काठमाडौँ – बबरमहलमा गएराति स्कूटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
दुर्घटनामा परी मृत्यु हुनेमा डडेल्धुराको अमरगढी नगरपालिका-५ घर भई हाल काठमाडौँको कोटेश्वर बस्ने अन्दाजी २६ वर्षीय केबिन श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
उनको उपचारको क्रममा वीर अस्पतालमा गएराति करिब २ बजे मृत्यु भएको हो।
प्रहरीका अनुसार बानेश्वरबाट बबरमहलतर्फ आउँदै गरेको बा ६१ प ८९८८ नम्बरको स्कूटर अनियन्त्रित भई सडकको नालीमा पल्टिएको थियो।
काठमाडौ, १७ बैशाख। साप्ताहिक उदक लेखन शृङ्खलाको ४९औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
Social media
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] सन्तान अतृप्त माया सुख दु:खको साथी ! ✍️ राम नेउपाने
नेपाल प्रहरीको २९औँ प्रहरी महानिरीक्षक (आईजीपी) मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धीरजप्रताप सिंह बढुवा भएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई सो पदमा बढुवा गर्ने निर्णय गरेको हो।
आईजीपी शैलेश थापा क्षेत्रीले प्रहरीको ३० वर्षे सेवा अवधिका कारण १८ वैशाखमा अनिवार्य अवकाश पाउने भएपछि आइतबार सरकारले सिंहलाई आईजीपीमा बढुवा गरेको हो ।सिंह ११ चैत २०४९ मा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका प्रहरी अधिकारी हुन् । आईजीपीको प्रतिस्पर्धामा एआईजीत्रय विश्वराज पोखरेल, सहकुल थापा, रवीन्द्र धानुक पनि थिए । तर, सरकारले सिंहलाई नियुक्त गरेको हो ।
पञ्चाङ्ग चित्रपट : भाग: १३ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०१/१५
प्रशिक्षक : ———— सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक —————- सोमनाथ लुइटेल “रवि पाल्पाली”
समायोजन ————- 👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार । हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ । नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट =========
चित्रपट पञ्चाङ्ग ०१
नेताको भाषण सुन्न आएको देखेकै छौँ र्यालीमा जनता नै भोको नाङ्गो भेटेकै छौँ आफूलाई भन्दा राष्ट्रलाई बचाउ नेता एक – एक भोटको मूल्यले नै जेलेकै छौँ चुनाव जित्नलाई के के गर्छौ हेरेकै छौँ ।
चुनावीको र्यालीमा बहुत देखियो सडकमा जनतासँग भिख मागेको भेटियो सडकमा नेपाल आमाको छाती कुल्चेर नदेख्ने नेता पुरानै नेता आज बोलेको हेरियो सडकमा पैसाको बलले राम्रा जति छेकियो सडकमा ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
पञ्चाङ्ग ०२ १ चुनावको लहर आयो रे भन्छन् गाउँशहर देश छायो रे भन्छन् राम्रा मान्छेहरू चुन्न पाए हुने सडकतिर ऱ्याली लायो रे भन्छन् कसैले ता पैसा पो पायो रे भन्छन् ॥ २ न्याय निम्ति लड्छ जसले उसलाई भोट खसाल्नु देश प्रेम गर्छ जसले उसलाई भोट खसाल्नु नजिताउँ भोट दिएर मुखले ठिक्क पार्नेलाई जन दुःख हर्छ जसले उसलाई भोट खसाल्नु विकासमा बढ्छ जसले उसलाई भोट खसाल्नु ॥
💢गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ०३
चुनाव आउने बेलामा मात्र सडकमा देखिन्छन् काम गर्नुभन्दा घर सिगार्ने तडकमा देखिन्छन् जितेरै गएनि केही छैनन् लछारपाटो लाउने ! जनतालाई काम छैन नेता कडकमा देखिन्छन् स्वास्थ्यको खर्च विदेशमा गर्ने भडकमा देखिन्छन् ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग ०४
देशमा चुनावी माहोलले छाएको छ जताततै भोटको गीत नै गाएको छ चुनावको बेला मात्र मुख देखाउँदै भोट मागेर घर घरमा धाएको छ कसै कसैले त पैसा पनि खाएको छ ।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
पञ्चाङ ०५
स्थानीय चुनाव हाम्रो देशमा आएको छ पर्चा पम्पलेटले बोर्ड र भित्ता छाएको छ विकास गर्ने राम्रो नेता छानेर यसपाली मलाई नि मतदान गर्न मन लाएको छ अठार वर्ष माथि मताधिकार पाएको छ ।
💢तारा घिमिरे संखुवासभा ।
चित्रपट पञ्चाङ्ग ०६
स्वार्थका लागि यी मरि मेटेका छन् अघि पछि नभेट्नेले भेटेका छन् । सत्ता माेह खुवै देखिदै आएकाे नागरिकका दिमाग फेटेका छन् महङ्गिले सबैलाई रेटेका छन् ।
💢मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ०७
दम्भकै सहस बोकी खै के गर्छौ कुन्नी आफ्नै लागि सुर तालमा के भर्छौ कुन्नी नेताको भाषण सुन्न , भित्र जाल बुन्न जनताको मर्म टेकी खै के तर्छौ कुन्नी बाहिरी खोक्रो समाधिमा के छर्छौ कुन्नी !!
