




खाेटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का दानबहादुर खत्री साउदीको एक अस्पतालमा हुनुहुन्छ । यता नेपालमा उहाँका चार वर्षीय छोरालाई मुटुको समस्या छ । जन्मिदै मुटुको समस्या भएका छोराको उपचार खर्चमा लागेको ऋण तिर्नकै लागि उहाँ परदेश जानुभएको थियो । तर समय नै उल्टो भइदियो । अहिले आफै अस्पतालको बेडमा हुनुहुन्छ दानबहादुर ।
दानबहादुर २०७७ सालमा साउदी जानुभयो । त्यहाँको अलिफाद कम्पनीमा कारपेन्टरको काम गर्नुहुन्थ्यो । तर साउदी गएको दुई महिना नहुँदै उहाँ कार्यस्थल दुर्घटनामा पर्नुभयो ।
यता छोरालाई बेला बेला फलो-अपको लागि काठमाण्डौमा रहेको बालकान्ती अस्पतालमा लैजानुपर्छ । तर कमाउन परदेश जानुभएका दानबहादुर आफै दुर्घटनामा परेपछि छोराको खर्चमा पैसा पुगेन । स्वास्थ्यअवस्था बिग्रिँदै गयो ।
घरमा पनि समस्या बढ्दै गयो । दानबहादुरको परिवारमा बिरामी एक छोरासहित श्रीमती र दुई छोरी छन् । आम्दानीको अरु स्रोत छैन ।
छोराको उपचार र साउदी जाँदा लागेको खर्च सबै ऋण काढेरै जुटाउनुभएको थियो । १ लाख ६५ हजार रुपैयाँ त साउदी जानमै लाग्यो । तर साउदी गएर कमाउन नपाउँदै दानबहादुर अस्पतालको एउटा बेडमा थन्किनुपर्यो । नेपालमा बुनेर गएका सबै सपना चकनाचुर भए । कम्पनीले केही समय उपचार गरेर मात्रै नेपाल पठाउँछु भनेका कारण उहाँ साउदीकै अस्पतालमा उपचार गराइरहनुभएको छ । पहिलेका भन्दा अहिले थोरै सुधार भएको छ ।
‘पहिले त बिस्तराको बिस्तरामै हुनुहुन्थ्यो, अहिले अलि अलि हिँड्न थाल्नुभएको छ’, दानबहादुरकी श्रीमती नरकुमारी थोरै आशावादी सुनिनुहुन्छ ।
आफ्नो छोराको उपचारको लागि पनि नरकुमारी उहाँले धेरै दौडधुप गर्नुभयो । आर्थिक सहायता पाइन्छ कि भनेर विभिन्न निकायमा पुग्नुभयो । अन्ततः वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुको परिवारका सदस्यको स्वास्थ्य खर्च बेहोर्छ भन्ने थाहा पाउनुभयो । तर कहाँबाट कसरी त्यो सहयोग लिने भनेर थाहा थिएन । वडाबाट सिफारिस लिएर उहाँ सहयोग पाउने आशामा आप्रवासी स्रोत केन्द्रमा पुग्नुभयो ।
श्रोत केन्द्रको सहजीकरणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले इमेल मार्फत आवश्यक कागजातहरु वैदेशिक रोजगार बोर्डमा पठाइदियो । नरकुमारी खत्रीको खाता मा २०७९ मसिर १९ गते वैदेशिक रोजगार बोर्डले उपचार खर्च बापतको पैसा पठाइदिएपछि नरकुमारीलाई केही राहत भएको छ ।
उहाँ भन्नुहुन्छ, ‘बोर्डको आर्थिक सहयोगले गर्दा छोरालाई तत्काल फलो अपका लागि काठमाण्डौ लिन सकिने भयो ।’
छाेराकाे उपचारकाे लागि पैसा त जुट्याे । तर नरकुमारीलाई परदेशमा उपचार गराइरहेका श्रीमान्काे भने चिन्ता लागिरहन्छ । उपचार त कम्पनीले नै गरिदिएकाे छ । तर निकाे भएर घर कहिले फर्किने हुन् थाहा छैन ।
उज्यालो डटकम कमका लागि
लिला निराैला द्वारा तयार पारिएको खबर सभार गरिएको।

दाङ, माघ १६ । तुलसीपुर कारागारको गेटभित्र छिरेपछि पश्चिमतर्फ चिटिक्क परेको एउटा दुईतले भवन छ । भवनको भूईं तलामा दर्ता चलानीको काम हुन्छ भने दोस्रो तलामा जेलर र सहायक लेखापालको कार्यकक्ष छ ।
जेलर र सहायक लेखापालको कार्यकक्षसँगै सटेको रूममा किचेन (भान्सा) पनि छ । किचेन रूम कारागारका कर्मचारीलाई चिया र खाजा बनाउने प्रयोजनमा छ ।
गत कार्तिक १७ दिउँसो २ बज्नै लाग्दा चिसो महसुस भएपछि महिला चौकीदार सीता चौधरी (नाम परिवर्तन) किचेनमा पानी तताउन गइन् । उनी किचेनमा पुग्नासाथ पछिपछि पुरूष चौकीदार खुमबहादुर चौधरी पनि पुगे ।
उनले सीतालाई विभिन्न प्रकारका धम्की दिएर बलात्कार गरेको आरोप छ । खुमबहादुरले सीतालाई बलात्कार गर्दा दिउँसोको दुई बजिसकेको थियो ।
