युवा लघुकथाकारद्वय अनु विज्ञाति र अनुग्रह राना मगर ‘पुष्प’ ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८०’ बाट सम्मानित हुनुभएको छ । आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसर पारेर नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मान उहाँहरूलाई प्रदान गरेको हो ।
कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथा विशेष कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रदान गर्ने गरेको मञ्चले जनाएको छ ।
एकजना महिला र एकजना पुरुष युवा लघुकथाकार छनोट गरेर मञ्चले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको जनाइएको छ । यो सम्मानबाट गतवर्ष युवा लघुकथाकारद्वय वसन्त अनुभव र नानी विभु सम्मानित हुनुभएको थियोे ।
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- आफूखुसी
……………………………………………… पञ्चाङ्ग:०१ सुख दुःख घुमिफिरी आउँछ जीवनमा। सुखसंगै दुःख पछि धाउँछ जीवनमा। आफू आफैलाई महान् नठान्नु महोदय त्यो महानताले के के पाउँछ जीवनमा। महान् बन्न खोज्ने बिल्ला लाउँछ जीवनमा। सुशीला पाैडेल
पञ्चाङ्ग-२ जग्गा राम्रो कुलो पैनी आली हुदा खेरि , मंसिर राम्रो झुल्दछ बाली हुदा खेरि। बित्यो जीवन संघर्ष लक्ष्य भेटिएन, उपदेश बुद्धको नै गाली हुदा खेरि, कसरी फुल चोरी भो माली हुदा खेरि।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग :०३ जस्तो चल्छ चल्न दिनु आफ्नै हो । आगो बोल्छ बल्न दिनु आफ्नै हो । जानेको गर्नु पर्छ नजानेको हुन्न है , वृक्ष जस्तै फल्न दिनु आफ्नै हो । आफै तिर ढल्न दिनु आफ्नै हो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा।
पञ्चाङ्ग:०४ समाजको नजरमा गिर्छु कि भन्ने डर छ। अस्मितामा धब्बाहरू भिर्छु कि भन्ने डर छ। नपरोस् है भगवान गलत कदम चाल्न, गन्तव्यहिन गल्लिमा छिर्छु कि भन्ने डर छ। रोगी ति बा-आमालाइ पिर्छु कि भन्ने डर छ। सरिता सेढाइ धादिङ
पञ्चाङ्ग :०५ छातिभित्र यादको भण्डार सकिएको छ मेरो माया जबर्जस्त फिर्ता लगिएको छ यादमा तड्पाइ-तड्पाइ सताएर पनि, मलाई नै धोखेबाज पनि भनिएको छ झुक्याएर मलाई नै किन छलिएको छ -दस्ता कौशिक,पाँचथर।
पञ्चाङ्ग:०६ काेही सजिलै कागज काेरेर खाएका छन् । काेही पर्ती त्यो बाँझो फाेरेर खाएका छन् । गरिब पसिना बगाउँदै कष्टमा यहाँ , श्रम बेच्दै दुई छाक जाेरेर खाएका छन् । प्राण अल्झाउँन दु:ख घाेरेर खाएका छन् । भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग ०७ एउटीलाई काखा अर्कीलाई पाखा सार्दै गर। लाग्छकी जिउ त्यसकाे भनेर घिउ खार्दै गर। एकदिन हेलाकाे फेला नि अवस्य परिन्छ है। उसकाे अगाडि आफुलाई सधैनै हार्दै गर। अब केगरेर सक्छौ तिमी जालमा पार्दै गर। मनिषा विष्ट मेचिनगर १५
पञ्चाङ्ग:०९ जीवन सङ्गै छ मृत्यु तर किन डराएको छ मान्छे। मृत्युु भन्ने बित्तिकै जोड जोडले कराएको छ मान्छे। आखिर मृत्युु त सृष्टिको नियम हो कति बुझाउनु, मृत्युको भयले उसको अस्तित्व हराएको छ मान्छे । मृत्युको हल्ला सुनाएर जीउँदै मराएको छ मान्छे । -पशपती
पञ्चाङ्ग:१० शिक्षालाई नि सीपसँग जोड्नु पर्छ अब। श्रमजीवी बन्न मै मन जोड्नु पर्छ अब। विकासको मार्ग कोर्न लिनु पर्छ तालिम, मानवको दानवी रूप गोड्नु पर्छ अब। भावी पुस्ताले आहा! भनि छोड्नु पर्छ अब। सरिता काफ्ले कोहलपुर बाँके
पञ्चाङ्ग:११ एउटा दिमाग चल्छ चल्दैन हिड्न खुट्टा, उकाली अोराली भिर गल्दैन हिड्न खुट्टा छैन गौरव मलाई बाँचेको कुनै पनि, काँडा सीसा जे जे टेक्छ छल्दैन हिड्न खुट्टा, मार्ग लिन्छ वीरताको ढल्दैन हिड्दा खुट्टा । होम प्रसाद नेउपाने धरान,सुनसरी
पञ्चाङ्ग:१२ भर कसैको नपर्नु जिन्दगीमा । अरुको आशा नगर्नु जिन्दगीमा । आफ्नै परिश्रम गर्न जान्नु पर्छ , कसैको सुख नहर्नु जिन्दगीमा । माथिको तल नझर्नु जिन्दगीमा । बेदु न्यौपाने काठमाडौ
पञ्चाङ्ग :१३ भोकमा त जस्तो नि खाइन्छ अरे। भाग्यमा जे छ तेही पाइन्छ अरे। खै के भनु के गरु सोच्नै सकिन, उकाली ओराली नि धाइन्छ अरे। दुःख परोस् जस्तो नि लाइन्छ अरे। सुमित्रा पोखरेल काठमाडौं
