पञ्चाङ्ग चित्रपट ========= पञ्चाङ्ग चित्रपट : भाग: १४ लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१ मिति: २०७९/०१/२२
प्रशिक्षक : ———— सोमनाथ लुइटेल “रवि पाल्पाली” नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक —————- सविता के.सी.
समायोजन ————- 👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको एघारौं शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट =========
पञ्चाङ्ग ०१
म नै ठूलो छु भनी अझै सबैमा उत्तम हुन्छ कहाँ पटकै पिच्छेको त्यो दम्भले सबैको मन छुन्छ कहाँ गुणवान कहेर चुप्प लाग्छ थुप्रै अन्याय सहेर परीश्रमीले पौरख गर्छ, बसाहा कुरा गुन्छ कहाँ आफू आफैलाई भए मख्ख छ अर्कोलाई चुन्छ कहाँ ?
💢प्रेम थापा “मन”बागलुङ ।
पञ्चाङ्ग ०२
आकारले सानो ठुलो जोख्ने गर्नु हुन्न वलभन्दा बुद्धि ठुलो अघि सर्नु हुन्न दम्भ मनमा पाली आन्याय किन गर्छौ? गुणवान् बनौँ कम्जोरी त भर्नु हुन्न आफू मात्र जङ्घारको बाटो तर्नु हुन्न।
💢सरिता काफ्ले कोहलपुर बाँके ।
पञ्चाङ्ग ०३
वलको घमण्ड कहिल्यै नगर्नु होला सर्वश्व अर्काको कहिल्यै नहर्नु होला हुॅदैन विजय दम्भको कदापी यहाँ बुद्धिविना अघि कहिल्यै नसर्नु होला सानो भनि कहिल्यै अघि नपर्नु होला ।
💢सरस्वती श्रेष्ठ, रुपन्देही बुट्वल ५ ।
पञ्चाङ्ग ०४
वर्गाकार पनि सानो ठुलो छ कर्मको फल जोखिने तुलो छ आकारमा देखिएका धेरै छन् अपनत्व गर्नेमा त फुलो छ सानैले छोडेको राम्रो कुलो छ
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग ०५
सानाे भनेर न हेपाैँ जाेख्दा धेर हुन सक्छु सधेैँ न ढाँट यसाे गरे अटेर हुन सक्छु तिमी ब्रह्माण्ड जस्तै छाै तर म मुसुनाे जस्ताे भए नि तिमीलाई पछार्ने सेर हुन सक्छु पहिले नै तिमी झरेमा म बेर हुन सक्छु
💢ताेयानाथ सुवेदी, काँडाघारी,काठमाडौं ।
पञ्चाङ्ग ०६
सानो ठुलो छुट्टाउन जोख्ने तुलो भए हुन्थ्यो बातले मात्र हैन कर्मले ठूलो भए हुन्थ्यो आफू जाती अरु नजाती भन्ने यस्तै चलन महल हैन स्वाभिमानको धुलो भए हुन्थ्यो ग्यास चुल्हो होइन माटाको चुलो भए हुन्थ्यो।
💢निर्मला सुवेदी, बागलुङ ।
पञ्चाङ्ग ०७
१ ~~~~~~~~~~~~~~~~~ कमिलाले टोक्यो भने हात्ती रुन्छ अरे माउतेले किला ठोक्दा गिदी छुन्छ अरे कोही भन्छन् जै गणेश कोही जोख्छन् तुलो हाती चढी कमिलो नै ठुलो हुन्छ अरे तौल गर्दा तलमाथी तुलो हुन्छ अरे ॥ २ कमिलाको तौल हातीभन्दा ठुलो भए कमिलाको जस्तै हात्ती बस्ने दुलो भए विश्व पनि खलबल हुने थियो साथी हात्ती टेक्छ कमिला ती कहाँ धुलो भए कमिलाले नखोलेको कतै चुलो भए ॥ ~~~~~~~~~~~~~~~~~ 💢गुणनिधिघिमिरे, पाँचथर मोरङ हाल अमेरिका
पञ्चाङ्ग ०८
मन रटेको राम्रो जन खटेको राम्रो खास वेदना सारा दु:ख कटेको राम्रो दम्भ हटेको राम्रो ।
💢आर्त अकुलीन देवाश्रम, कैलाली ।
पञ्चाङ्ग ०९
