“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय त्रियानब्बेऔं अभ्यासमा हामी पुगेका छौं। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१९३———-
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
मिति:- २०८२/०३/०८
पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
……………………………………….
प्रशिक्षक:-
……………
सोमनाथ लुइटेल
गुणनिधि घिमिरे
सुशीला पौडेल
………………………
भाषा शुद्धीकरण:-
———–
भवानी घिमिरे
पशपती राई
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
पञ्चाङ्ग साहित्य समाज नेपाल
======================
अक्षर सङ्ख्या:- [बराबरी]
अनुप्रास :- आफुखुसी
स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१
मिलेर माया र प्रीति गाँसेर जाउँ
दुष्टकाे दुष्ट्याइ सबै मासेर जाउँ
चाेथाले मुखले नपार्नु ठिक्क अब,
तिताे बाेल्नेकाे त्याे बाेली नासेर जाउँ
हातेमालो गर्दै प्रिय हाँसेर जाउँ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
नर र पशुमा प्रकृत कुरा सबै मिल्छ साथी
जीवकाे सद्भाव र प्रेमले संसार खिल्छ साथी
प्रकृति एउटै हुन्छ विश्वमा परिवेश भिन्नै ,
पशुले खाने र नखाने छुट्यएर निल्छ साथी
जस्तै समस्या आए नि सहने दिलछ साथी ।
-प्रद्युम्न चालिसे
भक्तपुर ,कटुञ्जे ।
पञ्चाङ्ग:०३
सपनाले तिमीलाई माग्छ सधैँभरि
रात भरिको निदरि भाग्छ सधैँ भरि
प्रकृति नै दोषी होकि बन्यो मन दोषी ,
किन किन तिम्रो माया लाग्छ सधैँ भरि
अब सम्झनाले सिमा नाग्छ सधैँ भरि।
दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग :०४ हिँड्दैछन् बटुवा उकालाे वनको बाटो भएर हाेला माटोले सम्झिन्छ सधैं नै पूर्खाको टाटो भएर हाेला परिचित बाेटबिरुवाले हात हल्लाइ स्वागत गरे, निर्धक्क हिँड्छन् बटुवा आफ्नो गाउँकाे बाटो भएर हाेला हरियाली चौर , मुस्कुराएकाे दृश्य पाटाे भएर हाेला ।
पञ्चाङ्ग-०६ धान दिवस खुब मनाउने चलन छ नेपालमा किसान बन्न पो अन्कनाउने चलन छ नेपालमा पछि मङ्सिरमा चामल चाहिँ पारीबाट नै ल्याएर, देश कृषिप्रधान भनाउने चलन छ नेपालमा किसानलाई मुर्गा बनाउने चलन छ नेपालमा। -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकान्नौमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८३/०२/२१
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १५२[एकसयबाउनौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग आइतबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग::०१
धरतीमा रङ्गीन फूल फुलेको छ
सबैको खुसी त्यतैतिर झुलेको छ
सुन्दर बिहानी घामले ल्यायो खुसी,
खुसीले गर्दा दुःख जति भुलेको छ
सुन्दर दृश्यले अशान्ति घुलेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२ प्रकृतिमा फुलेको फूल देखे माहुरी हुन्छ दङ्ग साथी हिमालयबाट आएका दुई नदि मिलेर सङ्ग साथी सृष्टि विचित्रको छ एउटै बगैँचमा फूल रङ्गिचङ्गी, फूल जति सुन्दर त्यति नै चाँडो रूप हुन्छ भङ्ग साथी जीवमा श्रेष्ठ मनुष्यले कदापि गर्न हुन्न जङ्ग साथी । प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग::०३ रङ्गिन फूलमा बस्न मन छ काम गर्दै घुँडा धस्न मन छ हेर्दै सुन्दर लाग्ने फूल कस्तो, स्वच्छ फूल लिन पस्न मन छ फूलको बीचमा खस्न मन छ। -ह्यारिस
पञ्चाङ्ग-०४ फूल पनि मुस्कुराउदै छ तिम्रो जवानी देखेर सुवास छर्दै हावामा तिम्रो चंचले बानी देखेर जवानी भन्दा पनि झन् जवानीको हेराई राम्रो अरे, लट्ठियो ऊ नशाले झैं तिम्रो आँखाको नानी देखेर अर्पित भो तिमीमा अपार मायाको खानी देखेर । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग-०५ फूलै फूलको बारी छ हिउँ पहाड पारी छ सुन्दर छ देश मेरो, कर्मठ हात नारी छ विशाल छ यो भारी छ। -भवानी घिमिरे ( सद्भावना ) सर्लाही ।
अमेरिकाको ह्यारिसबर्ग, पेन्सिल्भेनियामा अवस्थित त्रिवेणी साहित्य मञ्चको कार्यसमिति पुनर्गठन गरिएको छ। पेन्सिल्भेनियाको ह्यारिस्वर्गमा आइतवार आयोजित भेलाले तेस्रो कार्यकालका लागि नयाँ समिति चयन गरेको हो ।
अमेरिकामा रहेका नेपाली भाषीहरूलाई गोलवद्ध (संगठित) गर्दै सन २०१९ मा स्थापना भएर नेपाली भाषा, कला र साहित्यको प्रवर्द्धन र संरक्षणमा निरन्तर लागिपरेको संस्था त्रिवेणी साहित्य मञ्चले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ।
मञ्चको नवगठित कार्यसमितिको अध्यक्षमा अध्यक्षमा नारद आचार्य ‘सुदामा’ चयन हुनुभएको छ। सक्रिय साहित्यकार सुदामा निवर्तमान समितिको महासचिव हुनुहुन्थ्यो ।
त्यस्तै मञ्चको वरिष्ठ उपाध्यक्षमा प्रेम घिमिरे, उपाध्यक्षमा अभि नारायण काश्यव र सचिवमा परमा अधिकारी ‘कान्छो’, सहसचिवमा देविका बराल र ज्ञानु शर्मा चयन हुनुभएको छ भने संस्थाको कोषाध्यक्षमा हाल रिक्त राखिएको छ । त्यस्तै मञ्चको सहकोषाध्यक्षमा पुनम दुलालको चयन गरिएको छ भने सदस्यहरूमा रानी चिमोरिया, डि पी दुलाल, केशब धिमाल, ओम विष्ट, गण्डकीपुत्र, नारद अधिकारी र मिरा अधिकारी चयन हुनुभएको छ ।
भेलाले संस्थाका निवर्तमान अध्यक्ष केशब बैरागी माइलोलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । त्यस्तै मञ्चको प्रविधिक प्रमुखमा दिपेश चापागाइँ, सांस्कृतिक संयोजकमा गोविन्द हुमगाइँ, सांस्कृतिक सहसंयोजकमा अमृता शर्मा, साहित्यिक संयोजकमा बाल कृष्ण न्यौपाने र सहसाहित्यिक सहसंयोजकमा तिर्थ वास्तोलालाई चयन गरेको छ।
