेवा प्रदान गर्ने नै गुरुकुलकाे आजकाे प्रमुख उद्धेश्य रहेकाे साथै आगामि दिनमा कसरी सर्वसुलभ तरिकाले हाम्रा चाडपर्वकाे महत्वलाई सबै माझ सरलीकृत तरिकाले बुझाउन सकिन्छ यसका बारेमा पनि गुरुकुलले नयाँ याेजना बनाउँदै लैजानेछ ।दाङ जिल्लामा संचालित गुरुकुलीय गतिविधिलाई समाज संग जाेडेर लैजानकालागि व्यवस्थापन समितिकाे यस बारेमा चासाे रहेकाे कुरा आश्रम तथा गुरुकुल व्यवस्थापक प्रकाश भट्टराईले कार्यक्रममा जानकारी गराउनु भयाे । भानु चाेक र दामाेदर चाेकमा बिहान ७:४५ देखि १० बजे सम्म साथै अन्य सार्वजनिक स्थान मठ मन्दिरमा गरि हजाराैंकाे संख्यामा गुरुकुलका वटुकहरुबाट रक्षाबन्धनकाे पुण्य अबसर प्राप्त गर्नु भएकाे थियाे ।

    श्रोत- सरस्वती कुटीबाट मेसेन्जरमा प्राप्त समाचार

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on दाङका प्रमुख जिल्ला अधिकारी सार्वजनिक रक्षाबन्धन कार्यक्रममा

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३१ सम्पन्न

  • ३ भाद्र २०८१, सोमबार २३:३६ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ३१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    …
    १,
    कानुन छ भन्दै
    बदमासी दिमाग खियाउॅंछौ
    भागको नाफा गन्दै ।
    २,
    उकालोतिर तानिरहेको हुन्छु
    ओरालो बल गरिरहन्छौ
    निराशाले हात धुन्छु ।
    ३,
    इमान्दारिताको जित सम्झेर
    केही कदम खोजिबसेँ
    व्यक्तिभन्दा संस्था मानेर ।

