• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १६० सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार २२:०३ मा प्रकाशित
  • काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६४ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
    टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १६० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    सहभागी टुक्काकारहरूद्वारा सृजित सुन्दर टुक्का कविताहरू-


    ~<•>~
    १)
    जात नै जाला जस्तो गर्छन् लेख्दा कतिपय
    टुक्का अघि बढेकोमा आरिस हो कि भय ?
    -वसन्त अनुभव
    घोराही, दाङ
    २)
    टुक्का कविता छाेटाे मिठाे भावनाकाे कला 
    मै हुँ भन्ने घमन्डीलाई पार्न सक्छ थला । 
    -ताराप्रसाद चापागाईँ
    ३)
    निरन्तर  फस्टाउँदै   गइरहेको   छ  टुक्का
    आरिस गर्नेहरू होसियार है लाग्ला मुक्का !
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    ४)
    थोरै शब्द धेरै वर्णन टुक्काको आसय  
    पढ्दै गर्दा भाव बुझ्दा मन कवितामय !
    -सागर आँसु -डोटी
    ५)
    छोटो मिठो, चोटिलो भाव बोक्छ टुक्का
    क्रान्ति बुझ्न नसक्दा खाने गर्छन् मुक्का ।
    -दीपा समभाव 
    दुबेकोल खोटाङ्ग
    ६)
    नबोलौँ भनेको थिएँ जबरजस्ती बोलायो
    कसेर गाँठो पारेको मन समेत खोलायो।
    -प्रदीप के रिमाल
    ७)
    लेख्नु काव्य बनोस् अझै  रसिलो
    शब्द भण्डार बनून् झन् कसिलो ।
    -भगवती दवाडी, झापा
    ८)
    सबै विषयमा टुक्का लेख्न सकिन्छ 
    हिँड्न नजानेमा खुट्टाले दु:ख दिन्छ ।
    -कार्की डिबी माकुम 
    सुनवल-४, नवलपरासी
    ९)
    आरिसे  जतिले  गर्दै  गरुन्  रिस  अनि  डाहा
    कस्को भविष्य कस्तो हुन्छ तिनलाई छ र थाहा ?
    -अर्जुन प्रसाद चौलागाई
    अमेरिका, बोस्टन
    १०)
    हुन्छन् समाजमा  दुष्ट मान्छे कति कति
    हो हुँदैन कहिल्यै  त्यस्ताको राम्रो मति ।
    -सतीश सिकारु
    चनपा ६ मातातीर्थ।
    ११)
    आरिसेकाे त खासै साहित्यमा छैन काम
    टुक्का कविता नलेखी कहाँ आउँछ नाम ।
    -राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्ययपुर ठिमी ५ संगम काेलाेनी राधेराधभक्तपुर ।
    १२)
    भुक्ने कुकुर भुक्छ 
    दैलोमा आई ढुक्छ ।
    -नागेन्द्रप्रसाद यादव ।
    १३)
    कहिल्यै नखोज मान
    कर्मले देखिन्छ सान !
    -आर्त अकुलीन
    १४)
    खुट्टा तान्नेहरूको कमी छैन 
    जे गरेपनि  खुशी भने  हैन ।
    -कला ढकाल, झापा
    १५)
    पाप लाग्छ जस्तो गर्छन् पढ्दा महोदय
    साहित्य नै होइन पो ! भन्छन् कतिपय ।
    -होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    १६)
    लेख्न सजिलो र चोटिलो हुन्छ
    टुक्काले समाजको मैलो धुन्छ ।
    -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    १७)
    टुक्का कविता लेखौँ हामी भाव र कला भर्दै  
    रिस डाहा  गर्नेहरू पछिपछि  लाग्छन्  सर्दै ।
    -बेदु न्यौपाने 🌹🌹
    १८)
    टुक्का लेख्दा भाव चाेटिलाे आओस् महाशय
    पढ्नेले  तुरुन्तै  बुझाेस् नि ! यसकाे  आसय ।
    -नवराज भट्ट
    कञ्चनपुर
    १९)
    लक्ष्यमा पुग्न टुक्काले गरेको देखेर यात्राको तय
    शुभ चिन्तकलाई खुसीयाली छ आरिसेलाई भय ।
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके।
    २०)
    समावेशी बनेको छ टुक्का लेखन सान्दर्भिकता लय
    मुर्खको औषधि छैन आरिस गर्ने खुम्चिन्छ लेख्ने जय ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    २१)
    चिनी राख्नुपर्छ धेरै जसो यस्तै हुन्छन् कतिपय 
    अडिग  भै बढिरहनु  गरी आफ्नो  सुन्दर  तय ।
    -अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन न. पा. ६ संखुवासभा ।
    २२)
    दुश्मनलाई ढाल्नुछ
    कुरीतिलाई फाल्नुछ ।
    -दीप गोले तामाङ, रौतहट
    २३)
    मै हुँ भन्ने यहाँ बिगार्न थाले, लेख्दा अचेल टुक्का
    बिग्रियो भनी बताउँदा, तयार हुन्छन् हान्न मुक्का ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    २४)
    छाेटाे मीठो हुन्छ टुक्का पढ्न नि सजिलो 
    बाेक्ने गर्छ भाव अर्थ अति गहकिलो ।
    -प्रमाेद नेपाल
    वीरगञ्ज । हाल काठमाडौ -५
    २५)
    टोक्यो भन्दैमा कुकुरले मिल्छ र टोक्न कुकुरलाई
    रोकेर  कहाँ  रोकिन्छ  र  सृजनशील  हात  समाई ।
    -पुष्पा राई,बादेल,खाेटाङ।
    २६)
    जातै जाओस् तर टुक्का लेख्न छाेडिन्न
    टुक्का छाेडी अन्ततिर ध्यान माेडिन्न ।
    -भवानी पाेखरेल (बाबू विराज)
    बाणगंगा १ चार नम्बर, कपिलवस्तु
    २७)
    सायद ठूला ठूला कवि भ‌एर होला
    बगाउन चाहादैनन् यो टुक्काको खोला ।
    -रमेश दियाली 
    शेल्पू सिटोंग दार्जिलिङ भारत।
    २८)
    टुक्काहरू लेख्ने नलेख्ने आ-आफ्नै हो नि खुबी 
    डाहा र रिसले  उन्नति हुन्न जाने हाे डुबी ।
    -सुशिला शिखा 
    कागेश्वरी काठमाडौं
    २९)
    लेख्न न छोडौँ है चोटिलो टुक्का
    आरिसेको मुखैमा हानौँ मुक्का ।
    -बिके मुखिया
    दार्जिलिङ,भारत
    ३०)
    टुक्काले त भ्रष्टलाई व्यङ्ग्य हान्दछ
    त्यसैले त  ईर्ष्या गर्छ  खुट्टा तान्दछ !
    -विवश पारदर्शी 
    झापा
    ३१)
    अचम्मका मान्छे यहाँ उस्तै रहेछ चलन 
    सधैँ अरूको प्रगतिमा गर्ने गर्छन् जलन ।
    -प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ३२)
    छोटो मीठो दुई लाइनको यो कविता
    आऊ सबले लेखौँ नबनाउँ रमिता ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ३३)
    कामना गर्दछु टुक्काले धरती आकाश छोओस्
    आरिसे दुष्ट मोराहरू आँसुले मुहार धोओस् !
    -मोती योन्जन सुब्बा,  दार्जिलिङ।
    ३४)
    देखेर मात्र पुग्दैन कि त केही काम गरौँ
    भनेर मात्र हुँदैन अझ, अघि पनि सरौँ ।
    -प्रेम थापा “मन”बागलुङ
    ३५)
    सानाठूला धनी गरीब मूर्ख विद्वान् सबै यहाँ पर्छ नाच्नु 
    नेपाली साहित्यका आँगनमा सम्मानित नै भएर बाँच्नु ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    ३६)
    भनेर मात्रै हुँदैन काम गर्दै जाऊँ
    मिलेन टुक्का भने अवश्य क्षमा पाऊ ।
    -रबि पाैडेल दक्षिण भारत पाण्डेचरी ।
    ३७)
    मै मात्र हुँ कि जान्ने बुझ्ने जस्तो गर्छन् मेरै भनौदाहरू
    मेरो केही नलाग्ने भएपछि भन्नुस् हजुर कसो गरुँ ?
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १ बैरिया
    ३८)
    टुक्का कविता लेख्दै गएमा धेरैले डाहा गर्छन् 
    साहित्य कस्तो रसपान हाे बुझ्दैनन् पछि पर्छन् ।
    -नाम केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ३९)
    नलेख्नेलाई लेखौँ  भन्दै कर पनि नगरौँ
    टुक्कालाई मायाँ गर्ने जति सधैँ अघि सरौँ ।
    -अरुण कुमार भुजेल 
    गोरूबथान,कालेबुङ,भारत
    ४०)
    कति रिस गर्छन्  बरै हामीले टुक्का लेख्दा
    आरिसले जल्छ्न् नि टुक्का मौलाएको देख्दा ।
    -अनिता भण्डारी ताप्लेजुङ
    ४१)
    लेख्न जान्नेहरूका लागि लेख कला नै होला
    टुक्का लेख्न नजान्ने आफैँ बगाउँछन् त खोला ?
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ४२)
    साजबाज गरेँ धेरै, लेखूँ टुक्का मिठो भनी 
    बङ्गारा नै सबै झार्‍यो, लोहाको चिउरा बनी ।
    -रामशरण न्यौपाने, भक्तपुर
    ४३)
    टुक्का चोटिलो हुन्छ कला विम्ब र यथार्थ बोल्छ
    मनमा   पाप  हुनेहरूलाई  भतभती   पोल्छ ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा. पा. -६, दोलखा 
    ४४)
    यो मनको कुरा मनमै कति राखियो 
    दुःख सुखको अनुभवबाट चाखियो ।
    -नीमा छिरिङ भोटिया 
    जलढका कालेबुङ
    ४५)
    उसले जे जे गरि खान्छ आरिस किन गर्नू
    बरु टुक्का कविता लेख्नु साहित्याकास भर्नू ।
    -तिला लेकाली
    ४६)
    साहित्य आफ्नाे भाव र भावनाका शब्दकाे मेल
    दायाँबायाँ नहेरी बगाउनु सृजनाकाे भेल ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ४७)
     यहाँ कसले डाहा गरेर के हुन्छ 
    साहित्यिक शब्द सबैको मन छुन्छ ।
    -शोभा आचार्य गौतम 
    काठमाडौँ
    ४८)
    आरिस गर्दा हुन्छ है आफैँमा हानी
    सकेसम्म रिस कम गरौँ है जानी ।
    -बिबा तामाङ
    लाटपञ्चर सिटोङ खरसाङ।
    ४९)
    जति नै खुट्टा ताने पनि ढुक्कले टुक्का अघि बढ्दैछ
    अनमोल विधा यो साहित्यको आज शिखर चढ्दैछ।
    -तोया नाथ चापागाईं
    दमक, झापा
    ५०)
    लेख्दा पनि घमण्ड गर्ने है ! म जस्तो कोही छैन भन्ने 
    हामी पनि लेख्छौँ कविता तर संज्ञा ठुटे कवि गन्ने ।
    -कबिताहरी 
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    ५१)
    आजभोलिका शासक डाडु पन्यू समाउन पाएर आफू आफैँमा छन् दङ्ग 
    मन्त्रीलाई समेत फिर्ता पठाएकोले देखियो यिनका सुशासनको ढङ्ग !
    -पवनकुमार बुढाथेाकी
    काठमाडौँ
    ५२)
    बुझ्न छोटो मीठो टुक्का छायो मुटु मन
    गर डाहा तिमी झाँगिँदैछ रनवन ।
    -इन्दु श्रेष्ठ, चितवन
    ५३)
    टुक्का कविता लेख्दा पढ्दा जान्छ भनेर हो कि जात
    बोक्रे कविले बेलाबखतमा  गरिरहन्छन् घात l
    -बाबुराम गौतम, गुल्मी
    ५४)
    शब्दको भावभित्र हुन्छ जमेको
    संसार यसैमा खुसीले रमेको ।
    -कृष्ण बजगाई, भक्तपुर
    ५५)
    समयलाई नफालौँ खेर
    लेखौँ टुक्का सोचेर गमेर ।
    -मन्दिरा सेढाई
    मलेखु, धादिङ 
    ५६)
    साहित्य साहित्य हुन्छ कसैकाे हुँदैन पेवा
    नबुझे टुक्का हिरो हाे बुझेमा मिष्टान्न मेवा ।
    -शारदा भण्डारी काफ्ले
    विराटनगर
    ५७)
    कुन शब्द खोजेर  कविता कोरौँ
    ‌मीठामीठा भाषा कहाँबाट गोरौँ ।
    -घनश्याम पन्त हरिवन सर्लाही
    ५८)
    कामपछि नाम आफैँ फैलिँदै जान्छ 
    काम जस्तै जिवनकाे उचाइ लान्छ ।
    -ईश्वर साउद(भिक्षु) 
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ५९)
    मौलाउँदै गएकोले पर्यो होला चोट
    टुक्का कवितालाई कसले लायो खोट |
    -सरिता सेढाई, धादिङ
    ६०)
    विज्ञ छु भनेर घमण्ड गर्छौ किन ?
    आफू कति पानीमा छु पहिले चिन ।
    -विनोद साथी 
    मिरिक
    ६१)
    चुपचाप कर्म गर्दै जानुस्
    बेथितिको विष स्वाट्टै खानुस् ।
    -लक्ष्मी रिजाल 
    रुपनगर, सप्तरी ।
    ६२)
    कुनै दिन अवश्य लेख्ने छन् टुक्का रमाई 
    धन्य बन्लान् टुक्का संग्रह खुसीले समाई । 
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    ६३)
    जान्दछु भनेर कम्मर कस्ने पनि देखियो
    आफ्नै घमण्ड ईर्ष्या बाहेक के नै पो लेखियो।
    -बिकास क्षेत्री अन्जान
    ६४)
    रूप बेग्लै प्रतिभा बेग्लै गराैँ सबैकाे मान
    पृथक विधाकाे सत्कार गराैँ पुराऔँ ध्यान ।
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे,बनेपा १४ साँगा बजार

