पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- २८

  • १२ माघ २०७९, बिहीबार १७:५६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग २८ [अठ्ठाइसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/०९ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल


    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफूखुसी

    स्थायी :- आफूखुसी

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————

    पञ्चाङ्ग संरचना
    …………………

    ✍️मन  फेरियो  तर  फेरिएन  तन   कहिले [०१]
    ✍️बोली सकिए पनि जोडिएन धन कहिले [०२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    💢मायाले गाँसेको माया हुन्छ सफल सदैव[०३]
    …………………………………………………………………

    ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।

    ✍️एक  नजर भयो  पलाएन   मन  कहिले [०४]
    ✍️जागृत भएन जागेन आफ्नो पन कहिले [०५]
    …………………………………………………………

    उदाहरण पञ्चाङ्ग

    ✍️मन  फेरियो  तर  फेरिएन  तन   कहिले [०१]
    ✍️बोली सकिए पनि जोडिएन धन कहिले [०२]
    💢मायाले गाँसेको माया हुन्छ सफल सदैव[०३]
    ✍️एक  नजर भयो  पलाएन   मन  कहिले [०४]
    ✍️जागृत भएन जागेन आफ्नो पन कहिले [०५]

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    …………………………………………………………

    पञ्चाङ्गहरू
    ……………

    पञ्चाङ्ग   [०१]

    बोली वचन फेर्नु हुँदैन ।
    खराब दृश्य हेर्नु हुँदैन ।
    हे मेरा दैव सृष्टिका कर्ता,
    ग्रह दशाले घेर्नु हुँदैन ।
    पीडाले गला बेर्नु हुँदैन ।

    💢आर्त अकुलीन, कैलाली ।
    ……………………………………

    पञ्चाङ्ग   [०२]
    [०१]
    मन  फेरियो  तर  फेरिएन  तन   कहिले ।
    बोली सकिए पनि जोडिएन धन कहिले ।
    मायाले गाँसेको माया हुन्छ सफल सदैव ,
    एक  नजर भयो  पलाएन   मन  कहिले ।
    जागृत भएन जागेन आफ्नो पन कहिले ।
    [०२]
    नजिक आएमा मन खुसी हुने थिएँ होला ।
    मनका हातले   तिमीलाई छुने थिएँ होला ।
    मायाको जालो ह्र्दय भित्र देख्न नसकिने,
    विपत् मा  हृदयलाई  नि   धुने थिएँ होला।
    तिमीलाई  साथ  दिँदैसँगै  रुने थिएँ होला।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल बर्दिया ।
    ………………………………………………

    पञ्चाङ्ग   [०३]

    एकरत्ति  पनि कमाउन     सकिएन  धन कहिले ।
    त्यही भयर होलाकि पग्लिएन  तिम्रो मन कहिले।
    सारा हड्डी खियाएकै होनी धन कमाउनको लागि,
    विश्वास  गरिकन  सुम्पिएनौ तिमीले  तन कहिले।
    तिमीले मलाई  जगाएनौ हैन आफ्नो पन कहिले।

    💢सरिता सेढाई, धादिङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [०४]

    गरिबका घरको छानो फेर्नु छ ।
    नयाँ नेतृत्वको विकास हेर्नु छ।
    नेपाल आमा स्वर्ग बनाउ आफैं ,
    सिमाना काँडे  तारले घेर्नु  छ ।
    सज्जन र बृद्वको कुरा टेर्नु छ  ।

    💢तारा घिमिरे, सङ्खुवा सभा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०५]

    मानाे राेपि मुरि  फलाउनु   पर्छ यहाँ।
    अैाषधि  जरैमा  हालेपछि  मर्छ यहाँ।
    जति राेपेनि नफल्ने बाली भो के गर्ने,
    उत्पादन  घटेपछि   मान्छे सर्छ  यहाँ।
    औषधी छरेपछि  किराहरू हर्छ यहाँ।

    💢प्रविणा पल्लवी, महोत्तरी ।
    …………………………………………

    पञ्चाङ्ग   [०६]

    जागौँ सबै रमाएर पञ्चाङ्गको आँगनीमा।
    बढौँ हात समाएर पञ्चाङ्गको आँगनीमा।
    चेतनाको दियो बाली ज्ञान ज्योति छर्दै जाऊँ,
    लेखुँ नाम कमाएर पञ्चाङ्गको आँगनीमा।
    दम्भ जति थमाएर पञ्चाङ्गको आँगनीमा।

    💢अम्बिका दाहाल, मोरङ्ग ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०७]