खुमबहादुरलाई बाहिर नदेखेपछि कारागारका सुरक्षा प्रमुख सई केशव रेग्मीले खोजतलास गरे । नभेटेपछि उनी किचेनतिर गए ।तर, किचेन छिर्ने ढोकामा चुकुल लगाइएको थियो । उनी भर्याङको छेउमा उभिए ।
केहीबेरमा खुमबहादुर बाहिर निस्किए । त्यसको केहीबेरमा सीता पनि बाहिर निस्किइन् । यतिन्जेल सई रेग्मीले जेलर रम्बा केसीलाई शंकास्पद गतिविधिका बारेमा रिपोर्टिङ गरिसकेका थिए ।
जेलरले दुवैलाई आफ्नो कार्यकक्षमा बोलाएर सोधपुछ गरिन् । सोधपुछका क्रममा सीताले पानी तताउन किचेनमा गएको वेला खुमहादुरले आफूमाथि जबरजस्ती गरेको बताइन् । उनले आफू बलात्कारमा परेको भन्दै उजुरी लेखिन् । उनको स्वास्थ्य जाँच गरियो र त्यही दिन खुमबहादुरविरूद्व जबरजस्ती करणीको जोहरी दर्ता भयो ।
बलात्कारकै सजाय भोगिरहेका थिए खुमबहादुर
चौकीदारलाई नियमअनुसार कैदी बस्ने जेलबाट कारागारको प्रशासनिक भवनमा आउने सुविधा छ । सोही सुविधा उपयोग गरी कारागारभित्रै बलात्कार भएको हो । जेलर केसीले कारागारभित्रै बलात्कार हुनु दुःखद भएको भन्दै आफैंले पहल गरेर कानूनी उपचार खोजिएको बताइन् ।
कारागारभित्रै कैदी बलात्कार भएको घटना गुपचुप पार्न कारागार प्रशासन लागेको थियो । कारागारभित्र बलात्कार भएको समाचार लेख्न कुनै जरूरी नभएको जेलर केसीले बताइन् ।
इप्रका तुलसीपुरका डीएसपी पुष्पराज मल्लले कारागारभित्रै बलात्कार भएको उजुरी आएपछि कानूनी कारबाही अघि बढाएको बताए । आरोपी जेलमै भएकाले प्रहरीले हिरासतमा लिन नपरेको मल्लले बताए ।
डीसपी मल्लले भने, ‘हामीले घटनाको अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा मिसिल पठाइसकेका छौं ।’
डीएसपी मल्लका अनुसार बलात्कार आरोपी खुमबहादुर यसअघि पनि बलात्कार मुद्दामै तुलसीपुर कारागारमा कैद भुक्तान गरिरहेका कैदी हुन् । उनले तुलसीपुरको नयाँ बसपार्कमा बलात्कार गरेको पुष्टि भएपछि दाङ जिल्ला अदालतले २०७२ साल मंसिर ६ गते ६ वर्ष कैद फैसला गरेको थियो ।
बलात्कारकै सजाय भोगिरहेका कैदीले कारागारभित्रै फेरि बलात्कार गरेको यो नेपालकै पहिलो घटना भएको डीएसपी मल्ल बताउँछन् ।
सरकारी वकिल कार्यालय दाङले आरोपित, पीडित र कारागारका कर्मचारीलाई बकपत्र गराइसकेको छ । बलात्कृत महिला बैंकिङ कसुरमा सजाय भोगिरहेकी छन् ।
साभार: “नेपाल प्रेस”
गनेश आचार्य

नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेको खण्डमा नेपाली कांग्रेस यही सरकारमा सहभागी हुने बताएका छन् ।
शनिबार चितवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यो गठबन्धनमा सम्मानजनक मन्त्रीहरु दिएको खण्डमा आफूहरु सरकारमा जान तयार भएको उनले बताएका छन् ।
उनले गृह मन्त्रालय अहिले खाली भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय अफर गरे आफूहरु सरकारमा जान तयार रहेको उनले बताएका छन् ।
उनले अब हुने राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।
‘गृहमन्त्री दिए भने अहिलेको सरकारमा नै कांग्रेस जान्छ,’ कोइरालाले भनेका छन् ।
साभार: फरकधार डटकम बाट

पञ्चाङ्ग चित्रपट भाग :- २८
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०७९/१०/१३गते साँझ ८ बजे ।
आज विद्यार्थीको मात्र नभएर सम्पूर्ण शिक्षा आर्जन गर्नेकालागी महत्वपूर्ण दिन सरस्वती पूजा भएकोले यसैको बारेमा पञ्चाङ्ग लेख्न अनुरोध गर्दछौँ ।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता।
या वींणावरदण्डमण्डितकरा या श्वेतपदमासना॥
या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा माम पातु सरस्वती भगवती निःशेषजाड्याऽपहा॥
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको २७[सत्ताइसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै
यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

