
१.
प्रावधान
पुर्याउँछ व्यवधान
हुँदैन किन सम्मान ?
२.
आलोक
सत्य भूलोक
देखाऊ पापको परलोक !
३.
प्रेम
चुम्बक भूमि
आवाद हुन्छ मरुभूमि !
४.
वचन
सत्य विवरण
जडको हुन्छ निवारण !
५.
हिरण्यगर्भ
ज्योतिको सन्दर्भ
जगत् प्राणीको उद्भव !
- राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ

