• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

रोनाल्डोलाई साउदी अरबको बम्पर अफर !

  • ३१ असार २०७९, शुक्रबार १९:०५ मा प्रकाशित
  • काठमाडौँ । क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबले ३०० मिलियन युरोको अफर गरको रिपोर्ट सार्बजनिक भएको छ ।

    सिएनएन पोर्चुगलका अनुसार रोनाल्डो साउदी अरेबिया खेल्न आएमा ३०० मिलियन युरो दिने प्रस्ताव दिइएको उल्लेख छ ।

    जसमा ३० मिलियन म्यानचेस्टर युनाइटेडलाई दिने, २० मिलियन एजेन्टलाई कमिशन र साढे २ सय मिलियन युरो रोनाल्डोलाई दिने उल्लेख गरिएको छ ।

    रोनाल्डोलाई २ बर्षको लागि अफर गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

    केहि साताअघि रोनाल्डोले आफु क्लब छोड्न चाहेको बताए पनि उनलाई किन्ने क्लब बारे अहिलेसम्म स्पष्ट हुन सकेको छैन । अहिलेसम्म पिएसजी, बायर्न म्युनिख जस्ता क्लबले रोनाल्डोलाई किन्न अस्वीकार गरेको रिपोर्ट बाहिर आएको छ । रोनाल्डोमाथि धेरै चासो देखाएको चेल्सीले पनि रोनाल्डोलाई नकिन्ने भएको छ । चेल्सीका प्रशिक्षक थोमस टुचेल र नयाँ मालिक टोड बोएहलीले एक व्यक्तिमा फोकस गर्नु भन्दा टिम बनाउन लाग्नुपर्ने भन्दै रोनाल्डोलाई भित्र्याउने योजनाबाट पछि हटेको बताइएको छ ।

    रोनाल्डोलाई भित्र्याउन उच्च चासो देखाएको चेल्सीपछि हटेपछि अब रोनाल्डो नयाँ क्लबमा जाने बारे थप अन्योल भएको छ ।

    क्लब छोड्ने चर्चाका बीच रोनाल्डो हाल युनाइटेडको प्रि-सिजन टूरबाट पनि बाहिर रहेका छन् । यता म्यानचेस्टर युनाइटेडले भने रोनाल्डो विक्रिमा नभएको र आफुहरुको आउदो सिजनको योजनामा रोनाल्डो रहेको स्पष्ट गरेको छ । युनाइटेडमा रोनाल्डोको जुन २०२३ सम्म सम्झौता रहेको छ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on रोनाल्डोलाई साउदी अरबको बम्पर अफर !

    प्रदेश १ का खेलाडी सम्मानित 

  • २० असार २०७९, सोमबार ११:३७ मा प्रकाशित
  • २० असार, विराटनगर । प्रदेशबाट अन्र्तराष्ट्रिय प्रतियोगिता सहभागी खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ ।

    प्रदेश १ खेलकुद विकास बोर्डले विभिन्न मितिमा प्रदेश १ बाट ओलम्पिक, एशियाली खेलकुद र दक्षिण एशियाली खेलकुदमा सहभागिता जनाएका १८७ जना खेलाडीलाई सम्मान गरेको हो ।विभिन्न समयमा प्रदेश १ बाट ओलम्पिक खेलमा सहभागी ९ जना, एशियन खेलकुदमा सहभागी ३७ र दक्षिण एशियाली खेलकुदमा सहभागी १४१ जना खेलाडीलाई सम्मान गरेको बोर्डका सदस्य सचिव हंशराज वाग्लेले बताए ।प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, समाजिक विकासमन्त्री राजन राईले सम्मान गरेका हुन् ।

    Posted in खेलLeave a Comment on प्रदेश १ का खेलाडी सम्मानित 

    गन्तव्य स्पोर्टिङ् क्लब बुरैदाद्वारा बृहत साउदी स्तरीय भलिबल प्रतियोगिता २०२२ आयोजना गर्दै

  • २६ जेष्ठ २०७९, बिहीबार ०१:५३ मा प्रकाशित
  • “पुरस्कार ५ हजार रियल सम्म”

    ८ जुन २०२२! साउदी अरबको अल कासिमको बुरैदा स्थित गन्तव्य स्पोर्टिङ् क्लबले इस्लाम धर्मावलम्बीहरुको महान पर्व “इदुल अधा” को पावन अबसरमा बृहत साउदी स्तरीय भलिबल प्रतियोगिता २०२२ आयोजना गर्ने भएको छ ।

    “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल भावनाका साथ साउदी अरबमा छरिएर रहेका खेल प्रेमी नेपालीहरुलाई एक आपसमा जोड्ने र मनोरञ्जन दिने उद्देश्यका साथ आयोजना गरिएको उक्त भलिबल प्रतियोगिता आगामी ८ जुलाई २०२२, शुक्रबारका दिन बुरैदामा हुने कुरा क्लबका प्रतिनिधि मनिष कोइरालाले जानकारी गराएका छन् ।
    इदको छुट्टीको समयमा सबै स्थानबाट आउन सहज हुने र इदको अवसरमा मनोरञ्जन पनि हुने हुँदा कोइरालाले साउदी अरबको सबै स्थानहरुबाट प्रतियोगितामा उपस्थित हुनका लागी समेत आब्हान गरेका छन् !
    प्रथम पुरस्कार ३ हजार रियल, (नेपाली करिब एक लाख रुपैयाँ ), दोस्रो पुरस्कार १५ सय रियल( नेपाली करिब ४८ हजार रुपैयाँ ,) र तेस्रो पुरस्कार ५ सय रियल (नेपाली करिब १६ हजार रुपैयाँ) रहेको उक्त प्रतियोगितामा ५०० रियल टिम दर्ता शुल्क रहेको छ । पुरस्कारहरुको साथमा बिजेता, उप-बिजेताहरुलाइ प्रमाणपत्र, ट्रफी सहित मेटलहरु पनि प्रदान गरिने कुरा कोइरालाले हिमालयन दृस्टी लाई जानकारी गराए ।

    अन्य बृस्तित जानकारीका लागि तल दिएका सम्बन्धित ब्यक्ति तथा समपर्क नम्बरहरुमा सम्पर्क गर्न सकिनेछ ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on गन्तव्य स्पोर्टिङ् क्लब बुरैदाद्वारा बृहत साउदी स्तरीय भलिबल प्रतियोगिता २०२२ आयोजना गर्दै

    साउदी टुरिज्म ब्राण्ड एम्बेसडर बनेपछि जेद्दाहमा मेस्सीलाई भव्य स्वागत

  • २८ बैशाख २०७९, बुधबार ००:४८ मा प्रकाशित
  • जेद्दा – पर्यटन मन्त्री अहमद अल-खतीबले अर्जेन्टिनाका फुटबल स्टार लियोनल मेस्सी साउदी पर्यटनको आधिकारिक ब्रान्ड एम्बेसडर बनेको घोषणा गरेका छन्।

    सोमबार जेद्दास्थित किङ अब्दुलअजिज अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेपछि मेस्सीलाई भव्य स्वागत गरिएको थियो । उनीसँगै अर्जेन्टिनाको राष्ट्रिय टोलीका सहकर्मी र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका मिडफिल्डर लियोनार्डो परेडेस र अन्य साथीहरू पनि थिए।

    खेलाडीलाई स्वागत गर्दै मन्त्री अल-खातीबले आफ्नो ट्विटर खातामा लेखे: “आज म लियोनल मेस्सी र उनका साथीहरूलाई साउदी अरबमा स्वागत गर्दछु। हामी तपाईंलाई लाल सागर, जेद्दा सिजन र हाम्रो पुरानो इतिहासको खजाना अन्वेषण गर्न उत्साहित छौं। यो उनको राज्यको पहिलो भ्रमण होइन र यो अन्तिम पनि हुनेछैन, र म मेस्सीलाई साउदी पर्यटनको राजदूत घोषणा गर्न पाउँदा खुसी छु, ”मन्त्रीले अरबीमा ट्वीट गर्दै भने।
    ट्विटसँगै जोडिएको तस्बिरमा मेस्सी आफ्ना सहकर्मी लिएन्ड्रो परेडेससँगै जेद्दा पुगेका थिए। साउदी अरेबियाको पर्यटन ब्रान्ड एम्बेसडरको रूपमा मेस्सीको नयाँ भूमिकाको घोषणा सामाजिक सञ्जालमा फैलिएसँगै, साथी फुटबलरहरू सहित धेरै प्रयोगकर्ताहरूले नियुक्तिको लागि पर्यटन मन्त्रालयको प्रशंसा गरेका छन्।

    I am pleased to welcome Lionel Messi to Saudi Arabia We are excited for you to explore the treasures of the Red Sea, the Jeddah Season and our ancient history.
    This is not his first visit to the Kingdom and it will not be the last! @VisitSaudiNow pic.twitter.com/RDfxFIRjrt

    — Ahmed Al Khateeb أحمد الخطيب (@AhmedAlKhateeb) May 9, 2022

    सन् २०११ मा रियादको किंग फाहद इन्टरनेशनल स्टेडियममा साउदी राष्ट्रिय टोलीविरुद्धको मैत्रीपूर्ण खेलमा आफ्नो देशको नेतृत्व गरेपछि ब्राजिल र अर्जेन्टिनाबीचको सुपर क्लासिको कपमा सहभागी हुनुअघि मेस्सीको यो चौथो साउदी अरब भ्रमण थियो। २०२० मा तेस्रो भ्रमणको क्रममा, उनले जेद्दाको किंग अब्दुल्ला स्पोर्ट्स सिटी स्टेडियममा सेमिफाइनलमा एट्लेटिको म्याड्रिडसँग सामना गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on साउदी टुरिज्म ब्राण्ड एम्बेसडर बनेपछि जेद्दाहमा मेस्सीलाई भव्य स्वागत

    जिम्बाब्वे ‘ए’विरुद्धको ट्वान्टी–२० क्रिकेट आज

  • १८ बैशाख २०७९, आईतवार १०:१२ मा प्रकाशित
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आज ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा जिम्बाब्वे ‘ए’विरुद्ध प्रतिस्पर्धा गर्दै छ । नेपाल र जिम्बाब्वेबीचको एकदिवसीय शृंखला शनिबारबाट सुरु हुने भनिएको थियो । तर, वर्षाका कारण शनिबार एकदिवसीय खेल सम्भव भएन । त्यसकारण नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार साँझ जिम्बाब्वे ‘ए’विरुद्धको खेल तालिका परिवर्तन गरेको थियो ।

    परिवर्तित तालिकाअनुसार नेपालले पहिलो ट्वान्टी–२० खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल्न लागेको हो । यसअघि तीन खेलको एकदिवसीय शृंखला सकेपछि ट्वान्टी–२० शृंखला खेल्ने तालिका थियो । नयाँ तालिकाअनुसार ट्वान्टी–२० शृंखला सकिएपछि एकदिवसीय शृंखला सुरु हुनेछ ।

    नेपाल र जिम्बाब्वे ’ए’ बीचको खेल दिउँसो १ बजेबाट हुनेछ । ट्वान्टी–२० शृंखलाका लागि क्यानले शनिबारै सन्दीप लामिछानेको कप्तानीमा १७ सदस्सीय टोलीको घोषणा गरेको थियो ।

    आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय शृंखला खेल्नका लागि नेपाली टोली अमेरिका जादै छ । त्यसको तयारीमा स्वरूप नेपालले जिम्बाब्वे ‘ए’सँग तीन ट्वान्टी–२० र तीन एकदिवसीय शृंखला खेल्न लागेको हो ।

    नेपाली टोलीः
    सन्दीप लामिछाने (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), आरिफ शेख, रोहित पौडेल, करण केसी, सोमपाल कामी, सागर ढकाल, किशोर महतो, आदिल अन्सारी, भीम सार्की, अविनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on जिम्बाब्वे ‘ए’विरुद्धको ट्वान्टी–२० क्रिकेट आज

