
गैरआवासीय नेपाली संघ स्थानीय समन्वय समिति दमामले यहि आउँदो मे २ तारिखमा दमाम ९१को अलओजामी कम्पनीको पछाडि खेल मैदानमा खुल्ला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ।
सो खेलमा नेपाली खेलाडीलेमात्र सहभागिता जनाउन पाउने छन् भने खेल आयोजक समक्ष सूचीकृत हुनु अगावै सहभागी खेलाडीहरूको नाम उनीहरु आवद्ध टिममा सूचिकृत हुनुपर्नेछ, अन्यथा नाम सूचीकृत नभएका खेलाडीहरूले कुनै पनि खेलमा सहभागिता जनाउन पाउने छैनन्
खेलमा आफ्नो टीमको प्रतिनिधित्व गराउन चाहेमा तोकिएको समयसीमाभित्र आयोजक समक्ष आफ्नो टिम सुचिकृत गरिसक्नुपर्नेछ भने प्रत्येक टिममा अतिरिक्त खेलाडि र टिम क्याप्टेन समेत गरी जम्मा १० जना खेलाडीहरूको नाम मात्र समावेश गराउन पाइनेछ ।
समय सिमा भित्र दर्ता नभएका टिमहरूले खेलमा सहभागित जनाउन पाउने छैनन्। खेलमा कुनै बिवाद आएमा निर्णायक मण्डल तथा रेफ्रिको निर्णय नै अन्तिम मानिने जनाएको छ।
प्रतियोगितामा प्रथम हुने टिमलाई नगद पुरस्कार राशीे दुई हजार साउदी रियाल करीब (६६,००० नेपाली रुपैयाँ) र एउटा खसी तथा द्धितिय टोलीलाई १३५० साउदी रियाल करिब (४३५०० नेपाली रुपैया साथै ट्रफी , मेडल र प्रमाणपत्र तथा तृतिय हुने टोलीलाई ७५० साउदी रियाल करिब (२४०००हजार नेपाली रुपैयाँ साथै ट्रफी , मेडल र प्रमाणपत्र
प्रदान गरिने आयोजकले जानकारी दिएको छ।