💢प्रेम थापा “मन”बागलुङ ।
पञ्चाङ्ग ०८
चुनाव आयो प्रचार छायो गाउॅ र वस्तीमा जसको जीत भएनि सधैॅ जनता सास्तीमा भदौरे भेल झैॅ उर्लिए जन सडक माझ तैनाथ रहे प्रहरी बल गल्लीका गस्तीमा हारेनि जीतेनि नेता त सधैॅ मोज मस्तीमा ।
💢सरस्वती श्रेष्ठ, रूपन्देही बुटवल
पञ्चाङ्ग ०९ १ ज्ञान छैन अर्ध शिक्षा अक्षर मात्र पढ्छन् बिचरा सुर्याई दिएपछि नबुझी अगाडि बढ्छन् बिचरा बुद्धि भए, रोजगार भए किन पछि लाग्थे होलान् छैन कतै समाउने हाँगो माथि त चढ्छन् बिचरा पाए भने ठुलो धोका ती मनमनै डढ्छन् बिचरा । २ पाँच वर्षमा एक कल फोन मलाई पनि आउँछ अब हाम्रो पाटीलाई हेर्नुहोला भन्दैमा एक गीत गाउँछ अब उल्टो सुल्टो मिलिजुली उही सत्तालाई भोट, कसरी दिनु साँघुरो त्यो पथ, माथिबाट काँडाले घोच्ने छ, धाउँछ अब कुँडिएको व्यवहारले बहुलाएछु भने पाउँछ अब ।
💢सविता के.सी. , काठमाडौं ।
पञ्चाङ्ग १०
निराश छु अाज म, देशमा चुनाव छाएकोछ हेर उही पुरानै अनुहारले टिकट पाएकाेछ हेर विकास त गर्न केही बाँकी नै छैन याे देशमा भन्दै जुकाले रगत चुसेसरि बजेट खाएकोछ हेर कर्याकर्ता उनैलाई नेतृत्व दिन धाएकाेछ हेर ।
💢रामराजा के. सी. फर्पिङ, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ११
चुनाव आयो जनता हेर रमाइ हिँडेका रङ्गी है चङ्गी झन्डा ती समाइ हिँडेका नेताले पनि विकास गर्छन् आशमा भुलेका नेताका निठा बात मै छिटै जमाइ हिँडेका क्षणको हाँसो ओठमा टाँस्दै ठम्याइ हिँडेका ।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
पञ्चाङ्ग १२
चुनावको प्रचार प्रसारको निम्ति हिडेको देखियो यहाँ पैसाको लागि हेर आफ्नो पार्टी पनि छाडेको भेटियो यहाँ काग परे तिवारी नत्र गोतामे भन्ने धेरै छन् अहिले देश चलाउनु भएका नेताहरुको शक्ति हेरियो यहाँ युवाहरुलाई रोजगारको लागि बाटो नै छेकियो यहाँ ।
💢आर्मित्मा थापा मगर, स्याङ्जा ।
पञ्चाङ्ग १३
पछिपछि लाग्दैछौ नेताको प्यारो हुनलाई कुकृत्य, भ्रष्टाचार पद प्राप्तिले धुनलाई कहिलेसम्म बन्छौ तिमी पानीमाथि ओभानो चिनेभने जनताले मकै खाने घुनलाई तयारीका लागे हुन्छ कुनापसि रुनलाई
💢पुष्पा नेपाल (सुवेदी ) इलाम ।
चित्रपट पञ्चाङ्ग १४
दुई दिनको पर्व हाे चुनाव मनाउनु पर्छ है आ-आफ्नो आस्थाको झण्डा सबैले समाउनु पर्छ है यहाँ स्वास्थ्य छवि भएको नेता नभेट्न नै गार्हो छ मतदानकाे बखतमा हात कमाउनु पर्छ है आज गरेको फैसलामा भाेलि रमाउनु पर्छ है ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १५
हुरी छ हाल बेसरी चुनाव चल्छ देशमा प्रचार बढ्छ पार्टिको निकास फल्छ देशमा लडाइँ हुन्छ भाेटकाे हुँदैछ ग्याँठ एकल जितिन्छ नित्य लाेभमा विशुद्ध जल्छ देशमा जितेर अाउँदा यहाँ कुकृत्य दल्छ देशमा ।
💢सुरेश चन्द्र घिमिरे, लमजुङ ।
पञ्चाङ्ग १६
भनेको सबै पुराउछु मत दिनुहोस् सम्पन्नशाली बनाउछु मत दिनुहोस् केही चिन्ता लिनु पर्दैन् हामी छौ साथमा साउदी खाडी उडाउछु मत दिनुहोस् गरिब सबै हटाउछु मत दिनुहोस् ।
💢वसन्त अनुभव, घोराही, दाङ ।
पञ्चाङ्ग १७
फेरि अवसर आएको छ हाम्रा नेता छानौँ अनुशासित विकासशील राम्रा नेता छानौँ बुद्धि पुर्याउ भोट हाल्न असल मान्छे चुनौं सभ्य समाजको आश भए माम्रा नेता छानौँ दिनु हुन्न त्यस्तालाई भोट दाम्रा नेता छानौँ ।
पद्मा रिजाल, बाँके कोहलपुर ।
पञ्चङ्ग १८
पाँच वर्षमा नेता गाउँमा टेक्न आए हात जोडी चुनावमा के के देख्न आए बाढी आयो पहिरो गयो भए बिचल्ली आश्वासनको कोसेली फेरि फेक्न आए यिनै पुराना नेता विकास छेक्न आए ।
💢देवकी के.सी. हाल बिरगंज ।
चित्रपट पञ्चाङ्ग १९
चुनावकाे लहरले घन्क्याे गाउँ आज शहरमा र्याली हेर्न हिड जाऊँ आज। हाम्रा नभै राम्रा राेजाैँ जिम्मेवारी हाम्राे जाेसुकै हाेस् छेपारेलाई न दिऊँभाउ आज , छक्का पञ्जा गरी गरी चल्छ दाउ आज।
💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके।
पञ्चाङ्ग २०
चुनावी मैदानमा नेता आएर के गर्ने ? सबै पार्टीका झण्डा यहाँ छाएर के गर्ने ? चुनाव जितेपछि फर्कने छैनन् गाउँमा जनताको स्थिती उस्तै हो धाएर के गर्ने ? कागजमा मात्र आश्वासन पाएर के गर्ने?
