
१
आकाश
अनन्त दृश्य
सबैमा विशाल छहारी !
२
कृष्ण
प्रेमका सागर
जीवन जिउने कला !
३
कोसिस
अथक प्रयास
हाँसेर जिउने रहर !
- लक्ष्मी अर्याल, काठमाडौँ

१
आकाश
अनन्त दृश्य
सबैमा विशाल छहारी !
२
कृष्ण
प्रेमका सागर
जीवन जिउने कला !
३
कोसिस
अथक प्रयास
हाँसेर जिउने रहर !

२८ भदौ, काठमाडौं । प्रहरीले बच्चा चोरी गर्ने गिरोह नेपाल प्रवेश गरेको कुनै सूचना नभएको बताएको छ ।
साइबल व्यूरोले सूचना जारी गर्दै सामाजिक सञ्जालमा भ्रम फैलाइएजस्तो कुनै पनि सूचना प्रहरीमा नआएको बताएको हो ।
सामाजिक सञ्जालमा पोष्ट भएको भ्रामक प्रचारमा उल्लेख भएझैं देशभर रहेका कुनै पनि प्रहरी कार्यालयमा हालसम्म कुनै पनि माध्यमबाट कुनै पनि उजुरी/सूचना प्राप्त भएको छैन,’ व्यूरोले सूचनामा उल्लेख गरेको छ ।
पछिल्ला दिनमा भारतबाट सामाजिक सञ्जालमा जोगी र माग्नेको भेषमा बच्चा चोरी गर्ने व्यक्ति नेपाल प्रवेश गरेको अफवाह फैलिएपछि साइबर व्यूरोले सूचना जारी गरी कारबाहीको चेतावनी समेत दिएको छ ।
सामाजिक सञ्जालमा त्यस्तो भ्रामक प्रचार गर्ने जोकोहीलाई पनि नेपालको प्रचलित ऐन, कानून बमोजिम कानूनी कारबाही गरिने ब्यहोरासमेत जानकारी गराउँदछौं’. सूचनामा उल्लेख छ ।
प्रहरीले सामाजिक सञ्जालमा भ्रम फैलाइए जस्तो नेपालका कुनै पनि प्रहरी युनिटमा त्यस्तो सूचना प्राप्त नभएको उल्लेख गरेको छ ।
सामाजिक सञ्जालमा आएका सूचना भ्रामक भएको भन्दै व्यूरोले विश्वास नगर्न र त्यस्ता कुनै अपराधसँग सम्बन्धित सूचना भए प्रहरी कार्यालयमा खबर गर्न सूचित गरेको छ ।
सामाजिक सञ्जालमा बच्चा छोरी हुने सूचना भाइरल भएपछि नागरिक आतंकित भएका छन् । विद्यालय र सरोकारवालाले समेत सतर्क रहन सूचना जारी गरेका छन् ।

काठमाडौँ- साउदी अरबमा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध एम्फेटामाइनसहित आठ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ जना सिरियाली नागरिएक एवम् दुई जना पाकिस्तानी रहेको साउदी अरबको सरकार सञ्चालित साउदी प्रेस एजेन्सीले जनाएको छ ।
साउदी अरबको लागूऔषध नियन्त्रण महानिर्देशनालयका अनुसार रियादस्थित एक गोदाममा छापा मार्दा ४ करोड ६९ लाख १६ हजार ४ सय ८० चक्की एम्फेटामाइन बरामद भएको हो । यसलाई साउदी अरबमा लागूऔषध विरुद्धको कारवाहीमा सबैभन्दा ठूलो सफलताको रुपमा हेरिएको छ ।
पिठोको थुप्रोमा लुकाएर तस्करहरुले उक्त परिमाणको लागूऔषध रियादस्थित सुख्खा बन्दरगाह कटाउन सफल भएको जनाइएको छ ।
खाडी मुलुकहरुमा एम्फेटामाइनको ठूलो स्तरमा कारोबार हुने गरेको बताइन्छ । खासगरी धनाढ्य वर्गका युवाहरुले यसको प्रयोग गर्ने गरेको पाइएको छ ।

१.
