काठमाडौं: नेपाली क्रिकेट टोलीले आज चिर प्रतिस्पर्धी यूएईसँग प्रतिस्पर्धा गर्दैछ। विश्वकप क्रिकेट लिग टू अन्तर्गतको त्रिदेशीय सिरिजमा नेपालले आज यूएईविरुद्ध खेल्न लागेको हो। खेल दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा सवा ११ बजे सुरु हुनेछ।
पछिल्लो समय यूएई लयमा छ। अघिल्लो महिनामात्र टी २० विश्वकपको ढोकैमा पुगेर यूएईसँग पराजय ब्यहोर्दा नेपाल बाहिरिन पुगेको थियो। ब्याटिङमा युवा ब्याटर बृत्य अरविन्द देखि चिराग सुरी, बसील हमदलगायतका ब्याटरले यूएईको ब्याटिङ लाइन बलियो छ। अर्कोतर्फ फितलो ब्याटिङ रहेको नेपालका लागि पपुवा न्युगिनीविरुद्धको खेलमा मिडल अर्डरका ब्याट्यम्यानले देखाएको संयमित ब्याटिङले आशा भने जगाएको छ। नेपालले यसअघिको खेलमा प्रतियोगिताकै कमजोर मानिएको पपुवा न्युगिनीमाथि संघर्षपूर्ण जित निकालेको थियो।
यी दुई टोलीले ४ वटा एकदिवसीय खेल खेलेका छन्, जसमा समान दुई/दुई जित निकालेका छन्। पछिल्ला दुई खेलमा भने नेपालले जित निकालेको छ।
नेपालका लागि अंकतालिकामा सुधार गर्ने अवसर पनि हुनेछ आजको खेल। प्रतियोगितामा सबैभन्दा कम खेल खेलेको नेपाल ९ खेलबाट १० अंक जोडेर सात टिम सम्मिलित तालिकाको छैटौं स्थानमा छ। नेपाल भन्दा पछाडी १४ खेलबाट एउटा पनि जित ननिकाले पपुवा न्युगिनी छ। यूएई भने १५ खेलबाट १८ अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा २८ खेलबाट ३६ अंक जोडेको ओमन छ। तेस्रो स्थानमा १६ अंक जोडेको स्कटल्याण्ड, चौथो र पाँचौं स्थानमा समान १४ अंक जोडेका नामिबिया र अमेरिका छन्। नेपालले जारी त्रिदेशीय सिरिजका बाँकी तीन वटै खेलमा जित निकाल्न सके तेस्रो स्थानको स्कटल्याण्डसँग अंक बराबरी गर्नेछ।
कोभिडका कारण लामो समय खेलकुद प्रभावित भएकाले ओडिआई साइकलको सबै ३६ खेल निर्धारित मितिभित्र भइसक्ने देखिँदैन। यसर्थ जितको प्रतिशत बढाउन नेपाललाई दवाब पनि हुने देखिन्छ।
‘ओडीआई साइकलमा सबै खेल महत्वपूर्ण छन्। हामी सबै ३६ खेल खेल्न पाउँछौ भन्नेमा समेत विश्वस्त छैनौं। यी खेल निर्धारित समयमा सकिन्छन् कि सकिन्नन्,’ युएई जानुअघि कप्तान सन्दीप लामिछानेले भनेका थिए।
आजको खेलमा जित निकाले नेपालले १२ अंक जोडेर यथवत स्थानमा रहनेछ भने यूएईले जित निकाले २० अंक जोड्दै तेस्रो स्थानको स्कटल्याण्डसँग ४ अंकको दुरी बनाउनेछ।
काठमाडौं, २५ फागुन । राजधानीमा जारी शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा खुमलटार युथ क्लब विजयी भएको छ ।सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्पलेक्समा भएको खेलमा खुमलटारले बाँसबारी क्बललाई १–० गोल अन्तरले पराजित गर्दैै विजयी भएको हो । खुमलटारको जितमा सविन केसी नायक बने । उनले खेलको २९औँ मिनेटमा गरेको एक गोल नै खुमलटारको लागि निर्णायक गोल सावित भयो ।