काठमाडौं, वैशाख १८ । इलाम नगरपालिका–८, सिङफ्रिङमा महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको छ। स्थानीय अन्दाजी ३१ वर्षीया विनिता काफ्लेको शव घरभन्दा करिब ७ सय मिटर टाढा खाडलमा पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
ती महिला वैशाख १५ देखि घरबाट हराएकी थिइन्। स्थानीयले उनी हराएको बारे प्रहरीलाई खबर गरेका थिए। उनको शव शनिबार साँझ तरुल खनेको खाडल अलि बढाएर पुरिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
माटोले छोपेको ठाउँ देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर शव निकालेको छ। जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले ती महिलाको हत्या भएको हुनसक्ने आशङ्का गरेका छन्।
घटनाबारे अनुसन्धान भइरहेको उनले बताए। शव अहिले इलाम अस्पतालमा ल्याइएको छ। मृतक महिलाका पतिको दुई वर्षअघि वैदेशिक रोजगारीका क्रममा विदेशमै मृत्यु भएको थियो। उनकी चार वर्षकी छोरी छिन्।
पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खला :- अठ्ठाइसौ (२८)
——————————————– “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/ ०१/१३ ………………………………………….
प्रशिक्षक:- सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
भाषा शुद्धीकरण सुझाव :- सुशीला पौडेल सविता के.सी. चन्द्रावती अधिकारी
सङ्कलक :- सोमनाथ लुइटेल “रवि पाल्पाली”
सहजकर्ता :- (महासचिव) रामराजा के. सी.
====================== अनुप्रास = गलाएर , चलाएर, छलाएर, जलाएर, फलाएर,पलाएर, ढलाएर, दलाएर, खलाएर, मलाएर आदि । स्थायी आफुखुसी —–
पञ्चाङ्ग ०१
मनलाई पीडा दिदै गलाएर आयो जिन्दगीलाई नै आज ढलाएर आयो आशै आसामा बाँच्नु कतिन्जेल अब सल्काउन आगो बाली चलाएर आयो त्यही आगोमा इज्जत जलाएर आयो ।
💢सोमनाथ लुइटेल “रवि पाल्पाली “
पञ्चाङ्ग ०२
तरल मन बनाई ठोस कुरा गलाएर के पायौ हावाको झोक्का बनेर झर्ने गरी ढलाएर के पायौ आफ्ना कुरा पेचिलो,भन्छन् रे अरुका कुरा अगतिलो स्वामित्व राखी खरानी हुने गरी जलाएर के पायौ स्वार्थको बीऊ रोपी बेतुक हल्ला चलाएर के पायौ ?
💢प्रेम थापा “मन ” बागलुङ ।
पञ्चाङ्ग ०३
थाहै नदिई मुटुमा तीर चलाएर गयौ छातीभित्र सुटुक्क मशाल जलाएर गयौ शान्त थियोे मेरो जीवन, न केही चिन्ता पीर, सुटुक्क छिरी नौनीझैँ मन गलाएर गयौ विश्वासका ती सारा पर्खाल ढलाएर गयौ ।
💢वसन्त अनुभव,घोराही, दाङ।
पञ्चाङ्ग ०४
झुटा कुराले नेताले जनतालाई गलाएर खाए कुर्सीकाे लुछाचुँटी सधेैँ गरी सत्ता ढलाएर खाए जुन जाेगी अायाे कान चिरुवा रहेछ याे त भनेझेैँ उठेकाे राजश्व जनताकै थाप्लाेमा जलाएर खाए पाँचतारे हाेटलकाे नालीकाे रस चलाएर खाए।
💢ताेयानाथ सुवेदी, काठमाडौं ,काँडाघारी ।
पञ्चाङ्ग ०५
चुप्प लाग बसेकाे थे चलाएर गयाै पिर परेकाे मान्छे म जलाएर गयाै आगाे निभाउनु पर्ने दन्काएर छाड्याै जसाे तसाे उठ्दै थिएँ ढलाएर गयाै माया लगाउला भन्दै छलाएर गयाै।
💢 मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
पञ्चाङ्ग ०६
थाह छैन किन तन गलाएर गई मुटु भित्र प्रेम झोसी जलाएर गई फर्क भनी बिन्ति गरें अझै फर्किएन पिरतीको फलहरू फलाएर गई निर्मोहीले शान्त मन चलाएर गई।
💢अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग ०७
१ मलाई यसरी ढलाएर नजाऊ प्रिया यो मन मुटु नै गलाएर नजाऊ प्रिया यो तन मन जीवन सधैँ तिम्रै थियो हो मलाई जिउदै जलाएर नजाऊ प्रिया बचनका बाण चलाएर नजाऊ प्रिया । २ आमाको मन जलाएर नजाऊ आँसुको धारा बगाएर नजाऊ आमा तिम्री हुन् जननी जन्मदाता तिखो बचन चलाएर नजाऊ आमाको मुटु ढलाएर नजाऊ ।
💢सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग ०८
बिग्रेको गाडी चले झैँ चलाएर मात्र जाने भाे जिन्दगी । कल्पनाकाे त्यो कहर पलाएर मात्र जाने भाे जिन्दगी । परिस्थितिकाे दास भाे याेजना नेतृत्वको भरमा पर्दा , अभावकाे वेदनाले गलाएर मात्र जाने भाे जिन्दगी । साझा सुन्दर रहर जलाएर मात्र जाने भाे जिन्दगी ।
💢भवानी घिमिरे सर्लाही ।
पञ्चाङ्ग ०९
रुखो हृदय पनि पलाएर आयो हरियो त्यो रुखले फलाएर आयो अमिट छाप धरामा छाड्नु जीवन जीव, तरु, मानव चलाएर आयो रहर नै मनमा पलाएर आयो।
💢सरिता काफ्ले, कोहलपुर बाँके ।
पञ्चाङ्ग १०
किन मेरो मनलाई आज गलाएर गयौ माथि उठ्न नसकिने गरि ढलाएर गयौ हेर विश्वास गर्नु मेरो गल्ती भएछ क्यार! संसार सारामा भुइँचालो चलाएर गयौ हृदयको चाहना त्यतिकै जलाएर गयौ
