
१
तिज
रमाइलो पर्व
देव शिवजीको आराधना!
२
तिज
दिदिबहिनीहरू मिलेर
खानु खाजा खिर !
३
तिज
भयो खर्चिलो
त्यसैले लाग्छ पिर !
४
तिज
सामाजिक परिवर्तनमा
कति राम्रो गीत !
५
तिज
नमानौँ असन्तुष्ट
आफ्नोमै गर्नु सन्तुष्ट !
- रमा पन्त, काठमाडौँ

१
तिज
रमाइलो पर्व
देव शिवजीको आराधना!
२
तिज
दिदिबहिनीहरू मिलेर
खानु खाजा खिर !
३
तिज
भयो खर्चिलो
त्यसैले लाग्छ पिर !
४
तिज
सामाजिक परिवर्तनमा
कति राम्रो गीत !
५
तिज
नमानौँ असन्तुष्ट
आफ्नोमै गर्नु सन्तुष्ट !

पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको :- भाग ४ (चार)
——————————————–
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग
अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
मिति:- २०७९/०४/३१
………………………………………….
प्रशिक्षक:-
———–
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तोयानाथ सुवेदी
भाषा शुद्धीकरण
————
सोमनाथ लुइटेल रवि पाल्पाली
भवानी घिमिरे
पुष्पा नेपाल (सुवेदी )
सङ्कलक :-
———-
सुशीला पौडेल
संयोजक
दुर्गा आचार्य ,भवानी घिमिरे
तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल ।
======================
पञ्चङ्ग ०१
धिक्कार छ जिन्दगी समयले नचायो मलाई
खान खोजें जहर, औषधीले बचायो मलाई
राम्रोको पछि लाग्ने त्यस्मा पर्दिन होला के गरुँ?
हेर ! अनायासै सधैँको लागि मचायो मलाई
कहिले कुराले कैले छुराले पचायो मलाई ।
🇳🇵सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग ०२
भक्ति त्यहीँ गर्नु पर्छ आस्था छाएको ठाउँमा
धर्म त त्यहीँ हुन्छ मनले खाएको ठाउँमा
नामको लागि हैन काम गरी जिउनु पर्छ
भक्त त्यहा पुग्छ सधैँ श्रद्धा पाएको ठाउँमा
संस्कृति बच्छ सधैँ लोकले धाएको ठाउँमा।
🇳🇵सीता कडेंल सापकोटा, भरतपुर चितवन ।
पञ्चाङ्ग ०३
कराएँ चर्को स्वरले सुनेनन् तर कसैले
समस्या पर्दा आएर दिएनन् भर कसैले
आफन्तलाई सम्झेर म रुॅदै थिएँ बसेर
तलाउबीच पुग्दा नि मानेनन् डर कसैले
अन्जान ठाउँ हुनाले सोचेनन् कर कसैले।
🇳🇵घनश्याम पौडेल, पोखरा।
पञ्चाङग ०४
तीजको नाममा विकृति भेटियाे यहाँ
संस्कारको काममा दम्भ मेटियाे यहाँ
हाम्रो पुरानो संस्कृति कता हरायो खै
पहिरन सँगै विकृति फेटियाे यहाँ
समाजमा संस्कारलाई रेटियाे यहाँ ।
🇳🇵मनिषा बिष्ट ✍️✍️ मेचिनगर १५ , फुलमासी
पञ्चाङ्ग ०५
मलाई कहिले लाग्छ जीवन भिर्ने झोला जस्तो
कहिले वर्षे यामको भेल भै बग्ने खोला जस्तो
जिन्दगीमा आउने अनेक उतार चढावले
जिन्दगी आज भन्दा भोलि ज्यादै राम्रो होला जस्तो
लाग्छ आजै होकी भोलि नै मरी जाने चोला जस्तो।
🇳🇵सुशीला पौडेल, काठमाडौं ।
पञ्चाङ्ग ०६
बाल्यकाल खेलबाडमा रमाएरै बित्यो
युवावस्था धन सम्पत्ति कमाएरै बित्यो
कहिले गर्ने भक्ति भजन गयो जीवन
बिहे पछि सन्तानहरू जमाएरै बित्यो
बृद्ध भयो शरीर लौरो समाएरै बित्यो ।
🇳🇵गुणनिधि घिमिरे, दमक झापा ।
पंञ्चाङ्ग ०७
बर्ष दिनको तिज घर आँगनमा आएको छ
दिदीबहिनीको अनुहार खुशीले छाएको छ
तिजको दर खाइ साथी सङ्गी रमाइलो गर्न
बाबाको आँगनीमा नाच्न र गाउन पाएको छ
चेली र माइती भेट हुँदा नै माया लाएको छ ।
🇳🇵बुद्धिमान दनुवार,सुरुङ्गा –४ झापा ।
पञ्चाङ्ग ०८
मर्नु त छदैछ एकदिन हाँसेर मरू
असल सम्बन्ध सकलमा गाँसेर मरू
कसैको आँखाको कसिङ्गर बन्नु नपरोस्
कटुता शत्रुता जे जति छन् माँसेर मरू
सबैका आँखामा राम्रो छवि टाँसेर मरू ।
🇳🇵वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ।
पञ्चाङ्ग ०९
तिज पनि आयो आमा
जताततै छायो आमा
यो महान चाड हाम्रो
मिठो दर खायो आमा
तिम्रो माया पायो आमा ।
🇳🇵सुमित्रा पोखरेल, काठमाडौं ।
पञ्चाङ्ग १०
जिन्दगी भन्नु, उकाली बाटो, भीरमा रमाएँ
बिहानी पछि, गोधुली साँझ, पीरमा रमाएँ
आँशुको भाका, कसैले पनि, बुझेनन् आखिर
जीवन बन्यो, माछाको जस्तो, झीरमा रमाएँ
खहरे जस्तै, तिर्सना बोकी, तीरमा रमाएँ ।
🇳🇵आर्त अकुलीन, कैलाली ।
पञ्चाङ्ग ११
जिन्दगी बनेको छ विस्वासको सौगात गनेर
फरक गर्नु हुँदैन कसैको औकात गनेर
मानवता नै हामी सबैको विशाल सम्मान हो
कही पुगिदैन खिच्यो भई जातभात गनेर
विपत्तिमा देखाउ सहयोगीको हात गनेर।
🇳🇵अच्युत घिमिरे-भुटान बाट 🇧🇹
पञ्चाङ्ग १२
याद भएर पनि छैन भनी टार्न सकिन्छ
किन हाँस्दा हाँस्दै आँखामा आँसु झार्न सकिन्छ
कसैको माया पाउन खै सजिलो कहाँ छर?
प्रेमको तपस्यामा त सजिलै हार्न सकिन्छ
नजान्दामा प्रेमले नै जिउँदै मार्न सकिन्छ।
🇳🇵दुर्गा आचार्य, मोरङ ।
पञ्चाङ्ग १३
अर्काको भर नपाउँदा मर्नु बेकार छ
आफ्नो सम्झी अब नजिकै सर्नु बेकार छ
समाजमा विकृति र फेसन बढेको छ
स्वार्थले हिँडेको लोभमा पर्नु बेकार छ
त्यसैले आफ्नु कर्म आफै हर्नु बेकार छ।
🇳🇵अनुप आचार्य , काठमाडौं ।
पञ्चाङ्ग १४
रहर हरु सारा~~~ मरेर गए
सपनाका सितारा~~ झरेर गए
दु:ख र पीडाले गालेको जिन्दगी
खुशी नै सबै खोला~~ तरेर गए
अभाव हरु पोल्टो~~ भरेर गए !
🇳🇵मिथिला अधिकारी, मकवानपुर हेटौडा।
पञ्चाङ्ग १५
काम गर्न मन छैन तिज आएको बेला
घरमै बस्नु पर्दछ गीत गाएको बेला
बर्षदिनको तिजमा पनि खोजी भएन
दु:ख पर्दा जाने छैन दु:ख छाएको बेला
मन रम्छ अति उपहार पाएको बेला ।
🇳🇵संगिता शर्मा , सिन्धुली ।
पञ्चाङ्ग १६