प्रावधान
पुर्याउँछ व्यवधान
हुँदैन किन सम्मान ?
२.
आलोक
सत्य भूलोक
देखाऊ पापको परलोक !
३.
प्रेम
चुम्बक भूमि
आवाद हुन्छ मरुभूमि !
४.
वचन
सत्य विवरण
जडको हुन्छ निवारण !
५.
हिरण्यगर्भ
ज्योतिको सन्दर्भ
जगत् प्राणीको उद्भव !

🌺 केही उदक 🌺
—————– … ✍️ आर्त अकुलीन
१
जग
आधार स्तम्भ
भोलिको सुन्दर संसार !
२
जिन्दगी
कहिले घामछायाँ
कहिले शीतको थोपा !
३
मानव
विनास काल
विवेक भुटेर दानव !
४
सागर
पिँधमा मोति
सुन्दर जीवन ज्योति !
५
बिहानी
घामको उदय
आहा प्राकृतिक सौन्दर्य !
६
सूर्योदय
बिहानी समय
उज्यालो गाउँ सहर !
७
गौँडा
कसैको हैकम
कसैको जीवन मार्ग !
८
पहरा
धरतीको छाती
प्रकृति सबैभन्दा जाती !
९
बुख्याचा
अनियन्त्रित यात्रा
बाटो बिराएको मानिस !
१०
मसान
राक्षसको राज
एक सामाजिक कलङ्क !

१.
पृथ्वी
गोलो संसार
विभिन्न संस्कृतिको पहिचान !
२.
आमा
नमर्ने शब्द
गुणमा सम्पन्नता प्रतीक !
३.
प्रेम
अमर रहने
लाखौँ सुन्दर बगैँचा !
४.
रिक्तता
गुमेको साथ
मनको बेचैनी पीडा !
५.
आशा
रचिएको मन
झिनो कल्पनाका महल !
६.
नदी
गन्तव्य विहिन
खोजिएको हरेक यात्रा !
७.
जङ्गल
रमणीय दृश्य
सुन्दर देश हाम्रो !
८.
सिंह
अशुभ गर्जन
आफ्नो हैकम जमाउने !
९.
डाँफे
राष्ट्रिय पक्षी
जगेर्ना हाम्रो कर्तव्य !
१०.
जिम्मेवारी
कर्तव्यको माझ
चुक्न नहुने आभास !

**नौलो प्रकृतिको पाठकीय टिप्पणी
वसन्त अनुभवको लघुकथामा नौंलो खोजी **
योगप्रसाद उपाध्याय चापागाईं, काठमाण्डौं ।
वसन्त अनुभवसँग मेरो साक्षात् भेट भएको छैन । वसन्तजी दाङ जिल्लाको घोराही सदरमुकामबासी भनेर जानेपछि मलाई अन्यतम् मित्र भएझैँ लाग्यो । किनभने म घोराही नजिक तुल्सीपुरमा बसेर कोभिड-१९ को पहिलो चरणका दिनहरू बिताएको छु । वसन्तजीलाई मैले लघुकथा, टुक्का, मुक्तक विधाका पेजहरूमा भेटेको हो । उहाँ प्रतिष्ठित साहित्यकार हुनुहुन्छ । टुक्का साहित्यका अग्रणी सर्जक भएको म राम्रो जान्दछु ।
आज मलाई वसन्त अनुभवले लेखेको लघुकथा उज्यालो नेपाल पढेपछि मनमा उब्जिएका केही टिप्पणी राख्न मनलाग्यो । लघुकथामा राम्रो दखल लिईसक्नुभएका लघुकथाकारहरूमा वसन्त अनुभवको स्थान अघिनै आउँछ भन्ने मलाई लागेको छ । समाजमा घटिरहेका घटना, राजनीति, पारिवारिक समस्या, सामाजिक चालचलन आदि इत्यादि विषयमा वसन्त अनुभवका कथा सजिव छन् भन्ने मेरो बुझाई छ ।
स्रष्टाले कहिलेकाहीँ समसामयिक घटनाका रुपमा भिन्न दृष्टि निक्षेप गर्नु पनि स्वभाविक हो । कुनै कुनै यस्ता विषयहरूमा स्रष्टाले रचना सृष्टि गरिदिन्छन् जसले पाठकलाई चकित तुल्याउने गर्छ । मेरो बुझाईमा वसन्त अनुभवको “उज्यालो नेपाल” लघुकथा त्यस श्रेणीमा पर्छ; जुन कथा भिन्न सोचमा लेखिएको हुन्छ । विसङ्गतिका पनि आआफ्नै गौंडा हुन्छन् । एउटै कुरा मात्र स्थायी नहुनु स्वभाविक छ । विकासले पनि नयाँ नौला समस्या ल्याएको हुदैन भन्न सकिदैन । यस अर्थमा वसन्त अनुभवको कथा उज्यालो नेपाल लघुकथा पाएको छु ।
