उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • २६ बैशाख २०७९, सोमबार ०६:०३ मा प्रकाशित

  • चुनाव
    घातै घात
    जनतालाई मासु भात !


    चुनाव
    नेताको खेती
    जनताले गर्ने मरिमेटी !


    चुनाव
    नमस्कार गर्दै
    सामदाम दण्डभेद छर्दै !


    चुनाव
    साँढेको जुधाइ
    साना बाछाको मिचाइ !


    चुनाव
    नेताको परीक्षा
    जनताको हातमा नतिजा !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    Leave a Reply