प्रशिक्षक :
————
गुणनिधि घिमिरे
घनश्याम पौडेल
चित्र संकलन धादिङबाट
—————–
सरिता सेढाई
शुद्धीकरण
————–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
संरचना
———
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~~~~~~~~~~~~~~~~~
चित्रमा पञ्चाङ्ग
~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
सरस्वतीको पुजा गर्नु महत्व जानी राम्ररी।
देवी-देवताको पाठ गर्नु सधैँ छानी राम्ररी।
हिन्दु धर्मको प्राचीन महत्त्व बुझ्नु पर्छ हामी,
मन्दिरमा पैर राख्दा भाग्य खुल्छ मानी राम्ररी।
पुजा गर्नु विद्याको देवी हुन् भन्ने ठानी राम्ररी।
शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा ।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
[०१]
शारदे पाउमा पछौॅ तिम्रो।
हर्दम भजन गछौॅ तिम्रो।
सदा हामीलाई साथ देऊ,
मनोभाव पक्कै भर्छौॅ तिम्रो।
सुनाम चौतर्फी छर्छौॅ तिम्रौं।
[०२]
सदा तिम्रो शरण पर्छु सरस्वती माता।
मनै देखि नमन गर्छु सरस्वती माता।
ज्ञान विज्ञानको ठूलो भण्डार तिमी भयौ,
सोही लिन नजिक सर्छु सरस्वती माता।
✍️घनश्याम पौडेल, पोखरा ।
…………………………………
चित्रपट पञ्चाङ्ग [०३]
विवेक भर्ने तिमी ।
उज्यालो छर्ने तिमी ।
गाउँ समाज सारा,
सन्तुष्ट गर्ने तिमी ।
अँध्यारो हर्ने तिमी ।
✍️आर्त अकुलीन, कैलाली ।
…………………………………
चित्रपट पञ्चाङ्ग [०४]
तिम्रो आशिर्वादले माता ज्ञान लिन सकिन्छ ।
शिक्षा ग्रहण गरेपछि मान लिन सकिन्छ ।
बिद्या ज्ञानको भण्डार सबैलाई छर्दै जानु,
आरम्भ गरेर कामको सान लिन सकिन्छ ।
सरस्वतीले दिएको नै दान लिन सकिन्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
……………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
[०१]
विद्याकी खानी हौ शारदे माता ।
अपार ज्ञानी हौ शारदे माता ।
गर्छु नित्य पूजा तिम्रै पाउमा,
देवकी रानी हौ शारदे माता।
प्यासकी पानी हौ शारदे माता।
[०२]
विद्याकी खानी हौ हे बन्दे माता।
अपार ज्ञानी हौ हे बन्दे माता ।
गर्छु नित्य पूजा तिम्रै पाउमा,
देवकी रानी हौ हे बन्दे माता।
प्यासकी पानी हौ हे बन्दे माता।
✍️अम्बिका दाहाल, मोरङ्ग ।
……………………………………
चित्रपट पञ्चाङ्ग [०६]
[०१]
सरस्वती माता विद्या कि खानी हुन् ।
लाग्छ मलाई देउती कि रानी हुन् ।
बनाउ है देवी उज्वल भविस्य ,
भक्तहरूको आशालाई जानी हुन् ।
दुष्टलाई नि आत्मासथा मानी हुन् ।
[०२]
मुखमा सरस्वतीको बास होस्।
उनको वाहन सधैँ हाँस होस् ।
न आवोस् दुर्वाच्य यो मुखमा ,
विद्या बुद्धि अनगिन्ती रास होस।
साना ठुला सबैको लागि खास होस्।
✍️सरिता सेढाई , धादिङ ।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
अज्ञानीलाई ज्ञान पिलाउन सक्छौ ।
विवेक साथै बुद्धि दिलाउन सक्छौ।
फाटे कतै मन र मस्तिष्क भएमा,
अमृतमय वाणी खिलाउन सक्छौ ।
हार्दिकताले जैले सिलाउनसक्छौ ।
✍️त्रिलोचन भण्डारी
मेचीनगर ८, झ्नपा
………………………………………………
चित्रपट पञ्चाङ्ग [०८]
यिनै विद्याकी देवी हुन् माता सरस्वती
लौ शरण परौं सम्झी दाता सरस्वती
विभिन्न रूप लिएर भक्तको उद्दार
गर्ने ज्ञान बढाउने ज्ञाता सरस्वती
सबैलाई छायाँ दिने छाता सरस्वती
✍️सरस्वती श्रेष्ठ, इटहरी ।
……………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
विद्या नै सब ठुलो ठानेर विद्यादेवी।
ज्ञान विवेक तिम्रो तानेर विद्यादेवी।
रहन सकौँ सदा म समीपमा सधैंँ,
अपार खानी जहा जानेर विद्यादेवी ।
पर्छु शरण माता मानेर विद्यादेवी ।
✍️होम प्रसाद नेउपाने ,धरान सुनसरी ।
…………………………………………
चित्रपट पञ्चाङ्ग [१०]
बेला उमेर लगाब नमिले फल्दैन फल त ताका राख्दैमा,
जमिन्न मह माहुरीको नि घारमा फोस्रो खाली चाका राख्दैमा,
