
झिल्का लेखन अभियानको ३० औँ शृङ्खला (आत्महत्या विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।
झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ८८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
//१//
—————<•>—————
१)
अमूल्य छ जीवन
नसोची दायाँबायाँ आवेगमा
नकाटौँ जिन्दगीको रिबन !
२)
खोजौँ समस्याको निकास
समाधान होइन आत्महत्या
खाली निम्त्याउँछ विनाश !
✍️
वसन्त अनुभव
घोराही, दाङ
//२//
—————<•>—————
जानिएन हत्या गर्न
मारी स्वयम् आफैँलाई
छैन यमलोक तर्न ।
✍️
महेन्द्र मान बलामी
दक्षिणकाली नगरपालिका -९ फर्पिङ,काठमाडौँ
//३//
—————<•>—————
अमूल्य जिन्दगी हाम्रो
आत्महत्या गर्नुभन्दा हजुर
गर्नुस् काम राम्रो !
✍️
अनिता कार्की
पाँचथर
//४//
—————<•>—————
उनले आत्महत्या गरेछन्
दोष सरकारकै हुनुपर्छ
हजारौँ मलामी गएछन् ।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
//५//
—————<•>—————
१)
मनमा परेको चोट
आत्महत्या अन्तिम उपाय
विकल्प नखोज्दाको खोट ।
२)
असह्य पीडा भित्रको
हुन थालेका छन्
घटना विचित्र विचित्रको ।
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
//६//
—————<•>—————
१)
आत्महत्या जघन्य अपराध
थाहा पाउॅंदा पनि
किन गर्छन् अगाध ?
२)
हैन समस्याको निकास
आत्महत्या गरेर पछि
रहला केही आस ?
✍️
अर्जुन प्रसाद चौलागाई
रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
//७//
—————<•>—————
१)
आत्महत्या कसैले नगरौँ
जन्मेर बाँचौँ धेरै
दुनियाँमा सत्ज्ञान छरौँ !
२)
कुनै मरेर बाँचेको
संसार हेर्नलाई अझै
मूर्ख हेर नाचेको ।
✍️
एवाइ प्रभात
सहिदभुमि धनकुटा
//८//
—————<•>—————
इच्छा चाहना मरिसके
दाँयाबाँया केही नसोची
बाँच्ने रहर झरिसके ।
✍️
कला ढकाल
//९//
—————<•>—————
१)
जीवन नबनाउँ सस्तो
हेर्दाहेर्दै जीवनत्याग गर्दै
रुवाउँछन् यहाँ कस्तो !
२)
आत्महत्यालाइ निरुत्साहित गरौँ
चेतनाको विकास गरी
ज्ञानज्योति सर्वत्र छरौँ !
✍️
रबि पाैडेल
दक्षिण भारत पाण्डेचरी
//१०//
—————<•>—————
हुँदैन आत्महत्या रोज्न
लड्नुपर्छ सङ्घर्ष गर्दै
यहाँ आत्मसम्मान खोज्न ।
✍️
सुनगाभा पोखरेल
नेपालगन्ज
//११//
—————<•>—————
आत्महत्या हो महापाप
आत्मा सधैँ भौतारिने
इज्जत सारा सखाप ।
✍️
कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
//१२//
—————<•>—————
१)
मनाेबल दर्बिलाे बनाऊ
आत्माहत्या गर्नुहुन्न कदापि
दु:खलाई बिर्सेर रमाऊ ।
२)
परिस्थितिसँग लड्न सिक
आत्महत्या समाधान हाेइन
खराब साेच झिक ।
✍️
राज कुमार राजभण्डारी खाेटाङे
मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।
//१३//
—————<•>—————
हातमा हात गाँसेर
अमूल्य छ जिन्दगी
बिताउँ सँगै हाँसेर ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६ , दोलखा ।
//१४//
—————<•>—————
१)
आत्महत्या निकास हैन
जीवन फेरि पाइन्न
जटिलता कसलाई छैन ।
२)
कठिनाइ टरेर जान्छ
धैर्यता राख्नु सधैँ
सफलताले शिखरमा लान्छ ।
✍️
पुष्पा राई, खाेटाङ
//१५//
—————<•>—————
आत्महत्या कायर काम
आत्मा सधैँ भड्किरहन्छ
परलाेकमा मिल्दैन धाम ।
✍️
नाम केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम ।
हाल भारतबाट ।
//१६//
—————<•>—————
१)
हिम्मत कसैले नहार्नू
समाधान आत्महत्या हैन
परिवारलाई पिर नपार्नू ।
२)
आत्मबलको चेतना जगाइ
घरघरमा सचेत बनौँ
आत्महत्याको सोच भगाइ ।
✍️
दुर्गा आचार्य
मोरङ
//१७//
—————<•>—————
अत्महत्या विकल्प हैन
अनुपम उपहार जिन्दगी
मूल्यवान अरू छैन ।
✍️
सङ्गीता खरेल
काठमाडौँ
//१८//
—————<•>—————
१)
दिनानुदिन आत्महत्या बढेकाे
बिर्सदैछ जीवनकाे मूल्य
आजभाेलीकाे मान्छे पढेकाे ।
२)
आत्महत्याकाे जगाऔँ चेतना
यसबाट शान्त हुन्छ
केही मानसिक वेदना ।
✍️
डिल्लीराज (राजेन्द्र) भुसाल
सन्धिखर्क-२, कुर, अर्घाखाँची
//१९//
—————<•>—————
प्याजझैँ सम्झन्छन् जीवन
आत्मसात गर्छ आत्महत्या
लगाएर कालो रिबन !
