• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

धान दिवस अर्थात असार पन्ध्र विशेष पञ्चाङ्ग लेखन शृङ्खला सम्पन्न

  • १८ असार २०८०, सोमबार २०:१८ मा प्रकाशित
  • धान दिवस अर्थात असार पन्ध्र विशेष पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्गस्रष्टाहरुमा हार्दिक अनुरोध छ।(सम्पूर्ण नेपालीहरुमा असार पन्ध्र वा धान दिवसको शुभकामना)

    पञ्चाङ्ग:०१
    कृषि प्रधान देश मेरो आफैँमा गर्व छ यहाँ ।
    दही चिउरा खाइ खेतमा जाने पर्व छ यहाँ ।
    गमलामा धान राेप्ने कुसंस्कारकाे पाटाे फ्याक्दै ,
    फलाउँनु पर्छ अन्न धेर खर्व खर्व छ यहाँ ।
    आत्मनिर्भर बन्दै बेचौ है अन्न अर्व छ यहाँ ।

    पञ्चाङ्ग:०२
    नबस घर पल्टिएर असारे मेलाे सुक्नु हुन्न ।
    उखाल बिउ कसेर है बाँध गरामा फुक्नु हुन्न।
    मौका यही हाे गाउँला दाेहाेरी धित खाेलेर आज ,
    तिमी हलाे जाेत म धान राेप्छु लाजले लुक्नु हुन्न ।
    किसानकाे ठुलो पर्व मिलेर मनाऔं चुक्नु हुन्न ।
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०२
    असार पन्ध्र पानी परेको छ।
    मानिस सबै बेशी झरेको छ।
    मानो रोपेर मुरी फलाउने,
    त्यसैको लागि काम गरेको छ।
    खान नपाई कति मरेको छ।
    -सुशीला पाैडेल

    पञ्चाङ्ग:०३

    दही चिउरा   खाएर जाऊँ।
    रोपाइँ   गर्न  धाएर   जाऊँ।
    ढिलो होला नि चमेली साँझ,
    छिट्टै सकौँ है आएर  जाऊँ।
    बाटुली सँगी गाएर   जाऊँ।
    -जमुना आचार्य

    पञ्चाङ्ग:०४
    किसान हामी खेतमा मुठ्ठी छरौँला साथी।
    मङ्सिर पर्खी हामिले मुरि भरौँला साथी।
    मुठ्ठी   छरी  मुरि     बनाउने हामी कृषक,
    दबदबे   हिलोमा नै   दु:ख गरौँला साथी।
    पानी छैन  बर्साको नै  भर परौँला साथी।
    -सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०५
    असार पन्ध्र दही र च्युरा खाएर मान्छाैँ,
    खेतमा अाज राेपाई गर्न छाएर मान्छाैँ,
    किसानले राेपेर खेत  हरियैँ पार्दैछन्,
    हामी बिबिध पर्व,संस्कृति धाएर मान्छाैँ
    मंसिरमा धान फल्छ  केही पाएर मान्छाैँ
    -शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६  
    असार पन्ध्र दही चिउरा खाँदै रमाई गरूँला रोपाइँ ।असारमा रोपेर मानु मङ्सिरमा मुरी भरूँला रोपाइँ ।मानु रोपि मुरी फलाई वर्ष दिन खाने यहि हो कमाई असार मास दबदबे हिलो धान रोप्दै सरूँला रोपाइँ ।असार पन्ध्र साथि भाइ साथ  बिउ रोप्दै  छरूँला रोपाइँ ।                         
    -बेदु न्यौपाने काठमाडौ ❤️

    पञ्चाङ्ग:०७
    असारे पन्ध्र त्यो गैरी खेत रोपौला धान है।
    यी दुवै पाखुरी चलाएर राखौला  शान है।
    पसिना बगोस् रगत बगोस् यही यो माटोमा,
    मेरा प्यारा नजानु विदेश भनेको मान है।
    आफ्नै देशको पाटो र माटो पवित्र ठान है।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८
    असारको पन्ध्र दही र चिउरा खाएर मनाउँ।
    असार महिनामा असारे गीत गाएर मनाउँ।
    कृषि प्रधान देश भएर झरी बादल नभनी,
    धावन्ते खेती घोकन्ते विद्या भन्छन् धाएर मनाउँ।
    खेतका गरागरामा हामी हिलो साएर मनाउँ।
    -सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०९
    अब रोपाइँ गर्न छिटो धाएर जाऊँ ।
    हिलोले भिज्छ छोटा लुगा लाएर जाऊँ।
    घर देखि परसम्म आफैं भ्याउनु छ,
    चिउरा , केरा अनि दही  खाएर जाऊँ
    एकै छिन असारे गीत गाएर जाऊँ। 
    -दुर्गा भट्टराई  मोरङ

    पञ्चाङ्ग:१०
    अक्षर-१६
    १.
    असार पन्ध्र दही र च्युरा खाएर मानाउने
    खेतमा आज राेपाई गर्न छाएर मनाउने
    मानो रोपेर मुरीमा फलाउने बेला अहिले,
    बर्षमा आउने यी संस्कृति धाएर मनाउने,
    मंसिरमा मोति फल्छ त्यहीँ पाएर मनाउने।
    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:११
    जोश अनि जाँगर चलाउने दिन आयो ।
    बादलले  छल्ने र छलाउने दिन आयो ।
    असार पन्ध्र दही र चिउरा खाँदै हेर्नुस्,
    मनभित्र    उमङ्ग   पलाउने दिन आयो ।
    मानो  छरेर  मुरी  फलाउने दिन आयो ।
    -वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on धान दिवस अर्थात असार पन्ध्र विशेष पञ्चाङ्ग लेखन शृङ्खला सम्पन्न

    एनआरएनए आरसीसी ताबुकको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न।

  • १८ असार २०८०, सोमबार १२:२६ मा प्रकाशित
  • देबी बहादुर कार्की

    गत ३० जुन २०२३ शुक्रबारका दिन मुस्लिम समुदायको पर्व इद अल अधा-२०२३ को अवसरमा NRNA – RCC ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नर बहादुर खतिवडाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल, विशिष्ट अथितीद्वय आर सि सि ताबुकको संरक्षक साथै सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि जेद्दाका वर्तमान अध्यक्ष डि पि अर्यालको उपस्थिति रहेको थियो भने अथितिहरुमा आर सि सि जेद्दाका सह-सचिव देवराज अर्याल, आर सि सि जेद्दाका सह-कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया, हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ, लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बास्तोलाको उपस्थिति रहेको थियो। त्यसैगरी ताबुक र ताबुक आसपासमा रहेका दाजुभाइ तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आर सि सि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा आमन्त्रित महामहीम राजदूत नवराज सुवेदी र का. बा. महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।

    कार्यक्रममा अतिथिको आसनग्रहण पछि कार्यक्रम को औपचारिक उद्घाटन दिप प्रज्वलन बाट गरिएको थियो त्यसपछि राष्ट्रियगान बजाएर कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सावित्रा बनको रहेको थियो।

    यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष रविना अर्याल साथै सह-प्रायोजक हरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा, शुशिल तामाङ, सनम चौधरी थापा र विष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले गरेको थियो।

    पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो रहेको थियो। भलिबल प्रतियोगिता सौहार्दपूर्ण र विवाद रहित वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागिता जनाउनको लागि टाढा टाढाबाट दर्शकहरुको उल्लेखनीय उत्साहजनक उपस्थिती रहेको थियो।

    कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन गर्नुपर्ने बताएको थियो।
    बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भर पुर मनोरन्जन दिनुभएको थियो।
    कार्यक्रममा महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गित संगीत र खेलकुदको माध्यमबाट जिवनमा हुने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । कतिपय कार्य नेपालमा सामन्य रहेपनि यहाँ गैरकानुनी हुने हुदा त्यस्ता कार्यहरु नगर्नु अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा ताबुक,दुवा, शर्मा र हागल लगायतका शहरबाट करिब ५ सय जनाको उपस्थिति थियो ।
    श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको भिन्न भिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।
    बिभिन्न कम्पनीमा कार्यरत श्रमिक हरुले आ आफनो गुनासो राख्नु भएको थियो ।
    कार्यक्रमकै दौरानमा आर सि सि ताबुकले सहभागि श्रमिकहरु संग श्रमिक सर्वेक्षण र कार्यक्रमको प्रतिकृया लिने काम पनि गरेको थियो।
    कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाको हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो।

    यस कार्यक्रमलाई भव्य र सव्य बनाउन गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पदाधिकारी अहोरात्र खटेका थिए। सचिव बुद्धि प्रसाद बास्तोला र पुर्व उपाध्यक्ष देबी बहादुर कार्की लगायत कार्यसमितिका सदस्य , स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एनआरएनए आरसीसी ताबुकको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न।

    मायादेवी गाउँपालिका पुर्ण साक्षर घोषणा ।।

  • १८ असार २०८०, सोमबार १२:१७ मा प्रकाशित
  • कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका पुर्ण साक्षर गाउँपालिका घोषण गरिएको छ । यस अघि पालिकाले ८ वटा वडा पुर्ण साक्षर घोषणा भैसकेकोमा एक कर्याक्रमका बीच गाउँपालिकालाई नै पुर्ण साक्षर घोषणा गरिएको हो ।

    १५ देखि ६० वर्ष उमेर समुहका जनसंख्या ९५ प्रतिशत बढी साक्षर भए संगै गाउँपालिकालाई पुर्ण साक्षर घोषणा गरिएको मायादेवी गाउँपालिका अध्यक्ष वलिउद्दिन मुसलमानले जानकारी दिए ।

    पछिल्लो जनगणना अनुसार गाउँपालिकाका १५ देखि ६० वर्ष उमेर समुहका ९५ प्रतीशत बढि साक्षर भए पछि गाउँपालिका साक्षर घोषणा गरिएको अध्यक्ष मुसलमानले बताए । बाकी रहेको निरक्षर जनसंख्यालाई आगामी दिनमा निरन्तर सिकाइ तथा वैकल्पिक सिकाइको माध्यमबाट पालिकालाई साक्षर बनाउने योजना रहेको छ ।

    बिधालय उमेरका बालबालिकालाई शत प्रतिशत बिधालय भर्ना गरि औपचारिक माध्यम बाट शिक्षा प्रदान गर्ने र बिधालय बाहिर रहेको तथा १५ वर्ष माथिका ब्याक्तीलाई सामुदायिक सिकाइ केन्द्रहरुको माध्यमबाट शिक्षा दिने ब्यवस्था गाउँपालिकाले मिलाउने छ ।

    घोषणासभामा बोल्दै कपिलवस्तु १ का संघिय सांसद बलराम अधिकारीले गाउँपालिकालाई साक्षर घोषणा गरिए सङै साक्षरता र सचेतना कार्यक्रमलाई थप प्राथमिकता दिनु पर्ने बताए । शिक्षा सेवामा गरिने लगानीमा समुदायको अपनत्व आवश्यक रहेकोमा प्रदेशसभा सदस्य मधुसुदनशरण चौधरीले बताए ।

    साक्षर गाउँपालिका घोषणा सङै बाकी निरक्षर जनसंख्या केन्द्रित कार्यक्रम अगाडि बढाउन जिल्ला समन्वय समितीका प्रमुख बाबुराम आचर्यले सुझाव दिए । जिल्ला साक्षर घोषणा गरि प्रदेशलाई नै साक्षर प्रदेश बनाउने अभियानमा गाउँपालिका पुर्ण साक्षर घोषणाले सहयोग पुर्याएको जिल्ला शिक्षा समन्वय ईकाईका प्रमुख थनेश्वर घिमिरेले बताए ।

    पुर्बमन्त्री दान बहादुर चौधरी ,पुर्ब सांसद रामलौटन तिवारी ,पालिका उपध्याक्ष सरस्वती यादव ,पालिका शिक्षा शाखा प्रमुख माधब प्रसाद घिमिरे लगायतले गाउँपालिकालाई पुर्ण साक्षर गरिएसङै शिक्षाका कार्यक्रमले थप प्राथमिकता पाउने बिश्वास ब्याक्त गरे ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on मायादेवी गाउँपालिका पुर्ण साक्षर घोषणा ।।

    पञ्चाङ्ग चित्रपट भाग-३४ (हरिशयनी एकादशी विशेष)

  • १६ असार २०८०, शनिबार २०:५२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :-३४ (हरिशयनी एकादशी विशेष)
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/०३/ १४ गते

    आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३४ [ चौत्तिसौँ] चित्रपटमा छौं।

    यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ९:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    ~~~~~~
    पञ्चाङ्ग:०१
    हरिशयनी एकादशी मान्नु पर्छ।
    यो वार्षिक चाडपर्व हो ठान्नु पर्छ।
    तुलसी रोपेर मनाउ हामीले आज,
    पुर्खाको परम्परालाई धान्नु पर्छ।
    रितिरिवाज हामीले जान्नु पर्छ।

    पञ्चाङ्ग:०२

    भाेकै म बसेँ धर्म खातिर ।
    कम्मर कसेँ धर्म खातिर ।
    एकादशीकाे भजन गाइ ,
    मन्दिर पसेँ धर्म खातिर ।
    तिलक घसेँ धर्म खातिर ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    तुलसी रोपण गरि पो पुण्य कमायौ खुब।
    फलफुल अर्पण गरि त्यहाँ रमायौ खुब।
    धुप, दिप, नैवेध फूल चढाउँदै मठमा,
    ईश्वरको नै समिपमा स्थान जमायौ खुब।
    लोकभरका मानवको हात समायौ खुब।

    सरिता काफ्ले कोहलपुर ८ पिपिरी बाँके

    पञ्चाङ्ग:०४
    आफ्नो धर्म संस्कृति मान्नु पर्छ ।
    आफ्नो सस्कार के हो जान्नु पर्छ ।
    तुलसी रोप्दै आजको दिनमा ,
    कर्म नि आफ्नो ठुलो ठान्नु पर्छ ।
    परम्परा हामीले धान्नु पर्छ ।

    बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४झापा

    पञ्चाङ्ग:०५

    हरिशयनी एकादशी मानाैँ सबैले।
    एकादशीकाे महत्त्व याे जानाैँ सबैले।
    हाम्रो धर्म सदियाै देखि चलिआएको,
    पुर्खाले माने सहि कर्म ठानाै सबैले।
    पुर्खाले मानेका सस्कृति धानाैँ सबैले।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०६
    हरिशयनी एकादशी व्रत बसौँ पूजा गरौँ हामी ।
    स्नान र पूजा अर्चना गर्दै तुलसी वृक्ष भरौ हामी ।
    हिन्दु धर्म संस्कार संस्कृति हो हाम्रो जोगाउनु पर्छ ,
    आफ्नै देशमा संस्कार र संस्कृतिको ज्ञान छरौँ हामी ।
    धर्म सार्दै हरि भज्दै सबैको दु:ख पिडा हरौँ हामी।
    बेदु न्यौपाने
    काठमाडौ ❤️
    पञ्चाङ्:०७

