‘साताका तीन लघुकथा’को सत्रौँ शृङ्खलामा नमस्ते आधुनिक लघुकथा मञ्चमा यो साता प्रेषित गरिएका जनैपूर्णिमा विशेष लघुकथाहरू मध्ये निम्न तीन लघुकथाहरू (जनैको कथा, बाचा बन्धन र जनै) छनोट गरी प्रकाशन गरिएको छ।
१) लघुकथा : जनैको कथा
✍️ लक्ष्मण अर्याल
“यसपालि तिब्बती भोटेले जनै पठाउँदै पठाएन । यो त पोहोरको जगेडा हो ।” पूजा सामग्री पसलका बुढा बा भन्दै थिए ।
“धन्न हाम्रो संस्कृति त्यही भोटेले भने पनि जोगाइदिएको छ बा ।” उसले कुराको पुच्छर जोड्यो ।
“जनै मन्तर्नु (मन्त्रनु) अनि मन्तरिएको (मन्त्रिएको) जनै लगाएर त्यसको विधिविधान पालना गर्नु, यी सबै दन्त्यकथा भए । सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला, यो संस्कृति खाल्डोमै जाला, पैसा जति भोटेले लाला ।” पसले बुढा पनि कहाँ कम थिए र । उनले ठट्टैठट्टामा गहिरो कुरा गरे ।
“हो त नि बुबा ।” उसले बुढाका कुरामा सही थाप्यो । “तिमीलाई पुराना कुरा था’छैन बाबु । उहिले एक जना ज्ञान दिलदास भन्ने सन्त कविले भनेका थे, ‘धर्म र कर्म गुरुङले गर्यो छक् पर्योे बाहुन’ यो बाहुनलाई हेप्या हो भन्लाऊ नि फेरी । हैन, सत्ते कुरा बोलेको हो ।” बुढा अझ कुरामा गहिरिए ।
बुढा आफ्ना कुरा सुनिदिने र सही थाप्ने मान्छे भेट्टाए यसरी कुरामा बगिरहन मनपराउँछन् । घर बसेर काम नहुँदा उनी दिक्क थिए । यसैले छोरालाई कर गरेर एउटा पूजासामग्री पसल राखे । यो पसल राखेपछि उनी झनै तेजिला बन्दै गएका छन् ।
उसले भन्यो, ” तपाईं पनि यही जनै लाउनुहुन्छ बा ?” बुढाले कुरालाई निथारेरै भने, “मेरा लागि जनै म आफैं बनाउँछु बाबु । मन कहाँ मान्छ र यस्तो जनै भिर्न । अड्डी ब्राह्मणका लागि होइन यो जनै, हड्डी बाउनले मात्र यस्ता लाउँछन् ।”
रत्न नगर, टाँडी, चितवन
२) लघुकथा : बाचा बन्धन
✍️ निरज कोइराला
“येनबद्धु बलीराजा दानवेन्द्रो महाबल: …… “ पण्डितले डोरो बाँध्दै थिए । मैले गुरुलाई डोरो बाँध्नुको कारण बताउन कर लगाएँ । “सचि पुराण, स्कन्द पुराण, पद्म पुराण र श्रीमद्भागवत् पुराणमा समेत दानवीर असुर राजा बलीले देवताहरूलाई जितेपछि स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम् सीमामा पुगेको थियो । असुरराजको अहङ्कारलाई चकनाचुर बनाउनका लागि भगवान् विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बलीकहाँ भिक्षा मागे ।
राजा बली महान् दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिने छु भनेर वाचा गरे । ब्राह्मणरुपी भगवान् विष्णुले बाचा बन्धनमा तीन पाउ जमिन मागे । दुई पाउले आकाश र मर्त्य ढाकी पाताल पठाए ।” गुरुलाई रोकेर सँगै बसेका मित्र गणेशले प्रश्न तेर्स्याउनुभयो, “यो पुराण गुरुहरूले पहिल्यैदेखि असुर नेताहरूलाई पढाएर कपटी विष्णु बनाउनुभएछ । हामी सबै दानवीर बलीराजा । अब मङ्सिर चारको हाम्रो दुई भोट, त्यस्तै दुई पाउ त हुँदैन ?”
