• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

घोराहीमा एमालेका नरूलालले उछिने माओवादीका हेमराज शर्मालाई

  • २ जेष्ठ २०७९, सोमबार १०:२६ मा प्रकाशित
  • दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार नरूलाल चौधरीले अग्रता लिएका छन्। प्राप्त पछिल्लो मत परिणाम अनुसार गठबन्धनका उम्मेदवार नेकपा माओवादीका हेमराज शर्मालाई पछिल्लो समय नरूलालले झन्डै एक हजार मतान्तरणले पछाडि पारेका छन्। घोराहीमा गठबन्धनका उम्मेदवार मेयर शर्माले सुरूदेखि नै अग्रता लिँदै आएको भए पनि पछिल्लो समय नरूलाले उछिनेका हुन्।करिब २६ हजार मत गणना गर्दा नरूलाललाई १० हजार ५ सय ८३ र शर्मालाई ९ हजार ५ सय १ मत प्राप्त गरेका छन्। उपमेयरमा भने गठबन्धनबाट नेपाली कांग्रेसका भूपबहादुर डाँगीको अग्रता छ।डाँगीले १० हजार ३ सय २ मत प्राप्त गर्दा एमालेकी उपमेयर पदकी उम्मेदवार हुमा डिसीले १० हजार १ सय ७५ मत प्राप्त गरेकी छन्। घोराही उपमहानगरपालिकामा ७६ हजार ५ सय २१ मत खसेको थियो।

    Posted in ताजा अपडेटLeave a Comment on घोराहीमा एमालेका नरूलालले उछिने माओवादीका हेमराज शर्मालाई

    कर्मचारीको गतिबिधि शंकास्पद भेटिएपछि बिवाद भई ,पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित

  • १ जेष्ठ २०७९, आईतवार २०:२८ मा प्रकाशित
  • वीरगन्ज, १ जेठ / पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणना कार्यमा संलग्न कर्मचारीको गतिबिधि शंकास्पद भेटिएपछि बिवाद भई मतगणना स्थगित भएको हो ।
    यहाँ खटेका कर्मचारीहरुले गल्ती गरेको उजुरी नै आएपछि अब ति कर्मचारीहरुलाई खटाएर मतगणना गराउन सक्ने स्थिती रहेन, अर्को कर्मचारी टोली नआएसम्म मतगणना स्थगित गरिएको छिपहरमाई गाउँपालिकाका प्रमुख निर्वाचन अधिकृत मुकुन्द निरौलाले जानकारी दिए ।
    उनका अनुसार मतगणनाको परिणम सार्वजनिक गर्ने क्रममा गडबडि हुन गएको कुरा सही हो, अंक अग्रेजी हो कि नेपाली भन्ने दुबिधामा त्रुटि भेटिएको बताउँदै अब अर्को कर्मचारी टोली आएपछि मात्रै मतगणना पुनः सुचारु हुने बताए । मत परिणाम स्वरूप सार्वजनिक गर्ने क्रममा कर्मचारीले नेकपा एमालेका उम्मेदवार मनोज साहको मत १५९० को ठाउँमा ‘१६२०’ घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो ।
    प्रतिद्वन्धी पार्टीका प्रतिनिधिहरुले यस्तो गडबडी हिजोदेखि पटक पटक दोहरिएको बताए ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on कर्मचारीको गतिबिधि शंकास्पद भेटिएपछि बिवाद भई ,पर्साको छिपहरमाई गाउँपालिकाको मतगणना स्थगित

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १ जेष्ठ २०७९, आईतवार १६:२३ मा प्रकाशित
  • १.
    सुन्दर
    शान्त देश
    नेपालको सान हिमाल !

    २
    माया
    तिम्रो मेरो
    अधुरो प्रेम कहानी !

    ३
    नेपाल
    हाम्रो सान
    नेपाली हुनुमा गौरव !

    • दुर्गा आचार्य, मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १ जेष्ठ २०७९, आईतवार १५:२० मा प्रकाशित
  • १
    युवा
    त्यागौं थोत्रा
    नयाँ सिर्जना यात्रा !

    २
    लौरो
    टेक्ने आधार
    सुनिश्चित भविश्य पूर्वाधार !

    ३
    जनशक्ति
    हातेमालो सधैँ
    एकजुट विकास चौतर्फी !

    ४
    उत्साह
    जोस जाँगर
    विकासको आधार प्रवाह !

