काठमाडौं । शुक्रबार नेपाल बार एशोसिएनसको प्रांगणमा दुई वकिलबीच लात्त हानहान भयो । भाइरल भएको भिडियोमा दुवैले लात्त हानाहान गरेको देखिन्छ । तर, पछि अधिवक्ता भूमिनन्द चुडाल कुटिन्छन्, कानुन व्यवसायी विराट न्यौपानेबाट ।
कुटाइ खाएपछि चुडाल न्याय माग्न जाने धम्की दिन्छन् । मिडिया सामू चुडालले न्यायालयविरुद्धमा किन बोलिस् र द्वन्द्वकालका मुद्दा किन हेरिस् भन्दै हात हालेको बताएका छन् । उनका अनुसार उनी शुक्रबार बहस गर्न आएका थिए तर, कुटाइ खाए ।
सञ्चारकर्मीले कानुन व्यवसायी न्यौपानेलाई प्रश्न गर्छन्, ‘किन पिट्नुभयो ?’ न्यौपाने भन्छन्, ‘ठीक गरे । बार परिसरमा हातपात गरियो, त्यसको जिम्मा म लिन्छु ।’
बार परिसरभित्र हातपात गर्नुभयो अब भित्र (जेल) जानुहन्छ त भन्दै पत्रकारले प्रश्न गर्दा उनी ठीक कामका लागि गए पनि केही फरक नपर्ने बताउछन् । उनी दुवै जनाबीच हानाहान भएको पनि सुनाउँछन् ।
‘पहिले त तपाईंले नै हान्रु भयाे नि ?’ भन्ने प्रश्नमा उनी भन्छन्, ‘के फरक पर्यो र ! दुवैले हानाहान गर्यो ।’
यसैक्रममा बारको दैलोमा चुडाल देखिन्छन् । उनी अब राजतन्त्रविना देशमा केही हुन नसक्ने ठाकुवा गर्छन् । बारमा अति भएको पनि उनको आरोप छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा राजतन्त्रको खम्बा रहेको भन्दै अधिवक्ता चुडाल राजतन्त्र नआएसम्म प्रधानन्यायाधीश जबरा रहने पनि उनी भन्छन् ।
उनी बार दलाल रहेको भन्दै बारबाटै अन्यायको श्रृंखला सुरु भएको आरोप लगाउछन् । उनी आफू बारमा पिटिदा बारका पदाधिकारीहरु किन हेरेर बस्छ भन्दै प्रश्न गर्छन् । त्यसपछि उनी रुँदै भन्छन्, ‘यो कस्तो अन्याय हो ? अदालतमै कुटिदा पनि बारकाहरु के हेरेर बस्छन् ? यो अन्याय कहाँसम्म पुग्छ ? राजतन्त्र नल्याइ छोड्दै छोड्दिन ।’
ल्यान्डिङ गियर खुलेको तर अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा जाँच नगरी उडाएकोमा चालक दल दोषी
पांग्रा नखुलेको कारण देखाउँदै विराटनगरबाट काठमाडौं फर्किएको बुद्ध एयरको विमानसम्बन्धित घटना छानबिन गर्न गठित विज्ञहरूको टोलीले चालकदलका दुवै सदस्यलाई दोषी ठहर गरेको छ । उनीहरूकै कमजोरीका कारण उक्त घटना भएको वरिष्ठ क्याप्टेन ददिराम निरौलासहित चार सदस्यीय विज्ञको प्रतिवेदनले औंल्याएको छ ।
‘१५ हजार घण्टा जहाज उडाइसकेका वरिष्ठ क्याप्टेन अनि पाइलटका पनि गुरु–पाइलटबाट गल्ती हुन सक्छ’ भन्ने प्रमाणसहितको प्रतिवेदन बिहीबार प्राधिकरणका महानिर्देशक राजकुमार क्षत्रीलाई बुझाइएको हो ।
असोज ११ गते बिहान काठमाडौं विमानस्थलबाट ७३ यात्रु बोकेर विराटनगर उडेको विमान अवतरण हुनै लाग्दा ल्यान्डिङ गियर (पांग्रा) नखुलेपछि क्याप्टेन आङ्गेलु शेर्पा र प्रशिक्षार्थी को–पाइलट अमन अन्सारीले काठमाडौं डाइभर्ट गराएका थिए । बुद्ध एयरको एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ विमानको त्यस दिन पहिलो उडान थियो । अवतरणका क्रममा पांग्रा खुले/नखुलेको संकेत गर्ने दुइटा बत्तीमध्ये ककपिटको ड्यासबोर्डसँगै रहने ‘प्राइमरी इन्डिकेटर’ ले सेन्टर (अगाडि) तथा पछाडि (दायाँ र बायाँ) गरी तीन भागमा रहेका पांग्रामध्ये दायाँ पांग्राको संकेत गर्ने बत्ती ‘नबलेको’ कारण देखाई विमानलाई काठमाडौं फर्काइएको थियो ।