बेलका १ । हालः इटहरी
३) लघुकथा : जनै
✍️ नारायण कोइराला बस आफ्नै गतिमा अगाडि बढ्दै थियो । नजिकै एउटै सिटमा बसेको साथीले फोनमा ठूला गफ गर्यो, “घाँटीमा धागो लगाउँदैमा के नै हुन्छ र ?” म कुरा बुझ्न सकिरहेको थिइनँ । मनमनै सोचेँ, “कुनै भ्रम होला, उसमा ।”
मौसम खराब हुँदा रोड भाँसियो । सौभाग्य ! ठूलो रुखमा बस अडियो । म आफ्नो जनै समाउँदै भगवानलाई सम्झिएँ । हत्तपत्त ऊ, मेरो जनै समाउन पुग्यो । मैले जोडसँग भगवानलाई पुकारेँ । उसले पनि ।
हामी दुवै बिस्तारै बसबाट उत्रियौँ । मैले प्रश्न गरेँ, “तिम्रो जनै खोइ ?” उसको शिर झुक्यो । मैले कुरा बुझेँ । उसले धागो भनेर साथीसँग कुरा काटेको त्यो धागो त ! पूजा गरिएको जनै पो रहेछ ।
भरतपुर, चितवन साहित्य संगम चितवनले बहुचर्चित साहित्यकार , गीतकार तथा प्राज्ञ अमृता रसाइली रामदामको चारु संग्रह “खण्डित इन्द्रेणी”को विमोचन तथा परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।
नारायणी माविको हलमा सम्पन्न उक्त कार्यक्रमको सभापति संगमका अध्यक्ष साहित्यकार प्रकाश चापागाईं र प्रमुख अतिथि भरतपुर मनपा प्रज्ञा प्रतिष्ठानका उपकुलपति इन्द्रप्रसाद रेग्मी हुनुहुन्थ्यो ।
पुस्तक विमोचन र समीक्षा कार्यक्रममा बर्दघाट नगरपालिकाका कुलपति डा.घनश्याम न्यौपाने परिश्रमी, डा.देवी पन्थी, यज्ञलाल सुवेदी( बुटवल ), घनश्याम पौडेल ( पोखरा ), प्रा. कपिल अज्ञात , हुसेन खाँं,रमेश प्रभात, किसान प्रेमी आदि चितवन हुनुहुन्थ्यो ।
बहरे गजलको विकल्पमा प्रयोगमा ल्याइएको बेबहर चारु छोटो समयमा नेपाल र हिन्दुस्तानमा निकै लोकप्रिय भएको छ भन्दै डा परिश्रमीले चितवन कि अम्रुता रसाइली विश्व कि प्रथम चारुकार हुन सफल भएकोमा चितवनवासीलाई समेत बधाई दिनु भयो।
प्रा.कपिल अज्ञातले आफ्नो महानगरबासी अमृता रसाइलीको साहित्यिक प्रगतिमा खुशी व्यक्त गर्नु भयो । प्रमुख अतिथि उपकुलपति इन्द्र रेग्मीले अमृताले सही बाटो लिएको र हिँडेकै बाटोलाई निरन्तर दिन आशीर्वाद दिनुभयो । अध्यक्ष प्रकाश चापागाईंले चारु संग्रहको प्रथम कृति विमोचन तथा चर्चा परिचर्चा गर्न पाएकोमा खुशी व्यक्त गर्दै अमृतालाई बधाई दिनुभयो ।
साहित्यकार रमेश प्रभातले जुन साहित्य वादविवादबाट खारिदै अगाडि बढ्छ त्यो नै असल साहित्य हुन्छ भन्दै अमृताको प्रगतिमा आफू खुशी भएको आशय व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा प्रथम चारुकार अमृता रसाइली र उहाँका जीवनसाथी प्रेम रामदामलाई चारु साहित्य प्रतिष्ठानको तर्फबाट दोसल्ला , प्रमाणपत्र , माला र नगद राशीले सम्मान गरिएको थियो। कार्यक्रमको संचालन प्राज्ञ उषा तिवारीले गर्नुभएको थियो ।
काठमाडौ, २८ साउन । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ६४ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६८ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