    ५
    जीत
    सुन्दर सपना
    जीवन जगत हित !

    ६
    चरित्र
    लोभ लालच
    मनुष्य जीवन विचित्र !

    ७
    चुनाव
    सञ्चय अभाव
    राष्ट्र ढुकुटी सखाप !

    • शारदा आचार्य, ललितपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न

  • १ जेष्ठ २०७९, आईतवार १५:०६ मा प्रकाशित
  • काठमाडौ, ३१ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ५९ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    शृङ्खलाका लागि राखिएको तस्बिर

    Social media

    तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    🌺🌺🌺
    १
    हिमाल
    गुराँसे बस्ती
    सुन्दर शान्त नेपाल !
    – आर्त अकुलीन, कैलाली
    🌺🌺🌺
    २
    हिमाल
    सुन्दर बस्ति
    लालीगुँरास प्रकृतिको कमाल !
    – अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा, हाल: मलेसिया
    🌺🌺🌺
    ३
    हिमाल
    प्रकृतिको खानी
    स्वच्छ छ हावापानी !
    – पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
           पनौती-३, काभ्रे
    🌺🌺🌺
    ४
    बसाेबास
    हिमालयकाे काख
    सुन्दर नीलो आकाश !
    – नवराज भट्ट, कञ्चनपुर
    🌺🌺🌺
    ५
    हिमाल
    गुराँसे थुम्का
    मनमोहक बस्तीको शोभा !
    – मुना दाहाल, काठमाडौँ
    🌺🌺🌺
    ६
    आँखामा 
    कमाल देखिने
    नेपालीको पहिचान लेखिने !
    – ईश्वरी अधिकारी, लमजुङ
    🌺🌺🌺
    ७
    हिमाल
    गुराँस फेदीमा
    मनमोहक बस्ती छेउमै !
    – चक्र शाही, कैलाली
    🌺🌺🌺
    ८
    हिमाल
    सुन्दर बस्ती
    फूलले सजिएको नेपाल !
    – सरस्वती वली, बर्दिया
    🌺🌺🌺
    ९
    हिमाल
    काखैमा गाउँ
    कति सुन्दर ठाउँ !
    – पद्मा रिजाल, बाँके
    🌺🌺🌺
    १०
    स्वच्छ
    हिमाली बस्ती
    राष्ट्रिय फूलले सुशोभित !
    – कमला देवकोटा, पाल्पा
    🌺🌺🌺
    ११
    गुराँस
    हिमाली काख
    प्रकृतिको सुन्दर साथ !
    – टुकादेवी पौडेल आचार्य
    शुक्लागण्डकी-३, तनहुँ
    🌺🌺🌺
    १२
    हिमाल
    नेपालको सान
    गरौ संरक्षणको अभियान !
    – रमा पन्त, पाल्पा
    🌺🌺🌺
    १३
    हिमाल
    फुलेको गुराँस
    आहा सुन्दर दृश्य !
    – सुमित्रा पोखरेल, काठमाडौँ
    🌺🌺🌺
    १४
    नेपाल
    हिमालको  देश
    मिलेको अनेक परिवेश !
    – बुद्धिप्रसाद लामिछाने, कैलाली
    🌺🌺🌺
    १५
    हिमाल
    सुन्दर प्रकृति
    कृत्रिम गाउँ बस्ती !
    – बालकृष्ण खनाल, टीकापुर
    🌺🌺🌺
    १६
    प्राकृतिक
    सौन्दर्यताले भरिपुर्ण
    हाम्रो आफ्नै गाउँ !
    – सुशिला पौडेल, काठमाडौँ
    🌺🌺🌺
    १७
    नेपाल