    • म्यामराज राई
      …
      १,
      नाफा घाटा भन्दै
      खुट्टा तान्न थाले
      साँढे जस्तो बन्दै ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      …
      १,
      हाँसी खुसी बाँचौँ
      तिज आउन लाग्यो
      संस्कारि गितमा नाचौँ ।
      २,
      भित्रियो नेपालीहरुको पर्व
      छाडा संस्कृतिको बहिष्कार
      सबैले गरौँ गर्व ।
      ३,
      बाआमा दिदिबहिनी दाजुभाइ
      जन्मस्थल स्वर्गभन्दा प्यारो
      जन्मेको घर हाइहाइ ।
    • चुडामणी देवकोटा, पुरानो नैकाप, काठमाडौँ
      …
      १,
      सबै छ हातमा
      तर पनि किन?
      खुसी छैन माथमा।
      २,
      लिनुपर्छ जीवनमा खुसी
      जिन्दगी चलाऔॅं यसरी
      नत्र पर्छ ढुसी ।
      ३,
      इमान्दार बन्ने मन
      पुर्‍याउन सकिन्छ चाहॅंदा
      नचाहॅंदा बेखुसी झनझन ।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
      (हालः-क्यानडा,क्यालगरी)
      …
      १,
      भयो साहित्यिक यात्रा
      हुन सकिनॅं प्रभावशाली
      बन्यो बेमौसमको जात्रा।
      २,
      यहाँ देशको हितमाभन्दा
      आफ्नै माया प्रेम
      देशभक्त छैनन् गन्दा।
      ३,
      सबैका आफ्नै धुन
      प्रतिभा निखार्ने कोले
      लगाएर देशलाई गुन।
    • सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ
      …
      १,
      आफ्नो बाटो हिँड्नु
      नबिराउनु, नडराउनु भन्छन्
      आइलाग्यो भने भिड्नु ।
      २,
      भ्रष्टाचारको सिपालु पात्र
      कहिले अघाउने होला ?
      जनतालाई ठगेर मात्र ।
      ३,
      झन् पलायो रहर
      एकपछि अर्को सफलता
      खुसीको भयो सगर ।
    • पृथक प्रकृति, झापा
      …
      १,
      मेरो नजरमा पर्‍यो
      किन हो तिमीले
      नचिने झै गर्‍यो ।
      २,
      चिन्ता म लिन्न
      जोसुकैले जेसुकै भनून्
      कसैलाई सराप दिन्न ।
      ३,
      याद राख्छु खुनीको
      के गर्छ हेरौँला !
      केही हुँदै नहुनीको।
    • सतीश पण्डित ( सिकारु), भानु – ६, चुँदी, तनहूँ
      (हाल चनपा ६ मातनतीर्थ)
      …
      १,
      सुन्दर हाम्रो ठाउँ
      शहरमा बस्ने माइलीले
      बिर्सियो आफ्नो गाउँ ।
      २,
      साउन महिना गयो
      भदौरे घाम लाग्दा
      हिउँद सुरु भयो ।
      ३,
      लाउँछन् रातो सारी
      तिजको गीत गाउँदै
      नाच्छन् हिन्दु नारी।
    • राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर
      …
      १,
      राखेर उच्च नाम
      मिलेर गरौँ सबैले
      इमानदार बनी काम ।
      २,
      असत्यसँग सधैँ भिड्नु
      जित अवश्य हुन्छ
      दिल खोलेर हिँड्नु।
      ३,
      सत्यको पाइला चाल्नु
      अन्धकारलाई चिरी सधैँ
      उज्यालोको दियो बाल्नु।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न.पा. – ६, सङ्खुवासभा
      …
      १,
      किन त्यस्तो भनेको ?
      खुट्टा तानेको होइन
      अनुयायी पो बनेको ।
      २,
      सोच्नु सधैँ राम्रो
      जस्तो सोच्यो त्यस्तै
      हुन्छ व्यवहार हाम्रो ।
      ३,
      सम्पत्ति हो सोच
      यसैले निम्त्याउॅंछ हामीमा
      आपत्ति अनि बेचैन ।
    • दीपा समभाव, दुबेकोल खोटाङ
      …
      १,
      किन आयो रहर,
      बाँझो खेत गाउँमा
      रुखो रहेछ सहर।
      २,
      खोलामा बाढी आउँछ,
      मायामा पहिरो गइगयो
      यादहरूले धेरै सताउँछ।
    • होमप्रसाद नेउपाने, धरान, सुनसरी
      …
      १,
      राम्रो चले कुरा
      सबैको हुन्छ भलो,
      इच्छा पनि पुरा ।
      २,
      सके मिलेरै जाऔॅं
      धकेल्नु हुन्न कसैलाई,
      फल्ने वृक्ष लाऔॅं ।
      ३,
      आफ्नो बाटो हिँड्ने
      के लिएर जाउला ?
      अनि हामी भिड्ने ।
    • पुष्पा राई, खोटाङ
      …
      १,
      सुविधा हुनेले पाए
      सुशासनको कुरै नगर,
      जनताको पसिना खाए।
      २,
      आफैलाई अचम्म लाउने
      कठघरामा निर्दोष हुन्छ,
      उन्मुक्ति दोषीले पाउने।
    • शङ्कर कार्की, मकवानपुर
      …
      १,
      मनमा शङ्का आयो
      अवरोध भयो काममा
      सोचमा निराशा छायो।
      २,
      काम गर्नै पर्ने
      सहज जीवनको लागि
      नत्र कसले भर्ने।
      ३,
      खेलमा बदमासी गर्छन्
      अनि हुन्छ झगडा
      हानाहान गरेर मर्छन्।
    • नवराज भट्ट, कञ्चनपुर
      …
      १,
      भदौ महिना लाग्यो
      अब नेपाली नारीहरूमा
      तिजको लहर जाग्यो ।
      २,
      मौलिक गीत गाउनुपर्छ
      सबैले सभ्य तरीकाले
      मिलेर तिज मनाउनुपर्छ ।
      ३,
      क्वाटी खाउ साँधेर
      भाद्र तीन जनैपूर्णिमा
      मनाऔॅं रक्षाबन्धन बाँधेर ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      …
      १,
      देशको चिन्ता भएन
      विकासको गति मन्दले
      समृद्धिको मार्गमा गएन ।
      २,
      नेताको भड्किलो रवाफ
      कार्यकर्ताको दबाब धेरै
      दिने व्यर्थको जबाफ ।
      ३,
      बनाए जनतालाई कोइलो
      आफू गर्छन् संसदमा
      बसेर सधैँ रोइलो ।
    • डिल्लीराज ‘राजेन्द्र’ भुसाल, सन्धिखर्क-२, कुर, अर्घाखाँची
      …
      १,
      जीवन कर्मको खेल
      आफ्नै पसिनामा रमाऊ
      कहिल्यै नगर जालझेल !
    • आर्त अकुलीन
      …
      १,
      तीजको महिमा सरर
      भदौको महिना महत्त्व
      दरको बास्ना हरर ।
      २,
      झिल्का लेख्छौ मिलेर
      सहर्ष स्वीकार गरेर
      जान्छन् असङ्ख्य बिलेर ।
      ३,
      जनै पूर्णिमा मनाऔॅं
      चाडपर्व शुरुआत सॅंगसॅंगै
      क्वाँटीको स्वाद जनाऔॅं ।
    • अम्बिका अधिकारी, बिर्तामोड, झापा
      …
      १,
      फ्याकिॅंदैछन् राज्यबाट राम्रा
      कसरी आउँला समृद्धि ?
      सत्तामा छन चाम्रा ।
      २,
      निरङ्कुश भो शासन
      अब जिम्मेवारीविहीन छन्
      झुटै झुट्का भाषण ।
      ३,
      कार्यकर्ता नागरिक हैनन्
      हेर्छन सधैँ टुलुटुलु
      त्यसैले देशभक्त छैनन् ।
    • ऋजु दिल्पाली, इटहरी -१, सुनसरी
      …
      १,
      बुझेर पनि हाल
      नचाहिने कुरा खोज्दै ,
      गर्छन अनेक सवाल ।
      २,
      छाडा गीत गाएर
      तिज मनाउँछन आजभोलि
      आधा कपडा लाएर ।
      ३,
      जोडेपछि हामीले घरबार
      हेर्दै जानु तिमी ,
      झुपडी बन्छ दरबार ।
    • अमृत कोइराला, पोखरा
      …
      १,
      भ्रम औधी छर्ने
      भक्तिभाव देखाई झनै
      बढी स्वाङ गर्ने ।
      २,
      गयो चलन तासाको
      मोलमोलाइ गर्नुभन्दा त
      एक वचन खासाको ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      …
      १,
      रङ्गीन या फिक्का