    तुलसी पूजा आजा गरि सकेँ एकादशीमा।
    म आज फलाहार गरि बसेँ एकादशीमा।
    फूल ,धूप दीप ,नैवेध्य चढाउदै मठमा,
    अन्न नखाई नै कम्मर कसेँ एकादशीमा,
    भजन गाउन मन्दिर पसेँ एकादशीमा।
    दुर्गा भट्टराई

    पञ्चाङ्ग०८
    हाम्रो धर्मले हामीलाई सधैं स्वस्थ भएर बाँच भन्छ।
    जति बाच्न पाउछौ बाचुन्जेल नै छमछम नाच भन्छ।
    स्वस्थ रहन महिनामा एक दिन भोको बसेको राम्रो
    भोको बसेर बचेको अन्न दुःखीलाई दिन साँच भन्छ।
    हाम्रो चाड पर्व लाई जीवन दर्शन सङ्ग जाँच भन्छ।
    ✍️पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०९
    अक्षर-१८

    दबाइको रुपमा मानिने तुलसी लाएर हेरौँ,
    रुघा मर्की ज्वरोमा तातोपानी संग खाएर हेरौँ।
    धर्मको हिसाबले पनि रोपिदै छ आज यस्लाई,
    हो हरेक ठाउँमा यिनकै चर्चा छ गाएर हेरौँ
    घर मन्दिरमा तुलसी कै महिमा गाएर हेरौँ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:१०
    घर आँगन गोबरले लिपि चिटिक्क पारौँला।
    मठमा बस्ने तुलसीलाई नि रीमिक्क पारौंँला।
    हामी सबै व्रत बसी गरौंँन भजन किर्तन,
    वरिपरि फुलैफूल बर्साई झिपिक्क पारौंँला।
    मन्दिरमा नि जोर बत्ती वाली धिपिक्क पारौंँला।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:११
    आज मठमा तुलसी लगाउनु पर्छ।
    हामी रोगव्याध सबै भगाउनु पर्छ।
    औषधी जन्य बिरुवा तुलसी रोपेर,
    शुद्ध अक्सिजनलाई मगाउनु पर्छ।
    तुलसीको बारे सबै जगाउनु पर्छ।
    ह्यारिस

    पञ्चाङ्ग:१२
    एकादशीमा तुलसी राेपेर मन्दिर झैँ याे घर सजाऊ ।
    हजारौँ अक्सिजनकाे श्राेत भएकाले नै हाे भर सजाऊ
    धर्म र विज्ञानकाे उद्देश्य अधिक मिल्ने हुँदा मानवले,
    दुबिधाकाे बादल उधार्दै याे संसारमा नर सजाऊ ।
    संस्कृति हाे धन अझै सुन्दर पार्न पिपल वर सजाऊ ।
    मीना देवकोटा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग-३४ (हरिशयनी एकादशी विशेष)

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १५ असार २०८०, शुक्रबार ११:४७ मा प्रकाशित
  • उदकहरू
    १.
    बिछोड
    सहन गाह्रो
    अन्तिम घडीको निचोड।
    २.
    मर्म
    लेखान्त भएको
    आफैँ भोगिने कर्म।
    ३.
    माया
    कहिल्यै नछाड्ने
    अपत्यारिलो आफ्नै छाया ।
    ४.
    मान
    साथमा गौरव
    उच्चस्तरको सम्मानित सान।
    ५.
    सदाचार
    ज्ञानको भण्डार
    अमुल्य शब्द बिचार ।
    ६.
    हिमाल
    नेपालको सान
    हरेक नागरिकको पहिचान ।
    ७.
    हरियो
    देख्दा सानो
    तीखो मीठो पिरो।
    ८.
    आमा
    निश्वार्थ मनमा
    जगतको भलो सोच्ने।
    ९.
    कर्म
    कहाँ गरिन्छ
    फल पाउने धर्म।
    १०.
    सम्झौता
    जीवन चलाउन
    अपनाइने अनेक बाध्यता।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    पञ्चाङ्ग साहित्य समाज, नेपालको प्रथम वार्षिकोत्सव विशेष शुभकामना पञ्चाङ्गहरू

  • १४ असार २०८०, बिहीबार १७:०४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अनौपचारीक रूपमा २०७८/०३/०१देखि सुरु भएता पनि  औपचारीक रुपमा वा सरकारी आलेखमा आजैको दिन देखि सुरु भएको हुँदा ( २०७९/०३/१३ )यस दिनलाई विशेष बनाउनको लागि वार्षिक उत्सव विशेष एक एक वटा पञ्चाङ्ग लेख्नु हुन सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा हार्दिक अनुरोध गर्दछौं।

    पञ्चाङ्ग:०१
    पञ्चाङ्ग भव्य बनाउनु छ हामी मिलेर।
    वार्षिक दिन मनाउनु छ हामी मिलेर।
    आजै हो पञ्चाङ्ग औपचारीक जन्मिएको,
    साझेदारीता जनाउनु छ हामी मिलेर।
    रङ्गीन फूल खनाउनु छ हामी मिलेर।
    -सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    शब्दहरू उत्कृष्ट बुनाैं पञ्चाङ्गलाई।
    अक्षरलाई सधैं गुनाैं पञ्चाङ्गलाई।
    शुभकामना धेरै दिन्छु सफल रहाेस्,
    साहित्यमा जहिल्यै चुनाैं पञ्चाङ्गलाई।
    शिखर चुम्या सधै सुनाैं पञ्चाङ्गलाई ।
    -दामोदर ढकाल दीपक

    पञ्चाङ्ग-०३
    अक्षर-१९
    पञ्चाङ्ग साहित्यलाई शुभकामना भनेकि छु सधँ।
    पञ्चाङ्गको हर दिनमा सच्चा मित्र बनेकि छु सधैँ।
    फलोस र फुलोस पञ्चाङ्गले संसार ढाकेर जावस्
    तिमीले पुग्न नसक्ने गोरेटोपनि खनेकि छु सधैँ ।
    सच्चा साहित्यको कलम दिन रात गनेकि छु सधैँ।
    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    जन्मदिनको  कामना गर्छु पञ्चाङ्ग साहित्यलाई ।
    सुन्दरताको  वामना  भर्छु पञ्चाङ्ग साहित्यलाई ।
    नेपालदेखि  विदेशसम्म त  कृति फैलिदै जान्छ ,
    मेलमिलाप  सामना  पर्छु पञ्चाङ्ग साहित्यलाई ।
    हामीसबैको महामना हर्छु पञ्चाङ्ग साहित्यलाई ।
    -सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा
    हाल:-  काठमाडौं ।

    पञ्चाङ्ग:०५
    पञ्चाङ्गलाई शुभकामना दिदैै गर्नुछ सधैँ।
    पञ्चाङ्गकाे जन्मदिनको अक्षर भर्नुछ सधैँ।
    अगाडि बढ्दै जान पाईयाेस पञ्चाङ्ग लेखेर,
    शब्दहरु लेखेर विशाल खाेला तर्नुछ सधैँ।
    साहित्यकाे लेख्दैँ शिखर चुमेर झर्नु छ सधैँ।
    -शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    शुभकामना
    मनाउँ वार्षिक उत्सव पञ्चाङ् रहर बनोस,
    सबैको  सुन्ने  बुझ्ने यो  राम्रो खबर  बनोस
    फैलियोस् जगतमा उज्यालो बनेर साहित्ये
    पञ्चाङ्ग युक्तो नेपाली धर्ती र सगर  बनोस्
    लेखौं समाज देशको  साहित्य  घर बनोस।
    -सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:०६
    पञ्चाङ्गलाई शुभकामना दिदैै गर्नुछ सधैँ
    पञ्चाङ्गकाे जन्मदिनको अक्षर भर्नुछ सधैँ,
    अगाडि बढ्दै जान पाईयाेस पञ्चाङ्ग लेखेर,
    शब्दहरु लेखेर विशाल खाेला तर्नुछ सधैँ,
    साहित्यकाे लेख्दैँ शिखर चुमेर झर्नु छ सधैँ।
    -शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:०७
    पञ्चाङ्ग साहित्यको वार्षिकोत्सबमा शुभकामना गरौँ है ।
    जीवन भर पञ्चाङ्ग साहित्यको शव्दमा अक्षर भरौँ है।
    पञ्चाङ्ग साहित्य कृति लेखेर इतिहासमा छाप छोड्नु छ ,
    पञ्चाङ्ग साहित्यका कृतिहरू लेखेर बिश्व भरी छरौँ है।
    पञ्चाङ्ग साहित्य शब्दहरू बाट मानवीय पिडा हरौँ है।
    -बेदु न्यौपाने
    काठमाडौ 💕

