पञ्चाङ्ग साहित्य समाज पाठशालाको अठ्ठाइसौँ अभ्यास शृङ्खला सम्पन्न

  • १५ बैशाख २०७९, बिहीबार २२:२९ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- अठ्ठाइसौ   (२८)

    ——————————————–
    “पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
                       विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
               मिति:- २०७९/ ०१/१३

    ………………………………………….

    प्रशिक्षक:-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

                  
    भाषा शुद्धीकरण सुझाव :-
    सुशीला पौडेल
    सविता के.सी.
    चन्द्रावती अधिकारी

    सङ्कलक :-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    सहजकर्ता :-
    (महासचिव)
    रामराजा के. सी
    .

    ======================
    अनुप्रास = गलाएर , चलाएर,  छलाएर, जलाएर, फलाएर,पलाएर, ढलाएर, दलाएर, खलाएर, मलाएर
    आदि ।
    स्थायी आफुखुसी

    —–

    पञ्चाङ्ग   ०१

    मनलाई  पीडा  दिदै     गलाएर आयो
    जिन्दगीलाई नै    आज ढलाएर आयो
    आशै आसामा  बाँच्नु  कतिन्जेल अब
    सल्काउन आगो बाली  चलाएर आयो
    त्यही आगोमा  इज्जत जलाएर आयो ।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली “

    पञ्चाङ्ग   ०२

    तरल  मन  बनाई  ठोस  कुरा  गलाएर  के  पायौ
    हावाको झोक्का बनेर झर्ने गरी ढलाएर के पायौ
    आफ्ना कुरा पेचिलो,भन्छन् रे अरुका कुरा अगतिलो
    स्वामित्व राखी  खरानी हुने गरी जलाएर के पायौ
    स्वार्थको बीऊ रोपी बेतुक हल्ला चलाएर के पायौ ?

    💢प्रेम थापा “मन ” बागलुङ ।

    पञ्चाङ्ग   ०३

    थाहै नदिई मुटुमा तीर चलाएर गयौ
    छातीभित्र सुटुक्क मशाल जलाएर गयौ
    शान्त थियोे मेरो जीवन, न केही चिन्ता पीर,
    सुटुक्क छिरी नौनीझैँ मन गलाएर गयौ
    विश्वासका ती सारा पर्खाल ढलाएर गयौ ।

    💢वसन्त अनुभव,घोराही, दाङ।

    पञ्चाङ्ग   ०४

    झुटा कुराले नेताले जनतालाई गलाएर खाए
    कुर्सीकाे लुछाचुँटी सधेैँ गरी सत्ता ढलाएर खाए
    जुन जाेगी अायाे कान चिरुवा रहेछ याे त भनेझेैँ
    उठेकाे राजश्व जनताकै थाप्लाेमा जलाएर खाए
    पाँचतारे हाेटलकाे नालीकाे रस चलाएर खाए।

    💢ताेयानाथ सुवेदी, काठमाडौं ,काँडाघारी ।

    पञ्चाङ्ग   ०५

    चुप्प लाग बसेकाे थे चलाएर गयाै
    पिर परेकाे मान्छे म जलाएर गयाै
    आगाे निभाउनु पर्ने दन्काएर छाड्याै
    जसाे तसाे उठ्दै थिएँ ढलाएर गयाै
    माया लगाउला भन्दै छलाएर गयाै।

    💢 मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग    ०६

    थाह छैन किन तन गलाएर गई
    मुटु भित्र प्रेम झोसी जलाएर गई
    फर्क भनी बिन्ति गरें अझै फर्किएन
    पिरतीको फलहरू फलाएर गई
    निर्मोहीले शान्त मन चलाएर गई।

    💢अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   ०७


    मलाई यसरी ढलाएर नजाऊ प्रिया
    यो मन मुटु नै गलाएर नजाऊ प्रिया
    यो तन मन जीवन सधैँ तिम्रै थियो हो
    मलाई जिउदै  जलाएर नजाऊ प्रिया
    बचनका बाण चलाएर नजाऊ  प्रिया ।

    आमाको मन जलाएर नजाऊ
    आँसुको धारा बगाएर नजाऊ
    आमा तिम्री हुन् जननी जन्मदाता
    तिखो बचन चलाएर नजाऊ
    आमाको मुटु ढलाएर नजाऊ ।

