• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: खेल

यम तमु द्वारा राष्ट्रिय महिला खेलाडीलाई ११ लाख ६० हजार हस्तान्तरण

  • ८ चैत्र २०८०, बिहीबार ०५:४३ मा प्रकाशित
  • समर्पण रम्जान / जेद्दा

    साउदी अरबको रियादमा रहेर होटल व्यावसाय चलाइरहेका लालिगुँरास होटलका संचालक, सफल व्यावसायी, समाजसेवी यम तमुले आफ्नो व्यक्तिगत रूपमा राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू तथा सहयोगी टिमहरुलाई ११ लाख ६० हजार  रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।

    गत फेब्रुअरीमा साउदी अरबमा संचालित वाफ च्याम्पियनसिपमा उत्कृष्ट खेल खेलेर उप बिजेता बन्न सफल भएका नेपाली राष्ट्रिय फुटबल महिला टिमलाई यम तमुले खेलाडीहरुको  उच्च सम्मान सहित मनोबल बढाउनका लागि खेलाडीहरु साउदीबाट फर्किदैँ गर्दा  बिदाइका दिन उक्त सहयोग रकम घोषणा  गर्नुभएको थियो ।
    सोही अनुसार आज २० मार्च २०२४ बुधवारका दिन एक सम्मान कार्यक्रम आयोजित गर्दै सम्मानित ब्यक्तित्वहरु साथमा साउदिका सफल ब्यबसायी तथा समाजसेवी राजु सैयदको  सम उपस्तिथिमा यम तमुकी श्रीमती उमा गुरुङले नेपाली  महिला राष्ट्रिय फुटबल टोलीलाई  नगद हस्तान्तरण सहित सम्मान प्रदान गर्नुभएको   छ ।

    महिला राष्ट्रिय फुटबल टोलीका २३ जना खेलाडीहरूलाई जनही ४३/४३ हजार रुपैयाँका दरले र टिमको अफियसयल तथा व्यवस्थापकहरूलाई जनही २०/२० हजार रुपैयाँ का दरले नगद सहित सम्मान गरिएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबर1 Comment on यम तमु द्वारा राष्ट्रिय महिला खेलाडीलाई ११ लाख ६० हजार हस्तान्तरण

    महिला फुटबलर प्रीतिको सफल शल्यक्रिया, खेलमा फर्कन तीन महिना लाग्ने

  • २२ फाल्गुन २०८०, मंगलवार ०२:०९ मा प्रकाशित
  • समर्पण रम्जान

    काठमाडौ नेपाल ! नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी बलियो मिड्फिल्डर खेलाडी  प्रिती राईको घुँडाको सफल शल्यक्रिया भएको छ ।

    २९ फेब्रुअरी २०२४ का दिन वाफ महिला च्याम्पियनसिप २०२४ को फाइनल खेल जोर्डन सँग खेल्दै गर्दा सख्त घाइते भएर नेपाल फर्केकी  प्रीतिको सोमबार सातदोबाटोस्थित बिएन्डबी अस्पतालमा सफल शल्यक्रिया भएको र अहिले अवस्था सामान्य रहेको बताइएको छ। ‘

    डा. अमित जोशीको नेतृत्वमा आर्थाेस्कोकिप सर्जनहरूको टोलीद्वारा  प्रीतिको शल्यक्रिया गरिएको छ। उहाँको अवस्था सामान्य रहेको र तीन महिना खेलमा नजाने मैदान बाहिर रहने बताइएको छ ।

    किक स्टार्सबाट लिग खेल्दै आएकी प्रीति को यो अपरेसन का कारण भारतीय महिला लिगको बाँकी खेल नखेल्ने भएकी छिन ।

    Posted in खेल, ताजा अपडेट, मुख्य खबर1 Comment on महिला फुटबलर प्रीतिको सफल शल्यक्रिया, खेलमा फर्कन तीन महिना लाग्ने

    एनआरएनए लगायत अन्य संघ संस्थाहरुद्वारा राष्ट्रिय महिला फुटबल खेलाडी हरुलाइ गरियो आर्थिक सहयोग ।