    पञ्चाङ्ग:०८
    पुग्याे वर्ष दुई निरन्तर यहाँ पञ्चाङ्ग चल्दै छ याे
    तेस्राे वर्ष प्रवेश भैकन यहाँ पञ्चाङ्ग बल्दै छ याे
    लेखेँ याे शुभकामना छ सबमा छाेटाे विधा सम्झिई
    सम्झेँ उत्सव हाे भनेर अहिले शब्दादि फल्दै छ याे
    धेरै काल पछाडि अक्षरहरू लेखेँ र ढल्दै छ याे।
    -ताेयानाथ सुवेदी
    काठमाडौं कागेश्वरी मनाेहरा-९

    पञ्चाङ्ग:०९
    नेपाली माटोमा जन्म लिन आयौँ शुभकामना ।
    अपार माया भाषा संस्कारमा लायौ शुभकामना
    स्रष्टाको याे मलिलो हातले चलाउँदै गर्दा कलम
    नेपाली बाटोमा खेल्न बढ्न पायौँ  शुभकामना ।
    पञ्चाङ्गमय भावबाट विश्वमा छायौ शुभकामना ।
    -भवानी घिमिरे
    सर्लाही

    शुभकामना:
    पन्चामृत  तयार  हुन्छ  पाँच  तत्व बाट
    हाम्रो शरीर  बनेको   छ पाँच  बस्तु बाट
    पान्चायनको   पुजा  गर्छौं देवी देवलाई
    निर्णय  नि सदर हुन्छ पाँच  मान्छे बाट
    हात   पन्जा  कसिलोभो पाँच  औंला बाट
    -कमला  देवकोटा,  पाल्पा

    पञ्चाङ्ग:१०
    दोस्रो वर्ष  प्रवेश  गर्दा  शुभकामना ।
    साहित्यमा पंञ्चाङ्ग भर्दा शुभकामना।
    अनन्तकाल सम्म यो यात्रा चलिरहोस्,
    पंञ्चाङ्ग विधा अघि सर्दा शुभकामना ।
    पंञ्चाङ्ग लेखन म  झर्दा शुभकामना।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:११
    प्रेमले कजाउनू  शुभकामना ।
    मनमा सजाउनू  शुभकामना।
    पञ्चाङ्ग तिमी सदैव स्रष्टा माँझ,
    बाँसझैँ  गजाउनू शुभकामना ।
    मृदङ्ग  बजाउनू शुभकामना ।
    ✍️
    वसन्त अनुभव
    घोराही, दाङ

    शुभकामना
    पञ्चाङ्गलाई साहित्यको घर बनाउनु छ
    सर्जकमा विश्वासको शहर बनाउनु छ
    जन्मदिनको भुगोल शुभकामना राखेर
    काव्यमा प्रकाश छर्की रहर बनाउनु छ
    पञ्चाङ्ग लेखी दैनिकी खवर बनाउनु छ।
    -शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    पञ्चाङ्ग:१२
    वार्षिक उत्सव मनाउ पञ्चाङ्गमा।
    उपस्थिति हामी जनाउ पञ्चाङ्गमा।
    जन्म दिनको भव्य शुभकामना छ,
    फूलमाला हामी खनाउ पञ्चाङमा।
    सबै मिली भव्य बनाउ पञ्चाङ्गमा।
    -ह्यारिस

    पञ्चाङ्ग:१३
    पञ्चाङ्ग तिमी याे धरामा पाइला  गनेर आऊ ।
    हरेक जनकाे मनको वहार बनेर आऊ ।
    ठेस कतै नलागाेस् तिम्रो यात्रामा कामना गर्छु ,
    साहित्यकाे अभिन्न सुन्दर बाटो खनेर आऊ ।
    आर्तकाे गहिरो घाउकाे मलम जनेर आऊ ।
    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग :१४
    पञ्चाङ्ग तिमी हामी माझमा आएको दिन।
    हामी सबैमा खुसियाली नि छाएको दिन।
    हाम्रो माझमा सधैं सधैं राख्नै पाउ भनि,
    पञ्चाङ्गमा मैले  सदस्यता पाएको दिन।
    कहिले पञ्चाङ्ग  तिम्रा लागि धाएको दिन।
    -सुमित्रा पोखरेल काठमाडौं

    पञ्चाङ्ग:१५
    अक्षर-२५
    अथक प्रयासले जन्म लिई आयौँ  पञ्चाङ्ग तिमीलाई शुभकामना ।
    साहित्यमा शुद्ध र संस्कारमा धायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ,
    कलम चलेकाछन् हजारौका यसरी  करोडमा पुगेको हेर्न पाउँ
    हातबाट सेता पन्ना रंगिन पायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
    मानव रुपि भावले विश्वमा छायौँ पञ्चाङ्ग तिमीलाई शुभकामना ।
    -अनुप आचार्य
    मोरङ

    पञ्चाङ्ग:१६
    तिमी मलाई खोज्न आएकी थियौ।
    शुभकामना गीत गाएकी थियौ।
    चेतनाको बिउ निस्किएको दिन,
    जन्मोत्सव देखि रमाएकी थियौ।
    पञ्चभुत् तत्वज्ञान पाएकी थिथौ।
    -होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    शुभकामना

    पञ्चाङ्ग साहित्यको शहर बनाऊ
    त्यही शहरमा एउटा घर बनाऊ
    पञ्चाङ्ग साहित्य बाषिर्कोत्सबमा
    साहित्यलाई बिश्वको खबर बनाऊ
    पञ्चाङ्ग लेख्ने सबैमा रहर बनाऊ ।

    दुर्गा भट्टराई मोरङ

    पञ्चाङ्ग:१७

    साहित्यको बागमा फुलेको फूल पञ्चाङ्ग।
    खडेरीमा बगेको पानीको मुल पञ्चाङ्ग।
    यसैमा नै हाम्रो मौलिकपन झल्केको छ,
    पुर्खाले रोपेको हो सुन्दर तूल पञ्चाङ्ग।
    हाम्रो सस्कृति र सभ्यताको हुल पञ्चाङ्ग।
    देवकी केसी

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज, नेपालको प्रथम वार्षिकोत्सव विशेष शुभकामना पञ्चाङ्गहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ४९

  • १४ असार २०८०, बिहीबार ०६:४० मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ४९ अैाँ ————————————-

    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०८०/०३/०११ गते
    भोलि साँझ ८ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
    पञ्चाङ्ग वा सम पञ्चाङ्ग✍️

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
    अनुप्रास :-  आफुखुसी
    स्थायी :- आफूखुसी

    ………………………………………………
    सम पञ्चाङ्ग:०१
    अक्षर-९

    खुशी देख्दा जल्दैछ झन,
    किन दर्द फल्दैछ झन।
    रङ्ग मञ्च जस्तै सजायौँ
    प्रिती आज गल्दैछ झन,
    उस्ले पाउ मल्दैछ झन।