त्यस दिन विमानमा कुनै समस्या नभएको, ल्यान्डिङ गियर खुलेको र अघिल्लो रातको उडानमा ‘डिम–लाइट’ मोडमा राखिएको संकेत बत्ती बिहानको उडानमा ‘ब्राइटनेस–मोड’ मा राख्नुपर्नेमा नराख्दा आफ्नै सामान्य गल्तीबाट झुक्किएको छानबिनबाट देखिएको समितिका संयोजक क्याप्टेन निरौलाले कान्तिपुरलाई बताए । पाइलटहरूका अनुसार, रातिको उडानमा विमानको ककपिटका संकेत बत्तीबाट निस्किने उज्यालोले आँखालाई असर पार्ने भएकाले ‘डिम मोड’ मा राखेर उडाइन्छ भने दिउँसो उज्यालोअनुसार संकेत बत्तीको ‘ब्राइटनेस’ बढाइन्छ । कुनै पनि विमान उडाउनुअघि त्यसको बाहिरी अवस्था, पांग्रामा हावा भए/नभएको, इन्जिन, ब्लेड, ककपिटका बत्ती, कागजात ठीक भए/नभएको को–पाइलट र क्याप्टेनले अनिवार्य जाँच्नुपर्ने हुन्छ ।
‘त्यो उडानमा को–पाइलटले जहाज उडाउनुअघि ककपिटका सबै बत्ती चेक गरेको देखिएन,’ संयोजक क्याप्टेन निरौलाले भने, ‘जहाजभित्र रातो, हरियो, नीलो, पहेंलो र सेतो रङका संकेत बत्ती हुन्छन् । भुइँ छाड्नुअघि ककपिटमा बत्ती जाँच्दा क्रिसमस ट्री जस्तो झलमल्ल देखिन्छ । त्यो उडानमा को–पाइलटले टेस्ट बटन जाँचेको पाइएन । त्यसले टेस्ट, डिम र ब्राइट गरी तीन प्रकारका संकेत दिन्छ । यो अनिवार्य एसओपी (स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडियर) पनि हो ।’
क्याप्टेनले ककपिटमा भएको बत्ती जाँच नगरी विराटनगर र काठमाडौंका टावरमा भएका एटीसी र क्याबिनमा रहेकी एयर होस्टेसलाई पांग्रा खुले/नखुलेको हेर्न भनेको ककपिट भ्वाइस रेकर्डर (सीभीआर) मा सुनिएको छ । उनीहरूको भर पर्दा चालकदल थप अलमलमा परेको प्रतिवेदनमा उल्लेख छ । ‘जहाजभित्र पर्याप्त साधन र स्रोत हुँदाहुँदै पनि तिनको सदुपयोग नगरी बाहिरी (विराटनगर र काठमाडौं टावरमा रहेका एयर ट्राफिक कन्ट्रोलर र एयर होस्टेस) को सूचनामा भर परेको देखियो,’ प्रतिवेदनले घटना हुनुको कारणबारे भनेको छ । यसअघि बुद्धले घटनालगत्तै गरेको आन्तरिक छानबिनले पनि यही विषयलाई मुख्य कारण मानेर प्राधिकरणलाई प्रतिवेदन बुझाएको थियो ।
विमानमा आकस्मिक देखापर्ने समस्यामा के गर्ने/नगर्नेबारे विमान उत्पादन गर्ने कम्पनीले हाते किताब (क्विक रिफ्रेन्स ह्यान्डबुक) ककपिटमा राखिदिएको हुन्छ । चालकदलले ती स्रोतको उपयोग गरेका छैनन् । ‘विमान विराटनगरमा अवतरण गर्दा हुन्थ्यो,’ छानबिन समितिका संयोजक निरौलाले भने, ‘ककपिटको ड्यास बोर्डमा रहेको संकेत बत्तीले चालकदल झुक्किए पनि उनीहरूको टाउको माथि (ककपिटको माथिल्लो भाग) रहेको दोस्रो बत्तीले ल्यान्डिङ गियर खुलेको देखाएको छ ।’
प्रतिवेदनले ल्यान्डिङ गियर खुलेको, को–पाइलटले पाँचपटक प्राइमरी बत्ती बलेको क्याप्टेनलाई सुनाउँदा क्याप्टेनले त्यसलाई नपत्याएर ‘हो र ? मैले त देखिन नि’ भनेको जनाएको छ । क्याप्टेन शेर्पाले विराटनगरबाट काठमाडौं फर्केपछि एयर होस्टेस प्रतीक्षा राईलाई पनि पछाडि झ्यालबाट दायाँतर्फको पांग्रा खुले/नखुलेको हेर्न इन्टरकमबाट अह्राएका थिए । तर उनले पांग्रा छोप्ने ढक्कन झरेकाले भित्र पांग्रा खुले/नखुलेको देख्न नसकेको इन्टरकमबाटै ककपिटमा जानकारी दिएकी थिइन् ।