    हिमालकाे काख
    सुन्दर अनुपम दृश्य !
    – श्रद्धा आचार्य, पोखरा
    🌺🌺🌺
    १८
    नेपाल
    सुन्दर शान्त
    मुसुक्क मुस्कुराएको हिमाल !
    – हिमाल अम्मै, घोडाघोडी, कैलाली
    🌺🌺🌺
    १९
    फुलैफुलले
    ढाकेको बस्ती
    अडिग श्वेत हिमाल !
    – धर्मी शाक्य, बुटवल, रुपन्देही
    🌺🌺🌺
    २०
    नेपाल
    सेतो हिमाल
    लालित्यले छाएको गाउँ !
    – धनमाया चौधरी, कैलाली
    🌺🌺🌺
    २१
    हिमाल
    मनमाेहक गुराँस
    स्वच्छ रमणिय बस्ती !
    – राम सुन्दर थारु, कैलाली
    🌺🌺🌺
    २२
    प्रतीक
    हिमालमा फूल
    मनमाेहक माेहनी रङ्गहरूमा !
    – राेशन पराजुली, धरान
    🌺🌺🌺
    २३
    विशाल
    प्राकृतिक सुन्दरता
    नेपालीहरूको अटल गौरवता !
    – इन्दिरा ज्ञवाली, तानसेन, पाल्पा
    🌺🌺🌺
    २४
    लालीगुराँस
    सुन्दर हिमाल
    हाम्रो देश नेपाल !
    – सविता के.सी., काठमाडौँ
    🌺🌺🌺
    २५
    स्वर्ग
    खाेजूँ कहाँ
    छ त नेपालमै !
    – चन्द्रावती अधिकारी, कोहलपुर
    🌺🌺🌺
    २६
    हिमाल                                 
    हाम्रो सान ,                                                
    सबैले गरेका गान !
    -त्रिलोक रामदाम
    सि.न.न.पा-८, भैरहवा
    🌺🌺🌺
    २७
    हिमाल
    फुल्यो गुराँस
    रमाइलो सुन्दर बस्ती !
    – समुन्द्रा शर्मा, सुनसरी
    🌺🌺🌺
    २८
    हिमाल
    सुन्दर गाँउ
    आहा राम्रो बस्ती !
    – नारायण कोइराला, तानसेन, पाल्पा
    🌺🌺🌺
    २९
    हिमाच्छादित
    श्वेत शैल
    मनोरम ग्रामिण परिवेश !
    – गोपालप्रसाद पौड्याल, विराटचोक, माोरङ
    🌺🌺🌺
    ३०
    हिमाल
    टलक्क टल्केको
    मनै लोभ्याउने दृश्य !
    – सरस्वती श्रेष्ठ, इटहरी
    🌺🌺🌺
    ३१
    प्रेमिल
    हिमाली काख
    प्रकृतिको अनुपम शृङ्गार !
    – शिव खनाल ‘जीवम’, रुपन्देही
    🌺🌺🌺
    ३२
    हिमाल
    चुम्दै आकाश
    लजाउँदै बस्तीमा लालीगुराँस !
    – टीकाराम जोशी, टीकापुर
    🌺🌺🌺
    ३३
    हिमाल
    बस्तीबाट टाढा
    सौन्दर्यको एक झलक ।
    – सोमनाथ लुइटेल ‘रवि पालपाली’, बर्दिया
    🌺🌺🌺
    ३४
    सुन्दर
    मेरो धर्ती
    शिरमा सेता हिमाल !
    – शारदा आचार्य, ललितपुर
    🌺🌺🌺
    ३५
    आहा!
    कति राम्रो
    प्राकृतिक सुन्दरता हाम्रो !
    – राजेश भट्टराई
    सैनामैना-११, रुपन्देही
    🌺🌺🌺
    ३६
    हिमाल
    मिलेको बस्ती
    मनमोहक दृश्यले भरिपूर्ण !
    – खेमराज पुरी, कैलाली
    🌺🌺🌺
    ३७
    प्राकृतिक
    मनोरम दृश्य
    हिमाली काखमा बस्ती !
    – रामचन्द्र ढकाल, चितवन
    🌺🌺🌺