✍️
दीपा समभाव
दुबेकोल खोटाङ्ग
//२०//
—————<•>—————
आत्महत्या कायरले गर्छ
अनुपम उपहार जिन्दगीमा
आशावादीले रङ भर्छ ।
✍️
राज बहादुर बडुवाल
कनकासुन्दरि-५,जुम्ला
//२१//
—————<•>—————
आत्महत्या कहिल्यै नगर्नू
समस्या समाधान हुन्छ
काल नआउदासम्म नमर्नू ।
✍️
नवराज भट्ट
कञ्चनपुर
//२२//
—————<•>—————
आत्महत्या नगर तिमी
जीवन खेर फाल्दा
सराप्ने छ जिमी !
✍️
जनक बिसी
दक्षिणभारत कोचिनबाट
//२३//
—————<•>—————
१)
आत्महत्या नगर्नु कायर
बास हुँदैन स्वर्गमा
कालको जिम्मा लाएर !
२)
अमूल्य जिन्दगी हाम्रो
आत्महत्या निष्कर्ष होइन
गरौँ काम राम्रो ।
✍️
धनमाया चौधरी, कैलाली
//२४//
—————<•>—————
जिन्दगी फुलाएर देखाउनू
आत्महत्या गरेर होइन
सङ्घर्ष लुकाएर सजाउनू ।
✍️
गंगाराम यादव
औरावनी २ सुनसरी
//२५//
—————<•>—————
१)
जीवन अमूल्य हाम्रो
सानो कुरामा नलागेर
हाँस्दै बाँच्नु राम्रो ।
✍️
दुर्गा भट्टराई
//२६//
—————<•>—————
१)
नगर यस्तो काम
दुनियाँमा हुन्छ कुरा
बाँचेर राख शान ।
२)
बाँचेर यहाँ बस
जस्तै परिस्थितिमा बाँच्नु
मन आफैँमा कस ।
✍️
नीमा छिरिङ भोटिया
जलढका कालेबुङ
//२७//
—————<•>—————
१)
शिरमा लगाउने रिबन
जोगाई राख्नु होला
अमूल्य छ जीवन ।
२)
अमूल्य जीवन हाम्रो
आत्महत्या नगर्नु नै
कुरा सबैभन्दा राम्रो ।
✍️
श्रीकृष्ण धामी – बझाङ
//२८//
—————<•>—————
१)
बेथितिले डुबाएको देश
निकम्मा शासकको कर्तुतले
बढे आत्महत्याको केस !
२)
नहुँदा केही जिउपालो
बाध्यताले गर्छन् आत्महत्या
ऋणले खिच्दा कठालो !
✍️
कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
//२९//
—————<•>—————
१)
आत्महत्याको छैन निकास
परेर जान्छ अगति
आत्महत्याले हुँदैन विकास ।
२)
जीवन अमूल्य पाएको
नकारात्मक सोचाइमा नपरौँ
सूर्य जस्तै उदाएको ।
✍️
बेदु न्यौपाने
//३०//
—————<•>—————
१)
सायद जिजीविषा हुँदैन
सकिन्छ मोह जिन्दगीको
कुनै चीजबीजले छुँदैन ।
२)
चारैतिर अँध्यारो मात्र
कोही बन्न सक्दैनन्
घाँडाे जिन्दगीको पात्र ।
✍️
पृथक प्रकृति ,झापा
//३१//
—————<•>—————
१:
तिमी सृष्टिको फूल
अनुपम योगदान तिम्रा
ईश्वर हेर्दछन् नभूल !
