
काठमाडौ, २४ बैशाख। साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ५०औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ४५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर

तस्बिरमा उदक लेखन शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१]
बाबा
सन्तानको सार
जोखिम सहन तयार !
✍️
भवानी घिमिरे
सर्लाही ।
[२]
पिता
कर्मकाे पहिचान
सन्तान प्रतिकाे अभिभारा !
✍️
राेशन पराजुली
धरान।
[३]
पिता
सन्तानका पुल
जीवनयापनको आधार मुल !
✍️
मुना दाहाल
सर्लाही ।
[४]
पिता
सन्तानको आधार
सम्मान गरौँ सदावहार !
✍️
अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया
[५]
पिता
अन्धकार चिर्ने
भोलिको पथ प्रदर्शक !
✍️
आर्त अकुलीन
कैलाली
[६]
बाबा
सङ्घर्षशील यात्रा
जोखिम सहदै समर्पण !
✍️
कमला देवकोटा
पाल्पा
[७]
पिता
एक पुल
भुत वर्तमान भविष्यको !
✍️
उमेश कार्की
खाँदबारी ७ सङ्खुवासभा।
[८]
जिम्मेवारी
सन्तानको भविष्य
यसैमा अल्झिएको जिन्दगानी !
✍️
हिमाल अम्मै
घोडाघोडी कैलाली
[९]
साँघु
भविष्य निर्माता
बाटो देखाउने प्रकाश !
✍️
कण्ठराजगिरी
टीकापुर कैलाली
हाल अस्ट्रेलिया केनबेरा।
[१०]
चुनौती
बाबाको उत्सर्ग
सन्तानको समुज्वल भविष्य !
✍️
श्रीकृष्ण शर्मा
पोखरा
[११]
पिता
बलियो सेतु
सन्तानको सुन्दर भविष्य !
✍️
वसन्त अनुभव
घोराही, दाङ
[१२]
पिता
सन्तानका आधार
सहयोगमा सदा तत्पर !
✍️
सुमित्रा पोखरेल
काठमाडौं
[१३]
बुवा
अन्धकारको दियो
सुन्दर भविष्य निर्माता !
✍️
राम न्यौपाने
[१४]
बुबा
भरपर्दाे राजमार्ग
दुर्घटना नहुने यात्रा !
✍️
टंकबहादुर अालेमगर
उदयपुर १ नम्बर प्रदेश ।
[१५]
पिता
सन्तानको लागि
कष्ट सहन तयार !
✍️
धनमाया चौधरी
कैलाली
[१६]
भविष्य
बाबाको साथ
असल जिन्दगीको दौड !
✍️
खेमराज पुरी
कैलाली
[१७]
सफलता
बुबाको साथ
जटिल ठाउँमा पुल !
✍️
घनश्याम पौडेल
[१८]
पिता
घरको खम्बा
सन्तानको बलियो काध !
✍️
बुद्धिमान चौधरी
सुरुङ्गा ४ झापा
[१९]
पिता
पुल सर्वदा
सन्तान हिड्ने बाटोको !
✍️
बिके माकजु
भक्तपुर ।
[२०]
पिता
जीवन दाता
सत्मार्ग हिडाउने ज्ञाता!
✍️
पशपती राई
खोटाङ
[२१]
बुबा
महत्त्वपूर्ण मान्छे
मीठासपूर्ण जीवनको भान्से !
✍️
रामप्रसाद पुरी
खाेटाङ,बादेल ।
[२२]
पिता
महत्त्वपूर्ण नेतृत्व
घरकाे बलियो खम्बा !
✍️
श्रद्धा आचार्य
पोखरा
[२३]
पिता
सन्तानको समस्या
सहज गराउने बाटो !
✍️
मंगला उपाध्याय
[२४]
बुबा
कर्तव्य निवारक
जीवन अर्पण सार्थक !
✍️
जमुना कायस्थ
पोखरा
[२५]
पिता
कर्तव्यको भारि
गरेको पूरा जिम्मेवारी !
✍️
बुद्धिप्रसाद लामिछाने
कैलाली
[२६]
पिता
सन्तानको मार्ग
देखाउॅछन् त्यागेर स्वार्थ!
✍️
सरस्वती श्रेष्ठ
[२७]
बुवा
मार्गदर्शक सन्तानकाे
अँध्यारोमा दीप उज्यालोकाे!
✍️
टीकाराम जाेशी
टीकापुर
[२८]
पिता
जीवनभर श्रम
वृद्धावस्थामा नपुगुन् आश्रम!
✍️
मन्दिरा सेढाई
मलेखु,धादिङ
[२९]
पिता
पिडा लुकाई
सन्ततिको प्रगतिमा रम्ने !
✍️
गोपालप्रसाद पौड्याल
[३०]
जिम्मेवारी
काँधको भारी
सन्तानको शीतल छहारी !
✍️
कविता आचार्य
कैलाली
[३१]
पिता
जिन्दगीको सार
सन्ततिको जीवन आधार ।
✍️
रमेश प्रभात
चितवन ।
[३२]
पिता
दयालु मन
सन्तानमा जीवन समर्पण !
✍️
सुधा बास्कोटा ढकाल
[३३]
बुवा
सन्तानका लागि
सदैव अथक प्रयास !
✍️
मिलन के. सी.( थापा)
पोखरा
[३४]
पिता
प्रेरणाका स्रोत
जिवनदाता ममताले ओतप्रोत !
✍️
प्रेम थापा “मन”
बागलुङ
[३५]
ममताको
खानी सदैव
जीवन्त रहने पिताजी!
✍️
सुशिला पौडेल
[३६]
पिता
जिम्मेवारीका प्रतिमुर्ति
कठिनाइबाट तार्ने पुल !
✍️
शिव खनाल जीवम
रुपन्देही
[३७]
पुर्याउँदै
राम्रो ठाउँमा
बुई चढाएर छोरा !
✍️
पुष्प शायरा
विराटनगर
[३८[
पिता
जिन्दगीको पुल
दु:ख निवारण सकुसल !
✍️
घनश्याम पौडेल
पोखरा
[३९]
पिता
संकट निवारक
उज्ज्वल भविष्यकाे मार्गदर्शक ।
✍️
नारायण प्रसाद उपाध्याय
कैलाली ।
[४०]
पिता
जीवनको रहस्य
वास्तविकता जिन्दगीको भोगाइ !
✍️
सविता के.सी.
[४१]
पिता
जिन्दगीको पुल
बाँच्न सिकाउने गुरु !
✍️
रामराजा के. सी.
फर्पिङ, काठमाडौं
[४२]
सिँढी
उक्लिने बाटो
बाबुआमाको नैतिक कर्तव्य !
✍️
सोमनाथ लुइटेल “रवि पाल्पाली”
[४३]
भरोसा
पिताको पिठ्युँ
सन्तान प्रतिको जिम्मेवारी !
✍️
होम प्रसाद
सुनसरी ।
[४४]
सन्तान
पिताको आँखा
हत्केलामा सन्तानको ज्यान !
✍️
उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर ,काठमाण्डौँ
[४५]
पिता
पुल सर्वदा
सन्तान तर्ने खोल्सोको ।
✍️
बिके माकजु