हेर यहाँ खपिनसक्नुकाे अचम्म अति भयो रे अब त । हात्ती भन्दा कमिलो गह्रौं हुने कस्तो गति भयाे रे अब त । भन्नेले भन्छन् फुलेको फूल मुस्कुराउँदा दिक्क लाग्छ अरे काल समय उही छ साेचमा उल्टो मति भयाे रे अब त । सत्य भन्ने वस्तु त युधिष्ठिरसँगै सति गयो रे अब त ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १०
साइजमा सानो ठुलो भन्ने बानी छ सानोलाई तुला जोख्ने खानी छ आकारमा यसरी नजोख बुद्धिले साइजमा ठुलो हात्ती सानो नानी छ सानो ठुलो दुवै शरीरमा पानी छ
💢सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग ११
खाद्य जोगाउने अल्पाहारी हुन्छन् पिपीलिका एकताका महान् विद्याधारी हुन्छन् पिपीलिका स्थूल शरीरका मत्ता-हात्ती भन्दा पनि बढी लावालस्करमा आज्ञाकारी हुन्छन् पिपीलिका बुद्धिमा श्रममाजोख्दा भारी हुन्छन् पिपीलिका।
💢रामशरण न्यौपाने, भक्तपुर ।
पञ्चाङ्ग १२
कमिलाको तौल बढ्यो के गरेर आज हात्ती झुन्डियो देखाऊ ल झारेर आज शरीरले मात्र नहुने रहेछ यहाँ तौल बराबर हुने के भरेर आज अचम्मको तमासा बुद्धि छरेर आज ।
💢सविता के.सी. काठमाडौं ।
पञ्चाङ्ग १३
तिल पनि थुपार्दिँदा त पहाड हुन सक्छ सानै भएनि साबुन ठुलो लुगा धुन सक्छ वजन कमि हुँदैमा महत्त्व कम हुँदैन सानाले दिने चाेटमा ठुला पनि रुन सक्छ आकाशले नि कुनैदिन पाताल छुन सक्छ ।
💢रामराजा के.सी. फर्पिङ, काठमाडौं ।
पञ्चाङ्ग १४
कमिलाभन्दा हात्ती बलियो रहेकै छ त्यही कमिलाले गर्दा ज्यान गएकै छ सानो जन्तु भनि हेला गर्नु हुन्न कैले हात्तीको जङ्गल भरी यात्रा चलेकै छ कमिलाले बाँच्न खाना बोकि लगेकै छ ।
💢देवकी के.सी. बिरगंज ।
पञ्चाङ्ग १५
सानो भएर पनि सानै किरो हो हात्तीको सामुन्ने त साँच्चै जिरो हो तुच्छ नसम्झनु कमिलोलाई नि हात्तीको निमित्त कमिलो पिरो हो कमिला महिनेती अनि हिरो हो
💢सोमनाथ लुइटेल “रवि पाल्पाली” ।
पञ्चाङ्ग १६
कमिला र हात्ती पनि साथी हुन सक्छन्् माैका हेरी काेही तल माथि हुन सक्छन् प्राकृतिक उपहार हर बस्तु थरीथरी , गुण खाेजे काेही माना पाथी हुन सक्छन् ज्ञानी गुनी ठान्दा ठान्दै हुन सक्छन् ।
💢चन्द्रावती अधिकारी, बाँके कोहलपुर
पञ्चाङ्ग १७
वलको घमण्ड गर्नु हुन्न कहिल्यै यो मन दम्दले भर्नु हुन्न कहिल्यै मै हुँ भन्नेले धोका पाएकै देखिन्छ बिना बुद्धि अघि सर्न हुन्न कहिल्यै मत्ता हात्ती अघि पर्न हुन्न कहिल्यै ।
काठमाडौ, २४ बैशाख । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३२औँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ५० जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ३२औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको टुक्का
नभन्नु होला मलाई थुइक्क मोरा ! असत्तीले गर्नुगर्यो, हेर्नुस् साम दाम अपनाएर भए नि चुनाव जित्नै पर्यो । ✍️ वसन अनुभव
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] निष्पक्ष भई चुनाव लड्दा हारिन्छ कि जालझेल गराैँ, दलिय गठबन्धनमा राष्ट्रिय ढुकुटीले भुँडी भराैँ । ✍️ ताराप्रसाद चापागाईं धुनिबेसी, हाल प्रवास ।
[५] तिमी जस्तो मान्छे नेता हुँदा हाम्रो देशको भविष्य के होला? आमाको गाँस बाबाको कपास बेच्दा पितृदेव कति रोला ! ✍️ रतन पाण्डे’पारतन’ दार्जीलिङ।
[६] भ्रष्टाचारबाट मात्र धन आर्जन हुन्छ, गरिब जनतालाई कसले मान्छे गन्छ । ✍️ भगवती दवाडी दमक ,झापा
[७] पाँच वर्ष सहिदिन्छु चुपचाप चाेटमा, खै के भन्नू मेरै भाेट बिकेपछि नाेटमा ! ✍️ निरज काेइराला बेलका १ हाल इटहरी
[८] अलिअलि गल्ती गर्छौ तिमी सबैको नेता, तिम्रो आडमा बनाउॅंछन् कालो धन सेता। ✍️ म्यामराज राई भोजपुर
[९] न हर्ष न विष्मात गाउँमा चुनाव आयो, नेताले ललाइ फकाई मात्र भोट पायो। ✍️ सुरेशकुमार पान्डे। दाङ घोराही१८
[१०] बाहिर हेर्दा ठिकै देखिन्छौ, भित्र चलाउँछौ छुरा, भयो कती गर्छौ अब त छोडिदेऊ नहुने कुरा। ✍️ अनुग्रह राना मगर ‘पुष्प’ संखुवासभा हाल मलेसिया
[११] खर्चको जोहो नगरी चुनाव जितिन्न खोजेर पनि चाहेजति खर्च गर्छु, बस जित्नु पर्छ मैले नाथे पैसा त त्यसपछि सातपुस्ता पुग्ने गरि भर्छु। ✍️ शंकर कार्की थाहा ३मकवानपुर
[१३] जसरी होस् चुनाव जित्ने मेरो लक्ष्य धोको , सबै हर्कत अपनाउँला काटेर बोको । ✍️ रामजी लामिछाने पोखरा २७
[१४] जसरी पनि मैले नै चुनाव जित्नै पर्छ, कुर्सी खुस्किएमा फेरि उसैले मोज गर्छ ! ✍️ बिबस पारदर्शी भद्रपुर – झापा
[१५] भर्खर भर्खर बहुदल आएको, बल्ल नेताहरूले के के न पाएको । ✍️ गुणनिधि घिमिरे
[१६] तल्लीन छन् नेताज्यू जनतालाई दु:खपीडा भोगाउन, साम दाम दण्डभेद अपनाउछन् प्रतिष्ठा जोगाउन। ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[१७] साम दाम अपनाउनै पर्याे, चट्ट चुनावमा उठेपछि, उठाउनु पर्छ खर्च फेरि, यसरी चुनावमा जितेपछि ! ✍️ गोपाल कृष्ण डंगोल इटहरी, प्रदेश १
[१८] बाध्यता भो गति मति नछाडेर के गरौँ, चुनाव नै जन्म मृत्यु मेरै बाकस भरौँ। ✍️ होम प्रसाद धरान,सुनसरी
[१९] अहिले गर्छौ म्याउँ म्याउँ, जितेपछि हाउ, होला पक्कै उहीँ तिम्रो त कमाउने दाउ । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२०] पुर्खाले दिएको बिर्ता जस्तो, नेतालाई हरेक चुनाव भयो, पाँच वर्षमा बल्ल जनताको घर आयो, मुख देखायो गयो । ✍️ राजेशराज गड्तौला रतुवामाई- १०, मोरङ, हाल- प्रवास
[२१] समृद्धिको धागोमा अब सुखको माला उन्नुहोस् आउँछ जान्छ चुनाव त असल नेता चुन्नुहोस्। ✍️ बि कुलुङ दार्जिलिङ, भारत
[२२] भन्दैनौँ है थुक्क मोरा!असत्तीलाई फेसो, भोट दिने बेलामा चैँ मिलाउँला नी मेसो । ✍️ ईशहाक हुसैन जितपुर सिमरा १४ बारा हाल- बुटवल फुलबारी
[२३] धाँधलीरहित चुनाव भन्न सायद नहोला, असलले हारे खराबले जिते मन नरोला ? ✍️ तारा घिमिरे सङ्खुवा सभा
[२४] चुनाव जित्न अनेकन् जालझेल गर्छु , विकासको नाउँमा म , आफ्नै खल्ती भर्छु । ✍️ बुद्धिमान चौधरी सुरुङ्गा ४ झापा
[२५] चुनाव त मैले जित्नैपर्छ अरूलाई हराएर, के फरक गर्छ र पछि भेँडे जनता कराएर। ✍️ परिक्रमा श्रेस्ठ धरान- सुनसरी !
[२६] भ्रष्टाचार गर्ने नेतालाई नदिऔँ है भोट, जसले जनतालाई सधैँ दिन्छन् चोटै चोट । ✍️ भगवती दवाडी
[२७] ढाँटी चुनाव जितेर गर्छु माेजमस्ती, गर्दैछु दु:ख अहिले डुली गाउँ बस्ती । ✍️ रामप्रसाद पुरी खाेटाङ,बादेल
[२८] धाकधम्की साम दाम अपनाएर विजयी हासिल गर्नु राम्रो होइन, त्यस्तो जीत प्रति धिक्कार छ नेताज्यू, झुठको त्यो खेल खेल्दा मन रोइन। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[२९] अब चल्दैन तिम्रो- साम,दाम, दण्ड र भेदको नीति, जागीसके जनता, सकिन्छ अब भ्रष्टहरूको मिति। ✍️ अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
[३०] नेपालमा हुन्छ हुन्छ भनेपछि ढुक्क हुनु साथी, मत देऊ जनता सुटुक्क पुग्छु संसदमा माथि । ✍️ मनोहरी पौडेल गैडाकोट १
[३१] चुनावभरि जनताले सुख भोग्छन्, घरदैलो सरकारले खुट्टा ढोग्छन् । ✍️ रिजाल विनोद
[३२] यसपाली पनि चुनाव हजुर पैसाले जित्न गए, भोकाएका भेडियालाई मासुभात खुवाउने भए। ✍️ लक्ष्मी श्रेष्ट बिर्तामोड झापा
[३३] दारु पानीमा फसाउलान् नसाट्नु होला भोट, राम्रालाई होइन है ,हाम्रालाई पुगोस् चोट । ✍️ राम रावल सागर कैलाली
[३४] देशको मुहार फेर्नेहरू आफ्नै पेट भर्छन्, वृद्ध भत्ते बुढाहरू कुर्सि माथि राज गर्छन् । ✍️ विष्णु कुमार भारत
[३५] लम्कीझम्की गरेरै भए पनि, चोचोमोचो मिलाइन्छ, सत्ता स्वार्थ प्राप्तिका खातिर, फाटेको मन सिलाइन्छ। ✍️ प्रदीप के रिमाल इटहरी,सुनसरी
[३६] मान्छे होइन उसको व्यवहार हेरर दिनु भोट, हतारमा हालेका मतले पछिसम्म पर्छ नि चोट। ✍️ सम्झना कुबर (कुसुम)
[३७] कुर्सीको निम्ति सडकमा ढुङ्गा हानाहान, आफ्नो स्वार्थ पुराउन छि: झन्डा तानातान । ✍️ प्रेम शर्मा “एकान्त प्रेमी “ कालेबुङ,दार्जिलिङ
[३८] जति गर्न सक्छौ नेता यस्तै गरी जित्दै जाऊ, जितेपछि बजेटले आफ्नै भुॅडी भरी आऊ। ✍️ सरस्वती श्रेष्ठ
[३९] जालझेल बिना हिजोआज चुनाव जित्नै हुन्न, जितेपछि मालामाल, पाँचवर्ष कसैले छुन्न । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा
[४०] जब आउछ चुनावकाे माहोल तातिएर , तब हिड्छाै घरदैलोमा बिल्कुल दौडिएर । ✍️ रामकृष्ण दुवाडी पाेखरा ।
[४१] यसपाली दुईचार लाख खुस्के खुस्केला, दौडधुप गर्नै पर्यो धोती फुस्के फुस्केला । ✍️ प्रेम थापा “मन “ बागलुङ
[४२] रातारात बाजी लाग्छ नोटको बिटो दिदै, चिने पनि सच्चा नेता बिर्से हातमा लिदै। ✍️ दुर्गा आचार्य मोरङ
[४३] झुठो आश्वासन देखाएर भोट माग्यो, जितेपछि देश लुटी आफ्नो बाटो लाग्यो । ✍️ आर्मित्मा थापा मगर स्याङ्जा
[४४] कसैको करकापमा नपरी भोट दिन जानुहोला, राम्रोलाई छान्नु नराम्रो छाने फेरि धोका खानुहोला । ✍️ अम्विका अधिकारी झापा विर्तामोड
[४५] राजनीतिमा धेरै बढ्याे नेताहरूकाे भाउ, जालझेल गरि चुनाव जित्न खाेज्दैछन् दाउ। ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही १४ बुटवल
[४६] झुठो आस देखाएर जनतालाई जित्नुपर्याे चुनाव, जितेपछि गाउँ फर्किन्नाै पाँच वर्षलाई पुग्छ हिसाव। ✍️ रामकृष्ण रिजाल बाग्लुङ
[४७] असल नेता चिनेर हाल्नु भोट, नोटमा मत बेचे पाइन्छ चोट। ✍️ बिके मुखिया सिग्रीमताम बस्ती, दार्जीलिङ, भारत।
[४८] निष्ठावान राजनीतिले आज घाटा गर्याे , पापीलाई भो फलिफाप यो के देख्नु पर्याे । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
[४९] चुनाव अघि जति गाली दिएपनि ,निहुर्याउछु शिर , जितेर सत्ता हत्याए आफू मैमत्त, जनता गर्छन् पीर । ✍️ प्रद्युम्न चालिसे
[५०] माथिबाट आदेश आयाे मत यसलाई हाल्नु, नियत ठिक छैन उसको पर्यो नि खेर फाल्नु । ✍️ शर्मिला खतिवडा विर्तामोड ,झापा
अल कासिम साउदी अरब ! एनआरएनए क्षेत्रीय समन्वय समिती अल कासिम साउदी अरबद्वारा आयोजित ८ औं बार्षिक उत्सब साथै इदको शुभकामना आदानप्रदानका साथमा श्रमिक अन्तर्कृया कार्यक्रम गत ६ मे २०२२ शुक्रबारका दिन अल कासिम बुरैदाको एक इस्तरहामा भब्यताका साथ सम्पन्न गरेको छ ।
संस्थाका अध्यक्ष रम्जानदिन मियाँको सभापतित्वमा र नेपाली महाबाणिज्य दूतावास जेद्दाका का.बा. महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु को प्रमुख आतिथ्यमा तथा नेपाली दूतावास रियादका तृतीय सचिब नरेन्द्र बि.क. ज्यु को बिशिस्ट आतिथ्यमा सचिब ध्रुब कटुवाल तथा सह सचिब सिद्दी श्रेष्ठ द्वारा संचालित करिब ७० जना श्रमिक उपस्थित उक्त कार्यक्रममा एनसिसिका नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, निवर्तमान युवा संयोजक राज कुमार श्रेष्ठ, सदस्य बिष्णु रावल, बुरैदा इस्लामिक सेन्टरका गुरु अलि हुस्सेन मियाँ, कासिम फुटबल टिमका म्यानेजर सुमन दाहाल लगायतका बिशिस्ट ब्यक्तिहरु अतिथिमा आसिन रहनु भएको थियो ।
नेपाली राष्ट्रिय गान सँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष काजिमान कन्धङ्वाले स्वागत मन्तव्य दिदैं बड्दो श्रमिक समस्या समाधानमा सकृय हुने बिषयलाई दूतावासका प्रतिनिधिहरु माझ राख्दै सबैजना उपस्थित पाहुनाहरुलाइ स्वागत गर्नु भएको थियो ।
अतिथि गणहरुद्वारा कार्यक्रम उद्घाटन गरिए पछि संस्थाका सचिब ध्रुब कटुवालले एकबर्षे २७ बुँदे लामो कार्यप्रगती विवरण र संस्थाका सह-कोषाध्यक्ष वीर बहादुर तमाङले एक बर्षे कोष विवरण प्रस्तुत गरेका थिए।
मन्तव्यका कार्यक्रममा अतिथि अलि हुसेन मियाँले इदको शुभकामना सहित इदको जानकारी तथा महत्त्व बारे जानकारी गराएका थिए भने अतिथि बिष्णु रावल, राज कुमार श्रेष्ठ, बिशाल श्रेष्ठले आरसिसि अल कासिम टिमले एक बर्षे कार्यकालमा धेरै श्रमिक समस्या समाधान गर्दै सफल भएकोमा बधाई दिदै सम्पुर्णमा इदको शुभकामना दिएका थिए । अतिथि राज कुमार श्रेष्ठले भिसा डिमान्ड पेपर अप्रुभल दिनु अगाडी कम्पनीको बारेमा भौतिक रुपमा कम्पनीमानै गएर बुझ्ने र सहि र सत्य भए अप्रुभ दिन दूतावासलाई अनुरोध गर्नु भएको थियो त्यसै गरि अतिथि बिशाल श्रेष्ठले साउदी अरबमा दिनानुदिन श्रमिक समस्या बड्दो अबस्थामा रहेको बिकराल अबस्था शृजना हुँदै गएको समस्या समाधान रात दिन नभनी समाधान गर्दै गए पनि दिनानुदिन बड्दै गएकोले समस्या समाधानमा मात्रै फोकस नभएर समस्या आउन नदिने उपायहरु अपनाउन जरुरि रहेको बताउएका थिए ।
कार्यक्रममा मन्तव्यकै क्रममा बिशिस्ट अतिथि नरेन्द्र बि.क ज्यु ले इदको शुभकामना प्रदान गर्दै इलेक्ट्रोनिक राहदानी सम्बन्धमा जानकारी दिदैँ राहदानी नविकरणका गर्न घुम्ती सिविरको लागि प्रक्रियामा गएको र केही महिना मा प्रक्रिया पूरा भएपछि साउदिका विभिन्न ठाउँमा पासपोर्ट नविकरण सेवाका घुम्ती सिविर संचालन गरि श्रमिकहरुलाइ सेवा दिने जानकारी गराउनु भयो ।
कार्यक्रममा श्रमिक अन्तक्रिर्या सम्बन्धमा उपस्थित श्रमिकहरुलाइ समस्या तथा जिज्ञासाहरु राख्न गरिएको अनुरोधमा केही श्रमिकहरु बाट समस्याहरु राखिएका थिए भने संस्थाका अध्यक्षद्वारा संकलित ९ बुँदे श्रमिक सम्बन्धित समस्याहरु जिज्ञासाहरु संस्थाका सचिब ध्रुब कटुवालले दूतावास प्रतिनिधिमाझ राखिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि का.बा.महाबाणिज्यदुत सत्रुधन पोखरेल ज्यु ले कार्यक्रममा उपस्थित हुन पाउँदा खुशी व्यक्त गर्दै निमन्त्रणाका लागि आयोजक टिमलाइ धन्यवाद दिदै उपस्थित सम्पुर्णलाई इदको शुभकामना प्रदान गर्नु भएको थियो । साथै एनआरएनए आरसिसि अल कासिमको ८ औं बार्षिक उत्सब मनाउदै गर्दा गत एक बर्ष सफलताका साथ पूरा गरेकोमा आरसिसि अल कासिम टिमलाई बधाइ प्रदान गर्नु भएको र आगामी दिनहरुमा पनि सफलताको कामना व्यक्त गर्नु भयो ।
कार्यक्रमका दौरान, आयोजक टिम,अतिथि तथा श्रमिकहरुबाट उठेका श्रमिक समस्या तथा जिज्ञासाहरुको सम्बोधन गर्दै सबै जिज्ञासा समस्या समाधान कसरी हुन्छ? कुन प्रक्रिया बाट गर्नु पर्छ सबै कुरा जानकारी गराउनु भएको थियो भने संस्थाका अध्यक्ष मियाँ द्वारा राखिएका श्रमिक सँग सम्बन्धित सबै ९ बुँदे समस्याहरुको जानकारी दिनु भएता पनि यस बारेमा बृहत अन्तर्कृया कार्यक्रम गरिनु पर्ने भएकोले यस्ता बुँदा राखेकोमा खुशी हुँदै सबै बुँदाहरुलाइ समेटेर दूतावासमा इमेल गर्न पनि अनुरोध गर्नु भयो । प्रमुख अतिथि पोखरेलले कार्यक्रम सब्य भब्य रुपमा सफल भएकोमा बधाई दिदैं श्रमिक समस्या समाधानमा कुनै पनि साथ सहयोग गर्न नेपाली दूतावास सदैब तत्पर रहेको र समस्या पर्दा तत्काल दूतावासमा सम्पर्क गर्न हुन पनि अनुरोध गर्नु भयो ।
श्रमिक सेवामा खट्नु हुने केही समितीका उत्कृष्ट ब्याक्तित्व हरु बिशाल श्रेष्ठ, कृष्ण अधिकारी, वीर बहादुर तमाङ, समीर केसी, धर्मेन्द्र कार्की, सबिन श्रेष्ठ हरु लाइ सम्मान गर्दै प्रसंसा पत्र पनि प्रदान गरिएको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति रम्जान दिन मियाँद्वारा कोरोनाद्वारा सृजित अस्त ब्यस्त पछि सामान्य रुपमा फर्किदै गर्दा लामो समयको अन्तरालपछि यो कार्यक्रम गरिएको र सभ्य भब्य रुपमा नै सफल रहेकोमा खुशी व्यक्त गर्दै निमन्त्रणालाई स्विकार्दै आउनु भएका कार्यक्रमका प्रमुख अतिथि महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुधन पोखरेल ज्यु तथा नेपाली दूतावास रियादका प्रतिनिधि नरेन्द्र बि.क ज्यु लाई बिशेष आभार प्रकट गर्दै कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्ण अतिथि गणहरु, संघ संस्थाका प्रतिनिधिहरु, पत्रकारहरु, खेल प्रेमी खेलाडीहरु, विभिन्न सामाजिक अभियन्ताहरु, आरसिसी टिमका सम्पुर्ण कार्यक्रम ब्यबस्थापन पदाधिकारीहरु, उपस्थित सम्पुर्ण जन मानसहरुमा धेरै धेरै धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।
२५ वैशाख, कैलाली । कैलालीको गोदावरी नगरपालिका–७ मा दुइओटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा एक जना घाइते भएका छन् ।से ६ प १८७३ नम्बरको मोटरसाइकल र सुदुरपश्चिम प्रदेश ०१–००९ प ९५ ४६ नम्बरको मोटरसाइकल शनिबार बेलुकी पौने ८ बजे ठोक्किएका थिए ।मृत्यु हुनेमा ९५४६ नम्बरको मोटरसाइकल चालक कैलालीकै बर्दगोरीया नगरपालिका–१ का २८ वर्षीय प्रकाश साउद रहेका छन् ।
दुर्घटनामा परि गम्भीर घाइते भएका साउदको उपचारको क्रममा प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भएका अर्का चालकको पद्यमा अस्पताल अत्तरीयामा उपचार भइरहेको छ ।
काठमाडौ, २४ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५०औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
Social media
तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू