उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • २८ भाद्र २०७९, मंगलवार ०८:२९ मा प्रकाशित
  • १.
    पृथ्वी
    गोलो संसार
    विभिन्न संस्कृतिको प‌हिचान !

    २.
    आमा
    नमर्ने शब्द
    गुणमा सम्पन्नता प्रतीक !

    ३.
    प्रेम
    अमर रहने
    लाखौँ सुन्दर बगैँचा !

    ४.
    रिक्तता
    गुमेको साथ
    मनको बेचैनी पीडा !
    ५.
    आशा
    रचिएको मन
    झिनो कल्पनाका महल !

    ६.
    नदी
    गन्तव्य विहिन
    खोजिएको हरेक यात्रा !

    ७.
    जङ्गल
    रमणीय दृश्य
    सुन्दर देश हाम्रो !

    ८.
    सिंह
    अशुभ गर्जन
    आफ्नो हैकम जमाउने !

    ९.
    डाँफे
    राष्ट्रिय पक्षी
    जगेर्ना हाम्रो कर्तव्य !

    १०.
    जिम्मेवारी
    कर्तव्यको माझ
    चुक्न नहुने आभास !

    • दुर्गा आचार्य, मोरङ

    Leave a Reply