नेताहरू चुनावमा भोट भन्दै आउलान्
जनताका घरघर भोट गन्दै आउलान्
भो जिते सत्तामा लुटुपुटु हुनलाई
खबरदारी गर्नुछ भोट बन्दै आउलान्
लाज छैन यिनीलाई पक्का कन्दै आउलान् ।
🇳🇵बेदु न्यौपाने, काठमाडौ गौरी नगर…७।
पञ्चाङ १७
बितेको माया सम्झेर रुन मन लाग्छ म के गरूँ
पाेखिन्छन् आँसु मुख धुन मन लाग्छ म के गरूँ
तिमीलाई त अर्कै संसार प्याराे लाग्छ आजकाल
तिम्रो नै तस्बिर हेरी छुन मन लाग्छ म के गरूँ
भुर्र उडी तिमी सामु हुन मन लाग्छ म के गरूँ!
🇳🇵उर्मिला के.शी., धनकुटा ।
पञ्चाङ्ग १८
[१]
यस साल पनि तिज आयाे मेरो दाजु
चारैतिर खुशीयाली छायाे मेराे दाजु
सबै मिलिजुली रमाउनु पर्छ हामी
दिदैनन् आउँन ङर लायाे मेरो दाजु
भाइले नि धेरै माया पायाे मेरो दाजु।
[ २ ]
चाडपर्व नजिकै आएको छ मेरी आमा
मनभित्र नै खुशी छाएको छ मेरी आमा
तिजकाे मीठाे मीठाे दर खानलाइ चेली
बल्ल तल्ल म आउन पाएकाे मेरी आमा
बाबा धेरै माया लाएकाे छ मेरी आमा।
🇳🇵सहयात्री शाेभा अर्याल, बुटवल १४ रुपन्देही।
पञ्चाङ्ग १९
हिजो भन्दा आज क्रुर बन्दैछ मान्छे
आफैँ पुरिने खाडल खन्दैछ मान्छे
पृथ्वी ध्वस्तमा विजयकाे तयारीले
बलियो सिङ कुन छ गन्दैछ मान्छे
सास नफेरेरै जित भन्दैछ मान्छे ।
🇳🇵भवानी घिमिरे, सर्लाही ।
पञ्चाङ्ग २०
बिर्सनै नसक्ने राम्रो पल आओस् भन्छु
दु:ख पीडा सदैव सजिलै जाओस् भन्छु
निधारमा पहिले भावीले लेखिएको
जस्ले गर्छ दु:ख उसैले नै खाओस् भन्छु
हात पसारी माग्नेहरूले पाओस् भन्छु।
🇳🇵अप्सरा भुसाल, नवलपुर, जवाईथर ।
पञ्चाङ्ग २१
१.
फुर्सद थियाे समय थियाे नै चाल पाइएन
बल्ल हाेस आयाे तर साेचेकाे माल पाइएन
बुद्धि र समयकाे भेट हुने भए के के हुन्थ्याे
खाेलामा माछा टन्नै थियाे तर जाल पाइएन
गाेली थियाे अहिले बन्दुककाे नाल पाइएन ।
२.
माया लाग्याे तिमीलाई देखेर म फर्केर आएँ
तिम्रैलागि घरमा श्रमतीसँग झर्केर आएँ
घरकाे भन्दा परकाे राम्राे देखिन कस्ताे माया
बाटाेमा कसैले देख्ला कि भनेर तर्केर आएँ
काेठामा खाट सार्काएकाे जस्तै नै सर्केर आएँ।
🇳🇵नवराज भट्ट, महेन्द्रनगर, कञ्चनपुर ।
पञ्चाङ्ग २२
झोला पनि सुकेर थैलो भयो अब
नधोएको साच्चिकै मैलो भयो अब
बेथितिको संस्कार हुर्किएपछि नै
हिँडन नसक्ने नि पैलो भयो अब
कालो केश अब त कैलो भयो अब ।
🇳🇵सरस्वती आचार्य, दाङ्ग तुलसीपुर ।
पञ्चाङ्ग साहित्य समाज नेपाल
पञ्चाङ्ग २३
🌷❤️🌷
दियौ चोट मलाई तिमीले उपहार सम्झेर साँचेको छु,
पिएर अश्रुहार हरपल जीवन यो सम्हालेर बाचेको छु !
संघर्ष रहेछ जिन्दगानी भोग्दैछु मरेर पलपल नियति,
थाङ्ने पत्कर गनी फालीदियौ खपेर पीर नाँचेको छु,
आज सारादुनियाँ सामु घायल मुटु लिएर हाँसेको छु !
🇳🇵बिवस पार्दशी, भद्रपुर मेची नेपाल ।
पञ्चाङ्ग २४
बोकेर भारी टेकेर लौरो पहाडको बाटो सम्झेनौ तिमीले
सन्चो छ कि बिसन्चो भनेर सोधेनौ कति लाटो सम्झेनौ तिमीले
तिमीले नबुझे मेरो मनको पीडा सहेर लुकाऊँ कसरी
गलेर आयौ भनी सदा सर्वदा अाराम साटो बुझेनौ तिमीले
नभन्नू कसैको बिरानो मनको बर्सने भाटो बुझेनौ तिमीले
🇳🇵अम्विका अधिकारी, झाप विर्तामोड ।
पञ्चाङ्ग २५
हिँड्ने बेला भएको छ मेराे बाेकेर थैलाे बन्यो
साबन छैन म सङ्ग लगाएँ लुगा मैलो बन्यो
अबत बुढेसकालले पनि छाेएछ क्यारे अझै
कालाे मेराे कपाल पनि हुनगएछ कैलाे बन्यो
दु:खी जीवन यस्तै रहेछ पाेत्नु पर्याे दैलाे बन्यो ।
🇳🇵दुर्गा निरौला, काठमाडौं ।
पञ्चाङ्ग २६
तिज पनि नजिकै आएको छ आमा
मनमा धेरै खुशी छाएको छ आमा
माइतीमा रमाइलो गर्न मन छ
तिम्रो माया पनि धेरै लाएको छ आमा
माइती आउने छुट्टी पाएको छ आमा ।
🇳🇵दुर्गा भट्टराई,मोरङ ।
पञ्चाङ्ग २७
गाडीको ठूलो जाम थियो
मान्छेको निकै जाम थियो
किन रहेछ भनी बुझ्दा त
मान्छेबीचको हाम थियो
छुराले काट्न खाम थियो ।
🇳🇵ह्यारिस ह्यारिसन, काठमाडौं ।
पञ्चाङ्ग २८
बिर्सनै नसक्ने राम्रो पल आओस् भन्छु
दु:ख पीडा सदैव सजिलै जाओस् भन्छु
निधारमा पहिले भावीले लेखिएको
जस्ले गर्छ दु:ख उसैले नै खाओस् भन्छु
हात पसारी माग्नेहरूले पाओस् भन्छु।
🇳🇵मिराज लुइटेल, काठमाडौं ।
पञ्चाङ्ग २९
सपना पूरा मिलेर यहाँ सबैले गर्नु पर्छ
शीतले घैला जतन गरी सबैले भर्नु पर्छ
एकता जस्तो शक्तिको मन्त्र हुने छैन धर्तीमा
न्यायकाे लागि विकास गर्न अगाडि सर्नु पर्छ
राष्ट्रकाे लागि समस्या पर्दा एक भै मर्नु पर्छ ।
🇳🇵दामोदर ढकाल दीपक,भोजपुर ।
पञ्चाङ्ग ३०
झोला पनि सुकेर थैलो भयो अब
नधोएको साँच्चिकै मैलो भयो अब
बेथितिको संस्कार हुर्किएपछि नै
हिँडन नसक्ने नि पैलो भयो अब
कालो केश अब त कैलो भयो अब ।
🇳🇵गिता लुइटेल, कावासोती नवलपुर।
पञ्चाङ्ग ३१
चाडपर्व नजिकिँदैमा पनि कुनै हर्ष छैन मलाई ।
यसपटक चाहीँ यस्तो गरौँ जुनै वर्ष छैन मलाई ।
जहाँ गहिरो तहाँ पहिरो भरोसा विलिनमय सम,
कोरोना कहर महँगा मार गुनै पर्व छैन मलाई ।
चिसो हो वा तातो परेर कथा खुनै गर्व छैन मलाई ।
🇳🇵जमुना आचार्य , काठमाडौं ।
पञ्चाङ्ग ३२
जतिमाया गरेपनि बैगुनीलाई नहुँदो रहेछ।
कोमल यो मुटु झिरमै उनेपनि नछुँदो रहेछ ।
उसकै लागि चल्छ मेरो धड्कन कस्तो अभिसाप हो।
पत्थर बरु पग्लेला निष्ठुरी मन नरुँदो रहेछ ।
मन कालो हुनेलाई गंगाजलले नधुँदो रहेछ ।
🇳🇵पुष्पा नेपाल(सुवेदी ), इलाम ।