पञ्चाङ्ग:१४ नबताउनु अब मेरो खबर जिन्दगाीलाई। पुरानाभए भोनतान रबर जिन्दगीलाई। मुखियामा चालक कस्तो आलोचक खुल्दुली, अपमान हुँदै रहेछ अबर जिन्दगीलाई। बनाई छाडे आखिरमा गबर जिन्दगीलाई। ✍️डिल्ली राज घिमिरे अर्घाखाँची
पञ्चाङ्ग:१५ जिन्दगीभर म तिम्रै साथमा हुनेछु प्रिय। अापत बिपतमा तिमीसंगै रुनेछु प्रिय।। खुसीसाथ जीवन बिताउने प्रयास गरौँ। म देखि टाढिए अाँसुले मुख धुनेछु प्रिय।। हरेक दिन म तिम्रो पाउमा छुनेछु प्रिय। मल्ल लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
पञ्चाङ्ग:१६ बितेका हरेक पल तिम्रो सम्झना काटिदै थियो। फाटेको लुगा अनि जाडोले बदन बाटिदै थियो। अहिले आएर ठूलो मान्छे हुदा कोहि थिएन रे, सपनाअर्काको भाँडा माझ्दा चिसोले लाटिदै थियो। अहंकारले गर्दा आज आफ्नै चिता खाटिदै थियो । अम्विका अधिकारी झापा विर्तामोड
पञ्चाङ्ग-१७ माटोको मुर्ति कसैको नाम शिव पार्वती अनि काली हुन्छ। माग्दा पुगे सबैको भगवान नत्र उल्टै दिने गाली हुन्छ। पैसा चढाउँन जानेहरू भिड लाग्छन् जहिले मन्दिरमा , बाहिर हेर्दा माग्न बसेका मगन्तेका कचौरो खाली हुन्छ। फेरि किन त्यहीँ मान्छे नै मानव अधिकारको माली हुन्छ। अनुप आचार्य मोरङ
पञ्चाङ्ग:१८ आफ्नै क्षमताकै बलमा बाँच्न जानेकी छु मैले। मन भित्रै कै मुटुलाई साँच्न जानेकी छु मैले। कुरै कुरा ओछाएर हैन विश्वास देखाएर, अरूका कुरा सुनेर नै जाँच्न जानेकी छु मैले। बाेलेकाे भरैमा नै मन भाँच्न जानेकी छु मैले। प्रविणा पल्लवी महाेत्तरी
पञ्चाङ्ग: १९ हातेमालो गरेर जीवन चल्छ सबैको। साथ राम्रो भयो भने दीप जल्छ सबैको। बिहानी शीतल हावामा आनन्द बिसाइ, मानवले दानव देखाए गल्छ सबैको। मानवको साथमा उज्यालो बल्छ सबैको। जानुका गौतम
पञ्चाङ्ग :२० कसैले हारे यहाँ कसैकाे जीत हुने रहेछ। धाेका पाएपछि जिन्दगी नै गीत हुने रहेछ। सुख, दु:ख पलपल आउँछन् , जान्छन् घरीघरी, मिल्नु,छुट्टिनु पाे जीवनकाे रीत हुने रहेछ। हाँस्नु,रुनुले यहाँ सवैकाे हित हुने रहेछ।
✍️उर्मिला के.शी., धनकुटा ।
पञ्चाङ्ग:२१ अाफ्नै देशको माटोको भर राम्रो। पुर्खाले दिएको हाम्रो थर राम्रो। हरियाली भरिएको देश हाम्रो, वरिपरि छ पिपल वर राम्रो। माटोको बनाेटकाे त्यो घर राम्रो । शाेभा अाचार्य गाैतम काठमाडौँ
पञ्चाङ्ग:२२ असार दुई गते बाढीले सङ्खुवासभा बगाएको छ। जिउने आधार र बासस्थान हामीबाट भगाएको छ। नेताहरु राहतको नाम दिएर फोटो खिच्छन जान्छन्, पीडितले मागेका जड्याैरी नाङ्गो ढाक्न लगाएको छ। पीडितको ब्यबस्था गर्न सरकार सँग मगाएको छ ।
तारा घिमिरे स्वेच्छा सङ्खुवासभा
पञ्चाङ्ग:२३ जिन्दगीमा रङ्ग धेरै भरौँ हामी काँध जोडी सधैँ हिँड्ने गरौँ हामी जुनी अर्को फेर्न पर्दा कता कता खुशी हुँदै खोला नदी तरौँ हामी लक्ष्य चुम्न सक्दो अघि सरौँ हामी ।
पञ्चाङ्ग चित्रपट भाग :- ३२ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८०/०३/०१ गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३२ [बत्तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
मान्छे दैवको भरमा छन् । सुख र दुःख करमा छन । गरिबी सारा हेर आफै, पीडाले सबै डरमा छन् । बाटोको खुला घरमा छन् ।
✍️आर्त अकुलीन, कैलाली । ………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
जिन्दगीको हर मोडमा दुख पनि खेप्नु पर्छ। कहिले काहीं मनै भित्र बेदनाको चेप्नु पर्छ। सम्पूर्ण चक्रको चावी भगवानको हातमा छ, अत्यावश्यक कार्यको शुद्ध भावले छेप्नु पर्छ। भत्किन लागेको दुखद घरलाई लेप्नु पर्छ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [०३]
जस्तोसुकै भए पनि मेरो घर यही हो। हिॅउद र झरीभरी हाम्रो भर यही हो। बाध्यतामा परेर जसो पनि हुन सक्छ, यही पनि हडप्देलान् भन्ने डर यही हो। मनले नमाने पनि यत्य तर यही हो।
✍️घनश्याम पौडेल, पोखरा । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
