
पञ्चाङ्ग चित्रपट
=========
पञ्चाङ्ग चित्रपट : भाग: १५
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०१/२९
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
नारायण प्रसाद निरौला
मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात् बिहीबार
चित्र संकलक
—————-
सोमनाथ लुइटेल “रवि पाल्पाली”
समायोजन
————-
👉️सोमनाथ लुइटेल”रवि पाल्पाली”
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरू
हार्दिक नमस्कार ।
हामी साप्ताहिक चित्रपट पञ्चाङ्ग लेखनको पन्ध्रौँ शृङ्खलामा छौँ । यस शृङ्खलामा पनि दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।
पञ्चाङ्ग चित्रपट
=========

पञ्चाङ्ग ०१
आमाको माया लोकमा खोजेर कहाँ पाइन्छ
ममता यहाँ सजिलै भोगेर कहाँ पाइन्छ
आँखाको फोहर भनेर भन्ने पापी सन्तान
मृत्युपछि स्नेहलाई धोएर कहाँ पाइन्छ
आमाको काख ममता बोकेर कहाँ पाइन्छ ।
🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”।
पञ्चाङ्ग ०२
माता जन्मदाता जननी मायाकी खानी हुन् ।
चार बिस काटे पनि तिम्रा अघि सानी हुन् ।
बाँची रहनु सन्तानको निमित्त सधैँ सधैँ ,
आखिर सबैको आँखाको सुन्दर नानी हुन् ।
आमा शब्द घरको मुली मौरीकाे रानी हुन् ।
🇳🇵भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग ०३
सन्सारकै अपार माया गर्छिन् आमा
ममताको सुर ताल नै भर्छिन् आमा
कपट रत्ति छैन , स्वार्थ कत्ती छैन ;
सन्तानको अति नै भर पर्छिन् आमा
ज्ञान बुद्धि नम्रताले नै छर्छिन् आमा ।
🇳🇵प्रेम थापा “मन “बागलुङ ।
पञ्चाङ्ग ०४
कहिले लाख प्यारो ।
कहिले साख प्यारो ।
सोच मान्छेको मन ,
फलमा दाख प्यारो ।
आमाको काख प्यारो ।
🇳🇵आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग भाग -१५
पञ्चाङ्ग ०५
जगतको सम्पत्तिमा आमानै मुल्यवान खानी हुन्,
यस धर्तिमा संसार देखाउने आखाकी नानी हुन्।
घर घरमा छन् भगवान किन पुज्नु ढुङ्गा लाई
स्वर्ग जस्तो घर बनाउने घरको मुख्य रानी हुन्,
सन्ततिलाई विश्वास गर्छिन् एक महान दानी हुन्
🇳🇵दुर्गा आचार्य
मोरङ।
पञ्चाङ्ग ०६
आमा माया र ममताकी खानी हुन्
सन्तानको लागि त जिन्दगानी हुन्
आमाविना अँध्यारो लाग्छ मलाई
विश्व चिनाउने आँखाको नानी हुन्
भोक र प्यास मेटाउने पानी हुन् ।
🇳🇵सुशीला पौडेल ।
पञ्चाङ्ग ०७
सुन्दर तस्बिर आमाको बनाउन चाहन्छु
आमाको माया यो दिलमा सजाउन चाहन्छु
आमाविनाको जिन्दगी अँध्यारो लाग्छ मलाई
म आमाको मार्गमा ध्यान लगाउन चाहन्छु
प्रगतिको पाइला अघि बढाउन चाहन्छु ।
🇳🇵ह्यारिस ।
पञ्चाङ्ग ०८
अामा तिम्राे स्पर्षले मनभरि हुन्छ
तिम्राे दसधारा मेराे तनभरि हुन्छ
विन्दुबाट जिन्दगी याे बनेकाे छ सारा
तिमी बाँचे मेराेलागि धनभरि हुन्छ
सफलता तिमीमै छ झनभरि हुन्छ।
🇳🇵चन्द्रावती अधिकारी ।
पञ्चाङ्ग ०९
दया, करूणा अनि ममताको खानी हो आमा
हरेकको आँखा भित्रको प्यारो नानी हो आमा
चार धाम तेत्तीस कोटी देवी-देवता अनि
जीवन तरंगीत गराउने पानी हो आमा
आफू मरि जीवन दान दिने दानी हो आमा।
🇮🇳अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १०
सृष्टिचक्र कति राम्रो माया मोह लायो हजुर
जन्म्यो हुर्क्यो ठुलो भयो छोराछोरी पायो हजुर
माया मोह बाल बच्चा आनन्दको हाउभाउ छ
परिवार मिलीजुली काम गर्यो खायो हजुर
जब वृद्ध बेला हुन्छ अनि दशा आयो हजुर
🇳🇵गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका ।
पञ्चाङ्ग ११
सुन्दर चित्र मनमा चट्ट सजाऊ आमाको
असल पुत्र बनेर झट्ट मजाऊ आमाको
आँखाको नानी बनेर सधैँ तनमा मनमा
असल मार्ग चुनेर जब लजाऊ आमाको
उनकै गुन विश्वमा गाऊ बजाऊ आमाको
🇳🇵सरिता काफ्ले कोहलपुर बाँके ।
पञ्चाङ्ग १२
नौ महिना गर्भमा शरीर बिग्रेको होला बाबै
मनमा नैतिकता भन्ने कुरा भए छोला बाबै
आमा भई जन्मिन कठिन छ, बुझ्नु है बालक
आत्तिदाँ अफैँ डराउँदै भन्दै कोलाकोला बाबै
प्रसव पीडा कति है बगे रगत खोला बाबै ।
🇳🇵सविता के.सी.