घटना हुनुमा छानबिन समितिले क्याप्टेन शेर्पालाई मुख्य दोषी ठहर्याएको छ । शेर्पा क्याप्टेनबाहेक बुद्ध एयरको एटीआर ४२ र ७२ विमानका प्रशिक्षक पाइलट र नागरिक उड्डयन प्राधिकरणमा एटीआर विमानका पाइलटका लागि तोकिएका प्रशिक्षक डीसीपी (डेजिग्नेटेड चेक पाइलट) पनि हुन् । उनी एटीआर विमानका को–पाइलट, क्याप्टेन र आईपीको जाँचमा बस्दै आएका थिए । यो घटनापछि छानबिन समितिले उनको प्रशिक्षक पाइलटको इजाजत तीन महिनाका लागि र प्राधिकरणमा रहेको उनको डीसीपीको इजाजत ६ महिनाका लागि निलम्बन गरेको छ । अब क्याप्टेन शेर्पाले बुद्धकै प्रशिक्षक पाइलटसँग २५ घण्टा र को–पाइलट अन्सारीले ५० घण्टा अनिवार्य उडेपछि मात्रै प्राधिकरणले उनीहरूलाई ‘रिलिज’ गर्नेछ । त्यसबाहेक क्याप्टेन शेर्पाले आईपी तीन महिनापछि र डीसीपी ६ महिनापछि सर्तहरू पूरा गरेमात्रै पाउनेछन् ।
छानबिन समितिले टावरमा बस्ने एयर ट्राफिक कन्ट्रोलरलाई पाइलटहरूसँग संवाद गर्दा आगामी दिनमा अन्तर्राष्ट्रिय उड्डयन संगठन (आइकाओ) ले तोकेका शब्दावली मात्रै प्रयोग गर्न सिफारिस गरेको छ । त्यस उडानमा बुद्धका क्याप्टेनले पांग्रा झरे/नझरेको सोध्दा एटीसीले टावरबाट भनेका शब्दावलीले उनी झुक्किन मद्दत पुगेको प्रतिवेदनमा भनिएको छ ।
काठमाडौंबाट उडेको करिब २ घण्टापछि पुनः काठमाडौंमै सुरक्षित अवतरण भएको उक्त विमान जाँच्दा कुनै प्राविधिक कमजोरी नभएको, नियमित मर्मत सम्भार भइरहेको अध्ययनमा देखिएको छ । त्यस दिन बिहान बुद्धको जहाज पछिपछि विराटनगर गइरहेको एउटा निजी वायु सेवा कम्पनीको विमानका क्याप्टेनले पनि अवतरण लगत्तै एयरसाइडबाट बुद्धको विमानका ‘तीनवटै पांग्रा खुलेको देखेको’ छानबिन समितिलाई जानकारी गराएका थिए ।
घटनालगत्तै छानबिन टोलीमा रहेका संयोजक निरौलासहित सदस्यहरू इन्डोनेसियामा एटीआर उडाउँदै आएका नेपाली क्याप्टेन लियो उबाहाङ चेम्जोङ, प्राधिकरणका एयर वोर्दिनेस इन्स्पेक्टर रितेशराज पन्थ र सम्राट प्रधान त्यही विमान चढेर विराटनगर पुगेका थिए । उनीहरूले जहाजको फ्लाइट डाटा रेकर्डर (एफडीआर) र सीभीआर जाँच गर्नुका साथै पाइलट, एयर होस्टेस, एटीसीसँग लिखित र मौखिक अन्तर्वार्ता गरेर प्रतिवेदन तयार पारेका हुन् ।
लघुकथाकार म्यामराज राईले हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नुभएको लघुकथा ‘मेरो हल’ लाई पढेर/ हेरेर टिप्पणीकार बन्दना घिमिरेले गर्नुभएको पाठकिय टिप्पणीलाई यहाँ प्रस्तुत गरिएको छ।
पाठकीय टिप्पणी लघुकथा – मेराे हल लघुकथाकार – म्यामराज राई
लघुकथा, स्वतन्त्र गजल, कविता र मुक्तकबिधामा कलम चलाउनुहुने साहित्यकार म्यामराज राईले आज मिति २०७८/७/११ गते हाम्रो लघुकथा पाठशालामा प्रेषित गर्नु भएको लघुकथा “मेराे हल” पढेपछि मेराे पाठक मनमा आएका भावनालाई यहाँ प्रस्तुतगर्ने जमर्को गरेकी छु ।
साहित्यकार म्यामराज राईसँग प्रत्यक्ष देखभेट नभए पनि हाम्राे लघुकथा पाठशाला फेसबुक पेजमा लघुकथाहरुकाे माध्यमबाट प्रसस्त चिनेकी छु । माता आशबुङ् राई र पिता जोग बहादुर राईका पुत्र म्यामराज राईकाे जन्म हतुवागढी-६,होम्ताङ्,भोजपुरमा भएको हाे । हाल राेजगारीकाे सिलसिलामा जापान बस्नुहुने लघुकथाकार हाम्रो लघुकथा पाठशालामा मे ३०,२०२१ का दिन सदस्य हुनु भएको हाे । हाम्राे लघुकथा पाठशालाकाे सदस्यकाे हैसियतले “पाठशालाका दैनिक कार्यक्रमहरू परदेशको बसाइमा समय प्रतिकुल हुने भएकाले रेकर्डेडमा अहिलेसम्म कुनै पनि छुटाएको छैन।” भन्नुहुने साहित्यकारले नियमितरूपमा लघुकथा प्रेषित गर्नुहुन्छ । पठन र लेखन बराबर मन पर्ने साहित्यकारकाे साहित्यमा सकेको योगदान दिने लक्ष्य रहेकाे छ ।