२)
आफैँ मृत्यु अपनाएर
भन्दैनन् कसैले पौरखी
मानव जीवन सकाएर ।
✍️
मनोहरी पौडेल
गैडाकोट १
//३२//
—————<•>—————
१)
कसैको नपर्नू भरमा
किचकिच नगर्नू कसैलाई
आत्महत्या गर्छन् घरमा ।
२)
गरिबीले मान्छेलाई सताउँछ
आत्महत्याको बाटो रोज्छन्
एउटा सर्वेक्षणले बताउँछ ।
✍️
चुडामणी देबकोटा
पुरानोनैकाप काठमाण्डौ
//३३//
—————<•>—————
हुनुपर्छ सबैलाई भान
विकल्प होइन आत्महत्या
पीडा पर्दाको समाधान ।
✍️
अमृत कोइराला
पोखरा
//३४//
—————<•>—————
१)
फाटेको मन सिउनुपर्छ
बाधा अड्चनसँग लड्दै
परिवारको लागि जिउनुपर्छ ।
२)
निभेको दियो बाल
प्रेममा धोका पाउँदैमा
अकालमा ज्यान नफाल !
✍️
हिरामाया श्रेष्ठ
गजुरी १ धादिङ
//३५//
—————<•>—————
१)
जीवन नपालौँ खेर
आउँछ, जान्छ समस्या
हिम्मत गर्नुपर्छ हेर ।
२)
किन आत्महत्या गर्ने
काल आएपछि सबै
यो संसारमा मर्ने ।
✍️
रुना कर्माचार्य दाहाल
चितवन
//३६//
—————<•>—————
१)
बाँचौँ बचाऔँ धर्म
घृणित सोच फालेर
सपारौँ आफ्नो कर्म ।
२)
समाधानको बाटो खोजौँ
आत्महत्या कायरता भनी
सफलताको पाटो रोजौँ ।
✍️
मोती योन्जन सुब्बा, दार्जिलिङ।
//३७//
—————<•>—————
जीवनको महत्व जानौँ
समस्याको भेटिन्छ समाधान
सङ्घर्षलाई यात्रा मानौँ ।
✍️
सुस्मिता अधिकारी, काठमाडौँ
//३८//
—————<•>—————
कुरा नसुनौँ पहिले
आत्माहत्या गर्नुभन्दा त
विकल्प सोचौँ अहिले
✍️
कुसुम कुवँर
बझाङ
//३९//
—————<•>—————
१)
आत्महत्या कानुनी अपराध
अमूल्य मानव जीवन
बचाऔँ भई निरपराध ।
२)
नलिई मनमा पीर
मृत्युलाई जित्न सिकाैँ
राखी उच्च शिर ।
✍️
जयनारायण नेपाल
इलाम ,हाल सूर्यविनायक २
बालकोट ,भक्तपुर ।
//४०//
—————<•>—————
१)
नाफालौँ जीवन खेर
आत्महत्या नै समस्याको
समाधान होइन हेर ।
२)
बाँचौँ खुसी बनी
जन्मेपछि आखिर एकदिन
सबै मर्नैपर्छ नि !
✍️
अनिता भण्डारी, ताप्लेजुङ
//४१//
—————<•>—————
१)
परहत्या ठूलाे घृणित
आत्महत्या पाप हो
गर्दैन कसैको हित ।
२)
धैर्यवान् बनौँ मानव
नगराैँ कसैले आत्महत्या
फिजाउँ सर्वत्र वैभव ।
✍️
हरिगाेपाल न्हुच्छेँप्रधान
काभ्रे, बनेपा १४ साँगाबजार
//४२//
—————<•>—————
आत्महत्या निकृष्ट शब्द
सुन्नु नपरोस् कदापि
दिन्छ मनमा दग्ध !
✍️
लोक बहादुर क्षेत्री
//४३//
—————<•>—————
जीवन सुन्दर फूल
आत्महत्या गर्ने कसैले
गर्नु हुँदैन भूल !