    ३८
    नेपाल
    हिमालको काख
    मायाले पुल्पुलिएका नेपाली !
    – पशपती राई, खोटाङ
    🌺🌺🌺
    ३९
    हिमाल
    मनमाेहक दृश्य
    पृष्ठभूमिमा समृद्ध गाउँ !
    – नारायणप्रसाद उपाध्याय, कैलाली
    🌺🌺🌺
    ४०
    हिमाल
    तिम्रो काखमा
    लालीगुराँस फुलेको शहर !
    – मङ्गला उपाध्याय, बारा
    🌺🌺🌺
    हिमाल
    गुराँसे गाउँ
    मानव विहिन बस्ती !
    – कण्ठराज गिरी, कैलाली, हाल: अस्ट्रेलिया
    🌺🌺🌺
    ४२
    सुन्दर
    प्राकृतिक छटा
    स्वर्ग समान नेपाल !
    – दुर्गा अधिकारी ‘भमरकोटे’, काठमाडौँ
    🌺🌺🌺
    ४३
    प्राकृति
    हिमाल टल्केको
    सुन्दरता नेपालको झल्केको !
    – बुद्धिमान चौधरी
    कनकाई नगरपालिका-४, झापा
    🌺🌺🌺
    ४४
    हिमाल
    सौम्य गुराँस
    सुन्दर देश नेपाल !
    – प्रद्युम्न चालिसे, भक्तपुर
    🌺🌺🌺
    ४५
    हिमाल
    आकर्षक मनोरम
    चाँदी झैँ टल्केको
    – अम्बिका अधिकारी, झापा
    🌺🌺🌺
    ४६
    सौन्दर्य
    हिमालको लाखमा
    गाउँ प्रकृतिको ममता !
    – प्रेम थापा ‘मन’, बागलुङ
    🌺🌺🌺
    ४७
    गाउँ
    सुन्दर देखिने
    हिमाली गुराँसको चमक !
    – रमेश प्रभात, चितवन
    🌺🌺🌺
    ४८
    काखमा
    सुन्दर हिमालको
    पवित्र ग्रामीण बस्ती !
    – तेजप्रसाद खनाल, लमही, दाङ
    🌺🌺🌺
    ४९
    शिखर
    सुन्दर बस्ती
    गुराँसको अनुपम लालित्य !
    – कविता आचार्य, कैलाली
    🌺🌺🌺
    ५०
    हिमाल
    प्रकृति फुल्ने
    सुन्दर गाउँ नेपाल !
    – सरस्वती श्रेष्ठ, रुपन्देही
    🌺🌺🌺
    ५१
    धौलागिरि
    सुन्दर हिमाल
    लालीगुराँस मुस्ताङ नेपाल !
    – जमुना कायस्थ, पोखरा
    🌺🌺🌺
    ५२
    सुन्दर
    शान्त देश
    नेपालको सान हिमाल !
    – दुर्गा आचार्य, मोरङ
    🌺🌺🌺
    ५३
    काख
    सुन्दर हिमालको
    सुन्दर घरहरू लाखौँलाख !
    – गुणनिधि घिमिरे, पाँचथर, हाल: अमेरिका
    🌺🌺🌺
    ५४
    हिमाल
    सपनाको नेपाल
    सुन्दर शान्त विशाल !
    – जमुना आचार्य, सिन्धुपाल्चोक
    🌺🌺🌺
    ५५
    हिमाल
    गुराँसे गाउँबेसी
    घामले पगालेको कति !
    – सरिता काफ्ले, कोहलपुर, बाँके
    🌺🌺🌺
    ५६
    रहर
    फूलकाे सहर
    हिमालकाे काखमा घर !
    – भवानी घिमिरे, सर्लाही
    🌺🌺🌺
    ५७
    हिमाल
    नेपालको सान
    सुन्दर लालीगुराँसको वन !
    – सीता बिष्ट कार्की (सीबिका), काठमाण्डौँ
    🌺🌺🌺
    ५८
    नेपाल
    शान्त देश
    नेपालीको गौरव हिमाल !
    – दुर्गा भट्टराई, मोरङ
    🌺🌺🌺
    ५९
    गुराँस
    सेतो हिमाल
    सुन्दर भूमि नेपाल !
    – वसन्त अनुभव, दाङ
    🌺🌺🌺