    एनआरएन एलसीसी दमाम साउदी अरबद्वारा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने

  • २ बैशाख २०७९, शुक्रबार १७:४२ मा प्रकाशित
  • गैरआवासीय नेपाली संघ स्थानीय समन्वय समिति दमामले यहि आउँदो मे २ तारिखमा दमाम ९१को अलओजामी कम्पनीको पछाडि खेल मैदानमा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।

    सो खेलमा नेपाली खेलाडीलेमात्र सहभागिता जनाउन पाउने छन् भने खेल आयोजक समक्ष सूचीकृत हुनु अगावै सहभागी खेलाडीहरूको नाम उनीहरु आवद्ध टिममा सूचिकृत हुनुपर्नेछ, अन्यथा नाम सूचीकृत नभएका खेलाडीहरूले कुनै पनि खेलमा सहभागिता जनाउन पाउने छैनन्

    खेलमा आफ्नो टीमको प्रतिनिधित्व गराउन चाहेमा तोकिएको समयसीमाभित्र आयोजक समक्ष आफ्नो टिम सुचिकृत गरिसक्नुपर्नेछ भने प्रत्येक टिममा अतिरिक्त खेलाडि र टिम क्याप्टेन समेत गरी जम्मा १० जना खेलाडीहरूको नाम मात्र समावेश गराउन पाइनेछ ।

    समय सिमा भित्र दर्ता नभएका टिमहरूले खेलमा सहभागित जनाउन पाउने छैनन्। खेलमा कुनै बिवाद आएमा निर्णायक मण्डल तथा रेफ्रिको निर्णय नै अन्तिम मानिने जनाएको छ।

    प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार राशीे दुई हजार साउदी रियाल करीब (६६,००० नेपाली रुपैयाँ) र एउटा खसी तथा द्धितिय टोलीलाई १३५० साउदी रियाल करिब (४३५०० नेपाली रुपैया साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा तृतिय हुने टोलीलाई ७५० साउदी रियाल करिब (२४०००हजार नेपाली रुपैयाँ साथै ट्रफी , मेडल र प्रमाणपत्र
    प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एनआरएन एलसीसी दमाम साउदी अरबद्वारा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने

    आइपिएलमा कमिन्सद्धारा १४ बलमै अर्धशतक!

  • २४ चैत्र २०७८, बिहीबार ०३:३२ मा प्रकाशित
  • अष्ट्रेलियाका टेस्ट कप्तान तथा तीव्र गतिका बलर प्याट कमिन्सले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग(आइपिएल) २०२२ मा मुम्बई इन्डियन्सविरुद्ध १४ बलमै अर्धशतक प्रहार गरेका छन् ।

    १ सय ६२ रनको विजयी लक्ष्य पछ्याउनेक्रमा कमिन्सले १४ बलमै अर्धशतक पूरा गर्दै कोलकातालाई १६ ओभरमै जित दिलाए । ५ विकेटको सानदार जित निकाल्न कमिन्सले १५ बलमा ४ चौका र ६ छक्कासहित ५६ रनको विष्फोटक इनिङ खेले । १४ बलमै कमिन्सले अर्धशतक पूरा गरेका थिए । आइपिएल इतिहास कै सर्वाधिक छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान बराबरी हो ।

    सन् २०१८ मा पन्जाब किंग्सका लोकेश राहुलले दिल्ली क्यापिटल्सविरुद्ध पनि १४ बलमै अर्धशतक पूरा गरेका थिए । कमिन्स १४ औं ओभरको दोस्रो बलमा मैदान प्रवेश गरेका थिए । तीव्र गतिका बलर टाइमल मिल्सको १४ औं ओभरको पहिलो बलमा आन्द्रे रसेल एज लागेर प्वाइन्टमा डेवाल्ड ब्रेभिसबाट ११ रनमा क्याच भएपछि कमिन्स मैदान छिरेका थिए ।