काल छेक र लगानी गरी वातावरण तयार गरौ पनि,
भोलि भोलि भन्दै दिन समय कति गए पढ्ने भाका राख्दैमा,
नपढी आएन हे माता सरस्वती नियमको खाका राख्दैमा।
✍️रामप्रसाद पुरी बादेल, खोटाङ।
…………………………………………………………………
चित्रपट पञ्चाङ्ग [११]
जिब्रामा सरस्वती माताको बास होस्। बिद्या ज्ञान बुद्धिले पूर्णता खास होस्। बिद्या ज्ञान बुद्धिको शाश्वत बनाऊ, ममा आइलाग्ने शत्रु सबै नाश होस्। ज्ञान बिद्या बुद्धिले सबैमा पास होस्।
✍️बेदु न्यौपाने, काठमाडौ ✍️
………………………………………………
चित्रपट पञ्चाङ्ग [१२]
वसन्त पञ्चमी याद आउने सरस्वतीको।
अर्चना गरेर भक्ति पाउने सरस्वतीको।
जपेर मुखले मन्त्र, ‘ॐ एं सरस्वत्यै नमः’
सास्टङ्ग गरेर पूजा लाउने सरस्वतीको।
प्रेरणा ठूलो मन्दिर धाउने सरस्वतीको।
✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹।
…………………………………………………
चित्रपट पञ्चाङ्ग [१३]
मुखमा सरस्वतीको बास होस् ।
दुश्मनहरू जतिको नाश होस् ।
आजको दिनको शुभकामना ,
विद्या चाहे अनुसार रास होस् ।
विद्या नै सबैकोलागि खास होस् ।
✍️सुशीला पौडेल ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
आज सरस्वतीको पुजा गरेर भोलि गाली नगर्नु।
मुखमा राम राम गरेर व्यवहार जाली नगर्नु।
सत्बुद्धि दिउन् है सरस्वती माताले हामी सबैलाई ,
ज्ञान सबैमा आओस् कुरा नबुझिकन ताली नगर्नु ।
भरियोस् सधैं ज्ञानको भण्डार कहिल्यै खाली नगर्नु।
पशपती राई, खोटाङ ।
…………………………………………………………
चित्रपट पञ्चाङ्ग [१५]
विद्याकी दाता सरस्वती माता।
सबैकी माता सरस्वती माता।
उनको जन्मदिन परेको छ,
ज्ञानकी खाता सरस्वती माता।
वर्षाकी छाता सरस्वती माता।
✍️लक्ष्मी महतारा, खजुरा बाँके ।
……………………………………
चित्रपट पञ्चाङ्ग [१६]
कालो मैलो फालिदेऊ माता ।
दीप ज्योति बालिदेऊ माता ।
अज्ञानताको विष वृक्षमा ,
सचेतता हालिदेऊ माता ।
छुद्र मूल टालिदेऊ माता ।
✍️प्रभा पोखरेल, अमेरिकाबाट ।
……………………………………
चित्रपट पञ्चाङ्ग [१७]
सरस्वतीको खानी होस् ।
आँखाको जस्तै नानी होस् ।
विद्या फलोस् फुलोस् सबै,
अन्जान पनि ज्ञानी होस् ।
दुष्टकोलागि हानी होस् ।
✍️ह्यारिस, काठमाडौं ।
………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
सरस्वती माता तिम्रो बन्दनामा मग्न ।
काम धन्दा सबै छोडी सम्झनामा मग्न ।
विद्या बुद्धि विवेक हामीलाई देऊ माता,
श्लोक गाऊ गजाउँदै गर्जनामा मग्न ।
विचार फुरुन नयाँ तर्कनामा मग्न ।
✍️धन कुमारी रेग्मी , भरतपुर चितवन ।
……………………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
ज्ञान बुद्धि भर्छिन सरस्वती माताले ।
चारैतिर छर्छिन सरस्वती माताले ।
आमाको भुमिका निभाएर सबैलाई ,
दया माया गर्छिन सरस्वती माताले ।
दु:ख दर्द हर्छिन सरस्वती माताले ।
✍️मल्ल लक्ष्मी श्रेष्ठ , मेची किनार बिर्तामोड झापा ।
…………………………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
विद्या कि देवि माता सरस्वती ।
ज्ञान र बुद्धि कि दाता सरस्वती ।
सृष्टिका मनवको ज्ञानी बनाई ,
बच्चादेखि ठुलाका ज्ञाता सरस्वती ।
शिक्षाले भरिपूर्ण छाता सरस्वती ।
✍️शोभा आचार्य गौतम , काठमाडौं ।
………………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
बिद्याफकि दाता हुन।
सबैकी माता हुन ।
उनको जन्मोत्सव ,
ज्ञानकी खाता हुन।
बर्षाकी छाता हुन।
✍️सुमित्रा पोखरेल , काठमाडौं ।
………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
मेरो आमा जस्तै सरस्वती माता हुन् ।
यो दुनियाँको नैऔषधीको खाता हुन् ।
नमन् विद्याकि खानी सरस्वतीलाई ,
नगरौँ है मनोमानी हाम्री दाता हुन् ।
लिनुपर्छ शिक्षा संसारकी ज्ञाता हुन् ।
✍️सुरेशकुमार पाण्डे, घोराही दाङ ।
…………………………………………………

पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २८ [अठ्ठाइसौँ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/०९ गते समय :- साँझ ८ बजे
…………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- आफूखुसी
स्थायी :- आफूखुसी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
—————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग संरचना
…………………
✍️मन फेरियो तर फेरिएन तन कहिले [०१]
✍️बोली सकिए पनि जोडिएन धन कहिले [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
💢मायाले गाँसेको माया हुन्छ सफल सदैव[०३]
…………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
✍️एक नजर भयो पलाएन मन कहिले [०४]
✍️जागृत भएन जागेन आफ्नो पन कहिले [०५]
…………………………………………………………
उदाहरण पञ्चाङ्ग
✍️मन फेरियो तर फेरिएन तन कहिले [०१]
✍️बोली सकिए पनि जोडिएन धन कहिले [०२]
💢मायाले गाँसेको माया हुन्छ सफल सदैव[०३]
✍️एक नजर भयो पलाएन मन कहिले [०४]
✍️जागृत भएन जागेन आफ्नो पन कहिले [०५]
सोमनाथ लुइटेल “रवि पाल्पाली”
…………………………………………………………
पञ्चाङ्गहरू
……………
पञ्चाङ्ग [०१]
बोली वचन फेर्नु हुँदैन ।
खराब दृश्य हेर्नु हुँदैन ।
हे मेरा दैव सृष्टिका कर्ता,
ग्रह दशाले घेर्नु हुँदैन ।
पीडाले गला बेर्नु हुँदैन ।
💢आर्त अकुलीन, कैलाली ।
……………………………………
पञ्चाङ्ग [०२]
[०१]
मन फेरियो तर फेरिएन तन कहिले ।
बोली सकिए पनि जोडिएन धन कहिले ।
मायाले गाँसेको माया हुन्छ सफल सदैव ,
एक नजर भयो पलाएन मन कहिले ।
जागृत भएन जागेन आफ्नो पन कहिले ।
[०२]
नजिक आएमा मन खुसी हुने थिएँ होला ।
मनका हातले तिमीलाई छुने थिएँ होला ।
मायाको जालो ह्र्दय भित्र देख्न नसकिने,
विपत् मा हृदयलाई नि धुने थिएँ होला।
तिमीलाई साथ दिँदैसँगै रुने थिएँ होला।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
हाल बर्दिया ।
………………………………………………
पञ्चाङ्ग [०३]
एकरत्ति पनि कमाउन सकिएन धन कहिले ।
त्यही भयर होलाकि पग्लिएन तिम्रो मन कहिले।
सारा हड्डी खियाएकै होनी धन कमाउनको लागि,
विश्वास गरिकन सुम्पिएनौ तिमीले तन कहिले।
तिमीले मलाई जगाएनौ हैन आफ्नो पन कहिले।
💢सरिता सेढाई, धादिङ ।
…………………………………………………………………
पञ्चाङ्ग [०४]
गरिबका घरको छानो फेर्नु छ ।
नयाँ नेतृत्वको विकास हेर्नु छ।
नेपाल आमा स्वर्ग बनाउ आफैं ,
सिमाना काँडे तारले घेर्नु छ ।
सज्जन र बृद्वको कुरा टेर्नु छ ।
💢तारा घिमिरे, सङ्खुवा सभा ।
………………………………………………
पञ्चाङ्ग [०५]
मानाे राेपि मुरि फलाउनु पर्छ यहाँ।
अैाषधि जरैमा हालेपछि मर्छ यहाँ।
जति राेपेनि नफल्ने बाली भो के गर्ने,
उत्पादन घटेपछि मान्छे सर्छ यहाँ।
औषधी छरेपछि किराहरू हर्छ यहाँ।
💢प्रविणा पल्लवी, महोत्तरी ।
…………………………………………
पञ्चाङ्ग [०६]
जागौँ सबै रमाएर पञ्चाङ्गको आँगनीमा।
बढौँ हात समाएर पञ्चाङ्गको आँगनीमा।
चेतनाको दियो बाली ज्ञान ज्योति छर्दै जाऊँ,
लेखुँ नाम कमाएर पञ्चाङ्गको आँगनीमा।
दम्भ जति थमाएर पञ्चाङ्गको आँगनीमा।
💢अम्बिका दाहाल, मोरङ्ग ।
……………………………………………………
पञ्चाङ्ग [०७]
हजारौ दुःखीहरूको उद्धारमा काम टेर्ने गर ।
देशलाई चारैतिर रोजगारीको बाटोले घेर्ने गर ।
आफै तिम्रो देशको मुहार फेरिनेछ त्यतिबेला अनि ,
हत्या हिंसा बलात्कार रोकेर दण्डहिनता फेर्ने गर ।
हरेक आमाबुबाको आँसुको मोल सोधेर हेर्ने गर।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
………………………………………………………
पञ्चाङ्ग [०८]
लालीगुराँस फूलेको बेलामा ।
लटरम्म भै झुलेको बेलामा ।
मनमोहक दृष्यले लोभ्याउने ,
सगर जस्तै चुलेको बेलामा ।
हेरौँ हिमाल खुलेको बेलामा।
💢सीता शर्मा, बिरगंज ।
……………………………………………
पञ्चाङ्ग [०९]
[०१]
गाढा थियोे सम्बन्ध,भरोषा कति थियो।