जितसँगै खुमलटारले तीन खेलबाट ६ अङ्क जोड्दै अङ्क तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । चर्च ब्वाईज युनाइटेड र भगवती क्लबको पनि समान ६ अङक नै छ तर गोल अन्तरका आधारमा चर्च ब्वाईज शीर्ष स्थानमा रहेको छ । यस्तै, भगवती क्लब दोस्रो स्थानमा छ यता बासबारीको भने तीन खेलमा दोस्रो पराजय हो । बासबारीले तीन खेलमा १ अङक जोडेको छ । रासस
इन्डियन प्रिमियर लिग २०२२ को खेल तालिका सार्वजनिक भएको छ । बीसीसीआईले सार्वजनिक गरेको खेल तालिकाको उद्घाटन खेलमा मार्च २६ तारिखमा चेन्नाई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्सबीच हुनेछ ।आइपीएलको लिगको अन्तिम खेल २२ मेमा मुम्बईमा हुनेछ । जसमा हैदरावाद र पन्जाब भिड्नेछन्
फागुन, काठमाडौं । अस्ट्रेलियाका महान क्रिकेटर शेन वार्नको ५२ वर्षको उमेरमा निधन भएको छ । वार्नका व्यवस्थान टोलीले दिएको जानकारी अनुसार थाइल्याण्डको कोह सामुईमा हृदयघातका कारण निधन भएको जानकारी दिएको छ ।विश्ववै सर्वकालीन महान लेग स्पिनरको व्यवस्थपन टिमले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘शेनलाई आफ्नै घरमा अचेत भेटिएका थिए । चिकित्सा टिमको धेरै प्रयासका बाबजुद उनलाई बचाउन सकिएन ।’
परिवारले गोपनियताको आग्रह गरेका कारण धेरै जानकारी गराउन नसकिएको वक्तव्यमा भनिएको छ
काठमाण्डाै – नेपाल समूह ‘ए’ विजेता बन्दै आईसीसी टी–२० विश्व कप छनाेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज आइतवार ओमानकाे अल अमिरात मैदानमा क्यानडाले दिएकाे ८१ रनकाे लक्ष्य नेपालले १४ ओभर १ बलमा दुई विकेट गुमाउँदै भेटाएकाे हाे ।
नेपालकाे जितमा कुशल भुर्तेलले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए । यसअघि आशिफ शेख १७ रन बनाएर आउट हुँदा कुशल मल्ल खाता नखाेली एक बलमै आउट भए । बलिङतर्फ क्यानडाका कलीम साना र सलमान नजरले एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन मात्र बनाउन सक्याे । उसका लागि डिलाेन हेलिगर नटआउट २४ र कप्तान नवनीत धलिवालले १८ रन बनाए पनि अन्य ब्याटरले राम्राे अङ्कमा रन बनाउन सकेनन् । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन विकेट लिए । चार ओभर बलिङ गरेका सन्दीपले १२ रन दिएर तीन विकेट लिएका हुन् । यस्तै कमल ऐरी र अविनाश बाेहराले दुई विकेट लिँदा कुशल मल्लले एक–एक विकेट लिए ।
अब नेपालले सेमिफाइनलमा समूह ‘बी’ काे उपविजेता यूएईसँग खेल्नेछ । अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता आयरल्यान्डले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्नेछ । सेमिफाइनल खेल भाेलि मङ्गलवार हुनेछ ।
यस्तै फाइनल खेल आउँदाे बिहीवार हुनेछ । फाइनल पुग्ने दुई टोलीले आउँदाे अक्टोबरमा अस्ट्रेलियामा सुरु हुने टी–२० विश्व कप खेल्न पाउनेछन् ।
काठमाण्डाै – आईसीसी टि–ट्वेण्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले फिलिपिन्सलाई हराएको छ । ओमानको अल अमिरात मैदानमा नेपालले फिलिपिन्सलाई एक सय ३६ रनले हराएको हो ।
