• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

एनआरएनए साउदीले साउदी भरी रहेका नेपालीहरुको निशुल्क स्वास्थ्य उपचार गरिदिने

  • १० फाल्गुन २०७८, मंगलवार ०३:०२ मा प्रकाशित
  • समर्पण रम्जान

    २२ फेब्रुअरी २०२२, साउदी अरब ! विभिन्न कारणले समयमै स्वास्थ्य उपचार गर्न नसकेका साउदी अरबका सम्पुर्ण भुभागमा बस्ने नेपालीहरुको एनआरएनए साउदीले निशुल्क उपचार गराइदिने भएको छ ।

    आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै उपचार गर्न नसकेका वास्तविक पीडित पहिचान गरि सबै नेपालीहरुलाइ स्वास्थ्य उपचार गराइदिने अवगत गराएको हो ।

    एनआरएनए साउदी अरबका अध्यक्ष डम्बर यादव सित भएको कुराकानीमा उहाँले भन्नू भयो ” साउदिको केहि ठाउँमा निशुल्क स्वास्थ्य उपचार शिबिर कार्यक्रम गरिएता पनि साउदी अरब ठूलो देश भएको कारण सम्पुर्ण भागमा स्वास्थ शिबिर गरि उपचार सेवा दिन असम्भव भएपछि सबैलाई समेट्ने गरि, उपचार गर्न नसक्ने पीडितहरुलाइ मध्यनजर गर्दै यो अभियान सुरु गर्न लागेको जनाएका छन् । साथै वास्तविक पीडितहरुले कमेन्टद्वारा या म्यासेज गरेर आफ्नो समस्या राख्न सक्ने र उक्त समस्यालाई पहिचान गरि उपचार गराइदिने अध्यक्ष यादवले हिमालयन दृस्टीलाइ जानकारी दिएका छन् ।

    “एनआरएनएको सूचना जस्ताको त्यस्तै “
    “नेपालीका लागि नेपाली” भन्ने मुल नारालाइ अवलम्बन गर्दै एनआरएनए साउदीले यहाँ रहेका सम्पुर्ण नेपाली श्रमिकहरुको सहयोगको लागि निरन्तर खटिएर विभिन्न प्रकारका अनगिन्ती समस्याहरु समाधान गर्दै ठुलो योगदान दिंदै आइरहेको सर्वबिद्दितै छ ।
    यसै क्रममा साउदीमा पनिकोभिडले ग्रसित हुँदै गर्दा कम्पनीहरुले कैयौं नेपाली दाजुभाइहरुको इकमा नबनाइदिने, नविकरण नगरिदिने, मेडिकल कार्ड नबनाइदिने, तथा भागेर काम गर्दा हुरुप लगाइदिने हुँदा पछिल्लो समयमा धेरै नेपालीहरुले बिदेशी भुमिमा चाहेर पनि आफ्नो स्वास्थ्यको उपचार गर्न नसकिरहेको अबस्थामा एनआरएनए साउदीले, साउदीको विभिन्न क्षेत्रहरूमा निशुल्क स्वास्थ्य उपचार दिदैं आइरहेको छ ।
    तर साउदी अरबका सबै भु-भागमा कार्यक्रम गरेर सेवा दिनलाइ असम्भव रहेको र साउदिको दुर-दराज अनि कुना काप्चामा रहेर वास्तविक बिरामी परि उपचार गराउन असमर्थ भएका पीडित श्रमिक नेपालीहरुलाइ मध्यनजर गर्दै उहाँहरुको निशुल्क उपचार गराउनमा सहयोग गर्ने कुरा एनआरएनए साउदी अरब सबैमा अवगत गराउन चाहन्छौं ।
    यदि तपाईंको स्वास्थ स्थिति खराब हुँदा इकमा नभएर, मेडिकल कार्ड नभएर,हुरुप लागेर या आफ्नै कम्पनीले पनि उपचार नगराइदिएर पीडित त हुनु भएको छैन ? यदि तपाईं सान्चैनै वास्तविक पीडित हुनुहुन्छ भने हामिलाइ इन्बक्समा म्यासेज गर्नुहोस् । कमेन्ट गर्नुहोस् । हामी तपाईंको उपचारका लागि सक्दो सहयोग गर्ने छौं ।”

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए साउदीले साउदी भरी रहेका नेपालीहरुको निशुल्क स्वास्थ्य उपचार गरिदिने

    बिस जना स्रष्टाका प्रणय दिवस विषयक सुन्दर पञ्चाङ्गहरू

  • ९ फाल्गुन २०७८, सोमबार २१:४१ मा प्रकाशित
  • पञ्चाङ्ग:    ०१

    गुलाबको फूल लिएर भेट्ने आउँने छु प्रिय।
    सधैं तिम्रै मायाको साथ पछि धाउने छु प्रिय।
    हाम्रो जिन्दगी एक विश्वासमा चल्ने गर्छ सधैं,
    म विश्वासको सधैँभरि साथ पाउने छु प्रिय।
    हामी बीच आइपर्ने बाधा हटाउँने छु प्रिय।

    सुशीला पौडेल , काठमाडौं

    पञ्चाङ्ग:  ०२ (सम पञ्चाङ्ग)

    सधैं तिमी मेरो यी आँखाको नानी हौं प्रिया।
    जीवन मसँगै काट्ने जिन्दगानी हौं प्रिया।
    हाँसीखुसी दिन बिताउन तिमी नै मेरो,
    दिनहुँको प्यास मेटाउने पानी हौं प्रिया।
    माया र प्रेमको बास्ना दिने खानी हौ प्रिया।

    तिमी बिनाको जिन्दगी खाली लाग्छ मलाई।
    फूल अक्षता बिनाको थाली लाग्छ मलाई।
    सँगै बिताएका पल  याद गर्दै अहिले,
    एकान्तको बसाई कहाली लाग्छ मलाई।
    तिमी बाहेक अरु त जाली लाग्छ मलाई।

    ह्यारिस ह्यारिसन  ,काठमाडौं

    पञ्चाङ्ग   ०३

    गुलाबको फूल   राखेको हातमा सुकेर गयो
    मैले बोलाएँ माया भनी किन हो लुकेर गयो
    प्रेमिल दिवसमा फूलको साथै प्रस्ताव राखेँ
    आफ्नो भन्दाभन्दै कसरी भुलेर चुकेर गयो
    मायाको अगाडि मायानै दिलैले झुकेर गयो ।

    – सोमनाथ लुइटेल “रवि पञ्चाङ्ग”
    पाल्पा तानसेन

    पन्चाङ्ग   ०४

    प्रेम   दिवसले  मलाई   मात आयाे
    प्रेमिकाले दिएकाे मिठाे भात आयाे ।
    आफ्ना मान्छेले दिएकाे जे पनि मिठाे
    प्रेमिका सँग डेटिङ् मा नै रात आयाे ।
    उत्साहमा खातमा बस्दा प्रात: आयाे
        