प्रस्तुत लघुकथा “मेराे हल” मा मुख्य पात्रकाे रुपमा धिरेन भन्ने व्यक्ति रहेका छन् जाे पद र सफलता प्राप्त गर्नेलाई आफ्नो हल भनी फुर्ति देखाउछन् भने सुरेश उसकाे भतिजो हुन् । अन्य उसले भन्ने गरेका मेराे हल अर्थात् दौतरीँहरु रहेका छन् ।
धिरेन गाउॅंको नेता थियो।कोही कसैले थोरै प्रगति गरे भने मेरो हल भन्दै कतैबाट साइनो लगाइहाल्थ्यो। मेरो हल अर्जुनले साहित्यिक प्रतियोगिता जित्यो। मेरो हल जंगे वडाध्यक्षमा निर्वाचित भयो। मेरो हलले शिक्षक सेवा आयोगमा नाम निकाल्यो। मेरो हल किरण चाहिं व्यापार महासंघको अध्यक्षमा चुनियो।चिया गफमा सॅंगै पढेको,खाएको,डुलेको भन्दै आफूले बनाएका हलहरूका बारेमा बनेको कहानी बक्दै थियो। “हैन,काका कतिजना हो,तपाईको हलहरू?एउटा गोरूको त एउटा मात्रै हुन्छ त!”सुरेशले फ्याट्ट बीचमै कुरो काट्यो। म गोरू हो त,मोरो भन्ने धिरेनकाे जवाफमा त्यहाँ भएका सबै गलल्ल हाँसे। धिरेन गफ हाँकेरै प्रदेश मन्त्रीको पिए बन्यो।
प्रतियोगितामा धाँधली भयो भन्दै मेरो पुरस्कार खोसे।अर्जुनले दु:ख बिसायो। मलाई सत्ताच्यूत गरे।केही उपाय लगाउनुपर्यो।जंगेले अनुनय गर्यो। विकट गाउॅंमा मेरो जागिर पुर्याए।अर्को हलको समस्या आइलाग्यो। गाँजा व्यापारी भन्दै आफ्नै पदाधिकारीहरू मिलेर फसाए।अहिले मामाघरमा थुनिएको छु। किरणको विलाप थियो। हेलो,हेलो,हे..लो!खै केही सुनिन है।धिरेनले नसुनेझैं गर्दै फोन राख्यो।पालैपालो आएको उसको हलहरूको फोन सम्पर्क यसरी नै टुंग्यायो।
“तिमीहरूको समस्या समाधान गर्न मलाई के को तातो न छारो ? हासिल गरेको पद र पाएको सफलता पो मेरो हल भनेको ” धिरेन मुरमुरियो। यसरी कथाकाे अन्त्य भएको छ ।
प्रस्तुत कथामा कथाकारले हाम्राे समाजकाे यथार्थलाई टपक्क टिपेर राेचक पाराले कथामा उतार्नु भएको छ । पद र सफलता प्राप्त व्यक्तिलाई जताबाट भएपनि आफ्नो मान्छे भनी चिनाउने, पद नहुँदा वा खाेसिदा आफ्नै भएपनि नचिनेको झैँ गर्ने प्रवृत्तिलाई उदाङ्ग पार्नु कथाकाे उदेश्य रहेकाे छ । धिरेनकाे भतिजो पर्ने पात्र सुरेशले कतिजना हाे हजुरका हलहरु ? भन्ने प्रश्न गर्दा रमाइलो र राेचक भएको छ कथा ।
१६० शब्दमा लेखिएको कथा पद र सफलता प्राप्तहरुलाई मेराेहल भन्दै शुरु भएर आफू प्रदेश मन्त्रीको पिए हुदाँ अर्थात् पदमा रहदा उनै हल भनेका साथीहरूकाे समस्या सुन्न नपराेस भनी हेलाे ! हेलाे ! भन्दै फाेन काटेर कथाकाे अन्त्य भएको छ । उठानकाे विपरीत भावमा समापन भएकोले लघुकथाकाे मापनमा थपक्क बसेको जस्तो लाग्याे मलाई । कथा सलल बगेकाे र यथार्थपरक छ । समापन राेचक छ।
कथा धिरेन पात्रकाे परिचयबाट शुरु भएको छ । संवादबाट शुरु भएको भए अझ राम्रो हुनेथियाे जस्ताे लाग्छ मलाई । लघुकथाकाे बहाव तिव्र नभएको हाे कि अझ तिव्र बनाउन सकिन्थ्यो कि जस्तो लाग्याे ।
साठीको दशकदेखि साहित्य चेत बोक्नुभएका साहित्यप्रेमी राईकाे साहित्यिक यात्राले सगरमाथाको शिखर चुमाेस् भन्दै उहाँको सु- स्वास्थ्य र दीर्घ जीवनकाे लाखौंलाख शुभकामना व्यक्त गर्दछु ।
बन्दना घिमिरे गठ्ठाघर, भक्तपुर
लघुकथा -मेरो हल
म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान
धिरेन गाउॅंको नेता थियो।कोही कसैले थोरै प्रगति गरे भने मेरो हल भन्दै कतैबाट साइनो लगाइहाल्थ्यो।
“मेरो हल अर्जुनले साहित्यिक प्रतियोगिता जित्यो।” “अर्को मेरो हल जंगे वडाध्यक्षमा निर्वाचित भयो।” “फलानो मेरो हलले शिक्षक सेवा आयोगमा नाम निकाल्यो।” “अर्को फलानो गाउॅंको मेरो हल किरण चाहिं व्यापार महासंघको अध्यक्षमा चुनियो।”चिया गफमा सॅंगै पढेको,खाएको,डुलेको भन्दै आफूले बनाएका हलहरूका बारेमा बनेको कहानी बक्दै थियो। “हैन,काका कतिजना हो,तपाईको हलहरू?एउटा गोरूको त एउटा मात्रै हुन्छ त!”सुरेशले फ्याट्ट बीचमै कुरो काट्यो। “म गोरू हो त,मोरो?”धिरेनको जवाफमा त्यहाँ भएका सबै गलल्ल हाँसे।
धिरेनले गफ हाँकेरै प्रदेश मन्त्रीको पिए बन्यो।
“प्रतियोगितामा धाँधली भयो भन्दै मेरो पुरस्कार खोसे।”अर्जुनले दु:ख बिसायो। “सत्ताच्यूत गरे।केही उपाय लगाउनुपर्यो।जंगेले अनुनय गर्यो। “विकट गाउॅंमा मेरो जागिर पुर्याए।अर्को हलको समस्या आइलाग्यो।” “गाँजा व्यापारी भन्दै आफ्नै पदाधिकारीहरू मिलेर फसाए।अहिले मामाघरमा थुनिएको छु।”किरणको विलाप थियो।
”हेलो,हेलो,हे..लो!खै केही सुनिन है।”धिरेनले नसुनेझैं गर्दै फोन राख्यो।पालैपालो आएको उसको हलहरूको फोन सम्पर्क यसरी नै टुंग्यायो।
“तिमीहरूको समस्या समाधान गर्न मलाई के को तातो न छारो?हासिल गरेको पद र पाएको सफलता पो मेरो हल भनेको त।”धिरेन मुरमुरियो। ॰॰॰
११ कार्तिक २०७८, साउदी अरब ! एनआरएनए आरसिसि अल कासिमको समन्वय र एनआरएनए साउदी अरबको सहयोगमा साउदी आएको एक महिना नपुग्दै पाँचथर घर भइ अल कासिम बुरैदामा तीन हप्ता देखी काम गर्दै आएका सागर लावती आजको फ्लाइटमा नेपाल घर पर्केका छन् ।
केहि हप्ता अगाडी नेपालमा भएको बेमौसमी बिनासकारी प्राकृतिक बिपत्ति, भारी बर्षाका कारण आएको बाढी पहिरोले आफ्नै फुपुका परिवारका ७ जनाको असामयिक निधन हुँदा लावतिको अचानक घर जाने अबस्था आयो । भर्खरै नेपाल बाट आएको २३ दिन नपुग्दै यस्तो घटना घट्दा उहाँलाई नेपाल फर्किनु पर्ने अत्यन्तै जरुरी परेको र कम्पनीलाई भन्दा टिकट काटेर जा म इक्सिट लगाइदिन्छु भनेको कुरा र आफू भर्खरै लाखौ तिरेर आएको साथै फर्किनका लागि एक पैसा पनि नभएको ले एकतर्फी टिकट पिसिआर र घर सम्म जानका लागि एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँलाइ अबगत गराएका थिए ।
यो अनुरोध भए लगत्तै उहाँको उद्दारका लागि आरसिसि अल कासिमले एनआरएनए एनसिसीका अध्यक्ष डम्बर यादव ज्युलाइ अवगत गराउदै सहयोग गर्न गरिएको अनुरोधलाई अध्यक्ष द्वारा स्विकार्दै एनआरएनए एनसिसि साउदीले उहाँको हवाई टिकट सहित नेपाल उहाँको घर सम्म जाने ब्यबस्थापन गरेको छ ।
उहाँलाई उद्दारकै क्रममा अल कासिम बुरैदा बाट एनआरएनए आरसिसिका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी र कोषाध्यक्ष चिरञ्जीवी अर्यालद्वारा पिसिआर गर्न देखि अल कासिम एयरपोर्ट सम्म लैजान समेत सहयोग गरेका थिए ।।
उहाँको कम्पनीले पनि उहाँको पिडालाइ बुझेर इक्सिट भिसा तथा २३ दिन काम गरे बापत ७०० साउदी रियल दिएर पठाएको छ ।
लावती भोलि १२ कार्तिक शुक्रबार नेपाल पुग्ने र एनआरएनए का प्रतिनिधिद्वारा उहाँको घरसम्म पुर्याउन सहयोग गरिने कुरा पनि एनआरएन साउदी का अध्यक्ष डम्बर यादवले जनाएका छन् ।
टुक्का अभियन्ता समुहको दोस्रो बैठक बुधबार सम्पन्न भएको छ। भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा एक दर्जन बढी टुक्का अभियन्ताहरूको सहभागीता रहेको थियो।
टुक्का कविताको उन्नयन र विकासका लागि सक्रिय रुपमा खट्न ईच्छुक टुक्काकारहरूलाई समेटेर टुक्का अभियन्ता समूह गठन गरिएको हो। टुक्का अभियन्ता समुहले आफ्नो प्रथम बैठक करिब एक महिना अघि सञ्चालन गरेको थियो। अभियन्ता समुह सदस्य एवं टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंका अनुसार टुक्का अभियन्ताहरूले टुक्काको उन्नयन र विकासका लागि टुक्का लेखनमा नयाँ सर्जकहरूलाई प्रोत्साहित गर्ने, लेखनमा देखिएका गल्ती कमजोरीहरू औंल्याई सुधार गर्न प्रेरित गर्ने, विविध कार्यक्रम सञ्चालन गर्ने जस्ता कार्य गर्ने बताउनुभयो ।
टुक्का अभियन्ता समुहकी सदस्य एवं टुक्का साहित्य समाजकी सल्लाहकार शर्मिला श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको बैठकमा सहभागी अभियन्ताहरूले आ-आफ्ना सल्लाह, सुझाव राख्नुभएको थियो।
टुक्का अभियन्ताको दोस्रो बैठकमा टुक्का अभियन्ताहरू ताराप्रसाद चापागाईं, वसन्त अनुभव, विमुन्स पौडेल, रचना शर्मा प्रतीक्षा, जगत थापा, श्रीकृष्ण शर्मा, होमप्रसाद नेउपाने, शर्मिला श्रेष्ठ, रामकृष्ण दुवाडी, साधना पौडेल, ललिता कालू बिन्दास, अनिल खग्रास, राजेशराज गड्तौला लगायतको सहभागीता रहेको थियो। कार्यक्रमको सञ्चालन टुक्का अभियन्ता एवं समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले गर्नुभएको थियो।
टुक्का अभियन्ता समुहको बैठकले निम्न निर्णय गरेको थियो ।
१) टुक्का अभियन्ताहरूको टुक्का संकलन गरेर पुस्तक प्रकाशन गर्ने । उक्त पुस्तकको सम्पादकमा विमुन्स पौडेल, श्रीकृष्ण शर्मा, वसन्त अनुभव र अनिल खग्रास रहने।
२) टुक्का संकलन र सम्पादन : छन्द टुक्का – १०/१०(प्रत्येक बाट) – अनिल खग्रास ब्यङ्ग्यात्मक टुक्का – १०/१०(प्रत्येक बाट) – वसन्त अनुभव विम्वात्मक र आलङ्कारिक टुक्का – १०/१०(प्रत्येक बाट) – श्रीकृष्ण शर्मा समसामयिक टुक्का – १०/१०(प्रत्येक बाट) – विमुन्स पौडेल
३) चालू साप्ताहिक अभ्यास कार्यक्रमलाई यथावत राख्दै थप एउटा भिन्नै खालको साप्ताहिक कार्यक्रम सञ्चालन गर्ने।
१० कार्तिक २०७८ ! नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अब थप ३ वर्ष नेपालमै रहने बताएका छन् ।
नेपाललाई पहिलो पटक साफ च्याम्पियनसिपको उपविजेता बनाएका अलमुताइरीले सामाजिक सञ्जाल फेसबुक मार्फत् थप ३ वर्ष टोलीको प्रशिक्षणको जिम्मेवारी सम्हाल्ने जानकारी गराएका छन् ।
उनले संजालमा आफ्नो फ्यानहरुलाइ सबैलाई धन्यवाद दिदै जानकारी गरेका छन् । उनले भनेका छन् :-
“कर्मा छिरिङ शेर्पा र क्युएफए पदाधिकारीहरुसँगको भेट छलफलपछि मैले नेपालमा मेरो जागिरलाई निरन्तरता दिन अखिल नेपाल फुटबल संघसँग ३ वर्षको लागि नयाँ सम्झौता गर्ने निर्णय गरेको छु र सहयोग गरेकोमा कतार फुटबल संघलाई धन्यवाद र मलाई नेपाल फर्काउनको लागि सबै कुरा गरेको छु ।
नयाँ मिसनमा सफलताको कामना गर्दछु.. हामी हाम्रा आगामी २ वर्षको लक्ष्य र योजना छिट्टै प्रकाशित गर्नेछौं, तपाईहरुलाई मेरो वाचा छ नेपाली फुटबलको भविष्य राम्रो हुनेछ तर हामीलाई समय मात्र दिनुहोस्।
तपाईंले देखाउनुभएको माया अरू कुराहरू भन्दा धेरै महत्त्वपूर्ण छ त्यसैले मलाई सधैं तपाईंको हृदयमा बस्न दिनुहोस् 🙏
मलाई मात्र हैन नेपाली फ्यानहरूको साथ र माया चाहिन्छ खेलाडीहरूलाई पनि चाहिन्छ त्यसैले हामीलाई समर्थन गर्नुहोस्, हामीलाई विश्वास गर्नुहोस्, हामीलाई माया गर्नुहोस्। “
