
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन इजलासमा दिएको निवेदनमाथिको सुनुवाइ सकिएको छ ।
बिहीबार सुनुवाइ सकिएपछि अब सो निवेदनमाथि उच्च अदालतको आदेश आउनेछ । न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा सो निवेदनमाथि सुनुवाइ भएको हो । लामिछानेको पक्षबाट अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन् ।
नाबालिगमाथि बलात्कार गरेको मुद्दामा सन्दीप हाल पुर्पक्षका लागि थुनामा छन् ।