शृङ्खलाका लागि राखिएको तस्बिर
social media
तस्बिरमा उदक लेखन अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू
[१] गाईजात्रा सांस्कृतिक पर्व नेपाली हुनुमा गर्व ! ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ
[२] गाईजात्रा नेपाली परम्परा हाम्रो मौलिक पारा ! ✍️ पशपती राई खोटाङ
[३] गाईजात्रा फरक मेला पर्वमा सबै भेला ! ✍️ शिव ज्ञवाली (जिज्ञासु) गुल्मी
[४] गाईजात्रा मौलिक पर्व हास्य व्यङ्ग्य प्रदर्शन ✍️ अच्युत घिमिरे भुटान बाट 🇧🇹
[५] गाईजात्रा नेपालीको गर्व ब्यङ्गको महान पर्व ! ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत” पनौती न.पा.-३,काभ्रे
२८ श्रावण २०७९ ! मुग्लिन देखि काठमाडौ तर्फ जाँदै गरेको आइचर कम्पनीको ट्रक मुग्लिन नजिकै इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट त्रिशूली नदीमा खसेको छ। आर.एन.सि कम्पनीको इटा बोकेको उक्त ट्रकको नम्बर भने खुल्न सकेको छैन भने ट्रक चालक तथ सहचालक पनि भेटाउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी अहिले मुग्लिनबाट प्रहरी टोली घटनास्थल पुगेको र उद्दारमा खटिएका छन् । थप विवरण आउन बाँकी रहेको छ ।
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ३ (तीन) ——————————————– ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “ विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/०४/२४ …………………………………………. प्रशिक्षक:- ———– सोमनाथ लुइटेल “रवि पाल्पाली” तोयानाथ सुवेदी
भाषा शुद्धीकरण ———— सोमनाथ लुइटेल रवि पाल्पाली भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- सुशीला पौडेल
संयोजक दुर्गा आचार्य ,भवानी घिमिरे तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ।
======================
पञ्चाङ्गको संरचना :- १६ अक्षरमा गर्नु पर्नेछ ।
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनु पर्छ । जस्तै :- उठान:- गाउँ भरिकाले सदैव कालू भन्छन् मलाई (१) टाठो चलाख भएर नै चालू भन्छन् मलाई (२)
तेस्रो लाइनले माथिको शेरलाई बिस्तार गर्नु पर्छ ———————————- कहिले राम्रो भन्दछन् कहिले विचरा भएँ (३)
माथिको शेरलाई सम्बोधन गरि परिचय खोल्ने ——————————— १,२,३का लाइनलाई जोड दिदै परिणाम दिनुपर्छ
गमक्क परेर बसेको ठालु भन्छन् मलाई (४) सबै मिलेर अब यहाँ ढालु भन्छन् मलाई (५)
स्थायी :- भन्छन् मलाई ,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
यस शृङ्खलामा दिइएको अभ्यास अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो फोटो, नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
————————— पञ्चाङ्ग ०१
गाउँ भरिकाले सदैव कालू भन्छन् मलाई टाठो चलाख भएर नै चालु भन्छन् मलाई कहिले राम्रो भन्दछन् कहिले विचरा भएँ गमक्क परेर बसेको ठालु भन्छन् मलाई सबै मिलेर अब यहाँ ढालु भन्छन् मलाई ।
💢सोमनाथ लुइटेल ” रवि पाल्पाली “
पञ्चाङ्ग ०२
सोझै भएर होला किन दालु भन्छन् मलाई पढाईमा जिरो भएरै आलु भन्छन् मलाई सबैले प्रगति गरे मेरो अवगति सधैँ गल्ती नहुँदा खाडलमा हालु भन्छन् मलाई कसै गरेर यसलाई फालु भन्छन् मलाई ।
💢संगिता शर्मा, सिन्धुली ।
पञ्चाङ्ग ०३
गाउँमा सबैले सदैव कालू भन्छन् मलाई बाठो भएरै होला सधैं चालु भन्छन् मलाई कहिले त राम्रै भन्दछन् तर कहिले विचरा चुप लागेर बस्ता पनि ठालु भन्छन् मलाई फेरि यसलाई कसरी ढालु भन्छन् मलाई ।
💢दुर्गा भट्टराई,मोरङ ।
पञ्चाङ्ग ०४
माया गरेर नै सदैव कालू भन्छन् मलाई कुरा गर्नेलाई सिपालु चालु भन्छन् मलाई कहिले ठिकै राम्रो भन्छन् कहिले त विचार नबाेली बस्दा कति ठुली ठालु भन्छन् मलाई कहाँबाट यसलाई नै ढालु भन्छन् मलाई ।
💢सहयात्री शाेभा अर्याल, रुपन्देही १४ बुटवल।
पञ्चाङ्ग ०५
सबै स्थिति ठिक्क पारेर ठालु भन्छन् मलाई पोख्तताले समस्या टार्दा चालु भन्छन् मलाई जे गरेपनि धर पाइदैन यो जीवनमा कमजोरी न भेटाउदै ढालू भन्छन् मलाई सन्जोग मिलाइ खाल्डोमा हालू भन्छन् मलाई।
💢अच्युत घिमिरे-भुटान बाट 🇧🇹
पञ्चाङ्ग ०६
एक्ली छोरी हु मायाले कालू भन्छन् मलाई गाउँ पालिकामा तल्लिन ठालु भन्छन् मलाई सबैसँग मिली काम गर्ने इच्छा भएर होला बस्दिन गाउँघर डुल्छु चालु भन्छन् मलाई दिमाग ढिलो चलेर आलु भन्छन् मलाई ।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
पञ्चाङ्ग ०७
मायाले हाेला, सवैले कालू भन्छन् मलाई व्यस्त हुँदा नि नबोले ठालु भन्छन् मलाई अनुकुल समय मात्रै पाइन्छ र नै कहाँ परिश्रमी छु सवैले चालु भन्छन् मलाई खुट्टा तान्नेले नि यहाँ फालु भन्छन् मलाई ।
💢उर्मिला के.सी. धनकुटा ।
पञ्चाङ्ग ०८
मानिहरू माया गरी कालू भन्छन् मलाई खै किन होला अन्जानमा ठालु भन्छन् मलाई विकृतिहरूको विरुद्ध खुलेर बोल्ने गर्छु सोझो भएर हो सायद चालु भन्छन् मलाई तानाबाना बुनेर आजै ढालु भन्छन् मलाई ।
💢आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ०९
भगवान् रङ्ममा छु म त कालु भन्छन् मलाई न्यायकाे निमित्त बाेल्दा त ठालु भन्छन् मलाई कमजोरकाे पक्षमा छु पहिले साथ मागे श्रीकृष्ण झैँ हक्की हुँदा नै चालु भन्छन् मलाई नराखी कंस जति यहाँ फालु भन्छन् मलाई ।
💢भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग १०
हिजोआज सपनामा ठालु भन्छन् मलाई सम्झेर या कृष्ण लीला कालु भन्छन् मलाई बगाएर प्रेम धारा त्यागी भै जिन्दगीमा उदाएका जून घाम चालु भन्छन् मलाई खडेरीमा पानीले झैँ गालु भन्छन् मलाई ।
💢सीता कडेंल सापकोटा, भरतपुर चितवन।
पञ्चाङ्ग ११
किन मायाले बोलाउदा कालू भन्छन् मलाई बाठो नाम पो राखेकारे चालू भन्छन् मलाई कस्ले के भन्ने कस्ले माया गरेको होकि रिस जानेको कुरा गर्दा पनि ठालु भन्छन् मलाई गरि खादा कसरी खुट्टा ढालु भन्छन् मलाई ।