सबथोक हरायो, तिमीमा जति थियो।
बदलियौ तिमी आज,हिजो जस्ति छैनौ,
त्यो साथ समय, मेरालागि खति थियो।
तिम्रो विस्वास गर्नु, बिग्रने मति थियो।
[०२]
नगर ए! दुनियाँ म सँग, सुनको कुरा।
भित्र मुटु चस्किन्छ ,सम्झेर उनको कुरा।
लुटिएर कंगाल छु, केही छैन म सँग,
सम्झन्छु सपनिमा, तारा र जुनको कुरा।
पोतेको सिउँदोमा, हातको खुनको कुरा।
[०३]
बिचैमा अलपत्र, पारेर जानु रैछ।
सुटुक्क मायाँ अन्तै,सारेर जानु रैछ।
बसेर आँखाभित्र, रतिको रुप धरी,
घोचेर अँश्रुधारा, झारेर जानु रैछ।
आशाको दिप झ्याप्पै,मारेर जानु रैछ।
💢चिरञ्जीवी ढकाल,नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।
………………………………………………
पञ्चाङ्ग [१०]
माया लाएर केगर्नु अर्कै पाए पछि ।
छुट्दैन माया केगर्नु अर्कै आए पछि ।
जुन देखें जुन राम्रो घाम देखें घामै ,
मन भित्रको जान्ने अर्कैले लाए पछि ।
विरक्त मन हुन्छ अर्कैले धाए पछि ।
💢बेदु न्यौपाने, काठमाडौ ✍️ ।
………………………………………………
पञ्चाङ्ग [११]
खेलकुदप्रती सबैको मन खुलेको राम्रो ।
स्वार्थी र घमण्डी पन सबैले भुलेको राम्रो।
आफू जस्तै अरूलाई भुमरीमा परेको देख्दा,
इच्छा अनुसार शिक्षा सदैव चुलेको राम्रो।
शिखरमा पुग्ने व्यक्ति सदैव झुलेको राम्रो।
[०२]
चोलो सारी लगाउदा पाखे नभन मलाई।
माडवारी लगाउदा लाखे नभन मलाई।
नेपालीको राष्ट्रिय पोसाक नै यहि हो भने,
बरु नराम्रो देखियो आँखे नभन मलाई।
राष्ट्रको अहित गर्ने च्याँखे नभन मलाई।
[०३]
स्वर्ग कस्तो छ भनि हेर्न जाने मन थियो।
आफू गएको ठाउँमा त लाने मन थियो।
अन्धविश्वास नै हो भन्ने थाहा भए पनि,
एउटाले अर्कोलाई त ताने मन थियो।
सबै धर्मावलम्बी मिलि खाने मन थियो।
[०४]
आपसमा भएको सम्बन्ध तोड्न मन छैन।
वैरागी भएको मनलाई जोड्न मन छैन।
सम्बन्ध भनेको त सम्झौतामा चल्छ थाहा छ,
आवेगमा आएर सम्बन्ध छोड्न मन छैन।
बिग्रेको जीवन मल हाली गोड्न मन छैन।
[०५]
पौरख गर्नेलाई रोक्ने प्रयास नगर तिमी ।
बल भएकालाई बोक्ने प्रयास नगर तिमी ।
बुद्धिको अगाडि बलको केही लाग्दैन है,
कसैलाई इनामले तोक्ने प्रयास नगर तिमी ।
गर्छु भन्ने व्यक्तिलाई ठोक्ने प्रयास नगर तिमी ।
[०६]
दिन्छु भनेपछि आस लाग्छ मलाई।
बेइच्छाको काम दास लाग्छ मलाई।
सन्तुष्टि नै जीवन हो सबैलाई थाहा छ,
राम्रो काम गर्न खास लाग्छ मलाई।
शिर झुकाउँदा लास लाग्छ मलाई।
[०७]
खाना पकाएर मात्र खुवाउन दास होइन म।
सबले मलाई मान्नु पर्छ भन्ने खास होइन म।
आखिरमा साधारण रुपमा जीउँदै गर्दा पनि,
जस्तोसुकै पनि पचाउन सक्ने लास होइन म।
बेघर भएर बस्न सक्ने बनी बास होइन म।
[०८]
शिक्षा नै ठुलो धन हो सम्झ तिमी ।
उदारता नै मन हो सम्झ तिमी ।
दिएर कोहि खुसी छैनन आज,
आत्मा एउता तन हो सम्झ तिमी ।
खुशी त आफ्नो पन हो सम्झ तिमी ।
[०९]
पौवाकोट नजिक चोकमा छ मेरो गाउँ ।
दुर्घटनामा परि शोकमा छ मेरो गाउँ ।
बाटोघाटोको राम्रो ब्यवस्था नभएपछि,
खान नपाएर भोकमा छ मेरो गाउँ ।
गर्न नसक्ने लोकमा छ मेरो गाउँ ।
[१०]
इज्जत छ भन्दैमा नचाहिने काम गर्नु हुदैन।
सबैको राम्रो भइन्छ भनेर सीमा तर्नु हुदैन।
कर्तव्य पालन गर्दागर्दै विचरो हुने चोला,
स्वाभिमान नै तल पर्ने गरि झर्नु हुदैन।
नहुने काममा त कहिले आँखी पर्नु हुदैन।
💢इन्दिरा गौतम, खजुरा बाँके ।
………………………………………………
पञ्चाङ्ग [१२]
नेता होइनन् यि त दोकान गर्दै छन् ।
यिनैका कारणले जनता मर्दै छन् ।
ठगीलाई माफि दिँदा काम चल्दैन ,
सरकारको बजेट थोरै छर्दै छन् ।
नेतालेनै आफन्तीको गोजि भर्दै छन् ।
💢सुरेशकुमार पान्डे।
दाङ घोराही १८।
………………………………………………
पञ्चाङ्ग [१३]
आफू जलेर नि तिमीलाई ज्योती दिन सक्छु म।
खुसी दिएर दु:खलाई साथमा लिन सक्छु म।
