
समर्पण रम्जान
१३ फेब्रुअरी २०२२, गोरखा ! गोरखाको सिरानचोक गाउँ पालिका वडा नम्बर ३ बयापानी स्थित ठुला गाउँमा कतारको राष्ट्रिय मानव अधिकार समितीका नेपाली संयोजक तथा गैर आवासीय नेपाली संघ कतारका कानुनी सल्लाहकार प्रोफेसर मोहम्मद रमजान अलि मियाँको विशेष पहलमा श्री अलि जदिद अल इस्लामिया पाठशालाको स्थापना भएको छ।
उक्त मुस्लिम गाउँमा रहेको मद्रसा दारुल हुदा बिगत ५ वर्ष अगाडि बाट बन्द भएको थियो।महाभुकम्प २०७२ले मद्रसाको भवन तथा पाठशाला पुर्णतः भत्काइ दिए पछि पठनपाठन पुर्णतः अवरुद्ध हुन पुगेको थियोे।
१२ फेब्रुअरी २०२२ शनिबारका दिन एक भब्य कार्यक्रमका बिच अलि जदिद अल इस्लामिया इनिस्ट्च्युटको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमका प्रमुख अतिथि लेखक तथा प्रोफेसर मोहम्मद रमजान अली मियाँले आफ्नो गाउँमा शैक्षिक जनचेतनाका निम्ति सहयोग गर्न पाउँदा र आफ्नो पुर्खाको थलोमा फर्केर सहकार्य गर्न पाउने अवसर प्रदान गरेकोमा गाउँ बासी सम्पुर्णलाई धन्यवाद दिनु भएको थियोे।पठनपाठनमा शिक्षक र बिद्यार्थीको अभिभावकको बराबरको जिम्मेवारी रहेको र आपसी एकताले नै कुनै उदेश्य लक्ष्यमा पुग्न सक्ने धारणा ब्यक्त गर्नु भयो।आफुलाइ यस अबियानमा सहयोग गर्ने कतारी मित्र नासर अल अली र सलिम चाँद मोहम्मदको अतुलनीय सहयोग र सहकार्यको रहेको चर्चा गर्दै गाउँका अन्य सामाजिक बिकासमा सहयोग गर्न आग्रह समेत गर्नु भयो।
कार्यक्रममा सिरानचोक गाउँ पालिका अन्तर्गत ३ नम्बर वडाका कार्यवाहक अध्यक्ष टोप बहादुर बोगटीले ठुला गाउँमा बिगतमा पनि विभिन्न सहयोगले राम्रा काम भएको र अब पुनः निरंतरता दिन जोड दिनु भयो।सबै धर्म संस्कारको बराबर सम्मान दिने क्रममा मद्रसाको भुमिकाको खुलेर प्रसंशा गर्नु भयो भने अर्का वक्ता तथा समाजसेवी मोहन बोगटीले ठुला गाउँले बिगतमा ठुला मान्छे जन्माएको समरण गर्नु भयो।आपसी एकताको कमिले नै अल हेरा एजुकेसन सोसाइटीको मिहिनेतको राम्रो परिणाम आउन नसकेको स्मरण गर्नु भयो।यहाँका मुसलमान हरुको निकै लामो इतिहास रहेको र बिगतमा अत्यन्तै सुमधुर सम्बन्ध एवं भातृत्वको स्मरण गरेर भाबुक भएका थिए।
कार्यक्रममा अन्य वक्ता मद्रसाका पुर्व शिक्षक मोहम्मद सिद्दिक मियाँ,इस्राइल मियाँ तथा दारुल हुदाका संस्थापक अध्यक्ष सफारदिन मियाँ र वडाका पुर्व अध्यक्ष मोहम्मद इसहाक मियाँले मद्रसा अली जदिदको स्थापना भएकोले गाउँमा शिक्षाको नयाँ लहर आएको बताए र सबैले आफ्ना बालबालिकाको भविष्य निर्माणमा यसले नयाँ आयाम निर्माण गर्ने बताए।
वक्ता एवं समाजसेवी मोहम्मद्दिन मियाँले नयाँ र फरक ढंगले मद्रसालाइ अगाडि बढाउनु पर्ने बताएका थिए । कार्यक्रम मद्रसा अलि जदिदका नव नियुक्त शिक्षक हाफिज अलाउद्दिन मियाँले संचालन गरेका थिए भने मद्रसाका पुर्व प्रधानाध्यापक इमानदिन मियाँको सभापतित्वमा सन्चालन भएको थियोे।
कार्यक्रममा दैनिक पठनपाठन को क्रममा महिनामा ९०% उपस्थिति र हाजिरी जनाउने बिद्यार्थी हरुलाइ मद्रसा ब्यवस्थापन समितिको तर्फबाट प्रमुख अतिथिको हातबाट रु ५०० को दरले छात्रवृत्ति प्रदान गरिएको थियोे।यसैगरी आमा समुहले पनि पठनपाठन गर्नु हुनाले सबैलाइ रु २०० को दरले छात्रवृत्ति प्रदान गरिएको थियोे।मद्रसामा बृद्ध महिला एकल महिला तथा दिदीबहिनीले पनि पढ्ने अवसर पाएका छन।यसैगरी +२ पढ्ने र समय निकालेर अरबी भाषाको प्रारम्भिक भाषा कोर्सको पनि ब्यवस्था गरिएको बताए।
हाल मद्रसामा ५० जना बिद्यार्थीले अध्ययन गरिरहेका छन। प्रमुख अतिथि प्रोफेसर मियाले मद्रसालाइ शैक्षिक सामाग्री समेत प्रदान गर्नु भएको थियो।राज्यले यस्ता कार्यक्रममा सहयोग गर्नु पर्ने मियाको धारणा थियो।






Masha Allah