✍️
सर्मिला बोहरा, बैतडी
//४४//
—————<•>—————
नकारात्मक सोच हटाऔँ
सबैलाई माया गर्दै
आत्महत्या घटना घटाऔँ ।
✍️
प्रेम थापा “मन”बागलुङ
//४५//
—————<•>—————
१)
अनेकौँ समस्याको प्रभावले
रोज्छ मान्छे आत्महत्या
अभाव र तनावले ।
२)
अकाल मृत्युबाट बचौँ
गरेर प्रयोग सन्चारको
मृत्युको रोकथाम गरौँ ।
✍️
सतीश पण्डित
भानु६ चुँदी तनहूँ
हाल चनपा६ मातातीर्थ
//४६//
—————<•>—————
काम गर्न जाऔँ
आत्महत्यालाई नराेजौँ कहिल्यै
आफ्नो जीवन बचाऔँ ।
✍️
कल्पना भण्डारी
काठमाडौँ
//४७//
—————<•>—————
नसाेचाैँ आत्महत्या समाधान
विवेक पुर्याऔँ कर्ममा
कहाँ छैनन् व्यावधान ?
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर,झापा
//४८//
—————<•>—————
नफालौँ अकालमा ज्यान
उर्लदा दुःखको बाढी
क्षणिक भनेर जान ।
✍️
सीमा कार्की समर्पण
मेलचोक पर्सा
//४९//
—————<•>—————
अकालमा हुँदैन मर्न
किन रहर गर्छन्
मान्छे आत्महत्या गर्न ?
✍️
सरिता सेढाईं, धादिङ
//५०//
—————<•>—————
१)
जीवन आउँदैन फर्केर
फूल सजाउ दिलमा
नरक नपर तर्केर ।
२)
महत्वाकाङ्क्षा याेजना नराम्रो
धरातल आफ्नै नबुझ्दा
ज्यानै जान्छ हाम्राे ।
✍️
हिरालाल न्याैपाने
बानपा ८,काेटमाैला सल्यान
//५१//
—————<•>—————
धेरैलाई बाध्य पारियो
आत्महत्या गर्यो भन्दै
झुन्ड्याएर कयौँ मारियो ।
✍️
खडक आर सि मिलन
छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
//५२//
—————<•>—————
बन्द भएमा ढोका
गर्छन् मान्छे आत्महत्या
जिन्दगीलाई दिँदै धोका ।
✍️
विष्णु पंगेनी
वालिङ -स्याङ्जा
//५३//
—————<•>—————
मृत्युको गर्दै माग
जिउन नजान्ने कायरले
आफैँ गर्छ देहत्याग !
✍️
इन्दिरा देवकोटा
//५४//
—————<•>————-
अमूल्य मानव जोवन
गरेर हत्या आत्माको
नगरौँ जीवनको दोहन ।
✍️
पद्मा काश्यप पाण्डे, मोरङ
//५५//
—————<•>————-
आत्महत्या गर्छ कायर
सबल सुलभ बन्न
बन्नुपर्छ गाडीको टायर ।
✍️
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
//५६//
—————<•>————-
१)
बढिरहेछ दिनहुँ किन
आत्महत्या गर्नेको सङ्ख्या
सोचौँ केही छिन ।
२)
आत्महत्या हैन समाधान
बहुमुल्य यो जीवनको
राखौँ आफैँले मान ।
✍️
शोभा आचार्य गौतम
काठमाडौँ
//५७//
—————<•>————-
१)
मरेर समस्या टर्छ ?