💢दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग १२
बुझेको कुरा सुनाउँदा ठालु भन्छन् मलाई बढी भयो यो त कसरी ढालु भन्छन् मलाई कस्तो रिस गरी खाएको पनि देख्नु नहुने आफ्नु गरेर खादा पनि चालूु भन्छन् मलाई सके देखि यस्लाई छिट्टै फालु भन्छन् मलाई ।
💢अनुप आचार्य, मोरङ ।
पञ्चाङ्ग १३
सिन्को भाच्न नजान्दा कस्तो आलु भन्छन् मलाई कुराले भने ठिक्क पार्ने चालू भन्छन् मलाई बुढो हुँदा सम्म खाने भन्दा अरु क्यै नजान्दा कस्तो यो कपाल खुइले तालु भन्छन् मलाई गाला चैं रातो भएकोले लालु भन्छन् मलाई !
पशिपती राइ, खोटाङ ।
पञ्चाङ्ग १४
केही बुझ्दैन् भन्ने ठानेर आलु भन्छन् मलाई बिना कारण खाडलमा हालु भन्छन् मलाई छानेर सोझा रूखहरू काटिन्छ भने जस्तै मिलेर धूर्त जति सधैँ ढालु भन्छन् मलाई यातनाको भुब्रोमा हाली गालु भन्छन् मलाई।
💢अरुण कु.भुजेल गोरूबथान,कालेबुङ्ग,भारत।
पञ्चाङ्ग १५
समपञ्चाङ्ग १ ✍️✍️ सबै मायाले बोलाउदै कालू भन्छन् मलाई हर बेला मौका नगए ठालू भन्छन् मलाई आफ्नो समय अनुकुल मिलाउने छ जिम्मा मौसमी ऋतु जस्तै हुनु चालु भन्छन् मलाई लह मुना गृष्मको जस्तै पालु भन्छन् मलाई ।।
सब चटनी जस्तै मिल्ने खालु भन्छन् मलाई मन परे प्यारी त नपरे दालु भन्छन् मलाई सबैका प्रिय बन्न किन सकिन्थ्यो आजभोली आवश्यकमा चिप्लो नत्र फालु भन्छन् मलाई भित्रभित्रै सेटिङ गरि ढालु भन्छन् मलाई ।।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
पञ्चाङ्ग १६
मायालु देखिएर कोही कालू भन्छन् मलाई जता पनि मिसिन सक्ने आलु भन्छन् मलाई सबै मान्छे उस्तै नहुने रहेछन् दुनियाॅमा कसै कसैले खोई किन ठालु भन्छन् मलाई जङ्गलबाट ल्याइएको भालु भन्छन् मलाई।
💢घनश्याम पौडेल, पोखरा । ।
पञ्चाङ्ग १७
दुनियाँले जे सुकै भनोस् न कालू भन तिमी राखेर त्यो दिलमा सदा मायालु भन तिमी सक्दिनँ तिमी बिना बाँच्न म अलग भएर, साह्रै डरपोक् न परेँ छेरभालु भन तिमी कुरा राख्न नसक्नेलाई नै आलु भन तिमी ।
💢वसन्त अनुभव, दाङ ।
पञ्चाङ्ग १८
सबैसँग मिल्ने खालको आलु भन्छन् मलाई मिठो बोलीले बोलाउँदा कालू भन्छन् मलाई सकेसम्म सधैं सबैसँग राम्रो गर्न खोज्छु मेरा दुष्ट जति सबैले ढालु भन्छन् मलाई कसैले सकिदैन ठूली ठालु भन्छन् मलाई।
💢सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग १९
सबैले नै माया गरेर कालू भन्छन् मलाई काम गर्ने भएर होला चालु भन्छन् मलाई टुहुरो भएकोले समाजमा मलाई यहाँ राम्राले त माया लागेर पालु भन्छन् मलाई हेला गरेर खाडलमा फालु भन्छन् मलाई ।
💢सम्झना थापा मगर, स्याङ्जा ।
पञ्चाङ्ग २० माया गरेको झैं गर्छन् कालू भन्छन् मलाई भित्र भित्रै कतिले ठालु छ भन्छन् मलाई मुखमा राम राम बगलीमा छुरा धेरै उखालेर जरै देखि फालु भन्छन् मलाई देशको खम्बा हूँ तर ढालु भन्छन मलाई !