काठमाण्डौ,, ९ कार्तिक। टुक्का साहित्य समाज नेपालले बिगत लामाे समयदेखि अाफ्ना अभ्यास समूहहरूमा नियमित रूपमा विभिन्न शीर्षकमा टुक्का अभ्यास संचालन गर्दै आएको छ। दैनिक अभ्यास संचालन र सम्पादनमा समाजकी सचिव विमुन्स पाैडेलकाे विशेष सक्रियता रहने गरेको छ ।
समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले दिएको जानकारी अनुसार हरेक दिन बिहान टुक्काकाे शीर्षक दिने दिनभर अभ्यास गराउने र रातमा टुक्का संकलन तथा सम्पादन गरेर नियमित रुपमा बिभिन्न पत्रिकाहरूमा प्रकाशनकाे लागि पठाउने गरिन्छ। टुक्का कविता लघु काव्य अन्तर्गत उदीयमान नविनतम प्रविधा हो र छोटो समयमा यसले निकै लाेकप्रियता हासिल गरेकाे छ ।
दैनिक अभ्यास अन्तर्गत “शिक्षक” विषयमा सिर्जना गरिएका टुक्काहरू १. शिक्षकले देखाएको स्वच्छ बाटो हिँडौ समाजमा लुकी बस्ने दुष्ट चिने गिँडौ। २. शिक्षकको स्थान हुन्छ सबै भन्दा माथि देखाएका बाटो चिनौँ सत्य चिनौँ साथी। ✍️ पौडेल विमुन्स
१. जसले कोरी देखाए सत्मार्ग हुन् तिनै मेरा शिक्षक चाहाना सदैव तिम्रो भलो होस् भनेर बने दीक्षक । २. आदर्श सदैव ती ज्ञान गुनका बाँडेर बोल्ने अनि आफ्नै पौरखले सजाऊ धरती भन्दै छन् आज पनि। ३. त्यही छन् आज पनि जीवितै मेरा शिक्षक गुरु गौरव भन्थे बाबु बनेस् है धरती पुत्र गरेस ठूलो उत्सव। ✍️ सूर्य मणि रेग्मी चितवन
१. लेख्न पढ्न विज्ञान शिक्षामा शिक्षकको प्रोत्साहन हुन्छ , शिक्षकका यस्ता कुरासँग ज्ञानले सबैको मन छुन्छ । २. शिक्षकले त्यो शिक्षा दिनुहुन्छ आफ्नै पौरख गर्नुपर्छ , पढिगुनी ठूलो भइ आफैँ उन्नति प्रगति भर्नुपर्छ । ३. शिक्षकले शिक्षा दिंदै विश्वको बाटो देखाउँछन् , पढाई लेखाइ शिक्षामा अग्रतामा लेखाउँछन् । ✍️ बेदु न्यौपाने काठमाडौ
१. अन्धकार हटाई उज्यालो छर्ने, शिक्षक हुन् हाम्रा अज्ञानता हर्ने। २. ज्ञान,बुद्धि,विवेक र सीप दिने, गुरू हुन् सबै मायाले काख लिने। ✍️ अरुण कुमार भुजेल गोरूबथान, कालेबुङ्ग।
१. शिक्षक पेशामा हुन्छ एउटा जिम्मेवारी, अज्ञानीलाई ज्ञान भर्दै तार्ने वारीपारी। २. खाने खेल्ने लेख्ने पढ्ने समयको साथमा, सिकाउँछन् सबै अनुशासनको पाठमा। ✍️ होम प्रसाद न्याैपाने धरान, सुनसरी
१. शिक्षक नै हुन् पथ प्रदर्शक उनी नै ज्ञाता, दिएर आफूसॅग भएको बन्छन् पूज्य दाता । २. सम्मान गरे शिक्षकको मिल्दछ ज्ञान यहॅा, आफू निभेर अरूलाई बाल्ने पाइन्छन् जहॅा । ✍️ राजेशराज गड्तौला रतुवामाई – १०, मोरंग हाल – प्रवास
१. शिक्षक जहिले बलियो सेतु, भविष्य चिनाउने बन्छन् हेतु। २. मैनबत्तिझैँ ज्योति शिक्षाको दिने, दत्तचित्त भई सेवामा खटिने। ✍️ म्यामराज राई भोजपुर, हाल:-प्रवास
१. जन्माउने आमा बुबालाई सलाम गर्छु, शिक्षक मेरो यिनै हुन् मुटुमा माया भर्छु। २. तातेताते हात समाई ठूलो बनाउने , तिनै हुन् त शिक्षक मेरा सँगै रमाउने। ✍️ कान्छी बिनिता विश्वकर्मा बाजुरा
१. जन्मे पछि छोडिन्न हाँस्नलाई र रुन, मेरो पहिलो शिक्षक आमा जस्तै कुन। २. शिक्षकहरू नै हुन् हात समाई सबै लेखाउने, असल नागरिक बनाउनलाई बाटो देखाउने ३. अन्धकार हटाई उज्यालो छरिदिने, गुरु हुन् ती ज्ञानको ज्योतिले भरिदिने। ✍️ पुर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती३, काभ्रे