कथा अनुसार शीर्षक सटिक छ । स्रष्टाले आफ्नो देश प्रगति पथमा देखेका छन् । र सम्पूर्णमा एउटा कुरामा देशलाई उज्यालोको पक्षमा देखेका छन् ।
कथावस्तु राम्रो छ । मन्त्रीले आफ्नो जिम्मेवारी पुरा गरेका छन् । विजुली उत्पादन गरेका छन् र भारतमा समेत बेचेका छन् । यही समय मन्त्रीले देश बिजुलीमा आत्मनिर्भर भैसकेको, लोडसेडिङ नहुने र अब चौबिसै घण्टा बिजुली उपलब्ध हुने भाषण दिदैँ गर्दा बिजुली जान्छ र लाउडस्पिकरले काम नगर्ने हुन्छ । उनले जुँगामा ताउ लाउँदै भनेको भाषण बिजुली गएपछि असत्य हुन पुग्दा मन्त्री आफ्ना आयोजक प्रति खनिन्छन् र भन्छन्, विकल्प व्यवस्था गर्नुपर्थ्यो, चार्जेबल लाइट, ब्याट्रीको व्यवस्था गर्नु पर्थ्यो । यो लापरवाही गरेको भन्छन् ।
“लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।” यस वाक्यले सत्य प्रमाणित गरिरहेको देखिन्छ । “उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।” र “अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ ।” जस्ता वाक्यहरू लघुकथामा शसक्त बनेका छन् ।
हुनसक्छ देश केही कुरामा अघि बढ्दैछ । स्वीकार गर्नु/नगर्नु आफ्नो ठाउँमा छ । बिजुली उत्पादनमा देशले सबल पक्ष ल्यायो तर व्यवस्थापन मिलेन । यो स्वभाविक हो ।
कथामा देखिनसक्ने विसङ्गतिहरूमा के देखिन्छ भने लघुकथाको कथावस्तुमा उद्धृत वाक्य “उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने” भन्नुको अर्थ अर्को पनि नलाग्ने होइन । यसको अर्थ आडम्बरी पनि हुन्छ । मन्त्रीले घमण्ड गरेको भन्ने पनि बुझ्नमा आएको छ ।
यसरी यो कथा द्वन्दका माझमा छैन भनेर भन्न सकिदैन । कथाकारले यस द्वन्दलाई हटाउन सक्ने एकतर्फि बुझाउने शब्द वा वाक्यको प्रयोग गर्न सक्नु भए अझ स्पष्ट हुन सक्ने छ ।
वसन्त अनुभवबाट सत्य र यथार्थ परक लघुकथा आईरहून् । शुभकामनासहित मैले मेरा पाठकीय दृष्टिले देखेका कुरा राख्ने प्रयास गरेँ ।
**************************
लघुकथा : उज्यालो नेपाल
✍️ वसन्त अनुभव
खुला मञ्चमा भव्य कार्यक्रमको आयोजना गरिएको थियोे । सरकार ‘लोडसेडिङ मुक्त नेपाल’ घोषणामा जुटिरहेको थियो ।
“नेपाल बिजुली बत्तीमा आत्मनिर्भर भइसकेको छ । यस वर्ष …… मेघावाट बिजुली त हामीले छिमेकी मुलुक भारतमा मात्र निर्यात गर्यौँ ।” उर्जा मन्त्रीले जुङ्गामा ताउ लगाउँदै भने ।