नेपालले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको फिलिपिन्सले ८ विकेट गुमाएर ८२ रन बनायो । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । यस्तै आजै डेब्यु गरेका गुल्सन झा ले पनि एक विकेट लिए । जितेन्द्र मुखिया, अविनाश बोहरा, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले एक/एक विकेट लिए ।
आजको जितसँगै नेपाल चार अंकका साथ तालिकाको शीर्ष स्थानमा पुगेको छ र सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कुशल भुर्तेलको शतक र दीपेन्द्रसिंह ऐरीको अर्धशतककाे मद्दतमा २ सय १८ रन बनाएकाे थियाे । टी–ट्वेण्टी अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो ठूलो स्कोर हो ।
काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।
खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।
ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।
दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ।
नेपालले फिलिपिन्सलाई हराउन सके र आज नै हुने समूह ‘बी’ को अर्को खेलमा ओमान क्यानडासँग पराजित भए नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । तर आजको खेलमा ओमान विजयी भएमा नेपालले अन्तिम खेलमा क्यानडालाई हराउनु पर्ने हुन्छ । क्यानडासँगको खेलमा नेपाल पराजित भएमा नेट रनरेटमा निर्भर रहनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ ।
काठमाण्डाै – आईसीसी टी-२० विश्व कप क्रिकेटको ग्लोबल छनोट आजदेखि ओमानमा सुरु हुँदैछ । नेपालले पहिलो खेलमा आज ओमानसँग खेल्दैछ ।
खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् ।
दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले आज ओमानलाई हराउन सके सेमिफाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ । आज जिते सेमिफाइनल खेल्न क्यानडा वा फिलिपिन्समध्ये एकलाई हराए पुग्नेछ ।
आजको खेल हारेमा बाँकी दुई खेल जित्नै पर्ने दबाब हुनेछ । ओमानमा भएको चार देशीय टी–२० श्रृङ्खलामा नेपालले ओमानलाई हराएको थियो । तर यूएई र आयरल्यान्डसँग पराजित भएको थियो । ग्लोबल छनोटबाट फाइनलमा पुग्ने दुई टोलीले आउँदो अक्टोबरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्नेछन् ।
नेपालले टी–२० वरीयताको आधारमा सिधै ग्लोबल छनोटमा स्थान बनाएको हो । नेपाल टी–२० वरीयतामा १३ औँ स्थानमा छ । नेपालले यसअघि सन् २०१४ मा पहिलो पटक टी–२० विश्व कप खेलेको थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक पुबुदु दसानायके र कप्तान सन्दीप लामिछानेले पुनः नेपाल विश्व कपमा छनोट हुने विश्वास व्यक्त गरेका छन् । नेपालले भोलि फिलिपिन्ससँग खेल्नेछ ।
आइपिएल २०२२ को मेघा अक्सनका लागि १२ सय १४ खेलाडीले नाम दर्ता गराएका छन्।
जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।
मेघा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा हुनेछ।
मेघा अक्सनबाट १० टिमले खेलाडी छनोट गर्नेछन्। एक टिमले २५ खेलाडी टिममा राख्न पाउनेछन्।
यो निमयअनुसार बढीमा २१७ खेलाडी अक्सनबाट छनोट हुनेछन्। जसमा ७० बढी विदेशी खेलाडी अक्सनबाट छनोट हुनेछन्।
अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएको आइपिएलले जनाएको छ।
नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छैन। नेपाल क्रिकेट संघले पनि नाम तत्काल सार्वजनिक नहुने बताएको छ।
आइपिएल अक्सनमा नेपालसहितका ८ एसोसिएट टिमका खेलाडीले नाम दर्ता गराएका छन्।
नेपालसहित भुटानबाट १ जना, नामिबियाबाट ५ जना, नेदरल्यान्ड्सबाट १ जना, युएईबाट १ जना, ओमानबाट ३ जना, स्कटल्यान्डबाट १ जना र अमेरिकाबाट १४ जना खेलाडीले नाम दर्ता गराएका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले चितवन रामपुरमा बनाउन लागेको गौतम बुद्ध बहुउद्देश्यीय क्रिकेट रंगशालाको काम भदौदेखि स्थगित छ । रंगशाला बनाउँदा ऋण लागेको भनेर फाउन्डेसनले काम अगाडि बढाउन नसक्ने र स्वामित्व ग्रहण गर्न भरतपुर महानगरपालिकालाई पत्र काटेको तीन साता पुग्न लाग्दै छ । तर, यसबारेमा कुनै ठोस निर्णय अझै भएको छैन । यो बीचमा महानगरको १० औं नगरसभा पनि भइसकेको छ ।
पुस ८ मा सकिएको १० औं नगरसभाको निर्णयहरू जानकारी दिन महानगरपालिकाले बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गर्यो । सो बेला महानगरका हालसम्मको प्रगति विवरण राख्दै मेयर रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालगायत आयोजना ‘देशकै रूपान्तरणकारी आयोजनाको रूपमा रहेको’ चर्चा गरिन् । तर रंगशालाको काम रोकिएका बारेमा प्रश्न राखेपछि मात्र ‘बाँकी काम संघीय सरकारले गर्ने’ बताइन् ।
क्रिकेट रंगशाला निर्माणका लागि फाउन्डेसनसँग भएको सहमतिको मुख्य आशय महानगरले जग्गा उपलब्ध गराउने र सहजीकरणको वातावरण बनाउने हो भन्ने रहेको उनले बताइन् । सहयोग रकम धुर्मुस–सुन्तली फाउन्डेसनले राष्ट्रिय, अन्तर्राष्ट्रिय र जनस्तरबाट जुटाउने भन्ने रहेकोदाहालको भनाइ थियो । ‘अब जुट्न सकेन त सरकार यसै बस्दैन । महानगर आफ्नो जिम्मेवारीबाट पन्छिने छैन,’ मेयर दाहालले भनिन् ।
राष्ट्रिय गौरवको अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउन महानगरपालिकाको आफ्नो बुताले भने नभ्याउने उनले बताइन् । संघीय सरकार र प्रदेश सरकारसँग बजेटको आग्रह गरेर काम अगाडि बढाउने भनेर फाउन्डेसनलाई पनि राखेर छलफल गरिसकेको उनले सुनाइन् । फाउन्डेसनले १७ करोड रुपैयाँभन्दा बढी ऋण रहेको जानकारीसहित स्वामित्व ग्रहणका लागि पुस २ मा महानगरलाई पत्र लेखेको थियो ।
फाउन्डेसनको पत्रअनुसार रंगशाला निर्माणको काम ३५ प्रतिशतको हाराहारीमा मात्रै पूरा भएको छ । स्वामित्व ग्रहण गरेपछि पनि महानगरलाई फाउन्डेसनको ऋण तिर्ने र बाँकी काम पूरा गर्नुपर्ने हुन्छ । यी दुवै काम महानगरले गर्ननसक्ने हुँदा संघीय सरकारलाई अनुरोध गर्ने मेयरदाहालले बताइन् । संघीय सरकारका तर्फबाट यी विषयहरू प्रक्रियागत तरिकाले टुंग्याएर छिटो प्रस्ताव ल्याएर आउन भनिएको उनले बताइन् ।