    महल ति ढल्दैछ झन,
    सदा क्रान्ति चल्दैछ झन।
    सच्चा नजर जगतको,
    युग युग बल्दैछ झन,
    उ मृत्युमा टल्दैछ झन।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०१

    स्थिर छ जीवन अन्त कतै चलेकाे छैन मेराे शरिर
    दुष्टले जति हानेता पनि गलेको छैन मेरो शरीर।
    दुष्टको सामु मजबुत खम्बा बनेर उभिने छु सधैं,
    दुनियाँले छुरा हान्दा पनि ढलेको छैन मेरो शरीर।
    आगो लगाएर जलाउँदा जलेको छैन मेरो शरीर।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२

    दिन त्यसै उज्यालो हुन्न घाम भएर हाे ।
    मान्छे भन्न लायक हुन्छ काम भएर हाे ।
    आफ्नो स्वार्थ भन्दा माथि उठेर हेर यहाँ ,
    चिठीकाे महत्त्व बढेको खाम भएर हाे ।
    आत्मनिर्भर हुन्छ उही दाम भएर हाे ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    *******
    गरिबीले विदेशीको कामको कहर भयो।
    कार्यक्षेत्र मरुभूमिको  तातो जहर भयो।।
    भाग्यले जता डोर्यायो उतै जानूपर्ने रै’छ।
    त्यही तातो बगर  गरिवको रहर भयो।।
    मेरो लागि  मरुभूमि नै  ठूलो शहर भयो।।
    ************
    मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०४

    आँसु र वेदनामा  लुकेको हुन्छ माया ।
    पीडा र तनावले   सुकेको हुन्छ माया ।
    तनले हैन   माया    मनले गर्दा  राम्रो ,
    विश्वासको भरमा चुकेको हुन्छ माया ।
    सत्य र भावनामा झुकेको हुन्छ माया ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०५
    आँसु र हासोले जलेको छ जिन्दगी।
    खडेरीले आगो बलेको छ जिन्दगी।
    कहिले घाम कहिले छायाँ बनेर,
    प्रकृतिले सधैं छलेको छ जिन्दगी।
    अकस्मात आज गलेको छ जिन्दगी।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०६
    हामी अगाडि हिड्ने साथीको खुट्टा तान्ने कहिले सम्म
    फरक   विचारलाई   टाउकोमा   हान्ने   कहिले   सम्म
    कमिलाले  कत्रो  जीव  घिसार्छ   मिलेर   एकापसमा
    हामी  भने  आफैंलाई   सर्वेसर्वा   ठान्ने  कहिले  सम्म
    देश  पछि  पर्नुको  कारण  चाहिँ  जान्ने  कहिले  सम्म।
    ✍️पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०७
    बोलेन भनेर आफू महान् बन्नु हुँदैन।
    हेप्न पाए भनेर औंलामा गन्नू हुँदैन।
    समयले दिने छ महान् व्यक्तिको जवाफ,
    मनपरी कोही कसैलाई भन्नु हुँदैन।
    अपराधीलाई जस्तै खेदो खन्नु हुँदैन।
    ह्यारिस

    पञ्चाङ्ग:०८
    अक्षर-१७

    गाउँ छोडे केही आशामा स्वार्थी शहरले लुट्यो,
    घाती जगतमा प्रेमको स्वार्थी रहरले लुट्यो।
    जीवनमा रमाएर बाच्ने सप्ना हजारौँ थिए,
    मँनैे खाउँ मँनै लाउको स्वार्थी लहरले लुट्यो,
    दिदा पागलको उपाधी स्वार्थी ठहरले लुट्यो।

    अनुप आचार्य
    मोरङ

    पञ्चाङ्ग:०९
    कहिले पहाड बाेक्छौ राम यहाँ  ।
    समुद्रमा पुल हाल्ने काम यहाँ ।
    सीता भेटि आउँदा लङ्का पुगेर ।
    पानीमा देख्दा   युद्धको डाम यहाँ ।
    लस्कर छन् बाँदरका जाम यहाँ ।

    मीना देबकाेटा
    सर्लाही
    पञ्चाङ्ग:१०

    हावा चलेको छ ।
    आस्था ढलेको छ ।
    हुरी बतासले,
    आगो बलेको छ ।
    तन जलेको छ ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:१२

    आज सुकुम्बासी माथि डाेजर चलेकाे छ।
    बेचारा बस्न नपाएर मन जलेकाे छ।
    अब सहारा कतै दिखिन्न जाने कहाँ हाे,
    हेर भाग्यले पनि यिनलाई छलेकाे छ।
    अरुलाई के हुन्छ यिनलाई खलेकाे छ।

    पञ्चाङ्ग:१३

    काेही सध‌ैं नमस्कार गर्छन् विहानै।
    कतिपय पूजा गर्न सर्छन् विहानै।
    खाेट लगाउनु हुन्न दुबै काम राम्राे,
    कति समाजसेवामा झर्छन् विहानै।
    विवेकहीनहरू दारु भर्छन् विहानै।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१४

    बिर्सनेलाइ बिर्सीदेउ सम्झिएर रुने होइन।
    कल्पिकल्पी उसकै यादमा मुहार धुने होइन।
    आफुले नै खोज्नु पर्छ नि आफु भित्रको आत्म खुसी,
    तनाव लिए रोगी हौला अरु केही हुने होइन।
    तिम्रा आँसुले हर्ष दिन्छ अरुलाई छुने होइन।

    सरिता सेढाई धादिङ

    पञ्चाङ्ग:१५
    मनभित्र पिडा भएपनि खुलेर हाँस्नु पर्छ।
    आफ्नै हातले टिपेर नै फूल थुँगा गाँस्नु पर्छ।
    तिमीले मलाइ धाेका दिइ छलेर गए पनि,
    राम्रो कुरा गरेर त नराम्रो कुरा मास्नु पर्छ।
    दु:ख सुख जीवन हाे सम्झी छातिमा टास्नु पर्छ।

    उर्मिला के.शी.
    धनकुटा

    पञ्चाङ्ग:१५
    मर्दैछ   रहर   के  गर्नु
    ढल्दैछ सहर   के गर्नु
    जब गयौ तिमी मबाट,
    फुट्दैछ  नहर के गर्नु
    चढ्दैछ जहर  के गर्नु ।

    वसन्त अनुभव
    घोराही, दाङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- ४९

    पञ्चाङ्ग चित्रपट भाग- ३३

  • ९ असार २०८०, शनिबार २२:०८ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट भाग :- ३३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:-  २०८०/०३/ ७  गते साँझ ८ बजे ।

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार  ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३३ [तेत्तिसौँ]  चित्रपटमा छौं।

             यहाँहरुलाई हार्दिक स्वागत गर्दै
    यस्  शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :
    ————
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन
    —————–
    सोमनाथ लुइटेल

    शुद्धीकरण
    ————–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना
    ———
    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :-  बराबरी

    समायोजक
    ————-

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
                      तथा
    पञ्चाङ्ग साहित्य समाज नेपाल
    ————————

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~~~~~~~~~~~~~~~~~
         चित्रमा पञ्चाङ्ग
    ~~~~~~~~~~~~~~
    पञ्चाङ्ग- चित्रपट
    ०१
    अक्षर-२३

    सुनाऊँ कस्लाई चित्कार मैले सुन्नेले मुख माेडेर हिडेपछि।
    दुर्भाग्य दूधे शिशु आमाले पेटी किनारमा छाेडेर हिडेपछि ।
    कलियूग लागेछ भन्थे कहालीलाग्दो दृश्य देखिन्छ साेचेकै थिइन ,
    हरेकसंग मायाको नाटक गर्दै संबन्ध गोडेर हिडेपछि।
    हेर धनकाे चक्करमा सिन्दुरकाे सम्बन्ध ताेडेर हिडेपछि।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०२
    लालाबाला यिनैलाई सम्हालेर बसेको छु।
    मुटु चिरा परे पनि डोरी लाई  कसेको छु।
    आमालाई प्रकृतिकी खानी जस्तै भने पनि,
    हेर्दाहेर्दै आफू त्यही खानीभित्र खसेको छु।
    सङ्गीनी नै बैरी हुॅदा जंजालमा फॅसेको छु।
    घनश्याम पौडेल, पोखरा

    चित्रपट पञ्चाङ्ग:०३

    सन्तानको पिरले  सताएर  बसेको छु ।
    साहुको  ऋणलाई लताएर बसेको छु ।
    समाल्न पनि गाहारो भयो पिरैपिरमा ,
    जिन्दगी तनाव हो  बताएर बसेको छु ।
    बालकलाई   पुगे   मताएर बसेको छु ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०४

    गरीब दुखीको कुरा कसले सुन्ने यहाँ।
    यी लालबालालाई कसरी तुन्ने यहाँ।
    बाल्यकालमै यी आमा विहिन हुन पुगे,
    अब  यिनले  भबिस्य कसरी चुन्ने यहाँ।
    यस्तो अवस्थामा कुरा कसले गुन्ने यहाँ।
    सरस्वती श्रेष्ठ इटहरी

    पञ्चाङ्ग:०५

    घर छैन थर छैन मायाको पाेकाे  छ ।
    खाली गाेडा नाङ्गो शरीर पेट भाेकाे छ ।
    आमा कता गइन् चटक्कै छाेडी बचेरा ,
    आधुनिकताले नराम्ररी नै छाेकाे छ ।
    छाेराछाेरी टुहुरा भए बाउ  राेकाे छ ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०६

    यी लालाबाला   टुहुरा   भए,  जन्म   दिई छोडी जाँदा।
    दुधमुखे   बालक  रुन्छ, उसले  नाता  तोडी  जाँदा।
    सडकपेटी  छेउमा  यी, निदाएका बुबाको काख,
    जिन्दगानी  अन्धकार भो, उनले बाटो मोडी जाँदा।
    अन्योलमा नै  बित्ने  भयो,  बालापनमा  गोडी जाँदा।
    सरिता काफ्ले कोहलपुर ८ पिपरी बाँके

    पञ्चाङ्ग-०७
    सिमाहरु  त  मिचिदै  गए थोरै थोरै  किला  सराउदै  जाँदा।
    अन्त्यमा  सिमाना  नै तोडिए  नियम खुकुलो गराउदै जाँदा।
    रीतिथिति नमान्नाले आज नै यस्तो छ भोलि के होला समाज,
    बालबच्चाको  बेहाल  भो  जथाभावी  सिन्दुर  भराउँदै जाँदा।
    खै  कहाँ रह्यो  सिन्दुर  यसको  मूल्य  मान्यता हराउदै जाँदा।
    पशुपती राई खोटाङ ।

    पञ्चाङ्ग:०८

    दुखित मान्छेको कुरा कस्ले सुन्छ यहाँ।
    बालबच्चा हेरचाह कस्तो हुन्छ यहाँ।
    सडक पेटीमा बाबुको हालत यस्तो,
    बालक अधिकार खोजेर रुन्छ यहाँ।
    आमा बिनाका टुहुरा यसै बन्छ यहाँ।
    भगवती दवाडी,झापा

    पञ्चाङ्ग:०९
    यी  मुहारहरु    रुवाएर   बसुँ  कसरी।
    आफ्नै नजरबाट  झरेर  खसुँ  कसरी।
    एक्लै एक्लै  सडकमा अलपत्र छाेडेर,
    कर्म  गर्न  भनेर  कम्मर  कसुँ  कसरी।
    लड्खडाएका यी घुँडाहरु धसुँ कसरी।

    पञ्चाङ्ग:१०
    ******
    यी ज्यानका टुक्रा कसरी पो फालौँ मैले।
    दुःखलाई खाल्डोमा  कसरी हालौ मैले।।
    न   हातमा  काम छ  न  कुनै  ईलिमा नै,
    यो  जिन्दगीलाई कसरी पो चालौँ मैले।।
    नबलेको  चुल्हो कसरी पो  बालौँ मैले।।
    ************
    मल्ल लक्ष्मी श्रेष्ट
       मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:११

    यो समय देखी डर लाग्छ ।
    जसरी पानीमा तर लाग्छ ।
    कसरी भनुँ म सबै सामु,
    आफ्नै मानिसको भर लाग्छ ।
    आँखा छोपी रुन कर लाग्छ ।

    – आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग:१२

    घरबार छैन तर मायाको पोको छ यहाँ।
    शरीर ढाक्ने लुगा छैन पेट भोको छ यहाँ
    नालामा बच्चा छोडेर गइन आमा खै कता,
    पश्चिमी शैलीले नराम्ररी नै छोको छ यहाँ 
    यो देखेर बाउ धरधरी नै रोको छ यहाँ ।

    दुर्गा भट्टराई
    मोरङ

    पञ्चाङ्ग:१३

    यी लालाबाला सम्हालेर बाँच्नु छ  अब।
    अामा, बाबाको माया दिई साँच्नु छ अब।
    सिन्दुर हालेर  ल्याएकीले छाेडेपछि,
    समस्याको जस्तै नि  लठ्ठी भाँच्नु छ  अब।
    जीवनरुपी  सङ्गीतमा नाच्नु छ अब।
    शाेभा अाचार्य गाैतम
    काठमाडौँ

    पञ्चाङ्ग:१४

    यो जिन्दगीको भारी बिसाउ कहाँ गएर।
    मैले दुःखको आँशु मिसाउ कहाँ गएर।
    लालाबालालाई छोडेर  एक्लै के गरु म,
    जलेको तन मन  चिसाउ कहाँ गएर।
    लालाबाला छोडेर  रिसाउ कहाँ गएर।
    ह्यारिस

    पञ्चाङ्ग:१५
    दुःखी भएर जिउन कति गार्‍हो हुन्छ।
    फाटेको मन सिउन कति गार्‍हो हुन्छ।
    भाग्य मेरो खोटो रैछ ,अभागी भो कर्म,
    जहिल्यै आँसु पिउन कति गार्‍हो हुन्छ।
    आमाको माया दिउन कति गार्‍हो हुन्छ।

    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा

    पञ्चाङ्ग:१६
    आफ्नो भन्दा अरूलाई जिउने कहर भयो।
    मेरो यो जिन्दगी  पानी  सुकेको  नहर भयो।
    छैन गास बास कपास पाल्नु छ लाला बाला,
    महंगी   गरिबहरुको  लागि   जहर    भयो।
    दु:ख  सुख  जसरी  नि जिउने शहर भयो।
    सुरेशकुमार पाण्डे दाङ घोराही १८

    पञ्चाङ्ग:१७

    मायाको लौरो म टेकाउँ कसरी।
    पेटको अागो खै सेकाउँ कसरी।
    महङ्गी म भन्दा धेरै भयो अग्लो,
    कसको खातामा लेखाउँ कसरी।
    यो कन्तबिजोग देखाउँ कसरी।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    पञ्चाङ्ग:१८