त्यस्तै महेन्द्र अधिकारीलाई प्रमुख सल्लाहकार, महेन्द्र अधिकारी, देवि दागाने, टि वी गुरूङ, देवि खनाल, ओम घिमिरे र खगेन्द्र घिमिरेलाई सल्लाहकारमा चयन गरिएको मञ्चले जनाएको छ।
निकै सक्रिय रूपमा आफ्नो गतिविधि सञ्चालन गर्दै आएको मञ्चले मेसेन्जर ग्रुप खोली दैनिक रूपमा साहित्यका विविध विधाहरूको अभ्यास सञ्चालन गर्दै आएको छ।
साउन १६, दाङ बगार बाबा प्राविधिक शिक्षालय लमही दाङले आज एक कार्यक्रमकाबिच नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका सञ्चालक किरण चौधरीको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा साहित्यकार तथा प्राध्यापक तेजप्रसाद खनाल प्रमुख अतिथि रहनु भएको थियो। लमही अस्पतालका ल्याब टेक्निसियन ध्रुब पण्डित विशिष्ट अतिथि रहनुभएको थियो। त्यसैगरी प्रशिक्षक सरद भट्टराई ,अर्विन श्रेष्ठ ,चिरञ्जीवी चौधरी , दिलिपकुमार यादव, लगायत अतिथि रहनुभएको थियो। दिलिपकुमार यादवको स्वागत मन्तव्य बाट सुरुभएको उक्त कार्यक्रममा प्रमुख अतिथि खनालले युवाहरु सिपमूलक सीप सिकेर राष्ट्र निर्माणमा लाग्नुपर्ने ऊर्जाशील मन्तव्य राख्नु भएको थियो भने साथमा चारु वाचन गर्नुभएको थियो।
त्यस्तै अन्य अतिथिहरुले प्राविधिक शिक्षाको महत्त्व प्रष्टाउनु भएको थियो। कार्यक्रममा रेशम चौधरीले गीत मार्फत मनोरञ्जन प्रदान गर्नुभएको थियो। विद्यार्थी दिपा महतराले आगन्तुक विद्यार्थीलाई मिहिनेत साथ पढ्नुपर्ने भन्दै महत्त्वपूर्ण मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको सञ्चालन निलम चौधरीले गर्नुभएको थियो।
स्रोत: लमहीबाट तेजप्रसाद खनालबाट मेसेन्जरमा प्राप्त
त्रिवेणी साहित्य मञ्च हैरिस्वर्ग पेन्सिल्भेनियाको मेसेन्जर समूहमा शुक्रवारीय साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खलामा सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
—<•>— क) भनिन्छ पहिलो गुरु बाबुआमा हुन् जसले पढाउन गरे सुरु। ख) सिकाई अमूल्य सीप दक्ष बनाउँछन् शिष्यलाई बालेर ज्ञानको दीप। ✍️ वसन्त अनुभव वसन्तविहार —<•>— क) निश्छल प्रेमका पूजारी पहिलो गुरू आमाबुबा विशुद्ध ज्ञानका सुखकारी । २) दिमागको निस्तेज हटाउने पथदर्शक हुन् गुरुज्यू मनको दुविधा घटाउने । ✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका —<•>— क) ज्ञानको ज्योति ल्याए दुई मनको मिलन सबैले शिक्षा पाए। ख) गुरुको भक्ति गरौँ अन्धकार यो संसारमा ज्ञानले मन भरौँ। ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत —<•>— क) आमा, बाबा गुरु पढ्न सिकाए हामीलाई कदेखि गरेर सुरु। ख) गुरुलाई सम्मान गरौँ विद्या हासिल गर्न मूर्खको भर नपरौँ। ✍️ अम्बिका राणा खरसाङ दार्जिलिङ —<•>— क) गुरुको अमूल्य ज्ञान बाटो देखाउँछ जीवनमा बढाउँछ जताततै सम्मान। ख) ज्ञान ठुलो धन अन्धकार हटाएर चौतर्फी उज्यालो बनाउँछ मन। ✍️ भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व —<•>— क) गुरुको गरौँ सम्मान दिनुहुन्छ उहाँले हामीलाई शिक्षा अनि ज्ञान। ख) पायौँ ज्ञानको भण्डार गुरूको शिक्षा नै हाम्रो जीवनको आधार। ✍️ अन्मोल मुस्कान तकदाह छाउनी, दार्जिलिङ —<•>— क) त्यागेर द्वेष भावना बनोस् स्वच्छ मन यहीँ छ कामना। ख) नतमस्तक मेरा हात घर पहिलो पाठशाला गुरुवर्गको छ साथ। ✍️ राजेन्द्र जि.सी व्यास ११ तनहू, फराकचौर हाल अमेरिका —<•>— क) चाडै उठौँ बिहान भजन, कीर्तनमा लागी पुकारौँ सधैँ भगवान। ख) आमा, भगवान, गुरु आशीर्वाद लिई सदैव गरौँ कामको सुरु। ✍️ रिमेन आलोक अष्ट्रेलिया —<•>— क) सद्भाव कायम राखौँ नगरौँ आपसमा झगडा मित्रताको स्वाद चाखौँ। ख) नेपाली प्रकृति संस्कृति सबै मिलेर जोगाऔँ राखेर मनमस्तिष्कमा धृति । ✍️ रामकृष्ण ढकाल चितवन —<•>— क) ज्ञानै ज्ञानले भर्न लागिपर्नु हुन्छ गुरु शिक्षाको दीप छर्न। ख) धेरै दुःख गर्नुहुन्छ अन्धकार भएको ठाउँमा उज्यालो ज्योति छर्नुहुन्छ। ✍️ शब्दयात्री लम्साल लम्सु,दैलेख —<•>— क) मनले माया गर्छ साँचो मायाले नै जीवनको रङ भर्छ। ख) स्वच्छ व्यवहार हुनुपर्छ मानवीय धर्म कमाउन मनदेखि मन छुनुपर्छ। ✍️ क्षितिज बिरु राना वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान —<•>— क) शिक्षा अमूल्य धन ज्ञान आर्जन गरेमा खुसी बन्छ मन। ख) बन्नू बुद्धिमानी चेला चेतनाकाे ज्याेति छर्ने गुरुलाई नगर्नू हेला। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्ग खाेटाङ ऐसेलुखर्क३ हाल भक्तपुर —<•>— क) गुरु अन्धकार हटाउने दिव्यज्ञानले प्राण भरेर सत्य बाटो देखाउने। ख) गुरु अज्ञानतालाई हर्दछन् शिष्यमा चेतना भरेर ज्ञानको प्रकाश छर्दछन्। ✍️ ईश्वर लामिछाने धरान-६, पानबारी —<•>— क) खिर खाने दिन साउनको पन्ध्र गते रमाऔँ ल एकैछिन। ख) साउनमा पर्छ पानी पहिरो बाढीको डर ज्यान जोगाऔँ जानी। ✍️ बिबा तामाङ दार्जलिङ —<•>— क) अपमान नगरौँ कहिल्यै मातापिता र गुरुलाई सम्मान गरौँ जहिल्यै। ख) साउन पन्ध्रमा खिर खाँदै आज रमाऔँ नलिई मनमा पिर। ✍️ सुनिता निरौला पौडेल राधे राधे ,भक्तपुर । —<•>— मिलेर सरसफाई गरौँ आफ्नै गाउँघरको हामी विकासमा अघि सरौँ। ✍️ बिधुत गुरूङ गोरुबथान हरेक हरफमा ३/३ शब्द हुनुपर्छ सर। —<•>— क) मनमा चाहना जाग्यो दिलमा भर्न चेतना नसकी विज्ञान भाग्यो। ख) विकृतिले संस्कार हाँस्यो देखासिकी गर्न छाडेन कृत्रिमता छातीमा टाँस्यो। ✍️ विकल ‘आर्त्त’ —<•>— क) लोभमा हामी मग्न नभुलौँ हामी धरामा आएको यहाँ नग्न। ख) गाह्रो प्रभुलाई ठग्न मायावी संसारले भुलाउने प्रभुसँगै थालौँ बग्न। ✍️ कार्की डिबी माकुम सुनवल नवलपरासी —<•>— क) गुरुज्यूको महिमा अपार आफू जलेको प्रकाशले देखाउँछन् शिष्यलाई संसार। ख) व्यवहारमा मधुरस घोली अज्ञानता मेटाउँछन् गुरुले अन्तश्चक्षुको द्वार खोलीl ✍️ बाबुराम गौतम गुल्मी —<•>— क) मायामा झारेर सान नदेखाऊ दम्भ यत्तिकै गर्दै अरूको अपमान। ख) नाम चल्ने काम गर्नुपर्छ है साथी मिल्छ राम्रो दाम। ✍️ राजेश भण्डारी रुरुक्षेत्र ५ गुल्मी —<•>— गुरुको जादु चमत्कार रहोस् अनुराग सदा जीवनमा महिमा अपार। ✍️ तोयानाथ चापागाईं दमक,झापा,नेपाल —<•>— क) सोझा जनता नतड्पाउनू घटनालाई राजनीतिकरण गरेर आपसी सद्भाव नभड्काउनू। ख) घटनाको छानबिन गर्नू दायित्व निभाउनू सरकार हुँदैन आमनागरिक मर्नु। ✍️ शोभाकान्त रेग्मी स्याङ्जा —<•>— क) ज्ञानको दर्पण शिक्षक मानव चेतना जगाउने हुन् एक पथप्रदर्शक। ख) गुरुले दिएको ज्ञान समान हुन्छ सबैमा राखौँ सबैले ध्यान। ✍️ नम्रत प्रधान तकदाह, दार्जिलिङ —<•>— क) बाआमा हुन् गुरु हरेक पहिलो शिक्षा हुन्छ उनैबाट सुरु। ख) अँध्यारोबाट उज्यालोमा ल्याउने उनै महान् गुरु शिष्यको भविष्य बनाउने । ✍️ साबित्री प्याकुरेल धादिङ —<•>— क) घरबाट हुन्छ सुरु हरेक बच्चाको शिक्षा बाआमा पहिलो गुरु। ख) गुरु दिन्छन् ज्ञान शिक्षित भएर हामी गर्छौँ उनको सम्मान। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ —<•>— क) करुणा गुरुको हृदयभित्र अहङ्कार छोड्न जाने रसपान गराइदिनुहुन्छ मित्र। ख) गुरुको जित्न मन हुनुपर्छ अदभूत कला सच्चा र सत्यापन। ✍️ ध्रुव खड्का फेदीखोला १ स्याङ्जा —<•>— क) राम्ररी गरे ध्यान हेर, धेरै कुराको पाइन्छ राम्रो ज्ञान। ख) सधैँ विद्यालय गएर हामी सफल हुनेछौँ पढाइ, लेखाइ गरेर। ✍️ आर के भण्डारी —<•>— क) मीठो सम्झना लेखिदिऊँला जीवनका पाना हेर्नू झुटो माया फेरिदिऊँला। ख) पुरानो माया उस्तै समयले छले पनि हिजोअस्तिको झैँ दुरुस्तै। ✍️ हिरा बुढा मगर ‘अमृत’ शारदा नगरपालिका–१४, सल्यान —<•>— क) कसैको षड्यन्त्रमा परियो बेलामा बुझ्न नसकेर अहिले गुनासो गरियो। ख) दु:खले जीवन जिउँदैछु गरिबीमा भयो जन्म फाटेको भविष्य सिउँदैछु। ✍️ पुरुषोत्तम फुयाल सुन्दरहरैँचा-२ मोरङ —<•>— क) खिरको मीठो स्वाद आमाको माया मिसिँदा बढ्यो मनको याद। ख) खिर मीठो खायौँ बस्यौँ हाँस्दै रमाउँदै स्मृति मीठो बनायौँ। ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ —<•>—
झिल्का लेखन अभियानको १२२ औँ शृङ्खला (गुरुपूर्णिमा विशेष) यही साउन १३ गते सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने लगभग ७ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू- ~~<•>~~ १) गुरु हाम्रा देवता जीवनमा ज्ञान भर्ने हृदयमा छन् सदा! २) भोक, अभाव पनि हुन् सच्चा गुरु सिकाउँछन् कठोर बनी। ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही, दाङ ~~<•>~~ १) गर्नुपर्छ गुरुकाे आदर अक्षर सिकाए उनले उनी हुन भवसागर। २) नबिर्सौँ गुरुकाे त्याग राखेनन् लाेभ कहिल्यै छुट्याऔँ उनकाे भाग। ✍️ नवराज भट्ट कञ्चनपुर ~~<•>~~ १) गुरुले दिएको शिक्षा जीवनमा जहिल्यै रहोस् अमूल्य देखिने भिक्षा। २) आमा, बुबा, गुरु जिन्दगीमा त्रिनेत्र बनेर प्रज्ञा बाँड्ने खुरुखुरु। ✍️ बिपी लामिछाने दमक – झापा ~~<•>~~ माता, पिता, गुरु सम्मान गर्न आफैँबाट गर्नुपर्छ है सुरु। ✍️ कला ढकाल झापा ~~<•>~~ १) गरेर आदर सम्मान जलेर मैन झैँ लियौँ दिव्य ज्ञान। २) बाँडेर उज्यालो उपदेश त्यागी भाेक, तिर्खा बनाए सधैँ महेश। ✍️ खुनराज काेइराला सिद्धलेक-३ गैरीगाउँ, धादिङ ~~<•>~~ गुरु आँखाको ज्योति छैन अमूल्य यिनीभन्दा सुन, हिरा, मोती। ✍️ ध्रुव श्रेष्ठ खोटाङ ~~<•>~~ १) मार्गद्रष्टा हुन शिक्षक भिल्लका देशका मणि कसरी होलान् दीक्षक? २) त्याज्य वस्तु अँगाली गुरुलाई अनादर गर्नेको जीवन चल्दैन सँगाली । ३) भविष्य अन्धकार हुने पटमूर्खको सङ्गतको फल पश्चातापमा जीवनभरि रुने । ✍️ सीताराम नेपाल ~~<•>~~ क) माता, पिता, गुरु मातृभाषाको हुन्छ सूत्रपात जीवनको पद्धति सुरु। २) ज्ञानी बनाउने गुरु संस्कारी बन्नुपर्दछ यहाँ समय हुनेछ सुरु। ✍️ कार्की डिबी माकुम सुनवल नवलपरासी ~~<•>~~ १) गुरु नै पितामाता सत्कर्मको बाटो देखाउने हुन् ज्ञानका दाता। २) ज्ञानको ज्योति गुरु शिक्षा दिने कार्य हुन्छ उनैबाट सुरु। ३) चेलाको भावना बुझ्ने मूर्खलाई पनि सुधार्न हरबखत गुरु जुझ्ने। ✍️ सरस्वती श्रेष्ठ रुपन्देही बुटवल ~~<•>~~ गुरुबिनाकाे कुनै ज्ञान हुदैँन पाकाे कहिल्यैँ गुरु ईश्वरको समान । ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान साँगा, बनेपा – १४ काभ्रे ~~<•>~~ मिहेनतले सिकाउँछन् गुरु जे कुराको पनि उनैबाट हुन्छ सुरु ! ✍️ पवनकुमार बुढाथोकी काठमाडौँ ~~<•>~~ १) त्याग सेवाका नायक मानव बनाउने गुरु सबैले पुज्न लायक। २) ज्ञान गुरुबाट लिई असल व्यवहार गर्नु सबैलाई उज्यालो दिई। ✍️ मनोहरी पौडेल गैडाकोट १ ~~<•>~~ १) आमा, बाबा, गुरु पढ्न सिकाए हामीलाई कदेखि गरेर सुरु। २) गुरुलाई सम्मान गरौँ विद्या हासिल गर्न मूर्खको भर नपरौँ। ✍️ अम्बिका राणा खरसाङ दार्जिलिङ ~~<•>~~ १) अन्त्य होस् सुरु मेरालागि त पहिलो हुन् बाबा गुरु। २) सबैमा देखाउथे आफ्नोपन थिए उत्कृष्ट शिक्षकमा उनलाई मेरो नमन! ✍️ कृष्णा बिष्ट जोशी झिल्का कविता ~~<•>~~ जीवनको लक्ष्य भेटाउने सम्मान गरौँ गुरुको ज्ञानको भोक मेटाउने। ✍️ दीप गोले तामाङ रौतहट ~~<•>~~ नमन गर्न गुरुमा पर्खन्न गुरुपूर्णिमा मैले यहीँ भन्छु सुरुमा। ✍️ दीपक दाहाल ~~<•>~~ १) खाई ठक्कर जन्मदाता पालनहार पनि उनै गुरु महतारी माता। २) जसले चिनाए कखरा ताते गर्न हामीलाई पारिदिई जीवन हराभरा। ३) गुरुहरू हुँदैनन् अमन हुन् सत्मार्गका द्रष्टा सबैमा हृदयबाटै नमन। ✍️ सुरेशकुमार पाण्डे ~~<•>~~ १) गुरु, पिता, माता द्रष्टा हुन् जिन्दगीको एक भगवान, दाता! ✍️ नारदप्रसाद आचार्य ‘सुदामा’ संयुक्त राज्य अमेरिका ~~<•>~~ १) ज्ञानकाे ज्याेति उघारी गुरुले उज्यालाे दिँदा हलुका भयाे भारी। २) दीक्षाले बनाउनुपर्छ ओतप्रोत मानवको मस्तिष्क हाे ज्ञानकाे असीमित स्राेत। ✍️ डिल्लीराज भुसाल (राजेन्द्र) अर्घाखाँची ~~<•>~~ १) नमन मार्गदर्शक गुरुमा जगमगाउँछ घर आँगन दर्शन पाउँदा सुरुमा। २) दिव्य चक्षु खुलाउन गुरुमा भक्तिभाव राखौँ पर्दैन मन डुलाउन। ✍️ हिरालाल न्यौपाने बानपा ८ कोटमौला सल्यान ~~<•>~~ १) शिक्षा हाम्रो आधार हुनुपर्छ हामी सबैको समान हक अधिकार! २) निजामतीको झैँ समान हुनुपर्छ अधिकार शिक्षाको गुरुको भयो अपमान। ✍️ रिमा छन्त्याल बाग्लुङ ~~<•>~~ ज्ञानको अन्धकार हर्न गुरुकै शरण परौँ आत्मा ज्ञानले भर्न। ✍️ यशोदा रेग्मी नामराङ पूर्व सिक्किम ~~<•>~~ १) जीवन भयो सुरु यो धर्ती देखाउने बाबुआमा पहिलो गुरु। २) गाउँघर, समाज, परिवार हुन् श्रोत ज्ञानका शिक्षाका बलिया आधार। ३) विद्यालयमा साथीभाइ गुरु यहीँबाट थालनी हुन्छ औपचारिक शिक्षाको सुरु। ✍️ महेश कुमार न्यौपाने ~~<•>~~ हुन् बालक पनि एक सच्चा गुरु ज्ञानको श्रोत बनी। ✍️ प्रमोद नेपाल ~~<•>~~ १) गुरुको परौँ शरण ज्ञान विद्याको धनी स्पर्श गरौँ चरण। २) मातापिता पहिलो गुरुवर भक्तिले शिर झुकाऔँ नराखौँ हृदयबाट पर। ३) मातृभाषाको कुशल शिक्षिका माता हाम्री ज्ञानी जीवनकी हुन् पथप्रदर्शिका। ✍️ मोती योन्जन सुब्बा दार्जिलिङ ~~<•>~~ १) सिकायो सभ्य सृष्टिले गुरुको सम्मान गर्नलाई दिव्य वैदिक दृष्टिले। २) अज्ञानको अन्धकार फारेर पार तार्छन् गुरुले मूर्खलाई शिक्षित पारेर। ✍️ विवश पारदर्शी झापा ~~<•>~~ १) अज्ञानीलाई ज्ञानी बनाउने महानताका पुजारी हौ सत्कर्मको पाठ पढाउने। २) तिम्रो छहारीको शितलता बारम्बार म सम्झिरहन्छु सङ्घर्षशील गुरुको धैर्यता। ✍️ मीना खड्का हेटौडा १९ बस्तीपुर ~~<•>~~ १) सुमार्गकाे बाटो देखाउने गुरु ज्ञानकाे भकारी शिष्यलाई कखरा लेखाउने। २) गुरुकाे महिमा अपरम्पार बल्दो मैनबत्ती भई हटाउने अरूको अन्धकार। ३) अपमान नगरौँ गुरुकाे ज्ञानकाे ज्याेति देखाउने उनै हुन सुरुकाे। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर ~~<•>~~ १) गुरुप्रति गरिने सम्मान सधैँ स्मरण गरौँ उचो रहोस् शान। २) ज्ञान, विज्ञानको श्रोत सम्मान छ जहिल्यै भावना रहोस् ओतप्रोत। ३) अज्ञानता हटोस् सारा अझै अगाडि बढोस् गुरुको त्यो अभिभारा। ✍️ पदमराज न्यौपाने रामारोशन ४ अछाम ~~<•>~~ १) ज्ञानैज्ञानले पो भर्न लागि पर्नुहुन्छ गुरु शिक्षाको बीज छर्न। २) धेरै दुःख गर्नुहुन्छ अन्धकार भएको ठाउँमा ज्ञानको ज्योति छर्नुहुन्छ। ✍️ शब्दयात्री लम्साल दुल्लु १२. लम्सु दैलेख ~~<•>~~ १) सिकाउने समातेर हात लेख्न, बोल्न सिकाउने गुरुदेवबाट हुँदैन घात। २) शिर झुकोस् पाउमा पहिलो गुरुदेव बाआमा मलम लगाइदेऊ घाउमा। ✍️ चुडामणी देबकोटा सिन्धुली मरिणखोला जखनी हाल थानेटार पुरानोनैकाप काठमाण्डौ ~~<•>~~ १) सत्ज्ञानको मार्गमा डाेर्याउने महानताका खानी गुरु अज्ञानीलाई ज्ञान दिलाउने । २) सत्कर्मको पाठ पढाउने गुरु ज्ञानको कुशल अज्ञानीलाई मानव बनाउने । ३) तिमी हौ प्रकाश अन्धकार सारा हटाउने एक सच्चा आस। ४) गुरु अन्धकार हर्ने आफू बनेर मैनबत्ती सबैलाई ज्ञानले भर्ने। ✍️ दुर्गा भट्टराई मोरङ ~~<•>~~ १) गुरुकाे आज्ञा मान भविष्यमा गएर तिम्रो बढ्नेछ इज्जत सान। २) आमाबाबु र गुरु सत्पथमा हिँडाउन उद्यत हुन्छन् सदा खुरुखुरु। ✍️ प्रद्युम्न चालिसे भक्तपुर ,कटुञ्जे ~~<•>~~ जहाँ गुरुको बास समयानुसार प्रगतिका साथहरूले जीवन हुन्छ खास। ✍️ प्रेम थापा `मन´ बागलुङ ~~<•>~~ गुरुपुर्णिामाको छ शुभकामना सदासर्वदा सबैको पुगोस् मनको ईच्छा चाहना! ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी ~~<•>~~ १) अज्ञानको अन्धकार हटाउने एकमात्र हुन् गुरु ज्ञानको बत्ती जलाउने। २) शिक्षाको दीप बालेर सच्चा बाटो देखाउँछन् जीवन सुन्दरतामा ढालेर। ✍️ बालकृष्ण दाहाल ‘बिकेडी’
रामपुर ओखलढुङ्गा ~~<•>~~ १) हुँदा जीवनको सुरु सत्यको मार्गमा डोर्याउने सर्वश्रेष्ठ तिमी गुरु। २) सुमार्गमा पाइला टेकाउने ज्ञानको भण्डार गुरु सुन्दर संसार देखाउने। ✍️ बेल थोकर तामाङ बकैया ८ बस्तिपुर ,मकवानपुर ~~<•>~~ १) माता, पिता, गुरु जीवन दिने यिनै अर्ती मानौँ खुरुखुरु। २) अन्त्य होइन सुरु आफ्नालागि त पहिलो माता, पिता गुरु। ✍️ अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका,अष्टिन। ~~<•>~~ १) उनै हुन् गुरु हामीलाई ज्ञान दिन गरे जसले सुरु। २) गुरु नै आधार खेल्छन् बनाउन भुमिका हाम्रो सपना साकार। ३) गुरुको अपरम्पार शक्ति मिलेर गरौँ आजैदेखि सबैले उनको भक्ति। ४) ज्ञान हामीले पायौँ विषको प्याला त्यागेर अमृत बुटी खायौँ। ✍️ विजय कुमार बिष्ट ~~<•>~~ १) आज महत्त्वपूर्ण दिन गुरुलाई सम्झौँ सबैले उनलाई तिर्नुपर्ने रिन। २) अन्धकार गुरुले चिर्ने जीवनभर पाठ पढाई सन्तुष्टिको तक्मा भिर्ने। ✍️ बिबा तामाङ दार्जलिङ ~~<•>~~ १) रोग, भोग, शोक मौन गुरु हुन् सिकाउँछन् सबै थोक! २) अज्ञान तम हर विज्ञ संयमी गुरु सुज्ञान मनमा भर! ✍️ जेचुनमा मकवानपुुर, बकैया-१० ~~<•>~~ गुरुको चरणमा आए दुनियाँमा कोही छैन उनैबाट ज्ञान पाए। ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत ~~<•>~~ मनको अन्धकार हटाउने गुरु तिमी महान अज्ञानता सदैव घटाउने ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~~<•>~~ गुरुको महिमा अपार मर्यादाको पाठ सिकाउने आदर्श उनको व्यवहार। ✍️ राधा चाम्लिङ खोटाङ ~~<•>~~ १) अज्ञानीलाई क्षमा दिने उनै हुन् सबलाई उज्यालो बाटो देखाइदिने। २) भगवान् चिनाउने गुरु तिमीलाई सर्वप्रथम ढोगी गर्छु दिनचर्या सुरु। ✍️ देबिका सुब्बा खवास कदमतला सिलगढी ~~<•>~~ १) आँखा हुन् गुरु जीवनमा अपरिहार्य सदा गर्नलाई शुभयात्रा सुरु। २) सक्दैनौँ हामी गुरुबिना हल गर्न कठिनाइ किन नहोस् सानातिना। ✍️ रबिता महर्जन खोकना, ललितपुर ~~<•>~~ गरौँ गुरुलाई नमन श्रद्धा अर्पण गर्नाले सार्थक हुन्छ जीवन। ✍️ अरुण कुमार भुजेल गोरूबथान,कालेबुङ ~~<•>~~ १) ज्ञानको ज्योति भर्ने गुरुहरू नै हुन् दिमागी अन्धकार हर्ने। २) गुरुको सम्मान गर्न पुग्छ मानसम्मान दिए पर्दैन पाउमा पर्न। ✍️ ललिता गिरी सिन्धुली ~~<•>~~ १) दिई दक्षिणा दान पुज्छौँ आज गुरुहरूलाई गरेर आदर सम्मान। २) शिक्षादीक्षा सब दिने सम्पूर्ण गुरु, गुरुआमालाई आजै हो सम्झिने। ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बाँके ~~<•>~~ १) गुरुको महिमा अपार स्वयम् जलेर अरूलाई दिन्छन् न्यानो पहार। २) ज्ञानको बीउ छर्छन् बाबाआमा अनि गुरु सर्वोच्च स्थानमा पर्छन्। ३) गुरुको महिमा आकर्षक मर्यादा गरौँ सधैँभरि ठानेर आफ्नो मार्गदर्शक। ✍️ बाबुराम गौतम गुल्मी ~~<•>~~ १) गुरु हाम्रा मार्गदर्शक उनैबाट दीक्षित हामी बन्छौँ महान सर्जक। २) ज्ञान पाएर अगम्य बन्छौँ सफल व्यक्ति भरेर साहस अदम्य। ✍️ हितमान छन्त्याल (सहोदर ) पोखरा ,कास्की ~~<•>~~ १) आमाबुबालाई मानिन्छ गुरु उनीहरुबाटै सिकिन्छ सबैले बोल्न, लेख्न सुरु! २) आमाले सिकाइन् कखरा इन्टुकिन्तुको गुञ्जाइस थिएन बुझ्थिन् सबै नखरा! ✍️ भेष राज बञ्जाडे बुटवल -१३, रुपन्देही ~~<•>~~ १) मातापिता पहिलो गुरु उहाँहरुबाट नै भयो अध्ययन हाम्रो सुरु। २) गुरु हाम्रो प्रकाश शिक्षाको ज्योति छर्दै दिन्छन् ज्ञानको आभास। ✍️ अम्बिका गिरी विराटनगर ~~<•>~~ १) आशाको गीत सुरु भविष्य उज्यालो बनाउने ज्ञानको गंगा गुरु। २) जगतका हुन् भगवान ज्ञानको दीप जलाउने गुरु हाम्रो महान। ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~<•>~~ १) अहिले गर्छन् अपमान पहिले थियाे गुरुकाे ईश्वरसरि सम्मान सान। २) ब्रम्हचर्य आश्रम सुरु सुनाई गायत्री मन्त्र गरिदिने उनै गुरु। मधुसुदन बेल्बासे “काेपिला” सिद्धारा-९ अर्घाखाँची ~~<•>~~ १) गराउने ज्ञानको उज्यालो गुरुको दिव्य उपदेश हटाउँछ अज्ञानता कालो। २) गरौँ गुरुलाई नमन सच्चा श्रद्धा अर्पणले सार्थक हुन्छ जीवन। ३) गुरु हुन् भगवान अज्ञानताको अन्धकार मेटाई दिन्छन् उच्च ज्ञान। ४) बनेर जीवनको बाटो सदैव सुमार्गमा डोर्याई बनाउँछन् भविष्य रातो। ५) बालौँ श्रद्धाको दीप फाल्दै अन्धकार अज्ञानता भरौँ भरपुर सीप। ६) मेट्छौ मनको तृष्णा सद्भाव र विवेक भरेर दिन्छौ कृष्णा। ७) पूज्य गुरुको पाउ सधैँ शिर झुकाई भरौँ ज्ञानको घाउ। ८) गुरु हुन् मार्गदर्शक सच्चा बाटो देखाई बन्छन् जीवनको रक्षक। ९) फेर्छौ नयाँ आयाम सदा तिम्रो चरणमा हजारौँ कोटि प्रणाम। १०) छर्दछौ ज्ञानको ज्योति अमूल्य उपदेश दिएर बनाउँछौ मानिस मोती। ११) भेटियो जीवनको सार सच्चा गुरुको ज्ञानले भयो भवसागर पार। १२) मानौँ गुरुको वचन अनुशासन र निष्ठाले निर्मल बन्छ मन। ✍️ अबजस चन्द्र कमल झापा ~~<•>~~ १) हटोस् अशिक्षाको पाटो गुरुको ज्ञान पाएर रोजौँ असल बाटो। २) भए खराब बानी गुरुको सामु परोस् सक्छ बन्न ज्ञानी। ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत ~~<•>~~ १) गुरु र आमाबुबा सबै हाम्रा देव खुवाउने ज्ञानको खुवा! २) आज पनि बाँचेको छु हजुरको शिक्षाले सदा खुसी रहेको। ✍️ भोला मान बर्देबा बैरागी माईलो बू नि क न पा 5 नारायणथान काठमाडौँ ~~<•>~~ १) गुरुप्रति श्रद्धा अर्पण अधुरो हुन्छ सधैँ ज्ञानको नदेखाई दर्पण। २) जीवनका मुख्य गुरु हुन् आमा, बाबा गर्छन् ज्ञानको सुरु। ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~~<•>~~ १) छर्छन् ज्ञान गुरु बटुलेर सबै सिकारुले गर्छन् सिक्न सुरु। २) गुरु महिमा कहेर सकिन्न कहिले पनि जीवनबाट टाढा रहेर। ३) सिक्ने थलाेमा आऔँ दत्तचित्त भएर एकछिन गुरु महिमा गाऔँ। ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा ~~<•>~~ १) गुरु ज्ञानका दाता देखाउँछन् बाटो हामीलाई बराबर हुन्छन् माता । २) गुरुकाे गरौँ सम्मान भाेलिका कर्णधार हामी बढ्दै जान्छ सान। ३) ज्ञान भविष्यकाे ज्याेति जलाउँदै समाजमा दीप जीवन बन्दछ माेति। ✍️ रवि पाैडेल दक्षिण भारत पाण्डेचरी ~~<•>~~ १) गरौँ गुरुको भक्ति उचित ज्ञानको प्रभावले हमेसा मिल्छ दिव्यशक्ति । २) आजको पवित्र दिन गुरुको श्रध्दा गरी तिरौँ सबैले रिन। ✍️ जयनारायण नेपाल बालकोट भक्तपुर ~~<•>~~ १) मार्गदर्शक हुन् गुरु उहाँबाट नै हुन्छ ज्ञानकाे अध्याय सुरु। २) गुरु जीवनकाे सार आफू जलेर पनि दिन्छन् ज्ञान अपार। ✍️ काेपिला अधिकारी गाेरखा ~~<•>~~ १) गुरुहरू ज्ञानको सरोवर भण्डार अपूर्व ज्ञानका छर्छन् ज्ञानगुन बरोबर। २) दिव्यज्योति जीवनको ज्ञान सभक्ति गर्नुपर्छ आराधना तबमात्र मिल्दछ सम्मान। ✍️ घनश्याम पन्त ~~<•>~~ १) गुरु ज्ञानका मोती देखाई छर्छन् हामीमा शिक्षाको उज्यालो ज्योति। २) भोक, प्यास नमानी बराबर ज्ञान दिने हामीलाई सन्तान ठानी। ✍️ जानुका बाँस्कोटा काठमाडौँ ~~<•>~~ १) ज्ञानको ज्योति छर्ने हाम्रा आदरणीय गुरुलाई गरौँ सम्मान गर्ने। २) गुरुबिनाको यो जीवन अन्धकार हुन्छ सारा बिग्रिन्छ हाम्रो मन। ३) गुरु हुन् मैनबत्ती अन्धकारलाई पनि चिर्ने उहाँको गरौँ भक्ति। ४) सबैमा सद्बुद्धि आओस् गुरुपूर्णिमाको पावन दिनमा सुख, समृद्धि छाओस्। ✍️ लक्ष्मी रेग्मी ‘शब्दयात्री’ उर्लाबारी, मोरङ ~~<•>~~ १) गुरुकाे शरणमा परी गरौँ नित्य पूजा मनमा श्रद्धा भरी। २) वर्षमा एकपटक पर्ने गुरुपूर्णिमामा सम्झौँ गुरु ज्ञानको भण्डार भर्ने। ३) राखेर मनमा सद्भाव गरौँ नमन गुरुलाई टर्दछ सबै अभाव। ✍️ काेपिला समीक्षा खार्पा खाेटाङ ~~<•>~~ १) प्रकृति ज्ञान छर्ने गुरु ब्रह्मा हुन् सत्कर्म सबमा भर्ने। २) देवत्व मानौँ गुरुको सावाँ अक्षर कोरेर ज्ञान खोल्ने सुरुको। ✍️ लेखनाथ सुवेदी कमल गा पा-३ सानोकेर्खा ~~<•>~~ १) गुरुबाट प्राप्त सुज्ञान सदैव मनमा राखी गरौँ गुरुलाई सम्मान। २) हाम्रा गुरु महान् शिक्षक, बुबा, आमा हुन् सच्चा भगवान्। ✍️ रचना शर्मा प्रतीक्षा ललितपुर ~~<•>~~ ज्ञान सिकाई सुरु हुन्छ घरमै हेर आमाबुबा नै गुरु। ✍️ पोखरा उद्योग वाणिज्य संघ ~~<•>~~ बाआमा पहिलो गुरु उहाँहरूबाटै गर्न सिकिन्छ राम्रो कामको सुरु। ✍️ केसर बाेहरा (सङ्घर्ष) सुदूरपश्चिम अछाम ,हाल- भारत ~~<•>~~
लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार देउखुरी दाङको रातोडाँडामा सम्पन्न भएको छ। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सभा हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा साहित्यकार हरेकृष्ण ज्ञवाली हुनुहुन्थ्यो।
संस्थाकी उपाध्यक्ष राधा गौतमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रम प्रमुख अतिथि ज्ञवालीले लुम्बिनी वाङ्मय प्रतिष्ठानको अतीत कोट्याउँदै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने उद्देश्यले स्थापना हुन पुगेको संस्थाले सो उद्देश्य पूरा नहुने देखिएपछि लुम्बिनी वाङ्मय प्रतिष्ठानको रूपमा दर्ता हुन पुगेको उल्लेख गर्नुभयो। राज्यले साहित्य कला क्षेत्रको उपेक्षा गरेको बताउनुहुँदै उहाँले साहित्यकारहरूले कानुनको दफा दफा केलाएर तहाँ कला साहित्यका सन्दर्भमा उल्लेख भएका कुराहरूको अध्ययन गरेर आफ्नो अधिकार सुनिस्चित गर्न सामुहिक रूपमा डटेर लाग्नुपर्ने पनि बताउनुभयो।
कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजाद, केन्द्रिय उपाध्यक्ष तिलक लामिछाने, झिल्का साहित्य समाज, नेपालका अध्यक्ष वसन्त अनुभव, राप्ती साहित्य परिषद दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डे सम्मानित व्यक्तित्व सन्ध्या रेग्मी लगायतका महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियोे। उक्त अवसरमा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष एवम् लघुकथाकार लक्ष्मण ज्ञवाली, वरिष्ठ साहित्यकार एवम् लघुकथाकार खगेन्द्र बस्याल, साहित्यकार एवम् शिक्षक जगतराम यादव, राप्ती साहित्य परिषद दाङ शाखा सहसचिव वीणा रोका, रिमा गौतम, देवेन्द्र रिजाल, कपिल किशोर घिमिरे, युवराज भण्डारी, एक्लो क्षितिज, आर एल संगीता, शेषमणि घिमिरे, सूर्यराज गौतम, हृदय लेकाली लगायतका साहित्यकारज्यूहरूले आ-आफ्नो रचना वाचन/गायन गर्नुभएको थियोे।
कार्यक्रममा तिलक लामिछाने, दामोदर भण्डारी, छवि ज्ञवाली, लोकराज पोख्रेल, दिपा खत्री, वालमुकुन्द शर्मा आचार्य, रेशम बि.सी., सुभाष पाण्डे, गिरिराज खनाल, शनिराम चौधरी, विश्व प्रकाश अधिकारी, धर्मराज शर्मा, केशव शर्मा लगायत ३ दर्जन बढी अतिथि एवम् साहित्यानुरागीहरूको उपस्थिति रहेको थियोे। कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङ कार्यसमिति सचिवको संगठनात्मक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष श्री नीम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियोे। साथै उक्त कार्यक्रममा साहित्यकार/पत्रकार सन्ध्या रेग्मीलाई राप्ती रत्न सम्मानद्वारा सम्मान गरिएको थियो।
अपरान्ह सवा १२ बजेदेखि सुरु भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष निम बहादुर थापाले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव दिपक शर्माले गर्नुभएको थियोे।
नयाँ कार्यसमिति गठन तथा सपथग्रहण
साधारण सभापश्चात चलेको अधिवेशनले साहित्यकार सुरेशकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको थियो।
जसको उपाध्यक्षमा राधा गौतम, सचिवमा वसन्त अनुभव, सहसचिवमा रिमा गौतम, कोषाध्यक्षमा कपिल किशोर घिमिरे र सदस्यहरूमा वीणा रोका, विश्व प्रकाश अधिकारी, नारायण योगी, केशव दिपक शर्मा, शनिराम चौधरी र संगीता बि.क. रहनुभएको छ। नवगठित कार्यसमितिलाई लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजादले शपथग्रहण गराउनु भएको थियो।
समर्पण रम्जान दिन मियाँ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका – साउदी शाखा सदस्य