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता, वसन्त अनुभव

    सगरमाथा स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार १८:५१ मा प्रकाशित
  • सगरमाथा साहित्य प्रतिष्ठान, नेपाल शाखाको आयोजनामा हिजो कार्तिक २४ गते शनिबारका दिन नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा ‘सगरमाथा स्रस्टा सम्मान तथा रचना वाचन कार्यक्रम २०८१’ सम्पन्न भएको छ ।

    प्रा.डा.रामप्रसाद ज्ञवालीको प्रमुख आतिथ्यता एवम् साहित्यकार कलानिधी दाहालको विशिष्ट आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा साहित्य, समाजसेवा र पर्यावरणको क्षेत्रमा अतुलनीय योगदान दिनुहुने मूर्धन्य व्यक्तित्वहरूलाई सम्मान गरिएको थियोे । सम्मानित हुनेहरूमा
    काठमाण्डौका हरिभक्त सिग्देल (काठमाण्डौ), मानन्धर अभागी (साँखु काठमाडौँ), सोलुखुम्बुकी डा.रेनुका सोलु (सोलुखुम्बु), हेमन्तराज काफ्ले (नेपालगन्ज) र इलामकी ज्योति जुङ्गल रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.ज्ञवालीले आफ्नो शुभकामना मन्तव्य राख्दै लेखेर वा बोलेर मात्रै साहित्यकार नभइने, त्यसका लागि कवि आफैँमा आत्मविश्वास, लगनशीलताका साथै मधुर वाणी र व्यवहार हुनुपर्ने बताउमु भयो । साथै उहाँले सम्मानित पाचै जना व्यक्तित्वहरूलाई हार्दिक बधाई पनि ज्ञापन गर्नुभएको थियो ।

    नेपाल शाखाका इन्चार्ज अमन एकलको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले संस्थाको स्थापना भएदेखि हालसम्म गरेका हरेक साहित्यिक, सामाजिक लगायतका कार्यहरूको फेहरिस्त प्रस्तुत गर्नुभएको थियोे । साथै उहाँले संस्थाको आगामी कार्ययोजना बारे पनि जानकारी गराउनु भएको थियो ।

    कार्यक्रमको शुरुमा प्रतिष्ठानका केन्द्रीय अध्यक्ष समर चेम्जोङ आभासको शुभकामना मन्तव्य पढेर सुनाइएको थियोे । साथै सम्मानित व्यक्तित्वहरूले पनि ‘सम्मानले आफूमा साहित्य र समाजका क्षेत्रमा अझै केही गरॅौ या गर्नुपर्छ’, भन्ने उत्प्रेरणा थपेको कुरा बताएका थिए ।

    कार्यक्रममा करिब दुई दर्जन स्रस्टा/सर्जकहरूले आ-आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सर्जक, साहित्यानुरागी व्यक्तित्वहरू, संस्थाका पदाधिकारीहरू सुमित्रा सुमी, मन्दिरा मधुश्री, टुका देवी पौडेल आचार्य लगायतको उपस्थिति रहेको थियोे ।

    कार्यक्रम प्रतिष्ठानका नेपाल शाखा अध्यक्ष बुद्धि बल श्रेष्ठको अध्यक्षतामा एवम् उपाध्यक्ष भैरवी भूगोलको कुशल सञ्चालनमा सम्पन्न भएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८१ सम्पन्न

  • २५ कार्तिक २०८१, आईतवार ०७:०३ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६३ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८१ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    खुकुरी
    गोर्खाली सान
    हाम्रो वीरताको पहिचान !

    • वसन्त अनुभव
      [२]
      सिरुपाते
      खुकुरीकाे धार
      प्रसिद्ध नेपाली हतियार !
    • ताराप्रसाद चापागाईँ
      [३]
      खुकुरी
      कसिलो हात
      नेपाली पहिचानको बात !
    • रचना शर्मा प्रतीक्षा, ललितपुर
      [४]
      खुकुरी
      नेपाली पहिचान
      वीर गाेर्खालीकाे सान !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [५]
      खुकुरी
      हाम्रो पहिचान
      बढेको सबैको सान !
    • रमा पन्त, पाल्पा
      [६]
      खुकुरी
      काट्ने दुबै
      राँगा अनि कुखुरी !
    • दीपा समभाव
      दुबेकोल, खोटाङ्ग
      [७]
      जोगाउन
      संस्कार सस्कृति
      धार नमेटाऊ कत्ती !
    • हीरामाया श्रेष्ठ
      [८]
      वीरता
      नेपालीको सान
      खुकुरीले दिन्छ पहिचान !
    • गुणनिधि घिमिरे, अमेरिका
      [९]
      खुकुरी
      ठुलो योगदान
      नेपाली समाजको परान !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१०]
      नेपाली
      कतै रुक्दैन
      कहिल्यै अनायासै झुक्दैन !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [११]
      पहिचान
      वीर नेपाली
      वैरीलाई खुकुरीले हान !
    • पशपती राई, खोटाङ
      [१२]
      खुकुरी
      नेपालीको सान
      नगर कसैले अपमान !
    • नागेन्द्रप्रसाद यादव
      [१३]
      खुकुरी
      सबैको स्वाभिमान
      हामी नेपालीको पहिचान !
    • आर्त अकुलीन
      [१४]
      खुकुरी
      देखाऊ पहिचान
      भ्रष्टलाई खोजीखोजी हान !
    • डा. देवी पन्थी
      [१५]
      हतियार
      नेपालीको सान
      एउटा छुट्टै पहिचान !
    • कला ढकाल झापा
      [१६]
      हतियार
      खुकुरीमा धार
      शान्ति सुरक्षाको आधार !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [१७]
      खुकुरी
      प्रसिद्ध हतियार
      गोर्खालीले बचाएको उपहार !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [१९]
      छप्काउने
      शत्रुको घाँटी
      खुकुरी गोर्खालीको साथी !
    • नवशिला,
      नवदेव मार्ग, लालभित्ती, मोरङ
      [२०]
      खुकुरी
      हतियारको नाम
      चिनारीको गर्छन् गुणगान !
    • पृथक प्रकृति, झापा
      [२१]
      गोर्खाली
      उठ नेपाली
      हातमा खुकुरी उचाली !
    • घनश्याम पौडेल, पोखरा
      [२२]
      वीरता
      चम्किलो खुकुरी
      नेपाली इतिहासको गौरव !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२३]
      खुकुरी
      हुनु होसियार
      नेपाललाई चिनाउने हतियार !
    • धनमाया चौधरी, कैलाली
      [२४]
      खुकुरी
      गाेर्खालीकाे हतियार
      फिरङ्गीले खाए हार !
    • नवराज भट्ट, कञ्चनपुर
      [२५]
      खुकुरी
      गौरवको सान
      हामी नेपालीको पहिचान !
    • बेदु न्यौपाने
      [२६]
      खुकुरी
      मासु काट्ने
      केवल हतियार नसम्झ !
    • ध्रुव श्रेष्ठ, खोटाङ
      [२७]
      खुकुरी
      काट्ने हतियार
      दुश्मनी व्यवहार होसियार !
    • सविता के.सी.
      [२८]
      खुकुरी
      जमाना थियो
      बैरीको सातो लियो !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाण्डौँ
      [२९]
      गोर्खाली
      खुकुरीको सान
      वीर पुर्खाको मान
    • ऋजु दिल्पाली
      ईटहरी-१, सुनसरी
      [३०]
      खुकुरी
      बिरताको चिनो
      शत्रुलाई हराएको हतियार !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [३१]
      खुकुरी
      पुर्खाको पहिचान
      यो हाम्रो सम्मान !
    • दीप गोले तामाङ, रौतहट
      [३२]
      निसान
      वीर नेपालीको
      हतियार खुकुरी पहिचान !
    • विवश पारदर्शी, झापा
      [३३]
      खुकुरी
      धारिलो धार
      देश बचाउने हतियार !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [३४]
      अगहन
      जुरठ लगन
      डुल्ही डुल्हा माँगन !
      सागर कुस्मी, कैलाली
      [३५]
      खुकुरी
      हाम्रो पहिचान
      नेपाली वीरताको निसान !
    • कमला देवकोटा, पाल्पा
      [३६]
      खुकुरी
      गौरवशाली हतियार
      अहिले काट्छन् कुखुरी !
    • दुर्गा अधिकारी भमरकोेटे, हाल – कपन
      [३७]
      खुकुरी
      वीरताको कहानी
      भयो सुनौलो बिहानी !
    • सङ्गीता खरेल, काठमाडौँ
      [३८]
      खुकुरी
      नेपालीको सान
      गाेर्खाली नाम पहिचान !
    • रवि पाैडेल, दक्षिण भारत, पाण्डेचरी
      [३९]
      खुकुरी
      नेपालीको साथी
      शत्रुको लिन्थ्यो सातो !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [४०]
      खुकुरी
      वीरताकाे निशानी
      पुर्खाकाे गाैरवगाथा नेपालीकाे !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [४१]
      खुकुरी
      नेपालीको सान
      वीर पुर्खाको पहिचान !
    • सुरेश न्यौपाने
      [४२]
      खुकुरी
      गोर्खालीको पहिचान
      वीरता चिनाउने हतियार !
    • तिला लेकाली
      [४३]
      खुकुरी
      पित्तलको काँजो
      शत्रुलाई हान्छ भाँजो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [४४]
      खुकुरी
      हाम्रो सान
      हामी नेपालीको पहिचान !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४५]
      खुकुरी
      गोरखालीको सान
      वीर हुनुको अभिमान !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४६]
      खुकुरी
      धारिलो हतियार
      नचिन्ने आफ्नो पराइ !
    • कण्ठराज गिरी, टीकापुर
      [४७]
      खुकुरी
      वीरको सान
      हामी नेपालीको स्वाभिमान !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [४८]
      खुकुरी
      चलाएर युद्धभूमिमा
      ल्याए वीरताको आँधी !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [४९]
      खुकुरी
      नेपालीको हतियार
      असत्यमाथि विजयको प्रहार !
    • सरस्वती वली
      [५०]
      खुकुरी
      गोर्खालीको सान
      विश्वभर यसैको गुणगान !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, बाँके
      [५१]
      खुकुरी
      गोर्खालीको हतियार
      छोडेन कुनै मतियार !
    • तोया नाथ चापागाईं
      दमक, झापा, नेपाल
      [५२]
      खुकुरी
      कर्दकाे मान
      तमाम मर्दकाे सान !
    • रामकृष्ण दुवाडी, पाेखरा
      [५३]
      गाेर्खालीकाे
      सान एनेपालीको
      खुकुरी पहिचान साहसीपनकाे !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [५४]
      खुकुरी
      गोर्खालीको सान
      विश्वमा वीरत्वको पहिचान !
    • त्रिलोक रामदम
      [५५]
      खुकुरी
      नेपालीको शान
      विश्वले गर्छ मान !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक-१३
      [५६]
      खुकुरी
      सूर्यझैँ न्यानो
      बन्नु जीवनको छानो !
    • कृष्ण बजगाईँ, भक्तपुर
      [५७]
      खुकुरी
      हतियार हाम्रो
      विश्वमै छ राम्रो !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५८]
      खुकुरी
      जब चम्कियो
      राष्ट्रघातीले पानी छम्कियो !
    • घनश्याम पन्त
      [५९]
      धारिलाे
      सान खुकुरीकाे
      सान उस्तै नेपालीकाे !
    • टीकाराम जाेशी, टीकापुर
      [६०]
      अवगुणलाई
      गुणले जित्ने
      एक गज्जवको काइदा !
    • लक्ष्मी रिजाल
      रुपनगर, सप्तरी
      [६१]
      खुकुरी
      नेपालीको पहिचान
      बढोस् पुर्खाको सान !
    • सुस्मिता अधिकारी ,काठमाण्डौं
      [६२]
      खुकुरी
      गाेर्खाली सान
      प्रसिद्ध नेपाली हतियार !
    • श्रद्धा आचार्य, पोखरा
      [६३]
      खुकुरी
      पुर्खाको चिनारी
      सुरक्षाको सौम्य साधन !
    • कविता आचार्य, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न