    त्यसपछि कमिन्सले बाउन्ड्रीको वर्षा बनाए । त्यसै ओभरको पाँचौं बलमा छक्का र छैटौं बलमा चौका प्रहार गरे । १५ औं ओभरको चौथो बलमा कमिन्सले जस्प्रित बुमराहलाई छक्का र पाँचौं बलमा चौका प्रहार गरे ।

    कमिन्सले १६ औं ओभरमा तीव्र गतिका बलर ड्यानियल साम्सलाई ४ छक्का र २ चौका प्रहार गर्दै कुल ३५ रन जोडेपछि आइपिएल इतिहासकै सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बराबरी गरेका थिए । कमिन्सले आफ्नै देशका साम्सलाई पहिलो बलमा लङअनमा छक्का प्रहार गर्दा अर्को बलमा मिडविकेटमा चौका प्रहार गरे ।

    त्यसपछि डिम मिडविकेट र फाइन लेगमा लगातार दुई छक्का प्रहार गरेका थिए । पाँचौं बलमा कमिन्स सूर्यबाट लङअफमा क्याच भए । सूर्यले छक्का बचाउँदै उत्कृष्ट क्याच लिएका थिए । जसको कारण १३ बलमै अर्धशतक हुन पाएन । तर नो बलको कारण जीवनदान पाए । पाँचौं बलमा कमिन्सले चौका प्रहार गर्दै १४ बलमा आफ्नो आइपिएल इतिहासमा तेस्रो अर्धशतक पूरा गरेका थिए ।

    अन्तिम बलमा छक्का प्रहार गर्दै कोलकातालाई ४ ओभर अगावै जित दिलाए । यसअघि कोलकाताबाट युसुफ पठानले २०१४ मा सनराइजर्स हैदराबादविरुद्ध र सुनिल नारायणले बेंगलोरविरुद्ध २०१७ मा समान १५ बलमा अर्धशतक प्रहार गरेका थिए । साम्स आइपिएलमा एकै ओभरमा सर्वाधिक रन खाने तेस्रो बलर हुन् । बेंगलोरका हर्षल पटेल र प्रशान्त परमेश्वरनले एकै ओभरमा ३७–३७ रन खर्चेका थिए ।

    कमिन्सले जारी आइपिएलमा पहिलो खेल खेलेका हुन् । पाकिस्तानसँगको तीन टेस्ट खेलेर फर्किएको हुँदा सुरुवाती तीन खेल गुमाएका थिए । कमिन्सलाई यस पटक अक्सनमा कोलकाताले ७.२५ करोड भारुमा किनेको थियो । २०२० मा कोलकाताले अक्सनमा १५ करोड ५० लाख भारुमा किनेको थियो ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on आइपिएलमा कमिन्सद्धारा १४ बलमै अर्धशतक!

    विश्वकप २०२२ : अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया

  • २२ चैत्र २०७८, मंगलवार ०२:३६ मा प्रकाशित
  • एजेन्सी : फिफा विश्वकप २०२२ मा पूर्व विश्वकप विजेता स्पेन र जर्मनी एउटै समूहमा परेका छन्। कतारमा शुक्रवार बेलुका भएको ड्र मा स्पेन र जर्मनी समूह ई मा परे।

    २०२२ को आयोजक कतार, नेदरल्यान्ड्स, सेनेगल र इक्वेडर ए समूहमा परेका छन्। इंग्ल्यान्डले अमेरिका, इरान र युरोपेली प्लेअफको विजेतासँग खेल्नेछन्।

    प्लेअफमा वेल्सले स्कटल्यान्ड र युक्रेनको विजेतासँग खेल्नेछ। अर्जेन्टिना रहेको समूह सीमा समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया छ।

    समूह डिमा फ्रान्स, डेनमार्क, ट्युनिसिया तथा अन्तर महादेशीय प्लेअफको पहिलो खेलको विजेता खेल्नेछन्। उक्त प्लेअफमा अस्ट्रेलिया र युएईको विजेताले पेरुसँग खेल्नेछ।

    ब्राजिल, सर्बिया, क्यामरुन र स्विटजरल्यान्ड समूह जीमा छन्। पोर्चुगल, दक्षिण कोरिया, घाना र उरुग्वे समूह एच मा छन् ।

