टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट : नेपालले आज फिलिपिन्ससँग खेल्दै

  • ७ फाल्गुन २०७८, शनिबार ०९:३१ मा प्रकाशित
  • काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट अन्तर्गत आज नेपालले फिलिपिन्ससँग खेल्दैछ । ग्लोबल छनोटको दोस्रो खेलमा नेपालले आज फिलिपिन्ससँग खेल्न लागेको हो ।

    खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । नेपालले फिलिपिन्ससँग पहिलो पटक खेल्न लागेको हो ।

    ग्लोबल छनोटमा आठ देश सहभागी छन् । आठ देशलाई दुई वटा समूहमा विभाजन गरिएको छ । आयरल्यान्ड, यूएई, बहराइन र जमर्नी समूह ‘ए’ मा र नेपाल, ओमान, क्यानडा र फिलिपिन्स समूह ‘बी’ छन् । समूह ‘बी’मा उत्कृष्ट रनरेटका साथ क्यानडा शीर्ष स्थानमा छ ।

    दुई समूहबाट शीर्ष दुई/दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपालले फिलिपिन्सलाई हराउन सकेमा सेमिफाइनलमा पुग्ने लगभग पक्का हुनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ। 

    नेपालले फिलिपिन्सलाई हराउन सके र आज नै हुने समूह ‘बी’ को अर्को खेलमा ओमान क्यानडासँग पराजित भए नेपाल एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । तर आजको खेलमा ओमान विजयी भएमा नेपालले अन्तिम खेलमा क्यानडालाई हराउनु पर्ने हुन्छ । क्यानडासँगको खेलमा नेपाल पराजित भएमा नेट रनरेटमा निर्भर रहनेछ । नेपालले पर्सि सोमवार क्यानडासँग खेल्नेछ । 

    Leave a Reply