  • २१ कार्तिक २०८१, बुधबार १७:३८ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ३६ औँ शृङ्खला (तिहार विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय २ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका तिहार विशेष उत्कृष्ट झिल्का कविताहरू-

    //१//
    खेलेर देउसी भैलो
    मनाऔँ तिहार पर्व
    फालेर मनको मैलो !
    -वसन्त अनुभव, दाङ
    —————<•>—————
    //२//
    सप्तरङ्गी टिका निधारमा
    गलामा माला मखमली
    रमाइलो चाड तिहारमा ।
    -सुस्मिता अधिकारी ,काठमाडौँ
    —————<•>—————
    //३//
    तिहारको रमझम आयो
    सयपत्री मखमली फुलेर
    मनमा हर्ष छायो ।
    -पुष्पा राई, बादेल, खोटाङ ।
    —————<•>—————
    //४//
    सयपत्री फूलको माला
    निधारमा टीका सप्तरङ्गी
    उज्यालो तिहारकाे पाला ।
    -श्रीकृष्ण धामी – बझाङ
    —————<•>—————
    //५//
    हटाउन मनको मैलो
    सबैसॅंग मिलिकन यसपालि
    खेल्नुपर्छ देउसी भैलो !
    -अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    —————<•>—————
    //६//
    जागोस् सबैमा सद्भावना
    हँसिलो रमाइलो पलसँगै
    तिहारको मङ्गलमय शुभकामना !
    -प्रेम थापा “मन”बागलुङ
    —————<•>—————
    //७//
    निधारमा होस् टीका
    मनाऔँ तिहार सबैले
    नहोस् कसैको फिका !
    -अनिता भण्डारी ताप्लेजुङ
    —————<•>—————
    //८//
    सप्तरङ्गी टीका लगाई
    दीर्घायुको कामना गर्दैछु
    दैलोमा ओखर फुटाई ।
    -समुन्द्रा शर्मा
    सुनसरी
    —————<•>—————
    //९//
    तिहार बनोस् रसिलो
    देउसी भैलोको आशिषले
    पर्व रहाेस् कसिलाे !
    -त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    —————<•>—————
    //१०//
    उज्यालो चाड तिहार
    हटुन् पिर चिन्ता
    मनसङ्गै हाँसोस् निधार !
    -कपिलकिशोर घिमिरे
    —————<•>—————
    //११//
    सयपत्री मखमलीको माला
    परदेशमा बिदा मिलेन
    भाइलाई नपर्खिनू यसपाला ।
    -चुडामणी देबकोटा
    पुरानोनैकाप काठमाण्डौ
    —————<•>—————
    //१२//
    सबैको घर दैलोमा
    तिहारको रौनक छायो
    रमाऔँ देउसी भैलोमा !
    -ललिता देउवा सहयात्री
    —————<•>—————
    //१३//
    सयपत्रीको माला उनेर
    माइतीको प्रतीक्षामा रहँदै
    देउसी भैलो सुनेर !
    -मोती योन्जन सुब्बा, दार्जिलिङ
    —————<•>—————
    //१४//
    उल्लासपूर्ण रहोस् तिहार
    दाजुभाइ र दिदीबहिनीको
    प्रगाढ बनोस् पियार !
    -बाबुराम गौतम, गुल्मी
    —————<•>—————
    //१५//
    झिलिमिली बत्तीको पर्व
    खेलेर द्यौसी भैली
    खुसीले गरिरहेका गर्व !
    -आर्त अकुलीन
    —————<•>—————
    //१६//
    हिन्दुहरूकाे महान चाडपर्व
    सबै खुसीले रमाउँछन्
    मनमा लाग्दछ गर्व ।
    -केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।
    —————<•>—————
    //१७//
    जमेर मनाऔँ तिहार
    भाइबन्धु इष्टमित्र सबै
    खाली नहोस् निधार !
    -नागेन्द्रप्रसाद यादव ।
    —————<•>—————
    //१८//
    पुछेर मनकाे धूलाे
    मनाउँ चाड तिहार
    मौलिक पर्व ठूलो !
    -हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४ ।
    —————<•>—————
    //१९//
    तिहारको रौनक छायो
    देउसी भैलो खेल्दै
    मनाएको याद आयो ।
    -शोभा आचार्य गौतम
    काठमाडौँ
    —————<•>—————
    //२०//
    गलामा मखमली लगाई
    निधारमा सप्तरङ्गी टीका
    भाइको कष्टहरू भगाई !
    -एवाइ प्रभात
    खाल्स छेन्ताङ सहिदभुमि धनकुटा
    —————<•>—————
    //२१//
    हाैसला जागेर आओस्
    तिहारकाे हार्दिक शुभकामना
    सर्वत्र खुसीयाली छाओस् !
    -रबि पाैडेल
    जैमिनि -न. पा. – ७ जैदि बागलुङ ।
    —————<•>—————
    //२२//
    मिलिजुली मनाउँ तिहार
    खुसी मिठास मनमा
    पवित्र राखौँ विचार !
    -सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    —————<•>—————
    //२३//
    तिहारको रौनक चल्दैछ
    महान् चाड हिन्दुहरूको
    बजारमा महङ्गी बल्दैछ ।
    -अम्बिका अधिकारी
    झापा बिर्तामोड
    —————<•>—————
    //२४//
    तिहार रमाइलो बत्तीले
    नखेलौँ जुवा तास
    डुबाउँछ तासको पत्तीले !
    -धनमाया चौधरी कैलाली
    —————<•>—————
    //२५//
    मखमलीको माला गाँसेर
    राख्नू चेली थालीमा
    माइतीलाई पर्खनू हाँसेर ।
    -अरुण कुमार भुजेल
    दार्जीलिङ्ग, भारत
    —————<•>—————
    //२६//
    हेर्दाहेर्दै तिहार आयो
    सबैका घरआँगनमा हेर
    रङ्गोली बत्तीले छायो !
    -अम्बिका गिरी, विराटनगर
    —————<•>—————
    //२७//
    झिलिमिली बत्तीको तिहार
    लक्ष्मीको होस् पूजा
    शुभ होस् विचार !
    -नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी , सिन्धुपाल्चोक -१३
    —————<•>—————
    //२८//
    दीपावलीको बहार आयो
    गाउँ सहर आँगनीमा
    उफ्रँदै देउसिरे गायो ।
    -ऋजु दिल्पाली (राजेन्द्र घिमिरे) ईटहरी
    —————<•>—————
    //२९//
    बत्तीको झिलिमिली पर्व
    सप्तरङ्गी टीका लगाई
    मनमा खुसी गर्व ।
    -कला ढकाल, झापा
    —————<•>—————
    //३०//
    तिहार देशभरि छायो
    आपसमा सुखदुःख बाँडेर
    सबैको मन रमायो ।
    -भोज विवश मगर
    गैंडाकोट -३ नवलपरासी पूर्व
    —————<•>—————
    //३१//
    बत्तीले झलमल्ल दैलोमा
    सयपत्री मखमलीको तिहार
    साथीसङ्गी मिलेर भैलोमा !
    -भगवती दवाडी ,झापा
    —————<•>—————
    //३२//
    आँगनमा तिहार आयो
    मखमली फूल फुल्दा
    नयाँ उमङ्ग छायो ।
    -सञ्जना शर्मा
    लमही दाङ
    —————<•>—————
    //३३//
    झिलिमिली तिहार आयो
    कमेरोले घर लिपी
    गाउँघरमा खुसी छायो ।
    -शशी श्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    —————<•>—————
    //३४//
    तिहारमा लक्ष्मीको पाइलो
    देउसी भैलो खेलेर
    गरौँ है रमाइलो !
    -सतीश पण्डित
    भानु ६ चुँदी तनहूँ
    हाल चनपा ६ मातातीर्थ
    —————<•>—————
    //३५//
    दाजुभाइको घुमेर फेरो
    रहुन् अष्टचिरञ्जीवी दाहिना
    आसिक लागोस् मेरो ।
    -सुनगाभा पोखरेल
    कपिलवस्तु १बैरिया
    —————<•>—————
    //३६//
    आँगनमा आइन् भैलो
    बलिकाे आशिष् थाप्न
    खुल्यो आमाकाे थैलो ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    —————<•>—————
    //३७//
    रङ्गोली बत्ती दैलोमा
    सप्तरङ्गी टीका लगाई
    नाच्दै देउसी भैलोमा ।
    -मन थापा
    पोखरा २१ बक्रेक
    —————<•>—————
    //३८//
    कसैका माइती पर
    माइती तिहारमा आउलान्
    झलमल पार्दैछन् घर ।
    -होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    —————<•>—————
    //३९//
    सबैको घरमा झिलिमिली
    देउसी भैलो खेल्दै
    भई तन्दुरुस्त जाँगरिली !
    -नन्दा धामी
    नौगाड दार्चुला
    —————<•>—————
    //४०//
    तिहारमा हाँसेर रमाउने
    मिलेर सप्तरङ्गी टीका
    सयपत्री माला लगाउने ।
    -साहित्य प्रेमी सुशील
    धनगढी
    —————<•>—————
    //४१//
    तिहारकाे सुनाैलाे पल
    देउसी भैलाे खेल्ने
    इच्छा बढ्दैछ प्रबल ।
    -काेपिला अधिकारी
    गाेरखा
    —————<•>—————
    //४२//
    सयपत्री ढकमक्क फुलेको
    दाजुभाइ विदेशमा हुँदा
    चेलीबेटीको मन डुलेको !
    -दुर्गा आचार्य
    मोरङ
    —————<•>—————
    //४३//
    खेलौँ देउसी भैलो
    खुसी बाँडौँ आपसमा
    पखालेर मनको मैलो ।
    -शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    —————<•>—————
    //४४//
    पशुपन्छी मानव पूजन
    तिहारमा सप्तरङ्गी टिका
    लगाई मखमली सुमन ।
    -कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    —————<•>—————
    //४५//
    खुसी भए माली
    फूल राम्रो बिक्यो
    नाफा कमाए यसपालि ।
    -देव कृष्ण काफ्ले
    पोखरा १ कास्की
    —————<•>—————
    //४६//
    भन्दैथिएँ केकाे खैलाेबैलाे ?
    राष्ट्रिय चाड मनाउन
    आएछन् देउसी भैलाे ।
    -शम्भु गजुरेल
    —————<•>—————
    //४७//
    घरघरमा दिपावली मनाऔँ
    अविरल अविराम नदीझैँ
    दिदीभाइको माया बनाऔँ ।
    -विष्णु पंगेनी(पाण्डे )
    वालिङ् स्याङ्जा
    —————<•>—————
    //४८//
    मखमली फूल फुल्याे
    रमाइलो तिहारकाे आगमनले
    सारा दु:ख भुल्याे ।
    -राज कुमार राजभण्डारी खाेटाङे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर
    —————<•>—————
    //४९//
    तिहार मौलिक हाम्रो
    देउसी भैलो खेलौँ
    सयपत्री मखमली राम्रो ।
    -मनोहरी पौडेल
    गैडाकोट १
    —————<•>—————
    //५०//
    रङ्गीचङ्गी पर्व तिहार
    देउसी भैलो खेल्दै
