• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

क्यान बिरुद्ध भएको प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराल प्रहरी द्वारा पक्राउ ।

  • २१ माघ २०७९, शनिबार १८:३३ मा प्रकाशित
  • काठमाडौँ । नाबालिगमाथि बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई टिममा समावेश गरेको भन्दै चर्को आलोचना भइरहेको छ ।

    बलात्कारजस्तो गम्भीर विषयमा मुद्दा विचाराधीन रहेको अवस्थामा लामिछानेलाई टोलीमा समावेश गरेको भन्दे नेपाल क्रिकेट संघ ( क्यान) को विराध भएको हो ।

    शनिबार क्यानको निर्णयको विरोधमा माइतीघरमा आयोजना प्रदर्शनमा युवाहरू सहभागी भएका थिए । प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराललाई प्रहरी पक्राउ गरेको छ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on क्यान बिरुद्ध भएको प्रदर्शनमा अवरोध पुर्‍याउन खोज्ने तारा बराल प्रहरी द्वारा पक्राउ ।

    रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

  • ३० पुष २०७९, शनिबार ०१:१६ मा प्रकाशित
  • पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो साउदी पुँगेसँगै अब विश्वकप च्याम्पियन अर्जेन्टिनी स्टार लियोनल मेस्सी पनि साउदी जान सक्ने चर्चा सुरु भएको छ।

    रोनाल्डो साउदीको अल नासार पुगेपछि उनको चर्चा र आलोचना भइरहेको छ।

    धेरैले रोनाल्डो युरोपका क्लबमा बिक्न नसकेपछि साउदी पुगेको बताइरहेका छन्। धेरैले रोनाल्डो साउदी आउँदा एसियन फुटबल पनि ठूला खेलाडीलाई भित्र्याउन सक्षम रहेको भन्दै सकारात्मक रुपमा लिनुपर्ने उल्लेख गरेका छन्।

    अल नासारको स्थानिय प्रतिद्वन्द्वी अल हिलाल पेरिस सेन्ट जर्मेनका फरवार्ड मेस्सीलाई अनुबन्ध गर्न इच्छुक रहेको बताइएको छ।

    आफ्ना प्रतिद्वन्द्वीले रोनाल्डोलाई दुई वर्षको सम्झौतामा ल्याउन सफल भएपछि साउदी क्लबले २०२२ को विश्व विजेतालाई पनि भित्र्याउन इच्छुक रहेको बताएका हुन्।

    अन्तर्राष्ट्रिय समाचार संस्था मुन्डो डिपोर्टिभोका अनुसार अल हिलालले मेस्सी साउदी जान तयार भएमा प्रतिवर्ष ३० करोड डलरको प्रस्ताव गर्ने तयारी गरिरहेको छ।

    साउदीको पर्यटन राजदूत रहेकाले मेस्सी पहिलेदेखि नै साउदीसँग जोडएका छन्। त्यसैले पनि साउदी सरकारले अल हिलाललाई देशको फुटबललाई बढावा दिन पनि मेस्सीलाई भित्र्याउन आर्थिक सहयोग गर्न सक्ने आकलनसमेत गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, खेलLeave a Comment on रोनाल्डोपछि मेस्सी पनि साउदी जाने चर्चा

    सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

  • २८ पुष २०७९, बिहीबार १८:१४ मा प्रकाशित
  • नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन इजलासमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।

    बिहीबार सुनुवाइ सकिएपछि अब सो निवेदनमाथि उच्च अदालतको आदेश आउनेछ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सो निवेदनमाथि सुनुवाइ भएको हो । लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।

    नाबालिगमाथि बलात्कार गरेको मुद्दामा सन्दीप हाल पुर्पक्षका लागि थुनामा छन् ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउन बाँकी