पीरमा परें दु:खले झार्यो भाग्य नै यस्तै छ । शरीरलाई शिथिल पार्यो भाग्य नै यस्तै छ । देखेको नपाइने रहेछ पाइन्छ लेखेको , आफूलाई ईश्वरले तार्यो भाग्य नै यस्तै छ । सबैभन्दा शोषकले मार्यो भाग्य नै यस्तै छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा हाल बर्दिया । …………………………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
बस्ने कुटी छैन बरै सडकको बास छ । केही खान पाइन्छ कि भन्ने मात्र आश छ। छोराछोरी भोकै रुन्छन् खाने अनाज छैन, भरे आइ बास उठाउँछन् भने त्रास छ । कथा अनि वेदनाका पोकाहरू रास छ ।
✍️सरिता सेढाई ,धादिङ । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [०६]
चलेकै छ जिन्दगीको सफर गरिबको। धर्ति आकासको छ सधै भर गरिबको। कामछैन दामछैन जन्मिए लालाबाला, उन्कै लागी मात्र ज्युँने रहर गरिबको। खान र लगाउँन पर पर गराबको।
✍️सुरेशकुमार पाण्डे, दाङ घोराही १८ । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
आकाशको छानाको नै भर भएपछि । जिन्दगी जिउन नै कहर भएपछि । अन्न जुटाउने कसरी हो सोच्दा सोच्दै , मनमा अनकै ती रहर भएपछि । आशा मरे वचन जहर भएपछि ।
✍️सरिता काफ्ले , कोहलपुर बाँके । …………………………………………
पञ्चाङ्ग चित्रपट [०८]
खुल्ला आकाश मुनिको बास भयो। सधैंभरि मौसमको त्रास भयो। अभाव र गरिबी देख्दा लाग्दछ, यहाँ बाँच्नु भन्दा मर्नु खास भयो। देख्नमा त एकमुठी सास भयो।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं । ……………………………………………
चित्रपट पञ्चाङ्ग [०९] १/ हामी दुःखीकाे बस्न कुनै बास छैन। बालबच्चा भाेका छन् खान गाँस छैन। बस्ने पाईप, खुला आकाश नै छत, स्वार्थी दुनियाँमा कसैको आस छैन। ठूलो सपना देख्नु कुनै खास छैन।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । …………………………………………
चित्रपट पञ्चाङ्ग [१०]
दिनता जीवन भूमिको भार देखियो । कस्सिको जित र कसैको हार देखियो। पीडाको लिस्नो नै निर्धोको मुख्य सहारा, एकत्र ह्युम पाइपको घार देखियो । यो मानवता मासिएको छार देखियो ।
✍️अच्युत घिमिरे, भुटान बाट । …………………………………………………
चित्रपट पञ्चाङ्ग [११]
अन्नको प्राण हो मान्छे पेटमा अन्न परेको छैन । खुला आकाश मुनि छ आँखा मा निद भरेको छैन। हाम्रो देशमा गरिबै स्वतन्त्र बाँच्न ठाँउ कहाँ छ , कृषकका खेतमा गरामा सिंंमजचाइ सरेको छैन। यहाँ गरिबको आदर सरकारी गरेको छैन।
✍️बेदु न्यौपाने , काठमाडौं । ………………………………………………………
पञ्चाङ्ग [१२]
नबस्ने बास छ । नखाने गास छ । दैबको लिला हो , केवल सास छ । बच्चाको आस छ।
✍️धनमाया चौधरी, कैलाली । …………………………………
पञ्चाङ्ग [१३]
समानताको कुरा कहिले सम्म गर्ने सरकार । तिम्रो बारीमा भ्रम कहिले सम्म छर्ने सरकार । निमुखाको रगत र पसिनामा पौडी खेलीखेली , आफ्नै मात्र त्यो भुँडी कहिले सम्म भर्ने सरकार । गरिब भने भोकै कहिले सम्म मर्ने सरकार ।
✍️पशपती राई, खोटाङ । ………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
मानिसको जन्म लिए पछि हरेक सामना खेप्नु पर्ने रहेछ। हर दिन हर रात वेदनाको पोकोलाई चेप्नु पर्ने रहेछ । भनिन्छ नि छ दिनको दिन छैँठीले के कोरेको छ भाग्य रेखामा, डगरमा घर बन्यो हिलो भरिएमा पानी छेप्नु पर्ने रहेछ। त्यहीँ ओत चर्किन लाग्यो रे हिलो लिएरनै लेप्नु पर्ने रहेछ ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ । ………………………………………………………………
चित्रपट अञ्चाङ्ग [१५]
न गाँस छ , नकुनै बास छ । यो जिन्दगी मेरो बक्वास छ । भाग्यले मलाई ठग्नु ठग्यो , न कोहि हाम्रो, मान्छे खास छ। सधैँ बिस्तरा ढल्को पास छ ।
✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा …………………………………………………
पञ्चाङ्ग [१६] [०१] त्याे छितीज पारी आकाश खुलेकाे हेर । स्वच्छ, अनि निर्मल मन भुलेकाे हेर । बिहानीकाे घाम पूर्वमा उदाउँदा त, बेली,चमेली,सुनाखरी फुलेकाे हेर । फूलमा रमाइ भमरा डुलेकाे हेर । [०२] कठै गरीबीहरुकाे हेर बाटाेमा नै बास भयाे। दुखमा बित्छन् दिनहरु न कसैकाे आश भयाे । खान,लाउँन दुइ छाकनै टार्न नपाउँदाखेरी , जीवन जिउन गार्हाे भयाे एक मुठी सास भयाे । कहिले कसैले भाेक टारीदिँदा त्याे नै खास भयाे !
✍️उर्मिला के.शी. , धनकुटा । ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [१७]
चार प्रहर रात काटने ओडारको बास छ। कल्भटभित्र परिवारको बसोबास खास छ आलीशान महलत कल्पना भन्दा धेरै पर , हात मुख जोर्ने एउटै कन्दमुलको गाँस छ। तर पनि बाध्यतामा यो जिन्दगी बाँच्ने आश छ ।
✍️बिबस पारदर्शी, झापा । …………………………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
आकाश नै हाम्रो त छानो भो। काम गरेसि बल्ल मानो भो। यहाँ कसैको नि भर छैन, दुःख गरेपछि त दानो भो। यहाँ घर नहुदाँ सानो भो।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ………………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
न गाँस छ हुम पाइप मुनि बास छ । किन यस्तो भयो भन्दा गरिबी खास छ। के गर्ने ओत लाग्न ठाउँ नभएपछि , सरकाले बास देला भन्ने आश छ । नत्र यी गरिवकोहरूको सधैँ नास छ ।
✍️नवराज भट्ट , कञ्चनपुर । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
बनाई देउ न दैव सबैलाई एकै नास मान्छेहरूलाई । खानलाई दुई छाक,बस्नलाई छैन बास मान्छेहरूलाई । आखिर किन? कसैलाई महल त कसैलाई सडक पेटि, अब, न्याय दिनुपर्यो बने हजुरकै दास मान्छेहरूलाई। भगवान् हजुरकै भरोसा छ एउटा आस मान्छेहरूलाई ।
✍️शिव ज्ञवाली , गुल्मी । ………………………………………………………………
चित्रपट पञ्चाङ्ग [२१]
उनको ठूलो मेरो खास नभएपछि । कसैले हेर्ला भन्ने आस नभएपछि । धर्ती ओछ्यान अनि आकाश छानो हुन्छ, आर्तको ओतलाग्ने बास नभएपछि । बिहान साँझ खाने गाँस नभएपछि ।
✍️वसन्त अनुभव , घोराही दाङ्ग । ………………………………………………………………
चित्रपट पञ्चाङ्ग [२२]
गरिबीको कारण पाइप मुनिको बास भयो। हाम्रो रात्दिन बिताउनको लागि खास भयो। जसरी पनि जिन्दगी कटाउन्ज पर्दो रहेछ , बाँचेर बस्दा धर्तिको भोझ जिउँदो लास भयो। सधैँबाढी पहिरो र हावाहुरीको त्रास भयो ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४७ [सत्चालिसौँ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०२/३२ गते समय :- साँझ ८ बजे ।
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:-
✍️चरचर घरति यो चिरिएको बेला [०१] ✍️दिनभरि घरभित्रै छिरिएको बेला [०२]
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————-
💢बेइमान भयो अरे यो देशमा अति [०३]
माथिको शेरलाई सम्बोधन गरी परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
✍️महासय सामु गइ गिरिएको बेला [०४] ✍️राॅगालाई नागरिक तिरिएको बेला [०५]
४, ५ ले पञ्चाङ्गको निष्कर्ष दिनुपर्छ । …………………………………………………………
उदाहरण पञ्चाङ्ग
✍️चरचर घरति यो चिरिएको बेला [०१] ✍️दिनभरि घरभित्रै छिरिएको बेला [०२] 💢बेइमान भयो अरे यो देशमा अति [०३] ✍️महासय सामु गइ गिरिएको बेला [०४] ✍️राॅगालाई नागरिक तिरिएको बेला [०५]
✍️घनश्याम पौडेल,पोखरा । ………………………………………………………………
पञ्चाङ्ग [०१] [०१] चरचर धरती यो चिरिएको बेला। दिनभरि घरभित्रै छिरिएको बेला। बेइमान भयो अरे यो देशमा अति, महासय सामु गइ गिरिएको बेला। राॅगालाई नागरिक तिरिएको बेला। [०२] आज किन बिहानमा घाम देखिएन। ज्यानै दिई गरेॅ पनि काम देखिएन। भाग्य मेरै बिग्रिएर हो कि खोई कुन्नी, आफन्तकामाझ मेरो नाम देखिएन। कहाॅ जाने भन्ने कुनै ठाम देखिएन।
✍️घनश्याम पौडेल, सृजना चोक पोखरा । ……………………………………………
पञ्चाङ्ग [०२]
नेताले देश मासेर खाइसके। ट्वाइलेटमा मार्बल लाइसके। अब परीक्षा लिनु-दिनु पर्दैन , शत्रुले व्यंग्यको गीत गाइसके। हाम्रो कमजोरी थाहा पाइसके ।
✍️देवी पन्थी, बिराटनगर । ………………………………………
पञ्चाङ्ग [०३]
