आइपिएल २०२२ को मेघा अक्सनका लागि नेपालका १५ खेलाडीको नाम दर्ता

  • ८ माघ २०७८, शनिबार १७:४८ मा प्रकाशित
  • आइपिएल २०२२ को मेघा अक्सनका लागि १२ सय १४ खेलाडीले नाम दर्ता गराएका छन्।

    जसमा ८९६ भारतीय र ३१८ विदेशी खेलाडीले नाम दर्ता गराएका छन्।

    मेघा अक्सन आगामी फेब्रुअरी १२ र १३ मा हुनेछ।

    मेघा अक्सनबाट १० टिमले खेलाडी छनोट गर्नेछन्। एक टिमले २५ खेलाडी टिममा राख्न पाउनेछन्।

    यो निमयअनुसार बढीमा २१७ खेलाडी अक्सनबाट छनोट हुनेछन्। जसमा ७० बढी विदेशी खेलाडी अक्सनबाट छनोट हुनेछन्।

    अक्सनका लागि नेपालबाट १५ खेलाडीले नाम दर्ता गराएको आइपिएलले जनाएको छ।

    नेपाली खेलाडीको नाम सार्वजनिक गरिएको छैन। नेपाल क्रिकेट संघले पनि नाम तत्काल सार्वजनिक नहुने बताएको छ।

    आइपिएल अक्सनमा नेपालसहितका ८ एसोसिएट टिमका खेलाडीले नाम दर्ता गराएका छन्।

    नेपालसहित भुटानबाट १ जना, नामिबियाबाट ५ जना, नेदरल्यान्ड्सबाट १ जना,  युएईबाट १ जना, ओमानबाट ३ जना, स्कटल्यान्डबाट १ जना र अमेरिकाबाट १४ जना खेलाडीले नाम दर्ता गराएका छन्।

    यसअघि आइपिएल टिमले ३३ खेलाडी रिटेन गरेका थिए। 

    Copied:setopati

    Leave a Reply