    रोनाल्डोको जर्सी किन्न साउदीमा फुटबल समर्थकको भिड

  • १८ पुष २०७९, सोमबार २१:३५ मा प्रकाशित
  • काठमाडौँ- पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियाको अल नासर क्लब जाने सम्झौता गरेसँगै उनको जर्सी खरिद गर्न समर्थकको भिड लागेको छ ।

    रोनाल्डोले अल नासरसँग साढे दुई वर्षको सम्झौता गरेपछि उनले लगाउने ७ नम्बरको अल नासर क्लबको जर्सी खरिदका लागि समर्थकको भिड लागेको द नेशनल न्यूजले जनाएको छ ।

    अल नासरले कीर्तिमानी मूल्यमा रोनाल्डोलाई क्लबमा भित्र्याएको हो । रोनाल्डो आउने भएपछि अल नासरको सामाजिक सञ्जालमा ‘फलोअर्स’ पनि ह्वातै बढेको छ । त्यससँगै उनले लगाउने जर्सीको माग पनि ह्वात्तै बढेको हो ।

    अल नासरले यसै हप्ता रोनाल्डोलाई समर्थकमा सार्वजनिक गर्ने भएको छ । अल नासरले रोनाल्डोलाई २०२५ को जुनसम्म वार्षिक २०० मिलियन डलर दिने गरी भित्र्याएको हो ।

    रोनाल्डोले क्लब स्तरमा ७ सय तथा देशका लागि १ सय १८ गोल गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on रोनाल्डोको जर्सी किन्न साउदीमा फुटबल समर्थकको भिड

    विश्वकपको फाइनलमा रोनाल्डोको समर्थन मेस्सीलाई

  • ३ पुष २०७९, आईतवार १६:५५ मा प्रकाशित
  • क्रिस्टियानो रोनाल्डो अब विश्वकपमा छैनन् । यद्यपि यसको मतलब यो होइन कि फ्रान्स र अर्जेन्टिनाको बीचमा तय हुने नयाँ विश्व च्याम्पियनको उपाधि कसले जित्छ भन्नेमा उनको चासो छैन ।

    क्रिस्टियानो कसले जितोस् भन्ने चाहन्छन् भनेर धेरैले सोचिरहेका छन् । धेरैले उनको समर्थन फ्रान्सलाई हुन सक्छ भन्ने सोच्छन् र यो तार्किक पनि देखिन्छ । किनकि अर्जेन्टिनाको कप्तान उनका महान प्रतिद्वन्द्वी लियोनेल मेस्सी हुन् जोसँग रोनाल्डोको लामो समय प्रतिस्पर्धा चल्यो ।

    तर तथ्य यो हो कि सामाजिक संजालमा एउटा भिडियो चर्चामा छ जसमा रोनाल्डोले अर्जेन्टिना र यसका मानिसहरूलाई ठूलो कारणको लागि आफ्नो ‘प्रेम’ व्यक्त गरेका छन् । र, यो कारण हुन् – जर्जिना रोड्रिग्वेज ।रोनाल्डोकी गर्लफ्रेण्ड रहेकी इन्फ्लुएन्सर जर्जिनासँग अर्जेन्टिनाको नागरिकता छ । त्यसैले यो तार्किक छ कि पोर्चुगिज स्टारसँग त्यो देशको लागि ठूलो सम्मान छ।“मेरी प्रेमिका अर्जेन्टाइन हुन् ।

    धेरैलाई थाहा छैन कि उनी आधा अर्जेन्टाइन र आधा स्पेनिस हुन्। म अर्जेन्टिनालाई माया गर्छु । धेरैलाई लाग्छ कि मलाई अर्जेन्टिनाको माया छैन तर मलाई अर्जेन्टिना धेरै मन पर्छ,” रोनाल्डोले भने ।

    यस्तो अवस्था हेर्दा म्यान्चेस्टर युनाइटेडका पूर्व खेलाडी किलियन एमबाप्पेको फ्रान्सविरुद्धको ठूलो फाइनलमा अर्जेन्टिना र मेस्सीको समर्थनमा हुनेछन् भन्ने सोच्नु पनि अवास्तविक हुनेछैन ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on विश्वकपको फाइनलमा रोनाल्डोको समर्थन मेस्सीलाई