गर्मी साह्रै छ पानी पर्न सकेकाे छैन। बादल नभै पानी झर्न सकेकाे छैन। गर्मीले गर्दा तराईमा बस्न छ गाह्राे, आकाशमा बादल सर्न सकेकाे छैन। किसानले त खेती गर्न सकेकाे छैन।
✍️नवराज भट्ट, कञ्चनपुर । …………………………………………
पञ्चाङ्ग [०४] [०१] माया पनि यस्तो गर जुनी जुनी होस् । मनबाट प्यारो भइ दिल छुनि होस् । साथीले मान पाओस् चारैतिर कृति , मित्रता हाम्रो साथ बलियो हुनि होस् । दु:ख पर्दा साथी पनि सँगै रुनि होस् । [०२] आऊन छेउ बस द्वेष राग फालेर आज। कुप्रथाको पथलाई नै साँच्चै ढालेर आज। गन्तब्यमा पुग्न साह्रो हुन्न साथ भए हाम्रो, आऊ मनमा दिगो दिपलाई बालेर आज। नौलो भबिष्यको कल्पनालाई पालेर आज। [०३] छिमेकीलाई सुटुक्क भेट्ने नेतालाई कार्वाही गरौँ। कुरै कुरामा निकास मेट्ने नेतालाई कार्वाही गरौँ। सिमा मिच्दा नबोल्ने पद सत्ता यिनैलाई नै चाहिने, नेपालको अस्मिता नै रेट्ने नेतालाई कार्वाही गरौँ। संबिधान मिच्ने पापी ठेट्ने नेतालाई कार्वाही गरौँ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा। हाल:- काठमाडौं । ………………………………………………………
पञ्चाङ्ग [०५] [०१] बेर गयो टिप्न सकिन्न । फेर गयो टिप्न सकिन्न । जीवन त्यो लहैलहैमा , धेर गयो टिप्न सकिन्न । खेर गयो टिप्न सकिन्न । [०२] आहा ! राम्री छ हाम्री नानी हेर । सुन्दरताकी साँच्चै खानी हेर । हेर्दा मायालु देखिने लजालु , असाध्यै राम्रो बोली बानी हेर । छहराकाे निश्छल पानी हेर । [०३] मुखले बाेल्छ भन्दथे आँखा पनि बाेल्दाे रहेछ । नजानिदाे पाराले मनको वह खाेल्दाे रहेछ । प्रेमकाे गहिरो पाेखरीमा चुर्लुम्म डुब्दै गर्दा , शीतलता दिने जूनले भत्भति पाेल्दाे रहेछ । जीवनमा आउने सारा जाेखिम माेल्दाे रहेछ ।
✍️भवानी घिमिरे ,सर्लाही । …………………………………………
पञ्चाङ्ग [०६]
अहिलेका नेताले केही गर्न सकेनन्। निमुखा जनताको दुःख हर्न सकेनन्। लुछाचुँडी तानातान हानाहान छ सधैँ, नराम्रा विचारमा पछि सर्न सकेनन्। देशमा समृद्ध भावना छर्न सकेनन्।
✍️सरस्वती श्रेष्ठ, इटहरी । ……………………………………………
पञ्चाङ्ग [०७]
केही हुँदैन काम राखेर । जानुछ सबै नाम राखेर । उसले आफै गरेको बिन्ती, रुपैयाँ पैसा दाम राखेर । सडक खण्ड जाम राखेर ।
✍️आर्त अकुलीन, कैलाली । …………………………………………
पञ्चाङ्ग [०८]
असिनाझैँ वर्सायौ माया सायद बटुल्न सकिनँ। कति वसन्त आए लालित्यसँगै म फुल्न सकिनँ। शिशिर होस् या गृष्म, तिम्रै पदचाप पर्खेर बसेँ, स्वीकृतिको पछ्यौरी विछ्यायौ तर म खुल्न सकिनँ। भमरा जस्तै प्रेमको फुलबारीमा डुल्न सकिनँ।
सधैँ जसो लेख्दा पनि कसैले नदेखे जस्तै गर्दा रहेछन् । अलिअलि जानेकाले त झन घमण्ड मस्तै गर्दा रहेछन् । मैले कोरेको सृजना चटपटा र प्रेमिल नहुदाखेरि , कामै केही नभएको जस्तो धेरै कुरा बस्तै गर्दा रहेछन् । आधुनिक साहित्यकार आलोचना प्रसस्तै गर्दा रहेछन् ।
✍️दुर्गा रिजाल आचार्य , मोरङ । ……………………………………………………………
पञ्चाङ्ग [१०]
हो हल्ला मा रमझम् बिहेमा गर्दैछन् हेर्नू। सिङ्गार्दै बेहुली आँचल भर्दैछन हेर्नू। अचानक फोनमा सुनेर आत्तिदै छन्, मटर पल्टेर त्याँ कति मर्दैछन् हेर्नू। कोही अस्पताल मलामी झर्दैछन् हेर्नू।
✍️कमला पाण्डे पराजुलि, झापा । ……………………………………………
पञ्चाङ्ग [११]
देश बचाउन लागि पर्नु छ। दुःखी गरिबको पेट भर्नु छ। मान्छे मान्छे बिच फरक देख्दा, धनी मानिसको खुसी हर्नु छ। अब दुःखीको जंघार तर्नु छ।
✍️ह्यारिस, काठमाडौं । ………………………………………