    बेल्जियम, मोरक्को, क्यानडा र क्रोएसिया समूह एफ मा छन् । समूह ई मा स्पेन र जर्मनीसँगै र जापान र दोस्रो अन्तर महादेशीय प्लेअफको विजेताले खेल्नेछन्। दोस्रो अन्तर महादेशीय प्लेअफमा कोस्टारिका र न्युजिल्यान्ड खेल्नेछन्।

    समूह ए – कतार, इक्वेडर, नेदरल्यान्ड्स, सेनेगल

    समूह बी – इंग्ल्यान्ड, इरान, अमेरिका, युरोपेली प्लेअफको विजेता (वेल्स/युक्रेन/स्कटल्यान्ड)

    समूह सी – अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड

    समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अस्ट्रेलिया/युएई/पेरु)
    समूह ई – स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका/न्युजिल्यान्ड)

    समूह एफ – बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा

    समूह जी – ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन

    समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on विश्वकप २०२२ : अर्जेन्टिनाको समूहमा मेक्सिको, पोल्यान्ड र साउदी अरेबिया

    कतारमा हुने विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

  • १९ चैत्र २०७८, शनिबार १०:१० मा प्रकाशित
  • काठमाण्डाै – कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक भएको छ । फिफाले विश्वकपमा सहभागी हुने ३२ राष्ट्रलाई वरीयता क्रममा राखेर ड्र गरेको हो ।

    सार्वजनिक ड्र अनुसार समूह ए मा कतार, नेदरल्याण्ड, सेनेगल र इक्वेडर छन् । यस्तै समूह बी मा इंल्याण्ड, अमेरिका, इरान छन् भने समूह सी मा अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया छन् । यस्तै,साविक विजेता फ्रान्स समूह डीमा परेको छ । यो समूहमा फ्रान्ससँगै डेनमार्क, ट्युनिसिया र प्ले अफबाट आउने एक टोली रहनेछ । यस्तै, समूह ईमा उपाधि दाबेदार स्पेन र जर्मनीका साथै जापान परेको छ ।

    समूह एचमा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना छन् भने समूह जीमा ब्राजिल, स्विजरल्याण्ड, सर्बिया र क्यामरुन छन् ।  उद्घाटन खेलमा आयोजक कतारले इक्वेडरसँग प्रतिस्पर्धा गर्ने छ । कतार विश्वकप आगामी नोभम्बर २१ देखि डिसेम्बर १८ तारिखसम्म हुनेछ ।

    Posted in खेलLeave a Comment on कतारमा हुने विश्वकप फुटबलको समूह विभाजन ड्र सार्वजनिक

    जापान र साउदी अरेबिया विश्वकपमा

  • ११ चैत्र २०७८, शुक्रबार १३:२२ मा प्रकाशित

  • कतार विश्वकप २०२२ को लागि एसियाबाट जापान र साउदी अरेबियाले आफ्नो स्थान पक्का गरेका छन्।

    बिहीबार भएको खेलमा जापानले अष्ट्रेलियालाई २–० गोलले पराजित गरेको हो।

    जापानको जितसँगै साउदी अरेबियाले चीनसँग १–१ को बराबरी खेले पनि उसको विश्वकपको स्थान पक्का भएको हो।

    जापान लगातार सातौंपटक विश्वकपमा पुग्न सफल भएको हो। समूह बीको तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले भने विश्वकपमा छनोट हुनको लागि प्ले अफ खेल्नुपर्ने भएको छ।

    त्यस्तै समूह ए मा इरानलाई २–० गोलले पराजित गर्दै दक्षिण कोरियाले पनि विश्वकपमा आफ्नो स्थान पक्का गरेको छ।

    इरानले यसअघि नै विश्वकपमा आफ्नो स्थान पक्का गरिसकेको छ।

    यससँगै कतार विश्वकपमा खेल्ने ३२ मध्ये १७ टोलीको टुङ्गो लागिसकेको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on जापान र साउदी अरेबिया विश्वकपमा

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P