जीवनसँग हार खाएपछि
नबुझी आत्महत्या गर्छ ।
२)
जीवनको अर्थ हेर
आत्महत्या गरेर हट्दैन
नफालौँ जीवन खेर ।
✍️
दीप गोले तामाङ, रौतहट
//५८//
—————<•>————-
१)
समस्यालाई उपायले टालौँ
कठिनाइ आफैँ भाग्छ
जिन्दगानी खेर नफालौँ ।
२)
एकबारको जीवन रमाउनू
आपदविपद पर्यो भन्दैमा
बाँच्नलाई खुट्टा नकमाउनू ।
✍️
होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
//५९//
—————<•>————-
१)
आत्माहत्याद्वारा हुन्न निकास
बाँच्नुपर्छ हेर हामीले
तबमात्र हुन्छ विकास ।
२)
बनाऔँ सोँच अरू
बाडेर लिउँ पीडा
हुन्छ सन्चो बरु ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन न. पा. ६ संखुवासभा
//६०//
—————<•>————-
१)
जिउने आस मर्छ
कोही नभए साथमा
कायरले आत्महत्या गर्छ ।
२)
आफैँले भाग्य लेखाउनुपर्छ
कायरले गर्छ आत्महत्या
बाँचेर सबैलाई देखाउनुपर्छ ।
✍️
सृष्टि एरी, तनहुँ
//६१//
—————<•>————-
केही बोल्न नपाउँदा
आत्महत्याको उठ्छ सोच
व्यथा मनमा लुकाउँदा ।
✍️
मुक्तिनाथ काफ्ले।
जिल्ला चिराङ, असम ,भारत
//६२//
—————<•>————-
१)
नगरौँ पाप कर्म
हत्या अपराध हो
बुझेर गरौँ धर्म ।
२)
आत्महत्या उपाय हैन
अनेक हुन्छन् समस्याहरू
जीवनको विकल्प छैन ।
✍️
कृष्ण बजगाई भक्तपुर
//६३//
—————<•>————-
१)
जीवन नफालौँ खेर
आउँछ जान्छ समस्या
हिम्मतिलो हुनुपर्छ हेर ।
२.
आइलागेका समस्या टालौँ
जीवनको मूल्य बुझाउन
जनचेतना जगाउन थालौँ ।
✍️
शान्ता भट्टराई
//६४//
—————<•>————-
सुन्दर छ जीवन
आत्महत्याको कुरै नगरौँ
दह्रो बनाउँ मन ।
✍️
अरुण कुमार भुजेल
कालेबुङ, भारत।
//६५//
—————<•>————-
१)
सबैसँग दुःख बाँट्नू
जिन्दगीमा आत्मघात गर्न
कहिले पनि नआँट्नू ।
२)
जीवन ईश्वरको वरदान
महाशय आत्महत्या होइन
कुनै समस्याको समाधान ।
✍
अन्मोल मुस्कान
तकदाह छाउनी,
दार्जिलिङ।
//६६//
—————<•>————-
अमुल्य जीवन चाेला
ईश्वरले दिएकाे उपहार
जतनले सजाउनु हाेला ।
✍️
प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
//६७//
—————<•>————-
१)
बाँच जीवनसँग नहारेर
फाइदा छैन केही
आफूलाई आफैँले मारेर ।
२)
समाधान होइन मर्नु
आइपरेकोमा होसियार भएर
सकेसम्म सङ्घर्ष गर्नू ।
✍️
गुणनिधि घिमिरे अमेरिका
//६८//
—————<•>————-
१)
सकिन्छ बाध्यता टार्न
मनोबल पार्नुपर्छ दह्रो
हुँदैन जीवनदेखि हार्न ।
२)
आत्माहत्या अपराध मानिन्छ
जस्तै पिडाहरू आओस्
जिन्दगीमा जिउन जानिन्छ ।
✍️
दिल ठकुरी, दार्जिलिङ
//६९//
—————<•>————-
१)
आफैँ सकाउने किन
जीवन भनेकाे पहिले
राम्राेसँग आफैँले चिन ।
२)
जीवन अमूल्य हुन्छ
जीवनभन्दा राम्राे यहाँ
अरू कुन छ ?
✍️
मनुहाङ किराँती साेलु
//७०//
—————<•>————-
कसलाई पर्दैन पिर ?
आत्महत्या नरोज्नु फेरि
डटेर उठाऔँ शिर !