    साउदीविरुद्ध पोल्याण्डको अग्रता

  • १० मंसिर २०७९, शनिबार २०:३१ मा प्रकाशित
  • पोल्याण्डले साउदी अरेबियाविरुद्ध पहिलो हाफमा अग्रता लिएको छ । समूह सी अन्तरगतको खेलमा पोल्याण्डले ३९ औँ मिनेटमा गोल गरेको हो ।

    रोबर्ट लेवान्डोस्कीको पासमा पिटोर जेलिनिस्कीले गोल गर्दै अग्रता दिलाएका छन् । यअसघि पहिलो खेलमा पोल्याण्ड बराबरीमा रोकिएको थियो भने साउदीले अर्जेन्टिनालाई हराएको थियो ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on साउदीविरुद्ध पोल्याण्डको अग्रता

    सन्दीप प्रकरण : पीडितको उमेर नागरिकतामा नाबालिग

  • २७ आश्विन २०७९, बिहीबार १२:३४ मा प्रकाशित
  • जन्मदर्तामा बालिग ‘कानुनले नागरिकताको उमेरलाई नै आधिकारिक मान्छ’

    काठमाडौं । बलात्कार आरोपित सन्दीप लामिछानेविरुद्ध प्रहरी अनुसन्धान जारी छ । उनीविरुद्ध दुईपटक म्याद थप गरिएको छ । यही असोज २४ गते पहिलोपटक सात दिनको म्याद थप गरिएको थियो । पहिलोपटक सात दिन र बिहीबार पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

    गएको भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो । सन्दीपले भदौ ५ गते होटेल काठमाडौं इनमा लगेर एक नाबालिगमाथि पटक–पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

    जाहेरी परेको समयमा सन्दीप जमैकामा थिए । उनले सामाजिक सञ्जालमार्फत आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । तर, भदौ ५ गते राति सन्दीप पीडित किशोरीसँग सो होटेलमा प्रवेश गरेको र भोलिपल्ट बिहान बाहिरिएको सीसीटीभी फुजेट प्रहरीले फेलापारेको छ । प्रहरीले त्यसलाई सबैभन्दा ठूलो प्रमाण मानेको छ । त्यसबाहेक पीडितको बयान, होटेल कर्मचारीको बयान पनि प्रहरीले संकलन गरेको छ ।

    आफूमाथि आरोप लागेको एक महिनापछि सन्दीप अमेरिकाबाट नेपाल फर्किएका थिए । उनले त्यसको पूर्वजानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । प्रहरीले उनलाई असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै नियन्त्रणमा लिएको थियो ।

    सन्दीप र उनका कानुन व्यावसायीले योजनाबद्ध तरिकाले फसाइएको जिकिर गर्दै आएका छन् । सन्दीप र उनका कानुन व्यावसायीले पीडित भनिएकी किशोरी नाबालिग नभएको जिकिर समेत गरेका छन् ।

    पहिलोपटक म्याद थपका क्रममा सन्दीपलाई ‘फसाउन’कै लागि नाबालिग देखिने गरी जन्मदर्ता बनाएको जिकिर उनका कानुन व्यवसायी सुधा रिजालले गरेकी थिइन् । जाहेरवालाको दुईवटा जन्मदर्ता भेटिएको भन्दै उनले अहिलेको जन्मदर्तामा जाहेरवाला नाबालिग नरहेको देखिएको बताएकी थिइन् ।

    तर, जन्मदर्ता र नागरिकताको विषयले घटना अनुसन्धानमा असर नपर्ने अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । प्रहरी अनुसन्धानका क्रममा पनि पीडितको नागरिकता र जन्मदर्तामा फरक जन्ममिति रहेको खुलेको एक अधिकारीले बताए ।