  • २० फाल्गुन २०८०, आईतवार १३:२८ मा प्रकाशित

  • समर्पण रम्जान
    जेद्दा साउदी अरब ! साउदी अरबको जेद्दामा गत १९ फेब्रुअरी देखि २९ फेब्रुअरी सम्म संचालित वाफ महिला च्याम्पियनसिप २०२४ का उप- बिजेता नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी लाई उहाँहरुको खेल को उच्च सम्मान तथा प्रोत्साहनका लागि साउदीमा रहेका एनआरएनए लगायत अन्य संघ संस्थाहरुले  आर्थिक सहयोग गरेका छन् ।  

    उक्त वाफ महिला च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुँदै नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रीमियमका तीन खेलमा र सेमिफाइनल खेलमा लगातार जित हासिल गर्दै २९ फेब्रुअरी बिहिवार बेलुकी फाइनल खेल खेलेको थियो ।
    फाइनल खेलमा नेपाली टिमले निकै प्रतिस्पर्धात्मक रुपमा खेलेर २-२ गोल बनाउन सफल भएपनि पेनाल्टी सुटमा मिस गरि वाफ महिला च्याम्पियनसिप २०२४ को उपाधी जित्न  नसकी उप बिजेता बन्न पुगेको  खेलाडी टिमहरुको सम्मानका साथै  हौसला र मनोबल बढाउने उद्देश्यले यो आर्थिक सहयोग गरिएको अभियानका संयोजक एनआरएनए साउदीका उपाध्यक्ष राज कुमार गिरिले बताउनु भयो ।



    एनआरएनए आरसिसि जेद्दाको समन्वयमा एनआरएनए साउदी तथा एनआरएनए आरसिसि जेद्दा बाट ४,५२८ साउदी रियल (करिब ने.रु. १,५९,०००), नेपाल आदिवासी जनजाति महासंघ जेद्दा बाट १,०५० साउदी रियल (करिब ने.रु. ३७,०००), तमु धीँ जेद्दा बाट ५६८ साउदी रियल (करिब ने.रु. २०,०००), हातेमालो युवा क्लब जेद्दा बाट ५७५ साउदी रियल (करिब ने.रु. २०,२००) गरि उठेको जम्मा  रकम ६,७२१ साउदी रियल खेलाडीहरुलाइ गत १ मार्च शुक्रबारका दिन एअरपोर्टमा बिदाइ गर्ने क्रममा नेपाली महाबाणिज्य दूतावास जेद्दाका प्रमुख सत्रुध्वन पोखरेल तथा अन्य संघ संस्थाका प्रतिनिधि एवं सामाजिक समाजसेवी ब्याक्तित्व हरुको रहोवरमा हस्तान्तरण गरिएको थियो ।

    यसैगरी खेलाडीहरुको प्रोत्साहन तथा सम्मानका लागि सुदुर पश्चिमेली नेपाली समाज साउदी अरबले ने.रु.१ लाख, नेपाली युवा क्लब जेद्दाले ने.रु. १ लाख र साउदी अरबको रियाद स्थित लालिगुँरास नेपाली रेस्टुरेन्टका  संचालक यम तमु एक्लैले  ने.रु.१० लाख नगद सहयोग गरेका थिए।

    बिदेशमा रहेर पनि  खेल मैदानमा होस् या स्वागत तथा खेलाडीहरुको बिदाईमा होस् यसरी नेपालीहरुले गरेको साथ सहयोग तथा सम्मान लाई नेपाली राष्ट्रिय महिला खेलाडी टिमले खुशी व्यक्त गर्नुको साथै सबैमा आभार व्यक्त गरेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए लगायत अन्य संघ संस्थाहरुद्वारा राष्ट्रिय महिला फुटबल खेलाडी हरुलाइ गरियो आर्थिक सहयोग ।

    नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

  • ५ फाल्गुन २०८०, शनिबार २०:२७ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब ! अगामी १९ फेब्रुअरी २०२४ सोमबार का दिन देखि साउदी अरेबियाको किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप खेल्न  शनिबार बिहान जेद्दा  आइपुगेको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई  नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसि जेद्दाले जेद्दा एयरपोर्टमा भब्य स्वागत गरेको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन बिहान जेद्दा एयरपोर्टमा आइपुगेका नेपाली  राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली कन्सुलेट जेद्दाका श्रम सहचारी ताम्रराज काफ्ले,एनआरएनए साउदी अरबका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला संयोजक लक्ष्मि थापा मगर, युवा संयोजक बिष्णु रावल, एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरन्जिबि बस्नेत, सचिव देवराज अर्याल, कोषाध्यक्ष राजेस काफ्ले, त्यसैगरि जेद्दामा कार्यरत समाजसेवि सम्पुर्ण केसि, श्याम भण्डारी, हनि शर्मा रामप्रसाद लम्साल र सुजन भट्टराई लगायत सरहरुले खादा ओढाइ स्वागत गरिएको कुरा एनआरएनए साउदीका युवा संयोजक बिष्णु रावलले जानकारी गराए ।

    खेलको समूह बी मा परेको नेपालले सिरिया, इराक, र प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरी मंगलबारका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए मा  लेबनान र गुआम  तथा आयोजक साउदी अरब र जोर्डन बिच हुनेछन् ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नेपाली राष्ट्रिय महिला फुटबल टोली साउदी अरब आइपुग्यो

    नेपालको राष्ट्रिय महिला फुटबल टोली “वाफ महिला च्याम्पियनसिप” खेल्न शनिबार साउदी आइपुग्ने ।

  • ५ फाल्गुन २०८०, शनिबार ००:०८ मा प्रकाशित
  • समर्पण रम्जान

    जेद्दा साउदी अरब !! साउदी अरेबियाको जेद्दाह शहरमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने नेपालको राष्ट्रिय महिला फुटबल टोली शुक्रबार नेपाल बाट  साउदी अरब हिडिसकेको र  शनिबार बिहान जेद्दाह आइपुग्ने भएको छ ।

    १७ फेब्रुअरी शनिबारका दिन जेद्दा एयरपोर्ट आइपुग्ने राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा केहि समाजसेवीहरुले एयरपोर्टमा स्वागत गर्नुहुने छ ।

    किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप तर्फ समूह बी परेको नेपालले सिरिया, इराकसँग, प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरीका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ  ।

    १९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त  खेलको  समूह ए को  लेबनान र गुआम  तथा आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन बिच हुनेछन् । ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on नेपालको राष्ट्रिय महिला फुटबल टोली “वाफ महिला च्याम्पियनसिप” खेल्न शनिबार साउदी आइपुग्ने ।

    एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

  • १० श्रावण २०८०, बुधबार ०२:१७ मा प्रकाशित
  • काठमाण्डाै – साउदी अरेबियाकाे क्लब अल हिलालले फ्रान्सका स्टार फुटबलर किलियन एम्बाप्लेलाई भित्र्याउन कीर्तिमानी रकमकाे प्रस्ताव गरेकाे छ । अल हिलालले पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई आफ्नाे क्लबमा आउन २५९ मिलियन पाउन्ड स्टर्लिङकाे प्रस्ताव गरेकाे हाे ।

    २४ वर्षीय फ्रान्सका कप्तानकाे पीएसजीसँगकाे अनुबन्ध सकिन एक वर्ष बाँकी छ । एम्बाप्पेले भने आफूलाई जापानकाे प्रि–सिजन भ्रमणका लागि नछानेकाे भन्दै पीएसजीसँग अनुबन्ध लम्ब्याउन तयार छैनन् ।

    पीएसजी एम्बाप्लेलाई आउँदाे गर्मीयाममा त्यसै गएकाे भन्दा अहिले नै अन्य क्लबमा अनुबन्ध गराउन चाहन्छ ।

    सन् २०१७ मा नेयमार बार्सिलाेनाबाट पीएसजीमा जाँदा २०० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए जुन रकम कीर्तिमानी हाे ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एम्बाप्पेलाई साउदी क्लब अल हिलालकाे कीर्तिमानी प्रस्ताव