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५१औँ भाग शनिबार सम्पन्न

    साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खला सम्पन्न

  • १ जेष्ठ २०७९, आईतवार १३:४५ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    =========
    पञ्चाङ्ग चित्रपट : भाग: १५
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०१/२९

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    नारायण प्रसाद निरौला

    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीबार

    चित्र संकलक
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    समायोजन
    ————-
    👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू
    हार्दिक नमस्कार ।

    हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खलामा छौँ  । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    पञ्चाङ्ग चित्रपट
    =========

    पञ्चाङ्ग    ०१

    आमाको  माया  लोकमा खोजेर कहाँ पाइन्छ
    ममता  यहाँ  सजिलै   भोगेर     कहाँ पाइन्छ
    आँखाको   फोहर   भनेर   भन्ने पापी सन्तान
    मृत्युपछि  स्नेहलाई   धोएर   कहाँ     पाइन्छ
    आमाको  काख  ममता  बोकेर  कहाँ पाइन्छ ।

    🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”।

    पञ्चाङ्ग   ०२

    माता जन्मदाता जननी मायाकी खानी हुन् ।
    चार बिस काटे पनि तिम्रा अघि सानी हुन् ।
    बाँची रहनु सन्तानको निमित्त सधैँ सधैँ ,
    आखिर सबैको आँखाको सुन्दर नानी हुन् ।
    आमा शब्द घरको मुली मौरीकाे रानी  हुन् ।

    🇳🇵भवानी घिमिरे
          सर्लाही ।

    पञ्चाङ्ग    ०३

    सन्सारकै अपार माया गर्छिन् आमा
    ममताको सुर ताल नै भर्छिन् आमा
    कपट रत्ति छैन , स्वार्थ कत्ती छैन ;
    सन्तानको अति नै भर पर्छिन् आमा
    ज्ञान बुद्धि नम्रताले नै छर्छिन् आमा ।

    🇳🇵प्रेम थापा “मन “बागलुङ ।

    पञ्चाङ्ग   ०४

    कहिले लाख प्यारो ।
    कहिले साख प्यारो ।
    सोच मान्छेको मन ,
    फलमा दाख प्यारो ।
    आमाको काख प्यारो ।

    🇳🇵आर्त अकुलीन, कैलाली ।

    चित्रपट पञ्चाङ्ग भाग -१५

    पञ्चाङ्ग  ०५

    जगतको सम्पत्तिमा आमानै मुल्यवान खानी हुन्,
    यस धर्तिमा संसार देखाउने आखाकी नानी हुन्।
    घर घरमा छन् भगवान किन पुज्नु ढुङ्गा लाई
    स्वर्ग जस्तो घर बनाउने घरको मुख्य रानी हुन्,
    सन्ततिलाई विश्वास गर्छिन् एक महान दानी हुन्

    🇳🇵दुर्गा आचार्य
    मोरङ।

    पञ्चाङ्ग   ०६

    आमा माया र ममताकी खानी हुन्
    सन्तानको लागि त जिन्दगानी हुन्
    आमाविना अँध्यारो लाग्छ मलाई
    विश्व चिनाउने आँखाको नानी हुन्
    भोक र प्यास मेटाउने पानी हुन् ।

    🇳🇵सुशीला पौडेल ।

    पञ्चाङ्ग   ०७

    सुन्दर तस्बिर आमाको बनाउन चाहन्छु
    आमाको माया यो दिलमा सजाउन चाहन्छु
    आमाविनाको जिन्दगी अँध्यारो लाग्छ मलाई
    म आमाको मार्गमा ध्यान लगाउन चाहन्छु
    प्रगतिको पाइला अघि बढाउन चाहन्छु ।

    🇳🇵ह्यारिस  ।

    पञ्चाङ्ग    ०८

    अामा तिम्राे स्पर्षले मनभरि हुन्छ
    तिम्राे   दसधारा  मेराे तनभरि हुन्छ
    विन्दुबाट  जिन्दगी याे बनेकाे छ सारा
    तिमी बाँचे  मेराेलागि धनभरि  हुन्छ
    सफलता  तिमीमै छ झनभरि हुन्छ।

    🇳🇵चन्द्रावती  अधिकारी ।

    पञ्चाङ्ग   ०९

    दया, करूणा अनि ममताको खानी हो आमा
    हरेकको आँखा भित्रको प्यारो नानी हो आमा
    चार धाम  तेत्तीस कोटी  देवी-देवता  अनि
    जीवन तरंगीत गराउने पानी हो आमा
    आफू मरि जीवन दान दिने दानी हो आमा।

           🇮🇳अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग   १०

    सृष्टिचक्र  कति राम्रो  माया मोह  लायो हजुर
    जन्म्यो हुर्क्यो ठुलो भयो छोराछोरी पायो हजुर
    माया मोह बाल बच्चा आनन्दको हाउभाउ छ
    परिवार  मिलीजुली  काम गर्यो खायो हजुर
    जब वृद्ध बेला हुन्छ अनि दशा आयो हजुर

