
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

उदक अभ्यास शृङ्खला– १०७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
दम्पती
पक्रेर हात
कट्दैछ जीवन साथ !
- वसन्त अनुभव, दाङ
[२]
दम्पती
मन मिलेमा
चाहिँदैन कुनै सम्पत्ति !
- सरिता सेढाइ, धादिङ
[३]
दम्पती
चाहिँदैन सम्पत्ति
दिलमा दिल मिलेपछि !
- पशपती राई, खोटाङ
[४]
दम्पती
प्रेमिल जोडी
सम्पूर्ण जीवन सम्पत्ति !
- जमुना कायस्थ, पोखरा
[५]
दम्पती
मन मिलेपछि
चाहिँदैन कुनै सम्पत्ति !
- बेदु न्यौपाने, काठमाडौँ
[६]
मान्छे
वृद्धावस्था सङ्कट
बिताउन अधिक झन्झट !
- भवानी घिमिरे, सर्लाही
[७]
वृद्धावस्था
वैवाहिक सम्बन्ध
सधैँ एकअर्काकाे परिपूरक !
-:प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[८]
जिन्दगी
बिताउँ एकसाथ
मायामा समाउँदै हात !
- अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन नपा-६, संखुवासभा
[९]
जिन्दगी
काटौंँ रथको
दुई पाङ्ग्रा बनी !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[१०]
साथ
पाए आफ्नाकाे
चल्छ जिन्दगी रूखमुनि !
- निरज कोइराला
[११]
दम्पती
एकअकार्का साहारा
बुढेसकालमा फुलेको लहरा !
- म्यामराज राई
[१२]
जीवन
सार्थकताकाे आभाष
वृद्व अवस्थामा साथ !
- राेशन पराजुली, धरान
[१३]
जिन्दगी
दुईजनाको साथ
भरोसा समाउने हात !
- सविता के.सी., दक्षिणकाली-९, काठमाडौँ ।
[१४]
दम्पती
अमूल्य सम्पत्ति
उही पुरानो जम्पती !
- अच्युत घिमिरे, भुटान
[१५]
पुरानो
हुँदैन माया
जीवनको घाम छाया !
- अमृत सुवेदी, रुपा सात, कास्की
[१६]
दम्पती
आपसमा सहारा
जीवनमा यही सम्पत्ति !
- राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर
[१७]
जिन्दगी
एक रथका
दुई पाङ्ग्रा पथका !
- डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा
[१८]
चौतारी
वर पीपलको
शीतल छहारी जिन्दगीको !
- आर्त अकुलीन, कैलाली
[१९]
साथ
नछोड्नु हात
बनोस् उदाहरण मिलाप !
- मङ्गला उपाध्याय, बारा
[२०]
दम्पती
एकअर्काको साहारा
आखिरी समयको सम्पत्ति !
- कविता आचार्य, कैलाली
[२१]
अमिट
बुढेसकालको सम्पत्ति
जीवनको सहारा दम्पती !
- कमला देवकोटा, पाल्पा
[२२]
सहारा
सधैँ एकअर्काका
कठै बुढाबुढी बिचरा !
- बी.के. विरही, टीकापुर
[२३]
सहारा
पतिलाई पत्निको
अनि पत्निलाई पतिको !
- घनश्याम पौडेल, पोखरा
[२४]
दम्पती
हात समाई
घुम्ने हो पृथ्वी !
- रमेश प्रभात
[२५]
शाश्वत
प्रेमको अमरत्व
प्रमाण जीवन दाम्पत्य !
- केन्द्रप्रकाश बराल, इलाम
[२६]
सम्बन्ध
बलिया हात
एकअर्काको बलियो साथ !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२६]
दम्पती
हात समाउँदै
जिन्दगीको यात्रा सँगसँगै !
- बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
कनकाई-४, झापा
[२८]
भरोसा
सधैँ एकआपसमा
जीवनका उकाली ओरालीमा !
- समुन्द्रा शर्मा, सुनसरी
[२९]
दम्पती
बस्छ्न् रमाएर
एकअर्काको हात समाएर !
- प्रविना प्रयासी, ओखलढुंगा
[३०]
यो
उमेरै यस्तो
परस्पर सहारा दुईको !
- टेकनारायण रिमाल ‘कौशिक’
याङ्गौँ, म्यान्मा(बर्मा)
[३१]
जीवनसाथी
जीवनको उत्तरार्द्धमा
सबैभन्दा नजिकको साथी !
- लक्ष्मी अर्याल, काठमाडौँ
[३२]
दम्पती
सहारा आर्काको
नहुँदा पनि सम्पत्ति !
- दुर्गा आचार्य, मोरङ
[३३]
साथ
एक अर्काको
तिम्रो मेरो लौरो !
- चक्र शाही, कैलाली
[३४]
जाति
जीवन साथी
कहिल्यै नहुने तलमाथि !
- दुर्गा भमरकोटे, काठमाडौँ
[३५]
सहयात्री
अँध्यारोमा सहारा
उज्यालोमा दिउँला पहरा !
- अम्विका अधिकारी, झापा
[३६]
सहारा
श्रीमतीले जस्तो
दु:खमा दिँदैनन् कसैले
- प्रदिप नेपाली, पर्वत
[३७]
दम्पती
युगका पति
बच्चा उनकै सम्पत्ति !
- टीकाराम पुन टिपु, सल्यान
[३८]
आत्मियता
सम्बन्धको नाता
युगौँ युगको सहयात्रा !
- डी पी दोभान, कैलाली
[३९]
दम्पती
अमर जोडी
मृत्युपर्यन्त जीवन साथी !
- विवश पारदर्शी, झापा
[४०]
दम्पती
जीवनको उत्तरार्धमा
हात समाई साथसाथ !
- गोपालप्रसाद पौड्याल, विराटनगर
[४१]
जोडी
बिश्वासमा अडिएको
सुख दुःखको साहारा !
- धनमाया चौधरी, कैलाली
[४२]
बुढेसकाल
छैन सहारा
एकआपसमा बनेको सहारा !
- धर्मी शाक्य, बुटवल, रुपन्देही
[४३]
सारथी
अपार माया
बुढेसकालको एउटै सहारा !
- सीता पाण्डेय मरासिनी, तम्घास, गुल्मी
[४४]
दम्पती
समातेर हात
सधैँ जीवनको साथ !
- दुर्गा भट्टराई
[४५]
दम्पती
बित्दैछ जिन्दगी
खुसीले एकअर्काका साथ !
- सरस्वती श्रेष्ठ, इटहरी
[४६]
दम्पती
रथका पाङ्ग्रा
एक अर्काको भरोसा !
- त्रिलोक रामदाम
सि.न.न.पा.-८, भैरहवा
[४७]
सहारा
सधैँ एकर्काको
ती हुन् दाम्पतिक !
- सोमनाथ लुइटेल ‘रवि पाल्पाली’
[४८]
दम्पती
प्रेमिल सम्बन्ध
जिन्दगीकाे उत्तरार्धसम्म सहारा !
- श्रद्धा आचार्य , पोखरा
[४९]
दम्पती
बुढेसकालकाे सहारा
एकअर्काको टेक्ने लठ्ठी !
- उर्मिला के.सी., धनकुटा
[५०]
दम्पती
हुनुपर्छ सदैव
माया प्रेमको सम्पत्ति !
- प्रेम थापा ‘मन’,बागलुङ
[५१]
दम्पती
आपसको सम्पत्ति
बेसहारा जीवन बाटोको !
- सरिता काफ्ले, कोहलपुर, बाँके
[५२]
साथ
सदा मलाई
तिम्रो तिमीलाई मेरो !
- सुमित्रा पोखरेल, काठमाडौँ
[५३]
उत्तरार्ध
आशा भराेसा
रथका दुई पाङ्ग्रा !
- नारायण प्रसाद उपाध्याय, कैलाली