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग ११
भित्र भित्रै रिसले मुटु जलाएर गयो आज उसलाई सुटुक्क छलाएर गयो बाहिरबाट हेर्दा दुइटै मिलेकै थिए तर पनि के भयो आज गलाएर गयो पत्यार नलाग्ने गरी घर ढलाएर गयो।
💢सरस्वती श्रेष्ठ इटहरी ।
पञ्चाङ्ग १२
वसन्तपछि ती पालुवा हरिया पलाएर गए आए भमरा नाची बागमा फूल चलाएर गए एक अर्काको सहयोगले प्रकृति बनेछ अनायास बोटहरूमा बिजन फलाएर गए पुगेछ प्रकृति भोग्न छाडे, मन जलाएर गए ।।
१ दाजुभाइ माया प्रीति जलाएर छाड्यो व्यर्थैमा गोली बारुद चलाएर छाड्यो यस्तै रैछ संसारमा दैवको यो लिला खोजेको थियो शासन छलाएर छाड्यो ॥ २ हातीछाप पक्का घर पलाएर छाड्यो जनताका आँखाहरू छलाएर छाड्यो एकार्कामा हाना थाप गर्दा गर्दै पनि लोक फाटो गराएर दलाएर छाड्यो ढलिगाको धरहरा फलाएर छाड्यो ॥ ३ शुद्धशान्ति इतिहास गलाएर छाड्यो सारा देशवासीलाई दलाएर छाड्यो जनताका सुखदुःख विना मतलव कुर्सीखेल राजनिती चलाएर छाड्यो पूर्खा पुस्ता इतिहास ढलाएर छाड्यो ॥
💢गुणनिधि घिमिरे, पाँतथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग १५
म माया लाउँछु भन्दै पीडामा गलाएर गयौ , स्थिर थियो मेरो मन तिमीले चलाएर गयौ । बिछ्याइएका धेरै सपनाहरू चुँडिएका छन् अनगिन्ती मनका आशालाई ढलाएर गयौ साटिएका प्रेमपत्र तिमीले जलाएर गयौ ।
💢दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग १६
फेद भुल्यौ तिमी टुप्पैबाट पलाएर गयौ भित्र भित्रै यो मनमा छुरि चलाएर गयौ धनको पछि लाग्दै गयौ पवित्र मन तोडी धमिराको देवल झैं तन गलाएर गयौ घायलपारी यो मुटुलाई जलाएर गयौ ।
💢चेतना पोखरेल, मोरङ ।
पञ्चाङ्ग १७
खुसी मन हुँदाहुँदै दुःखको बह ढलाएर गई आँखाको आँसु भुइँमा झर्न नदिइ छलाएर गई हाँस्न खोज्दै थिए सबै पीडालाई भुलाइ अन्त कतै नशाले सिएको घाउ नुन छर्केर जलाएर गई गुलाफको फूलमा पनि काँडैकाँडा फलाएर गई ।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग १८
दियो बत्ती जलाएर जाऊ प्रिया। शत्रु जति ढलाएर जाऊ प्रिया। अघि बढ्न शत्रु हुनु पर्छ हाम्रो, सबैलाई दलाएर जाऊ प्रिया। मेरो दिल चलाएर जाऊ प्रिया।
💢ह्यारिश ह्याऋसन् , काठमाडौं ।
पञ्चाङ्ग १९
चाेखाे माया गलाएर के पायाै छाती मेराे जलाएर के पायाै कसम झुटा साबित बनाइ प्रेम हाम्रो ढलएर के पायाै विष त्यहाँ फलाएर के पायाै ।
💢रामराजा के. सी. ,फर्पिङ, काठमाडौं ।
पञ्चाङ्ग २०
मन भित्र छुरा चलाएर गयौ प्रिय यी तस्वीरहरू जलाएर गयौ प्रिय तिमीलाई विश्वास गर्नु नै भुल भयो किन यो शरीर ढलाएर गयौ प्रिय मिठो कुरा गरी छ्लाएर गयौ प्रिय ।
💢आर्मित्मा थापा मगर स्याङ्जा ।
पञ्चाङ्ग २१
प्रेमिल अंकुर गलाएर नजाऊ तिमी मेरो मन मुटु जलाएर नजाऊ तिमी सँगै मर्ने र बाँच्ने कसम खाएर हिजो आज सबै वाचा ढलाएर नजाऊ तिमी हृदयमा छुरा चलाएर नजाऊ तिमी ।
स्वार्थ पूर्ति भएपछि दोषी बनाउन भलाएर गयौ बिना कसुर तिमीले अाज दुखी अात्मा जलाएर गयौ सोझो मन भएन कहिल्यै नजर तिम्रा टेढा ति कति बलियो, कसिलो सम्बन्धलाई बेसरी गलाएर गयौ आखिर हेर्दाहेर्दै दोषै दोषको फल फलाएर गयौ ।
💢निर्मला सुवेदी, बागलुङ।
पञ्चाङ्ग २४
तिम्रो मेरो प्रेमको निशानी जलाएर गयौ आफैँ बनायौ मायाको घर ढलाएर गयौ भयो नछाम ढुकढुकी श्वास चलिरहेछ थाके जीवनदेखि मलाई गलाएर गयौ बन्छु भन्थ्यौ मुनाकी मदन छलाएर गयौ ।
💢पुष्पा नेपाल (सुवेदी ) इलाम
पञ्चाङ्ग २५
१ प्रेमको दीपक जलाएर गयौ रोपेर बिरुवा फलाएर गयौ बटुल्दा भुइँको पोख्यौ की काखको मिठा बात गर्दै छलाएर गयौ यो यात्रा सुनौलो ढलाएर गयौ । २ टुप्पोबाट तिमी पलाएर गयौ हुकुम दिलमा चलाएर गयौ भुलाएर सबै विगतका कुरा बलिष्ठ यो मन गलाएर गयौ घाउमा नुनिलो दलाएर गयौ ।
काठमाडौ, १० बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४३ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३० औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
मिल्दासम्मन् अधिकार र प्यार, कुरा बिग्रे भन्दियो बलात्कार । ✍️ वसन्त अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] भन्छौ बिहे गर्छु पक्कै, अप्ठ्यारो नमान, सँगै लान्नौ भने मलाई, त्यता नतान । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ हाल- प्रवास