काठमाडौ, २८ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ४६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४६ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
हरदिन छ गाईजात्रा, हरदिन छ उत्सव,
किन चाहियो बेकार हेर विशेष दिन अब ।
✍️ वसन्त अनुभव

[१]
हरदिन चल्छ गाईजात्रा, एकदिन व्यर्थ किन ?
छक्क पर्छु हेरी चर्तिकला लागेर आउँछ घिन ।
✍️
वसन्त अनुभव
घोराही, दाङ
[२]
गाईजात्रा मनाउँदै देश चल्दैन, कलाकार महाशय,
नेताहरूले देश बेच्न लाग्यो मर्दैछन् गरिब कतिपय ।
✍️
कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[३]
गाईजात्रा हुने गर्छ अहिलेको गीतमा
यो चाडपर्व रसिलो मान्नुपर्छ तीजमा ।
✍️
भगवती दवाडी
झापा
[४]
संस्कृति मास्न लागे बाह्रै मास गाईजात्रा पार्ने नेता जालीले,
यस्ता झार उखेली उत्तम फूल जाेगाउनु छ हामी मालीले ।
✍️
निरज काेइराला
बेलका १ उदयपुर
[५]
एघार महिना सुतेर पनि महिना दिन त खट्छन् विकासमा,
एक महिने समयावधिमा पहिलो नजर आफ्नो निकासमा ।
✍️
म्यामराज राई
हतुवागढी -६,होम्ताङ्, भोजपुर
हाल; प्रवास
[६]
सधैँ सदन अनि सडकमा गाईजात्रा हुँदा,
कसैको पसिना बग्यो कसैको आँसु मन छुँदा ।
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[७]
हरेक दिन गाईजात्रा यस्तै मात्रै हुने गर्छ,
हटाउन गरिएको प्रयास त्यसै त्यसै टर्छ ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ काठामाडौँ
[८]
रीतिरिवाज संस्कृतिले, भरिएको हाम्रो देश,
दिनानुदिन देखिन थाल्यो छद्य नेताको भेश ।
✍️
एवाइ प्रभात
धजकुटा
हाल मोरङ
[९]
खै कसलाई के भन्नु र आजकल रमाउँछन् त्यसैमा धेरै,
मनाउँदै चाडपर्व समाउँदै हात हिड्छन् भन्दै सबै मेरै ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया
[१०]
जात्रै जात्रा देखाए बुढाखाडा नेताले,
अब आउने मार्गमा यिनलाई फाले ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा –४ झापा
[११]
टुक्का
सत्तामा हुनेलाई यहाँ सदैव जात्रै जात्रा,
निमुखामा थपिरहन्छ पिरै पिरकाे मात्रा ।
✍️
त्रिलाेचन भण्डारी
मेचीनगर, झापा
[१२]
संसददेखि अदालतसम्म गाईजात्राको मात्रै खेल,
बाहिर कुकुर झै जुध्नेहरूको भित्र कति राम्रो मेल ।
✍️
शंकर कार्की
थाहा ३ मकवानपुर।
[१३]
यो देशमा सधैँभरि चल्छ गाईजात्रा,
दलालले भुँडी भरे मिलाएर मात्रा !
✍️
बिबस पारदर्शी
भद्रपुर झापा
[१४]
जति गर्दै गइन्छ गाईजात्रा,
उति बढ्छ भ्रष्टाचारको मात्रा ।
✍️
दीपक ठटाल जलन
[१५]
देशघाती खुरापाती नेताहरू बुझ्दैनन् किन ?
त्यो एकदिने गाईजात्रा हुनथाल्यो वर्षै दिन ।
✍️
बिके माकजु , भक्तपुर ।
[१६]
हेर जनतालाई झुट्टा आश्वासन छर्दैछन्,
राष्ट्रको सम्पति दोहन गरी पेट भर्दैछन् !
✍️
रबि श्रेष्ठ
सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही !
[१७]
आत्मा शान्तिकाे लागि मनाइने चलन चल्यो गाईजात्रा,
जात्रामा माैका छाेपी सत्तामा पुग्न किन गर्छौ नेता यात्रा।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
मध्यपुर थिमी ५ सङ्गमकाेलनी भक्तपुर ।
[१८]
ईन्द्रजात्रा घोडेजात्रा गाईजात्राहरू,
संस्कृति र चाडपर्व थप्नुपर्छ बरू ।
✍️
गुणनिधि घिमिरे
दमक
[१९]
उल्लु ठान्ने व्यङ्ग्य हान्ने गाईजात्रा पर्व,
घाेचपेचकाे लेखाई पढ्दा लाग्छ गर्व ।
✍️
रामकृष्ण दवाडी
[२०]
गाईजात्रा दिनकै छ सत्ता माथि तल,
कामकाज थातिरहे सधैँ खलबल !
✍️
कमला देवकोटा
पाल्पा
[२१]
बोली अनुसार छैन व्यवहारमा उल्टो कस्तो गाईजात्रा,
अब विश्व चकित भयो घटाऔँ भो पैरवी निकृष्ट मात्रा ।
✍️
प्रेम थापा
[२२]
संस्कृति अनि संस्कारलाई भुल्दै,
मनपरि स्वार्थ तन्त्र हेर हुल्दै ।
✍️
सरस्वती श्रेष्ठ
इटहरी
[२३]
राज्यको तीनै अङ्गले देखाएको छ गाईजात्रा,
हेर्नुस् न मजाले तल बस्नेले अझै बढ्छ मात्रा ।
✍️
रामप्रसाद पुरी
बादेल,खाेटाङ ।
[२४]
नेपालको व्यवस्था पनि अनौँठो गाईजात्रा झैँ भयो
अत्याचारीको मात्रै चर्चा इमानदारिता कता गयो।
✍️
दस्ता कौशिक
पाँचथर।
[२५]
हुनेलाई सधैँ जात्रैजात्राको लाग्छ मेला,
नहुनेलाई दुःख पीडा गरीबीको भेला ।
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[२६]
ढुक्क हुनुस् सबैतिर मिलाएको छु मात्रा,
नेपाली हौँ बाह्रैँ महिना हुन्छ गाईजात्रा ।
✍
नवशिला
बेलबारी-२,लालभित्ती,मोरङ।
[२७]
तिम्रै दुःख भगाउन गरेको गाईजात्रा,
असन्तुष्ट भए आऊ गरौँ मिलेर यात्रा ।
✍️
नन्दलाल आचार्य
[२८]
हाम्रा ठाँउमा मौका पाउनेले देखाउँछन् त गाईजात्रा,
खाली हैसियत अनुसार भिन्नै हुन्छ तलमाथि मात्रा !
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
[२९]
हानाहान एक अर्कामा उत्सव गाईजात्रा,
जति हान्यो कम हुँदै जाने किन होला मात्रा ।
✍️
प्रदीप के रिमाल
इटहरी आठ सुनसरी।
[३०]
जात्रैजात्राको यो घमासान तमाशा,
वर्षैभरको खेल बनायो निराशा।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[३१]
नेताहरूको भाँडभैलो गाईजात्रा भयो,
दिनभरी कुर्सीमा बस्दै राती भट्टी गयो ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[३२]
कहीँ नभएको जात्रा गर्छन् हाम्रो यो देशमा,
केही छैन आफ्नो नक्कल छ अरुको भेषमा ।
✍️
दुर्गा भट्टराई
मोरङ
[३३]
उनै गर्छन् गाईजात्रा उनै गर्छन् नाटक,
नेतालाई माेजमस्ती हामीलाई घातक ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[३४]
मानिसको जीवनसँग च्याप्प टाँसिएको छ हरजात्रा पर्व,
दिनका दिन महोत्सव देख्दा देख्दा दिक्क लागेन कुनै गर्व।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[३५]
सधैँभरि जात्रैजात्रा दङ्ग पर्नु कति,
पेच हानेर दुख्दैन खाली आत्मरति ।
✍️
मनोहरी पौडेल
गैडाकोट १ नवलपरासी वसुपू
[३६]
नेताले सत्तामा सधैँ गाईजात्रा देखाए,
आफ्नो धुमिल चरित्र इतिहास लेखाए ।
✍️
बेदु न्यौपाने
काठमाण्डौँ
[३७]
रक्षाबन्धन सङ्गै गाईजात्रा नि आयो,
नेपालीको अनुहारमा मुस्कान छायो ।
✍️
रुपेश कु. सदाय
[३८]
रोकिएन कहिल्यै पनि भ्रष्टाचारको मात्रा
जहिल्यै पनि देशमा हुन्छ यस्तै गाईजात्रा ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[३९]
कहाँ हट्छ हाम्रो उत्सव अनि गाईजात्रा,
विकृति र विसङ्गतिको बढेसम्म मात्रा ।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[४०]
सधैँभरि गाईजात्रा लाैन अति भयाे,
नेपालकाे अस्तित्व लाै भुँडी भित्र गयाे ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी ।
[४१]
वर्ष दिन नै देखाएर खाली गाईजात्रा,
यसैगरि बित्ने भाे हाम्रो जिन्दगीको यात्रा।
✍️
आर्मित्मा थापा मगर
स्याङ्जा
[४२]
कता छ हाम्रो देशको पुच्छर कता छ शिर,
पैसा गन्ने र कुम्याउने नेता यहीँ छ पिर ।
✍️
रिजाल बिनोद
[४३]
गाईजात्रा नेपालीकाे सांस्कृतिक पर्व वर्षमा आठ दिन चल्छ,
सत्ताकाे नेता जात्रा दैनिक देख्दा नेपालीकाे मन असाध्यै जल्छ ।
✍️
प्रद्युम्न चालिसे
देबघाट तनहुँ ।
[४४]
धुन्धुकारी गाईजात्रेहरूको देशमा,
कहिले आउँलान् कृष्ण सारथि भेशमा ।
✍️
बिके मुखिया
दार्जीलिङ भारत।
[४५]
जन्मदिन मनाएजस्ताे राखेकाे एक दिन,
नत्र सधैँ त कहाँबाट ल्याउनु खाेजी रिन ?
✍️
गोपाल कृष्ण डंगोल
इटहरी, प्रदेश १
[४६]
जो ठुलो उसैले जात्रा देखाउने गरेको,
निमुखा हामी सबैले नित्य हेर्न परेको ।
✍️
दुर्गा आचार्य
मोरङ

काठमाडौ, १४ साउन । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४औँ शृङ्खला साउन १४ गते शनिबार सम्पन्न भएको छ ।
अभ्यासमा ५६ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ४४ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
शक्तिमा हुन्जेल सबै आउँथे नाता जोडेर,
बाटो काट्दछ आज दुनियाँले मुख मोडेर ।
✍️ वसन्त अनुभव