       मधुसूदन प्रसाद घिमिरे , काठमाडौं

    पञ्चाङ्ग  ०५

    प्रेमकाे दिवस वर्षमा एक दिन आउँछ रे
    याे दिन माया प्रेम लगाएर छुट्टी पाउँछ रे
    अरू समय सधैँ आपसी द्वन्दका गीतहरू
    गुञ्जाउदै निरन्तरले त्यही गीत गाउँछ रे
    प्रेमीकाे सम्पति खाेज्न प्रेमिका अड्डा धाउँछ रे

    ताेयानाथ सुवेदी , काठमाडौं

    पञ्चाङ    ०६

    के प्रणय दिवस चोखो माया सधैं पबित्र छ
    कस्ले दोष दाग लाउन नसक्ने चरीत्र छ
    कमि हुने छैन विश्वासमा आपसमा हाम्रो
    बढिरहन्छ अझै जिम्मेवारी मन भित्र छ
    दिलमा बस्ने मान्छेको अनुहारको चित्र छ ।

    तारा घिमिरे संखुवासभा

    पञ्चाङ्ग  ०७

    प्रेम गर्नेलाई सधै प्रेम दिवसको शुभकामना ,
    जुगौँ जुग पाउने हो प्रेम दिवसको शुभकामना ।
    प्रेमलाई अरू समय आपसी द्वन्द नगरौ सधैँ ,
    सफल बन्दै जाउन प्रेम दिवसको शुभकामना ,
    अम्बर बन्न सकोस प्रेम दिवसको शुभकामना ।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग   ०८

    सक्छौ भने सच्चा प्रेमी बनेर आऊ
    सुध्रने वाचा कसम गरेर आऊ
    प्रणय दिवस मै किन माया प्रीति?
    सधैँ प्रेममय कुरा सोचेर आऊ
    रिस-राग-द्वेष उतै फालेर आऊ।

          अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   ०९

    सदैव  प्रेम गर्नेलाई  प्रणय दिवसको  शुभकामना
    राम्रो बिचार भर्नेलाई प्रणय दिवसको शुभकामना
    प्रेमलाई बर्ष दिनमा एकपटक मात्र सम्झने हैन
    सधै नै कर्म गर्नेलाई प्रणय दिवसको शुभकामना
    आनी बानी सुधार्नेर्लाई प्रणय दिवसको शुभकामना ।

    दुर्गा भट्टराई 
    मोरङ

    पञ्चाङ्ग   १०

    प्रेम दिवस एउटा मिलनको क्षण साथमा थियो
    कल्पनामा डुवेर पत्र लेखी दिएको हातमा थियो
    सबै भुलेर सपनाको घर बनाउदा बनाउदै
    अचानक आधि आयो चकनाचुर नै जातमा थियो
    सम्झिँदा जिउने आधार सियोले नसा रातमा थियो ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    पञ्चाङ्ग   १२

    नबनोस् प्रेम सङ्कुचित दिवस मनाएर कतै
    प्रेम जीवन हो नसोच्नु उपहास बनाएर कतै
    कहिलेकाहीँ चाहिने सुपथ माल होइन हजुर
    बज्रपात नहोस् जिवनमा प्रेम जनाएर कतै
    रित्तिन नपरोस् हजुर एकैचोटि खनाएर कतै।

      निर्मला सुवेदी,बागलुङ।

    पञ्चाङ्ग   १३

    जीवनको शान्ति ल्याउनुछ सदैव लाली बनेर
    घरको शोभा रुपी, फूल फुलाउने डाली बनेर
    हाम्रो प्रेम_दिवश त सधै थियो,छ अनि हुनेछ
    चलन जहाँको भएनी रहन्छौ नेपाली बनेर
    सजाई देउ तिमी नै सबैकी आमा माली बनेर ।

    प्रेम थापा “मन” बागलुङ

    पञ्चाङ्ग   १४

    रातो गुलाफमा छैन मिलन, हरियो सागमा छ जीवन
    जोवन भारी गैँडाको जोगाउन सके खागमा छ जीवन
    आफ्नो संस्कार भुलेर परदेशी सिको नगर्नु नगर्नु है
    समय परिवर्तन समाचार उही, कागमा छ जीवन
    देखेको पाइन्न लेखेको पाइन्छ, आफ्नै भागमा छ जीवन ।

    सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   १५

    प्रेम दिवसकै मात्र कुरा सुन्छु नि जता तता हजुर
      पछि  परे कि भनेर मन चस्किन्छ कता कता हजुर
    कुन देशबाट आएको हो नि यस्तो  नक्कल बिदेशिको
    खै कता खोजौ प्रेमि पनि छैनन् कतै अत्ता पत्ता हजुर
    प्रेम गर्न प्रेम दिवश नै चाहिन्न  भन्छु मत हजुर।

    चेतना पोखरेल
    मोरङ

    पञ्चाङ्ग    १६

    १
    कैले गुलाफ दिएर गुलाफी जीवन बनाउँछौ तिमी
    प्रणय दिवस भन्दै प्रेमले यो मन् सजाउछौ तिमी
    तिम्रो कुन रूपलाई विश्वास गरूँ दोधार पार्यौ आज
    सुन्दैछु आजभोलि अर्कैको जीवनमा रमाउँछौ तिमी
    दुई दिन सगैँ हिड्दैमा अघाएको जनाउँछौ तिमी
    २
    भो अब नआऊ प्रेमील मनहरु गुलाफ लिएर समीपमा
    रंगीन नदेखाउ सपना एक दिन माया दिएर समीपमा
    मलाई त जूनी जूनी बेहिसाबी निराकार मायामा सजिनुछ
    आफैलाई प्रेम गर्दैछु आज दिएको आँसु पिएर समीपमा
    देखाउनुछ धेरै केही गरेर तिम्रै अघि जिएर समीपमा

    पद्मा रिजाल –  बाँके

    पन्चाङ्ग    १७

        विदेशीकाे नक्कल भ्यालेन्टाइन डे
    प्रेम प्रेमि सक्कल भ्यालेन्टाइन डे
    प्रेम दुई आत्माकाे सुमधुर मिलन्
    केटा भेट्ने अक्कल भ्यालेन्टाइन डे
    झिलिमिलि झक्कल भ्यालेन्टाइन डे

    मधुसूदन प्रसाद घिमिरे, काठमाडौं
          
    पञ्चाङ्ग   १८

    वर्षदिनकाे एकफेर  प्रेमदिवस आयाे भन्छन्
    अघिपछि दुश्मनी छ त्याे दिन माया लायाे भन्छन् ।
    आवेगमा लाकाे माया दीगाे हुन्न बुझिराख,
    नबुझेर लाएपछि जिन्दगानी खायाे भन्छन्,
    आधुनिक हुँदै गर्दा धाेकामात्र  पायाे भन्छन्।
    २
    जताततै माया माया मिलाेस  शुभकामना छ
    आँफूसँगै प्यारकाे छायाँ मिलाेस् शुभकामना छ ।
    नपराेस्  छुट्टिन   कसैलाई  प्यार   गर्नेहरुबाट ,
    राधाकृष्ण  सधैँ दायाँ मिलाेस् शुभकामना छ।
    पैलाे माया अनि काया  मिलाेस् शुभकामना छ ।

    चन्द्रावती अधिकारी  कोहलपुर वाँके

    पञ्चाङ्ग   १९

    ——————————————————–
    पत्थर पनि पग्लिन्छ ~  कसम खाएको मायामा
    मायाँको लागि माया गर्दा धोका पाएको मायामा
    प्रणय दिवशमा मात्र होइन ~~~~  सधैँभरि नै
    हुदैन छेकथुन मनबाटै ~~~~ लाएको मायामा
    जिन्दगी भरिलाई ~~लेखिएरै आएको मायामा ।
    ———————————————————
    गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग २०

    सधैँमाया गर्नेलाइ जलाउँछ प्रेम दिवस।
    राम्रो चाहियो सम्वन्ध जनाउछ प्रेमदिवस।
    चाहँदैन प्रेमदिवस सधैं माया गर्ने लाइ
    कहिल्यै माया नगर्ने मनाउछ प्रेम दिवस।
    मन मुटाव हुनेमा कमाउछ प्रेम दिवस।

    लक्ष्मी बस्याल बर्दिया

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on बिस जना स्रष्टाका प्रणय दिवस विषयक सुन्दर पञ्चाङ्गहरू

    पोख्रेल परिवारद्वारा गोरखनाथ वैदिक गुरुकुलमा दुई लाख बढी रकमको अक्षयकोष खडा; कोषबाट प्राप्त ब्याज गुरुकुल सञ्चालनमा खर्च गरिने

  • ९ फाल्गुन २०७८, सोमबार २१:१४ मा प्रकाशित
  • दाङ, फागुन ९ । दाङ जिल्लाको चौघेरास्थित सिद्ध रत्ननाथ मठमा संचालित गाेरखनाथ वैदिक गुरुकुलमा दुईलाख पाँचसय पाँच रुपैयाँकाे अक्षयकाेष स्थापना गरिएको छ । उक्त अक्षयकोष घाेराही उपमहानगरपालिका – १५, ट्राफिक चाैक निवासी गीतादेवी शर्मा तथा छाेरा अनिल कुमार पाेख्रेलले आफ्ना दिवंगत पति एवं बुवा स्व.शिव कुमार शर्माको स्मृतिमा स्थापना गर्नुभएको हो । सपरिवार गुरुकुलको कार्यक्रम सहभागी हुँदै गीतादेवी शर्माले रकम हस्तान्तरण गर्नुभएको थियो । साथै छाेरा अनिल कुमार पाेख्रेलले गुरुकुलका वटुकहरुका लागि भण्डारा वापत खाद्य सामग्री समेत प्रदान गर्नुभएकाे थियाे ।

    दाङमा विगत ३ वर्ष अघिदेखि सञ्चालित एकमात्र गुरुकुलमा सहयोग गर्नेहरूको क्रम बढ्दै गएको छ । गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराईका अनुसार गुरुकुल प्रायः दिनहुुँ जसो सहयोग प्राप्त गर्न सफल भएको छ । गुरुकुलमा हाल बाँके, बर्दिया ,प्यूठान ,दाङ लगायत भारतकाे बहराईच बाट आई आवासीय रुपमा रहेर अध्ययन गरिरहेका २५ जना विद्यार्थी रहेका छन् ।

    दान गर्नु आफैँमा एक पुण्य कर्म भएको उल्लेख गर्दै गुरुकुलका अध्यक्ष योगी देवनाथले सहयोगका लागि आभार प्रकट गर्नुका साथै दाता पाेख्रेल परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियोे । लगायत समाराेहमा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नुभएकाे थियाे ।

    कार्यक्रममा गुरुकुलका वटुकहरुले स्व.शिव कुमार शर्माकाे स्मरणमा उहाँकाे बैकुण्ठ लाेक प्राप्तिका लागि कामना गर्दै गीता पाठ गरेका थिए । गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराईले संचालन गर्नुभएकाे उक्त कार्यक्रममा स्व . शिवकुमार शर्माका छाेराहरु भरतराज पाेख्रेल, देवमणि पाेख्रेल, अनिल कुमार पाेख्रेल, बुहारीहरु विमला पाेख्रेल, बालिका पाेख्रेल, सुलक्षणा पाेख्रेल, नाति प्रनिल पाेख्रेल लगायत पाेख्रेल परिवारका सदस्यहरूको उपस्थिति रहेकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on पोख्रेल परिवारद्वारा गोरखनाथ वैदिक गुरुकुलमा दुई लाख बढी रकमको अक्षयकोष खडा; कोषबाट प्राप्त ब्याज गुरुकुल सञ्चालनमा खर्च गरिने

    साउदीका कुनैपनी घर जग्गाहरुमा टाँसिएका साउदी जनगणना स्टिकरहरू नहटाउन आग्रह ।

  • ७ फाल्गुन २०७८, शनिबार ०३:३६ मा प्रकाशित
  • फेब्रुअरी १८, २०२२, साउदी अरब ! – तथ्याङ्कका लागि सामान्य प्राधिकरण (GASTAT) ले बिहीबार देशमा घर जग्गा एकाइहरूमा जनगणना स्टिकरहरू राख्नुको महत्त्वलाई व्याख्या गर्दै कुनैपनी घर जग्गामा टासिएका स्टिकर नहटाउन अनुरोध गरेको छ।

    GASTAT ले एक विज्ञप्ति जारी गरी घर जग्गा इकाईको प्रवेशद्वारमा लगाइएको जनगणना स्टिकर नहटाउन सबैलाई आह्वान गरेको छ। स्टिकरमा रहेको QR कोडले साउदी जनगणना २०२२ को समयमा परिवारको प्रमुखको पहिचानसँग आवास एकाइ डेटा लिङ्क गर्नेछ।

    अख्तियारले जनगणना स्टिकरको महत्त्वलाई जोड दिदैं जुन ठेगानाको चरण अद्यावधिक गर्न आवश्यक छ, त्यसैले स्व-गणना मार्फत जनगणनामा भाग लिनु महत्त्वपूर्ण आवश्यकता रहेको उक्त बिग्यप्तिमा जनाएको छ ।

    बिग्यप्तिमा जनाए अनुसार , GASTAT ले जनगणना स्टिकरमा सबैभन्दा महत्त्वपूर्ण विवरणहरु भवन नम्बर, घरको मुख्य र सहायक प्रवेशद्वारहरूको विवरण, घर जग्गा एकाइहरूको संख्या, द्रुत प्रतिक्रिया कोड (QR कोड) को बृस्तित रुपमा स्पष्ट गरेको छ।