    🇳🇵गुणनिधि घिमिरे पाँचथर मोरङ  हाल अमेरिका ।

    पञ्चाङ्ग   ११

    सुन्दर चित्र मनमा चट्ट सजाऊ आमाको
    असल पुत्र बनेर झट्ट मजाऊ आमाको
    आँखाको नानी बनेर सधैँ तनमा मनमा
    असल मार्ग चुनेर जब लजाऊ आमाको
    उनकै गुन विश्वमा गाऊ बजाऊ आमाको

    🇳🇵सरिता काफ्ले कोहलपुर बाँके ।

    पञ्चाङ्ग   १२

    नौ महिना गर्भमा शरीर बिग्रेको होला बाबै
    मनमा नैतिकता भन्ने कुरा भए छोला बाबै
    आमा भई जन्मिन कठिन छ, बुझ्नु है बालक
    आत्तिदाँ अफैँ डराउँदै भन्दै कोलाकोला बाबै
    प्रसव पीडा कति है बगे रगत खोला बाबै ।

    🇳🇵सविता के.सी.

    पञ्चाङ    १३

    ति आमा  ममता मातृवात्सयकी खानी हुन्
    दुःख आफ्नो लुकाएर माया दिने दानी हुन्
    कहाँ पाइन्छ खोजेर आमाको जस्तो काख
    कहिले बिर्सिन नसक्ने आँखाकी नानी हुन्
    तरलतामा नशा नशामा बग्ने पानी हुन् ।

    🇳🇵तारा घिमिरे संखुवासभा ।

    पञ्चाङ्ग    १४

    आमाको न्यानो काखमा स्वर्ग झै हुन्छ सधैँ
    बच्चाले आमाको साथ नपाए रुन्छ  सधैँ
    नारी जन्म दाता हुन ममताको खानी हो
    मीठो वचनले आमाको मन छुन्छ  सधैँ
    नानी रुँदा आमाको मन सार्है गुन्छ सधैँ ।

    🇳🇵बुद्धिमान चौधरी ।

    पञ्चाङ्ग    १५

    संसारमै बहुमूल्य सम्पत्तिकि खानी  हुन् आमा
    सबैभन्दा  प्राण प्रिय आँखाकी नानी हुन् आमा
    आमाको मनोभावना बुझी सुकर्म गरौँ सबैले
    परिस्थितिनुसार चल्न सक्ने रानी  हुन् आमा
    सन्तान खातिर लड्न सक्ने महान दानी हुन् आमा ।

    🇳🇵दुर्गा भट्टराई
    मोरङ ।

    पञ्चाङ्ग    १६
    १
    आमाको माया छल्न हुँदैन
    ठुलो भएसी दल्न हुँदैन
    आमा ममताकी खानी हुन्
    आमा कहिल्यै गल्न हुँदैन
    मनमा आगो बल्न हुँदैन ।
    २
    आमा ममताकी खानी हुन्
    छोराछोरीकी त रानी हुन्
    आमा छेउ हुँदा दुःख भाग्छ
    उनकी आँखाकी नानी हुन्
    माया दिने उनी दानी हुन् ।

    🇳🇵सुमित्रा पोखरेल, काठमाडौं ।

    पञ्चाङ्ग   १७

    आमा तिमीमा सहारा ममताको पन छ
    तिमीमा आडभरोसा कतिबिघ्न जन छ
    सन्तानको लागि मात्रै दु:ख सहिरहन्छ्यौ
    सारा  जग  अटाउने  रमाइलो  मन  छ
    अनेक पद सम्हाल्ने  कति राम्रो पन छ ।

    🇳🇵जमुना आचार्य
    सिन्धुपाल्चोक ।

    पञ्चाङ्ग     १८

    नौ महिना गर्भमा राखी हुर्कायौ नि आमा
    आधा नै पेट  खाना चाखी हुर्कायौ नि आमा
    तिम्रो गुण के गरेर तिर्ने होला नि यहाँ ?
    जाडाे हुँदा ओढाई पाखी हुर्कायौ नि आमा
    दु:ख पर्दा  नि काखी च्यापी हुर्कायौ नि   आमा ।

    🇳🇵गीता अर्याल नेपालगन्ज २।

    पञ्चाङ्ग   १९

    आमाको दु:ख बुझ्ने सन्तान हो
    मायामा सधैँ   कुद्ने सन्तान हो
    आमाको पीडा दर्द   भुझ्नु पर्छ
    बोलिमा छोरा   पुग्ने सन्तान हो
    दु:ख र  पीडा  सुन्ने  सन्तान हो