[१]
गोजी भरिन्जेल अगाडि पछाडि साथीभाइ,
रित्तिएमा आफन्तै टाढा चिन्दैनन् कोही आई ।
✍️
बुद्धिमान दनुवार
सुरुङ्गा ४ झापा
[२]
आफूसित छनछनी भए सबै वरिपरि फनफनी घुम्छन्
कोरी नै भए पनि फरक पर्दैन स्वार्थमा पाउसम्म चुम्छन्।
✍️
दीपक ठटाल जलन
[३]
जब थियो पावर सम्झिएनौ तिमीले पनि,
अब त को आउँछ तिमीलाई महान भनी ?
✍️
सुरेशकुमार पान्डे।
दाङ घोराही १८
[४]
सत्ताकाे अग्नि साह्रै रापिलाे हजुर,
मरेकाे बाख्रा छाड्छ उपियाँ जरूर ।
✍️
प्रद्युम्न चालिसे
देवघाट तनहुँ ।
[५]
पुज्दछन् पाउ शक्तिमा हुने ती ठूला ठालुका,
शक्तिहीन तिनै भई कुरा गर्छन् ती आलुका ।
✍️
डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा.-६, दोलखा ।
[६]
सत्तामा छँदा मन्त्री हुन भेटी चढाउँथे उसकै पाउमा,
अहिले छैन् राज्य सत्तामा त्यसैले विराेध गर्दर्छौ गाउँमा ।
✍️
राज कुमार राजभण्डारी खाेटाङ्गे
भक्तपुर ।
[७]
यस्तै हो नाता भइन्जेल मात्रा,
सकिएपछि देखाउँछन् जात्रा ।
✍️
अनुग्रह राना मगर ‘पुष्प’
पाँचखपन – ६ संखुवासभा
हाल मलेसिया
[८]
शक्तिको खेल,
खहरे भेल ।
✍️
बिके माकजु
भक्तपुर ।
[९]
नेतासँगै हुन्छ आस, प्यास जनता छन् आत्तिएकाे
ऋणकाे भारी देशलाई नेता धनले मात्तिएकाे ।
✍️
निरज कोइराला
बेलका १ उदयपुर
[१०]
नातागोता केलाउने पद शक्ति रहुन्जेल चारैतिर देखि,
शक्तिहीन भएपछि तिनै पराई आफसे आफ झर्छ सेखी।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[११]
हुँदा लगाए भोज भतेर दायाँबायाँ नहेरी,
उपाय छैन आज बाटो काट्छन् नजर नफेरी !
✍️
कमला देवकोटा
पाल्पा
[१२]
सबैलाई सत्ताको जोस,
हराएछ चेतना होस ।
✍️
देबकी के.सी.
[१३]
प्यारो हुन्छ मान्छेहरू गरुन्जेल काम,
निर्धो भएपछि एक्लै जप राम नाम ।
✍️
होम प्रसाद
धरान,सुनसरी
[१४]
यहाँ आफ्नो र आफन्त भन्ने खेल,
हुन्छ केवल शक्तिमा भइन्जेल ।
✍️
बि.कुलुङ
भारत, दार्जिलिङ
[१५]
जता धारो उतै दुनियाँ हात थाप्दछ,
निभेको आगो हेर त कसले ताप्दछ ?
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[१६]
सत्तामा हुँदा धूपबत्ती गर्दै अञ्जुली थापेको,
निभेको आगो कसले छ र यहाँ मस्त तापेको ।
✍️
प्रदीप के रिमाल
इटहरी आठ
[१७]
छहारीमा बस्छ प्राणी रुखले छहारी दिउन्जेल,
पाेखरी नजिकै बस्छ यात्री पनि पानी पिउन्जेल ।
✍️
मित्र उराठी गाैतम
अमरपुर- गुल्मी हाल तिलाेत्तमा न पा -२, रुपन्देही
[१८]
दुनियाँ स्वार्थी छ यहाँ, को बस्छ मायाले,
सुर्यास्त होस् न साथ छोड्छ आफ्नै छायाले ।
✍️
वसन्त अनुभव
[१९]
भए अनि दिन सके टाढाको पनि नजिक हुने,
धन छैन त आफ्नै पनि परचक्री बनेको सुने ।
✍️
शंकर कार्की
थाहा३ मकवानपुर।
[२०]
शक्तीमा हुँदा कोरीको पनि मोल्नु पर्छ पाउ,
आफ्नो दुनो सोझ्याउन लाई हानौँ च्याखे दाउ ।
✍
नवशिला
बेलबारी -२,लालभित्ती,मोरङ।
[२१]
यस्तै हाे दुनियाँ सबैले बलेको आगाे ताप्छन्,
स्वार्थ पूरा भएपछि कृतघ्न भई सराप्छन् ।
✍️
रामप्रसाद बेल्बासे ‘एक्लाे यात्री’
शीतगङ्गा-५, अर्घाखाँची
हाल :बुद्धभूमि-३,कपिलवस्तु
[२२]
गेडी हुँदा थैलीभरि, हात थाम्छु भने,
रित्तिएकाे ठानेपछि, लात हान्ने बने ।
✍️
रामकृष्ण दुवाडी
पाेखरा ।
[२३]
ग्रहण गरेपछि पद शक्तिको दम्भ,
छेपारे प्रवृत्ति देखेर सबै अचम्म ।
✍️
प्रेम थापा “मन”
बागलुङ
[२४]
बलेको आगो ताप्न मात्रै दुनियाँले जान्दछ,
पैसालाई नै जीवनको सबथोक मान्दछ ।
✍️
गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ
[२५]
चाहिएको सबैलाई फगत पैसा र पावर,
जाँदैमा पद कदापि झुक्दैन यो अग्लो टावर ।
✍️
राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[२६]
हो त मौका पाउँदा तिमीले गर्नसम्म गर्यौ,
आफ्नो दुनो सोझाएर झुट्टा आश्वासन छर्यौ ।
✍️
रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
हाल : बुटवल, रुपन्देही !
[२७]
सत्ता हातमा नआउञ्जेल कुरा ठूला-ठूला,
आएपछि आखिर सबै उही ड्याङ्गका मुला।
✍️
कोषवल्लभ रेग्मी
देउमाई न पा ७ इलाम।
[२८]
समाजमा प्राय: स्वार्थ नियतका नै मान्छे हुन्छन् हेर,
भैँसीले दिउन्जेल दुध खाने, नदिए मासु काटेर ।
✍️
म्यामराज राई
भोजपुर हाल; प्रवास
[२९]
शक्तिमा हुन्जेल जुवा खेलियो सबैले कौडा च्याँखे जोडेर,
भइयो शक्तिहीन जाउँ विदेशीको खास्टो र बर्को ओढेर ।
✍️
बेदु न्यौपाने
काठमाडौ
[३०]
शक्ति छँदा नातागोता सबैलाई जागिर खुवाएँ,
ब्रम्हलुट भो ढुकुटीमा सकेजति सबै लुकाएँ ।
✍️
एवाइ प्रभात
धनकुटा
हाल मोरङ
[३१]
छँदासम्म धनकाे पाेकाे सबै आफ्ना भए,
रित्तो देख्न थालेपछि पराई बनी गए ।
✍️
त्रिलोचन भण्डारी
मेचीनगर, झापा
[३२]
धनको अघि र पछि सबै लाम लग्छन् ,
निर्धन देख्दा दुनियाँ पर-पर भाग्छन् !
✍️
बिबस पारदर्शी
भद्रपुर झापा ।
[३३]
सम्झौँ यस्तै छ यहाँको रीत,
गाउँछन् सबै चलेकै गीत ।
✍️
परिक्रमा श्रेस्ठ
धरान।
[३४]
ताप्छन् आगो सबैले बलेको,
हेर्दैनन् कोही रुख ढलेको ।
✍️
दुर्गा आचार्य
मोरङ
[३५]
यस्तै हुन्छ सधैँ शक्तिको खेल,
शक्तिमा नहुँदा तेल न सेल ।
✍️
अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[३६]
हात पाखुरा बलिया हुँदा सबै वरिपरि,
जब कमजोर हुन्छ चोट दिन्छन् थरिथरि ।
✍️
जमुना आचार्य
सिन्धुपाल्चोक
[३७]
सम्पत्ति हुँदा सबैकाे हाइ हाइ,
दु:ख पर्दा काेही छैनन् दाजुभाइ ।
✍️
सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[३८]
स्वार्थी छन् दुनियाँ धन हुनेको नजिक हुन्छ,
जो निर्धन छ उसको आवाज कसले सुन्छ ।
✍️
सुरेखा चाम्लिंग
[३९]
शक्तिमा हुञ्जेल हुँदैन कसैको भय,
शक्ति गएपछि हजुर सकिन्छ जय ।
✍️
बिके मुखिया
दार्जीलिङ भारत
[४०]
बैँस, पैसा र पद छँदा आफ्नोे बनी झुमिन्थे नि कति,
एकदिन छाड्ने यी चिजमा हुरुक्कै हुन्छन् मान्छे जति ।
✍️
रामप्रसाद पुरी
बादेल, खाेटाङ ।
[४१]
बलेको आगाे मात्र ताप्न धाउछन्,
निभेकाे आगाे कसले चियाउँछन् ?
✍️
शाेभा आचार्य गाैतम
काठमाडौ
[४२]
धन र उमेरमा मात्रै हो सबैको हाइ हाइ,
यी दुवै नहुँदामा गर्नेछन् सबैले वाइ वाइ ।
✍️
दुर्गा भट्टराई
मोरङ
[४३]
कुर्सीकाे शक्तिले सबकाे माया दिलायाे,
बाहिरिदा अस्तित्व नै भुइँमा बिलायाे ।
✍️
ताराप्रसाद चापागाईं
धुनिबेसी
[४४]
कुर्सीमा बसुञ्जेल त मान्छे नै अन्धो हुन्छ
अघिपछि न आउने घमण्डले नै छुन्छ ।
✍️
पवन कुमार बुढाथेाकी
काठमाडौं
[४५]
आफन्तको काममा सहयोग गरेको पुरा,
आफुलाई पर्दा हाने तिनैले मलाई छुरा ।
✍️
भगवती दवाडी
झापा
[४६]
कोसेली कमिसन ल्याउथ्यो सधैँ सत्ता र शक्ति,
अहिले पूरा जागेको मलाई देवताको भक्ति ।
✍️
मनोहरी पौडेल
गैडाकोट १ नवलपरासी (वर्दघाट सुस्तापूर्व)
[४७]
कुर्सीमा हुँदा अराैटे भराैटे न्यानाेमा लुट्पुटिए
अनि कुर्सी भाँचिएपछि सबै चिसोमा पछारिए ।
✍️
शर्मिला खतिवडा
विर्तामोड ,झापा
[४८]
मुख मात्र माेड्या हाेइन लाए नजर कर्के,
जब पुग्याे पदकाे मिति अनि त गाउँ फर्के ।
✍️
कृष्ण अधिकारी
विर्तामोड ,झापा
[४९]
मान्छेको कथा जा भमरा जा बागबाट पर,
ज्वालामा जब शान्ति खोज्छ मनले जप्छ घर ।
✍️
संझना कुसुम
पोखरा लेक साईड।
[५०]
शासन गर्दा रैती समान शासकले मान्नु,
जनतालाई सर्वोपरि आफ्नो हितमा ठान्नु ।
✍️
जि कुमार गौतम
भद्रपुर-१
[५१]
शक्तिको पुजारी हाे मान्छे जान्नुपर्छ,
माैका पर्दा साथी हाे चाैका हान्नुपर्छ ।
✍️
केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
[५२]
दुःखमा साथ दिने आशा हरायो महलमा बस्नेको,
विश्वास कसरी मान्नु यहाँ तेल हरबार घस्नेको
✍️
अम्विका अधिकारी
झापा विर्तामोड
[५३]
पाउँदाका आफ्ना मानिसको जात,
घाटाको हिसाबमा बढ्दैनन् हात ।
✍️
सीता रेग्मी
सुन्दरहरैचा, मोरङ
[५४]
छैनन् गेडी सबै टेडी छन् गेडी सबै मेरी,
नियमै छ टाढा भाग्ने विपत पर्दाखेरि ।
✍️
रामकृष्ण रिजाल
बा न पा 13 बागलुङ
[५५]
रस आउन्जेल प्यारो,
रिसानी सुकेमा धारो ।
✍️
अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[५६]
गाेजीमा पैसा छँदा, हाय र हेलाे,
नभएमा बिग्रन्छ कामको मेलो ।
✍️
टङ्कबहादुर अालेमगर
त्रि.न.पा-११, संगमटाेल, उदयपुर
१ नम्बर प्रदेश