    मखमली माला सिँगार ।
    -सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
    —————<•>—————
    //५१//
    फूलैफूलको चाड तिहार
    सम्बन्ध जोड्ने पर्व
    झिलिमिली बत्ती सिँगार !
    -देव मगर
    तिनाउ-१,कचल,पाल्पा
    —————<•>—————
    //५२//
    दसैँपछि तिहार आउँछ
    सबै नेपालीका घरघरमा
    झिलिमिली दीपक छाउँछ ।
    -पद्मा काश्यप पाण्डे, मोरङ
    —————<•>—————
    //५३//
    हुँदैन खाली निधार
    मनाए चेलीको हातबाट
    सप्तरङ्गी भाइटीका तिहार !
    -कबिताहरी
    सुन्दरहरैंचा नगरपालिका १ मोरङ
    —————<•>—————
    //५४//
    गरौँ तिहारको सामना
    देउसी भैलो खेलेर
    दीपावली भाइटीकाको शुभकामना !
    -बेदु न्यौपाने
    —————<•>—————
    //५५//
    आउँछ तिहार वर्षदिनमा
    संस्कृति मनाउँदा हाम्रो
    डुबाउँछ कतिलाई ऋणमा ।
    -दिल ठकुरी, दार्जिलिङ
    —————<•>—————
    //५६//
    आयो तिहार दैलोमा
    दीपले स्वागत गरौँ
    लक्ष्मी आइन् भैलोमा !
    -पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    —————<•>—————
    //५७//
    पानी भर घैलामा
    घरबेटी आमा हेर
    भैलेनी आयो दैलामा ।
    -बिबा तामाङ
    दार्जिलिङ
    —————<•>—————
    //५८//
    आमाले सेलरोटी पकाउँछिन्
    ढोकामा ओखर फोरेर
    दिदीले वैरीलाई भगाउँछिन् ।
    -हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    —————<•>—————
    //५९//
    आयो तिहार पर्व
    रमाइलो गरौँ सबैले
    संस्कृति हाम्रो गर्व !
    -दीपा समभाव
    दुबेकोल खोटाङ
    —————<•>—————
    //६०//
    सप्तरङ्गी टीकाको चाहना
    चेली माइतीको चाडपर्व
    तिहारको हार्दिक शुभकामना !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    //६१//
    मनाऔँ तिहार रमेर
    पुज्दै माता लक्ष्मी
    खेलौँ भैलो जमेर !
    -तोया नाथ चापागाईं
    दमक,झापा
    —————<•>—————
    //६२//
    नहोस् खाली निधार
    दिदीको आशीर्वादले भाइ
    जित्नू सिङ्गो संसार !
    -काजल न्यौपाने
    भोजपुर
    —————<•>—————
    //६३//
    वरपर झिलिमिली बनाओैँ
    जम्मा भएर छरछिमेक
    हाँसीखुसी तिहार मनाओैँ ।
    -रामप्रसाद पुरी, बादेल, खाेटाङ
    —————<•>—————
    //६४//
    उमङ्ग बोकेर आयो
    चेली माइतीको पर्व
    हर्षोल्लासले मनमा छायो ।
    -सङ्गीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    —————<•>—————
    //६५//
    रमाइलो तिहार आयो
    सयपत्री फूल फुलेर
    सबैमा खुसी छायो ।
    -प्रेम शर्मा ” एकान्त प्रेमी
    कालेबुङ
    —————<•>—————
    //६६//
    धनलक्ष्मीको मन बढोस्
    हृदय खोलेर मनाऔँ
    लक्ष्मीको नजर परोस् !
    -घनश्याम पन्त, हरिवन सर्लाही
    —————<•>—————
    //६७//
    आँगनी चम्किलाे माझमा
    शुभकामना दिन्छु तिहारकाे
    दिपावली गराैँ साँझमा !
    -हिरालाल न्याैपाने, बानपा ८ काेटमाैला सल्यान
    —————<•>—————
    //६८//
    दीपावली राम्रै रहोस्
    छाओस् घरमा खुसीयाली
    दु:खको दर्शन नहोस् !
    -जनक बिसी, दक्षिण भारत कोचिन
    —————<•>—————
    //६९//
    दुःखलाई मनमा गालेर
    मनाउँछन् तिहार सबैले
    झिलिमिली बत्ती बालेर !
    -सीमा कार्की समर्पण
    मेलचोक पर्सा
    —————<•>—————
    //७०//
    फूलैफूलले चारैतिर सजाएको
    तिहार मौलिक पर्व
    पीरमर्का समेत कजाएको ।
    -नन्दलाल आचार्य
    बेलका २, सिद्धार्थटोल, उदयपुर ।
    —————<•>—————
    //७१//
    भरेर पानी घैलोमा
    पूजा गरौँ माताको
    भैलेनी आए दैलोमा ।
    -मोती सुब्बा
    —————<•>—————
    //७२//
    झिलिमिली तिहारै आयो
    जताततै रङ्गीचङ्गी देख्दा
    मनमा उमङ्ग छायो ।
    -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    —————<•>—————
    //७३//
    मनले आँटेकाे पुगाेस्
    याे तिहारमा कसैकाे
    मन कत्ति नदुखाेस् !
    -सानु जाेशी
    सुदुर पश्चिम दार्चुला,
    —————<•>—————
    //७४//
    कुर्दै होलिन् आँगनीमा
    भाइटीकाको साइत हेरी
    दिदी सपनी विपनीमा !
    -भुपेन्द्र राना मगर
    धादिङ
    —————<•>—————
    //७५//
    जनतालाई तिहारको खुसी
    खोइ कसरी रमाउनु ?
    आयो मालामा ढुसी ।
    -राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    —————<•>—————
    //७६//
    फूलको दुइदिने चोला
    माला गाँस्दै दिदी
    दाजुभाइ रुँदै होला ।
    -पशपती राई, खोटाङ
    —————<•>—————
    //७७//
    हरघडी टिलपिल टल्कन्छ
    महान् तिहारको बत्ती
    झिलिमिली भई झल्कन्छ !
    -अच्युत घिमिरे, सर्पाङ, भुटान 🇧🇹
    —————<•>—————
    //७८//
    मखमली माला गाँसेर
    तिहार आयो आँगनमा
    स्वागत गरौँ हाँसेर !
    -विकास क्षेत्री अञ्जान
    कैजले, बिजनबारी, दार्जिलिङ।
    —————<•>—————
    //७९//
    परदेशी भन्छन् अहिले
    खुसीसँगै दुखी हुनुपर्ने
    चाडपर्व आएपछि जहिले ।
    -पृथक प्रकृति ,झापा
    —————<•>—————
    //८०//
    सप्तरङ्गी टिका निधारमा
    गलामा माला पहिरिएर
    छमछमी नाचौँ तिहारमा !
    -शब्द को खेलाडी ( बिशु हाङ राई)
    विराटनगर नेपाल
    —————<•>—————
    //८१//
    तिहार आयो हाँसेर
    खेलौँ मिलेर देउसी
    मखमली माला गाँसेर !
    -सविता भट्टराई, जनकपुरधाम
    —————<•>—————
    //८२//
    तिहारको रमाइलो आयो
    सयपत्री ढकमक्क फुलेर
    हर्ष उमँग छायो ।
    -दुर्गा भट्टराई
    मोरङ
    —————<•>—————
    //८३//
    धनधान्यको नहोस् अभाव
    गराैँ लक्ष्मीको आराधना
    हुनेछ सुखद् प्रभाव !
    -जयनारायण नेपाल
    भक्तपुर
    —————<•>—————
    //८४//
    नओइलाओस् सयपत्रीको फूल
    तिहारमा भेटघाट चेलीमाइतीको
    लोकसंस्कृतिमा नभइरहोस् भूल !
    -गुणनिधि घिमिरे, अमेरिका
    —————<•>—————
    //८५//
    तिहार फूलैफूलको पर्व
    मौलिक चाड हाम्रो
    गरौँ सबैले गर्व ।
    -डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६ , दोलखा
    —————<•>—————
    //८६//
    वेदनाको खाट भाँचियोस्
    रमाइलो गर्दै हरपल
    खुसीले सबै नाचियोस् ।
    -अन्मोल मुस्कान
    तकदाह छाउनी दार्जिलिङ
    —————<•>—————
    //८७//
    फालेर मनको मैलो
    रमाएर खेलौँ सबैले
    तिहारमा देउसी भैलो ।
    -उमा दाहाल
    सुन्दर हरैचा १० मोरङ
    —————<•>—————
    //८८//
    आहा ! तिहार आयो
    पियो, खायो मजाले
    ह्वात्तै ऋण बढायो ।
    -देवी पन्थी
    —————<•>—————
    //८९//
    खाेलेर मनकाे दैलाे
    खेलाै साथीभाइ मिलेर
    देउसी र भैलो ।
    -प्रद्युम्न चालिसे
    —————<•>—————
    //९०//
    हुन्छ झिलिमिली कति
    सेलराेटी मसला हातमा
    तिहार रमाइलाे अति !
    -भुपेन्द्र के.सी.
    —————<•>—————
    //९१//
    तेलमा बाती बल्दछ
    प्रभु कृपाले हाम्रा
    सबै बाधा टल्दछ ।
    -कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    —————<•>—————
    //९२//
    अरूलाई आनन्द मिलाेस्
    हाम्रा हरेक कामबाट
    आफ्नाे देश उज्यालियाेस् !
    -दीपक दाहाल
    —————<•>—————
    //९३//
    बालेर खुसीको दियो
    नेपालीको घर आँगनमा
    तिहार पर्व भित्रियो ।
    -बाबुराम पाण्डे
    अर्घाखाँची
    —————<•>—————
    //९४//
    टीका लगाइदिने आसमा
    हिँडे माइत दिदीबहिनी
    दाजुभाइ काैडा तासमा !
    -जी.वि. घाेराही ।
    —————<•>—————
    //९५//
    भुलेर पीडा तिहारमा
    हासाैँ दाजुभाइ दिदीबहिनी
    लगाऔँ टीका निधारमा !
    -सन्दीप विश्वकर्मा
    कपिलवस्तु
    —————<•>—————
    //९६//
    रातोमाटो सुहाएको दैलोमा
    लिपपोतपछि क्या आनन्द
    रमाउन् केटाकेटी भैलोमा !
    -राजेश्वरी राजोपाध्याय
    —————<•>—————
    //९७//
    खेल्दै देउसी भैलो
    आएँ हजुर म
    झिल्का कविताको दैलो !
    -सरिता सेढाई
    —————<•>—————
    //९८//
    कसिलो हुँदै जाओस्
    सम्बन्ध दाजुभाइ दिदीबहिनीको
    मनमुटाव कहिल्यै नआओस् !
    -ईश्वर साउद (भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    —————<•>—————
    //९९//
    शरदले फूल फुलायो
    सयपत्री, मखमली रङ्गीचङ्गी
    मनलाई पुलकित बनायो ।
    -म्यामराज राई
    —————<•>—————
    //१००//
    सप्तरङ्गी टीकाको चाहना
    चेली माइतीको चाडपर्व
    तिहारको हार्दिक शुभकामना !
    -कृष्ण बजगाई, भक्तपुर
    —————<•>—————
    //१०१//
    झिलिमिली बत्ती बालेर
    लक्ष्मीको पूजा गरेको
    मनको मैलो फालेर !
    -विवश पारदर्शी
    झापा
    —————<•>—————
    //१०२//
    मनको कति मैलो
    भन्नु परेन तिमीलाई
    कसरी खोल्नु दैलो ?
    -नीमा छिरिङ भोटिया
    —————<•>—————