[२] स्वार्थ पूरा हुँदासम्म नाच्दै मुजुर, केही छैन् लुट्न बाँकी गर्दछु उजुर । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी
[३] मिल्दा सुरा सुन्दरी सबै मिलायो, कस्तो रैछ दिल भुकम्पै दिलायो । ✍️ प्रेम थापा “मन” बागलुङ
[४] सतायो उही पुरानो रोग बल्झेर मरेको, सोच्दासोच्दा यो ज्यान गलेर सिकिस्त परेको। ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[५] हाेस कहाँ हुन्छ र ? रमझम गरुन्जेल, टुसाउँछ अनि झाङ्गिन्छ याे स्वार्थकाे खेल। ✍️ मित्र उराठी गाैतम तिलाेत्तमा-२
[६] आज कुरो मिलाएर राती, हामी सँगै सुतौँला, कसैको नजर पर्यो भने, उजुरीमा जुटौँला। ✍️ प्रदीप के रिमाल इटहरी, सुनसरी
[७] मन मिलेसम्म त भयो दुई जनाको प्यार, अलि खटपट के भयो भनी दियो बेकार। ✍️ राम रावल सागर कैलाली
[८] तिम्रो प्यार पुगेन् मेरो छेउमा आऊ, मान्छे म हजुरकै हो नमान्नु झ्याऊ । ✍️ अनिल प्रसाद यादव रूपन्देही
[९] मन मिले त्यही कुरा हुन्छ मुजुर, नमिले त्यही कुरामा दिन्छन् उजुर। ✍️ सरस्वती श्रेष्ठ इटहरी
[१०] पहिले पहिले त भन्यो निश्छल प्यार, पछिबाट भन्यो त्यसलाई बलात्कार । ✍️ दीपक ठटाल जलन, खरसाङ।२३.०४.२२
[११] मन मुटु मिलुन्जेल हुन्छ घरबार , जब मन भर्छ तब खोज्छन् अधिकार । ✍️ बुद्धिमान चौधरी क . न. पा. ४ झापा
[१२] यो सामाजिक ढाँचा फितलो हुँदै गयो, इमान धर्म आफैँ औषधि जस्तो भयो। ✍️ सुरेशकुमार पान्डे घोराही उप महानगर पालिका१८ दाङ।
[१३] मनको चरी नफस्नु है जालमा, फसी गए निस्कनु एक तालमा । ✍️ पुष्पशायरा बिराटनगर ।
[१४] कुरा मिलुञ्जेल प्रेममा नानाथरी सबै नै हुने, कस्तो खेल जब मन टाढिन्छ पिडित बनी रूने। ✍️ शंकर कार्की, थाहा ३मकवानपुर।
[१५] जिउनकाे लागि परिश्रम गर्नु, अल्छी बनेर भाेकभाेकै नमर्नु। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे भक्तपुर ।
[१६] बाचा र कसम खाइ हातै ताने, गल्ती भएपछि अदालत जाने । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[१७] हेप्नसके धन भए मोज अहङ्कार, दिमाग खराब भएमा भो अत्याचार । ✍️ चुडामणि देबकोटा सिमरा बारा
[१८] सुन न प्यारा बज्दैन एक हातले ताली, मायामा फेरि धोका भए म निस्कौँला जाली । ✍️ बिके माकजु भक्तपुर ।
[१९] महिलाको पर्दा तानी रमाउने बानी, आफ्नै स्वास्नी बेश्या भन्दै अर्काकी छ रानी। ✍️ पौडेल विमुन्स पोखरा कास्की
[२०] नशामा फूलको सट्टा चढाउॅंछु जवानी, चोखिन खोजे, तिमी हुन्छौ पहिले खरानी। ✍️ म्यामराज राई भोजपुर
[२१] आफ्नाे स्वार्थकाे लागि गरिन्छ यहाँ प्यार, सब लुटिएपछि के खाेज्नु अधिकार । ✍️ प्रेम कला चापागाईं (सिटाैला) मेचीनगर १२ झापा
[२२] पियार हो भन्दै गला पो समायौ, जननीको ‘उपमा’ कसरी पायौ? ✍️ अनिल खग्रास पर्वत
[२३] माया पिरती गाँसेर फोटो खिँचेको गाला टाँसी, स्वार्थ पूरा गरी विनाकारण छोडी भाग्यौ हाँसी । ✍️ भगवती दवाडी दमक झापा
[२४] स्वार्थ मिलेमा सबैकुरा नसाेचेकाे बन्छ, नभएमा केही पूरा आराेप झुट्टा भन्छ । ✍️ रामकृष्ण दुवाडी
[२५] प्यारो हुन्छ भाँडो पकाएर खुवाउन्जेल भात, पत्रु बन्नेछ जब त्यो बदलिन्छ उसको जात । ✍️ होम प्रसाद धरान, सुनसरी
[२६] उर्लेर आउरे खोला बगरमा, अचेल बैँस बिक्दैछ शहरमा । ✍️ जि कुमार गौतम भद्रपुर-१ पृथिविनगर झापा
[२७] सोचविचार राम्रो लिनु नै ठूलो कुरा, भव्य महल छोडी हिड्नु बुद्धि अधुरा। ✍️ सुरेखा चाम्लिंग -भक्तपुर
[२८] चुनाव आयो एक अर्कामा रिस नदेखाऊँ, जसले जिते नि दुखीलाई चोट नपुराऊँ । ✍️ तारा घिमिरे
साताका तीन लघुकथाको तेह्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (तालमेल, कबाडी केटो र जिम्दारको नाति) छनोट गरी प्रकाशन गरिएको छ।
[१] लघुकथा : तालमेल
✍️ दिपक खनाल अगम डेभिड सरले जीवजन्तुकाे पाठ पढाउँदा प्रसङ्गवश गधा बुद्धिजीवी प्राणी हाे र छ भन्नुभयाे । बुद्धिकाे हिसाबले यसलाई टप पाँच भित्र राख्दा फरक नपर्ला भन्दा विद्यार्थीहरू अट्टाहास हाँसे ।
कक्षाकोठाकाे वातावरण शान्त भएपछि उहाँले केही उदाहरण दिदै भन्नुभयो । -“नानीबाबुहरू हाे ! गधाले आफू पुगेको ठाउँ र पच्चीस वर्ष पुराना साथीहरू राम्रोसँग चिन्न सक्छ । अन्न, नुन, चिनी वा भिज्ने वस्तुकाे भारी बाेकाउदा नदीनाला वा पानीमा जान मान्दैन । आफ्नाे काम इमानदारीपूर्वक गर्छ । गधाहरू अटेरी हुदैनन् तर आफूलाई खतरा वा हानिकारक हुन सक्ने काम गर्न मान्दै मान्दैनन् !”