१)
मान्छे
मान्छेको भित्र
अहंकारी अर्को मान्छे !
२)
पानी
बगेर जाने
खोलो रहन्छ निशानी !
३)
जमाना
खराब बानी
समाम्त जीवन कहानी !
४)
कुलल
खराब सङ्गत
अर्ध चेतना हरबखत !
५)
नशा
सशक्त हतियार
बिनास गर्छ परिवार !

१
यात्रा
जिन्दगीको अविरल
जन्म मृत्यु अकाट्य !
२
मान्छे
मान्छेसँग असमान
मान्छेभित्रको एक मान्छे !
३
पवित्रता
तात्पर्य संयोजन
सत्य शुद्ध आचरण !
४
भेदभाव
मान्छेको अहमता
मान्छेभित्रको अर्को राक्षस !
५
मान्छे
फरक प्रवृत्ति
उच निच दोषारोपण !

“”पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
समपञ्चाङ्ग :- २, त्रिसम पञ्चाङ्ग:- १ पञ्चाङ्गहरू :- ३४

समपञ्चाङ्ग ०१
जनताको जायज नै माग हुनुपर्छ
विकास गर्नलाई त घाग हुनुपर्छ
उत्तर-दक्षिण मिलाउन नेता हुनु
परिपक्व नेता भई खाग हुनुपर्छ
तिक्ष्ण बुद्धी चलाखमा काग हुनुपर्छ ।
स्वच्छ छबि नलागेको दाग हुनुपर्छ
सुन्दर सङ्गीत जस्तै राग हुनुपर्छ
सोझा जनतालाई धोका कैले नदिनु
बैरीलाई डस्न सक्ने नाग हुनुपर्छ
सबैलाई चित्त बुझ्ने भाग हुनुपर्छ ।
समपञ्चाङ्ग ०२
गाउँ भरिकाले सदैव कालू भन्छन् मलाई
टाठो चलाख भएर नै चालु भन्छन् मलाई
कहिले राम्रो भन्दछन् कहिले विचरा भएँ
गमक्क परेर बसेको ठालु भन्छन् मलाई
सबै मिलेर अब यहाँ ढालु भन्छन् मलाई ।
दु:ख भोग्नेलाई नै कहाँ फालु भन्छन् मलाई
कुन ठाउँको कोप्चातिर हालु भन्छन् मलाई
समय अनुसार चल्दा अनेकौँ दु:ख पाएँ
अनपढ केही नजान्ने आलु भन्छन् मलाई
घरभित्रै राखेर आगो बालु भन्छन् मलाई ।
त्रिसमपञ्चाङ्ग ०१
विवाद गरी बोलिले मारेर गयौ मलाई
अन्यथा भयो जमिन सारेर गयौ मलाई
बलले आर्ज नैतिक भएर बुद्धि देखाऊ
शासन गर्दै भोगाइ सारेर गयौ मलाई
कसरी हुन्छ तिमीले खारेर गयौ मलाई ।
जीवन बित्छ दु:खले बारेर गयौ मलाई
तनाव दर्द भागमा पारेर गयौ मलाई
जीवन ढल्दा बलेको राप ताप्दैन कसैले
भागमा जित आफैले हारेर गयौ मलाई
हलको गोरु बनाई नारेर गयौ मलाई ।
गलत सही भनेर झारेर गयो मलाई
नारीको हेलाँ सहेर दारेर गयौ मलाई
निशब्द भएँ देखेर काम गरेन सुद्धिले
तिक्तता बोली रसमा तारेर गयौ मलाई
संसारै दुई आखाले चारेर गयौ मलाई ।
पञ्चाङ्ग २९०
चुरापोते हरियो सारीको पहिरन पनि हरियो साथी
एक महिनाको व्रत आराम हिजैबाट गरियो साथी
चोखो खानु शुद्ध भएर वचन वाण कहिले नहान्नु
जस्तै भएनि कामगर्ने घाँस बाँध्न खोइ बरियो साथी
साउने सक्रान्तिमा लुतो दाद फाल्न काम सरियो साथी ।
पञ्चाङ्ग २९१
मान्छे हुँ सिसा जस्तै फुट्न सकिन
सत्य आत्मासँग नै जुट्न सकिन
कुरा आदर्शका छाँटेर के गर्नु
मानेको दोषीलाई चुट्न सकिन
सकिएको ज्ञानले लुट्न सकिन।
पञ्चाङ्ग २९२
राजा पनि गुरुको पाउ पर्न जान्नु पर्छ
गुरुले भनेको साच्चै सदैव मान्नु पर्छ
शिक्षादीक्षा दिने गुरु बाहेक छैन कोही
असल गुरुलाई आफैँले नै छान्नु पर्छ
गुरुलाई शिष्यको हृदयले तान्नु पर्छ।
पञ्चाङ्ग २९३
कतिको त सातो गयो कतिको फुक्न बाँकी छ
मै हुँ भन्ने नेता मैदान छोडी लुक्न बाँकी छ
रविले देश चलाए बुढा नेता भागे राम्रो
युवा नेताको कामको अगाडि झुक्न बाँकी छ
खलनायकलाई जनताले थुक्न बाँकी छ ।
पञ्चाङ्ग २९४
स-सानो कुराले पनि झस्केको देखियो
मीठो बोलिले नै निकै मस्केको देखियो
जीवनमा सुखदुःख आई नै रहन्छ
दु:ख तनावले छाती चस्केको देखियो
आजभोलि के भएर खस्केको देखियो ।
पञ्चाङ्ग २९५
सफा नगरेपछि जालो आउँछ साथी
एकदिन फाटेको टालो आउँछ साथी
चक्र नै हो हेरेर बस्नु पर्दछ यहाँ
गोरो गएपछि कालो आउँछ साथी
एकपटक साच्चै पालो आउँछ साथी ।
पञ्चाङ्ग २९६
मेरो लागि कोही मरे जस्तो लाग्छ
काम पर्दा अन्तै सरे जस्तो लाग्छ
खाँचो पर्दा टार्न सक्ने छैन कोही
सम्पत्ति नहुँदा परे जस्तो लाग्छ
श्रम गर्दा केही गरे जस्तो लाग्छ ।
पञ्चाङ्ग २९७
पहेँला हरिया चुरा लगाइ सजाएकी प्यारी छौ
अनुहार उज्यालो मुस्कानमा लजाएकी प्यारी छौ
पाउमा पाउजु औला र हातमा लगायौ तिउरी
झमझम हिडाइमा पाउजु बजाएकी प्यारी छौ
हाम्रो संस्कृतिलाई सधैँ भरी भजाएकी प्यारी छौ ।
पञ्चाङ्ग २९८
नारीले चुरा छोडी कडा लगाउन थाले
अस्तित्व बजारमा सधैँ बगाउन थाले
स्वतन्त्र भनेको छाडा बन्नु होइन होला
हुँदाहुँदै नशाको ध्वनि जगाउन थाले
युवाको साथले सभ्यता भगाउन थाले।
पञ्चाङ्ग २९९
मित्रताको शिखरमा पुग्नुपर्छ भन्छन्
सत्यतथ्यमा सदैव झुक्नुपर्छ भन्छन्
अनुहार जस्तै दिल नि चाहिन्छ सफा
एकताको अघि सधैँ नुघ्नुपर्छ भन्छन्
सङ्घर्षको मैदानमा जुट्नुपर्छ भन्छन् ।
पञ्चाङ्ग ३००
अखडा बढेको छ जुवाडेको तास हेर्न
छोड्ने सकेको छैन मानवले मास हेर्न
मरेको त सुतेको हुन्छ जुवाडे बसेको
प्रवृत्ति यस्तै हो आउछन् बढी लास हेर्न
कसैको घाटा अनि नोक्सानको रास हेर्न।
पञ्चाङ्ग ३०१
आज पनि मेघ गर्ला जस्तो छैन
माथिबाट पानी झर्ला जस्तो छैन
इन्द्र नि रिसाएको मनावसँग
पानीबिना रोपो सर्ला जस्तो छैन
एक थोपा पानी पर्ला जस्तो छैन।
पञ्चाङ्ग ३०२
माया भन्ने कुरै यस्तो जति गर्यो कम हुने
साँचो पिरती लाएपछि त्यसैमा दम हुने
घातको कुरा नगर्नु माया गाँसिने बेलामा