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १८० सम्पन्न

  • २१ कार्तिक २०८१, बुधबार १७:३५ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १८० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १८० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    तिहार
    चहार्दै दैलो
    देउसी र भैलो !

    • वसन्त अनुभव
      [२]
      तिहार
      नाच्ने आँगन
      भैलाे देउसी रमाइलो !
    • कवि भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      धरान-८, सुनसरी
      [३]
      तिहार
      देउसी भैलो
      रमाइलो खेल्दै घरघरमा !
    • बेदु न्यौपाने
      [४]
      भैलो
      अनि देउसी
      खेल्दा आँगन रमाइलो !
    • रचना शर्मा प्रतीक्षा
      इमाडोल, ललितपुर
      [५]
      तिहार
      परम्परागत पर्व
      गरौँ त्यसैमा गर्व !
    • सुरेश न्यौपाने
      [६]
      तिहार
      रमाइलो चाड
      साथीभाइसँग द्यौसी खेल्दै !
    • एवाइ प्रभात
      खाल्स छेन्ताङ सहिदभूमि, धनकुटा
      [७]
      रमाइलाे
      तिहार पर्व
      मनाउँदा लाग्छ गर्व !
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी, धादिङ
      [८]
      तिहार
      नेपालीहरूको पर्व
      त्यसैमा लाग्छ गर्व !
    • भोज विवश मगर
      गैंडाकोट-३, नवलपरासी पूर्व
      [९]
      तिहार
      सामाजिक मेला
      भैलोको भए भेला !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [१०]
      तिहार
      हुँदैन फिका
      निधारमा सप्तरङ्गी टीका !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [११]
      तिहार
      रमाइलो पर्व
      नेपाली गर्छ गर्व !
    • राज कुमार राजभण्डारी खाेटाङे
      मध्यपुर ठिमी-५, राधे राधे, भक्तपुर
      [१२]
      तिहार
      देउसी भैलो
      गाउन आए रमाईलो !
    • सरिता सेढाई, धादिङ
      [१३]
      तिहार
      नेपाली पर्व
      मनाऔँ गर्दै गर्व !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन न.पा.-६, संखुवासभा
      [१४]
      तिहार
      अनेकताको भित्र
      खोलौँ एकताको साँचो !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [१५]
      तिहार
      झिलीमिलीले दङ्ग
      देउसी भैलोको उमङ्ग !
    • चूडामणि देवकोटा
      पुरानो नैकाप, काठमाडौँ
      [१६]
      तिहार
      संस्कार संस्कृति
      हटाउनुपर्छ सबै विकृति !
    • रमा पन्त, पाल्पा
      [१७]
      तिहार
      दीपको पर्व
      रमाइलो सबैको गर्व !
    • आर्त अकुलीन
      [१९]
      तिहार
      गरेर रमाइलो
      खैलौँ देउसी भैलो !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा-३,काभ्रे
      [२०]
      तिहार
      खेलौँ द्यौसीभैलो
      मिलेर गरौँ रमाइलो !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [२१]
      तिहार
      फूलकाे बहार
      टीका लगाउने विचार !
    • नवराज भट्ट, कञ्चनपुर
      [२२]
      फूल
      ढकमक फुलेको
      दुःख पीडा भुलेको !
    • कला ढकाल, झापा
      [२३]
      तिहार
      अनेकतामा सजिएको
      एकताको बलियो खम्बा !
    • दुर्गा भट्टराई, मोरङ
      [२४]
      यमपञ्चक
      दीपावली पर्वको
      धुन बज्दै छ !
    • दुर्गा अधिकारी भमरकोटे, हाल: कपन
      [२५]
      दीपावली
      बत्तीको पर्व
      नेपाली हिन्दुको गर्व !
    • घनश्याम पौडेल, पोखरा
      [२६]
      तिहार
      पाँचदिने पूजा
      सम्बन्ध भाइचाराको रौनक !
    • सविता के.सी.
      [२७]
      आँगन
      झिलिमिली बत्तीहरू
      खेल्दै देउसी भैलो !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२८]
      तिहार
      सद्भावको खानी
      मिलापको शुद्ध आधार !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२९]
      जोगाऔँ
      संस्कार संस्कृति
      हटाऔँ अनावश्यक विकृति !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [३०]
      तिहार
      दीपक‍ो ज्योति
      ज‍ोगाऔँ सबैले संस्कृति !
    • धनमाया चौधरी, कैलाली
      [३१]
      तिहार
      सबैको पर्व
      सम्पूर्ण नेपालीको गर्व !
    • शिवहरि अधिकारी
      भरतपुर, चितवन
      [३२]
      तिहार
      औँसीको रातमा
      देउसी भैलो साथमा !
    • सङ्गीता खरेल, काठमाडौँ
      [३३]
      यमपञ्चक
      चारैतिर झिलिमिली
      दीपावलीले ल्यायाे खुसीयाली !
    • टीकाराम जाेशी, टीकापुर
      [३४]
      तिहार
      द्यौसी भैलो
      हटोस् मनको मैलो !
    • विवश पारदर्शी, झापा
      [३५]
      दीपावली
      देउसी भैलो
      सद्भावको अमिट थैलो !
    • कमला देवकोटा, पाल्पा
      [३६]
      तिहार
      बत्तीको पर्व
      चेली माइतीकाे गर्व !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [३७]
      दीपावली
      बत्तीको झिलिमिली
      मनाऔँ चेली मिलिजुली !
    • ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
      ईटहरी-१, हलगडा
      [३८]
      द्यौसी
      खुसीको पर्व
      खुसी साट्दै रमाइलो !
    • कविता आचार्य, कैलाली
      [३९]
      तिहार
      देउसी भैलो
      भाइटीका र आहारविहार !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा. पा.-६, दोलखा
      [४०]
      दीपावली
      देउसी भैली
      छायो सबैमा खुशीयाली !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [४१]
      संस्कृति
      रमाए दाजुभाइ
      निधारमा टिका लगाई !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम, हाल: भारत
      [४२]
      तिहार
      फूलको पर्व
      दाजुबहिनी मिलनमा गर्व !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [४३]
      तिहार
      मिलनको पर्व
      नेपाली सस्कृतिको गर्व !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपरी, वाँके
      [४४]
      उमङ्ग
      विशेष उपहार
      भेट गराउने तिहार !
    • पृथक प्रकृति, झापा
      [४५]
      तिहार
      संस्कृतिमा गर्व
      दाजुभाइ दिदीबहिनीको पर्व !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [४६]
      तिहार
      देउसी भैलो
      बली राजाले चलाएका !
    • चक्र शाही, लम्की, कैलाली
      [४७]
      देउसी
      कर्मको हतार
      तिहारमा दाजुभाइ कतार !
    • भगवती दवाडी
      [४८]
      तिहार
      रमाइलो चाडपर्व
      मनाउनु मिलेर सर्व !
    • अम्बिका अधिकारी
      झापा, बिर्तामोड
      [४९]
      तिहार
      बाल्यकालको उमङ्ग
      पारिवारीक माहोलको पर्व !
    • घनश्याम पौडेल
      गौरीगङ्गा नपा-९, मसुरिया, कैलाली
      [५०]
      साथीसङ्गी
      जम्मा भएर
      बनाउँछन घर रङ्गीचङ्गी !
    • हीरामाया श्रेष्ठ
      गजुरी-१, धादिङ
      [५१]
      तिहार
      जुराएको दिन
      सन्तानको आपसमा प्यार !
    • प्रभादेवी पौडेल
      भरतपुर-९, चितवन
      [५२]
      तिहार
      देउसीभैलो खेलौँ
      गाउँ अनि शहर !
    • सरस्वती वली
      [५३]
      तिहार
      उज्यालो पर्व
      मनाउदै गरौं गर्व !
    • पशपती राई, खोटाङ
      [५४]
      तिहार
      हुने रमाइलो
      खेलेर देउसी भैलो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [५५]
      तिहार
      पिरोलिन्छ भाइ
      सम्झिँदै दिदीको पियार !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [५६]
      तिहार
      झिलिमिली बल्दै
      घरदैलो देउसीभैलो खेल्दै !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [५७]
      संस्कृति
      कुना पसेछ
      विकृति माथि उठेछ !
    • निरज कोइराला, इटहरी
      [५८]
      तिहार
      चेलिबेटी पर्व
      दीपावली झिलिमिली वहार !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [५९]
      उज्यालो
      अज्ञान नाशक
      तिहारकाे मुख्य विशेषता !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [६०]
      तिहार
      रमाउँदै आइन्
      प्रेम सद्भाव बाँडिन् ! – त्रिलोक रामदाम
      सिद्धार्थनगर-८ ,भैरहवा
      [६१]
      तिहार
      रमाइलो पर्व
      नेपाली हुनुमा गर्व !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [६२]
      तिहार
      सप्तरङ्गीको पर्व
      खुसियाली साट्ने दिन !
    • दीप गोले तामाङ, रौतहट
      [६३]
      तिहार
      गोवर्धन पूजा
      मीठामीठा खानेकुरा खुवाउने !
    • सुरेशचन्द्र घिमिरे
      [६४]
      खेलौँ
      भैलो देउसी
      पीर व्यथा भुलौँ !
    • लक्ष्मी रिजाल
      कञ्चनरुप-१२, रूपनगर, सप्तरी
      [६५]
      तिहार
      दिदीबहिनीले दाजुभाइलाई
      पहिराउने फूलमालाको हार !
    • डा. देवी पन्थी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १००