    🇳🇵देवकी के.सी. बिरगंज ।

    पञ्चाङ्ग   २०
    १
    जन्माएर सारा संसार चिनाउने  पनि अामा नै हो
    पाठशाला बनि पढाइ सिकाउने पनि अामा नै हो
    अामाको महिमा कहिले पनि बखान गरी सकिन्न
    ताते भन्दै भित्र बाहिर हिँडाउने पनि अामा नै हो
    खाना नखाँदा कोखे गरि खिलाउने पनि आमा नै हो ।
    २
    भविष्य सम्झिन्छु  एक्लै बसेर रुन मन लाग्छ
    परेली  रसाउँछ  अाँसुले  मुख  धुन मन लाग्छ
    जिन्दगी  अन्धकारमय छ  देखिरहेकोछु मैले
    सदाको लागि भगवानको पाउ छुन मन लाग्छ
    अाएन लिन  यमराजको  प्यारो हुन मनलाग्छ।।

    🇳🇵लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा ।

    पञ्चाङ्ग    २१
    आमा र शिशुकाे माया स्वच्छ हुन्छ
    बालक ठुलाे हुँदा छायाँ स्वस्छ हुन्छ
    सानाेमा मर्लाकि ठुलाेमा मार्लाकि
    बिहे नभएसम्म ऊ दायाँ हुन्छ
    बिहेपछि सबै मान्छे बायाँ हुन्छ ।

    🇳🇵 मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।

    पञ्चाङ्ग   २२

    आमाको जस्तो काखको माया कहाँ पाइन्छ
    सितल र  छाहारीको छाँया कहाँ पाइन्छ
    माया गरेर मात्र ऋण कसरी तिरिन्छ
    सदैव जिन्दगीभर दायाँ कहाँ पाइन्छ
    मलाई ममता भर्ने काया कहाँ पाइन्छ  ।

    🇳🇵निर्मला सुवेदी, बागलुङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खला सम्पन्न

    गाेरखनाथ वैदिक गुरुकुलका वटुकहरुद्वारा दाङकाे चाैघेरा मतदान केन्द्रका मतदाताहररूलाई नि:शुल्क पानी वितरण

  • ३१ बैशाख २०७९, शनिबार १९:११ मा प्रकाशित
  • दाङको चौघेरामा अवस्थित गोरखनाथ वैदिक ग्रुरुकुलले नि:शुल्क पिउने पानी वितरण गरेको छ । गुरुकुलले सोही ठाउँमा रहेको मतदान स्थलका मतदाताहरूलाई पानी पिलाउने कार्य गरेको हो ।

    दिउँसाेकाे टण्टलापुर घाममा मतदान हेतु लाइन बसेका प्यासले आकुलव्याकुल मतदाताहरूलाई घाेराही उप-महानगर पालिका वडा नं १७ काे चाैघेरा सिद्ध रत्ननाथ मठमा संचालित दाङकै एकमात्र वैदिक गुरुकुलका वटुकहरूले पानी पिलाएर तृप्त बनाएका थिए ।

    उपस्थित मतदाताहरूले गुरुकुलको उक्त सामाजिक कार्यको प्रशंसा गर्नुका साथै धन्यवाद ज्ञापन समेत गरेका थिए ।

    नेपाल संस्कृत विश्वविद्यालय रहेकाे दाङ जिल्लामा यस अघि कुनै गुरुकुल थिएन । पछिल्लाे समय याे गुरुकुल खुलेयता विविध गतिविधि र क्रियाकलाप गर्दै आएको छ ।

    केवल किताबी कोरा ज्ञान मात्र नदिई सामाजिक र व्यवहार उपयोगी काममा वटुकहरूलाई लगाएर चर्चामा रहेको यो गुरुकुलको भावी लक्ष्य यसलाई ज्ञान केन्द्र र ध्यान केन्द्रकाे रुपमा विकास गर्ने रहेको गुरुकुलका निवर्तमान अध्यक्ष प्रकाश भट्टराई जानकारी दिनुभयो ।

    साथै उहाँले गुरुकुललाई नाथ दर्शनकाे अध्ययन तथा अनुसन्धान केन्द्र बनाउदै पहिलो चरणमा कक्षा ११ तहसम्म पुर्याउने योजना रहेको बताउनुभयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाजLeave a Comment on गाेरखनाथ वैदिक गुरुकुलका वटुकहरुद्वारा दाङकाे चाैघेरा मतदान केन्द्रका मतदाताहररूलाई नि:शुल्क पानी वितरण

    उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

  • २९ बैशाख २०७९, बिहीबार २२:३३ मा प्रकाशित
  • १
    गोधूलि
    साँझ रात्री
    चन्द्रमा मनोरम साक्षी!