      तिम्रो नामले अडियो
      एकनासले चलेको हिक्का।
      २,
      छोरीलाई घुम्टो ओढायौ
      त्यसै गरी तिमीले
      छोरालाई सदाचार सिकायौ?
      ३,
      कानुन एकतिर सारी
      फाँसी देउ सरकार
      जिउँदै छन् बलात्कारी ।
    • दिवाकर चाम्लिङ्ग राई, खर्साङ्ग, दार्जिलिङ
      …
      १,
      पैसा फल्दैन रुखमा
      गरेपछि मेहनत हामीले
      बित्छ जीवन सुखमा।
      २,
      स्वच्छ भए हावापानी
      सधैँभरि हुनेछ हाम्रो
      निरोगी फुर्तिलो जिन्दगानी ।
      ३,
      गरून् दुनियाले डाहा
      मान्नु हुँदैन हार
      भन्नेछन् एकदिन आहा !
    • खडक आर सि मिलन, छेडागाड नपा.- २, साल्मा, जाजरकोट
      …
      १,
      रक्षा धागो बाधेर
      सम्बन्ध प्रगाढ बनाउँछौँ ,
      दाजु बैनीको हेर ।
      २,
      चिसोले धेरै गाल्छ
      क्वाँटी खाए सबैले ,
      भन्छन् चिसो फाल्छ ।
      ३,
      मिसाई नौ थरी
      क्वाँटी खाऔॅं सबैले ,
      परिवारमा रमाइलो गरी ।
    • सीमा कार्की समर्पण, मेलचोक, पर्सा
      …
      १,
      मनमा प्रभुको बास
      सर्वोत्तम मानिस चोला
      बनौँ प्रभुको दास ।
      २,
      आस्था प्रभुकै साधना
      सुख दुखमा सहर्ष
      सहजै गरौँ सामना ।
      ३,
      मनमा करुणा आभास
      तारण पक्कै चिन्तनमा
      प्रभु नाम अभ्यास ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      …
      १,
      श्रावण महिना गयो,
      जगत हरियाली बनाउँदै
      प्रकृति सुन्दर भयो ।
      २,
      हेर लिनमाभन्दा दिन
      आनन्द हुन्छ मनलाई
      विचार गरौँ छिन।
      ३,
      प्रकृतिले के लिन्छिन्
      खै त बदलामा ?
      एकोहोरो यसै दिन्छिन् ।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      …
      १,
      जीवन जिउन जाने
      हुँदोरहेछ सब अच्छा
      त्यसैले तिमिलाइ माने।
    • सुनगाभा पोखरेल, नेपालगन्ज
      …
      १ ,
      श्रद्धाले झुकेको शिर
      हारेर झुक्यायो नभन्नु
      वचनमा हुन्छु धीर।
      २ ,
      आफै फलेर पाकिरहेछु
      सकेन अरूले गलाउन
      भलो सबैको भाकिरहेछु।
    • हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनेपा – १४, साँगा बजार
      …
      १,
      माथि सिरानमा हिमताल
      फुटेर सबै बगायो
      गाउँबस्ती बन्यो बेहाल ।
      २,
      जीवन ढुक्कको भएन
      दुर्घटना बलात्कारको त्रास
      विश्वासिलो कोही रहेन ।
      ३,
      स्वात्त बगाई लग्यो
      विपत्तिले उठिबास लगायो
      नियतिले ठग्नु ठग्यो ।
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      …
      १,
      सपनीमा तिमीलाई देखेँ
      ब्युझिएपछि फुरुङ्ग हुँदै
      प्रेमिल पत्र लेखेँ ।
      २,
      यो प्रेमिल रातमा
      मागेर हेर मुटु
      झिकेर दिन्छु हातमा ।
      ३,
      छमछम पाउजु बजाउँछु
      राखेर मुटुमा तिमीलाई
      जुनी जुनी सजाउँछु ।
    • शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
      …
      १,
      धनको घमण्ड गर्छन्
      स्वार्थी विवेकी मान्छे
      अप्ठ्यारोमा पर सर्छन् ।
      २,
      अरू लड्दा मस्किन्छ
      आज हेर मान्छे
      आफू पर्दा झस्किन्छ।
      ३,
      सङ्घर्ष गर्दै बिताइयो
      आधा जीवन हेर्दाहेर्दै
      थाहै नपाइ गुजारियो ।
    • कला ढकाल, झापा
      …
      १,
      मनको के हाल ?
      कस्तो विडम्बना यहाँ
      देशको यस्तै बेहाल।
      २,
      नेताहरू पनि कराउँछ
      यो जीवन कस्तो
      मान्छे फेरि हराउँछ।
      ३,
      आमाको माया कस्तो
      यो जीवन कता
      हुँदैन नि जस्तो।
    • नीमा छिरिङ भोटिया, जलढका, कालेबुङ
      …
      १,
      भदौ महिना कहोस्
      प्रगति गर्दै जाँदा
      जीवनमा अप्ठ्यारो नहोस्।
    • प्रेम थापा “मन”, बागलुङ
      …
      १,
      जिवनको मूल्य छैन
      छोटो यो इतिहासमा
      नाम लेख्ने हैन ?
      २,
      इतिहास मेटेर मेटिन्न
      साट्न खोज्छन् पानाहरू
      राम्रो कहीँ भेटिन्न ?
      ३,
      भिमसेन ,बलभद्र ,नालापानी
      इतिहास मेटाउदै छन
      गुमेको छ कालापानी !
    • रवि पौडेल, दक्षिण भारत पाण्डेचरी
      …
      १,
      धनको घमण्ड अति
      स्वार्थले भरिएको मानिसहरू
      पर्नेछन् अप्ठ्यारोमा कति ।
    • दुर्गा भट्टराई, मोरङ
      …
      १,
      संस्थाको भलो चिताएँ
      भएन अझै बढुवा ,
      सामान्य जीवन बिताएँ।
      २,
      इमानीहरू तर्के पाखामा
      जोगाउलान् कसले देशलाई ,
      लुट्ने राज्यको काखामा।
      ३,
      नयाँ बिहानी खोज्दै
      बित्यो नेपालीको जीवन ,
      योग्य नेता रोज्दै।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      …
      १,
      जानी जानी जसको
      पछि पछि लागिरहेँ
      बनेर सत्रु उनको ।
      २,
      हाहाकार मच्चाएर हुन्छ
      प्रगति कहीँ साथी
      मन त्यसै रुन्छ ।
      ३,
      ताकेर बन्चरो घुंडो
      बसिरहेछ कुरेर दोबाटो
      उत्तानो परिरह्यो मुढो।
    • ईश्वर साउद(भिक्षु), रामारोशन गापा.- ६, सुदुरपश्चिम अछाम
      …
      १,
      अरूसँग मित्रता गाँसिन्छ
      मुक्तिका गीतहरू गाउँदै
      नमज्जाले बेस्सरी हाँसिन्छ।
      २,
      रगत पसिनाले रटाउँछ
      हिसाब मिलान गरौँ
      साँच्चै बहीखातामा अटाउँछ ?
      ३,
      माटोमा पसिना निरन्तर
      जिन्दगानी घायल भयो
      अब बनिॅंदैन सुन्दर ।
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      …
      १,
      रक्षावन्धन कृष्णाष्टमी तिज
      भाद्र महिना सुरु
      हिउॅंदको रोपियो बिज ।
      २,
      तडकभडक फालौँ टाढा
      मजाले मनाऔॅं चाड
      मन मिलाऔॅं गाढा।
      ३,
      तिजमा खाऔॅं दर
      दिदीबहिनी सबै मिलेर
      वाहियात नगरौँ कर ।
    • हिरालाल न्यौपाने, बानपा – ८, कोटमौला, सल्यान
      …
      १,
      ज्ञानको ठाउँमा हिरा
      रोजे बुद्धि बिगारी
      अनि बने किरा !
      २,
      नयाँ उमङ्ग बोकी
      सपना सजाएर हिॅंड
      योजनाको मिति तोकी!
      ३,
      जाऔॅं, कामाऔॅं नाउँ
      घुमेर देश विदेशमा
      छाप राख ठाउँठाउँ!
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      …
      १,
      सचेत भएर बसौँ
      छाडापन रोक्न पर्वमा
      मिलेर कम्मर कसौँ।
    • अरुण कुमार भुजेल, गोरूबथान, कालेबुङ, भारत
      …
      १,
      संस्कार, संस्कृतिको जात्रा
      लगाए कोटि होम
      बनाए धर्मको यात्रा ।
      २,
      धर्मप्रति आस्था गरेको
      दान धर्म गराउँदै
      पैसाले थैलो भरेको ।
      ३,
      छलकपट यहाँ भयो
      जनता धर्मको आस्थामा
      भक्तको विश्वास गयो ।
    • वेदु न्यौपाने
      …
      १,
      सवारी साधनको ज्ञान
      हामीमा भएन भने
      अकालमै जान्छ ज्यान |
      २,
      किनेर साधारण चिज
      रमाऔॅं है दिदीबहिनी
      भड्किलो नबनाऔं तिज |
      ३,
      साथीसङ्गीको कुरामा पर्दा
      डुबिएला ऋणमा चुर्लुम्म
      अरुको देखासिकी गर्दा |
    • सरिता सेढाई, धादिङ
      …
      १,
      आयो ओल्के पर्व
      आम नेपालीलाई भयो ,
      सधै मनभरि गर्व ।
      २,
      पोथीबाट भयो चल्ला
      गाउँ समाजमा नगर्नु ,
      यति ठुलो हल्ला ।
    • श्रीकृष्ण धामी, बझाङ
      …
      १,
      जनधनको भयो क्षति
      शान्ति सुरक्षामा अभाव,
      सरकारको कमजोर मति ।
      २,
      बाढी, पैरोको मास
      वर्षाले जताततै जलमग्न,
      जनतालाई सरकारको आस।
      ३,
      तिजको दिदीबैनिलाई हर्क
      सभ्य मनाउनु पर्व,
      नबनोस् खराब तर्क।
    • कृष्ण बजगाई, भक्तपुर
      …
      १,
      जस्तो संस्कारमा हुर्कियो
      उस्तै प्रस्तुत भइ
      समाजमा त्यो फुर्कियो ।
      २,
      मानिस असन्तोषी जात
      इर्ष्याको खेल खेल्दै
      किन लम्काउँछ हात ?
    • कोपिला अधिकारी, गोरखा ,सिरानचोक
      …
      १,
      देशको हालत देखेर
      छक्क छन् जनता
      बस्छन् सबै हेरेर ।
      २,
      खेल्छन् नेताले खेल
      एकले अर्कोलाई लडाउने
      कुर्सीमा सधैँ मेल ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा
      …
      १,
      अमिर बन्ने रहरमा
      मानव बन्छन् दानव
      बेच्छन् मान्छे सहरमा ।
    • बिके मुखिया, दार्जिलिङ, भारत
      …
      १,
      कृष्ण जन्माष्टमी आयो
      रहर झुला झुलाउने
      उल्लास मनमा छायो ।
      २,
      वध कंश दुर्योधन
      महाभारत ज्ञान कथा
      सुन्न आतुर मन ।
      ३,
      श्रीकृष्णको जीवन भोगाइ
      बाललीला राधिका प्रेम
      राधाकृष्ण जोडी रोजाइ ।
    • ममता पौडेल, बुढीगङ्गा – २, मोरङ
      …
      १,
      मृत्यु अनिश्चित हुन्छ
      तथापि निश्चित भएर
      जब अनायस छुन्छ।
      २,
      यादहरू कतिपय भुलिन्छ
      समयको मलमले लेपिएर
      कतिपय झनझन चुलिन्छ।
      ३,
      नियत बिग्रेपछि मानव
      विवेकमा किरा पर्छ
      अनि बनाउँछ दानव ।
    • दिल ठकुरी, टिस्टाभेल्ली
      …
      १,
      कहिले दुःखमा नपर्नु
      जीवनमा अघि बढौं
      खराब सङ्गत नगर्नु ।
      २,
      देश खण्डित पार्दैछ
      एमसीसी एसपीपी लादेर
      जनता अब मार्दैछ ।
      ३,
      दुःखमा सधै पारेर
      उन्मुक्ति हुन्न तिम्रो
      गरीब जनता मारेर ।
    • दीप गोले तामाङ, रौतहट
      …
      १,
      मेघरानी धर्तीमा झरी
      कर्मयोगी किसानको खेतमा
      जताततै मनपरि गरी
      २,
      बिसै नङ्ग्रा खियाएर
      काम गर्ने किसान
      बसेका छन् चियाएर
      ३,
      गरिबीको ढब्बा भिराएर
      मारेको छ सरकार
      उनैलाई आँसु पियाएर ।
    • धनमाया चौधरी, कैलाली
      …
      १,
      केलाई रिस गर्नु ?
      अर्काको धन खोसी
      किन ढुकुटी भर्नु ?
      २,
      हुन्छ ललाटमा लेखेको
      नगर्नु रिस,डाहा
      पाइॅंदैन सबै देखेको ।
      ३,
      गर लक्ष्य तय
      मिहिनेत ,परिश्रम गरे
      जीवन हुन्छ जय।
    • रुना कर्माचार्य दाहाल, चितवन
      …
      १,
      लेख्नु झिल्का छिटो
      तीन हरफको कविता
      पढ्न झनै मिठो।
    • अनमोल राई
      …
      १,
      भाइरल हुने होडमा
      सन्तानले छोड्दा संस्कार
      अभिभावक पर्छन् तोडमा l
      २,
      सुन्न पनि सरम
      नयाँ गीत तिजका
      छाडा निस्के चरम l
      ३,
      तमिज अनि समिज
      उदाङ्गो पारेर दुवै
      रोपियो विकृतिको बीज l
    • बाबुराम गौतम, गुल्मी
      …
      १,
      महिना देखि देखिन्छ
      संस्कृति कता हरायो
      जस्तो देख्यो लेखिन्छ ।
      २,
      सबैले परम्परागत मनाउने
      चाडपर्व नजिक आउदा
      सभ्यताको रुचि जनाउने ।
      ३,
      रहर सधैँ रमाइलो
      एकताको प्रतीक परिवार
      भित्र्याएको मनमा घमाइलो।
    • दुर्गा आचार्य, मोरङ
      …
      १,
      मदिरा निषेधमा हकार्छन्
      पवित्रता धारण गरेर,
      सुनिन्छ, आजकल डकार्छन्।
      २,
      सत्य बोल्न डराउॅंछन्
      रक्षासूत्र धारण गरेर,
      तर विश्वास गुमाउॅंछन्।
    • लोकबहादुर क्षेत्री लामिछाने
      …
      १,
      साहित्य संस्कृति जोगाऔॅं
      हामी सबै मिलेर
      भएका विकृति हटाऔॅं ।
      २,
      काम कर्तव्य हाम्रो
      बुझेर अगाडि बढे
      होला भविष्य राम्रो ।
      ३,
      अग्रजहरूको पथ पहिल्याऔॅं
      सुमार्गमा अडिग बनी
      यश कीर्ति फैलाऔॅं ।
    • जयनारायण नेपाल, इलाम, (हाल सूर्यविनायक – २, बालकोट ,भक्तपुर)
      …
      १,
      भावनाको डुङ्गा चढेर
      निस्किए युवाहरू यात्रामा
      विदेशी भाषा पढेर ।
      २,
      नदेखाउ खराब बानी
      धनाढ्य छु भनेर
      घसौँला एकदिन खरानी ।
      ३,
      नेताहरू सत्ता मोहमा
      होसियार भएर बस
      जनता उठ्लान् विद्रोहमा ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा.पा. -६ , दोलखा
      …
      १,
      कर्मको फल मिल्छ
      पोल्छ कुकर्मले सधैँ
      करोडौँ बिच्छीले चिल्छ ।
      २,
      भ्रष्टाचारीले पाउदैनन् सुख
      समाजका अगाडि तिनीहरूको
      हुन्छ हाँडीझैँ मुख ।
      ३,
      ढाँटेको कुरा मिल्दैन
      व्यवहारले प्रष्ट हुन्छ
      फूल नरोपी खिल्दैन ।
    • प्रद्यम्न चालिसे
      …
      १,
      भुटिन्छ देशभक्तकै थलो
      सतीले सरापेको देश
      इमानदारकै हुन्छ कुभलो !
      २,
      राखेर वरिपरि आफन्त
      लुछ्छन् आमाको आन्द्राभुँडी
      कार्यकर्ताको बनाई जन्त !
      ३,
      मिलाई आपसमा पालो
      बलात्कार गर्दैछन् स्वाँठहरू
      च्यातेर राष्ट्रियताको टालो !
    • वसन्त अनुभव, घोराही, दाङ
      …
      १,
      चाडपर्वको लहर लाग्यो
      बदलिँदो परिवेश सँगसँगै
      आलस्यको जड भाग्यो।
      २,
      पर्वले गर्व बढाओस्
      स्वच्छ सफा हृदयले
      मन्दिरमा भेटी चढाओस्
      ३,
      फजुल खर्च नगरौँ
      हद नाघी धोकेर
      दुर्गन्ध कतै नछरौँ ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      …
      १,
      माइती घरमा आउॅंला
      तिजमा सबै दिदीबहिनी
      आमा सॅंगसँगै रमाउॅंला ।
      २,
      रङ्गिन पोते चुरा
      भोक तिर्खा मेट्न
      गरौँला मिठा कुरा ।
    • नन्दा धामी, नौगाड, दार्चुला

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता2 Comments on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३१ सम्पन्न

    विशेष झिल्का लेखन अभियानको २६ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न

  • ३ भाद्र २०८१, सोमबार २३:३० मा प्रकाशित
  • झिल्का लेखन अभियानको २६ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ३३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
    —————<•>—————

    [१]
    सुन्नुनपरोस् आर्तहरूको क्रन्दन
    नछोओस कदापि गरिबीले
    दु:खपिरबाट होस् रक्षाबन्धन !
    वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    चेलीको रक्षा होस्
    दानववृति नष्ट भई
    माइतीमा जोस जागोस् !
    मोती सुब्बा
    [३]
    सबैकाे हातमा रक्षाबन्धन
    छाओस् त्यहाँ खुसीयाली
    नहाेस् कही क्रन्दन !
    रबि पाैडेल पाण्डेचरी
    [४]
    मेरो मनको भावना
    यो रक्षाबन्धन पर्वको
    छ सबैलाई शुभकामना !
    दीप गोले
    [५]
    दिदीको सुरक्षामा भाइ
    सम्बन्ध अझै बलियो
    मनाऔँ रक्षाबन्धन रमाई !
    धनुष न्यौपाने “यात्री”
    जुम्ला
    [६]
    नहोस् दु:खको सगर
    कामना सामना गर्नसकौँ
    छिचोल्नलाई सबै बगर !
    पृथक प्रकृति ,झापा
    [७]
    रहेसम्म मुटुमा स्पन्दन
    जीवन्त राखेर नाता
    मनाऔँ सदा रक्षाबन्धन !
    बाबुराम गौतम
    [८]
    सम्बन्ध सुमधुर बनोस्
    दाजुभाइ चेलीबिचको पर्वलाई
    विश्वले आहा भनोस् !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    [९]
    झिलिमिली छ आँगन
    सुन्दर चाड भाइबहिनीको
    मनाइने बाँधेर रक्षाबन्धन !
    सुरेशकुमार पाण्डे
    [१०]
    बुझेर मनको भावना
    रक्षाबन्धन अनि जनैपूर्णिमाकाे
    सम्पूर्णमा छ शुभकामना !
    सहयात्री शाेभा अर्याल
    रुपन्देही
    [११]
    सुखशान्तिको छ चाहना
    खुसी भई रमाऔँ
    रक्षाबन्धनको यही शुभकामना !
    शशीश्री आचार्य
    [१२]
    नदुखाेस् कसैकाे मन
    हे बलि राजा
    पीडा नबाेकाेस् तन !
    हिरालाल न्याैपाने
    बानपा ८ काेटमाैला, सल्यान।
    [१३]
    खुसी पार्दै मन
    दाजुभाइ दिदिबहिनी मिलेर
    मनाउँ है रक्षाबन्धन !
    अनिता भण्डारी ताप्लेजुङ
    [१४]
    जनै रक्षाबन्धन लगाउँ
    मनको मैलो हटाई
    सुन्दर चाड मनाउँ !
    कला ढकाल झापा
    [१५]
    दाजुभाइ दिदीबहिनीको भावना
    सधैँ सुमधुर रहोस्
    रक्षाबन्धनको हार्दिक शुभकामना !
    बेदु न्यौपाने
    [१६]
    हातमा बलियो बन्धन
    रक्षा गर्नु दिदीबहिनीको
    नहोस् कुनै क्रन्दन
    नागेन्द्रप्रसाद यादव
    [१७]
    पर्वसँग रमाउँदै मन
    हाँसीखेली दिदी भाइ
    नटुटोस् स्नेहको बन्धन !
    कृष्ण बजगाई, भक्तपुर
    [१८]
    हातमा राखी टल्केको
    कस्तो राम्रो पर्व
    हेर नेपालीपन झल्केको !
    वेल थोकर
    [१९]
    दिदीबहिनी छन् साथमा
    हातमा पवित्र रक्षाबन्धन
    रक्षाकवज रहन्छ माथमा !
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [२०]
    सुमधुर सम्बन्ध हाम्रो
    सबै जातजातिको धर्मलाई
    गर्नुपर्छ सम्मान राम्रो !
    सुनगाभा पोख्रेल
    [२१]
    दुखी नहुनू भाइ
    अर्को वर्ष बाँधौँला
    राखी साथमा रमाई !
    काजल न्यौपाने
    भोजपुर।
    [२२]
    रक्षाबन्धनकाे सबैलाई शुभकामना
    कुसंस्कारकाे अन्त्य गर्ने
    सबैमा जागाेस् भावना !
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
    [२३]
    रक्षाबन्धन बाँधेर हातमा
    जोगाउन देशको सान
    अघि बढौँ साथमा !
    सुस्मिता अधिकारी ,काठमाडौँ
    [२४]
    सम्बन्ध बनोस् खास
    सधैँ दाजु बहिनीको
    शत्रु होस् नाश !
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [२५]
    ईश्वरको कृपा परिरहोस्
    रक्षाबन्धनको धागोले सधैँ
    हाम्रो रक्षा गरिरहोस् !
    शोभा आचार्य गौतम
    काठमाडौँ
    [२६]
    शुभकामना बाँडेर हेर
    सधैँलाई खुसी साटौँला
    सम्झना रहोस् धेर !
    पुष्पा राई, खाेटाङ
    [२७]
    ताेडेर लाखाैँ उल्झन
    मिलौँ दाजुभाइ दिदीबहिनी
    बाधाैँ पवित्र रक्षाबन्धन !
    हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, बनेपा १४ साँगा बजार ।
    [२८]
    अमूल्य सम्बन्धको प्रतीक
    रक्षाबन्धन पर्व हो
    सक्षम र निर्भीक !
    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [२९]
    बढाेस् सबैमा सुभावना
    जनैपूर्णिमा रक्षाबन्धन पर्वकाे
    मंगलमय हार्दिक शुभकामना !
    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [३०]
    दाजुभाइ दिदीबहिनीको चाहना
    रक्षाबन्धनझैँ मायापिर्ती बाँधियोस्
    सबैमा जनैपूर्णिमाको शुभकामना !
    अर्जुन प्रसाद चौलागाई
    रामेछाप, सुनापति-१ । हालः क्यानडा, क्यालगरी
    [३१]
    हातहातमा रक्षाबन्धन होस्
    धनी या गरिब
    आपसमा सम्बन्ध बढोस् !
    धनमाया चौधरी कैलाली
    [३२]
    यही राख्दछु चाहना
    सबैजना खुसी रहुन्
    रक्षाबन्धनको छ शुभकामना !
    सतिश पण्डित
    [३३]
    सुखी सबैको चाहना
    दाजुभाइ अनि दिदिबहिनीमा
    रक्षाबन्धनको हार्दिक शुभकामना !
    दुर्गा भट्टराई
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभवLeave a Comment on विशेष झिल्का लेखन अभियानको २६ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०८