    अनुसन्धानमा संलग्न एक अधिकारीले बाह्रखरीसित भने, “नागरिकताअनुसार जाहेरवाली नाबालिग नै देखिन्छ । जन्मदर्ताअनुसार उनको उमेर १८ कटेको देखिन्छ । कानुनले ठोस प्रमाण भने नागरिकतालाई नै मान्छ । यसले मुद्दाको अभियोगमा तात्विक असर पार्दैन । अभियोग लग्दा यस विषयलाई खुलाएर नै पनि लग्न सकिन्छ ।”

    केही दिनअघि नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पनि एक टेलिभिजन अन्तर्वार्ताका क्रममा पीडित बालिग भएको जानकारी पाएको बताएका थिए ।

    उमेरको विवाद ठूलो नभएको र अभियोग प्रमाणित भए सजायको भागीदार हुनुपर्ने सरकारी कानुन व्यवसायी बताउँछन् । कानुनले नागरिकताको उमेरलाई नै आधिकारिक मान्ने उनीहरूको भनाइ छ ।

    प्रहरी वृत्त गौशालाबाट सन्दीपविरुद्ध अनुसन्धान अघि बढाइएको छ । प्रहरी अधिकारीहरूले सन्दीपविरुद्ध अभियोग प्रमाणित हुने प्रमाण नै आफूहरूले संकलन गरेको जिकिर गर्दै आएका छन् ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीप प्रकरण : पीडितको उमेर नागरिकतामा नाबालिग

    सन्दीपको दावीमा मोहनाको आपत्तिः विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दैछन्

  • २४ आश्विन २०७९, सोमबार १५:५८ मा प्रकाशित
  • अनुसन्धानकै क्रममा रहेका बलात्कार आरोपी सन्दीप लामिछाने र उनका वकिलेको दावी प्रति मानव अधिकार आयोगकी पूर्व आयुक्त तथा कानुन ब्यवसायी मोहना अन्सारीले आपत्ति जनाएकी छिन्।

    आज न्यायाधीशले घटनाबारे सोधेको प्रश्नमा सन्दिपले बलात्कारको आरोप लगाउने किशोरी नाबालिग नभएको दाबी गर्दै जाहेरवालाकै आग्रहमा उनलाई भेटेको बताएका थिए। सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पनि ‘जाहेरवालीले म १९ वर्षको भएँ भनेको’ बताएका थिए।

    अभिवक्ता सुधा रिजालले भने सन्दीपलाई फसाउनकै लागि नाबालिका देखिने गरी जन्मदर्ता बनाएको दाबी गरिन् । जाहेरवालाको दुई वटा जन्मदर्ता भेटिएको भन्दै उनले ‘अहिलेको जन्मदर्तामा म्याचुअर्ड छ उहाँ नाबालिग हुनुहुन्न । जो मान्छेहरुले फसाउन खोजेको छ, त्यसले उहाँलाई परिचालन गरेको आशंका छ’ भनेकी छिन्।

    सोही विषयमा अन्सारीले सामाजिक सञ्चालमै प्रतिक्रिया दिएकी छिन्। उनले ट्वीटरमा लेखेकी छिन्–‘विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दै छन्, ब्याटरी मा घाम कहिले लाग्ने होला?’

    उनलाई रमेश नामका ट्वीटर प्रयोगकर्ताले सचेत गराएका छन्। ‘अनुसन्धानकर्ताले हो कि अरु कसैले गरेको खोजी ?’ भन्दै उनले लेखेका छन्–‘हाम्रोमा नावालिग र बलात्कारको केसमा हचुवा टिप्पणी गर्नेलाई पनि सजाय हुने कानुन छैन नत्र धेरै जना सचेत भइसकेका हुन्थे होला।’

