उदक यात्री शोभा अर्यालका उत्कृष्ट उदकहरू

  • ८ कार्तिक २०७८, सोमबार २२:५६ मा प्रकाशित

  • झरी
    बेमौसमी पानी
    खेतीपातीमा भएको हानी !


    माैसम
    खेतीपाती सखाप
    हामी किसानको विलाप !


    वर्षात्
    बेमौसमी झरी
    दिनहुँ गरेको मनपरी !


    प्रकृति
    गरेको अत्याचार
    किसानका परिश्रम बेकार !


    पानी
    पाकेकाे खेती
    गरेको सम्पूर्ण क्षती !


    वर्षा
    कृषककाे आश
    खेतीपाती बनाएको सत्यनास !


    निर्दयी
    बेमौसमी झरी
    गरेको चारैतिर मनपरी !

    शाेभा अर्याल
    रुपन्देही, बुटवल

    Leave a Reply