“अब यो लोडसेडिङ भन्ने शब्द नै हराएर जानेछ । चौबिसै घण्टा उज्यालो हुनेछ । तपाईंहरू जतिसक्दो धेरै विद्युत खपत गर्नोस् । विद्युत महसुल पनि घटाउँछौँ …… ।” मन्त्री माइकमा बडो जोसका साथ बोल्दै थिए । बत्ती झ्याप्प गयो । माइक पनि बन्द भयो ।
“यस्तो विशेष कार्यक्रममा चार्जेबल लाउडस्पिकर ल्याउनु पर्दैन् ? वैकल्पिक ब्याट्रीको व्यवस्था गर्नु पर्दैन् ? लापरबाही गर्नुको पनि हद हुन्छ नि, यार !” मन्त्रीज्यू आयोजक तर्फ खनिँदै थिए ।
घोराही उपमहानगरपालिका १४, दाङ
२०७९/५/१५

जुम्ला — वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका जुम्ला गुठीचौर गाउँपालिकाका ९ युवकहरूको उद्धार गरिएको छ । गुठीचौर गाउँपालिका १ का ९ जनाको उद्धार गरिएको हो ।
एक महिनादेखि उद्धारका लागि हारगुहार गरिरहेका उनीहरूको उद्धार गरिएको गुठीचौर १ का अध्यक्ष अर्जुनकुमार महताराले जानकारी दिए ।
साउदीमा अलपत्र पर्नेमा जुम्ला गुठीचौर गाउँपालिका १ का निराजन थापा, डिलबहादुर रोकाया, शान्तबहादुर रोकाया, खडग रोकाया, लक्ष्मीबहादुर रोकाया, प्रताप लामा, एकराज ऐडी, आनन्द रोकाया र जनक बुढा रहेका छन् ।
‘उनीहरूलाई नेपालबाट ब्लु ग्यालेक्सी नामक कम्पनीले राम्रो तलब दिने स्वार्थमा साउदीस्थित क्यु सीएम कम्पनीमा पठाएको थियो । तलब राम्रो दिन्छौं । कुनै गडबडी हुँदैन भनेर साउदी पठायो,’ अलपत्र परेको जुम्ली युवाको भनाइ उदृध गर्दै वडाध्यक्ष महताराले भने,‘न राम्रो काम पायौं । नेपालबाट जुन काम र तलब दिने भनिएको थियो । त्यो भएन । अर्कै काममा लगाएर तलब पाइएन । हामी अलपत्र पर्यौं ।’
नेपालदेखि उनीहरूलाई बैंक र अस्पताल क्लिनरको रुपमा पठाइएको थियो । तर साउदीमा आर्मी ब्यारेकमा लगाइदियो । एक हजार साउदी रुपैयाँ पारिश्रमिक दिने भनिएकोमा ८ सय मात्रै दिने भनियो । त्यो पनि महिना पुगेपछि नदिएपछि अलपत्र परेको उनीहरूले बताएका छन् । उनीहरूले आठ महिना काम गरेकोमा ६ महिनाको मात्र पारिश्रमिक पाएको बताएका छन ।
उनीहरू सबै जना ११ सेप्टेम्बरमा अर्थात आइतबार नेपाल आइपुग्दैछन् । नेपाल आइसकेपछि ‘ब्लु ग्यालेक्सी’मेनपावर कम्पनी विरुद्ध वडाअध्यक्ष महताराको नेतृत्वमा उजुरी दिने तयारी भइरहेको छ ।
एक महिना अलपत्र परेका जुम्ली युवाहरू नेपाल आउने भएपछि निकै उत्साही भएका छन् । उनीहरूले जुम्लामै माटोमा केही इलम गरेर बस्ने बताए । गुठीचौर १ का वडाध्यक्ष महतरा लगायतका अगुवाहरूको पहलमा उनीहरूको उद्धार गरिएको बताइएको छ ।
वडाध्यक्ष महताराले झुटो धन्दा गरी युवाहरूलाई साउदीमा अलपत्र पार्ने मेनपावर कम्पनी र कम्पनीका ‘दलाल’हरूलाई कारबाहीका लागि पहल गर्ने बताए । यस क्रममा वैदेशिक रोजगार विभागले तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन मेनपावर कम्पनीलाई निर्देशन दिइसकेको छ !
कान्तिपुर बाट सभार गरिएको।

दर्तापछिको पञ्चाङ्ग चित्रपट भाग:-१०
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०५/२३
प्रशिक्षक :
————
गुणनिधि घिमिरे
तोयानाथ सुवेदी

चित्र संकलन
सुशीला पौडेल
शुद्धीकरण
————–
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :-
———-
दुर्गा आचार्य & भवानी घिमिरे
समायोजन
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
अभ्यास संरचना
————
पञ्चाङ्गको संरचना :-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो ।
कसरी लेख्न सकिन्छ ?
—————-
पुर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
जस्तै :-
उठान गर्दा विषय वस्तुसँग सम्बन्धित हुनुपर्छ ।
नेपाललाई हेर्ने आमाको नै नजर चाहिन्छ अब [१]
कहिले नमेटिने इच्छाशक्ति अजर चाहिन्छ अब [२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई बिस्तार गर्नुपर्छ
लोकतन्त्र गणतन्त्रले हाम्रो प्रजातन्त्र नै नासियो [३]
———————————
१,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ ।
कहिले सूचना आउँछ बज्ने गजर चाहिन्छ अब [४]
हामीलाई नेपाल बचाउने त्यो जर चाहिन्छ अब [५]
————————————–
अनुप्रास :-
——-
इच्छा अनुसार ।
स्थायी:-
——
इच्छा अनुसार
———-
चित्रपट पञ्चाङ्ग ०१
नेपाललाई हेर्ने आमाको नै नजर चाहिन्छ अब।
कहिले नमेटिने इच्छाशक्ति अजर चाहिन्छ अब।
लोकतन्त्र गणतन्त्रले हाम्रो प्रजातन्त्र नै नासियो ,
कहिले सुूचना आउँछ बज्ने गजर चाहिन्छ अब।
हामीलाई नेपाल बचाउने त्यो जर चाहिन्छ अब।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।
चित्रपट पञ्चाङ्ग ०२
हे मेरी आमा ,आमाको माया सुन्दर नेपाल ।
लेक र बेंसी घाम र छाया सुन्दर नेपाल ।
विश्वमा मेरो सुन्दर देश पहाड तराई ,
मै मरी मेट्छु घोटेर काया सुन्दर नेपाल ।
नगरौँ साथी लौ दायाँ बायाँ सुन्दर नेपाल ।
💢 गुणनिधि घिमिरे, दमक झापा ।
चित्रपट पञ्चाङ्ग ०३
मेरो देश र म जन्मेको माटो प्यारो ।
मेरो भेष र म हिँडेको बाटो प्यारो ।
नेपाल आमा तिमी मेरो जन्मभूमि,
मेरो आफ्नै छ धड्कनको पाटो प्यारो ।
खोट र चोटले दुखेको खाटो प्यारो ।
💢भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग ०४
जन्मेको ठाउँ आमाको काख,बसेर हाँसौला।
हिमाली पाखा तराई फाँट,पसेर हाँसौला ।
रक्षक बन्छु आमाको निम्ति पहरा छहरा,
पसिना सरी हिलो र माटो घसेर हासौला ।
आमाको छाती अँगालो भित्र कसेर हाँसौला।
💢होम प्रसाद नेउपाने, धरान,सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०५
सेलिब्रिटीबाटै लुटिएछन् चेली।
आफ्नैहरूबाट कुटिएछन् चेली।
विस्वास अब यहाँ कस्को गर्नु र,
आफू आफूभित्रै फुटिएछन् चेली।
सँगै जानु पर्दा छुटिएछन् चेली।
💢घनश्याम पौडेल, पोखरा ।
चित्रपट पञ्चाङ्ग ०६
विश्व जगतमा छ तिम्रो, भाउ कतिकति ।
तिमीलाई हडप्ने यहाँ, दाउ कतिकति।
आफ्नै कोखबाट कपूत,जन्मायौ तिमीले,
आज तिनैले दिएकाछन्,घाउ कतिकति ।
शरिरमा चिमोटिएका, ठाउँ कतिकति।
💢चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके
चित्रपट पञ्चाङ्ग ०७
गाउँ सहर बाटो आमाको माया ।
सुगन्धी लाग्ने माटो आमाको माया ।
जन्मभूमि प्यारो नलाग्ने को छ र ?
सिक्काको दुई पाटो आमाको माया ।
स्वच्छ प्रेमको टाटो आमाको माया ।
💢आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग ०८
यहीँ माटोमा रोपेर पसिना अन्न भण्डार भर्न पाऊ।
आमालाई आईपर्ने आपत विपत सारा हर्न पाऊ।
राष्ट्रभक्ति अँगालेर मायागरि शान्ति सुरक्षा गराई,
झरना यी खोला छहरा जङ्घार सर्दै सदै तर्न पाऊ।
पिएर जल नेपाल आमा म तिम्रै काखमा मर्न पाऊ !
💢बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०९
नेपाल आमाको काखमा हुर्केर बढेको मान्छे।
यो देशको मीठो छापमा हुर्केर बढेको मान्छे।
गाउँबेंसी खोला नाला बाढी पैर्हो प्रकृति यो हो,
वन जंगल हराभरा रापमा हुर्केको मान्छे।
सदाबहार नै साँघुरो तापमा हुर्केको मान्छे ।
💢अम्बिका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग १०
शव्दमा मात्रै होइन देशको माया गर्न भाव चाहिन्छ ।
हरेकलाई जागृत गराइरहने प्रभाव चाहिन्छ।
दुश्मन त भाइ भाइमा फुट पैदा गराउन खोज्छ नि,
तर ज्ञानी सन्तानहरु बिचमा सधैँ सद्भाव चाहिन्छ ।
देशको लागि शिर दिनुपर्छ स्वार्थमा अभाव चाहिन्छ।
💢पशपति राई, खोटाङ ।
पञ्चाङ्ग ११
नेपाल आमाको माया कति छ कति , बुझ्नुहोस् ।
देख्छौ देशका नेताको बिग्रेको मति , बुझ्नुहोस् ।
वीर गोर्खालीका सन्तान ,हेर्नुहोस् आजभोलि ,
कता तिर लम्किदैछ देशको गति , बुझ्नुहोस् ।
सिध्याइ सके देशको ढिकुटी जति , बुझ्नुहोस् ।
💢बुद्धिमान दनुवार, सुरुङ्गा ४ झापा ।
पञ्चाङ्ग १२
म जहाँ जाउँ मलाई मेरै देश प्यारो लाग्छ।
मेरो यो मातृभूमि भन्दा अरु अँध्यारो लाग्छ।
लुटेराहरुले आफ्नै देश टुक्रा पारेर हो,
जो कोहीलाई भन्न पनि सारै अफ्ट्यारो लाग्छ।
मलाई मेरै भुमि सबै भन्दा पत्यारो लाग्छ।
💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार बिर्तामोड झापा ।
पञ्चाङ्ग १३
आमाको काखमा निदाउँन मन छ
आमाको काखमा स्वर्गसरी धन छ
नरूवाऊ है जन्मभूमिलाई तिमी
यहीँ माटोमा धेरै ठु- ठुला वन छ
जे रोप्यो त्यही फल्ने माटोको पन छ
💢सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १४
हेआमा नेपाल ,जन्मे म काखको माया पाएर।
सम्झना आउँछ नेपाल तिम्रै छाया पाएर।
जीवन भर बस्ने छु आमाकै छत्रछायामा,
बैरी नै आओस् लड्ने छु अमाको काया पाएर।
बस्छु शिर नझुकाई म आमा दायाँ पाएर।
💢बेदु न्यौपाने काठमाडौ ✍️ ।
चित्रपट पञ्चाङ्ग १५
[१]
प्याराे लाग्छ मलाई बाटाे आमाको।
आफैमा समुधुर माटाे आमाको।
आफ्नै जन्मभूमि राम्रो हुन्छ धेरै,
एक थरकाे दुई पाटाे आमाको।
अमर प्रेमकाे याे टाटाे आमाको।
[२]
सुन्दर हरभरा आमाको ठाउँ धेरै छन्।
तिम्रो मात्रै हजारौं हजार नाउँ धेरै छन्।
कस्त नालायक, नबुझ्ने जन्मियाे सन्तान,
मुटुभित्र बल्झिएका कति घाउ धेरै छन्।
तिमीलाई लताउने खाेज्ने दाउ धेरै छन् ।
[३]
आमा तिम्रो याे काख बसेर खेलाैला।
सधैंभरि मायामा पसेर खेलाैला।
खुशी हुन्छु दिनहुँ शरण परेर,
हजुरकाे अँगालो कसेर खेलाैला।
हिलाे माटाे पसिना घसेर खेलाैला।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
चित्रपट पञ्चाङ्ग १६
नेपालीको आमा हाँसेको हेर्नुछ मलाई।
चारैतिर प्रेम गाँसेको हेर्नुछ मलाई।
स्वच्छ छवि भएको नेतालाई जिताएर,
नेपालको नक्सा टाँसेको हेर्नुछ मलाई ।
वैरीहरुलाई नासेको हेर्नुछ मलाई।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
चित्रपट पञ्चाङ्ग १७
तिम्रै वात्सल्यमा बसी कर तिखार्ने मन छ ।
पानी चुहिने छानोमा खर तिखार्ने मन छ ।
हेर ! तिम्रा सन्तानमा हर रोदन होइन ,
समायोजन हेरी रहर तिखार्ने मन छ ।
आकाश मुनि बस्तीका चर तिखार्ने मन छ ।
✍️✍️
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग १८
नेपाल आमा तिमीलाई अँगालोमा बेरी रहुँ ।
सन्तान हुँ म तिम्रो मुहार सदैव हेरी रहुँ ।
हृदयको पानाभित्र बास तिम्रो नै सधैँ भरी,
अनमोल दृष्य नियाली तिम्रै आनन्द फेरी रहुँ ।
नेपालकै महिमा गानको नै चित्र केरी रहुँ ।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
चित्रपट पञ्चाङ्ग १९
म मरे पनि देश जोगाउँने मन छ ।
मेरै आमा भनी कुर्वान गर्ने तन छ ।
यही मुटुभित्र देशको चुच्चे नक्शा,
आमा हुन जननी र मायाकै धन छ ।
देश भक्त ठनी सङ्घर्षशील योवन छ।
💢सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
चित्रपट पञ्चाङ्ग २०
नेपाल आमालाई टुक्रा-टुक्रा पारेर छाड्यौ।
हरेक सिमानाका साँध पनि सारेर छाड्यौ ।
जुन थालमा खायौ त्यही थालमै थुकेर नै ,
सात ,आठ डाँडा पारीको खोला तारेर छाड्यौ ।
दुश्मनको सामु तिमीले पनि हारेर छाड्यौ ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २१
जननी जन्मभूमिश्च कति प्याराे लाग्छ ।
मेराे सबै गुमे आमा भुल्न गार्हो लाग्छ ।
भन्ने कुरा धेरै छ नि थाहा हुनुपर्ने ,
चिसो हिउँ जस्ताे मुटु केले पाराे लाग्छ ।
स्वार्थ राखी काम लिँदा कत्ति सार्हो लाग्छ ।
💢मिना देबकाेटा, सर्लाही ।
चित्रपट पञ्चाङ्ग २२
नेपाल र आमालाई उस्तै ठान्छु मैले ।
इष्टमित्र भन्दा देश ठूलो मान्छु मैले ।
चाहिन्छ भने खून बगाउने आँट छ ,
दुश्मन आएमा औजारले हान्छु मैले ।
दुष्टबाट बचाउँन सधैँ तान्छु मैले ।
💢संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग २३
[१]
आज याे देश नेपाल राेएकाे छ कति धेरै ।
चाेटकाे आँशुले पीडा धाेएकाे छ कति धेरै ।
आफ्नै अंश टुक्रा पारी पराईले चुँडी लाँदा,
दुःखी छ मन पीरले छाेएकाे छ कति धेरै ।
अन्याय पर्दा जलन भएकाे छ कति धेरै।
[२]
देश नै खाेक्रीगयाे आज धेरैचाेटी लुट भयाे।
एक अर्काकाे खुट्टा तान्न सदा सदा जुट भयाे।
मेची राेयो,काली राेयो कैयाै बास नै उठिसके ,
आज आफ्नै देश हजुर टुक्रा परी फुट भयाे ।
विधि,शासन मिच्नेलाइ आज यहाँ छुट भयाे।
💢उर्मिला के.शी ., धनकुटा ।
चित्रपट पञ्चाङ्ग २४
नेपालको रक्षा मिलेर गर्नुपर्छ हामीले ।
देश बचाउने साँच्चै मर्नुपर्छ हामीले ।
उत्तरतिर हिमाल छ दक्षिणमा जनता ,
सेनाहरू नेपालीले भर पर्नुपर्छ हामीले ।
गोली गठ्ठा भिरेर लड्न झर्नुपर्छ हामीले ।
💢पार्वती अर्याल, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग २५
आगो लागि देशमा वास्था छैन नेतालाई।
जनता मरेको छन् चिन्ता भैन नेतालाई।
नेपाली नेताले छाती चिर्छन नेपालको ,
दु:ख पीडा जनको सुख चैन नेतालाई।
जेल कोच्नुपर्छ सम्मान हैन नेतालाई।
💢गिता पोखरेल लुइटेल, कावासोती नवलपुर ।

१
सम्बन्ध
गाढा नाता
बलियो फलामको पाता !
२
विश्वास
आफ्नै ठानियो
बल पुग्यो बाङ्गियो !
३
मन
म मात्र
एक्लै परे पात्र !
४
गौँडा
अप्ठ्यारो बाटो
जीवनको एक पाटो !
५
बिहान
मिरमिरे उज्यालो
दोछायाँ बलेको दियालो !
६
शक्ति
भित्री बल
दिनमा सूर्यको पल !
७
प्रकृति
तातो चिसो
पानीमा आगो निभ्यो !
८
मानिस
सभ्य प्राणी
स्वार्थ पूर्तिमा तल्लीन !
९
लाज
आत्मग्लानीको भाव
बेसरमी भयो स्वभाव !
१०
साहित्य
मनको उपचार
व्यापार बनाउँछ व्यभिचार !
११
विकास
पेल्छ खान्छ
गरिब हातमुख जोड्छ !
१२
रहर
आवश्यकताको लहर
गरिबी एउटै कहर !
१३
घात
पछाडिबाट लात
स्वार्थीको लिएर साथ !
१४
यात्रा
निरन्तर पाइला
जीवन छँदाको मात्र !
१५
साथ
हातमा हात
बलियो हुनुपर्छ माथ !
१६
नजर
भित्री बाहिरी
सुन्दर देखिने अधर !
१७
स्वार्थ
मपाईँत्वको घैला
भरिने कहिले होला !
१८
चिन्नु
परिचय प्राप्त
स्वार्थीको उपाधी व्याप्त !