एकताको कुरा गरी आँखाभरि नम: हुने
यस्तो गहिरो माया दिनु नशामा रम हुने ।
पञ्चाङ्ग ३०३
तिमी रात भए म छायाँ बन्नेछु
तिम्रो दिलमा बस्ने माया बन्नेछु
मौसम वसन्त झैँ राख्छु समाली
हिन्दाखेरि म दायाँ-बायाँ बन्नेछु
सुख दु:खको सधैँ काया बन्नेछु।
पञ्चाङ्ग ३०४
मेचिकाली अभियानमा नेता लाग्न थाले
पाँच वर्षे कुर्सीको लागि नेता भाग्न थाले
नेतालाई ठुलो चिन्ता स्वतन्त्र अगाडि छ
दुई हात जोडी नेताले भोट माग्न थाले
नेताको काम देखर जनता जाग्न थाले ।
पञ्चाङ्ग ३०५
पीडा मेटाउन नसा पिए हटाउन मलाई के गर्छौ
रोग लागेर मर्ने भएछु बचाउन मलाई के गर्छौ
म बाँचे मरे पनि तिमीलाई फरक कत्ति पर्ने छैन
जिउदो लास भएछु अब सजाउन मलाई के गर्छौ
अन्तिम बेलामा लास बनेँ जलाउन मलाई के गर्छौ।
पञ्चाङ्ग ३०६
आमाको मायामा सन्ततिले काख पाइन्छ
बचेको ममताको मुल्यमा साख पाइन्छ
जननी हुन् सन्तानको पीर व्यथा सहने
सेवा गरेपछि आशीर्वाद लाख पाइन्छ
मनमा श्रद्धा भएमा सधैँ दाख पाइन्छ ।
पञ्चाङ्ग ३०७
कस्तो अक्षम बुद्धी नभएको काठो रहेछ भन्थ्यो
अरुलाई राय दिन नसक्ने पाठो रहेछ भन्थ्यो
मनुष्य भएपछि त हुनुपर्ने हो मिलनसार
कहिले फुकाउनै नसकिने गाँठो रहेछ भन्थ्यो
अगाडि बढ्ने थिएँ तर अल्को आँठो रहेछ भन्थ्यो।
पञ्चाङ्ग ३०८
तिमीलाई आँखाभित्र सजाउन चाहन्छु
दुश्मनको हृदयलाई जलाउन चाहन्छु
जमानाले सताउँदा फरक मान्नु पर्दैन
मायाले तिमीलाई सधैँ बचाउन चाहन्छु
वाँच्दासम्म माया गर्दै फकाउन चाहन्छु ।
पञ्चाङ्ग ३१०
मलाई माया गर्न जानिनौ तिमी
भनेको नि कहिले मानिनौ तिमी
सम्बन्ध एकोहोरो बलियो हुन्न
बन्धन मायाको हो ठानिनौ तिमी
विश्वासले मलाई तानिनौ तिमी।
पञ्चाङ्ग ३११
आँखाभित्रको कसिङ्गर बनाए मलाई
रिस थियो अर्काको रिसै खनाए मलाई
बोले छुचो भएँ चुपचाप बस्दा घाती नै
लोभिपापी जस्तो संज्ञामा जनाए मलाई
वाणै वाणको चुच्चोले नै हनाए मलाई ।
पञ्चाङ्ग ३१२
आँखाबाट आँसु खस्छ तिमी रोएको बेला
हृदय पनि त्यहीँ दुख्छ तिमीले छोएको बेला
टेक्ने ठाउँ कहीँ छैन हुरीले लगिसक्यो
घिन लाग्छ होला मेरो आँसु धोएको बेला
मन नि कति दुख्ने निचोर्दै दोएको बेला ।
पञ्चाङ्ग ३१३
चोटै चोट पाएर छाती दुखेको बेला
कति दु:ख सहेर आज लुकेको बेला
पीडा नि सारै खनिएर आयो सदैव
सुनिए पछि दिल धेरै चुटेको बेला
के लाग्छ र दैवले दिल थुतेको बेला ।
पञ्चाङ्ग ३१४
कोही घाती बने कुनै जाती हुनेलाई
देवी देउतामा चढ्ने पाती हुनेलाई
समस्या बड्छ घट्ने हैन रुनु पर्नेछ
दु:ख केहो भनी सोध छाती हुनेलाई
गोप्य कुरा त नखोल्नु घाती हुनेलाई ।
पञ्चाङ्ग ३१५
नाग पञ्चमी नागै नागको मेला हो
श्रावणमा नाग देवको हुने भेला हो
दुध-दही आदिले अर्घ दिनुपर्छ
यही मासमा आउने पर्व बेला हो
ऋषिबाट श्रापित चेली अनि चेला हो ।
पञ्चाङ्ग ३१६
जल्छ मुटु भतभती जलेको देखाऊ तिमी
सुस्त-सुस्त चल्छ मुटु चलेको देखाऊ तिमी
सास लिँदा साह्रो हुन्छ वाक्य पनि फुरेन है
दिल पीडाले नै गल्छ गलेको देखाऊ तिमी
आगो फुक्दा निभ्छ यहाँ बलेको देखाऊ तिमी।
पञ्चाङ्ग ३१७
चोट लागे पनि दुख्यो भन्न कहाँ सक्छु
दिएको चोट अहिले गन्न कहाँ सक्छु
छिया भयो मुटु भित्र तिम्रो बास थियो
अशक्त भए बेलामा खन्न कहाँ सक्छु
जति गरे पनि तिम्रो बन्न कहाँ सक्छु ।
पञ्चाङ्ग ३१८
जानेदेखि कामको पनि गगन हुन्छ
लगाउने चिज- वस्तुमा बटन हुन्छ
मान्छेले गरेर नहुने केछ लोकमा
साधारण मान्छेको पनि वतन हुन्छ
उडेको देख्नेलाई साच्चै जलन हुन्छ।
पञ्चाङ्ग ३१९
गरिबले धनीको किन लात खान्थे
काम गरेको पैसाले नै भात खान्थे
निर्धो भएर बाँच्नु अभिशाप हो नि
मिहनेत गर्न श्रमको जात खान्थे
मिल्ने भए गरिबले त पाथ खान्थे ।
पञ्चाङ्ग ३२०
जडिबुटीले निको पार्छ भन्ने हामी जान्नु पर्छ
परम्परादेखि चलिआएको मन्त्र मान्नु पर्छ
ऋषिमुनीदेखि आजसम्म सुत्र आयुर्वेद हो
जङ्लमा भएको ओखती हामीले छान्नु पर्छ
जडिबुटी उत्थानको लागि डलर तान्नु पर्छ ।
पञ्चाङ्ग ३२१
यहाँ चोटले नै छाती चस्केको देखियो
त्यहाँ मोज लिँदै सधैँ मस्केको देखियो
कुरा काटे नि प्रवाह गेरेनौ कहिले
सपनीमा त सदैव झस्केको देखियो
राम्रो छोडी नराम्रोमा हस्केको देखियो।
पञ्चाङ्ग ३२२
दुई आत्माको मिलन हुन्छ दिल खोल्न जानेपछि
आफैँ माया प्रगाढ हुन्छ मीठो बोल्न जानेपछि
डर हुँदैन कसैको प्रेममा बिश्वास भरोसा भए
सानो ठूलो कोही हुन्न मिलाएर बोल्न जानेपछि
चिसो माया तातो हुन्छ स्पन्दनले पोल्न जानेपछि।
पञ्चाङ्ग ३२३
धिकार छ जिन्दगी समयले नचायो मलाई
खान खोजें जहर,औषधिले बचायो मलाई
राम्रोको पछि लाग्ने त्यस्मा पर्दिन होला केगरुँ?
हेर अनायासै सधैँको लागि मचायो मलाई
कहिले कुराले कैले छुराले पचायो मलाई ।
पञ्चाङ्ग ३२४
मर्ने बेला कात्रोमा राखेर लाने धन छैन मेरो
तिमीलाई छोडी अन्त कतै लाग्ने मन छैन मेरो
समयको चक्र मात्र धनिकै समीप घुम्छ हेर
आगो लाउने थिएँ बल्ने खरको बन छैन मेरो
उर्जा धारासायी भयो उठ्ने मन झन छैन मेरो ।
🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”