पञ्चाङ्ग [१२] [०१] हाम्रा नेता विदेशी मेजमानीमा पर्न छिरेका थिए। छिमेकी महासयका पाउमा गएर गिरेका थिए । अखण्ड भारत नेपाल नक्शामा सही गरेर आए , उहिले सही भन्दै मुर्रामा नागरिक तिरेका थिए। मोदी पाउमा यहाँ का नक्शा तिम्रै भन्दै फिरेका थिए। [०२] सांसद भवनमा सांसदहरू भुक्छन् मात्र । चेलीबेटी हिँड्न हुन्न गुन्डा बाटो ढुक्छन् मात्र। आ-आफ्नै घमण्डले देश आर्थिक संकटमा , देश भ्रष्टाचार गर्दै नेता आफैँ लुक्छन् मात्र। विदेशी देश चल्दा नेता आफैँ चुक्छन् मात्र।
हालात् यस्तो छ देश कु-बाटो हिंड्न थाल्यो। विदेशीको काखमा हाम्रो माटो हिंड्न थाल्यो। मिठो खान्कीको तलाशमा हामीहरू हिँड्दा, हाम्रो आफ्नै खान्की गुन्द्रुक आटो हिँड्न थाल्यो। पहिरन् विदेशी फेसन्को साटो हिँड्न थाल्यो।
नेता भोज खान छिमेकीकोमा छिरेका छन् महामहिम भन्दै पाउमा गिरेका छन् नेपाली भुमि अखण्ड भारतमा गाभ्दा नि खुसी भइ उपहार काधमा भिरेका छन् छिमेकीको भैंंसीमा नागरिक तिरेका छन्
✍️दुर्गा भट्टराई, मोरङ । ………………………………………………………
पञ्चाङ्ग [१५]
भोको पेट चर्किने गरि खान कमाउनु छ। विदेशबाट फर्किएर घर जमाउनु छ। देशमा बसेर केही गर्न नसकिने भयो, विदेशबाट ल्याएको पैसामा रमाउनु छ। वृद्ध हुँदा एक अर्कोको हात समाउनु छ।
सधैँ चोखो माया मनमा रहोस् । अमृत हो प्रेम तनमा रहोस् । गुमाउन लाइदैन यो प्रेम, अझै प्रेम आफ्नो पनमा रहोस् । भातृत्वको भाव जनमा रहोस् ।
✍️वीणा रोका, घोराही दाङ। …………………………………………
पञ्चाङ्ग [१८]
आफ्नो देश त आफैंले बनाउनु पर्छ भन्छ हर्क साम्पाङ। आफ्नो जिउ पनि आफैं कनाउनु पर्छ भन्छ हर्क साम्पाङ। पसिना शरीरमा जमेपछि त हो जिउ पनि चिलाउने, नाथे पसिना माटोमै खनाउनु पर्छ भन्छ हर्क साम्पाङ। पसिना काढेर जिउ गनाउनु पर्छ भन्छ हर्क साम्पाङ ।
✍️पशपती राई, खोटाङ । ………………………………………………
पञ्चाङ्ग [१९]
भन मेरो लागि के के गर्न सक्छौ। वर अनि पर कता सर्न सक्छौ। मित्रताको नाममा स्वार्थ देखायौ, के यो मुटु तिमी फेरि भर्न सक्छौ। एकै पल्ट अरु भर पर्न सक्छौ।
✍️सञ्जना शर्मा, दाङ लमही । ………………………………………
पञ्चाङ्ग [२०]
मन्दिर , चर्च , मस्जिदमा जस्तो पस्ने नगर । हाम्रो संस्कृति प्यारो छ यस्लाई डस्ने नगर । युगौँदेखि रमेका छौ खलबली नगर्नु है , मिति पुगेर पनि नेपालमै बस्ने नगर । जोगि भयौ मन्दिरको खरानी घस्ने नगर ।
✍️जानुका गौतम, काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [२१]
मनको कुरा साथीलाई नै खोल्नु पर्छ भन्छु । माया भएमा सधैँभरी नै बोल्नु पर्छ भन्छु । दुई दिनको जिन्दगीमा मरेर लानु छैन , दुई आत्मा मिलाई सदैव घोल्नु पर्छ भन्छु । कुविचार , कुमार्ग मिलेर पोल्नु पर्छ भन्छु ।
✍️संगिता शर्मा, सिन्धुली । …………………………………………………
पञ्चाङ्ग [२२]
आयो पानी छायो खुसी। किसानले पायो खुसी। खडेरीले मर्न लागेका, बोटमा त आयो खुसी। बिरुवाले रमाइ गायो खुसी।
✍️सुमित्रा पोखरेल, काठमाडौं । ………………………………………
पञ्चाङ्ग [२३]
तिम्रा चिप्ला कुराले मेरो मन चुक्यो साथी। मनमा धेरै चिन्ता हुँदा तन सुक्यो साथी। आँखा चिम्म पारेर मैले विस्वास गर्नाले, मुटु ढुकुढुक भै सासकन रुक्यो साथी। घाती रैछौ तिमी यो शिर झन झुक्यो साथी।
✍️सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [२४]
बिनाकाम रुक्नु हुन्न हामीले मान्नुपर्छ धर्म कर्म संस्कृति नि मिलेर धान्नुपर्छ पन्चरबाट बचाउन गाडी जिन्दगीको छाडेर हाम्रा राम्रा राम्रा साथी छान्नुपर्छ तथ्य कुरा सत्य हुन्छ सबैले जान्नुपर्छ ।
कहाँ भेटूँ कहाँ देखूँझैँ तिमीलाई हुन्न र? सागर भन्दा गहिरो मेरो मायाले छुन्न र? हेरेर रुन्छु चन्द्रमामा निष्ठुरी तिमीलाई मेरैजस्तो भएदेखि मन सम्झेर रुन्न र? मैले दिएको जाले रुमाल आँसुले धुन्न र?