  • १९ कार्तिक २०८१, सोमबार ०९:१० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/०७/०१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार तथा बड़ादसैंको शुभकामना” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १००[एकसयऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]

    पञ्चाङ्ग:०१

    सुन्दर बस्तीबाट हिमाल हेर्न पाइन्छ।
    हिमालबारे केही अक्षर केर्न पाइन्छ।
    हेर्दा मनै आन्नद हुने छ हिमाल पनि,
    हाम्रो तनावयुक्त दिमाग फेर्न पाईन्छ।
    हिमालको चिसो लिँदै मन घेर्न पाइन्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    हिमालकाे देश नबिगार ।
    टाउकोकाे केश नविगार ।
    चपक्क मिल्ने लुगा लगाऊ ,
    नेपालीको भेष नबिगार ।
    आफैँ रिसाइ फेस नबिगार ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    बिहानीसँगै क्षितिजमा हाम्रो हिमाल हेर्न पाइन्छ
    मनमाेहक यो दृश्यबाट नै अक्षर केर्न पाइन्छ
    हेर्दा अत्यन्त सुन्दर मनै लाेभ्याउने हिमाल आहा !
    अति सफा स्वच्छ वातावरणमा सास फेर्न पाइन्छ
    प्राकृतिक साैन्दर्य बस्तुलाई मनमा घेर्न पाइन्छ ।।

    नाम केसर बाेहरा ( सङ्घर्ष)
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।।

    पञ्चाङ्ग:०४
    उत्तरमा हिमालको काखमा बस्न पाएको हामी
    सगरमाथाले विश्वमा उँचा छानो छाएको हामी
    सुन्दर देश सुन्दर शैली संस्कार हाम्रो सुन्दर
    बेरोजगारी देशका युवा विदेश धाएको हामी
    डाँफे मुनाल कोइली चरीले माया लाएको हामी ॥

     गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०५
    यहाँ अनेकौँ जीवन्त वस्तु हिमालमा किन ?
    सदाबहार यहाँ प्रभु राख्ने कालमा किन ?
    हुनु पर्छ प्रभुकै शरणमा शरणागती
    मानिस आज सबै किन आफ्नै चालमा किन ?
    आखिर चिन्तन उपाय हर हालमा किन ?
    ‌ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    पञ्चाङ्ग:०६
    नेपालीको सान हो हिमाल
    हाम्रो जलपान हो हिमाल
    सेतो घुम्टो ओढेकी अटल ,
    आयस्रोत खान हो हिमाल
    नेपालीको मान हो हिमाल !!

    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०७
    हिमालको काखमा छ मस्त रमाउने मेरो गाउँ
    विश्वमा नै वीरताको नाम कमाउने मेरो गाउँ
    सधैं पग्लिदा पनि नसिद्धिने मन पनि छ उस्तै
    मनमा बस्नेलाई मनैमा जमाउने मेरो गाउँ
    फेरि जान्छु भन्नेलाई मनै थमाउने मेरो गाउँ ।
    -पशपती राई खोटाङ ।

    ॐ

    पञ्चाङ्ग:०८

    यो सगरमाथकाे काख पाएको हाम्राे नेपाल
    हिमाली असंख्य ओखती छाएको हाम्रो नेपाल
    संरक्षण गर्नेकाे अदूरदर्शीले गर्दा खेरि
    सम्पत्ति बगेर अरुले खाएको हाम्राे नेपाल
    पुर्खाकाे शाखले विश्वमा गाएको हाम्राे नेपाल ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०९
    म घरको आगनबाट हिमाल हेर्ने गर्छु
    स्वास्थ्य वातावरणमा लामो स्वास फेर्ने गर्छु
    हिमनदी ताल तलैया मनमोहक पनि
    क्षितिज पारीको बस्तिबाट सधैं केर्ने गर्छु
    पुर्खाले दिएको उपहारलाई घेर्ने गर्छु।

    -कला ढकाल झापा

    पञ्चाङ्ग:१०
    प्रकृतिमा अति रम्न मन छ मलाई।
    यसमै लीन भै जम्न मन छ मलाई।
    कति निस्वार्थ प्रेम छ यसको सबैमा,
    फूलसँग निकै गम्न मन छ मलाई।
    समय पर्ख न थम्न मन छ मलाई।
    ह्यारिस

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- ११६

  • १९ कार्तिक २०८१, सोमबार ०९:०२ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग:एक सय सोह्रौँ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-११६ —————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/०६/२१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    पुष्पा सुवेदी नेपाल
    भवानी घिमिरे
    जमुना आचार्य
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    खडक हातमा लिएकी दुर्गा।
    उग्रचण्डी रूप दिएकी दुर्गा।
    शुभकामना दसैंको सबैमा,
    असुरको रगत पिएकी दुर्गा।
    रणभूमिमा एक्लै जिएकी दुर्गा।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    “””””””””
    कमाइ छैन कसरी खानु भात हेर
    सारै नै मुस्किलकाे छ सानू बात हेर
    दु:ख पाए आफन्तहरु हुनेछन् टाढा
    गरिबलाई कस्ले पाे लानु साथ हरे
    समय हान्दाे रहेछ नानु लात हरे ।

    पञ्चाङ्ग:०३
    दसैँकाे मुखमा छौँ ।
    अत्यन्त दुःखमा छौँ ।
    प्रकृति लाग्दा आज ,
    सुकेको रूखमा छौँ ।
    हराको सुखमा छौँ ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    विकासले जताततै डोजर चलाउँदा प्रकृति रिसाइन्
    कोतारी कोतारी चुरे पहाडै ढलाउँदा प्रकृति रिसाइन्
    प्रकृतिलाई त देवता मानी पुज्ने गर्थ्यौँ उहिले-उहिले
    आज त मान्छेले वनपाखा नै जलाउँदा प्रकृति रिसाइन्
    मान्छेको बुद्धिमा यसरी स्वार्थ पलाउँदा प्रकृति रिसाइन्।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    धनीलाई मोज गर्न आउँदैछ दसैं तिहारमा
    दु:खीले कपडा किन्न धाउँदैछ दसैं तिहारमा
    गरिबलाई चाडपर्व धान्नै कठिन भयो यहाँ
    निमुखा जनताले के पाउँदैछ दसैं तिहारमा
    फाटेको लुगा कसरी लाउँदैछ दसैं तिहारमा।

    सोमनाथ लुइटेल ।

    पञ्चाङ्ग:०६


    सबैको घरमा दशैँ आयो मेरोमा आएन आमा।
    सबै घरमा मालश्री गाए मेरोमा गाएन आमा।
    पर्देशबाट ज्वाइँ पनि नआउने भएपछि झन्।
    हामी कसैलाईपनि हाँसो खुसिले छाएन आमा।
    छोरा छोरी हरुलेपनि मीठो खान पाएन आमा।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार
    बिर्तामोड झापा

    पञ्चाङ्ग:०७
    चाडपर्वले छोपेर छपक्क भयो
    चारैतिर रमाइलो धपक्क भयो।
    धनीलाई खुसी गरिबको अभाव,
    घरमा आमाको काख थपक्क भयो
    आगन लिप पोतले लपक्क भयो ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०८
    राम्राे गरी दशैँ मानाैँ जे छ खाऊँ खुसी भई
    लुगा किन्न सके मात्र नयाँ लाऊँ खुसी भई
    घाँटी हेरेर नै निल्ने बानी बसान्नु हाेस् सदा
    बडाका सामुमा टीका थाप्न जाऊँ खुसी भई
    थाेरै नै दक्षिणा मिल्दा त्यै समाऊँ खुसी भई

    २०८१/०६/२३
    काँडाघारी,काठमाडौं

    पञ्चाङ्ग:०९
    दुःखीको लागि शक्ति र साहस भएर आओस् दसैँ।
    जहाँ त्यही सत्य रहोस् असत्य हटेर जाओस् दसैं।
    दसैंमा सबै रमाउन सकुन् टिका जमरा लगाई,
    हरेक घर आँगनमा हर्ष उल्लास छाओस् दसैं।
    रमाएर चरीले पनि दशैंको धुन गाऔस् दसैं।
    सुस्मिता अधिकारी ,काठमाडौँ

    पञ्चाङ्ग:१०
    राम्रो हुने चिन्तनमा मन लगाउनु नित्य
    अहम्ता मन भित्रको पर्छ भगाउनु नित्य
    नवरात्रिमा गरौ भवानी माताको साधना
    सत्मार्ग जीवनमा पर्दछ जगाउनु नित्य
    व्यर्थ मोहमाया जाललाई डगाउनु नित्य ।
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    पञ्चाङ्ग:११
    घुमी फिरी आयो दर्द पीडा लिएर दसैं।
    खुसी, हाँसो छैन कर्द खुँडा दिएर दसौं।
    नमानिनी नहुने कस्तो पर्व नेपालीको
    राहत पुगोस् मल्हम बनी सब सिएर दसैं।
    घाँटी हेरि हाड निलौँ सबै जिएर दसैं।

    कमला देवकोटा, पाल्पा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    लघुकथा साहित्यिक महोत्सव- २०८१ सम्पन्न; २६ लघुकथा कृतिहरूको एकसाथ लोकार्पण

  • १४ कार्तिक २०८१, बुधबार १८:२३ मा प्रकाशित
  • चितवन, १० कार्तिक/वसन्त अनुभव

    चितवन जिल्लाको राप्ती नगरपालिकामा अवस्थित जुमेरा होटेल एण्ड लजको सभाहलमा शनिवार लघुकथा साहित्यिक महोत्सव, २०८१ सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा २६ लघुकथा कृतिहरूको लोकार्पण गरिएको थियो ।

    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चुडामणि बन्धुले पानसमा बत्ती बालेर उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियोे । उक्त अवसरमा पुरेतले स्वस्ती मन्त्र वाचन र नौमती बाजा समूहका कलाकारले मङ्गल धुन बजाएका थिए ।
    कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी, मुख्यालय मकवानपुरका ब्याण्डबाजा समूहले राष्ट्रगानको धुन बजाएको थियोे भने विद्यालयका शिक्षक तथा बहिरा विद्यार्थीहरूको समूहले सांकेतिक भाषामा राष्ट्रगान गाएको थियो ।

    उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा.चुडामणि बन्धुले स्टेज अगाडि लहरै राखिएका २६ वटा कृतिमा पुष्प अर्पण गर्दै कृतिको लोकार्पण गर्नुभएको थियोे । लोकार्पित भएका लघुकथा कृतिहरूमा-
    १. घनश्याम डल्लाकोटी कृष्णजी शर्माकृत ‘महाकम्प’
    २. यमुना प्रधानाङ्ग मुनाकृत ‘उपहार’
    ३. वसन्त अनुभवकृत ‘नेपाली नस्ल’
    ४. मीठूकुमारी पाठककृत ‘सुन्दरी’
    ५. श्रीकृष्ण पौडेलकृत ‘लोपाञ्जन’
    ६. कर्ण दयालकृत ‘दोपानी’
    ७. होमप्रसाद नेउपानेकृत ‘प्रयोगशाला’
    ८. सुरेशकुमार पाण्डेकृत ‘जेईको सम्झना’
    ९. अवधेश सिंहकृत ‘मरजाद’
    १०. म्यामराज राईकृत ‘बुन्छत’
    ११. कुमार काफ्लेकृत ‘सपना कतिपय’
    १२. ज्यो.नानी बिवुकृत ‘इज्जत’
    १३. विष्णु पन्थीकृत ‘भेटी’
    १४. मुक्ति गौतमकृत ‘चाक चारब्रा’
    १५. विष्णु भण्डारी आचार्यकृत ‘बकसपत्र’
    १६. अनुग्रह राना मगर पुष्पकृत ‘तमासा’
    १७. राजन ग्याल्दाङ घलेकृत ‘मारुनी’
    १८. रञ्जुश्री पराजुलीकृत ‘विभीषिका’
    १९. विजय चालिसेकृत ‘हात्तीको दाँत’
    २०. गङ्गा कर्माचार्य पौडेलकृत ‘अखबार’
    २१. लक्ष्मी रेग्मी खनालकृत ‘अन्त्य’
    २२. गुप्तबहादुर श्रेष्ठकृत ‘थेरापी’
    २३. भूमिका गैरे तिमिल्सिनाकृत ‘नमस्ते’
    २४. डा.विदुर चालिसेकृत ‘शताब्दम् महाशक्ति’
    २५. गोपाल अश्ककृत ‘लघुकथा प्रक्रिया र पाठ’
    २६. लघुकथाको सुगन्ध अङ्क ६ रहेका छन् ।

    कार्यक्रममा आफ्नो जीवनको लामो समयसम्म साहित्य क्षेत्रमा योगदान दिनुहुने वरिष्ठ साहित्यकारहरूलाई माला, खादा र दोसल्ला ओढाई अभिनन्दन गरिएको थियोे । अभिनन्दित हुनेमा वरिष्ठ साहित्यकार, कथा- कुथुङ्ग्री नायक पुष्कर लोहनी र वरिष्ठ साहित्यकार, समालोचक ध्रुव मधिकर्मी हुनुहुन्छ । ‘कथा- कुथुङ्ग्री सिर्जना विशिष्ट नायक’का रूपमा लोहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा मधिकर्मीलाई अभिनन्दन गरिएको थियोे ।
    त्यस्तै कार्यक्रम वरिष्ठ साहित्यकार डा.विदुर चालिसेलाई ‘आदर्श लघुकथा साधक सम्मान’ वरिष्ठ साहित्यकार विजय चालिसेलाई ‘अग्रज लघुकथाकार सम्मान’ र वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुलीलाई ‘वरिष्ठ लघुकथा नारी हस्ताक्षर सम्मान’ द्वारा सम्मानित गरिएको थियोे ।
    साथै कार्यक्रममा वरिष्ठ लोक गायक/डेउडा गायक नन्दकृष्ण जोशी र वरिष्ठ आधुनिक गायक आनन्द कार्कीलाई पनि सम्मान गरिएको थियोे । ‘डेउडा लोकगायक विशिष्ट सम्मान’ जोशीलाई र लघुकथा बन्दना गायक विशिष्ट सम्मान’ कार्कीलाई प्रदान गरिएको थियोे ।
    साथै उक्त अवसरमा यस वर्षको पूर्व घोषित ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८१’ महिलातर्फ लघुकथाकार प्रभादेवी पौडेललाई र पुरुषतर्फ राजन ग्याल्दाङ ‘बुद्धिसिङ’ घलेलाई प्रदान गरिएको थियोे ।
    त्यस्तै पहिलोपटक ‘नमस्ते झिल्का पुरस्कार-२०८१’ वृहत् लघुकथा कृति ‘शताब्दम् महाशक्ति’का लागि डा.विदुर चालिसेलाई प्रदान गरिएको थियोे, जसको पुरस्कार राशि रु. २२,२२२/- रहेकोे छ ।

    त्यस्तै ‘लघुकथालय पुरस्कार- २०८१’ वरिष्ठ साहित्यकार/लघुकथाकार ललिता दोषीलाई उहाँ उत्कृष्ट लघुकथाकृति ‘पहिरो’का लागि प्रदान गरिएको थियोे, जसको राशि ११,१११/- रहेको छ ।
    साथै यसवर्षको ‘वर्ष लघुकथाकार सम्मान- २०८१’ र ‘वर्ष पाठक सम्मान- २०८१’ द्वारा साहित्यकार, लघुकथाकार/पाठक सुरेशकुमार पाण्डेलाई सम्मान गरिएको थियोे । जसको पुरस्कार राशि क्रमशः ७०००/- र ५०००/- रहेको छ ।
    उक्त अवसरमा मञ्च द्वारा प्रकाशित एवम् लोकार्पित २२ वटा कृतिहरूका कृतिकारहरूलाई ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान- २०८१’ द्वारा सुशोभन गरिएको थियोे ।

    त्यस्तै कार्यक्रममा ‘वर्ष उत्कृष्ट सामाजिक रेडियो’ सम्मान द्वारा रेडियो सारथि १०७.४ मेगाहर्ज, बडिगाड खर्बाङ, बागलुङलाई र ‘वर्ष उत्कृष्ट सामाजिक पत्रिका’ सम्मान द्वारा हिमालयन दृष्टि मिडिया प्रा.लि. नागार्जुन, काठमाडौलाई सम्मान गरिएको थियोे ।

    त्यस्तै ‘वर्ष स्तम्भकार सम्मान पत्र’ द्वारा हिमालयन दृष्टि प्रा.लि.का लघुकथा स्तम्भकार वसन्त अनुभवलाई, ‘वर्ष वाचक लघुकथा सम्मान- २०८१ द्वारा उत्कृष्ट लघुकथा वाचक विवेक काफ्लेलाई र ‘वर्ष उत्कृष्ट प्राविधिक सारथि सम्मान द्वारा अनिष पाठक (रेडियो सारथि), अमित प्रधानाङ्ग(वीरगन्ज) र आयुष बडाल (धूलिखेल)लाई सम्मानित गरिएको थियोे ।
    त्यस्तै उक्त अवसरमा संस्थाको छैटौँ वार्षिकोत्सव प्रायोजन गर्नुहुने १२ जना प्रायोजकहरूलाई पनि ‘वर्ष प्रायोजक-२०८१’ प्रशंसा पत्र प्रदान गरिएको थियोे । प्रशंसा पत्र प्राप्त गर्नेहरूमा श्री हिमालयन अर्गानिक चिया (चितवन), यमुना प्रधानाङ्ग मुना (वीरगन्ज), वसन्त अनुभव (दाङ), मीठूकुमारी पाठक (चितवन), श्रीकृष्ण पौडेल (कास्की), अमरनाथ साह (अमेरिका), अनुग्रह राना मगर पुष्प (मलेसिया), देवी परियार (चितवन), दीपक खड्का (चितवन), कलावती गिरी (चितवन), राजु उपाध्याय (चितवन) र सरिता उप्रेती (चितवन) हुनुहुन्छ ।

    कार्यक्रममा शुभकामना मन्तव्य दिनेहरूमा कार्यक्रमका प्रमुख अतिथि प्रा.डा.चूडामणि बन्धु, कथा-कुथुङ्ग्री सिर्जना विशिष्ट नायकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार पुष्कर लोहनी, अविश्रान्त लघुकथा साधकका रूपमा अभिनन्दित वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी, अग्रज लघुकथाकारबाट सम्मानित वरिष्ठ साहित्यकार विजय चालिसे, आदर्श लघुकथा साधक र नमस्ते झिल्का पुरस्कार-२०८१ बाट सम्मानित एवम् पुरस्कृत वरिष्ठ साहित्यकार डा.विदुर चालिसे, डेउडा लोक गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ लोक गायक नन्दकृष्ण जोशी, लघुकथा वन्दना गायक विशिष्ट सम्मानबाट सम्मानित वरिष्ठ गायक आनन्द कार्की, लघुकथालय पुरस्कार- २०८१ बाट पुरस्कृत वरिष्ठ साहित्यकार ललिता दोषी, विमोचित कृतिहरूका कृतिकारहरूमध्येबाट भारतबाट आउनुभएका लघुकथाकार एवम् संस्थाका आजीवन सदस्य मुक्ति गौतम, मञ्चका संरक्षकहरूमध्येबाट मञ्चका संरक्षक एवम् विशिष्ट आजीवन सदस्य अवधेश सिंह लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
    कार्यक्रममा वरिष्ठ साहित्यकारहरू गोपाल अश्क, नर पल्लव, डा.शंकरप्रसाद गैरे, गङ्गा कर्माचार्य पौडेल, लक्ष्मण अर्याल, डा.शेखर कुमार श्रेष्ठ, रचना शर्मा, विष्णु डल्लाकोटी एवम् बेलिमाया डल्लाकोटी (लघुकथा विकास कोषदाता), विष्णुप्रसाद काफ्ले, यमुना प्रधानाङ्ग मुना, वसन्त अनुभव, मीठूकुमारी पाठक, श्रीकृष्ण पौडेल, होमप्रसाद नेउपाने, कुमार काफ्ले, विष्णु पन्थी, विष्णु भण्डारी आचार्य, सुरेशकुमार पाण्डे, प्रभादेवी पौडेल(हेमलता स्मृति लघुकथा सम्मान-२०८१ बाट सम्मानित व्यक्तित्व), सुनिता निरौला पौडेल, खगेन्द्र बस्याल, तुलसी पण्डित, रामराजा के.सी., कमल पौडेल, विवेक काफ्ले, अनिष पाठक, आयुष बडाल, सन्तकुमार चौधरी लगायत मञ्चका पदाधिकारी, अति/विशिष्ट/आजीवन सदस्यज्यूहरू, वाचकहरू, प्रायोजकहरू, पत्रकारहरू, विभिन्न साङ्गीतिक/सांस्कृतिक टोलीका प्रमुख एवम् सदस्यहरू, विभिन्न संघ/संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियोे ।

    उक्त अवसरमा अभिनन्दित एवम् सम्मानित महानुभावहरूलाई रथारोहण गराइएको थियोे ।
    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रेडियोकर्मी एवम् कुशल उद्घोषकद्वय कमल पौडेल र विवेक काफ्ले गर्नुभएको थियोे ।

    ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’

    लघुकथा साहित्यिक महोत्सवको प्रथम चरणको कार्यक्रम समापन पश्चात् सोही दिन साँझ ‘वन्दना साङ्गीतिक एवम् सांस्कृतिक साँझ- २०८१’ को आयोजना गरिएको थियोे । जसमा सुपरिचित वरिष्ठ गायक आनन्द कार्की र वरिष्ठ लोक/देउडा गायक नन्दकृष्ण जोशीले आफ्ना प्रस्तुति दिनुभएको थियोे ।
    आफ्ना पुराना चर्चित आधुनिक गीत गाएर वरिष्ठ गायक आनन्द कार्कीले स्टेज तताउँदै उपस्थित दर्शक/श्रोताहरूको मन जित्न सफल हुनुभएको थियोे ।
    त्यस्तै अर्का वरिष्ठ लोक गायक/देउडा गायक नन्दकृष्ण जोशीले विभिन्न चर्चित देउडा गीत गाएर सबै दर्शक/श्रोताहरूलाई मन्त्रमुग्ध पार्न सफल हुनुभएको थियोे ।
    उक्त साङ्गीतिक एवम् सांस्कृतिक साँझमा हरूका चर्चित गायकको गायन सँगसँगै विभिन्न सांस्कृतिक समूहले आ-आफ्नो प्रस्तुति दिएका थिए ।
    जसमा मगरहरूको सांस्कृतिक कौडा नाच, थारूहरूको सांस्कृतिक फगुवा नाच, डम्फु नाच, झम्टा नाच, धौलागिरीको नौमति पञ्चेबाजा, पुन समाजको सोरठी नाच, मारुनी नाच लगायत विभिन्न सांस्कृतिक प्रस्तुतिहरू रहेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव

    रास्वपा निकट प्रवास विभाग साउदीअरबले नेपाली राजदुताबास रियादमा सहकारी पिडितको रकम फिर्ता गर्न दबाब दिदै बुझायो ज्ञापन पत्र ।

  • ९ कार्तिक २०८१, शुक्रबार २२:०६ मा प्रकाशित
  • साउदी अरब! रास्वपा निकट प्रवास विभाग “प्रवास नेपाली सम्पर्क बिभाग साउदी अरबले आज मिति २५ अक्टोबर शुक्रबारका दिन साउदीअरवको रियाद स्थित नेपाली कुटनितिक नियोग – नेपाली राजदुताबासमा सहकारी पिडित को रकम फिर्ता गर्न दबाब दिदै ज्ञापन पत्र बुझाएको छ ।

    नेपालका प्रधानमन्त्रीलाई सम्बोधन गर्दै रास्वपा साउदीअरबले बिबिध बुँदामा ध्यानाकर्षण गराउँदै उक्त ज्ञापन पत्र बुझाएको प्रबास बिभागका उप सचिब घनश्याम खत्री घायल ले अबगत गराएका छन् ।

    प्रवास नेपाल सम्पर्क विभाग साउदी बाट उपसचिव घनश्याम खत्री घायल, सहकोषाध्यक्ष – पदम थापा वतार, सदस्य दलबहादुर बुढा, शाखा रियाद बाट सभापति मनिष लामा, सचीव उमेश भट्ट द्वारा दूतावास रियादका प्रथम सचिव टोप नारायण गीरी लाई बुझाइएको थियो ।

    दूतावासमा बुझाइएको ज्ञापन-पत्र जस्ताको त्यस्तै
    विषय: ज्ञापन-पत्र पेश गर्ने सम्बन्धमा
    सम्माननीय प्रधामन्त्री ज्यु,
    उपरोक्त सम्बन्धमा सहकारी ठगीसम्बन्धि संसदीय छानबिन समितिले दिएको प्रतिवेदनअनुसार सहकारी ठगीमा संग्लन वास्तविक व्यक्तिहरुलाई खोजि कार्य गरि कानुनी कारबाही गरी पिडित जनताको रकम फिर्ता गराउन पर्ने नेपाल सरकारको दायित्वप्रति सरकार बेखबर रहेको देखिन्छ| सहकरीबाट कुनै पनि रकम अपचलनमा कुनै संलग्नता नभएको स्पस्ट प्रमाणित भईसकेको अवस्थामा पनि, जनताले ठुलो आशा राखेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति माननीय रबि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटनाप्रति प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरब घोर निन्दा र आपत्ति प्रकट गर्दछ|
    तपशिलमा उल्लेखित बुदाँहरुलाई नेपाल सरकारले यथाशिग्र कार्यन्वयन गर्नु पर्ने माग सहित नेपाली राजदूतावास रियाद, साउदी अरबका कार्यवाहक महामहिम राजदूत, श्रीमान डा. डमरु बल्लब पौडेल ज्यु मार्फत नेपाल सरकारलाई यो ज्ञापन-पत्र बुझाएका छौँ|
    तपशिल:
    १. राजनीतिक प्रतिशोधको अन्त्य: सहकारी प्रकरणको सत्यतथ्य छानबिन गर्न बनेको संसदीय छानबिन समितिले माननीय रबि लामिछानेको सहकारीबाट रकम अपचलनमा कुनै संलग्नता नभएको स्पष्ट प्रमाणित भईसकेको अवस्थामा पनि सरकारद्वारा उहाँलाई राजनीतिक प्रतिशोधका आधारमा धरकपड गरिएको घटना प्रति हामी घोर आपत्ति प्रकट गर्दछौं| उहाँलाई तुरुन्त रिहा गरी न्यायिक प्रणाली मार्फत निष्पक्ष छानबिन गरियोस भन्ने हाम्रो माग छ|
    २. सहकारी ठगीको न्यायिक कारबाही: सहकरीको ८७ अर्बभन्दा बढी रकम अपचलन गर्ने अपचलन गर्ने दोषीहरुबारे विस्तृत छानबिन गरि कानुन अनुसर कारबाही गरियोस| सहकारी र मिटर ब्याजी पिडितहरुको समस्या समाधानका लागि जिल्ला प्रशाशन कार्यालयहरुमा हेल्प डेस्कको स्थापना तुरुन्त गरियोस|
    ३. सहकारी पिडितहरुको संरक्षण: सरकारको तर्फबाट आवस्यक कदम चालेर सहकारी ठगीमा संलग्न व्यक्तिहरुलाई सत्यतथ्य छानबिन गरी कारवाही गरियोस|
    ४. भुटानी शरणार्थी प्रकरणको छानबिन: भुटानी शरणार्थी प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
    ५. जग्गा प्रकरणको छानबिन: ललितानिवास, बाँसबारी, टिकापुर जस्ता जग्गा प्रकरणमा संलग्न दोषीहरु माथि निष्पक्ष छानबिन गरि कानुन अनुसर कारबाही गरियोस|
    ६. भष्ट्राचारजन्य जग्गा दान छानबिन: सत्तारुढ दल नेकपा एमाले र ललितानिवास जग्गा प्रकरणमा संलग्न ब्यापारी बीचको जग्गा दान सम्बन्धि भष्ट्राचारजन्य अपराधको गहिरो छानबिन गरियोस|
    ७. विशेस छानबिन आयोगको गठन: २०४६ सालपछि भएका सम्पूर्ण भष्ट्राचारजन्य अपराधहरुको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय विशेष छानबिन आयोग गठन गरि दोषीहरुलाई कडा कानुनी कारबाही गरियोस|
    धन्यवाद!

    प्रवास नेपाली सम्पर्क विभाग,
    साउदी अरव

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    साउदी अरबका विभिन्न शहरमा नेपालीहरुले मनाए दशैं

  • २८ आश्विन २०८१, सोमबार १८:०६ मा प्रकाशित
  • साउदी अरेबियामा रहेका नेपाली समुदायले बडा दशैं हर्षोल्लासपूर्वक मनाएका छन्। घर जान नपाएका नेपाली श्रमिकहरूले कर्मभूमी साउदीमा आफ्नै शैलीमा टीका र जमरा लगाएर दशैंको उल्लास मनाएका हुन्। प्रमुख शहरहरू रियाद, जेद्दा, दम्माम, जुबेल, खोबर, अल कासिमलगायतका स्थानमा नेपाली समुदायले विशेष कार्यक्रम गरी दशैं मनाएको छ ।

    यसै सन्दर्भमा, जुबेलस्थित इभेन्ट म्यानेजमेन्ट ग्रुपले शुक्रवार एक विशेष टीका कार्यक्रम आयोजना गर्यो। जुबेल हाईवेको सफ्वा क्षेत्रमा रहेको एक हलमा आयोजित यस कार्यक्रममा साउदीका नेपाली श्रमिकहरूको अभिभावक, पर्यटनदूत तथा एनआरएनए (गैरआवासीय नेपाली संघ) का मध्यपूर्व संयोजक राजेन्द्र अर्याल र उहाँकी धर्मपत्नी एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले टीका प्रदान गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। आयोजक रबिन गुरुङले घर जान नपाएका नेपालीहरूलाई घरको सम्झना मेट्न र आपसी भाइचारा कायम राख्न मद्दत पुर्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए। कार्यक्रममा सहभागी साउदी अरेबियामा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरू, सामाजिक व्यक्तित्वहरू तथा विभिन्न क्षेत्रका नेपाली दाजुभाइ-दिदीबहिनीहरूको उपस्थितिले कार्यक्रमलाई अझै उल्लासमय बनाएको थियो। नेपाली साझा मञ्च साउदीका प्रमुख सल्लाहकार अकल प्रधानले घर जान नपाएका नेपालीहरूले साउदीमा आफ्नै समुदायबाट टीका ग्रहण गर्न पाउँदा आफैं घरमै दशैं मनाइरहेको जस्तो अनुभव गर्न पाएको बताए। यसले आपसी सम्बन्ध मजबुत बनाउनुका साथै नेपाली संस्कृतिलाई जोगाइराख्न पनि महत्वपूर्ण भूमिका रहेको छ। साउदीका अन्य शहरहरूमा पनि यस्तै कार्यक्रमहरू सम्पन्न भएका छन्।

    जेद्दामा नेपाली सामाजिक समूहले विशेष सांस्कृतिक कार्यक्रमसहित दशैंको टीका कार्यक्रम आयोजना गरे। रियादमा नेपाली समाजको पहलमा दशैं मनाइयो जहाँ टीका, जमरा तथा आशीर्वाद वितरणका साथै नेपाली सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो। अल कासिम र दम्माममा पनि नेपाली श्रमिकहरूको बाक्लो सहभागितामा दशैं कार्यक्रम सफलतापूर्वक सम्पन्न भयो। यसरी टीका र जमरा लगाएर साउदीका विभिन्न शहरमा दशैं मनाइने परम्पराले नेपाली संस्कृतिलाई बचाइराख्न महत्वपूर्ण योगदान गरेको छ। घरपरिवारबाट टाढा भए पनि, नेपाली श्रमिकहरूले आफ्नो संस्कृति र परम्परालाई कायम राख्न हरेक वर्ष यसरी हर्षोल्लासपूर्वक दशैं मनाउने गरेका छन्। यस्ता कार्यक्रमहरूले नेपाली समुदायबीचको एकता, भाइचारा, र सद्भाव बढाउने मात्र होइन, नयाँ पुस्तामा नेपाली संस्कृतिप्रतिको चेतना जगाउन पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर2 Comments on साउदी अरबका विभिन्न शहरमा नेपालीहरुले मनाए दशैं

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P