    हजारौ दुःखीहरूको उद्धारमा काम टेर्ने गर ।
    देशलाई चारैतिर रोजगारीको बाटोले घेर्ने गर ।
    आफै तिम्रो देशको मुहार फेरिनेछ त्यतिबेला अनि ,
    हत्या हिंसा बलात्कार रोकेर दण्डहिनता फेर्ने गर ।
    हरेक आमाबुबाको आँसुको मोल सोधेर हेर्ने गर।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।
    ………………………………………………………

    पञ्चाङ्ग   [०८]

    लालीगुराँस  फूलेको बेलामा ।
    लटरम्म भै  झुलेको बेलामा ।
    मनमोहक दृष्यले लोभ्याउने ,
    सगर जस्तै  चुलेको बेलामा ।
    हेरौँ हिमाल खुलेको बेलामा।

    💢सीता शर्मा, बिरगंज ।
    ……………………………………………

    पञ्चाङ्ग   [०९]
    [०१]
    गाढा थियोे सम्बन्ध,भरोषा कति थियो।
    सबथोक  हरायो, तिमीमा  जति  थियो।
    बदलियौ तिमी आज,हिजो जस्ति छैनौ,
    त्यो साथ समय, मेरालागि  खति थियो।
    तिम्रो  विस्वास  गर्नु, बिग्रने  मति थियो।
    [०२]
    नगर  ए! दुनियाँ  म सँग, सुनको  कुरा।
    भित्र मुटु चस्किन्छ ,सम्झेर उनको कुरा।
    लुटिएर   कंगाल छु,  केही  छैन म सँग,
    सम्झन्छु सपनिमा, तारा र जुनको कुरा।
    पोतेको सिउँदोमा, हातको खुनको कुरा।
    [०३]
    बिचैमा  अलपत्र, पारेर  जानु  रैछ।
    सुटुक्क मायाँ अन्तै,सारेर जानु रैछ।
    बसेर  आँखाभित्र, रतिको रुप धरी,
    घोचेर   अँश्रुधारा,  झारेर जानु रैछ।
    आशाको दिप झ्याप्पै,मारेर जानु रैछ।
          
    💢चिरञ्जीवी ढकाल,नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    माया  लाएर  केगर्नु  अर्कै पाए  पछि ।
    छुट्दैन  माया  केगर्नु  अर्कै  आए पछि ।
    जुन  देखें  जुन  राम्रो घाम  देखें  घामै ,
    मन भित्रको जान्ने अर्कैले लाए पछि ।
    विरक्त मन हुन्छ    अर्कैले  धाए पछि ।

    💢बेदु न्यौपाने, काठमाडौ ✍️ ।
    ………………………………………………

    पञ्चाङ्ग   [११]