    GASTAT ले पहिले नै घोषणा गर्दै “साउदी जनगणना २०२२” को कार्यक्रम सुरु गर्ने तयारी गरिरहेको छ, जुन साउदी अरेबियाको भिजन २०३० को एक आवश्यक स्तम्भ हो।
    साउदी जनगणना २०२२ राज्यको इतिहासमा पाँचौं जनगणना रहेको जनाएको छ । साउदिमा पछिल्लो सामान्य जनगणना २०१० मा आयोजित गरिएको थियो, जब यहाँको मानिसहरुको जनसंख्या २,७१,३६,९७७ थियो।
    प्राधिकरणले यो पाइलट प्रोजेक्टको क्रममा कागजी फारमहरूको प्रयोगलाई ट्याब्लेटले प्रतिस्थापन गरेको हुनाले त्यसको प्रयोग बन्द गरिएको छ । जसलाई सही नतिजा प्राप्त गर्न डाटा सङ्कलन गर्न ट्याब्लेटको प्रयोग गरेको छ।
    यस डाटालाई त्यसपछि सिकेका पाठहरू निकाल्न र तान्न, प्राविधिक प्रणालीहरूको मूल्याङ्कन गर्न र विकास परियोजनाहरूको योजना बनाउन प्रयोग गरिनेछ।

    समाचार श्रोत :- साउदी ग्याजेट रिपोर्ट

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on साउदीका कुनैपनी घर जग्गाहरुमा टाँसिएका साउदी जनगणना स्टिकरहरू नहटाउन आग्रह ।

    ४ महिना देखी एनआरएनएको सेल्टरमा रहेका एक नेपाली एनआरएनए, अंतर संस्था समन्वय समिति तथा नेपाली साझा मन्च साउदीको संयुक्त सहयोगमा नेपाल फर्किदैं ।

  • ५ फाल्गुन २०७८, बिहीबार ०२:१० मा प्रकाशित
  • १६ फेब्रुअरी २०२२, साउदी अरब ! वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब आएका भोजपुरका राजेन्द्र नेपाली कम्पनी छोडी भागपछि उहाँको कपिलले ८७००/- साउदी रियाल फाईन लगाएको र फाइन तिर्न असमर्थ भइ नेपाल फर्कन नसकेका, ४ महिना देखि एनआरएनए सेल्टरमा रहेका नेपाली एनआरएनए, अंतर संस्था समन्वय समिति तथा नेपाली साझा मन्च साउदीको संयुक्त सहयोगमा आगामी शुक्रबार नेपाल फर्कने भएका छन् ।

    कम्पनी राम्रो नभए पछि भागेर काम गर्दै गरेका र भागेर काम गर्दा काम लगाउनेले जहिले पनि तलब दिन आनकानी गरेपछि उहाँ दिक्क भएर घर जानको लागि दूतावासको सम्पर्क गएका र उहाँको बारेमा रामजी नेपालले नेपाली साझा मन्च साउदी अरबलाइ सहयोगको लागि अनुरोध गरेको कुरा नेपाली साझा मन्च साउदी अरब उप संयोजक अन्जान गुभाजु ले हिमालयन दृस्टी लाई जानकारी दिए ।

    एनआरएनए सेल्टरमा आश्रय लिई रहेका नेपालीको एक्सिट भिजा लगाउन कपिललाई ८७०० /- रियाल तिर्नु पर्ने साउदी आएको हुकुमतबाट जानकारी आएको र १५००/- साउदी रियाल नपुगेपछी एनआरएनए टिम साउदी ( मध्यपुर्ब उप संयोजक तथा संयोजकका उम्मेदवार राजेन्द्र अर्याल जोन ,अध्यक्ष डमर यादव ,गणेश अर्याल ,स्वयंसेवक श्याम कुमार महतो ) सा रि १०००/- unknown -२००/- ,जेन लामा -२००/- र राजु केसी – १००/- आर्थिक सहयोग गरि फाईन तिरिएको संस्थाका उप संयोजक गुभाजु ले जानकारी गराउनु भयो ।

    फाईन तिरी सके पछी नेपाली दूतावासका स्थानीय कर्मचारी नारायण पासवानको सहयोगमा गत सोमवार एक्सिट पेपर तयार भए पछि टिकटको लागि पैसा नभएको नेपालीले अन्जान गुभाजुलाइ जानकारी गराएपछि उहाँले नेपाली साझा मंच र अंतर संस्था समन्वय समिती लगायत सामाजिक संघसंगठनमा समन्वय गरि टिकटको ब्यबस्थापन गर्नु भएको थियो ।

    अनुरोध पछि नेपाली साझा मन्चको संरक्षक कृष्ण पुरी सरबाट सा रि २००+३०/- मनिष थापा (कास्की समाज) -५०/- , देबेन्द्र बिस्वकर्मा ( रियाद)-५०/- र अन्तर संस्था समन्वय समितिका अध्यक्ष अमृत पौडेल सरको हिमालय कार्गो एन्ड ट्राभलबाट मुनाफा रहित बाकी खर्च बेहोर्ने गरि निज नेपालीको शुक्रबार बिहान २:०० बजे हिमालय एयरको टिकट ब्यबस्था गरिदिनु भएको छ। पिसिआर लगायत डकुमेन्ट एनआरएनएले गरिदिने भएको छ ।

    पीडित नेपालीलाई विगत ४ महिना देखि आश्रय दिएर फाईन तथा पिसिआर सहयोग गर्ने एनआरएनए साउदी टिम ,मध्यपुर्ब उप संयोजक तथा संयोजकका उम्मेदवार राजेन्द्र अर्याल जोन ,अध्यक्ष डमर यादव ,गणेश अर्याल ,स्वयंसेवक श्याम कुमार महतो , जेन लामा ,राजु केसी र टिकट उपलब्ध गराएर पीडितलाई घर फिर्ता गराउन सहयोग गरिदिनु हुने अन्तर संस्था समिति रियाद अध्यक्ष अमृत पौडेल तथा टिम र नेपाली साझा मन्च साउदीका संरक्षक कृष्ण पुरी तथा टिम ( सल्लाहकार बिष्णु घिमिरे ,संयोजक अकल प्रधान ) ,राम दुलार मन्डल अध्यक्ष हेल्प मधेसी , नारायण पासवान तथा दूतावास परिवार , मनिष थापा र देबेन्द्र बिस्वकर्मा लगायत सम्पुर्णलाई नेपाली साझा मन्च साउदी का उप संयोजक अन्जान गुभाजुले हृदयात्मक रुपमा हार्दिक आभार ब्यक्त गरेका छन् ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on ४ महिना देखी एनआरएनएको सेल्टरमा रहेका एक नेपाली एनआरएनए, अंतर संस्था समन्वय समिति तथा नेपाली साझा मन्च साउदीको संयुक्त सहयोगमा नेपाल फर्किदैं ।

    प्रचण्डबाट देउवालाई धोका’

  • ४ फाल्गुन २०७८, बुधबार १६:०० मा प्रकाशित
  • ईश्वरी बराल/न्युज कारखाना : काठमाडौं, ४ फागुन। सत्ता सहयात्री दल नेकपा (माओवादी केन्द्र) ले साथ नदिँदा सरकारले आज अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सदनमा टेबुल गर्न सकेन । पार्टीको संसदीय दलको बैठक सकेर प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमै सरकारले आज सदनमा एमसीसी प्रस्ताव पेश नगरेको हो ।

    संसदीय दलको बैठकमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेर प्रचण्ड देउवालाई भेट्न पुगेका थिए । भेटमा दुई शीर्ष नेताबीच संसद बैठकमा आज एमसीसी टेबुल नगर्ने सहमति जुटेको हो । भोलि गठबन्धनको निर्णायक बैठक बसेर यस बिषयमा निर्णय लिने सहमति भएको छ । माओवादीले यथास्थितिमा एमसीसी सदनबाट अनुमोदन गर्न नसकिने र जबरजस्ती पेश भए सरकारबाट बाहिरिने चेतावनी दिएपछि देउवा पछि हटेका हुन् ।

    एमसीसी अनुमोदनका लागि आफुसँगै हस्ताक्षर गरेर प्रतिबद्धता जनाएका प्रचण्ड यसकै विपक्षमा उभिँदा आफुमाथि अन्तराष्ट्रिय दबाब आउन सक्ने भन्दै देउवा पछि हटेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ । राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अमेरिकाको दबाब आउनुका साथै, राजनीतिक गठबन्धन टुट्ने खतराले पनि देउवा पछि हटेको हुन सक्ने बताए ।

    उनले न्युज कारखानासँग भने, ‘अन्तराष्ट्रिय दबाब, राजनीतिक छबी बिग्रने डर, प्रचण्डको दोहोरो चरित्रलगायत कारणले देउवा पछि हटेका हुन् ।’ प्रचण्ड एमसीसीको समर्थनमा रहे पनि पार्टीभित्रका अन्य नेता कार्यकर्ताको दबाबले अप्ठयारोमा परेको उनको बुझाइ छ । नेता कार्यकर्ताहरूको इच्छाविपरित हिड्न खोजे प्रचण्डलाई नेतृत्वबाटै हट्ने डर पनि छ । अप्ठयारो हुने देखेपछि प्रचण्डले देउवालाई एमसीसी टेबुल नगर्न आग्रह गरेको उनको भनाइ छ । गठबन्धनमा सहमति नजुट्ने थाहा हुँदाहुँदै पनि देउवाले भोलि छलफल गरेर निर्णय गर्ने भनेको र प्रचण्डबाट देउवालाई धोका भइसकेको पनि बिश्लेषक जीवनको बुझाइ छ ।

    सभापति शेरबहादुर देउवा पक्षधर नेता मीन विश्वकर्माले पनि माओवादीसँग सहमति नजुटेकाले एमसीसी टेबुल गर्नबाट देउवा पछि हटेको बताए । बिहान देउवा र प्रचण्डबीचको छलफल र कार्यव्यवस्था परामर्श समितिको बैठकमा सहमति नजुटेकोले एमसीसीलाई टेबुल गर्न पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । नेता विश्वकर्माले न्युज कारखानासँग भने, ‘भोलि सत्ता गठबन्धनका दलबीच थप छलफल भएपछि एमसीसी सदनमा लैजानेबारे निर्णय हुनेछ । सहमति नजुटेकोले पुर्नविचार गर्नुपरेको हो 

    Posted in ताजा अपडेटLeave a Comment on प्रचण्डबाट देउवालाई धोका’

    साप्ताहिक उदक लेखनको ३९औँ शृङ्खला सम्पन्न; ५७ स्रष्टाहरूको सहभागीता

  • २ फाल्गुन २०७८, सोमबार ०७:०३ मा प्रकाशित
  • काठमाडौ, २९ माघ । साप्ताहिक उदक लेखन शृङ्खलाको ३९औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिर : सामाजिक सन्जाल

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    घुस
    दिने लिने
    पद्धति अत्यन्त निकृष्ट !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [२]
    हाकिम
    घुस खाने
    टेबुल मुनिबाट गाेप्यमा !

    नवराज भट्ट महेन्द्रनगर, कञ्चनपुर

    [३]
    घुस
    भुसको आगो
    देशका महान शत्रु !

    आर्त अकुलीन
    कैलाली

    [४]
    घुस
    पुर्ख्यौली विरासत
    न्याय मार्ने विषादी !

    कण्ठराज गिरी
    टीकापुर, कैलाली हाल अष्ट्रेलिया

    [५]
    घुस
    कर्मचारीकाे नियत
    कर्ममा ठगीकाे प्रतिफल!

    राेशन पराजुली
    धरान।

    [६]
    घुस
    समाजका कलङ्क
    लिने दिने शत्रु !

    सुरेशचन्द्र घिमिरे

    [७]
    घुस
    कानुन बिपरित
    देशलाई डुबाउने कार्य !

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [८]
    घुस
    लिने दिने
    राष्ट्रका ठूला शत्रु !

    दुर्गा भट्टराई
    मोरङ

    [९]
    घुस
    भुसको आगो
    देश रित्याउने खेल !

    दर्बेन्द्र खनाल लबरकोटे
    गल्याङ स्याङ्जा

    [१०]
    बेइमानी
    बनेर खरानी
    घुस बन्यो परिपाटी !

    प्रेम थापा “मन ” बागलुङ

    [११]
    भ्रष्टाचार
    राज्यको क्यान्सर
    चिरफारद्वारा गरौँ उपचार !

    तेजप्रसाद खनाल
    लमही दाङ।

    [१२]
    कमाइ
    टेबल मुनिको
    देशमा बढेको भ्रष्टाचार !

    सरस्वती वली
    बर्दिया

    [१३]
    घुस
    बेथितिको वर्चस्व
    राज्यको निरीह संयन्त्र !

    वेद प्रसाद रिजाल

    [१४]
    बेथिति
    अख्तियार दुरुपयोग
    कानुनको नहुँदा प्रयोग !

    हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१५]
    घुस
    टेबल मुनि
    मरेको कानुन गरीबलाई !

    डिल्लीराम लुइँटेल

    [१६]
    घुसखोरी
    दलदले पोखरी
    मिलोमतो छलको भकारी!

    जमुना कायस्थ

    [१७]
    घुस
    घृणित कार्य
    अत्र,तत्र,सर्वत्र!

    राजाराम रत्गैंया
    अमौरा कैलाली

    [१८]
    भ्रष्ट
    धनको क्षति
    विकृतिको कस्तो गति !

    सरिता काफ्ले
    कोहलपुर बाँके

    [१९]
    कष्ट
    भएका भ्रष्ट
    नेता यहाँका दुष्ट !

    भगवती दवाडी
    झापा

    [२०]
    मिल्छन्
    लुट्ने खेलमा
    नपाउँदा अनेकौँ प्रपञ्च !

    शिव खनाल जीवम

    [२१]
    भ्रष्ट
    घुस्याहा नागरिक
    राष्ट्र समृद्धिका भाइरस !

    नारायण प्रसाद उपाध्याय

    [२२]
    भ्रष्टाचार
    कस्तो विडम्बना
    आँखै अगाडि देखिन्छ !

    खेमराज पुरी
    कैलाली

    [२३]
    भ्रष्टाचार
    नाङ्गिएको देश
    यथार्थ अलक परिबेश !

    बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [२४]
    घुस
    विकृति संस्कार
    लिनेदिनेको गरौँ संहार !

    धर्मी शाक्य
    बुटवल रुपन्देही

    [२५]
    भ्रष्ट
    घुस लिई
    आफ्नो सर्वनास निम्त्यायौँ !

    मङ्गला उपाध्याय

    [२६]
    भ्रष्टचार
    जनताको मार
    निरीह भो सरकार !

    बि के विरही
    टीकापुर

    [२७]
    घुसखोरी
    अतिरिक्त आय
    नैतिक पतनको पराकाष्टा !

    देवेन्द्रराज शाक्य
    बुटवल रुपन्देही लुम्बिनी प्रदेश।

    [२८]
    भ्रष्टाचार
    गुप्त लेनदेन
    मुलुक प्रति अत्याचार !

    एलपी पराजुली
    कपन, काठमाडौं

    [२९]
    टेबुल
    वित्ताे मुनिबाट
    अपराधी अन्धा कानुन !

    ज्ञानेन्द्ररत्न वज्राचार्य
    काठमाडौ ।

    [३०]
    उपहार
    दुष्ट व्यवहार
    देशमा बढ्यो भ्रष्टाचार !

    सविता के.सी.
    काठमाडौँ ।

    [३१]
    अख्तियार
    मौलाउँदै भ्रष्टाचार
    छलकपट अनि ब्यभिचार !

    पशपती राई
    खोटाङ

    [३२]
    कमाइ
    टेबुल मुनिको
    क्षणिक हुन्छ रमाइ !

    संझना कुसुम

    [३३]
    भ्रस्टाचार
    घृणित कार्य
    बन्दै देश कङ्गाल !

    रामसुन्दर थारू

    [३४]
    भ्रष्टाचारी
    घुस लिनेदिने
    दुबै देशका कलङ्क !

    सीता पाण्डेय मरासिनी
    रेसुङ्गा नगरपालिका -९, गुल्मी ।

    [३५]
    कपटी
    स्याल ब्वाँसाहरु
    नेपाली कुलङ्गार सन्तति !

    चन्द्रावती अधिकारी

    [३६]
    घुस
    क्षणभरको रमाइ
    टेबुल मुनिको कमाइ !

    वसन्त अनुभव
    दाङ

    [३७]
    पैसा
    कमाउनु पर्छ
    जसरी भए पनि !

    बुद्धिमान चौधरी

    [३८]
    भ्रष्टाचार
    अनैतिक व्यापार
    आत्मा जलाउने कुविचार !

    सन्तु खत्री

    [३९]
    घुस
    कालो धन
    जेल पर्ने सुनिश्चित !

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर

    [४०]
    भ्रष्टाचार
    अभद्र कार्य
    समाजको घृणित बेथिति !

    चेतराज जैशी
    हाल UAE.

    [४१]
    भ्रष्टाचार
    जोसुकै आजभोलि
    गर्छन् मिठो बोली !

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [४२]
    घुसखाेरी
    आजभाेलीकाे खेती
    अन्याैल छ परिस्थिति !

    भावना मञ्जु
    माेरङ

    [४३]
    स्वार्थमा
    बिक्यो विचार
    सर्वत्र मानवताको व्यापार !

    दीक्षा सुवेदी
    विरगंज

    [४४]
    भ्रष्ट
    नेता शासक
    लेनदेन टेबुल मुनिबाट !

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [४५]
    दुष्कर्म
    भ्रष्ट चरित्र
    घुस लिने मानिस !

    सुधा बास्कोटा ढकाल

    [४६]
    भ्रष्टाचार
    कानुन विपरीत
    सरकारी कार्यलयमा घुसखाेरी !

    श्रद्धा आचार्य
    पोखरा

    [४७]
    बन्दैन
    नियमित काम
    अनियमित लेनदेन बिना !

    मुरारीराज मिश्र,
    कामपा- ७, कुमारीगाल ।

    [४८]
    दुर्भाग्य
    बन्दैन काम
    खोज्छन् नाजायज दाम !

    समुन्द्रा शर्मा
    सुनसरी

    [४९]
    घुस
    कालाे धन
    बिकृत बनाउँछ मन !

    केशवप्रसाद ढकाल
    गाेरखा

    [५०]
    विकृति
    भ्रष्ट नियत
    अनौठो कालो समय !

    कविता आचार्य
    कैलाली

    [५१]
    भ्रष्टाचार
    मानवताको ह्रास
    नैतिक मूल्य विनास !

    टीकाराम जाेशी
    टीकापुर।

    [५२]
    गल्ती
    भर्ने खल्ती
    बस्यो भ्रष्ट चलनचल्ती !

    इश्वरी अधिकारी

    [५३]
    प्रशासन
    घुस्याहा भ्रष्टाचार
    चल्दैन शासन सदाचार !

    वासुदेव ज्ञवाली
    तानपा-१ घ्रुवघाट

    [५४]
    घुन
    लिदै चानचुन
    देशका शत्रु हुन !

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५५]
    घुस
    बनेर लाचार
    नलेऊ फाली सदाचार !

    मिलन के.सी.(थापा)
    पोखरा

    [५६]
    घुस
    कालो कर्तुत
    राष्ट्र प्रतिको बिश्वासघात !

    कमला देवकोटा
    पाल्पा

    [५७]
    घुस
    टेबुल मुनि
    मुहारमा अनौठो चमक !

    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर , काठमांण्डौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक लेखनको ३९औँ शृङ्खला सम्पन्न; ५७ स्रष्टाहरूको सहभागीता

    प्रोफेसर मोहम्मद रमजान अलि मियाँको विशेष पहलमा गोर्खामा इस्लामिया पाठशालाको स्थापना ।

  • १ फाल्गुन २०७८, आईतवार २०:४० मा प्रकाशित
  • समर्पण रम्जान

    १३ फेब्रुअरी २०२२, गोरखा ! गोरखाको सिरानचोक गाउँ पालिका वडा नम्बर ३ बयापानी स्थित ठुला गाउँमा कतारको राष्ट्रिय मानव अधिकार समितीका नेपाली संयोजक तथा गैर आवासीय नेपाली संघ कतारका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको विशेष पहलमा श्री अलि जदिद अल इस्लामिया पाठशालाको स्थापना भएको छ।

    उक्त मुस्लिम गाउँमा रहेको मद्रसा दारुल हुदा बिगत ५ वर्ष अगाडि बाट बन्द भएको थियो।महाभुकम्प २०७२ले मद्रसाको भवन तथा पाठशाला पुर्णतः भत्काइ दिए पछि पठनपाठन पुर्णतः अवरुद्ध हुन पुगेको थियोे।