    एनआरएनए आरसीसी ताबुकको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न।

  • १८ असार २०८०, सोमबार १२:२६ मा प्रकाशित
  • देबी बहादुर कार्की

    गत ३० जुन २०२३ शुक्रबारका दिन मुस्लिम समुदायको पर्व इद अल अधा-२०२३ को अवसरमा NRNA – RCC ताबुकको आयोजनामा पुरुष भलिबल प्रतियोगिता, बृहत् सास्कृतिक कार्यक्रम र श्रमिक अन्तरक्रिया कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ । उक्त कार्यक्रमको सभापतित्व क्षेत्रीय समन्वय समिती ताबुकका अध्यक्ष नर बहादुर खतिवडाले गर्नु भएको थियो भने प्रमुख अतिथिको रूपमा महावाणिज्यदूतावास जेद्दाका महावाणिज्यदूत भुवन पौडेल, विशिष्ट अथितीद्वय आर सि सि ताबुकको संरक्षक साथै सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि जेद्दाका वर्तमान अध्यक्ष डि पि अर्यालको उपस्थिति रहेको थियो भने अथितिहरुमा आर सि सि जेद्दाका सह-सचिव देवराज अर्याल, आर सि सि जेद्दाका सह-कोषाध्यक्ष आनन्द पाण्डे, लक्ष्मण रोकाया, हिमाल रेमिटको प्रतिनिधित्व गर्दै मोहन खनाल, कुमारी रेमिटको प्रतिनिधित्व गर्दै दिपक तामाङ, लुलु सुपरमार्केटको प्रतिनिधित्व गर्दै शक्ति भट्ट र सुलभ रिक्रुमेन्टसको प्रतिनिधित्व गर्दै बुद्धिप्रसाद बास्तोलाको उपस्थिति रहेको थियो। त्यसैगरी ताबुक र ताबुक आसपासमा रहेका दाजुभाइ तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति थियो। कार्यक्रमको सञ्चालन आर सि सि ताबुकका उपाध्यक्ष युवराज पोखरेल र प्रवक्ता शक्ति भट्टले सञ्चालन गर्नुभएको थियो।

    कार्यक्रममा आमन्त्रित महामहीम राजदूत नवराज सुवेदी र का. बा. महावाणिज्यदूत शत्रुधन पोखरेल समय व्यस्तताको कारण भौतिक रुपमा उपस्थिति नभएता पनि उहाँहरुले पठाउनु भएको भिडियो शुभकामना सन्देश उपस्थित महानुभावहरुलाई प्रोजेक्टर मार्फत देखाइएको थियो।

    कार्यक्रममा अतिथिको आसनग्रहण पछि कार्यक्रम को औपचारिक उद्घाटन दिप प्रज्वलन बाट गरिएको थियो त्यसपछि राष्ट्रियगान बजाएर कार्यक्रमलाई विधिवत रूपमा उद्घाटन गरिएको थियो। कार्यक्रममा स्वागत मन्तव्य सावित्रा बनको रहेको थियो।

    यस कार्यक्रमलाई भव्य रुपमा सफल पार्नको लागि प्रायोजक गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबकी वरिष्ठ उपाध्यक्ष रविना अर्याल साथै सह-प्रायोजक हरुमा हिमाल रेमिट ताबुक शाखा, कुमारी रेमिट ताबुक शाखा,लुलु सुपरमार्केट ताबुक शाखा, आर सी सी जेद्दा, अल साफी कप्पनीमा कार्यरत साजन तामाङ, रेशम थापा, शुशिल तामाङ, सनम चौधरी थापा र विष्णु थापा तथा सुलभ रिक्रुटमेन्ट बसुन्धरा, काठमाडौंले गरेको थियो।

    पुरुष भलिबल प्रतियोगितामा आयोजक टिम सहित १० टिमको सहभागिता थियो। जसमध्ये नियोम-१ले प्रथम स्थान र लुलु सुपरमार्केटले दोस्रो स्थान हासिल गरेको थियो। यी दुई टिमको कडा प्रतिस्पर्धा अति नै रोचक र रमाइलो रहेको थियो। भलिबल प्रतियोगिता सौहार्दपूर्ण र विवाद रहित वातावरणमा सम्पन्न भएको थियो। कार्यक्रममा सहभागिता जनाउनको लागि टाढा टाढाबाट दर्शकहरुको उल्लेखनीय उत्साहजनक उपस्थिती रहेको थियो।

    कार्यक्रमको अर्को मुख्य आकर्षण नेपाली महिला दिदीबहिनीहरुले बनाएको नेपालीपनको झल्को दिने मःम, चाउमिन र सेलरोटीको परिकारले अर्को मिठास दिएको थियो। कार्यक्रममा उपस्थित हुने अधिकाश महानुभावहरुले नेपालमै भएको अनुभूति गरायो र यस्ता कार्यक्रम आगामी दिनमा अझै परिस्कृत बनाउदै सन्चालन गर्नुपर्ने बताएको थियो।
    बिबिध सांस्कृतिक कार्यक्रम अन्तर्गत विभिन्न महानुभावहरुले विविध बिधामा आफ्नो कला प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा उपस्थित हुने सम्पूर्ण महानुभावहरुलाई गीत संगीतको माध्यमबाट भर पुर मनोरन्जन दिनुभएको थियो।
    कार्यक्रममा महावाणिज्यदूत भुवन पौडेलले साउदी कानुनले वर्जित गरेको कुनै काम नगर्न नेपाली समुदायलाई आग्रह गर्नु भएको थियो भने गित संगीत र खेलकुदको माध्यमबाट जिवनमा हुने फाइदाहरुको बारेमा जानकारी दिनुभएको थियो । कतिपय कार्य नेपालमा सामन्य रहेपनि यहाँ गैरकानुनी हुने हुदा त्यस्ता कार्यहरु नगर्नु अनुरोध गर्नुभएको थियो ।कार्यक्रममा ताबुक,दुवा, शर्मा र हागल लगायतका शहरबाट करिब ५ सय जनाको उपस्थिति थियो ।
    श्रमिक अन्तरक्रिया अन्तर्गत महावाणिज्यदूत भुवन पौडेलले श्रमिकहरुको भिन्न भिन्न गुनासोहरु सुनी दूतावासको तर्फबाट समस्याको समाधनका लागि सक्दो सहयोग रहने बताउनु भयो।
    बिभिन्न कम्पनीमा कार्यरत श्रमिक हरुले आ आफनो गुनासो राख्नु भएको थियो ।
    कार्यक्रमकै दौरानमा आर सि सि ताबुकले सहभागि श्रमिकहरु संग श्रमिक सर्वेक्षण र कार्यक्रमको प्रतिकृया लिने काम पनि गरेको थियो।
    कार्यक्रमको अन्त्यमा विजयी खेलाडीहरुलाई आर सि सि ताबुकका सस्थापक तथा सल्लाहकार भक्त बहादुर हमाल र आर सि सि ताबुकका वर्तमान अध्यक्ष नर बहादुर खतिवडाको हातबाट प्रमाणपत्र, शिल्ड, मेडल र नगद पुरस्कार वितरण गरिएको थियो।

    यस कार्यक्रमलाई भव्य र सव्य बनाउन गैर आवासीय नेपाली संघ क्षेत्रीय समन्वय समितिका पदाधिकारी अहोरात्र खटेका थिए। सचिव बुद्धि प्रसाद बास्तोला र पुर्व उपाध्यक्ष देबी बहादुर कार्की लगायत कार्यसमितिका सदस्य , स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन गर्न समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on एनआरएनए आरसीसी ताबुकको आयोजनामा भलिबल प्रतियोगिता सम्पन्न।

    एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

  • १४ बैशाख २०८०, बिहीबार १८:२९ मा प्रकाशित
  • काठमाण्डाै – एसीसी प्रिमियर कपकाे सेमिफाइनलमा नेपालले कुवेतसँग खेल्ने भएकाे छ ।

    आज बिहीवार मुलपानी क्रिकेट मैदानमा भएकाे खेलमा हङकङलाई हराउँदै कुवेत समूह ‘बी’ काे उपविजेता बन्दै सेमिफाइनलमा नेपालसँग खेल्ने भएकाे हाे । आजै त्रिवि क्रिकेट मैदानमा भएकाे खेलमा कतारलाई हराउँदै नेपाल समूह ‘ए’ काे विजेता बनेकाे थियाे ।

    यस्तै अर्काे सेमिफाइनलमा समूह ‘बी’ काे विजेता यूएईले समूह ‘ए’ काे उपविजेता ओमानसँग खेल्ने भएकाे छ ।

    दुवै सेमिफाइनल खेल शनिवार हुनेछ । नेपाल र कुवेतबीचकाे खेल त्रिवि क्रिकेट मैदानमा तथा यूएई र ओमानबीचकाे खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । यस्तै फाइनल त्रिवि मैदानमा सोमवार हुनेछ ।

    प्रतियोगिताकाे विजेता टोलीले आउँदो सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कप खेल्न पाउनेछ । शीर्ष तीन टोलीले जुलाईमा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on एसीसी प्रिमियर कप : नेपालले कुवेतसँग सेमिफाइनल खेल्ने

    दम्माम भेट्रान फुटबल क्लब द्वारा आयोजना हुने गोल्डकप-२०२३ को तयारी पूरा ।

  • ७ बैशाख २०८०, बिहीबार ०२:५२ मा प्रकाशित
  • साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ को तयारी पूरा भएको छ।

    नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबद्वारा आयोजित उक्त प्रतियोगितामा २१ टिम सहभागी रहने क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

    आउँदो शुक्रबार र शनिबार २१ र २२ अप्रिलमा हुने उक्त प्रतियोगिताको लागि प्रथम पुरस्कार राशी करिब १ लाख ७७ हजार बराबरको रहेको छ ।
    प्रतियोगिताको बिजेता टिमले ५१५१ साउदी रियल (नेपालि १ लाख ७७ हजार), ट्रफी, मेडल र प्रमाणपत्र र उप–बिजेता टिमले २५२५ साउदी रियाल (नेपालि ९० हजार), ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताका हरेक खेलको उत्कृष्ट खेलाडीहरूलाईसमेत ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ।

    उक्त प्रतियोगिताको प्रायोजन संघीय लिम्बुवान सामाजिक मन्च , राफा मेडिकल सेन्टर ,वाईवाई चाउचाउ ,फ्रेन्डी मोबाइल लगायत कम्पनी तथा संघ संस्थाले गरेका छन् भने साथै
    गैर आवासीय नेपाली संघ मध्य पुर्ब संयोजक राजेन्द्र अर्याल , समाजसेवी राजु सैयद ,श्री यावा लिम्बू ,जेन कुमार लामा ,कुबेर हुमागाई, उमेश भट्टराई र रामचन्द्र पौडेलल लगायत साउदी अरबमा रहि सामाजिक कार्यमा सक्रिय नेपालीले पनी उक्त प्रतियोगिताको लागि सहयोग रकम उपलब्ध गराईएको बताइएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, मुख्य खबरLeave a Comment on दम्माम भेट्रान फुटबल क्लब द्वारा आयोजना हुने गोल्डकप-२०२३ को तयारी पूरा ।

    ईदको अवसरमा १लाख७७ हजार प्रथम पुरस्कार राशी सहित साउदीको पुर्बि क्षेत्र खोबरमा फुटबल प्रतियोगिता आयोजना हुने ।

  • १५ चैत्र २०७९, बुधबार २२:५२ मा प्रकाशित
  • साउदीमा कार्यरत नेपाली श्रमिक बीच करिव १ लाख ७७ हजार प्रथम पुरस्कार रहेको प्रथम दम्माम भेट्रान गोल्डकप-२०२३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।

    नयाँ बर्ष २०८० तथा मुस्लिम धर्मालम्बिहरुको महान चाड इद अल- फित्रको उपलक्ष्यमा दमाम भ्रेटान फुटबल क्लब साउदी अरबले दुई दिवसिय खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना गरिने क्लबका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिए।

    आगामी अप्रिल २१ र २२ तारिख दिउसो ३ अलतुक्बा क्लबको खेल मैदान अजिजिया ,अल खोबरमा आयोजना हुने गोल्डकपमा टिम दर्ता ७०० साउदी रियल लाग्ने र बिजेतालाई ५१५१ साउदी रियल( ने रु १ लाख ७७ हजार ) र उप-बिजेतालाई २५२५ साउदी रियाल ( ने रु ८९ हजार ) ट्रफि, मेडल तथा प्रमाण पत्र तथा प्रतियोगिताको हरेक खेलको उत्कृष्ट खेलाडीलाई लाई ट्रफि, मेडल तथा प्रमाण पत्र प्रदान गरिने क्लबले जनाएको छ।

    Posted in खेल, मुख्य खबरLeave a Comment on ईदको अवसरमा १लाख७७ हजार प्रथम पुरस्कार राशी सहित साउदीको पुर्बि क्षेत्र खोबरमा फुटबल प्रतियोगिता आयोजना हुने ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P