पञ्चाङ्ग चित्रपटको १२ औँ भाग सम्पन्न

  • ११ बैशाख २०७९, आईतवार २३:१७ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========
    पञ्चाङ्ग चित्रपट : भाग: १२
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/०८

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सविता के.सी.

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू
    हार्दिक नमस्कार ।

    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं   शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    चित्रपट पञ्चाङ्ग   ०१

    बिचरा ती बचेराको खाली पेट  हुँदो  होला
    साँझपख माउ आई दु:ख मानी रुँदो होला
    प्राण लिई जन्मेपछि प्राणी सबै उस्तै हुन्छ
    बाचेको कि मरेको हो भनी आई छुँदो होला
    जिन्दगीको सारा दुःख आफू आफैं धुँदो होला ।

    गुणनिधि घिमिरे,  पाँचथर मोरङ हाल अमेरिका ।

    चित्रपट पञ्चाङ्ग  ०२

    खुल्ला आकाशको घरमा बसेकाछन् बचेराहरु
    दुश्मनहरुको   डरमा  बसेकाछ्न् बचेराहरु
    आमाले कति खेर आहारा ल्याउलान् भनेर यहाँ 
    यिनै आहाराको भरमा बसेकाछन् बचेराहरु
    रहर  होइन करमा बसेकाछन् बचेराहरु   ।

    आर्मित्मा थापा मगर, स्याङ्जा ।

    चित्रपट पञ्चाङ्ग   ०३

    जिन्दगी जिउन गार्‍हो छ सबलाई अभिभारा उही
    असहाय  हुनु  विकल्प के  रोज्नै पर्ने  सहारा उही
    सृष्टि  यहाँ  धान्नु पर्ने , आमाले सबै तिर जान्नु पर्ने
    निर्भर  हुन  संघर्षबाट  त्यो  उठ्नै  पर्ने  सारा उही
    प्रकृतिले  बचाउँछ  र  गिजाउँछ  भाइचारा  उही ।

    प्रेम थापा “मन” बागलुङ ।

    चित्रपट पञ्चाङ्ग   ०४

    जिन्दगी भोग्न नै कठिन पार्यो बिचरा
    खोजी आहारा खुबाउँदै टार्यो बिचरा
    पुग्दो हो आहारा खोज्न रन वन सारा
    सिकारीको  झम्टालाई टार्यो बिचरा
    बचेराको  जीउ कष्टले तार्यो बिचरा ।

    सरिता काफ्ले कोहलपुर बाँके ।

    चित्रपट पञ्चाङ्ग    ०५

    बचेरा   छोडी  दाना  चुन्न जानू पर्छ
    आफू   बच्चाहरूले  पनि खानु पर्छ
    कठै  हावा   हुरिमा  बिचल्ली हुनेछ
    आफ्नै चोँचमा दानापानी लानु पर्छ
    कहिले  सामुन्ने  प्रचण्ड   भानु पर्छ

    सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया ।

    चित्रपट पञ्चाङ्ग   ०६

    कठै ती बचेराहरू कति रुदा होलान्
    माउ आउँदा  खेरी सुम्सुम्याउँदा होलान्
    खुल्ला आकाश मुनि घर बनाई बसेका
    झरी बादल नभनी आफै धुँदा होलान्
    बा आमाको खोजीमा गुन्गुनाउँदा होलान्।

    सरस्वती श्रेष्ठ, इटहरी ।

    चित्रपट पञ्चाङ्ग    ०७

    आकाश उनको घर भयो
    रूख  नै उनको भर भयो
    बिचरा   नपखेटा नआमा
    बाच्नलाई  झन डर भयो
    खसे   मरिने  कहर भयो ।

    सुमित्रा पोखरेल,  काठमाडौं ।

    चित्रपट पञ्चाङ   ०८

    नछ आफ्नी आमा न छ कुनै भर बच्चालाई
    ज्यान बचाउन सिकारीको डर  बच्चालाई
    सत्रु  घाम पा  नी हुरी  बतास असिनाबाट
    जोगाउन  ठुलो त्यही  रुख  छर बच्चालाई
    बचाउन   प्रकृतिले  रक्षा गर  बच्चालाई ।

    तारा घिमिरे, संखुवासभा ।

    चित्रपट पञ्चाङ्ग   ०९

    यो बिहान जिउने आधार !
    छ ओछ्यान जिउने आधार !
    बाबा आमा जिवित ईश्वर ,
    छन् ईशान जिउने आधार !
    यी सन्तान जिउने आधार !

    आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग   १०

    सबैतिर अग्ला घर प्वाल छैन कतै हेर वसन्तमा
    गुँड बनायो उडाई लान्छ मिहिनेत खेर वसन्तमा
    कठै खुला ठाउँ, झाल खोजी गुँड बनायो कोरल्न फुल
    त्यहीँबाट पनि त दुःख दिए बस्न पाएन धेर वसन्तमा
    कहाँ जीवन काट्लान् बचेरा सोच एक फेर वसन्तमा ।

    सविता के.सी. काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ११

    चारो खोज्दै आमा तिमी फाँटमा झर्यौ कि
    हतारोमा  ~~शिकारीको  जालमा पर्यौ कि
    टुहुरा,  ~~~अनाथ  हुनु   नियत भो हाम्रो
    हाम्रो खुशी ~खोज्दै बाबा मुग्लान तर्यौ कि
    स्वर्ग जस्तो  ~~घर बिर्सेर  भूल   गर्यौ  कि ।

    पुष्पा नेपाल  (सुवेदी ) इलाम ।

    चित्रपट  पञ्चाङ्ग   १२
    मुसा दौड्न थाले पेटमा कहाँ छौ आमा
    चारा लिई आऊ है छिट्टै जहाँ छौ आमा
    प्रतीक्षामा बसेका छौँ आँखा बिच्छाएर,
    सक्ने भए आउथ्यौँ जहाँतहाँ छौ आमा
    धर्तीमा लिई आयौ तिमी महा छौ आमा ।

    वसन्त अनुभव, दाङ्ग ।

    चित्रपट पञ्चाङ्ग    १३

    रमाई बाँच्ने कला सबैमा दिएकाे छ प्रकृतिले
    खुलेर हाँस्ने कला सबैमा  दिएको छ प्रकृतिले
    हाँगाकाे सहारामा कति बचेराले जीवन पाए
    पिरती गाँस्ने कला सबैमा दिएकाे छ प्रकृतिले
    अधर्म मास्ने कला सबैमा दिएको छ प्रकृतिले ‌ ।

    भवानी घिमिरे, सर्लाही ।

    चित्रपट पञ्चाङ्ग    १४

    मिहिनेत गरेर आफ्नो बच्चा पाल्छन् माउले
    बस्ने ठाउँमा गुँडलाई सधैँ  टाल्छन्
    माउले
    आकाशमा उडेपनी माया हुन्छ धर्तिको
    आधा पेट खाएरनी  मुखमा  हाल्छन् माउले
    आँखाबाट दुष्ट दुश्मन सधैँ फाल्छन् माउले ।

    सुशीला पौडेल ।

    चित्रपट पञ्चाङ्ग   १५

    बिना अाेत अाकास नियाल्दै बसेका छन्  बच्चाहरू
    हावा  हुरी  चल्दा  जमिनमा  खसेका छन्  बच्चाहरू
    हुर्कंदै   जाँदा  वाह्य  शत्रुकाे  पनि उत्तिकै  त्रास  छ
    चारा खान  ढिला  भए चुच्चाे धसेका छन् बच्चाहरू
    अामाकाे अगाध माया भित्र पसेका छन् बच्चाहरू

    सुरेश चन्द्र घिमिरे, लमजुङ ।

    चित्रपट  पञ्चाङ्ग     १६

    चारो खोज्नुपर्छ बचेरा ती पाल्न हजुर
    अँध्यारोमा सक्नुपर्छ बत्ती बाल्न हजुर
    मरि जाने मानव चोला लानु केही होइन
    संकुचित विचार सक्नुपर्छ फाल्न हजुर
    अब हिम्मत गर्नुपर्छ यात्रा थाल्न हजुर ।
    निर्मला सुवेदी, बागलुङ।

    चित्रपट पञ्चाङ्ग   १७

    बचेरा भाेकैछन् खाना छैन
    पेट  भर्नलाई  दाना  छैन
    हवाहुरी चल्छ त्यहाँ पनि
    ओत लाग्न जहाँ छाना छैन
    नाङ्गै छन्  तिनकाे नाना छैन ।

    नवराज भट्ट, महेन्द्रनगर ।

    चित्रपट पञ्चाङ्ग   १८

    जसरी भए पनि बचेरा  हुर्काउनै  पर्ने
    जानेरै गल्ती बोलेर पनि फुर्काउनै पर्ने
    जिम्मेवारी बहन गर्न पनि मुस्किल पर्छ
    प्यास मेट्नै भएपनि  थोपा तुर्काउनै पर्ने
    अभिभावक  गलामा गाँठो सुर्काउनै पर्ने ।

    जमुना आचार्य, सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग   १९

    आमा तिमी कहाँ छौ ? आउ है छिट्टै
    लाग्यो भोक जहाँ छौ  आउ है छिट्टै
    व्याधा ताक्छ गुलेली बनी निष्ठुरी
    के गरुँ ? आमा यहाँ आउ है छिट्टै
    रहेछ पापी महाँ आउ है छिट्टै ।

    गीता अर्याल, नेपालगन्ज ।

    Leave a Reply