    खेलकुदप्रती सबैको मन  खुलेको राम्रो ।
    स्वार्थी र घमण्डी पन सबैले भुलेको राम्रो।
    आफू जस्तै अरूलाई भुमरीमा  परेको देख्दा,
    इच्छा अनुसार शिक्षा सदैव  चुलेको राम्रो।
    शिखरमा पुग्ने व्यक्ति  सदैव  झुलेको राम्रो।
    [०२]
    चोलो सारी लगाउदा पाखे नभन मलाई।
    माडवारी लगाउदा लाखे नभन मलाई।
    नेपालीको राष्ट्रिय पोसाक नै यहि हो भने,
    बरु नराम्रो देखियो आँखे नभन मलाई।
    राष्ट्रको  अहित गर्ने च्याँखे नभन मलाई।
    [०३]
    स्वर्ग कस्तो छ भनि हेर्न जाने मन थियो।
    आफू गएको ठाउँमा त लाने मन थियो।
    अन्धविश्वास नै हो भन्ने थाहा  भए पनि,
    एउटाले अर्कोलाई त ताने मन थियो।
    सबै धर्मावलम्बी मिलि खाने मन थियो।
    [०४]
    आपसमा भएको सम्बन्ध तोड्न मन छैन।
    वैरागी भएको मनलाई जोड्न मन छैन।
    सम्बन्ध भनेको त सम्झौतामा चल्छ थाहा छ,
    आवेगमा आएर सम्बन्ध  छोड्न मन छैन।
    बिग्रेको  जीवन मल हाली गोड्न मन छैन।
    [०५]
    पौरख गर्नेलाई रोक्ने प्रयास नगर तिमी ।
    बल भएकालाई बोक्ने प्रयास नगर तिमी ।
    बुद्धिको अगाडि बलको केही लाग्दैन है,
    कसैलाई इनामले तोक्ने प्रयास नगर तिमी ।
    गर्छु भन्ने व्यक्तिलाई ठोक्ने प्रयास नगर तिमी ।
    [०६]
    दिन्छु भनेपछि आस लाग्छ मलाई।
    बेइच्छाको काम दास लाग्छ मलाई।
    सन्तुष्टि नै जीवन हो सबैलाई थाहा छ,
    राम्रो काम गर्न खास लाग्छ मलाई।
    शिर झुकाउँदा लास लाग्छ मलाई।
    [०७]
    खाना पकाएर मात्र खुवाउन दास होइन म।
    सबले मलाई मान्नु पर्छ भन्ने खास होइन  म।
    आखिरमा साधारण  रुपमा जीउँदै गर्दा पनि,
    जस्तोसुकै पनि पचाउन सक्ने लास होइन म।
    बेघर भएर बस्न सक्ने बनी बास होइन म।
    [०८]
    शिक्षा नै ठुलो धन हो सम्झ तिमी ।
    उदारता नै मन हो सम्झ तिमी ।
    दिएर कोहि खुसी  छैनन आज,
    आत्मा एउता तन हो सम्झ तिमी ।
    खुशी त आफ्नो पन हो सम्झ तिमी ।
    [०९]
    पौवाकोट नजिक चोकमा छ मेरो गाउँ ।
    दुर्घटनामा परि शोकमा छ मेरो गाउँ ।
    बाटोघाटोको राम्रो ब्यवस्था नभएपछि,
    खान नपाएर भोकमा छ मेरो गाउँ ।
    गर्न नसक्ने लोकमा छ  मेरो गाउँ ।
    [१०]
    इज्जत छ भन्दैमा नचाहिने काम गर्नु हुदैन।
    सबैको राम्रो भइन्छ भनेर सीमा तर्नु हुदैन।
    कर्तव्य पालन गर्दागर्दै विचरो हुने चोला,
    स्वाभिमान नै तल पर्ने गरि  झर्नु हुदैन।
    नहुने काममा त कहिले आँखी पर्नु हुदैन।

    💢इन्दिरा गौतम, खजुरा बाँके ।
    ………………………………………………

    पञ्चाङ्ग   [१२]

    नेता होइनन् यि त  दोकान गर्दै छन् ।
    यिनैका   कारणले जनता  मर्दै छन् ।
    ठगीलाई   माफि दिँदा काम चल्दैन ,
    सरकारको  बजेट   थोरै   छर्दै छन् ।
    नेतालेनै आफन्तीको गोजि भर्दै छन् ।

    💢सुरेशकुमार पान्डे।
    दाङ घोराही १८।
    ………………………………………………

    पञ्चाङ्ग   [१३]

    आफू जलेर नि तिमीलाई ज्योती दिन सक्छु म।
    खुसी दिएर दु:खलाई साथमा लिन सक्छु म।
    बत्तिमुनिको अँध्यारो थेग्ने आदत परिसक्यो
    तिमीलाई सम्हाल्दा सम्हाल्दैमा तिखिन सक्छु म।
    तिमीलाई रुवाएर आफू हाँस्न किन सक्छु म।

    💢मन्दिरा सेढाई , मलेखु,धादिङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [१४]

    यो दिलसँग त्यो दिल साट्न पाए हुन्थ्यो।
    पिरतीको डोरीसँगै बाट्न पाए हुन्थ्यो ।
    मानिसको जिन्दगी प्रेममा अल्झेको छ,
    हाम्रा दुष्ट जतिलाई काट्न पाए हुन्थ्यो।
    माया,प्रेममा संसार ढाट्न पाए हुन्थ्यो।

    💢सुशीला पौडेल  ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [१५]

    यी आँखाले तिमीलाई नै एकफेर टेक्न मन छ।
    धेरैकुरा भन्नुु थियो त्यो हिड्ने बाटो छेक्न मन छ।
    तिम्रो सम्झनामा मन पिरोलिएको बेला मलाई ,
    अब दुख्ने मनलाई तिम्रो काखमा फेक्न मन छ।
    चिसो भाको मनलाई तातो बनाई सेक्न मन छ।

    💢दुर्गा आचार्य , मोरङ ।
    …………………………………………………………………

    पञ्चाङ्ग   [१६]

    सधैँभरि  तिम्रो छेउमा हुन पाए पुग्छ ।
    एकै पटक तिमीलाई छुन पाए पुक्छ ।
    सुन तिम्रो लागि मर्छु म भन्दिन मायालु ,
    तिम्रो न्यानो काखमा सधैँ रुन पाए पुग्छ ।
    तिम्रै साथ बसेर मन धुन पाए पुग्छ ।

    💢बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ),
    कनकाई नगरपालिका ४ झापा ।
    …………………………………………………

    पञ्चाङ्ग    [१७]

    मानाे राेपी मुरीमुरी फलाउन सिकाैँ ।
    कृषियाेग्य देश नाम चलाउन  सिकाैँ।
    जुटाैँ साथी  आजैदेखि  केही  गर्नुपर्छ ,
    भाेकमरी अशिक्षा  ती ढलाउन  सिकाैँ ।
    टुसा नयाँ  नामी  बनी पलाउन  सिकाैँ ।

    💢केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा ।
    …………………………………………………

    पञ्चाङ्ग   [१८]

    पुरानै माग हुन जनताका तिनै पनि पूरा हुन्नन् ।
    मानिसको  मन दुखाउने कहिल्यै  पनि कुरा हुन्नन्।
    गर्छु भनि  लागेपछि असम्भव पनि सम्भव हुन्छ,
    धार लगाउन खाेज्दाखेरि धार नकाट्ने छुरा हुन्नन्।
    गाडी  घाेडा कुदाउन नसक्ने यस्ता कुनै धुरा हुन्नन्।

    💢धन कुमारी रेग्मी , भरतपुर चितवन ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१९]
    [०१]
    हाँस्दा तिमी सधैँभरिनै मायाँ गराैँ जस्तो लाग्छ।
    प्रिती लाउन लेकबाट वेँसी झराैं जस्तो लाग्छ।
    तिमीसँग भेट हुँदैन किन हाेला आजकल,
    थाहैनदि तेतैतिर बसाइँ सराैँ जस्तो लाग्छ।
    सम्झना आउँछ है तिमी सामु पराै जस्तो लाग्छ।
    [०२]
    गरे सबै  यहीँ माटाेमा सुन फल्छ यहाँ।
    फलाए राम्राे अन्न,दाना चुलाे बल्छ यहाँ।
    गर्वले किसानका छाेराछाेरी भन्नु पर्छ,
    परिश्रम गरे बाँझाे खेतनि गल्छ यहाँ।
    विदेश नजाँदा काेही जीवन चल्छ यहाँ।

    💢उर्मिला के.शी. ,धनकुटा !
    ………………………………

    पञ्चाङ्ग     [२०]

    शान्तिको गीत गाएर बाँचौँ हामी ।
    ओढेर घुम्टो प्रितको नाँचौँ हामी ।
    चेतनाको खेती फस्टाउँदै गर्दा ,
    दम्भका पर्खाल अग्ला भाँचौँ हामी।
    मनमा सेवाको भाव  साँचौँ हामी ।

    💢प्रभा  पोखरेल, हाल अमेरिका ।
    …………………………………………

    पञ्चाङ्ग   [२१]

    साकार  हुने  सपना  छोडेर  गयो   मन।
    हाकार  दिने  कठोर  मोडेर  गयो   मन।
    निरास हुँदै  बसेको जीवन व्यय  पार्दै,
    प्राकार  घेरो  दर्बिलो  तोडेर  गयो  मन।
    आकार स्वरूप इसारा फोडेर गयो मन।

    💢अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ……………………………………………………

    पञ्चाङ्ग   [२२]

    हजारौं रहर मारेर बसेको छु।
    देखावटी माया पारेर बसेको छु।
    मानिसको जिन्दगी रहेछ अजीब,
    साहुको बसाई सारेर बसेको छु।
    आफन्तसँग म हारेर बसेको छु।

    💢ह्यारिस, काठमाडौं ।
    ……………………………………

    पञ्चाङ्ग   [२३]

    याे मानवको  जगतमा  कथा एउटै।
    बिषय  फरक  भएनि   व्यथा एउटै।
    बाहिरि सुख सुन्दरता हाेला कसैकाे,
    भाेगाई पीडा  अनुभव ज्यथा  एउटै।
    नगरि  नहुने  विवाह     यथा  एउटै।

    💢मिना देवकोटा , लालबन्दी सर्लाही ।
    …………………………………………

    पञ्चाङ्ग   [२४]

    मलाई    छोडेर   कहिले  नजानु।
    बाटो त  मोडेर  कहिले   नजानु।
    आँखाको वरिपरि बस्नु है तिमी ,
    हृदय  तोडेर  कहिले      नजानु।
    दु:खले  गोडेर  कहिले    नजानु।

    💢गिता रिजाल , धरान ।
    ………………………………………

    पञ्चाङ्ग   [२५]

    आँखाले देख्ने गरि  आउनु है।
    सदैव   तिमीले  नै    धाउनु है।
    अनि सम्झने छु  मेरो  नै भनी ,
    मायाको आकाशले छाउनु है।
    मलाई   उपहार  ल्याउनु   है।

    💢कला ढकाल , झापा ।
    ……………………………………

    पञ्चाङ्ग   [२६]
    [०१]
    हार जित खेलमा हुन्छ नै।
    हतकडी  जेलमा हुन्छ नै।
    कर्मको फल भोग्नु छ त नि,
    लाहुरे नि रेलमा हुन्छ नै।
    सुख शान्ति मेलमा हुन्छ नै।
    [०२]
    आफ्नो ज्युलाई    दाउमा राखी हरेरै छाड्यौ ।
    अग्रपङ्तिमा   पनि तिमीहरू नै परेरै छाड्यौ ।
    खेलमा शिक्षण प्रशिक्षकको  कारणले होला ,
    मिहिनेतले सफलताको   खोला तरेरै छाड्यौ ।
    असल बिध्यार्थीले   नाम रोशन गरेरै छाड्यौ ।

    💢लक्ष्मी महतारा, खजुरा बाँके ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [२७]

    निसानामा कति राख्छौ एकै बाणले ढलाई देउ अब।
    गुम्स्याएर  नराख  भो  एकै  काँटीले बलाइ देउ अब।
    कतिन्जेल  जिउँछौ सधै अनिर्णयको नै  बन्दी भएर,
    बाचा-कसम र कागजका सम्झौता  जलाई देउ अब।
    मेरो  मुटु  लैजाउ  तिम्रो  दुख्ने  मुटु  मलाई  देउ अब।

    💢पशपती राई, खोटाङ्ग ।
    ……………………………………………………………

    पञ्चाङ्ग   [२८]

    धारा कुवा पानीको मुहान सुकेर गयो खेर।
    देशको सारा सम्पत्तिहरू फुकेर गयो खेर।
    प्राकृतिक र सरकारी सम्पत्तिको सुरक्षा खै,
    अनेक् विभक्तले बन्धुहरू ढुकेर गयो खेर।
    बिना दोष पनि स्वभिमान झुकेर गयो खेर।

    💢रामप्रसाद पुरी बादेल, खोटाङ।
    …………………………………………………

    पञ्चाङ्ग   [२९]

    सत्य कहिल्यै नाश हुँदैन ।
    असत्य यहाँ बास हुँदैन ।
    अहमता र घमण्ड गर्दा ,
    जीवन तिम्रो खास हुँदैन ।
    हाँसो खुसीको आस हुँदैन ।

    💢वीणा रोका, घोराही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [३०]

    कताकता पुर्याउँछौ तन कहिले ।
    हुन्छ कि भनि बोलायो झन कहिले ।
    जीवन राख्नु व्यस्तता हुने फाइदा,
    कसरी मोडिने हो कि मन कहिले ।
    बन्न पनि नखोज है डन कहिले  ।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
    ……………………………………………

    पञ्चाङ्ग   [३१]
    [०१]
    सबै सँग त्यो मन खुलेकाे प्यारा ।
    आधार  गर्दा  शिर झुलेकाे प्यारा।
    सबैलाई नै आफ्नै मानेकाे देख्दा,
    अहम्ता  र घमण्ड  भुलेकाे  प्यारा।
    बाबा आमा सदैव चुलेकाे प्यारा।
    [०२]
    तिमीसँग नाता जाेड्ने मन थियोे
    दुश्मनी  समाज  छाेड्ने मन थियो
    जिन्दगीलाई  खेलाैना  नसम्झनु ,
    जीवन आफैले गाेड्ने मन थियो
    तिता ति सम्बन्ध ताेड्ने मन थियोे।

    💢सहयात्री शाेभा अर्याल, बुटवल रुपन्देही ।
      ……………………………………………………

    पञ्चाङ्ग   [३२]

    मुटु दुखेको छ यतिबेला तन दुखेको छ ।
    बढ्दैछ पीडा दिनानुदिन झन दुखेको छ ।
    निर्दोषले अकालमा ज्यान गुमाउनु पर्दा ,
    रोएका छन्  यी आँखा कोमल मन दुखेको छ ।
    देश पीडामा छ सारा जन दुखेको छ ।

    💢वसन्त अनुभव घोराही, दाङ्ग ।
    …………………………………………………………

    Leave a Reply