पञ्चाङ्ग चित्रपट:
========
दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-०६
लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
मिति: २०७९/०४/२६
प्रशिक्षक :
————
सोमनाथ लुइटेल “रवि पाल्पाली”
तोयानाथ सुवेदी

चित्र संकलन
—————-
दुर्गा आचार्य
शुद्धीकरण
————–
सोमनाथ लुइटेल
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
समायोजन
————-
दुर्गा आचार्य & भवानी घिमिरे
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको पाँचौं अभ्यासमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏
यस शृङ्खलामा दिइएको चित्र अनुसारको विबात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
चित्रपट पञ्चाङ्ग ०१
चारैतिर हरियो बिचमा बाटो छ
आराम गर्ने कुर्सी विश्राम पाटो छ
बाटोमा सुन्दर देखिन्छ सफाइले
सफा पनि कति न त कतै टाटो छ
सुन्दर हेर्नेलाई त्यो रातो माटो छ ।
👌सोमनाथ लुइटेल “रवि पाल्पाली”
चित्रपट पञ्चाङ्ग ०२
प्रकृतिसँगै मितेरी लाउन पाए राम्रो
कहाँ जानू बसि बसि धाउन पाए राम्रो
बाटोको दायाँबायाँ कुर्सी नै राखिएको छ
सुसेली पनि सुसेल्दै गाउन पाए राम्रो
दुःख भित्र खुसीयाली पाउन पाए राम्रो ।
✍️सीता कडेंल सापकोटा, भरतपुर चितवन।
चित्रपट पञ्चाङ्ग ०३
हरियाली छाएकाे छ वनकुञ्ज भित्र जस्तो
स्वयं लाग्छ स्वर्गकाे त्यो बगैँचाकाे चित्र जस्ताे
पञ्चाङ्गकाे फूलबारी सजाउने मन गरी
एकान्तमा घाेत्लिएकाे पारखी त्याे मित्र जस्तो
देखेँ मैले प्रकृतिकाे रूप छ-वि-चित्र जस्ताे ।
👌विष्णु दाहाल, इनरुवा ५, सुनसरी ।
चित्रपट पञ्चाङ्ग ०४
🌹🙏🌹
शोभनीय पनि कति हो त्यो जङ्गलको बाटोमा राम्रो
सफा सुन्दर देखिने त्यो वनको रातो माटोमा राम्रो
चारैतिर वृक्ष लता फलफूल झुलेको हरियाली
आरामको कुर्सी रहेछ त्यो फलैँचाको साटोमा राम्रो
पर्यटक रमाउछन् डु्ल्दा त्यो बाटो घाटोमा राम्रो ।
👌बिबस पारदर्शी, भद्रपुर झापा ।
चित्रपट पञ्चाङ्ग ०५
विदेशमा ठाउँ ठाउँमा यस्तै उद्यान बनेका छन्
ठाउँहरू घाँस रूखले हरिया कति भएका छन्
बस्नकाे लागि बेन्चहरूकाे राम्राे व्यवस्था गरेकाे
पर्यटकले आउनका बीचमा बाटा रहेका छन्
मान्छे यसरी आनन्दित भई मजाले बसेका छन्
✍️नवराज भट्ट, महृेन्द्रनगर, मञ्चनपुर ।
चित्रपट पञ्चाङ्ग ०६
रमाइलो वन जस्तो
हरियाली मन जस्तो
लाग्यो हराऊ कि त्यहीँ
सुन्दरता तन जस्तो
जन्मको आँगन जस्तो ।
✍️सुमित्रा पोखरेल, काठमाडौं ।
चित्रपटमा पञ्चाङ्ग ०७
कति सुन्दर हरियाली मन लोभ्याउने
चौतारीमा बस्दा हजुर तन लोभ्याउने
चारैतिर हरियाली बिचमा छ है बाटो
हेर्दा कति राम्रो ठाउँ यो झन लोभ्याउने
प्राकृतिक हराभरा यो वन लोभ्याउने ।
✍️बुद्धिमान दनुवार, सुरुङ्ग –४ झापा ।
चित्रपट पञ्चाङ्ग ०८
१
एकलास कुनै यो ठाम होला
यसको पनि आफ्नै नाम होला
आहा !कति मनोरम दृश्य छ
कुनै दिन यसको काम होला
यो ठाउॅ आउनेको लाम होला।
२
दिनमा छ सुनसान राती कस्तो होला।
घाम डुबेपछि गए मुटु बस्तो होला।
कसैलाई यही ठाउॅ मनोरम भए,
डोरी पनि सर्प बनी आई डस्तो होला
बेकारमा जान कस्को ज्यान सस्तो होला
✍️घनश्याम पौडेल, पोखरा ।
पञ्चाङ्ग चित्रपट ०९
मनोरम दृश्य मन लोभ्याउने
यहाँ बस्दा सधैं तन लोभ्याउने
कति सुन्दर हरियाली ठाउँ छ
रमाइलो हेर्दा झन लोभ्याउने
सुन्दर हरियो वन लोभ्याउने।
✍️सुशीला पौडेल, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १०
❤️✍️❤️
१
व्यवस्थित ठाउँ यस्तो पाउन गार्हो छ
विकासको गति सार्थक हुन सार्हो छ
भए अलिक दिनमै भत्किएर जाने
कर्म लिनेमा सबै जन किन तारो छ
नडराउ तिर्खा लागेमा दायाँ धारो छ।
२
हरियाली जताततै मन लोभ्याउने
बसेर नअघाउने झन लोभ्याउने
पर्यटनका लागि आकर्षक गन्तव्य
सागरले भरिएको टन लोभ्याउने
प्राकृतिक धरोहर जन लोभ्याउने ।
✍️जमुना आचार्य,सिन्धुपाल्चोक ।
चित्रपट पञ्चाङ्ग ११
सुन्दर हरियाली ठाउँ भेटियो हिँड्दा हिँड्दै।
विश्राम गर्ने राम्रो नाउँ भेटियो हिँड्दा हिँड्दै।
यो सुन्दर ठाउँमा बस्दा मन आनन्द हुन्छ,
उठेर जाँदा राम्रो गाउँ भेटियो हिँड्दा हिँड्दै।
गाउँमा भगवानको पाउँ भेटियो हिँड्दा हिँड्दै।
✍️ह्यारिस ह्यारिसन, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १२
प्रकृतिलाई सजाए राम्रो
लोक सङ्गीत बजाए राम्रो
प्रकृति जीवन हो आखिर
खुसीको साथ लजाए राम्रो
माया पिरती भजाए राम्रो ।
✍️आर्त अकुलीन, कैलाली ।
चित्रपट पञ्चाङ्ग १३
अति रमाइलो गाउँ सहर छ ।
यही समिपमा बस्ने रहर छ ।
स्वर्गकाे टुक्रा झरे झैँ भान हुने,
गाउँकै नजिक यहाँ नहर छ ।
पर्यटक बढ्ने मेरो ठहर छ ।
✍️भवानी घिमिरे, सर्लाही ।
चित्रपट पञ्चाङ्ग १४
जति हेर्यो हेरिरहुँ लोभलाग्दो वन त्यहाँ
लगातार तानिरहेछ चञ्चल मन त्यहाँ
शारीरिक र मानसिक थकाइ मार्न भुल्दै
तरोताजा बन्न पुग्छ मेरो सारा तन त्यहाँ
सोचेजस्तो सफल हुन्छ हाम्रो जीवन त्यहाँ ।
✍️वसन्त अनुभव,घोराही, दाङ ।
चित्रपट पञ्चाङ्ग १५
सुन्दर शान्त ठाउँमा बस्न पाए हुन्थ्यो
कोइली आवाजमा कसैले गाए हुन्थ्यो
दायाँबायाँ हरियाली बाटो कति स्वच्छ
प्रकृतिसँग हामीले मित लाए हुन्थ्यो
कुर्सीमा बसेर नै आँखाले धाए हुन्थ्यो ।
✍️संगिता शर्मा, सिन्धुली ।
चित्रपट पञ्चाङ्ग १६
हरियाली सुन्दर प्रकृतिले मन छुनु पर्छ
देखिन्छ स्वर्गको नै आकृति छविमा हुनु पर्छ
अथाह लाग्छ आनन्द यहाँ बसेर मजा लिन
प्रकृति पनि हाम्रो संस्कृतिले जस्तै दुनु पर्छ
फैलाउनु हुन्न विकृतिबाट पनि रुनु पर्छ ।
✍️देबकी के.सी. , बिरगंज ।
चित्रपट पञ्चाङ्ग १७
सुन्दर हरियाली राम्रो बाटो छ
थकाइ सानाे त्यो चाैतारी पाटाे छ
रमाइलो ~ हराभरा ~ चारैतिर
काेही नि दाग नभएको टाटाे छ
उब्जा शक्ति भएको राताे माटो छ ।
✍️सहयात्री शोभा अर्याल, बुटवल ।
चित्रपट पञ्चाङ्ग १८
जाउ भो साथी प्रकृति हेर्नलाई कतै
आँखालाई राम्रो दृश्य फेर्नलाई कतै
दायाँबायाँ हरियाली बाटो बिचमा होस्
पञ्चाङ्ग त्यही बसेर केर्नलाई कतै
अङ्गालोमा प्रकृतिले बेर्नलाई कतै ।
✍️दुर्गा निरौला, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग १९
आउ एक छिन दुबै प्रकृतिमै रमाऊँ बसेर
माया प्रेमका कहानीले मनमा जमाऊँ बसेर
बिश्वास घात हुनेछैन म बाट कहिल्यै बुझन
राम्रो गरी समाज पनि मायामा कमाऊँ बसेर
युग बित्छ चोखो मायाले बन्धन समाऊँ बसेर !!
✍️इन्दिरा देवकोटा,कपिलवस्तु न पा ३
चित्रपट पञ्चाङ्ग २०
यस्तै सुन्दर प्राकृतिक झैँ मन भै दिए
हरियाली आहा भन्ने यस्तै वन भै दिए
जानै पर्दैन घुम्न अन्य देश परदेश
मिलनसार सबै मानिस झन भै दिए
सबैको सौहार्दपूर्ण आफ्नै पन भै दिए ।
✍️रुपा गौतम, बारा ।
चित्रपट पञ्चाङ्ग २१
बस्ती बसाउँदा राम्राे हावापानी सधैँभरि
खाँचाे नहाेस् भनी साेच्नुपर्छ नानी सधैँभरि
बगैँचा हाेस् सदा राम्रो मार्ग चारैतिर खुलाेस्
प्राणमा वायु घुस्दैमा हुन्न हानि सधैँभरि
धर्ती स्वच्छ बनाउने हाेस् है बानी सधैँभरि
✍️ताेयानाथ सुवेदी, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २२
रुखमाथि चरीले गीत गाएको छ
चारैतिर हरियालीले छाएको छ
पृथ्वीमा स्वर्ग झैँ देखिन्छ ठाउँ
हो! ईश्वरको वरदान पाएको छ
हेरिरहुँ लाग्छ, मन रमाएको छ ।
✍️दुर्गा भमरकोटे सुसेली, कपन ।
चित्रपट पञ्चाङ्ग २३
१
हरियो वन नेपालको धन जगाउँनु पर्छ
वरपर बारीमा नै बिरुवा लगाउँनु पर्छ
हामीलाई धेरै फाईदा हुन्छ त वृक्ष रोपेर
स्वच्छ हुन्छ धरा मलजल बगाउँनु पर्छ
अक्सिजन कै लागि त बिरुवा मगाउँनु पर्छ ।
२
सम्पूर्ण प्राणी बचाउँने माटो हुँ चिनी राख्नु
घर आँगन रङ्गाउँने टाटो हुँ चिनी राख्नु
यदि चिनेर अगाडि बढ्यौँ भने महोदय
अन्यायमा बगेको हेर्ने लाटो हुँ चिनी राख्नु
पृथ्वीमा भन्छन् रिसाउँने फाटो हुँ चिनी राख्नु।
✍️कमला पाण्डे पराजुली झापा चारआली।
चित्रपट पञ्चाङ्ग २४
हरियाली भएको आँखाले देख्न पाउनु पर्छ
यस् प्रकृति दृश्य हेर्नलाई हामी धाउनु पर्छ
बाटोको किनारमा बस्ने व्यवस्था भएको राम्रो
सुरिलो आवाज घरमा खरले छाउनु पर्छ
माटो राम्रो भएको बाटोमा सारी लाउनु पर्छ ।
✍️दुर्गा रिजाल आचार्य, मोरङ ।
चित्रपट पञ्चाङ्ग २५
बाटो वरिपरि हेर्न मन छ
हरियाली भए बिक्ने तन छ
कहिले आउला नेपालमा त्यो
बनाएमा नेपालीको धन छ
दृश्यमा देख्दामा आफ्नो पन छ ।
✍️अनुप आचार्य, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २६
हरियाली वनजङ्गल रमाइलो लाग्छ मलाई।
यस्तो ठाउँमा बस्न पाउँदा त पीडा भाग्छ मलाई।
अहिले हरियो जङ्गल मासेर बस्ती बसेको छ,
मानव बस्तीको कोलाहलले रोग जाग्छ मलाई
स्वस्थ्य हुनलाई हरियालीको अति माग्छ मलाई ।
✍️सुशीला ढकाल अधिकारी, काठमाडौं ।
चित्रपट पञ्चाङ्ग २७
बन जङ्गल दुबैतिर चौरी हरियो साथी
मन मङ्गल भयो मेरो दङ्ग परियो साथी
आफ्नो गाउँको घर पनि भुईंचालोले लड्यो
बीचमा बाटो कति राम्रो मनै भरियो साथी
त्यसैले यतैतिर पो बसाइँ सरियो साथी ॥
✍️गुणनिधि घिमिरे, दमक ।
चित्रपट पञ्चाङ्ग २८
सधैं हरियाली भएको डाली राखौं
बाटाका फोहोरलाई नि फाली राखौं
सुन्दर, हराभरा बनाउन हामीले
प्लास्टिकहरु डस्बिनमा हाली राखौं
बोट बिरुवाहरुलाई चाली राखौं ।
✍️आर्मित्मा थापा मगर, स्याङ्जा ।
चित्रपट पञ्चाङ्ग २९
प्रकृतिको उपहार हाम्रो हरियो वन राम्रो
वनपाखामा सँगै डुल्ने दौँतरीको मन राम्रो
जोगाएर पर्यावरण बचाउनु छ जीवन
हिमाल,पहाड,तराई नेपालीको धन राम्रो
सुन्दरताकी रानी रारामा गुराँसले झन् राम्रो
✍️पुष्पा नेपाल(सुवेदी )
इलाम