पञ्चाङ १३
ति आमा ममता मातृवात्सयकी खानी हुन्
दुःख आफ्नो लुकाएर माया दिने दानी हुन्
कहाँ पाइन्छ खोजेर आमाको जस्तो काख
कहिले बिर्सिन नसक्ने आँखाकी नानी हुन्
तरलतामा नशा नशामा बग्ने पानी हुन् ।
🇳🇵तारा घिमिरे संखुवासभा ।
पञ्चाङ्ग १४
आमाको न्यानो काखमा स्वर्ग झै हुन्छ सधैँ
बच्चाले आमाको साथ नपाए रुन्छ सधैँ
नारी जन्म दाता हुन ममताको खानी हो
मीठो वचनले आमाको मन छुन्छ सधैँ
नानी रुँदा आमाको मन सार्है गुन्छ सधैँ ।
🇳🇵बुद्धिमान चौधरी ।
पञ्चाङ्ग १५
संसारमै बहुमूल्य सम्पत्तिकि खानी हुन् आमा
सबैभन्दा प्राण प्रिय आँखाकी नानी हुन् आमा
आमाको मनोभावना बुझी सुकर्म गरौँ सबैले
परिस्थितिनुसार चल्न सक्ने रानी हुन् आमा
सन्तान खातिर लड्न सक्ने महान दानी हुन् आमा ।
🇳🇵दुर्गा भट्टराई
मोरङ ।
पञ्चाङ्ग १६
१
आमाको माया छल्न हुँदैन
ठुलो भएसी दल्न हुँदैन
आमा ममताकी खानी हुन्
आमा कहिल्यै गल्न हुँदैन
मनमा आगो बल्न हुँदैन ।
२
आमा ममताकी खानी हुन्
छोराछोरीकी त रानी हुन्
आमा छेउ हुँदा दुःख भाग्छ
उनकी आँखाकी नानी हुन्
माया दिने उनी दानी हुन् ।
🇳🇵सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग १७
आमा तिमीमा सहारा ममताको पन छ
तिमीमा आडभरोसा कतिबिघ्न जन छ
सन्तानको लागि मात्रै दु:ख सहिरहन्छ्यौ
सारा जग अटाउने रमाइलो मन छ
अनेक पद सम्हाल्ने कति राम्रो पन छ ।
🇳🇵जमुना आचार्य
सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १८
नौ महिना गर्भमा राखी हुर्कायौ नि आमा
आधा नै पेट खाना चाखी हुर्कायौ नि आमा
तिम्रो गुण के गरेर तिर्ने होला नि यहाँ ?
जाडाे हुँदा ओढाई पाखी हुर्कायौ नि आमा
दु:ख पर्दा नि काखी च्यापी हुर्कायौ नि आमा ।
🇳🇵गीता अर्याल नेपालगन्ज २।
पञ्चाङ्ग १९
आमाको दु:ख बुझ्ने सन्तान हो
मायामा सधैँ कुद्ने सन्तान हो
आमाको पीडा दर्द भुझ्नु पर्छ
बोलिमा छोरा पुग्ने सन्तान हो
दु:ख र पीडा सुन्ने सन्तान हो
🇳🇵देवकी के.सी. बिरगंज ।
पञ्चाङ्ग २०
१
जन्माएर सारा संसार चिनाउने पनि अामा नै हो
पाठशाला बनि पढाइ सिकाउने पनि अामा नै हो
अामाको महिमा कहिले पनि बखान गरी सकिन्न
ताते भन्दै भित्र बाहिर हिँडाउने पनि अामा नै हो
खाना नखाँदा कोखे गरि खिलाउने पनि आमा नै हो ।
२
भविष्य सम्झिन्छु एक्लै बसेर रुन मन लाग्छ
परेली रसाउँछ अाँसुले मुख धुन मन लाग्छ
जिन्दगी अन्धकारमय छ देखिरहेकोछु मैले
सदाको लागि भगवानको पाउ छुन मन लाग्छ
अाएन लिन यमराजको प्यारो हुन मनलाग्छ।।
🇳🇵लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा ।
पञ्चाङ्ग २१
आमा र शिशुकाे माया स्वच्छ हुन्छ
बालक ठुलाे हुँदा छायाँ स्वस्छ हुन्छ
सानाेमा मर्लाकि ठुलाेमा मार्लाकि
बिहे नभएसम्म ऊ दायाँ हुन्छ
बिहेपछि सबै मान्छे बायाँ हुन्छ ।
🇳🇵 मधुसूदन प्रसाद घिमिरे, काठमाडौं ।
पञ्चाङ्ग २२
आमाको जस्तो काखको माया कहाँ पाइन्छ
सितल र छाहारीको छाँया कहाँ पाइन्छ
माया गरेर मात्र ऋण कसरी तिरिन्छ
सदैव जिन्दगीभर दायाँ कहाँ पाइन्छ
मलाई ममता भर्ने काया कहाँ पाइन्छ ।
🇳🇵निर्मला सुवेदी, बागलुङ ।