    💢सुमित्रा पोखरेल,  काठमाडौं ।

    पञ्चाङ्ग    ०८

    बिग्रेको गाडी चले झैँ चलाएर मात्र जाने भाे जिन्दगी ।
    कल्पनाकाे त्यो कहर  पलाएर मात्र जाने भाे जिन्दगी ।
    परिस्थितिकाे दास भाे याेजना नेतृत्वको भरमा पर्दा ,
    अभावकाे वेदनाले गलाएर मात्र जाने भाे जिन्दगी ।
    साझा सुन्दर रहर जलाएर मात्र जाने भाे जिन्दगी ।

    💢भवानी घिमिरे
         सर्लाही ।

    पञ्चाङ्ग   ०९

    रुखो हृदय पनि पलाएर आयो
    हरियो त्यो रुखले फलाएर आयो
    अमिट छाप धरामा छाड्नु जीवन
    जीव, तरु, मानव चलाएर आयो
    रहर नै मनमा पलाएर आयो।

    💢सरिता काफ्ले,  कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १०

    किन मेरो मनलाई आज  गलाएर  गयौ
    माथि उठ्न नसकिने गरि  ढलाएर  गयौ
    हेर विश्वास गर्नु मेरो गल्ती भएछ क्यार!
    संसार सारामा भुइँचालो चलाएर गयौ
    हृदयको चाहना त्यतिकै जलाएर गयौ

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग    ११

    भित्र भित्रै रिसले  मुटु जलाएर गयो
    आज उसलाई सुटुक्क छलाएर गयो
    बाहिरबाट हेर्दा दुइटै मिलेकै थिए
    तर पनि के भयो आज गलाएर गयो
    पत्यार नलाग्ने गरी घर ढलाएर गयो।

    💢सरस्वती श्रेष्ठ इटहरी ।

    पञ्चाङ्ग    १२

    वसन्तपछि ती पालुवा हरिया पलाएर गए
    आए भमरा नाची बागमा फूल चलाएर गए
    एक अर्काको सहयोगले प्रकृति बनेछ
    अनायास बोटहरूमा बिजन फलाएर गए
    पुगेछ प्रकृति भोग्न छाडे, मन जलाएर गए ।।

    💢सविता के.सी., काठमाडौँ ।

    पञ्चाङ्ग    १३

    बिख फलाएर गयौ ।
    देह ढलाएर गयौ ।
    आफन्तले घात गरे,
    छुरी चलाएर गयौ ।
    मुटु जलाएर गयौ ।

    💢आर्त अकुलीन, कैलाली ।

    पञ्चाङ्ग   १४


    दाजुभाइ  माया  प्रीति जलाएर छाड्यो
    व्यर्थैमा  गोली  बारुद  चलाएर  छाड्यो
    यस्तै  रैछ  संसारमा  दैवको  यो  लिला
    खोजेको  थियो शासन  छलाएर छाड्यो ॥

    हातीछाप पक्का घर पलाएर छाड्यो
    जनताका आँखाहरू छलाएर छाड्यो
    एकार्कामा हाना थाप गर्दा गर्दै पनि
    लोक फाटो गराएर दलाएर छाड्यो
    ढलिगाको धरहरा फलाएर छाड्यो ॥

    शुद्धशान्ति इतिहास गलाएर छाड्यो
    सारा देशवासीलाई दलाएर छाड्यो
    जनताका  सुखदुःख  विना  मतलव
    कुर्सीखेल राजनिती चलाएर छाड्यो
    पूर्खा पुस्ता इतिहास ढलाएर छाड्यो ॥

    💢गुणनिधि घिमिरे, पाँतथर मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग    १५

    म माया लाउँछु भन्दै पीडामा गलाएर गयौ ,
    स्थिर थियो मेरो मन तिमीले चलाएर गयौ ।
    बिछ्याइएका धेरै सपनाहरू चुँडिएका छन्
    अनगिन्ती मनका आशालाई ढलाएर गयौ
    साटिएका प्रेमपत्र तिमीले जलाएर गयौ ।

    💢दुर्गा आचार्य, मोरङ ।

    पञ्चाङ्ग   १६

    फेद भुल्यौ  तिमी टुप्पैबाट पलाएर गयौ
    भित्र भित्रै यो मनमा छुरि  चलाएर गयौ
    धनको पछि लाग्दै गयौ पवित्र मन तोडी
    धमिराको देवल झैं तन गलाएर गयौ
    घायलपारी यो मुटुलाई जलाएर गयौ ।

    💢चेतना पोखरेल, मोरङ ।

    पञ्चाङ्ग    १७

    खुसी मन हुँदाहुँदै दुःखको बह ढलाएर गई
    आँखाको आँसु भुइँमा झर्न नदिइ छलाएर गई
    हाँस्न खोज्दै थिए सबै पीडालाई भुलाइ अन्त कतै
    नशाले सिएको घाउ नुन छर्केर जलाएर गई
    गुलाफको फूलमा पनि काँडैकाँडा फलाएर गई  ।

    💢अम्विका अधिकारी, झापा विर्तामोड ।

    पञ्चाङ्ग    १८

    दियो बत्ती जलाएर जाऊ प्रिया।
    शत्रु जति ढलाएर जाऊ प्रिया।
    अघि बढ्न शत्रु हुनु पर्छ हाम्रो,
    सबैलाई दलाएर जाऊ प्रिया।
    मेरो दिल चलाएर जाऊ प्रिया।

    💢ह्यारिश ह्याऋसन् , काठमाडौं ।

    पञ्चाङ्ग   १९

    चाेखाे माया गलाएर के पायाै
    छाती मेराे जलाएर के पायाै
    कसम झुटा साबित बनाइ
    प्रेम हाम्रो ढलएर के पायाै
    विष त्यहाँ फलाएर के पायाै ।

    💢रामराजा के. सी. ,फर्पिङ, काठमाडौं  ।

    पञ्चाङ्ग    २०

    मन भित्र छुरा चलाएर  गयौ प्रिय
    यी तस्वीरहरू जलाएर गयौ प्रिय
    तिमीलाई विश्वास गर्नु नै भुल भयो
    किन यो शरीर ढलाएर गयौ प्रिय
    मिठो कुरा गरी छ्लाएर गयौ प्रिय ।

    💢आर्मित्मा थापा मगर
    स्याङ्जा ।

    पञ्चाङ्ग   २१

    प्रेमिल अंकुर गलाएर नजाऊ तिमी
    मेरो मन मुटु जलाएर नजाऊ  तिमी
    सँगै मर्ने र बाँच्ने कसम खाएर हिजो
    आज सबै वाचा ढलाएर नजाऊ तिमी
    हृदयमा छुरा चलाएर नजाऊ तिमी ।

    💢सुशीला पौडेल ।

    पञ्चाङ्ग   २२

    शुरामा  निरासा  चलाएर  हिड्याै
    ननिभ्ने छ पीडा जलाएर  हिंड्याै
    सहारा   लिएछाै  नचल्ने  घडीकाे
    पुरानाे  सुशिक्षा  गलाएर   हिड्याै
    निभेकाे छ ज्वाला बलाएर हिड्याै।

    💢सुरेश चन्द्र घिमिरे

    पञ्चाङ्ग      २३

    स्वार्थ पूर्ति भएपछि दोषी बनाउन भलाएर गयौ
    बिना कसुर तिमीले अाज दुखी अात्मा जलाएर गयौ
    सोझो मन भएन कहिल्यै नजर तिम्रा टेढा ति कति
    बलियो, कसिलो सम्बन्धलाई बेसरी गलाएर गयौ
    आखिर हेर्दाहेर्दै दोषै दोषको फल फलाएर गयौ ।

    💢निर्मला सुवेदी, बागलुङ।

    पञ्चाङ्ग    २४

    तिम्रो मेरो प्रेमको निशानी जलाएर गयौ
    आफैँ बनायौ मायाको घर ढलाएर गयौ
    भयो नछाम ढुकढुकी श्वास चलिरहेछ
    थाके जीवनदेखि मलाई गलाएर गयौ
    बन्छु भन्थ्यौ मुनाकी मदन छलाएर गयौ  ।

    💢पुष्पा नेपाल  (सुवेदी )
          इलाम

    पञ्चाङ्ग   २५


    प्रेमको दीपक जलाएर गयौ
    रोपेर बिरुवा फलाएर गयौ
    बटुल्दा भुइँको पोख्यौ की काखको
    मिठा बात गर्दै छलाएर गयौ
    यो यात्रा सुनौलो ढलाएर गयौ ।

    टुप्पोबाट तिमी पलाएर गयौ
    हुकुम दिलमा चलाएर गयौ
    भुलाएर सबै विगतका कुरा
    बलिष्ठ यो मन गलाएर गयौ
    घाउमा नुनिलो दलाएर गयौ ।

    💢पद्मा रिजाल, बाँके कोहलपुर ।

    Leave a Reply