बत्तिमुनिको अँध्यारो थेग्ने आदत परिसक्यो
तिमीलाई सम्हाल्दा सम्हाल्दैमा तिखिन सक्छु म।
तिमीलाई रुवाएर आफू हाँस्न किन सक्छु म।
💢मन्दिरा सेढाई , मलेखु,धादिङ ।
…………………………………………………………………
पञ्चाङ्ग [१४]
यो दिलसँग त्यो दिल साट्न पाए हुन्थ्यो।
पिरतीको डोरीसँगै बाट्न पाए हुन्थ्यो ।
मानिसको जिन्दगी प्रेममा अल्झेको छ,
हाम्रा दुष्ट जतिलाई काट्न पाए हुन्थ्यो।
माया,प्रेममा संसार ढाट्न पाए हुन्थ्यो।
💢सुशीला पौडेल ।
……………………………………………………………
पञ्चाङ्ग [१५]
यी आँखाले तिमीलाई नै एकफेर टेक्न मन छ।
धेरैकुरा भन्नुु थियो त्यो हिड्ने बाटो छेक्न मन छ।
तिम्रो सम्झनामा मन पिरोलिएको बेला मलाई ,
अब दुख्ने मनलाई तिम्रो काखमा फेक्न मन छ।
चिसो भाको मनलाई तातो बनाई सेक्न मन छ।
💢दुर्गा आचार्य , मोरङ ।
…………………………………………………………………
पञ्चाङ्ग [१६]
सधैँभरि तिम्रो छेउमा हुन पाए पुग्छ ।
एकै पटक तिमीलाई छुन पाए पुक्छ ।
सुन तिम्रो लागि मर्छु म भन्दिन मायालु ,
तिम्रो न्यानो काखमा सधैँ रुन पाए पुग्छ ।
तिम्रै साथ बसेर मन धुन पाए पुग्छ ।
💢बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ),
कनकाई नगरपालिका ४ झापा ।
…………………………………………………
पञ्चाङ्ग [१७]
मानाे राेपी मुरीमुरी फलाउन सिकाैँ ।
कृषियाेग्य देश नाम चलाउन सिकाैँ।
जुटाैँ साथी आजैदेखि केही गर्नुपर्छ ,
भाेकमरी अशिक्षा ती ढलाउन सिकाैँ ।
टुसा नयाँ नामी बनी पलाउन सिकाैँ ।
💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
…………………………………………………
पञ्चाङ्ग [१८]
पुरानै माग हुन जनताका तिनै पनि पूरा हुन्नन् ।
मानिसको मन दुखाउने कहिल्यै पनि कुरा हुन्नन्।
गर्छु भनि लागेपछि असम्भव पनि सम्भव हुन्छ,
धार लगाउन खाेज्दाखेरि धार नकाट्ने छुरा हुन्नन्।
गाडी घाेडा कुदाउन नसक्ने यस्ता कुनै धुरा हुन्नन्।
💢धन कुमारी रेग्मी , भरतपुर चितवन ।
………………………………………………………
पञ्चाङ्ग [१९]
[०१]
हाँस्दा तिमी सधैँभरिनै मायाँ गराैँ जस्तो लाग्छ।
प्रिती लाउन लेकबाट वेँसी झराैं जस्तो लाग्छ।
तिमीसँग भेट हुँदैन किन हाेला आजकल,
थाहैनदि तेतैतिर बसाइँ सराैँ जस्तो लाग्छ।
सम्झना आउँछ है तिमी सामु पराै जस्तो लाग्छ।
[०२]
गरे सबै यहीँ माटाेमा सुन फल्छ यहाँ।
फलाए राम्राे अन्न,दाना चुलाे बल्छ यहाँ।
गर्वले किसानका छाेराछाेरी भन्नु पर्छ,
परिश्रम गरे बाँझाे खेतनि गल्छ यहाँ।
विदेश नजाँदा काेही जीवन चल्छ यहाँ।
💢उर्मिला के.शी. ,धनकुटा !
………………………………
पञ्चाङ्ग [२०]
शान्तिको गीत गाएर बाँचौँ हामी ।
ओढेर घुम्टो प्रितको नाँचौँ हामी ।
चेतनाको खेती फस्टाउँदै गर्दा ,
दम्भका पर्खाल अग्ला भाँचौँ हामी।
मनमा सेवाको भाव साँचौँ हामी ।
💢प्रभा पोखरेल, हाल अमेरिका ।
…………………………………………
पञ्चाङ्ग [२१]
साकार हुने सपना छोडेर गयो मन।
हाकार दिने कठोर मोडेर गयो मन।
निरास हुँदै बसेको जीवन व्यय पार्दै,
प्राकार घेरो दर्बिलो तोडेर गयो मन।
आकार स्वरूप इसारा फोडेर गयो मन।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹
……………………………………………………
पञ्चाङ्ग [२२]
हजारौं रहर मारेर बसेको छु।
देखावटी माया पारेर बसेको छु।
मानिसको जिन्दगी रहेछ अजीब,
साहुको बसाई सारेर बसेको छु।
आफन्तसँग म हारेर बसेको छु।
💢ह्यारिस, काठमाडौं ।
……………………………………
पञ्चाङ्ग [२३]
याे मानवको जगतमा कथा एउटै।
बिषय फरक भएनि व्यथा एउटै।
बाहिरि सुख सुन्दरता हाेला कसैकाे,
भाेगाई पीडा अनुभव ज्यथा एउटै।
नगरि नहुने विवाह यथा एउटै।
💢मिना देवकोटा , लालबन्दी सर्लाही ।
…………………………………………
पञ्चाङ्ग [२४]
मलाई छोडेर कहिले नजानु।
बाटो त मोडेर कहिले नजानु।
आँखाको वरिपरि बस्नु है तिमी ,
हृदय तोडेर कहिले नजानु।
दु:खले गोडेर कहिले नजानु।
💢गिता रिजाल , धरान ।
………………………………………