    बाबुले संसारमा सन्तान छाेडेकाे देखेकाे छैन।
    साह्रै कष्ट भएपनि मुख माेडेकाे देखेकाे छैन।
    धनमनकाे पछिलाग्ने निष्ठुरी आमा हेर कस्ती,
    यस्ताे हुँदा बाबुले टाउकाे फाेडेकाे देखेकाे छैन।
    यस्ता बाबुले नयाँ सम्बन्ध जाेडेकाे देखेकाे छैन।

    नवराज भट्ट
    कञ्चनपुर

    पञ्चाङ्ग:१९
    सम्बन्ध दाेहाेराे ननिभाएर व्यथा बढ्छ यहाँ ।
    परम्परागत तिखो काँडाे मुटुमा गढ्छ यहाँ ।
    एकाेहाेराे जिम्मेवारी धान्न सक्दैन कसैले नि,
    जसलाई अबला भन्छ समय नै पढ्छ यहाँ ।
    समता नहुँदा यसरी समस्या उभाे चढ्छ यहाँ ।

    मिना देवकोटा
    सर्लाही ।

    पञ्चाङ्ग:२०
    कसैले हेर्दैनन् यहाँ समस्या पर्दा पनि।
    बुझ्दैनन् कोही नि आँखामा आँसु झर्दा पनि।
    लुटि रह्यो समयले मेरा खुसी नै सबै,
    नदेखे झैं हुने कैयौ पटक मर्दा पनि।
    दुःख हटेन  परिश्रम जति गर्दा पनि।

    केसी उर्मिला
    धनकुटा

    पञ्चाङ्ग:२१
    अक्षर-१८

    लाला र बालाको भोको पेट भरेर देखाउनुछ,
    आमाले गर्ने माया बाउले गरेर देखाउनुछ
    हो नियतले ठगेका हामि कस्लाई दोष दिनुर?
    एक्लो महसुसमा नजिकै सरेर देखाउनुछ,
    खोसेको कर्मलाई आफैले हरेर देखाउनुछ।

    अनुप आचार्य
    के टि एम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग- ३३

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १०९

  • ९ असार २०८०, शनिबार २२:०२ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १०९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १०९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    साथ
    आमाको काख
    सन्तानको निमित्त लाख !

    • वसन्त अनुभव, दाङ

    [२]
    विकराल
    वर्तमान हाल
    हाम्री आमा नेपाल !

    • अमृत सुवेदी, कास्की

    [३]
    आमा
    तिमी ठूलो
    मेरो यो दुनियाँमा !

    • बालकृष्ण खनाल, टीकापुर

    [४]
    बाघ
    खाएर सन्तान
    कसैलाई टुहुरो नबनाउनु !

    • सुशिला पौडेल

    [५]
    प्राण
    बाघको हातमा
    बच्चा आमाको साथमा !

    • योगेन्द्र भट्टराई, खोटाङ

    [६]
    आमा
    आफैँ मृत्युमा
    बबुरो बेखबर काखमा !

    • जमुना कायस्थ, पोखरा

    [७]
    जननी
    सन्तानको लागि
    लगाउँछिन् ज्यानको बाजी ।

    • दुर्गा भट्टराई, मोरङ

    [८]
    बाघ
    परम्परागत कर्म
    गुम्छ कि अस्तित्व !

    • रोशन पराजुली, सुनसरी

    [९]
    बालो
    आमाको काख
    टुहुरा नबना काख !

    • भवानी घिमिरे, सर्लाही

    [१०]
    अनभिज्ञ
    महाप्रलयको समय
    सम्पूर्ण सहारा आमा !

    • गुणनिधि घिमिरे, अमेरिका

    [११]
    भोक
    मायाको संसार
    शून्य चेतनाको उपहार !

    • होम प्रसाद न्यौपाने, धरान

    [१२]
    आमा
    धर्ती माता
    छुट्दैन कहिल्यै नाता !

    • टीकाराम पुन ‘टीपु’, सल्यान

    [१३]
    आमा
    सन्तानकाे लागि
    ईश्वरकाे एक रूप !

    • उर्मिला के.शी.

    [१४]
    अनौठो
    भोकाएको बाघ
    सन्तानलाई आमाको काख !

    • बेदु न्यौपाने, काठमाडौँ

    [१५]
    समता
    आमाकाे ममता
    मृत्यु सहने क्षमता !

    • निरज कोइराला, इटहरी

    [१६]
    प्राणी
    आहारा कसैको
    आमाकै काख प्यारो !

    • सोमनाथ लुइटेल ‘रवि पाल्पाली’

    [१७]
    आमा
    सन्तानको लागि
    लगाउँछिन् ज्यानको बाजी !

    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा -६, संखुवासभा

    [१८]
    आमा
    तिम्रो काख़
    आखिर मृत्युभन्दा प्यारो !

    • सुनिल स्मृती, रोल्पा

    [१९]
    काल
    चितुवाको जाल
    माउ बच्चा एकताल !

    • अच्युत घिमिरे, भुटान

    [२०]
    आमा
    प्राण गएको
    बबुरोलाई थाहा नहुने !

    • पशपती राई, खोटाङ

    [२१]
    आमा
    सन्तानकाे लागि
    ज्यानै बाजी लगाउने !

    • सरिता सेढाई, धादिङ

    [२२]
    मार्छ
    बलियाले निर्धालाई
    यत्रतत्र हेर सर्वत्र !

    • मङ्गला उपाध्याय, बारा

    [२३]
    आमा
    बाघको मुखमा
    बच्चा पर्‍यो आपतमा !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [२४]
    दृश्य
    सकिन्न हाँस्नलाई
    गर्दैछ सङ्घर्ष बाँच्नलाई !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे

    [२५]
    प्याराे
    आमाको काख
    ढुक्कले लियाे साथ !

    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे

    [२६]
    निष्ठुरी
    भयो शिकारी
    यताउता कतै नहेरी !

    • घनश्याम पौडेल, पोखरा

    [२७]
    आमा
    मृत्युको मुखमा
    अटुट बन्धन साथमा !

    • समुन्द्रा शर्मा
      इटहरी, सुनसरी

    [२८]
    भोक
    अनौठो रोग
    जीवन कहालिँदो शोक !

    • सविता के.सी.

    [२९]
    आमा
    सन्तानको खातिर
    राख्दछन् ज्यान धरापमा !

    • सरस्वती श्रेष्ठ, इटहरी

    [३०]
    संसार
    कालको गास
    बेखबर चलिरहेछ दौडिरहेछ !

    • टेकनारायण रिमाल ‘कौशिक’
      याङ्गौँ, म्यान्मा(बर्मा)

    [३१]
    जिन्दगी
    घाम छाया
    अतुलनीय आमाको माया !

    • शिव ज्ञवाली, गुल्मी

    [३२]
    विस्वास
    आमाको काख
    मृत्युभन्दा पनि प्यारो !

    • रमा पन्त, पाल्पा

    [३३]
    कथा
    जीवन सङ्घर्षको
    बच्चा बाँच्ने आशा !

    • नारायण कोइराला
      तानसेन, पाल्पा

    [३४]
    आमा
    ममताका लागि
    ईश्वरले गरेको सिर्जना !

    • देवी पन्थी

    [३५]
    माता
    सन्तानको खातिर
    लगाउने ज्यानको बाजी !

    • टीकाराम लामिछाने, कैलाली

    [३६]
    आमा
    उड्दैछ प्राणपखेरु
    बुझ्दैन दुष्टले प्रेम !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [३७]
    छहारी
    आमाको माया
    गर्मीमा शितल छाया !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [३८]
    आमा
    सन्तानको निम्ति
    त्यागिन् शरीर किम्मती !

    • रिता खराल, रुपन्देही

    [३९]
    प्राणी
    कसैको आहारा
    ममता संतानको सहारा !

    • बद्री पोखरेल, विराटनगर

    [४०]
    आमा
    सबैकी प्यारी
    मृत्यु एउटा माध्यम !

    • पं ज्यो तोयनाथ सुवेदी, हेटौंडा

    [४१]
    अप्ठ्यारो
    कालको मुखसम्म
    आमाको काख प्यारो !

    • दुर्गा भमरकोटे, कपन

    [४२]
    बिडम्बना
    कालको मुख
    आमाको काख सुख !

    • धनमाया चौधरी, कैलाली

    [४३]
    भोक
    आक्रमणको सिकार
    आमासँग मृत्युको शोक !

    • दुर्गा आचार्य, मोरङ

    [४४]
    जीवन
    बाघको मुख
    हिर्दय बुझाउने शोक !

    • घनश्याम पौडेल
      गौरीगङ्गा -९, कैलाली

    [४५]
    आमा
    सृष्टि कर्ता
    सधैँ सन्तानका साथम !

    • सरस्वती वली, बर्दिया, नेपाल

    [४६]
    विडम्बना
    कस्तो यो?
    बच्चाको सहारामा चोट !
    धर्मी शाक्य, बुटवल, रुपन्देही

    [४७]
    साथ
    जननीको हात
    नछुटोस् आमाको काख !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [४८]
    आक्रमण
    विलख बन्धन
    शत्रुको मुखमा आमा !

    • उर्मिला पन्त पाण्डेय
      ज्ञानेश्वर, काठमाण्डौँ

    [४९]
    मममा
    मायाकी खानी
    आमा मनकी रानी !

    • शारदा आचार्य, ललितपुर

    [५०]
    आमा
    मृत्युकाे मुखमा
    सदैव सन्तानकाे माया !

    • श्रद्धा आचार्य, पोखरा

    [५१]
    नियामक
    जीव जगत्
    भाेक प्रकृतिकाे देन !

    • टीकाराम जोशी, काठमाडौँ

    [५२]
    आमा
    ममताकी खानी
    बाघका मुखमा जिन्दगानी !

    • अम्विका अधिकारी
      झापा, बिर्तामोड

    [५३]
    आमा
    बाघको आहार
    सन्तान छोडेन काख !

    • इन्दिरा देवकोटा
      कपिलवस्तु न.पा.-३

    [५४]
    माथ
    पक्रियो बाघ
    प्यारो आमाको काख !

    • कमला देवकोटा, पाल्पा

    [५५]
    क्रुरता
    जातिय गुण
    मातृप्रेम र मातृवात्सलमयता !

    • कण्ठराज गिरी, टीकापुर

    [५६]
    आमा
    बाघको मुखमा
    बच्चो साथै खोकिलामा !

    • विवश पारदर्शी, झापा

    [५७]
    आमा
    तिमी छ्यौ
    बिचमा को आयो ?

    • लक्ष्मी रिजाल, सप्तरी

    [५८]
    सजीव
    मृत्युको काख
    आखिर समयको दास !

    • लक्ष्मी अर्याल, काठमाडौँ

    [५९]
    अवस्था
    मृत्यु सामुन्ने
    सन्तान नभुल्ने आमाले !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    [६०]
    आत्मघात
    अति राष्ट्रवाद
    उल्टो शत्रुलाई फलिफाप

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [६१]
    आमा
    आफूलाई भुलेर
    सन्तानको भलो सोच्ने !

    • कविता आचार्य, कैलाली

    [६२]
    बाघ
    डरलाग्दो स्वरूप
    न्यानो आमाको काख !

    • आर्त अकुलीन, कैलाली

    [६३]
    आमा
    मृत्युको मुखमा
    सन्तानलाई मातृकाेख प्याराे !

    • नारायणप्रसाद उपाध्याय, कैलाली

    [६४]
    आमा
    गर्छिन् सङ्घर्ष
    आफ्नो सन्तान बचाउन !

    • राजकुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, सङ्गम काेलाेनी, भक्तपुर

    [६५]
    आमा
    बाघकाे सिकार
    बच्चाकाे आमाप्रतिकाे माया !

    • नवराज भट्ट, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला– १०९

    ‘लघुकथा वन्दना’को लोकार्पण कार्यक्रम सम्पन्न

  • ९ असार २०८०, शनिबार २०:१२ मा प्रकाशित
  • डा.विदुर चालिसेद्वारा रचित एवम् नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रस्तुत ‘लघुकथा वन्दना’को शनिबार लोकार्पण भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो पाँचौँ जन्मदिवसको अवसर पारेर शनिबार अपरान्ह भर्चुअल रुपमा कार्यक्रम आयोजना गरी लघुकथा वन्दनाको लोकार्पण गरेको हो ।

    नआलमका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को प्रस्तुति, लघुकथा वन्दनामा वरिष्ठ लघुकथाकार डा. विदुर चालिसेको शब्द रचना, मुरलीधरको सङ्गीत र आनन्द कार्कीको सुमधुर स्वरमा रहेको छ ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका सचिव वसन्त अनुभवको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार, कवि प्रा.डा.कृष्णहरि बरालले बन्दनाको लिरिकल भिडियो बजाएर विमोचन गर्नुभएको थियोे ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुँदै प्रमुख अतिथि प्रा.डा.कृष्णहरि बरालले वन्दना नेपाली र संस्कृत शब्दको समिश्रणबाट बनेको र अत्यन्त सुमधुर रहेकोे बताउनुभयो । वन्दनाको रचना, सङ्गीत र गायन कठिन हुँदाहुँदै पनि अत्यन्त सहज ढङ्गले यति मिठो सृजना पस्केकोमा सबैको प्रशंसा गर्नुभयो ।

    लोकार्पित लघुकथा वन्दनाको समालोचना समालोचकद्वय डा.लेखप्रसाद निरौला र डा.बासुदेव काफ्लेले गर्नुभएको थियोे ।
    कार्यक्रममा डा. विदुर चालिसे, डा.हिमलाल पन्थी, राजेन्द्र कुँवर, प्रमोद प्याकुरेल, गंगा कर्माचार्य, अच्युत घिमिरे, अनुग्रह राना मगर लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे ।

    कार्यक्रममा प्रा. डा.कृष्णहरि बराल, डा.लेखप्रसाद निरौला, डा.बासुदेव काफ्ले, डा.हिमलाल श्रेष्ठ, अनन्तराज उपाध्याय, त्रिलोचन ढकाल, कृष्ण बजगाई, आनन्द कार्की, गंगा कर्माचार्य, रामकुमार पण्डित, प्रमोद प्याकुरेल, डा. शेखर कुमार श्रेष्ठ, शेखर अर्याल, वसन्त अनुभव, अनुग्रह राना मगर, सि.एन बन्जाडे, जयदेश श्रेष्ठ, कर्ण दयाल, कृष्ण सुवेदी, लता के.सी., मित्र उराठी गौतम, मुरारी सिग्देल, राजेन्द्र कुँवर, उमेश कुमार, यमुना प्रधानाङ्ग मुना, गणेश नेपाली, अच्युत घिमिरे, सुधा बास्कोटा ढकाल, राजन घले, म्यामराज राई, शिवहरि अधिकारी, प्रभादेवी पौडेल, रचना शर्मा, मीठू कुमारी पाठक, कमल पौडेल, प्रकृती बराल, निर्मला, प्रतीक्षा पौडेल, आयुष बडाल लगायत थुप्रै लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, सञ्चारकर्मी एवम् शुभेच्छुकहरूको उपस्थिति रहेकोे थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सञ्चालकद्वय प्रतीक्षा पौडेल र आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘लघुकथा वन्दना’को लोकार्पण कार्यक्रम सम्पन्न

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P