सरकाे कुरा सुनेर छात्र शिवहरि नेपालीले जिज्ञासा राखे । “सर ! गधा बाठाे हुने रहेछ । तर, किन बुद्धु , पुङमाङेहरूलाई ‘कस्तो बुद्धि नभएको गधा जस्तो रहेछ,’ भन्छन् ?” “ओहाे ! अब्बल प्रश्न गर्याै, बाबु । यसमा विभिन्न कारणहरू छन् । सुन्न चाहन्छाै भने भन्छु । माेहम्मद बिनले सुन्ने उत्सुकता प्रकट गर्दा सबै विद्यार्थीहरूले साथ दिए ।
-“ल सुन ! त्रेतायुगकाे अन्त र द्वापरयुगकाे सुरुवातमा जनावरहरूको दाैड र बुद्धिकाे प्रतिस्पर्धा भयाे । गधाले ‘आफू बुद्धिजीवी र सामाजिक प्राणी हाे’ भन्ने लक्षण देखाउँदै गधाहरूकाे गठबन्धन गर्याे । तालमेल आफूले जित्नभन्दा अरूलाई हराउन थियाे । गधाहरू यसमा सफल पनि भए । याे सम्पूर्ण दृश्य हेरिरहेका मनुष्यहरूले बुद्धिजीवी गधालाई पकडमा लिए । बुद्धिलाई सही तरिकाले प्रयोग गर्न नजान्ने गधालाई मान्छेहरूले किन रहस्यपूर्वक आफ्नाे सहयोगी बनाए ?
[२] लघुकथा : कबाडी केटो
✍️ मित्र ‘उराठी’ गौतम “हैन, यो केटाले के के थुपार्छ घरमा ? फोहोरको डङ्गुर गरायो। पढ्नु, लेख्नु छैन्, खालि सिसाका टुक्रा, प्लाष्टिक के के हो के के कबाड बटुलेर हैरानै पार्यो। कहाँको यस्तो कबाडी जन्मेछ ?” छोरालाई गाली गर्दै फतफताइ रहन्थिन्, धनकला।
“त्यही त ! स्कूलबाट आयो कि यिनै कबाड खेलाउँछ कि मोवाइलमा मात्र झुण्डिन्छ। यसो टोल छिमेकमा जानु साथीभाइसँग खेल्नु, कुद्नु गरे पो ज्यान पनि स्फूर्ती रहन्थ्यो। सामाजिक पनि भइन्थ्यो। आजकलका केटाकेटी के भएका हुन्, कुन्नि यस्ता ?”- धनकलाको कुरामा होमा हो मिलाउँदै बोले पति भोलानाथ पनि।
“यो पनि पढाइ नै हो के बाबा ! मोवाइलमा झुण्डिएर नचाहिँने कुरामा समय बिताएको छैन् । गुगल, युट्यूवमा चाहिँने विषय नै खोजिरहेको हुन्छु । यसबाटै सिकेर मैले टेलिस्कोप बनाएको छु।” “ल हेर्नुस् ! यसबाट कति टाढाका चिज नजिकै देखिन्छन्।”- सौरभले बाबालाई आफ्नो टेलिस्कोप हेर्न कर गर्यो। नपत्याइ नपत्याइ भोलानाथले टेलिस्कोपबाट हेरे।
“ए बुढी, हेर् त हेर ! छोराले त किसिम गरेछ नि ।”- आफूले हेरेपछि बुढीलाई पनि हेर्न आग्रह गरे। धनकला पनि छोराको करामत देखेर दङ्ग परिन् । “भोलिपर्सी धेरै पढेर अझ यो भन्दा राम्रो टेलिस्कोप बनाउँछु । त्यो टेलिस्कोपले यति टाढासम्म देख्न सकिने छ कि यो पृथ्वी जस्तै जीवनयुक्त अर्को पृथ्वी भेट्टाउने छु।”- सौरभ मिठो कल्पनामा डुबेर आफ्नो सपना व्यक्त गर्यो। एक अर्कालाई हेरेर नपत्याउँदो पाराले मुसुमुसु हाँसे भोलानाथ दम्पती। × × × × × × × × × × × × × × × × × × × ×
कक्षा बाह्र पास गरेपछि विज्ञान पढ्न छात्रवृत्ति पाएर चाइना गयो, सौरभ। सौरभ चाइना पुगेको वर्षौँ भएको थियो। आज समाचार आयो – “चाइनाले सौर्य मण्डल बाहिर जीवयुक्त पृथ्वी खोज्ने मिसन शुरु गर्दैछ र उक्त मिसनको एउटा सदस्य सौरभ पनि हो।”
अमरपुर –गुल्मी, हालःतिलोत्तमा -२, रुपन्देही
[३] लघुकथा : जिम्दारकाे नाति
✍️ तारा श्रेष्ठ “हिजाे पनि विद्यालयमा साथीलाई पिटेर रक्ताम्मे बनाएछ । हेड सरले मलाई बाेलाएर जिम्मा लगाइदिए । पढाइ पनि दिनदिनै कमजोर हुँदैछ रे ! चकचक गरेर केही न केही उपद्रो नगरेकाे त दिनै हुन्न रे !” आँगनकाे बिस्कुन चलाउँदै बिमला फत्फताउँदै थिई ।
‘”त्यसका बाआमालाई अमेरिका तिरै लैजा भनेकाे, कागजात नै मिलेकाे छैन्, भन्छन् । के गर्नु ! छ महिनादेखि आफ्नो लाम्टा चुसाएर यत्रो बनाएँ । उनीहरू डिभि परेर गइहाले । दश वर्ष भाे, एकपल्ट फर्केर आ हैन । मलाई सधैँकाे दु:ख ।” तरक्क आँसु झारी बिमलाले ।
नरेश डाेरीकाे खाटमा बसेर हुक्का तान्दै हजुरआमा र नातिकाे चर्तिकला हेरिरहेका थिए । नरेश भन्दै थिए -“कुटाइ खाएर नआओस् ! कुटेर आएछ, जिम्दारकाे नाति हाे । धेरै नकरा, मेराे नातिलाई ।” “यसरी नै फुर्काउँदै जाऊ न ! भाेलि तिम्रो टाउकामा टेक्छ अनि थाहा पाउँछौ ।” बिमला च्याठ्ठिई।