पञ्चाङ्ग [२५]
आँखाले देख्ने गरि आउनु है।
सदैव तिमीले नै धाउनु है।
अनि सम्झने छु मेरो नै भनी ,
मायाको आकाशले छाउनु है।
मलाई उपहार ल्याउनु है।
💢कला ढकाल , झापा ।
……………………………………
पञ्चाङ्ग [२६]
[०१]
हार जित खेलमा हुन्छ नै।
हतकडी जेलमा हुन्छ नै।
कर्मको फल भोग्नु छ त नि,
लाहुरे नि रेलमा हुन्छ नै।
सुख शान्ति मेलमा हुन्छ नै।
[०२]
आफ्नो ज्युलाई दाउमा राखी हरेरै छाड्यौ ।
अग्रपङ्तिमा पनि तिमीहरू नै परेरै छाड्यौ ।
खेलमा शिक्षण प्रशिक्षकको कारणले होला ,
मिहिनेतले सफलताको खोला तरेरै छाड्यौ ।
असल बिध्यार्थीले नाम रोशन गरेरै छाड्यौ ।
💢लक्ष्मी महतारा, खजुरा बाँके ।
……………………………………………………………
पञ्चाङ्ग [२७]
निसानामा कति राख्छौ एकै बाणले ढलाई देउ अब।
गुम्स्याएर नराख भो एकै काँटीले बलाइ देउ अब।
कतिन्जेल जिउँछौ सधै अनिर्णयको नै बन्दी भएर,
बाचा-कसम र कागजका सम्झौता जलाई देउ अब।
मेरो मुटु लैजाउ तिम्रो दुख्ने मुटु मलाई देउ अब।
💢पशपती राई, खोटाङ्ग ।
……………………………………………………………
पञ्चाङ्ग [२८]
धारा कुवा पानीको मुहान सुकेर गयो खेर।
देशको सारा सम्पत्तिहरू फुकेर गयो खेर।
प्राकृतिक र सरकारी सम्पत्तिको सुरक्षा खै,
अनेक् विभक्तले बन्धुहरू ढुकेर गयो खेर।
बिना दोष पनि स्वभिमान झुकेर गयो खेर।
💢रामप्रसाद पुरी बादेल, खोटाङ।
…………………………………………………
पञ्चाङ्ग [२९]
सत्य कहिल्यै नाश हुँदैन ।
असत्य यहाँ बास हुँदैन ।
अहमता र घमण्ड गर्दा ,
जीवन तिम्रो खास हुँदैन ।
हाँसो खुसीको आस हुँदैन ।
💢वीणा रोका, घोराही दाङ।
……………………………………………
पञ्चाङ्ग [३०]
कताकता पुर्याउँछौ तन कहिले ।
हुन्छ कि भनि बोलायो झन कहिले ।
जीवन राख्नु व्यस्तता हुने फाइदा,
कसरी मोडिने हो कि मन कहिले ।
बन्न पनि नखोज है डन कहिले ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
……………………………………………
पञ्चाङ्ग [३१]
[०१]
सबै सँग त्यो मन खुलेकाे प्यारा ।
आधार गर्दा शिर झुलेकाे प्यारा।
सबैलाई नै आफ्नै मानेकाे देख्दा,
अहम्ता र घमण्ड भुलेकाे प्यारा।
बाबा आमा सदैव चुलेकाे प्यारा।
[०२]
तिमीसँग नाता जाेड्ने मन थियोे
दुश्मनी समाज छाेड्ने मन थियो
जिन्दगीलाई खेलाैना नसम्झनु ,
जीवन आफैले गाेड्ने मन थियो
तिता ति सम्बन्ध ताेड्ने मन थियोे।
💢सहयात्री शाेभा अर्याल, बुटवल रुपन्देही ।
……………………………………………………
पञ्चाङ्ग [३२]
मुटु दुखेको छ यतिबेला तन दुखेको छ ।
बढ्दैछ पीडा दिनानुदिन झन दुखेको छ ।
निर्दोषले अकालमा ज्यान गुमाउनु पर्दा ,
रोएका छन् यी आँखा कोमल मन दुखेको छ ।
देश पीडामा छ सारा जन दुखेको छ ।
💢वसन्त अनुभव घोराही, दाङ्ग ।
…………………………………………………………

उदक यात्री राजेन्द्रकुमार बज्राचार्यका उत्कृष्ट उदकहरू –
१
विनय
शील उदय
जिन्दगीको सफल बाटो !
२
प्रीत
जिन्दगीको एक
सफलताको मूल गीत !
३
रङ्ग
मनको तरङ्ग
फैलिन्छ अङ्ग अङ्ग !

उदक यात्री राजेन्द्रकुमार बज्राचार्यका उत्कृष्ट उदकहरू –
१
विनय
शील उदय
जिन्दगीको सफल बाटो !
२
प्रीत
जिन्दगीको एक
सफलताको मूल गीत !
३
रङ्ग
मनको तरङ्ग
फैलिन्छ अङ्ग अङ्ग !

उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू –
१
जीवन
बाॅच्ने कला
भोली के होला ?
२
जीवन
यथार्थ भोगाइ
जन्म मृत्युको लडाइँ !
३
मन
हिउँको पानी
दयाको रापमा पग्लने !
४
मन
खुला आकाश
दु:ख सुखको आभास !
६
रहर
असिमित कल्पना
एकपछि अर्को लहर !
७
मन
उडेको चङ्गा
धागो चुँड्दा भङ्ग !

उदक यात्री कमला देवकोटाका उत्कृष्ट उदकहरू –
१.
शिक्षा
गुरुको दिक्षा
बालबालिकाको सुन्दर सपना !
२.
शिक्षा
अन्तहिन महाकाव्य
जीवन विकासको आधार !
३
दिवस
शैक्षिक अधिकार
नहोऊ कोही वञ्चित !
४-
बालौँ
दियो तनको
संकुचित नहुनु मनको !
५.
शिक्षा
बहुमुल्य धन
जीवन जगत झलमल्ल!