जेद्दा, साउदी अरब — गैर-आवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद साउदी अरबको १९ औँ वार्षिकोत्सव साउदी अरबको जेद्दास्थित ‘द भिलेज रेस्टुरेन्ट’ (अजीजिया) मा गत 24 जुलाई 2026 का दिन भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका संचालक संस्थाका उपाध्यक्ष राज कुमार गिरीद्वारा अपरान्ह २ बजेबाट सुरु गरेका उक्त समारोह संस्थागत गतिविधि, महावाणिज्य दूतावाससँगको श्रमिक अन्तरक्रिया र विविध साँस्कृतिक प्रस्तुति गरी मुख्य तीन चरणमा सञ्चालन गरिएको थियो।
उक्त समारोहको सभापतित्व गैर-आवासीय नेपाली संघ साउदी अरबका अध्यक्ष उमेश भट्टराईले गर्नुभएको थियो भने नेपाली महावाणिज्य दूतावास जेद्दाका महावाणिज्यदूत पारस पण्डित प्रमुख अतिथिका रूपमा आशन ग्रहण गर्नुभएको थियो । त्यसैगरी विशिष्ट अतिथिका रूपमा दूतावासका उप-महावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव, श्रम सहचारी जीवन घिमिरे र उप-वाणिज्यदूत श्रीमती पुजन पाण्डेले आशन ग्रहण गर्नु भएको थियो। समारोहमा अन्तर्राष्ट्रिय प्रवास मञ्च अमेरिका-साउदी शाखाका अध्यक्ष एवं अन्नपूर्ण पोष्ट प्रतिनिधि विष्णु घिमिरे, नेपाली युवा समाजका अध्यक्ष राम थापा, हातेमालो युवा क्लबका अध्यक्ष अमर प्रसाद चपाँई, तामाङ युवा समाजका अध्यक्ष तथा मेलम्चि रेस्टुरेन्टका संचालक राम सिंह तामाङ, नेपाल मगर संघका अध्यक्ष कुल बहादुर मगर, किरात राई यायोक्खाका अध्यक्ष शैलाब राई, नेपाली साझा मंचका महासचिव तेज बहादुर बि.क., इस्लामिक दावा सेन्टरका नेपाली विभाग प्रमुख मन्जुर अलि मियाँ, एनआरएनए आरसिसी अलकासिमका पूर्व अध्यक्ष तथा संचारकर्मी रमजान दिन मियाँ, सिटी एक्सप्रेसका क्षेत्रीय प्रबन्धक रामजी काईराला, Frendi का क्षेत्रीय प्रबन्धक निरज सिंह, काठमाडौँ रेस्टुरेन्टका संचालकहरू रबिन राना मगर र कुल मगर, नेपाली कल्चरल डान्स ग्रुपका संस्थापक धीरज आले मगर, समाजसेवीहरू दिपेन्द्र यादव र रामचन्द्र पौडेल तथा अन्तरप्रगतिशिल मञ्चका सचिव सिताराम लगायत स्थानीय विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू एवं व्यवसायीहरू समाजसेवीहरूले आशन ग्रहण गर्नु भएको थियो। लक्ष्मी थापा मगर र शर्मिला गिरीले उपस्थित अतिथिहरूलाई खादा तथा ब्याच वितरण गरेर भव्य स्वागत गर्नुभएको थियो
सभापति, प्रमुख अतिथि तथा अतिथिगणहरूद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी औपचारिक उद्घाटन गरिएको कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभावहरूले सम्मानपूर्वक उठेर राष्ट्रिय गान गाएका थिए। कार्यक्रमको थप रौनक बढाउन LCC, RCC र NCC द्वारा संयुक्त रूपमा तयार पारिएको झाँकीले हलको सांगीतिक परिक्रमा गरेको थियो भने ।
औपचारिक समारोहको पहिलो चरणमा स्वागत मन्तव्य एनआरएनए साउदीका उपाध्यक्ष हेम सुवेदीले प्रस्तुत गर्नुभएको थियो। त्यसपश्चात् अर्का उपाध्यक्ष अर्जुन थापाले संस्थाको एक बर्षे कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष योगेन्द्र श्रेष्ठले आर्थिक प्रतिवेदन, अडिट रिपोर्ट, बैंक स्टेटमेन्ट तथा आय-व्ययको विस्तृत विवरण सबैमाझ बुझ्नेगरि प्रस्तुत गर्नुभएको थियो। सोही अवसरमा समाजमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई सभापति उमेश भट्टराई र प्रमुख अतिथि पारस पण्डितद्वारा सम्मान-पत्र प्रदान गरिएको थियो।
बधाई तथा शुभकामना व्यक्त गर्ने मन्तव्यको क्रममा एनआरएनए आरसिसी अलकासिमका पूर्व अध्यक्ष तथा संचारकर्मी रमजान दिन मियाँले सन् २०१४ देखि २०२२ सम्म आफु संस्थामा रहेर संस्थालाई दिएको योगदान तथा श्रमिक हकहितमा गरेका आफ्ना अनुभव र सहकार्यको स्मरण गर्दै संस्था 19औं बर्षमा पुगेमा बधाई तथा शुभकामना दिए । त्यसपछि बोल्दै इस्लामिक दावा सेन्टरका मन्जुर अलि मियाँले शुभकामना दिंदै सम्सि जेलमा समस्यामा परेका नेपाली श्रमिकहरूको तत्काल उद्धारका लागि महावाणिज्य दूतावासको ध्यान आकर्षण गराउनुभयो। क्रमलाई निरन्तरता दिँदै नेपाली साझा मंचका तेज बहादुर बि.क., किरात राई यायोक्खाका शैलाब राई, नेपाल मगर संघका कुल बहादुर मगर, तामाङ युवा समाजका राम सिंह तामाङ, हातेमालो युवा क्लबका अमर प्रसाद चपाई र नेपाली युवा क्लबका राम थापाले संस्थाले श्रमिकको हक-हितमा पुर्याएको योगदानको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । त्यसैगरी ग्लोबल आईएमई बैंकका प्रतिनिधि दीपक राज गौतमले विदेशबाटै नेपाल फर्किएको 35 दिनभित्र राष्ट्रिय परिचयपत्र बनाउऩे गरी बैंकिङ कारोबार तथा खाता खोल्दा राष्ट्रिय परिचयपत्र (NID) को अनिवार्यता नरहेको जानकारी गराए ।
उक्त भब्य समारोहमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिका – साउदी शाखाका अध्यक्ष विष्णु घिमिरेले बधाई तथा शुभकामना दिदैं श्रमिकका हक हितमा संस्थाले धेरै काम गरेको र अझै राम्रो काम गर्न अनुरोध गरेका थिए, अन्तरप्रगतिशिल मञ्चका सचिव सिताराम, सिटी एक्सप्रेसका क्षेत्रीय प्रबन्धक रामजी काईरालाले वैधानिक र कानुनी माध्यमबाट मात्र रेमिट्यान्स/पैसा पठाउन उपस्थित सम्पूर्णलाई अनुरोध गरेका थिए । र Frendi का क्षेत्रीय प्रबन्धक निरज सिंहले पनि आफ्नो मन्तव्य राख्दै अनावस्यक धेरै सिम ननिकाल्न र आफ्नो नाममा भएको सिम चेक गरी अनावस्यकलाई बन्द गर्न आग्रह गरेका थिए । कुटनैतिक नियोगका तर्फबाट बोल्दै उप-महावाणिज्यदूत यज्ञ पोखरेलले दूतावास र एनआरएनएको सहकार्यले श्रमिकलाई ठूलो राहत मिलेको बताउँदै दूतावासका सूचनाहरू आधिकारिक पेजबाट सेयर र फलो गर्न आग्रह गर्दै श्रमिक हकहितका लागि दूतावासको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो भने श्रम सहचारी जीवन घिमिरेले साउदी अरबको स्थानीय कानुनको पूर्ण पालना गर्न श्रमिकहरूलाई अनुरोध गर्नुभयो।
प्रमुख अतिथिको आसनबाट बोल्दै महावाणिज्यदूत पारस पण्डितले एनआरएनए साउदी उमेरले १९ वर्षको भए पनि यसको कार्यसम्पादन ४०-४५ वर्षको परिपक्व संस्था जत्तिकै उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो साथै नियोगका गतिविधि र श्रमिकका समस्या समाधानमा एनआरएनएले गरेको योगदानको उच्च कदर गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। पहिलो चरणको अन्त्यमा सभापतिको आसनबाट बोल्दै एनसीसी तथा आईसीसी स्तरबाट प्राप्त शुभकामना सन्देश व्यक्त गर्दै संस्थाले अहिलेसम्म श्रमिकहरूका लागि ६ देखि ७ करोड रुपैयाँ बराबरको प्रत्यक्ष सहयोग गरिसकेको जानकारी दिनुभयो। साउदी अरबमा काम गर्दा यहाँकै नियम-कानुनभित्र रहेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले कार्यक्रम सफल पार्न साथ सहयोग गर्ने सम्पूर्ण आरसीसी, एनसीसी, मिडिया, कलाकार, महावाणिज्य दूतावास तथा सम्पूर्ण उपस्थित नेपाली समुदायलाई दिँदै पहिलो औपचारिक सत्रको समापन गर्नुभएको थियो।
कार्यक्रमको दोस्रो चरण विशेष गरी साउदीमा कार्यरत नेपाली श्रमिक दाजुभाइ दिदीबहिनीहरूका समस्या र गुनासाहरूमा केन्द्रित थियो। उपस्थित श्रमिकहरूले साउदीमा भोग्नुपरेका कानुनी, श्रम सम्बन्धी तथा व्यावहारिक समस्याहरू प्रत्यक्ष रूपमा महावाणिज्य दूतावासका पदाधिकारीहरूसामु राखेका थिए। उठाइएका जिज्ञासा र प्रश्नहरूको महावाणिज्यदूत पारस पण्डित लगायत दूतावासका उप-महावाणिज्यदूत यज्ञ पोखरेल, वाणिज्यदूत सुभास यादव, श्रम सहचारी जीवन घिमिरे ले प्रष्ट उत्तर दिँदै समस्या समाधानको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
अन्तिम तथा तेस्रो चरणमा स्थानिय लोकप्रिय नेपाली कलाकारहरू सरस्वती लामा, श्याम भण्डारी, तेज बहादुर सिलवाल, अमर चपाई र अशोक सुवेदी लगायतले बेजोड सांगीतिक तथा नृत्य प्रस्तुति दिएका थिए। कलाकारहरूको मनोरञ्जनात्मक प्रस्तुतिमा दर्शकहरूले नाचेर गाएर भरपूर आनन्द लिएका थिए। कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथि, आयोजक तथा दर्शकहरूका लागि स्वादिष्ट खानपान (रात्रिकालीन भोज) को व्यवस्था गरी कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो।
रियाद, साउदी अरब। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित माननीय सांसद ज्ञानेन्द्र बहादुर शाहीद्वारा हालै जापानमा रहेकाबेला व्यक्त गरिएका अभिव्यक्तिहरू प्रति साउदी अरबको रास्वपा निकट संगठन प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब सहित प्रवास नेपाली सम्पर्क समिति रियाद र जुबेलले संयुक्त विज्ञप्ति जारी गर्दै उक्त अभिव्यक्तिको घोर भर्त्सना र खेद प्रकट गरेका छन्।
सांसद शाहीका कतिपय अभिव्यक्तिहरू आधारहीन, अमर्यादित तथा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्तिमा नकारात्मक प्रभाव पार्ने प्रकृतिको रहेको र उक्त अभिब्यक्तिले प्रवासी नेपाली श्रमिकहरूको सम्मानमा चोट पुगेको गुनासो रहेको छ । विज्ञप्तिमा उल्लेख भए अनुसार, विश्वका विभिन्न मुलुकमा आफ्नो श्रम, सीप र पसिना खर्चेर देशको अर्थतन्त्रमा मेरुदण्डका रूपमा महत्वपूर्ण योगदान पुर्याइरहेका प्रवासी नेपाली नागरिकहरूलाई लक्षित गरी अपमानजनक अभिव्यक्ति आउनु नकैनी निन्दनीय रहेको समितिले जनाएकोछ।
प्रवास नेपाली सम्पर्क विभागले लोकतान्त्रिक समाजमा विचार र अभिव्यक्तिको स्वतन्त्रता सबैलाई भए पनि सार्वजनिक जिम्मेवारीमा रहेका व्यक्तिहरूले बोल्दा सामाजिक एकता र लाखौँ नेपालीको सम्मानलाई ध्यानमा राख्नुपर्ने कुरामा जोड दिएको छ।
विज्ञप्तिको मुख्य अंश जस्ताको त्यस्तै: “लाखौँ प्रवासी नेपालीहरूको आत्मसम्मान र योगदानलाई अवमूल्यन गर्ने गरी आएका यस्ता अमर्यादित अभिव्यक्तिहरू हामीलाई कदापि स्वीकार्य छैनन्। सार्वजनिक पदमा रहेका जिम्मेवार व्यक्तिबाट यस प्रकारको गैरजिम्मेवार व्यवहार प्रदर्शन हुनु दुःखद छ।”
साउदी अरबमा रहेका प्रवास नेपाली सम्पर्क विभागले सम्बन्धित पक्ष (सांसद ज्ञानेन्द्र शाही) लाई आफ्ना अमर्यादित अभिव्यक्तिहरू तत्काल सच्याउन र सार्वजनिक रूपमा आत्मालोचना तथा क्षमायाचना गर्न हार्दिक आग्रह गरेका छन्।
यदि समयमै गल्ती नसच्याइए र माफी नमागिए प्रवासी नेपालीहरूको सम्मान र अधिकार रक्षाका लागि खाडी मुलुकहरूबाटै शान्तिपूर्ण रूपमा थप विरोधका कडा कार्यक्रमहरू अगाडि बढाउन बाध्य हुने चेतावनी समेत विज्ञप्ति मार्फत दिइएको छ।
यसै समब्धलाई लिएर अन्य देशहरुमा रहेका प्रवास नेपाली सम्पर्क विभागहरेले पनि बिज्ञप्ति निकाल्दै आफ्नो अमर्यादित अभिव्यक्तिहरू तत्काल सच्याउन र सार्वजनिक रूपमा आत्मालोचना तथा क्षमायाचना गर्न हार्दिक आग्रह गरेका छन्।
विज्ञप्ति जारी गर्ने संस्थाहरू:
प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब प्रवास नेपाली सम्पर्क समिति, रियाद, साउदी अरब प्रवास नेपाली सम्पर्क समिति, जुबेल, साउदी अरब प्रवास नेपाली सम्पर्क विभाग, कतार समस्त प्रवासी नेपाली परिवार