‘फाउन्डेसनले खर्च र कामको विवरण लेखेको छ । अब सरकारी तबरबाट पनि निर्माणको काम र खर्चको लेखाजोखा गर्ने काम अगाडि बढाएका छौं,’ दाहालले भनिन् । महानगरले सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय भरतपुरलाई भौतिक निर्माणको प्रगति अध्ययन गर्न र खर्च विवरणका लागि चार्टर्ड एकाउन्टेन्ट संस्थामा लेखेर पठाएको छ । छिट्टै दुवै निकायले अध्ययन प्रतिवेदन बुझाउने दाहालले बताइन् । ‘ऋण तिर्न र बहुवर्षीय ठेक्काबाट काम पूरा गर्न संघीय सरकारबाट राम्रो आश्वासन आएको छ । हामीलाई यहाँको प्रतिवेदन चाँडै प्राप्त हुनेछ । पुस २५ मा प्रतिवेदन आउने र २६ गते खेलकुद मन्त्रालयमा लैजाने छौं,’ दाहालले भनिन् । मन्त्रिपरिषद्ले ऋण तिर्ने विषयमा निर्णय गर्ने र रंगशाला निर्माणको बाँकी काम संघीय खेलकुद मन्त्रालयले अगाडि बढाउने आश्वासन आएका कारण आफूहरू आशावादी बनेको उनको भनाइ छ ।
‘अब हाम्रो कार्यकाल सकिन लागेको छ । एउटा प्रतिष्ठाकै विषय बनेको छ । महानगरको बजेटले नसके पनि यसै रहँदैन,’ दाहालले भनिन् । भरतपुर महानगरपालिका र धुर्मुस–सुन्तली फाउन्डेसनबीच रंगशाला निर्माणका लागि २०७५ सालको माघ १६ गते सहमतिपत्रमा हस्ताक्षर भएको थियो । रामपुरमा रंगशाला बनाउन महानगरले त्रिवि र कृषि तथा वन विश्वविद्यालयसँग अर्को छुट्टै सहमति गरेर २० बिघा जग्गा लिएको थियो । जग्गा पाएपछि महानगरले फाउन्डेसनसँग गरेको सहमतिपत्रको बुँदा नम्बर ८ मा ‘विशेष परिस्थिति सिर्जना भएको अवस्थाबाहेक रंगशाला शिलान्यास भएको मितिले दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गरेर फाउन्डेसनले महानगरपालिकालाई हस्तान्तरण गर्ने’ उल्लेख छ । तर सहमति गरेको तीन वर्ष पुग्न लाग्दै गर्दा एकतिहाइ काम मात्रै गरेर फाउन्डेसन निर्माणबाट अलग भएको छ ।
रंगशाला बनाउन तीन अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान थियो । सो रकम फाउन्डेसनले जुटाउनुपर्ने थियो । ‘लागत जुटाउन फाउन्डेसनले नेपाल सरकार तथा देश विदेशमा रहेका व्यक्ति, संघ, संस्था र सवै निकायसँग आह्वान गरी नगद तथा जिन्सी सहयोग लिन सक्नेछ’ सहमतिपत्रको बुँदा ६ मा उल्लेख छ । साथै यसरी उपलब्ध हुने सहयोग रकमले तोकिएको अवधिमा निर्माण कार्य गर्न स्रोत अपुग भए आपसी सहमतिका आधारमा स्रोत जुटाएर निर्माण पूरा गर्न दुवै पक्षको दायित्व हुने पनि सो बुँदामा लेखिएको छ ।
तर कोरोना प्रकोप बढेसँगै सहयोग जुट्न नसकेको, काम अगाडि बढाउँदा ऋण बढ्दै गएको कारण देखाएर फाउन्डेसनले विशेष परिस्थिति आएको भन्दै अपुरो रंगशालाको स्वामित्व हस्तान्तरण गर्न पत्र लेखेको हो । फाउन्डेसनलाई महानगरले रंगशाला बनाउन भरतपुर महानगरपालिका–१५ मा २० बिघा ६ कट्ठा जग्गा उपलब्ध गराएको थियो ।
सो जग्गा त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा हो । सो जग्गामा रंगशाला बनाउन दुवै विश्वविद्यालयका उपकुलपतिले ०७५ साल असोज १९ मा महानगरलाई सहमति दिएका थिए । सो जग्गा बराबर अन्यत्र सट्टाभर्ना दिने भएपछि दुवै विश्वविद्यालयका उपकुलपतिको सहमतिमा महानरलाई जग्गा दिएको कृषि विश्वविद्यालयका तत्कालीन उपकुलपति ईश्वरीप्रसाद ढकालले बताए । अहिलेसम्म ५४ करोड रुपैयाँबराबरको निर्माण भएको फाउन्डेशनको दाबी छ ।