✍️
भुपेन्द्र राना मगर
धादिङ
//७१//
—————<•>————-
फक्रिने आस मर्यो
कसैले घात गरेर
उसको श्वास मर्यो ।
✍️
मधुसूदन पराजुली
मन्डन देउपुर १२ ज्याम्दी काभ्रे
//७२//
—————<•>————-
१)
आत्महत्या गर्ने कति
बाँच्नका निम्ति मान्छेलाई
ओखती खानुपर्ने अति ।
२)
आत्महत्या गर्नेले गरे
घरमा बस्न नसकी
परिवार अन्तै सरे ।
✍️
भगवती दवाडी, झापा
//७३//
—————<•>————-
१)
आत्महत्या हो महापाप
सुखदुःख हाम्रो साथी
होइन जीवन अभिसाप ।
२)
जिउनु जीवन पाएको
आत्महत्या गरेपछि कहाँ
पाइन्छ लाएको खाएको ।
✍️
रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
//७४//
—————<•>————-
आत्महत्या गर्नु पाप
मनलाई बाँधेर राखौ
घटाऔं दुःखको चाप ।
✍️
शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौँ
//७५//
—————<•>————-
अनुपम सुन्दर जीवन
जानाजान खेर नफालौँ
गरौँ तनाव व्यवस्थापन ।
✍️
तेजप्रसाद खनाल, लमही दाङ
//७६//
—————<•>————-
१)
नखानु जीवनमा हार
आफूले आफैँलाई गर्नु
सदैव अतुल प्यार l
२)
नराख्नु मनमा जल्प
निदान हुन्छ पीडाको
मृत्यु होइन विकल्प l
✍️
बाबुराम गौतम, गुल्मी
//७७//
—————<•>————-
मनोबल हुँदैन घटाउन
आफूलाई बलियो बनाउँ
गलत विचार हटाउन ।
✍️
सञ्जना शर्मा
लमही दाङ
//७८//
—————<•>————-
१)
जीवनयात्रा ईश्वरको इच्छामा
रहर गर्नुहुँदैन मर्नलाई
आत्मा तड्पिरहन्छ बित्थामा ।
२)
शाश्वत सत्य जन्ममरणको
नियति सम्झनु परमेश्वरमा
उनैमा निहित शरणको ।
✍️
घनश्याम पन्त, हरिवन सर्लाही
//७९//
—————<•>————-
समस्याकाे समाधान खाेज्नु
अमूल्य छ जीवन
आत्महत्या कदापि नरोज्नु ।
✍️
कोपिला अधिकारी
//८०//
—————<•>————-
१)
जीवनमा घृणा पाएर
कतिले आत्महत्या गर्छन्
लागु औषधी खाएर ।
२)
एकबार पाएको जीवन
अब केही नसोची
कठोर पारौँ मन ।
✍️
ललिता गिरी सिन्धुली
हाल काठमाडौँ नेपाल
//८१//
—————<•>————-
१)
कोरिएका जीवनका रेखा
आफैँलाई थाहा छैन
सबैले भन्छन् देखा ।
२)
कसैले आत्महत्या नगरौँ
जस्तो परिस्थिति आओस्
मनमा खुसी भरौँ ।
✍️
लक्ष्मण देउवा डोटी
हाल भारत चेन्नई
//८२//
—————<•>————-
१)
नराम्रो सोच हटाउनू
फुर्सदको समयमा साथी
सिर्जनामा मन लगाउनू ।
✍️
बाल कृष्ण श्रेष्ठ
//८३//
—————<•>————-
१)
आत्महत्या जधन्य अपराध
जीवनको अन्त्य नसोची
थापौँ परिश्रमको काँध ।
२)
व्यर्थमा जीवन फाली
महत्वकाङ्क्षा नपालौँ ठूलो
रोपेकै फल्छ बाली ।
✍️
ममता पौडेल
बुढीगङ्गा -२ , मोरङ
//८४//
—————<•>————-
आत्महत्या गर्नु नराम्रो
किन बुझ्दैनौ कुरा
अमूल्य जिवन हाम्रो ।
✍️
दुर्गा भट्टराई
मोरङ
//८५//
—————<•>————-
१)
मनुष्य चोला कर्मको
देहको त्याग नगरौँ
हिँडौँ बाटो धर्मको !
२)
आत्महत्या कायरको काम
छोटो बुद्धिले फाल्नेलाई
मिल्दैन फेरि परमधाम !
✍️
अच्युत घिमिरे
सर्पाङ, भुटान🇧🇹
//८६//
—————<•>————-
१)
नफालौँ जीवन खेर
हर परिस्थितिसँग लड्दै
बाँच्नु पर्छ हेर ।
२)
आवेगमा आत्महत्या गर्छन्
भड्किन्छ उसको आत्मा
नर्कको भुमारिमा पर्छन् ।
✍️
वेल थोकर तामाङ
मकवानपुर, बकैया_८ बस्तिपुर
//८७//
—————<•>————-
कमजोर मन अचेत
विकल्प होइन आत्महत्या
बनौँ सबै सचेत ।
✍️
रक्षा काली रे
//८८//
—————<•>————-
१)
नफाल्नू अकालमै ज्यान
एकैनास हुँदैन समय
यसमा दिनू ध्यान ।
✍️
नन्दा धामी
नौगड दार्चुला
—————<•>—————









