एनआरएनए साउदीले साउदी भरी रहेका नेपालीहरुको निशुल्क स्वास्थ्य उपचार गरिदिने

  • १० फाल्गुन २०७८, मंगलवार ०३:०२ मा प्रकाशित
  • समर्पण रम्जान

    २२ फेब्रुअरी २०२२, साउदी अरब ! विभिन्न कारणले समयमै स्वास्थ्य उपचार गर्न नसकेका साउदी अरबका सम्पुर्ण भुभागमा बस्ने नेपालीहरुको एनआरएनए साउदीले निशुल्क उपचार गराइदिने भएको छ ।

    आफ्नो आधिकारिक फेसबुक पेजबाट एक सूचना जारी गर्दै उपचार गर्न नसकेका वास्तविक पीडित पहिचान गरि सबै नेपालीहरुलाइ स्वास्थ्य उपचार गराइदिने अवगत गराएको हो ।

    एनआरएनए साउदी अरबका अध्यक्ष डम्बर यादव सित भएको कुराकानीमा उहाँले भन्नू भयो ” साउदिको केहि ठाउँमा निशुल्क स्वास्थ्य उपचार शिबिर कार्यक्रम गरिएता पनि साउदी अरब ठूलो देश भएको कारण सम्पुर्ण भागमा स्वास्थ शिबिर गरि उपचार सेवा दिन असम्भव भएपछि सबैलाई समेट्ने गरि, उपचार गर्न नसक्ने पीडितहरुलाइ मध्यनजर गर्दै यो अभियान सुरु गर्न लागेको जनाएका छन् । साथै वास्तविक पीडितहरुले कमेन्टद्वारा या म्यासेज गरेर आफ्नो समस्या राख्न सक्ने र उक्त समस्यालाई पहिचान गरि उपचार गराइदिने अध्यक्ष यादवले हिमालयन दृस्टीलाइ जानकारी दिएका छन् ।

    “एनआरएनएको सूचना जस्ताको त्यस्तै “
    “नेपालीका लागि नेपाली” भन्ने मुल नारालाइ अवलम्बन गर्दै एनआरएनए साउदीले यहाँ रहेका सम्पुर्ण नेपाली श्रमिकहरुको सहयोगको लागि निरन्तर खटिएर विभिन्न प्रकारका अनगिन्ती समस्याहरु समाधान गर्दै ठुलो योगदान दिंदै आइरहेको सर्वबिद्दितै छ ।
    यसै क्रममा साउदीमा पनिकोभिडले ग्रसित हुँदै गर्दा कम्पनीहरुले कैयौं नेपाली दाजुभाइहरुको इकमा नबनाइदिने, नविकरण नगरिदिने, मेडिकल कार्ड नबनाइदिने, तथा भागेर काम गर्दा हुरुप लगाइदिने हुँदा पछिल्लो समयमा धेरै नेपालीहरुले बिदेशी भुमिमा चाहेर पनि आफ्नो स्वास्थ्यको उपचार गर्न नसकिरहेको अबस्थामा एनआरएनए साउदीले, साउदीको विभिन्न क्षेत्रहरूमा निशुल्क स्वास्थ्य उपचार दिदैं आइरहेको छ ।
    तर साउदी अरबका सबै भु-भागमा कार्यक्रम गरेर सेवा दिनलाइ असम्भव रहेको र साउदिको दुर-दराज अनि कुना काप्चामा रहेर वास्तविक बिरामी परि उपचार गराउन असमर्थ भएका पीडित श्रमिक नेपालीहरुलाइ मध्यनजर गर्दै उहाँहरुको निशुल्क उपचार गराउनमा सहयोग गर्ने कुरा एनआरएनए साउदी अरब सबैमा अवगत गराउन चाहन्छौं ।
    यदि तपाईंको स्वास्थ स्थिति खराब हुँदा इकमा नभएर, मेडिकल कार्ड नभएर,हुरुप लागेर या आफ्नै कम्पनीले पनि उपचार नगराइदिएर पीडित त हुनु भएको छैन ? यदि तपाईं सान्चैनै वास्तविक पीडित हुनुहुन्छ भने हामिलाइ इन्बक्समा म्यासेज गर्नुहोस् । कमेन्ट गर्नुहोस् । हामी तपाईंको उपचारका लागि सक्दो सहयोग गर्ने छौं ।”

    Leave a Reply