    १२ फेब्रुअरी २०२२ शनिबारका दिन एक भब्य कार्यक्रमका बिच अलि जदिद अल इस्लामिया इनिस्ट्च्युटको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि लेखक तथा प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो गाउँमा शैक्षिक जनचेतनाका निम्ति सहयोग गर्न पाउँदा र आफ्नो पुर्खाको थलोमा फर्केर सहकार्य गर्न पाउने अवसर प्रदान गरेकोमा गाउँ बासी सम्पुर्णलाई धन्यवाद दिनु भएको थियोे।पठनपाठनमा शिक्षक र बिद्यार्थीको अभिभावकको बराबरको जिम्मेवारी रहेको र आपसी एकताले नै कुनै उदेश्य लक्ष्यमा पुग्न सक्ने धारणा ब्यक्त गर्नु भयो।आफुलाइ यस अबियानमा सहयोग गर्ने कतारी मित्र नासर अल अली र सलिम चाँद मोहम्मदको अतुलनीय सहयोग र सहकार्यको रहेको चर्चा गर्दै गाउँका अन्य सामाजिक बिकासमा सहयोग गर्न आग्रह समेत गर्नु भयो।
    कार्यक्रममा सिरानचोक गाउँ पालिका अन्तर्गत ३ नम्बर वडाका कार्यवाहक अध्यक्ष टोप बहादुर बोगटीले ठुला गाउँमा बिगतमा पनि विभिन्न सहयोगले राम्रा काम भएको र अब पुनः निरंतरता दिन जोड दिनु भयो।सबै धर्म संस्कारको बराबर सम्मान दिने क्रममा मद्रसाको भुमिकाको खुलेर प्रसंशा गर्नु भयो भने अर्का वक्ता तथा समाजसेवी मोहन बोगटीले ठुला गाउँले बिगतमा ठुला मान्छे जन्माएको समरण गर्नु भयो।आपसी एकताको कमिले नै अल हेरा एजुकेसन सोसाइटीको मिहिनेतको राम्रो परिणाम आउन नसकेको स्मरण गर्नु भयो।यहाँका मुसलमान हरुको निकै लामो इतिहास रहेको र बिगतमा अत्यन्तै सुमधुर सम्बन्ध एवं भातृत्वको स्मरण गरेर भाबुक भएका थिए।
    कार्यक्रममा अन्य वक्ता मद्रसाका पुर्व शिक्षक मोहम्मद सिद्दिक मियाँ,इस्राइल मियाँ तथा दारुल हुदाका संस्थापक अध्यक्ष सफारदिन मियाँ र वडाका पुर्व अध्यक्ष मोहम्मद इसहाक मियाँले मद्रसा अली जदिदको स्थापना भएकोले गाउँमा शिक्षाको नयाँ लहर आएको बताए र सबैले आफ्ना बालबालिकाको भविष्य निर्माणमा यसले नयाँ आयाम निर्माण गर्ने बताए।
    वक्ता एवं समाजसेवी मोहम्मद्दिन मियाँले नयाँ र फरक ढंगले मद्रसालाइ अगाडि बढाउनु पर्ने बताएका थिए । कार्यक्रम मद्रसा अलि जदिदका नव नियुक्त शिक्षक हाफिज अलाउद्दिन मियाँले संचालन गरेका थिए भने मद्रसाका पुर्व प्रधानाध्यापक इमानदिन मियाँको सभापतित्वमा सन्चालन भएको थियोे।
    कार्यक्रममा दैनिक पठनपाठन को क्रममा महिनामा ९०% उपस्थिति र हाजिरी जनाउने बिद्यार्थी हरुलाइ मद्रसा ब्यवस्थापन समितिको तर्फबाट प्रमुख अतिथिको हातबाट रु ५०० को दरले छात्रवृत्ति प्रदान गरिएको थियोे।यसैगरी आमा समुहले पनि पठनपाठन गर्नु हुनाले सबैलाइ रु २०० को दरले छात्रवृत्ति प्रदान गरिएको थियोे।मद्रसामा बृद्ध महिला एकल महिला तथा दिदीबहिनीले पनि पढ्ने अवसर पाएका छन।यसैगरी +२ पढ्ने र समय निकालेर अरबी भाषाको प्रारम्भिक भाषा कोर्सको पनि ब्यवस्था गरिएको बताए।
    हाल मद्रसामा ५० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन। प्रमुख अतिथि प्रोफेसर मियाले मद्रसालाइ शैक्षिक सामाग्री समेत प्रदान गर्नु भएको थियो।राज्यले यस्ता कार्यक्रममा सहयोग गर्नु पर्ने मियाको धारणा थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज1 Comment on प्रोफेसर मोहम्मद रमजान अलि मियाँको विशेष पहलमा गोर्खामा इस्लामिया पाठशालाको स्थापना ।

    साताका तीन लघुकथा

  • २९ माघ २०७८, शनिबार २१:२० मा प्रकाशित
  • साताका तीन लघुकथाको पाचौँ शृङ्खलामा यो साता नमस्ते आधुनिक लघुकथा मञ्चमा प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (नयाँ जुका, विरोधाभास र उपहार) छनोट गरी प्रकाशन गरिएको छ।

    १) लघुकथा : नयाँ जुका

    ✍️ खगेन्द्र बस्याल

    पहाडबाट उसले मधेसमा रहेको साथीलाई सोध्यो “के छ त्यतातिरको हालखबर ।” उसले जवाफ दियो “जुकाहरूले सताइरहेका छन् । अरू त ठीकै छ।”

    त्यो सुनेर उसले सल्लाह दियो । “उसो भए खेततिर नजानू । जङ्गल जाने कष्ट नगर्नू । तपाईंलाई अपुग्दो केही छैन ।” उनले भने “यताका जुकाहरू बाह्रैँ महिना सक्रिय हुँदा रहेछन् । बाहिर भन्दा घर, बजारमा बढि लाग्दा रहेछन् । हेर्न मन भए आउनु नि यता।”
    ऊ ती जुका कस्ता हुँदा रहेछन् , हेर्ने चाहनाले भोलिपल्ट नै तहाँ पुग्यो ।

    रातभरि पहाडतिरकै कुरा भए । बिहान उसले सोध्यो “यता लाग्ने नयाँ जुका कस्ता हुँदा रहेछन् ? मलाई देखाऊ न । मैले फोटो खिचेर फेसबुकमा राख्छु । उनले भने फोटो खिच्न त पाइन्न । कसैले खिचे, ऊ कारवाहीमा पर्छ । फोटो नखिच्ने शर्तमा देखाउँछु । मनमै राख भनेपछि उसले पनि मञ्जुरी जनायो । उनी सँग दिनभरिको घुमघाम पछि थाहा पायो । ती नयाँ जुकाहरू त नेता, ब्यापारी, बिचौँलिया र कर्मचारी मध्ये मुसोको भूमिकामा सक्रिय छोटो समयमै चिल्ला अनुहारका पो रहेछन् ।

    तिलोत्तमा ९ रुपन्देही

    २) लघुकथा : विरोधाभास

    ✍️ मनोहर पोखरेल

    सास फेर्न गाह्रो हुँदाहुँदै दाजु मुर्छित् भएका थिए । आत्तिएर म दाजुलाई बोकेर अस्पताल कुदेको थिएँ ।
    अस्पतालले थमाएको बिलमा ६ सय रुपैयाँ अपुग भएपछि बिचैमा उपचार रोकियो । बाँकी पैसा भोलि दिने हारगुहारको सुनवाइ भएन । रात छिप्पिदै थियो भने दाजुलाई च्याप्दै लगेको थियो ।
    दाजु कार्यरत संस्था, संगठन, आफन्त, साथीभाइ समक्ष फोन घुमाएँ । केहीको फोन लागेन, केहीको उठ्दै उठेन । केहीले भने बहाना बनाए । तर पैसा दिएर सघाउने कोही भएनन् ।
    दाजु विभेदका विरुद्ध कलम चलाउँथे । सामाजिक न्यायको पक्षमा लेख्थे । आफ्नो घरमा रासन नभए पनि देशको चिन्ता गर्थे । भोकै रहेर भोको पेटको कथा लेख्थे । जीवनजल र सिटामोल नपाउनेहरूको सजीव चित्र उतार्थे ।
    यतिबेला उनै मृत्युसँग कुस्ती खेल्दै थिए । म भने थोरै रुपियाँ जोहो गर्न नसकेर तड्पिरहेको थिएँ । उपचार गरिरहेको अस्पतालले हामीसँग पैसा नभएको चाल पाएर सरकारी अस्पताल प्रेषण गर्यो । अस्पताल पुर्याएको आधा घण्टासम्म उपचार शुरुआत भएकै थिएन । पैसाको जोहो गर्दागर्दै दाजुले इहलोक छाडिसकेका थिए ।
    मृत्युपछि संगठनले विज्ञप्ति निकाल्यो । साथीहरू अस्पतालमा खनिए । छानविन सहित कारवाहीको माग उठ्यो । क्षतिपूर्तिको आवाज गुञ्जियो । दाजु कार्यरत संस्थालाई तलब खर्च नदिएकोमा सत्तोसराप गरे ।
    जीवन छँदा आँखा चिम्लनेहरूले आँखा रसिला बनाए । अगाडि थाहा पाएको भए बचाउन सकिन्थ्यो भन्दै केहीले गोहीका आँसु बगाए । फोन नउठाउने आफन्तहरूले घटना विवरण ध्यानपूर्वक सुने ।
    नेता र मन्त्रीहरू आएर समवेदना दिए । दाजु कार्यरत संस्था सहयोगका लागि अग्रसर बन्यो । मृत्युपछि आर्थिक, भौतिक र नैतिक सहयोग गर्नेको कमी रहेन ।

    राजविराज–६, सप्तरी नेपाल

    ३) लघुकथा : उपहार

    ✍️ यमुना प्रधानाङ्ग ‘मुना’

    भावनाको पतिले रातको १२ बजे उठेर भन्दै थिए, “जून जस्ती मेरी भावनालाई कहिल्यै सुख दिइनँ । मलाई माफ गर है !”
    भावनाले अचम्म मान्दै पतिको मुखमा हेर्दै भनिन् -“होइन्, आज हजुरलाई कताबाट आयो यस्तो कुरा ?”
    “यो कुरा मलाई पहिल्यै आउनु पर्थ्यो भावना ! तिमीलाई कति दुःख दिएँ । सधैँ आफ्नै कुरा माथि राखेँ । तिमी पनि बाहिर काम गर्छौ, कहिल्यै पनि तिम्रो कामको कदर गरिनँ । तिमीलाई बिहान उठे देखि भ्याइनभ्याइ हुन्थ्यो, कहिल्यै सहयोगको हात बढाइनँ, हगि ?” भन्दै गर्दा, “बुबाआमा ! हजुरहरूलाई विवाह वर्षगाँठको हार्दिक मङ्गलमय शुभकामना !” भन्दै छोराछोरीले झ्याम्म अँगालो मारे र फूलमाला लगाइ दिदै उपहार दिए ।
    भावनाले भनिन् – “बाबु नानी ! तिमीहरुले भन्दा पहिले नै तिम्रा बाबाले मलाइ उपहार दिइसक्नु भयो ।”
    छोराछोरी- “खोइ , बाबाले दिनुभएको उपहार ?” भन्दै यताउति खोज्न थाले ।
    उनीहरूका भने आँखामा आँसु टिलपिलाइ रहेका थिए । सायद, श्रीमतीको हर्षको, श्रीमानको पश्चातापको ।

    वीरगन्ज, पर्सा ; हाल : इमाडोल, ललितपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    दुर्गा आचार्यका पाँच पञ्चाङ्गहरू

  • २८ माघ २०७८, शुक्रबार २३:४७ मा प्रकाशित
  • ” पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “

    १.
    शीर्षक -त्याग
    अक्षर- १९

    सजाउ तिम्रो फूलबारी तिम्रो बाधा बनेर जान्न म,
    यादैछैन जबरजस्ती सम्झि राख भनेर जान्न म ।
    आयो याद भने कहिले काहीं त्यो फोटोमा छुने गर्छु,
    माया रोपिएको बारिमा चिठ्ठि पत्र गनेर जान्न म,
    रोजी तिमीले हिडेको बाटो भत्काई खनेर जान्न म।


    २.
    शीर्षक -संस्कार
    अक्षर-१७
    संस्कार र संस्कृतिमा देसको पहिचान हुनु पर्छ,
    ढाका टोपी गुन्यूचोली भेषको पहिचान हुनु पर्छ।
    संरक्षण गरौन यो देश र भेषको हामीले सधै,
    गल्ती नै नभै लाएको केसको पहिचान हुनु पर्छ,
    सभ्यता , संस्कार लेसको पहिचान हुनु पर्छ।


    ३.
    शीर्षक – सम्बन्ध
    अक्षर -१६
    तिमी मेरो प्राण हौँ म तिम्री मनकी रानी हुँ,
    पूरा सम्झ या आधा तिमी भन्दा धेरै सानी हुँ।
    हामी बिच भको सम्बन्ध यति कम्जोर छर?
    मनमा पोल्दा सितल पार्ने प्यालाकी पानी हुँ,
    अध्याराको साहारा बन्नेछु अाखाको नानी हुँ।


    ४.
    पञ्चाङ्ग-९०
    अक्षर-१७
    शीर्षक – माया
    सोच्ने गर्थ्येँ साथमा बस्ने ,हास्ने रमाउने हामी ,
    पिरतीका लहर गास्दै हात समाउने हामी ।
    आज जिते जस्तो बिश्वलाग्छ तिम्रो साथ पाउँदा,
    मायाका सप्तरङ्गी माला गास्तैँ जमाउने हामी ,
    हास्ता हास्तैँ मोती सम्झिदै खुसि कमाउने हामी।


    ५.
    शिर्षक -त्याग
    पञ्चाङ्ग-४३//अक्षर-१८//

    म हारी दिन्छु आखिर जित तिमीलाई मिल्छ भने,
    मैले हारी दिदा पक्कै हित तिमीलाई मिल्छ भने!
    म रोही रहदा तिमी सधै भरि खुसिरहनु है,
    बगायका आशु मानै प्रीत तिमीलाई मिल्छ भने,
    निमोठ मायाको पाउला जीत तिमीलाई मिल्छ भने!

    दुर्गा आचार्य खोटाङ्गेली

    हाल :- मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on दुर्गा आचार्यका पाँच पञ्चाङ्गहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P