    २
    आँधीबेहरी
    चारैतिर छाउने
    प्रयास सुन्दरता जगाउने!

    ३
    स्वदेश
    वरको शहरमा
    त्रसित बुख्याँचा भेषमा!

    ४
    अनुशासन
    पुर्ख्यौली सम्पत्ति
    नमान्ने अटेरी सन्तति!

    ५
    अनारदाना
    रसिलो पोसिलो
    रक्त सञ्चारमा कसिलो!

    ६
    बदमासी
    अनुशासन विहिन
    आस्थाको उडाउने खिल्ली!

    ७
    पोखरी
    विभिन्न कीटपतङ्ग
    दुषित भावनाका हतौडा!

    ८
    स्वरूपमा
    मानवीय जाति
    आखिर बाँदरका नाति!

    ९
    कोइली
    सुमधुर संगीत
    वसन्त ऋतुको स्वागत!

    १०
    चोरलाई
    तर्साउने बिगुल
    ठिंग्रो तताउने सुकुल!

    • जमुना कायस्थ, पोखरा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य2 Comments on उदक यात्री जमुना कायस्थका उत्कृष्ट उदकहरू

    मायादेवी गाउँपालिकामा सोलार जडानमा ठूलो रकम अनिमितता ।।

  • २९ बैशाख २०७९, बिहीबार १९:४१ मा प्रकाशित

  • बैशाख २९ २०२२! पकडी – मायादेवी गाउँपालिकाले पालिकाका बिभिन्न क्षेत्रहरुमा सडक सौर्य वत्ति (सोलार) जडान गर्दा ठूलो रकम अनियमितता भएको महालेखा परिक्षण प्रतिवेदनबाट खुलेको छ ।
    पालिका अध्यक्ष बजरंगी प्रसाद चौधरीले आफ्ना सहोदर दाइ दिपक चौधरी कुर्मीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरि ५० लाख ४३ हजारमा ४१ वटा सडक बत्ति जडान गरेका थिए । सोलार बत्ति जडान कार्य शुद्ध प्राविधिक कार्य भएकोले उपभोक्ता समितिबाट गर्न नमिन्ले भएता पनि अध्यक्ष चौधरीले जवरजस्ती उपभोक्ता समिति मार्फत दिप लाईट ईनर्जी प्रा.ली. संग सोझै सम्झौता गरेर सडक सौर्य वत्ति जडान गरेको लेखा परिक्षण प्रतिवेदनबाट खुल्न आएको हो । पालिकाका बिभिन्न स्थानमा ४१ वटा सडक बत्ति जडान गरेता पनि तीन चार वटा बाहेक अन्य स्थानको एउटा पनि बत्ति एक महिना भन्दा बढी नबलेको वार्ड नं २ मनखोरियाका केशरी प्रसाद चौधरीले बताए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on मायादेवी गाउँपालिकामा सोलार जडानमा ठूलो रकम अनिमितता ।।

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • २९ बैशाख २०७९, बिहीबार ०५:५८ मा प्रकाशित
  • १
    सम्झना
    पलपलको याद
    कल्पनामा बुनेका सपना !

    २
    घाउ
    मनको पीडा
    हृदयमा वचनले नचलाऊ !

    ३
    चलखेल
    पाँच वर्षमा
    पटकै पिच्छेका झण्डाहरू !

    ४
    दुनो
    दुई पातको
    दही चिउरे साथको !

    ५
    आशा
    भएको जस्तो
    चुनावै पिच्छे भोट !

    ६
    घरदैलो
    अनावश्यक भुमरी
    मनमा धक्का झड्का !

    ७
    भुमरी
    बतास हुरी
    दुधभात बिरालो सुरी !

    ८
    पसिना
    बालीमा असिना
    चिन्ता अप्ठ्यारो मसिना !

    ९
    ढुकुटी
    मुसाको रजाईँ
    चामल उसैको सामल !

    १०
    गाउँ
    मिलाएर खाऊँ
    देश बेचेर जाऊँ !

    • सविता केसी, काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P