  • ३ भाद्र २०८१, सोमबार ०५:३४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय आठ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१०८ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०४/२८
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    रित्तिएकाे आँखामा किन अश्रु भर्नु छ र।
    छाेडेर जानेकाे के पाे भराेसा गर्नु छ र।
    कति एकाेहाेराे मात्र रहेछ आफ्नाे माया,
    कागजकाे फूलमा वास्ना किन छर्नु छ र।
    बेकार ज्यान सुकाएर किन मर्नु छ र।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    मनले जिताउँछ हराउँछ मनले ।
    हुने नहुने सबै काम गराउँछ मनले ।
    छिनभरमै आकाश पाताल छिचोल्दै ,
    मान्छेलाई सजिलै चराउँछ मनले ।
    उक्साउँछ बेजोड झराउँछ मनले ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    तिम्रा मीठा यादहरु भुल्न नसकेर रोएँ
    भाग्य गो पराई सामु खुल्न नसकेर रोएँ
    विगत बिर्सिएर तिमी बदलिएका थियौ
    लुकामारी खेल्ने बस्ती डुल्न नसकेर रोएँ
    फक्रिदै थियो कोपिला फुल्न नसकेर रोएँ

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    कुरा टारेर गयौ
    माया मारेर गयौ
    यादले तड्पिँदैछु
    आँसु झारेर गयौ
    एक्लो पारेर गयौ ॥

    गुणनिधि घिमिरे

    पञ्चाङ्ग:०५
    नियतिले पनि भाग्यको खेलमा फस्नु पर्छ
    निस्किन्छु अब भन्दाभन्दै झन् भित्र पस्नु पर्छ
    सोचेको जस्तो जीवन कहाँ हुन्छ र हजुर
    चाहानालाई छोडेर अन्तैतिर बस्नु पर्छ
    छियाछिया मुटुलाई झन् पिडाले डस्नु पर्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    कालो बादलले ढाकेर पानी परेको थियो
    पानीमा नदेखिने गरी आँसु झरेको थियो
    सबै एकजुट आफूतिर खनिएको पीडा
    सम्झिन्छु त्यो खिन्नता, सकेसम्म गरेको थियो
    सोच्दा सोच्दा दिल दुखेर आशा मरेको थियो।

    ✍️ अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹

    पञ्चाङ्ग:०७

    कर्मले नै मानिस ठूलो हुन्छ जातले हुन्न
    पश्चिमी शत्रुको बलले फेर्न आँतले हुन्न
    संस्कृति हाम्रो वेदले भन्छ मानिसले गर्नु
    विकार हटाउन सबै लाग मातले हुन्न
    जातीय वर्गीय पार्ने भनेको भातले हुन्न।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०८
    अघिअघि बढाउ भन्छ हात साहित्यमा
    मनभित्रका कुराहरू बात साहित्यमा
    मन भए मुलुक हो साबित भयो आज
    दिनमा गर्दै मेलापात रात साहित्यमा
    अठोट गरौँ गर्नु हुन्न घात साहित्यमा।

    मन्दिरा सेढाई मलेखु,धादिङ

    पञ्चाङ्ग:०९
    मिलिजुली अघि बढ्नु पर्छ।
    सबैले शिखर चढ्नु पर्छ।
    मरी लानु के छ र यहाँ,
    भनेका कुराले गढ्नु पर्छ।
    आगोले सबै नै डढ्नु पर्छ।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव1 Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- १०८

    प्रजातान्त्रिक प्रध्यापक संघद्वारा गुरुकुलमा खाद्यान्न सहयाेग

  • ३ भाद्र २०८१, सोमबार ०५:२८ मा प्रकाशित

  • भाद्र २ दाङ/ ज्ञान केन्द्र तथा ध्यान केन्द्रकाे रुपमा विस्तार हुँदै गएकाे घाेराही ७ शुक्रवार उत्तरवाहिनी त्रिवेणी धामधमा संचालित संस्कृत गुरुकुल तथा आश्रममा प्रजातान्त्रिक प्राध्यापक संग नेपालकाे १९ अेाें स्थापना दिवसकाे सुखद उपलक्ष्यमा दाङकै जेठाे क्याम्पस महेन्द्र बहुमुखि दाङका प्राध्यापकहरुद्वारा आज खाद्यान्न सहयाेग प्रदान भएकाे छ ।महेन्द्र बहुमुखि क्याम्पस इकाई समिति दाङका अध्यक्ष शंकर प्रसाद धितालकाे अध्यक्षतामा उक्त सामग्री गुरुकुललाई हस्तान्तरण गरिएकाे हाे ।


    संघका प्राध्यापकहरु दिनेश भट्टराई ,यम प्रसाद डाँगी,निश्चल हमाल,केदार पाठक ,षडानन्द खनाल सुदिप गाैतम,राजेन्द्रकुमार रेग्मी तथा अनिल रजाैरेज्यूबाट यहाँ अबस्थित उत्तरवाहिनी सरयू गंगा ,गंगेश्वर शिवालय ,ऐतिहासिक यज्ञशाला , आश्रम परिसरभित्र रहेकाे गुरुकुल , गाैशालाका साथै स्वतस्फूर्त बगिरहेकाे जल धाराकाे दर्शन एवम् अबलाेकन भयाे ।


    यस अबसरमा आश्रम तथा गुरुकुलकाे तर्फबाट आश्रम व्यवस्थापक प्रकाश भट्टराईले ले संघ दाता भक्त परिवार प्रति धन्यवाद सहित हार्दिक आभार ब्यक्त गर्नु भएकाे छ ।सबैकाे सु स्वास्थ ,दीर्घायु एवम् सुख शान्ति समृद्धिकाे हार्दिक मंगलमय शुभकामना प्रदान गरेकाे थियाे ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज2 Comments on प्रजातान्त्रिक प्रध्यापक संघद्वारा गुरुकुलमा खाद्यान्न सहयाेग

    कस्तो हुनेछ आइफोनको नयाँ संस्करण ?

  • ३ भाद्र २०८१, सोमबार ०२:४६ मा प्रकाशित
  • काठमाडौं । एप्पलले आफ्नो आइफोनको नयाँ संस्करण आइफोन १६ सिरिज सार्वजनिक गर्न अब करीब १ महिना मात्रै बाँकी छ । यद्यपि उसले ठ्याक्कै तिथिमिति भने सार्वजनिक गरिसकेको छैन ।

    तथापि सार्वजनिक भएको एक समाचार अनुसार आगामी सेप्टेम्बर १० मा आइफोन १६ सिरिज सार्वजनिक गर्नका लागि एप्पलले विशेष समारोह आयोजना गर्नेछ ।

    एप्पलले हरेक वर्ष सेप्टेम्बरमै आफ्नो नयाँ आइफोन लञ्च गर्ने गर्दछ । कम्पनीले आफ्ना आइफोनका अधिकांश पछिल्ला मोडेलहरुको घोषणा सेप्टेम्बरको दोश्रो वा तेश्रो हप्तामै गर्ने गरेको छ ।

    यसैबीच एप्पलको आगामी नयाँ आइफोन संस्करण एप्पल १६ सिरिजमा हुने विभिन्न फिचर्सका बारेमा केही समाचारहरु चुहिसकेका छन् ।

    डिजाइनमा कस्तो हुनेछ परिवर्तन ?

    गत वर्ष एप्पलले आइफोन १५ मा पन्चहोल डिजाइन पेश गरेको थियो भने प्रो मोडेलमा एक्सन बटन जोडेको थियो । यो वर्ष कम्पनीले फोटोग्राफी अनुभवलाई उत्कृष्ट बनाउनका लागि एउटा क्याप्चर बटन पनि थप्न सक्नेछ । यसले जुमिङ फङ्सन वा क्विक क्यामेरा शटरको रुपमा काम गर्नमा सहयोग गर्ने बताइएको छ ।

    आइफोन १६ को लिक भएको तस्वीरबाट पत्ता लाग्दछ कि एप्पलले ब्याक क्यामेरा सेन्सरको स्थान पनि बदलेको छ । साथै डुअल क्यामेरा सेटअपलाई भर्टिकल क्यामेरा लेआउटमा देखिएको छ ।

    एप्पलले आफ्नो नयाँ मोडेलको आइफोनमा एउटा थप गुलाबी रंगको पनि घोषणा गर्न सक्ने र पहेँलो रंगको आइफोन मोडेल नल्याउने सम्भावना छ ।

    सार्वजनिक भएको समाचार अनुसार आइफोन १६ तथा आइफोन १६ प्लस चाहिँ कालो, हरियो, गुलाबी र सेतो गरी चारवटा रंगमा उपलब्ध हुनेछ ।

    कस्तो हुनेछ डिस्प्ले ?

    एप्पलका केही आइफोन मोडेलको डिस्प्लेको आकारमा पनि वृद्धि गर्ने योजना बनाइरहेको छ । समाचार अनुसार आइफोन १६ प्रो मोडेलको स्क्रिनको आकार ६.३ इन्चको हुनेछ । प्रो म्याक्स मोडेलको स्क्रिनको आकार ६.७ बाट बढेर ६.९ इन्चको हुनेछ ।

    नयाँ चिपसेट र अन्य फिचर्स

    आइफोन १६ सिरिजमा नयाँ ए १८ चिपसेट हुने बताइएको छ । यो सिरिजका सबै मोडेलमा ८ जिबीको र्याम हुनेछ, जसले नयाँ एप्पल इन्टेलिजेन्स फिचर्सलाई सपोर्ट गर्नेछ ।

    एप्पलले आइफोन १६ सिरिजका लागि ग्राफीन थर्मल सिस्टममा काम गरिरहेको बताइएको छ । जसमा प्रो मोडेलमा मेटल ब्याट्री हुनेछ ताकि अधिक तात्ने समस्या नहोस् ।

    आइफोन १६मा ३५६१ मिलिएम्पियर आवर क्षमताको ब्याट्री हुनेछ । त्यस्तै आइफोन १६ प्लसमा ४००६ मिलिएम्पियर आवरको ब्याट्री हुने बताइएको छ ।

    त्यसैगरी आइफोन १६ प्रोमा ३५७७ मिलिएम्पियर आवर र प्रो म्याक्स मोडेलमा ४६७६ मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहने छ । आइफोन १६ सिरिजमा ४० वाटको तारयुक्त चार्जिङ र २० वाटको म्यागसेफ चार्जिङ फिचर हुनेछ ।

    कस्तो हुनेछ क्यामेरा ?

    एप्पलले आफ्नो नयाँ आइफोनको क्यामेराका लागि एन्टी रिफ्लेक्टिभ अप्टिकल कोटिङ प्रविधिको परीक्षण गरिरहेको छ । यसले लेन्स फ्लेयर तथा घोस्टिङ जस्ता अवरोधलाई कम गरेर फोटोको गुणस्तरमा सुधार गर्नेछ ।

    आइफोन १६ प्रो मोडेलमा ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा लेन्स हुनेछ । जसबाट कम प्रकाशमा पनि उच्च गुणस्तरीय तस्वीर खिच्न सकिनेछ ।

    त्यस्तै ४८ मेगापिक्सेलको एचय Pro RAW वाइड लेन्स रहने छ । आइफोन १६ प्रो म्याक्समा सुपर टेलिफोटो पेरिस्कोप क्यामरा पनि हुनसक्ने बताइएको छ ।

    Posted in अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबर3 Comments on कस्तो हुनेछ आइफोनको नयाँ संस्करण ?

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६६ सम्पन्न

  • १ भाद्र २०८१, शनिबार १६:२४ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १६६ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको तस्बिर:

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १६६ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    असुरक्षा
    यात्रामा त्रास
    कसैको रहेन विश्वास !

