
११ कार्तिक २०७८, साउदी अरब ! एनआरएनए आरसिसि अल कासिमको समन्वय र एनआरएनए साउदी अरबको सहयोगमा साउदी आएको एक महिना नपुग्दै पाँचथर घर भइ अल कासिम बुरैदामा तीन हप्ता देखी काम गर्दै आएका सागर लावती आजको फ्लाइटमा नेपाल घर पर्केका छन् ।
केहि हप्ता अगाडी नेपालमा भएको बेमौसमी बिनासकारी प्राकृतिक बिपत्ति, भारी बर्षाका कारण आएको बाढी पहिरोले आफ्नै फुपुका परिवारका ७ जनाको असामयिक निधन हुँदा लावतिको अचानक घर जाने अबस्था आयो । भर्खरै नेपाल बाट आएको २३ दिन नपुग्दै यस्तो घटना घट्दा उहाँलाई नेपाल फर्किनु पर्ने अत्यन्तै जरुरी परेको र कम्पनीलाई भन्दा टिकट काटेर जा म इक्सिट लगाइदिन्छु भनेको कुरा र आफू भर्खरै लाखौ तिरेर आएको साथै फर्किनका लागि एक पैसा पनि नभएको ले एकतर्फी टिकट पिसिआर र घर सम्म जानका लागि एनआरएनए आरसिसि अल कासिमका अध्यक्ष रम्जान दिन मियाँलाइ अबगत गराएका थिए ।
यो अनुरोध भए लगत्तै उहाँको उद्दारका लागि आरसिसि अल कासिमले एनआरएनए एनसिसीका अध्यक्ष डम्बर यादव ज्युलाइ अवगत गराउदै सहयोग गर्न गरिएको अनुरोधलाई अध्यक्ष द्वारा स्विकार्दै एनआरएनए एनसिसि साउदीले उहाँको हवाई टिकट सहित नेपाल उहाँको घर सम्म जाने ब्यबस्थापन गरेको छ ।
उहाँलाई उद्दारकै क्रममा अल कासिम बुरैदा बाट एनआरएनए आरसिसिका वरिष्ठ उपाध्यक्ष कृष्ण अधिकारी र कोषाध्यक्ष चिरञ्जीवी अर्यालद्वारा पिसिआर गर्न देखि अल कासिम एयरपोर्ट सम्म लैजान समेत सहयोग गरेका थिए ।।
उहाँको कम्पनीले पनि उहाँको पिडालाइ बुझेर इक्सिट भिसा तथा २३ दिन काम गरे बापत ७०० साउदी रियल दिएर पठाएको छ ।
लावती भोलि १२ कार्तिक शुक्रबार नेपाल पुग्ने र एनआरएनए का प्रतिनिधिद्वारा उहाँको घरसम्म पुर्याउन सहयोग गरिने कुरा पनि एनआरएन साउदी का अध्यक्ष डम्बर यादवले जनाएका छन् ।