“एकछिन बिस्कुन रुङ्न लाकाे, कुखुराेकाे चल्लाे त प्याट्टै मार्याे । यस माेराेलाई के भा छ हँ ?” बिमला नातितिर झम्टिई । नाति बुरुक्क उफ्रेर भाग्याे । नरेश विमलालाई सम्झाउँदै थिए “किन पिर गर्छेस् बुढी ? देखिनस्, रमितेकाे छाेराे लक्ष्य, याेभन्दा चार गुणा बढी बदमास थियो । देशकाे मन्त्री भा’छ ।”
तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेकपा मालेका महेन्द्र शाहले उम्मेदवारी दिएका छन्। उनीसँगै उपमहानगरपालिकाको मेयरमा पहिलो दिन तीन जनाको उम्मेदवारी परेको छ ।
आईतबार नेकपा मालेका महेन्द्र शाह, राष्ट्रिय जनमुक्ति पार्टीका ढुण्डीराज चौधरी र मंगोल नेशनल अर्गनाइजेसनका जया घर्तीले मेयरमा उम्मेदवारी दर्ता गराएको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए ।
त्यस्तै उपप्रमुखमा मंगोल नेशनल अर्गनाइजेसनका दमबहादुर छन्तयाल र स्वतन्त्रबाट सुशिल नेपालीले उम्मेदवारी दिएका छन् ।
सीपी मैनालीका विश्वासपात्र महेन्द्र शाह नेकपा मालेका बैकल्पिक पाेलिट ब्युरो सदस्य हुन भने पहिलो संविधानसभा चुनावमा नेकपा मालेको तर्फबाट दाङमा बलियो उपस्थिति जनाउन सफल भएका थिए।
पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: १२ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०१/०८
प्रशिक्षक : ———— सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक —————- सविता के.सी.
समायोजन ————- 👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट =========
चित्रपट पञ्चाङ्ग ०१
बिचरा ती बचेराको खाली पेट हुँदो होला साँझपख माउ आई दु:ख मानी रुँदो होला प्राण लिई जन्मेपछि प्राणी सबै उस्तै हुन्छ बाचेको कि मरेको हो भनी आई छुँदो होला जिन्दगीको सारा दुःख आफू आफैं धुँदो होला ।
गुणनिधि घिमिरे, पाँचथर मोरङ हाल अमेरिका ।
चित्रपट पञ्चाङ्ग ०२
खुल्ला आकाशको घरमा बसेकाछन् बचेराहरु दुश्मनहरुको डरमा बसेकाछ्न् बचेराहरु आमाले कति खेर आहारा ल्याउलान् भनेर यहाँ यिनै आहाराको भरमा बसेकाछन् बचेराहरु रहर होइन करमा बसेकाछन् बचेराहरु ।
आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग ०३
जिन्दगी जिउन गार्हो छ सबलाई अभिभारा उही असहाय हुनु विकल्प के रोज्नै पर्ने सहारा उही सृष्टि यहाँ धान्नु पर्ने , आमाले सबै तिर जान्नु पर्ने निर्भर हुन संघर्षबाट त्यो उठ्नै पर्ने सारा उही प्रकृतिले बचाउँछ र गिजाउँछ भाइचारा उही ।
प्रेम थापा “मन” बागलुङ ।
चित्रपट पञ्चाङ्ग ०४
जिन्दगी भोग्न नै कठिन पार्यो बिचरा खोजी आहारा खुबाउँदै टार्यो बिचरा पुग्दो हो आहारा खोज्न रन वन सारा सिकारीको झम्टालाई टार्यो बिचरा बचेराको जीउ कष्टले तार्यो बिचरा ।
सरिता काफ्ले कोहलपुर बाँके ।
चित्रपट पञ्चाङ्ग ०५
बचेरा छोडी दाना चुन्न जानू पर्छ आफू बच्चाहरूले पनि खानु पर्छ कठै हावा हुरिमा बिचल्ली हुनेछ आफ्नै चोँचमा दानापानी लानु पर्छ कहिले सामुन्ने प्रचण्ड भानु पर्छ
सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।
चित्रपट पञ्चाङ्ग ०६
कठै ती बचेराहरू कति रुदा होलान् माउ आउँदा खेरी सुम्सुम्याउँदा होलान् खुल्ला आकाश मुनि घर बनाई बसेका झरी बादल नभनी आफै धुँदा होलान् बा आमाको खोजीमा गुन्गुनाउँदा होलान्।
सरस्वती श्रेष्ठ, इटहरी ।
चित्रपट पञ्चाङ्ग ०७
आकाश उनको घर भयो रूख नै उनको भर भयो बिचरा नपखेटा नआमा बाच्नलाई झन डर भयो खसे मरिने कहर भयो ।
सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपट पञ्चाङ ०८
नछ आफ्नी आमा न छ कुनै भर बच्चालाई ज्यान बचाउन सिकारीको डर बच्चालाई सत्रु घाम पा नी हुरी बतास असिनाबाट जोगाउन ठुलो त्यही रुख छर बच्चालाई बचाउन प्रकृतिले रक्षा गर बच्चालाई ।
तारा घिमिरे, संखुवासभा ।
चित्रपट पञ्चाङ्ग ०९
यो बिहान जिउने आधार ! छ ओछ्यान जिउने आधार ! बाबा आमा जिवित ईश्वर , छन् ईशान जिउने आधार ! यी सन्तान जिउने आधार !
आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग १०
सबैतिर अग्ला घर प्वाल छैन कतै हेर वसन्तमा गुँड बनायो उडाई लान्छ मिहिनेत खेर वसन्तमा कठै खुला ठाउँ, झाल खोजी गुँड बनायो कोरल्न फुल त्यहीँबाट पनि त दुःख दिए बस्न पाएन धेर वसन्तमा कहाँ जीवन काट्लान् बचेरा सोच एक फेर वसन्तमा ।
सविता के.सी. काठमाडौं ।
चित्रपट पञ्चाङ्ग ११
चारो खोज्दै आमा तिमी फाँटमा झर्यौ कि हतारोमा ~~शिकारीको जालमा पर्यौ कि टुहुरा, ~~~अनाथ हुनु नियत भो हाम्रो हाम्रो खुशी ~खोज्दै बाबा मुग्लान तर्यौ कि स्वर्ग जस्तो ~~घर बिर्सेर भूल गर्यौ कि ।
पुष्पा नेपाल (सुवेदी ) इलाम ।
चित्रपट पञ्चाङ्ग १२ मुसा दौड्न थाले पेटमा कहाँ छौ आमा चारा लिई आऊ है छिट्टै जहाँ छौ आमा प्रतीक्षामा बसेका छौँ आँखा बिच्छाएर, सक्ने भए आउथ्यौँ जहाँतहाँ छौ आमा धर्तीमा लिई आयौ तिमी महा छौ आमा ।
वसन्त अनुभव, दाङ्ग ।
चित्रपट पञ्चाङ्ग १३
रमाई बाँच्ने कला सबैमा दिएकाे छ प्रकृतिले खुलेर हाँस्ने कला सबैमा दिएको छ प्रकृतिले हाँगाकाे सहारामा कति बचेराले जीवन पाए पिरती गाँस्ने कला सबैमा दिएकाे छ प्रकृतिले अधर्म मास्ने कला सबैमा दिएको छ प्रकृतिले ।
भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १४
मिहिनेत गरेर आफ्नो बच्चा पाल्छन् माउले बस्ने ठाउँमा गुँडलाई सधैँ टाल्छन् माउले आकाशमा उडेपनी माया हुन्छ धर्तिको आधा पेट खाएरनी मुखमा हाल्छन् माउले आँखाबाट दुष्ट दुश्मन सधैँ फाल्छन् माउले ।
सुशीला पौडेल ।
चित्रपट पञ्चाङ्ग १५
बिना अाेत अाकास नियाल्दै बसेका छन् बच्चाहरू हावा हुरी चल्दा जमिनमा खसेका छन् बच्चाहरू हुर्कंदै जाँदा वाह्य शत्रुकाे पनि उत्तिकै त्रास छ चारा खान ढिला भए चुच्चाे धसेका छन् बच्चाहरू अामाकाे अगाध माया भित्र पसेका छन् बच्चाहरू
सुरेश चन्द्र घिमिरे, लमजुङ ।
चित्रपट पञ्चाङ्ग १६
चारो खोज्नुपर्छ बचेरा ती पाल्न हजुर अँध्यारोमा सक्नुपर्छ बत्ती बाल्न हजुर मरि जाने मानव चोला लानु केही होइन संकुचित विचार सक्नुपर्छ फाल्न हजुर अब हिम्मत गर्नुपर्छ यात्रा थाल्न हजुर । निर्मला सुवेदी, बागलुङ।
चित्रपट पञ्चाङ्ग १७
बचेरा भाेकैछन् खाना छैन पेट भर्नलाई दाना छैन हवाहुरी चल्छ त्यहाँ पनि ओत लाग्न जहाँ छाना छैन नाङ्गै छन् तिनकाे नाना छैन ।
नवराज भट्ट, महेन्द्रनगर ।
चित्रपट पञ्चाङ्ग १८
जसरी भए पनि बचेरा हुर्काउनै पर्ने जानेरै गल्ती बोलेर पनि फुर्काउनै पर्ने जिम्मेवारी बहन गर्न पनि मुस्किल पर्छ प्यास मेट्नै भएपनि थोपा तुर्काउनै पर्ने अभिभावक गलामा गाँठो सुर्काउनै पर्ने ।
जमुना आचार्य, सिन्धुपाल्चोक
चित्रपट पञ्चाङ्ग १९
आमा तिमी कहाँ छौ ? आउ है छिट्टै लाग्यो भोक जहाँ छौ आउ है छिट्टै व्याधा ताक्छ गुलेली बनी निष्ठुरी के गरुँ ? आमा यहाँ आउ है छिट्टै रहेछ पापी महाँ आउ है छिट्टै ।