    • वसन्त अनुभव
      [२]
      मानिस
      सदाझैँ मरणशील
      आत्मा प्रभुसँग झिलमिल !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [३]
      त्रास
      बढ्दैछ यात्रामा
      नहाेस् अन्तिम सास !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [४]
      त्रास
      पुरानो जहाज
      भयो अन्तिम सास !
    • धनमाया चौधरी, कैलाली
      [५]
      दुर्घटना
      आकास धर्ती
      लाप्रवाही सरकारी वेसर्ती !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोरिही-१८
      [६]
      भर
      टेक्नोलोजी प्रविधिको
      बोकेर हिड्नुपर्ने डर !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न .पा. ६ संखुवासभा ।
      [७]
      साधनमा
      नहुँदा ध्यान
      अकालमै जान्छ ज्यान !
    • सरिता सेढाई, धादिङ
      [८]
      हतार
      मानिसकाे व्यवधान
      हुनुपर्छ सधैँ सावधान !
    • निरज कोइराला, इटहरी -१६
      [९]
      विकास
      अनियन्त्रित विनाश
      सतर्क रहने सुझाव !
    • सविता के.सी.
      दक्षिणकाली-९, काठमाडौँ
      [१०]
      यत्रा
      जोखिमपूर्ण छ
      बसमा या जहाजमा !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [११]
      नियति
      बुझ्न गार्‍हो
      परिवारलाई भयो साह्रो !
    • तेजप्रसाद खनाल, दाङ
      [१२]
      जहाज
      यात्रा बेहाल
      बनेर आयो काल !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३,काभ्रे
      [१३]
      विज्ञान
      विकाशको ढोंग
      त्रासदिको अर्को नाम !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१४]
      नेता
      कुर्सीको खेलमा
      जनता नदिको भेलमा !
    • राजाराम रत्गैंया, अमौरा, कैलाली
      [१५]
      त्रास
      नेपाली आकाश
      पुरानाको भएन बिश्वास !
    • रघु थापा सु न पा. १
      [१६]
      सास
      छिनैमा सकिएर
      जलेर बन्छ लास !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१७]
      यात्रा
      भएन विश्वास
      हुर्मत लिन्छ स्वाश !
      कमला देवकोटा, पाल्पा
      [१९]
      दुर्घटना
      कहिले अनायास
      कुनै फेरि जानाजान !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२०]
      मृत्यु
      कसरी धाउँछ
      बस जहाजमा आउँछ !
    • नागेन्द्रप्रसाद यादव
      [२१]
      जीवन
      सङघर्ष भयाे
      दुर्घटनामा ज्यान गयाे !
    • रवि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [२२]
      घटना
      केही लापरबाही
      केही डरलाग्दो प्रकृति !
    • आर्त अकुलीन
      [२३]
      दुर्गति
      जनताको खती
      सरकारको खुस्केकाे धाेती !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [२४]
      प्राणी
      टुट्यो आसा
      भयो जीवन खरानी !
    • सरस्वती वली
      बर्दिया, नेपाल
      [२५]
      यात्रा
      कठिन जात्रा
      देहलाई भयो खत्रा !
    • तोया नाथ चापागाईं
      दमक, झापा
      [२६]
      खै
      कसरी बुझ्नुु
      त्रास नै जतै!
    • राेशन पराजुली
      [२७]
      असुरक्षा
      यात्रामा खास
      त्रिशूलीमा रहेन लास !
    • श्रीकृष्ण धामी, बझाङ
      [२८]
      खबर
      दुर्घटना भयो ।
      धेरैको ज्यान गयो !
    • पृथक प्रकृति
      [२९]
      भाग्य
      दैवको खेल
      संयोगले खायो मेल !
    • बुद्धिप्रसाद लामिछाने
      घोडाघोडी नपा-८, कैलाली
      [३०]
      दुर्घटना
      नभएर ज्ञान
      गयाे धेरैकाे ज्यान !
    • डिल्लीराज (राजेन्द्र) भुसाल
      सन्धिखर्क-२, कुर, अर्घाखाँची
      [३१]
      अनुभव
      जताततै चलाउँछन्
      निमुखा जनता जलाउँछन् !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [३२]
      शून्यता
      कर्कलाको पानी
      यात्रारत मानिसको जीन्दगानी !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [३३]
      यन्त्र
      विस्वास हरायो
      झनै भय बढायो !
    • भुपेन्द्र राना मगर, धादिङ
      [३४]
      जीवन
      क्षणिक पल
      असामयिक वर्षाको भल !
    • सरिता काफ्ले
      कोहलपुर-८ पिपिरी, बाँके
      [३५]
      घटना
      नसोचेको कुरा
      बाॅच्ने रहर अधुरा !
    • घनश्याम पौडेल, पोखरा
      [३६]
      यात्रा
      दुःखकाे आभास
      मृत्यु निश्चित खास !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [३७]
      दुर्घटना
      मानिस दुष्ट
      प्रकृति भइन रुष्ट !
    • मङ्गला उपाध्याय
      [३८]
      त्रास
      जमिन आकाश
      सदैव मृत्युको आभास !
    • सरस्वती श्रेष्ठ, रुपन्देही
      [३९]
      असफलता
      विमान दुर्घटना
      डुबायो देशै शोकमा !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [४०]
      सुरक्षा
      महशुस भएन
      राज्यको ध्यान गएन।
    • कला ढकाल झापा
      [४१]
      त्रास
      यात्राको बेला
      भगाउने कसरी होला ?
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४२]
      त्रास
      गुडेर गर्न
      यात्रा,उडेर गर्न !
    • धर्मी शाक्य, बुटवल
      [४३]
      असुरक्षित
      जोखिमपूर्ण यात्रा
      बढ्दै जाँदैछ खतरा !
    • सुरेश न्यौपाने
      [४४]
      घटना
      चौतर्फी खतरा ,
      सजक रहौँ पल-पलमा !
    • त्रिलोक रामदाम
      [४५]
      नेपाल
      आकास , धर्ती
      दुबै यात्रा असुरक्षित !
    • इन्दिरा देवकोटा
      कपिलवस्तु नपा-३
      [४६]
      दुर्घटना
      थितिलाई मासी
      सधैँ भयो रुवाबासी !
    • पशपती राई, खोटाङ
      [४७]
      भुर्लोक
      पुराना दस्तावेजहरु
      जोखिमपूर्ण यात्रा जनलोकमा !
    • घनश्याम पन्त
      हरिवन, सर्लाही
      [४८]
      आँसु
      कसरी थाम्नु
      अप्रत्याशित घटना देखेर !
    • समुन्द्रा शर्मा, सुनसरी
      [४९]
      जाेखिम
      ज्यानकाे बाजी
      आकाश छेड्ने जीवन !
    • टीकाराम जाेशी, टीकापुर
      [५०]
      दुर्भाग्य
      बन्नुपर्यो सिकार
      अबुझपनले बनायो शिकार !
    • नन्दलाल आचार्य
      सिद्धार्थटोल, उदयपुर
      हाल: एनेलकुटी, सिरहा
      [५१]
      कस्तो
      लीला दैवको
      ज्यान लियो सबैको !
    • लक्ष्मी रिजाल
      कञ्चनरूप-१२, प्रगतिटोल, सप्तरी
      [५२]
      यात्रा
      उकाली ओराली
      जीवन मृत्यु सत्य !
    • कविता आचार्य, कैलाली
      [५३]
      अनिष्ट
      दुर्घटनाग्रस्त विमान
      अकालमा गयाे ज्यान !
    • श्रद्धा आचार्य, पोखरा
      [५४]
      छिनमै
      उड्याे श्वास
      एकाएक भयाे लास !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [५५]
      अचम्म
      लिला दैवको
      एकैसाथको मृत्यु वरण !

    – दुर्गा आचार्य, मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला2 Comments on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १६६ सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P