२९ साउन, दाङ । प्युठाको नौबहिनी गाउँपालिका -६ बहानेमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ ।
मृत्यु हुनेमा नौबहिनी- ५ डामृका रेमसरा बुढा मगरकि २५ दिने शिशु चेतना बुढा, उनकी दिदी ७ वर्षीया करुणा बुढा मगर र सोही ठाउँका जीप चालकसमेत २५ वर्षीय लुकेश थापा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक सत्य नारायण थापाले २१ दिने शिशु चेतना बुढा, उनकी दिदी २७ वर्षीया करुणाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताए । त्यस्तै चालक थापाको भने उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको उपरीक्षक थापाले बताए ।
त्यस्तै दुर्घटनामा दुई जान गम्भीर घाइते भएका छन् भने घाइते ७ जनाको उपचार भइरहेको छ । आइतबार साँझ ५ बजे प्युठानको बाग्दुलाबाट डामृ तर्फ जाँदै गरेको लु १ ज १५४५ नम्बरको जिप नौबहिनि गाउँपालिका वडा नम्वर ६ बहाने बजार नजिकै दुर्घटनामा परेको थियो ।
गाडी खोलाबाट करिव ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

पर्सा,पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा-५, महुवनमा रहेकोे श्री दलित प्राथमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ।
विगत करिब ४ वर्ष देखि यस विद्यालयमा विद्यालय व्यवस्थापन समिति बिना नै विद्यालयको सम्पुर्ण कारोबार तथा क्रियाकलाप संचालनमा रहेकोे थियोे ।
विद्यालयको क्रियाकलाप संचालनको लागि सहज , सजिलो र शैक्षिक क्रियाकलाप संचालन गर्नको लागि अभिभावक भेला गरि समिति गठन गरिएको छ।
विद्यालय व्यवस्थापन समिति गठनको लागि ७ दिन अगावै सार्वजनिक सूचना प्रकाशन गरिएको थियोे ।
पर्सा जिल्लाको सखुवाप्रसौनी गा.पा.-५ महुवनमा रहेकोे दलित प्राथमिक विद्यालयको व्यवस्थापन समितिमा अभिभावक मध्ये छनोट भएका अध्यक्ष गोरख कुमार राम, सदस्य दिनेश कुमार राम, सदस्य मुरतिया देवी , सदस्य मालती देवी छनोट हुनु भएको छ।
विद्यालय व्यवस्थापन समितिको सदस्य मनोनीतमा अशोक राम र देवन्ती देवी मनोनीत हुनु भएको छ। अभिभावक भेलाले जम्मा ६ जनाहरुलाई सर्वसहमती बाट निर्णय गरिएको छ।
शिक्षा ऐन अनुसार अभिभावक मध्ये २ जना पुरुष र २ जना महिला गरि जम्मा ४ जना छनोट गर्ने र १ जना शिक्षा प्रेमी र १ चंदा दाता गरि २ जना र प्र.अ. , शिक्षक प्रतिनिधि र वडा कार्यालय प्रतिनिधि गरि जम्मा ९ जनाको समिति रहने प्रावधान रहेकोे छ ।

यस विद्यालय व्यवस्थापन समिति गठन कार्यक्रमको अभिभावक भेलामा सखुवाप्रसौनी गा.पा.को शिक्षा प्रमुख नेपालईन्दु साहको संयोजकत्वमा भएको छ। वडा कार्यालय सचीव गणेश साह गोढ , निमित्त प्र.अ. अर्चना कुमारी गुप्ताको सदस्य रहने गरि विद्यालय व्यवस्थापन समिति छनोट गठन समितिको उपस्थिति भएको छ।
अभिभावक भेला कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष असेसर प्रसाद यादव , विशिष्ट अतिथि गा.पा . बोर्ड सदस्य महादेव साह कलवार , पुर्व प्र.अ. जदु प्रसाद साह, निवर्तमान अध्यक्ष गणेश महरा चमार , पुर्व अध्यक्ष रामबालक महरा चमार , दलित सामाजिक अभियान्ता मनोज राम , अभिभावक श्यामकिशोर राम, दलित नेता सुरेन्द्र पासवान तथा अभिभावकहरुको सहभागिता रहेकोे छ