💢मिथिला अधिकारी मकवानपुर हेटौडा ।
पञ्चाङ्ग २१
गाउँघरतिर सबैले कालू भन्छन् मलाई। सबैसँग मिल्ने खालको आलु भन्छन् मलाई। जस्तालाई उस्तै व्यवहार गर्ने स्वभाव छ, नराम्रो काम नमान्दा म ठालु भन्छन् मलाई। ठूलैको संगत छ क्यारे चालूु भन्छन् मलाई।
💢ह्यारिस ह्यरिसन, काठमाडौं ।
पञचाङ्ग २२ १ कसैसँग झुक्दैन शिर ठालु भन्छन् मलाई थर्काउँछु वैरीलाई इखालु भन्छन् मलाई गर्दिनँ म अन्याय न त सहन्छु थिचोमिचो माया बाँड्छु सबैलाई दयालु भन्छन् मलाई डग्न दिन्न स्वाभिमान मकालु भन्छन् मलाई २ अलिअलि लजाउँछु लजालु भन्छन् मलाई नजरको तीर हान्दा नशालु भन्छन् मलाई गोरीगोरी सुकुमारी गाउँकी कि प्यारी छोरी मीठो बोल्छु सबैसँग दयालु भन्छन् मलाई पछि लाग्छन् ठिटाहरू मायालु भन्छन् मलाई
💢पुष्पा नेपाल(सुवेदी ) इलाम
पञ्चाङ्ग २३
चैत मास खडेरीले नालु खुइलियो साथी अँगेनाको भुङ्ग्रो भित्र आलु खुइलियो साथी यस्तै रैछ जिन्दगानी कर्कलाको पानी जस्तो पारि पाखा डढेलोले भालु खुइलियो साथी दुःख गर्दागर्दै आफ्नो तालु खुइलियो साथी ॥
💢गुणनिधि घिमिरे, दमक .।
पञ्चाङ्ग २४
मायाले बोलाउदा कालू भन्छन मलाई कहिले केही नमाने ठालु भन्छन मलाई यस्तै हुन समाजका मानिस कुरा फेर्छन केही राम्रो काम गरे ढालु भन्छन मलाई कुरा नबुझ्नेहरू जति चालु भन्छन मलाई ।
💢सुमित्रा पोखरेल काठमाडौं ।
पञ्चाङ्ग २५ सम पञ्चाङ्ग
बोलाउँदा भाउ खोजेर ठालु भन्छन् मलाई। उसिन्दै तरकारी खानेआलु भन्छन् मलाई।। के गर्नु जमाना अनुसार चल्नै पर्छ साथी। गाउँ टोलमा डुलेकोले चालू भन्छन् मलाई।।
रिसाउँदा आँखा तरेर भालु भन्छन् मलाई।। साथी भाइले बोलाउँदा कालू भन्छन् मलाई। दलाहको रानी हो भन्दै फालू भन्छन् मलाई।। म आफ्नू ठाउँमा सही छु याद राख्नुहोस् हजुर कमलो मन सम्झिएर पालु भन्छन् मलाई।। इन्द्रजाल षड्यन्त्र बुन्ने जालु भन्छन् मलाई।।