१, शिक्षक हरूनै हुन् विद्याका ज्योति, उज्यालो बनाएर निकाल्छन् मोती। २, घोटाएर विद्या पिलाउँ छन् पहिले, असल नागरिक बनाउँछन् जहिले। ३, विद्यार्थी लाई झुटा बिद्या सिकाउन्नन् कहिले, सम्मान गरौ है शिक्षक हरु लाई जहिले। ✍️ लक्ष्मी श्रेष्ठ बिर्तामोड, झापा
१. विद्यार्थीलाई उज्यालो दिएको रकम लिने त्यहीँ पुस्तक भित्रको सैद्घान्तिक ज्ञान दिने । २. विद्यार्थीको सदा हित चिताउने शिक्षक हुन् सफलता जिताउने । ✍️ रिजाल विनोद, बेलबारी माेरङ्ग
शिक्षकको सबैले यति गर्छन् उच्च सम्मान उनैलाई सुन्नुपर्छ गर्नुपर्छ गुनगान। ✍️ साधना पौडेल, अाेखलढुंगा
१. शिक्षक देशका एक वफादार नागरिक मानिन्छ सधैं उच्च भावले शिक्षकलाई मान सम्मान गरिन्छ। २. जस्तै अफ्ठ्यारा मा पनि सधैँ अघि सर्छन् विद्यार्थीका दिमागलाई राम्रा कुराले भर्छन्। ✍️ सरस्वती श्रेष्ठ, इटहरी
१. कुलत र कुसंङ्गत बाट टाढा बस्नु भनी दिएका अर्ति गिँड्छन्, तरपनि गुरु शिक्षकका कुरा नसुनी कतिपय बिग्रिँदै हिँड्छन्। २. जति संकष्ट आईलागेपनि शिक्षक सधैँ लागि पर्छन्, विद्यार्थीकै लागि दिन रात नभनी मरिहत्ते नै गर्छन्। ✍️ कमला पाण्डे पराजुली, झापा
१ शिक्षक आफू जलेर नै उज्यालो ज्योति छर्छ, ऊ विशुद्ध पेशामा इमानदारी कार्य गर्छ । २ शिक्षक आफ्नोे काम र कर्तव्यबोध गरी, ऊ दायित्व पूरा गर्न लाग्छ जिन्दगी भरि। ✍️ भगवती दवाडी ,दमक,झापा
१• ऑफू जलेर अरुलाई बनाउने, सदा अरूको समृद्धि चिताउने। २• म एक माझी हूँ यात्रीलाई तार्दिने, अरूलाई जिताई आँफू त हार्दिने। ३• सिकाउँछ अरुलाई सफल बन्न, कोही आउदैँन उसलाई यो भन्न। ✍️ घनश्याम पौडेल, सृजना चोक पोखरा
१. छरेर ज्ञान उज्यालो छरूँ आफू मेटिई अँध्यारो हरूँ। २. शिक्षक हुँ म ज्ञानको हुँ ज्योति दिएर ज्ञान फलाउँछु मोती । ✍️ इन्दिरा देवकोटा कपिलवस्तु न .पा .३
१. सबै भन्दा पहिलो कुरा ज्ञान बुद्धि भर्ने सही मार्ग निर्देशन शिक्षकले नै गर्ने । २. जन्मदिने आमा पनि गुरु नै हुन् मान शिक्षकले ज्ञान दिन्छन् यति कुरा जान । ✍️ ललिता अभागी, सिन्धुली
१. जसरी मैनबत्ती जलेर उज्यालो छर्दछ, उसैगरि शिक्षक विद्यार्थीमा ज्ञान भर्दछ । २. कुम्हाले बनाउँछ पात्र काँचो माटो मुछेर, त्यस्तै शिक्षक पढाउँछ मनोभाव बुझेर । ३. शिक्षक त कुम्हाले हो अनि मेकानिक पनि, स्कुल जहाँबाट निस्कन्छ विद्यार्थी ज्ञानी बनी । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
८ कात्तिक, काठमाडौं । पाँचौं बंगबन्धु सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित २१ सदस्यीय नेपाली टोली सोमबार बंगलादेशको ढाका प्रस्थान गर्दैछ ।
अक्टोबर २६ देखि ३१ तारिखसम्म हुने प्रतियोगिताको सिनियरतर्फ समान ४–४ पुरुष/महिला तथा जुनियर पुरुषमा ४ खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।
सिनियरको पुरुषमा उज्ज्वल तिवारी, सुमन तामाङ, सत्यनारायण मानन्धर र श्रीकृष्ण खर्बुजा तथा महिलामा पिंकी झाङ, रेशिका श्रेष्ठ, युष्का महर्जन र लुमिला मानन्धर रहेका छन् । जुनियर पुरुषतर्फ रोहन बुढाथोकी, सुमन नापित, सुमित तमखु र विपिन दोङ छन् ।
प्रशिक्षकमा राजेश्वरमान स्थापित, सजनी मानन्धर र देवकुमार महर्जन तथा व्यवस्थापकमा पूर्णमान वज्राचार्य छन् । अफिसियलमा सुनिलमान सिंह, परमेश्वर जोशी, कुश्मिला आचार्य, दीपककृष्ण प्रजापति र सुशीलप्रकाश प्रधान रहेका छन् ।