✍️पुष्पा नेपाल (सुवेदी), इलाम । ……………………………………………………
पञ्चङ्ग [२८]
दिल खोलेर आउ पुजा गर्छु सधैँ। तिमी बिना वियोगमा नै मर्छु सधैँ। कस्तो छ मलाई तिमीलाई के थाहा? तिमी तिर आउने दिए सर्छु सधैँ। अब त म तिम्रो नै भर पर्छु सधैँ।
✍️रेणु चन्द ठकुरी , डोटि हाल काठमाडौं । ………………………………………………………
गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको व्यबस्थापन र दूतावासको आयोजनामा अधिकांश आप्रवासी नेपालीहरु कार्यरत रहेको साउदी अरबको पूर्वीय प्रान्तको दमाम शहरमा २ दिने अस्थायी शिविर सम्पन्न भएको छ ।
उक्त शिविर मार्फत राहदानी नवीकरण भई आएको नयाँ राहदानी मध्ये १ हजार २ सय जनाको राहदानी बितरण र विद्युतीय राहदानीको लागी ७ सय ९७ जनाको फारम संकलन गरि कुल १ हजार ९ सय ९७ जना सेवाग्राहीहरू लाभान्वित भएको एनआरएनए एनसीसी साउदी अरबले जनाएको छ।
फारम संकलनका लागी नेपाली दूतावास रियादका लागी द्वितीय सचिव टिकाराम उपाध्यायको नेतृत्वमा फारम संकलन गर्ने टोली राजधानी रियाद देखी ५ सय किलोमीटर टाढा रहेको दम्माम आएको थियो भने स्वयंसेवकको रूपमा गैर आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय, राष्ट्रीय, क्षेत्रिय र स्थानिय समन्वय परिषदका पदाधिकारी हरूको साथमा साउदीअरब स्थित क्रियाशील विभिन्न सामाजिक तथा राजनीतिक संघ संगठनका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
मेई महिनाको २२ तारिखमै सुचना जारी गर्दै जुन महिनाको ९ र १० तारीखका प्रि-ईनरोलमेन्ट अनलाईन फारम भरेर आउन दूतावासले सेवाग्राहीहरूलाई सुचित गरिएको थियो भने ह्वाट्स्एप नंबरहरू सार्वजनिक गरी संघका पदाधिकारीहरूले निःशुल्क फारम भरी सेवा ग्राहीलाई सेवा दिएको संघले जनाको छ। उक्त शिविर एनआरएनए एनसीसी साउदीका अनुसार विद्युतिय राहादानी जारी भए पश्चातको यो साउदीअरबका पूर्वी प्रान्त दम्मामका लागी दोस्रो राहदानी फारम संकलन शिविर संचालनमा आएको हो भने शिविर संचालनको लागी संघले पटक पटक अनौपचारिक तथा औपचारिक रूपमा नेपाली नियोग संग निरन्तर समन्वय गरेको संघले जनाको छ।
नेपाली दूतावास रियाद देखी ५ सय किलोमीटर टाढा रहेको पूर्विय प्रान्त दम्माम र त्यस वरिपरी आप्रवासी नेपाली श्रमिकहरू मध्ये लगभग ५०-६० प्रतिशत श्रमिकहरू रहेको देखिन्छ । उक्त क्षेत्रमा रहेको सेवाग्राहीहरू मध्ये शिविरको लाभ लिन नपाएकाहरूले भने यस प्रकारको शिविर निरन्तर हुनु पर्ने आशाय सहित पुनः शिविर संचालन हुनेमा आशंका व्यक्त गरेका छन्।संघ संग सिमित स्रोत रहने भएकाले यस प्रकारको व्यवस्थापन निरन्तर गर्न नसकिने कुरालाई मध्यनजर गर्दै लाखौँ सेवाग्रहीहरू पाईपलाइनमा रहेकाले पनि अस्थायी सिविर अनिवार्य संचालन हुनु पर्ने भए पनि अगामी दिनमा यसले निरन्तरता पाउनेमा आशंका व्यक्त गरेका छन्।
दूतावासले तोकिएको टाईमस्लटमा अपोईन्टमेन्ट नपाए पछि अघिल्लो पटकको लागी अपोईन्टमेन्ट लिएकाहरूले पनि सेवा पाउने सुचना अनुसार सेवाको लागी सेवा ग्राहीहरू बिहान ४ बजे देखी शिविरमा लाईनमा बसेका थिए।