    तारा (नेपाली) नामका प्रयोगकर्ताले ‘छानबिनको बिषयमा नबोलि हल्दिनोस है वकिल साहेब।’ भन्दै सुझाव दिएका छन् भन अखंड (२अरुणकेएनडिएल) ले ‘मदर्शा भित्र हुने हर्कतहरु कहिले बाहिर ल्याउलान दिदीहरुले’ भन्दै उनलाई नै ब्यंग्य गरेका छन्।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीपको दावीमा मोहनाको आपत्तिः विषय बलात्कार को छ, चाचाहरु जन्मदर्ता खोज्दैछन्

    ज्ञानोदय इंग्लिश बोर्डिंग स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

  • २५ भाद्र २०७९, शनिबार १६:५१ मा प्रकाशित

  • उमेश कुशवाहा ,वीरगंज

    ज्ञानोदय इंग्लिश बोर्डिंग स्कुलको आयोजनामा हजीरि जवाफ प्रतियोगिता सम्पन्न भएको छ।

    उक्त बिधलायले कक्षा ४ देखी ७ सम्मका अध्ययन गरीरहेको बालबालिकाहरु बीच प्रतियोगिता सम्पन्न भएको थियो।

    बिद्यार्थीहरुलाई समान्य ज्ञानको अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उक्त बिधलायका प्रधनाध्यापक चन्द्रमोहन साहले जनकारी दिनु भयो।
    उक्त बिधलायका बिद्यार्थीहरुलाई ३ वटा समूहमा ५-५ जना बिद्यार्थीलाई समूह बनाएर गरिएको प्रतियोगितामा लक्ष्मीना कुमारी, बिकी पटेल, मीरा कुमारी,रोहित कुशवाहा,रोहन पटेलको समूहले प्रथम भएको थियो ।

    साथै उक्त प्रतियोगितामा दीपनारायण पटेल,आरती कुमारी,लाडली कुमारी,रवि पण्डित, रितिक पंडित को समूहले दृतिय र कृष्णा कुमार, पूजा कुमारी, रोसनी पण्डित, दीपक मेहता,अजित कुमारको समूहले तृतीय स्थान प्राप्त गरेको थिए।

    बिधलायको प्रधनाद्यापक चन्द्र मोहन,साह, हिमालय दृस्टिका संचार कर्मी उमेश कुशवाहा,कृष्णा चौहान,उक्त स्कूलको शिक्षिका प्रीति गुप्ता, नंदनी चौरसिया,उज्वला श्रीवास्तव,पूजा तिवारी,कबिता कुमारी ,शिक्षक रोसन कुमार,रोशन पटेल तथा अभिभावकहरुको उपस्थितीमा उत्कृष्ट स्थान प्राप्त गर्ने बलबालिका हरुलाई पुरस्कार बितरण गरिएको थियो।

    संचारकर्मी उमेश कुशवाहाले आगमी दिनमा बलबलिकाहरुले सामान्य ज्ञान तर्फ आफुलाई प्रेरित गर्नु पर्ने कुरामा जोड़ दिनु भएको थियो।

    उक्त हाजरी जवाफ प्रतियोगीता संचालन उमेश कुशवाहाले गरेको थिए। उक्त कार्यक्रम सहायक संयोजक कृष्णा चौहान, रोसन कुमार र शिक्षक शिक्षिका सहजिकरण गर्नमा सहयोग गरेको थिए।

    Posted in खेल, ताजा अपडेटLeave a Comment on ज्ञानोदय इंग्लिश बोर्डिंग स्कुलमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

    सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

  • २१ भाद्र २०७९, मंगलवार २३:३८ मा प्रकाशित
  • २१ भदौ, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी परेको छ । जिल्ला प्रहरी कार्यालय, टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहारको गरेको आरोपसहित किटानी जाहेरी परेको हो ।

    प्रहरी उच्च स्रोतले लामिछानेविरुद्ध उजुरी परेको पुष्टि गरेको छ, तर थप बताएको छैन ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on सन्दीप लामिछानेविरुद्ध प्रहरीमा उजुरी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P