तोकिएको दिनको फारमलाई प्राथमिकता दिएको कारण आफु बिहानै आएको भए पनि काम साँझ ७ बजे भएको कुमार थाले बताए। थकित र फारम बुझाउन पाएकोमा खुशी हुँदै थापाले भने “मासिक रूपमा सिविर निरन्तर हुने निश्चित भए भिड कम हुने र सेवाग्रहीले सहज रूपमा सेवा पाउने थियो”। बिहान कम्पनीको डिउटी सकाएर ११ बजे शिविर आईपुगेका सुबास विस्टले पनि अन्तिम समयमा फारम बुझाउन पाए। बिहान ६ बजे नै आईपुगेका राजु पौडेलले भने “ बरू कोठा भाडाको लागी २०/२५ रियाल अतिरिक्त शुल्क लिएर स्थाई कार्यलय नै राखी साप्ताहिक रूपमा फारम संकलन गरे यसरी पुरै दिन लाईनमा बस्नु पर्ने अवस्था त आउँदैन थियो”। अब अर्को पटकको शिविर कहिले आउँछ भन्ने प्रश्नमा नेपाली दूतावास रियादका लागी द्वितीय सचिव टिकाराम उपाध्याय भन्नुहुन्छ “मिती नै तोकेर भन्न सकिन्न तर २ साँडे २ महिना पछि आउँछौँ होला तर यो बजेट पछाडी मन्त्रालयको कस्तो निर्देशण आउँछ त्यसलाई पनि हेर्नु पर्छ। ई-पासपोर्टको लागी फारम संकलन गर्दा सिधै सरभरमा कनेक्ट हुनु पर्ने भएकोले ईक्विपमेन्ट र जनशक्तिको पनि अभाव छ हामी संग”। सेवाग्राहीहरू अलहास्सा, खव्जि, जुवेल र सल्वा लगाएतका क्षेत्रहरू बाट आएका थिए।
प्यूठान : प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। स्वर्गद्वारी मन्दिरमा दर्शन गरेर फर्किँदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले पुष्टि गरेको छ।
प्रहरीका अनुसार लु१च ६३४५ नम्बरको कार भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो। जीपमा सवार आठजनाकै घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौं–रियाद–काठमाडौं उडान रोकिने भएको छ । नेपाल एयरलाइन्सले २२ अप्रिल २०२२ बाट काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको हो ।
अहिले काठमाडौं–रियाद–काठमाडौं उडान नेपाल एयरलाइनसको आरए १५८ सिट क्षमताको विमानले उडान गर्दै आइरहेको छ । जिएसएमार्फत् ‘पार्किङ स्लट’ लिँदै नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौं उडान सुरु गरेको थियो ।
नेपाल एयरलाइन्सले सुरुमा साताको तीन उडान गर्दै आएको थियो । रियादमा ‘पार्किङ स्लट’ नपाएपछि त्यहाँ गर्दै आएको उडान जुलाई १ तारिखबाट अन्यत्र ठाउँबाट उडान भर्ने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दियो ।
अक्कुपेन्सी हुँदाहुँदै पनि अहिले नेपाल एयरलाइन्सले काठमाडौं–रियाद–काठमाडौंको उडान साउदीको अर्काे सहर दमामबाट उडान गर्ने तयारी गरिरहेको छ । सुरुमा सातामा तीन उडान गरे पनि पछिल्लो समय पार्किङ ‘स्लट’ नपाउँदा एउटा उडानमा सीमित हुन पुगेको छ ।
स्रोतले दिएको जानकारीअनुसार अहिले काठमाडौं–रियाद–काठमाडौं उडानमा अक्कुपेन्सी ८० प्रतिशत छ । जबकि ७० प्रतिशत भन्दा बढी अक्कुपेन्सीलाई नाफाको रुपमा लिइन्छ । नेपाल एयरलाइन्सले आगामी जुन २९ तारिखसम्म रियादमा अन्तिम उडान तयारी गरिरहेको स्रोतले जानकारी दियो ।
अर्थात् जुलाई एक तारिखबाट नेपाल एयरलाइन्सले काठमाडौं–दमाम–काठमाडौं उडान भर्ने गरी तयारी गरिरहेको छ । रियादमा एयरलाइन्सले पार्किङ स्लट भनेको समयमा नपाउने र उनीहरूले दिएको समयमा उडान गर्नुपर्ने भएपछि अर्काे सहरबाट उडान गर्ने तयारी गरिरहेको छ ।
रियाद सहर साउदीको राजधानी हो । रियाद–दमामको दुरी ४१० किलोमिटर हो । साताको तीन उडान सुरु गरेको नेपाल एयरलाइन्सले अहिले उनीहरूले दिएको समयअनुसार सातामा कहिले दुई त, कहिले एक उडान गर्दै आइरहेको छ ।
यस अघि दमामबाट हिमालय एयरलाइन्सले दैनिक उडान गर्दै आएकोमा पछिल्लो समयमा एयरलाइन्सकै बिना कारण फ्लाईट क्यान्सिल गरी नेपाली यात्रुका बिच आफ्नो बिष्वसनियता गुमाउदै गएको अवस्थामा नेपाली ध्वजावाहक बाट दमाम स्थित नेपाली हरु भने आसावानतित देखिन्छन्।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला– १०७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू